अस्ट्रेलियामा ३५० केजीको विशाल गोही भेटियो

काठमाडौँ । अस्ट्रेलियाको निकै लोकप्रिय पर्यटकीय उत्तरी क्षेत्रमा संरक्षणकर्मीहरुले एउटा विशाल गोही फेला पारेका छन् । वन्यजन्तु अधिकारीहरुले उक्त गोही करिब १५ फिट लामो र करिब ३५० केजी तौलको रहेको बताएका छन् ।

क्याथारिन वन्यजन्तु संरक्षण केन्द्रका वरिष्ट वन्यजन्तु अधिकृत जोन बर्कले फ्लोरा नदीमा विशाल भाले गोही फेला परेको जानकारी दिए । यो गोही यस क्षेत्रमा भेटिएको हालसम्मकै सबैभन्दा ठूलो हो, उनले भने ।

तीन वर्षअघि पनि यसै क्षेत्रमा १५।५ फिटको ठूलो गोही फेला परेको थियो ।

अस्ट्रेलियाले गोहीलाई संरक्षित जनावरको सूचीमा सन् १९७० मा सूचीकृत गरेयता उत्तरी क्षेत्रमा गोहीको संख्या बढ्दै गएको छ ।

पछिल्लो पटक समातिएको उक्त विशाल गोहीलाई प्रजनन केन्द्रमा लगिएको छ । अस्ट्रेलियामा फार्मका रुपमा गोहीपालन गरेर त्यसलाई मासु र छालाका लागि बिक्री गर्न पाउने कानुनी व्यवस्था छ ।

इजलासको रजिस्ट्रार र अधिकृत सहित ६३ कर्मचारीको सरुवा (नामावलीसहित)

काठमाडौँ । सर्वोच्च अदालतले रजिस्ट्रारसहित ६३ जना कर्मचारीको सरुवा गरेको छ ।

शुक्रवारको निर्णयले उच्च अदालत तुलसीपुर, बुटवल इजलासका रजिस्ट्रार ध्रुवकुमार ढकाललाई सर्वोच्च अदालतमा सरुवा गरेको छ । त्यसैगरी सर्वोच्च अदालतका इजलास अधिकृत भीम बहादुर निरौलालाई काठमाडौँ जिल्ला अदालत पठाएको छ ।
थप कर्मचारी सरुवा नामावलीः

कालोपत्र भएको एक वर्ष नपुग्दै उप्कियो दिक्तेल–हलेसी सडक

काठमाडौँ । मध्यपहाडी लोकमार्गमा पर्ने खोटाङको दिक्तेल–हलेसी सडक कालोपत्र गरेको एक वर्ष नपुग्दै उप्किएको छ ।

कालोपत्र गर्नुअघि सडकमा बिच्छ्याइएको रोडा र ढुङ्गा कमसल भएका कारण कालोपत्र उप्किएको बताइएको छ । एसियाली विकास बैङ्क (एडीबी)को लगानीमा दिक्तेल बजारस्थित रत्नपार्कको किराँतचोकदेखि हलेसीसम्मको ३६ किलोमिटर सडकको विभिन्न ठाउँमा कालोपत्र उप्किएको हो । कालोपत्र उप्किएर ठाउँठाउँमा सडक खाल्डाखुल्डी भएपछि जोखिम मोलेर यात्रा गर्नुपर्ने बाध्यता रहेको सवारी चालकले बताएका छन् ।

सडक कालोपत्रको जिम्मा लिएको ठेकेदार कम्पनीले नाफा कमाउने उद्देश्यले कमसल सामग्री प्रयोग गरेको स्थानीयवासीको आरोप छ । जिल्लाको प्रमुख मार्ग दिक्तेल–हलेसी सडक कालोपत्र गर्ने जिम्मा लामा नागार्जुन र लामा नागार्जुन जेभी त्रिशूलीले लिएको छ । सङ्घीय राजधानी काठमाडौँलगायत तराईका विभिन्न जिल्ला आवत÷जावत गर्न तथा दैनिक उपभोग्य वस्तु ढुवानीका लागि प्रयोग गरिने उक्त सडक कालोपत्र सम्पन्न भएको वर्ष दिन नपुग्दै उप्किएपछि जिल्लावासी आक्रोशित बनेका छन् । उप्किएको कालोपत्र मर्मत गर्न सम्बन्धित निकायले चासो नदिएको सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०का युवा नेता मिलन राईले बताए ।

एसियाली विकास बैङ्कको रु ४६ करोड ८९ लाख ९२ हजार २२७ को लगानीमा साढे छ मिटर फराकिलो पारिएको सो सडकको साढे पाँच मिटर चौडाइमा कालोपत्र गरिएको थियो । तीन भागमा विभाजन गरेर कालोपत्र गरिएको उक्त सडक खण्डको हलेसीदेखि विजुलेसम्मको १२ किलोमिटर १५ करोड ५२ लाख ५१ हजार ६९६ रुपैयाँ ७५ पैसामा, विजुलेदेखि हुर्लुङसम्मको १२ किलोमिटर १५ करोड ८९ लाख ३४ हजार ५५२ रुपैयाँ ०७ पैसामा र हुर्लुङदेखि दिक्तेलसम्म १२ किलोमिटर रु १५ करोड ४८ लाख पाँच हजार ९७८ रुपैयाँ ३० पैसामा सम्पन्न गरिएको थियो ।

जिल्लाको धार्मिक तथा पर्यटकीयस्थल हलेसीदेखि बिजुलेसम्मको १२ किलोमिटर सूर्यदेवी कन्काई तथा बिजुलेदेखि दिक्तेलसम्मको २४ किलोमिटर कालोपत्र गर्ने जिम्मा नागार्जुन र लामा नागार्जुन जेभी त्रिशूलीले लिएको छ । तीन वर्षभित्र कालोपत्र सम्पन्न गर्नेगरी २०७१ साल जेठ १६ गते ठेकेदार कम्पनीसँग सम्झौता भएपनि दुई वर्ष ढिलो गरेर पाँच वर्षपछि गत असोजमा मात्रै कालोपत्र सम्पन्न भएको थियो ।

कालोपत्रको सम्पूर्ण काम वर्ष दिनअघि नै सम्पन्न भएपनि सडक विभागलाई जिम्मा दिन बाँकी रहेकाले बिग्रिएको ठाउँमा पुनः मर्मत गरेर मात्रै जिम्मा दिइने लामा–नागार्जुन–त्रिशूली जेभीका प्रतिनिधि राजाराम आचार्यले बताउनुभयो । “प्राविधिक त्रुटि भएको ठाउँमा कम्पनीकै तर्फबाट मर्मत गरिनेछ”, उहाँले भन्नुभयो, “दोस्रो पक्षबाट बिगारिएको छ भने, सम्बन्धित व्यक्ति वा संस्थाले जिम्मा लिनुपर्छ ।”

कालोपत्र गरिएको सडक वर्ष दिन नपुग्दै उप्किन थालेपछि सम्बन्धित ठेकेदार कम्पनीलाई तत्काल मर्मत गर्न आग्रह गरिएको प्रतिनिधिसभा सदस्य विशाल भट्टराईले बताउनुभयो । “मध्यपहाडी लोकमार्गमा पर्ने दिक्तेल–हलेसी सडक जिल्लाको प्रमुख सडक हो”, उनले भने, “मुख्य सडक नै उप्किएर खाल्डाखुल्डी भएपछि तत्काल मर्मत गर्न सम्बन्धित ठेकेदार कम्पनीलाई भनिएको छ ।”

यसैगरी दिक्तेल–अस्पतालचोक–मात्तिम–टेम्मा सडकको ढलान कार्य नसकिँदै भत्किएको पाइएको छ । पूर्वाधार विकास कार्यालय उदयपुरको रु ४४ लाख छ हजार ३६८ लगानीमा ढलान गरिएको उक्त सडक सम्पन्न नहुँदै उप्किएको हो ।

ठेकेदार कम्पनी अर्थ विल्डर्स कन्ट्रक्सन प्रा।लि।ले जिम्मा लिएको उक्त सडक ढलान सम्पन्न नहुँदै ठूला सवारी आवतजावत गराउँदा उप्किएको प्रत्यक्षदर्शीले बताएका छन् । उप्किएको ढलान पुनः मर्मत गरेर सञ्चालनमा ल्याइने ठेकेदार कम्पनीले जनाएको छ । दिक्तेल बजारस्थित किराँतचोकदेखि पुरानो वेशक्याम्पसम्मको सडकसमेत ढलान भइरहेकाले सो सडकखण्डमा यातायात अवरुद्ध हुँदा दिक्तेल–अस्पतालचोक–मात्तिम–टेम्मा सडकमा ठूला सवारी साधनको चाप बढेको थियो । उक्त सडक ढलान सम्पन्न नहुँदै उप्किएपछि ठेकेदार कम्पनीको सर्वत्र आलोचना भइरहेको छ ।

हत्यापछि टाउको बोकेर पुगे आत्मसमर्पण गर्न प्रहरी कार्यालय

धादिङ । जिल्लाको नीलकण्ठ नगरपालिका वडा नं १३ खल्चेतमा गए राति एक जनाको हत्या गरी अभियुक्त जिल्ला प्रहरी कार्यालयमा आत्मसमर्पण गर्न आएका छन् । स्थानीयवासी सोमबहादुर गुरुङसँग सामान्य विवाद हुँदा धारिलो हतियार प्रयोग गरी हत्या गरिएको अभियुक्त राजु परियारले जनाएका छन् ।


हत्यामा संलग्न अभियुक्त २६ वर्षीय परियारले गुरुङको टाउको र हत्या गर्न प्रयोग गरिएको हतियारसहित जिप्रकामा आत्मसमर्पण गर्न आएको प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले बताए । हत्या आरोपितलाई कर्तव्य ज्यान मुद्दा चलाइने प्रहरीले जनाएको छ । शव धादिङ अस्पतालमा परीक्षणका लागि राखिएको छ ।

काभ्रेपलाञ्चोकका सात स्थानीय तह कोरोनामुक्त

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकका सात स्थानीय तह हाल कोरोनामुक्त छन् । सात गाउँपालिका कोरोनामुक्त अवस्थामा छन् ।

जिल्लाको १३ स्थानीय तहमध्ये मण्डन देउपुर नगरपालिका तथा रोशी, बेथानचोक, तेमाल, महाभारत, खानीखोला र चौंरीदेउराली गाउँपालिका कोरोनामुक्त भएका हुन् । कूल सङ्क्रमितमध्ये सबैभन्दा बढी ४३ प्रतिशत सक्रिय सङ्क्रमित बनेपा नगरमा तथा सबैभन्दा कम नमोबुद्ध नगरमा एक पुरुष मात्रै रहेको कोभिड–१९ रोकथाम तथा नियन्त्रण, कमाण्ड पोष्टले जनाएको छ । पोष्टका अनुसार काभ्रेपलाञ्चोकमा हालसम्म १८२ पुरुष र ११२ महिला सङ्क्रमित भएका छन् ।

सक्रिय सङ्क्रमितमध्ये बनेपामा १२८, धुलिखेल नगरमा ३२, पनौतीमा चार, पाँचखालमा चार, नमोबुद्धमा एक, तथा भुम्लु गाउँपालिकामा दुई रहेको पोष्टका सदस्यसचिव एवं जिल्ला स्वासथ्य कार्यालय प्रमुख डा नरेन्द्र झाले जानकारी दिए । उहाँका अनुुसार १११ सङ्क्रमित निको भई उपचारपछि घर फर्किएका छन् भने १७९ विभिन्न अस्पतालको आइसोलेशनमा उपचाररत छन् । त्यस्तै ३१ ‘होम आइसोलेशनमै उपचाररत रहेको पोष्टले जनाएको छ ।

काभ्रेमा कोरोना सङ्क्रमणबाट एक पुरष र एक महिलाको मृत्यु भएको छ । गत असार दुईगतेदेखि काभ्रेलीमा सङ्क्रमण देखापरेको थियो । झाका अनुसार पछिल्लो समय समुदायमा सङ्क्रमण फैलिएकाले सङ्क्रमित दर बढिरहेको हो । “भदौ महिनाको तथ्याङ्कले जिल्लामा सरदर दैनिक १० देखि १५ सङ्क्रमित देखिन्छ”, उनले भने । सङ्क्रमितमध्ये अधिकांशको ‘ट्राभल हिष्ट्री’ नदेखिएको पोष्टले जनाएको छ ।

झाका अनुसार बनेपा नगरपालिका–१३ भैंँसेपाटीस्थित स्पाईनल इन्जूरी अस्पतालमा मात्रै जिल्लाको कूल कोरोना सङ्क्रमितमध्ये ४१ प्रतिशत सङ्क्रमित छन् । उक्त अस्पतालमा सङ्क्रमण नियन्त्रणका लागि सातादेखि स्वास्थ्यकर्मीको टोली परिचालन गरिएको छ भने अस्पताल र स्थानीय समुदायमा कोरोना सङ्क्रमण नियन्त्रणका लागि सार्वजनिक रुपमा सहयोगको अपिल गरिएको छ ।

नयाँ सङ्क्रमित देखिएलगत्तै ‘कन्ट्याक्ट ट्रेसिङ’ गर्ने र स्वाब सङ्कलन गरी रिपोर्ट नआउञ्जेल क्वारेन्टिनमा राख्ने गरिएको झाले बताए । उनले भने “सङ्क्रमितको सम्पर्कमा आएकाहरु स्वतःस्फूर्त पिसिआर परीक्षणको दायरामा आए कोरोना सङ्क्रमण नियन्त्रणमा निकै सहज हुने थियो ।” उनका अनुसार कन्ट्याक्ट ट्रेसिङ’मा जनप्रतिनिधिको भूमिका निकै उत्साहपूर्ण छ ।

जिल्लास्थित १३ स्थानीय तहमा ९०३ श्याको क्वारेन्टिन तथा २०९ बेडको आइसोलेशन व्यवस्थित गरिएको छ । हाल ३० पुरुष र ३५ महिला स्थानीय तहको क्वारेन्टिनमा बसेका छन्् । त्यस्तै ९९९ पुरुष र २०९ महिला क्वारेन्टिनको बसाइँपछि घर फर्किएका छन् । हालसम्म तेस्रो मुलुकबाट मात्रै ४२६ काभ्रेली घर फर्किएको तथा फर्कने क्रम जारी रहेको पोष्टले जनाएको छ ।

पछिल्लो २४ घण्टामा थप १४ जना संक्रमितको मृत्यु

काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा थप १४ जना कोरोना भाइरस संक्रमितको ज्यान गएको छ । शुक्रबार कोरोनाका कारण मृत्यु हुनेमा ४ महिला र १० जना पुरुष रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले जानकारी दिएका छन् ।

यो सँगै नेपाममा कोरोना भाइरस महामारीका कारण ज्यान गुमाउनेको संख्या २७१ पुगेको छ ।

उर्जामन्त्रीद्धारा घिसिङको निरन्तरताको लागि मन्त्रीपरिषदमा प्रस्ताव पेश

काठमाडौं । नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङले निरन्तरता प्रवल संभावना रहेको छ । आज बसेको मन्त्रिपरिषद बैठकमा उर्जामन्त्री बर्षमान पुनले प्राधिकरणको कार्यकारी निर्देशकमा घिसिङलाई नै निरन्तरता दिने विषयमा प्रस्ताव पेश गरेका छन् ।

मन्त्रिपरिषदमा प्रस्ताव पेश भएसँगै प्राधिकरणमा घिसिङले नै निरन्तरता पाउने सम्भावना उच्च देखिएको हो। यसअघि प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीसँग छलफलमा पनि प्रधानमन्त्री घिसिङलाई नै निरन्तरता दिनेमा सकारात्मक देखिएका थिए ।

साथै नेकपाका अर्का अध्यक्षले पनि घिसिङको विकल्प खोज्नु राम्रो नभएको बताएका छन् । पुर्ब प्रधानमन्त्री माधबकुमार नेपालले त कुलमान को पक्षमा खुलेरै ओकालत गर्नुभएको छ। “धेरैको माग पनि घिसिङ नै हुनुपर्छ भन्ने छ, यस्तो बेला अर्को विकल्प खोज्नु राम्रो होइन” जनता देखि लिएर उच्च ओदाका व्यत्तिहरु समेत कुलमानको पक्षमा रहेकाले घिसिङको प्रस्ताव गएसङै अब निरन्तरमा पाउनेमा लगभग निश्चित भएको छ ।

शुक्रबार थप १३ सय ४९ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप १३५९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ४४२३६पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालका प्रवक्ता डा।जागेश्वर गौतमले जनाएका छन् ।

त्यस्तै शुक्रबार थप १३५४ जनामा कोरोना संक्रमितहरु उपचार पश्चात घर फर्किएका छन् । यो सँगै कोरोनाबाट निको हुनेको संख्या २५५६१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

अर्थमन्त्री खतिवडाले राजीनामा दिँदै

काठमाडौँ । अर्थ तथा सञ्चार मन्त्री डा युवराज खतिवडाले राजीनामा दिने भएका छन्। उनले आफू खुसी राजीनामा दिन लागेका भने होइनन्।

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले राष्ट्रिया सभामा मनोनित गरी मन्त्री बनाएका खतिवडाको ठाउँमा पार्टी उपाध्यक्ष वामदेव गौतम जाने भएपछि राजीनामा दिनु पर्ने भएको हो। उनलले शुक्रबार बिहान बस्ने मन्त्रिपरिषद् बैठकमा राजीनामा दिने भएका हुन्।

खतिवडाले बुधबार नै राजीनामा दिने तयारी गरेका थिए। तर प्रधानमन्त्री केपी शर्मा ओलीले उनलाई रोकेर शुक्रबार बस्ने मन्त्रिपरिषद् बैठकमा राजीनामा दिन भनेका थिए।

राजीनामा दिएलगत्तै अर्थमन्त्री खतिवडा मन्त्रालयमा पुगेर बिदाइ हुनेछन् भने सञ्चारमन्त्रालयमा आएर पत्रकार सम्मेलन गरी आफूले गरेका कामबारे जानकारी दिने तय भएको बताइएको छ।

चितवन मेडिकल कलेजले थाल्यो प्लाज्मा थेरापीबाट उपचार

चितवन । जिल्लामा पहिलो पटक चितवन मेडिकल कलेजमा उपचाररत एक महिलामा प्लाज्मा थेरापी विधिबाट उपचार थालिएको छ । हेटौँडा उपमहानगरपालिका–११ की ५२ वर्षीया कोरोना सङ्क्रमितमा प्लाज्मा थेरापी गरिएको हो ।

क्षेत्रीय रक्तसञ्चार केन्द्र भरतपुरका प्रमुख रमेशकान्त पौडेलका अनुसार ती महिलालाई बिहीबार राति दुई पोका ‘बि पोजेटिभ’ प्लाज्मा चढाइएको छ । बिहीबार नै केन्द्रमा सङ्क्रमणमुक्त भएका तीन जनाले प्लाज्मा दान गरेका थिए । पौडेलका अनुसार भरतपुर र देवघाटका दुई पुरुषको रगत ‘बि पोजेटिभ’ रहेको थियो । दान गरिएको रगतबाट प्लाज्मा निकालेर ती महिलालाई चढाइएको पौडेलले जानकारी दिए ।

कोभिड सङ्क्रमित भएर आइसोलेसनबाट निको भई १४ दिन कटेकाहरुको रगत सङ्कलन गरेर रक्ततत्व छुट्याइन्छ । निको भएकाहरूको रगतको प्लाज्मामा भाइरसविरुद्ध बनेका एन्टिबडीलाई अरू बिरामीमा प्रयोग गरिन्छ । यो विधिमार्फत कोरोना भाइरसबाट हुने मृत्युदर कम हुने चिकित्सकहरुको भनाइ छ ।

पौडेलले भने , “प्यासिभ एन्टिबडी थेरापी भनेको एक व्यक्तिमा बनिसकेको एन्टिबडी अर्को व्यक्तिलाई दिनु हो ।” अठार वर्ष उमेरमाथिका व्यक्तिले रगतको प्लाज्मा दिन सक्छन् । कोरोना सङ्क्रमणमुक्त व्यक्तिले दिने रगत रक्तदान नै हो । रगतबाट रगतमा भएको सेतो कोष हटाएर बनेको झोल पदार्थ नै प्लाज्मा भएको पौडेलको भनाइ छ ।

चितवन मेडिकल कलेजका अध्यक्ष एवं प्रबन्ध निर्देशक प्रा.डा. हरिशचन्द्र न्यौपानेले कोभिड सघन उपचार कक्षमा एक सातादेखि उपचाररत ती महिलामा प्लाज्मा थेरापी गरेर जिल्लामा पहिलोपटक उपचार थालिएको बताए । उहाँले क्रमशः अन्य बिरामीलाई पनि आवश्यकता र उपलब्धताअनुसार प्लाज्मा थेरापी गरिने जानकारी दिए ।

जिल्लामा गम्भीर रहेका धेरै सङ्क्रमितको चितवन मेडिकल कलेजमा उपचार भइरहेको उनले जानकारी दिए । सो मेडिकल कलेजले कोभिड प्रयोगशालासमेत सञ्चालनमा ल्याएको छ ।

एक महिनामा स्क्रब टाइफसका ४९ जना बिरामी फेला

बैतडी । बैतडीमा डेङ्गु र स्क्रब टाइफसका बिरामी बढ्न थालेका छन् । गएको साउनयता बैतडीमा स्क्रब टाइफसका ४९ जना बिरामी फेला परेको स्वास्थ्य कार्यालयका जनस्वास्थ्य निरीक्षक भुवनप्रसाद जोशीले जानकारी दिए । दशरथचन्द नगरपालिकामा २५ महिला र ११ पुरुष गरी ३६ जनामा स्क्रब टाइफसको सङ्क्रमण पुष्टि भएको छ ।

यस्तै पाटन नगरपालिकामा तीन महिला र एक पुरुष गरी चार, दोगडाकेदार गाउँपालिकामा चार महिला र दुई पुरुष गरी छ, मेलौली नगरपालिकामा एक महिला, पञ्चेश्वर गाउँपालिकामा एक पुरुष तथा सिगास गाउँपालिकामा एक महिलामा स्क्रब टाइफस पुुष्टि भएको जोशीले जानकारी दिए ।

जिल्ला अस्पताल बैतडी र अन्य स्वास्थ्य संस्थाहरुमा उपचारका लागि पुगेका व्यक्तिहरुको आरडीटी चेकजाँच गर्दा स्क्रब टाइफस देखिएको जोशीले जानकारी दिनुभयो । गत आर्थिक वर्षमा जिल्लाभरि ४० जनामा स्क्रब टाइफसको सङ्क्रमण पुष्टि भएको थियो । यो वर्ष भने एक महिनाकै अवधिमा ४९ जनामा स्क्रब टाइफसको सङ्क्रमण पुष्टि भएको उनले बताए ।

माइट नामक किर्नाको टोकाइबाट स्क्रब टाइफस हुने भएकाले सरसफाईमा विशेष ध्यान दिनुपर्नेमा स्वास्थ्यकर्मीहरुले जोड दिएका छन् । झाडी, झ्याङ भएका ठाउँमा माइट बस्ने भएकाले सकभर त्यस्तो ठाउँमा नबस्न स्वास्थ्यकर्मीहरुले आग्रह गरेका छन् ।

यस्तै जिल्लामा डेङ्गुका बिरामी पनि देखिन थालेका स्वास्थ्य कार्यालयले जनाएको छ । जिल्लाको दशरथचन्द नगरपालिकाका दुई महिला र एक पुरुषमा डेङ्गु रोग देखा परेको जोशीले बताए ।

डेङ्गु एडिज नामको पोथी लामखुट्टेको टोकाइबाट हुने भएकाले लामखुट्टेको टोकाइबाट बच्नुपर्नेमा उनले जोड दिए । स्क्रब टाइफस भएमा उच्च ज्वरो आउने, धेरै टाउको दुख्ने, शरीरमा राता डाबरहरु आउनेलगायतका लक्षण देखा पर्छन भने डेङ्गु भएमा पनि उच्च ज्वरो आउने भएकाले यस्ता लक्षण देखिएमा स्वास्थ्य संस्थामा जान स्वास्थ्यकर्मीहरुले सुझाएका छन् ।

बाग्लुङ पहिरो अपडेटः चार शवको सनाखत

काठमाडौँ । बुधबार रातिको बाढी र पहिरोले बागलुङको ढोरपाटन नगरपालिका–९ बोबाङमा मृत्यु भएका १४ मध्ये चार जनाको शव सनाखत भएको छ । पहिरोमा परी २४ जना बेपत्ता छन् । शव सनाखत हुनेमा ढोरपाटन–९ की २६ वर्षकी केशमाया विक, ४५ वर्षीय विरे विक, २२ वर्षीय जीवन विक र ११ वर्षीय डल्ले विक रहेको प्रहरीले जनाएको छ । शव भेटिएका १० जनाको अझै सनाखत हुन नसकेको प्रहरी नायव उपरीक्षक राजेन्द्र रेग्मीले बताए ।

उनीहरुको शव बुर्तिबाङस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा राखिएको छ । पहिचान भएकाहरुको पोष्टमार्टमको काम आज हुने छ । घटनामा बेपत्ताको आज बिहानैदेखि खोजी शुरु भएको रेग्मीले बताए । रातको समयमा खसेको पहिरोमा परि धेरैले ज्यान बचाउन नसकेका हुन् । केही मानिसले भागेर ज्यान बचाएका थिए भने कतिलाई भाग्ने क्रममै खोलाले बगाएको थियो । बगाएकामध्ये केहीको अधिकारीचौर, बुर्तिवाङ र बडिगाड गाउँपालिकासम्म शव भेटिएका छन् । कति क्षतविक्षत अवस्थामा भेटिएकाले पहिचान गर्न नसकिएको उद्धारमा खटिएका प्रहरी निरीक्षक प्रकाशसिंह भण्डारीले बताए ।

पहिरोले फलेघर र सुपुर्दुङका दजर्न बढी घर बगाएको छ भने वडा नं ८ सम्म आइपुग्दा ४० घर बगेका छन् । अधिकांस घरको भग्नावशेषसमेत देखिएको छैन । बस्ती भएको स्थानमा अहिले खोला बगेको छ । ढोरपाटन जाने सडकको देउरालीबाट खसेको पहिरोले भुजीखोला थुनिएर ताल बनेको र त्यसपछि बाढी चल्दा ठूलो क्षति पुगेको स्थानीयले बताएका छन् ।

मुक्तिनाथले सबैको रक्षा गरुन, आज(बिहीबार) को राशिफल हेर्नुहोस्

वि.सं.२०७७ भदौ– १९,शुक्रवार,ई.सं. ४ ,शक संवत्(१९४२,नेपाल संवत्–११४० ञलगा, प्रमादी, दक्षिणायन, वर्षा, आश्विन कृष्णपक्ष तिथि–द्वितीया , १२ः२९ बजे उप्रान्त तृतीया,नक्षत्र–उत्तरभाद्रपदा , २२ः५१ बजे उप्रान्त रेवती,योग–शूल , १४ः३३ बजे उप्रान्त गण्ड,करण–गर १२ः२९ बजेदेखि वणिज , २५ः२४ बजे उप्रान्त वालव,चन्द्रराशिःमीन,आनन्दादि योग–ध्वज, सूर्योदय–५ः४४, सूर्यास्त–१८ः१९,दिनमान–३१ घडी २७ पला,पञ्चक। तृतीया श्राद्ध। अगस्ति उदय (काठमाडौं समान २७ं।४२’ उत्तरी अक्षदेशमा) १६ः३१ बजे।

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)

प्रतीक्षा गरिएको नतिजा सबल रहनेछ,छरछिमेकमा भने केही असमझदारी बढ्ने योग छ,काम गर्दा अपमानित हुनुपर्ला,गुप्त रोगले सताउने छ,आजको शुभ अंक ७ रहेको छ ।

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)

आफन्तको विश्वास पर्दा धोका हुनेछ,घरायसी वातावरणमा केही धमिलोपन आउने छ,मेलमिलापको भावना राम्रो हुनेछ,आर्थिक समस्या पर्ने छ,आजको शुभ अंक ९ रहेको छ ।

मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा)

गौ माताको पूजा गर्नाले शुभ कार्यमा सफलता पाइन्छ,बेलुका पारिवारिक जीवनमा अनावश्यक किचलो र विवाद हुने सम्भावना छ,आजको शुभ अंक ५ रहेको छ ।

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो)

आफन्तको विश्वास पर्दा धोका हुनेछ,आजको दिन तेती राम्रो छैन बोलीमा विचार पुराउनु होला,धर्मकर्म तथा परोपकारमा प्रवृत्त भइएला,आजको शुभ अंक ७ रहेको छ ।

सिहं(मा,मी,मू,मे,मो,टा,टी,टू,टे)

बौद्धिक चिन्तन वा विचारले धेरैलाई आकर्षण गर्ने समय छ,पशुधन र जमिनबाट सामान्य लाभ उठाउन सकिनेछ, आत्म–विश्वास बढ्नेछ ,आजको शुभ अंक १ रहेको छ ।

कन्या(टो,पा,पी,पु,ष,ण,ठ,पे,पो)

साथी भाइको विश्वास पर्दा आत्मा घाती हुनेछ,सानातिना कामको झमेला आउनसक्छ ,सट्टापट्टा, लेनदेन आदिमा फाइदा हुनेछ,आजको शुभ अंक ३ रहेको छ ।

तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते)

राम्रो कर्मफल प्राप्त हुनाले मन प्रसन्न रहनेछ,झैझगडा र विवादमा सरिक हुनु पर्नेछ,नब ग्रहको प्राथना गर्नाले शुभ कार्यमा सफलता पाइन्छ,आजको शुभ अंक ८ रहेको छ ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)

बोलीको विपरीत अर्थ लाग्न सक्छ संयम रहनु होला,पारिवारिक जीवनमा मतभेत रहनेछ,अनावश्यक धन खर्च हुँदा मानसिक चिन्ता वढ्नेछ,आजको शुभ अंक २ रहेको छ ।

धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)

लामो समय देखि तनाव रहेको काम बन्ने योग देखिन्छ,दिगो कामको जग बसाउनुका साथै दाम र प्रतिष्ठा कमाउने बेला छ, आजको शुभ अंक ४ रहेको छ ।

मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)

स्वास्थ्यका लागि व्यायाम र खानपानमा ध्यान पुर्याउनुहोला,आयआर्जन बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ, आजको शुभ अंक १० रहेको छ ।

कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा)

तातो रिस गर्नाले काम बिग्रिनेछ,सोखले खर्च बढाउने हुँदा अर्थ अभाव समेत देखापर्न सक्छ,अपमान वा अपजस सहनु पर्ने हुनसक्छ, आजको शुभ अंक ६ रहेको छ ।

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)

झगडा हुनसक्छ,किनमेल गर्दा सजग रहनु होला,पारीवारिक सहयोग बढ्ने छ,आर्थिक समस्या पर्ने छ,पेटको खराबीले स्वास्थ्य भने कमजोर रहला, आजको शुभ अंक ४ रहेको छ ।

ललितपुरमा कर्फ्यू

काठमाडौं । ललितपुरमा स्थानीय प्रशासनले कर्फ्यू लगाउने निर्णय गरेको छ । आज बिहान ४ बजेदेखि राति १० बजेसम्म कर्फ्यू लगाउने निर्णय गरेको छ ।

ललितपुरमा सहायक प्रजिअ ललितकुमार बस्नेत एक दिन बिहान ४ बजेदेखि राति १० बजेसम्मका लागि कर्फ्यूको आदेश जारी भएको जानकारी दिए ।
ललितपुरको भित्रि बाटाहरु केही मात्रामा खुकुला भएपनि प्रमुखसडकहरुमा डाक्टर र प्रेसबाहेक अरुको आगमनमा पूर्णरुपमा रोक लगाइएको छ ।

उपाध्यक्ष गौतमलाई राष्ट्रियसभामा पठाउने नेकपाको निर्णय

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले राष्ट्रियसभाको एक रिक्त सदस्य पदमा उपाध्यक्ष बामदेव गौतमलाई पठाउने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको नेकपा सचिवालयको बैठकमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रियसभाको रिक्त एक सदस्यमा सरकारका तर्फबाट उपाध्यक्ष गौतमलाई सिफारिश गर्ने जानकारी गराएका छन् । बैठकपछि पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले राष्ट्रियसभाका एक रिक्त सदस्यका लागि पार्टीको निर्णयानुसार नै सरकारका तर्फबाट उपाध्यक्ष गौतमलाई सिफारिश गर्ने निर्णय भएको जानकारी दिए ।

सरकारका तर्फबाट गरिएको सिफारिशका आधारमा राष्ट्रियसभा सदस्य राष्ट्रपतिले नियुक्त गर्ने प्रावधान छ । यसअघि अर्थ, सञ्चार तथा सूचना प्रविधिमन्त्री डा युवराज खतिवडालाई समेत सरकारको सिफारिशमा राष्ट्रियसभा सदस्यमा राष्ट्रपतिले नियुक्त गरेका थिए । संवैधानिक प्रावधानअनुसार राष्ट्रियसभामा सरकारको सिफारिशमा राष्ट्रपतिले तीन सदस्य नियुक्त गर्ने प्रावधान छ ।

यसअघि सिफारिशसहित नियुक्त हुनुभएका राष्ट्रियसभा सदस्यमा डा खतिवडा, रामनारायण बिडारी र विमला पौडेल हुनुहुन्छ । तीमध्ये डा खतिवडाको दुईवर्षे कार्यकाल गत फागुनमा नै सकिएको थियो ।