मुक्तिनाथको दर्शन गरेर आज शुक्रवारको राशिफल हेर्नुहोस्

वि.सं. २०७७ भदौ–२६,शुक्रवार, शक संवत्–१९४२,नेपाल संवत्–११४० ञलगा, प्रमादी, दक्षिणायन, वर्षा, आश्विन कृष्णपक्ष तिथि–नवमी , २३ः२२ बजे उप्रान्त दशमी,नक्षत्र–मृगशिरा , १२ः०५ बजे उप्रान्त आर्द्रा,योग–सिद्धि , १६ः२३ बजे उप्रान्त व्यतीपात,करण–तैतिल ११ः०९ बजेदेखि गर , २३ः२२ बजे उप्रान्त वव,चन्द्रराशि–मिथुन,आनन्दादि योग–मानस, सूर्योदय–५ः४७, सूर्यास्त–१८ः११,दिनमान–३० घडी ५९ पला,मातृ नवमी। नवमी श्राद्ध।

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)

शारीरिक मानसिक पिडा बढ्ने छ,राम्रो कर्मफल प्राप्त हुनाले मन प्रसन्न रहनेछ,दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ,आर्थिक संकट पर्नेछ, आजको शुभ अंक ४ रहेको छ ।

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)

आत्म–विश्वास बढ्नेछ ,आर्थिक समस्या पर्ने छ,झैझगडा र विवादमा सरिक हुनु पर्नेछ,बोलीको अनर्थ लाग्न सक्छ,शारीरिक मानसिक पिडा बढ्ने छ, आजको शुभ अंक १ रहेको छ ।

मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा)

विपरीतलिङ्गीबाट आवश्यक सहयोग मिल्नेछ,छरछिमेकमा भने केही असमझदारी बढ्ने योग छ,बोलीमा विचार पुराउनु होला, आजको शुभ अंक १० रहेको छ ।

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो)

संकल्प गरेको काम सफल हुनेछ,सानातिना कामको झमेला आउनसक्छ ,आफन्तको विश्वास पर्दा धोका हुनेछ, पारीवारिक सहयोग बढ्ने छ, आजको शुभ अंक ६ रहेको छ ।

सिहं(मा,मी,मू,मे,मो,टा,टी,टू,टे)

आजको दिन तेती राम्रो छैन बोलीमा विचार पुराउनु होला,पेटको खराबीले स्वास्थ्य भने कमजोर रहला, परिवारमा खुशीको खबर प्राप्त हुनेछ, आजको शुभ अंक ७ रहेको छ ।

कन्या(टो,पा,पी,पु,ष,ण,ठ,पे,पो)

पशुधन र जमिनबाट सामान्य लाभ उठाउन सकिनेछ,धर्मकर्म तथा परोपकारमा प्रवृत्त भइएला,लेनदेन मा विवाद हुनेछ, लेनदेन आदिमा फाइदा हुनेछ,आजको शुभ अंक २ रहेको छ ।

तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते)

विशिष्ट व्यक्तित्वसँग भेटघाट हुनेछ,झैझगडा र विवादमा सरिक हुनु पर्नेछ,आयआर्जन बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ, आजको शुभ अंक ९ रहेको छ ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)

आफन्त बाट धोका हुन् सक्छ,दिगो कामको जग बसाउनुका साथै दाम र प्रतिष्ठा कमाउने बेला छ,परिवारमा शान्ति हुनेछ, आजको शुभ अंक ८ रहेको छ ।

धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)

शत्रु हरु पनि मित्र बन्न सक्छन,प्रेम गर्नेको हरुको लागि आजको दिन शुभ हुनेछ,घरायसी वातावरणमा केही धमिलोपन आउने छ, आजको शुभ अंक ५ रहेको छ ।

मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)

आर्थिकमा रुपमा सफल भइनेछ ,तातो रिस गर्नाले काम बिग्रिनेछ,साथी भाइको विश्वास पर्दा आत्मा घाती हुनेछ, आजको शुभ अंक ७ रहेको छ ।

कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा)

घरायसी वातावरणमा केही धमिलोपन आउने छ,अपमान वा अपजस सहनु पर्ने हुनसक्छ,खानेकुरा मा विचार पुराउनु होला, आजको शुभ अंक ३ रहेको छ ।

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)

अपमान वा अपजस सहनु पर्ने हुनसक्छ,सानातिना कामको झमेला आउनसक्छ ,नसोचेको काम बन्ने सम्भावाना छ,यात्रा घातक बन्न सक्छ, आजको शुभ अंक ४ रहेको छ ।

टीएमएसमा समस्या आएपनि नेप्से परिसूचकमा दोहोरो अङ्कको वृद्धि

नेपाल स्टक एक्सचेञ्जको कारोबार प्रणालीमा आएको समस्याका कारण थपिएको समयमा समेत आज शेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अङ्कले बढेको छ । बिहान ११ बजे कारोबार खुलेदेखि नै आज प्रणालीमा समस्या देखिएको थियो । लगानीकर्ताले शेयर खरिद तथा बिक्रीका लागि कुनै अर्डर नै गर्न नपाएको तथा धितोपत्र दलाल कम्पनीसँगको सम्पर्क सञ्जालमा समस्या आएको थियो ।

कारोबार समय ३ बजेसम्म रहेपनि समस्या समाधान पछि नेप्सेले समय थप गरी ५ बजेसम्म पुर्याएको थियो । सो अवधिका कारोबार मापक नेप्सेमा दोहोरो अङ्क अर्थात् १२.४९ ले वृद्धि भई एक हजार ५२०.६९ मा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक १.७१ ले वृद्धि भई ३०१.३८ मा पुगेको छ । कूल १८९ कम्प्नीको ४२ लाख ६२ हजार ६९८ कित्ता शेयर रु दुई अर्ब १७ करोड ६८ हजार २८३ मूल्यमा खरिद बिक्री भए । कारोबार भएका कूल १२ उपसमूह मध्ये आज तीन उपसमूहको शेयर ओरोलो लाग्दा नौ उपसमूहको शेयर भने वृद्धि भएको छ ।

व्यापार ३०.२१, होटल १.१३ र सामूहिक लगानी कोष ०.०२ बिन्दुले ओरोलो लागे । यस्तै बैंकिङ ३.८३, विकास बैंक १५.७, जलविद्युत् २.३१, वित्त २.२४, निर्जीवन बीमा ३०२.०२, उत्पादन ३३.२२, अन्य ०.३९, लघुवित्त ३३.७३ र जीवन बीमा २०४.५३ ले वृद्धि भएको छ । स्टकका अनुसार आज पनि कारोबारका आधारमा नेपाल पुनरबीमा कम्पनी नै शीर्ष स्थानमा रहेको छ । प्रतिकित्ता रु ८९५ मा रु १७ करोड २१ लाख ७२ हजार ११६ को कारोबार भई सो कम्पनी शीर्ष स्थानमा रहयो । यस्तै, नागरिक लगानी कोष रु नौ करोड २३ लाख २४ हजार ६८७, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी रु नौ करोड एक लाख ३१ हजार ९४६, सूर्या लाइफ इन्स्योरेन्स कम्पनी रु आठ करोड ५९ लाख ५७ हजार १३३, एभरेष्ट इन्स्योरेन्स कम्पनी रु आठ करोड ४३ लाख ९१ हजार ३०४ र शिवम् सिमेन्ट रु सात करोड नौ लाख ८६ हजार १३६ बराबरको कारोबार भई शीर्ष स्थानमा रहे ।

यस्तै, राष्ट्रिय बीमा कम्पनी र सोही कम्पनीका संस्थापक लगानीकर्ताले समान रुपमा ९.९९ प्रतिशतले कमाउँदा रिलायन्स लाइफ इन्स्योरेन्स ९.८९, एनआरएन इन्फ्रास्टकचर ९.८९, एनआरएन लघुवित्त ९.१४, एभरेष्ट इन्स्योरेन्स कम्पनी ८.१३ र नेपाल फाइनान्स कम्पनीका लगानकिर्ताले ७.५६ प्रतिशतले कमाए । त्यस्तै, नबिल इक्विटी फण्ड ५.६४, आशा लघुवित्त ४.१३, साल्ट टे«डिङ कर्पोरेशन ३.५८, यूनियन हाइड्रोपावर २.९४ र मल्टीपर्पस फिनान्स कम्पनीका लगानीकर्ताले २.७० प्रतिशतले गुमाए ।

उपत्यकामा थप ५ सय ७२ जनामा कोरोना संक्रमण

काठमाडौँ । पछिल्लो २४ घण्टामा उपत्यकामा थप ५ सय ७२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा ४ सय ९४, भक्तपुरमा ३४ र ललितपुरमा ४३ जना नयाँ कोरोना संक्रमित थपिएका हुन्।

पछिल्लो २४ घण्टामा १ लाखको नजिक संक्रमित थपिए

काठमाडौँ । भारतमा एक दिनमै ९५ हजार बढी कोरोनाका संक्रमितहरु थपिएका छन्। गत २४ घण्टामा भारतमा ९५ हजार ५ सय बढी कोरोनाका संक्रमितहरु थपिएका हुन्। योसँगै भारतमा कोरोना संक्रमित हुनेको संख्या ४४ लाख ६२ हजार पुगेको छ।

भारतमा कोरोनाका कारण ७५ हजार बढीले ज्यान गुमाएका छन्। गत २४ घण्टामा मात्र कोरोनका कारण ज्यान गुमाउनेको संख्या १ हजार बढी रहेको छ।

यस्तै, विश्वभरमा गत २४ घण्टामा २ लाख ८३ हजार संक्रमितहरु थपिएका छन्। योसँगै विश्वभरमा हालसम्म २ करोड ८० लाख ११ हजार बढीमा कोरोना संक्रमण देखिएको छ।

यस्तै कोरोनाकै कारण विश्भरमा ९ लाख ७ हजार बढीले ज्यान समेत गुमाएका छन्। हाल विश्वभर ७० लाख २१ हजार बढी सक्रिय संक्रमितको संख्या रहेको छ।

गत २४ घण्टामा भारतपछि अमेरिकामा ३४ हजार ५ सय बढी कोरोनाका संक्रमितहरु थपिएका छन्। अमेरिकामा कोरोनाका संक्रमितहरुको संख्या ६५ लाख ४८ हजार ७ सय बढी रहेको छ। अमेरिकामा कोरोनाका कारण १ लाख ९५ हजार बढीले ज्यान गुमाएका छन्।

अमेरिकाजस्तै ब्राजिलमा पनि गत २४ घण्टामा ३४ हजार बढी कोरोनाका संक्रमितहरु थपिएका छन्। ब्राजिलमा हालसम्म ४१ लाख ९९ हजार बढी कोरोनाका संक्रमितहरु रहेका छन्। जसमध्ये १ लाख २८ हजार बढीको मृत्यु भएको छ।

चट्याङ लागेर मृत्यु

बागलुङ । चट्याङले लागेर बागलुङको ताराखोलामा गएराति एक युवाको मृत्यु भएको छ । वर्षासँगै परेको चट्याङ लाग्दा ताराखोला गाउँपालिका–३ सिलमारेका भीमबहादुर बस्नेतको मृत्यु भएको हो । मोवाइल चार्जमा राख्नेक्रममा आफ्नै घरमा परेको चट्याङले उनलाई लागेको र उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

टाउकोमा गहिरो चोट लोका बस्नेतलाई गलकोट हटियास्थित प्राथमिक स्वास्थ्यकेन्द्रले गएराति नै मृत घोषणा गरेको प्रहरी चौकी ताराखोलाका प्रमुख, प्रनानी युवराज सलामिले बताए । चट्याङके उनको घरमा पारेको थप क्षतिको विषयमा अनुसन्धान भैरहेको छ । युवाको शवलाई पोष्टमार्टमपछि आज परिवारको जिम्मा लगाउने प्रहरीले जनाएको छ ।

थारु महिला घरमै बसेर जितिया मनाउँदै

काठमाडौँ । थारु समुदायका महिलाको मुख्य चाड हो जितिया । आज जितियाको दोस्रो दिन अर्थात् मुख्य दिन । निकै रमझमका साथ मनाइने यो पर्वमा यस वर्ष खासै उल्लास छैन । कोरोनाको प्रकोपका कारण थारु महिला घरमै बसेर जितिया मनाइरहेका छन् । सामूहिकरुपमा झाम्टा नाँच नाच्दै गाउँदै जितिया मनाउने उनीहरु यसवर्ष घरमै बसेका छन् । यस वर्ष चितवनका थारु समुदायले सामूहिक भेला नगरी चाडपर्व मनाउने निर्णय गरेपछि महिला घरमै जितिया मनाएका हुन् ।

थारुहरुको बाक्लो बसोबास रहेको चितवनको पूर्वी, पश्चिम र माडी क्षेत्रमा जितिया मनाइन्छ । थारु कल्याणकारिणीसभा (थाकस) चितवनले जितिया मानाउन कार्यविधिसमेत बनाएको छ । कोरोनाको सङ्क्रमणबाट समुदायलाई जोगाउँदै चाडपर्वको रक्षा गर्न घरमै बसेर चाडपर्व मनाउने निर्णय गरिएको थारु कल्याणकारिणीसभा जिल्ला कार्यसमिति चितवन सभापति ललितकुमार चौधरीले बताए ।

आजको दिन थारु समुदायका महिला बिहानैदेखि निराहर ब्रत बस्छन् । बिहानै नुहाई धुवाई गरी बेलको पात टिपेर दिनभर निराहर ब्रतबसी महिला तथा युवती यो पर्व मनाइरहेका छन् । यसपटक बिहान दर खाएपछि महिला एक ठाउँमा गीत गाउँदै रमाइलो गर्न पाएनन् । अविवाहितले राम्रो वर पाउन र विवाहितले आफ्नो श्रीमान् र सन्तानको दीर्घायुको कामना गर्दै ब्रत बस्ने गर्छन् । यो पर्वमा चेलीबेटीलाई निम्ता गरी बोलाउने र लिन जाने (लेलहारी) गर्ने चलन छ । यस्तै जितियामा कोसेली (पहुरा) पुर्याउने चलन पनि छ ।

तीन दिनसम्म विभिन्न धार्मिक कार्य गरी यो पर्व मनाइने थारु महिला अगुवा खैरहनी नगरपालिका–१० की फूलमती चौधरी बताउँछन् । उनले भने, “जितिया हामी महिलाको मुख्य चाड हो, आज निराहार ब्रत बसी साँझ जीतबाहनको कथा श्रवण गरेपछि मात्रै फराहर गर्छौँ ।” चितवनको पूर्वी क्षेत्र रत्ननगर, कालिका, खैरहनी, राप्ती नगरपालिका, पश्चिम क्षेत्र मेघौली र माडीमा जितिया मनाइन्छ । यो पर्व आश्विन कृष्णपक्षको सप्तमी, अष्टमी र नवमी तिथिमा तीन दिन मनाइन्छ । सप्तमीको दिनलाई ‘लाहा खाएके’, अष्टमीको दिनलाई ‘उपास’ र नवमीको दिनलाई ‘पारन’ भनिन्छ ।

आज अष्टमीको दिन भएकोले महिला बिहानैदेखि ‘उपास’ ब्रतबसि घरमै झम्टा नाँच नाचेर मनाइरहेका छन् । थारु महिला अगुवा खैरहनी–९, बैरहनीकी चन्द्रकुमारी चौधरीले भने, “कोरोनाका कारण यसवर्ष घरमै जितिया मनाइ रहेका छौँ, गाउँका सबै महिला दिदीबहिनीलाई घरमै झाम्टा नाच नाचेर मनाउन आग्रह गरेका छौँ ।” महिला नयाँ सांस्कृतिक भेषभूषा लगाई दिनभर नै झमटा नृत्यमा झुमेर रम्ने दिन हो जितिया । बेलुकीपख ब्रतालुहरु फेरि खोलामा गई पिनाले नुहाई पातमा पिना बगाउँछन् ।

त्यसपछि सबै ब्रतालु महिला जम्मा भएर कथा श्रवण गर्ने प्रचलन छ । रुखको चारैतिर ब्रतालु महिला फलफूल, पानी, दूध, दही साथै बिहान भिजाएको मास र चामल लिएर बस्छन् । गाउँको कुनै एक भद्र पुरुषले जीतबाहनको कथा (जितिया ब्रत कथा) घण्टौं लगाएर सुनाउँछ । कथा सकिएपछि सबै जना घर गएर फलाहार गर्छन् । त्यसलाई ‘फराहर’ भनिन्छ । भोलिपल्ट अर्थात् नवमीको दिन सबेरै सबै ब्रतालु खोलामा नुहाएर निराकार प्रतिमूर्ति (जसलाई थारु भाषामा ‘गरग्वाङ’ भनिन्छ) बनाएर मासको गेडाले पूजा गर्छन् । खोलाबाट घर आइसके पछि ब्रतालुले दहि चिउरा, केरालगायत खानेकुरा खान बस्छन् तर खानुभन्दा अगाडि गुइठाको अङ्गारमा काठको धूप बालेर सबै खानकीको केही अंश चढाएर मात्र खान्छन् । त्यसलाई ‘पारन’ भनिन्छ । त्यसपछि भने ब्रत सकिएसँगै जितिया पर्व सकिन्छ ।

हिन्दु धर्मालबम्बी नेपाली महिलाले मनाउने तीज जस्तै थारु समुदायले यो जितिया पर्वलाई महत्वका साथ मनाउने गरेका छन् । जितिया पर्वको आफ्नै धार्मिक तथा साँस्कृतिक महत्व रहेको छ । जितियामा ब्रत बसेपछि आफ्नो मनोकांक्षा पूरा हुने विश्वास रहेको थारु अगुवा जोखा चौधरीले बताए ।

थारु समुदायका धेरै चाडपर्वहरु लोप हुने अवस्थामा पुगेका छन् । त्यसैले जितिया पर्वलाई लोप हुन नदिन थारु महिला अगुवाहरु पनि सक्रिय छन् । युवा पिढीलाई जितियाको महत्व र यस पर्वमा हुने क्रियाकलाप बारे युवायुवतीलाई जानकारी दिने गरेका छन् । यस वर्ष कोरोनाका कारण प्रतियोगितात्मक कार्यक्रमहरु भएनन् । विगत वर्षमा एक साता अघि देखि नै संस्कृति संरक्षणका लागि जितिया गीत तथा नाच प्रतियोगिताहरु हुने गर्दथ्यो । भीडभाड र सामूहिकरूपमा पर्व नमनाई घर परिवारमा सीमति रहेर कोरोनाबाट जोगिन जोड दिएको थारु महिला अगुवा रुकमिणी चौधरी बताउँछन् ।

“हामीले चाडपर्व मनाउँदा गरिने विभिन्न क्रियाकलापबाट कोरोना समुदायस्तरमा फैलन सक्ने जोखिम बढेको हुनाले चाडपर्व मनाउँदा हामी निकै सजग र सतर्क हुनुपर्ने अवस्था छ”, उनले भने । साथै थाकसले आआफ्नो घरमा सुरक्षित रहेर भौतिक दूरी कायम राख्दै घरपरिवारमा सीमित भर्ई मनाउन आग्रह गरेकोले सोही अनुरुप नै जितिया मनाइ रहेको बताए । चितवनमा करिव ८० हजार थारु समुदायको बसोबास छ ।

बाढीले सालझण्डी–ढोरपाटन सडकको १० किलोमिटर क्षति, उद्दारमा ६० करोड लाग्न सक्ने

बाग्लुङ्ग । जिल्लाको ढोरपाटन नगरपालिकामा भदौ १७ गते राती आएको बाढीले राष्ट्रिय प्राथमिकताको आयोजनाका रुपमा रहेको सालझण्डी–ढोरपाटन सडक खण्डमा ठूलो क्षति पुर्याएको छ । नेपालकै एक मात्र शिकार आरक्ष ढोरपाटनको देउराली नजिकै सुर्तिवाङमा खसेको पहिरोले खोला थुनिएर अचानक फुटे पछि भूजीखोलाको बाढीले वडा नम्बर ५, ६, ७, ८ र ९ का तटीय बस्तीमा क्षति पु¥याउनुका साथै करिब १० किलोमिटर सडक बगाएको छ ।

बाढीले सबैभन्दा बढी ढोरपाटन नगरपालिका–९ मा ठूलो जनधनको क्षति गरेको छ । बाढीले भूजीखोलाको किनाराबाट गएको सालझण्डी–ढोरपाटन सडकसहित ११ लघुजलविद्युत् आयोजना, २ विद्यालय, एक स्वास्थ्य चौकी र ११ झोलुङ्गे पुल बगाएको ढोरपाटन नगरपालिकाले जनाएको छ । ढोरपाटनको बाढीले सडक बगाउँदा उद्दार र राहतमा समेत सकस भएको छ । जिल्ला सदरमुकामदेखि करिब १२१ किलोमिटरको दूरीमा रहेको बाढीग्रस्त क्षेत्रमा राहत पु¥याउन नसक्दा प्राप्त राहत पनि बुर्तिवाङमै थन्किएको छ ।

ढोरपाटन नगरपालिका–७ दोगाडीबाट अबरुद्ध भएको सडक बोबाङ गाउँ बाहेक बाढीले बगाएको शुरुको गाउँद्वारसम्मको सडक ठाउँ–ठाउँमा बगाएको छ । सडक भएको स्थानमा भूजीखोलाको बाढी आए पछि दुई किलोमिटर पैदल मार्गसमेत छैन । सालझण्डी ढोरपाटन सडक आयोजनासँगको सहकार्यमा तत्कालै सडक खुलाउने गरी काम तीव्ररुपमा भइरहेको ढोरपाटन नगरपालिकाका प्रमुख देवकुमार नेपालीले जानकारी दिए । “धेरै ठाउँमा बाढीले सडक बगाएको छ, भूजीखोलाको तिरैतिर सडक भएका कारण खोलाले अधिकांश सडक कटान गरेको हो”, नगर प्रमुख नेपालीले भन्नुभयो “तत्कालै बाढीग्रस्त क्षेत्रमा सडक पु¥याउन असम्भव रहे पनि सडक सञ्चालन प्रयास जारी छ, तीन वटा डोजरले काम गरिरहेको छ ।” तीन दिनदेखि निरन्तरको प्रयासमा बोबाङको ढोकड गाउँमा यातायात पुग्नेगरी सडक सञ्चालन गरिएको छ ।

अबरुद्ध सडक खुलाउन सालझण्डी ढोरपाटन सडक आयोजनाले पनि अग्रसरता लिएको छ । आयोजनाले २१ गते स्थलगत अनुगमन गरी सडक मर्मतका लागि स्थानीय तह र जनप्रतिनिधिको रोहबरमा निर्माण कम्पनीलाई जिम्मा दिएको छ । बोबाङ गाउँदेखि माथी भूजीखोलाले पहाडको कुना सम्मै करिब १० किलोमिटर सडक बगाएका कारण ट्रयाक खोल्नै समस्या हुने देखिएको सडकको स्थलगत अनुगमनका लागि ढोरपाटन पुग्नुभएको सालझण्डी ढोरपाटन सडक आयोजनाका इञ्जिनियर सुरेश चौधरीले जानकारी दिए ।

सरकारको प्राथमिकरणको आयोजना मध्येको एक सालझण्डी ढोरपाटन सडक जतिसक्दो छिटो खुलाउनका लागि स्थलगत अनुगमनबाट लागत स्टिमेट तयार गरि काम थालिएको आयोजना कार्यालय सन्धिखर्क अर्घाखाचीका आयोजना प्रमुख जयलाल मरासिनीले बताए । “आयोजनाले सडक बगाएको खबर पाउँदा साथ आयोजनाका प्राविधिकलाई स्थलगत निरीक्षण गरी लागत अनुमान निकाल्न पठाएको थिए” मरासिनीले भन्नुभयो “विस्तृत लागत अनुमान बन्दैछ, हामीले सडक विभाग हुँदै अर्थ मन्त्रालयमा सडकमा पु¥याएको क्षतिको जानकारी गराएका छौं ।” मरासिनीका अनुसार, तत्कालै साना सवारी ढोरपाटनको देउराली पु¥याउनका लागि रु पाँच करोड लागत अनुमान गरेको भए पनि पुरानै अवस्थामा सडक फर्काउनका लागि झण्डै रु ६० करोड खर्च लाग्ने प्रारम्भिक अध्ययनका क्रममा देखिएको छ ।

भूजीखोला बाढी पश्चात धार परिवर्तन गरेका कारण सर्वप्रथम नदीलाई पुरानै अवस्थामा फर्काएर सडक निर्माण गर्न आवश्यक रहेको छ । बाढीले ठूला–ठूला ढुङ्गा बगाएर सडकमा ल्याएको र कुनै स्थानमा चट्टान कटान गर्नुपर्ने भएकाले सडक सञ्चालन कठिन भएको हो । सामान्य ट्रयाक खोलेर राहत सामाग्री लैजाने गरी सोमबारदेखी काम थालिएको हो । सडक सञ्चालन गर्न नगरपालिकाले समेत आफ्नो डोजर खटाएको छ । सडक आयोजनाले थप डोजर परिचालन समेत गर्ने तयारीमा छ । आयोजनाले २० देखि २५ दिन भित्रमा ट्रयाक खोल्ने कार्य सम्पन्न गर्ने बताएको छ ।

हर्न र ओभरटेक निधेष

दमौली । जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँले बुधबारदेखि दमौली बजारमा हर्न बजाउन र ओभरटेक गर्न निषेध गरेको छ । दमौली बजारभित्र तीव्र गतिमा सवारी चलाउने क्रम बढेपछि ट्राफिक प्रहरी कार्यालयले ‘नो हर्न र नो ओभरटेक’ को अवधारणा ल्याएको हो ।

अनावश्यक रुपमा हर्न बजाउने र ओभरटेक गर्ने प्रवृत्तिले दुर्घटना बढाएकाले दुर्घटना न्यूनीकरणका लागि यो अभियान शुरु गरिएको ट्राफिक प्रहरी कार्यालयका प्रमुख रेशम रानाभाटले जानकारी दिए । “तीव्र गतिमा सवारी हाँक्दा दुर्घटनाको जोखिम र अनावश्यक रुपमा हर्न बजाउँदा कोलाहल हुने भएकाले यो अभियान शुरु गरेका हौ”, उनले भने, “शुरु शुरुमा सवारी चालकलाई यसबारेमा जानकारी गराउने र अटेरी गर्नेलाई कानून बमोजिम कारवाही गर्छौ ।”

प्रहरीको यो अभियानलाई तनहुँ उद्योग वाणिज्य सङ्घ दमौली बजार एकाईले साथ दिएको छ । एकाईले प्रहरीलाई सचेतनामूलक चार वटा सङ्केत सामग्री हस्तान्तरण गरेको छ । सङ्केत सामग्रीमा तीव्र गतिमा सवारी नचलाऔँ, ओभरटेक नगरौँ र हर्न नबजाऔँ भन्ने सचेतनामूलक सन्देश राखिएको छ ।

दमौली बजार क्षेत्रको सवारी व्यवस्थापनका लागि एकाईले विगतदेखि नै प्रहरीलाई सहयोग गर्दै आइरहेको एकाई सभापति राजकुमार श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार एकाईले सहयोग गरेको उक्त सङ्केत सामग्री दमौली बजार प्रवेश गर्ने बुल्दी र मादी पुलमा राखिनेछ । त्यसका साथै भोर्लेटार चोक र जिल्ला प्रहरी कार्यालय अगाडी पनि उक्त सामग्री राखिने श्रेष्ठले जानकारी दिए।

जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी उपरिक्षक अरुण पौडेलले सवारी व्यवस्थापनका लागि सामाजिक सङ्घसंस्थाको सहयोग सकारात्मक रहेको बताए । तनहुँ उद्योग वाणिज्य सङ्घका अध्यक्ष मानकाजी श्रेष्ठले प्रहरीसँग हातेमालो गर्दै सामाजिक क्षेत्रका काममा सहयोग गर्न व्यवसायी तयार रहेको बताए ।

दक्षिणकाली माताको दर्शन गरी, भदौ २५ गते बिहीवारको राशिफल हेर्नुहोस्, दिन शुभ रहने छ

वि.सं.२०७७ भदौ–२५,बिहीवार, ई.सं.२०२० – १० ,शक संवत्–१९४२,नेपाल संवत्–११४० ञलगा, प्रमादी, दक्षिणायन, वर्षा, आश्विन कृष्णपक्ष तिथि–अष्टमी , २२ः४८ बजे उप्रान्त नवमी,नक्षत्र–रोहिणी , १०ः३९ बजे उप्रान्त मृगशिरा, योग–वज्र , १६ः५२ बजे उप्रान्त सिद्धि,करण–वालव १०ः२० बजेदेखि कौलव , २२ः४८ बजे उप्रान्त वणिज,चन्द्रराशि–वृष, आनन्दादि योग–उत्पात, सूर्योदय–५ः४७, सूर्यास्त–१८ः१२दिनमान–३१ घडी ०३ पला, व्रत÷पर्व–अष्टमी श्राद्ध,अष्टमी व्रत, गोरखकाली पूजा, जितिया पर्व, जीवत्पुत्रिका व्रत।

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)

अपमान वा अपजस सहनु पर्ने हुनसक्छ,परिवारमा शान्ति हुनेछ,आफन्त बाट धोका हुन् सक्छ,आजको दिन तेती राम्रो छैन बोलीमा विचार पुराउनु होला, आजको शुभ अंक ९ रहेको छ ।

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)

घरायसी वातावरणमा केही धमिलोपन आउने छ,दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ,विशिष्ट व्यक्तित्वसँग भेटघाट हुनेछ,आजको शुभ अंक ७ रहेको छ ।

मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा)

राम्रो कर्मफल प्राप्त हुनाले मन प्रसन्न रहनेछ,झैझगडा र विवादमा सरिक हुनु पर्नेछ,आर्थिक संकट पर्नेछ,शत्रु हरु पनि मित्र बन्न सक्छन, आजको शुभ अंक ८ रहेको छ ।

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो)

पेटको खराबीले स्वास्थ्य भने कमजोर रहला,साथी भाइको विश्वास पर्दा आत्मा घाती हुनेछ,परिवारमा खुशीको खबर प्राप्त हुने छ, आजको शुभ अंक १० रहेको छ ।

सिहं(मा,मी,मू,मे,मो,टा,टी,टू,टे)

नसोचेको काम बन्ने सम्भावाना छ,छरछिमेकमा भने केही असमझदारी बढ्ने योग छ,विपरीतलिङ्गीबाट आवश्यक सहयोग मिल्नेछ, आजको शुभ अंक ५ रहेको छ ।

कन्या(टो,पा,पी,पु,ष,ण,ठ,पे,पो)

तातो रिस गर्नाले काम बिग्रिनेछ,बोलीको अनर्थ लाग्न सक्छ,घरायसी वातावरणमा केही धमिलोपन आउने छ,बोलीमा विचार पुराउनु होला,आजको शुभ अंक ४ रहेको छ ।

तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते)

सानातिना कामको झमेला आउनसक्छ ,सानातिना कामको झमेला आउनसक्छ ,यात्रा घातक बन्न सक्छ,शारीरिक मानसिक पिडा बढ्ने छ,आजको शुभ अंक ३ रहेको छ ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)

लेनदेन आदिमा फाइदा हुनेछ,शारीरिक मानसिक पिडा बढ्ने छ,पारीवारिक सहयोग बढ्ने छ,संकल्प गरेको काम सफल हुनेछ,आजको शुभ अंक ७ रहेको छ ।

धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)

झैझगडा र विवादमा सरिक हुनु पर्नेछ,आयआर्जन बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ,आर्थिकमा रुपमा सफल भइनेछ ,आजको शुभ अंक ६ रहेको छ ।

मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)

धर्मकर्म तथा परोपकारमा प्रवृत्त भइएला,खानेकुरा मा विचार पुराउनु होला,आत्म–विश्वास बढ्नेछ ,आर्थिक समस्या पर्ने छ, आजको शुभ अंक ४ रहेको छ ।

कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा)

प्रेम गर्नेको हरुको लागि आजको दिन शुभ हुनेछ,लेनदेन मा विवाद हुनेछ,पशुधन र जमिनबाट सामान्य लाभ उठाउन सकिनेछ, आजको शुभ अंक १ रहेको छ ।

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)

दिगो कामको जग बसाउनुका साथै दाम र प्रतिष्ठा कमाउने बेला छ,आफन्तको विश्वास पर्दा धोका हुनेछ,अपमान वा अपजस सहनु पर्ने हुनसक्छ, आजको शुभ अंक २ रहेको छ ।

त्रिवि शिक्षण अस्पतालको कार्यकारी निर्देशकमा प्राडा दिनेश काफ्ले

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालको कार्यकारी निर्देशक पदमा प्रा।डा दिनेश काफ्लेलाई नियुक्त गरिएको छ ।

त्रिभुवन विश्व विद्यालयले चिकित्साशास्त्र अध्ययन् संस्थानका डीन प्रा।डा दीव्यासिंह शाहको संयोजकत्वमा प्रा।डा घनश्याम गुरुङ र प्रा।डा रामचन्द्र अधिकारी सदस्य सदस्य रहेको तीन सदस्यीय सिफारिस समिति गठन गरेको थियो । सोही समितिको सिफारिसमा डा।काफ्लेलाई त्रिविका उपकुलपति प्राडा धर्मकान्त बास्कोटाले ४ बर्षका लागि कार्यकारी निर्देशक पदमा नियुक्त गर्नुभएको हो । उहाँले बुधबारै अस्पताल पुगी कार्यभार सम्हाल्नुभएको छ ।

यसअघिका निर्देशक प्राडा प्रेम खड्गाले अनिवार्य अवकाश पाएसँगै प्रा।डा।रोहितकुमार पोखरेललाई तीन महिनाका लागि निमित्त निर्देशक पदमा त्रिबिले नै नियुक्त गरेको थियो ।

सवारी साधनमा जोरबिजोर लागू

काठमाडौँ । सरकारले उपत्यकामा निषेधाज्ञा खुकुलो बनाउने निर्णय गरेसँगै उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बुधबार बसेको बैठकले बिहीबारदेखि सबै सार्वजनिक र निजी सवारी साधनमा जोरबिजोर प्रणाली लागू गर्ने निर्णय गरेको छ । बैठकले मानिसहरु भेला हुने, जमघट हुन नपाउने समेत निर्णय गरेको छ ।
त्यसैगरी बैठकले व्यापार व्यवसाय सञ्चालन गर्न दिने समेत निर्णय गरेको छ ।

सर्त सहित निषधाज्ञा खुकुलो, के गर्न पाईन्छ के गर्न पाईन्न ?

काठमाडौं । सरकारले काठमाडौं उपत्यकामा लागू निषेधाज्ञा खुकुलो बनाउने निर्णय गरेको छ । निषेधाज्ञा बिहीबारदेखि खुकुलो बनाउने निर्णय गरिएको हो । यसअघि भदौ १४ गते बुधबार राति १२ बजेसम्म लागू गरिएको थियो ।

निषेधाज्ञा कायमै रहे पनि बिहीबारदेखि १६ सिट क्षमताभन्दा बढी भएका सर्वाजनिक यात्रुबाहक सवारी साधन सञ्चालन गर्न सकिने भएको छ । साथै भाडाका ट्याक्सीको हकमा चालकसहित ३ जना र परिवारभित्रमा ५ वर्षमुनीका बालबालिका २ जनासम्म राखेर चलाउन सकिनेछ ।

त्यसैगरी सवारी साधनको हकमा जोर बिजोर प्रणाली लागू गरिएको छ । तर मालबाहक ढुवानीका सवारी साधनहरुको हकमा भने जोर बिजोर प्रणाली लागू हुने छैन ।अत्यावश्यक वस्तु वा सेवामध्ये खाद्य वस्तु, दूध र दुधजन्य पदार्थ, फलफूल, तरकारी, माछा, मासु बिक्री वितरण गर्ने पसलहरु बिहान ११ बजेसम्म र बेलुका ५ बजेदेखि ७ बजेसम्म खोल्न पाइनेछ ।

त्यसैगरी टेक अवे सेवाका साथै अनलाइन डेलिभरी सेवा दिउँसो १२ बजेदेखि साँझ ७ बजेसम्म सञ्चालन गर्न पाइनेछ । भने फर्निचर र अटो मोबाइल सम्बन्धि पसल सातामा सोमबार र बुधबार मात्रै खोल्न पाइनेछ भने वर्कसपहरु बिहान ८ बजेदेखि बेलुका ८ बजेसम्म खोल्न पाइनेछ ।
प्रशासन कार्यलयको सुचना यस्तो छः

उपराष्ट्रपतिलाई लक्षित गरेर बम विस्फोट

काठमाडौँ । अफगानिस्तानका उपराष्ट्रपतिलाई लक्षित गरेर बुधबार राजधानी काबुलमा बम विस्फोट गराइएको छ । उपराष्ट्रपति अमरुल्लाह सालेहलाई लक्षित गरेर राजधानी काबुलमै आत्मघाती बम विस्फोटन गराइएको प्रहरीले जनाएको छ । विस्फोटनपछि कम्तीमा दुई जनाको मृत्यु र अरु १२ जना घाइते भएको अधिकारीहरुले जानकारी दिएका छन् । स्रोतलाई उद्धृत गर्दै पझोक सामाचार संस्थाका अनुसार उपराष्ट्रपति सालेहलाई भने भौतिक रुपमा केही भएको छैन । उपराष्ट्रपति सालेहका छोराले आफ्ना पिता थोरै छलिएकाले केही हुन नपाएको जानकारी दिनुभएको समाचारमा जनाइएको छ । “उहाँसहित हामी सवार सवारी साधनलाई नै लक्षित गरेर आक्रमण भएको थियो, तर गाडीमा भएका सबै जना सुरक्षित रहन सफल भएका छौँ,” उपराष्ट्रपतिका छोरा एबाद सालेहले सामाजिक सञ्जालमा लेख्नु भएको छ । स्थानीय समय अनुसार बुधबार विहान साढे सात बजे विस्फोटन भएको खबर प्रहरीलाई प्राप्त भएको थियो । त्यसपछि प्रहरी तत्कालै घटनास्थलमा गएको थियो । घटनाका बारेमा अहिलेसम्म कसैले पनि जिम्मेबारी नलिएको र घटनाका बारेमा अनुसन्धान शुरु भइसकेको प्रहरीले जनाएको छ ।

कोरोनाका कारण विश्वभरी दुई करोड ७७ लाख सङ्क्रमित

काठमाडौँ । विश्वभरी महामारीका रुपमा फैलिएको कोरोनाभाइरसका कारण अहिलेसम्म विश्वभरी दुई पौने तीन करोड मानिस सङ्क्रमित भएका छन् ।

अधिकारीहरुले दिएको जानकारी अनुसार बुधबार अपराह्न यो सामाचार तयार पार्दासम्म दुई करोड ७७ लाख ५३ हजार २४३ जना सङ्क्रमित भएको विवरण सार्वजनिक भएको छ ।

कुल सङ्क्रमित मध्ये नौ लाख दुई हजार १०८ जनाको मृत्यु भएको छ भने अरु एक करोड ९८ लाख ४१ हजार १९६ जना सङ्क्रमणमुक्त भइसकेका छन् ।

विश्वभरी अहिलेपनि ७० लाख नौ हजार ९३९ जना सङ्क्रमित अवस्थामै रहेका छन । ती मध्ये ६० हजार ३९३ जनाको अवस्था गम्भीर रहेको अधिकारीहरुले जनाएका छन् ।

कोरोनाभाइरसबाट प्रभावित हुनेहरुमा सबैभन्दा धेरै अमेरिकी नागरिक रहेका छन् । अमेरिकामा अहिलेसम्म ६५ लाख १४ हजार ३७६ जना सङ्क्रमित भएका छन् भने एक लाख ९४ हजार ३७ जनाको मृत्यु भएको छ ।

त्यसैगरी दोस्रो धेरै सङ्क्रमित हुनेमा भारत पुगेको छ । यसअघि लामो समय ब्राजिल दोस्रो धेरै सङ्क्रमित भएकाहरुको सूचीमा रहेपनि अहिले भारतले ब्राजिललाई उछिनेको छ ।
पछिल्लो विवरण अनुसार भारतमा ४३ लाख ७४ हजार ३१४ जना सङ्क्रमित हुँदा ७३ हजार ९५३ जनाको मृत्यु भएको छ ।

त्यसैगरी तेस्रो धेरै सङ्क्रमितहरु रहेको मुलुक ब्राजिलमा अहिलेसम्म ४१ लाख ६५ हजार १२४ जना सङ्क्रमित भएका छन् भने एक लाख २७ हजार ५१७ जनाको कोरोनाकै कारण मृत्यु भएको छ ।

चौथो धेरै सङ्क्रमित रहेको रुस र पाचौँ धेरै सङ्क्रमित रहेको पेरुमा क्रमशः दश लाख ४१ हजार ७ र छ लाख ९६ हजार १९० जना सङ्क्रमित भएका छन् । ती देशहरुमा मृतकहरुको संख्या पनि क्रमशः १८ हजार १३५ र ३० हजार १२३ रहेको छ । रुसमा सङ्क्रमितको संख्या धेरै रहेपनि मृतककको संख्या भने पेरुमा धेरै रहेका छन् ।

धेरै सङ्क्रमित भएका मुलुकहरुको सूचीमा क्रमशः कोलम्बिया, मेक्सिको, दक्षिण अफ्रिका, स्पेन र अर्जेन्टिना छैठौँ, सातौँ, आठौँ, नवौँ र दशौँ स्थानमा रहेका छन् ।

नेपाल इन्भेष्टमेन्ट बैंकको लुटः चर्चित नायक जय किसान बस्नेतकै २५ प्रतिशत खाँदै आएको खुलासा

काठमाडौँ । बैंक तथा वित्तीय संस्थाहरु मूख्य काम भनेको ग्राहकहरुलाई सहज तरिकाले वित्तीय सेवा प्रदान गर्ने हो । नेपाल राष्ट्र बैंकले नियमन तथा सुपरीवेक्षण गर्ने भएका कारण पनि बैंकहरुको सेवा अलि भरपर्दो मानिन्छ ।

बैंकहरुले सेवा प्रदान गरेवापत नियामानुसार शुल्क पनि लिन पाउछन् । तर केहि बदमास बैंकहरुले ग्राहकको आँखा झुक्याएर मनपरी गर्ने गरेका घटनाहरु पनि बेलाबेलामा आउने गरेका छन् । कुनै एक बैंकले ग्राहक झुक्याएर मनपरी गर्दा बैंकिङ क्षेत्रकै बद्नाम हुने खतरा हुन्छ ।

यसको पछिल्लो एक उदाहरण हो नेपाल इन्भेष्टमेन्ट बैंक । पृथ्बी बहादुर पाँडे अध्यक्ष र ज्योतिप्रकाश पाँडे प्रमुख कार्यकारी अधिकृत रहेको बैंकले जनता झुक्याएर बद्मासी गर्ने गरेको छ । अचम्मको कुरा त के छ भने, यो बैंकले सोझा सिधा सर्वसाधारणको आम्दानी नै खाइदिन्छ । यो सत्य बैंकले आफ्नै ग्राहककै आम्दानी खाइदिने गरेको हामीले प्रमाण फेला पारेका छौँ ।

सामान्य नागरिकको त कुरै छोडौं बैंकले देशकै चर्चित व्यक्तिलाई समेत ठग्ने गरेको तथ्य हामीले पाइएका छौं । चर्चित नायक तथा कलाकार जय किशन बस्नेतको आम्दानी समेत खोसिदिएको छ भने हामी अनुमान गरौं सर्वसाधारणलाई कति लुटेको होला रु

चर्चित कलाकार बस्नेतले मोबाइल टिभि नामक युटुव च्यानल चलाउँदै आएका छन् भने उक्त च्यानलबाट हुने आम्दानीमा एउटा कारोबारबाट नै १० औं हजार रुपैयाँसम्म काट्ने गरेको तथ्य फेला परेको छ । बस्नेतको अघिल्लो एक महिनामा लगभग ७० हजार रुपैयाँभन्दा बढी युटुबबाट आम्दानी भएको थियो । तर उक्त पुरा रकम आफूले नपाएको बस्नेतको गुनासो छ ।

बस्नेतको बैंक खाता नेपाल इन्भेष्टमेन्ट बैंकमा छ । युटुबबाट भएको आम्दानी बस्नेतको खाता रहेको सोहि बैंकमा नै सिधै आउँन त आउँछ तर पुरा रकम कहिले पनि आउँदैन नत समयमा आउँछ । उनको रकम आउँदा सँधै १५ प्रतिशतसम्म कटाएर मात्र बैंकले भुक्तानी दिने गर्छ ।

अन्य बैंकहरुमा पनि युटुब चलाउनेहरुको रकम जम्मा हुन्छ । नविल बैंकमा खाता भएका युटुबरहरु एक रुपैयाँ पनि नकाटिएको सुनाउछन् । ‘मेरो पनि आम्दानीको श्रोत युटुब नै हो, मेरो पैसा सधै नविल बैंकमा आउछ’ एक युटुबरले भने, ‘खै नविल बैंकमा त एक रुपैयाँ पनि काट्दैन ।’

नेपाल इन्भेष्टमेन्ट बैंकले युटुबको आम्दानीमात्रै होइन अन्य माध्यमबाट पनि ग्राहकलाई ठग्ने गरेको श्रोत बताउँछ । बैंकले आफ्ना ग्राहकहरुको खाताबाट थोरै थोरै रकम गर्दै धेरै ग्राहकबाट धेरै रकम काट्ने गरेको गुनासो समेत हामीलाई प्राप्त भएको छ । यस विषयमा बैंकका सीईओ पाण्डेलाई पटक–पटक सम्पर्क गर्दा पनि फोन उठाएनन् भने उनले बीचमै फोन काटे ।

नेपाल ईन्भेष्टमेन्ट बैंकको सुचना अधिकारीसँग प्रतिक्रिया लिन प्रयास गरियो तर बैंकको वेभसाईटमा उक्त पदको कुनै व्यक्ति फेला परेन न त आधिकारिक फोन नम्बर नै । समाचार सम्बन्धमा बैंकका कार्यकारी अधिकृत पाँडेलाई म्यासेज पठाएपछि भने ईन्भेष्टमेन्ट बैंकको नाम लिँदै बिजेन्द्र सुवालले फोन गरे ।

बैंकमा सुचना अधिकारी नभएको घुमाउरो तरिकाले स्विकार्दै सुवालले त्यस्तो गुनासो गर्ने मान्छेको नाम पठाउँनु म गुनासो सुन्दिन्छु भनेर उल्टै निर्देशन दिए । मिडियासम्म पुगेर गुनासो गर्ने मान्छेको मात्र मुख बन्द गर्ने सुवालको चतुर्याईंबाट पनि बैंकको सर्वसाधारण ठग्न काईदा प्रस्ट हुन्छ । बैंकको बद्मासीबारे हामीले थप खोज गरिरहेका छौं । थप प्रमाण पाएमा अन्य विषयमा पनि हामीले समाचार प्रकाशन गर्नेछौं । (यो समाचार अनलाईनपानामा छ)