शुक्रबार मनकामना माताको दर्शन गर्नुहोस्(असोज १६ गतेको राशिफल)

वि.सं. २०७७ असोज–१६,शुक्रवार,ई.सं.२०२० अक्टोबर – ०२ ,शक संवत्–१९४२,नेपाल संवत्–११४०,प्रमादी,दक्षिणायन,शरद,अधिक आश्विन कृष्णपक्ष तिथि–प्रतिपदा , २७ः२४ बजे उप्रान्त द्वितीया,नक्षत्र–उत्तरभाद्रपदा , ०६स्४० बजे उप्रान्त रेवती,योग–ध्रुव , २२ः१५ बजे उप्रान्त, व्याघात,करण–वालव १४ः२४ बजेदेखि कौलव , २७ः२४ बजे उप्रान्त वणिज,चन्द्रराशि–मीन,आनन्दादि योग–ध्वज, सूर्योदय–०५स्५७, सूर्यास्त–१७ः४७ ,दिनमान–२९ घडी ३४ पला,पञ्चक। मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
आत्मबल कम हुनाले बन्न लागेको काम बिग्रिनेछ,बिग्रन लागेका कतिपय सम्बन्धलाई भरथेग गर्न सहयोग गर्नेछ,आफ्नै बुद्दि विवेक ले गरेको काम सफल हुनेछ,आजको शुभ अंक ८ रहेको छ ।

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)
अप्ठ्यारो परिस्थितिमा पनि आस मारेको काम बन्नाले उत्साह जाग्नेछ,मर्यादा पालन नगर्दा अफिसियल कार्यमा अवरोध सिर्जना हुनसक्छ,आजको शुभ अंक ९ रहेको छ ।

मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा)
नगद सापटी लिएका साथीहरूले समयमै ऋण नतिर्दा आर्थिक झन्झट आइलाग्न सक्छ,जिबन साथी सगॅ मन मुटाब हुन् सक्छ,आजको शुभ अंक ७ रहेको छ ।

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो)
कसैको कुरामा नलागी एकचित्त भै लक्ष्यतर्फ लम्कन सकिनेछ,खाइपाइ आएको सेवा–सुविधामा कटौति हुनसक्ने भएकाले बढी अपेक्षा नगर्दा असन्तोषमा कमि सकिनेछ,आजको शुभ अंक ५ रहेको छ ।

सिहं(मा,मी,मू,मे,मो,टा,टी,टू,टे)
विगतका कमजोरीले दण्ड–जरिवानामा परिने सम्भावना छ,परिवारमा बिश्वास को मत लिनसक्नु हुन्छ,लामो दूरीको यात्रा नगर्नुहोला, आजको शुभ अंक ३ रहेको छ ।

कन्या(टो,पा,पी,पु,ष,ण,ठ,पे,पो)
पार्टनरसिपमा गरेको कार्य असफल हुने देखिन्छ,मित्रता गाँस्नेहरूले सताउन सक्छ,कसैको कुरामा नलागी एकचित्त भै लक्ष्यतर्फ लम्कन सकिनेछ,आजको शुभ अंक २ रहेको छ ।

तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते)
स्वास्थ्यस्थिति कमजोर बन्नाले त्यसप्रति चिन्ता बढ्न सक्छ,आवश्यक सामग्री किनमेल गर्दा विशेष सावधानी अपनाउनु होला,
आजको शुभ अंक ४ रहेको छ ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)
बौद्धिकस्तर ओजलमा पर्ने भएकोले निर्णय गर्दा अलि विचार गर्नुपर्ला,मानसिक तनाव उच्च विन्दुमा पुग्ने छ,पठन–पाठनमा प्रगति हुनेछ,आजको शुभ अंक १० रहेको छ ।

धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)
बौद्धिक चिन्तन वा विचारले धेरैलाई आकर्षण गर्ने समय छ,गोपनीयतामा ध्यान दिनुहोला,रोजगारीमा सफलता मिल्ने छ,समस्याहरू धेरै आउनेछन्,आजको शुभ अंक ६ रहेको छ ।

मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)
शारीरिक मानसिक पिडा बढ्ने छ,आयआर्जन बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ,आफ्नै बुद्दि विवेक ले गरेको काम सफल हुनेछ,आजको शुभ अंक २ रहेको छ ।

कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा)
परिस्थिति अनुकूल रहे पनि भौतिक सुविधाले खर्च निम्त्याउन सक्छ,योजना कार्यान्वयनमा ढिलाइ गर्नाले आफैं पछि परिनेछ,
आजको शुभ अंक ४ रहेको छ ।

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)
आर्थिक समस्या पर्ने छ,झैझगडा र विवादमा सरिक हुनु पर्नेछ,जोश र जाँगर बढ्ने आफ्नै प्रयासले नयाँ कामहरू प्राप्त हुनेछन्,घरपरिवारमा खटपट हुन सक्छ,आजको शुभ अंक १ रहेको छ ।

संञ्चार सचिव वस्याल समक्ष पत्रकारहरुका मुद्दाहरुमा ध्यानाकर्षण

काठमाडौँ । सूचना तथा प्रबिधि मन्त्रालयका सचिव हरिप्रसाद वस्याल समक्ष नेपाल पत्रकार महासंघका तर्फबाट साना लगानीका सञ्चारमाध्यम हकहित प्रबर्द्धन समितिका संयोजक गोविन्दप्रसाद चौलागाईले समग्र सञ्चार क्षेत्रका समस्याका बारेमा अवगत गराउँदै कोभिड–१९ को मारमा परेका संचारकर्मिहरु लगायत संचार माध्यमहरुका विषयमा ध्यानाकर्षण गराउनु भयो।

मन्त्रालयमा भएको छलफल र ध्यानाकर्षण कार्याक्रममा जिल्ला हुलाक कार्यालयबाट प्रेस पास नविकरण र नयाँ प्रेस पास जारी गराइदिन ,मिडियाहाउसहरुमा तोकिएको पारिश्रमिक पाए नपाएको मन्त्रालय तहबाट समेत अनुगमन गरिदिन ,अनलाइनलाई वर्गिकरणका आधारमा विज्ञापनको व्यावस्था मिलाइदिन, मोफसलका पत्रिकाहरुले स्थानीय तहका टेन्डर विज्ञापन प्रकाशन गर्न खरिद ऐन परिमार्जनका लागि पहल गरिदिन, लोककल्याणकारी विज्ञापनका भुक्तानी समायमा गरिदिन,स्थानीय तहमा समानुपातिक ढंगले विज्ञापनको मापदण्ड मिलाईदिन, साना लगानीका सञ्चार माध्यम अत्यन्तै कठिन अबस्थामा रहेकाले प्रर्वद्धन गर्ने नीति बनाइदिन मन्त्रालयले विशेष भूमिका खेलिदिन समेत चौलागाईले सचिव वस्याल समक्ष आग्रह गरे । सूचना तथा प्रशासन विभागका महानिर्देशक किरणराज शर्मा राजधानी दैनीकका सम्पादक एवं वरिष्ठ पत्रकार सागर पण्डित समेतले कार्यक्रममा सहभागिता जनाइ आफ्नो धारणा राख्नु भएको थियो ।

नक्कली मिति राखेर सामान बेच्ने ठूलैे गिरोह पक्राउ

काठमाडौँ । मानव स्वास्थ्यलाई प्रत्यक्ष असर पुर्याउने गरि चक्लेट, हर्लिक्स सेनीटाइजर लगायतका उपभोग्य वस्तुमा नक्कली मिति राखेर बेच्ने गिरोह अपराध अनुसन्धान महाशाखाका प्रहरीको फन्दामा परेको छ।

प्राप्त जानकारी अनुसार आज आयन डिष्टिब्युटर , कंलंकी अमेजन डिष्टिब्युटर, वाफलको गोदाम घरमा छापा मार्दा नक्कली मिती राखिरहेको अवस्थामा छाप्ने मेसिनसहित बरामद गरिएको हो ।

अपराध महाशाखाका अनुसार मिति सकिएका बच्चाहरुले खाने चक्लेट लगायतका उपभोग्य बस्तु र वृद्धले खाने हर्लिक्सहरुलाई गोदाममा राखि केमिकलले पुरानो मिति मेट्दै नयाँ मिति जारी गर्दै गरेको अवस्थामा पक्राउ गरेको जनाएको छ ।

जानकारी अनुसार एउटा सिँगो पाँच पाँच कोठाभएको पाँचतले घरमा जम्मा गरिएका मिति सकिएका उपभोग्य वस्तुहरु समेत छापा टोलीले सिल गरिसकेको छ ।

वरामद गरिएको स्थलबाट सात जना रौनक गोत्रा, पुष्पादेवी अग्रवाल, नविन सिंह छेराउव लगायतका पक्राउ परेका छन् भने ढुवानी गर्ने दुईवटा सवारी साधन समेत नियन्त्रणमा लिएको वरिष्ठ प्रहरी उपरिक्षक दिपक थापाले सम्पत्ति न्युजलाई जानकारी दिनु भयो ।

उहाँका अनुसार वाणिज्य आपूत्ति तथा उपभोत्ता हित संरक्षण विभागका उपसचिव सागर मिश्र, जिल्ला प्रशासन कार्यालय काठमाडौका प्रसाशकीय अधिकृत खड्का श्रेष्ठ र प्रहरी उपरीक्षक सहितको टोलीले नक्कली काम गर्ने गिरोहलाई नियन्त्रणमा लिएको हो ।

लकडाउनको यस्तो असहज बेलामा पनि नक्कलि धन्धा गर्दै फाइदा उठाउँदै आएका गिरोहका सम्बन्धमा झण्डै एक हप्ता देखी अपराध महाशाखाका प्रमुख थापाको गहिरो अनुसन्धानबाट सार्वजनिक भएको हो ।

संचार केन्द्रले अपराध नियन्त्रण सम्बन्धि राखेको कार्यक्रममा वरिष्ठ प्रहरी उपरीक्षक दिपक थापाले अब अपराध उम्कन नसक्ने भन्ने धारणा राख्दै

वरिष्ठ उपरिक्षक थापाले यो बीचमा यस्ता जखमले धन्दा र बिचौलियाहरु कानुनी दायरामा ल्याउन सफल भएका छन। काठमाडौका प्रमुख जिल्ला अधिकारी जनक राज दहालले दिन खोज्नु भएको सुशासनलाई आफुहरुले इमानदारीताका साथ सघाएको वरिष्ठ उपरीक्षक थापाको सक्रियताले पुष्टि गरेको छ।

८ फरार अभियुक्त पक्राउ

बागलुङ । जिल्ला प्रहरी कार्यालय बागलुङले आठ फरार अभियुक्तलाई आज पक्राउ गरेको छ । जिल्ला अदालतले फैसला सुनाई कैद तथा जरिवाना भुक्तान गर्न बाँकी रहेका विभिन्न मुद्दाका फरार अभियुक्तलाई पक्राउ गरी जिल्ला अदालतमा पेश गरेको प्रहरी नायब उपरीक्षक राजेन्द्र रेग्मीले जानकारी दिए ।

गोबध मुद्दामा पाँच महिना १७ दिन कैद सजाय भुक्तान गर्न बाँकी जैमिनी नगरपालिका–६ का गगन नेपाली र २२ वर्षीय कृष्णबहादुर नेपालीलाई पक्राउ गरिएको छ । यस्तै सार्वजनिक मुद्दामा रु दुई हजार जरिवानाका जैमिनी–६ का ३० वर्षीय रामबहादुर नेपालीलाई पक्राउ गरिएको छ ।

यसैगरी आगलागी मुद्दामा जैमिनी–८ छिस्तीका ७४ वर्षीय बलबहादुर सुनार विकलाई पाँच महिना ६ दिन कैद भुक्तान गर्नलाई पक्राउ गरिएको हो । यस्तै जबर्जस्ती करणीमा नौ महिना २१ दिन कैद भुक्तान गर्न बाँकी रहेका जैमिनी–९ का ३३ वर्षीय भुवन अधिकारी पक्राउ गरिएको हो ।

यसैगरी लुटपिट मुद्दामा ढोरपाटन नगरपालिका–१ का ४५ वर्षीय अर्जुन गौचनलाई रु पाँच हजार जरिवाना, कुटपिट मुद्दामा चार महिना २८ दिन कैद र रु एक हजार ५०० जरिवाना तोकिएका बडिगाड गाउँपालिका, दर्लिङका २९ वर्षीय डोरबहादुर घर्ती र दीपेन्द्र बुढालाई पक्राउ गरी जिल्ला अदालतमा पेश गरिएको सूचना अधिकारी रेग्मीले जानकारी दिए ।

भारतबाट आयातीत विषाक्त रसायनयुक्त माछाको बिक्रीमा रोक

काठमाडौँ । झापाको विर्तामोड नगरपालिकाले भारतबाट आयातीत मरेको माछामा फर्मालिन नामक विषाक्त रसायनको प्रयोग भएको पाइएकाले त्यस्ता माछाको विक्रीमा प्रतिबन्ध लगाएको छ ।

नगरपालिकाको बिहीवार बसेको बैठकले भारतबाट आयातीत मरेको माछामा फर्मालिन नामक विषाक्त रसायनको प्रयोग भएको पाइएकाले त्यस्ता माछाको प्रयोगले मानव स्वास्थ्यलाई प्रतिकूल असर पु¥याउने हुँदा यसको विक्रीमा प्रतिबन्ध लगाउने निर्णय गरेको नगरका प्रवक्ता अग्नी पाण्डेले जानकारी दिए ।

मरेका माछालाई कुहिन नदिन फर्मालिन नामक विषाक्त रसायनको प्रयोग हुन्छ । यसले मानव स्वास्थ्यलाई प्रतिकूल असर पु¥याउन सक्छ । माछा र कुखुराको अण्डामा विर्तामोड नगरपालिका आत्मनिर्भर रहेको हुँदा त्यस्ता विषाक्त रसायन प्रयोग भएको भारतीय माछाको विक्री गर्नुपर्ने आवश्यकता नै नभएको उनको भनाइ छ ।

झापाको मुख्य व्यापारिक केन्द्र विर्तामोडमा विषादीको अवशेष परीक्षण गर्ने प्रयोगशाला समेत नगरपालिकाले सञ्चालन गर्दै आएको छ । विर्तामोड नगरलाई विषादीमुक्त बनाउन नगरपालिकाले विभिन्न अभियान पनि सञ्चालन गर्दै आएको छ । नगरप्रमुख ध्रुव शिवाकोटीको अध्यक्षतामा बसेको बैठकले भारतबाट आयातीत विषाक्त रसायनको प्रयोग भएको माछाको विक्री गरेको पाइएमा त्यस्ता व्यवसायीलाई कडा कानूनी कारवाही गर्ने नगरपालिकाले जनाएको छ ।

भारतको आन्ध्र प्रदेशबाट नेपालमा माछा आयात हुन्छ । दक्षिणी भारतमा मारिएका माछा नेपाली नाकासम्म ल्याउन झण्डै ४÷५ दिन लाग्छ । त्यसैले माछालाई कुहिन नदिन त्यसमा फर्मालिन प्रयोग गरिएको हुन्छ । नेपाल आइसकेपछि पनि व्यापारीहरुले यसलाई ताजै देखाउन फर्मालिनको थप प्रयोग गर्छन् ।

फर्मालिनको वास्तविक नाम र्फमलडिहाइड्रेड हो । यो एक प्रकारको विषाक्त रसायन हो । शवहरु सड्न नदिन मूर्दाघरमा फर्मालिन प्रयोग गरिन्छ । मरेका माछालाई यसमा डुबाएपछि ताजा जस्तै देखिन्छ । तर, यस्तो फर्मालिन हालेको माछाको प्रयोग मानव स्वास्थ्यका लागि निकै हानीकारक हुन्छ ।

तत्काल कुनै असर नगरे पनि यसले दीर्घकालीन रोगहरु निम्त्याउने चिकित्सकहरु बताउँछन् । यसले विशेषगरी मुटु र मृगौलालाई असर गर्ने, पेट पोल्ने, पाचनशक्ति कमजोर गराउने, अल्सर हुनेसहित स्नायुमा समेत असर गर्ने चिकित्सहरुको भनाइ छ । विश्वभरि नै फर्मालिनको प्रयोग प्रतिबन्धित छ । विश्व स्वास्थ्य सङ्गठनले खानेकुरामा फर्मालिन शून्य हुनुपर्ने भनेको छ ।

टोङ्गा नजिक ६.४ म्याग्नीच्यूडको भूकम्प

काठमाडौँ । प्रशान्त महासागरीय द्वीपीय राष्ट्र टोङ्गाको नजिकै समुद्री क्षेत्रमा बिहीबार ६।४ म्याग्नीच्यूडको शक्तिशाली भूकम्प गएको छ ।

अमेरिकी भौगर्भिक सर्भेका अनुसार उक्त भूकम्प जमिनको सतहबाट करिब ३५ किलोमिटर गहिराइमा गएको थियो । टोङ्गाको तटीय इलाका नजिकको लिफुका गाउँमा निकै ठूलो भूकम्पको धक्का महशुुुस गरिएको भए पनि क्षतिको विवरण प्राप्त भइसकेको छैन ।

प्रशान्त महासागरीय मुलुक टोङ्गा भूकम्पीय जोखिमयुक्त राष्ट्र हो ।

अफगानिस्तानमा ५ सैनिक, ४ सर्वसाधारणको मृत्यु

काठमाडौँ । अफगानिस्तानको दक्षिणी हेल्मन्ड प्रान्तमा कारबम बिस्फोटमा परेर पाँच सैनिक र चार जना सर्वसाधारणको ज्यान गएको छ ।

प्रान्तीय गभर्नरका प्रवक्ता ओमार ज्वाकले गएराति सैनिक लक्षित आक्रमण भएको जानकारी दिनुभयो । मारिएका सर्वसाधारणमा दुई महिला र दुई पुरुष समेतका रहेका छन् ।

अफगानिस्तानमा सक्रिय विद्रोही समूह तालिबान र इस्लामिक स्टेट दुबैले उक्त घटनाका बारेमा केही बताएका छैनन् ।

केही दिनदेखि अफगानिस्तान सरकार र मुख्य विद्रोही तालिबान समूहबीच कतारको राजधानी दोहामा प्रत्यक्ष वार्ता भइरहे पनि अफगानिस्तानमा हिंसात्मक घटना निरन्तर भइरहेका छन् ।

तालिबान समूहले शान्तिवार्तामा अफगान सरकार सहभागी भए पनि तालिबान विरुद्ध सैनिक कारबाही जारी रहेको भन्दै आलोचना गरेको छ ।

कुवेतका नयाँ अमिरको सपथ ग्रहण सम्पन्न

काठमाडौँ । कुवेतका राजकुमार नवाफ अल–अहमद अल–जाबेर अल–सबाहले बुधबार संवैधानिक व्यवस्था बमोजिम संसद समक्ष कुवेतका अमिरका रुपमा सपथ लिएका छन् ।

सरकारको आपतकालीन बैठकले मंगलबार अल–सबाहलाई अमिरमा नियुक्त गर्ने निर्णय गरेको थियो । कुवेती अमिर सबाह अल–अहमद अल–सबाहको मंगलबार उपचारको क्रममा संयुक्तराज्य अमेरिकाको एक अस्पतालमा निधन भएको थियो । उनी ९१ वर्षका थिए ।

कुवेतको संविधानबमोजिम पूर्व अमिरको निधन भएमा वा पदत्याग गरेमा उहाँका उत्तराधिकारीलाई नयाँ अमिर घोषणा गर्ने परम्परा छ ।

तर, नयाँ अमिरको घोषणा भएपनि संसद समक्ष सपथ गरेपछि मात्र पदभार ग्रहण गर्न पाइने संवैधानिक व्यवस्था छ ।

स्वर्गीय अल–सबाह जनवरी २००६ मा कुबेतको अमिर बन्नु भएको थियो । त्यसअघि कुबेतमा शेख जाबेर अल–सबाह अमिर थिए ।

थप १९११ जनामा संक्रमण पुष्टि

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ९ सय ११ जना कोरोना संक्रमित थपिएका छन्। यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ७९ हजार ७ सय २८ पुगेको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार बिहीबार ९ सय ६१ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। हालसम्म डिस्चार्ज हुनेको संख्या ५७ हजार ३ सय ८९ पुगेको छ।

उपत्यकामा थप ९४३ जनामा संक्रमण पुष्टि

काठमाडौँ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप ९ सय ४३ जना कोरोना संक्रमित थपिएका छन्।

स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँमा ८ सय १७ जना, भक्तपुरमा ५९ र ललितपुरमा ६८ जना कोरोना संक्रमित थपिएका हुन्। बिहीबार देशभर १ हजार ९ सय ११ जनामा कोरोना पुष्टि भएको छ।

थप ११ जनाको मृत्यु

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा कोरोनाबाट थप ११ जनाको मृत्यु भएको छ। योसँगै कोरोनाबाट मृत्यु हुनेको कुल संख्या ५ सय ९ जना पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

मुख्य सचिवमा वैरागी , डा. खतिवडा अमेरिका र रेग्मी बेलायतको राजदूत सिफारिस

काठमाडौँ । आज बसेको मन्त्रिपरिषद्को बैठकले मुख्य सचिवमा शंकरदास वैरागी, बेलायतको राजदूतमा लोकदर्शन रेग्मी र अमेरीकाको राजदूतमा डा.यूवराज खतिवडालाई नियूक्ति गर्ने निर्णय गरेको छ ।

मुख्य सचिव लोकदर्शन रेग्मीले आफ्नो पदबाट राजीनामा दिएसँगै बैठकले शंकरदास वैरागीलाई मुख्य सचिवमा नियुक्त गर्ने निर्णय गरेको हो । कात्तिक ३ गते रेग्मीको कार्यकाल सकिँदै थियो। यदि उनले राजीनामा जदिएको भए सचिवहरु वैरागी, मोहनकृष्ण सापकोटा र केदारबहादुर अधिकारी तीन सचिवले नै अवकास पाउने थिए । तर उनले राजीनामा दिएपछि मुख्य सचिवको दौडमा ३ जना नै लागेका थिए। वैरागी बिहानै बालुवाटार पुगेको समेत स्रोतले जनाएको छ ।

बजार अनुगमनका क्रममा रु १२ लाख असुली

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले विगत २२ दिनदेखि गरेको अनुगमनमा व्यापारीबाट जरिवानास्वरुप रु १२ लाख ८७ हजार असुल उपर गरेको छ । कामपाले तरकारी, फलफूल र खाद्य गरी १२३ वटा पसलमा अनुगमन गरेको थियो । यसरी गरिएको अनुगमनका क्रममा मूल्य र गुणस्तरमा उपभोक्तालाई ठगी गर्ने कालीमाटी तरकारी तथा फुलफूल बजारका २ र बल्खु तरकारी तथा फलफूल बजारका २ गरी ४ जना व्यापारीलाई कालोबजारीको कसुरमा जिल्ला प्रशासन कार्यालयमार्फत कारवाही अघि बढाइएको छ ।

उनीहरुले रु ४६ मा खरिद गरेको प्याजको कृतिम अभाव सृजना गरेर १३० मूल्यमा बेचिरहेको थिए । उनीहरुबाट बरामद भएको १३ हजार २६८ किलो प्याज खाद्य व्यवस्था तथा व्यापार कम्पनीमार्फत सबै खर्च कटाएर अधिकतम रु ६० प्रतिकिलाको दरले प्रतिव्यक्ति ३ किलोका दरले बिक्री प्रबन्ध गरिएको छ । अनुगमन टोलीले बिक्रीका लागि राखिएका अखाद्य सामग्री बिक्री गरिरहेको अवस्थामा ११ वटा पसलबाट करीब रु १० लाख मूल्य बराबरका सामान बरामदपछि नष्ट गरिएको छ ।

यसरी नष्ट गरिएका सामानमा दाल मैदा, खाने तेल, बट्टा वा प्याकेटमा राखिएका खानेकुरा, चकलेट, मिठाइ, बिस्कुट, मसला, फलफूल, जुस, चाउचाउ, चाउमिन, पानीलगायत खानेकुरा तथा पेय पदार्थ छन् । खुद्रा व्यापार गर्ने ७६ वटा पसललाई ७ दिनभित्र दर्ता प्रक्रियामा आउन निर्देशन दिइएको छ । बाँकी पसललाई सुधारका लागि सचेत गराइएको छ । उपभोक्ता अधिकारका लागि नेपालको संविधानको अनुसूची ८ ले र स्थानीय सरकार सञ्चालन ऐन, २०७४ ले दिएको अधिकार प्रयोग गरेर महानगरले नियमित तरकारी, फलफूल र माछामासुको अनुगमन गर्नुपर्ने छ ।

कामपाको उपप्रमुख एवम् अनुगमन समितिका संयोजक हरिप्रभा खड्गीले कोरोना कहरका समयमा जनताहरु एकातिर आय श्रोत बिग्रिएर चिन्तित छन् । अर्कातिर चर्को मूल्य वृद्धिले समस्यामा परेकाले नियमित अनुगमन गरेको बताए । कामपा कृषि विभागका प्रमुख हरिबहादुर भण्डारीले, अनुगमनका क्रममा काठमाडौँका ठूला तरकारी बजार कालीमाटी, बल्खु, नक्साल, तीनकुने, मनोहरा, माछापोखरी र कुलेश्वरको फलफूल पसल अनुगमन गरिएको जानकारी दिए ।

आजदेखि सुपथमूल्य पसल सञ्चालनः उपत्यकामा यी स्थानमा छन् पसल

काठमाडौँ । सरकारले दशैँ, तिहार र छठलगायतका पर्वलाई लक्षित गरेर बिहीबार(आज) देखि उपत्यकासहित देशभर सहुलियत मूल्य पसल सञ्चालनमा ल्याउँदै छ ।

चाडपर्वमा उपभोक्तालाई थोरै भए पनि मूल्यमा राहत दिने उद्देश्यले सरकारले हरेक वर्ष यसता सहुलियत मूल्य पसल सञ्चालन गर्ने गरेको छ । यो वर्ष पनि त्यसैको निरन्तरता हो ।

यो वर्ष उपत्यका र सुर्खेतका उपभोक्ताका लागि खाद्य व्यवसथा तथा व्यापार कम्पनीले बिक्री गर्ने चामल, दाल, गेडागुडीलगायत अनलाइनबाट खरिद गर्न सकिने थप व्यवसथा गरेको छ । यो वर्ष कोभिड–१९ का कारण भीडभाड नहोस् भनेर सरकारले खाद्य व्यवसथा तथा व्यापार कम्पनीबाट अनलाइनमार्फत सामान खरिद गर्नसक्ने व्यवसथा गरेको छ ।
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गतका खाद्य व्यवसथा तथा व्यापार कम्पनी, साल्ट ट्रेडिङ र दुग्ध विकास संसथान (डीडीसी)ले बिक्री गर्ने सामानमा न्यूनतम दुई रुपियाँदेखि अधिकतम ३० रुपियाँसम्म छुट हुनेछ । मन्त्रालयका सहप्रवक्ता उर्मिला केसीले यस वर्ष दशैँ, तिहारलगायतका चाडपर्व ढिला भएकाले दशैँ आउन १५ दिन अगाडि नै सहुलियत मूल्य पसल सञ्चालन गर्न लागिएको जानकारी दिइन् ।
काठमाडौँ उपत्यकामा १६ सथानसहित देशका अरू मुख्य सहरमा गरी ६५ वटा सहुलियत पसल सञ्चालन हुने उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ । सहुलियत पसल आउँदो मङ्सिर ६ सम्म सञ्चालन गरिने छ । एकीकृत सहुलियत पसलमा चिनी, नुन, चामल, घिउ, दाल, गेडागुडीदेखि मासुसमेत सहुलियत मूल्यमा पाइने छ ।

सानिमा जनरल इन्स्योरेन्सको आइपिओ यहि २१ गतेदेखि खुल्ला

काठमाडौँ । निर्जीवन बीमा कम्पनी सानिमा जनरल इन्स्योरेन्सले सर्वसाधारणको लागि साधारण सेयर निष्कासन गर्न लागेको छ । इन्स्योरेन्सले असोज २१ गतेदेखि खुल्ने गरी ३० लाख कित्ता सेयर निष्काशन गर्न लागेको हो । १ अर्ब चुक्ता पूँजी पुर्याउनको लागि आइपिओ निष्काशन गर्न लागेको इन्स्योरेन्सले सर्वसाधारणलाई ३० प्रतिशत सेयर बिक्री गर्न लागेको हो । कम्पनीले प्रतिकित्ता एक सय रुपैयाँ रहेको जनाएको छ ।

कम्पनीले निष्काशन गर्न लागेको आइपीओ १ लाख २० हजार कित्ता कम्पनीका कर्मचारी र १ लाख ५० हजार कित्ता सामुहिक लगानी कोष को २७ लाख ३० हजार कित्ता सर्वसाधारणको लागि छुट्याइएको छ ।

पछिल्लो समय आइपीओमा रेकर्ड ब्रेक आवेदन पर्न थालेको छ । धितोपत्र बोर्डको आइपीओ बाँडफाँड निर्देशिका अनुसार न्यूनतम १० कित्ता सेयर अनिवार्य गरिएको छ ।

सानिमा जनरल इन्स्योरेन्सको आइपीओमा २ लाख ७३ हजार जनाले न्यूनतम १० कित्ता आइपीओ पाउनेछन् ।

आइपीओ मेरो सेयर तथा आस्वा पाएका बैंक तथा वित्तीय संस्थाबाट सेयर भर्न सकिन्छ । आइपीओ बिक्री छिटोमा असोज २४ गते बन्द हुने छ ।