आजदेखि सोह्र श्राद्ध सुरु

काठमाडौं प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि सुरु हुने सोह्र श्राद्ध अर्थात् पितृ पक्ष आजदेखि अपराह्नकालमा दिवंगत पितृका नाममा तर्पण, सिदादान र पिण्डदान गरी शुरु हुँदैछ ।

आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्मका सोह्रवटा तिथिमा दिवंगत पितृलाई सम्मानका साथ तर्पण, सिदादान र पिण्डदान गरिने भएकाले यो पक्षलाई पितृपक्ष एवं सोह्रश्राद्ध समेत भन्ने गरिएको हो । पितृपक्षको पहिलो दिन आज प्रतिपदा तिथि श्राद्ध गरिन्छ ।
चाडपर्व यज्ञयज्ञादि तथा ठूला कार्य गर्नुअघि पितृलाई श्रद्धा भक्तिका साथ सम्झिने वैदिक सनातन हिन्दू शास्त्रीय परम्परा अनुसार सोह्रश्राद्ध गर्ने गरिएको हो । यस समयमा पितृले आश गरी बसेका हुन्छन् भन्ने शास्त्रीय मान्यता छ ।

पितृपक्षका बेलामा पितृलोकबाट दिवंगत पितृहरु पिण्ड, पानीको आशले मत्र्यलोकमा झर्छन् भनी धर्मशास्त्रका हेमाद्रि, वीरमित्रोदय, निर्णयसिन्धु लगायत ग्रन्थमा उल्लेख गरिएको छ । यस अवसरमा शास्त्रीय रुपमा दिइएका विकल्प अनुसारका कर्म नगरे पितृ सुस्केरा निकाली सन्तानलाई श्राप दिई फर्कन्छन् भन्ने वाक्य ती ग्रन्थमा उल्लेख गरिएको धर्मशास्त्र विद्हरुको भनाई छ ।

यसरी सोह्रश्राद्ध गर्नाले पितृप्रतिको आफ्नो दायित्वबोध पूरा हुनाका साथै पितृऋणबाट पनि मुक्त भइन्छ भन्ने धार्मिक विश्वास छ । वैदिक सनातन हिन्दू धर्मावलम्बीले ठूला माङ्गलिक कार्य गर्नु अगाडि नान्दीमुखी श्राद्ध, पितृको मृत तिथिमा गर्ने एकोद्दिष्ट श्राद्ध, सोह्र श्राद्धमा गर्ने पार्वण श्राद्ध, सोह्र श्राद्धमा मृत्यु भएकाको सम्झनामा गरिने एक पार्वण श्राद्ध, तीर्थमा गरिने तीर्थ श्राद्ध र बद्रीको ब्रह्मकपाल तीर्थमा गरिने ब्रह्म कपाली जस्ता श्राद्धहरु प्रचलित रहेका छन् ।

यो पक्षमा श्राद्ध नगर्दा अक्षम्य दोष लाग्छ भन्ने शास्त्रीय वचनका आधारमा श्राद्ध गर्ने गरिएको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतम बताउँछन् ।

सोह्रश्राद्ध अपराह्नमा गर्नुपर्छ भन्ने शास्त्रीय वचन रहेको पनि उनले बताए । यस अवसरमा उपत्यकाको उत्तरपूर्वी भेगस्थित गोकर्णेश्वर उत्तरगया, नुवाकोट र रसुवाको सङ्गमस्थल बेत्रावती, देवघाट, त्रिवेणी लगायत तीर्थस्थलमा पनि पितृप्रति श्रद्धासाथ श्राद्ध गर्नेको भीड लाग्ने गरेकामा यस वर्ष कोरोना भाइरसको सङ्क्रमणबाट बच्न जारी निषेधाज्ञाका कारण मानिस जम्मा हुन सक्ने अवस्था छैन ।

अरुको घरमा डेरा गरी बसेकाले तीर्थमा गई श्राद्ध गर्नुपर्छ भन्ने शास्त्रीय मान्यता छ । अरुको घरमा श्राद्ध गर्नुहुँदैन भन्ने शास्त्रीय मान्यताका आधारमा तीर्थमा गई श्राद्ध गर्ने गरिएको हो । विश्वव्यापी रुपमा फैलिएको कोरोना नेपालमा पनि यसले महामारीको स्वरुप ग्रहण गर्न थालेको छ । यसबाट बच्न गत चैतदेखि बन्दाबन्दी, निषेधाज्ञा लगायत विधि अपनाइएको छ । श्राद्धका लागि कर्ता गर्ने मानिस, ब्राह्मण गराउन जान्ने मानिस र श्राद्ध सामग्रीको आवश्यकता पर्दछ ।

कारणवश श्राद्ध रोकिँदा शास्त्रमा अनेक विकल्प दिइएका छन् । सोह्र श्राद्ध कर्ताले आफ्ना पिताको तिथिमा गर्नुपर्ने विधान छ । आपत् धर्म अनुसार कुनै कारणवश अड्किएमा आश्विन कृष्ण औँसीदेखि आश्विन शुक्ल पञ्चमीसम्म गर्न हुने शास्त्रीय वचन रहेको धर्मशास्त्रविद् गौतम बताउँछन् ।

यस वर्ष असोज महिनाभर अधिकमास भएकाले आश्विन शुक्लपञ्चमी कात्तिक ५ गते बुधबार पर्छ । भदौको पितृपक्ष अर्थात् सोह्र श्राद्धमा कोरोनाकै कारण श्राद्ध गर्न नसक्नेले कात्तिक १ देखि ५ गतेसम्म पनि गर्न शास्त्रसम्मत् हुने उनले बताए ।

यो समयमा पनि कारणवश सोह्र श्राद्ध गर्न नसकिएमा कार्तिककृष्ण औँसी अर्थात् लक्ष्मीपूजाका दिन गर्न सकिन्छ । कार्तिककृष्ण औँसीमा पनि गर्न नसकिने भएमा वृश्चिक सङ्क्रान्ति अर्थात् मङ्सिरसम्म जुराएर गर्न सकिने शास्त्रीय मत छ । यो विकल्प अहिले कोरोनाका कारण सृजना भएको जस्तै परिस्थितिका लागि दिइएको हो ।

आश्विन शुक्ल पञ्चमीपछिका अष्टमी, द्वादशी र औँसी, भरणी नक्षत्र र व्यतीपात योग परेका दिन जुनसुकै तिथि परेपनि रोकिएको सोह्रश्राद्ध गर्न सकिने शास्त्रीय विकल्प समेत निर्णयसिन्धु, धर्मसिन्धु लगायत धर्मशास्त्रका ग्रन्थमा दिइएको नेपाल संस्कृत विश्विद्यालय वाल्मीकि विद्यापीठ धर्मशास्त्र विभागका प्रमुख प्रा डा देवमणि भट्टराईले जानकारी दिए ।

त्यसपछि पनि सोह्रश्राद्ध गर्न नसकिएमा सक्नेले आफैँ नसक्नेले ब्राह्मणमार्फत् दैनिक १०८ मन्त्र जप गर्न सकिने शास्त्रीय विकल्प रहेको धर्मशास्त्रविद् भट्टराईले जानकारी दिए ।

विधिपूर्वक यस्तो जप १० महिनासम्म गर्नुपर्छ । यो विधिबाट पनि पितृले तृप्ति प्राप्त गर्ने धार्मिक विश्वास छ । कतिपय स्थानीय तहले भने कोरोनाका कारण यस वर्ष भर्चुअल रुपमा श्राद्ध गराउन पुरोहितहरुलाइ आह्वान गरेका छन् । धर्मशास्त्रविद्हरु भने विद्युतीय माध्यमबाट गराइने सोह्रश्राद्ध शास्त्रसम्मत नहुने बताउँछन् । यजमानले श्राद्ध विधि जान्ने भएमात्र विद्युतीय विधिबाट सम्भव हुने नत्र अन्य विधि अपनाउनुपर्ने उनीहरुको भनाई छ ।

पितृ पक्षको समाप्तिसँगै दुर्गा पक्ष अर्थात् बडा दशैँ सुरु हुने गरेपनि यस वर्ष अधिकमासका कारण एक महिना ढिलामात्र नेपालीको महान चाड सुरु हुनेछ ।

चट्याङ लागेर एकको मृत्यु

ताप्लेजुङ । ताप्लेजुङमा चट्याङ लागेर एक महिलाको ज्यान गएको छ । मङ्गलबार अपराह्न परेको चट्याङ लागेर फुङलिङ नगरपालिका–१० फुरुम्बूकी दुर्गा भट्टराईको ज्यान गएको हो । चट्याङ लागेपछि घाइते भएकी भट्टराईको उपचारका लागि जिल्ला अस्पताल ल्याउँदै गर्दा बाटैमा ज्यान गएको हो ।

यसैबीच चट्याङकै कारण सिरिजङ्घा गाउँपालिकास्थित तेल्लोकका दुई र पेदाङका तीन गरी पाँच जना घाइते भएका छन् । सामान्य घाइते भएका उनीहरुको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको जनाइएको छ । मङ्गलबार दिउँसोदेखि नै ताप्लेजुङमा मेघगर्जनसहित वर्षा भएको थियो ।

सवारी साधनमा जोरबिजोर लागू

नुवाकोट । जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रले जिल्लामा सञ्चालन हुने निजी सवारी साधनमा जोरबिजोर प्रणाली लागू गरेको छ । केन्द्रको मङ्गलबार बसेको बैठकले गए राति १२ बजेदेखि अर्को निर्णय नभएसम्मका लागि निजी सवारीसाधन सञ्चालन गर्दा जोर बिजोर प्रणाली लागू गर्ने निर्णय गरेको हो ।

बैठकले सार्वजनिक सवारी साधन सञ्चालन, धार्मिक कार्यक्रम सञ्चालन, शैक्षिक संस्था सञ्चालन, खेलकुद गतिविधि सञ्चालनलगायतका भीडभाड हुने कार्यलाई रोक लगाउने विगतको निर्णयलाई निरन्तरता दिएको छ । शिवपुरी गाउँपालिमा भदौ ११ गतेदेखि एक साताको लागि लागू गरिएको निषेधाज्ञालाई पुनः एक साता थप गरिएको र नुवाकोट प्रवेश गर्ने ककनी नाकाको ककनी गापा वडा नं १ र २, धादिङबाट नुवाकोट प्रवेश गर्ने नाका भएको बेलकोटगढी नपा वडा नं २ र ५ मा भने भदौ २३ गतेसम्म निषेधाज्ञा कायमै राखिएको प्रमुख जिल्ला अधिकारी झङ्कनाथ ढकालले जानकारी दिए ।

बैठकले जिल्लामा रहेको कलकारखाना स्थानीय जनशक्ति प्रयोग गरी, भौतिक दूरी कायम गरी, स्वास्थ्य मापदण्ड पूरा गरेर कामदारलाई बाहिरको व्यक्तिसँग सम्पर्क हुन नदिई खाना र बासको छुट्टै व्यवस्था गरी सञ्चालन गर्न सकिने निर्णय गरेको छ । बैठकले जिल्ला प्रवेश गर्ने सबै नाकामा कडाइ गर्ने, एम्बुलेन्स, शवबाहन, तरकारी, कुखुरा र चल्ला बोक्ने गाडीबाहेक निजी सवारी साधन मोटरसाइकलसमेत प्रवेश गर्न नदिने र पैदल पनि प्रवेश गर्न पूर्ण रोक लगाउने निर्णय गरेको छ । जिल्लामा हालसम्म ८९ सङ्क्रमित भएकामा ७१ जना निको भई घर फर्किसकेका छन् ।

काठ तस्करी गर्दैगदा रंगेहात पक्राउ

सप्तरी। जिल्लाको रुपनी गाउँपालिका–१ बाट तस्करी गरेर लैजाँदै गरेको काठसहित दुई जना मङ्गलबार पक्राउ परेका छन् । वन गस्ती टोलीले खाँडोखोलादेखि पश्चिमबाट सालको काठसहित रुपनी–१ का सुरेन्द्र राम र वीरेन्द्र रामलाई पक्राउ गरेको डिभिजन वन कार्यालय सप्तरीका रेञ्जर लक्ष्मण साफीले जानकारी दिए । उनीहरुको साथबाट २.१८ घनफिट तीन थान सालको काठ बरामद गरिएको साफीले बताए ।

पक्राउ परेकाहरुलाई सशस्त्र वन सुरक्षा शाखा शम्भुनाथको हिरासतमा राखिएको शम्भुनाथ शाखाका अधिकृत रामआशिष यादवले जानकारी दिए । काठ ओसारिरहेकामध्ये एक जना भाग्न सफल भएको उहाँले बताए । दुवै जनाको आज पिसीआर परीक्षण गरेर थप अनुसन्धान गरिने रेञ्जर साफीले बताए ।

बन्दाबन्दीको समयमा वन अतिक्रमणसँगै अवैध काठ कटान गरी तस्करी मौलाएपछि डिभिजन वन कार्यालय सप्तरीले गस्ती बढाएको जनाएको छ । बन्दाबन्दीका समयमा चुरे वन क्षेत्रमा स्थानीयवासीले जङ्गल फडानी गरी तस्करी गरिरहेका छन् । उनीहरुले मुख्य गरी सालका रुख कटान गरी तस्करी गरिरहेको स्थानीयवासीले बताएका छन् । बन्दाबन्दी र निषेधाज्ञाको फाइदा उठाएर तस्करहरु काठ ओसार्न पल्केको रुपनीका राजु जयसवालले बताए ।

पेट्रोलको मूल्यमा वृद्धि

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलको मूल्य बढाएको छ । मंगलबार रातिदेखि लागु हुने गरी पेट्रोल २ रूपैयाँले महँगिएर १ सय ७ रूपैयाँ प्रतिलिटर कायम भएको हो ।

निगमका अनुसार डिजल मट्टितेल, हवाइ इन्धन तथा खाना पकाउने ग्यासको मूल्य भने यथावत् राखिएको छ ।
इन्डियन आयल कर्पोरेसनबाट प्राप्त नयाँ मूल्य सूचीअनुसार पेट्रोलियम पदार्थको मूल्य केही हेरफेर भएर आएका कारण पेट्रोलको मूल्य बढाइएको नेपाल आयल निगमका प्रवक्ता विनितमणी उपाध्यायले जानकारी दिए ।

यसअघि पेट्रोलको मूल्य प्रतिलिटर १ सय ५ रूपैया कायम थियो ।

कालिन्चोक भगवतीको दर्शन गरेर बुधबारको राशिफल हेर्नुस्, दिन शुभ हुनेछ

वि.सं.२०७७ भदौ –१७,बुधवार,ई.सं. २०२० सेप्तेम्बेर— २,शक संवत्—१९४२,नेपाल संवत्—११४० ञलाथ्व,प्रमादी,दक्षिणायन,वर्षा,भाद्र शुक्लपक्ष तिथि–पूर्णिमा , ०९ः३८ बजे उप्रान्त प्रतिपदा,नक्षत्र–शतभिषा , १८ः३२ बजे उप्रान्त पूर्वभाद्रपदा,योग–सुकर्मा , १४ः१३ बजे उप्रान्त धृति,करण– वव ०९ः३८ बजेदेखि वालव , २२ः११ बजे उप्रान्त गर,चन्द्रराशि–कुम्भ,आनन्दादि योग–मानस, सूर्योदय–५ः४३, सूर्यास्त–१८ः२१, दिनमान–३१ घडी ३५ पला, पञ्चक। पञ्चक।व्रत÷पर्व– यँया पुन्ही, वंगया–मंगया, काठमाडौं दहचोकस्थित इन्द्रदह–स्नान,भक्तपुरको सिद्धपोखरीमा मेला, सोह्रश्राद्ध सुरु, प्रतिपदा श्राद्ध, कृष्ण प्रणामी– प्राणनाथ–छत्रशाल मिलाप–दिवस, चेपाङहरूको चोनाम पर्व।

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) – सोखले खर्च बढाउने हुँदा अर्थ अभाव समेत देखापर्न सक्छ,किनमेल गर्दा सजग रहनु होला,सानातिना कामको झमेला आउनसक्छ , आजको शुभ अंक ७ रहेको छ ।

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) – बौद्धिक चिन्तन वा विचारले धेरैलाई आकर्षण गर्ने समय छ,आयआर्जन बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ, आत्म–विश्वास बढ्नेछ ,आजको शुभ अंक १० रहेको छ ।

मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा) – राम्रो कर्मफल प्राप्त हुनाले मन प्रसन्न रहनेछ,साथी भाइको विश्वास पर्दा आत्मा घाती हुनेछ,छरछिमेकमा भने केही असमझदारी बढ्ने योग छ, आजको शुभ अंक ८ रहेको छ ।

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) – नब ग्रहको प्राथना गर्नाले शुभ कार्यमा सफलता पाइन्छ,आफन्तको विश्वास पर्दा धोका हुनेछ,मेलमिलापको भावना राम्रो हुनेछ, आजको शुभ अंक ९ रहेको छ ।

सिहं(मा,मी,मू,मे,मो,टा,टी,टू,टे) – धर्मकर्म तथा परोपकारमा प्रवृत्त भइएला,बोली एवं व्वहारमा सक्दो नियन्त्रण राख्नु होला,आजको दिन तेती राम्रो छैन बोलीमा विचार पुराउनु होला,आजको शुभ अंक १ रहेको छ ।

कन्या(टो,पा,पी,पु,ष,ण,ठ,पे,पो)– आफन्तको विश्वास पर्दा धोका हुनेछ,बोलीको विपरीत अर्थ लाग्न सक्छ संयम रहनु होला,अपमान वा अपजस सहनु पर्ने हुनसक्छ, आजको शुभ अंक ५ रहेको छ ।

तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते) – गुप्त रोगले सताउने छ,आर्थिक समस्या पर्ने छ,पशुधन र जमिनबाट सामान्य लाभ उठाउन सकिनेछ,प्रतीक्षा गरिएको नतिजा सबल रहनेछ, आजको शुभ अंक ४ रहेको छ ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)– गौ माताको पूजा गर्नाले शुभ कार्यमा सफलता पाइन्छ,आर्थिक समस्या पर्ने छ,झगडा पनि हुनसक्छ,काम गर्दा अपमानित हुनुपर्ला, आजको शुभ अंक ६ रहेको छ ।

धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)– दिगो कामको जग बसाउनुका साथै दाम र प्रतिष्ठा कमाउने बेला छ,बेलुका पारिवारिक जीवनमा अनावश्यक किचलो र विवाद हुने सम्भावना छ, आजको शुभ अंक ४ रहेको छ ।

मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)– झैझगडा र विवादमा सरिक हुनु पर्नेछ,घरायसी वातावरणमा केही धमिलोपन आउने छ, पारीवारिक सहयोग बढ्ने छ,सट्टापट्टा, लेनदेन आदिमा फाइदा हुनेछ,आजको शुभ अंक २ रहेको छ ।

कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा)– लामो समय देखि तनाव रहेको काम बन्ने योग देखिन्छ,अनावश्यक धन खर्च हुँदा मानसिक चिन्ता वढ्नेछ, तातो रिस गर्नाले काम बिग्रिनेछ, आजको शुभ अंक ३ रहेको छ ।

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) – पेटको खराबीले स्वास्थ्य भने कमजोर रहला,स्वास्थ्यका लागि व्यायाम र खानपानमा ध्यान पुर्याउनुहोला, पारिवारिक जीवनमा
मतभेत रहनेछ, आजको शुभ अंक ७ रहेको छ ।

भारतको जिडिपी २३.९ प्रतिशत खुम्चियो

काठमाडौँ । भारतीय अर्थतन्त्र गत अप्रिलदेखि जुनको तीन महिनाको अवधिमा २३.९ प्रतिशतले खुम्चिएको छ । कोरोनाभाइरस महामारीका कारण विगत ४० वर्षयता पहिलो पटक भारतीय अर्थतन्त्रमा यतिधेरै गिरावट आएको हो ।

भारतको राष्ट्रिय तथ्याँक कार्यालयले सोमबार सार्वजनिक गरेको विवरणमा त्यस अवधिमा उपभोग्य मागमा कमी आउनुका साथै निजी लगानी समेत खुम्चिएको उल्लेख छ ।

कार्यालयको वक्तव्यमा व्यापार, होटल, यातायात र संचार क्षेत्रमा ४७ प्रतिशत गिरावट आएको तथा औद्योगिक उत्पादनमा करिब ३९.३ प्रतिशतले कमी आएको उल्लेख गरिएको छ ।

साथै निर्माण क्षेत्रमा ५०.३ प्रतिशतले घट्नुका साथै खनिज उत्खनन २३.३ प्रतिशतमा सीमित भएको छ । विद्युत र ग्यास उत्पादन ७ प्रतिशतले घटेको छ । तर अनुकूल मौसमी परिस्थितिका कारण कृषि उत्पादन ३.४ प्रतिशतले वृद्धि भएको छ ।

भारत सरकार र भारतीय केन्द्रीय बैंकले अर्थतन्त्रलाई चलायमान बनाउन अर्बौं डलरको राहत प्याकेज, सुधार र व्याजदर कटौती गरेका छन् ।

हुनत, भारतको अर्थतन्त्र कोरोनाभाइरस महामारी शुरु हुनुअघि नै खुम्चिँदै गएको थियो । कोभिड–१९ शुरु हुनुअघि विगत ११ वर्षमा पहिलो पटक भारतीय अर्थतन्त्रको वृद्धिदर ४.२ प्रतिशतमा ओर्लिएको थियो ।

उपत्यकामा मात्रै ४ सय ८१ जनामा कोराना पुष्टि, देशभर १ हजार ६९ थप संक्रमित

काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर १ हजार ६९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। योसँगै देशमा कोरोना संक्रमितको संख्या ४० हजार ५२९ पुगेको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार आज सबैभन्दा धेरै कोरोना संक्रमित काठमाडौँका रहेका छन्। काठमाडौँमा मात्रै ३९३ जनामा कोरोना संक्रमित भएको छ। यस्तै, ललितपुरका ५८, भक्तपुरका ३०, उदयपुरका १, ओखलढुङ्गाका २, खोटाङका २, झापाका १४, पाँचथरका १, मोरङका १२, सुनसरीका ५६, धनुषाका १, पर्साका २, बाराका ११, महोत्तरीका २, रौतहटका ५, सप्तरीका १, सर्लाहीका १९, काभ्रेका ८, चितवनका ४५, दोलखाका ११, धादिङका ११, नुवाकोटका २ जनामा कोरोना पुष्टि भएको छ।

यसैगरी मकवानपुरका ६, रसुवाका १, रामेछापका २ र सिन्धुपाल्चोकका १, सिन्धुलीका ६, कास्कीका ४, गोर्खाका ८, तनहुँका ५, नवलपरासी पूर्वका १५, पर्वतका १, लमजुङका ३२, अर्घाखाँचीका ९, कपिलवस्तुका ७, गुल्मीका १३, दाङका १३, नवलपरासीका ४, पाल्पाका १, प्यूठानका १, वर्दियाका ७, बाँकेका ३३, रुकुमका १, रुपन्देहीका ९१, जुम्लाका २, दैलेखका २, सुर्खेतका १, सल्यानका १, अछामका १३, कञ्चनपुरका ४, कैलालीका २०, डडेल्धुराका २, डोटीका २४, बझाङका ४० तथा बैतडीमा १२ जना संक्रमित थपिएका हुन्।

गत २४ घन्टामा ७६८ जना संक्रमणमुक्त भएर डिसचार्ज भएका छन्। यससँगै डिसचार्ज हुनेहरुको संख्या २२ हजार १७८ पुगेको छ।

उर्जा र सिचाइका दर्जनौं कर्मचारीको सरुवा ,लेनदेनको आधारमा सरुवा गरेको आरोप

काठमाडौं । ऊर्जा, जलश्रोत तथा सिञ्चाइ मन्त्रालयले ठूलो संख्यामा कर्मचारीहरुको सरुवा गरेको छ । मन्त्रालयस्रोतकाअनुसार ५ नम्बर प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयको सचिव पदमा कार्यरत नुरमहमद खालाई मन्त्रालयको कार्यक्रम, बजेट तथा अनुगमन महाशाखाको जिम्मेवारी दिइएको छ । उनी गत हप्ता सरुवा भएका थिए। सिचाइ भित्र ऊनको छवि राम्रो मानिदैन।

त्यस्तै सु.ई. नियाज वारिसलाई जलश्रोत तथा सिञ्चाई विभागको उपमहानिर्देशक बनाइएको छ । मन्त्रालयमा कार्यरत महेश्वर श्रेष्ठलाई जलश्रोत अनुसन्धात तथा विकास केन्द्रको कार्यकारी निर्देशकको जिम्मेवारी दिइएको छ ।

कौशल किशोर झालाई विभागकै आकाश दरबन्दीमा सरुवा गरिएको छ । पुष्करनाथ घिमिरेलाई जोखिमयुक्त पहिरो व्यवस्थापन आयोजना निर्देशक पदमा, टिकाराम बराललाई समुदाय व्यवस्थित सिञ्चित कृषिक्षेत्र आयोजनाको आयोजना निर्देशकको जिम्मेवारी दिइएको छ ।

उनीहरु सबै सहसचिव तहका कर्मचारी हुन् । त्यस्तै उपसचिव राजेन्द्रप्रसाद शाहलाई कोशी पम्प चन्द्रनहर सिञ्चाई व्यवस्थापन कार्यालय सप्तरीको कामु आयोजना निर्देशक, प्रसुन्न मिश्रलाई नारायणी सिञ्चाई व्यवस्थापन कार्यालय पर्साको कामु आयोजना प्रमुखको जिम्मेवारी दिइएको छ ।

यस्तै सुरेशकुमार शर्मा भेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजना सुर्खेतको कामु आयोजना निर्देशक, कृष्णराज पाठकलाई जलश्रोत तथा सिञ्चाई विभागमा, रुकमाङगद खनाल सिञ्चाई तथा जलश्रोत व्यवस्थापन आयोजना, भिलानन्द यादव सुनसरी मोरङ सिञ्चाई आयोजनाको कामु आयोजना निर्देशक, आनन्दप्रकाश धामी जलश्रोत तथा सिञ्चाई विभाग, राजु आचार्य बबई भादाऔराही नदी व्यवस्थापन आयोजना, कृष्णप्रसाद रिजाल बागमती सुधार आयोजना, कैलाश श्रेष्ठ कोशी तथा बक्रा नदी व्यवस्थापन आयोजना, ईश्वरीप्रसाद तिवारी भेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजना, सन्तोषकुमार चौधरी समृद्ध तराई मधेश विशेष कार्यक्रम ललितपुर, बद्री कार्की प्रगान्न बडकापथ सिञ्चाई आयोजना दाङ, राजन भट्टराई जलस्रोत अनुसन्धान तथा विकास केन्द्र ललितपुर, मनोरञ्जनकुमार सिंह जनताको तटबन्ध कार्र्यक्रम कञ्चनपुर, नारायणप्रसाद सुवेदी र निदेश पौडेल सिञ्चाई विभाग, श्रीप्रसाद साह पालुङटार कुण्डुटार सिञ्चाई आयोजना गोरखा, जितबहादुर थापा वृहद दाङ उपत्यका सिञ्चाई आयोजना दाङ, अनुभव चौधरी रानीजमरा कुरलिया सिञ्चाई आयोजना कैलाली, रमानान्दा दास बबई सिञ्चाई आयोजना, अखलाख अहमद सिक्टा सिञ्चाई आयोजना, महेशकुमार मण्डल कोशी पम्प चन्द्रनगर सिञ्चाई व्यवस्थापन कार्यालय, रुपनारायण अधिकारी सुनसरी मोरङ सिञ्चाई आयोजना, अरुणकुमार यादव कोशी पम्प चन्द्रनगर सिंचाई व्यवस्थापन कार्यालय, यादव बराल, रमेशलाल कर्ण सुनसरी मोरङ सिञ्चाई आयोजना, अरुणकुमार यादव कर्णाली नदी व्यवस्थापन आयोजना, रामप्रसाद अर्याल सिक्टा सिञ्चाई आयोजना, देवराज निरौला राप द्वितीय जलश्रोत तथा सिञ्चाई विभाग, रंन्धीरकुमार साह बागमती मनुसमारा झाँझ सिञ्चाई व्यवस्थापन कार्यालय सर्लाही र विशाल दाहाल एकीकृत ऊर्जा तथा सिञ्चाई विशेष कार्यक्रम ललितपुरमा सरुवा गरिएको छ । ऊर्जा, सिञ्चाई तथा जलश्रोत मन्त्री वर्षमान पुनले गत आइतबार यति ठूलो संख्यामा मन्त्रालय मातहतका कर्मचारीहरुलाई सरुवा तथा पदस्थापना गरेका हुन् । सिक्टा सिञ्चाई आयोजनामा सहसचिव स्तरको कर्मचारी पठाउनु पर्नेमा मन्त्रि पुनले उपसचिव स्तरका लोकबहादुर थापालाई नै निरन्तरता दिएका छन् । यसपटकको सरुवामा कमाउ आयोजनामा जान मन्त्रीको तहबाट ठुलो रकमको चलखेल भएको कर्मचारीमध्ये बाटै आरोप लागेको छ।सरुवा तथा पदस्थापना गरिएका केही कर्मचारीहरुले पत्र बुझिसकेको भए पनि कतिपयले सरुवा बदर गराउन रकम बोकेर शक्तिकेन्द्रमा धाउन थालेका समाचार श्रोत बताउछ।

वडाध्यक्षमाथि हातपात

सिमिकोट । आफ्नै पार्टीको बैठकमा वडाध्यक्षमाथि हातपात भएको छ । सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को अदानचुली गाउँपालिका–१ को वडा कमिटी बैठकमा सहभागी वडाध्यक्ष रग थापामाथि पार्टीकै नेता÷कार्यकर्ताद्वारा हातपात भएको हो ।

बैठकमा पार्टीका नेता तथा कार्यकर्ताले गरेका जिज्ञासाका बारेमा जवाफ दिने क्रममा पार्टीका कर्णाली प्रदेश समन्वय परिषद्का सदस्यसमेत रहेका मानबहादुर थापाले हातपात गरेको पीडित वडाध्यक्ष थापाले जानकारी दिए । “पार्टीको वडा कमिटीले वडाको सत्तासँग छलफल गर्ने भनेर चिठ्ठी काटेकाले म त्यहीअनुसार बैठकमा सहभागी भएँ”, वडाध्यक्ष थापाले रासससँग भन्नुभयो, “सबैले राखेका जिज्ञासाको जवाफ दिने क्रममा ‘तिमी सत्ताका भतुवाहरु भत्ताले मातेका’ भन्दै अचानक आएर मुखमा हिर्काए ।”

पार्टीको औपचारिक बैठकमा बिना कमजोरी आफूमाथि हातपात भएको उल्लेख गरेका थापाले जनकल्याण आधारभूत विद्यालयजस्तो सार्वजनिकस्थलमा आफूमाथि भएको हातपातका बारेमा पार्टी र प्रशासनमा उजुरी दिने बताए । वडाध्यक्ष थापा नेकपा अदानचुली गाउँ कमिटीका सदस्यसमेत हुन ।

क्षमापूजा गरी इन्द्रजात्रा मनाइँदै, रथयात्रा स्थगित

काठमाडौँ । कोरोना भाइरसको सङ्क्रमणबाट बच्न जारी निषेधाज्ञाका कारण प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्दशीका दिन मनाइने इन्द्रजात्रामा यस वर्ष रथ तान्न स्थगन गरेपछि क्षमा पूजा गरेर मनाइने भएको छ । कोरोनाबाट बच्न रथयात्रा स्थगन गरिएकाले इन्द्रजात्रा सम्बन्धित सबै मठमन्दिरमा क्षमापूजा गरी मनाउन लागिएको गुठी संस्थान काठमाडौँ शाखाका प्रमुख हरिप्रसाद सुवेदीले राससलाई जानकारी दिए ।

भाद्र शुक्ल चतुर्दशीका दिन आज इन्द्रजात्राको मुख्य दिन हो । यस अवसरमा आज काठमाडौँ उपत्यकामा प्राचीनकालदेखि नै सार्वजनिक बिदा दिने गरिन्छ । आजैदेखि वसन्तपुर दरबार क्षेत्रमा कुमारी यात्रा शुरु हुने परम्परा थियो । यस वर्ष भने कोरोनाको महामारीका कारण यो परम्परा रोकिएको छ ।

आजको दिन कुमारीलाई तल्लो टोल यात्रा गराउने गरिन्छ । भाद्र शुक्ल पूर्णिमाका दिन भदौ १७ गते कुमारीलाई माथिल्लो टोल यात्रा गराइन्छ । यसैगरी भदौ २१ गते नानीचा यात्रा गराइने विधि पूरा हुने प्राचीनकालदेखिको विधि छ । आश्विन कृष्ण चौथीका दिन इन्द्रध्वजपतन अर्थात् इन्द्रजात्राको लिङ्गो ढालिन्छ । यस वर्ष भदौ २२ गते बिहानी ४ः०६ बजे लिङ्गो ढाल्ने साइत निस्किएको समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले बताए ।

इन्द्रजात्रासँग सम्बन्धित तलेजु, भैरव, गणेश, कुमारीलगायत मन्दिरमा क्षमा पूजा गर्ने तयारी भएको संस्थान काठमाडौँ शाखाका प्रमुख सुवेदीले जानकारी दिनुभयो । जिल्ला प्रशासन कार्यालयमा भएको जिल्ला सुरक्षा समितिको बैठकले पनि जात्रा, चाड पर्व मनाउँदा भिडभाड नगर्ने निर्णय गरेको थियो । यस वर्ष रातो मच्छेन्द्रनाथको जात्रासमेत हुन सकेको छैन ।

भाद्र शुक्ल द्वादशी अर्थात् भदौ १४ गते बिहान ७ः०७ बजे नेपाल पञ्चाङ्ग निर्णायक समितिले दिएको साइतमा इन्द्रध्वजोत्थान नगरिएपछि मानन्धर समूहले इन्द्रध्वजोत्थान गरिने हनुमानढोका दरबार क्षेत्रमा क्षमा पूजा गरेको थियो ।

काठमाडौँ उपत्यकामा कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएपछि भदौ ३ गते रातिदेखि निषेधाज्ञा जारी गरिएपछि यस वर्ष इन्द्रध्वजोत्थानका लागि रुखसमेत काटिएको थिएन । भदौ ४ गते इन्द्रजात्राको लिङ्गो काट्ने साइत राति ९ः२५ बजेको दिइएको थियो । अघिल्लो बुधबार रातिदेखि नै काठमाडौँ उपत्यकाका काठमाडौँ, भक्तपुर र ललितपुरका जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा जारी गरेपछि लिङ्गो नकाटिएको संस्थानले जनाएको छ ।

इन्द्रजात्रा चलाउन नसकिने भएपछि पूजा आराधना गरिने सम्बन्धित सबै मठमन्दिरमा क्षमा पूजाको विधि भदौ १४ गतेदेखि शुरु भएको संस्थानका काठमाडौँ शाखा प्रमुख सुवेदीले बताउनुभयो । इन्द्रजात्रा राजधानीका नेवार समुदायले महत्वका साथ मनाउने गरेका थिए ।

श्री भगवान गणेशको दर्शन गरेर आजको राशि हेर्नुस्, दिन शुभ रहने छ

काठमाडौँ । वि.सं. २०७७ भदौ–१६,मंगलवार, ई.सं.२०२० सेप्तेम्बेर– १, शक संवत्–१९४२,नेपाल संवत्–११४० ञलाथ्व,प्रमादी,दक्षिणायन,वर्षा,भाद्र शुक्लपक्ष तिथि–चतुर्दशी , ०८स्५३ बजे उप्रान्त पूर्णिमा,नक्षत्र–धनिष्ठा ,१६ः५९ बजे उप्रान्त शतभिषा,योग–अतिगण्ड , १४ः३३ बजे उप्रान्त सुकर्मा,करण–वणिज ०८ः५३ बजेदेखि भद्रा , २१ः१२ बजे उप्रान्त कौलव,चन्द्रराशि-कुम्भ,आनन्दादि योग-उत्पात,सूर्योदय-५स्४३,सूर्यास्त-
१८ः२३,दिनमान३ः१ घडी ३९ पला,पञ्चक, व्रत–पर्व– अनन्तचतुर्दशी व्रत,पूर्णिमा व्रत,कुमारी इन्द्रजात्रा, स्वाँछाय्, लड्कु ढँडार मष्टोपूजा, कृष्ण प्रणामी– सदगुरु श्री देवचन्द्र महाराजको धामगमन।

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)

पशुधन र जमिनबाट सामान्य लाभ उठाउन सकिनेछ,नब ग्रहको प्राथना गर्नाले शुभ कार्यमा सफलता पाइन्छ,तातो रिस गर्नाले काम बिग्रिनेछ,आजको शुभ अंक ५ रहेको छ ।

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)

बेलुका पारिवारिक जीवनमा अनावश्यक किचलो र विवाद हुने सम्भावना छ,आफन्तको विश्वास पर्दा धोका हुनेछ,आत्म–विश्वास बढ्नेछ ,आजको शुभ अंक ९ रहेको छ ।

मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा)

बोली एवं व्वहारमा सक्दो नियन्त्रण राख्नु होला,लामो समय देखि तनाव रहेको काम बन्ने योग देखिन्छ,अपमान वा अपजस सहनु पर्ने हुनसक्छ,आजको शुभ अंक ४ रहेको छ ।

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो)

छरछिमेकमा भने केही असमझदारी बढ्ने योग छ,प्रतीक्षा गरिएको नतिजा सबल रहनेछ,गुप्त रोगले सताउने छ,आर्थिक समस्या पर्ने छ,आजको शुभ अंक ३ रहेको छ ।

सिहं(मा,मी,मू,मे,मो,टा,टी,टू,टे)

बोलीको विपरीत अर्थ लाग्न सक्छ संयम रहनु होला,दिगो कामको जग बसाउनुका साथै दाम र प्रतिष्ठा कमाउने बेला छ,आजको शुभ अंक ७ रहेको छ ।

कन्या(टो,पा,पी,पु,ष,ण,ठ,पे,पो)

आयआर्जन बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ,सट्टापट्टा, लेनदेन आदिमा फाइदा हुनेछ,पेटको खराबीले स्वास्थ्य भने कमजोर रहला,आजको शुभ अंक ४ रहेको छ ।

तुला–रा,री,रु,रे,रो,ता,ती,तू,ते

आफन्तको विश्वास पर्दा धोका हुनेछ,किनमेल गर्दा सजग रहनु होला,राम्रो कर्मफल प्राप्त हुनाले मन प्रसन्न रहनेछ,मेलमिलापको भावना राम्रो हुनेछ,आजको शुभ अंक १ रहेको छ ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)

घरायसी वातावरणमा केही धमिलोपन आउने छ,धर्मकर्म तथा परोपकारमा प्रवृत्त भइएला,सानातिना कामको झमेला आउनसक्छ ,
आजको शुभ अंक ८ रहेको छ ।

धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)

आर्थिक समस्या पर्ने छ,झगडा पनि हुनसक्छ,सोखले खर्च बढाउने हुँदा अर्थ अभाव समेत देखापर्न सक्छ,पारीवारिक सहयोग बढ्ने छ,
आजको शुभ अंक १० रहेको छ ।

मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)

अनावश्यक धन खर्च हुँदा मानसिक चिन्ता वढ्नेछ,काम गर्दा अपमानित हुनुपर्ला,बौद्धिक चिन्तन वा विचारले धेरैलाई आकर्षण गर्ने समय छ,आजको शुभ अंक ७ रहेको छ ।

कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा)

स्वास्थ्यका लागि व्यायाम र खानपानमा ध्यान पुर्याउनुहोला,साथी भाइको विश्वास पर्दा आत्मा घाती हुनेछ,झैझगडा र विवादमा सरिक हुनु पर्नेछ,आजको शुभ अंक ६ रहेको छ ।

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)

आजको दिन तेती राम्रो छैन बोलीमा विचार पुराउनु होला,पारिवारिक जीवनमा मतभेत रहनेछ,गौ माताको पूजा गर्नाले शुभ कार्यमा सफलता पाइन्छ,आजको शुभ अंक २ रहेको छ ।

काठमाडौँ उपमहानगरपालिकाका मेयर शाक्यलाई संक्रमण पुष्टि

काठमाडौँ । काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यलाई कोरोना संक्रमण भएको छ । दुई दिनअघि स्वाब दिएका उनलाई सोमबार कोरोना संक्रमण पुष्टि भएको हो ।

मेयर शाक्यको सचिवालयका अनुसार उनकी पत्नीलाई सन्चो नभएपछि शाक्य दम्पत्तिले स्वाब दिएका थिए ।
उनकी पत्नीलाई भने कोरोना संक्रमण देखिएन, तर मेयर शाक्यलाई भने संक्रमण पुष्टि भएको छ । ‘हामी कोभिड नियन्त्रण र व्यवस्थापनमा खटिरहेका थियौं । त्यही क्रममा मलाई संक्रमण भएछ । तर मेरो मनोबल उच्च छ’ उनले भने ।

उनलाई लक्षण छैन र, होम आइसोलेसनमा छन् । मेयर शाक्यले भने, होम आइसोलेसनमा बसेर निरन्तर समन्वय र भर्चुअल बैठकहरु गर्छु ।’

संक्रमित भनेर दुर्व्यवहार नगरौं आफूले आग्रह गर्दै आएको र, आइसोलेसनमा बसेर पनि त्यही आग्रह गर्ने उनले बताए ।

हराएको चार महिनापछि पूर्वराजदूत रिचर्डको शव फेला

काठमाडौँ । नेपालका लागि बेलायतका पूर्वराजदूत रिचर्ड मोरिसको शव सोमबार फेला परेको छ । आफ्नो घर बेन्ट्ली नजिकैको पार्कमा गत मे ६ तारिख बिहान १०.३० मा दौडिन निस्किएका मोरिस बेपत्ता भएपछि यहाँको प्रहरीले उहाँको खोजी गरिरहेको थियो ।

ह्याम्पसायर प्रहरीले उनी नियमित कसरतका लागि जाने एलिस हल्ट जङ्गलमा उहाँको शव फेला पारेको बताएको छ । मृतक मोरिसको पहिचान औपचारिकरूपमा भइनसकेको भए पनि प्रहरीले उनको परिवारलाई शव फेला परेको जानकारी गराइसकेको बताएका छन् ।

यसअघि इष्ट हेमसायर प्रहरी कार्यलयले तीनपटकसम्म सर्वसाधारणका लागि खोजीकार्यमा सहयोग गर्न अपिल जारी गरेको थियो । अन्तिमपटक जारी अपिलसँगै रिचार्ड मोरिसको नयाँ तस्वीर सार्वजनिक गरेको छ । जुन तस्वीर नेपालमा खिचिएको थियो ।

रिचर्ड मोरिसले सन् २०१५ देखि २०१९ सम्म नेपालका लागि बेलायती राजदूतका रूपमा काम गरेका थिए। यहाँको परराष्ट्र कार्यालयले पछिल्लोपटक निकालेको विज्ञाप्तिमा मोरिस निकै महत्वपूर्ण व्यक्तित्व रहेको र फराकिलो सम्बन्ध राख्न सक्ने व्यक्तिका रूपमा परिचित रहेको बताएको थियो । उनका तीन सन्तान र एक श्रीमती छन् ।

अस्पताल चहार्दाचहार्दै ३ सङ्क्रमितको मृत्यु

काठमाडौँ । जिल्लाका अस्पताल चहार्दाचहार्दै भरतपुर अस्पताल पुगेका तीन कोरोना सङ्क्रमितको सोमबार मृत्यु भएको छ । जिल्लाका मेडिकल कलेज र अस्पतालले सघन उपचार कक्ष अभाव भएको र पिसीआर परीक्षण गर्नुपर्ने भन्दै अन्तिम अवस्थामा सरकारी अस्पताल पठाएका उनीहरुको अस्पताल पुगेको केही समयमै मृत्यु भएको हो ।

अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलका अनुसार मृत्युपछि स्वाब सङ्कलन गरिएका उनीहरु तीनै जनामा कोरोना सङ्क्रमण देखिएको छ । राति अबेर नतिजा आएको थियो । भरतपुर अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा जगन्नाथ तिवारीका अनुसार मृत्यु भएका तीनै जनामा कडा निमोनिया देखिएको थियो । बिहान ७ बजे अस्पताल ल्याइपुर्याएकी खैरहनी नगरपालिका–१३ की ५५ वर्षीया महिलाको दिउँसो १ बजे आकस्मिक कक्षमै मृत्यु भएको हो । दुवै मेडिकल कलेज पुर्याए पनि भर्ना नलिएपछि ती महिलालाई भरतपुर अस्पताल ल्याइएको उनका आफन्तले बताएको तिवारीले जानकारी दिए ।

त्यस्तै भरतपुर–११ का ६५ वर्षीय पुरुषको चितवन अस्पतालमा एक्सरे गरेपछि भरतपुर अस्पताल पठाइएको थियो । दिउँसो २ः३० बजे भरतपुर अस्पतालको आकस्मिक कक्षमा आइपुगेका उनको ३ बजे मृत्यु भएको तिवारीले बताए । उनले भने, “चितवन अस्पतालले एक्सरे गरेपछि पिसीआर परीक्षण गर्नुपर्छ भनेर पठाएको रहेछ । हेर्दाहेर्दै बिरामीको मृत्यु भएको हो ।”

भरतपुर–११ कै अर्का एक १८ वर्षकी युवती सबै परीक्षणपछि नारायणी सामुदायिक अस्पतालले भरतपुर अस्पताल पठाएको थियो । तिवारीका अनुसार दिउँसो १ बजेतिर भरतपुर अस्पताल ल्याएकामा उनको ३ बजे मृत्यु भएको हो । गम्भीर बिरामी सामुदायिक अस्पतालमा सिटिस्क्यानदेखि सबै परीक्षण गरेर सघन उपचार कक्ष खाली नभएको भन्दै बिरामीका आफन्तले मेकिडल कलेजमा लगेको भए पनि सघन उपचार कक्ष नभएको भनेर फिर्ता गरेपछि सरकारी अस्पताल आइपुगेको तिवारी बताए ।

तिवारीले भने, “हाम्रो सघन उपचार कक्ष खाली छैन । खाली हुनेले जहाँ खाली छ त्यहाँ उपचार गरिदिनुपर्यो ।” भरतपुर अस्पतालका २० वटा सघन उपचार कक्ष सबै बिरामीले भरिएको छ । आइतबार राति पनि एक जना बिरामीलाई यहाँका अस्पताल डुलाउँदा डुलाउँदै कसैले भर्ना नलिएपछि बिहान मृत्यु भएको थियो । चिकित्सक सङ्घ चितवनका पूर्वअध्यक्ष प्रा डा कृष्ण पौडेल अहिले अस्पतालहरुले भर्ना नलिँदा बिारमीले उपचार नपाएको स्वीकार गरे ।

चितवन मेडिकल कलेजका अध्यक्ष एवं प्रबन्ध निर्देशक प्रा डा हरिशचन्द्र न्यौपाने बिरामी आकस्मिक कक्षमा आएपछि समन्वय गरेर नपठाउँदा समस्या भएको बताए । आफूले कलेजको खर्चमा एप तयार गरिदिने बताएको भन्दै उहाँले त्यसमा शय्या खाली भए÷नभएको हेरेर एक अस्पतालबाट अर्कोमा पठाएमा समस्या नहुने उनको भनाइ छ ।

भरतपुर अस्पताल विकास समितिका अध्यक्ष डा भोजराज अधिकारी सिफारिसदेखि उपचारसम्ममा समस्या भएको स्वीकार गरे । सरकारी संयन्त्रले सरकारी अस्पतालमा बिरामी पठाउनुपर्ने भन्दै बिरामी बोक्ने एम्बुलेन्सले सघन उपचार कक्ष र भेन्टिलेटर भन्दै हिँड्दा समस्या उत्पन्न भएको उनले बताए । अस्पतालको आकस्मिक कक्षमा आएपछि के–कस्तो सेवा बिरामीलाई चाहिने हो सम्बन्धित अस्पतालले समन्वय गर्नुपर्ने उनको भनाइ छ । कोरोना सङ्क्रमणका कारण सघन उपचार कक्ष निर्मलीकरण, चिकित्सक, स्वास्थ्यकर्मी, आइसोलेसन राख्नुपर्नेजस्ता कारण क्षमता घटेर पनि समस्या देखिएको अधिकारीले बताए ।

जिल्ला प्रशासन कार्यालय चितवनले बिरामीले उपचार नपाउने गुनासो बढेपछि सोमबार सूचना जारी गरेको छ । प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले अस्पतालले बिरामी प्रेषण गर्दा पठाउन लागिएको अस्पतालमा शय्या खाली भए÷नभएको यकिन गरेर मात्र पठाउनुपर्ने, सघन उपचार कक्ष खाली नभएको अवस्थामा बिरामी आकस्मिक कक्षमा भर्ना गरेर उपचार प्रक्रिया शुरु गरेर मात्र अन्यत्र पठाउनुपर्ने भएमा सम्बन्धित अस्पतालले नै समन्वय गर्नुपर्ने बताउनुहुन्छ । प्रशासनले सूचनामा एम्बुलेन्स चालकले व्यक्तिगत स्वार्थका लागि अस्पतालहरु घुमाएमा कारवाही गर्ने, सबै अस्पतालको सघन उपचार कक्ष र भेन्टिलेटर भरिएको र खाली रहेको सङ्ख्या दैनिकरूपमा बेलुका ५ बजे सार्वजनिक गरी जिल्ला प्रशासन पठाउनुपर्ने उल्लेख छ ।

त्यसैगरी सञ्चारमाध्यमले दुवै पक्षको धारणा र भरपर्दो प्रमाणसहित सूचना सम्प्रेषण गर्नुपर्ने सूचनामा जनाइएको छ । सूचनामा भनिएको छ, “सङ्कटको घडीमा उपचार गर्ने अस्पताल तथा उपचारमा खटिने स्वास्थ्यकर्मीलाई हतोत्साहित गर्ने गरी समाचार सम्प्रेषण नगरौँ ।

स्वास्थ्य कार्यालय चितवनका प्रमुख दीपकबाबु तिवारीका अनुसार जिल्लामा ५० शय्यामाथिका १९ वटा अस्पताल छन् । दुई ठूला मेडिकल कलेजसहित सबै अस्पतालमा गरेर १७६ सघन उपचार कक्ष र ५० भेन्टिलेटर शय्या छन् । आइसोलेसन शय्या सङ्ख्या झण्डै ३०० रहेका छन् । केही एनआइसीयू र पीआइसीयू छन् ।

समग्र जिल्लामा ५०० चिकित्सक, एक हजार ५०० नर्स, करिब ४०० पारामेडिक्स र ल्याबमा काम गर्ने जनशक्ति ३५० हाराहारीमा छ तर जटिल उपचारका लागि अहिले भएको जनशक्ति कम भएको तिवारीले बताए । उनका अनुसार करिब २०० आइसीयू र ८० भेन्टिलेटर यहाँको न्यूनतम आवश्यकता हो ।