साढे सात क्विन्टल मटर बरामद

काठमाडौँ । नेपालबाट भारततर्फ अवैधरुपमा चोरी तस्करी गर्न लागिएको साढे सात क्विन्टल मटर महोत्तरी प्रहरीले आज बिहान बरामद गरेको छ । जिल्लाको जलेश्वर नगरपालिका–१२ स्थित वनको बाटाबाट एक क्विन्टल, एकडारा गाउँपालिका–४ स्थित वनको बाटाबाट ४०० किलोग्राम र मनरासिस्वा नगरपालिका– १० स्थित वनको बाटाबाट २५० किलोग्राम गरी जम्मा सात क्विन्टल ५० केजी मटर बरामद गरिएको प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले बताए ।

वनको बाटो हुँदै नेपालबाट भारततर्फ मटर तस्करी भइरहेको गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिगएको प्रहरी टोलीले मटर बरामद गरेको तथा तस्कर प्रहरीलाई देखेर भागेको जनाइएको छ । बरामद भएको मटर आवश्यक कारवाहीका लागि जिल्लाको मूल भन्सार कार्यालय जलेश्वरमा बुझाउने तयारी भइरहेको छ ।

थप १ हजार १ सय ५४ जनामा संक्रमण पुष्टि

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार १ सय ५४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ६५ हजार २ सय ७६ पुगेको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार सोमबार १ हजार ५ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुनेको संख्या ४७ अजार २ सय ३८ पुगेको छ ।

रुपन्देहीमा ट्याङ्कीमा डुबेर बालकको मृत्यु

रुपन्देहीको भैरहवामा एकजना बालकको आज सेप्टी ट्याङ्कीमा डुबेर मृत्यु भएको छ । जिल्लाको सिद्धार्थनगर नगरपालिका वार्ड नं १० दोदगहरी निवासी झिम्की कुर्मीका १० वर्षीय छोरा सुग्रिम कुर्मीको छिमेकीको निर्माणाधिन घरको सेप्टी ट्याङकीमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता प्रहरी नायब उपरीक्षक खड्कबहादुर खत्रीले जानकारी दिए ।

मृतक बालक शनिबार बेलुका ५ बजेदेखि हराएका र उनको खोजविन गर्दा आज घरदेखि करिब २०० मिटरको दूरिमा रहेको श्रवण लोनियाको निर्माणाधीन घरको सेप्टी ट्याङ्की भित्र पानीमा डुबी मृत अवस्थामा फेला परेको प्रहरी उपरीक्षक खत्रीले बताए । घटनाको थप अनुसन्धान भइरहेको समेत उनले बताए ।

तिम्रो छेउँ बस्दा….

काठमाडौं । २०७५ सालमा रेडियो नेपालमा स्वर परिक्षर्ण पास गरेका प्रतिभाशाली गायक सुरेन्द्र राईको नयाँ ‘एकान्तमा’ एल्बममा समावेस “तिम्रो छेउ बस्दा’ गित सार्वजनीक भएको छ । पछिल्लो समय गीतसंगीतको क्षेत्रमा आफूलाई निकै समर्पित गरिरहेका सोही गित आइतबारबाट रामशोभा राई अफिसियल युट्युब च्यानल मार्फत सार्वजनिक भएको छ ।

लकडाउन खुकुलो भएसँगै कोरोना नियन्त्रणका न्युनतम मापदण्ड पालना गर्दै निर्माण गरिएको सोही गितमा सुरेन्द्र राई र शिला राईको स्वर रहेको छ । म्युजिक भिडियोमा निर्माता राम शोभा राई रहेका छन् । भिडियोमा मण्डल थेबे र सिर्जना निङ्गलेखुले अभिनय गरेका छन् । सुरेन्द्र राई र शिला राईको स्वर रहेको गीतमा सुरेन्द्र राईकै शब्द रहेको छ भने रुद्र श्रेष्ठले संगीत भरेको गीतलाई मनोज मोथेले एरेन्ज गरेका हुन् ।
मितेश गुरुङको छायांकन रहेको गीतलाई सुल्तान यीधिङ्गोले निर्देशन र सम्पादन गरेका हुन् भने परोदुच्शन परशुराम राईको डिजाइन गरेका हुन् ।

संक्रमणबाट थप १० जनाको मृत्यु, उपत्यकामा मात्रै ६ जना

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप १० जनाको मृत्यु भएको स्वास्थय मन्त्रालयले जानकारी दिएको छ। उपत्यकामा मात्रै ६ जनाको मृत्यु भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ४११ जना पुगेको छ ।

यो पनि पढ्नुहोस्

आइतबार थप १ हजार ३ सय २५ जनामा कोरोना संक्रमण पुष्टि

आइतबार थप १ हजार ३ सय २५ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ३ सय २५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ६४ हजार १ सय २२ पुगेको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार आइतबार ९ सय ६६ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। हालसम्म डिस्चार्ज हुनेको संख्या ४६ हजार २ सय ३३ पुगेको छ।

ढोरपाटन बाढी प्रभावितका लागि युवाले जुटाए ११ लाख

बाग्लुङ्ग । ढोरपाटनका बाढी प्रभावित परिवारलाई रु ११ लाख ४४ हजार नगदसहित ३५ हजार बराबरको स्वास्थ्य सामग्री, खेलौना र स्टेशनरी वितरण गरिएको छ । युसबी सेवा, गलकोट युसबी सेवा प्रालि र इन्साइड बागलुङमा आबद्ध युवाहरुको पहलमा सङकलित राहत शुक्रबार बाढीग्रस्त क्षेत्रमै पुगी वितरण गरिएको हो ।

बाढीमा परी ज्यान गुमाएकाका परिवारलाई रु १९ हजारका दरले किरिया खर्च र प्रतिमृतक रु ५ हजारका दरले थप रकम दिइएको युसबी सेवाका अध्यक्ष आकाश युसबी थापाले जानकारी दिए । “पाँच सदस्य गुमाएको परिवारले रु ४४ हजार राहत रकम पाउनुभएको छ”, उनले भने । बाइस मृतक परिवारले कुल रु छ लाख १३ हजार राहत रकम पाएका हुन् ।

यस्तै घाइते दुई जनालाई रु १०÷१० हजार र बाढीले पूर्ण क्षति पुर्याएका ५५ घरका परिवारलाई रु ८ हजारका दरले राहत प्रदान गरिएको हो । आंशिक क्षति पुगेका ६१ मध्ये चार घरले रु चार हजार र अन्यले रु एक हजारका दरले राहत बुझेका थिए । बाढीग्रस्त क्षेत्रका बालबालिकाको मनोबल बढाउन खेलौना, स्टेशनरी सामग्रीसमेत वितरण गरिएको गलकोट युसबी सेवा प्रालिका अध्यक्ष केशवविक्रम सिंहले बताए ।

“बाढी प्रभावितका लागि सेनिटाइजर, मास्क, साबुनलगायतका स्वास्थ्य सामग्री पनि प्रदान गरिएको छ”, उनले भने । बाढीको घटना थाहा पाउनसाथ तीनै संस्थाका युवाहरु मिलेर राहत अभयिान थालेका थिए । देश–विदेशबाट रहेका नेपालीहरुबाट सहयोग जुटेको युसबी सेवाका अध्यक्ष थापाले बताए । लक्जम्बर्गमा रहनुभएका व्यवसायी जितु थापाको पहलमा रु दुई लाख राहत रकम सङ्कलन भएको थियो ।

बाढी प्रभावितको राहत र पुनःस्थापनाका लागि लक्जम्बर्गमा रहेका प्रवासी नेपालीले स्वतःस्फूर्त रूपमा सहयोग गरेका थिए । तमानखोला, निसीखोला र बडिगाड गाउँपालिकाका पहिरो प्रभावितलाई पनि राहत बाँड्ने योजना रहेको अध्यक्ष थापाले बताए । राहत अभियानमा अध्यक्ष थापा, अध्यक्ष सिंह, इन्साइड बागलुङका संस्थापक राजकुमार श्रेष्ठ, सदस्य जीवन मल्ल, डिकु ठकुरी, धु्रव शेरचन, दीपेन्द्र श्रेष्ठ, यामु पौवी, राजकुमार रसाइली, भीमु क्षत्री, दिलीप खत्री, उपेन्द्रबम मल्लगायत सक्रिय थिए ।

गत भदौ १७ गते भूजीखोलामा आएको बाढीले ढोरपाटन नगरपालिका–९ का २१ र गलकोट नगरपालिका–४ का एक जनाको ज्यान लिएको थियो । १६ जना अझै बाढीमा बेपत्ता छन् । बाढीले १२० घरमा पूर्ण र ५१ घरमा आंशिक क्षति पुर्याएको छ । सडक, विद्यालय, सामुदायिक स्वास्थ्य एकाइ, लघुजलविद्युत् आयोजना, झोलुङ्गे, ढलान र काठे पुललगायतका दर्जनौँ भौतिक संरचना क्षतिग्रस्त बनेका छन् । बाढी प्रभावितको पुनःस्थापनाका लागि देश–विदेशमा सहयोग अभियान चलाइएको छ ।

राजधानी दैनिकका सम्पादक पण्डितसहित १६ जना पत्रकारलाई प्रवल जनसेवा श्री पदक

काठमाडौँ । राजधानी दैनिकका सम्पादक सागर पण्डितलाई सरकारले संविधान दिवसको अवसरमा प्रवल जनसेवा श्री (चतुर्थ) सहित १६ जना पत्रकारले पदक पाउने भएका हुन।

सम्पादक पडितसँगै यस वर्षको संविधान दिवसको अवसरमा सम्मानित हुनेहरुको सूचीमा १४ जना पत्रकार र २ जना सन्चारकर्मीसमेत छन् ।
सरकारले यो वर्ष सम्पादक अन्‍नपूर्ण पोस्‍ट्‍, राष्ट्रिय दैनिकका सम्पादक अखण्ड भण्डारी (गोविन्द)सहित ‘प्रवल जनसेवा श्री’ मानपदवी पत्रकार शुभशंकर कँडेल, डा.राजेशराज अहिराज, सागर पण्डित, राजेशकुमार अर्याल, धर्मेन्द्र कर्ण, सुभेच्छाबिन्दु तुलाधर र चिरञ्जीवी मास्केलाई प्रदान गर्ने निर्णय गरेको हो।
त्यसैगरी ‘जनसेवा श्री पञ्च’ पाउने सञ्चारकर्मीमा कृष्णचन्द्र (केसी) लामिछाने, टीका विष्ट, लिलाराज भट्टराई, सूर्यमणि गौतम, सविन प्रियाशन चौधरी, हरिनारायण गौतम, मोहन बस्नेत, गिरुप्रसाद भण्डारी र तेजदत्त खकुराल रहेका छन्।
सरकारले सार्वजनिक गरेको सूची अनुसार ४५३ जनालाई मानपदवी ११४ जनालाई अलंकार र २७ जनालाई पदकबाट सम्मान गरिने छ । विभूषण, अलंकार र पदक आगामी संविधान दिवसको दिन राष्ट्रपति विद्यादेवी भण्डारीबाट वितरण गरिने छ ।

संविधान दिवसमा गुर्जो रोपण अभियान

काठमाडौँ । गोकर्णेश्वर महादेव मन्दिर क्षेत्र र वाग्मती किनारमा बहुउपयोगी वनस्पति गुर्जो रोप्न महिलाहरु सक्रिय भएका छन् । संविधान दिवसको अवसर पारेर गोकर्ण महिला सञ्जालमा आबद्ध महिलाको समूहले शनिबार मानव शरीरमा रोग प्रतिरोधी क्षमता बढाउन उपयोगी वनस्पति गुर्जो रोपेका छन् ।

सञ्जालको ११ औँ साधारणसभाको समेत अवसर पारेर आयोजना गरिएको कार्यक्रममा आन्तरिक राजश्व कार्यालय लाहानका प्रमुख कर अधिकृत कमलबहादुर राजलवटले करिब १०० वटा गुर्जोका बिरुवा उपलब्ध गराएका हुन् । लाहानको सरकारी निवास परिसरमा गुर्जोको बिरुवा उत्पादन गरी देशव्यापी रूपमा वितरण शुरु गरेका राजलवटले वाग्मती किनारलाई गुर्जो रोपण केन्द्र बनाएर एक हप्ता अघिदेखि नै निःशुल्क वितरण गरिरहेका छन् । गत हप्ता उनले अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समिति गुह्येश्वरीस्थित कार्यालयमा पनि बिरुवा उपलब्ध गराएका थिए । वाग्मती किनारका अन्य स्थानमा राजलवटले गुर्जो वितरण गरेका थिए ।

सुन्दरीजलबाट बानेश्वरसम्मको नदी किनारका बस्तीमा गुर्जो वितरण गर्ने अभियान जारी छ । घरघरमा गुर्जोको बिरुवा पुर्याउने अभियानमा लागेका राजलवट आफूले ११ वर्षदेखि नियमितरूपमा सेवन गर्दा फाइदा पुगेकाले प्रचारप्रसारमा लागेको बताए । गुर्जोको नियमित सेवनपछि आफूले निरोगी अनुभव गरेको उनले जानकारी दिए ।

मधुमेह रोगबाट पीडित भएकाले नियमितरूपमा गुर्जोको सेवन गरेमा अन्य औषधि खानुनपर्ने आफैँले अनुभव गरेपछि सामूहिकरूपमा बिरुवा वितरण अभियानमा लागेको वाग्मती सुन्दरता सरोकार मञ्चका अध्यक्ष उत्तम पुडासैनी बताए । गुर्जोले मानव शरीरमा रोग प्रतिरोधी क्षमताको विकास, शारीरिक क्षमतामा बढोत्तरी गर्नुका साथै शरीरभित्र जमेका विकारलाई बाहिर निकाली मानिसलाई स्वस्थ बनाउन गुर्जो उपयोगी रहेको उनले बताए ।

विश्वव्यापी रूपमा कोरोना भाइरस फैलिएका बेला शरीरभित्र रोग प्रतिरोधी क्षमता बढाउन यसको नियमित सेवन उपयोगी भएको अनुभव प्रयोगकर्ताको छ । शनिबार गोकर्णमा आयोजित कार्यक्रममा गोकर्णेश्वर नगरपालिकाका नगरसभा सदस्य जयराम महतले पनि आफूले छ महिनादेखि गुर्जोको उपयोग गर्दा ग्यास्ट्रिक ठिक भएको अनुभव सुनाए ।

रुघा, खोकी, ज्वरो, रगतको कमी, आँखा, कान, छाला, पाइल्स जस्ता रोग निको गर्न पनि गुर्जो उपयोगी प्रमाणित भएको अभियानकर्मी राजलवट बताए । गर्भवती महिलाले भने गुर्जोका प्रयोग गर्नुहुँदैन । पाँच वर्षमुनिका बालबालिकालाई पनि यसको सेवन नगराउनु राम्रो हुन्छ । डाँठ, पात दुवै प्रयोग गर्न सकिने गुर्जो सुकाएर वा काँडा पानी बनाएर दुवै रूपमा उपयोग गर्न सकिन्छ ।

आयुर्वेद शास्त्रले भनेको ‘यस्य देशस्य यो जन्तोः तस्य तद् औषधं हितम्’ अर्थात् जुन स्थानमा मानिस रहन्छ, त्यसलाई त्यहीँ उम्रने वनस्पतिले औषधीको काम गर्छ भनेझैँ गुर्जोले नेपालीको स्वास्थ्य रक्षामा काम गर्ने अनुभव प्रयोगकर्ता गरेका छन् ।

हालसम्म राजलवटले देशभर ६० हजार गुर्जोका विरुवा वितरण गर्नुभएको छ । राजधानीका विभिन्न नगरपालिकामा समेत गुर्जो वितरण गरिएको उहाँले जानकारी दिनुभयो । नगरपालिकामार्फत् राजधानीवासीका घरघरमा गुर्जो रोपण अभियान विस्तार गरिने जनाइएको छ ।

कार्यक्रममा नगरपालिकाकका उपप्रमुख शान्ति नेपालले बहुउपयोगी वनस्पति गुर्जो रोपण अभियानमा सहयोग गरिने प्रतिबद्धता जनाए । महिला सञ्जालको संस्थापक अध्यक्षसमेत रहेकी उनले महिला समूहमार्फत् घरघरमा गुर्जो रोप्ने अभियान चलाइने बताए ।

कार्यक्रममा राष्ट्रिय योजना आयोगका सहसचिवसमेत रहनुभएका किशोर जोशीले गुर्जो रोप्न चाहने सबैलाई निःशुल्क वितरण गर्ने अभियानमा आफूहरु सक्रिय रहेको जानकारी दिए। महिला सञ्जालका कार्यवाहक अध्यक्ष लक्ष्मी गिरीलगायतको समूह गुर्जो रोपण अभियानमा सक्रिय छ ।

केही समय महँगो मूल्यमा प्याज नकिन्न आग्रह

काठमाडौँ । वणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले केही दिन महँगो मूल्यमा प्याज नकिन्न आग्रह गरेको छ ।
बजारमा प्याजको मूल्यमा
बजारमा प्याजको कृत्रिम अभाव सिर्जना गरेर उपभोक्ता ठगेको पाइएपछि विभागले केही समयको लागि महँगोमा प्याज नकिन्न आग्रह गरेको छ । वाणिज्य, आपुर्ति तथा उपभोत्ता संरक्षण मन्त्री लेखराज भट्ट आफै बजार ग्राहक बनेर निरिक्षण गर्दा समेत प्याजमा चरम कृतिम अभाव र ठगि भएको पाईएपछि विभागले तिव्र रुपमा कारबाहि गर्दै आएको छ । त्यसैले तत्कालै मँहगो मूल्यमा प्याज नकिन्न विभागले भनेको हो ।

‘प्याज अत्यावश्यक वस्तु होइन, व्यापारीले लुकाएका छन्, केही दिन बहिस्कार गरौं, कुहिने डरले आफैं मूल्य घटाउँछन्,’ विभागका निर्देशक एवम् सूचना अधिकारी रवीन्द्र आचार्यले भने । छिट्टै बिग्रन सक्ने कारणले गर्दा प्याज धेरै समय लुकाउन नसक्ने उनको भनाइ छ ।

लुकाएको प्याज खोज्न र बढी मूल्य लिने पसलेललाई कारवाही गर्न स्थानीय तह, जिल्ला प्रशासन कार्यालय र विभाग पनि पूर्ण बलसहित लागेको निर्देशक आचार्यले बताए ।
प्याजको मूल्यमा आफू ठगिएमा तुरुन्त खबर गर्न पनि विभागले उपभोक्तालाई आग्रह गरेको छ ।
अहिले भारतले प्याजमा बन्देज लगाएपछि यस्ता पाईएको हो ।

गर्भावस्थामा शारीरिक सम्बन्ध राख्नु कत्तिको उचित?

गर्भावस्थामा शारीरिक सम्बन्ध बनाउन हुन्छ? यदि हुन्छ भने कुन अवधीसम्म? यस्तो अवस्थामा कुनै विशेष आसन अपनाउनुपर्छ ?
अञ्जानमा भएका सामान्य गल्तिले पनि गर्भपतन हुने जोखिम बढी हुन्छ। त्यसैले मानिसमा गर्भावस्थामा शारीरिक सम्बन्ध राख्नेकी नराख्ने भन्ने कुराको दुविधा हुन्छ। धेरै मानिस गर्भावस्थामा यौन सम्पर्क गर्नु गर्भमा रहेको बच्चाका लागि खत्रा ठान्दछन्।

धेरै मानिसले गर्भ रहेको तीन महिनापछि यौन सम्पर्क गर्न छोड्ने गरेको पाइन्छ। तर, मेडिकल साइन्सले मानिसमा रहेको यो भ्रमलाई गलत बताएको छ।

गर्भावस्थाको यौन सम्बन्ध कति सुरक्षित हुन्छ ? यससँगै अर्को प्रश्न पनि उठ्न सक्छ कि गर्भावस्थाको यौन सम्बन्ध के आनन्ददायक हुन्छ ? यसमा कुनै पीडा हुँदैन ? अप्ठ्यारो हुँदैन ?

चिकित्सकहरु भन्छन्, ‘गर्भावस्थामा सामान्य रुपमा चलिरहेको छ भने यौन सम्बन्ध राख्न कुनै जोखिम हुँदैन ।’

तर, असामान्य गर्भ भएमा, संवेदनशिल अवस्थामा भने यौन सम्बन्ध सुरक्षित मानिदैन । रक्तश्रावको समस्या भएका पनि चिकित्सकसँग परामर्श लिनुपर्ने हुन्छ ।

गर्भावस्था सामान्य रुपमा चलिरहेको छ भने यौन सम्पर्क गर्दा गर्भपातको जोखिम हुँदैन । यसैगरी योनीको संक्रमणको भय पनि रहँदैन । कतिपयमा के जिज्ञासा पनि उठ्ने गर्छ भने, गर्भावस्थामा यौन सम्बन्ध बनाइरहँदा समयभन्दा अगाडि नै बच्चाको जन्म हुन्छ । यो पनि भ्रम हो । गर्भावस्थाको यौन सम्पर्क र समयभन्दा अगाडि बच्चा जन्मनुमा कुनै सम्बन्ध छैन ।

यौन सम्पर्कका क्रममा दम्पतीको पेटमा हुने घर्षणले पनि गर्भको शिशुलाई असर गर्दैन । किनभने गर्भाशयको बलियो मांसपेशीले शिशुलाई सुरक्षित राख्छ ।

तर, कतिपय यस्तो अवस्था हुन्छन् जुनबेला यौन सम्पर्क गर्नु उचित हुँदैन । चिकित्सकका अनुसार रक्तश्राव, पेटको दुखाई, पानीको थैलो फाट्नु, ग्रीभको कमजोरी जस्ता अवस्थामा यौन सम्पर्क सुरक्षित हुँदैन ।

गर्भावस्थामा गरिने यौन सम्पर्क आनन्ददायक होला ? यो कुरा भने दम्पतीको अवस्था र मुडमा भर पर्छ । कतिपयले यस अवस्थामा संयमित यौन सम्पर्कबाट आनन्द लिन्छन् भने कतिपयमा असुरक्षाको भय पनि रहन्छ ।

कतिपय महिलाले भने गर्भावस्थामा गरिने यौन सम्पर्कलाई पीडादायी अनुभव गर्छन् । यस्तो अवस्थामा हस्तमैथुन वा मुख मैथुन अर्को विकल्प हुनसक्छ । सामान्य मुख मैथुनले गर्भवती महिला तथा उनको पेटमा रहेको शिशुलाई कुनै असर गर्दैन ।

मनकामना भगवतिले सबैको रक्षा गरुन, असोज ४ गतको राशिफल

वि.सं.२०७७ असोज –४,आइतवार,ई.सं.२०२० सेप्टेम्बर – २०, शक संवत्–१९४२,नेपाल संवत्– ११४० ,प्रमादी, दक्षिणायन,शरद,अधिक आश्विन शुक्लपक्ष तिथि–तृतीया , ०९ः५८ बजे उप्रान्त चतुर्थी,नक्षत्र–चित्रा ०६ः१३ बजेदेखि स्वाती , २८ः३४ बजे उप्रान्त अनुराधा,योग–ऐन्द्र , १७ः३५ बजे उप्रान्त वैधृति,करण–गर ०९ः५८ बजेदेखि वणिज , २०ः४५ बजे उप्रान्त कौलव,चन्द्रराशि–तुला,आनन्दादि योग–पद्म, सूर्योदय–०५ः५२,सूर्यास्त–१८ः०१,दिनमान–३० घडी २३ पला ।

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)

धार्मिक र सामाजिक कार्यमा सरिक भई सहयोग गर्ने अवसर मिल्नेछ,आयआर्जन बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ,चोट पटक लाग्ने योग छ, आजको शुभ अंक ७ रहेको छ ।

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)

पार्टनरसिपमा गरेको कार्य असफल हुने देखिन्छ ,समयको गतिलाई पछ्याउन नसक्दा पछि परिनेछ,बेसुरमा बोल्ने बानीले वादविवाद निम्त्याउन सक्छ, आजको शुभ अंक १ रहेको छ ।

मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा)

मुद्धा मामिलामा पर्न सकिने योग देखिन्छ,साझेदारसँग असमझदारी देखिने हुँदा सजग रहनुहोला,धर्मकर्म तथा परोपकारमा प्रवृत्त भइएला, आजको शुभ अंक ४ रहेको छ ।

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो)

उत्तर तर्फको दिशा तर्फ फर्केर जल चढाउँनाले सम्बन्ध राम्रो हुने देखिन्छ,अधिकार र प्रतिष्ठा जोगाउन सफल भइनेछ,अध्ययनमा सुधार सफल भइनेछ, आजको शुभ अंक ६ रहेको छ ।

सिहं(मा,मी,मू,मे,मो,टा,टी,टू,टे)

कुनै नयाँ कार्य गर्दै हुनुहुन्छ भने आमा पिता अथवा माताको नामबाट शुरु गर्नुभयो भने सफलता मिल्ने देखिन्छ,सानातिना कामको झमेला आउनसक्छ, आजको शुभ अंक ९ रहेको छ ।

कन्या(टो,पा,पी,पु,ष,ण,ठ,पे,पो)

नयाँ सवारीसाधन किन्दै हुनुहुन्छ भने नकिन्दानै राम्रो हुनेछ,अपमान वा अपजस सहनु पर्ने हुनसक्छ,साझे दारीको काममा संकट आउनेछ, आजको शुभ अंक १० रहेको छ ।

तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते)

धार्मिक भावमा नकारात्मक उर्जा बढ्नेछ,लामो दूरीको यात्रा नगर्नुहोला,गोपनीयतामा ख्याल गर्नु होला,आफ्नै बुद्दि विवेक ले गरेको काम सफल हुनेछ, आ जको शुभ अंक ५ रहेको छ ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)

शरिरमा छाति सँग सम्बन्धित समस्या आउन सक्ने देखिन्छ,तातो रिस गर्नाले काम बिग्रिनेछ,साथी भाइको विश्वास पर्दा आत्मा घाती हुनेछ, आजको शुभ अंक ३ रहेको छ ।

धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)
सुनचाँदी,गरगहना हराउन सक्ने सम्भावना देखिन्छ त्यसैले बिचार पुर्याउनुहोला,गरिएका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ,बोलीको अनर्थ लाग्न सक्छ, आजको शुभ अंक ८ रहेको छ ।

मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)

खानपिनमा ध्यान दिनुहोला,यात्रा गर्दा दक्षिण नगर्दानै राम्रो,अवसर प्राप्त भए पनि भूलवश काममा बाधा होला,खानेकुरा मा विचार पुराउनु होला, आजको शुभ अंक ४ रहेको छ ।

कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा)

शरिरमा घाउखटिरा आउनसक्ने देखिन्छ,अपमान वा अपजस सहनु पर्ने हुनसक्छ,मनमा कुरा खेलाउदा काम बिग्रिन सक्छन,आर्थिक संकट पर्ने देखिन्छ, आजको शुभ अंक २ रहेको छ ।

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)

साथीभाई सँगको पार्टनरसिप राम्रो हुने देखिन्छ,शिक्षा क्षेत्रमा अबरोध तथा घरायसी वातावरणमा केही धमिलोपन आउनेछ,झुटको आरोप लाग्न सक्छ, आजको शुभ अंक ७ रहेको छ ।

उपत्यकामा मात्रै ८ सय ५९ जनामा संक्रमण पुष्टि

शुक्रबार उपत्यकामा मात्रै ८ सय ५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
काठमाडौमा ६९८, भक्तपुरमा ८२ र ललितपुरमा ७९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

लकडाउन खुलेसँगै २ हजार बढीमा संक्रमण पुष्टि

आज शुक्रबार आजसम्मकै धेरै जनामा कोरोना संक्रमण पुष्टि भएको छ । लकडाउन खुलेसँगै कोरोना संक्रमितको संख्या ह्वात्तै बढेको हो । आज २०२० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै देशभर ६१ हजार ५ सय ९३ जनामा संक्रमण पुष्टि भएको छ ।

उपत्यका बाहिर जाने विद्युतिय बस पूर्व प्रधानमन्त्री नेपालद्धारा उद्घाटन

काठमाडौँ । अब नेपामा उपत्यका बाहिर पनि इलेक्ट्रोनिक गाडी चल्ने भएको छ । भव लक्ष्मि यातायातले उपत्यकाबाट रामेछापको लागि विद्युतबाट चल्ने गाडीहरूको शुभारम्भ गरेको छ । पुर्ब प्रधानमन्त्री एवं नेकपाका बरिस्ठ नेता माधबकुमार नेपालले आज यसको उद्घाटन गर्नुभएको छ । उपत्यका बाहिरको लागि पहिलो पटक रामेछाप वासीलाई लक्ष्यित गरेर सुरु गरिएको छ ।

भव लक्ष्मि यातायातको सेवा उद्घाटन गर्दै पुर्ब प्रधानमन्त्री नेपालले यो सेवा पर्यावरणको हिसाबले उपलब्धिमूलक रहेको बताउनुभयो । देशको बिजुलीबाट चल्ने यस्ता विद्युतिय बसहरुका कारण वातावरण स्वच्छ मात्र नभई आत्मनिर्भरको अभियानमा समेत सहयोग पुग्ने बिश्वास बढेको उहाँले बताउनु भयो ।

सो यातायातले आजबाट काठमाडौ देखी रामेछाप मन्थली सम्मको यात्रा शुरु गरेको यतायातका सम्योजक ऋतु चौलागाईंले सम्पत्ति न्युजलाई बताउनुभयो । सो यातायातको संचालक समितिको टिममा सुबोध चौलागाईं भुपेन्द्र चौलागाईं ,बासु गौतम लगायत सात जानको रहेको सुबोध चौलागाईंले जानकारी दिनुभएको छ। सेवालाई आधुनिक हिसाबले यात्रुलाई बढी भन्दा बढी स्तरीय सेवा दिने हिसाबले भव लक्ष्मि यातायातले सेवा शुरु गरेको संचालक बासु गौतमले उदघाटन कार्यक्रममा बताउनु भयो । स्मरणीय रहोस् उपत्यका बाट बाहिर चल्ने यो यातायात नै पहिलो हो ।