क्यानडाका अर्थमन्त्रीद्वारा राजीनामा

काठमाडौँ । क्यानडाका अर्थमन्त्री बिल मोर्नीले आफू निकट सम्बन्ध रहेको एक सामाजिक संस्थालाई सरकारी कार्यक्रम दिलाउन भूमिका खेलेको आरोपमा छानबिन हुन थालेपछि राजीनामा दिनु भएको छ ।

प्रधानमन्त्री जस्टिन ट्रुडोको छविमै आँच आउने अवस्था सिर्जना भएपछि उहाँले मन्त्री सहित साँसद पदबाट पनि राजीनामा दिनु भएको समाचारमा जनाइएको छ ।

अहिले मन्त्री मोर्नीका परिवारका सदस्यहरुसँग डब्लुई च्यारिटी नामको संस्थाको सम्बन्धमा अनुसन्धान शुरु भएको छ, र प्रारम्भिक विवरणमा च्यारिटीसँग सम्बन्ध रहेका प्रमाणहरु सार्वजनिक भएका छन् ।

सरकारी अनुदानप्राप्त विद्यार्थी स्वयंसेवी कार्यक्रमका लागि डब्लुई च्यारिटीलाई ६७ करोड अमेरिकी डलरको एउटा कार्यक्रम संचालनको जिम्मेवारी दिइएको थियो ।

मन्त्री मोर्नीले आफूले विभिन्न भ्रमणका क्रममा डब्लुई च्यारिटीबाट यातायात खर्च बुझेको स्वीकार गर्नु भएको छ । उहाँले संवाददाताहरुलाई भन्नुभयो, “म क्यानडाको अर्थमन्त्री र सांसद पद दुबैबाट राजीनामा दिँदैछु ।”

पछिल्लो २४ घण्टामा थप १ हजार १६ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ । नेपालमा मंगलबार थप १ हजार १६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले मंगलबार नियमित लाइभ अपडेटमा देशभार १ हजार १६ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए ।
यो सँगै कोरोना संक्रमितको संख्या २८ हजार २५७ पुगेको छ ।

मन्त्रालयका अनुसार सक्रिय संक्रमितको संख्या १० हजार ५६३ रहेको छ भने १३ हजार ९२६ जना क्वारेन्टाइनमा रहेका छन् ।

राष्ट्र कवि माधवप्रसाद घिमिरेको निधन

काठमाडौँ। राष्ट्रकवि माधवप्रसाद घिमिरेको निधन भएको छ। मंगलबार साँझ ५ बजेर ५५ मिनेटमा उनको निधन भएको पारिपारिक श्रोतले जनाएको छ।

राष्ट्रबैंकको निर्देशन अवज्ञा गर्दै महालक्ष्मी बैंक

काठमाडौँ । विश्वव्यापी रुपमा फैलिएको कोरोना (कोभिड–१९) भाइरसको संक्रमण पछिल्लो समय नेपालमा भूसको आगो सरी फैलिएको छ । यसबाट विशेषत बैंक तथा वित्तीय संस्थामा कार्यरत कर्मचारीहमा जोखिम बढेको छ । उक्त जोखिमलाइ मध्यनजर गर्दै बैंक तथा वित्तीय संस्थाको नीयमनकारी निकाय नेपाल राष्ट्र बैंकले सिमीत कर्मचारी तथा शाखा कार्यालय मार्फत पर्याप्त सुरक्षाका मापदण्ड अपनाउदै सेवा प्रदान गर्न संबन्धित संस्थाहरुलाइ निर्देशन दिइएको छ । सोही निर्देशन अधिकांश बैंक तथा वित्तीय संस्थाहरुले गरिसकेका छन् । तर, राष्ट्रिय स्तरको विकास बैंकमा राम्रै ख्याति कमाएको महालक्ष्मी विकाश बैंक भने यस विपरीत संक्रमणलाइ बेवास्ता गर्दै यथावत रुपमै बैंक सञ्चालन गरेको छ। यसबाट सोही बैंकका कर्मचारीहरुमा संक्रमणको जोखिम बढ्नुका साथै मानसीक तनाबको सिकार हुन पुगेका छन् ।
बैंकको पुतली सडक स्थित शाखा कार्यलयमा कार्यरत १ कर्मचारीमा कोरोना संक्रमाण पुष्टि भैसक्दा पनि पर्याप्त साबधानी अपनाइएको छैन।

त्यस्तै काठमाण्डौ महानगरपालीका अन्र्तगत विभिन्न क्षेत्रमा कोरोना भाइरस संक्रमण पश्चात स्थानिय सरकारले शिल गरी सम्पूर्ण व्यापार व्यावसाय बन्द गरीको र उक्त क्षेत्रमा अवस्थीत बैंक तथा वित्तीय संस्थाहरुले सिमित कर्मचारी र आलोपालो प्रणालीमा शाखा कार्यालय संचालन गरेता पनि महालक्ष्मी विकास बैंक भने यस विपरीत उभिएको छ ।

संक्रमित क्षेत्रमा अबस्थित महालक्ष्मी विकास बैंकको शाखा कार्यालयले केन्द्रिय कार्यालय समक्ष शाखा यथावत् रुपमा संचालन गर्न नसक्ने भन्दा तलब भत्ता पनि दिन नसकीने भनि उच्च व्यवस्थापन बाट आएको ठाडो जबाफले कर्मचारीहरु झस्किएका छन् ।

त्यसो त सम्बन्ध स्रोतका अनुसार भाद्र १ गतेको आन्तरिक सर्कुलरले कर्मचारीहरुमा नैरास्यता उत्पन्न गराएको त छ नै सम्बन्धित नियमनकारी निकाय र सरकारको निर्देशनको समेत ठाडो उल्लङ्घन गर्दै कुनै पनि हालतमा सम्पूर्ण शाखा कार्यलयहरुलाइ जस्तो सुकै परिस्थितीमा पनि अनिवार्य रुपमा शाखा संचालन गर्नु भन्ने बाध्यत्मक व्यबस्ता लादिएको पाइको छ ।

वाणिज्य विभागका ५२ जना कर्मचारीको कोरोना परिक्षण

काठमाडौँ । बजार अनुगमनमा संलग्न वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका ५२ जना कर्मचारीको कोभिड–१९ परीक्षण गरिएको छ ।
अनुगमनका क्रममा संक्रमितको सम्पर्कमा आएको हुन सक्ने भएकाले केही कर्मचारीको कोभिड–१९ परीक्षण गराएको बताइएको छ ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा टेकुबाट आफ्ना कर्मचारीको कोभिड–१९ परीक्षण गरिएको विभागले जानकारी दिएको छ ।

थप ५ सय ८१ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ । पछिल्लो २४ घण्टामा ५ सय ८१ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा ११ हजार ५२० नमुना परीक्षण गर्दा उपत्यकामा १६८ सहित ५८१ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवत्ता डा. जागेश्वर गौतमले जानकारी दिए।

यससँगै कुल संक्रमितको संख्या २७ हजार २४१ पुगेको छ । उनीहरुमध्ये १०७ जनाको मृत्यु भएको छ भने १७ हजार ४९५ जना निको भएका छन् ।

डिस्चार्ज भएको केही समयपछि १ युवाको मृत्यु

वीरगञ्ज। कोरोना संक्रमणमुक्त भई कोभिड अस्पतालबाट डिस्चार्ज भएको केही घण्टापछि १ जनाको मृत्यु भएको छ। वीरगञ्ज महानगरपालिका—१३ शिवनगरका ५६ वर्षीय पुरुषको डिस्चार्ज भएको केही समयपछि मृत्यु भएको हो।

नारायणी कोभिड विशेष अस्थायी अस्पताल वीरगञ्ज हेल्थकेयरबाट शनिबार राति उनी कोरोना संक्रमणमुक्त भएर डिस्चार्ज भएका थिए।

नारायणी अस्पतालको पीसीआर प्रयोगशालामा गरिएको पछिल्लो कोरोना परीक्षणको रिपोर्ट नेगेटिभ आएको थियो ।

नारायणी अस्तालको प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा साउन १९ गते रिपोर्ट पोजेटिभ आएपछि उनलाई उपचारका लागि वीरगञ्ज हेल्थकेयरमा भर्ना गरिएको थियो।

झाडापखाला लागेको र अक्सिजनको मात्रा पनि कम भएकोले डिस्चार्जको बेलामा नै चिकित्सकले उनलाई थप उपचारका लागि अन्य अस्पताल भर्ना गर्न सुझाव दिएका थिए।

त्यसपछि उनका आफन्तले उनलाई नारायणी वयोधा अस्पतालको आईसीयूमा भर्ना गरेका थिए । उपचारकै क्रममा शनिबार राति नै साढे ११ बजे मृत्यु भएको अस्पताल प्रशासनले जनाएको छ ।

मृतकको शव आफन्तले ल्याएर हिन्दु धार्मिक परम्पराअनुसार दाहसंस्कार गरिसकेका छन्। मृतकका जेठो छोरामा पनि कोरोना संक्रमण पुष्टि भएको छ। उनी अहिले होटल रानीपोखरी होटल आइसोलेसनमा उपचाररत छन् ।

कान्छो छोराले बुवालाई दागबत्ति दिएका थिए। मृतकका श्रीमती र अर्को छोराको पनि पीसीआर परीक्षणका लागि स्वाब नमुना संकलन गरी प्रयोगशालामा पठाइएको छ।

प्रेस काउन्सिलमा पाण्डे र भण्डारी सदस्यमा नियुक्त

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्री युवराज खतिवडाले मन्त्रीस्तरीय निर्णय गर्दै पत्रकार दिपक पाण्डे र अर्कि पत्रकार दुर्गा भण्डारीलाई प्रेस काउन्सिल नेपालको सदस्यमा नियुक्त गर्नुभएको छ । मन्त्रालयले दिएको जानकारी अनुसार काउन्सिलको सदस्यमा पाण्डे सहित अर्का पत्रकार भण्डारी पनि नियुक्त भएका हुन्।


काठमाडौमा रहेर पत्रकारिता गर्दै आएका पाण्डे प्रकाश साप्ताहिक देखि विभिन्न पत्रीका हुँदै हाल जनता टेलिभिजनमा कार्यरत छ्न। त्यस्तै पोखरामा लामो समय पत्रकारिता र पछिल्लो समय कानुन व्यवसायीका रुपमा स्थापित भण्डारी नेपाल पत्रकार महासंघको केन्द्रिय सदस्य र प्रेस चौतारी नेपालको केन्द्रिय कमिटीको सचिव समेत भैसकेकी भण्डारीले विभिन्न पत्रपत्रिकामा आर्टिक लेख्दै आएकी छन्।

काठमाडौँ उपत्यकामा मात्रै थप १ सय ७२ जनामा कोरोना पुष्टि

काठमाडौँ । काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा १ सय ७२ जना कोरोना संक्रमित भेटिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा १ सय २६, ललितपुरमा ३८ र भक्तपुरमा ८ जना संक्रमित भेटिएका हुन्।

संक्रमित कुन ठाउँका हुन् भन्ने मन्त्रालयले खुलाएको छैन। त्यस्तै पछिल्लो २४ घण्टामा देशभरमा ६ सय ४१ जना संक्रमित थपिएका छन्।

पछिल्लो २४ घण्टामा थप ६ सय ४१ जनामा कोरोना पुष्टि

काठमाडौँ। नेपालमा पछिल्लो २४ घण्टामा ६ सय ४१ जना कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस बिफिङ अन्र्तगत आइतबार मन्त्रालयका प्रवत्ता डा. जागेश्वर गौतमले १२ हजार २ सय ४७ जनाको पीसीआर विधिबाट परीक्षण गर्दा यी संक्रमित भेटिएका हुन्।
यो सँगै कुल संक्रमितको संख्या २६ हजार ६ सय ६० पुगेको छ।

देशभर ९ हजार २ सय ४१ जना कोरोना भाइरसका सक्रिय संक्रमित रहेका छन्।

आयल निगमका कर्मचारीका आफन्तलाई कोरोना पुष्टि भएसँङै कार्यालय सुनसान

काठमाडौ। कोभिड १९ को महामारीले बिश्व आक्रान्त बनिरहेको बेला नेपालले पनि यसको ठुलै असर ब्यहोरिरहेको छ। नेपाल आयल निगम भित्र कोभिड १९ आतंक मच्चिएको छ। आयल निगम यतिबेला सुनसान जस्तै बनेको छ।

निगमका कर्मचारीका आफन्तलाई १९ले सक्रमण गरेपछि श्रावण २९ गते निगमका आसङ्कित कर्मचारीलाई पिसिआर परिक्षण गराउनु परेको थियो। प्राप्त जानकारी अनुसार यतिबेला निगमकाे अफिस नै सुनसान जस्तैः देखिएको छ।

एकजना डिएमडी एकछिन आउने र केही कर्मचारी गफकै लागी भएपनी कार्यालय आएको देखिन्छ भने अफिसियल काम अगाडि नबढेको समाचार श्रोत बताउछ। कोभिडका करण निगम मात्र होइन अधिकान्स सरकारी अफिसहरु एकपछि अर्को गरि प्रभावित बन्दै गएकोले कर्मचारीको बीच नै आतंकको वातावरण मात्र बन्दै गएको छैन कार्यालय जानेकी नजाने दोधारको अबस्था आइपरेको सिँहदरबार अफिसियल काममा जाने एक कर्मचारीले सम्पत्ति न्युज लाई बताए। कार्यालय जानै पर्ने बाध्यताले कतिपय कर्मचारीहरु ज्यान जोगाउन कै लागि जागीर खाने कि छोडनेको अबस्थामा पुगेका छन। यसै बिच आर्थिक हिसाबले पनि नेपालीको अर्थतन्त्र डामाडोल भन्दै गएको छ। राजस्व मा यसले सबैभन्दा बढी प्रभाबित भएको देखिएको छ। बैंकहरुलाइ हम्मे हम्मे परेको छ।

कर्मचारीहरूले पुरा समय काम गर्न सकिरहेका छैनन। सुशासन कायम गराउने निकाय अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा समेत प्रमुखलाई कोरोनाले संक्रमण भएको समाचार सङै सिङ्गो कर्मचारी क्षेत्र नै आतंकित बन्न पुगेको अबस्थामा सरकारले बेलैमा साबधानिका बाटाहरु सोच्ने बेला आएको छ।

बि.पी.कोइराला अस्पताल शिल, अत्यावस्यक बाहेकका सबै सेवा बन्द

चितवन। चितवनको बि.पी कोइराला मेमोरियल क्यान्सर अस्पताल शिल गरिएको छ ।


अस्पतालका कर्मचारीमा कोरोना देखिएपछि अस्पताले आज विज्ञप्ति निकाल्दै अत्यावस्यक बाहेकका सेवा बन्द रहने जानकारी गराएको छ।


अस्पतालका कार्यकारी निर्देशक डा.देज कुमार गौतमले अर्काे सुचना प्रकाशन नभएसम्मका लागि अस्पताल बन्द रहने बताएका छन् ।

लिदी पहिरोः १८ जनाको शव फेला पर्यो

काठमाडौँ । जुगल गाउँपालिका–२ लिदीमा शुक्रबार बिहान खसेको पहिरोमा परी हराइरहेका थप २ जनाको शव भेटिएको छ । यससँगै उक्त पहिरोमा परी ज्यान गुमाउनेको सङ्ख्या १८ पुगेको छ । शुक्रबार बिहान ११ जनाको शव भेटिएको थियो।

यस्तै शनिबार दिउँसो पाँच र साँझ थप दुई जनाको शव फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता माधवप्रसाद काफ्लेले जानकारी दिए। प्रहरी कार्यालयका अनुसार शनिबार स्थानीय ३७ वर्षीय मेकमाइ दोङ, ३० वर्षीय मानबहादुर दोङ, १६ वर्षीय माइलापराङ दोङ, ११ वर्षीया लक्ष्मी दोङ, ११ वर्षीया च्यामा दोङ, ११ वर्षीया विमला दोङ र सातमहिने कबिर दोङको शव पहिरोमा पुरिएको अवस्थामा फेला परेको हो।

लिदीमा शुक्रबार बिहान खसेको पहिरोले ३५ घर पुरिएका थिए। घरसँगै ३९ जना बेपत्ता भएका थिए। पहिरोमा बेपत्ता भएकाको खोजी जारी रहेको प्रहरीले जनाएको छ।

साताको पहिलो दिन सुनको मूल्यमा गिरावट

काठमाडौँ । साताको पहिलो दिन सुनको मूल्यमा गिरावट आएको छ। आइतबार प्रतितोला २ सय रुपैयाँले घटको छ। आइतबारका लागि सुनको मूल्य प्रतितोला ९६ हजार ४ सय रुपैयाँ तय भएको छ।

यसअघि शुक्रबार सुन प्रतितोला ९८ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो।

यसैगरी आइतबार चाँदीको मूल्य पनि प्रतितोला ३० रुपैयाँले घटको छ। आइतबारको लागि चाँदीको मूल्य प्रतितोला १ हजार ३ सय २५ रुपैयाँ तय भएको छ। यसअघि शुक्रबार चाँदी प्रतितोला १ हजार ३ सय ५५ रुपैयाँमा कारोबार भएको थियो।

सवारी ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ

काठमाडौँ । जिल्ला अदालत इलामबाट दोषी ठहर भई कैद सजाय तोकिएका एक व्यक्तिलाई झापाबाट पक्राउ गरिएको छ। जिल्ला प्रहरी कार्यालय इलामले मेची नगरपालिका झापाका ५४ वर्षीय कृष्णबहादुर मगरलाई पक्राउ गरेको हो।

फैसला कार्यान्वयनअन्तर्गत अदालतबाट दोषी प्रमाणित भई सवारी ज्यान मुद्दाका फरार प्रतिवादी मगरलाई खोजतलासका क्रममा पक्राउ गरिएको प्रहरी नायब निरीक्षक तथा जिल्ला प्रहरी कार्यालय इलामका सूचना अधिकारी लालध्वज सुवेदीले जानकारी दिए। उनका अनुसार जिल्ला अदालत इलामबाट विसं २०७० फागुन ८ गते एक वर्ष एक महिना १५ दिन कैद तोकिएको थियो। पक्राउ परेका मगरलाई जिल्ला अदालतमार्फत कारागार पठाइने बताइएको छ।

पछिल्लो समय जिल्ला प्रहरी कार्यालय इलामले अदालतबाट कैद भुक्तानी तोकिए पनि फरार रहेकाहरुलाई नियन्त्रणमा लिइरहेको छ। यसअघि २१ वर्षदेखि फरार रहेका एक व्यक्तिलाई समेत प्रहरीले नियन्त्रणमा लिएको थियो।