भारतका केन्द्रीय मन्त्री पासवानको निधन

काठमाडौँ । भारतका केन्द्रीय मन्त्री राम विलास पासवानको बिहीबार निधन भएको छ ।

उपभोक्ता मामिला, खाद्य तथा सार्वजनिक वितरण मन्त्रालय सम्हाल्दै आउनु भएका पासवान केही हप्ता अगाडिदेखि नै अस्पतालमा भर्ना भएका थिए । उनको मुटु सम्बन्धी शल्यक्रिया पनि गरिएको थियो ।

भारतको स्थानीय समय अनुसार बिहीबार बेलुका ६.५० मा उनको फोर्टिस इस्कोर्टस हर्ट इन्ष्टीच्युटमा निधन भएको हो ।

दलित समुदायका अति प्रभावशाली नेता मानिनु हुने ७४ वर्षीय पासवान लोक जनशक्ति पार्टीका संस्थापक समेत हुन्।

उनले झण्डै पाँच दशक लामो राजनीतिक तथा सामाजिक सेवाका क्रममा आफ्नो समुदायको अधिकार र संरक्षणका लागि आवाज उठाउँदै आएका थिए ।

उनले सन् २००० मा स्थापना गर्नु भएको पार्टीको अहिले उहाँकै ३७ बर्षीय छोरा चिराग पासवानले नेतृत्व गरेका थिए ।

आफ्ना पिताको निधन भएपछि छोरा चिरागले सामाजिक सञ्जाल ट्वीटरमा लेखेका छन्, “बाबा तपाई अब हामीबीच रहनु भएन, भौतिक रुपमा नभए पनि तपाई हामीसँगै हुनु हुनेछ ।”

उनको निधनप्रति देश विदेशबाट दुःख व्यक्त गर्दै धेरैले समवेदना प्रकट गरेका छन् । भारतीय राष्ट्रपति, प्रधानमन्त्री, मन्त्रीहरु, पार्टीका नेता, विदेशी नियोगका प्रतिनिधिलगायतले श्रद्धान्जलि व्यक्त गरेका छन् ।

वार्षिक उत्सवमा सनराइद्धारा बाल मन्दिरलाई आर्थिक सहयोग

काठमाडौँ । सनराइज बैंकले आफ्नो १३ औं वार्षिकोत्सवको अवसरमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बाल मन्दिरमा सहयोग गरेको छ । शुक्रबार बैंकको प्रमुख कार्यालय गैरीधारामा भएको एक कार्यक्रमका बिच बैंकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्यालले नेपाल बाल संगठन, बाल मन्दिरका अध्यक्ष विद्या उपाध्याय न्यौपानेलार्ई चेक हस्तान्तरण गर्नु भएको छ ।

बैंकले सधै झै आफ्नो वार्षिकोत्सवमा नेपाल बाल संगठनलाई आवश्यक खाद्यसामाग्री, लताकपडा आदि वितरण गदै आएकोमा यस वर्ष कोभिड १९ को कठिन समयलाई मध्यनजर गदै उक्त सामाग्रीहरु किन्नको लागि नगद १ लाख ५० हजार रुपैंया आर्थिक सहयोग गरेको छ । बाल हेरचाह, अनाथ, पिछडिएको, द्वन्द्व प्रभावित आदि बच्चाहरूको लागि शिक्षामा केन्द्रित सो संस्थालाई आउँदा वर्षमा पनि सहयोग गर्दै जाने प्रतिबद्धता गर्नुभयो । प्रमुख कार्यकारी अधिकृत पौड्यालले बैंकको १३औ वार्षिकोत्सवको अवसरमा सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न क्षेत्रमा सहयोग कार्य निरन्तर गरिरहने जनाउनु भएको छ ।

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

पाल्पा, १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा माथागढी गाउँपालिका(४ मलेबास बस्ने १९ वर्षीय विराज ज्ञवालीलाई बिहीबार बेलुका प्रहरीले पक्राउ गरेको छ । विराजले ती बालिकालाई गत भदौ ९ गते जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी माथाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

धनुषा, १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा लक्ष्मीनियाँ गाउँपालिका(६ बगेवा बस्ने २० वर्षीय रबिन कुमार दासलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । दासले ती बालिकालाई बुधबार जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय महेन्द्रनगर र प्रहरी चौकी लक्ष्मीनियाँबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

रोक्का राखिएका जग्गा फुकुवा गराउँदै नगर विकास समिति

कैलाली । कैलालीको टीकापुर नगर बिकास समितिले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रोक्का गरेको जग्गा फुकुवाका लागि प्रक्रिया अगाडि बढाएको छ । आयोगले रोक्का राखेको १६२ कित्ता जग्गा फुकुवाका लागि अध्यन तथा छानबिन उपसमिति गठन गरेर फुकुवाको प्रक्रिया अगाडि बढाइएको हो । टीकापुर नगरपालिकाका प्रमुख तथा टीकापुर नगर बिकास समिति अध्यक्ष तपेन्द्रबहादुर रावलको अध्यक्षतामा गत असार १ गते बसेको बोर्ड बैठकले रोक्का जग्गा फुकुवाको प्रक्रिया अगाडि बढाउन बोर्ड सदस्य मोहनसिंह बिकको संयोजकत्वमामा चार सदस्यीय उपसमिति गठन गरेको थियो । उपसमितिले रोक्का भएको ती जग्गाको अध्यन तथा छानबिन गरेर प्रतिबेदन बोर्ड समितिलाई उपलब्ध गराउन एक महिनाको समय पाएकामा कोरोनाका कारण भएको बन्दाबन्दीले छानबिनको काम पूरा हुन नसक्दा साउन ११ गते बसेको बोर्ड बैठकले पुनः एक महिना समय थप गर्दै भाद्र मसान्तसम्म प्रतिबेदन बुझाउन भनेको थियो ।
संयोजक बिकले उपसमितिले प्रतिबेदन तयार पारिसकेको तर बोर्ड बैठक बस्न नसकेकोले प्रतिबेदन हस्तान्तरण गर्न नसकेको बताए । उनका अनुसार सो प्रतिबेदनलाई बोर्ड बैठकले अध्यन गरेर संघीय मन्त्रालयमार्फत रोक्का जग्गा फुकुवाको लागि आयोग समक्ष आग्रह गरिने छ । “रोक्का भएको जग्गाको सम्बन्धित जग्गा धनीसँग हामीले निवेदन मागेका थियौ तर सबै जग्गाको निवेदन भने आएको छैन ।” संयोजक बिकले भने ।
उपसमिति सदस्य एवं बिकास समितिका प्राबिधिक नेत्र रावलले भने, “सबै जग्गाको निवेदन आएको भए छानबिन गर्न सजिलो हुने थियो । निवेदन पनि निकै कम आयो ।” मालपोत कार्यालयका प्रमुख एबं उपसमिति सदस्य दलबहादुर चन्दले रोक्का भएको जग्गा फुकुवाका लागि आफूहरुले केही गर्न नसक्ने भएकाले कानूनसम्मत रहेर सल्लाह दिने काम भने गरिएको बताए ।
वि।सं २०६६ देखि २०६८ सालसम्म टीकापुर बिकास समितिको अध्यक्ष रहेका नेत्रप्रसाद जैसीको नेतृत्वमा बिक्री भएका १६२ कित्ता जग्गा बिक्री गर्दा अनियमितता भएको भन्दै आयोगले सबै कित्ता रोक्का गराएको थियो । जग्गा खरिद गरेका जग्गाधनीले अख्तियारमा परेको उजुरीका आधारमा जग्गा रोक्का हुदा कारोबार गर्न समस्या भएको बताएका छन् ।

सुन देखि चाँदिसम्मको मूल्य बढ्यो, हेर्नुस् आजको बजारभाउ

काठमाडौँ । शुक्रबार सुनको मूल्यमा भारी वृद्धि भएको छ । लगातार घटेको सुनको मूल्य शुक्रबार फेरि तोलामा ९ सय रुपैयाँले बढेको छ । आज तोलाको ९४ हजार ८ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

बिहीबार तोलामा २ सय रुपैयाँले घटेर तोलाको ९३ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो ।

मंगलबार सुन तोलामा ८ सय रुपैयाँले बढेर तोलाको ९४ हजार ९ सय रुपैयाँ भएको थियो । बुधबार पुन ८ सय रुपैयाँले घट्दै तोलाको ९४ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो ।

चाँदीको मूल्य अघिल्लो दिनको भन्दा तोलामा १५ रुपैयाँले बढेर तोलाको एक हजार एक सय ९६ रुपैयाँ कायम भएको छ । बिहीबार तोलामा ५ रुपैयाँ बढेर तोलाको १ हजार १ सय ८० रुपैयाँमा कारोबार भएको थियो ।

अन्तराष्ट्रिय बजारमा पनि सुनको मूल्य एकै दिनमा २५ डलरले बढेको छ । आज सुन प्रतिऔंस १९११ ३२ डलर र चाँदी २४ ३० डलरमा कारोबार भएको अन्तराष्ट्रिय संचार माध्यमले जनाएका छन् । बिहीबार सुन प्रतिऔंस १८८७ ७१ डलर र चाँदी प्रतिऔंस २३ ८४ डलरमा कारोबार भएको थियो ।

जापानी खाना “बेन्तो” अब नेपालमै, भाटभटेनीले आजदेखि बिक्रि सुरु गर्यो

काठमाडौँ । भाटभटेनी सुपरमार्केट र होक्काइदो रामन हाउसले जापानी खाना “बेन्तो” सर्भिसका सम्बन्धमा सहकार्य गरेका छन् । बेन्तो नेपाली बजारमा पहिलो पटक भाटभटेनीबाट चिनाउन पाउँदा खुसि भएको रामन हाउसले जनाएको छ ।

सम्झौता अनुसार जापानमा तालिम प्राप्त अनुभवी सेफले जापानको निगरानीमा तयार पारेको बेन्तो भाटभटेनी सुपरमार्केटले बिक्री गर्ने छ । तरकारीहरू आफ्नै बारीमा फलाएको र सामाग्रीहरू पनि जापानमा तालिम प्राप्त स्टाफहरूले विशेष ध्यान पु¥याइ छानेको हुने हाउसको दावी छ । खाना पनि आफ्नै सेन्ट्रल किचेनमा सावधानिपूर्वक तयार गरिने जनाएको छ ।

बेन्तोको बिक्रि आजदेखि नै सुरु भएको छ । हाललाइ ५ विभिन्न किसिमका हुनेछन् । र, भाटभटेनी सुपर मार्केटको इतिहास बोकेको पहिलो स्टोर (नक्सा भाटभटेनी) मा उपलब्ध हुनेछ । बिस्तारै बेन्तोको प्रकार भाटभटेनीका अन्य आउटलेट र आफ्नै मिनी आउटलेट संचालन गरि काठमाडौं, पोखरा, चितवन, विराटनगर लगायतका अन्य शहरी क्षेत्रमा बिक्री बढाउदै जाने होक्काइडो रामेन हाउसका प्रबन्ध निर्देशक अर्जुन अधिकारीले बताए ।

जापानी खाद्य संंस्कृतिको चिनारी गर्दै ग्राहकहरूलाई स्वादमा सन्तुष्टि र स्वास्थ्यको विशेष ख्याल राख्दै जापानी खानाको सौन्दर्यलाई कायम राख्ने हाउनले जनाएको छ ।
बेन्तोको सामान्य परिचयः

“बेन्तो” भन्नाले एकजनालाई पुग्ने खाना पसल र रेष्टुँराबाट “टेक आउट” अथवा घरमै बनाइएको पनि बाहिर बोकेर जान मिल्ने खाना भन्ने बुझिन्छ । यसको शुरूवात जापानमा भएको हो । बेन्तोमा प्राय भात, नुडल, माछा, मासु , पकाइएको तरकारी र अचार बनाइएको तरकारीहरू समावेश गरिएको हुन्छ ।

सप्तरीको हनुमानगर बाट ठुलो परिमाणको अबैध सुर्ती बरामत

सप्तरी । सप्तरीको हनुमानगर नगरपालिका ५ बाट सशस्त्र प्रहरीले ठुलो परिमानको अबैध सुर्ती बरामत गरेको छ । सशस्त्र प्रहरीका प्रहरी उपरीक्षक राजुु श्रेष्ठको कमान्डमा गोप्य सूचनाको अधारमा खटिएको सादा पोसाकको सशस्त्र प्रहरीले उक्त सम्मान बरामत गरेको हो।

लकडाउनको मौका छोपी तस्करले ठुलो परिमाणको अबैध सुर्ती भन्सार छ्लेर नाउँ डुङ्ग प्रयोग गरी भारत तर्फ लगदै गरेको अबस्थामा कोशी खोलाको पनार बाट सादा पोसाकमा खटिएको प्रहरी बिरेन्द्र साहले उक्त सम्मान पक्राउ गरेका छन्। पक्राउ गरेको सम्मान सुर्ती २० बोरा ,मन्जन गुल्ल ५ बोरा,मटर ,कपडा लगायतका सम्मान बरामत गरेका छन उक्त सम्मान करिब ३ लाख मुल्य बराबरका छन्। पहरी लाई हेर्दा तस्करले सम्मान छाडेर फरार भएको थियो। परामत गरेको सम्मान कुनौली भन्सारमा बुझाएको प्रहरीले जानकारी दिए ।

मिर्गौला रोगी थापाको उपचारका लागि जुट्यो २ लाख ३७ हजार सहयोग

काठमाडौँ । दुवै मिर्गौला फेल भएकी गोरखाको भीमसेन थापा गाउँपालिका–४ धावाकी ४० वर्षीया शर्मिला परियारको उपचारका लागि रु दुई लाखभन्दा बढी आर्थिक सहयोग प्रदान गरिएको छ । अर्थाभावका कारण उपचार गर्न समस्यामा परेकी उहाँको उपचारका लागि ‘शर्मिला परियार बचाऊ अभियान’ नै सञ्चालन गरी सामाजिक सञ्जालमार्फत रकम जम्मा गरी पीडित परिवारलाई प्रदान गरिएको हो ।

अभियानमार्फत कूल रु दुई लाख ३७ हजार १८४ रकम सङ्कलन भएको सामाजिक अभियानकर्मी बालकृष्ण परियारले जानकारी दिए । “सङ्कलन भएको सबै रकम काठमाडौँस्थित शिक्षण अस्पतालमा पुगेर बिहीबार बिरामी श्रीमान् कृष्णबहादुर परियारलाई उपलब्ध गराइएको होे”, उनले भने, “थोरै प्रयासले कसैको जीवन बचाउन सकिन्छ भने सहयोग गर्नैपर्छ भन्ने लागेकाले म आफैले अभियानको थालनी गरेको हुँ ।”

अभियानकर्मी परियारले सामाजिक सञ्जालबाटै पीडितको दुःख थाहा पाएपछि आर्थिक सङ्कलनका लागि अभियान थालेको जानकारी दिए । “फेसबुक चलाउँदै गर्दा पीडितका श्रीमान्ले श्रीमतीको उपचारका लागि सामाजिक सञ्जालमा बिलौना गरेको देखे”, उनले भने, “गरिखाने ट्याक्सी बिक्री गरिसक्दासमेत श्रीमतीको उपचारका लागि पैसा नपुगेको भन्ने थाहा पाएपछि आफ्नो सम्पर्कमा रहेका साथीभाइलाई हारगुहार गरेर सो रकम जुटाएर पीडितलाई उपलब्ध गराइएको हो ।”

उनले जापान, साउदी अरेबिया र मलेशियालगायत देशमा रहेका साथीहरुबाट करिब रु ७० हजार सहयोग जुटाएको र बाँकी रकम नेपालभित्रबाट जुटाएको बताउनुभयो । “सहयोगी मनहरुले जसले जतिसक्नुभयो उति नै सहयोग गरे”, अभियानकर्मी परियारले भन्नुभयो, “जसरी पनि पीडितको उपचारका लागि मैले खर्च जुटाउनुपर्छ भन्ने मनैदेखि लागेर सहयोग जुटाउन थालेको थिएँ ।”

परियारको उपचारमा अहिलेसम्मका करिब रु १० लाखभन्दा बढी खर्च भइसकेको पीडितका श्रीमान् कृष्णबहादुरले बताए । “दैनिक रु छ÷सात हजारभन्दा बढी रकम खर्च हुन्छ”, उनले भने, “साउनदेखि यता अस्पतामा भर्ना गरेर उपचार गरिरहेको छु, घरको आर्थिक अवस्था राम्रो नभएकाले पनि श्रीमतीको उपचार गर्न सक्ने अवस्था नै नभएपछि सबैलाई गुहार्नुपरेको छ ।” उनी मुटु रोगीसमेत छन् ।

अहिलेको मुटुको उपचार भइरहेको छ, पीडितका श्रीमान कृष्णबहादुरले भने, “मुटुको उपचार निको भएपछि मिर्गौला प्रत्यारोपण गर्ने वा के गर्ने भन्ने निश्चित हुन्छ भनेर चिकित्सकले भनेका छन् । तर उपचारका लागि अझै पैसा पुगेको छैन, कहाँबाट जुटाउने खै ।” शर्मिलाको यसअघि पनि दुईपटक मुटुमा पानी जमेपछि शल्यक्रियासमेत गरिसकिएको उनले बताए। “जसोतसो गरेर एउटा ट्याक्सी किनेर चलाउँदै परिवार पाल्दै आएको थिएँ”, कृष्णबहादुरले भने, “अहिले श्रीमतीको उपचारमा समस्या परेपछि त्यो पनि बेचेर उपचार गरिरहेको छु, अझै रकम पुग्दैन अब कहाँ कसलाई भनुँ ।” आफूसँग कुनै उपाय नभएपछि सहयोगीले जुटाइदिएको रकमले अहिले श्रीमतीका लागि उपचार खर्च टार्दै आएको उनले बताए।

दक्षिण कोरियाका १५ लाख श्रमिकले तलब पाएनन्

काठमाडौँ । नेपालीहरूका लागि रोजगारीका लागि आकर्षक गन्तव्य मानिने मुलुक दक्षिण कोरियामा १५ लाख बढी मजदुरले आफूले काम गरेवापत पाउनुपर्ने तलब रोजगारदाताबाट पाउन नसकेको तथ्याङ्क सार्वजनिक भएको छ । यहाँको श्रम मन्त्रालयको तथ्याङ्कानुसार सन् २०१६ देखि २०१९ सम्म १५ लाखभन्दा धेरै कामदारले नपाएको कूल तलब रकम ७।१७ ट्रिलियन वोन पुगेको छ । सन् २०१६ मा मात्र तीन लाख २५ हजार ४३० जनाले नपाएको ज्याला १।४३ ट्रिलियन पुगेको थियो भने सन् २०१९ मा तीन लाख ४४ हजार ९७७ जनाले पाउनुपर्ने १।७२ ट्रिलियन वोन पुगेको छ । त्यसैगरी सन् २०२० को आठ महिनामा कामदारलाई नदिएको ज्याला ८९० बिलियन वोन छ ।

यसरी ज्याला नपाउने कामदारमा सबैभन्दा धेरै उत्पादनमूलक कम्पनीमा छन् भने दोस्रो स्थानमा निर्माण, खुद्रा व्यापार, होटल, रेस्टुराँमा छन् । सन् २०१९ मा मात्र पाँच जना वा सोभन्दा कम कामदार भएका कम्पनीमा बाँकी ज्याला ५४५।६ मिलियन वोन छ भने ५०० भन्दा धेरै कामदार भएका ठूला कम्पनीबाट तिर्न बाँकी रहेको ज्याला ६० बिलियन पुगेको छ ।

पछिल्लो समय कामदारको ज्याला रोकिनुमा विश्वव्यापीरूपमा फैलिएको कोरोना भाइरसका कारण विश्व अर्थतन्त्रमा आएको मन्दी मुख्य कारण रहेको तथ्याङ्कमा उल्लेख छ । यसरी कामदारले ज्याला नपाएका घटना धेरै बढिरहेको बताउँदै कानूनविद्हरूले आर्थिक सङ्कट झेलिरहेका कम्पनीलाई सरकारले आर्थिक सहयोग गरी कामदारले पाउनुपर्ने ज्याला नरोक्न सुझाव दिएका छन् । यहाँको रिपब्लिक जनशक्ति पार्टीका नेता किम सुङ–वानले कामदारको ज्याला समयमा भुक्तानी नगर्ने रोजगारदातालाई जरिवानासमेत तिराउनुपर्ने सुझाव दिएका छन् ।

यो तथ्याङ्क बाहिरए पनि झण्डै ५० हजार बढी नेपालीले रोजगारी गरिरहेको देश दक्षिण कोरियामा नेपालीहरू हालसम्म बेतलबी बस्नुपरेको त्यस्तो उल्लेख्य घटना देखिएको छैन । तथापि यसको प्रभाव पर्ने हो कि भन्ने चिन्ता यहाँ काम गरिरहेका नेपालीलाई छ ।

गायक दावा गुरुङ र वानिका प्रधानको हिजो जस्तो लाग्छ सार्वजनिक

गायक दावा गुरुङ र वानिका प्रधानको युगल स्वरमा रहेको हिजो जस्तो लाग्छ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ। गीतमा शब्द , संगीत स्वयम् गायक दावा गुरुङको रहेको छ। यस गीतलाई रोमी बस्नेतले संगीत संयोजन गरेका हुन्।

म्युजिक भिडियोमा विवाहित जोडीको पहिलो डेटिङ र जिन्दगीका रमाइला पलहरुको स्मरण गरिएको छ। भिडियोमा आकाश श्रेष्ठ र गरिमा शर्मा फिचर्ड छन्। बुद्ध थापाले छायांकन गरेको यस भिडियोलाई विकाश धमलाले सम्पादन गरेका हुन्। निकेश खड्काको निर्देशनमा भिडियो तयार पारिएको हो।

२०५६ साल बाट आफ्नो संगीत यात्रा प्रारम्भ गरेका गायक गुरुङले हाल सम्म २ वटा स्टुडियो एल्वम र अन्य थुप्रै गीतहरु सार्वजनिक गरिसकेका छन्। २०६५ सालमा गायक गुरुङ ुभन्दिन म तिमीलाईु बोलको गीत बाट ईमेज अवार्ड र हिट्स एफएम अवार्ड बाट समेत सम्मानित भैसकेका छन्।
अमेरिकामा बसेर आफ्नो संगीत यात्रा अघि बढाइरहेका गायक गुरुङको च्यानलसिङ्गर दावा गुरुङ अफिसिएलु मार्फत भिडियो सार्वजनिक भएको हो। दशैँको अग्रिम शुभकामना सहित गायक गुरुङले यस भिडियोलाई हेरेर प्रतिक्रिया दिन हुन गायक गुरुङले सम्पुर्ण दर्शक स्रोतालाई आग्रह गरेका छन् ।

सार्कस्तरका शिक्षामन्त्रीबीच कोभिड–१९ पछिको शिक्षाबारे समीक्षा

काठमाडौँ । दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन ९सार्क० स्तरका शिक्षामन्त्रीले कोभिड–१९ पछि शिक्षा क्षेत्रमा प्रभाव र सूचना तथा सञ्चारको प्रयोगबाट सिकाइ निरन्तरता पहलबारे अनुभव आदानप्रदान गरेका छन् ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले परराष्ट्र मन्त्रालय र सार्क सचिवालयको सहकार्यमा बिहीबार आयोजित भर्चुअल बैठकमा मुलतः दुर्गम क्षेत्रमा सिकाइ सहजीकरण, शैक्षिक संस्था पुनःसञ्चालन, शैक्षिकसत्रको कार्यान्वयन, शिक्षण सिकाइ सामग्री विकास, सार्वजनिक परीक्षाको व्यवस्थापन तथा शिक्षामा सूचना तथा सञ्चार प्रविधिको प्रयोगजस्ता विषयमा छलफल भएको शिक्षा मन्त्रालयका प्रवक्ता दीपक शर्माले जानकारी दिए ।

शिक्षासम्बन्धी दिगो विकासको लक्ष्य र सार्क कार्ययोजना खाकाको कार्यान्वयनको विषयमा पनि छलफल भएको बैठकमा कोभिड–१९ लगायत सबै प्रकारका महामारीमा आगामी दिनमा पारस्परिक सहयोग अझ मजबुत गराउने तथा सार्क सदस्य राष्ट्रबाट विकास गरिएका विद्युतीय सामग्रीको प्रयोग र उच्च शिक्षामा फ्याकल्टी विकासजस्ता कार्यहरूमा सहकार्य गर्न सकिने जनाइएको थियो ।

बैठकको अध्यक्षता गर्दै शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले कोभिड–१९ जस्ता महामारीबाट शिक्षा क्षेत्रले व्यहोर्नुपर्ने चुनौतीको सामना गर्न यस प्रकारको बैठकले क्षेत्रीयस्तरमा सामूहिक तत्परताको विकास गर्ने कुरामा जोड दिए ।

प्रहरीद्वारा १६ फरार प्रतिवादी पक्राउ

काठमाडौँ । कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेत र यहाँका १० जिल्ला प्रहरी कार्यालयहरुको संयुक्त पहलमा अदालतको फैसला कार्यान्वयन अभियान तीव्ररुपमा अगाडि बढाइएको छ । प्रहरीले अदालतको फैसला कार्यान्वयनका क्रममा यो चार दिनभित्र १६ फरार प्रतिवादी पक्राउ गरेको हो ।

कर्णाली प्रदेश प्रहरी कार्यालयको विशेष टोलीको सहयोगमा जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट लागुऔषध, चोरीका तीन÷तीन, वन मुद्दाका दुई, कर्तव्य ज्यान र नागरिकता कीर्ते मुद्दाका एक÷एक जना गरी १० फरार प्रतिवादीलाई पक्राउ गरिएको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक राजेशनाथ बाँस्तोलाले जानकारी दिए ।

त्यसैगरी जिप्रका जुम्लाबाट लागुऔषध, लुटपाट र चौपाय चोरीका एक÷एक र डोल्पाबाट केही सार्वजनिक अपराध, कालीकोटबाट चोरी र जिप्रका दैलेखबाट अंश दर्ता मुद्दाका एक÷एक गरी छ फरार पक्राउ परेको प्रवक्ता बाँस्तोलाले बताए । पक्राउ परेका सबै प्रतिवादीलाई सम्बन्धित जिल्लाका जिल्ला अदालतसमक्ष पेश गरिएको प्रदेश प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

तीन फरार प्रतिवादी पक्राउ

दमौली– जिल्ला प्रहरी कार्यालयले विभिन्न मुद्दामा सजाय पाएका तीन फरार प्रतिवादीलाई पक्राउ गरेको छ । सवारी ज्यान मुद्दाका दुई र कर्तव्य ज्यान मुद्दाका एक फरार प्रतिवादीलाई प्रहरीले बिहीबार पक्राउ गरेको हो । सवारी ज्यान मुद्दामा स्याङ्जाको आँधीखोला गाउँपालिका–२ स्थायी घर भई तनहुँको भानु नगरपालिका–१ पुल्चोक बस्ने अविनास बस्याल डेढ वर्षपछि पक्राउ परेका छन् । बस्याललाई जिल्ला अदालत तनहुँले विसं २०७५ फागुन २८ गते सात महिना कैद सजाय तोकेको थियो ।

सवारी ज्यान मुद्दामै फरार रहेका बन्दीपुर गाउँपालिका–१ रिमाल्नी बस्ने सुजन खड्गी पक्राउ परेका छन् । खड्गीलाई जिल्ला अदालत तनहुँले विसं २०७५ फागुन २८ गते रु दुई हजार जरिवानाको फैसला गरेको थियो । कर्तव्य ज्यान मुद्दामा भानु नगरपालिका–४ बस्ने बेदबहादुर कँडेल पक्राउ परेका छन् । निजलाई जिल्ला अदालतले विसं २०७३ असोज १० गते रु ५०० जरिवानाको फैसला गरेको थियो । फरार तीन जनालाई नै सम्बन्धित घरवतनबाटै पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिए । पक्राउ परेकालाई जिल्ला अदालत पेश गरिएको छ ।

विभिन्न अपराध एवं मुद्दामा संलग्न रही फरार रहेका तथा अदालतबाट फैसला भई दण्ड, जरिवाना, दसौदी, कोर्ट फि र सरकारी बिगो तिर्न बाँकी भएका व्यक्तिको खोजीका लागि प्रहरीले अभियान सञ्चालन गरिरहेको छ ।

५५० गाँजाका बोट नष्ट

प्रहरीले ५५० गाँजाका बोट नष्ट गरेको छ । देवघाट गाउँपालिका र भीमाद नगरपालिकाका विभिन्न ठाउँमा पाँच रोपनी जग्गामा उम्रिएको गाँजाका बोट प्रहरीले नष्ट गरेको हो । देवघाट गाउँपालिका–२ लेखस्वारा र बेसार्दी भन्ने स्थानमा लागुऔषध गाँजाखेती रहेको भन्ने सूचनाका आधारमा खटिएको प्रहरीले चार रोपनी जग्गामा प्राकृतिकरूपमा फैलिएको ४५० गाँजाका बोट नष्ट गरेको प्रहरीले जनाएको छ । त्यस्तै भीमाद नगरपालिका–१ गोरडाँडा र आसपासका क्षेत्रमा एक रोपनी जग्गामा फैलिएको १०० गाँजाको बोट नष्ट गरेको प्रहरीले जनाएको छ ।

कर्मचारी सञ्चय कोष आजको लागि बन्द

काठमाडौँ । काठमाडौँ उपत्यका स्थित कर्मचारी सञ्चय कोषको कार्यलय आजको लागि बन्द हुने भएको छ । कोषको कार्यालयमा कार्यरत कर्मचारीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएकोले कार्यालय बन्द गरिने कोषले निकालेको सूचनामा उल्लेख छ।

कोषले निकालेको सूचनामा भनिएको छ । कर्मचारी र सञ्चयकर्तामा हुन सक्ने जोखिमलाई न्यूनिकरण गर्न आज (असोज २३ गते) कोषको उपत्यकास्थित कार्यालयहरू बन्द हुने छ ।

कोषबाट प्रवाह हुने अनलाइन विशेष सापटी सेवा यथावत रहने कोषको केन्द्रीय कार्यालय पुल्चोक ललितपुरले उल्लेख गरेको छ।

सरकारले ३५ मेडिकल संस्था खारेज गर्यो

काठमाडौँ । सरकारले ३५ वटा मेडिकल संस्था खारेज गरेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारीमा जाने श्रमिकको स्वास्थ्य परीक्षण गर्ने ३५ मेडिकल संस्थालाई धरौटी नबुझाएको भन्दै खारेज गरेको हो ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामेश्वर रायले असोज २० गते मन्त्री स्तरीय बैठकले कानुन बमोजिमको निर्धारित समयभित्र नपुग धरौटी बापतको रकम नबुझाएको र पेस गरेको सफाइ समेत सन्तोषजनक नभएको देखिएको भन्दै खारेज गरेको बताए ।
स्वास्थ्य मन्त्रालयबाट अनुमति प्राप्त गरेको मेडिकल संस्थाले श्रम मन्त्रालयमा धरौटी राखेर सूचीकरण भएपछि मात्रै वैदेशिक रोजगारीमा जाने श्रमिकको स्वास्थ्य परीक्षण गर्न पाउनेछ । वैदेशिक रोजगार ऐन संशोधन भएपछि मेडिकल संस्थाले धरौटी बापत ५ लाख रुपैयाँ राख्नुपर्छ । त्यसअघि दुई लाख रुपैयाँ थियो । वैदेशिक रोजगार नियमावली संशोधन भएपछि तीन महिनाभित्र नपुग धरौटी राख्नका लागि मन्त्रालयले सूचना जारी गरेको थियो ।

नेपाल एयरलाइन्सको महाप्रवन्धकमा प्रकाश नियुक्त

काठमाडौँ । नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)को महाप्रवन्धकमा डिमप्रकाश पौडेल (प्रकाश) नियुक्त भएका छन् । मन्त्रिपरिषदको बिहीबार बसेको बैठकले निगम सञ्चालक समिति सदस्य समेत रहेका पौडेललाई महाप्रवन्धक नियुक्त गरेको हो ।

उनी चार्टर्ड एकाउन्टेन्ट पनि हुन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराई तत्कालीन एमालेको प्रचार विभाग प्रमुख भएका बेला पौडेल सदस्य थिए । यसर्थमा उनी नेकपाका कार्यकर्ता तथा नेकपा निकट व्यक्ति हुन् ।

यस्तै लुम्बिनी विकास कोषका सदस्य सचिव समेत नियुक्त गरेको एक मन्त्रीले जानकारी दिएका छन् ।