सहायता कक्ष सञ्चालनको तयारी

काठमाडौँ । जिल्ला प्रहरी कार्यालय तनहुँले चाडपर्वलाई लक्षित गरी पाँच स्थानमा सहायता कक्ष सञ्चालनमा ल्याउने भएको छ । यात्रुलाई पर्न सक्ने समस्या तत्कालै समाधान गर्ने उद्देश्यले प्रहरीले पृथ्वीराजमार्गका पाँच स्थानमा यात्रु सहायता कक्ष सञ्चालनको तयारी गरेको हो ।

मुग्लिङदेखि कोत्रेसम्मका पाँच ठाउँमा स्थापना हुने यात्रु सहायता कक्षले यात्रुहरुका गुनासो समाधान गर्ने प्रहरी उपरीक्षक अरुण पौडेलले जानकारी दिए। उनका अनुसार आँबुखैरेनीको पुलजीप, बन्दीपुरको डुम्रे, व्यासको दमौली, म्याग्देको थर्पु र शुक्लागण्डकीको कोत्रेमा यस्ता कक्ष स्थापना हुनेछन् ।

“चाडपर्वमा घर फर्किने यात्रुहरुको चाप हुन्छ, जसले गर्दा यात्रु ठगिने र यात्रुले दुःख पाउन सक्छन्,” उनले भने “सर्वसाधारणको यात्रालाई सहज र आरामदायी बनाउने उद्देश्यले नागरिक सहायता कक्ष स्थापना गर्न लागेका हौ ।” लामो तथा छोटो दूरीमा यात्रा गर्ने यात्रुका अलवा सबै सर्वसाधारणले सहायता कक्षबाट सहयोग पाउनेछन् ।
प्रहरीले नजिकिदै गरेको नेपालीहरुको महान् पर्वलाई ध्यानमा राखेर सुरक्षा योजना समेत निर्माण गरेको छ चाडपर्वको समयमा बढी आपराधिक घटना हुन सक्ने भएकाले त्यसलाई मध्यनजर गर्दै सुरक्षा योजना बनाइएको प्रहरी उपरीक्षक पौडेलले जानकारी दिए ।

चाडपर्वका समयमा बढी सवारी साधन सञ्चालन हुने भएकाले यात्रुहरुलाई सुरक्षित रुपमा यात्रा गर्ने व्यवस्था मिलाउने, सचेतना लगायतका कार्यक्रम सञ्चालन गरिने पौडेलले जानकारी दिए। “बढी भिडभाड हुँदा कोभिडको जोखिम रहने भएकाले स्वास्थ्य सुरक्षा मापदण्ड अपनाउन सचेतनामूलक कार्यक्रम पनि सञ्चालन गर्छौ,” उनले भने, “सबैलाई सुरक्षित तरिकाले गन्तव्यसम्म पु¥याउन सहयोग गर्नु प्रहरीको कर्तव्य हो ।”

चाडपर्वका क्रममा हुन सक्ने घटना न्यूनीकरणका लागि सादा पोशाकमा प्रहरी परिचालन गरिने र राति १० बजेपछि मादक पदार्थ सेवन गरी होहल्ला गर्नेलाई पक्राउ गरिने जनाइएको छ । होटल तथा रेष्टुरेष्टलाई पनि समय निर्धारण गरेर व्यवस्थित बनाउन पहल गरिने छ ।
सुरक्षा योजनामा चाडपर्वको समयमा सर्वसाधारणहरु भेला हुन सक्ने सार्वजनिक स्थानको सुरक्षा स्थिति सामान्य बनाउने, अवाञ्छित क्रियाकलाप तथा घटनाहरु न्यूनिकरण गर्ने, रातको समयमा चोरी र होहल्ला बढी हुने हुँदा सो को नियन्त्रण गर्न र रातको समयमा सादा पोशाकमा प्रहरी परिचालन गर्ने, जुवातासलाई नियन्त्रण गर्ने लगायत समेटिएको छ । प्रहरी उपरिक्षक पौडेलले आर्थिक अपराधका घटना हुन सक्ने सम्भावनालाई सुक्ष्म तरिकाले अध्ययन गरी योजना बनाएर प्रहरी परिचालन गरिने प्रहरीले जनाएको छ ।

अब सवारीमा ‘चेन लक’

नियम विपरित गलत ठाउँमा सवारी पार्किङ गर्नुभएको छ ? केही समयका लागि मात्रै त हो भनेर जथाभावी सवारी छाडेर हिँड्नुभएको छ रु यस्तो गर्नुभएको छ भने होशियार हुनुहोला ! कारवाहीमा पर्नुहोला ।
जथाभावी पार्किङ गर्ने क्रम बढेपछि जिल्ला ट्राफिक प्रहरी कार्यालले अब ‘चेन लक’ को अवधारणा ल्याएको छ । तोकिएको ठाउँमा भन्दा बाहेक पार्किङ गर्ने सवारीलाई ‘चेन लक’ गराएर सम्बन्धित धनीलाई जरीवाना गरिएको कार्यालयका प्रमुख रेशम रानाभाटले जानकारी दिए ।

“पार्किङलाई व्यवस्थित गर्न र सर्वसाधारणलाई सचेत गराउन चेन लकको अवधारणा ल्याएका हौ, जहाँपायो त्यहाँ पार्किङ गर्ने सवारी कारवाहीमा पर्छन्,” उनले भने । उनका अनुसार निषेधित स्थानमा पार्किङ गरेको देख्नेबित्तिकै सवारी साधन चलाउन नमिल्ने गरी ‘चेन लक’ गरिनेछ । त्यसो गर्दा चेनमै प्रहरीको नम्बर टाँस गरिनेछ । “उक्त नम्बरमा फोन गरेपछि सम्बन्धित सवारीधनीले कार्यालयमा आएर जरीवाना तिरेपछि मात्रै प्रहरीले चेन खोलिदिन्छ,” उनले भने, “त्यस्ता व्यक्तिहरुलाई रु एक हजार जरीवाना हुनेछ ।”

कतिपय ठाउँमा निषेधित स्थानमा पार्किङ गरेर सम्बन्धित धनी कामका लागि अन्यत्रै जाने गरेका छन् । “त्यस्तो बेला प्रहरी कुरेर बसिराख्न भ्याउँदैन, सवारीमा चेन लक गरेपछि प्रहरी आफ्नो नियमित काममा जान्छ,” प्रमुख रानाभाटले भने, “सवारी लक भएको थाहा पाएपछि सम्बन्धित धनीले नै फोन गर्छन् ।” दमौली बजारको पार्किङ व्यवस्थापनका लागि यो अभियान सफल हुने प्रहरीले विश्वास लिएको छ ।

प्रहरीले उद्योग वाणिज्य सङ्घको समन्वयमा दमौली प्रवेश गर्ने बुल्दीपुलदेखि मादीपुलसम्मको क्षेत्रलाई ‘नो हर्नः नो ओभरटेक’ घोषणा गरिसकेको छ । साथै सङ्घकै सहयोगमा दमौलीका विभिन्न ठाउँमा ट्राफिक कोण समेत राखिएको छ ।

काठमाडौँका ३ यातायात कार्यालय अनिश्चित कालको लागि बन्द

काठमाडौँ । राजधानीका तीन यातायात कार्यालय अनिश्चतकालका लागि बन्द गरिएका छन् । कार्यालयका कर्मचारीलाई कारोना संक्रमण देखिएपछि ठूलो भर्‍याङ र जगातीस्थित चालक अनुमतिपत्र कार्यालय तथा गुर्जुधरास्थित मोटरसाइकल कार्यालय बन्द गरिएको छ ।

अर्को सूचना आउँदासम्म तीनवटै कार्यालयका सबै सेवा बन्द गरिएको छ ।

भगवान गणेशको दर्शन् गर्नुहोस् (असोज २० गतेको राशिफल)

वि.सं.२०७७ साल असोज २० गते । मंगलबार । ईश्वी सन् २०२० अक्टोबर ०६ तारिख । नेपाल संवत् ११४० । प्रमादी संवत्सर । दक्षिणायन । शरद ऋतु । श्रीशाके १९४२ । अधिक आश्विन कृष्णपक्ष । तिथि–चतुर्थी,०८ घडी ३२ पला,बिहान ९ बजेर २४ मिनेट उप्रान्त पञ्चमी । नक्षत्र–कृतिका,२५ घडी १३ पला,बेलुकी ०४ बजेर ०४ मिनेट उप्रान्त रोहिणी । योग–सिद्धि,४५ घडी २४ पला,रातको १२ बजेर ०९ मिनेट उप्रान्त व्यातिपात । करण– बालव,बिहान ०९ बजेर २४ मिनेट उप्रान्त कौलव,बेलुकी १० बजेर १३ मिनेट उप्रान्त तैतिल । आनन्दादिमा–गद योग । चन्द्रराशि–बृष । काठमाडौंमा सूर्योदय बिहान ०५ बजेर ५९ मिनेट,सूर्यास्त बेलुकी ०५ बजेर ४२ मिनेट । दिनमान २९ घडी १७ पला । मंगल–चौथी व्रत।

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ)

पारिवारिक माहोलमा जमघट भई रमाईलो गर्दै मिष्टान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । व्यापारमा बृद्धि हुने तथा मनग्गे नाँफा कमाउँन सकिनेछ । आर्थिक अवस्था सुदृड हुने हुनाले दैनिक सहज मात्रामा अगाडि बढ्नेछ । माया प्रेममा नजिक हुन सकिने तथा मिल्ने मित्रको साथ पाईने हुनाले मन प्रशन्न हुनेछ । बोलेर गर्ने कुनै पनि पेशा व्यावसाय फस्टाएर जानेछ ।

बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)

व्यापार व्यावसाय फस्टाएर जानेछ भने आर्थिक रुपमा सम्पन्न भई घर परिवारका ईच्छा आकांक्षा तथा दैनिक उपभोग्य बस्तुहरुको परिपुर्ति गर्न सकिनेछ । मानव निर्मित भौतिक बस्तुहरुको प्रयोग गर्न पाईने हुदा मन प्रसन्न रहनेछ । पारिवारिक माहोलमा सहभागि भई मिष्टान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । प्रतिष्पर्धिहरुलाई किनारा लगाउदै अध्ययनमा चाहेजस्तो सफलता हात पार्न सकिनेछ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)

कामहरु समयमा सम्पन्न नहुने तथा गल्ति गर्नाले दण्ड तथा जरिवाना तिर्नु पर्ने हुन सक्छ ध्यान दिनुहोला । पढाई लेखाईमा समय दिन नसक्दा अरुभन्दा पछि परिनेछ । स्वास्थ्यमा समस्या आउने तथा भौतिक साधन स्रोतको प्रयोग गर्दा ख्याल गर्नुहोला औषधि उपचार खर्च बढेर जानेछ । लामो दुरिको बिदेश यात्राको गतिलो योग रहेकोछ भने बिदेशमा बसेर पेशा व्यावसाय गर्नेहरुका लागि समय उत्तम रहेकोछ ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)

आर्थिक सवालमा उठ्ने प्रश्नहरुको हल हुनेछ । आम्दानिका नयाँ नयाँ बाटाहरु फेला पर्नेछन् भने सानो तिनो प्रयत्नले ठुलै काम सम्पादन हुनेछ । प्राकृतिक स्रोत तथा साधनको प्रयोगबाट भनेजस्तो आम्दानि गर्न सकिनेछ । कृषि,पशुपालन,तरल पदार्थ तथा खनिज पदार्थजन्य उद्योगमा लगानि गर्दा भनेजस्तो नाँफा कमाउँन सकिनेछ । बिद्या तथा प्रतिश्पर्धामा अरुलाई उछिनेर अगाडि बढ्ने समय रहेको छ ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)

व्यापारमा रुपैया पैसा लगानि गरि मनग्गे आम्दानि गर्न सकिनेछ । आज थालिएका जुनसुकै कामहरुबाट भनेजस्तो कमाई हुँने हुँदा आर्थिक क्षेत्र मजभुत हुनेछ । नयाँ काम पाउँने तथा नोकरिमा सुगम स्थानमा स्थानान्तरणको प्रशस्त सम्भावना रहेकोछ । राजनिति तथा समाजसेवामा जनताको समर्थन पाईने हुँनाले पद प्राप्तिको गतिलो योग रहेकोछ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)

साहित्य तथा रचनात्मक क्षेत्रमा समय लगानि गरि नाम कमाउन सकिनेछ । माता पिताको आशिर्वादले समाजमा राम्रा काम गर्न सकिनेछ । प्रेममा सामिप्यता बढ्नेछ भने जीवन साथिको भरपुर सहयोग पाईने योग रहेकोछ । पढाई लेखाईमा मन जानेछ भने नया प्रकृतिको खोज तथा अनुशन्धानबाट भनेजस्तो सफलता हात लाग्नेछ । अध्यात्म क्षेत्र सँग सम्बन्धित कामहरु फस्टाएर जानेछ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)

आर्थिक अवस्था कमजोर रहने हुनाले व्यापारमा लगानि गर्न सकिने अवस्था रहने छैन । माया प्रेममा एक अर्कालाई बुझ्न नसक्दा मनमुटाब बढ्नेछ । सवारि साधन तथा भौतिक बस्तुको प्रयोग गर्दा ध्यान दिनुहोला । खानपान तथा मौषको ध्यान नदिदा स्वास्थ्य सम्बन्धि समस्या आउने योग रहेकोछ । तरपनि रिसर्च पर्सनको लागि भने समय उत्तम रहेकोछ ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)

माया प्रेममा एक अर्कालाई अबिश्वास बढ्ने तथा जीवन साथि सँग साना साना कुरामा राय बाजिनेछ । आए आर्जनका बाटाहरु साघुरा हुनेछन् भने व्यापार व्यावसायमा मन्दि आउनेछ । व्यावसायिक यात्रा हुने भएपनि यात्राका क्रममा बिभिन्न बाधा तथा अवरोधहरुको सामना गर्नुपर्नेछ । बिलाशि तथा भौतिक सम्पति प्रयोग गर्दा ख्याल गर्नहोला नराम्रा घट्नाहरु घट्न सक्छ । खानपानमा ध्यान नदिए स्वास्थ्य सम्बन्धि समस्या आउन सक्छ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)

शाहशि काम गरेर अरुको मन जित्न सकिनेछ भने प्रतिष्पर्धिहरु पनि सहयोगि बन्नेछन् । अदातल तथा न्यायलयबाट हुँने निर्णयहरु तपाईकै पक्षमा आउँने हुँदा मन प्रशन्न हुनेछ । पढाई लेखाईमा अरुलाई पछाडि छोड्दै तपाईको नाम अग्र स्थानमा आउँनेछ । बाधा बिरोध गर्नेहरु आफै किनारा लाग्नेछन् भने नयाँ व्यावसाय थालनि गरि मनग्गे आम्दानि गर्न सकिनेछ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)

तपाईको बौद्धिकतालाई सबैले सम्मान गर्नेछन् भने नया प्रबिधिको प्रयोग मार्फत खोजिमुलक काम गर्न सकिनेछ । शिक्षा क्षेत्र जस्तै स्कुल कलेज तथा यस्तै सस्थासँग सम्बन्धित कामहरुबाट मनग्गे आम्दानि गर्न सकिनेछ । व्यापार व्यावसाय फस्टाएर जाने हुनाले आर्थिक रुपमा सम्पन्न हुने सकिनेछ । चिठ्ठा तथा उपहार प्राप्तीको गतिलो सम्भावना रहेकोछ भने माया प्रेममा निजिक भई भावना साटासाट गर्न सकिनेछ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)

आमा तथा आफन्त सँग टाडिएर लामो दुरिको यात्रा गर्नु पर्दा मन खिन्न हुनेछ । समयमा कामहरु सम्पन्न नहुदा मान तथा सम्मानमा ठेस लाग्न सक्छ ध्यान दिनुहोला । माया प्रेम तथा प्रणय सम्बन्धमा चिसोपनाको बिकाश हुनेछ ध्यान दिनुहोला । खानपान तथा मौषमको ख्याल गर्र्नुहोला छाति सम्बन्धि समस्या नआउँला भन्न सकिन्न ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)

रोकिएका कामहरु बन्ने तथा नया काम सुरु गरि मनग्गे धन आर्जन गर्न सकिनेछ । प्रेममा नजिक हुने तथा जीवन साथिको सहयोगले उत्तम काम गर्न सकिनेछ । समस्या समाधानका लागि चालिएका कदमबाट परिणाममुखि नतिजा आउने हुनाले मन प्रशन्न रहनेछ । व्यापार व्यावसाय फस्टाएर जानेछ भने मनग्गे आम्दानि हुनेछ । छोटो दुरिको उपलब्धिमुलक व्यावसायिक यात्रा हुनेछ ।

‘अमृत सूर्यमुखी’ तेल बिक्रीवितरणमा रोक

काठमाडौँ । सूर्यमुखी तेलमा कुहिएको कीरा र मुसाजस्तो वस्तु भेटिएको छ । त्रिवेणी गु्रपको अन्नपूर्ण भेजिटेबल प्रालि, लिपनीमाल ७ बारामा बनेको तेलको प्याकेटमा यस्तो वस्तु भेटिएको हो ।
तेलको प्याकेटमा कुहिएका कीरा र मुसाजस्तो वस्तु भेटिएपछि मेलम्ची नगरपलिकाले बिक्रीवितरणमा रोक लगाएको छ । आइतबार एक स्थानीयवासी तेलको प्याकेटसहित उपस्थित भएपछि नगरपालिकाले थप छानबिन गर्नका लागि बिक्रीमा रोक लगाएको उपप्रमुख भगवती नेपालले जानकारी दिए ।

काठमाडौका प्रजिअ परिवर्तन हुने समाचार कालाबजारीलाई सघाउने हल्ला मात्रै

काठमाडौँ । बजारमा भटाभट कालाबजारी गर्नेहरु पक्राउ परिरहेको बेलामा काठमाडौँ जिल्लाको प्रमुख जिल्ला अधिकारी(प्रजिअ) मा काली प्रसाद पराजुलीलाई पठाइँदै भनेर बजारमा सुशासनको अभियान चलिरहेको बेला माहोल मोडने प्रयास भैरहेको छ ।

काठमाडौँका प्रजिअ जनकराज दाहालले शान्तिसुरक्षाको प्रत्याभूत गराउन र बजारमा सुशासन दिन काठमाडौ प्रवेशसँगै अभियान सुरु गरे पनि सात महिना त कोरोनाको त्रास मै समय बित्यो, यद्यपी पछिल्लो समय भने कामको लय मिलेर गएको अनुभुति सबैले गरिरहेका छन् । गृह सचिब महेश्वर न्यौपाने पहिला अख्तियारमा बसेको नाताले सचिब न्यौपानेसँगको सम्बन्धको आधार बनाएर अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सहसचिव कालीप्रसाद पराजुलीलाई प्रजिअ बनाउनकै लागि गृह मन्त्रालयमा सरुवा भई सकेको हल्ला गराएका कारण बजारमा कालाबजारीलाई नियन्त्रणमा चुनौती थपिएको बजार नियाल्ने उपभोक्ता अधिकार कर्मिहरुको धारणा छ।

एकातिर कोरोनाको त्रास अर्को तिर कालाबजारी बढेको भन्दै बजार अनुगमनसँगै भटाभट अपराधि पकाउ भैरहेको बेला यो हल्ला कस्ले चलायो भनेर प्रधानमन्त्री सचिवालयले समेत खोजी शुरु गरिसकेको छ। कालाबजारीहरुलार्इ बल पुग्नेगरी यो चाडपर्व नजिकिरहेको बेला प्रजिअको सरुवाको हल्ला ‘कामकुरो एकातिर कुम्लो बोकि ठिमी तिर’ को रूपमा लिइएको बुझिन्छ ।
त्यसो त जुन नाम केहि प्रयोजित संचार माध्यममा आएको छ ती सहसचिव दोलखा, उदायपुर बस्दा काम गर्न नसकेर रातारात सरुवामा परेको उदयपुरका एक संचारकर्मिले सम्पत्ति न्युजलाइ बताए। कर्मचारीहरूको सरुवा नियमित प्रक्रिया हो तर समय परिवेश र उसले गरेका कामले कस्तो प्रभाव पारिरहेको छ यस्ता मसिना बिषयलाई गम्भीरतापूर्वक ध्यान नपुर्याउदा कर्मचारीतन्त्र सधै आलोचित बन्दै आइरहेको छ।

हात्तीको आक्रमणबाट माहुतेको मृत्यु

काठमाडौँ । हात्तीको आक्रमणबाट एक माउतेको ज्यान गएको छ । नवलपरासी ९बर्दघाट–सुस्तापूर्व०को कावासोती नगरपालिका–१२ मा रहेको आइल्यान्ड जङ्गल रिसोर्टमा हात्तीले आक्रमण गर्दा वडा नं १० का ५६ वर्षीय माउते लोकबहादुर खजुवारको मृत्यु भएको हो ।

रिसोर्टमा पालिएको निजी हात्तीलाई पानी खुवाउन लैजाने क्रममा आज लोकबहादुरलाई हात्तीले आक्रमण गरेको थियो । हात्तीको आक्रमणबाट घाइते भएका उहाँको चितवनको भरतपुरमा रहेको चितवन मेडिकल कलेज शिक्षण अस्पतालमा उपचारका क्रममा आज दिउँसो मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । मृतकको शव परीक्षणका लागि भरतपुर अस्पताल लैजाने तयारी भइरहेको प्रहरी प्रवक्ता मोहनबहादुर खाँणले जानकारी दिए ।

नेप्सेमा समान्य गिरावट

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो अङ्कले आरोलो लागेको छ । आइतबार दोहोरो अङ्कले बढेको नेप्से थामिएको हो ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से ३.६३ विन्दुले घटेर एक हजार ५८२.१२ मा झरेको छ । यस्तै सेन्सेटिभ परिसूचक भने ०.११ ले वृद्धि भई ३१२.४६ मा रहेको छ । कूल १९३ कम्पनीको ९५ लाख १८ हजार ७६५ कित्ता शेयर रु दुई अर्ब ५७ करोड ८६ लाख सात हजार ८८ बराबरको कारोबार भयो । यस्तै बजार पूँजीकरण भने बढेर रु २१ खर्ब आठ अर्बको हाराहारीमा पुगेको छ । कारोबार भएका कूल १२ उपसमूहमध्ये पाँच उपसमूहको शेयर उकालो लागेको छ भने सात उपसमूहको शेयर ओरालो लागेको छ । होटल ४.१५, विकास बैंक २४.४९, जलविद्युत् २७.३९, अन्य १.२६ र सामूहिक लगानी कोष ०.०९ बिन्दुले बढेको छ । बैंकिङ ३.८६, व्यापार ७.१५, वित्त ४.३१, निर्जीबन बीमा ११५.१८, उत्पादन ५३.३३, लघुवित्त १०.८१ र जीवन बीमा ८१.३४ ले घटेको छ ।

कारोबारमा आज नेपाल पुनरबीमा कम्पनी शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको प्रतिकित्ता ८८७ को दरमा रु १४ करोड ९१ लाख बराबरको कारोबार भयो । यस्तै, अरुण काबेली पावर रु ११ करोड ७३ लाख ६३ हजार ५०७, अरुण भ्याली हाइड्रोपावर रु १० करोड ७० लाख ३० हजार, कुमारी बैंक रु नौ करोड ८९ लाख एक हजार ९९०, नेपाल बैंक लिमिटेड रु नौ करोड ८३ लाख १८ हजार ६२४, हिमालयन डिस्टिलरी रु नौ करोड पाँच लाख ३६ हजार ५०७ र अपि पावर कम्पनी रु आठ करोड तीन लाख सात हजार ९९७ बराबरको कारोबार भई शीर्ष स्थानमा रहे ।
यस्तै कारोबारका आधारमा रैराङ हाइड्रोपावर र कामना सेवा विकास बैंकका लगानीकर्ताले समान रुपमा १०÷१० प्रतिशतले कमाए । नेपाल फाइनान्स कम्पनी ९.२४, रिडी हाइड्रोपावर ७.६९, हिमाल दोलखा हाइड्रोपावर ७.६३, लुम्बिनी विकास बैंक ६.७० र युनियन हाइड्रोपावरका लगानीकर्ताले ६.३६ प्रतिशतले कमााए । त्यस्तै, प्रोगेसिभ फाइनान्स ७.१९, उन्नती सहयात्रा लघुवित्त ४, तारागाँउ रिजेन्सी होटल ३.८० र शिवम सिमेन्टका लगानीकर्ताले ३.४९ प्रतिशतले गुमाए ।

दशैँमा घर जाँदा १४ दिन क्वारेन्टिन

तनहुँ । दशैँमा घर आउने व्यक्ति १४ दिनसम्म अनिवार्य क्वारेन्टिनमा बस्नपर्ने भएको छ । जिल्ला सङ्कट व्यवस्थापन केन्द्रको आज बसेको बैठकले कोभिड–१९को जोखिमलाई ध्यानमा राखेर यस्तो निर्णय गरेको हो ।

चाडपर्वमा देश तथा विदेशबाट धेरै सर्वसाधारण जिल्ला फर्किने हुँदा कोभिड–१९ को जोखिम बढ्ने भएकाले त्यस्ता व्यक्तिको वडास्तरसम्मै तथ्याङ्क राख्ने र अनिवार्य क्वारेन्टिनमा बस्ने व्यवस्था मिलाउने निर्णय भएको छ । त्यसका लागि स्थानीयस्तरमा गठन भएका अनुगमन समितिलाई थप सक्रिय र प्रभावकारी बनाउने निर्णय भएको प्रमुख जिल्ला अधिकारी सागर आचार्यले जानकारी दिए ।

बैठकले प्रत्येक स्थानीय तहमा एम्बुलेन्सको आवश्यकता महसुस गर्दै त्यसको व्यवस्थापन गर्न स्थानीय तहलाई अनुरोध गरेको छ । ब्यास नगरपालिका–५ कालीभञ्जन गण (ई) मा राखिएको जनज्योति ग्राम सेवाको एम्बुलेन्स सम्बन्धित संस्थालाई फिर्ता गर्ने निर्णय भएको प्रजिअ आचार्यले जानकारी दिए ।

उनका अनुसार आइसोलेसनमा रहेका सङ्क्रमितहरुको नेपाल सरकारको नीति वा अन्य कुनै कारणले भाइरस नेगेटिभ नआउँदै बहिर्गमन गर्दा घरपरिवारका सदस्यको रोहवरमा स्थानीय जनप्रतिनिधिको जिम्मा लगाएर मात्र बहिर्गमन गराउने निर्णय भएको छ ।

वैदेशिक रोजगार ठगीका बर्षौ देखी फरार अभियुक्त पक्राउ

काठमाडौ । अपराध अनुसन्धान महाशाखाले आफनो सकृयता ह्वात्तै बढाएको छ। कहिले ठगीमा समलग्न हरुको पाताकसिएको छ भने कहिले म्याद सकिएका खाद्यवस्तुमा नयाँ मिति जारी गर्ने सहित मिसावट गर्नेहरुलाई आफनो निसाना बनाएको अपराध अनुसन्धानले आज वैदेशिक रोजगारीका नाममा ठगीगरि बर्षौ बेपत्ता भएका ठगलाइ नियन्त्रण गर्न सफल भएको छ। प्राप्त जानकारी अनुसार वैदेशिक रोजगारी दिने नाममा ठगिएको भन्दै सृजना दोङ समेतको जाहेरले वादी नेपाल सरकार प्रतिवादी तुल बहादुर तामाङ समेतले रु. ४६ लाख ५० हजार ठगी गरेको वैदेशिक रोजगार कसूर मुद्दामा निज प्रतिवादीहरु तुल बहादुर तामाङ समेतलाई वैदेशिक रोजगार न्यायाधिकरणको मिति २०७४।०५।११ को फैसला आदेशले जनही १ वर्ष ६ महिना कैद र रु.१ लाख ५० हजार जरिवाना ठहर भएको थियो । जरिवाना ठहर मुद्दाका फरार प्रतिवादी जिल्ला सिन्धुपाल्चोक साविक माङ्खा गा.वि.स. वडा नं.०७ परिवर्तित ऐ. बलेफि गा.पा. वडा नं.०६ घर भई हाल जिल्ला काठमाण्डौ बौद्ध आरुबारी बस्ने वर्ष २८ को भिम बहादुर तामाङलाईआज पक्राउ परेका हुन। अपराध महाशाखाबाट खटिएका प्रहरीले मिति २०७७।०६।१८ गते दिउँसो २ बजे बजेको समयमा का.जि.का.म.न.पा. वडा नं. –६ बौद्ध स्तुपामा फेला पारी निजलाई पक्राउ गरी फैसला कार्यान्वयनको लागी मिति २०७७।०६।१९ गते सम्मानित काठमाण्डौ जिल्ला अदालत, ववरमहल पेश गरेको समाचार जानकारी आएको छ। समाचार श्रोतका अनुसार सो मुद्दाका अर्का प्रतिवादी तुल बहादुर तामाङलाई समेत यसै कार्यालयबाट मिति २०७७।०६।१६ गते का.जि.का.म.न.पा. वडा नं.–२८ डिल्लीबजारबाट पक्राउ गरी काठमाण्डौं जिल्ला अदालत, ववरमहल पठाईसकेको छ।अपराध महाशाखामा वरिष्ठ प्रहरी उपरीक्षक दिपक थापा आइसकेपछि उपत्यकाबाट अपराधीहरु कानुनी कठघरामा भटाभट पर्न थालेका सङै अपराध कार्यमा संलग्नहरुको निद हराम भएको बताइन थालेको छ।

जागिर खान नियुक्त भएको होइनः उपकुलपति प्रा डा अर्याल

पोखरा विश्वविद्यालयका नवनियुक्त उपकुलपति प्रा डा प्रेमनारायण अर्यालले विश्वविद्यालयको शैक्षिक तथा प्राज्ञिक उन्ननयनका लागि आफूले पहिलो प्राथमिकता दिने बताउनुभएको छ । आइतबार उपकुलपति पदको पदभार ग्रहण गर्दै उहाँले नीति र नियमभन्दा बाहिर गएर आफूले कुनै कार्य नगर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । विश्वविद्यालयको समस्या र अन्योल समाधानका बारेमा प्रधानमन्त्रीसँग छलफल भएको र उहाँले नीति नियममा रही निर्धक्क भएर अगाडि बढ्न सुझाउनु भएको उहाँले बताउनुभयो । “म जागिर खान आएको होइन,” उहाँले भन्नुभयो, “मलाई अब कसरी यो विश्वविद्यालय बनाउने र व्यवस्थापन गर्ने भन्ने मुख्य चिन्ता छ ।”

उहाँले पोखरा विश्वविद्यालय छोटो समयमा राम्रो प्रतिष्ठा कायम गरेको र धेरै कार्यक्रम ल्याएर एउटा ख्याति कमाएको जनाउनुभयो । विश्वविद्यालय सेवा आयोगका अध्यक्ष रघुनाथ अधिकारी, व्यवस्थापन सङ्कायका डीन प्रा हरिबहादुर खड्का, स्कूल अफ डेभलेपमेन्ट सोसल इञ्जिनीरिङ्गका स्कूल निर्देशक डा रामप्रसाद अर्यालय, विश्वविद्यालय कार्यकारी परिषद्का सदस्य सहप्राध्यापक हरिप्रसाद त्रिपाठी, प्राध्यापक सङ्घका अध्यक्ष हेमराज पाण्डे तथा विश्वविद्यालय कर्मचारी सङ्घका अध्यक्ष शिवराज पण्डित र सहप्रशासक तारा सापकोटाले विश्वविद्यालयका समस्या र सुधारका बारेमा सुझाव प्रस्तुत गर्नुभएको थियो । –––

डिपिएल पूर्व निर्धारित मितिमा नहुने

काठमाडौँ । कोभिड—१९सङ्क्रमणको जोखिमका कारण धनगढीमा आयोजना हुँदै आएको धनगढी प्रिमियर लिग९डिपिएल० क्रिकेट प्रतियोगिता यस वर्ष पूर्व निर्धारित मितिमा आयोजना नहुने भएको छ । एकेडेमीले आगामी कात्तिक ८ देखि २४ गतेसम्म प्रतियोगिताको मिति तय गरेको थियो ।

आयोजक धनगढी क्रिकेट एकेडेमीले कोरोनाको जोखिमका कारण पूर्व निर्धारित मितिमा प्रतियोगिता आयोजना गर्न असम्भब भएको आज प्रेस विज्ञप्ति मार्फत् जानकारी गराएको छ । प्रतियोगिता आयोजना हुने नयाँ मिति यथाशीघ्र घोषणा गरिने प्रेस विज्ञप्तिमा जनाइएको छ ।

प्रतियोगिता शुरु भएसँगै देशमा पहिलो पटक विभिन्न शहरको टिम सहितको फ्रेन्चाइज क्रिकेटको अवधारणा शुरुआत भएको थियो । विभिन्न शहरको नाममा फ्रेन्चाइजी टोली बनाई ती टोलीले खेलाडीहरुको अक्शन९बोलकवोल० गर्दै आ आफ्नो टिममा खेलाडी भित्र्याउने व्यवसायिक काम समेत शुरुआत समेत भएको थियो । विगतका वर्षमा तीन संस्करण भइसकेको यो प्रतियोगिताको पहिलो संस्करणदेखि धनगढी, महेन्द्रनगर, अत्तरिया, रुपन्देही, विराटनगर र काठमाडौँ गरी छ टोलीले सहभागिता जनाउँदै आएका छन् ।

जिपी अस्पतालको सेवा सञ्चालनमा

तनहुँ । तनहुँको शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारास्थित जिपि कोइराला श्वासप्रश्वास उपचार केन्द्रको सेवा पुनःसुचारु भएको छ । उपचार केन्द्रका प्रयोगशालाका कर्मचारीलाई कोरोना सङ्क्रमण पुष्टि भएपछि यही असोज १५ गतेदेखि सेवा बन्द गरिएको थियो ।

कन्ट्रयाक्ट ट्रेसिङ गरिएका ५० जनाको पिसिआर रिपोर्ट आएसँगै उपचार केन्द्रले आइतबारदेखि सम्पूर्ण सेवा सुचारु गरेको केन्द्रका कार्यकारी निर्देशक डा. रामकुमार श्रेष्ठले जानकारी दिए। उहाँ अनुसार कन्ट्रयाक्ट ट्रेसिङबाट उपचार केन्द्रका थप पाँच जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । केन्द्रका ४२ र अन्य ८ गरी ५० जनाको स्वाब परीक्षणका लागि पठाइएकामा बाँकी सबैको रिपोर्ट नेगेटिभ आएको छ ।

“कोरोना सङ्क्रमण भएकालाई यसै केन्द्रको आइसोलेशनमा राखेर उपचार शुरु गरेका छौ, बाँकीको रिपोर्ट नेगेटिभ आएकाले सम्पूर्ण सेवा सुचारु गरिएको छ,” कार्यकारी निर्देशक श्रेष्ठले भने, “उपचार केन्द्रलाई पूर्ण सुरक्षित बनाएर सेवा शुरु गरेका छौ ।” कन्ट्रयाक्ट ट्रेसिङबाट गरिएको स्वाब परीक्षणमा केन्द्रका चिकित्सिक, अनमि, सुरक्षागार्ड, लेखा र प्रशासन शाखाका कर्मचारीमा कोरोना पुष्टि भएको थियो ।

यसैबीच दमौली अस्पतालका मेडिकल सुपरिटेन्डेट डा सुनिल पौडेललाई कोरोना पुष्टि भएको छ । शनिबार स्वाब पठाएकामा आइतबार प्राप्त रिपोर्ट अनुसार उनलार्ई कोरोना पुष्टि भएको हो ।
घाँटीमा समस्या आएपछि स्वाब पठाएकामा कोरोना पुष्टि भएको उनले बताए । “एकदिन ज्वरो पनि आएको थियो, घाँटीमा पनि समस्या देखिएको थियो,” उहाँले भन्नुभयो, “अहिले पनि घाँटीमा अलिकति समस्या छ ।”उहाँसँगै अस्पतालका कार्यालय सहयोगीमा पनि कोरोना सङ्क्रमण पुष्टि भएको छ । पाँच जनाको स्वाब पठाइएकामा तीन जनाको रिपोर्ट आउन बाँकी रहेको छ । अस्पतालको सेवा भने सञ्चालनमै रहने भएको छ । अन्यको स्वाब पठाएर रिपोर्ट कस्तो आउँछ त्यसपछि थप निर्णय गरिने अस्पतालले जनाएको छ ।

तीन महिनामा समातिए १ सय ६३ फरार प्रतिवादी

काठमाडौँ । तनहुँको देवघाट गाउँपालिका–२ का ६१ वर्षीय खड्कबहादुर दमैलाई जिल्ला अदालत तनहुँले विसं २०४९ मङ्सिर ८ गते दुई वर्ष ८ महिना २२ दिन कैदको फैसला सुनायो । जिउ मास्ने उद्योगमा कैद सजाय तोकिएका उनी त्यसयता फरार सूचीमा थिए । प्रहरीले उनीलाई २८ वर्षपछि आइतबार पक्राउ गरेको छ ।देवघाट–४ का सनबहादुर थापालाई सोही अदालतले विसं २०६३ कात्तिक १२ गते एक महिना कैदको फैसला सुनायो । सवारी ज्यान मुद्दामा कैद तोकिएका थापालाई प्रहरीले १४ वर्षपछि आइतबार पक्राउ गरेको छ ।

यी दुई घटना त उदाहरण मात्रै हुन् । अदालतबाट सजाय तोकिएका विभिन्न मुद्दाका फरार प्रतिवादीलाई पक्राउ गर्न जिल्ला प्रहरी कार्यालयले विशेष अभियान नै चलाएको छ । प्रहरीको अभियान अन्तर्गत असार पहिलो सातादेखि यही असोज १८ गतेसम्म १ सय ६३ फरार प्रतिवादी पक्राउ परेका छन् ।फरार प्रतिवादी पक्राउ गर्ने अभियान अन्तर्गत आइतबार मात्रै प्रहरीले २४ जनालाई पक्राउ गरेको जिप्रकाका प्रहरी नायब उपरिक्षक युवराज तिमिल्सिनाले जानकारी दिए । उहाँका अनुसार कर्तव्य ज्यान मुद्दामा फरार एक, मानव बेचबिखन तथा ओसारपसार मुद्दामा फरार सात, सम्बन्ध बिच्छेद मुद्दामा फरार दुई, केही सार्वजनिक अपराध मुद्दामा फरार पाँच, दर्ता बदर सार्वजनिक गरी पाउँ मुद्दामा फरार दुई, जालसाजी मुद्दामा फरार दुई, जारी मुद्दामा फरार एक र सवारी ज्यान मुद्दामा फरार एक जनालाई पक्राउ गरिएको छ ।

पक्राउ परेका प्रतिवादीले रु २५ देखि रु २२ हजारसम्म जरीवाना तथा ७ दिनदेखि दुई वर्ष ९ महिना सम्म कैद सजाय भुक्तान गर्न बाँकी रहेको प्रनाउ तिमिल्सिनाले जानकारी दिए । पक्राउ परेकालाई जिल्ला अदालत पेश गरिएको छ । प्रहरीका अनुसार असार महिनामा ६, साउनमा ४२, भदौमा ५२ र असोजमा ६० जना पक्राउ परेका छन् । पक्राउ परेका प्रतिवादीबाट रु २४ लाख भन्दा बढी जरीवाना असुल गरिएको छ । प्रहरीले फरार प्रतिवादी पक्राउ गर्नका लागि विशेष टोली नै बनाएको छ । जिप्रकाका प्रमुख प्रहरी उपरिक्षक अरुण पौडेलले गल्ती गरेपछि कारवाही भोग्नैपर्छ भन्ने सन्देश दिन प्रहरी सफल भएको बताए ।

अझैपनि यसरी लुकाउँछन् स्थानीय पञ्चले बलात्कारी, ८ लाखको कपाली तमासुक बनाएर घटना गुमचुप

भीमा पन्थी, सिरहा । लकडाउन यता बलात्कारका घटनाहरु दिन प्रतिदिन बढ्दै गएका छन् । पछिल्लो समय जनता अलिक शिक्षित भएर घटनाहरु धेरै बाहिर आउने गरेका छन् । तर पनि कुनै कुनै समाजमा अझैपनि विभिन्न पक्षहरु मिलेर बलात्कार जस्ता घटनाहरु लुकाईने गर्छ । यसको जलन्त उदाहरण सिराहमा भेटीएको छ ।
सिरहाको बिष्णुपुर गाउँपालिका वडा नं. १ मा गएको १२ असोजमा एक बालीकाको बलात्कार भयो । तत्पश्चाल त्यहाँका पञ्चहरुले बलात्कारीलाई ५ लाख रुपैयाँ जरिबाना तोकेर मिलाए । घटनालाई प्रहरीसम्म नपुर्याउने उनीहरुका जोड बल रहेको थियो ।

स्थानीय सिँघेश्वर साहका २० वर्षीय छोरा मुकेशकुमार साहले सोही ठाउँकी एक किशोरीलाई घरमा पसेर बलात्कार गरेका थिए । बलात्कारको घटना घटेपछि स्थानिय ‘पञ्च’हरुले घटनालाई गाउँमै मिलाउने भन्दै बलात्कारीसंग पाँच लाख असुल्ने योजना बनाका हुन् । सोही योजनाका योजनाकार बिष्णुपुर गाउँपालिका–१ बिष्णुपुर बस्ने ५२ वर्षीय सिंहेश्वर साह सोही ठाउँ बस्ने २२ वर्षीय अरविन्दकुमार साह, ४५ वर्षीय शत्रुधन साह, ४७ वर्षीय राजकुमार साह, ४२ वर्षीय राम उदगार यादव, ६१ वर्षीय जगविर यादव, ४८ वर्षीय राजकुमार यादव र ३५ वर्षीय रौदी भन्ने श्याम सुन्दर यादव रहेका छन् । उनीहरुले यसरी घटनालाई बाहिर नल्याउने योजना बनाएका थिए ।

तर कुन चै आफ्नो दाजुभाइले आफ्ना चेलीको इज्जत पैसामा साट्न सक्छर ? बलत्कृत युवतीका भाइले बलात्कारी मुकेसलाई कुटेर शक्त घाइते बनाए । दाजुले मुकेलाई कुटेपछि घटना एकाएका बाहिरीयो । अहिले प्रहरीले उक्त घटनामा संलग्नलाई पक्राउ गरेको छ । घटनामा संलग्नलाई २ नम्बर प्रदेश प्रहरी कार्यालय जनकपुरधाम र जिल्ला प्रहरी कार्यालय सिरहाको संयुक्त प्रहरी टोलीले पक्राउ गरेको हो । प्रहरीले दिएको जानकारी अनुसार बलात्कारमा संलग्नलाई जोगाउन स्थानिय पञ्चहरुले बलात्कारी र पीडित परिवारविच पाँच लाखको कपाली तमासुक गराएका छन् ।

सोमवार शिवको दर्शन गर्नुहोस्(असोज १९ गतेको राशिफल)

वि.सं.२०७७ साल असोज १९ गते । सोमबार । ईश्वी सन् २०२० अक्टोबर ०५ तारिख । नेपाल संवत् ११४० । प्रमादी संवत्सर । दक्षिणायन । शरद ऋतु । श्रीशाके १९४२ । अधिक आश्विन कृष्णपक्ष । तिथि–तृतीया,०३ घडी ५५ पला,बिहान ७ बजेर ३३ मिनेट उप्रान्त चतुर्थी । नक्षत्र–भरुणी,१९ घडी २६ पला,दिउसो ०१ बजेर ४५ मिनेट उप्रान्त कृतिका । योग–बज्र,४४ घडी ४८ पला,बेलुकी ११ बजेर ५४ मिनेट उप्रान्त सिद्धि । करण–भद्रा,बिहान ०७ बजेर ३३ मिनेट उप्रान्त बव,बेलुकी ०८ बजेर ३० मिनेट उप्रान्त बालव । आनन्दादिमा–चर योग । चन्द्रराशि–मेष,बेलुकी ०८बजेर २२ मिनेट उप्रान्त बृष । काठमाडौंमा सूर्योदय बिहान ०५ बजेर ५९ मिनेट,सूर्यास्त बेलुकी ०५ बजेर ४३ मिनेट । दिनमान २९ घडी २१ पला । विश्व शिक्षक दिवस ।

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ)

राम्रा पहिरनले अरुको मन आफुतिर लोभ्याउन सकिनेछ । नया प्रबिधिको प्रयोग मार्फत आफुलाई अब्बल साबित गर्न सकिनेछ । नयाँ कामको प्रस्ताब आउनेछ भने नया प्रकृतिको काम थालनि गरि मनग्गे आम्दानि गर्न सकिनेछ । परिवारका साथ मिष्टान्न भोजनका साथ समय व्यातित गर्न सकिनेछ । धर्म तथा यस्तै कार्यक्रममा सहभागि हुने अवसर जुर्नेछ ।

बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)

लामो दुरिको बिदेश यात्रा हुनेछ भने बिदेशमा बसेर अध्ययन तथा काम गर्नेहरुका लागी समय उत्तम रहेकोछ । स्वदेशमा उत्पादीत सामानको व्यापारमा केहि मन्दि आउने भएपनि बिदेशमा उत्पादित सामानको व्यावसाय फस्टाएर जानेछ । अध्ययन तथा अध्यापनमा ध्यान जाने हुनाले अग्र स्थानमा तपाईँको नाम आउनेछ । तरपनि प्रेम सम्बन्धमा एक अर्काको भावना नबुझ्दा चिसोपनाको सुरुवात हुन सक्छ ध्यान दिनुहोला ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)

व्यापार व्यावसायबाट मनग्गे आम्दानि हुनेछ भने सानो प्रयत्नले ठुलो काम बन्ने तथा थोरै लगानि गर्दापनि प्रशस्त आम्दानि हुने समय रहेकोछ । सहयोगहिरु जुट्नाले रोकिएको काम सहजै सम्पादन हुनेछन् । दाजुभाई तथा अग्रजहरुको हरेक क्षेत्रमा साथ रहने हुनाले मन प्रशन्न रहनेछ । बिषेश समारोहमा सहभागि भई स्वादिष्ट भोजनका साथ रमाउन सकिनेछ ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)

नयाँ काम पाउँने तथा नोकरिमा बढोत्तरीको गतिलो सम्भावना रहेकोछ । स्रोत साधन जुट्नाले व्यापार व्यावसायमा सोचेभन्दा बढिनै आम्दानि हुनेछ । माया प्रेमको गाठो कसिलो हुनुको साथै जीवन साथिको सहयोगले राम्रा काम गर्न सकिनेछ । अध्ययन तथा अध्यापनमा प्रतिष्पर्धिहरुलाई किनारा लगाउदै नतिजा आफैतिर ल्याउन सकिनेछ ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)

पुराना तथा थाति रहेका कामहरु सम्पादन हुँने हुँनाले दैनिकी सहज रुपमा अगाडि बढ्नेछ । सानो प्रयत्नले ठुलो कामहरु बन्नेछन् भने सरकारि तथा प्रशासनिक कामहरु समयमा बन्नेछन् । धर्म सस्कृति तथा धार्मिक कार्यमा मन जाने हुनाले धार्मिक प्रतिष्ठानतिरको यात्रा गर्न सकिनेछ । पढाई लेखाईमा भनजस्तो सफलता हात लाग्नेछ भने नतिजा आफैतिर ल्याउँन सकिनेछ । माया प्रेमको डोरो कसिलो भएर जानेछ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)

नोकरिमा हुने प्रतिष्पर्धामा प्रतिष्पर्धिहरुलाई धेरै पछाडि छोड्न सकिनेछ । नया प्रकृतिको व्यावसाय सुरु गरि मनग्गे धन आर्जन गर्न सकिनेछ । आफन्त तथा घरपरिवारको सहयोग पाईने हुदा दैनिकी सहज रुपमा अगाडि बढ्नेछ । माया प्रेममा रमाउन चाहनेहरुका लागि समयले साथ दिनेछ भने पति पत्निबिच मायाको डोरो कसिनेछ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)

भौतिक सम्पति तथा बिलाशी बस्तु प्राप्तीको गतिलो योग रहेकोछ भने व्यापार व्यावसाय फस्टाएर जाने हुनाले आम्दानिका स्रोतहरु फराकिला हुनेछन् । लामो तथा छोटो दुुरिको रमाईलो यात्रा हुनेछ । बनभोज तथा शुभ मांगलिक कार्यक्रममा सहभाथि भई स्वादिष्ट भोजनका साथ दिन रमाईलो गरि बिताउन सकिनेछ । समयमा कामहरु बन्ने हुनाले मान सम्मानमा बृद्धि भएर जानेछ ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)

व्यापारमा व्यावसायमा प्रतिष्पर्धा आम्दानि बढाउँन सकिनेछ । नोकरिमा सहकर्मीहरुलाई किनारा लगाउँदै अग्र स्थानमा तपाईको नाम आउँनेछ भने पदोन्नतिको गतिलो सम्भावना रहेकोछ । सत्रुलाई परास्त गर्न सकिनेछ भने व्यालय तथा अदालतबाट हुँने निर्णयहरु तपाईकै पक्षमा आउँनेछ । पढन पाढनमा प्रगति गरि आफन्त तथा गुरुवर्गहरुलाई खुसि राख्न सकिनेछ । प्रेम सम्बन्ध सुदृड हुनेछ भने घर परिवारमा आत्मियता बढ्नेछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)

अध्ययन तथा अध्यापनमा सफतला मिल्नेछ भने बिचार गरेर बुन्ने योजनाहरु सफल रुपमा सम्पन्न हुनेछन् । व्यापार व्यावसाय फस्टाएर बिशेषगरि स्कुल कलेज तथा शेयर बजार तिर गरिने लगानिमा सुधार भएर जानेछ । माया प्रेममा सामिप्यता बढेर जानेछ भने आफन्त तथा आत्मीय मित्रहरुबाट सहयोग पाईने हुदा मन प्रशन्न रहनेछ । भौतिक सम्पति तथा मन परेको सामान प्राप्त हुने हुदा खुसिले उचाई नाघ्नेछ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)

राजनीति तथा समावसेवामा जनताको आलोचना सहितको समर्थन प्राप्त हुनेछ । व्यापार व्यावसायमा मन्दि आउनेछ भने घर जग्गा तथा सवारि साधनको व्यावसायबाट सन्तोषजनक आम्दानि गर्न सकिनेछ । माया प्रेममा एक अर्काको भावना नबुझ्दा टाडिनु पर्ने बाध्यता आउनेछ । बिद्यार्थीहरुले पढाई लेखाईमा ध्यान जाने हुनाले राम्रो प्रगति गर्न सकिनेछ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)

दाजुभाई तथा छिमेकिबाट तपाईले शुरु गर्नु भएको काममा उच्च मुल्याङकन हुनेछ । व्यापार व्यावसायमा लगानि बढाउदा भनेजस्तो आम्दानि हुनेछ भने आर्थिक स्थिति मजभुत हुने हुदा आवस्यक्ताहरु परिपुर्ति गर्न सकिनेछ । अदालत तथा न्यायिक निकायबाट हुने न्याय सम्पादन तपाईकै पक्षमा हुनेछ । माया प्रेममा रमाउने चाहने जोडिहरुका लागि समयले साथ दिनेछ ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)

नयाँ नयाँ कामको प्रस्ताब आउँनेछ भने आर्थिक ब्याबस्थापनका मुद्दाहरु सजिलै हल गर्न सकिनेछ । खोज तथा अनुशन्धानको क्षेत्रमा थोरै समय लगानि गर्दा नि उत्कृष्ट नतिजा आउँदा खुसिले उँचाई नाघ्नेछ । समाजसेवी तथा राजनीति गर्नेहरुले आज जनताको समर्थन पाउने तथा प्रतिपर्धिहरुलाई सजिलै हराउन सक्नेछन् । परिवारका साथ रमाईलो बाताबरणमा जमघट भई मिष्टान्न भोजन ग्रहण गर्ने अवसर जुर्नेछ ।