मनिष गिरी । सन् २०१९ डिसेम्बरमा चीनमा मानिसमा संक्रमण गर्न थालेको भाइरस सो समुहमा राख्न मिल्ने नयाँ भाइरस भएको पत्ता लाग्यो जसलाई कोरोना नामाकरण गरियो । कोरोना भाइरसको महामारीले विश्वको जनजीवन र सम्बन्धमा अकस्मात धेरै परिवर्तन ल्याइदिएको छ । अहिले विश्वभरि कोरोना भाइरस संक्रमण र त्यसबाट हुने रोग कोभिड–१९ को त्रास छ । विश्वका अधिकांश देशमा मान्छेहरुका गतिविधिहरू अत्यावश्यक काममा मात्रै सीमित भएका छन् । उक्त भाइरस फैलिन नपाओस् भनेर अवलम्बन गरिएका उपायहरुस्वरूप अधिकांश मानिसहरु घरभित्रै सीमित छन् । कतिले त रोजिरोटी नै गुमाएका छन् । कोरोना भाइरस के हो, त्यसबाट कसरी संक्रमण हुन्छ, कसलाई संक्रमणको बढी जोखिम छ, कोभिड १९ लागेपछि मृत्युको सम्भावना कति छ तथा उक्त भाइरस बाट कसरी बच्न सकिन्छ? भन्ने जिज्ञासा प्रायजसोमा रहेको पाइन्छ । यस सन्दर्भमा नियमित हात धुने, माक्स लगाउने, सामाजिक दूरी कायम गर्ने, सेनिटाइजरको लगाउने जस्ता उपाय अवलम्बन गर्न सुझाव दिएको पाइन्छ ।
साना लाई ऐन, ठुला लाई चैनू भन्ने नेपाली उखान यस्तो महामारीको अवस्थामा पनि प्राय ठाउँमा चरितार्थ हुँदै आएको देखिन्छ तर अचम्म को कुरा के भने लकडाउनको कारणले सर्वसाधारण घरबाट बाहिर निस्कन नपाउने तर पहुँचवाला ठुलाबडा भनौदाहरु विभिन्न बाहना पहुँचको भरमा अनावश्यक रुपमा हिँडेको देख्दा कोरोना लाग्ने सन्दर्भमा पनि कतै यस्तै त हैन? भन्ने जस्तो लाग्नु पनि स्वभाविक हो । शक्ति र पहुँचको भरमा जे गर्नपनी छुट छ भन्ने सोंच हाबी भएकाहरू स्वास्थ्य सुरक्षाका मापदण्ड हामीले पालना गर्नुपर्दैन, हामीबाट कोरोना भाइरस सर्दैन न त संक्रमण हामीलाई हुन्छ जस्तो गरी हिँडेको देख्दा आश्चर्य लाग्छ । यस्तो देख्दा भर्खरभर्खर आर्जिएको लोकतन्त्र, व्याक्तिगत स्वतन्त्रता र कानुनी राज्य अझै सामन्ती र फासिस्ट लाग्छ ।
कोभिड—१९ (कोरोना भाइरस)को महामारी ले विश्वनै आक्रान्त पारेको यो अबस्थामा सम्भावित थप जोखिम न्यूनीकरणको लागी लकडाउन गरिएतापनी हात धुने, माक्स लगाउने, सामाजिक दूरी कायम गर्ने, कुरालाई सिट बेल्ट हेलमेट, लाइसेन्स ब्लुबुकवाला नियम जस्तै गरि हिँडडुल भने रोकिएको छैन । हिँडडुल गर्नेहरूमा अधिकांश अत्यावश्यक काम नभएता पनि पहुँचको भरमा कसैले केहि गर्न सक्दैन भन्ने सोंच्नेहरु हुन् । यदि चेकजाँचमा परिहाले पनि प्रहरी अगाडि भए सिट बेल्ट बाध्ने जस्तै पहुँचका आधारमा लिइएको पास देखाउने त्यो पनि नभए एककल फोनको भरमा छुटिने आशामा पहुँचवालाहरुलाई लकडाउन छैन जस्तै गरि हिँडेकै छन, डुलेकै छन, भट्टि मा भुलेकै छन तर सर्वसाधारण अत्यावश्यक कामले बाहिर निस्किए पनि, माक्स नलगाए वा अलिकति मात्रै तलमाथि सरेपनी पनि जरिवाना तिर्नुपर्ने, नियम सबैलाई बराबर भएपनी समान रुपले लागू हुन नसक्नु दुःखद हो । सुरक्षा सतर्कता को लागी कडाइ गर्नुपर्छ तर सर्वसाधारण लाई मात्रै दुःख दिनु गलत हो । संक्रमण नियन्त्रण को उपयुक्त उपायका रुपमा लकडाउन रहेको छ तर यसको को दुरुपयोग हुनुभन्दा अनिवार्य माक्स लगाउने, सामाजिक दुरी कायम गर्ने, साबुन पानी ले हात धुने, सेनिटाइजरको प्रयोग गर्ने जस्ता कार्यहरू गरि उच्च सतर्कता अपनाएर विभिन्न गतिविधि बिस्तारै सञ्चालन गर्ने गरि लकडाउन खोल्नु उपयुक्त हुन्छ । लकडाउन गर्नु गतल हो भन्नखोजेको हैन यद्यपि अहिले भैरहेको पहुँचवालाको अनावश्यक आवतजावत गलत हो भन्नेमा मेरो जोड छ । कोरोना नियन्त्रणको लागी कुनै पनि ठोस लक्ष्य तथा योजनाबिना सरकारले लकडाउनको बाहनामा जनतालाई घरभित्रै थुनिरहनु पनि गलत हो । यसको विकल्प तत्काल खोजिनुपर्छ । यसरी नै लकडाउनको बाहनामा घरभित्रै थुनिँदा ज्याला मजदुरी गरेर छाक टार्ने गरिब, निमुखाहरु रोगले भन्दा पहिला भोकले मर्ने अवस्था आउने भएकाले सम्बन्धित निकाय यसको समाधान को बाटोतर्फ लाग्नुपर्छ । सर्वसाधारण लाई मात्रै कडाइ गरि दुःख दिइरहेको अवस्था छ । यसरी सर्वसाधारण लाई दुःख दिन मात्रै गरिएको लकडाउन को कुनै औचित्य छैन र सम्भावित संक्रमण नियन्त्रण हुँदैन । लकडाउनको कारणले गर्दा घरबाट टाढा रहेका कति सर्वसाधारणहरु आफ्नो घर जान पाएका छैनन । घरभन्दा अन्यत्र भएकाले चाहँदा चाहँदै पनि हिँडन नपाएर अप्ठ्यारो अबस्थामा छन तर पहुँच हुनेहुनेहरू लाई जहाँ जान पनि छुट छ, कुनै रोकतोक गरिएको छैन, खुलेआम हिँडिरहन्छन । कोरोना सर्वसाधारण लाई मात्रै लाग्ने हैन, पहुँचवाला र प्रहरी प्रशासन अनावश्यक ओहोरदोहोर गरेकै कारण समुदाय स्तरमा कोरोना फैलिने निश्चित छ । अनावश्यक हिँड्नेहरुलाई नै पहिला संक्रमण हुने हो भन्ने बुझ्न जरुरी छ । नबुझेर भन्दा पनि जानेका, बुझेकाहरुले नै बढी हेलचक्य्राइँ गरेको देखिन्छ । अनावश्यक हिंड्नेहरुले आफू, परिवार, समाज र सिंगो देशलाई नै खतरामा पारेका छन । लकडाउनले सर्वसाधारण लाई मात्रै अप्ठ्यारो पारेको छ ।
कोरोना संक्रमण ठुलो पहुँच भएकालाई नलाग्ने, सर्वसाधारण जनतालाइ मात्र लाग्ने नभई जो कोहि लाई पनि हुन सक्छ । कानुन सबैलाई समान भएकाले लकडाउनमा पहुँचको भरमा अनावश्यक हिँडिरहेको यस्तो अवस्था हटाउन सुरक्षा निकाय, प्रशासन, विभिन्न संघ संस्थाहरुले आ–आफ्नो तर्फबाट पहल गरी समुदाय मा कोरोना हुनबाट बचाउनु पर्छ । पहुँचको भरमा अनावश्यक हिँडडुल गर्न मात्रै रोक्ने हो भने पनि कोरोना समाजमा फैलने सम्भावना कम हुन्छ । सबै सतर्क भइ यो प्रतिकुल अबस्थाको सामना गर्नुको विकल्प छैन ।