पशुपतिनाथले सबैको रक्षा गरुन्, असोज ८ गतेको राशिफल

वि.सं.२०७७ साल असोज ०८ गते । बिहीबार । ईश्वी सन् २०२० सेप्टेम्बर २४ तारिख । नेपाल संवत् ११४० । प्रमादी संवत्सर । दक्षिणायन । शरद ऋतु । श्रीशाके १९४२ । अधिक आश्विन शुक्लपक्ष । तिथि–अष्टमी,४४ घडी २४ पला,बेलुकी ११ बजेर ३९ मिनेट उप्रान्त नवमी । नक्षत्र–मूल,४४ घडी १२ पला,बेलुकी ११ बजेर ३४ मिनेट उप्रान्त पूर्वाषाढा । योग–आयुष्मान,०० घडी ४३ पला,बिहान ०६ बजेर ११ मिनेट उप्रान्त सौभाग्य । करण– भद्रा,दिउसो १२ बजेर २३ मिनेट उप्रान्त बव,बेलुकी ११ बजेर ३९ मिनेट उप्रान्त बालव । आनन्दादिमा–धुम्र योग । चन्द्रराशि–धनु । काठमाडौंमा सूर्योदय बिहान ०५ बजेर ५३ मिनेट,सूर्यास्त बेलुकी ०५ बजेर ५६ मिनेट । दिनमान ३० घडी ०६ पला । अष्टमी व्रत। गोरखकाली पूजा।

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ)

लगनशिल तथा मेहनेतले चाहेको उपलब्धि हासिल हुँनेछ । परिवारका साथ लामो दुरिको धार्मिक तथा शैक्षिक यात्राको प्रवल सम्भावना रहेकोछ । खोज तथा अनुशन्धानमा समय लगानि गर्नेहरुले राम्रो नतिजा हात पार्न सक्ने योग रहेकोछ । पढाई लेखाईमा अरुदिन भन्दा सुधार भएर जानेछ । कुनै पनि क्षेत्रमा आउने प्रतिष्पर्धिहरुलाई सजिलै हराउन सकिनेछ । माया प्रेममा एक अकासँग नजिक हुने समय रहेकोछ ।

बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)

भौतिक सम्पति तथा सवारि साधनको प्र्रयोग तथा परिचालन गर्दा ध्यान दिनुहोला नराम्रा घट्नाहरु घट्न सक्छ । व्यापारमा समय दिए अनुशार प्रतिफल प्राप्त नहुँदा आम्दानिको तुलनामा खर्च बढ्नेछ । अध्ययनमा मन नजादा अरु भन्दा पछि परिनेछ भने खोज तथा अनुशन्धानको क्षेत्रमा केहि समय खर्चिय राम्रा तथा उपलब्धिमुलक कामहरु बन्नेछन् । माया प्रेममा अबिश्वास बढ्नेछ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)

बिभिन्न अवसरहरुको सहि तरिकाले सदुयपोग गर्न सक्दा धेरै उपलब्धि हात पर्नेछन् । व्यापार व्यावसाय फस्टाएर जानेछ भने धनको भण्डार बढ्नेछ । बौद्धिकताको उपयोग गरि आफ्नो ज्ञानलाई निखार्ने अवसर प्राप्त हुनेछ । परिवार तथा जीवन साथिको सहयोगले एक किसिमको उत्साह जगाउनेछ । सुन्दर तथा बीलाशी पहिरनले व्याक्तित्वमा निखारता ल्याउनेछ ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)

मामा तथा मावली पक्षबाट तपाईको काममा भरपुर सहयोग पाईने योग रहेकोछ । माया प्रेममा रमाउन चाहनेहरुका लागि समयले साथ दिनेछ भने पति पत्निबिच मायाको डोरो कसिनेछ । तपाईको कुभलो साध्ने तथा सत्रुता राख्नेहरु आफै किनारा लाग्नेछन् । न्यायिक निकायबाट हुने न्यायिक निर्णयहरु तपाईकै पक्षमा हुनेछन् । पुराना तथा थाति रहेका कामहरु साथिभाईहरुको सहयोगमा समयमानै सकाउँन सकिनेछ भने लेनदेनका मुद्दाहरु सल्टाउँन सकिनेछ ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)

व्यावसाय फस्टाउनेछ भने परोपकारजन्य सामाजिक काममा अभिरुचि बढ्नेछ । आकस्मिक भौतिक सम्पति तथा सवारि साधन प्राप्तिको योग रहेको छ भने बाधा अवरोधहरु स्वत हटेर जानेछन् । शेयर बजार तथा सट्टाको व्यावसायबाट मनग्गे आम्दानि गर्न सकिनेछ । बौद्धिक कार्यमा सहभागि भई आफ्नो गतिलो प्रश्तुति पस्कने अवसर प्राप्त हुनेछ भने बिद्या तथा प्रतिश्पर्धामा प्रतिश्पर्धिहरुलाई उछिन्दै अगाडि बढ्न सकिनेछ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)

आम्दानिका स्रोतहरु एक्कासि बन्द हुँदा महत्वपुर्ण कामहरु थाति रहन सक्छन् ध्यान दिनुहोला । समाजसेवामा समय दिएपनि जनतासँग भिज्न नसक्दा प्राप्त हुने मान सम्मान टरेर जानेछ । आमा वा आमा सरहका मानिसको आशिर्वाद प्राप्त गरि कुनै काम शुरु गर्दा कामहरु बन्नेछन् । अध्ययन अध्यापनको समय दिए अनुशार उपलब्धि नहुँने हुनाले मन खिन्न हुनेछ । बिहानिपखको समय उत्तम रहेकोले यात्रा सँग सम्बन्धित कामहरु हुनेछन् ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)

मुद्दा मामिला तथा न्यालयबाट हुँने न्याय सम्पादन तपाईकै पक्षमा हुनेछन् । बिद्यामा सफलता प्राप्त हुनेछ भने छोटो तथा रमाईलो यात्राको तय हुनेछ । जिवन शैलिमा सुधार हुँनुको साथै समयको महत्व बुझ्दा अगाडि बढ्न सहज हुनेछ । दाजुभाई तथा छिमेकिसँग गरिने व्यावसाय फस्टाएर जाने हुँनाले प्रशस्त नाफा कमाउँन सकिनेछ भने अरुलाई प्रभाबित पारेर सजिलै काम लिन सकिनेछ ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)

अध्ययन तथा अनुशन्धनको क्षेत्रमा दिईएको समयबाट राम्रो तथा परिणाममुखि नतिजा हात लाग्ने हुँदा मन प्रशन्न रहनेछ । सानो प्रयत्नले महत्वपुर्ण कामहरु बन्नेछन् भने बोलेरै मनग्गे आम्दानि गर्न सकिनेछ । आफन्त तथा कुटुम्बसँग मिलेर गरिने पेशा व्यावसाय फस्टाएर जाने हुँनाले थप लगानि गर्ने बाताबरण बन्नेछ । पारिवारिक माहोलामा जमघट भई मिठो मसिनो खाने अवसर जुर्ने हुँनाले मन पशन्न रहनेछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)

कला साहित्य तथा सिर्जनात्मक क्षेत्रमा लगानि गर्ने अनुकुल बाताबरण बनेर जानेछ । समय अनुसार आफ्ना बिषय बस्तुको उँठान गर्नसके आर्थिक रुपमा सम्पन्न होईनेछ । राजनिति तथा समाजसेवामा जनताको साथ रहने तथा प्रशासनिक क्षेत्रमा सम्मानजनक उपस्थिति रहनेछ । पढाई लेखाईमा अरुलाई निकै पछाडि पारि अगाडि बढ्न सकिनेछ भने प्रतिश्पर्धामा प्रतिश्पर्धिहरुलाई हराई अगाडि जान सकिने हुँनाले आफन्तहरु खुसि हुनेछन् ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)

समयमा सचेत नहुदा आकश्मिक कामहरु बिग्रने तथा व्यापार व्यावसायमा घाटा लाग्नेछ । स्वदेशि उत्पादन भन्दा बिदेशबाट आयात गरिएका बस्तुहरुको बिक्रि बढ्नेछ भने लामो दुरिको बिदेश यात्रा गर्न सकिने समय रहेकोछ । पढाई लेखाईमा मन नजादा अरु भन्दा पछि परिनेछ । खानपान तथा मौषमको ख्याल गर्नुहोला स्वास्थ्य सम्बन्धि समस्या आउँन सक्छ । आफन्त तथा साथिभाईको सल्लाह तथा सुझाबलाई बेवास्ता गर्दा दुख पाईनेछ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)

समाजमा राम्रा काम गर्न सकिने हुनाले उचाई बढ्नेछ । व्यापार व्यावसायमा लगानि गरि मनग्गे धन आर्जन गर्न सकिनेछ भने आकश्मिक लाभ तथा आभुषण प्राप्तीको गतिलो योग रहेकोछ । तपाईको कार्यकुसलताको सबैले तारिफ गर्नेछन् । कुटुम्ब तथा आफन्तबाट धन तथा सम्पति लाभ हुने ग्रहयोग रहेकोछ । मेलमिलाप तथा भाईचाराको सम्बन्ध स्थापनमा तपाईको भुमिका महत्वपुर्ण हुनेछ ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)

कार्य सम्पादन गर्ने सवालमा समाजका अग्रज तथा बिशिष्ट ब्याक्तिहरु सँग भेटघाट हुनेछ । पढाई लेखाईमा अरुलाई पछि पारि नतिजा आफ्नो पोल्टोमा पार्न सकिनेछ । मांगलिक कार्य तथा सभा समारोहमा सहभागि भई आफन्त तथा परिवारका साथ मिष्टान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ भने लामो समयदेखि भेटघाट नभएका साथिभाई तथा ईष्टमित्रसँग भेट हुँने हुँदा मन प्रशन्न हुनेछ ।

७४ प्रतिशसंक्रमितले कोरोना जिते

काठमाडौँ। नेपालमा पछिल्लो २४ घण्टामा ७४६ पुरुष र ४२६ महिला गरी एक हजार १७२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार काठमाडौँ उपत्यकामा ६३७ जनामा कोरोना सङ्क्रमण देखिएको छ । पछिल्लो २४ घण्टामा नौ हजार ४९७ जनामा नमूना परीक्षण गरिएको थियो ।

काठमाडौँमा सबैभन्दा बढी ४९२, भक्तपुरमा ९५ र ललितपुरमा ५० जनामा सङ्क्रमण पुष्टि भएको मन्त्रालयका प्रवक्ता प्रा डा जागेश्वर गौतमले जानकारी दिनुभयो । यस्तै रुपन्देहीमा ६७, सुर्खेतमा ४९, सुनसरीमा ३७, बाँकेमा ३०, गुल्मीमा २८, अछाम र कास्कीमा २२÷२२, सर्लाहीमा २१, बर्दियामा १९, डोटीमा १७, मकवानपुरमा १६, कैलाली र धादिङमा १४÷१४, पाल्पामा १३, सप्तरीमा १२, सिरहामा ११ तथा नवलपरासी९बर्दघाट सुस्तापूर्व० र काभ्रेपलाञ्चोकमा १० ÷१० जनामा सङ्क्रमण पुष्टि भएको छ ।

यसैगरी झापामा नौ, कपिलवस्तु र तनहुँमा छ–छ, प्युठान, स्याङ्जा, नवलपरासी, लमजुङ र गोरखामा पाँचपाँच, बारामा चार, कञ्चनपुर र धनुषामा तीनतीन, दार्चुला, बैतडी, दाङ, बागलुङ, नुवाकोट, रौतहट र पाँचथरमा दुईदुई तथा बझाङ, पर्वत, म्याग्दी, चितवन, महोत्तरी, सङ्खुवासभा, ताप्लेजुङ, तेह्रथुम र उदयपुरमा एकएक जनामा सङ्क्रमित देखिएको छ ।

यससँगै नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या ६७ हजार ८०४ पुगेको छ । सङ्क्रमितमध्ये ४९ हजार ९५४ जना निको भइसकेका छन् । पछिल्लो २४ घण्टामा एक हजार ८९३ जना कोरोनामुक्त भएका छन् । कोरोनामुक्त हुनेको प्रतिशत ७३।७ छ । आजसम्म नौ लाख ४४ हजार ४७४ जनामा नमूना पिसिआर विधिबाट परीक्षण गरिएको मन्त्रालयले जनाएको छ ।

सङ्क्रमितमध्ये नौ हजार १८६ होम आइसोलेशन र आठ हजार २२८ जना संस्थागत आइसोलेशनमा छन् । सक्रिय सङ्क्रमितमध्ये २२० जना आइसियु र ४३ जना भेन्टिलेटरमा उपचाररत रहेको मन्त्रालयले जनाएको छ । सात हजार १०४ जना क्वारेन्टिनमा छन् । मोरङ, सिरहा, काठमाडौँ, भक्तपुर, ललितपुर र चितवनमा ५०० भन्दा बढी सक्रिय सङ्क्रमित तथा सोलुखुम्बु, रसुवा, मुस्ताङ, डोल्पा, मुगु र हुम्लामा कोरोनाका सक्रिय सङ्क्रमित छैनन् ।

पछिल्लो २४ घण्टामा कोरोना भाइरस सङ्क्रमणका कारण छ पुरुष र एक महिला गरी सात जनाको ज्यान गएको छ । झापाका ८६ वर्षीय, सिरहाका ५० वर्षीय, काठमाडौँका १६ वर्षीय, ललितपुरका ७४ वर्षीय, बर्दियाका ६४ र ३९ वर्षीय पुरुष तथा काठमाडौँका ६८ वर्षीय महिलाको कोरोना कारण ज्यान गएको हो । यससँगै नेपालमा कोरोना भाइरसबाट ज्यान गुमाउनेको सङ्ख्या ४३६ पुगेको छ ।

हालसम्म विश्वभर तीन करोड १८ लाख १६ हजार ६५० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । कोरोनाबाट नौ लाख ७६ हजार २१ जनाले ज्यान गुमाएको तथा दुई करोड ३४ लाख २० हजार ७४६ जना निको भएका छन् ।

सशस्त्र प्रहरीको गण स्थापनका लागि स्थानीयले दिए सहमति

काठमाडौँ । जिल्लाको दिपायल सिलगढी नगरपालिका–४ जोगीडाब्रेमा सशस्त्र प्रहरी बलको ३६ नम्बर गण स्थापनाका लागि यहाँका स्थानीयवासीले सहमति दिएका छन् । कुमालीकोट, राजपुर तथा कुल्पाते सामुदायिक वनमा निर्माण गरिन लागिएको गणको मुख्यालयका लागि सशस्त्र प्रहरीले वातावरणीय प्रभाव मुल्याङ्कन, क्षति तथा समस्याबारे राय सुझाव लिन आयोजना गरेको कार्यक्रममा वडा नं ४ का स्थानीयवासी तथा सामुदायिक वनका पदाधिकारीले उक्त वन क्षेत्रमा भवन निर्माण गर्न सहमति दिएका हुन् ।

दुई वर्षअघि शिक्षक तालिम केन्द्रमा अस्थायीरूपमा स्थापना गरिएको सो गणका लागि अब आफ्नै जमिनसहित भवन निर्माणका लागि गृहमन्त्रालयबाट बजेट विनियोजन भएपछि गणले यहाँका स्थानीयवासी तथा सरोकारवालाहरुसँग राय सुझाव लिन थालेको हो । सशस्त्र प्रहरीले आयोजना गरेको उक्त कार्यक्रममा सशस्त्र प्रहरीको गण उक्त सामुदायिक वनमा स्थापना गरिए सामुदायिक वनसहित सबैलाई सुरक्षा मिल्ने भएकाले भवन निर्माण गर्न समुदायबाट नै सहमति दिने निर्णय गरिएको कुमालीकोट, राजपुर तथा कुल्पाते सामुदायिक वनका अध्यक्ष रतनबहादुर कठायतले बताए । उनले भने, “सशस्त्र प्रहरी बलको गण स्थापना गरिए सामुदायिक वनमा चोरी सिकार रोकिने तथा काठ चोरी पनि रोकिने भएको र सबै नागरिकलाई सुरक्षा मिल्ने भएकाले हामीले सहमति दिएका छौँ ।”

क्यानद्वारा क्रिकेट खेलाडीको वर्गीकरण र सम्झौता

काठमाडौँ । नेपाल क्रिकेट सङ्घ (क्यान)ले पुरुष र महिला खेलाडीसँग एक वर्षका लागि सम्झौता गरेको छ । भरतपुरमा मङ्गलबार बसेको बोर्ड बैठकले पहिलोपटक महिला खेलाडीलाई वर्गीकरण गर्दै वार्षिक सम्झौता गरेको हो । पुरुषतर्फ १८ र महिलातर्फ १९ खेलाडीलाई ‘ए’, ‘बी’ र ‘सी’ श्रेणीमा वर्गीकरण गरिएको छ ।

पुरुषतर्फ ग्रेड ‘ए’ मा पारस खड्का, ज्ञानेन्द्र मल्ल, सन्दीप लामिछाने, शरद भेषवाकर, करण केसी, वसन्त रेग्मी, दीपेन्द्र सिंह ऐरी र विनोद भण्डारी परेका छन । ग्रेड ‘बी’ मा सुसन भारी, सोमपाल कामी, आरिफ शेख र पवन सराफ परेका छन भने ग्रेड ‘सी’ मा सुवास खकुरेल, रोहित पौडेल, कुशल मल्ल, रासिद खान, अविनाश बोहरा र कमल सिंह ऐरी रहेका छन ।

यस्तै महिलातर्फ ग्रेड ‘ए’ मा रुविना क्षेत्री, नेरी थापा, इन्दु बर्मा, सीता रानामगर र करुणा भण्डारी छनोट भएको क्यानका अध्यक्ष चतुरबहादुर चन्दले राससलाई जानकारी दिए। उनका अनुसार ग्रेड ‘बी’ मा ज्योति पाण्डे, अप्सरी बेगम, रोमा थापा, विन्दु रावल, कविता जोशी, रितु कनौजिया, काजल श्रेष्ठ र सरिता मगर परेका छन् । यस्तै ग्रेड ‘सी’ मा कविता कुँवर, डोली भट्ट, अनुराधा चौधरी, सोनु खड्का, अञ्जली चन्द र शोभा आले परेका छन् ।

पुरुषतर्फ ‘ए’ श्रेणीमा पर्ने खेलाडीले मासिक रु ५० हजार, ‘बी’ श्रेणीका खेलाडीले मासिक रु ४० हजार र ‘सी’ श्रेणीमा पर्ने खेलाडीले मासिक रु ३० हजार पारिश्रमिक पाउने अध्यक्ष चन्दले जानकारी दिए । यस्तै पहिलोपटक वर्गीकरणमा परेका महिला खेलाडीहरुको पनि पारिश्रमिक तोकिएको छ । ‘ए’ श्रेणीमा पर्ने खेलाडीले मासिक रु १५ हजार, ‘बी’ श्रेणीका खेलाडीले मासिक रु १२ हजार र ‘सी’ श्रेणीमा पर्ने खेलाडीले मासिक रु १० हजार पारिश्रमिक पाउने छन् । अध्यक्ष चन्दले भए, “पहिलोपटक हामीले महिला खेलाडीको पनि सम्झौता गरेका छौँ, यो सुखद शुरुआत हो ।” यसअघि पुरुष खेलाडीले सन् २०१९ मा रु ४५ हजार, ३५ हजार र २५ हजार पारिश्रमिक पाएका थिए । क्यानले तोकेको तलब रकम खेलाडीहरुले जनवरी २०२० देखि नै पाउने छन् ।

क्यानले यही असोजभित्र वार्षिक साधारणसभा गर्ने निर्णय गरेको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी)को प्रावधान अनुसार असोजभित्रै वार्षिक साधारणसभा गर्नुपर्ने भएकाले असोज २८ गते भर्चुअल माध्यमबाट साधारणसभा गर्ने निर्णय भएको हो । “परिस्थितिले अनुमति दिए भौतिकरूपमै उपस्थित भएर साधारणसभा गर्छौँ, नभए भर्चुअलबाट गर्ने निर्णय भएको छ”, अध्यक्ष चन्दले भए ।

यस्तै क्यानले आव २०७१–०७२ देखि ०७५–०७६ सम्मको लेखापरीक्षण प्रतिवेदन पास गरेको छ । क्यान निलम्बनमा परेको बेला सो समयको लेखापरीक्षण भएको थिएन । निर्वाचित क्यान आएर आइसीसीले फुकुवा गरेपछि बोर्ड बैठकले लेखापरीक्षण प्रतिवेदन पारित गरेको हो ।

त्यस्तै कोरोना कहरका बीच बन्द प्रशिक्षणका लागि क्यानले सरकारसँग अनुमति माग्ने निर्णय गरेको छ । राष्ट्रिय खेलकुद परिषद्सँग समन्वय गर्दै बन्द प्रशिक्षणको वातावरण तयार पार्नका लागि पहल गर्ने निर्णय भएको अध्यक्ष चन्दले बताए । आइसीसीको प्रावधानअनुसार मङ्सिर महिनाभित्रै राष्ट्रिय क्रिकेट प्रतियोगिता गर्न सरकारसँग अनुमति माग्ने निर्णयसमेत गरिएको छ । मङ्सिरभित्र पुरुष र महिला प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिताका लागि समन्वय गर्ने निर्णय क्यानले गरेको हो ।

नेपाललाई एकदिवसीय मान्यता दिलाउन महत्वपूर्ण भूमिका खेलेका क्रिकेट प्रशिक्षक जगत टमाटालाई पनि ‘ए’ ग्रेडका खेलाडीले पाउने तलब रकम उपलब्ध गराउने निर्णय क्यानले गरेको छ । सन् २०१७–२०१८ मा आइसीसीले प्रशिक्षक टमाटालाई ‘सी’ ग्रेडमा राखेको थियो । क्यानले उनलाई ग्रेड ‘ए’ मा राख्दै दुई वर्षको तलब दिने निर्णय गरेको हो ।

यस्तै कर्णाली प्रदेशमा क्रिकेट विकासका लागि केन्द्रीय सदस्य पदम खड्कालाई संयोजकको जिम्मेवारी दिइएको छ । यस प्रदेशमा एउटा मात्रै जिल्ला सुर्खेतमा क्यानको शाखा रहेको छ । यस्तै केही दिनअघि मोटरसाइकल दुर्घटनामा घाइते भएका क्रिकेटर ललितसिंह भण्डारीको क्यानले शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ । भण्डारीको परिवारसँग, उनी आबद्ध नेपाल प्रहरी र दुर्घटना गराउने गाडीका धनीसँग छलफल गरी आवश्यक सहयोग गर्ने निर्णय गरेको छ ।

क्यानले सम्झौता गरेका खेलाडीको जीवन बीमाका लागि तीन सदस्यीय समिति पनि गठन गरेको छ । कोषाध्यक्ष रोशन सिंह, सदस्यहरु दुर्गा पाठक र छुम्बी लामा सम्मिलित तीन सदस्यीय समितिले पुरुष र महिला खेलाडी, ग्राउन्ड स्टाफ, अफिस स्टाफहरुको एक वर्षको जीवन बिमा गर्नेछ । यस्तै विश्वकप क्रिकेटमा उत्कृष्ट ठहरिएका तत्कालीन कप्तान पारस खड्कालाई आइसीसीले उपलब्ध गराउने भनेको टोयोटा कारका लागि क्यानले पहल गर्ने निर्णयसमेत गरेको छ ।

उपत्यकाका २ सय ४३ वटै युनिटहरुमा मानवअघिकार सम्बन्धी प्रशिक्षण दिइने

काठमाडौँ । महानगरीय प्रहरी कार्यालय रानीपोखरीले काठमाडौं उपत्यकाका २४३ वटै युनिटहरुमा मानवअधिकार सम्बन्धी प्रशिक्षण दिने भएको छ । प्रहरीबाट कुटपिट र यातनाका घटनाहरु सार्वजनिक भइरहेका बेला रानीपोखरीले प्रशिक्षण दिने भएको हो ।

एसएसपी सुशील कुमार यादव र किरण बज्राचार्य नेतृत्वको टोलीले प्रशिक्षण दिने छ । जनताको हक अधिकारलाई सम्मान गर्दै व्यवसायिक जिम्मेवारी कसरी पूरा गर्ने भनेर जवानदेखि अधिकृतसम्मलाई प्रशिक्षण दिइने महानगरीय प्रहरी कार्यालय रानीपोखरीका डीआईजी विश्वराज पोखरेलले बताए ।

कोरोना संक्रमणको जोखिमका बाबजुद पनि ड्युटी पूरा गर्नुपर्दा कर्मचारीमा व्यक्तिगत, पारिवारिक र मनोगत समस्या देखिएकाले पनि प्रशिक्षण दिन लागिएको डीआईजी पोखरेलले बताए ।

कोरोना संक्रमणको जोखिमलाई बेवास्ता गर्दै सडक प्रदर्शनमा उत्रिएकाहरुमाथि प्रहरीहरुले निर्मम ढंगले कुटपिट गरेपछि नेपाल प्रहरीको आलोचना हुँदै आएको छ ।

हालै कुलमान घिसिङलाई नेपाल विद्युत प्राधिकरणमा निरन्तरता दिन माग गर्दै प्रदर्शनमा उत्रिएकाहरुलाई प्रहरीले बबरमहलमा रगताम्य हुने गरी कुटपिट गरेको थियो ।

साथै संविधान दिवसको सन्दर्भमा मिडियालाई प्रतिक्रिया दिइरहेका एक व्यक्तिमाथि नयाँबानेश्वरमा प्रहरी जाइलागेको थियो । त्यतिमात्रै होइन, रौतहटमा

हिरासतभित्रै मृत्यु भएका घटनाबाट पनि प्रहरी आलोचित बनेको छ ।

९८ लाख भ्रष्टाचार गरेको आरोपमा राईविरुद्ध विशेष अदालतमा मुद्दा दायर

काठमाडौँ । समीर राईविरुद्ध विशेष अदालतमा मुद्दा दायर भएको छ । दुबईमा मनी ट्रान्सपोर्टरको रूपमा काम गर्ने राईले चोरीको कसुर गरी विदेशी मुलुक दुबईमा प्राप्त गरेको ९८ लाख ५८ हजार नौ सय ४३ रुपैयाँ वायर ट्रान्सफरका माध्यमले नेपाल भित्र्याएको पुष्टि हुन आएको भन्दै राईमाथि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले मुद्दा चलाएको हो ।
उनले कम्पनीमा जम्मा गर्नुपर्ने रकम जम्मा नगरी रकम लिई नेपाल आएका थिए ।
उनले नेपाल बैंक ललितपुरको खातामा जम्मा गरेको धरौटी आम्दानी ९० लाख ५८ हजार दुई सय ४३ रुपैयाँ जफत हुन मागवादीसमेत विभागले गरेको छ ।

कोरोनाबाट मृत्यु भनिएका जैसवालको आँखा छैन, घाँटिमा पनि चोट, भिडियो खिचेको भनेर प्रहरीले हान्दा छोरीको हात भाँचियो

केन्द्रीय कारागार सुन्धारामा जेल जीवन बिताइरहेका राम लखन जैसवालको मृत्यु भएको छ । शनिबार (असोज)मा उपचारको क्रममा वीर अस्पतालमा कोरोनाका कारण ज्यान गुमाए भनेका ६३ वर्षीय जैसवालको हत्या भएको परिवारले दावी गरेको छ ।

तर, जेल प्रशासनले उपचारको क्रममा स्वाभाविक मृत्यु भएको बताएको छ । केन्द्रीय कारागारका जेलर लक्ष्मी बाँस्कोटाले भने–‘दीर्घरोगी हुनुहुन्थ्यो, स्वास्थ्य समस्या भएपछि शनिवार राति पौने १० बजे अस्पताल लगेका थियौं, भर्ना गरेको करिब २५ मिनेटमा मृत्यु भयो ।’

रुपन्देहीको सिद्धार्थ नगरपालिका–५ घर भएका राम लखनको मृत्युपछि परीक्षण गर्दा कोरोनाभाइरस पोजेटिभ रिपोर्ट आएको छ । कोरोना पोजेटिभ भएका व्यक्तिको शव आफन्तले दाहासंस्कार गर्न नपाउने कार्यविधि अनुसार कारागारले परिवारलाई शव दिएको छैन । तर, परिवारले हत्या भएको दावी गर्दै छानविनको माग गरेका छन् ।

‘वुवाको हत्या भएको हो, छानविन हुनुपर्छ’ मृतककी छोरी रश्मिले भनिन्,–‘घाँटी र टाउकोमा चोट लागेको छ, स्वभाविक मृत्यु होइन ।’

पूर्व जनप्रतिनिधि समेत रहेका जैसवाल कर्तव्य ज्यान मुद्धामा ८ वर्षदेखि जेलमा थिए । असोज २२ मा उनी जेलमुक्त हुँदै थिए । कोरोना संक्रमण भएको भन्दै परिवारलाई शव हेर्न नदिएपछि मंगलबार छोरी रश्मि नर्सको परिचय दिएर शवगृहमा पुगिन् । मास्क लगाएर राखिएको रक्ताम्य शव देखेपछि उनले भिडियो खिचेकी छिन् ।

कारागार प्रशासनले परिवारलाई ‘तपाईँको मान्छेको कारोनाको कारण ज्यान गएको’ भन्दै खबर गरेपछि परिवारका सदस्य काठमाडौं आएका थिए ।

शवको भिडियो बनाएको भन्दै प्रहरीले रश्मिलाई लाठीले हिर्काएको छ । प्रहरीको लाठीबाट उनको हात भाँचिएको छ । अहिले वीर अस्पतालमै उनको हातको उपचार भइरहेको जनाइएको छ ।

नेप्सेमा दोहोरो अङ्कको गिरावट

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले ओरोलो लागेको छ । यो साताको तेस्रो दिनसम्म आइपुग्दा नेप्से लगातार तल झरेको हो । सोही क्रममा आज नेप्से २२.९१ ले ओरोलो लागेर एक हजार ५४६.१५ मा झरेको छ । यस्तै सेन्सेटिभ परिसूचक ४.८४ ले ओरोलो लागेर ३०७.३९ मा पुगेको छ । कूल १९९ कम्पनिको ७८ लाख ५६ लाख ७८८ कित्ता शेयर रु दुई अर्ब ८१ करोड २८ लाख ५६ लाख ५८४ मूल्यमा खरिद बिक्री भए ।

आज कारोवार भएका कूल १२ उपसमूहकै शेयर ओरोलो लागेको छ । बैंकिङ २२.३६, व्यापार २.१३, होटल १५.०६, विकास बैंक ४०.३, जलविद्युत् २४.९१, वित्त १२.४९, निर्जीवन बीमा ११२.६६, उत्पादन ३५.०४, अन्य ७.२२, लघुवित्त २३.२४, जीवन बीमा १०९.४७ र सामूहिक लगानी कोष ०.०८ ले ओरालो लागेको छ ।

कारोवारका आधारमा शिखर इन्स्योरेन्स शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको रु ३१ करोड ९५ लाख ४४ हजार १८३ बराबरको कारोवार भएको छ । नेपाल बैंक लिमिटेड रु १९ करोड ११ लाख ११ हजार १८६, नेपाल पुनरबीमा कम्पनी रु १२ करोड ४४ लाख ७६ हजार ८२३, एनएमबी बैंक रु सात करोड ४२ लाख २४९, रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनी रु सात करोड आठ लाख ५३ हजार र नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको रु छ करोड २३ लाख ६७ हजार ७८७ बराबरको कारोवार भई शीर्ष स्थानमा रहेका छन् ।

यूनाइटेड फाइनान्स ६.८२, बरुण हाइड्रोपावर ४.६५, पञ्चकन्या माई हाइड्रोपार ३.६७ र तारागाँउ रिजेन्सी होटल ३.२९ र लक्ष्मी उन्नति कोषका लगानीकर्ताले २.१३ प्रतिशतले कमाएका छन् । त्यस्तै, लिवर्टी इनर्जी ९.८८, घलेम्दी हाइड्रो ९.४७, यूनाइटेड मोदी हाइड्रोपावर, खानीखोला हाइड्रोपावर ८.०५ र आँखु खोला जलविद्युत् कम्पनीका शेयरधनीले ७.९५ प्रशितले गुमाएका छन् ।

आर्थिक क्षेत्रको अध्ययन गर्न चार उपसमिति गठन

काठमाडौँ । मुलुकको आर्थिक क्षेत्रको अध्ययनका लागि चारवटा उपसमिति गठन गरिएको छ । प्रतिनिधिसभाअन्तर्गतको अर्थ समितिको आज बसेको बैठकले उपसमिति गठन गर्ने निर्णय गरेको हो ।

बैठकले सार्वजनिक खर्च, खरिद, लगानी र राष्ट्रिय गौरवका आयोजना व्यवस्थापनसम्बन्धी उपसमिति, राजश्व चुहावट, राजश्व बक्यौता र राजश्व प्रशासन उपसमिति, बैंक तथा वित्तीय संस्था उपसमिति तथा सार्वजनिक संस्थान अध्ययन उपसमिति गठन गरेको हो । बैठकले ती चारवटै उपसमितिका लागि संयोजक समेत तोकेको छ ।

बैंक तथा वित्तीय संस्था उपसमितिको संयोजकमा जुलीकुमारी महतो, राजश्व चुहावट, राजश्व बक्यौता र राजश्व प्रशासन उपसमितिको संयोजकमा पदम गिरी, सार्वजनिक संस्थान अध्ययन उपसमितिको संयोजकमा मेटमणि चौधरी तथा सार्वजनिक खर्च, खरिद, लगानी र राष्ट्रिय गौरवका आयोजना व्यवस्थापनसम्बन्धी उपसमितिको संयोजकमा सत्या पहाडीलाई चयन गरिएको छ । समितिका सभापति कृष्णप्रसाद दाहालले अर्थतन्त्रको विभिन्न क्षेत्रबारे अध्ययन गरी सरकारलाई सुझाव दिनका लागि अध्ययन उपसमितिहरु गठन गरिएको जानकारी दिए ।

अर्थ समितिको बैठकमा पूर्व प्रधानमन्त्री एवं जनता समाजवादी पार्टी नेपालका नेता डा बाबुराम भट्टराईले मुलुकको अर्थ राजनीतिको बृहत् ढङ्गले अध्ययन गर्नुपर्ने आवश्यकता रहेको बताए । मुख्य रुखलाई नै अध्ययन गरेपछि हाँगाबिगा त्यसभित्रै पर्ने उनको भनाइ थियो । देशको अर्थ राजनीतिको समस्याको पहिचान र समाधान उपसमिति गठन गर्नुपर्नेमा उनले जोड दिए। अर्थ संरचना कुन चरणमा पुग्यो भन्नेबारे अध्ययन गर्नुपर्ने आवश्यकता रहेको उनले बताए ।

पूर्व अर्थमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सांसद सुरेन्द्र पाण्डेले अर्थ राजनीतिको समग्र विषयबारे अध्ययन गर्नुपर्ने आवश्यक रहेको बताए । उनले सार्वजनिक संस्थानको अध्ययन गर्दा हाल भएका संस्थानको अध्ययन गर्ने होइन, नयाँ संस्थान बनाउने या नबनाउने सम्बन्धमा समेत अध्ययन गर्न आग्रह गरे ।

पूर्व अर्थमन्त्री एवं नेपाली काँग्रेसका सांसद ज्ञानेन्द्रबहादुर कार्कीले मुलुकको समग्र अर्थतन्त्र र सरकारले लिएको आर्थिक नीतिको बारेमा समेत अध्ययन गर्नुपर्नेमा जोड दिँदै समितिले अध्ययन गरेका विषयवस्तु सरकारका लागि सुझाव हुने गरी प्रतिवेदन आउनुपर्ने बताए । बैठकमा सहभागी सांसदहरुले कोरोना भाइरसबाट मुलुकको अर्थतन्त्रमा परेका असरबारे सुक्ष्म रुपमा अध्ययन गरिनुपर्नेमा जोड दिए ।

भारत र श्रीलङ्काका प्रधानमन्त्रीबीच वार्ता हुने

काठमाडौँ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र श्रीलङ्काका उनका समकक्षी महिन्दा राजापाक्षबीच वार्ता हुनेभएको छ ।

उनीहरुकाबीच यही सेप्टेम्बर २६ मा भिडियोमार्फत् वार्ता हुने तय भएको अधिकारीहरुले जानकारी दिएका छन् । तर यसको औपचारिक जानकारी भने दिइएको छैन ।

गत हप्ता श्रीलङ्काका प्रधानमन्त्री राजापाक्षले भारतका प्रधानमन्त्री मोदीलाई टेलिफोन गरेका थिए । त्यतिबेला राजापाक्षले दुई छिमेकी मुलुकका बीचमा अझ बलियो सम्बन्ध र सहकार्य गर्नका लागि जोड दिए ।

प्रधानमन्त्री कार्यालयद्वारा जारी वक्तव्यमा लेखिएको छ, “श्रीलङ्काका राष्ट्रपति गोटावाया राजापाक्ष र प्रधानमन्त्री महिन्दा राजापक्षले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई उहाँको जन्मदिनका अवसरमा फोन गर्नुभएको थियो । टेलिफोन कुराकानीका क्रममा उहाँहरुका बीचमा दुई देशको सम्वन्ध र सहकार्यलाई थप बलियो बनाउने कुरामा जोड दिइएको थियो ।”

सो अवसरमा प्रधानमन्त्री मोदीले शुभकामनाका लागि श्रीलङ्काका दुवै नेताहरुलाई धन्यवाद दिएका थिए भने सम्वन्ध र सहकायलाई थप बलियो बनाउनका लागि आफ्नो तर्फबाट आवश्यक कदम चाल्ने र चासो राख्ने आश्वासन दिएका थिए ।

त्यही बेलाको कुराकानीका आधारमा अहिले भिडियो कुराकानी हुने तय भएको समाचार श्रोतले जनाएको छ ।

उपत्यकामा मात्र ६४७ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ । मंगलबार उपत्यकामा मात्रै ६ सय ४७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । काठमाडौमा ५११, ललितपुरमा ७३ र भक्तपुरमा ६३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

थप १३ सय ५६ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ । मंगलबार देशभर थप १३ सय ५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ४ सय ५९ महिला र ८ सय ९७ पुरुषमा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

नेपाली दूतावास बेलायतमा संविधान दिवस मनाइयो

काठमाडौँ । राष्ट्रिय दिवस एवं पाँचौँ संविधान दिवसको उपलक्ष्यमा यहाँ लण्डनस्थित नेपाली दूतावासले असोज २, ३ र ४ गते त्रिदिवसीय कार्यक्रम सम्पन्न गरेको छ ।
कार्यक्रमको पहिलो दिन शुक्रबार नेपाली दूतावास र नेपाल–बेलायत व्यापार तथा लगानी मञ्चको संयुक्त आयोजनामा भर्चुअल माध्यमबाट नेपाल विकास सम्मेलन सम्पन्न भएको थियो । उक्त सम्मेलनमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, बेलायत–नेपाल व्यापार तथा लगानी मञ्चका अध्यक्ष तथा बेलायती संसद्मा नेपालसम्बन्धी सर्वदलीय समूहका उपाध्यक्ष लर्ड शेख, मञ्चका उपाध्यक्ष लर्ड बिलिमोरिया, नेपालका लागि संयुक्त अधिराज्यका राजदूत निकोला पोलिट, नेपाल उद्योग वाणिज्य महासङ्घका उपाध्यक्ष चन्द्रप्रसाद ढकाल र संयुक्त अधिराज्यका लागि नेपाली राजदूत डा दुर्गाबहादुर सुवेदीले सम्बोधन एवं प्रस्तुति गरेका थिए ।

कार्यक्रममा वक्ताहरुले नेपालमा लगानीका अवसरहरुका बारेमा जानकारी दिँदै व्यापार तथा लगानी प्रवद्र्धनका लागि बेलायतका व्यवसायी एवं लगानीकर्ताहरुलाई आग्रह गरेका थिए ।

त्यस्तै दोस्रो दिन शनिबार दूतावासमा राष्ट्रिय दिवस विशेष समारोह तथा नेपाली सङ्गीत महोत्सवको कार्यक्रम आयोजना गरिएको थियो । उक्त दिन राजदूत डा सुवेदीले संयुक्त अधिराज्य, आयरल्याण्ड र माल्टावासी समस्त नेपाली दाजुभाइ तथा दिदीबहिनीको सुख, सुस्वास्थ्य र समृद्धिको कामना गर्दै सम्माननीय राष्ट्रपतिज्यू एवं सम्माननीय प्रधानमन्त्रीका शुभकामना सन्देशहरु पढेर सुनाएका थिए ।

त्यसैगरी तेस्रो दिन आइतबार दूतावासले नेपाल–आयरल्याण्ड समाज एवं आयरल्याण्ड–नेपाल च्याम्बर अफ कमर्शसँगको सहकार्यमा भर्चुअल माध्यमबाट राष्ट्रिय दिवस एवं नेपाल विकास सम्मेलन सम्पन्न गरेको थियो । उक्त सम्मेलनमा नेपाल र आयरल्याण्डबीच शिक्षा, पर्यटन, व्यापार र लगानी अभिवृद्धिका अवसर र चुनौतीबारे बृहत् अन्तक्र्रिया सम्पन्न भएको थियो ।

सामूहिक बलात्कार गरी फरार रहेका व्यक्ति १२ वर्षपछि पक्राउ

काठमाडौँ । इलाममा जबर्जस्ती करणी गरी फरार रहेका दुई अभियुक्त १२ वर्षपछि पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय इलामले चुलाचुली–३ का ३० वर्षीय मिलन भनिने अनिश राई र ३१ वर्षीय जितकुमार भनिने निश्चल राईलाई पक्राउ गरेको हो । फैसला कार्यान्वयन प्रक्रियालाई तीव्रता दिने अभियानअन्तर्गत अदालतबाट दोषी प्रमाणित भई फरार रहेका दुई जनालाई प्रहरीले पक्राउ गरेको हो ।

विसं २०६४ मा झापा साधुहोली जङ्गलमा सामूहिकरूपमा जबर्जस्ती करणी गरी फरार रहेका इलामका उनीहरुलाई विशेष खोजी अभियान नै सञ्चालन गरेर पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय इलामका प्रहरी नायब उपरीक्षक लालध्वज सुवेदीले जानकारी दिए। उनका अनुसार दुवैलाई २०६७ फागुन ११ गते जिल्ला अदालतबाट ११ वर्ष एक महिना १५ दिन कैद र जनही रु २१ हजार जरिवाना तोकिएको थियो ।

दुवैलाई जिल्ला अदालतमा पेश गरेकोमा कैद भुक्तानका लागि सोमबार कारागार कार्यालय इलाममा पठाइएको प्रहरीले जनाएको छ । उक्त मुद्दामा एक जना हाल जिल्ला कारागार इलाममा कैद भुक्तान गरिरहेका छन् । एक जना अझै फरार रहेको र उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

अन्य तीनसमेत पक्राउ

त्यसैगरी ठगी मुद्दा, कर्तव्य ज्यान मुद्दा र हातहतियार खरखजना मुद्दाका फरारहरुलाई समेत प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय इलाम तथा मातहत प्रहरी कार्यालयबाट खोजतलासका क्रममा ठगी मुद्दाका इलाम सुर्योदय नगरपालिका–२ का ३२ वर्षीय सन्तोष बस्नेत, हातहतियार खरखजना मुद्दाका इलाम सुर्योदय नगरपालिका–५ का ४४ वर्षीय मोटे देवान भन्ने हर्कबहादुर लिम्बू र कर्तव्य ज्यान मुद्दाका माईजोगमाई गाउँपालिका–२ का विष्णुकुमार राई पक्राउ परेका हुन् ।

बस्नेतलाई दुई वर्ष कैद र रु २० हजार जरिवाना, लिम्बूलाई तीन महिना कैद र पाँच हजार जरिवाना तथा राईलाई पाँच महिना छ दिन कैद र रु २० जरिवाना तोकिएको थियो । पछिल्लो समय जिल्ला प्रहरी कार्यालय इलामले फरार रहेका अभियुक्तहरुलाई खोजीखोजी पक्राउ गरिरहेको छ ।

गणेश भगवानको दर्शन गर्नुहोस्, असोज ६ गतेको राशिफल

वि.सं. २०७७ साल असोज–०६ गते मंगलबार,ई.सं.२०२० सेप्टेम्बर २२ ,शक संवत्–१९४२,नेपाल संवत्– ११४० ,प्रमादी, दक्षिणायन, शरद, अधिक आश्विन शुक्लपक्ष तिथि षष्ठी , २७ः०६ बजे उप्रान्त सप्तमी,नक्षत्र–अनुराधा , २५ः३५ बजे उप्रान्त ज्येष्ठा,योग–विष्कम्भ , ११ः३४ बजे उप्रान्त प्रीति,करण–कौलव १६ः०९ बजेदेखि तैतिल , २७ः०६ बजे उप्रान्त भद्रा,चन्द्रराशि–वृश्चिक,आनन्दादि योग–वज्र, सूर्योदय–०५स्५३, सूर्यास्त–१७ः५८ दिनमान–३० घडी १५ पला, तुला राशिमा सायन सूर्य २५ः४३ बजे प्रवेश।

मेष राशि (चु, चे,चो, ला, लि, लु, ले, लो, अ)

बाणीका कारण निकटतम ब्यक्तिहरु सगँको सम्बन्धमा तिक्तता उत्पन्न हुनेछ । गैर ब्यक्तिको बिस्वासमा गरीएका कार्यमा सजग रहनुहोला सामान्य अपजस को सम्भाबना रहेकोछ । खानपानमा बिषेश साबधानि अपनाउनु होला । सामान्य कार्य सम्पादनमा अधिक परीश्र गर्नु पर्ने सम्भाबना रहेको छ ।

बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)

जीबन साथिको सहयोगमा गरीएका कार्य बाट मनग्य लाभ प्राप्त हुने समय रहेको छ । ब्यापार ब्यवसाय मा भने सामान्य ढिलाईको सम्भाबना रहेको छ । कुलकुटुम्ब हरुको साथ सहयोगमा कमि आएको महसुस हुनेछ । नयाँकाम प्रारम्भ गर्नका लागी समयले साथ दिएको छ ।

मीथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह)

प्रतिस्पर्दिहरुको बृद्धि हुनाले कार्य सम्पादनमा बिषेश ध्यान पूर्याउनु पर्ने समय रहेको छ । साझेदारी कार्यको क्षेत्रमा अघि नबढेको नै राम्रो हुनेछ । शारीरिक अस्वस्थाको सम्भाबना रहेको छ । आकस्मीक खर्चको सामना गर्नु पर्नेछ । आय आर्जनका लागी भने समय उत्तम रहेको छ ।

कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

अरुको कार्य लापरबाहि को प्रतिफल तपाईलाई आईपर्न सक्नेछ । साजेदारी ब्यवसायमा मनग्य लाभ मिल्नेछ । गैर ब्यक्तिको पुर्ण बिस्वास नर्गनु राम्रो हुनेछ । कुराकाट्ने ब्यतिहरुबाट बच्नु पर्ने छ । आय आर्जनका लागी भने समय उत्तम रहेको छ । अध्यन अध्यापनमा खर्चिएको समय उत्तम रहनेछ ।

सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

पारीवारिक साथ सहयोमा गरीएका कार्यहरु दीर्घकालिन फाईदाका श्रोत साबित हुनेछन । पति पत्नि बिचको सम्बन्धमा सामान्य खटपट रहने सम्भाबना रहेको छ । कार्यक्षेत्रको लगन सिलतामा बृद्धि हुनाले मान सम्मानको योग रहेको छ । भौतिक श्रोतसाधनको प्रयोगमा बिशेष साबधानि अपनाउनु होला ।

कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)

मित्रजन तथा दाजुभाई बिचको सम्बन्धमा सुधार आउनेछ । शुभचिन्तकहरुको साथ प्राप्त हुनाले कार्य सहज बन्नेछ । सामान्य कार्य सम्पादनमा अधिक परीश्र गर्नु पर्ने सम्भाबना रहेको छ । मित्र सहयोग प्राप्त हुनेछ । यात्राका क्रममा बिभिन्न झमेलाहरुको सामना गर्नु पर्न सक्नेछ ।

तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते)

कुलकुटुम्ब हरुको साथ सहयोगमा कमि आएको महसुस हुनेछ । बौधिक ब्यत्तित्व सगँको भेटघाटमा समय ब्यतित रहने छ । खानपानका कारण स्वास्थमा सामान्य खराबि देखा पर्नेछ । मित्र जनको साथ सहयोगमा कमि रहला । अध्यन अध्यापनका क्षेत्रमा त्यति मन जानेछैन ।

बृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

पारीवारिक मनोरञ्जनका क्षेत्रमा समय ब्यतित रहनेछ । ब्यापार ब्यवसायको साजेदारीमा भने सामान्य असमन्जसता उत्पन हुन सक्नेछ । कार्य धैर्यताका कारण पद प्रतिष्ठामा बृद्धिको योग रहेको छ । खानपानमा सजग रहनु होला । नयाँ कार्यको थालनि गर्न समय उत्तम रहेकोछ ।

धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)

मानसिक चन्चलताका कारण मित्रजन सगँको सम्बन्धमा फाटो आईपर्नेछ । जिबन साथीको सहयोमा गरीएका ब्यापार ब्यवसायमा लाभ प्राप्त हुनेछ । नयाँ लगानि तथा साजेदारीकार्यका क्षेत्रमा भने उत्तम समय रहनेछ । प्रतिपक्षीहरु शुभ चिन्तकका रुपमा परीणत हुनेछन ।

मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)

अध्यन अध्यापनका सन्दर्भमा खर्चिएको समय उत्तम रहनेछ । प्रतिपक्क्षी तथा प्रतीस्पर्दीहरुको बृद्धि हुन सक्नेछ । नयाँकाम प्रारम्भ गर्नका लागी समयले साथ दिएको छ तथापि साजेदारी काममा भने सजग रहनु राम्रो रहनेछ । मान्यजनको सहयोग द्वारा भाग्योदयको योग रहनेछ ।

कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द)

मानसिक चन्चलताका कारण कार्य क्षेत्रमा तनाबको सामना गर्नु पर्नेछ । सामान्य कार्य सम्पादनमा अधिक परीश्रको सम्भाबना रहेको छ । पारीवारिक मनोरञ्जनका क्षेत्रमा समय ब्यतित रहनेछ । सन्तान सम्बन्धी समस्याले सताउन सक्नेछ । कार्य धैर्यताका कारण पद प्रतिष्ठामा बृद्धिको योग रहेको छ ।

मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)

सामान्य यात्रा पस्चात मान सम्मानको प्राप्ती हुन सक्नेछ । मान्यजनको सहयोग द्वारा भाग्योदयको योग रहनेछ । मित्रजनको अति सामीप्यतामा अहित हुन सक्नेछ । पारीवारिक सम्बन्धमा भने सामान्य समस्या उत्पन हुनेछ । साझेदारी कार्यको क्षेत्रमा अघि नबढेको नै राम्रो हुनेछ ।