आन्तरिक उडान र लामो दुरीका सवारीसाधन असोज ५ गतेदेखि सञ्चालन हुने

काठमाडौँ । सरकारले आन्तरिक उडान र लामो दुरीका सवारीसाधन असोज ५ गतेदेखि सञ्चालन गर्ने निर्णय गरेको छ ।सोमबार बसेको मन्त्रिपरिषद् बैठकले कोरोना महामारीका कारण रोकिएको आन्तरिक उडान र लामो दुरीको यातायात सञ्चालन गर्ने निर्णय गरेको हो ।

कोरोना भाइरसको महामारीको त्रासकाबीच दशैँ तिहारजस्ता चाडबाड सुरू हुनै लाग्दा नागरिकस्तरबाट लामो दूरीका सवारी साधन के हुने भन्ने चासो बढिरहेका बेला सरकारले सबै सार्वजनिक यातायात सञ्चालन गर्न दिने निर्णय गरेको हो ।

स्वास्थ्य सावधानीका उपाय अपनाउँदै सवारीसाधन चलाउन दिने भन्ने मापदण्ड सम्बन्धित मन्त्रालयले गर्नेछन् ।अन्तर्राष्ट्रिय हवाई उडान र छोटो दूरीका सवारी साधन सञ्चालन भएपनि संक्रमण बढेको भन्दै सरकारले हवाई उडान र लामो दूरीका सवारी साधन सञ्चालन गरेको थिएन ।

चैत ११ बाट सुरु भएको १ सय २० दिन लामो लकडाउन सरकारले साउन ७ गते खोलेको थियो। कोरोना संक्रमण बढ्न थालेपछि फेरि भदौ ३ देखि २४ गतेसम्म २१ दिन निषेधाज्ञा लगाएको थियो। निषेधाज्ञा खुलेलगत्तै सरकारले विस्तारै जनजीवन सामान्य बनाउँदै लगेको छ।

मंगलबार भगवान गणेशको दर्शन गर्नुस्, सेयर गरेर अरुलाई पनि दर्शन गर्ने मौका दिनुस् दिन शुभ रहने छ (भदौ ३० गते मंगलबारको राशिफल हेर्नुस्)

वि.सं.२०७७ साल भदौ ३० गते । मंगलबार । ईश्वी सन् २०२० सेप्टेम्बर १५ तारिख । नेपाल संवत् ११४० । प्रमादी संवत्सर । दक्षिणायन । वर्षा ऋतु । श्रीशाके १९४२ । आश्विन कृष्णपक्ष । तिथि–त्रयोदशी,३७ घडी १० पला,बेलुकी ०८ बजेर ४१ मिनेट उप्रान्त चतुर्दशी । नक्षत्र–अश्लेषा,१७ घडी ४४ पला,दिउसो १२ बजेर ५५ मिनेट उप्रान्त मघा । योग–शिव,११ घडी ४२ पला,बिहान १० बजेर ३० मिनेट उप्रान्त सिद्ध । करण–गर,बिहान ०९ बजेर २४ मिनेट उप्रान्त वणिज,बेलुकी ०८ बजेर ४१ मिनेट उप्रान्त भद्रा । आनन्दादिमा–आनन्द योग । चन्द्रराशि–कर्कट,दिउसो १२ बजेर ५५ मिनेट उप्रान्त सिंह । काठमाडौंमा सूर्योदय बिहान ०५ बजेर ४९ मिनेट,सूर्यास्त बेलुकी ०६ बजेर ०६ मिनेट । दिनमान ३० घडी ४३ पला । त्रयोदशी श्राद्ध । कलियूगादि ।

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ)

खानपानमा ध्यान दिनुहोला स्वास्थ्यमा समस्या आउन सक्छ । पढाई लेखाईमा बढिनै मेहनेत गर्दा मात्र भनेजस्तो नतिजा निकाल्न सकिनेछ । भौतक सम्पति तथा सवारि साधन प्रयोग गर्दा ध्यान दिनुहोला । माया प्रेममा एक अर्काको भावना बुझ्न नसक्दा टाडिनु पर्ने बाध्यता आउन सक्छ । आफन्त तथा ईष्टमित्रहरुको सहयोग राम्रै रहनेछ ।

बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)

बिहानको समय राम्रो रहेकोले आफ्नो रुचिको बिषयमा दिईयको समयबाट सार्थक नतिजा आउँने हुँनाले मन प्रशन्न रहनेछ । दाजुभाई,छिमेकि तथा सहयोगिहरु सँग मिलेर गरिने कुनै पनि उत्पादन मुलक क्षेत्रमा गरिएको व्यावसाय फस्टाएर जानेछ । मध्यान्हबाट समय मध्ययम रहेकोले आमा तथा आफन्त सँग मनमुटाब बढ्ने तथा गलत आश्वासन बाढ्नाले समस्या आउन सक्छ । सवारि साधन तथा टेक्निकल क्षेत्र सँग सम्बन्धित काम गर्दा ख्याल गर्नुहोला ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)

हिम्मतका साथ काम गर्नाले सत्रु तथा प्रतिष्पर्धिहरुलाई सजिलै किनारा लगाउन सकिनेछ । सञ्चार तथा मिडिया जस्ता क्षेत्रमा गरिने लगानि फस्टाएर जानेछ भने नया प्रबिधिको प्रयोग मार्फत आफ्ना कुराहरु जनमानसमा लैजान सकिनेछ । बिहानको समय मध्ययम रहेकोले आफन्त तथा कुटुम्बसँग बिवाद बढ्ने योग रहेकोछ । खानपानमा ध्यान दिनुहोला ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)

बिहानको समय राम्रो रहेकोले आर्थिक अवस्था सुदृड हुने हुनाले दैनिक सहज मात्रामा अगाडि बढ्नेछ । माया प्रेममा नजिक हुन सकिने तथा मिल्ने मित्रको साथ पाईने हुनाले मन प्रशन्न हुनेछ । व्यापारमा लगानि गरि मनग्गे धन आर्जन गर्न सकिनेछ । मध्यान्हबाट समय मध्ययम रहेकोले खानपान तथा मौषमको ध्यान दिनुहोला । आफन्तसँग मनमुटाब बढ्ने योग रहेकोछ

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)

नयाँ प्रबिधिको प्रयोग मार्फत नया ज्ञान सिक्ने समय रहेकोछ । बिभिन्न अवसर प्राप्त हुने हुनाले जोस जागर बढेर आउनेछ । पढाई लेखाईमा अरुभन्दा एक कदम अगाडि बढि उत्कृष्ट नतिजा ल्याउन सकिनेछ । भौतिक सम्पति तथा सवारि साधन प्राप्तीको गतिलो योग रहेकोछ । माया प्रेममा नजिक भई भावना साटासाट गर्ने अवसर जुर्नेछ । बिहानको समयमा यात्रासँग सम्बन्धित कामहरु हुनेछन् ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)

बिहानको समय राम्रो रहेकोले व्यापार व्यावसायमा लगानि गरि आम्दानिका स्रोतहरु फराकिला पार्न सकिनेछ भने इच्छित चाहानाहरु पुरा गर्न सकिने हुँदा घर परिवारका सदस्यहरु खुसि रहनेछन् । अध्ययन अध्यापनमा मन जाने हुँनाले नतिजा आफैतिर ल्याउँन सकिनेछ । दिउँसोबाट समय मध्ययम रहेकोले यात्रा गर्दा ध्यान दिनुहोला । तरपनि बिदेशी समानको व्यापारबाट मनग्गे धन आर्जन गर्न सकिनेछ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)

माया प्रेमको बन्धन कसिलो हुँनुको साथै दाम्पत्य जिबन सुखि रहनेछ । ईच्छित चाहानाहरु पुरा हुनेछन् भने सवारि साधन प्राप्तिको योग रहेको छ । आम्दानिका स्रोतहरु फराकिला हुनेछन् भने व्यापार व्यावसायबाट प्रशस्त लाभ लिन सकिनेछ । प्राकृतिक स्रोतको साधन जस्तै खनिज पदार्थ,धातु तथा पानिसँग सम्बन्धित बस्तुहरुको कारोबारबाट प्रसस्त फाईदा हुनेछ । स्वास्थ्य सम्बन्धि साना तिना समस्याले भने सताउने देखिन्छ ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)

बिहानको समय मध्ययम रहेकोले सरकारी काममा सेवा प्रभाव गर्नेहरुले समयमा काम नगर्दिनाले बिभिन्न अवसरबाट बञ्चित हुनु पर्नेछ । माया प्रेममा एका अर्कालाई अबिश्वास गर्नाले केहि समयका लागि टाडिनु पर्ने हुन सक्छ । मध्यान्हबाट धार्मिक तथा सामाजिक कार्यमा सहभागि भई समाजको काम गर्ने बाताबरण बनेर जानेछ । नबिनतम् बिचारको प्रयोग गरि सामाजिक काम गरि नाम तथा दाम कमाउन सकिनेछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)

कार्यक्षेत्रमा तपाईको निर्णयको चर्को बिरोध हुनसक्छ अलि बढि ध्यान दिनुहोला । व्यापार व्यावसायमा भनेजस्तो नाँफा कमाउँन बढिनै समय खर्चिनु पर्नेछ । पढाई लेखाईमा समय दिय पनि सोचेजस्तो नतिजा नआउँने हुँनाले मन खिन्न हुनेछ । परिवार तथा आफन्तजनलाई समय दिन नसक्दा मनमुटाबको अवस्था सिर्जना हुँन सक्छ ध्यान दिनुहोला । स्वास्थ्य सम्बन्धि सामान्य समस्याले सताउने हुँदा मन चिन्तित रहनेछ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)

बिहानको समय राम्रो रहेकोले भौतिक सम्पति तथा विलाशी बस्तुको व्यापार गरि मनग्गे धन सम्पति जोड्न सकिनेछ । लामो दुरिको व्यापारीक यात्रा हुनेछ । पढाई लेखाईमा एक कदम अगाडि बढि सफलता हात पार्न सकिनेछ । मध्यान्हबाट सामान्य बिवादले अपठरो परिस्थितिमा लैजान सक्छ ध्यान दिनुहोला । पुराना समस्या बल्झने तथा नया समस्याहरु थपिनेछन् । अध्ययन तथा अनुशन्धानमा समय खर्चिए पनि भनेजस्तो उपलब्धि नहुदा तनाब बढ्नेछ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)

भौतिक सम्पति तथा बिलाशी बस्तु प्राप्तीको गतिलो योग रहेकोछ भने व्यापार व्यावसाय फस्टाएर जाने हुनाले आम्दानिका स्रोतहरु फराकिला हुनेछन् । लामो तथा छोटो दुुरिको रमाईलो यात्रा हुनेछ । बनभोज तथा शुभ मांगलिक कार्यक्रममा सहभाथि भई स्वादिष्ट भोजनका साथ दिन रमाईलो गरि बिताउन सकिनेछ । समयमा कामहरु बन्ने हुनाले मान सम्मानमा बृद्धि भएर जानेछ ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)

बिहानको समय मध्ययम रहेकोले भौतिक सम्पति तथा सवारि साधनको प्रयोग तथा परिचालन गर्दा ख्याल गर्नुहोला अप्रिय घटना नहोला भन्न सकिन्न । आत्मिय मित्र तथा परिवारका साथ रहेर स्वादिष्ट भोजनको टेष्ट लिने अवसर जुर्ने भएपनि खानपानको तालमेल नमिल्दा सामान्य स्वास्थ्य सम्बन्धि समस्या आउँन सक्छ ध्यान दिनुहोला । मध्यान्हबाट समय राम्रो रहेकोले न्यायिक निर्णयहरुबाट फैसला तपाई आफ्नै पक्षमा हुनेछन् भने सत्रुहरुलाई परास्त गर्दै अगाडि बढ्न सकिनेछ । व्यापार व्यावसायमा नया प्रविधिको प्रयोग मार्फत मनग्गे आम्दानि गर्न सकिनेछ ।

पत्रकार कुटपिट गर्नेलाई कारबाही हुन्छः मुख्यमन्त्री भट्ट

काठमाडौ । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले सञ्चार गृहमै गएर पत्रकारमाथि कुटपिट गर्नेलाई कारबाही हुने बताएका छन् ।
आज नेपाल पत्रकार महासङ्घ कैलाली शाखाको ध्यानाकर्षण पत्र बुझ्दै उनले घटनामा संलग्नलाई कारवाही हुने बताएका हुन् ।
उनले भने, “दिनेश सञ्चार गृहमा भएको आक्रमणका विषयमा कैलालीका प्रमुख जिल्ला अधिकारीसँग घटनाबारे जानकारी लिएको छु, घटनामा संलग्नलाई कारबाही गर्न भनेको छु ।” महासङ्घका शाखा अध्यक्ष जगत साउदले ध्यानाकर्षण पत्र बुझाउँदै आक्रमण भएको चार दिन हुँदासम्म पनि संलग्न पक्राउ नपरेकाले दोषीमाथि कारवाही हुनुपर्ने माग गरे।

दिनेश सञ्चार गृह र पत्रकारमाथि आक्रमण गर्नेलाई कारवाहीको माग गर्दै महासङ्घले आन्दोलन जारी राखेको छ । कुटपिट गर्नेलाई कारवाहीको माग गर्दै किटानी जाहेरी दिए पनि प्रहरीले संलग्नलाई पक्राउ नगरेको भन्दै आज नै पत्रकारले जिल्ला प्रशासन कार्यालय अगाडि धर्ना पनि दिएका छन् ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले दिएको जानकारीका आधारमा धनगढीमा थुनुवा कक्षमै १९ वर्षीय व्यक्तिले गरे आत्महत्या शीर्षकको समाचार दिनेश खबरमा प्रकाशन भएको थियो । दिनेश खबरमा पुगेका युवाले भने आत्महत्या नभई हत्या भएको भन्दै सञ्चार माध्यममा आक्रमण गरेका थिए । प्रहरीले भने अहिले पनि रोशनले आत्महत्या गरेको बताउँदै आएको छ ।

विश्वमा कोरोनाबाट ९ लाख २८ हजार भन्दा बढीको मृत्यु

काठमाडौँ । विश्वभरी कोरोना भाइरस सङ्क्रमणबाट नौ लाख २८ हजार ३४० जनाको मृत्यु भएको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले सोमबार जानकारी दिएको छ ।
सो संगठनका अनुसार विश्वमा दुई करोड ९१ लाख ८९ हजार ६५५ जना कोरोना भाइरस सङ्क्रमित भएका छन् । यद्यपी विश्वमा कोरोना भाइरस सङ्क्रमित दुई करोड १० लाख ३१ हजार ७६८ व्यक्ति कोरोना मुक्त भएका छन् ।

हाल विश्वमा ७२ लाख २९ हजार ७४७ व्यक्ति कोरोना भाइरस सङ्क्रमित रहेका उनीहरुको उपचार भइरहेको पनि सो संगठनले जानकारी दिएको छ । सङ्क्रमितहरु मध्ये ६० हजार ५११ जनाको अवस्था गम्भीर रहेको जनाएको छ ।

चीनको हुबे प्रान्तको वुहान शहरबाट गत वर्षको डिसेम्बरको अन्त्यबाट शुरु भएको कोरोना भाइरस संक्रमणको कारण संयुक्त राज्य अमेरिका सबैभन्दा बढी प्रभावित भएको छ ।
कोरोना भाइरसबाट अन्त्यत प्रभावित दश ओटा देशहरुको डब्लुएचओद्वारा प्रकाशित तथ्याङ्क यी रहेका छन् ।

अमेरिकामा ६७ लाख ८ हजार ४५८ जनामा कोरोना भाइरसका सङ्क्रमित रहेका छन् । यहाँ ३९ लाख ७४ हजार ९४९ जना कोरोना भाइरस मुक्त भएका छन् भने १ लाख ९८ हजार ५२० व्यक्तिको मृत्यु भइसकेको बताइएको छ ।

भारतमा ४८ लाख ४६ हजार ४२७ जना कोरोना भाइरस सङ्क्रमति रहेका छन् । यहाँ ३७ लाख ८० हजार १०७ कोरोना भाइरस मुक्त भएका छन् भने ७९ हजार ७५४ जनाको मृत्यु भएको छ ।
ब्राजिलमा ४३ लाख ३० हजार ४५५ जना कोरोना भाइरस सङ्क्रमति रहेका छन् । यहाँ ३५ लाख ७३ हजार ९५८ कोरोना भाइरस मुक्त भएका छन् भने १ लाख ३१ हजार ६६३ जनाको मृत्यु भएको छ ।
रुस १० लाख ६२ हजार ८११ जना कोरोना भाइरस सङ्क्रमित रहेका छन । यहाँ ८ लाख ७६ हजार २५५ कोरोना भाइरस मुक्त भएका छन् भने १८ हजार ५७८ जनाको मृत्यु भएको छ ।

पेरुमा ७ लाख २९ हजार ६१९ जनामा कोरोना भाइरस सङ्क्रमण रहेको छ । यहाँ ५ लाख ६६ हजार ७९६ जना कोरोना भाइरस मुक्त भएका छन् भने ३० हजार ७१० जनाको मृत्यु भएको छ ।
कोलम्बिया ७ लाख १६ हजार ३१९ जनामा कोरोना भाइरस सङ्क्रमण रहेको छ । यहाँ ५ लाख ९९ हजार ३८५ कोरोना भाइरस मुक्त भएका छन् भने २२ हजार ९२४ जनाको मृत्यु भएको छ ।

मेक्सिकोमा ६ लाख ६८ हजार ३८१ जनामा कोरोना भाइरस सङ्क्रमण रहेको छ । यहाँ ४ लाख ७१ हजार ६२३ कोरोना भाइरस मुक्त भएका छन् भने ७० हजार ८२१ जनाको मृत्यु भएको छ ।
दक्षिण अफ्रिकामा ६ लाख ४९ हजार ७९३ जनामा कोरोना भाइरस सङ्क्रमण रहेको छ । यहाँ ५ लाख ७७ हजार ९०६ कोरोना भाइरस मुक्त भएका छन् भने १५ हजार ४४७ जनाको मृत्यु भएको छ ।
स्पेनमा ७ लाख ७६ हजार ६९७ जनामा कोरोना भाइरस सङ्क्रमण रहेको छ भने २९ हजार ७४७ जनाको मृत्यु भएको छ ।

अर्जेन्टिना ५ लाख ५५ हजार ५३७ जनामा कोरोना भाइरस सङ्क्रमण रहेको छ । यहाँ ४ लाख १९ हजार ५१३ कोरोना भाइरस मुक्त भएका छन् भने ११ हजार ३५२ जनाको मृत्यु भएको छ ।

भारतललाई अफगान विदेशमन्त्रीद्धारा धन्यवाद ज्ञापन

काठमाडौँ । अफगानिस्तानका विदेशमन्त्री मोहम्मद हानिफ अतमरले भारतले अफगानिस्तानको शान्तिका लागि ऐक्यबद्धता जनाएकोमा भारतलाई धन्यवाद दिएका छन् ।
अफगानिस्तानमा दिगो शान्ति स्थापनाका लागि अफगान सरकार र त्यहाँ सशस्त्र हिंसा गरिरहेका तालिबानीका बीचमा कतारको दोहामा शान्ति वार्ता शुरु भएको छ ।

शनिबार शुरु भएको सो वार्तालाई सफल बनाउन भारतीय विदेशमन्त्री एस जयशंकरले पनि शुभकामना दिँदै भारत सधैँ अफगानिस्तानको शान्तिको पक्षमा रहेको बताए ।
उनले व्यक्त गर्नुभएको सो शुभकामनाका लागि अफगानिस्तानले पनि धन्यवाद ज्ञापन गरेको हो । अफगानिस्तानका विदेशमन्त्री मोहम्मद हनिफ अतमरले अफगानिस्तानको शान्ति र विकासका पक्षमा रहेकोमा भारतलाई ट्वीटरमार्फत धन्यवाद दिएका हुन् ।

शनिबार दोहामा शुरु भएको अफगान शान्ति वार्ताको उद्घाटनका लागि भएको कार्यक्रममा भारतीय विदेशमन्त्री पनि भिडियोमार्फत सहभागी भएका थिए । त्यस क्रममा उनले भारत अफगानिस्तानमा दिगो शान्ति, विकास र त्यहाँका अल्पसंख्यक महिला र अन्य नागरिकको हितको रक्षाको पक्षमा रहेको धारणा राखेका थिए ।

अमेरिकाको मध्यस्थतामा कतारको राजधानी दोहामा अफगानिस्तान सरकार र तालिबानीहरुका बीचमा शनिबारबाट वार्ता शुरु भएको छ । सो वार्ता सकारात्मक रुपमा अघि बढिरहेको कतारको दोहामा रहेका विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

प्रधानमन्त्रीले मागे माफि

काठमाडौँ । विश्वभर फैलिएको कोरोना भाइरस ९कोभिड १९० नियन्त्रण गर्न केही देशमा लकडाउन जारी छ। कोरोना नियन्त्रण गर्न विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)को निर्देशिकाअनुसार देशहरुले लकडाउन गरेको थियो।

यसैबीच सिंगापुरका प्रधानमन्त्री ली सियन लुङ्नले लकडाउनबाट पर्न गएको असरबारे माफी मागेका छन्। उनले भनेका छन्, ‘महामारीको सामना गर्न सरकारले गरेको गल्तीका लागि माफी चाहन्छु।’

उनले यो गल्ती विदेशी कामदारको सम्बन्धमा मागेका हुन्। त्यसबेला सिंगापुरले लकडाउन गरी विदेशी एउटै कोठामा २० जना विदेशी कामदार राखेको थियो।

प्रधानमन्त्रीले सरकारले छिटो र आक्रामक कदम चालेर कोरोनाको सामना गर्नु पर्ने बताएका छन्। सिंगापुरमा कोरोनाबाट ५६ हजार ९ सय १ जना संक्रमित भएका छन् भने २७ जनाको मृत्यु भएको छ।

थप ११ सय ७० जनामा कोरोना संक्रमण पुष्टि, १४ जनाको मृत्यु

काठमाडौँ । पछिल्लो २४ घण्टामा थप ११ सय ७० जनामा कोरोना संक्रमण पुष्टि भएको सोमबार स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । यो संगै कोरोना भाइरस संक्रमित हुनेको संख्या ५५ हजार ३ सय २९ पुगेको छ ।
सोही अवधिमा थप ८ सय ७९ जना कोरोना संक्रमण निको भएर घर फकेर्को छन । यो संगै कोरोना संक्रमण मुक्तm हुनेको संख्या ३९ हजार ५ सय ७६ पुगेको छ ।यस्तै आज १५ जनाको ज्यान गएको छ । यो संगै कोरोनाबाट ज्यान गुमाउनेको संख्या ३ सय ६० पुगेको छ ।

एसिड छ्याप्नेलाई यस्तो कानून बनाउने तयारीमा सरकार

काठमाडौँ । सरकारले तेजाब (एसिड) दुरुपयोगबाट हुने अपराध र यसको जथाभावी खरिदबिक्री नियन्त्रण गर्न कठोर व्यवस्था राखेर दुई छुट्टाछुट्टै अध्यादेशको मस्यौदा तयार पारेको छ । कानुन मन्त्रालयले गृहबाट समेत रायसुझाव लिएर मस्यौदालाई अन्तिम रुप दिन नेपाल कानुन आयोगमा पठाएको छ । हाल संसद् अधिवेशन नचलेकाले अध्यादेशमार्फत कानुन संशोधन गर्न खोजिएको हो ।

दुईमध्ये एउटा अध्यादेश एसिड आक्रमण, कैद जरिवाना र क्षतिपूर्तिसम्बन्धी छ, भने अर्को अध्यादेश एसिड खरिदबिक्री, आयात, भण्डारण र प्रयोगबारे हो । स्रोतका अनुसार एसिड आक्रमणबाट कसैको ज्यान गए अहिले भएकै अधिकतम सजाय जन्मकैदलाई यथावत् राख्ने र अंगभंग शरीर कुरुपलगायत गराए २० वर्षसम्म कैद हुने गरी मस्यौदा बनाइएको छ । यो अपराधमा संलग्नलाई सजाय छुट नमिल्ने प्रावधान पनि मस्यौदामा छ । यो समाचार कान्तिपुरमा छापिएको छ ।

नेपाली शान्ति विज्ञ राजेन्द्रलाई अन्तर्राष्ट्रिय शान्ति पुरस्कार

काठमाडौँ । नेपाली शान्तिकर्मी राजेन्द्र सेन्चुरीलाई शान्ति निर्माणमा योगदान पुर्याएबापत ‘बुक्स फर पिस २०२०’ विशेष पुरस्कारबाट सम्मानित गरिएको छ । यही भदौ २७ गते इटालीको रोम शहरको सान्ता सेसिलियाको कन्जर्वेटरीको एकेडेमिक हलमा पुरस्कारको घोषणा गरिएको थियो । एकसठ्ठी देशका सङ्गठनको सहयोगमा समारोह आयोजना गरिएको थियो । विश्व महामारीविरूद्ध लगाइएको यात्रा प्रतिबन्धका कारण राजेन्द्रले भने आफैँ उपस्थित भएर प्रमाणपत्र ग्रहण गर्न भने पाएनन् ।

राजेन्द्रले नेपाल र अन्यत्र रहेर शान्ति र सद्भाव कायम गर्न आफ्नो जीवनवृत्ति समर्पित गरेका छन् । उनले दक्षिण एशिया र युरोपका अधिकांश देश पुगेर शान्ति निर्माणको बारेमा आफ्नो गहन ज्ञान र अनुभव साट्दै आएका छन् । अन्तरधार्मिक सद्भाव, नागरिक प्रतिरोध र अहिंसा, हिंस्रक आतङ्कवाद रोकथाम तथा नियन्त्रण, मानव अधिकार, द्वन्द्वोत्तर न्यायका साथै दिगो शान्ति निर्माणका लागि युवा र सीमान्तकृत समुदायको मूल प्रवाहीकरणजस्ता क्षेत्रमा रहेको उनको विशेषज्ञताका आधारमा उनको मुल्याङ्कन भएको थियो ।

राजेन्द्रले शान्ति र न्यायसम्बन्धी मुद्दाहरुमा स्वतन्त्र योगदानकर्ताको रूपमा नेपालको अग्रणी राष्ट्रिय दैनिकहरुमा दर्जनौँ लेख लेखेका छन् । उनले यस वर्षको आरम्भमा अष्ट्रेलियाको इन्स्टिच्युट फर इकोनोमिक्स एण्ड पिसबाट आइईपीपिस एम्बासेडरका रूपमा समेत चुनिएका थिए ।

कला, संस्कृति, शान्ति र सामाजिक क्षेत्रमा उल्लेखनीय योगदान पुर्याउने व्यक्तिलाई दिइने यो शान्ति पुरस्कारका विजेताहरुमा अमेरिकी विविधता रिपोर्टका प्रमुख सम्पादक डेबोरा लेभिन, ईरानी÷आर्मेनियाली सङ्गीत साधक लोरिस टेक्नोवरियन, पत्रकार र आरएआई–३ का निर्देशक फ्रान्को डि मारे, पूर्व फुटबल खेलाडी डमियानो तोमसी, अभिनेता÷निर्देशक फेब्रिजियो बोर्नी, विकिपेडियाका अध्यक्ष मट्टे रफोनी आदि हुनुहुन्छ ।

यो वर्ष यस अन्तर्राष्ट्रिय पुरस्कारको चौथो वर्ष हो । यो पुरस्कारलाई सरकार, विश्वविद्यालय, गैरनाफामूलक संस्था र अभियान, युरोपेली युनियन र युनेस्कोजस्ता अन्तर्राष्ट्रिय सङ्गठनलगायत विश्वका २१ प्रतिष्ठित संस्थाहरूद्वारा समर्थन गरिएको थियो ।

झापामा छोराद्वारा आमाको हत्या

झापा । झापाको कमल गाउँपालिका–७ मा आइतबार साँझ ७ बजेतिर छोराले आमाको हत्या गरेको छ । बाह्रघरे नजिकै मुसहर बस्तीका स्थानीय २१ वर्षीय दिनेश ऋषिदेवले बञ्चरो प्रहार गरी ५० वर्षीया आमा मीरा ऋषिदेवको हत्या गरेको हो ।

मदिरा सेवन गरेर आएका दिनेशले आमासँग विवाद भएपछि बञ्चरो प्रहार गर्दा आमाको घटनास्थलमै ज्यान गएको इलाका प्रहरी कार्यालय दमकका प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले बताए । नशाको सुरमा दिनेशले आमामाथि अन्धाधुन्ध हतियार प्रहार गरेको वडाध्यक्ष पृथ्वीपति राईले बताए ।

हत्या गर्ने छोरालाई गाउँलेले नियन्त्रणमा लिएर प्रहरीमा बुझाएका थिए । प्रहरीले अभियुक्तलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान शुरु गरेको प्रहरी नायव उपरीक्षक पण्डितले बताए ।

सिन्धुपाल्चोककी सुत्केरीको हेलिकप्टरमार्फत उद्धार

काठमाडौँ । हेलम्बु गाउँपालिकाको पहलमा मृत शिशु जन्माएकी एक महिलाको हेलिकप्टरमार्फत उद्धार गरी काठमाडौँ पठाइएको छ । हेलम्बु–७ मा रहेको इचोक बर्थिङ सेन्टरमा शनिबार दिउँसो २स्३०मा सुत्केरी भएकी महिलाको अत्यधिक रक्तस्रा्रव भइरहेकाले एम्बुलेन्सबाट लान नसकिने अवस्थामा आइतबार साँझ मनाङ एयर हेलिकप्टरमार्फत काठमाडौँ लगिएको गाउँपालिका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले जानकारी दिए ।

महाराजगञ्जस्थित शिक्षण अस्पतालमा उपचाररत सुत्केरी हेलम्बु–१ की पेमा लामाको स्वास्थ्य अवस्था खतरामुक्त रहेको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख ज्ञानेन्द्र सिग्देलले जानकारी दिए ।

गतहप्ता पनि हेलम्बु–१ की फुर्बा डोल्मा लामाले जन्माएको बच्चाले श्वास आफै फेर्न नसकेपछि गाउँपालिकाले आफ्नै खर्चमा हेलिकप्टरमार्फत उद्धार गरेको थियो । आफ्ना नागरिकको जीवन रक्षाका लागि स्थानीय सरकार जुनै समय पनि तयार रहेको अध्यक्ष शेर्पाले बताए ।

एनआईसी एशियाले लियो वार्षिक ७ दशमलव ७५ प्रतिशतमा शेयर धितो कर्जा

काठमाडौ । एनआईसी एशिया बैंकले सर्वाधिक न्यूनतम ब्याजदरमा शेयर धितोमा राखेर प्रवाह गरिने कर्जा ‘शेयर धितो कर्जा’को आकर्षक योजना सार्वजनिक गरेको छ । बैंकले नेपालको बैंकिङ्ग क्षेत्रकै सर्वाधिक न्यूनतम ब्याजदर वार्षिक ७.७५ प्रतिशत उक्त कर्जा योजना सार्वजनिक गरेको हो ।

ग्राहकले नेपाल स्टक एक्सचेन्जमा सूचीकृत बैंक तथा वित्तीय संस्था, बीमा कम्पनी लगायत अन्य विभिन्न कम्पनीहरूको साधारण शेयर धितो राखेर १२० दिनको शेयरको औसत बजार मूल्य वा पछिल्लो कारोबार मूल्य मध्ये जुन कम छ, त्यसको ७० प्रतिशतसम्म कर्जा प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।

यस योजना अन्तर्गत न्यूनतम १ करोड देखि अधिकतम १५ करोडसम्मको कर्जा रकम प्राप्त गर्न सक्ने व्यवस्था बैंकले गरेको छ । यस अन्तर्गत ५० लाखसम्मको ओभरड्राफ्ट कर्जा समेत लिन सकिने सुविधा रहेको बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सुधिर नाथ पाण्डेले बताए।

बैंकले आवश्यक कागजात प्राप्त भए पश्चात्को ४८ घण्टाभित्र नै कर्जा दिने निर्णय दिने व्यवस्था गरेको छ । साथै यसम्बन्धी जानकारी लिनको लागि ३४४८८ मा लोन टाइप गरी एसएमएस वा बैंकको निःशुल्क नम्बर १६६०–०१–७७७७१ मा फोन गरी थप जानकारी प्राप्त गर्न सकिने व्यवस्था गरेको पनि बैंकले जनाएको छ।

बैंकले हाल मुलुकभरका ३२६ शाखा कार्यालयहरू, ४६६ एटिएम, १०२ वटा एक्स्टेन्सन काउण्टर एवं ६४ वटा शाखा रहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्दे आइरहेका छ ।

सरकारले बाल अधिकारको कामलाई उच्च प्राथमिकतामा राखेको छ–मन्त्री गुरुङ

काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङले सरकारले बाल अधिकार संरक्षणको कामलाई नीतिगत, कानूनी र संरचनागत हिसाबले नै उच्च प्राथमिकतामा राखेको बताउनुभएको छ । राष्ट्रिय बाल दिवसको अवसरमा शुभकामना व्यक्त गर्दै मन्त्री गुरुङले गरिब र असहाय बालबालिकाको अधिकार हनन् हुन नदिन ‘सडक बालबालिका मुक्त राष्ट्र’ निर्माण अभियानलाई तीव्रता दिइएको बताए ।

शुभकामना सन्देशमा भनिएको छ, “बालबालिकामाथि हुने सबै प्रकारका हिंसा विरुद्ध शून्य सहनशीलताको नीति अवलम्बन गरिएको छ, बाल हिंसाका घटनामा संलग्न अपराधीहरुलाई कडा कारवाही गर्न सरकार प्रतिबद्ध छ, बाल अधिकार सुनिश्चित गर्न स्थानीय सरकार, प्रदेश सरकार र सङ्घीय सरकारबीच बलियो सहकार्यका लागि आवश्यक व्यवस्था मिलाइएको छ ।” बालबालिकासँग सम्बन्धित संयुक्त राष्ट्रसङ्घको महासन्धि, इच्छाधीन आलेखहरु, अन्तर्राष्ट्रिय घोषणा र सार्कस्तरीय घोषणाहरु गरी १६ वटाभन्दा बढी अन्तर्राष्ट्रिय सन्धिहरु नेपालले अनुमोदन गरी कार्यान्वयन गरिरहेको मन्त्री गुरुङको भनाइ छ ।

सन्देशमा ‘समृद्ध नेपालः सुखी नेपाली’को राष्ट्रिय सङ्कल्पलाई पूरा गर्न भविष्यका कर्णधारका रूपमा रहेका बालबालिकाको क्षेत्रमा पर्याप्त लगानी गरी उनीहरुलाई सक्षम नागरिक बनाउन आवश्यक लगानीको प्रबन्ध सरकारले गर्दै आएको भनिएको छ । मन्त्री गुरुङले बालबालिकाको विषय सरकारको मात्र नभई हरेक नागरिकको सरोकारको विषय भएकाले उनीहरुको हक अधिकार सुनिश्चित हुने गरी थप जिम्मेवारी, प्रतिबद्धता र क्रियाशीलताका साथ काम गर्न सम्बद्ध सबै पक्षलाई आह्वान गरेका छन् ।
“कोभिड–१९ ले सिर्जित विषम परिस्थितका कारण बालबालिका ‘डिजिटल दुव्र्यसन’ मा फस्ने अवस्था आउन सक्ने भएकाले त्यसतर्फ सचेत रहन म शिक्षक, अभिभावकलगायत सम्बद्ध सबै पक्षसँग हार्दिक अनुरोध गर्दछु, यस अवसरमा बाल अधिकार सुनिश्चिित भएको बालमैत्री समाज निर्माणको दिशातर्फ उन्मुख हुन हामी सबैलाई थप ऊर्जा प्राप्तहोस् भन्ने शुभकामना व्यक्त गर्दछु”, सन्देशमा भनिएको छ ।

आज ‘विपद्मा बाल अधिकारको सुनिश्चितताः हामी सबैको साझा प्रतिवद्धता’ भन्ने मूल नाराका साथ यस वर्षको राष्ट्रिय बाल दिवस मनाउन लागिएको छ । यस अवसरमा बाल अधिकार हनन् हुन नदिने प्रतिबद्धता व्यक्त गर्दै कोभिड–१९ बाट सिर्जित विषम परिस्थितिमा पनि विशेष सावधानी अपनाउँदै बाल अधिकारको क्षेत्रमा कार्यरत सरकारी तथा गैरसरकारी सङ्घ संस्थाहरु, निजी क्षेत्र, नागरिक समाजका अगुवालगायत सबैप्रति मन्त्री गुरुङले धन्यवादसमेत व्यक्त गरेका छन् ।

प्रहरी संगठनभित्रका आचारसंहिता कार्यादेश २०७७ सार्वजनिक

काठमाडौँ । प्रहरी संगठनभित्र के कसरी काम कारबाही सञ्चालन गर्ने भन्नेबारे आचार संहिता जारी गरिएको छ । प्रहरी महानिरीक्षक शैलेश थापा क्षत्रीले प्रहरी कर्मचारीहरूले पालना गर्नुपर्ने आचारसंहितासम्बन्धी कार्यादेश २०७७ आइतबार सार्वजनिक गरेका हुन् ।

सो कार्यादेशमा प्रहरी संगठनभित्र रहँदा पालना गर्नुपर्ने अनुशासन, सम्मान तथा आवश्यक नियमबारे उल्लेख गरिएको छ । कार्यादेश जारी गर्दै प्रहरी महानिरीक्षक थापा क्षत्रीले निर्माण भएका कार्यादेश र निर्देशिकाहरूले संगठनलाई सही मार्गमा लैजान दुरगामी रूपमा सकारात्मक प्रभाव पार्ने उल्लेख गरे ।

‘कार्यादेश र निर्देशिकाले संगठनलाई सही मार्गमा लैजान दुरगामी रूपमा सकारात्मक असर पार्छ, यसले प्रहरीको छविलाई थप राम्रो बनाउन मद्दत गर्छ,’ कार्यादेश सार्वजनिक गर्दै प्रहरी महानिरीक्षक थापा क्षत्रीले भने ।

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता कुवेर कडायतले प्रहरी संगठनभित्रको आचरण र व्यवहारका सन्दर्भमा आचारसंहितासम्बन्धी कार्यादेश जारी गरिएको र सो कार्यादेशले संगठनलाई अनुशासित र जिम्मेवार बनाउन सहयोग पुग्ने विश्वास लिइएको बताए ।

‘प्रहरी संगठनभित्रको विभिन्न नियम पालनाका सन्दर्भमा आचारसंहितासम्बन्धी कार्यादेश जारी गरिएको हो । कार्यादेशले संगठनलाई अनुशासित र जिम्मेवार बनाउन सहयोग पुग्ने विश्वास छ,’ प्रहरी प्रवक्ता कडायतले राजधानीसँग भने ।

कार्यादेशमा जनसम्पर्क तथा भेटघाटसम्बन्धी व्यवहार, अनुशासन र भाइचारा, कानुनको पालना, सञ्चार माध्यमसँगको सम्बन्ध, पोसाकप्रतिको व्यवहार, राष्ट्रिय झन्डाप्रतिको सम्मान, सलामीसम्बन्धी व्यवस्था र सम्मान तथा भान्छामा गरिनुपर्ने व्यवहारलगायतलाई स्पष्ट पारिएको छ । यो समाचार आजको राजधानी दैनिकमा छ ।

सोमबार शिवको दर्शन गर्नुस्, दिन शुभ रहने छः भदौ २९ गते सोमबारको राशिफल

वि.सं.२०७७ भदौ–२९,सोमवार,ई.सं.२०२०,september – १४, शक संवत्–१९४२,नेपाल संवत्–११४० ञलगा, प्रमादी, दक्षिणायन, वर्षा, आश्विन कृष्णपक्ष तिथि –द्वादशी , २२ः०२ बजे उप्रान्त त्रयोदशी,नक्षत्र–तिष्य , १३ः२४ बजे उप्रान्त अश्लेषा,योग–परिघ , १२ः३२ बजे उप्रान्त शिव,करण–कौलव १०ः३३ बजेदेखि तैतिल , २२ः०२ बजे उप्रान्त भद्रा,चन्द्रराशि(कर्कट,आनन्दादि योग–धाता, सूर्योदय–५ः४९, सूर्यास्त–१८ः०८दिनमान–३० घडी ४७ पला,द्वादशी श्राद्ध। बालदिवस।

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)

पेटको खराबीले स्वास्थ्य भने कमजोर रहला,घरायसी वातावरणमा केही धमिलोपन आउने छ,आफन्तको विश्वास पर्दा धोका हुनेछ,यात्रा घातक बन्न सक्छ, आजको शुभ अंक १० रहेको छ ।

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)

समयको गतिलाई पछ्याउन नसक्दा पछि परिनेछ,आफन्त बाट धोका हुन् सक्छ,दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ,बोलीमा विचार पुराउनु होला, आजको शुभ अंक ८ रहेको छ ।

मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा)

गरिएका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ,विपरीतलिङ्गीबाट आवश्यक सहयोग मिल्नेछ,लामो दूरीको यात्रा नगर्नुहोला,प्रेम सफल हुनेछ , आजको शुभ अंक ५ रहेको छ ।

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो)

धार्मिक कार्यमा मन लाग्नेछ ,अपमान वा अपजस सहनु पर्ने हुनसक्छ,व्यापारमा हानी हुने योग छ,आयआर्जन बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ, आजको शुभ अंक १ रहेको छ ।

सिहं(मा,मी,मू,मे,मो,टा,टी,टू,टे)

शत्रु सक्रिय हुनेछन्,आफन्तबाटै पनि जोगिनुपर्ने देखिन्छ,परिवारमा खुशीको खबर प्राप्त हुने छ,व्यापारमा फाइदा हुने देखिन्छ ,बोलीको प्रभाव बढ्ला , आजको शुभ अंक ६ रहेको छ ।

कन्या(टो,पा,पी,पु,ष,ण,ठ,पे,पो)

अवसर प्राप्त भए पनि भूलवश काममा बाधा होला,पशुधन र जमिनबाट सामान्य लाभ उठाउन सकिनेछ,झैझगडा र विवादमा सरिक हुनु पर्नेछ, आजको शुभ अंक ७ रहेको छ ।

तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते)

बेसुरमा बोल्ने बानीले वादविवाद निम्त्याउन सक्छ,तातो रिस गर्नाले काम बिग्रिनेछ,सानातिना कामको झमेला आउनसक्छ,राजनीतिमा शुभ देखिन्छ , आजको शुभ अंक ७ रहेको छ ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)

जागिरमा पदोन्नतिको हुने सम्भावना छ ,प्रेम गर्नेको हरुको लागि आजको दिन शुभ हुनेछ,साथी भाइको विश्वास पर्दा आत्मा घाती हुनेछ, आजको शुभ अंक ४ रहेको छ ।

धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)

परिवारमा शान्ति हुनेछ,अध्ययनमा सुधार सफल भइनेछ,अपमान वा अपजस सहनु पर्ने हुनसक्छ,बोलीको अनर्थ लाग्न सक्छ, आजको शुभ अंक २ रहेको छ ।

मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)

अधिकार र प्रतिष्ठा जोगाउन सफल भइनेछ,झैझगडा र विवादमा सरिक हुनु पर्नेछ,खानेकुरा मा विचार पुराउनु होला, घरायासी कलह बढ्ने योग छ , आजको शुभ अंक ३ रहेको छ ।

कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा)

साझेदारसँग असमझदारी देखिने हुँदा सजग रहनुहोला,दिगो कामको जग बसाउनुका साथै दाम र प्रतिष्ठा कमाउने बेला छ,प्रतिस्पर्धीहरू पछि पर्नेछन्, आजको शुभ अंक ९ रहेको छ ।

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)

धर्मकर्म तथा परोपकारमा प्रवृत्त भइएला,शत्रु हरु पनि मित्र बन्न सक्छन,लेनदेन आदिमा फाइदा हुनेछ,लेनदेन मा विवाद हुनेछ, आजको शुभ अंक ४ रहेको छ ।