पूर्व प्रधानमन्त्री नेपालद्धारा सम्पादक पण्डितलाई बधाई

काठमाडौँ । पूर्व प्रधानमन्त्री तथा नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले नवनियुक्त राजधानी दैनिकका सम्पादक सागर पण्डितलाई शुभकामना प्रदान गर्नु भएको छ।

नेपालको ब्रोटिसिट पत्रिका राजधानी दैनिकमा मंगलबारदेखि सम्पादकको जिम्मेवारी सम्हाल्ने गरी पण्डित नियुक्त हुनुभएको हो।

नयाँ पत्रिका,आन्नपुर्ण दैनिक लगायत धेरै पत्रिकामार्फत राष्ट्रिय रूपमा पत्रकारिता क्षेत्र मार्फत पत्रकारीतामा धेरै योगदान दिदै आउनु भएका पण्डित राजधानी दैनिकको सम्पादकमा बढुवा हुनुभएको हो।

उहाँलाई विभिन्न क्षेत्र बाट बधाई र शुभकामना आउने क्रम जारी छ। यसै बीच पुर्ब प्रधानमन्त्री माधबकुमार नेपालले सम्पादक पण्डित लाई बधाई तथा शुभकामना दिनुभएको समाचार जानकारीमा आएको छ। नेपालको प्रशासन क्षेत्रको बिज्ञ मात्र नभै समग्र प्रशासन क्षेत्रलाई नजिक बाट नियाल्ने यस क्षेत्रमा गहिरो अध्यनका साथ रिपोर्टिङ गरिरहनुभएका पण्डित व्यावसायिक पत्रकारका रूपमा चिनिन्छन।

रुतमा शक्तिशाली विस्फोटपछि प्रधानमन्त्रीद्धारा राजीनामा

काठमाडौँ। गत हप्ता लेबनानको राजधानी बेरुतमा भएको शक्तिशाली विस्फोटपछि नैतिकताको आधारमा भन्दै लेबनानका प्रधानमन्त्रीले राजीजनामा दिएका छन्।
सो विस्फोटमा परी २०० जनाभन्दा बढीको ज्यान गएको थियो। त्यस विस्फोटनका कारण लेबनानका नागरिकहरुले व्यापक रुपमा आक्रोश व्यक्त गरिरहेका थिए।

नागरिकले प्रधानमन्त्रीका विरुद्धमा प्रदर्शन पनि गरेका थिए। यसैक्रममा प्रधानमन्त्री हसन दीयाबले सोमबार आफ्नो पदबाट राजीनामा दिएको घोषणा गरेका हुन्। प्रधानमन्त्री दियाबले लेबनानको राष्ट्रिय टेलिभिजनमार्फत सोमवार साँझ देशबासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्रीको पद त्याग गरेको घोषणा गरेका थिए।

लेबनानका नागरिकले सरकारमाथि भ्रष्टाचारको आरोप लगाएका थिए। उनीहरुले सो विस्फोट हुनुमा पनि सरकारको भ्रष्टाचारजन्य क्रियाकलाप जोडिएको बताएका थिए। त्यसैगरी यहाँका नागरिकले वर्तमान प्रधानमन्त्री र सरकारमाथि र असक्षमताको आरोप पनि लगाएका छन्।

लेबनानमा आक्रोशमा रहेका मानिसहरूले सोमबार पनि लगातार तेस्रो दिन प्रदर्शन गरेका थिए। राजधानी बेरुतमा भएको प्रदर्शनमा प्रहरीसँग पनि झडप भएको थियो ।बेरुतस्थित बन्दरगाहमा असुरक्षित अवस्थामा राखिएको भनिएको एमोनियम नाइट्रेटका विस्फोट हुँदा त्यहाँका २०० भन्दा बढी मानिसको ज्यान गएको थियो भने अरु हजारौँ जना घाइते भएका थिए।

उनले सो टिभीमा दिएको सम्बोधनमा आफूले भ्रष्टाचार नगरेको भन्दै बचाउ पनि गरेका थिए। तर देशमा भ्रष्टाचार भएका कारणले नै त्यो विस्फोट हुन पुगेको बताएका हुन्।
उनले लेबननमा भ्रष्टाचार देशभन्दा पनि ठूलो रहेको भन्दै त्यही भ्रष्टाचारमध्येको एक घटना बेरुतमा भएको विस्फोट बताएका थिए।

कोरोनाबाट थप ४ जनाको मृत्यु

ठमाडौं। कोरोना भाइरसका कारण पछिल्लो २४ घण्टामा देशभर ४ जनाको मृत्यु भएको छ।

“धनुषाका एक ६० वर्षीया वृद्ध र ५० वर्षीय पुरुषको प्रादेशिक अस्पताल जनकपुरमा उपचारका क्रममा मृत्यु भएको छ,” उनले भने, “त्यस्तै, काभ्रेको पाँचखाल निवासी ५० वर्षीया महिलाको इस्ट मेडिकल कलेजमा मृत्यु भएको छ।”

त्यस्तै, सिन्धुपाल्चोक जिल्लाको बाह्रबिसेका ८४ वर्षीया एक पुरुषको मनमोहन कार्डियोभास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर शिक्षण अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ।

योसँगै हालसम्म ज्यान गुमाउनेको संख्या ८३ पुगेको छ।


स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता प्रा. डा जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा ४ जनाको मृत्यु र ६ सय ३८ नयाँ संक्रमित भेटिएको जानकारी दिए।

पछिल्लो २४ घण्टामा ६ सय ३८ जनामा कोरोना पुष्टि

काठमाडौँ। पछिल्लो २४ घण्टामा ६ सय ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
देशभरका सम्पूर्ण प्रयोगशालामा गरिएको परिक्षणमा ६ सय ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले जानकारी गराए।

लगानी बोर्डको प्रमुखको रुपमा हैसियतमा कुनै पनि कार्य नगर्नु —उच्च अदालत

काठमाडौँ । पाटन उच्च अदालतले लगानी बोर्डका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत (सिइओ) सुशील भट्टलाई काम गर्न रोक लगाउने आदेश जारी गरेको छ।

‘पाटनका मुख्य न्यायाधीश नहकुल सुवेदीको इजलासले भट्टविरुद्ध मुद्दा दायर भई इजलासमा हाजिर भएको जानकारी गराउँदै भट्टलाई बोर्ड प्रमुखको हैसियतमा कुनै पनि काम नगर्न मंगलबार आदेश जारी गरेको हो।

आदेशमा भनिएको छ ‘भट्टविरुद्ध मुद्दा दायर भई इजलासमा हाजिर भएको जानकारी गराएकाले अर्को छलफल नभएसम्मका लागि लगानी बोर्ड प्रमुखको हैसियतमा कुनै पनि कार्य नर्गनू÷नगराउनू।’

अदालतको आदेशअनुसार साउन ३१ गते अर्को सुनुवाई नभएसम्म भट्टले लगानी बोर्डमा सिइओको हैसियतमा कुनै पनि कार्य गर्न पाउने छैनन्।

उच्च अदालतले अन्तरिम आदेशका विषयमा छलफल गर्ने अर्को पेशी साउन ३२ गतेलाई तोकेको छ।

मन्त्रिपरिषदले साउन १९ गते भट्टलाई सिइओ नियुक्त गरेको थियो।

उपत्यकामा मात्रै थप १ सय ३४ जनामा कोरोना संक्रमण

काठमाडौँ । पछिल्लो २४ घन्टामा काठमाडौँ उपत्यकामा १ सय ३४ जना थप संक्रमित भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवत्ता डा. जागेश्वर गौतमले मंलगबार उपत्यकामा मात्रै १ सय ३४ जनामा कोरोना पुष्टि भएको जानकारी गराएका छन्।

संक्रमितमध्ये काठमाडौंका ११०, ललितपुरका १६ र भक्तपुरका ८ जना छन्।

उनीहरूको उपत्यकाका विभिन्न प्रयोगशालाहरूमा परीक्षण गरिएको हो।

यो अहिलेसम्म उपत्यकामा एकैदिन देखिएको धेरै संक्रमित संख्या हो।

स्वास्थ्यकर्मी कुट्ने २ जना प्रहरी नियन्त्रणमा

बैतडी । बैतडीमा महिला स्वास्थ्यकर्मीलाई कुटपिट गरी फरार रहेका २ जनालाई प्रहरीले सोमबार अपराह्न नियन्त्रणमा लिएको छ। जिल्लाको पुर्चौडी नगरपालिका–३ का २४ वर्षीय मोहन कुँवर र २१ वर्षीय वीरेन्द्र कुँवरलाई प्रहरीले नियन्त्रणमा लिएको हो।

नियन्त्रणमा लिइएका ती दुवै जनामाथि पुर्चौडीकै न्वादेउ स्वास्थ्यचौकी अन्तर्गतको नकाली नगर स्वास्थ्य केन्द्रमा कार्यरत २५ वर्षीया अनमी जानकी भट्ट र ३१ वर्षीया कार्यालय सहयोगी बिमला कुँवरमाथि कुटपिट गरेको आरोप छ। ती दुवै जनालाई उनीहरुकै घरबाट नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय पाटनका प्रहरी निरीक्षक धनदेव साउदले जानकारी दिए। उनले भने, “नियन्त्रणमा लिएका दुवैमाथि अनुसन्धान हुन्छ, आवश्यक देखिए मुद्दा चलाउँछौँ।”

आइतबार स्वास्थ्य केन्द्रमै बिरामीको उपचार गरिरहेका बेला आफूमाथि ती युवकले कुटपिट गरेको भन्दै जानकीले प्रहरीमा उजुरी दिनुभएको थियो। स्थानीय एक वृद्धा बिरामीलाई स्लाइन चढाइरहेका बेला ती युवकहरुले कुटपिट गरेको उउनले बताए। उनले भने, “वृद्धा आमा कान नसुन्ने भएकाले उहाँसँग ठूलो स्वरले बोल्दा स्वास्थ्यकर्मीले सेवा दिने तरिका यही हो भनेर गालीगलौज गर्दै कुटपिट गरे।” ती युवाको कुटपिटबाट जानकीको हातको औला भाँचिएको, मुख, छाती र टाउकोमा चोट रहेको छ। अनमी जानकीसँगै कार्यालय सहयोगी विमलामाथि हातपात गर्नुका साथै ती दुवै जनाले कार्यालयमा रहेका कागजात पनि च्यातेको बताइएको छ।

यसैबीच स्वास्थ्यकर्मीमाथि ड्युटीमै रहेका बेला स्वास्थ्य संस्थामै कुटपिट र दुव्र्यवहार भएकाले आफूहरु असुरक्षित रहेको न्वादेउ स्वास्थ्य चौकीका इञ्चार्ज गणेश धानुकले बताए। उनले भने, “स्वास्थ्यकर्मीमाथि कुटपिट गर्ने जोसुकैलाई पनि कानूनी कारवाही हुनुपर्छ, स्वास्थ्यकर्मीलाई काम गर्ने वातावरण बन्नुपर्छ।”

बोहराको हत्याको कारण सेक्सुअल ह्यारेसमेन्ट

काठमाडौँ । गोंगबुमा दाङका कृष्णबहादुर बोहराको विभत्स हत्याको कारण यौन भएको खुलेको छ। प्रहरीका अनुसार हत्याको कारण सेक्सुअल ह्यारेसमेन्ट रहेको छ।


पक्राउ परेकी महिला कल्पना शाहीले बोहराले आफूलाई ‘सेक्सुअल ह्यारेसमेन्ट’गरेकाले हत्या गर्न बाध्य भएको बयान दिएकी छन्। उनले बोहरालाई सुरुमा अण्डकोषमा हम्मरले हानेर हत्या गरेको बताएकी छन्। अण्डकोषमा चोट र नीलडामसमेत देखिएको प्रहरीले जनाएको छ।

हम्मरले हानेर मारिसकेका बोहोराको घाँटी र खुट्टा काटेको शाहीले बयान दिएकी छन्। उनले सुटकेशमा लाश नअट्ने भएपछि काट्नु परेको प्रहरीलाई बयान दिएकी छन्। घाँटी र खुट्टा काटेपछि सुटकेश र जेब्रा झोला राखेर शव व्यस्थापन गरिएको थियो।

कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु

जनकपुर। कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ। धनुषाको जनकपुरधाममा मंगलबार बिहान थप १ जना कोरोना संक्रमितकोमृत्यु भएको हो।

जनकपुरधाम प्रादेशिक अस्पतालको आइसोलेसनमा उपचाररत विदेह नगरपालिका ८ का ६० वर्षीय पुरुषको मृत्यु भएको डा.जामुन सिंहले जानकारी दिए।
उनको दुई हप्ता अघिदेखि आइसीयुमा राखेर उपचार भइरहेको उनको मृत्यु भएको अस्पतालले जानकारी दिएको छ। योसँगै नेपालमा कोरोनाबाट मर्नेको संख्या ८० पुगेको छ।

मकवापुरमा एक बर्षमा सम्बन्धविच्छेदका ५ सय ३१ मुद्दा दर्ता

काठमाडौँ। वाग्मती प्रदेशअन्तर्गत पर्ने मकवानपुर जिल्लामा पनि गत आव २०७६÷७७ मा जिल्ला अदालतमा सम्बन्धविच्छेदका लागि ५ सय ३१ मुद्दा दर्ता गरिएको थियो। तीमध्ये ३०० मुद्दा फछ्र्योट गरी पत्नी र पतिबीच सम्बन्धविच्छेद गरिएको जिल्ला अदालत मकवानपुरले जनाएको छ।

जिल्ला अदालतमा अघिल्लो आव २०७४÷७५ मा दर्ता भएका ५ सय १२ सम्बन्धविच्छेदका मुद्दामध्ये अदालतले ३ सय ३३ मुद्दा फछ्र्र्योट गरेको थियो। जिल्ला अदालतमा विवाहित पत्नीहरुले पतिबाट पारिवारिक हिंसा, दुव्र्यवहार गर्नुका साथै खान लगाउन नदिएको भनी सम्बन्धविच्छेद गरी पाऊँ भनी दिइएको निवेदनअनुसार जिल्ला अदालतको इजलासमा कानूनी बहस हुँदा बरु पत्नीबाटै ६० प्रतिशत पतिमाथि नै आर्थिक र पारिवारिक विवादको कारणबाटै सम्बन्धविच्छेद बन्न पुगेको जिल्ला अदालतका स्रेस्तेदार तीर्थराज भट्टराईले बताए।

विवाहित पत्नीले पतिभन्दा अन्य व्यक्तिसँग हेलमेल गरी अधिक खर्च गरेको भनी पतिले आरोप लगाउँदा करिब ४० प्रतिशत जति विवाहित पत्नी सम्बन्धविच्छेदको शिकार हुनुपरेको पनि श्रेस्तेदार भट्टराईले जानकारी दिए। अदालतको इजलासमा नवविवाहित युवतीले आफ्नो पतिसँग अब कुनै अंशबण्डाको हिस्सा नलिने स्वीकार गर्दै अन्य व्यक्तिसँग नाता जोड्ने मनसाय राखी सम्बन्धविच्छेद गर्ने उद्देश्य राखी निवेदन दर्ता गरिएको पनि श्रेस्तेदार भट्टराईले उल्लेख गरे।

यसैगरी जिल्ला अदालत मकवानपुरले गत आव २०७६÷७७ मा बाल हिंसा, चोरी र नाबालकले नाबालिकालाई प्रलोभनमा पारी जबर्जस्ती अनुचित कार्य गर्न बाध्य बनाइएको मुद्दामा जिल्ला अदालतका न्यायाधीश डिल्लीरत्न श्रेष्ठको बाल इजलासले केही नाबालिकालाई सम्बन्धित अभिभावकको जिम्मा र केही नाबालकलाई सुधारगृहमा कैद भुक्तानको लागि पठाएको जनाएको छ।

जिल्ला अदालतमा बाल हिंसा अनुचित कार्य गर्ने र चोरी अभियोग सम्बन्धमा समेत गत आवमा २७ मुद्दा दर्ता गराएकामध्ये २० मुद्दाको फछ्र्र्यौट गरी बालबालिकाको इजलासबाट थप सुरक्षागृहमा बालबालिकालाई पठाइएको पनि जिल्ला अदालतले जनाएको छ।

कर्णालीमा पानीको सतहले नाघ्यो चेतावनी तह

काठमाडौँ। सोमबार दिउँसो १ः३० बजेकोे रेकर्डअनुसार कर्णाली नदीमा पानीको सतह १० मिटर १६ सेन्टिमिटर पुगेको छ। यो भनेको चेतावनीको तह हो । पानीको सतह बढेपछि तटीय क्षेत्रमा त्रास शुरु भएको छ। कर्णाली चिसापानीका गेजरिडर पार्वती गुरुङका अनुसार बिहान ८ बजेको रेकर्डमा आठ मिटर ८० सेन्टिमिटर रहेको थियो ।

कर्णालीको ठूलीगाड, सेती र भेरी नदीमा पनि पानी बढिरहेकाले अझै पानीको सतह बढ्नसक्ने गुरुङले बताईन्। उनले पहाडतिर भारी वर्षा भएको र नदीमा पानीको सतह बढिरहेकाले तटीय क्षेत्रमा बसोबास गरिरहेका नागरिकलाई सतर्क रहन आग्रह गरेकी छन्। “नदी उर्लिएर आएको छ, यसैगरी बढेमा तटीय क्षेत्र डुबान हुन्छ”, गेजरिडर गुरुङले भनिन्, “मैले जोखिममा रहेका क्षेत्रमा सूचना गरिसकेकी छु, जोखिममा रहेका बस्ती सार्न आवश्यक छ।”

नदीमा पानीको बहाव बढेपछि नेपाल रेडक्रस सोसाइटी टीकापुर, भजनी नगरपालिका र टीकापुर नगरपालिकाले नागरिकलाई सुरक्षित स्थानमा सर्न आग्रह गरेका छन्। “हामीले सूचना प्रणालीमा रहेका सबैलाई सूचना गरिसकेका छौँ”, रेडक्रस सोसाइटी टीकापुरका सभापति जगदीश्वर पण्डितले भने, “उद्धार र क्षतिबाट जोगाउन पूर्वतयारी आवश्यक छ।”

बस्तीमा बाढी पसेपछि भजनी नगरपालिकाले सोमबार बिहानैबाट जोखिममा रहेका नागरिकलाई उच्च सडकमा सार्न शुरु गरिसकेको स्थानीय उद्धारकर्ता जयप्रसाद ढुङ्गानाले बताए। “सयौँ परिवार सडकमा त्रिपाल लगाएर बसिरहनुभएको छ”, ढुङ्गाना भने, “यसपटक बाढीले तहसनहस पारेको छ। नागरिकको बिचल्ली भएको छ ।” चिसापानीमा कर्णाली नदीको सतह नौ मिटर पुगे सर्तक, १० मिटर पुगे पूर्वतयारी र ११ मिटर पुगे तटीय क्षेत्रका लागि खतरा मानिन्छ।

समता लघुवित्तको प्रतिशेयर आम्दानी घट्यो

काठमाडौँ। समता लघुवित्त वित्तीय संस्था लिमिटेड (SMATA) को वार्षिक प्रतिशेयर आम्दानी घटेको छ।

अघिल्लो आर्थिक वर्षमा वार्षिक ४२ दशमलव ५० रुपैयाँ रहेको प्रतिशेयर आम्दानी १५ दशमलव ६५ रुपैयाँले घटेर २६ दशमलव ८६ रुपैयाँमा संकुचित बनेको छ।

असार मसान्तसम्ममा लघुवित्तले ५ करोड १३ लाख २८ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्षमा लघुवित्तले २ करोड ५७ लाख ९१ हजार रुपैयाँ रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।

चुक्ता पूँजी ६ करोड ६ लाख ७२ हजारबाट १९ करोड ११ लाख १६ हजार रुपैयाँमा वृद्धि गरेको लघुवित्तको जगेडा कोषको अकार पनि ८ करोड ४२ लाख ५६ हजारबाट बढेर १२ करोड ६६ लाख ५६ हजार रुपैयाँ सञ्चित भएको छ।

असार मसान्तसम्ममा लघुवित्तले ६० करोड ६३ लाख २५ हजार रुपैयाँ निक्षेप संकलन तथा ८७ करोड ४८ लाख ६४ हजार रुपैयाँ सापटीबाट १ अर्ब ७१ करोड ५९ लाख ३७ हजार रुपैयाँ कर्जा लगानी गरेको छ। जसबाट लघुवित्तले १२ करोड ३४ लाख ७९ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ। अघिल्लो आवमा ७ करोड ७ लाख २९ हजार खुद ब्याज आम्दानी गरेको थियो।

लघुवित्तको सञ्चालन नाफा ३ करोड ५५ लाख, प्रतिशेयर नेटवर्थ १६४ दशमलव १५ रुपैयाँ, मूल्य आम्दानी अनुपात २४ दशमलव ५७ गुणा छ। लघुवित्तको निष्क्रिय कर्जा अनुपात १ दशमलव ९२ प्रतिशत छ। समीक्षा अवधिमा ० दशमलव ६३ प्रतिशतले बढेको हो।
अघिल्लो आर्थिक वर्षको नाफाबाट ५ प्रतिशत बोनस वितरण र चुक्ता पूँजीके २०० प्रतिशत हकप्रद बिक्री गरेर चुक्ता पूँजी बढाएको लघुवित्तको नाफा अपेक्षित बढ्न नसकेपछि इपिएस घटेको हो।

समता लघुवित्त वित्तीय संस्था लिमिटेड र घरेलु लघुवित्त एक आपसमा मर्जर प्रकृयामा रहेका छन्। घरेलु लघुवित्तको १०० कित्ता शेयर बराबर समताको ८० कित्ता शेयर आदान प्रदान हुने गरी यी दुई कम्पनीबीच एक आपसमा गाभ्ने गाभिने सम्बन्धी सम्झौतामा भएको छ। एकीकृत संस्थाको चुक्ता पूँजी २४ करोड ३ लाख पुग्नेछ।

राष्ट्रपतिद्धारा श्रीकृष्ण जन्माष्टमीको शुभकामना

काठमाडौँ। राष्ट्रपति विद्यादेवी भण्डारीले श्रीकृष्ण जन्माष्टमीको शुभकामना दिएकी छन् । पर्वले सम्पूर्ण नेपालीमा आपसी प्रेम, करुणा र मैत्रीभावना जागृत गरी भावनात्मक एकता अझ सुदृढ बन्न सकोस् भन्दै शुभकामना दिएकी हुन्।

श्रीकृष्ण जन्माष्टमी पर्वका अवसरमा शुभकामना सन्देश दिँदै उनले स्वदेश तथा विदेशमा रहेका नेपालीहरुमा सुख, शान्ति, समृद्धि र सुस्वास्थ्यको कामना पनि गरेकी छन्।

विविध धर्म, संस्कृति, परम्परा तथा रीतिरिवाज हाम्रो सभ्यता र सम्पन्नताका सूचक भएको उनको भनाई छ। राष्ट्रपतिले यस प्रकारका ऐतिहासिक सांस्कृतिक परम्पराले हाम्रो समाजलाई एकताका सूत्रमा आबद्ध गरी धार्मिक सहिष्णुता तथा आपसी सद्भाव कायम गर्न मद्दत पुर्याउने विश्वास व्यक्त गरेकी छन्।

ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता श्रीकृष्णको जन्म द्वापरयुगको अन्त्यतिर भाद्र कृष्णाष्टमीको मध्यरातमा भएको सम्झनामा आज उनको पूजाआराधना गरी जन्माष्टमी पर्व मनाउने गरिन्छ।

द्वापरयुगमा कंसको अत्याचार बढेपछि त्यसबाट मानवजातिको उद्धार गर्न वासुदेव र देवकीको आठौँ सन्तानका रूपमा आजकै दिन श्रीकृष्णको जन्म भएको धार्मिक विश्वास छ।

डोटीमा घर भत्किदा ४ जनाको मृत्यु

डोटी । डाटीमा घर भत्किँदा एकै परिवारका ४ जनाको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन्।

जिल्लाको आदर्श गाउँपालिका–१ बाँझककानी खलगडाका स्थानीय अन्दाजी ३२ वर्षीय लोगे विकको घर भत्किँदा उनकी श्रीमती विष्ना विक, १२ वर्षीय छोरा पारस, छोरीहरु आठ वर्षीया सिर्जना र चार वर्षीया जेनिसाको मृत्यु भएको हो।

स्थानीय गोविन्द पार्कीले गएराति करिब १ बजे घर भत्किएको बताए। उनले भने ‘घटनामा लोगे, उनकी आमा ताना लुहार र एक छोरी घाइते भएका छन्। यस्तै भेटघाट गर्न आएका लोगेकी सासु आमा र साला पनि घाइते भएका छन्।’

घाइतेहरुको स्थानीय स्वास्थ्य संस्थामा प्राथमिक उपचारपछि थप उपचारका सदरमुकाम ल्याइँदैछ।

प्रहरी घटनास्थलमा पुगिसकेको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी नायव उपरीक्षक इन्द्र मल्लले जानकारी दिए। मल्लले घर भत्किँदा ४ जनाको ज्यान गएको खबर पुष्टि गरेका छन्। तर घटनाको विस्तृत विवरण भने आउन बाँकी रहेको मल्ल बताए।

ललितपुरमा काभ्रेका १ संक्रमितको मृत्यु

काठमाडौं । ललितपुरको किस्ट अस्पतालमा थप १ संक्रमितको मृत्यु भएको छ। अस्पतालमा उपचाररत ५० वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको हो।

काभ्रे पाँचखालका एक पुरुष निमोनियाको उपचार गराउन आइतबार दिउँसो १ बजे अस्पताल पुगेका थिए । अस्पतालका चिफ अपरेटिङ अफिसर अमिश पाठकका अनुसार निमोनियाको उपचार गराउन आउँदा शंका लागेर उनको कोरोना परीक्षणका लागि नमुना संकलन गरिएको थियो।