प्रदेश २ मा भोली सार्वजनिक विदा

जनकपुर। प्रदेश नम्बर २ मा श्रावण १९ गते सोमबार सार्वजनिक विदा घोषणा गरिएको छ ।प्रदेश २सरकारले भोली रक्षाबन्धनको लागि सार्वजनिक घोषणा गरेको हो ।

गत जेठ १० गते नै बसेको प्रदेश सरकारको मन्त्रीपरिषदको बैठकमा रक्षाबन्धनमा सार्वजनिक विदा दिने निर्णय अनुसार सोमबार सार्वजनिक विदा दिन लागिको हो।

प्रत्येक वर्ष रक्षाबन्धनमा सार्वजनिक विदा दिँदै आएको सरकारले यसवर्ष पनि सार्वजनिक विदा दिएको हो।

कोरोनाको महामारीलाई मध्यनजर गर्दै भीडभाड नगरी लामो दुरीको यात्रा नगरी रक्षाबन्धन मनाउन प्रदेश सरकारले आग्रह समेत गरेको छ।

मुक्तिनाथ बैंकको स्वतन्त्र संचालकमा शर्मा

काठमाडौँ । मुक्तिनाथ विकास बैंक लिमिटेडको स्वतन्त्र संचालकमा श्यामसुन्दर शर्मा नियुक्त भएका छन्।

यही साउन १६ गते बसेको २सय ३२ औं बैठकले उनलाई नियुक्ति गरेको हो ।

बसुन्धरा काठमाडौ बस्दै आएका शर्मालाई ४ वर्ष कार्यकालका लागि नियुक्ति गरिएको छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका सिल

काठमाडौँ। महानगरीय ट्राफिक प्रहरी महाशाखाका २ प्रहरी कर्मचारीमा कोरोना सङ्क्रमण देखिएपछि ट्राफिक महाशाखा सिल गरिएको छ।

गत शुक्रबार नेपाल प्रहरी अस्पताल महाराजगञ्जमा गरिएको स्वाब सङ्कलनमा दुई ट्राफिक प्रहरीमा कोरोना सङ्क्रमण देखिएपछि महाशाखा सिल गरिएको हो। महाशाखा प्रमुख, प्रहरी बरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले ट्राफिक प्रहरीमा कोरोना सङ्क्रमण पुष्टि भएपछि महाशाखामा आवतजावतमा रोक लगाइएको जानकारी दिए।

ढकालले कोरोना पुष्टि भएका प्रहरीको सम्पर्कमा आएकालाई बाहिर आवतजावतमा समेत बन्द गरिएको बताए। यस्तै महाशाखाभित्र बस्ने ३ सय ७५ ट्राफिक प्रहरी कर्मचारीलाई क्वारेन्टिनमा राखिएको छ ।

महाशाखामा हाल १ हजार ५ सय भन्दा बढी ट्राफिक प्रहरी कार्यरत रहे पनि ३ सय ७५ जना क्वारेन्टिनमा रहेकाले बाँकीलाई सवारी चापको अवस्था हेरेर काममा खटाइएको महाशाखा प्रमुख ढकालले बताए। क्वारेन्टिनमा बसेका प्रहरीको चाँडो स्वाब सङ्कलन गर्ने तयारी भइरहेको महाशाखाले जनाएको छ। स्वाब सङ्कलनको रिपोर्ट नआएसम्म महाशाखा भित्रबाट सेवाग्राहीका लागि गरिने दैनिक कामकाज रोकिने छन्।

युवकको मृत्यु घटनामा १४ जना नियन्त्रित

रोल्पा । रुन्टिगढी गाउँपालिका वडा नं ६ सालबाङमा कुटपिटबाट एक युवकको मृत्युपछि घटनामा संलग्न १४ युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रहरीले स्थानीय भीमबहादुर बस्नेत, झुपलाल वुढा, प्रेमबहादुर वुढाथोकी, चेतलाल साहु, चन्द्रलाल रोका, दिलबहादुर रोका, टोपेन्द्र साहु, धनसिंह बुढाथोकी, कमल बस्नेत, प्रकाश बुढा, ठगेन्द्र बुढा, प्रेम बुढा, तिलबहादुर चलाउने र हिराबहादुर बुढाथोकीलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

सोही ठाउँका २४ वर्षीय ईश्वर बस्नेतलाई छिमेकी गाउँका टेकबहादुर बुढालाई गोठबाट घर फर्कदै गर्दा शनिबार राति लुटेको आरोपमा कुटपिट गर्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख चित्रबहादुर गुरुङले जानकारी दिए। अभियुक्त बस्नेतले रु ५ हजार र घडी लुटेको स्थानीयवासी टेकबहादुर बस्नेतले बताउनुभयो। इलाका प्रहरी कार्यालय होलेरीका अनुसार कुटपिटमै संलग्न बस्नेतलाई डव्रिङ स्वास्थ्यचौकीले सिफारिस गरेपछि थप उपचारका लागि लाने क्रममा शनिबार मृत्यु भएको थियो।

गएराति चितुवाको आक्रमणबाट १ बालिका घाइते

तनहुँ । तनहुँको आँबुखैरेनी गाउँपालिका–१ समस्तीपुरमा गएराति चितुवाको आक्रमणबाट एक बालिका घाइते भएकी छन्। घाइते हुनेमा १० वर्षीया अमिषा थापा रहेको डिभिजन वन कार्यालयले जनाएको छ। घरको आँगनमा बसिरहेको बेला चितुवाको आक्रमणबाट घाइते भएकी बालिकालाई राति नै उपचारका लागि भरतपुर पठाइएको कार्यालयका प्रमुख केदार बरालले जानकारी दिए। उनको घाँटीमा चोट लागेको छ।

हजुरबुवा धनबहादुर पन्तको घरमा बसिरहेकी ती बालिका सोही ठाउँको चन्द्रोदय माध्यमिक विद्यालयमा कक्षा ३ मा अध्ययनरत छिन्। “रातिको समयमा घरको आँगनमा बसेका बेला चितुवाले आक्रमण गरी बालिकालाई घाइते बनाएको छ, रातको समय भएकाले चितुवाले आक्रमण गर्न सजिलो हुने हुनाले विशेष सतर्कता अपनाउनुपर्छ”, प्रमुख बरालले भने।

रोल्पामा कुटपिटबाट १ युवकको मृत्यु

काठमाडौँ। जिल्ला प्रहरी कार्यालय रोल्पाले रोल्पाको रुन्टिगढी गाउँपालिका–६ सालबाङमा कुटपिटबाट १ युवकको मृत्यु भएपछि १४ युवालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा स्थानीय युवा भीमबहादुर बस्नेत, झुपलाल बुढा, प्रेमबहादुर बुढाथोकी, चेतलाल साहु, चन्द्रलाल रोका, दिलबहादुर रोका, टोपेन्द्र साहु, धनसिंह बुढाथोकी, कमल बस्नेत, प्रकाश बुढा, ठगेन्द्र बुढा, प्रेम बुढा, तिलबहादुर चलाउने र हीराबहादुर बुढाथोकी रहेका छन्।

सोही ठाउँका २४ वर्षीय ईश्वर बस्नेतले छिमेकी गाउँका टेकबहादुर बुढालाई गोठबाट घर फर्कँदै गर्दा शनिबार राति लुटेको आरोपमा कुटपिट गर्दा उनको मुत्यु भएको कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक चित्रबहादुर गुरुङले जानकारी गराए।

आरोपित बस्नेतले रु ५ हजार र घडी लुटेको टेकबहादुर बस्नेतले बताएका छन् । इलाका प्रहरी कार्यालय होलेरीका अनुसार कुटपिटमै संलग्न बस्नेतलाई डव्रिङ स्वास्थ्यचौकीले सिफारिस गरेपछि थप उपचारमा लाने क्रममा शनिबार मृत्यु भएको थियो। घटनाकाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

पछिल्लो १ सातामा विदेशमा २८ नेपालीको मृत्यु

काठमाडौँ। पछिल्लो एक हप्तामा कोरोनाबाट विदेशमा २८ नेपालीले ज्यान गुमाएका छन्। विश्वभर महामारीका रुपमा फैलिएको कोभिड– १९ को सङ्क्रमणबाट बितेका सात दिनमा विदेशमा २८ नेपालीको मृत्यु भएको गैरआवासीय नेपाली संघले जनाएको छ। कोरोनाबाट भारतमा २५, र साउदी अरेबियामा २ र दक्षिण अफ्रिकामा १ जनाले ज्यान गुमाएका हुन्। यससँगै सङ्क्रमणका कारण विदेशमा १ सय ८९ नेपालीको मृत्यु भएको छ।

विश्वका ३८ देशमा रहेका नेपाली कोरोना भाइरसको शिकार भएको र सबैभन्दा बढी भारतको महाराष्ट्रमा रहेका नेपाली रहेको बताउँदै सङ्घले लण्डनबाट आज बिहान जारी गरेको प्रेस विज्ञप्तिमा लक्जम्बर्गमा पारिवारिक जमघटमा भेला भएका ३५ नेपाली एकैपटक सङ्क्रमित भएको उल्लेख गरिएको छ।

यसैबीच सङ्घले हालसम्म कोभिड–१९का कारण विदेशमा अलपत्र ३७ हजार ४ सय २४ जनालाई सम्बन्धित देशस्थित नेपाली दूतावास र कूटनीतिक नियोगलगायत अन्य स्थानीय निकायसँगको समन्वयमा स्वदेश फर्काइएको बताएको छ। अलपत्र परेकालाई नेपाल फर्काउन ५४ उडानको व्यवस्था मिलाइएको पनि सङ्घले जनाएको छ।

यो बर्ष पनि नबिल बैंक ‘नेपालको उत्कृष्ट बैंक’ घोषित

काठमाडौँ। बेलायतको प्रतिष्ठित पत्रिका यूरोमनीले यो बर्ष पनि नबिल बैंक लिमिटेडलाई ‘नेपालको उत्कृष्ट बैंक’को रुपमा पुरस्कृत गरेको छ।
अघिल्लो बर्ष पनि यूरोमनीले नबिललाई नै पुरस्कृत गरेको हो । लगातार दोस्रो पटक समकालीन बैंकहरुमध्ये बदलिँदो परिवेशमा बैंकले प्रदान गरेको सेवा तथा नाफामा गरेको वृद्धिलगायतलाई आधार मानेर यो अवार्ड प्रदान गर्ने गरिन्छ।

नेपालको अग्रणी बैंक नबिललाई समग्र बैकिङ कार्यसम्पादन मूल्यांकन गरी उत्कृष्ट ठहरिँदै यूरोमनीले पुरस्कृत गरेको हो।

सन् १९९२ मा स्थापना भएको ‘यूरोमनिज् अवार्ड फर एक्सिलेन्स’ बैंकिङ क्षेत्रको एक मौलिक पुरस्कारका रुपमा मानिन्छ। ‘यूरोमनिज् अवार्ड फर एक्सिलेन्स’ ले प्रत्येक वर्ष अन्तर्राष्ट्रिय, क्षेत्रीय तथा राष्ट्रियस्तरका उत्कृष्ट बैंकहरुलाई पहिचान गरी पुरस्कृत गर्दै आइरहेको छ।

सन् १९८४ देखि ग्राहकलाई समायनुकूल सेवा प्रदान गर्दै आएको नबिल बैंकको हालसम्म ११८ शाखा, १७५ एटीएम र १ हजार ५०० भन्दा बढी नबिल रेमिट एजेन्टहरु रहेका छन्। नबिल बैंकले नेपालको बैंकिङ क्षेत्रमा नवीनतम सेवाको सुरुआत गर्न अग्रणी भूमिका खेल्नुका साथै नेपालको बैंकिङ विकासको इतिहासमा कोसेढुंगाका रुपमा काम गर्दै आएको छ।

खानेपानीका २ सबइन्जिनीयर पक्राउ

दैलेख । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खानेपानी, सिँचाइ तथा ऊर्जा विकास कार्यालय दैलेखमा कार्यरत सबइन्जिनीयर वीरेन्द्र चन्द र रञ्जितकुमार श्रेष्ठविरुद्ध विशेष अदालतमा शुक्रबार मुद्दा दायर गरेको छ। अख्तियारले दैलेखको भगवतीमाई गाउँपालिका–३ सान्तडा खोला तटबन्ध निर्माण योजनाको उपभोक्ता समितिबाट घुस मागेको पुष्टि हुन आएकाले उनीहरुविरुद्ध भ्रष्टाचारको आरोपमा मुद्दा दायर गरेको हो।

अनुसन्धानको सिलसिलामा उपभोक्ता समितिसँग ३० हजार घुस नदिए भुक्तानी रोकिदिने भनी चेक लुकाई भुक्तानी रोकेको पुष्टि हुन आएकाले सबइन्जिनीयरद्वय चन्द र श्रेष्ठविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ ९ज्ञ० को कसुरको उद्योग गरेकाले सोही रकम बराबरको बिगो कायमका साथै दफा २१ मा उल्लिखित भए बमोजिम दफा ३ को ९१० बमोजिम सजाय माग दाबी गरी मुद्दा दर्ता गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालयद्वारा जारी पे्रस नोटमा उल्लेख छ ।

घुस रकम माग गरी भुक्तानी रोकेको सूचनाका आधारमा अख्तियारको कार्यालय सुर्खेतबाट खटिएको टोलीले असार १६ गते सब–इन्जिनीयरद्वयलाई नियन्त्रणमा लिएको थियो ।

विराटनगरका प्रमुखलाई कार्यकक्षमै महिलाले गरे हातपात

विराटनगर । श्रम रोजगार कार्यालय विराटनगरका प्रमुख प्रेम सञ्‍जेलमाथि कार्यकक्षमै हातपात भएको छ। ड्युटी सिफ्ट परिवर्तन गर्ने विषयमा भनाभन हुने क्रममा २ जना महिला कर्मचारीले सञ्जेललाई हातपात गरेका हुन्।

मोरङ प्रहरी प्रमुख एवं एसपी सन्तोष खड्काले सोही महिलाहरु कार्यालयमा सहयोगीको रुपमा रहेको बताए। उनले भने‘अहिले दुवै पक्षलाई छलफलका लागि बोलाएका छौं।’

‘ड्युटीमा खटाउने क्रममा उहाँहरुले राति नखटाइदिनु भन्दा विवाद चर्केपछि हातपात भएको भएको रहेछ । ’एसपी खड्काले भने ।

प्रहरीका अनुसार बिहान ११ बजेतिर उपसचिव सञ्‍जेलले आफूमाथि कुटपिट भएको भन्दै प्रहरीलाई खबर गरेका थिए।

पछिल्लो २४ घण्टामा उपत्यकामा थप ६ जनामा कोरोना पुष्टि

काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकाका थप ६ जनामा कोरोना पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयको नियमित प्रेस बिफ्रिङमा मन्त्रालयका प्रवत्ता डा( जागेश्वर गौतमले उपत्यकामा शनिबार उपत्यकामा ६ जनामा कोरोना पुष्टि भएको जानकारी गराएको हुन्।

संक्रमितमा काठमाडौँ जिल्लाका ५ जना र भक्तपुरका १ जना रहेका छन्।

स्वास्थ्य तथा जनसंख्य मन्त्रालयका अनुसार राष्ट्रिय प्रयोगशाला टेकुमा काठमाडौंका २ जना, नेपाल कोरियामैत्री अस्पतालमा काठमाडौंका २ जना र नेपाल प्रहरी अस्पताल प्रयोगशालामा काठमाडौंका १ जनामा संक्रमण पुष्टि भएको हो।

त्यस्तै नेपाल कोरियामैत्री अस्पतालमा गरिएको परीक्षणमा भक्तपुरका एकजनामा संक्रमण पुष्टि भएको मन्त्रालयका प्रवक्त डा। जागेश्वर गौतमले बताए।

शनिबार थप ३ सय १५ जनामा कोरोना पुष्टि

काठमाडौँ। नेपालमा शनिबार थप ३ सय १५ जना कोरोना संक्रमण पुष्टि भएको छ। यो सँगै नेपालमा संक्रमितको संख्या २० हजार ८६ पुगेको छ।

त्यस्तै, पछिल्लो २४ घण्टामा ९३ जना उपचारपछि डिस्चार्ज भएका छन्। यसरी डिस्चार्ज हुनेको कुल संख्या १४ हजार ४ सय ९२ पुगेको छ। सक्रिए संक्रमितको संख्या ५ हजार ३ सय ३८ रहेको छ।

यस्तै आजसम्म कुल ११ हजार ५ सय ३३ जना क्‍वारेन्टिनमा रहेका छन्। आजसम्म नेपालमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ५६ पुगेको छ।

नेपाल–चीन कूटनीतिक सम्बन्ध स्थापनाको ६५ औँ वर्ष, प्रधानमन्त्री ओलीद्वारा बधाई

काठमाडौँ। नेपाल र चीनबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ६५ औँँ वार्षिकोत्सवको अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले चीनका राष्ट्रपति सी चिनफिङ र प्रधानमन्त्री लि खछ्याङलाई बेग्लाबेग्लै बधाई सन्देश पठाएर हार्दिक बधाई ज्ञापन गर्दै शुभकामना व्यक्त गर्नुभएको छ।

प्रधानमन्त्री ओलीले आज दुईवटा छुट्टाछुुट्टै बधाई सन्देश पठाएर चिनियाँ राष्ट्रपति र प्रधानमन्त्रीका साथै उहाँहरूमार्फत चीन सरकार र त्यहाँका जनतामा हार्दिक बधाई एवं शुभकामना व्यक्त गर्नुभएको हो।

प्रधानमन्त्री ओलीले नेपाल र चीनबीच शताब्दीऔँदेखि रहेको गहिरो हार्दिक मैत्रीको विशिष्टता दर्शाउँदै नेपालले एकचीन नीतिलाई निरन्तर अक्षुण्ण राखेको तथा चीनले नेपालको सार्वभौमिकता, क्षेत्रीय अखण्डता र राजनीतिक स्वतन्त्रताको सम्मान गरेको बताउनुभएको छ।

गत अक्टोबरमा चिनियाँ राष्ट्रपतिबाट भएको नेपालको ऐतिहासिक राजकीय भ्रमण र सन् २०१६ र २०१८ मा आफूले गरेका चीनको औपचारिक भ्रमणको स्मरण गर्दै प्रधानमन्त्रीले भ्रमणका बेला भएका सम्झौता कार्यान्वयन गर्ने प्रतिबद्धता सन्देशमा व्यक्त गर्नुभएको छ।

पारवहन यातायात सम्झौतासहित त्यसको सन्धिपत्र, नेपाल–चीन सीमापार रेलसेवा परियोजनाको सम्भाव्यता अध्ययनका साथै भौतिक पूर्वाधार तथा सम्पर्क सञ्जाल विस्तारका सम्बन्धमा भ्रमणका बेला भएका द्विपक्षीय सम्झौता पारस्परिक सहयोग अभिवृद्धि गर्न महत्वपूर्ण हुने उहाँले बताउनुभएको छ।

चीनले अघिसारेको एकक्षेत्र एकमार्ग (वेल्ट एण्ड रोड) परियोजनाको सराहना गर्दै प्रधानमन्त्री ओलीले उक्त परियोजना र त्यसमा समाहित हिमालयपार बहुआयमिक सम्पर्क सञ्जालसहितका मुख्य अंशले नेपाललाई आफ्नो विकासका कार्यक्रम अघि बढाउन महत्वपूर्ण अवसर प्रदान गर्ने सन्देशमा उल्लेख गर्नुभएको छ।

चिनियाँ राष्ट्रपति सी चिनफिङले आफ्ना नेपाली समकक्षी विद्यादेवी भण्डारीलाई पठाउनुभएको बधाई सन्देशमा दुवै देशले एकअर्कालाई ससम्मान समान व्यवहार गर्दै आएका बताउनुभएको छ। उहाँले चीन र नेपालबीच ६५ वर्षअघि कूटनीतिक सम्बन्ध स्थापना भएयता पारस्परिक राजनीतिक विश्वास सुदृढ हुनाका साथै आपसी लाभका खातिर सहयोगात्मक सम्बन्ध घनिभूत भएको बताउनुभएको छ।

चीन–नेपाल सम्बन्धलाई अग्रगामी तुल्याउन, दुवै देशका जनतालाई विकासका बृहत् प्रतिफलबाट लाभान्वित बनाउन र यस क्षेत्रको विकास एवं स्थायित्वका निम्ति रचनात्मक योगदान गर्न नेपालसँग सहकार्य गर्न आफू तत्पर रहेको राष्ट्रपति सीले सन्देशमा उल्लेख गर्नुभएको छ।

यसैगरी प्रधानमन्त्री लीले आफ्ना नेपाली समकक्षी ओलीलाई पठाउनुभएको सन्देशमा चीन र नेपाल पर्वत र नदीले जोडिएका छिमेकी हुन् भन्दै बितेका ६५ वर्षमा चीन र नेपालबीचको सम्बन्ध र सहयोग सन्तुलित एवं सुव्यवस्थित ढङ्गले अविच्छिन्न रुपमा विकसित भएको बताउनुभएको छ।

चिनियाँ प्रधानमन्त्रीले एकक्षेत्र एकमार्ग परियोजना प्रवद्र्धनलगायत विविध क्षेत्रमा बहुआयमिक आपसी सहयोगलाई सबल बनाउन तथा द्विपक्षीय सम्बन्धलाई नवीन चरणमा पु¥याउन नेपाली पक्षसँग सहकार्य गर्ने चाहना व्यक्त गर्नुभएको छ।

यसै अवसरमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले आफ्ना चिनियाँ समकक्षी वाङ यीलाई पठाउनुभको बधाई सन्देशमा द्विपक्षीय सम्बन्ध विस्तारमा उहाँले निर्वाह गर्नुभएको भूमिकाको प्रशंसा गर्नुभएको छ। भविष्यमा नेपाल र चीनबीचको सम्बन्धले नयाँ उचाइ हासिल गर्ने विश्वास मन्त्री ज्ञवालीले व्यक्त गर्नुभएको छ।

त्यसैगरी विदेशमन्त्री वाङले विकास र समृद्धिका लागि चिरस्थायी मैत्री दर्शाउने चीन–नेपाल रणनीतिक साझेदारीयुक्त सहयोगमा रचनात्मक योगदान गर्न तथा आपसी सहयोग एवं सम्पर्क विस्तारका साथै दुवै देशको उच्च नेतृत्वबीच भएका महत्वपूर्ण सहमति–समझदारीको कार्यान्वयनका निम्ति मन्त्री ज्ञवालीसँग सहकार्य गर्ने अभिलाषा सन्देशमा व्यक्त गर्नुभएको छ।

गुल्मीमा पहिराले एकै घरका ४ जनाको ज्यान गयो

गुल्मी । गुल्मीमा पहिरोमा परेर एकै परिवारका ४ जनाको ज्यान गएको छ। रुरुक्षेत्र गाउँपालिका ५ अन्तर्गत टाहाटिम नजिकै आँटीपाटामा शुक्रबार राति स्थानीय राजु माझीको घर पहिरोले पुरिएको हो।

पहिरोमा परेर ज्यान जानेमा राजु बोटेमाझीकी श्रीमती वर्ष ३० की बीना, उनका छोराहरु वर्ष १० का हेमन्त, वर्ष ७ का सागर र दश महिनाकी छोरी विनिता रहेको रुरुक्षेत्र गाउँपालिका–५ का वडाध्यक्ष हरिप्रसाद ज्ञवालीले जानकारी दिए।

शुक्रबार बेलुकी ५ बजेदेखि अविरल वर्षा भइरहेको कारण राति घर माथिबाट ठूलो चट्टानसहितको पहिरो खसेकाले घर पुरिएको बताइएको छ। पहिरोमा परेर ज्यान गुमाएका चारै जनाको शव निकाली सकिएको छ। घटनाको जानकारी पाएपछि इलाका प्रहरी कार्यालय रिडी र प्रहरीचौकी जोहाङ्ग खैरेनीबाट प्रहरी टोली घटनास्थलतर्फ गएको छ। राजु भने वैदेशिक रोजगारीमा रहेको बताइएको छ।

साच्चै न्यायाधीश छान्ने हो भने न्यायपरिषदको अध्यक्षता प्रधान न्यायाधीशले गर्न हुँदैन

काठमाडौं । न्यायालय विभिन्न प्रकरणमा विवादमा आइरहँदा काननुविद्हरुले न्याय परिषदको अध्यक्षता प्रधानन्यायाधीशले गर्न नहुने धारणा सार्वजनिक गरेका छन् ।

न्यायाधीशलाई अनुशासनमा कारवाही गर्ने, भ्रष्टाचारमा मुद्दा चलाउनेसम्मको अधिकार पाएको परिषदले न्यायाधीशलाई कारवाही भन्दा जोगाउन लाग्दा न्यायापालिका विवादमा तानिएको उनीहरुको विश्लेषण छ।

नेपाल बार एशोसिएसनका पूर्व अध्यक्ष समेत रहनुभएका बरिष्ठ अधिवक्ता शेरबहादुर केसीले परिषदको नेतृत्व प्रधानन्यायाधीशले नभै सर्वोच्च तहका पूर्व न्यायाधीशमध्येबाट राखिनुपर्ने र अहिलेको परिषदको संरचनालाई बृहद फेरबदल गर्नुपर्ने सुझाव दिनुभयो।

‘न्याय परिषदको संरचना नै फेरबदल नै हुनुपर्ने जरुरी छ। अध्यक्षता प्रधानन्यायाधीशले गर्नुभएन। सर्वोच्चबाट अवकास पाएका न्यायाधीशकमध्येबाट एक जनाको अध्यक्षतामा संसदको सहित प्रतिनिधित्व हुने गरी संरचना बनाउँदा राम्रो हुन्छ,’ सञ्चार केन्द्र नेपालले शुक्रबार राजधानीमा आयोजना गरेको एक अन्तक्र्रियामा बरिष्ठ अधिवक्ता केसीले भन्नुभयो।

न्यायाधीशहरु विभिन्न प्रकरणमा मुछिएपनि कारवाही नभएको, धेरै विवादमा आए परिषदले भ्रष्टाचारमा कारवाही गर्नुको साटो राजिनामा दिन लगाई चोख्याउने गरेको उहाँको आरोप थियो ।

न्यायाधीश नियुक्ति पनि स्वच्छता र क्षमताको आधारमा नभै नेताहरुको खल्तीमा भएका नामलाई प्राथमिकता दिइएकोमा उहाँको असन्तुष्टी थियो ।

अहिले भइरहेको संरचनाले राम्रो काम गर्न नसकेकाले नेपाल बारको अध्यक्ष, विज्ञ कानुनविद्, संसदको प्रतिनिधि, अवकासप्राप्त न्यायाधीशलाई परिषदमा सहभागी गराउन सके न्यायालय सुध्रने उहाँको सुझाव थियो ।

कार्यक्रममा अर्का अधिवक्ता उद्धवप्रसाद चौंलागाईले पनि न्याय परिषदका सदस्य आफै न्यायाधीश बन्न दौडधूप गर्नु अस्वभाविक रहेको जनाउनुभयो । न्यायाधीश नियुक्ति गर्ने, गलत गरे कारवाही गर्नुपर्ने निकायका मानिस आफै नियुक्ति खानतिर लागेपछि के हुन्छ रु उहाँको प्रश्न थियो।

कार्यक्रममा नेपाल पत्रकार महासङ का केन्द्रिय सदस्य यम बिरहीले अदालतले गरेका निर्णयमा जन स्तरमै प्रश्न उठनु लोकतान्त्रिक मुलुकका लागी राम्रो संकेत होइन भन्नुभयो ।त्यसैगरी कार्यक्रममा कन्जुमरआइका तर्फबाट रन्जन खनालले पैसा नहुनेहरुका लागी कानुन लाग्ने र जेल बस्नुपर्ने रन्जन कोइराला प्रकरणले पुष्टि गरेको छ भन्दै अब न्याय माग गर्न कहाँ जाने अन्यौलता बढेको बताउनु भयो।कार्यक्रममा नेपाल टेलिभिजनका बोर्ड सदस्य बालकृष्ण बस्नेतले कानुनी क्षेत्रमा समस्या बढदै गएकोले न्याय परिषद चनाखो बन्नुपर्ने बताउनु भयो।कार्यक्रममा संचार केन्द्रका अध्यक्ष एब पत्रकार महासङ्का केन्द्रिय सदस्य गोबिन्द चौलागाईंले समाजमा न्यायलय प्रति प्रश्न उठदै गएकोले न्ययलयको छबि बचाउन न्याय परिषदले आफ्नो ठाउँबाट भुमिका खेल्न ढिलो गर्न नहुने धारणा राख्नु भएको थियो।