थप २ हजार २ सय ५३ जनामा संक्रमण पुष्टि

नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार २ सय ५३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ८६ हजार ८ सय २३ पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबार १ हजार ३ सय २९ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। हालसम्म डिस्चार्ज हुनेको संख्या ६४ हजार ६७ पुगेको छ।

श्रीमान र ससुराले बलात्कार पछि वेश्यावृतिमा लगाएपछि ….

आफ्नै पति र ससुराले बलात्कार गर्लान् र वेश्यावृत्तिमा लगाउलान् भनेर कसैको मनले पनि चिताउँदैन । तर, यही नचिताएको दुर्दशा भोग्न विवश भइन्, बुंगल नगरपालिकाकी एक युवती ।

बलात्कार र यातनाको कहालीलाग्दो शृंखलाबाट फुत्किएर जिल्ला अस्पताल बझाङको अन्तरंग विभागमा भर्ना भएकी २१ वर्षीया उनी विगतको सम्झनाले विक्षिप्त छिन् । उनको असह्य छटपटी र चीत्कारले बेलाबेला छेउछाउका बिरामी र कुरुवाको ध्यान खिच्ने गरेको छ । उनी स्वास्थ्यकर्मीसँग आफूले भोगेको कहालीलाग्दो पीडा सुनाउँछिन् । पूरा सुनाउन नपाउँदै फेरि बेहोस हुन्छिन् ।

शनिबार भेट्दा उनी चार दिनपछि पूर्ण होसमा आएकी रहिछन् । ‘पापीहरू सबै लागेर मलाई बलात्कार गरे । आफूले नपुगेर बाहिरका मान्छेलाई पनि बोलाएर उस्तै गर्न लगाए,’ उनले भनिन्, ‘पानी त खान देओ भन्दा पनि दिएनन् । उल्टै सबैले मुखमा पिसाब फेरिदिए । प्यास मेटाउन त्यो पनि खाएँ । चुरोटले जीउभरि पोले ।’ आफूले भोगेको चरम यातना र शृंखलाबद्ध बलात्कारको पीडा सुनाउन खोज्दाखोज्दै उनी फेरि बेहोस भइन् । बेहोसीमै रुँदै बर्बराउन थालिन् । ‘मैले कसैको पाप त गरेको थिइनँ । मलाई यो हालतमा किन पुर्‍याए ?’ यति भन्दाभन्दै उनले हातमा लगाएको क्यानुला चुँडाइन्, ‘तपाईंहरूलाई थाहा छ, अब म आमा बन्न सक्दिनँ । नभए मेरो पेट किन काट्यो ? कसले काट्यो ? मैले के अपराध गरें ?’

नजिकै बसेर उनको यो हालत हेरिरहेकी र उनीमाथिको अत्याचारबारे जानकार एक नर्स आँखाभरि आँसु पार्दै डाक्टर बोलाउन गइन् । केहीबेरमै आएका डा. सन्दीप ओखेडा र मिलन खड्काले उनलाई फकाउँदै हातका नसा खोजे, फेरि क्यानुला घोपे र इन्जेक्सन लगाइदिए । केहीबेरमा उनी सुस्ताउन थालिन् । उनी शान्त भएपछि पीडितका काकाले घटनाको बेलिबिस्तार लगाए । माइती घर बुंगल नगरपालिका–२ की ती युवतीको तीन वर्ष पहिला मात्रै बित्थडचिर गाउँपालिका–९ सुनकुडाका एक युवकसँग विवाह भयो । नौ महिनाकी हुँदै छाडेर आमाले अर्कैसँग विवाह गरेपछि काकाले संरक्षण गरे र उनैले २०७४ असारमा कन्यादान गरे । ‘पहिलो वर्ष त राम्रै थियो । त्यसपछि मेरी छोरीमाथि जे भयो म कसरी बताऊँ ?’ काकाले भने, ‘दुःख गरेर हुर्काएकी मेरी छोरीलाई राक्षसहरूले दिनु दुःख दिएछन् ।’

विवाह गरेको दुई वर्षभन्दा बढी भइसक्दा पनि उनको कोखबाट बच्चा नभएपछि गत कात्तिक २८ गते उपचारका लागि युवती, उनका श्रीमान्, सासूससुरा र नन्द सुनकुडाबाट भारत जाने भनेर हिँडे । एक सातासम्म सासूको माइती घर बैतडीको गड भन्ने ठाउँमा बसेर स्थानीय धामी र वैद्यले उनको उपचार गर्ने भन्दै झारफुकतिर पनि लागे । त्यसपछि सबै भारतको बेंग्लोर पुगे । त्यहाँँ काम नपाएपछि पीडित युवतीसहित सासू र नन्दलाई बेंग्लोरमै रहेको जेठी छोरीको कोठामा छोडेर ससुरासहित काम खोज्न तमिलनाडु पुगे । तमिलनाडुको जिपुर अग्नासी भन्ने ठाउँको एउटा कपडा कारखानामा सबैका लागि काम खोजेर ससुरा र श्रीमान् उनीहरूलाई लिन बेंग्लोर फर्किए । उनीहरूका साथ लागेर बेंग्लोरमै रहेका उनका नन्दको परिवार पनि काम गर्न तमिलनाडु पुग्यो । कारखानाले नै उपलब्ध गराएको दुईवटा सुत्ने कोठा र एउटा भान्सा कोठा भएको फ्ल्याटमा उनीहरू बस्न थाले । महिलाहरू (पीडित युवती, सासू र नन्द) दिउँसो कम्पनीमा गएर धागो बनाउने काम गर्थे । पीडितका श्रीमान् १५ दिन दिउँसो र १५ दिन राति त्यही कम्पनीमा चौकीदारी गर्थे । ससुराको दिउँसोको ड्युटी थियो ।

‘उनका श्रीमान्को राति ड्युटी परेका दिन ससुराले सुत्ने बेला दूधमा बेहोस हुने औषधि हालेर खुवाउँदो रहेछ अनि बलात्कार गर्ने रहेछ,’ पीडितका काकाले भने, ‘श्रीमान् कोठामा नभएको रात आफूमाथि यौनसम्पर्क भएको कुरा छोरीले बिहान मात्रै (शरीरमा लागेको वीर्य आदिको माध्यमबाट) थाहा पाउने रैछ ।’ दिनहुँ श्रीमान् नभएका बेला सम्पर्क हुन थालेपछि उनले एक दिन ससुराले दिएको दूध खाए जस्तो मात्रै गरेर सुटुक्क फालिदिएपछि घटनाको रहस्य पत्ता लाग्यो । ‘उनी चिच्याएपछि सासू र ससुरा लागेर कुटेछन् । सासूले हातखुट्टा च्यापिछन्, ससुराले बलात्कार गरेछन्,’ उनले भने ।

भोलिपल्ट बिहान ससुराले गरेको सबै कुकर्म उनले श्रीमान्लाई बताइन् तर श्रीमान्ले साथ दिनुको सट्टा उल्टै ससुरालाई साथ दिए । त्यसपछि बलात्कार र यातनाको क्रम झन् हिंस्रक हुँदै गयो । ‘त्यो कुरा श्रीमान्लाई भनिसकेपछि त राक्षसहरूले झन् सास्ती दिन थालेछन्,’ पीडितले सुनाएको आधारमा काका भन्दै थिए, ‘रक्सी खाएर तीनै जना (श्रीमान्, ससुरा र नन्दका श्रीमान्) मातेर आउँथे । बलात्कार गर्न नदिए चुरोटले स्तन, पेट, तिघ्रा र संवेदनशील अंगमा पोल्थे । यो कुरा बाहिर भने मारिदिन्छु भन्थे । अनि तीनै जना रातभर सँगै बलात्कार गर्थे ।’

यसैबीच युवतीको पेटमा गर्भ रह्यो । दुई महिनासम्म महिनावारी नभएको थाहा पाएपछि उनका ससुराले नै तमिलनाडुको एक अस्पतालमा लगेर गर्भपतन गराए । ‘गर्भपतन गराएकै दिन दुई जना अन्य मानिस बोलाएर पाँच–पाँच हजार भारु लिएर फेरि उसलाई बलात्कार गर्न लगाएछन्,’ पीडितका काकाले भने, ‘बाबु र छोरा ढोकामा बसेर उनीहरूलाई भित्र पठाएछन् । पीडाले छटपटाएकी छोरीले पानी देऊ भन्दा उसको मुखमा पिसाब फेरिदिएछन् ।’

त्यस दिन बाहिरबाट बलात्कार गर्न आउने दुई जना नेपाली भए पनि छोरीले नचिनेको काकाले बताए । ससुरा, श्रीमान् र नन्दका श्रीमान्ले आफूलाई मन लाग्दा बलात्कार गर्ने र अरू बेला पैसा लिएर बाहिरका मान्छे बोलाएर नियमित बलात्कारमा लगाउने गरेका रहेछन् । यसैबीच उनलाई वेश्यावृत्तिमा लगाउने उद्देश्यले स्थायी बन्ध्याकरण (मिनिल्याप) पनि गराइएको काकाले सुनाए । ‘कहिले बन्ध्याकरण गराए भन्न सक्दिनन्,’ उनले भने, ‘सायद बेहोस बनाएर त्यसो गरिएको हुन सक्छ ।’

जिल्ला अस्पतालकी मनोसामाजिक परामर्शकर्ता शान्ति अवस्थीले लगातारको बलात्कार र यातनाका कारण उनी गम्भीर खालको मानसिक समस्यामा परेको बताइन् । ‘उनको देह व्यापार गरेर पैसा कमाउने उद्देश्यले बन्ध्याकरण गरेको देखिन्छ । उसले भोगेको शारीरिक र मानसिक यातना सामान्य मान्छेले कल्पना गर्नै सक्दैन,’ उनले भनिन्, ‘नियमित उपचार पाइन् भने यो समस्याबाट मुक्त गराउन सकिन्छ तर समय लाग्छ ।’ जिल्ला अस्पतालका डा. मिलन खड्काका अनुसार उनलाई मल्टी पर्सनालिटी डिसअर्डर’ भन्ने मानसिक समस्या देखिएको छ । कुनैकुनै बेला मात्रै उनी पूर्ण होसमा आउने गरेको खड्काले बताए । ‘चरम यातना र मानसिक टर्चरपछि यस्तो समस्या हुन्छ । यस्तो अवस्थामा मानिसले म को हुँ भन्ने नै चिन्दैन,’ उनले भने ।

यसरी भयो उद्धार
युवतीमाथि २०७६ मंसिरदेखि बलात्कार र यातनाको शृंखला सुरु भएको हो । पीडित युवतीका काकाकाकी तामिलनाडुको नागापाटनममा बस्थे । त्यहाँबाट युवती बस्ने ठाउँ अग्नासी पुग्न १२ घण्टाको बस यात्रा गर्नुपर्थ्यो । नियमित चौकीदारी गर्नुपर्ने र बिदा नमिल्ने भएकाले छोरी भेट्न नपाएको काकाले बताए । ‘छोरीको मोबाइल थिएन, साता।१० दिनमा म उसको ससुरालाई फोन गर्थें । छोरीलाई ठीकठाक छ, अहिले काममा भएकाले पछि कुरा गराइदिउँला भन्थे,’ उनले भने ।

फागुनको दोस्रो सातातिर उनले युवतीका ससुरालाई फोन गरेका थिए । मोबाइल चार्जमा राखेका बेला युवतीले देखिन् तर कुटाइ खाने डरले रिसिभ गरिनन् । बरु इँटाको टुक्राले नम्बर भित्तामा लेखिन् । ‘केही दिनपछि उनीसँगै काम गर्ने गोविन्दसिंह नामका एक भारतीयले उनको अवस्था देखेर सोधीखोजी गरेको रहेछ,’ काका भन्छन्, ‘छोरीले आफूलाई घरका मान्छेले निकै यातना दिएको कुरा सुनाइछन् । मेरो नम्बर दिँदै काकाको घर पुर्‍याइदेऊ भनेर सहयोग मागिछन् । गोविन्दले मलाई सम्पर्क गरेपछि मात्रै सबै कुरा थाहा भयो । पछि उसैले गाडीमा छोरीलाई म कहाँ पठाएदिएको हो ।’

फागुन २८ गते युवती सम्पर्कमा आएपछि उनी कानुनी कारबाहीका लागि नेपाल आउने तयारीमा थिए । लकडाउन भएपछि भदौमा मात्रै यहाँ आउन सम्भव भएको उनले बताए । ‘घटना थाहा पाउनेबित्तिकै भारतको कानुन हामीलाई थाहा थिएन । चिनजानको पनि कोही छैन । अपराधीलाई नेपालमै कारबाही गर्नुपर्छ भनेर आफ्नो जागिर छाडेर आएँ,’ उनले भने । भदौ पहिलो साता नेपाल आएका उनले १५ दिनको क्वारेन्टाइनपछि घटनाको विषयमा प्रहरीलाई जानकारी गराएका हुन् ।

‘भारतीय नागरिकको सहयोगमा छोरीको उद्धार भएर मकहाँ आइपुग्दा शरीरभरि जताततै चोटैचोट थियो,’ उनले भने, ‘छातीमा टोकेका र चुरोटको ठुटाले पोलेका घाउहरू आलै थिए । पछि अस्पताल भर्ना गर्‍यौं ।’ अहिले प्रहरीले पीडितका श्रीमान्लाई पक्राउ गरिसकेको छ । उनले अपराध स्वीकार गरिसकेको र थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख डीएसपी रूपक खड्काले बताए । ‘हामी विस्तृत अनुसन्धानमै छौं,’ उनले भने, ‘अभियुक्तका रूपमा रहेका पीडितका सासू, ससुरा, नन्द, नन्दका श्रीमान् भारतमै रहेकाले उनीहरूलाई कसरी ल्याउने भन्नेबारे पनि छलफल भइरहेको छ ।’(कान्तिपुरका रिपोटरर्स वसन्तप्रताप सिंहको लेख साभार)

कर्मचारीमा संक्रमण पुष्टि भएपछि जिल्ला प्रशासन कार्यालय बन्द

काठमाडौँ । कार्यालयका कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टि भएपछि जिल्ला प्रशासन कार्यालय सिरहा बन्द भएको छ । कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि शान्ति सुरक्षा र मुद्दासम्बन्धीबाहेक सम्पूर्ण सेवा आजदेखि एक साताका लागि बन्द गरेको छ ।

प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँणेलले सूचना प्रकाशित गरी कार्यालयमा कार्यरत कर्मचारीमध्ये हालसम्म आठ जनामा कोभिड–१९ को सङ्क्रमण देखिएको हुँदा जोखिम न्यूनीकरण गर्ने उद्देश्यले शान्ति सुरक्षा र मुद्दासम्बन्धीबाहेक सम्पूर्ण सेवा एक साताका लागि बन्द गरिएको बताए ।

गत असोज १३ गते प्रशासन फाँटमा कार्यरत कर्मचारीमा सङ्क्रमण देखिएको र तीन प्रशासकीय अधिकृतको दरबन्दी रहेकामा एक जनामा सङ्क्रमण लक्षण र अन्य दुईसहित आठ जनामा कोभिड–१९ सङ्क्रमण देखिएको हुँदा जोखिम न्यूनीकरण गर्न आजदेखि असोज २४ गतेसम्मलाई अतिअवाश्यकबाहेकका सेवा बन्द रहने प्रजिअ कँणेलले बताए ।

अतिआवश्यक नपरी सेवा लिन नजान, जानै परेमा दुई मिटरको दूरी कायम गरी, मास्क लगाएर, साबुनपानीले हात धोइ वा स्यानिटाइजार प्रयोग गरी आफू सुरक्षित हुने गरी अतिआवश्यक सेवा लिन प्रजिअ कँणेलले सबैसँग आग्रह गरे ।

दशैँमा घर जान नपाईने, यथास्थानमा दशैँ मनाउन सरकारको आग्रह

काठमाडौँ । कोरोना भाइरस नियन्त्रण गर्ने उद्देश्यले यस वर्षको दशैंमा घर जान नपाइने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको ईन्सिडेन्ट कमाण्ड सिस्टमले यो वर्ष यथास्थानमै बसेर दशैं मनाउन बताएसँगै घर जान नपाइने भएको हो ।

स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालको संयोजकत्वमा आज बसेको बैठकले जहाँ छौं त्यहीँ दशैं मनाउने र त्यहीअनुसार व्यवस्था गर्ने निर्णय गरेको हो ।

गाउँमा जाँदा कोरोना फैलने डरले मन्त्रालयले आफू बसेकै स्थानमा दशैं मनाउन भनेको हो । दिनप्रतिदिन कोरोना संक्रमितको संस्या वृद्धि भएकाले यथास्थानमै दशैं मनाउन अनुरोध गरेको छ ।

कलंकीमा पुन ठुलो परिणाममा मिति सकिएका खाद्य सामाग्री बिक्रि गर्ने पक्राउ

काठमाडौ । कोरोनाको त्रास बडेको बडै छ चाडपर्बको चटारो भित्रने लाग्यो। सबैको ध्यान कोरोनाबाट बच्न छ। तर यो संकटको फाइदा उठाउन निश्चित तत्त्व सक्रिय छ्न। केहिदिन अघि कलन्की र वाफल बाट ठुलो परिणाममा मिति सकिएका चक्लेट ,हर्लिक्स लगाएत्का खाद्य बस्तुहरु नक्कली मिति जारिगरिरहेको अबस्थामा अपराध अनुसन्धान प्रहरीको टोलिले पक्राउ गरेको थियो।

पक्राउ परेका अपराधीहरुको अनुसन्धान पछि थप धन्धाको जानकारी पए सङै आज कलकी मा प्रवीणकुमार वन्का को ५ तले घरमा मिति सकिएका घ्यू तेल,चक्लेट मैदा बिस्कुट लगाएतका बस्तुहरुमा नयाँ मिति टासिरहेको अबस्थामा जिल्ला प्रशासन कार्यालय काठमाडौको टोलिले पक्राउ गरेको छ।जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत खडकबहादुर श्रेष्ठले टोलि लिएर कलकी पुग्दा कामदारहरुले मिति सकिएका सामाग्रीलाई नया मिति लेखिएको स्टिकर टासिरहेको अबस्थामा पक्राउ गर्न पुगेका थिए।

काठमाडौ प्रहरी परिसर,अपराध अनुसन्धान ,बाणिज्य आपूर्ति बिभाग का प्रतिनिधि लगाएत्का निकाय बाट खटिएका कर्मचारीले नयाँ मिति जारी गर्ने क्रममा खटिएका सबैलाई पकाउ गरिसकेको छ। प्रभाबकारी ढ्ङ्ले बजार अनुगमन नहुदा बजारमा बेथिति बढे छ भन्ने बजारमा किनमेल गर्नेहरूको गुनासो बढसङै पछिल्लो पटक अनुगमनलाई तिब्र पारिएको छ। बजारमा अनुगमन भएसङै कालाबजारी गर्ने र अपराध जन्य कार्य गर्नेहरु भटाभट पक्राउ पर्न थालेको प्रशासकीय अधिकृत श्रेष्ठ बताउनुहुन्छ। अब कालाबाजारी गर्नेहरू कुनै पनि बहानामा उम्कन नसक्ने उहाँको भनाइ छ।

राज्य मन्त्री दुगड नक्कली धन्धा संचालन गर्दै

काठमाडौं । उद्योग वाणिज्य तथा आपुर्ती राज्य मन्त्री मोतीलाल दुगडले आफ्नो शक्तीको दुरुपयोग गर्दै अवैध रुपमा नुन प्याकेजिङ गरि बजारमा बिक्री गरेको पाईएको छ ।
मन्त्री दुगडले संचालन गरेको दुगड स्पाइस एण्ड फुड प्रोडक्टस प्रा।लि।ले सेन्चुरी स्प्रिंकलर्स टेवल साल्टको नामबाट नूनको प्याकेजिंग गरी प्रति सय ग्रामको बिल बिजक मूल्य रुपैयां ३२ (प्याकेटमा अंकित मूल्य रुपैया ३५।००) मा बिक्रि बितरण भई रहेको भेटिएको हो ।
जनस्वास्थ्यसँग सरोकार राख्ने अति महत्वको दैनिक उपभोग्य वस्तु नुनको अवैध कारोबारले उपभोक्ताको स्वास्थ्यमा प्रतिकुल असर पर्ने हुँदा २०२० साल देखी साल्ट ट्रेडिङ वाहेक अन्यले नुनको भण्डारण र बिक्री वितरण गर्न पाउने व्यवस्था नेपालमा छैन । नेपाल सरकारको समेत स्वामित्व रहेको साल्ट ट्रेडिङले जनस्वास्थ्यलाई ध्यान राख्दै गुणस्तरियता माथि ध्यान दिदै प्याकेजिङ गरि सस्तोमा नुन बिक्री गर्ने गरेको छ भने दुर्गम जिल्लामा पनि आयोडिनयुक्त नुन पुर्याउन सफल रहेको छ ।
त्यसैले सरकारले साल्ट ट्रेडिङ वाहेक अरु कम्पनीलाई नुन ल्याई बिक्री गर्न रोक लगाएको छ । तर राज्य मन्त्री दुगडले शक्तिको दुरुपयोग गर्दै अनुमती वेगर नुन बिक्री गरेका छन् । शक्ति केन्द्र माथि पकड जमाउदै मानिसहरु कसरी अनुचित रुपमा आय आर्जनमा लाग्छन भन्ने एक ज्वलन्त उदाहण बनेका छन् राज्य मन्त्री दुगड ।

दुगडको कम्पनी विरुद्ध कार्वाहीको माग राख्दै मंचले दियो उजुरी
अवैध रुपमा नुन प्याकेजिङ गरि बजारमा बिक्री गरेको पाईए पछि राष्ट्रिय उपभोक्ता मंचले उक्त कम्पनी विरुद्ध प्रधानमन्त्री तथा मन्त्री परिषद्को कार्यालयमा उजुरी दर्ता गराएको छ । मंचका अध्यक्ष प्रेमलाल महर्जनले प्रधानमन्त्रीलाई सम्बोधन गर्दै मंचका तर्फबाट हालेको उक्त उजुरीमा दुगड स्पाइसेज एण्ड फुड प्रोडक्टस प्रा.लि. ले प्याकेजिंग गरेको सेन्चुरी ब्राण्डको स्प्रिंकलर्स टेवल साल्ट (नून) गैरकानूनी तरिकाले उत्पादन तथा प्याकेजिंग गरी कारोवार गरेकोमा उक्त उद्योग माथि कानूनी कारवाही गर्नुको साथै उपरोक्त ब्राण्डको नूनको बिक्रि बितरणमा रोक लगाइ पाउन मन्चमा गुनासो आएको उल्लेख गरिएको छ ।

साथै, गुनासो व्यवस्थापन गर्ने क्रममा मन्चले गरेको अनुगमन, अध्ययन तथा तथ्यगत सूचनाको आधारमा खाद्य प्रबिधि तथा गुणनियन्त्रण बिभागमा मिति १२।५।२०७७ मा उजुरी निवेदन दिने काम भएको र सो निवेदन उपर बिभागले गरेको छानविनको क्रममा उक्त नून उत्पादनको लागी अनिवार्य रुपमा बिभागको अनुज्ञा पत्र लिइनु पर्ने र बिभागको स्वीकृति लिनु पर्नेमा नलिएको÷नदेखिएको भनि खाद्य गुणस्तर कार्यालयको मिति २०७७।५।१७ को पत्रबाट जानकारी प्राप्त भएको भनि बिभागबाट मंचलाई सूचित गरेको व्यहोरा सहित प्रधान मन्त्रीलाई सम्बोधन गरिएको उक्त पत्रमा उल्लेख छ ।

मंचले आम नेपाली नागरिकको जन्म देखि मृत्युसम्म र बिहान देखि बेलुकासम्म दैनिक उपभोग गर्ने वस्तु मध्येको एक खाद्य नूनको उपयोग, प्रयोग, गुणस्तर तथा मूल्य आदिका सम्बन्धमा नेपाल सरकारले तोकेको मापदण्डमा रही उत्पादन, संचय, बिक्रि बितरण गर्ने काम नेपाल सरकारले २०२० साल देखि नै साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड मार्फत मात्र हुंदै आएकोमा यसरी अनधिकृत रुपमा नूनको प्याकेजिंग, संचय तथा बिक्रि बितरण गर्नु प्रचलित कानून बिपरित रहेको औल्याउदै उक्त कम्पनी उपर कार्वाही गर्न माग गरेको छ । एउटा मन्त्रीले यसरी नक्कली धन्दा गर्दा पनि कसरी टिकिरहेका छ्न जन स्तरमा प्रश्न उठेको छ।मन्त्री दुगडले काला बजारी गर्ने ब्यापारीहरुको संरक्षकत्व प्रदान गर्दै आइरहेको थाहा नपाएर हो या जानकार भएर नै प्रधानमन्त्री ओलि मौन देखिएका हुन बजारको बेथिति नियाल्नेहरु आश्चर्य चकित भएका छ्न।

राष्ट्रिय उपभोक्ता मंचद्वारा प्रेसित पत्रको पूर्ण पाठ

बिषयः अबैध तथा गैरकानूनी तरिकाले नून उत्पादन तथा बिक्रि बितरण गरेकोमा कारवाही गरी पाउं ।

सम्माननीय प्रधानमन्त्रीज्यू,

उपरोक्त बिषयमा उपभोक्ताको हक अधिकारको संरक्षण तथा उपभोक्तावर्गको हित रक्षाको लागी २०६३ सालमा स्थापना भएको राष्ट््िरय उपभोक्ता मन्चले समाजमा आम उपभोक्ता माथि हुने थिचोमिचो बिरुध्द आवाज उठाउने, अनुचित व्यवसायिक कृयाकलाप बिरुध्द आवाज उठाउने तथा आम उपभोक्ताको पक्षमा सरकारको ध्यान आकृष्ट गर्नको लागी देशभरमा संगठन सन्जाल स्थापना गरी उपभोक्ताको हितमा बनेका ऐन कानून कार्यान्वयन गर्नमा सरकारी पक्षलाइ सहजीकरण गर्दै प्रतिस्पर्धात्मक बजार निर्माण गर्ने काम गर्दै आएको व्यहोरा सम्माननीय प्रधानमन्त्रीज्यूमा हार्दिक निवेदन गर्दछौं ।

सम्माननीय प्रधानमन्त्रीज्यू,

प्रस्तुत बिषयमा निवेदन गर्दछौं कि टंकी सिनवारी, मोरंग स्थित नेपालको एक प्रतिष्ठित खाद्य उद्योग दुगड स्पाइस एण्ड फुड प्रोडक्टस प्रा।लि।ले नेपालीहरुको भान्छामा आवश्यक पर्ने बिभिन्न किसिमका गरम मसलाहरु लगायत खाद्य पदार्थहरु उत्पादन गर्दै बजारीकरण गर्दै आएकोमा केही समय अगाडीबाट सो कम्पनीले सेन्चुरी स्प्रिंकलर्स टेवल साल्टको नामबाट नूनको प्याकेजिंग गरी प्रति सय ग्रामको बिल बिजक मूल्य रुपैयां ३२ (प्याकेटमा अंकित मूल्य रुपैया ३५।००) मा बिक्रि बितरण भई रहेको व्यहोरा जानकारी गराउन चाहन्छौं ।

दुगड स्पाइसेज एण्ड फुड प्रोडक्टस प्रा.लि. ले प्याकेजिंग गरेको सेन्चुरी ब्राण्डको स्प्रिंकलर्स टेवल साल्ट (नून) गैरकानूनी तरिकाले उत्पादन तथा प्याकेजिंग गरी कारोवार गरेकोमा उक्त उद्योग माथि कानूनी कारवाही गर्नुको साथै उपरोक्त ब्राण्डको नूनको बिक्रि बितरणमा रोक लगाइ पाउन यस मन्चमा गुनासो आएकोमा गुनासो व्यवस्थापन गर्ने क्रममा यस मन्चले गरेको अनुगमन, अध्ययन तथा तथ्यगत सूचनाको आधारमा खाद्य प्रबिधि तथा गुणनियन्त्रण बिभागमा मिति १२।५।२०७७ मा उजुरी निवेदन दिने काम भएको र सो निवेदन उपर बिभागले गरेको छानविनको क्रममा उक्त नून उत्पादनको लागी अनिवार्य रुपमा बिभागको अनुज्ञा पत्र लिइनु पर्ने र बिभागको स्वीकृति लिनु पर्नेमा नलिएको÷नदेखिएको भनि खाद्य गुणस्तर कार्यालयको मिति २०७७।५।१७ को पत्रबाट जानकारी प्राप्त भएको भनि बिभागबाट हामीलाइ सूचित गरेको व्यहोरा सम्माननीय प्रधानमन्त्रीज्यूमा अवगत गराउन चाहन्छौं ।

सम्माननीय प्रधानमन्त्रीज्यू,

आम नेपाली नागरिकको जन्म देखि मृत्युसम्म र बिहान देखि बेलुकासम्म दैनिक उपभोग गर्ने वस्तु मध्येको एक खाद्य नूनको उपयोग, प्रयोग, गुणस्तर तथा मूल्य आदिका सम्बन्धमा नेपाल सरकारले तोकेको मापदण्डमा रही उत्पादन, संचय, बिक्रि बितरण गर्ने काम नेपाल सरकारले २०२० साल देखि नै साल्ट ट््रेडिंग कर्पोरेशन लिमिटेड मार्फत मात्र हुंदै आएकोमा यसरी अनधिकृत रुपमा नूनको प्याकेजिंग, संचय तथा बिक्रि बितरण गर्नु प्रचलित कानून बिपरितको कार्य हो ।

नेपालमा बिगत पांचदशक भन्दा बढि अबधि देखि नेपाली जनतालाई राज्यको तर्फबाट साल्ट ट््रेडिंग कर्पोरेशन लिमिटेडले सहज, सुलभ र स्वस्थ वस्तुको रुपमा नूनको आपूर्ति गर्दै आएकोछ । बिश्व स्वास्थ्य संगठनको रिपोर्ट अनुसार पनि ९० प्रतिशत घर परिवारमा स्वस्थकर आयोडिनयुक्त नून प्रयोग गर्ने देशको रुपमा परिचित हुन थालेकोछ भने गलगांडको समस्या निर्मूल भई सकेकोछ भने प्रत्येक एकलाखमा ४ जनामा कण्ठरोग बांकी रहनु सरकारको लागी ठूलो उपलव्धी हो । आम उपभोक्ताले कहिल्यै अभाव महसुस नगरी सुलभ रुपमा पाउने वस्तु भनेकै नून हो भन्ने बिश्वास राज्यले दिलाउन सकिरहेको अवस्थामा सरकारी संयन्त्रमा अनुचित व्यापारिक कृयाकलाप गर्ने तत्वहरुको घूसपैठले एकाध अवस्थामा नूनको आपूर्ति व्यवस्थापनमा अप्थ्यारो स्थिति नआएको होइन । दीर्घकालीन रणनिती तथा सोच तथा निर्णय क्षमताको आधारमा यस्तो कृयाकलाप हुने कुरा सबैबाट बुझेकै कुरा हो । अहिले पनि केही अवाच्छित र अनुचित व्यापारिक कृृयाकलाप गर्ने व्यक्तिहरु सरकारकै नजिक रहेर सरकारको नै बदनाम गर्दै जनतालाई शोषण एवं ठग्ने काम हुन थालेकोमा सम्माननीय प्रधानमन्त्रीज्यूमा अत्यन्त खेदका साथ निवेदन गर्न आएकाछौं । त्यसैले प्रस्तुत बिषयमा दुगड स्पाइसेज एण्ड फुड प्रोडक्टस प्रा।लि। ले गैरकानूनी तरिकाले अबैध रुपमा सेन्चुरी ब्राण्डको स्प्रिंकलर्स टेवल साल्ट (नून) उत्पादन तथा प्याकेजिंग गर्ने गरेको खाद्य प्रबिधि तथा गुण नियन्त्रण बिभागको जानकारीबाट प्रष्ट हुन आएको हुंदा उक्त उद्योग र उद्योगका संचालक माथि निम्न अनुसारको कसूर गरेको देखिएको हुंदा आवश्यक छानविन गरी कानूनी कारवाही गरी पाउन सम्माननीयज्यूमा हार्दिक अनुरोध गर्दछौं ।

१० नेपाल सरकारको मिति २०७३ चैत्र २१ गते प्रकाशित नेपाल राजपत्रको खण्ड ६६ (संख्या ६६) प्रकाशित सूचना अनुसार नेपाल सरकारले निकासी पैठारी (नियन्त्रण) ऐन, २०१३ को दफा ३ को उपदफा (१) र प्रतिस्पर्धा प्रबध्र्दन तथा बजार संरक्षण ऐन, २०६३ को दफा ३० ले दिएको अधिकार प्रयोग गरी सम्बत २०७४ साल साउन १ गते देखि अर्को व्यवस्था नभएसम्मका लागी साल्ट ट््रेडिंग कर्पोरेशन लिमिटेडबाट नेपालभर आयोडिनयुक्त नूनको आयात, भण्डारण तथा बिक्रि बितरण गराउने व्यवस्थालाइ निरन्तरता दिने निर्णय गरेकोछ । यसरी नेपाल राज्यभर साल्ट ट््रेडिंग कर्पोरेशन लिमिटेड मात्र आयोडिनयुक्त नूनको आयात, आपूर्ति, संचय तथा बिक्रि बितरण गर्ने एकल अधिकार दिएकोमा उक्त कम्पनीले सरकारको निर्णय र नियम कानून उल्लंघन गरी सर्वसाधारण उपभोक्ताको जिउ ज्यान माथि खेलवाड गर्ने काम गरेकोछ ।

२०नेपाल सरकारको कण्ठरोग नियन्त्रण समितिको नीति तथा निर्देशनमा मात्र आयोडिनयुक्त नून बिक्रि बितरण गर्न पाउने व्यवस्था गरेकोछ । तर उक्त कम्पनीले स्प्रिंकल टेवल साल्ट (नून) को उत्पादन तथा बिक्रि बितरण गर्ने काम गरी भ्रमात्मक प्रचार गरी उपभोक्ता संरक्षण ऐन, २०७५ मा भएका व्यवस्थाहरुको उल्लंघन गर्ने काम गरेको देखिएकोछ ।

३०खाद्य ऐन, २०२३ को दफा ४(ख) मा तोकिएको खाद्य पदार्थको उत्पादन, बिक्रि बितरण, संचय, वा प्रशोधन गर्न चाहने व्यक्तिले तोकिए बमोजिम अनुज्ञा पत्र लिने पर्ने व्यवस्था गरिएकोमा अनुज्ञा पत्र वा इजाजत पत्र नलिएको ।

४०खाद्य ऐन २०२३ को दफा ७ बमोजिम खाद्य पदार्थको गुण र स्तर तोक्ने अधिकार नेपाल सरकारलाइ मात्र रहेको र नेपाल सरकारले मिति २०५७।१०।२३ को नेपाल राजपत्रको भागको ३ खण्ड ५० संख्या ४२ मा प्रकाशित सूचना अनुसार आयोडिनयुक्त नूनको गुणस्तर निर्धारण गरिएकोमा प्रस्तुत सेन्चुरी टेवल साल्टको प्याकेटमा मात्र उल्लेख गरि सर्वसाधारण उपभोक्तालाई झुक्याउने काम गरेकोछ ।

५०बजारमा अत्यन्त गुणस्तरीय आयोडिनयुक्त आयोनून प्रति किलो २० रुपैयांमा पाईरहेको अवस्थामा प्याकेजिंग मात्र गरी प्रति १०० ग्रामको ३२ रुपैयां मूल्य निर्धारण गरी हदैसम्मको कालोबजारी तथा नाफाखोरीजन्य काम गरी कालोबजार तथा केही अन्य सामाजिक अपराध तथा सजाय ऐन, २०३२ को दफा २ र ३ बिपरित कृयाकलाप गरी सर्वसाधारण उपभोक्तालाई चरम शोषण गर्ने काम गरेको देखिएकोछ ।

६०उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा १६ को अनुचित व्यापारिक तथा व्यवसायजन्य कृयाकलाप गर्न नहुने काम गरेको ।

लक्ष्मीमाताको दर्शन गर्नुस्(असोज १८ गतेको राशिफल)

वि.सं.२०७७ साल असोज १८ गते । आईतबार । ईश्वी सन् २०२० अक्टोबर ०४ तारिख । नेपाल संवत् ११४० । प्रमादी संवत्सर । दक्षिणायन । शरद ऋतु । श्रीशाके १९४२ । अधिक आश्विन कृष्णपक्ष । तिथि–तृतीया,अहोरात्र । नक्षत्र–अश्विनी,१३ घडी ०५ पला,बिहान ११ बजेर १२ मिनेट उप्रान्त भरुणी । योग–हर्षण,४३ घडी ३८ पला,बेलुकी ११ बजेर २५ मिनेट उप्रान्त बज्र । करण–वणिज,बेलुकी ०६ बजेर ३२ मिनेट उप्रान्त भद्रा । आनन्दादिमा–आनन्द योग । चन्द्रराशि–मेष । काठमाडौंमा सूर्योदय बिहान ०५ बजेर ५८ मिनेट,सूर्यास्त बेलुकी ०५ बजेर ४४ मिनेट । दिनमान ३० घडी २६ पला ।

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ)

बिभिन्न अवसरहरु आउने भएपनि ति अवसरहरुलाई सहि रुपमा प्रयोग गर्न नसक्दा समयले तपाईलाई छोड्नेछ । सामाजिक काम गर्ने बाताबरण बन्ने भएपनि जनतासँग सन्तुलित व्यावहार गर्न नजान्दा पद प्राप्तिको योग टरेर जानेछ । आफन्त तथा घर परिवार जनबाट भनेजस्तो सहयोग नपाईने हुँनाले घरायसि कामहरु थाति रहनेछन् । माया प्रेममा रमाउन चाहनेहरुका लागि समय मध्ययम रहेकोछ ।

बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)

गैर सरकारि सस्था तथा बिदेशि लगानिबाट सञ्चालित सस्थाहरुमा सहभागि भई काम गर्ने अवसर आउनेछ । लामो यात्राको अभिक सम्भावना रहेको छ भने बिदेशी बस्तुको व्यापार व्यावसायबाट भनेजस्तो आम्दानि गर्न सकिनेछ । तरपनि स्वास्थ्यमा समस्या आई उपचार खर्च बढ्न सक्छ ध्यान लिनुहोला । पढाई लेखाईमा सफलता प्राप्त गर्न अलि बढिनै समय लगानि गर्नुपर्नेछ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)

माया प्रेमको बन्धन कसिलो हुँनुको साथै दाम्पत्य जिबन सुखि रहनेछ । ईच्छित चाहानाहरु पुरा हुनेछन् भने सवारि साधन प्राप्तिको योग रहेको छ । आम्दानिका स्रोतहरु फराकिला हुनेछन् भने व्यापार व्यावसायबाट प्रशस्त लाभ लिन सकिनेछ । प्राकृतिक स्रोतको साधन जस्तै खनिज पदार्थ,धातु तथा पानिसँग सम्बन्धित बस्तुहरुको कारोबारबाट प्रसस्त फाईदा हुनेछ ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)

बुवा आमा तथा अग्रजहरुबाट सहयोग पाईने हुदा मन प्रफुल्लित हुनेछ । थोरै समयको प्रयत्ने सहजै गन्तब्य तथा लक्ष्य पहिल्याउन सकिनेछ । अवसरहरुको सदुपयोग गर्न सकिने तथा भविश्यको लागि फाईदा हुने काम गर्ने बाताबरण बनाउन सकिनेछ । माया प्रेममा नजिक भई आफ्ना भावना साटासाट गर्ने अवसर प्राप्त हुनेछ । कृषि तथा पशुपालन व्यावसायबाट मनग्गे आम्दानि हुनेछ ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)

भाग्य तथा समयले साथ दिने हुदा सानो प्रयत्नले उपलब्धिमुलक कामहरु गर्न सकिनेछ । व्यापार व्यावसाय फस्टाएर जाने हुनाले आर्थिक स्थिति बलियो हुनेछ । बुवा वा बुवा सरहका मानिसबाट तपाईले शुरु गरेको कामलाई सहयोग हुँनेछ भने पैत्रिक धन सम्पतिको प्रयोग मार्फत मनग्गे लाभ लिन सकिनेछ । पुराना साथिभाई सँग भेटघाट गरि रमाईलो ठाउँमा स्वादिष्ट परिकारका साथ रम्न सकिनेछ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)

शिक्षित तथा बौद्धिक ब्याक्तित्वहरु सँग सहभागि भई आफ्नो गतिलो प्रश्तुति पस्कने अवसर प्राप्त हुनेछ भने पढाई लेखाईमा भनेजस्तो नतिजा हात लाग्नेछ । परिवार तथा दिदिबहिनिको माध्याम बाट काम बन्नेछ । व्यापार व्यावसायमा लगानि बडाउँदा राम्रो प्रतिफल प्राप्त हुनेछ । आकस्मिक लाभ हुने तथा बाधा अवरोधहरु स्वत हटेर जानेछन् । माया प्रेममा सामिप्यता बढेर जानुका साथै भौतिक सम्पति तथा सवारि साधन प्राप्तिको योग रहेको छ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)

पढाई लेखाई अरु दिन भन्दा सुधार भएर जानेछ भने कुनैपनि प्रतिश्पर्धामा प्रतिश्पर्धिहरुलाई सजिलै हराउन सकिनेछ । शुभ तथा मांगलिक कार्यमा सहभागि भई बिभिन्न परिकारको स्वाद लिदै दिन कटाउँन सकिनेछ । माया प्रेममा नजिक हुने तथा बिश्वास गर्दै अगाडि बढ्न सकिनेछ । घर परिवार तथा जीवनसाथिको सहयोगले राम्रा तथा उपलब्धिमुलक कामहरु हुनेछन् ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)

प्रतिष्पर्धिहरुलाई किनार लगाउँदै आफ्नो क्षेत्रमा प्रभुत्व जमाउँन सकिनेछ भने बिवादित बिषयहरुको निर्णय तपाईकै पक्षमा आउँनेछन् । न्यायिक निर्णयहरु तपाई आफ्नै पक्षमा फैसला हुँने तथा सत्रुलाई परास्त गर्न सकिनेछ । अध्यानमा प्रगति हुनेछ भने सफलताको सिडि चुम्न सकिनेछ । व्यापार व्ययावसायमा लगानि बढाई आम्दानिका बाटाहरु फराकिला बनाउँन सकिनेछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)

बिद्या तथा प्रतिश्पर्धाको लडाईमा प्रतिश्पर्धिहरुलाई हराउँदै परिवार तथा गुरुवर्गहरुका अगाडि प्रशंसा पत्र तथा पुरस्कार जित्न सकिनेछ भने तपाईको बौद्धिकतालाई सबैले सम्मान गर्नेछन् । शिक्षा क्षेत्रमा गरिएको लगानिबाट लामो समय सम्म आम्दानि भईरहनेछ । राजनीति तथा समाजसेवामा जनतको आलोचना सहितको समर्थन पाईनेछ । प्रेममा रमाउन चाहनेहरुका लागि समय राम्रो रहेकोछ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)

खोज तथा अनुशन्धानको क्षेत्र तपाई आफ्नै कारणले फितलो रहने हुनाले भने जस्तो नतिजा हात पार्न मुस्किल पर्नेछ । छाति सम्बन्धी समस्याले नसताउला भन्न सकिन्न । परिवार तथा आमासँग छुट्टिएर टाडाको यात्रा हुने हुँनाले मन बिचलित हँुनेछ । कृषि,सहकारि तथा पशुपालन व्यावसायलाई समय सापेक्ष आधुनिकिकरण गरि आम्दानिका स्रोत बढाउँन सकिनेछ भने अरु व्यावसायमा नाँफा कमाउन निकैनै संघर्ष गर्नुपर्नेछ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)

दाजुभाई तथा छिमेकिसँग मिलेर गरिने व्यापार व्यावसाय फस्टाएर जाने हुँनाले आर्थिक रुपमा एक कदम अगाडि बढ्न सकिनेछ । छोटो दुरिको उपलब्धिमुलक यात्राको तय गर्न सकिनेछ । खोज तथा अनुशन्धानको क्षेत्रमा मन जाने हुँनाले परिणाममुखि नतिजा ल्याउँन सकिनेछ । न्यायिक निर्णयहरु तपाईकै पक्षमा आउनेछन् बिवादित बिषयहरु समाधान भएर जानेछन् । माया प्रेममा रमाउँने चाहने हरुका लागि समयले साथ दिनेछ ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)

अध्ययन तथा अनुशन्धानको क्षेत्रमा दिईएको समयबाट भनेजस्तो नतिजा आउने हुनाले मन खुसि रहनेछ । साना साना कामबाट प्रसस्त आम्दानि हुने हुनाले व्यावसायमा थप लगानि गर्ने बाताबरण बन्नेछ । आफन्त तथा आत्मिय मित्रका साथ रमाईलो बाताबरणमा स्वादिष्ट भोजन ग्रहण गर्ने अवसर जुर्नेभएपनि स्वास्थ्यमा समस्या आउन सक्छ ध्यान दिनुहोला । माया प्रेममा एक अर्कालाई बिश्वास गर्न सकिनेछ ।

रुपन्देहीमा राजधानी सार्ने निर्णयको बिरोध

रुपन्देही । रुपन्देहीका स्थानीयतहले प्रदेश नं ५ सरकारले प्रदेशको स्थायी राजधानी र नामाकरणको प्रस्ताव प्रदेशसभाबाट फिर्ता गरेर रुपन्देहीलाई नै स्थायी मुकाम तोक्न माग गरेका छन् । रुपन्देहीका १६ वटै स्थानीय तहका प्रमुख तथा उपप्रमुखहरुको आज बुटवलमा भएको भेलाले प्रदेश नं ५ को सरकारले प्रदेशसभामा पेश गरेको नयाँ प्रस्तावका सम्बन्धमा रुपन्देहीका सबै स्थानीय सरकारको ध्यानाकर्षण भएको जनाएका छन् ।

भेलापछि जारी विज्ञप्तिमा उनीहरुले प्रदेशको स्थायी मुकाम रुपन्देहीलाई नै बनाउन सकिने प्रर्याप्त आधार, अवस्था, पूर्वाधार र सम्भावना हुँदाहुँदै यहाँबाट अन्यत्र सार्न खोज्नु तथा सार्ने निर्णय गर्नु उचित नरहेको ठहरसमेत गरेका छन् । विज्ञप्तिमा बहुसङ्ख्यक जनतालाई र क्षेत्रलाई पायक पर्ने, ऐतिहासिक स्थल रुपन्देहीनै प्रदेशको स्थायी मुकामका रुपमा घोषणा गरियोस् भन्ने आम चाहना रहेको उल्लेख गरिएको छ ।

विज्ञप्तिमा अस्थायी मुकामका रुपमा रहेको रुपन्देही विश्व शान्तिको मुहान बुद्ध जन्मस्थल लुम्बिनीसँग जोडिएको उपयुक्त क्षेत्र बुद्धावलीको ऐतिहासिक क्षेत्रका रुपमा रहेको जिल्लामा मात्रै सिमित नरहेर पूर्वमा दाउन्ने र पश्चिममा धानखोलासम्मको यो बीचको तीन जिल्ला र छिमेककका पहाडी जिल्लाको समेत बृहत्तर रुपन्देहीमा अपनत्व रहेको उल्लेख गरिएको छ । यस्तै रुपन्देही उपयुक्त पूर्वाधार विकास, अन्तर्राष्ट्रिय विमानस्थल, अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, अन्तर्राष्ट्रिय सीमाना, प्रशासनिक पहुँच, सुगमता, औद्योगिक तथा व्यापारिक केन्द्र र मुलुककै प्रमुख पर्यटकीय गन्तव्यका रुपमा रहेको र जनसङ्ख्याको अनुपातका हिसाबले पनि रुपन्देहीनै प्रदेश मुकामका लागि उपयुक्त स्थल रहेको ठहर भेलाले गरेको छ ।

प्रदेशको अस्थायी मुकाम स्थापना गर्न स्थानीय तह, व्यावसायिक, सामाजिक सङ्घसंस्था, सामुदायिक सङ्घहरुले गरेको योगदानको उच्च कदर गर्नु प्रदेशको कर्तव्य हुने भएकाले प्रदेशको स्थायी मुकामका सम्बन्धमा गरिएको यो निर्णयलाई सच्याउन स्थानीय सरकारका जनप्रतिनिधिको साझा माग रहेको विज्ञप्तिमा जनाइएको छ ।

विभिन्न दल तथा सङ्घसंस्थाको बिरोध

सरकारले प्रदेशसभामा राजधानीका लागि नयाँ ठाउँ प्रस्ताव गरेको बिरोधमा विभिन्न राजनितिक दल तथा सङ्घसंस्थाले बिरोध जनाएका छन् । सरकारलाई उक्त प्रस्ताव फिर्ता लिन र रुपन्देहीलाई प्रदेशको स्थायी राजधानी तोक्नसमेत उनीहरुले माग गरेका छन् । सरकारको उक्त निर्णयको बिरोधमा नेपाली काँङ्ग्रेस शुक्रबार देखिनै आन्दोलनमा उत्रिएको छ । उक्त पार्टीको आज बुटवलमा भएको नगर, क्षेत्र र जिल्लास्तरीय भेलाले आन्दोलनका विभिन्न कार्यक्रमको घोषणासमेत गरेको छ । उक्त पार्टीले सरकारको निर्णयको बिरोधमा आइतबार जिल्ला बन्द र असोज १९ गते राजधानी सार्ने निर्णयको बिरोधमा उत्रन प्रदेशसभा सदस्यलाई दावाब दिन प्रदेशसभा अगाडी धर्ना दिने कार्यक्रमसमेत तय गरेको पार्टीका बुटवल नगर सभापति खेलराज पाण्डेले जानकारी दिनुभयो ।

यस्तै व्यवसायिक सङ्घसंस्थाले पनि सरकारको उक्त प्रस्तावप्रति असन्तुष्टि व्यक्त गरेका छन् । रुपन्देही व्यापार सङ्घ, रुपन्देही उद्योग सङ्घ, बुटवल उद्योग वाणिज्य सङ्घलगायत संस्थाले अलगअलग विज्ञप्ति जारी गरेर बुटवलमा अस्थायी राजधानी स्थापनाका लागि आ आफ्ना भौतिक संरचना सरकारलाई बुझाएर योगदान गरेको तर, सरकारले अहिले आम जनताको चाहनाको अबमूल्यन गरेर राजधानी अन्यत्रै सार्ने प्रस्ताव ल्याएकोमा असन्तुष्टि जनाएका छन् ।

शनिवार थप २ हजार बढीमा संक्रमण पुष्टि

काठमाडौँ– नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार १ सय २० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ८४ हजार ५ सय ७० पुगेको छ।

उदयपुरका ७, ओखलढुंगाका ४, खोटाङका ५, झापाका ९, धनकुटाका १, मोरङका १११, संखुवासभाका ३, सुनसरीका १२२, धनुषाका १३, पर्साका १८, बाराका २५, महोत्तरीका ५, रौटहटका ८२, सप्तरीका १९, सर्लाहीका ५, सिरहाका ८, काठमाडौँका १००१, काभ्रेका १४, चितवनका ७५, दोलखाका ४, धादिङका ८, नुवाकोटका ८, भक्तपुरका ६७, मकवानपुरका १२, रामेछापका ६, ललितपुरका १०९ र सिन्धुपाल्चोकका २ जनामा कोरोना पुष्टि भएको छ।

यस्तै सिन्धुलीका ६, कास्कीका २२, गोरखाका ६, तनहुँका १०, नवलपरासीपूर्वका ८, पर्वतका १, म्याग्दीका १, लमजुङका ३, बाग्लुङका १, स्याङ्जाका २, अर्घाखाँचीका २, कपिलवस्तुका ६, गुल्मीका २, दाङका ४, नवलपरासी ६, पाल्पाका ७, प्यूठानका ६, बर्दियाका १०, बाँकेका १९, रुपन्देहीका ९८, रोल्पाका १, कालिकोटका १, दैलेखका ९, सुर्खेतका ४३, कञ्चनपुरका ५, कैलालीका ९३, डडेल्धुराका २, दार्चुलाका १, बझाङका १ र बाजुराका १ जनामा कोरोना पुष्टि भएको हो।

हाल २१७ जनाको आईसीयु र ३१ जनाको भेन्टिलेटरमा उपचार भइरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार मोरङ, सिरहा, काठमाडौँ, भक्तपुर, ललितपुर, चितवन र रुपन्देहीमा ५०० भन्दा बढी कोरोना संक्रमति छन् भने मनाङ, मुस्ताङ र डोल्पामा कोरोना संक्रमित छैनन्।

अमेरिकी राष्ट्रपति ट्रम्प अस्पताल भर्ना

काठमाडौँ । कोरोनाभाइरसबाट सङ्क्रमित हुनुभएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प अस्पताल भर्ना हुनुभएको छ । ज्वरो आउनेलगायतका कोरोनाका सामान्य लक्षणहरु देखिएपछि उहाँलाई अस्पताल भर्ना गरिएको अधिकारीहरुले जानकारी दिएका छन् ।

उहाँलाई शुक्रबार राती वाल्टर रिड नेसनल सैनिक अस्पताल लगिएको हो । अस्पतालमा उहाँलाई थेरापीलगायतका उपचारका उपायहरु अपनाइएको छ । उहाँका विभिन्न औषधी मिश्रित खोप दिइएको चिकित्सकहरुले जनाएका छन् ।

उहाँको उपचारमा संलग्न डा। कनलीले जारी गरेको विज्ञप्तिका अनुसार सावधानी अपनाउनका लागि रेजेनेरोन पोलीक्लोनल एन्टिबडी मिश्रणको ८ ग्राम’ खुवाएको हो । उक्त औषधी शरीरमा भाइरसको मात्रा घटाउन र छिटो सञ्चो बनाउन दिइएको उहाँको भनाई छ ।

राष्ट्रपति कार्यालयबाट अस्पतालतर्फ प्रस्थान गर्ने क्रममा उहाँ मास्क लगाएको अवस्थामा देखिनु भएको थियो । उहाँ राष्ट्रपति कार्यालयबाट अस्पतालसम्म हेलिकोप्टरमा जानु भएको हो । अस्पताल जानुअघि उहाँले दिएको भिडियो सन्देशमा आफुले आराम नै महसुस गरिरहेको तर थप सुरक्षित र सुनिश्चित हुन अस्पताल जान लागेको बताउनु भएको छ ।

अस्पताल पुगेपछि पहिलो ट्वीट गर्दै शुक्रबार राती उहाँले लेख्नुभएको छ, “मलाई राम्रो भइरहेको छ, सवैलाई धन्यवाद छ । माया छ ।” अमेरिकामा राष्ट्रपति चयनका लागि निर्वाचन हुन गइरहेका बेलामा उम्मेदवार समेत रहनु भएका वर्तमान राष्ट्रपति ट्रम्प सङ्क्रमित हुनुभएको हो । उहाँले आफू कोरोनाभाइरसबाट सङ्क्रमित भएको शुक्रबार दिउसो एक बजे सार्वजनिक गर्नुभएको थियो ।

उहाँ बिहीबार मध्याह्न एउटा चुनावी कार्यक्रममा सहभागी भएर फर्केपछि सङ्क्रमित हुनुभएको बताइएको छ । उहाँसँगै उहाँकी पत्नी मेलानिया पनि सङ्क्रमित हुुनुभएको छ । राष्ट्रपति ट्रम्पले आफ्नी श्रीमतीको पनि अवस्था सामन्य नै रहेको भिडियोमार्फत् जानकारी दिनुभएको छ ।

राष्ट्रपति ट्रम्पले आफू अस्पताल भित्रै रहेपनि काम भने गरिरहने योजना बनाउनु भएको राष्ट्रपतिको कार्यालयले जनाएको छ । उहाँले उपराष्ट्रपतिलाई कार्यवाहकको जिम्मेबारी दिनुभएको छैन ।
उहाँ अहिले ७४ वर्षको हुनु भएको छ । यो उमेर समूह कोरोना सङ्क्रमितहरुका लागि अत्यन्त खतरापूर्ण उमेर समूह मानिन्छ ।

विश्वमै सवैभन्दा धेरै मानिसहरु कोरोनाभाइरसबाट सङ्क्रमितहरु रहेको मुलुक अमेरिकामा राष्ट्रप्रमुखलाई नै सङ्क्रमण भएपछि थप त्रास फैलिएको छ । अमेरिकामा अहिलेसम्म दुई लाख पाँच हजारभन्दा बढीको कोरोनाका कारण मृत्यु भएको छ ।

उपत्यकामा थप ११७७ जनामा संक्रमण पुष्टि

काठमाडौँ– पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप १ हजार १ सय ७७ जना कोरोना संक्रमित थपिएका छन्।

स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँमा १ हजार १, भक्तपुरमा ६७ र ललितपुरमा १०९ जनामा कोरोना पुष्टि भएको छ। नेपालमा पछिल्लो २४ घण्टामा देशभर २ हाजर १२० जना कोरोना संक्रमित थपिएका छन्।

माछापालक कृषकलाई गाउँपालिकाको अनुदान

काठमाडौँ । रोशी गाउँपालिका वडा नं. ९ का कुमार लामाले पिन्थलीवेँशीमा ठूलो दूई वटा पोखरी बनाएर माछा पाल्न थालेका छन् । करिब ८ लाखमा माछापालनको संरचना निर्माण पश्चात अहिले सो पोखरीमा माछाका भुरा हालेर हुर्काउने काममा उनी व्यस्त छन् ।

बजार क्षेत्र ठूलो भएको र त्यहाँ अरु त्यस्तो व्यवसाय नभएपछि माछापालन शुरु गरेको लामाले बताए । सो व्यवसायमा दुईमहिनादेखि दुई जनाले रोजगारी पाएका छन् । उनीहरुलाई काम माछालाई दाना दिने, पानीको कुलो बनाउने र चरा धपाउने हो । यसअघि बनेपामा निर्माण मजदूरी गर्ने विमला लामा माछा पालन शुरुपछि काम गर्दै आएको बताउँछन् ।

कुमार मात्रै होइन त्यसरी माछा पाल्नेमा सोही गाउँपालिका वडा नं. ७ का भीम लामा र वडा नं. ११ का बलराम आलेमगरले पनि व्यावसायिक माछापालन शुरु गरेका छन् । रोशीमा अहिले पिन्थलीवेँशीमा रहेको पोखरीमा ४० हजार माछाका भुरा हालेर माछापालन शुरु गरिएको छ । संरचना निर्माणगरेसँगै पोखरीको क्षमताको आधारमा माछाको भुरा उपलब्ध गरिदिएको रोशी गाउँपालिका अध्यक्ष दलबहादुर लामाले बताए । त्यस्तै वडा नं. ७ को चारसय फाँटमा ४० हजार र वडा नं. ११ मा १२ हजार माछाको भुरा उपलब्ध गराएको पालिका अध्यक्ष लामाले बताए ।

गाउँपालिकाले अनुदान दिएपछि यहाँ माछापालन व्यवसाय बढेको हो । “गाउँपालिकाले कार्यक्रम बनाएर प्रोत्साहन गर्ने हो, बाँकी काम कृषक आफैले ‘जसको मन, उसैको संरक्षण’ नारासाथ कृषि क्षेत्रका आम कृषकलाई सहभागिता गराउन विभिन्न कार्यक्रम सञ्चालन गरिरहेका छौं”, उनले भने, “अहिले माछापालनलाई नगद अनुदानका साथै माछाका भुरा उपलब्ध गराएका छौं ।” पालिका अध्यक्ष लामाका अनुसार माछापालक कृषकमध्ये माछाको भुरासहित कुमार लामालाई ३ लाख ५० हजार र बलराम आलेमगर र भीम लामालाई जनही २ लाख ५० हजारका दरले नगद अनुदान प्रदान गरिएको छ । गाउँपालिकाले स्थानीय कुखुरा, मौरीपालनको लागि घार र उन्नत जातको बाख्रापालनलाई अनुदान दिँदै आएको गाउँपालिका अध्यक्ष लामाले बताए ।

मध्यपहाडी लोकमार्गको पर्वत खण्डको काम शुरु

काठमाडौँ । कोरोना महामारीपछि रोकिएको मध्यपहाडी लोकमार्गको पर्वत खण्डको निर्माण कार्य शुरु भएको छ । गत चैत्रको दोस्रो साता रोकिएको निर्माण कार्य असोजको दोस्रो सातादेखि शुरु भएको हो । पर्वत खण्डको निर्माण जिम्मा लिएको लामा कन्स्ट्रक्सन कम्पनीले वर्षा रोकिएसँगै काम थालेको हो । भदौमा म्याद सकिने भएपनि अहिलेसम्म ६० प्रतिशत काम सकिएको छ ।

“लकडाउनले रोकिए पनि अब काम तीब्र रुपमा अघि बढ्छ”, निर्माण कम्पनीका प्रोजेक्ट म्यानेजर गोविन्द भुसालले भने “घाम लागेका कारण दशैपछि कालोपत्रेको काम पनि थाल्छौ ।” निर्माण कम्पनीका अनुसार आयोजनाको पर्वत प्रवेशद्वारदेखि मालढुङ्गासम्मको २३ दशमलब ७६९ किलोमिटर स्तरोन्नतिको कम्पनीले रु।८३ करोड ९८ लाख ठेक्का लिएको हो । पर्वत खण्डको २३ किलोमिटर मध्ये संरचनागत काम ९५ प्रतिशत सकिएको छ । बागलुङको सीमाना मालढुङ्गादेखि नयाँपुल सम्म करिब ५ किलोमिटर कालोपत्रे गरिएको छ ।

बाढीपहिराले त्यो खण्डका केही ठाउँमा सडक बिग्रेकाले पुनः कालोपत्रे गर्नुपर्नेछ । “अहिले बाँकी स्ट्रक्चरको काम र बेस राखेको ठाउँमा वर्षाले बिग्रेको खण्ड सक्छौ”, प्रोजेक्ट म्यानेजर भुसालले भने “बाँकी यसै आर्थिक वर्षमा सक्ने तयारी छ”, पहिले जस्तो विभिन्न कारणले काम नरोकिने उनको भनाइ थियो ।

मध्यपहाडी लोकमार्ग आयोजना कार्यालय पर्वतका प्रमुख आशिष थापा मगरले काम शुरु गरेको व्यवस्थापनलाई सहयोग गर्न थप जनशक्ति तथा स्रोत साधन परिचालित भएकाले असारसम्ममा काम सकिने विश्वास व्यक्त गरे । उनले निर्माण व्यवसायीले असारसम्मको म्याद मागेकाले समयमा कालोपत्रेको सक्ने जानकारी दिए । रोकिएको काम शुरु भएपछि लोकमार्गको पर्वत खण्डमा पर्वतका प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मी सहितको टोलीले अनुगमन गरेको छ । उनले स्थानीयस्तरमा देखिने समस्यालाई सहजीकरण गर्न प्रशासन तयार रहेको बताउँदै काम छिटो र गुणस्तरीय बनाउन आग्रह गरे ।

कुस्माको सडक चार लेन

मध्यपहाडी लोकमार्गको पोखरा बागलुङ खण्ड स्तरोन्नतिका क्रममा पर्वतको कुस्माबजार खण्डको सडक चार लेनको बन्ने भएको छ । कुस्माको खरेहा देखि डम्डारेखोला सम्मको झण्डै दुई किलोमिटर चार लेनको बन्ने आयोजना प्रमुख आशिष थापा मगरले बताए । पहिले दुई लेनकै बनाउने योजना भएपनि अहिले चार लेनको रुपमा स्तरोन्नति हुन लागेको हो । त्यसका लागि आवश्यक सबै तयारी सकिएकाले चार लेनको सडक बन्ने कुरा पक्का भएको उनको भनाइ थियो । आयोजनाले ७२ किलोमिटर पोखरा बागलुङ खण्डलाई नयाँ स्वरुपमा ढाल्ने गरी मर्मत सम्भार तीब्र पारिरहेको छ ।

त्रिशुलीमा ट्रक खस्दा तीन घाइते

काठमाडौँ । त्रिशुली नदीमा ट्रक खस्दा तीन जना घाइते भएका छन् । पृथ्वीराजमार्ग अन्तरगत चितवनको इच्छाकामना गाउँपालिका ४ धारापानी नजिकै भैरहवाबाट काठमाण्डौ जाँदै गरेको ना ५ ख ९६२२ नम्बरको ट्रक आज बिहान ५ बजे ८० फिट तल त्रिशुली नदी किनारमा खसेको हो । ट्रकको आधा भाग डुबेको अवस्थामा छ ।

दुर्घटनामा परी घाइेत हुनेमा ट्रक चालक गल्छी–७ धादिङ्ग बस्ने वर्ष २८ का रोहित तामाङ, ट्रकमा सवार सोही ठाउ बस्ने वर्ष १९ का रामकुमार लालचन र अर्का सोही ठाउका वर्ष २३ का राजन भन्ने अर्जुन रुम्बा रहेको ट्राफिक प्रहरी कार्यालय मुग्लिनले जनाएको छ । इलाका प्रहरी कार्यालय मुग्लिन र सशस्त्र प्रहरी बल विपद् व्यवस्थापन शिक्षालय कुरिनटारको टोलीले घाइतेहरुको उद्धार गरी उपचारको लागि धादिङको गजुरी अस्पताल पठाएको ट्राफिक प्रहरी कार्यालय मुग्लिनले जनाएको छ ।

शनिदेवको दर्शन् गर्नुहोस्, शनिसंकटा कट्ने छ( असोज १७ शनिवारको राशिफल)

वि.सं.२०७७असोज–१७,शनिवार,ई.सं.२०२० अक्टोवर ०३,शक संवत्–१९४२,नेपाल संवत्–११४०,प्रमादी,दक्षिणायन,शरद,अधिक आश्विन कृष्णपक्ष तिथि–द्वितीया , २९ः२९ बजे उप्रान्त तृतीया,नक्षत्र–रेवती , ०८ः३५ बजे उप्रान्त अश्विनी,योग–व्याघात , २२ः५० बजे उप्रान्त हर्षण,करण–तैतिल १६ः२६ बजेदेखि गर , २९ः२९ बजे उप्रान्त भद्रा,चन्द्रराशि–मीन,आनन्दादि योग–धाता, सूर्योदय–०५स्५८, सूर्यास्त–१७ः४६,दिनमान–२९ घडी ३० पला,पञ्चक ८ः३५ बजे समाप्ति।

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
शत्रुबाधा स्वतः हटेर जाला,शरीरमा आरोग्य र स्फूर्ति बढ्नेछ,बौद्धिकस्तर ओजलमा पर्ने भएकोले निर्णय गर्दा अलि विचार गर्नुपर्ला, समस्याहरू धेरै आउनेछन्,आजको शुभ अंक ६ रहेको छ ।

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)
आम्दानी प्रशस्तै बढ्नेछ, विभिन्न भौतिक साधन जुट्नेछन्,आयआर्जन बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ,घरपरिवारमा खटपट हुन सक्छ,आजको शुभ अंक ४ रहेको छ ।

मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा)
अपराह्नदेखि काम बिग्रने भयले सताउन सक्छसुखद समाचारले अझ उत्साह बढ्नेछ,परिस्थिति अनुकूल रहे पनि भौतिक सुविधाले खर्च निम्त्याउन सक्छ,आजको शुभ अंक १ रहेको छ ।

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो)
आफ्ना योजना गोप्य राखेर अघि बढ्दा फाइदा हुनेछ,नयाँ ज्ञान सिक्ने मौका छ,जोश र जाँगर बढ्ने आफ्नै प्रयासले नयाँ कामहरू प्राप्त हुनेछन्,आजको शुभ अंक ८ रहेको छ ।

सिहं(मा,मी,मू,मे,मो,टा,टी,टू,टे)
आफ्नो प्रतिभा अरूलाई देखाउन सकिनेछ,आम्दानी प्रशस्तै बढ्नेछ,पार्टनरसिपमा गरेको कार्य असफल हुने देखिन्छ,मानसिक तनाव उच्च विन्दुमा पुग्ने छ,आजको शुभ अंक ४ रहेको छ ।

कन्या(टो,पा,पी,पु,ष,ण,ठ,पे,पो)
चुनौतीहरू सजिलै पार लाग्नेछन्,आर्थिक पक्ष पनि सबल बन्ने देखिन्छ,नगद सापटी लिएका साथीहरूले समयमै ऋण नतिर्दा आर्थिक झन्झट आइलाग्न सक्छ,आजको शुभ अंक ५ रहेको छ ।

तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते)
सरसफाइ तथा सजावट सम्बन्धी काममा आकर्षित भइनेछ,अप्ठ्यारो परिस्थितिमा पनि आस मारेको काम बन्नाले उत्साह जाग्नेछ,आजको शुभ अंक ७ रहेको छ ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)
कृषिकर्म र व्यावसायिक काममा केही लगानीपछि फाइदा हुनेछ,विगतका कमजोरीले दण्ड–जरिवानामा परिने सम्भावना छ,गोपनीयतामा ध्यान दिनुहोला,आजको शुभ अंक २ रहेको छ ।

धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)
नयाँ सवारी साधन प्राप्तिको योग छ,आतिथ्यपूर्ण सम्मान पाइएला,कसैको कुरामा नलागी एकचित्त भै लक्ष्यतर्फ लम्कन सकिनेछ,आजको शुभ अंक ३ रहेको छ ।

मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)
आम्दानी प्रशस्तै बढ्नेछ,काम गरेरै प्रशंसा,पुरस्कार,ख्याति आदि पाइनेछ,बिग्रन लागेका कतिपय सम्बन्धलाई भरथेग गर्न सहयोग गर्नेछ,आजको शुभ अंक ९ रहेको छ ।

कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा)
मित्रजनको सद्भाव कायम रहे पनि अप्ठ्यारा परिस्थिति सामना गर्नुपर्ला,स्वास्थ्यस्थिति कमजोर बन्नाले त्यसप्रति चिन्ता बढ्न सक्छ,आजको शुभ अंक १० रहेको छ ।

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)
रमाइलो भ्रमण सम्भावना छ,पौरख गरेर देखाउने समय छ,बौद्धिक चिन्तन वा विचारले धेरैलाई आकर्षण गर्ने समय छ,आर्थिक समस्या पर्ने छ,आजको शुभ अंक २ रहेको छ ।