आइसोलेसनमा बसेकालाई सामूहिक भाइटीका

इटहरी । इटहरी उपमहानगरद्वारा सञ्चालित इटहरी आइसोलेसन कक्षमा सोमबार सामूहिक भाइटीका लगाइएको छ । आइसोलेसन कक्षमा रहेका छ कोरोना सङ्क्रमितलाई नगर उपप्रमुख लक्ष्मी गौतमको सक्रियतामा त्यहीँ रहेकी एक कोरोना सङ्क्रमित महिलाले टीका लगईदिएकी हुन् ।

साथै उपप्रमुख गौतमले ११ सुरक्षाकर्मी र चार स्वास्थ्यकर्मीलाई टीका लगाइदिइन । टीका, माला, सेलरोटी, फलफूल लगायतका खानेकुरा लिएर उपप्रमुख गौतम आइसोलेसन कक्ष पुगेकी थिईन् । सङ्क्रमितहरुले वर्ष दिनको चाडबाडमा आइसोलेसन कक्षमा रहँदा पनि टीका लगाउने अवसरका लागि धन्यवाद ज्ञापन गरेका थिए । चाडबाडमा समेत सेवामै खटिएका सुरक्षाकर्मीलाई टीका लगाइदिँदा उनीहरुले आँखाभरि आँशु पारेर हर्ष व्यक्त गरेको उपप्रमुख गौतमले बताए ।

वर्ष दिनको चाडबाडका बेला सङ्क्रमित भएर घर परिवारभन्दा टाढा बस्नुपर्दा र उनीहरुको स्वास्थ्य र सुरक्षाका लागि चाडपर्व पनि नभनी खटिने स्वास्थ्यकर्मी र सुरक्षाकर्मीलाई चाडबाडको अनुभूति दिलाउन टीका लगाइदिएको उपप्रमुख गौतमले वताए । दशैँका बेला पनि इटहरी आइसोलेसन केन्द्रमा सामूहिक टीका लगाइएको थियो ।

अन्जन श्रेष्ठको टिमलाई निर्यात व्यवसायी महासंघको समर्थन

काठमाडौँ । निर्यातजन्य उद्योग व्यवसायको क्षेत्रमा सक्रिय वस्तुगत संघहरुले स्थापना गरेको निर्यात व्यवसायी महासंघ नेपाल (एफईईन)ले नेपाल उद्योग बाणिज्य महासंघको वस्तुगततर्फका उपाध्यक्षका उम्मेदवार अन्जन श्रेष्ठको टिमलाई भव्य स्वागत गरेको छ । निर्यात व्यवसायीहरुको नीतिगत आवाज उठाउने संस्थाको रुपमा गठित सो संस्थाले महासंघ वरिष्ठ उपाध्यक्ष किशोर श्रेष्ठ प्यानलका वस्तुगत उपाध्यक्ष पदका उम्मेदवार श्रेष्ठ तथा उनको टिमलाई भव्य स्वागत गर्दै शुभकामना दिएको छ ।

राजधानीमा आयोजित स्वागत तथा शुभकामना कार्यक्रममा निर्यात व्यवसायी महासंघका अध्यक्ष तथा प्रदेश सांसद राम बहादुर गुरुङ्गले आगामी अध्यक्ष शेखर गोल्छाको लागि उपयुक्त र ससक्त टिम चाहिने भन्दै अन्जन र उनको टिमलाई अत्यधिक बहुमतले जिताउन र भोट दिन सबैसँग अनुरोध गरेका छन् ।

अध्यक्ष गुरुङ्गले निजी क्षेत्रलाई सरकारले प्रयोग मात्र गरेको तर सहयोग नगरेको भन्दै आगामी नेतृत्वले निजी क्षेत्रलाई ससक्तरुपमा अगाडि बढाउनुपर्ने बताए ।
त्यसैगरि संस्थाका उपाध्यक्ष शंकर पाण्डेले फिनलाई सहयोगी संस्थाको रुपमा लिनुपर्ने र यसले महासंघसँग नै सहकार्य गरेर अगाडि जाने बताए । उनले नयाँ नेतृत्व “प्रोएक्टिभ” हुनुपर्ने भन्दै निर्यात व्यवसायलाई जोड दिन आग्रह गरे ।

कार्यक्रममा बोल्दै संस्थाका अर्का उपाध्यक्ष चण्डि अर्यालले रेमिट्यान्सले मात्र देशको अर्थतन्त्र धान्न नसक्ने भन्दै देशभित्रै निर्यातजन्य उद्योग संचालनको वातावरण बनाउनुपर्ने बताए ।
महासंघको निर्वाचनमा वस्तुगत तर्फका उपाध्यक्षका उम्मेदवार अन्जन श्रेष्ठले सरकारी नीतिगत अस्पष्टता हुँदा उद्योग व्यवसायलाई चुनौती थपिएको भन्दै स्पष्ट र दिर्घकालिन नीतिका लागि आफूले काम गर्ने बताए । उनले आफ्नो उद्योग व्यवसायको अनुभव सुनाउँदै श्रेष्ठले भने “व्यवसायी र निजी क्षेत्रको लगानीमा सरकारी नीतिले सुनिश्चित गर्नुपर्ने वातावरण बनाउन गोल्छा, प्रधान , म अनि ज्योती जीको समुहले सशक्त भूमिका निभाउने छ ।”

आगामी दिनमा देशभित्र रोजगार सिर्जना गर्न र उद्योगमैत्री वातावरण बनाउनका लागि नै ससक्त वस्तुगत तर्फको नेतृत्व हुनुपर्ने र त्यो आफुले गर्न सक्ने भन्दै आफूलाई बिजयी गर्न श्रेष्ठले अनुरोध गरे ।
कार्यक्रममा वर्तमान जिल्ला नगरतर्फका उपाध्यक्ष तथा वरिष्ठ उपाध्यक्ष पदका उम्मेदवार किशोर प्रधानले केहि स्वार्थी व्यवसायीहरुका कारण अन्य व्यवसायीहरुले दुख पाउँदै आएको भन्दै आफ्नो उम्मेदवारीले त्यस्तो स्वार्थलाई निर्मुल गर्ने बताए ।

“केहि व्यवसायीहरुले व्यक्तिगत स्वार्थको लागि नीतिगत भ्रष्टाचार गरिरहेका छन्, जसले गर्दा अन्य सबै उद्योगी व्यवसायीहरुलाई असर पारेको छ,” प्रधानले भने, “त्यसको ससक्त विरोध गर्नुपर्छ ।” वरिष्ठ उपाध्यक्ष पदका उम्मेदवार प्रधानले भने । उनले आगामी दिनमा गुणस्तरसहितको व्यवसायिक गतिविधि र कामहरु गर्नुपर्ने भन्दै उद्योगी व्यवसायीको हकहितका लागि असल काम गर्दा सरकार बाधक भएपनि अगाडि बढ्ने प्रधानको भनाई थियो ।

महासंघका वरिष्ठ उपाध्यक्ष एवं भावी अध्यक्ष शेखर गोल्छाले आफ्नो अहिलेको ३ वर्षको वरिष्ठ उपाध्यक्षको कार्यकालमा महासंघको नेतृत्वलाई केहि पूर्व अध्यक्षले चेतावनी दिने गरेकाले कामगर्न समस्या पार्दै आएको अनुभव व्यक्त गरे । उनले आफूले गएको ३ वर्षमा भोगेको नमिठो अनुभवलाई आगामी दिनमा चिर्न र सुधार्नका लागि पनि आफ्नो टिम चाहिने भएकाले वस्तुगत तर्फका उपाध्यक्ष अन्जन श्रेष्ठ र उनको टिमका लाई जिताउन अनुरोध गरे ।

वरिष्ठ उपाध्यक्ष गोल्छाले कोभिड १९ का कारण देशभरीका उद्योग व्यवसाय धरासायी भएको भन्दै त्यसलाई उठाउनुपर्ने चुनौती आफ्नो नेतृत्वमा रहेको बताए । “कोभिड १९ ले ल्याएको समस्या दिर्घकालिन हुने बताईएको छ र त्यो मेरालागि अवसर र चुनौती दुबैको रुपमा आएको छ, अवसरको रुपमा बदल्नका लागि ससक्त टिम चाहिन्छ र त्यो किशोर प्रधान समूहको टिमले गर्न सक्दछ,” वरिष्ठ उपाध्यक्ष गोल्छाले भने ।

नेपालको अर्थतन्त्र उच्च लागतसहितको भएको भन्दै त्यसलाई नघटाएसम्म निर्यात प्रतिस्पर्धी हुन नसक्ने भन्दै गोल्छाले नेपालको ब्राण्डिङ्ग गरेर उत्पादन बिक्री गर्ने वातावरण बनाउन आफ्नो टीम दत्तचित्त भएर लाग्ने बताए ।

अमेरिकी विदेशमन्त्री पोम्पेओ सात देशको भ्रमणमा जाने

काठमाडाँ । अमेरिकी विदेशमन्त्री माइक पोम्पेओ विभिन्न सात देशको भ्रमणमा जाने भएका छन् । उनी शनिबार नै युरोप र मध्यपूर्वका केही देशको भ्रमणमा निस्किन लागेको बताइएको छ । उनी यस भ्रमणका क्रममा वेस्ट ब्यांकमा पनि जाने भन्ने भएको जानकारी दिइएको छ ।

अमेरिकामा हालै सम्पन्न राष्ट्रपतीय निर्वाचनमा वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्प पराजित भएकाछन् । वर्तमान राष्ट्रपति ट्रम्प पराजित भएर आगामी कार्यकालका लागि जो बाइडेन विजयी भएपछि अमेरिकी विदेशमन्त्री पहिलो पटक विदेश भ्रमणमा जान लागेका हुन् ।

अमेरिकाका राष्ट्रपतिले हालै सम्पन्न निर्वाचनको परिणाम अस्वीकार गरेर देशमा अन्योल छाएको बेलामा ट्रम्प प्रशासनका विदेशमन्त्री भने लामो विदेश भ्रमणमा निस्किन लागेको भन्दै अमेरिकी सञ्चारमाध्यमहरुले टिप्पणी गरेका छन् ।

उनी फ्रान्स, टर्की, जर्जिया, इजरायल, संयुक्त अरब इमिरेट्स, कतार र साउदी अरेबिया जानुहुने अमेरिकी टेलिभिजन संस्था सिएनएनले जनाएको छ । उनको यो विदेश भ्रमणलाई अमेरिकामा हालै सम्पन्न राष्ट्रपतीय निर्वाचनमा वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्प पराजित भएपछि गरिने एक महत्वपूर्ण भ्रमणका रुपमा पनि लिइएको छ ।

वर्तमान राष्ट्रपति ट्रम्प पराजित भएर आगामी कार्यकालका लागि जो बाइडेन विजयी भएका छन् । त्यसपछि पनि निर्वाचनमा धाँधली भएकोले आफूले परिणाम स्वीकार नगर्ने चेतावानी राष्ट्रपति डोनाल्ड ट्रम्पले दिएका छन् ।

तर पनि अमेरिकी विदेशमन्त्री पोम्पेओले भने हालै आयोजित एक कार्यक्रममा अमेरिकाको संक्रमणकालको यो व्यवस्थापन सजिलोसँग र सहज रुपमा हुने जानकारी दिए ।

श्रमजीवी पत्रकारका मुद्दा संचार मन्त्री गुरुङ समक्ष

काठमाडौ । नेपाल पत्रकार महासंघ केन्द्रिय समिति अन्तर्गत रहेको साना लगानी मिडिया हकहित प्रबद्र्वन तथा सरक्षण समितिका संयोजक गोबिन्द प्रसाद चौलागाईंले सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङ्ग समक्ष १३ बुँदे ध्यानाकर्षण पत्र पेश गर्नुभएको छ ।

पछिल्लो समय कोभिड–१९ का कारण आम सञ्चारकर्मी र सञ्चार क्षेत्र चरम संकटमा परिरहेको सन्दर्भमा केन्द्रित भई आज संयोजक चौलागाईंले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमै पुगेर माननीय मन्त्री समक्ष सो ध्यानाकर्षण पत्र हस्तान्तरण गर्नुभएको हो ।
ध्यानाकर्षण पत्रमा भनिएको छ–‘आम जनताबीच क्षण क्षणमा सूचना प्रवाह गरिरहनुपर्ने निकायहरुमा प्रत्यक्ष असर पुग्दा आम जनतामानसमा सुचना प्रत्याभूत गराउन समेत सञ्चार माध्यमलाई कठिन भईरहेको मात्र हैन सयौं सक्रिय सञ्चारकर्मी संक्रमित भई (कोभिड–१९) सँग जुधेर स्वास्थ्यलाभ गरिरहेका छन् । यस क्रममा हालसम्म ४२१ जना सञ्चारकर्मीहरु संक्रमित भएका छन् भने ४ जनाले ज्यान गुमाउनुपरेको सन्दर्भ जानकारी गराउँदै त्यसरी उच्च जोखिम मोलेर सूचना प्रवाहमा जुटेका सञ्चारकर्मीहरुलाई पारिश्रमिक नदिने र कामबाट निष्कासन गर्ने समेत गर्ने गरेका भन्दै त्यस्ता सञ्चारकर्मीहरुलाई सरकारले सम्बोधन गरोस् ।’ त्यसैगरी स्वरोजगारमूलक सञ्चारमाध्यमहरुले समेत कोभिड नियन्त्रण रोकथाममा सघाऊ पुग्ने गरी निरन्तर सूचना तथा समाचारहरु प्रवाह गरिरहेकाले त्यस्ता सञ्चारमाध्यमहरुलाई समेत सरकारले उचित सम्बोधन गनुपर्ने ध्यानाकर्षण पत्रमा उल्लेख छ ।
नेपाल पत्रकार महासंघ केन्द्रीय समितिको आयोजनामा भएको कार्यक्रममा सञ्चार मन्त्रालयका सचिव हरि बस्याल, पत्रकार महासंघका उपाध्यक्ष दिलिप थापा मगर, केन्द्रिय सदस्य सुरेश यादव नेपाल टेलिभिजनका बोर्ड सदस्य बालकृष्ण बस्नेत, मनहरी थापालागायतका बरिष्ठ पत्रकारहरुको उपस्थित रहेको थियो । कार्यक्रममा मन्त्री गुरुङले पत्रकारका समस्या समाधानका लागी आफू सधैं तत्पर रहेको बताउनु भयो । समितिका सम्योजक चौलागाईंले कोभिडको यस्तो त्रासपुर्ण अवस्थामा श्रमजीवी पत्रकारहरुका समाधान गराउन आग्रह गर्दै साना लगानीमा सञ्चालित पत्रपत्रिकालाई राहत दिन बिज्ञापनका नयाँ नीति बनाउन अनुरोध समेत गर्नुभयो । कार्यक्रममा पत्रकार महासङ भक्तपुरका अध्यक्ष पुष्करराज बुढाथोकी, ललितपुर उपाध्यक्ष श्रृजना तिमल्सिना, उपत्यका प्रदेशका सचिब बिष्णु आचार्यलगायत काठमाडौका बरिष्ठ पत्रकारहरुको उपस्थिति रहेको थियोे । नेपाल पत्रकार महासंघ (साना लगानी मिडिया हक हित प्रवद्र्धन तथा संरक्षण समित)ले मन्त्री गुरुङ समक्ष बुझाएका १३ बुदे ध्यानाकर्षण बिषय निम्न अनुसार रहेको छ ।
ध्यानाकर्षणका विषयहरु
१– कोभिडको कारण समयमा सूचना तथा प्रशारण विभागबाट प्राप्त हुने लोककल्याणकारी विज्ञापन प्रकाशित गरेवापत् बील ढिला हुन गएका देशभरका सबै किसिमका (दैनिक, अर्ध–साप्ताहिक साप्ताहिक, पाक्षिक, मासिक, द्वैमासिक) पत्रिकाहरुको विल बुझ्ने र भुक्तानी दिने व्यवस्था यथाशिघ्र गराइदिनुहुन ।

२– कोभिड संक्रमणमा परेका सञ्चारकर्मीहरुलाई निःशुल्क उपचारको व्यवस्था गरियोस् । कोभिडको सचेतना जगाउन सञ्चारकर्मीहरुलाई नै फोकस गरी निःशुल्क सेवा पाउने गरी चिकित्सक परामर्श सेवा उपलब्ध गराउन हटलाइनको व्यवस्था गराइदिनुहुन ।

३– कोभिड–१९ को त्रासपूर्ण अवस्थामा अग्रभागमा रहेर जोखिम मोल्दै दुर्गम क्षेत्रमा सूचना सम्प्रेषण क्षेत्रमा दिनरात खटिने पत्रकारहरु काठमाडौ धाउनुपर्ने समस्याहरुलाई मध्यनजर राख्दै सूचना तथा प्रविधि मन्त्रालय मातहतको जिल्ला हुलाक कार्यालयलाई सक्रिय बनाई देशभरका पत्रकार परिचयपत्र प्रदान र नविकरण गर्नका साथै अनलाइन दर्ता र नविकरण दर्तासम्मको व्यवस्था गराई संघीयताको मर्म अनुरुप विकेन्द्रित अधिकार दिई पत्रकारहरुलाई राहतको महसुस गराइदिनुहुन ।

४– नेपाल पत्रकार महासंघले माग गरेबमोजिम समानुपातिक विज्ञापन प्रणाली हालसम्म लागू हुन सकेको छैन । समानुपातिक विज्ञापन लागु नहुन्जेलका लागि स्थानीय र प्रदेश तहबाट उपलब्ध गराइने विज्ञापन समानुपातिक ढँगले वितरण गर्ने वातावरणको लागि मन्त्रालय तहबाट परिपत्र गराउने काममा सहयोग पुर्याइयोस् । साथै लोककल्याणकारी विज्ञापन् वापत्को रकम दोब्बर बृद्धि गर्न पहल गरिदिनुहुन ।

५– विभिन्न सञ्चारमाध्यममा कार्यरत श्रमजीवि पत्रकारहरुलाई पारिश्रमिक नदिई यस्तो त्रासको बेला निष्कासन गर्ने र बेरोजगार बनाउने हर्कतलाई रोक्दै साँच्चै कोभिडका कारण मर्कामा परेका मिडियाहरुलाई अनुदानको व्यवस्था गर्दै मर्का परेका सञ्चारकर्मीहरुलाई तत्काल पुर्नबहाली र पारिश्रमिक उपलब्ध गराउने वातावरण बनाउन यथाशिघ्र पहल गरिदिनुहुन ।
६– पत्रकारलाई अभिमुखीकरण तालिम र क्षमता अभिबृद्धि गराउने कार्यक्रमलाई विशेष सहयोग गरिदिनुहुन ।

७– सूचना विभागले अलनाइन मार्फत फारम लिने व्यवस्था विगतदेखि नै गर्दै आएको छ । उक्त सफ्टवेयरलाई स्तरउन्नति गरि अनलाइनमार्फत नै सेवा दिने प्रबन्ध अझै प्रभावकारी रुपमा गरिदिनुहुन ।

८– सञ्चारकर्मीहरुले खरिद गर्ने सञ्चार सामाग्रीहरुमा अनुदान उपब्ध गराईदिनुहुनका साथै सञ्चारगृहरुका लागि सवारी साधन खरिद प्रक्रियामा कर तथा भन्सार छुटका लागि पहलकदमी लिइदिनुहुन ।

९– अनलाइन सञ्चारमाध्यमको मापदण्ड बनाई लोककल्याणकारी विज्ञापन तत्काल उपलब्ध गराउने व्यवस्था गरिदिनुहुन ।

१०– प्रदेशस्तरमा समेत सञ्चारग्राम बनाउने कार्यक्रम यथाशिघ्र पहल गरिदिनुहुन ।

११– जिल्ला जिल्लाका साना लगानीका सञ्चारमाध्यममा टेण्डर, सूचना प्रकाशित गर्न पाउने गरी सार्वजनिक खरिद ऐनमा देखिएका जटिलता हटाउन पहल गरिदिन ।

१२– उमेरले ६० वर्ष माथिका र २५ वर्ष भन्दा बढी समय निरन्तर पत्रकारिता गरिरहेका जेष्ठ सञ्चारकर्मीहरुलाई विशेष कोभिड राहतको घोषणा गरिदिनुहुन ।

१३– नेपाल पत्रकार महासंघले विगतमा राख्दै आएका मागहरुलाई यथाशिघ्र सम्बोधन गरिदिनुहुन ।

शनिदेवको दर्शन् गर्नुहोस्, आज कार्तिक २९ गतेको राशिफल

वि.सं.२०७७ साल कार्तिक २९ गते । शनिबार । ईश्वी सन् २०२० नोभेम्बर १४ तारिख । नेपाल संवत् ११४० । प्रमादी संवत्सर । दक्षिणायन । शरद ऋतु । श्रीशाके १९४२ । कार्तिक कृष्णपक्ष । तिथि–चतुर्दशी,१८ घडी २९ पला,दिउसो ०१ बजेर ३९ मिनेट उप्रान्त औशी । नक्षत्र–स्वाती,३६ घडी ११ पला,बेलुकी ०८ बजेर ५३ मिनेट उप्रान्त विशाखा । योग–आयुष्मान । करण– शकुनि,दिउसो ०१ बजेर ४९ मिनेट उप्रान्त चतुष्पद,रातको १२ बजेर ३७ मिनेट उप्रान्त नाग । आनन्दादिमा–सिद्धि योग । चन्द्रराशि–तुला । काठमाडौंमा सूर्योदय बिहान ०६ बजेर २४ मिनेट,सूर्यास्त बेलुकी ०५ बजेर १० मिनेट । दिनमान २६ घडी ५३ पला । यम(पञ्चक ९तिहार०, नरकचतुर्दशी, कुकुर तिहार। प्रातस् तैलस्नान। दीपमालिका, लक्ष्मी(पूजा, दीपावली, सुखरात्रि। दर्शश्राद्ध। निशि बार्ने औंसी।

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ)

माया प्रेममा एक अर्कालाई सहयोग गर्दै रमाउँन सकिनेछ भने घर परिवार सबैसँग सम्बन्धमा सुधार भएर जानेछ । नोकरिमा पदोन्नतीको गतिलो योग रहेकोछ । पढाई लेखाईमा उत्कृष्ट अंकले सहभागिहरुलाई हराउन सकिनेछ । माया प्रेमको गाठो कसिलो हुनेछ भने मिल्ने साथीका साथ स्वादिष्ट भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ ।

बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)

आम्दानि भन्दा खर्च कम हुँने हुँदा आर्थिक क्षेत्र बलियो हुनेछ । पुराना समस्या आफै हल भएर जानेछ भने ऋण रोगबाट छुटकरा पाईनेछ । पढाई लेखाईमा भनेजस्तो नतिजा हात लाग्ने हुँदा आफन्त तथा गुरुवर्गहरु खुसि राख्न सकिनेछ । माया प्रेमका कोपिलाहरु फक्रियर जानेछन् भने नयाँ ठाउँबाट प्रेम प्रस्ताव आउँनेछ । आफन्त तथा मावलि पक्षबाट सहयोग पाईने हुँदा मन प्रशन्न रहनेछ ।

मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा)

समयको ख्याल गरेर अगाडि बढेमात्र आर्थिक स्थिति बलियो हुनेछ । माया प्रेममा सामान्य मनमुटाब सिर्जना भएपनि अन्तत एक अर्कालाई बिश्वास गर्दै छुट्दा मन प्रशन्न हुनेछ । आफ्नो कामलाई निरन्तरता दिनुहोला हल्लाको पछि लाग्दा कामहरु बिग्रन सक्छ । भौतिक सम्पति तथा उपाहार प्राप्तीको योग रहेकोछ । आफन्त तथा सन्तानसँग सामान्य बिषयमा बिवाद हुने योग देखिएकोछ ख्याला गर्नुहोला ।

कर्कट९ही,हू,हे,हो,डा,डी,डु,डे,डो)

खोज तथा अनुशन्धानको क्षेत्र तपाई आफ्नै कारणले फितलो रहने हुनाले भने जस्तो नतिजा हात पार्न मुस्किल पर्नेछ । छाति सम्बन्धी समस्याले नसताउला भन्न सकिन्न । परिवार तथा आमासँग छुट्टिएर टाडाको यात्रा हुने हुँनाले मन बिचलित हँुनेछ । कृषि,सहकारि तथा पशुपालन व्यावसायलाई समय सापेक्ष आधुनिकिकरण गरि आम्दानिका स्रोत बढाउँन सकिनेछ भने अरु व्यावसायमा नाँफा कमाउन निकैनै संघर्ष गर्नुपर्नेछ ।

सिहं (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)

दाजुभाईसँग मिलेर गरिने कुनै पनि व्यावसाय फस्टाएर जानेछ भने राम्रै आम्दानि हुँने तथा रोजगारिका अवसरहरु जुट्नेछन् । आट तथा साहस बढेर जानेछ भने न्यायिक निर्णयहरु तपाईकै पक्षमा आउँने हुँनाले मन प्रशन्न हुनेछ । अध्यानमा प्रगति भएर जाने हुँनाले नतिजा आफैतिर ल्याउँन सकिनेछ । खेलकुद तथा यस्तै शाहशिलो काममा समय लगानि गर्नेहरुले सकारात्मक नतिजा हात पार्नेछन् ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)

अध्ययन तथा अनुशन्धानको क्षेत्रमाा दिईएको समयबाट भनेजस्तो नतिजा नआउने हुँदा मन चिन्तित हुनेछ । सानो कामलाई पनि प्रशस्त समय दिनु पर्दा दैनिक कामहरु प्रभावित हुनेछन् । व्यापार व्यावसायमा प्रशस्त समय दिएपनि आम्दानि कम हुनेछ भने उठ्नु पर्ने रकम नउठ्नाले नयाँ काम गर्ने अवसरबाट टरेर जानेछ । अप्रिय समाचारले निरास बनाउनेछ भने माया प्रेममा मनमुटाब बढ्ने योग रहेकोछ ।

तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते)

पुराना साथि भेटिने तथा प्रेम प्रसङगमा दिन खोलेर रमाउन सकिनेछ । प्राबृधिक शिक्षामा खोज तथा अनुशन्धानमा समय खर्चिने हरुले उत्कृष्ट नतिजा हात लगाउनु हुनेछ । तपाईको ब्याक्तित्वमा निखारता आउँने तथा सुन्दर पहिरनमा ठाटिएर अरुको मन लोभ्याउन सकिनेछ । पढाई लेखाईमा प्रतिश्पर्धिहरुलाई हराउँदै नतिजा आफ्नो पोल्टोमा पार्न सकिनेछ । सुन्दर तथा बिलाशि बस्तुहरुको प्रयोग मार्फत अरुको मन आफुतिर लोभ्याउँन सकिनेछ ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)

लामो दुरिको यात्राको अधिक सम्भावना रहेको छ । स्वास्थ्य सम्बन्धि सामान्य समस्याले सताउँन सक्छ खानपानमा ध्यान दिनुहोला । जुझारु साथिहरुको संगतले नयाँ कुराको खोज तथा अनुशन्धान गर्ने जागर आउँनेछ । बिद्या तथा प्रतिश्पर्धामा प्रतिश्पर्धिहरुलाई हराउँदै चाहेको गन्तब्यमा पुग्न सकिनेछ । शुभ तथा मांगलिक सभा समारोहमा सहभागि भई स्वादिष्ट भोजनका साथ दिन कटाउँन सकिने हुँदा मन प्रशन्न रहनेछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)

समाजमा राम्रा काम गर्न सकिने हुनाले उचाई बढ्नेछ । व्यापार व्यावसायमा लगानि गरि मनग्गे धन आर्जन गर्न सकिनेछ भने आकश्मिक लाभ तथा आभुषण प्राप्तीको गतिलो योग रहेकोछ । तपाईको कार्यकुसलताको सबैले तारिफ गर्नेछन् । कुटुम्ब तथा आफन्तबाट धन तथा सम्पति लाभ हुने ग्रहयोग रहेकोछ । मेलमिलाप तथा भाईचाराको सम्बन्ध स्थापनमा तपाईको भुमिका महत्वपुर्ण हुनेछ ।

मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)

व्यापार व्यावसायमा प्रशस्त आम्दानि गर्न सकिनेछ भने नयाँ काम पाउँने तथा नोकरिका पदोन्नति हुँने योग रहेको छ । राजनिति तथा समाजसेवामा जनताको गतिलो समर्थन प्राप्त हुँने तथा पद प्राप्तिको गतिलो योग रहेकोछ । सामाजिक काम गर्ने अवसर जुर्ने हुँनाले मान सम्मान तथा ईज्जत प्रतिष्ठामा बृद्धि भएर जानेछ । पति पत्नि बिचको सम्बन्ध सुदृड हुँनुको साथै माया प्रेमको गाठो गसिलो भएर जानेछ ।

कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा)

कामहरु बिग्रने हुँदा मान सम्मान तथा ईज्जत प्रतिष्ठामा कमिको महशुष हुनेछ । प्रशासनिक कामकाजमा झन्झटिलो प्रक्रिया अवलम्बन गर्नुपर्नेछ भने सेवा प्रवाह गर्नेहरुले समयमा तपाईको काम नगर्दिनाले महत्वपुर्ण अवसरहरु गुम्न सक्छ । परिवार तथा आफन्तजन लाई समय दिन नसक्दा मनमुटाबको अवस्था सिर्जना हुनेछ । स्वास्थ्य सम्बन्धि सामान्य समस्याले सताउने हुँदा मन चिन्तित रहनेछ ।

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)

आफन्त तथा शुभचिन्तकहरुको सल्लाह तथा शुझाबलाई बेवास्ता गर्दा दुख पाईनेछ । व्यापार व्यावसायमा मन्दि आउने हुनाले आर्थिक रुपमा पछाडि परिनेछ । स्थाई सम्पतीमा बिवाद आउने योग रहेकोछ भने भौतिक सम्पति तथा अन्य साधनको प्रयोग गर्दा ध्यान दिनुहोला । दिदि बहिनी तथा आफन्त सँग अनाबस्यक बिवाद हुन सक्छ ।

थप २ हजार १११ जनामा कोरोना पुष्टि, उपत्यकामा मात्रै १ हजार बढी

काठमाडौँ । थप दुई हजार १०१ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना भाइरसबाट सङ्क्रमितको सङ्ख्या दुई लाख ६ हजार ३५३ पुगेको छ । थप ९ हजार ५३३ जनाको पिसिआर परीक्षण गरिएको थियो । स्वास्थ्य तथा जनसङख्या मन्त्रालयका अनुसार हालसम्म एक लाख ६८ हजार १२९ जना कोरोना भाइरसबाट मुक्त भइ घर फर्किएका छन् । पछिल्लो २४ घण्टामा देशभर तीन हजार पाँच सय ३७ सङ्क्रमित निको भएर घर फर्किएका छन् । हाल देशभर ३७ हजार २२ जना सक्रिय सङक्रमित रहेका छन् ।

उपत्यकामा एक हजार २०७ सङ्क्रमित थपिए

काठमाडौँ उत्यकामा थप एक हजार २०७ कोरोना सङ्क्रमित थपिएको मन्त्रालयले जनाएको छ । थपिएका सङ्क्रमितमध्ये काठमाडौँका एक हजार ९१९, ललितपुरका १८० तथा भक्तपुरका १०८ जना रहेका छन् । उनीहरूको उपत्यकाका विभिन्न प्रयोगशालामा परीक्षण गरिएको थियो । हालसम्म काठमाडौँका ७७ हजार तीन, ललितपुरका ११ हजार ५७ तथा भक्तपुरका ६ हजार ९५६ जना संक्रमित भएका छन् । तिमध्ये काठमाडौँमा ६० हजार २६६, ललितपुरमा ८ हजार तथा भक्तपुरमा ५ हजार ६१३ संक्रमित निको भएर घर फर्किएको मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा काठमाडौँमा तीन, ललितपुरमा दुई तथा भक्तपुरमा एक जनाको कोरोनाबाट मृत्यु भएको छ ।

अहिलेसम्म कोरोनाबाट काठमाडौँ उपत्यकामा कोरोना भाइरसको संक्रमणबाट ४५३ को मृत्यु भएको छ । काठमाडौँमा २९६, ललितपुरमा ८१ त्था भक्तपुरमा कोरोनाबाट ७६ जनाको ज्यान गएको हो । नेपालमा कोरोना सङ्क्रमणबाट थप १३ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना भाइरसको सङ्क्रमणबाट मर्नेको संख्या एक हजार २०२ पुगेको छ ।

बाग्लुङमा आलु उत्पादन घट्यो, बिऊ जोगाउँनै ग्राहो

बाग्लुङ । गत वर्ष ४० मुरी आलु भित्राएका किसान योगेन्द्रमान छन्त्यालले यसपालि बल्लतल्ल २० मुरी आलु फलाए । बीउको जोगाड र आफन्तलाई कोसेली दिएपछि बेच्ने आलु अझै कम ठहरियो । तमानखोला गाउँपालिका–४ लाम्मेलाका छन्त्यालले भने । “अहिले आलु राम्रो फलेन, कसैलाई त बिउ जोगाउनै ठिक्क भयो ।”

चार वर्षअघिसम्म आफूले ७० मुरीसम्म आलु उत्पादन गरेको छन्त्यालले सुनाउनुभयो । आलु कम फलेपछि यो वर्ष भाउ पनि महँगियो । शुरुमा एक पाथी आलु रु १०० मा बिके पनि पछि बढेर गाउँमै रु १५० सम्म पुग्यो । अधिक पानी परेका कारण आलुको उत्पादन घटेको वडाध्यक्ष उदिम छन्त्यालले बताए।

“अहिले ७० प्रतिशतसम्म आलु उत्पादन घट्यो, आलुमा निर्भर यहाँका किसान मर्कामा छन”, उनले भने । लाम्मेलाको मुख्य बाली नै आलु हो । आलु बेचेर किसानले बजारदेखि चामल र दैनिक उपभोग्य सामानको जोहो गर्छन् । किसानले आलुबाहेक मकै, कोदो, जौ, फापरको खेतीको गर्छन् । लाम्मेलामा धान फल्दैन ।

वडाध्यक्ष छन्त्यालका अनुसार लाम्मेलाका २५० घरमै आलु खेती हुन्छ । औसतमा हरेक घरमा वार्षिक १० क्विन्टलका दरले आलु फल्छ । सिङ्गै गाउँभरि गर्दा दुई हजार ५०० क्विन्टलभन्दा बढी आलु उत्पादन हुन्छ । दुई हजार ३०० मिटरको उचाइमा अवस्थित लाम्मेलामा फलेको आलु स्वादिष्ट र स्वस्थकर मानिन्छ । गाउँ भित्रिने अतिथि÷पाहुनालाई टक्र्याउने पहिलो परिकार पनि आलु नै हुन्छ ।

लाम्मेलाको आलु बिक्रीका लागि सदरमुकाम बागलुङ बजारलगायत टाढाका शहरी क्षेत्रसम्म पुग्छ । ठूला व्यापारीहरु गाउँमै पुगेर किसानबाट आलु खरिद गर्छन् । धेरै जग्गामा आलु लगाउने किसानले आलुबाटै भएको कमाइले घरधन्दा चलाउँछन् । उत्पादन बढेका बेला कुनै परिवारले त डेढ÷दुई लाखसम्म कमाउँछन् ।

बसाइँसराइ, श्रमशक्तिको विदेश पलायन इत्यादि कारणले पछिल्लो समय आलु खेती विस्तारै कम हुँदै गएको वडाध्यक्ष छन्त्यालको भनाइ छ । “यो ठाउँ आलु बाली प्रशस्त हुने ठाउँ हो, अहिले सडक आएपछि बजारीकरणमा पनि कुनै समस्या छैन”, उहाँले भन्नुभयो । बेमौसममा समेत आलु बेच्नका लागि वडाले भण्डारण गृह बनाउने योजना बनाएको छ ।

गाउँपालिका अध्यक्ष जोकलाल बुढाले छ वटै वडामा आलु खेती हुने गरेको बताउनुभयो । उहाँका अनुसार गाउँपालिका प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत आलु ‘जोन’ कार्यक्रममा समावेश छ । उक्त परियोजनामार्फत गत वर्ष आलु किसानलाई कृषि सामग्री र औजार वितरण गरिएको थियो । यो वर्ष कृषि समूह निर्माण, बिउ वितरणलगायतका कार्यक्रम भइरहेको जनाइएको छ ।

“आधुनिक सीप र प्रविधि दिलाएर किसानलाई व्यावसायिक उत्पादनतिर लगाउने गाउँपालिकाको पनि योजना छ”, अध्यक्ष बुढाले भन्नुभयो । कृषि शाखाका प्राविधिक मोतीप्रसाद न्यौपानले चालु आवमा कृषिमा रु ३८ लाख बजेट छुट्टिएको बताउनुभयो । सेमी हाइटेक टनेल, प्लाष्टिक टनेल, मिनिटिलर हलो, मौरीपालन, ओखर, किवी, च्याउखेतीलगायतमा बजेट खर्च गरिने छ ।

आफ्ना १९ बुँदा माग सम्बोधन नभएसम्म बन्चरेका युवाहरुले काठमाडौंको फोहोर फाल्न नदिने

काठमाडौं । काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापन गर्न रोजिएको नयाँ स्थल बन्चरे ल्याण्डफिल साइटका प्रभावित क्षेत्रका युवाहरुले काठमाडौं महानगरपालिकासहित सरोकारवालाहरुलाई बिहीबार विभिन्न मागहरुसहितको ज्ञापनपत्र बुझाएका छन् ।

ककनी गाउँपालिकाभित्र रहेका तीन वटा युवा क्लबहरुले आफ्ना १९ बुँदे माग सम्बोधन नभएसम्म बन्चरेमा काठमाडौंको फोहोर व्यवस्थापन गर्न नदिने अडान राख्दै ज्ञापनपत्र बुझाएका हुन् ।

ककनी प्रगतिशील युवा क्लव, करुण युवा क्लव र रोयल युथ क्लबले काठमाडौं महानगरपालिका, ललितपुर महानगरपालिका, भक्तपुर नगरपालिकालाई ज्ञापनपत्र बुझाएका हुन् । जिल्ला प्रशासन कार्यालय नुवाकोटसहित अन्य सरोकारवालाई शुक्रबार ज्ञापनपत्र बुझाइने क्लबका सदस्यहरुले बताएका छन् ।

उनीहरुको विज्ञप्तिअनुसार काठमाडौँ उपत्यका भित्रको फोहोरमैला कहाँ र कसरी व्यवस्थापन गर्ने रु भनी रुमलिएको नेपाल सरकारले विकास निर्माणको अभावमा तड्पिरहेको नुवाकोटको तत्कालिन ओखरपौवा गाविसमा केन्द्रीय तथा स्थानीय राजनीतिक दलको सहभागितामा विकास निर्माणको आशा बोकेका स्थानीय वासिन्दाहरुको सहमतिमा काठमाडौं, नुवाकोट र धादिङको त्रिवेणी खोच सिसडोल ल्याण्डफिल्ड साइड नाम दिएर २०६२ जेठ २२ गतेबाट उपत्यकाको फोहोर मैलाको व्यवस्थापन गर्न शुरु गरिएको थियो ।

तीनवटा जिल्लाको संगमस्थल भएकोले आफ्नै जिल्लाको स्थानीय ठाउँअनुसार फरक फरक किसिमका विकास निर्माणका आवश्यकताहरु अनगिन्ति थिए । तत्कालिन समयमा बनेको समन्वय समितिसँग समेत स्थानीय विकास मन्त्रालय, फोहोर मैला प्रबन्ध तथा स्रोत परिचालन केन्द्र, काठमाडौँ महानगरपालिका, ललितपुर उपमहानगरपालिका तथा अन्य निकायहरु, यसमा सरोकारवाला पक्षको रुपमा रहेका थिए । स्थानीय वासिन्दाहरु विकास निर्माणका सुबिधा भोग गर्न पाइने आशाले फोहोर थुपार्दा बसोबास गरिरहेको बस्तीमा फोहोरको दुर्गन्धको प्रवाह नगरी सरकारको फोहोर फाल्ने निर्णयलाई खुशीसाथ स्वीकार गरेका थिए ।

सरकारले स्थानीय वासिन्दासँग गरेका अनेकौँ सम्झौता तथा स्थानीय जनताका विकासका चाहनाहरु राजनीतिक दलका स्थानीय प्रतिनिधिहरुको स्वार्थमा सीमित रहने गरी जस्ताको तस्तै जहाँको तही रहेको जनाउँदै क्लबहरुले सोही कारण अहिलको आवश्यकतालाई अध्ययन गरी तीन वटा क्लबका पदाधिकारीहरुको संयुक्त निर्णयबाट विभिन्न मागहरु राखेर संघर्षमा उत्रिएको जानकारी दिएका छन् ।

स्थानीय जनताका माग र आवश्यकताका विषयहरुलाई सम्बोधन गर्दै विकास निर्माण गर्ने–गराउने प्रतिबद्धतासहित फोहोरमैला व्यवस्थापन गर्न दिन आफूहरु तयार रहेको बताउँदै क्लबहरुले तर ती कुराहरुलाई सम्बोधन नगरी टालटुले तरिकाले काम गर्ने कुरा आफूहरुले स्वीकार नगर्ने बताएका छन् । आफ्ना मागहरुका सम्बन्धमा मंसिर ४ गते पत्रकार सम्मेलन गरी चरणवद्ध आन्दोलनका कार्यक्रम घोषणा गर्ने युवा क्लबहरुले बताएका छन् ।

क्लबहरुले अघि सारेका माग यस्ता छन्ः
१. वैज्ञानिक ढंगबाट फोहोर मैला व्यवस्थापन गर्नुपर्ने ।
२. मानव स्वास्थ्यको पूर्ण ग्यारेन्टीसहित जीवन बीमा हुनुपर्ने ।
३. विकास निर्माणका कार्यहरु तत्काल जनताले भनेबमोजिम शुरुवात गर्नुपर्ने ।
४. १५ वर्षसम्म जनअधिकारमाथि गरिएको किन लापर्वाही गरियो रु स्थानीय वासिन्दाप्रति जवाफदेही नभएकाले १५ वर्षसम्मको क्षतिपूर्ति दिनुपर्ने ।
५.राजनीतिक दलका सीमित व्यक्तिको स्वार्थका कारण व्यवस्थित र न्यायोचित ढंगबाट जग्गा अधिग्रहण हुन नसकेकाले त्यसलाई औधित्यताका आधारमा अधिग्रहण गरिनुपर्ने ।
६. नाष्टको अध्ययन प्रतिवेदनको आधारमा प्रभावित क्षेत्र घोषणा हुनुपर्ने ।
७. विकास निर्माणका नाममा विगत १५ वर्षदेखि भइरहेको खर्चको हरहिसाव र प्रगति सार्वजनिक हुनु पर्ने ।
८. स्थानीय वासिन्दाहरुले मनन् गर्न योग्यढंगले विकास कार्यहरु सञ्चालन गर्नुपर्ने ।
९.एक सय शैयाको हस्पिटल तत्काल निर्माण गर्नुपर्ने ।
१०. यातायात, शिक्षा, स्वास्थ्य, जीवन बीमा, पशु बीमा, बाली बीमाको ब्यवस्था तत्कालै गर्नुपर्ने ।
११. बातावरणलाई पहिलेकै प्राकृतिकस्वरुपमा फर्काइनुपर्ने ।
१२. फोहोरको प्रभावबाट मुक्त गरी मानिस, पशुपन्छी, बोटबिरुवाहरुलाई सुगन्धित हुने ग्यारेन्टी गर्नुपर्ने ।
१३. हस्पिटलजन्य फोहोरबाट समाजमा पर्ने प्रभावमा सरकारी लापर्वाही अन्त्य गर्नुपर्ने ।
१४. फोहोरबाट निस्कने लिचेड पद्धार्थ जनतालाई असर नहुने गरी व्यवस्थापन गर्नुपर्ने । यस्तो फोहोरलाई खोलामा मिलाइनु नहुने ।
१५. ल्याण्डफिल साइटका प्रभावित वासिन्दाहरुलाई प्राथमिकताका साथ तत्कालै रोजगारको व्यवस्था हुनुपर्ने ।
१६. फोहरमैला बोक्ने सवारी साधनबाट हुने मानव दुर्घटनामा पीडितको परिवारसँगको सहमतिमा त्यस परिवारलाई संरक्षिणको कार्यक्रम ल्याइनुपर्ने । सवारी साधनको गतिको सीमा तोकिनुपर्ने ।
१७. विकास निर्माणका कुराहरुमा राजनीतिक दलका प्रतिनिधिहरुलाई सल्लाहकारको रुपमा लिने क्रममा क्लबका प्रतिनिधिहरुलाई पनि सहभागी गराइनुपर्ने ।
१८. मानव बसोबासरहित क्षेत्रमा फोहरमैला व्यवस्थापन गर्नुपर्ने, त्यसैको आधारमा जग्गा अधिग्रहण गर्नुपर्ने ।
१९. फोहोरमैला विसर्जन गरिएको स्थानबाट हुने बिस्फोटबाट सुरक्षित हुने सुनिश्चितता गरिनुपर्ने ।

बैतडी बस दुर्घटना अपडेट: चार जनाको सनाखत

बैतडी । दशरथचन्द राजमार्गअन्तर्गत बैतडीको पाटन नगरपालिका–८ खोड्पेमा गए राति बस दुर्घटनामा परी मृत्यु भएका नौमध्ये तीन जनाको सनाखत भएको छ । बैतडीको दोगडाकेदार–६ सित्तडका २५ वर्षीय प्रहरी जवान रणबहादुर चन्द, दोगडाकेदार–६ सित्तडकै २७ वर्षीय करनसिंह ऐर, दोगडाकेदार गाउँपालिकामा कार्यरत कर्मचारी कविन्द्र जोशी र कञ्चनपुरको भीमदत्त नगरपालिका–८ तिलाचौरका १५ वर्षीया किर्तिका कार्कीको सनाखत भएको बैतडीका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिए।

मृतक चन्द र ऐरको घटनास्थलमै मृत्यु भएको हो भने कार्कीको डडेल्धुरा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । ऐरको शव बसले च्यापिएकाले निकाल्ने काम भइरहेको प्रहरीले जनाएको छ । अन्य पाँच मृतकको पहिचान हुन सकेको छैन । उनीहरुको शव परीक्षणका लागि जिल्ला अस्पतालमा राखिएको छ ।

उक्त दुर्घटनामा परी घाइते भएका ३४ मध्ये गम्भीर घाइते सात जनालाई धनगढी रेफर गरिएको छ भने बाँकी २७ जनाको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको छ । दार्चुलाको गन्नाबाट महेन्द्रनगरका लागि छुटेको पवनदूत यातायातको ना ५ ख ५१४१ नम्बरको बस बिहीबार राति साढे १० बजेतिर दुर्घटनामा परेको हो । सानो घुम्तीबाट बस ६०० मिटर जति तल खसेको छ । दुर्घटनाको कारण खुल्न सकेको छैन । क्षमताभन्दा बढी यात्रु बोकेको बसका चालक निदाएकाले दुर्घटनामा परेको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ ।

१९ वर्षपछि पेट्रोलियम भण्डारण क्षमता विस्तार

काठमाडौं । नेपालमा १९ वर्षपछि पेट्रोलियम भण्डारण क्षमता विस्तारको काम सुरु भएको छ । २०५८ सालयता पेट्रोलियम पदार्थको उच्च माग बढ्दै गए पनि भण्डारण क्षमता बढाइएको थिएन ।

पहिलोपटक १९ वर्षपछि निगमले आफ्नै लगानीमा पेट्रोलियम भण्डारण क्षमता विस्तारको काम सुरु गरेको हो । पोखरास्थित निगमको प्रदेश कार्यालयको परिसरमा रहेको ७७ रोपनी जग्गामा निर्माण कार्य सुरु गरिएको छ । बिहीबार उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले पेट्रोलियम भण्डारण क्षमता विस्तार कार्यको औपचारिक रूपमा शिलान्यास गरेका छन् ।

पेट्रोलियम पदार्थको वार्षिक माग १५ प्रतिशतले वृद्धि भए पनि निगमले १९ वर्षअघिकै भण्डारण क्षमताबाट आपूर्ति गर्नुपर्ने बाध्यता थियो । अहिले निगमले ७७ करोड लगानीमा १० हजार किलोलिटर क्षमताको डिजेल भण्डारण गृह निर्माण सुरु गरेको हो । भण्डारण क्षमता बढ्दा निगमलाई पेट्रोलियम पदाथ आपूर्तिमा सहज हुने भएको छ ।

निगमका अनुसार २०५८ मा एसियाली विकास बैंक ९एडीपी० को सहयोगमा काठमाडौंको थानकोट र पोखरामा भण्डारण क्षमता बढाएको थियो । त्यो समययता पेट्रोलिय भण्डारण क्षमता बढाउन सकेको थिएन । दिनकै माग बढे पनि निगमले १९ वर्षपछि भण्डारण क्षमता बढाउन सुरु गरेको हो । सो भण्डारण कार्य एक वर्षभित्रमै सक्ने लक्ष्य रहेको निगमले जनाएको छ । हाल निगमसँग देशभर पेट्रोलियम पदार्थ भण्डारण क्षमता करिब एक सातालाई मात्र पुग्ने रहेको छ ।

निमगले थप नयाँ १० हजार किलोलिटरको क्षमताको भण्डारण गृह बनाउँदा यसले ४० देखि ४५ दिनको माग धान्नेछ

निगमको तथ्यांकअनुसार पेट्रोल करिब ६ दिनलाई डिजेललाई ११ दिन र हवाई इन्धन करिब १२ दिनका लागि मात्र धान्न सक्ने क्षमता छ । २०७२ सालमा भारत सरकारले नेपालमा नाकाबन्दी गरेपछि सरकारले ९० दिनलाई पुग्ने गरी पेट्रोलियम पदार्थ भण्डारण क्षमता बढाउने नीति ल्याएको थियो । सो नीतिअनुसार नै निगमले भण्डारण क्षमता बढाउने कामको सुरुवात गरेको हो । सरकारको नीतिअनुसार निगमले दिन प्रतिदिनको बढ्दो पेट्रोलियम मागलाई आवश्यकताअनुसार पूर्ति गर्न ९० दिनका लागि झापा, सिराहा, चितवन र भैरहवामा गरी चार स्थानमा जग्गासमेत खरिद गरेको छ ।

निगमका कार्यकारी निर्देशक सुरेन्द्र पौडेलले इन्धनको आपूर्ति व्यवस्थालाई सहज बनाउन पोखरामा १० हजार किलोलिटर डिजेलको भण्डारण गृह निर्माणको काम सुरु गरिएको जानकारी दिए । पोखराबाट सुरु गरिएको भण्डारण गृह निर्माण कार्य अन्य प्रदेशमा पनि क्रमिक रूपमा गरिनेछ ।

निगमका अनुसार हाल पोखरामा तीन दिन पेट्रोल र ११ दिन डिजेलको माग धान्ने क्षमता रहेको छ । निमगले थप नयाँ १० हजार किलोलिटरको क्षमताको भण्डारण गृह बनाउँदा यसले ४० देखि ४५ दिनको माग धान्नेछ । यसले गण्डकी प्रदेशको इन्धन आपूर्तिमा सहज हुने निमगले जानकारी दिएको छ । पछिल्लो समय गण्डकी प्रदेशमा इन्धनका माग बढ्दै गए पनि भण्डारण क्षमता न्यून हुँदा आपूर्तिमा असहज भएको गण्डकी प्रदेश कार्यालयले जानकारी दिएको छ ।

थप १० हजार किलोलिटर क्षमताको भण्डारण बढाएपछि यस क्षेत्रमा आपूर्ति व्यावस्थामा सहज हुने अपेक्षा गरिएको छ । हाल यस कार्यालयबाट कास्की, तनहुँ, स्याङ्जा, पर्वत, म्यादी र बाग्लुङमा इन्धन आपूर्ति गर्दै आएको छ । गण्डकी प्रदेशमा पेट्रोलियम पदार्थको खपत हरेक वर्ष बढ्दो क्रममा छ । प्रदेशमा हरेक दिन ४ लाख ६७ हजार लिटर पेट्रोलियम पदार्थको खपत हुन्छ ।

एक दिनमा यस प्रदेशमा ३ लाख २५ हजार लिटर डिजेल र १ लाख ४२ हजार लिटर पेट्रोल बिक्री भइरहेको छ । यस डिपोमा हाल २२ लाख ८० हजार लिटर डिजेल र ३ लाख ५० हजार लिटर पेट्रोलको भण्डारण क्षमता छ । प्रदेशको हालको दैनिक खपत र भण्डारण अवस्था तुलना गर्दा पेट्रोलियमको आपूर्तिमा कुनै कारणले अवरोध भए प्रदेशमा डिजेलको माग ७ दिन र पेट्रोलको माग २ दिन मात्रै धान्न सक्छ । थप १० हजार किलोलिटर डिजेलको भण्डारण बढाएपछि ३० दिनलाई पुग्ने कार्यलयले जानकारी दिएको छ ।

अहिलेको डिपो निर्माण गर्न इन्जिनियरिङ अध्ययन संस्थान कन्सल्टेन्सी सेवा पुल्चोकले प्राविधिक अध्ययन गरेको हो । यो भण्डारण गृहको कुल निर्माण लागत ७७ करोड नेपाली रुपैयाँ हुनेछ । दुई वर्षभित्र निर्माणको काम सकिने समय अवधि निर्धारण गरिए पनि निर्माणको ठेक्का पाएका समानान्तर–रेलिगेयर–भारत ट्यांकस जेभी कम्पनीले र पोखरा भण्डारण गृह निर्माण तथा पुनरुत्थान परियोजनाले एक वर्षभित्र सक्ने जानकारी दिएका छन् ।(यो समचार आजको राजधानी दैनिकमा छ)

माता लक्ष्मीको दर्शन् गर्नुहोस्, आज कार्तिक २८ गतेको राशिफल

वि.सं.२०७७ साल कार्तिक २८ गते । शुक्रबार । ईश्वी सन् २०२० नोभेम्बर १३ तारिख । नेपाल संवत् ११४० । प्रमादी संवत्सर । दक्षिणायन । शरद ऋतु । श्रीशाके १९४२ । कार्तिक कृष्णपक्ष । तिथि– त्रयोदशी,२४ घडी २८ पला,बेलुकी ०४ बजेर ११ मिनेट उप्रान्त चतुर्दशी । नक्षत्र–चित्रा,४० घडी २४ पला,बेलुकी १० बजेर ३४ मिनेट उप्रान्त स्वाती । योग–प्रिती । करण–वणिज,बेलुकी ०४ बजेर ११ मिनेट उप्रान्त भद्रा,रातको ०३ बजेर ०० मिनेट उप्रान्त शकुनि । आनन्दादिमा–राक्षस योग । चन्द्रराशि–कन्या,बिहान ११ बजेर २४ तुला । काठमाडौंमा सूर्योदय बिहान ०६ बजेर २४ मिनेट,सूर्यास्त बेलुकी ०५ बजेर १० मिनेट । दिनमान २६ घडी ५६ पला । यम–पञ्चक (तिहार)। धन–त्रयोदशी। धन्वन्तरीजयन्ती। धनतेरस (धनत्रयोदशी। कागतिहार। काकबलि। स्वन्ति चस्ह्रे पूजा।

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ)

बिद्या तथा प्रतिष्र्धामा बिजय हुँने योग रहेकोछ भने नयाँ ज्ञान हासिल हुनेछ । बुवा वा बुवासरहका मानिसको आषिर्वाद तथा सहयोगले महत्वपुर्ण कामहरु सम्पादन हुनेछन् । माया प्रेममा एक अर्कालाई भेटि सौहार्दपुण बाताबरणमा समय व्यातित गर्न सकिनेछ । ईच्छित कामनाहरु पुरा हुँने तथा आफ्नो मानिसबाट उपाहार तथा भौतिक सामानहरु प्राप्त हुनेछ । बाहिरी बाताबरणको ख्याल गर्नुहोला ।

बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)

व्यापार व्यावसायमा प्रशस्त आम्दानि गर्न सकिनेछ । कृषि तथा पशुपालन व्यावसायबाट राम्रै आम्दानि हुनेछ । पति पत्नि बिचको सम्बन्ध सुदृड हुनुको साथै माया प्रेमको गाठो गसिलो भएर जानेछ । गित संगितमा बिषेश रुचि बढ्नेछ भने बिद्या तथा प्रतिश्पर्धामा अरुभन्दा अगाडि बढ्न सकिनेछ । पारिवारिक जमघटमा सहभागि भई मिष्टान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । बाहिरी बाताबरणको ख्याल गर्नुहोला ।

मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा)

कामगर्दा ध्यान दिनुहोला काम बिग्रने तथा त्यसको फाईदा अरुलेनै लिन सक्छन् । दौडधुपमा समय ब्यातित भएपनि उपलब्धि भने न्यून हुनेछ । सरकारि कामकाजमा ढिला सुस्तिको चपेटामा परिने तथा सरकारि सेवामा बसेकाहरुले समयमा काम नगर्दिनाले महत्वपुर्ण उपलब्धिहरु गुम्नेछ । समय तथा कामको तालमेल नमिल्दा काम आर्थिक रुपमा कमजोर भएको अनुभुति हुनेछ भने व्यापार व्यावसायमा मन्दि आउँनेछ ।

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो)

समयको ख्याल नगरि काम गर्दा समस्या निम्तिन सक्छ ध्यान दिनुहोला । पुराना समस्या बल्झने तथा नयाँ समस्याहरु आउँने हुँदा काम गर्न असजिलो हुनेछ । दैनिक खर्च बढ्नेछ भने घर परिवारका आवस्यक्ता परिपुर्ति गर्न सकिने अवस्था रहने छैन । व्यापार व्यावसायमा बढिनै समय खर्चिय मात्र नाफा कमाउँन सकिनेछ ।

सिहं (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)

नयाँ नयाँ साथिभाईहरु सँग भेटघाट गरि दिनलाई रङगिन बनाउन सकिनेछ भने माया प्रेम तथा पति पत्निबिचको सम्बन्धमा बिश्वासको बाताबरण मजभुत भएर जानेछ । पारिवारिक माहोलमा दिन बित्ने तथा मिष्टान्न भोजन ग्रहण गर्ने अवसर जुर्नेछ । बिपरित लिङग प्रतिको आकर्षण बढेर जाने तथा भौतिक सम्पति प्राप्तिको योग रहेको छ । बाहिरी बाताबरणको ख्याल गर्नुहोला ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)

व्यापारमा व्यावसायमा प्रतिष्पर्धा आम्दानि बढाउँन सकिनेछ । नोकरिमा सहकर्मीहरुलाई किनारा लगाउँदै अग्र स्थानमा तपाईको नाम आउँनेछ भने पदोन्नतिको गतिलो सम्भावना रहेकोछ । सत्रुलाई परास्त गर्न सकिनेछ भने व्यालय तथा अदालतबाट हुँने निर्णयहरु तपाईकै पक्षमा आउँनेछ । पढन पाढनमा प्रगति गरि आफन्त तथा गुरुवर्गहरुलाई खुसि राख्न सकिनेछ । प्रेम सम्बन्ध सुदृड हुनेछ भने घर परिवारमा आत्मियता बढ्नेछ । बाहिरी बाताबरणको ख्याल गर्नुहोला ।

तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते)

खानपानमा ध्यान दिनुहोला स्वास्थ्य सम्बन्धि समस्याले पिरोल्नेछ । समयको र कामको तालमेल नमिल्दा कामहरु समयमा सकाउँन मुस्किल पर्नेछ । काममा अप्रत्यासित बाधा ब्याबधान आईलाग्ने तथा ठुलो श्रम खर्च गर्नुपर्ने हुन सक्छ ख्याल गर्नुहोला । अध्ययन अध्यापनमा खासै मन नलाग्ने हुँदा पढाई लेखाईमा अरु भन्दा पछि परिनेछ । बौद्धिक ब्यात्तित्व तथा अग्रजहरु सँग सैद्धान्तिक मतभेद रहनेछ ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)

सवारि साधन तथा घर जग्गाको खरिद बिक्रिबाट केहि मात्रमा लाभ लिन सकिनेछ । सामान्य स्वास्थ्य सम्बन्धि समस्याले पिरोल्नेछ । ब्याबस्थापन ज्ञानको कमिले आर्थिका कारोबार बिग्रने सम्भावना रहेको छ । आत्मिय मित्र तथा आमा सँग छुट्टिएर लामो दुरिका यात्रा गर्नुपर्दा मन खिन्न हुनेछ । पढाई लेखाईमा नतिजा आफ्नो पक्षमा पार्नको लागि अरुदिन भन्दा बढि मेहनेत गर्नुपर्नेछ । बाहिरी बाताबरणको ख्याल गर्नुहोला ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)

छोटो तथा रमाईलो यात्रा हुने भए पनि गन्तब्यमा पुग्नु अगावै बिभिन्न समस्याहरुको सामना गर्नु पर्नेछ । आफन्त तथा दाजुभाई सँग मनमुटाव सिर्जना हुनेछ भने सहयोग तथा समर्थन नपाउँदा कामहरु समयमा नहुँदा आर्थिक रुपमा कमजोर भईनेछ । न्यायिक निर्णयहरु तपाईकै पक्षमा नहुँने हुँदा कुनै पनि विवादित विषयमा सहभागि नहुँनु होला । बाहिरी बाताबरणको ख्याल गर्नुहोला ।

मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)

समय र परिस्थितिको राम्रो सँग अध्ययन गरेर मात्र आफ्ना कुरा राख्नुहोला तपाईको प्रस्तुति सहि ठाउँमा नहुन पनि सक्छ । निर्णायक पदमा हुनुहुन्छ भने कुनै पनि निर्णय गर्दा ध्यान दिनु जरुरि देखिन्छ तपाईको निर्णयको आलोचना गर्न बिपक्षीहरु तम्तयार भएर बसेका हुनसक्छन् । ईष्टमित्र तथा आफन्तहरु तपाईको घमण्डी स्वभावले टाडिन सक्छन् ध्यान दिनुहोला । अध्ययन तथा अध्यापनको क्षेत्र तपाई आफ्नै कारणले फितलो हुनेछ ।

कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा)

गित संगीत तथा मोडलिङ पेशा व्यावसायमा समय दिनेहरुले चित्तबुझ्दो आम्दानि गर्न सक्नेछन् । योजना अनुरुप समयमा कामहरु सुचारु हुनेहुँदा मन प्रशन्न रहने तथा आर्थिक रुपमा सबल होईनेछ । पढाई लेखाईमा प्रगति हुँने हुँनाले आफन्त तथा गुरुवर्गहरु खुसि भई तपाईको प्रशंसा गर्नेछन् । सरसफाई तथा बाहिरी बाताबरणको ख्याल गर्नुहोला ।

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)

गलत साथि संगतमा लाग्नाले पढाई लेखाई बिग्रनेछ भने आफन्त तथा अग्रजहरुको चित्त बुझाउन मुस्किल पर्नेछ । माया प्रेमको यात्रामा उतार चडाब आउने योग रहेकोछ भने जीवन साथि सँग सामान्य कुरामा मनमुटाब सिर्जना हुनेछ । खानपानमा ध्यान नदिए स्वास्थ्य सम्बन्धि समस्या आई खर्च बढ्नेछ । आफन्त तथा अग्रज सँग सामान्य कुरामा राय बाजिनेछ । बाहिरी बाताबरणको ख्याल गर्नुहोला ।

‘सोख शान सबै राजा र रानीको जस्तो चाहिने नाम चाहीँ किन ‘कम्युनिष्ट’ राख्नुपर्ने?’ :पूर्व प्रधानमन्त्री भट्टराई

काठमाडौँ । पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले नेपाले बालुवाटारमा हेलिकप्टर पार्क बनाउनेबारे व्यंग्य प्रहार गरेका छन् ।भट्टराईले सामाजिक सञ्जाल ट्वीटरमा ‘सोख शान सबै राजा र रानीको जस्तो चाहिने नाम चाहीँ किन ‘कम्युनिष्ट’ राख्नुपर्ने ?, जुन गोरूको सिङ छैन उसैको नाम तिखे ।’ लेखेका छन् ।

स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरेर छठ पर्व मनाउन आग्रह

काठमाडौँ । जिल्ला प्रशासन कार्यालय धनुषाले भीडभाड नगरी स्वास्थ्य र सुरक्षाका मापदण्ड पालना गर्न तथा भौतिक दूरी कायम गरी छठ पर्व मनाउन सम्बन्धित सबैमा आग्रह गरेको छ ।

कोरोना भाइरस सङ्क्रमणको जोखिमलाई दृष्टिगत गरी जिल्ला सङ्कट व्यवस्थापन समिति र सुरक्षा समितिको बैठकको निर्णयानुसार सो आग्रह गरिएको धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले जानकारी दिए। उनका अनुसार समितिले सङ्क्रमणको विद्यमान स्थितिमा तिहार, छठजस्ता पर्वमा देउसी भैलो तथा जुवा÷तास नखेल्न समेत सबैमा आग्रह गरिएको छ ।

त्यस्तै खोला नदी तथा पोखरीहरू भित्र नपसी छठ पर्व मनाउन बैठकबाट निर्णय गरिएको बताइएको छ । समितिद्वारा सो विपरित गरे गराए व्यक्ति विशेषदेखि राजनीतिक, धार्मिक तथा सामाजिक सङ्घ÷ संस्थाका पदाधिकारीलाई सङ्क्रामक रोग ऐन–२०२० बमोजिम कारवाही गरिने पनि निर्णय गरिएको छ ।

पर्यटनमन्त्रीद्वारा पर्वतारोण शिक्षाको शुभारम्भ

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले हिमाल आरोहणमा बढी चासो राख्ने क्षेत्रमा रहेको ताप्लेजुङको फुङलिङ नगरपालिका–४ स्थित भानुजन माध्यमिक विद्यालयमा आज पर्यटन तथा पर्वतारोण शिक्षाको शुभारम्भ गरेका छन् ।
मन्त्री भट्टराईले विश्व पर्यटनको केन्द्रमध्ये नेपाल पनि एक भएकाले यहाँको पर्यटन प्रवद्र्धनसँगै आर्थिक विकास गर्न पर्यटन शिक्षाको आवश्यकता भएको बताउँदै हिमाल आरोहण गर्न वर्षेनी हजारौँ पर्यटक विदेशबाट आउने र स्वदेशी पनि हिमाल चढ्ने हुँदा त्यसमा सघाउन आवश्यक पर्ने दक्ष जनशक्ति उत्पादनका लागि पर्यटन शिक्षाको शुरु गरिएको बताए ।

सो अवसरमा पर्यटन तथा पर्वतारोण शिक्षाका लागि नेपाल पर्वतीय प्रशिक्षण प्रतिष्ठान (नाथम) का कार्यकारी निर्देशक रोमनाथ ज्ञवाली र भानुजन माविमा प्रधानाध्यापक किशोर राईबीच सम्झौतापत्रमा हस्ताक्षर भएको छ । सम्झौतामा प्रतिष्ठानले कक्षा ११ र १२ को पर्यटन र पर्वतारोहणसँग सम्बन्धित विषय अध्ययन अध्यापन गराउन प्रशिक्षक उपलब्ध गराउने, पर्यटन र पर्वतारोहण विषयका पाठयक्रम र अध्ययन सामाग्री उपलब्ध गराउने आवश्यकता अनुसार अन्य प्राविधिक र शैक्षिक सहयोग गर्ने र विद्यालयले पर्यटन तथा पर्वतारोहण विषय अध्यायन गराउने, अध्यापन गराउने उल्लेख छ ।

पाकिस्तानलाई बेलायती प्रधानमन्त्रीको आग्रह

काठमाडौँ । बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले पाकिस्तानको सरकारलाई आफ्ना नागरिकको मानवअधिकारको रक्षा गर्न आग्रह गरेका छन् ।
उनले बुधबार बेलायतको संसदको बैठकमा बोल्ने क्रममा सो कुरा बताए । उनले पाकिस्तान सरकारले आफ्ना नागरिकको लागि उनीहरुको आधारभूत अधिकारहरुको रक्षा गर्नुपर्छ भनेका थिए ।

संसदमा यनका एक सांसदले सोधको प्रश्नको जवाफ दिँदै उनले सो कुरा बताए ।सो प्रश्नको जवाफमा प्रधानमन्त्री बोरिस जोनसनले भने– हामीले पाकिस्तानको सरकारलाई यो भन्न चाहन्छौँ कि पाकिस्तानले आफ्ना नागरिकहरुको कम्तीमा पनि उनीहरुको आधारभूत अधिकारको रक्षा गर्नुपर्दछ ।

केही समय यतादेखि पाकिस्तानमा नागरिकहरुको अधिकार हनन् हुने गरेको र यस्तो कार्य भइरहेको भए पनि यहाँका सरकारी अधिकारीहरुले नै बेवास्ता गर्ने गरेको भन्दै त्यसको विरोध हुदै आएको थियो ।
यसै विषयमा बेलायतको संसदमा पनि यहाँका प्रधानमन्त्री जोनसनलाई पो प्रश्न गरिएको थियो ।

पाकिस्तानमा पछिल्ला केही समयमा यहाँका नागरिकहरुको गैरन्यायिक हत्या हुने गरेको आरोप लगाइएको छ । यस क्रममा विश्वका अरु देशले पनि मानवअधिकारको हनन् भएको भन्दै चासो लिने गरेका छन् ।
तर पाकिस्तानले भने यहाँ यस्ता कार्यमा संलग्नहरुमाथि कारबाही गरिएको बताउने गरेको पनि समाचारमा जनाइएको छ ।