उडिरहेको नाग देख्नु भो? ॐ (ओम) लेखेर सेयर गर्नुहोस्, बेवास्ता गर्नुभो भने हानी हुनेछ,

पछिल्लो समयलाई प्रविधिको युग भन्ने गरिन्छ । साथै पुरातनवादी केही कुराहरुलाई कुसस्कारकै रुपमा लिने गरिन्छ ? तर एकपटक सोचौँ त के विगतमा हाम्रा पुर्खा सबै कु प्रथा नै माने होलान्? अँह! यो कदापी हुन सक्दैन । पहिला पुर्खाहरुले जे जति कामहरु गरे त्यो अहिले विज्ञानले बैज्ञानिक तवरले प्रमाणित गर्दै आएको छ ।
संसारमा कुनै अदृश्य शक्ति अवश्य पनि हुन्छ । यसलाई हामी अन्धोरुपमा नर्कानु पनि एक हाम्रो अन्धोपन हो ।
मानव सभ्यताको शिशु बिहानीमा आदिम मानवको आद्यःचेतनाले प्रकृतिको विनासकारी र कल्याणकारी रुपलाई अदृष्य शक्तिद्धारा सञ्चालित भएको ठान्यो । अदृष्य शक्तिप्रतिको डर अनि त्रासको साथसाथै आस्था र समर्पणको आधारमा प्रकृतिलाई दैवीकरण गर्यो । प्रकृतिका विविधरुपलाई फरक फरक शक्तिद्धारा सञ्चालित भएको विश्वासमा वहुदेववादको कल्पना गरियो ।

अतः विश्वको हरेक सभ्यतामा विकसित धर्म र संस्कृतिले प्रकृतिपूजालाई अपनाएको पाईन्छ । आदिम सभ्यताको उत्खननबाट प्राप्त पुरातात्विक सामाग्रीहरुको आधारमा प्राचीन मानव प्रकृतिपूजक रहेको पुष्टि हुन्छ । फरक यति हो कि देश,काल, वातावरण र पर्याव’रण अनुसार पूजा, उपासना र साधना पद्धति फरकफरक हुन्छ । हिन्दू धर्म र दर्शनमा प्रकृति लगायत समस्त विश्वकल्याणको लागि उपासना र प्रार्थाना गरिन्छ यस्ता उपासना र अनुस्ठानको भित्रि उद्धेश्य वातावणीय र पर्यावरणीय सन्तुलनलाई कायम राख्ने रहेको देखिन्छ ।

कतिपय हिन्दू राजाहरुले त आफूलाई सूर्यवंशी, चन्द्रवंशी र नागवंशी भनेर आफूलाई परिचित गराउँनुमा प्रकृतिपूजन प्रतिको आस्था भाव नै हो । प्रकृतिपूजा र उपासनाको परम्परामा हिन्दूहरुले मनाउँने नागपञ्चमीले पर्यावरणीय महत्वलाई झल्काउँछ नै,अर्कोतिर हिन्दू धर्मको दार्शनिक पक्षलाई सम्झाउँ छ । सिधा भाषामा भन्नु पर्दा नाग भनेको सर्प हो । सर्पले प्रकृतिमा भएको विषाक्त तत्वहरुलाई आफूमा ग्रहण गरेर प्राकृतिक सन्तुलनलाई कायम राख्दछ ।

हिन्दूहरुले अमृत समान दुध दिने गाईलाई जसरी आमा समान मानेर पूजा गर्छन, त्यसरी नै विष ओकल्ने सर्पको पूज गर्ने जाती त हिन्दूधर्मी आर्यहरु नै हुन् । आज पनि भारत तथा नेपालमा आफूलाई नाग जातीका सन्तान मान्ने जातीहरु छन् । भारतमा त नागाल्याण्ड भन्न ठाउँ बिशेष प्रख्यात छ । जातीय शास्त्रले नाग जातीलाई मंगोल मूल आदिबासी हुन भनि व्याख्या गर्दछ ।
के सबैकुराहरु असत्य नै होलान्? हुन सक्दैन यो कुनै न कुनै अदृश्य शत्तिमा लुकेको हुन्छ ।

गुगल फोटोको अनमिटेड स्टोरेज सेवा गुगलले हटाउँदै

काठमाडौँ । गुगलले पछिल्लो समय अनलिमिडेड फोटो स्टोरेज उपलब्ध गराउँदै आएकोमा अब भने बन्द गर्ने भएको छ । आगामी वर्षबाट लागु हुने गरी कम्पनीले नयाँ नीतिगत परिवर्तनको तयारी थालेको हो ।

उक्त नीतिगत परिवर्तन अनुसार सन् २०२१ जुन महिनादेखी गुगल फोटाजलाई समेत गुगल अकाउण्टमा उपलब्ध हुने १५ जीबीमै समावेश गर्ने तयारी गरेको जनाएको छ । हाल गुगल फोटोमा प्रयोगकर्ताले १६ एमबीभन्दा कम र एचडी क्वालिटीको भिडियोको लागि अनलिमिटेड स्टोरेज प्राप्त गर्दै आएका थिए ।

साथै प्रयोगकर्ताको जानकारीमा गुगलले ठुला फोटो तथा भिडियोलाई समेत कम्प्रेस गरेर फ्री स्टोरेजमा फोटो संकलन गर्दै आएको थियो । अब भने उक्त सुविधा बन्द हुनेछ ।

गुगलका अनुसार जुन १ तारिख पछाडि अपलोड भएको फोटो तथा भिडियोमा यो क्यापिङ लागु हुनेछ । तर, हाल अपलोड गरिएका फोटो तथा भिडियोमा भने नयाँ नियमले कुनै असर नपार्ने उल्लेख गरिएको छ ।

गुगल पिक्सेलका प्रयोगकर्ताको हकमा भने यो क्याप लागु हुने छैन । गुगलको नयाँ क्याप अनुसार अब गुगल ड्राइभ, जिमेल, फोटो सबै १५ जीबी भित्र समावेश हुनेछन् ।

थप १९१३ जनामा संक्रमण पुष्टि

काठमाडौँ । नेपालमा पछिल्लो २४ घन्टामा थप १९ सय १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ४ हजार २ सय ४२ पुगेको छ ।

यसैगरी पछिल्लो २४ घन्टामा कोरोनामुक्त भएर २३ सय ४९ जना डिस्चार्ज भएका छन् । नेपालमा हालसम्म कोरोनामुक्त हुनेको संख्या १ लाख ६४ हजार ५ सय ९२ जना पुगेको छ । योसँगै नेपालमा सक्रिय संक्रमितको संख्या ३८ हजार ४ सय ६१ पुगेको छ ।

सहसचिव लीलादेवीको बढुवा

काठमाडौँ । कानुन मन्त्रालयकी वरिष्ठ सहसचिव लीलादेवी गड्तौलाको सचिवमा बढुवा भएको छ ।
आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले गड्तौलालाई सचिवमा बढुवा गर्ने निर्णय गरेको हो ।

यसअघि कार्तिक २५ गते मङ्गलवार बसेको न्याय सेवा आयोगको बैठकले सहसचिव गड्तौलालाई सचिवमा बढुवासँगै नेपाल कानुन आयोगमा पदस्थापन गर्ने निर्णय गरेको थियो ।

समाजवादी पार्टीका केन्द्रीय सदस्य भीमप्रसाद गौतमको निधन

तनहुँ । जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य भीमप्रसाद गौतमको ७२ वर्षको उमेर आज बिहान निधन भएको छ । तनहुँको बन्दीपुर गाउँपालिका–१ पिप्ले निवासी गौतमको आफ्नै घरमा निधन भएको हो ।

करिब १५ दिनदेखि निमोनियाबाट ग्रसित रहँदै आएका गौतमको केही समयअघि अस्पतालमा उपचारपश्चात घरमा ल्याई राखिएको थियो । उनको पार्थिव शरीरलाई जिल्लाको पवित्रस्थल देवघाटमा लगेर दाहसंस्कार गर्ने अन्तिम तयारी भइरहेको बन्दीपुर गाउँपालिका–१ का वडाध्यक्ष भानुभक्त पोखरेलले जानकारी दिए ।

भूमिसुधारमन्त्री तथा पूर्वमन्त्री, संविधानसभा सदस्य एवं तनहुँ जिल्लाको कम्युनिष्ट आन्दोलनका अथक योद्धा गौतमको निधनले सिङ्गो तनहुँवासीलाई स्तब्ध बनाएको उनले बताए । उनलाई अन्तिम श्रद्धाञ्जलि दिन नेता तथा कार्यकर्ताको सहभागिता रहेको छ । मृतकका श्रीमती, दुई छोरा र चार छोरी छन् ।

नागरिकता वितरणमा ‘टोकन प्रणाली’ प्रभावकारी बन्दै

जुम्ला । जिल्ला प्रशासन कार्यालय जुम्लाले शुरु गरेको नागरिकता वितरणमा ‘टोकन प्रणाली’ पछिल्लो समय निकै प्रभाकारी बन्दै गएको छ । सेवाग्राहीको भिड कम गर्न र पालैपालो काम गर्ने उद्देश्यले जिल्ला प्रशासन कार्यालय जुम्लाले दुई महिनाअघि शुरु गरेको ‘टोकन प्रणाली’ को प्रभावकारिता बढ्न थालेको हो ।

सबै सेवाग्रहीको अधिकार समान भएकोले सरकारी काममा जो पहिला आउँछ सोहीअनुसार अनिवार्य सेवा प्रवाह गर्न ‘टोकन प्रणाली’ कार्यान्वयनमा ल्याइएको प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापाले जानकारी दिए । “सेवाग्राहीहरुले सम्पूर्ण प्रमाणहरु जुटाएपछि नागरिकता फाँटले एउटा टोकन दिन्छ । त्यो टोकनको आधारमा जो कोही पनि सेवाग्राहीले पालो कुरेर सेवा लिने गर्दा यो प्रणाली प्रभावकारी बनेको छ”, प्रजिअ थापाले भने, “यसले भिड कम र काममा पारदर्शिता ल्याएको छ ।” कोरोनाबाट बच्न, बचाउन, ठेलमठेल हुन नदिन, पहुँचवालाहरु र नागरिकता बनाउनै पनि लाइन उछिन्ने प्रवृतिसमेत निरुत्साहित भएको उनले बताए ।

सेवाग्राहीलाई समान सेवाको अनभूति गराउन यो पद्धति शुरु गरिएको भन्दै प्रजिअ थापाले यो कामले कार्यालय र सेवाग्राही दुवैलाई सजिलो भएको र जनस्तरमा पनि सकारात्मक प्रभाव परेको बताए । उनले भने, “अहिले टोकन विधि प्रभावकारी बन्न थालेको छ । टोकन हातमा परेपछि सेवाग्रहीहरु ढुक्क हुन्छन् ।”

जिल्ला प्रशासन कार्यालय जुम्लामा नागरिकताका लागि आएका स्थानीय परिमल रावतले पहिलेभन्दा अहिले नागरिकता लिन सजिलो भएको प्रतिक्रिया दिए । टोकन प्रणालीले पहुँचवाला जतिकै आवाजविहीनहरुलाई बढी सहयोग पुर्याएको उनको भनाइ थियो ।

इलेक्ट्रोनिक टोकन प्रणालीको तयारी

प्रमुख जिल्ला अधिकारी थापाले अहिले कडा कागज वा गोटीमा लेखेर भए पनि टोकन प्रणाली शुरु गरिएको बताए । उनका अनुसार अब थप व्यवस्थापन गर्न इलेक्ट्रोनिक प्रणाली शुरु गर्ने योजनामा जिल्ला प्रशासन कार्यालय रहेको छ । प्रमुख जिल्ला अधिकारी थापाले बजेट अभावले यसलाई अझ बढी व्यवस्थित बनाउन नसके पनि अब गृह मन्त्रालयमा यसका लागि सहयोग माग गर्नुपर्ने अवस्था भइरहेको जनाए । “करिब रु दुई लाख ५० हजारमा मेसिन आउँछ भन्ने सुनेका छौँ । यो मेसिन ल्याएमा बैंक जस्तै आवाजमा विद्युतीय प्रणालीबाट सेवाग्राही बोलाउने काम गर्छौँ”, उनले भने ।

सहायक प्रमुख जिल्ला अधिकारी तथा सूचना अधिकारी ओमप्रकाश देवकोटाले अहिले बाहिर माइक जोडिएको बताए । उनले भने, “टोकनवाला व्यक्ति अर्थात् सेवाग्रहीलाई माइकबाट नागरिकता फाँटले बोलाउने गरेको हुँदा थप सजिलो बनाएका छौँ । माइकको आवाज प्रमुख जिल्ला अधिकारी र सहायक प्रमुख जिल्ला अधिकारीको कक्षमा पनि निगरानी गर्न जोडिएको छ ।”

तीन महिनाअघि पद बहाली गर्नुभएका प्रजिअ थापाले पद बहाली गरेपश्चात् ५२ बुँदे ‘जिल्ला प्रशासन सुधार कार्ययोजना’ सार्वजनिक गरेका थिए । त्यसलगत्तै सेवाग्रहीको सहजता र प्रशासनिक काममा सरलता ल्याउन जिल्ला प्रशासन कार्यालय जुम्लाले टोकन प्रणालीबाट नागरिकता वितरण गर्ने सेवा कार्यान्वयनमा ल्याएको थियो ।

मौसमले साथ दिँदा बढ्यो चिया उत्पादन

काठमाडौँ । विगत वर्षको तुलनामा यस वर्ष (अन्तिम सिजन÷अटम सिजन)को चिया बढेको किसानले बताएका छन् । यस वर्षको अन्तिम सिजनमा मौसम अनुकूल भएकाले चियाको उत्पादन बढेको किसानको भनाइ छ । गएको वर्ष जस्तो पानी नपरेको र चिया पलाउन सहज भएकाले अपेक्षाकृत उत्पादन बढेको हो ।

उत्पादनसँगै चियाको मूल्यसमेत केही हदसम्म उच्च पाउन थालेपछि किसानको चियाप्रतिको वितृष्णासमेत घटेको छ । प्राय अन्य ‘सिजन’मा हरियोपत्ती चियाको प्रतिकिलो रु ३० देखि ४० मूल्य दिने उद्योगीले मूल्य बढाएर रु ५० पुर्याएपछि किसान हर्षित देखिएका छन् । “भदौसम्म पानी परे पनि नयाँ सिजन(अटम) मा मौसम राम्रो भएकाले उत्पादन बढ्यो”, सूर्योदय नगरपालिकाका चिया किसान डम्बर कटुवाल भने, “उद्योगीले पनि चियाको मूल्य बढाए । आम्दानी राम्रै भएको छ ।” उनका अनुसार यस वर्ष दोब्बर चिया उत्पादन भएको छ ।

कटुवालले अनुसार यस वर्ष विगतका वर्षमा जस्तो चियामा रोग पनि नदेखिएको बताउनुभयो । त्यसैले पनि चियामा किसानले धेरै खर्च गर्नुपरेन । चियाको उत्पादन बढेसँगै कारखानामा चिया धेरै आउन थालेको इलाम नगरपालिकास्थित साँखुजुङका उद्योगी टङ्क दाहाल बताए ।

गएका वर्षमा पानी नै पानी परेको चिया उद्योगमा आउने गरे पनि यसपटक गुणस्तरीय चिया आएकाले चियाको तौल पनि बढेको उहाँको भनाइ छ । चियाको यस वर्षको अन्तिम सिजन नै यति बेला भएकाले किसान र उद्योगीले मुख्य फाइदा लिने समय पनि यति बेलै हो ।

यो सिजनको चिया गुणस्तरीय हुने भएकाले अन्तर्राष्ट्रिय बजारमा राम्रो मूल्यमा बिक्ने पनि गर्छ । यो सिजनको चिया अबको १५ देखि २२ दिनसम्म रहन्छ भने त्यसपछि चियाको काँटछाट र गोडमेलको सिजन शुरु हुन्छ । मुख्य सिजन भएकाले पनि स्याहारसुसार गर्न धेरै समय चियामा लाग्ने गरेको सूर्योदय नगरपालिकाका अर्का किसान डम्बर प्रधान बताए । सिजनको शुरुबाटै आन्दोलनका कारण उल्लेखनीय फाइदा लिन नसकेका किसानलाई यो सिजनले केही राहत पुगेको प्रधानको भनाइ छ । अन्तिम सिजनको चिया टिपिसकेपछि भने करीब चार महिनापछि मात्र चिया टिप्ने गरिन्छ ।

कलंकीमा ट्रक दुर्घटनाः ३ जनाको मृत्यु

काठमाडौं । काठमाडौंको कलंकीमा एक ट्रकले अर्को ट्रकलाई ठक्कर दुर्घटना भएको छ । सोही दुर्घटनामा तीन जनाको मृत्यु भएको छ भने एकजना घाईते भएका छन् ।

कलंकीस्थित मकालु पेट्रोल पम्प अगाडि पार्किङ गरी राखिरहेको बा ३ ख ७५३० नम्बरको ट्रकलाई बल्खुबाट सितापाईलातर्फ जाँदै गरेको बा ५ ख ८८६५ नम्बरको कुखुरा बोक्ने ट्रकले ठक्कर दिँदा सोहि कुखुरा बोक्ने गाडीमा सवार तीन जनाको मृत्यु भएको हो । दुर्घटनामा एक जना घाइते भएका छन् ।

दुर्घटनामा नुवाकोटको सुन्दरादेवी घर भएका २४ वर्षीय रोशन तामाङ, नुवाकोटको तारकेश्वर घर भएका ३७ वर्षीय माधब घिमिरे र नुवाकोट तारकेश्वरकै भुवेन्द्र तामाङको मृत्यु भएको महानगरीय प्रहरी वृत्त कालिमाटीका प्रमुख डिएसपी अपिलराज बोहोराले जानकारी दिएका छन् ।

कलंकीस्थित सहिद स्मृति अस्पतालमा उपचारको क्रममा उनीहरुको मृत्यु भएको हो । सो दुर्घटनामा नुवाकोट तारकेश्वर घर भएका २२ वर्षीय को विजय तामाङ भने अझै उपचार छन् ।

दुवै ट्रकका चालकलाई प्रहरीले नियन्त्रणमा लिइसकेको प्रहरी वृत्त कालिमाटीले जानकारी दिएको छ ।

भगवान् विष्णुको दर्शन गर्नुहोस्, आज कार्तिक २७ गतेको राशिफल

वि.सं.२०७७ साल कार्तिक २७ गते । बिहीबार । ईश्वी सन् २०२० नोभेम्बर १२ तारिख । नेपाल संवत् ११४० । प्रमादी संवत्सर । दक्षिणायन । शरद ऋतु । श्रीशाके १९४२ । कार्तिक कृष्णपक्ष । तिथि–द्वादशी,३० घडी ३८ पला,बेलुकी ०६ बजेर ३० मिनेट उप्रान्त त्रयोदशी । नक्षत्र–हस्त,४४ घडी ३२ पला,रातको १२ बजेर १२ मिनेट उप्रान्त चित्रा । योग–विश्कुम्भ । करण–कौलव,बिहान ०७ बजेर ३७ मिनेट उप्रान्त तैतिल,बेलुकी ०६ बजेर ३० मिनेट उप्रान्त गर । आनन्दादिमा–राक्षस योग । चन्द्रराशि–कन्या । काठमाडौंमा सूर्योदय बिहान ०६ बजेर २३ मिनेट,सूर्यास्त बेलुकी ०५ बजेर ११ मिनेट । दिनमान २६ घडी ५९ पला । गोवत्स द्वादशी ।

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ)

सत्रुहरुलाई किनारा लगाउदै चाहेको उपलब्धि हासिल गर्न सकिनेछ । अध्ययन अध्यापनमा मन जाने हुनाले अरु दिन भन्दा खटेर काम गर्न सकिनेछ । माया प्रेमको गाठो कसिलो भएर जानेछ भने नजिकका मित्रहरुवाट सहयोग पाईने हुनाले मन प्रशन्न रहनेछ । कुटुम्ब तथा मावली पक्षबाट काममा सहयोग पाईनेछ । न्यायिक निर्णयहरु तपाईकै पक्षमा आउने योग रहेकोछ ।

बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)

व्यापार व्यावसायमा लगानि गरिहाल्ने समय नरहेकोले तत्काल नयाँ काम नगर्नु नै राम्रो रहनेछ । भौतिक सम्पति तथा सवारि साधनको प्रयोग तथा परिचालन गर्दा ख्याल गर्नुहोला अप्रिय घटना नहोला भन्न सकिन्न । आत्मिय मित्र तथा परिवारका साथ रहेर स्वादिष्ट भोजनको टेष्ट लिने अवसर जुर्ने भएपनि खानपानको तालमेल नमिल्दा सामान्य स्वास्थ्य सम्बन्धि समस्या आउँन सक्छ ध्यान दिनुहोला ।

मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा)

खोज तथा अनुशन्धानको क्षेत्रमा प्रशस्त समय खर्चिय पनि भनेजस्तो नतिजा हात नलाग्न सक्छ । घर परिवार,आफन्त तथा आमासँग घरायसि कुरामा बिवाद सिर्जना हुँन सक्छ ध्यान दिनुहोला । माया प्रेम तथा पति पत्निबिच सामान्य मनमुटाव बढ्ने योग रहेकोछ ध्यान दिनुहोला । कृषि तथा पशुपालन व्यावसायमा समय लगानि गर्नेहरुले मनग्गे आम्दानि गर्न सक्नेछन् ।

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो)

छोटो दुरिको व्यावसायिक यात्राको तय हुनेछ भने यात्राका क्रममा साथिभाई सँग रमाईलो गर्दै दिनलाई रंगिन बनाउँन सकिनेछ । आफन्त तथा निकट सम्बन्ध भएका मानिससँग छुट्टिनुपर्दा मन खिन्न रहनेछ । आफु भन्दा ठुला मानिसको सुझाब तथा सल्लाह लिएर अगाडि बढ्न सके गन्तब्यमा पुग्न सहज हुनेछ ।

सिंह(मा,मी,मू,मे,मो,टा,टी,टू,टे)

बोलिको प्रभाव बढ्ने भए पनि अरुको बारेमा अनाबस्यक टिका टिप्पणी गर्नाले आफ्नो साख गुम्न सक्छ । पढाई लेखाईमा समय दिएपनि ध्यान नदिदा अरुभन्दा पछि परिनेछ । खानपानमा ध्यान दिनुहोला स्वास्थ्य सम्बन्धि समस्या आउन सक्छ । कुटुम्ब तथा आफन्तहरुबिच घरायसि कुरामा राय बाजिनेछ । माया प्रेममा एक अर्कालाई बिश्वास गर्न नसक्दा मनमुटाब बढ्नेछ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)

राजनिति तथा समाजसेवामा दिएको समयबाट राम्रो उपलब्धि प्राप्त हुनेछ भने पद प्राप्तीको गतिलो सम्भावना रहेकोछ । व्यापार व्यावसाय राम्रो फस्टाएर जाने तथा आम्दानि प्रशस्त हुनेछ । राजनिति तथा समाजसेवामा जनतासँग सँगै रहेर भलाकुसारि गर्न पाईने हुँदा नयाँ पनको बिकास गर्न सकिनेछ । पारिवारिक माहोलमा दिन बित्नेहुँदा मन प्रशन्न रहनुका साथै परिवारका सदस्यहरु खुसि रहनेछन् ।

तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते)

माया प्रेममा एक अर्कालाई शंका तथा अबिश्वास गर्दा समस्या आउन सक्छ ध्यान दिनुहोला । कानुन तथा निति नियमको उल्लङघन गर्दा जरिवाना तिर्नु पर्ने हुनसक्छ । आफन्त तथा अग्रजहरु सँग राय बाजिने तथा बिछोड सम्मको अवस्या आउन सक्छ । बिदेशी लगानि बाट सञ्चालित सस्थाहरुमा काम पाउने तथा बिदेश यात्राको गतिलो सम्भावना रहेकोछ ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)

बिभिन्न अवसरले पछ्याउँने तथा रोजगारि पाउने समय रहेकोछ भने परिवारजनको आवस्यक्ताहरु पुरा गर्न सकिने हुँदा मन प्रशन्न रहनेछ । व्यापार व्यावसायबाट मनग्ने आम्दानि हुने तथा आम्दानिका नयाँ नयाँ स्रोतहरु पहिल्याउन सकिनेछ । बुवा तथा आफन्तबाट तपाईले थालनि गर्नुभएको काममा सहयोग तथा समर्थन पाईने हुँनाले थप लगानि गर्ने बाताबरण बन्नेछ । भोगबिलासका सामानहरु प्राप्त हुनेछन् भने ईच्छित कामनाहरु पुरा हुँने समय रहेकोछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)

व्यापारमा रुपैया पैसा लगानि गरि मनग्गे आम्दानि गर्न सकिनेछ । आज थालिएका जुनसुकै कामहरुबाट भनेजस्तो कमाई हुँने हुँदा आर्थिक क्षेत्र मजभुत हुनेछ । नयाँ काम पाउँने तथा नोकरिमा सुगम स्थानमा स्थानान्तरणको प्रशस्त सम्भावना रहेकोछ । राजनिति तथा समाजसेवामा जनताको समर्थन पाईने हुँनाले पद प्राप्तिको गतिलो योग रहेकोछ ।

मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)

समाजसेवा तथा राजनिति गर्नेहरुले जनताबाट अपमान तथा आलोचना सहनु पर्नेहुँदा काम गर्दा अलि बडि ख्याल गर्नुहोला । निति निर्माण तहमा तपाईको सहभागिताले महत्वपुर्ण भुमिका खेल्ने भएपनि आफ्नै साथिहरुको आलोचना खप्नु पर्नेछ । लामो धार्मिक तथा शैक्षिक यात्रा गर्दै हुनुहुन्छ भने सचेत हुनुहोला डकुमेन्ट नमिलेर झन्झट बेहोर्नु पर्ला ।

कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा)

आफन्त तथा शुभचिन्तकहरुको सल्लाह तथा शुझाबलाई बेवास्ता गर्दा दुख पाईनेछ । व्यापार व्यावसायमा मन्दि आउने हुनाले आर्थिक रुपमा पछाडि परिनेछ । स्थाई सम्पतीमा बिवाद आउने योग रहेकोछ भने भौतिक सम्पति तथा अन्य साधनको प्रयोग गर्दा ध्यान दिनुहोला । दिदि बहिनी तथा आफन्त सँग अनाबस्यक बिवाद हुन सक्छ ।

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)

मनपरेको भौतिक बस्तु तथा बिलाशि बस्तुहरुको प्रयोग गर्न पाईने हुँदा मन प्रफुल्लित हुनेछ । व्यापारको शिलशिलामा लामो दुरियो उपलब्धिमुलक यात्राको तय गर्न सकिनेछ भने व्यापार बिस्तार गरि मनग्गे आम्दानि गर्न सकिनेछ । जीवनसाथि तथा आफ्नो बिषेश मानिसको सहयोगले आम्दानिको दायरा बढाउँन सकिनेछ । अध्ययन तथा अध्यापनमा तपाईले गरेको लगानिबाट सार्थक नतिजा आउँनाले मन प्रशन्न हुनेछ ।

काठमाडौँ सिडिओ दाहालले जिते कोरोना

काठमाडौँ । काठमाडौंका प्रमुख जिल्ला अधिकारी (सिडिओ)जनकराज दाहाल कोरोना भाइरसबाट संक्रमणमुक्त भएका छन् । दाहालको रिपोर्ट बुधबार नेगेटिभ आएको हो । १३ कात्तिकमा दाहालसहित उनका परिवार र घरमा बस्ने ७ जनालाई कोरोना संक्रमण पुष्टि भएको थियो । त्यसपछि होम आइसोलेसनमा बसेका थिए ।

चिस्यान केन्द्रका लागि सघाउन सरकारले सहयोग गर्छः मन्त्री भट्टराई

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले कृषि उत्पादन भण्डारका लागि चिस्यान केन्द्र बनाउन सहयोग गर्ने प्रतिबद्धता गरेका छन् ।
ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकामा आज आयोजित कार्यक्रमलाई बोल्दै मन्त्री भट्टराईले सडक सञ्जालले गाउपालिका जोडिएकोले कृषि उत्पादन बढाउँदै कृषि भण्डारका लागि चिस्यान केन्द्र बनाउन सहयोग गर्ने प्रतिबद्धता गरेका हुन् ।
उनले ताप्लेजुङमा अलैँची उत्पादन बढी हुने भएकाले अलैँची प्रशोधन केन्द्र निर्माणमा सहयोग गर्ने पनि बताए । कृषि क्षेत्रमा लाग्न युवाहरु लाग्न आग्रह गर्दै मन्त्री भट्टराईले विदेशमा गएर १८ घण्टा काम गर्नुभन्दा आफनै गाँउघरमा आठ घण्टा काम गर्न सुझाव दिए ।
आठराईको इवादेखि ढुंगेसाघुससम्मको सडकको शिलान्यास भइसकेको र यस सडकले मदन भण्डारी राजमार्ग र तमोर करिडोरमा समेत जोडिने भएकाले अब विकासका पूर्वाधारमा जिल्ला पछि नपर्ने पनि उनले बताए ।

कारागारका कैदीलाई पुस्तक

डडेल्धुरा । जिल्ला कारागारभित्रको पुस्तकालयका लागि नेपाल प्रेस युनियन डडेल्धुराले पुस्तक उपलब्ध गराएको छ । कैद भुक्तान गरिरहेकाहरुको अध्ययनका लागि किताब उपलब्ध गराइएको हो ।

बुधबार कारगारमै पुगी प्रेस युनियनका पदाधिकारीहरुले किताब कारागारलाई उपलब्ध गराएको थियो । कानूनसम्बधीका पुस्तकसँगै प्रेरणादायक, जीवनोपयोगी पुस्तक र भलिबल, नेट उपलब्ध गराइएको नेपाल प्रेस युनियन डडेल्धुरा शाखा सचिव पुष्कर भण्डारीले बताए ।

कानुनसम्बन्धी जानकारी र कैद भुक्तान गरिसकेपछि सामान्य जीवनमा उपयोगी किताबहरु कारागारलाई उपलब्ध गराइएको उनले बताए । यसले ज्ञानआर्जनका साथै खाली समय व्यतित गर्न कैदीबन्दीहरु सहज हुने छ । बजेट अभावका कारण भौतिक पूर्वाधारलगायत कानूनप्रदत्त विषयवस्तुहरुको पूर्ति नभएको अवस्थामा किताब र खेल सामग्रीले कारागार कार्यालयको सेवा प्रवाहमा सहयोग पुगेको सहायक प्रमुख जिल्ला अधिकारी बाबुराम आचार्यले बताए ।

भारतीय पत्रकार गोस्वामी जमानतमा छुट्दै

काठमाडौँ । हिरासतमा रहेका भारतीय पत्रकार अनर्ब गोस्वामी हिरासत मुक्त हुने भएका छन् । आत्महत्याका लागि उक्साएको आरोपमा पक्राउ परेका पत्रकार गोस्वामी हिरासत मुक्त हुने भएका छन् । भारतको रिपब्लिक टिभीका प्रधानसम्पादक गोस्वामी जमानतमा छुट्ने भएका हुन् । सर्वोच्च अदालतले बुधबार उनको जमानत लिन स्वीकार गरेको छ ।

गोस्वामी ३ नोभेम्बरमा मुम्बईस्थित आफ्नै घरबाट पक्राउ परेका थिए । एका बिहानै उनको घरमा पुगेको पुलिसले उनलाई भ्यानमा हालेर लगेको थियो ।

यसअघि गोस्वामीले जमानतका लागि बम्बई उच्च अदालतको ढोका ढकढकाएका थिए । उक्त अदालतले जमानत दिन अस्वीकार गरेको थियो । त्यसपछि गोस्वामी सर्वोच्च अदालत गएका थिए । गोस्वामीलाई जमानत नदिने बम्बई उच्च अदालतको कार्य गलत भएको सर्वोच्च अदातले जनाएको छ ।

नेपाल लाइफले ल्यायो तिहारको सांगीतिक शुभकामना गीत

‘झिलीमिली बत्ती बाली, रंगाइदिऊँ है सारा नेपाल,
सगरमाथाझैँ उच्च छौँ हामी, मन छ राम्रो, हृदय विशाल… । ’

नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले बुधबार तिहार विशेष म्युजिक भिडियोय सार्वजनिक गरेको छ । यतिखेर तिहार नजिकिँदै गएको छ । नेपालीहरुको घर आँगन भिलीमिली बत्ती र फूलै फूलले रंगिदै छन् । यस्तै कथा वस्तुलाई समेटेर कम्पनीले तिहार शुभकामना गीत तयार गरेको छ ।
हिन्दुहरुको महान् चाड तिहारमा घरभित्रै बसेर भए पनि मनोरञ्जन लिन सकून् भनेर नेपाल लाइफको ‘इनहाउस टिम’ले मार्मिक र हृदयस्पर्शी शब्दहरुलाई संगीत संयोजन गरी यो शुभकामना गीत तयार गरेको हो । जसलाई म्यूजिक भिडियोमार्फत उत्कृष्ठ पस्कने प्रयास कम्पनीले गरेको छ ।
स्वर्गझैँ सुन्दर नेपालका पूर्व, पश्चिम, उत्तर, दक्षिण सबैतिर स्वतन्त्र भएर नाच्दै गाउँदै सबै रमाऊँला जस्ता उत्प्रेरणा समेत यस गीतले दिनेछ ।
शुभकामना गीतले मनोरञ्जन प्रदान गर्नुका साथै तिहारको महिमा, बीमा सम्बन्धी सचेतनामा समेत ध्यान खिचेको छ ।
तिहार शुभकामना गीत मेघेन्द्रप्रकाश गिरीको हृदयस्पर्शी शब्द तथा रचनामा मेघेन्द्रप्रकाश गिरी, सम्पन्न सिंह महर्जन, राजीव डीसी र सुशीला लमगडले देउसी–भैलो भाकामा कर्णप्रिय स्वर दिएका छन् ।
यस शुभकामना गीतमा संगीत मेघेन्द्रप्रकाश गिरी, सम्पन्न सिंह महर्जन, राजीव डीसी र कृपेश लोहनीको रहेको छ । त्यस्तै, अरेन्जरमा कृपेश लोहनी र अभिषेक थापा रहेका छन् ।
गीतमा मनोरञ्जन मात्र होइन, ‘बीमा गर्न जरुरी छ, किनकि जीवन अमूल्य छ’ भन्ने जनचेतनासमेत फैलाउने प्रयास गरिएको छ ।
त्यसैगरी, नेपालका हिमाल, तराई र पहाडलाई समेट्दै झिलीमिली बत्तीले सारा नेपाललाई रंगाउन गीतमा उद्घोष गरिएको छ ।
आफू शिक्षित र समृद्ध हुन तथा सन्ततिको उज्ज्वल भविष्यका लागि नेपाल लाइफमै जीवन बीमा गरी सन्ततिको भविष्य पनि उज्ज्वल बनाउन उक्त गीतमार्फत सुझाइएको छ ।
त्यस्तै, हिमाल, पहाड, तराईदेखि नै नेपाल लाइफको झण्डा फहराई कर्मचारी, अभिकर्ता सबैले एक जुट भएर ‘बीमा गर्न जरुरी छ, किनकि जीवन अमूल्य छ’ अभियानलाई अघि बढाउँदै सेवा दिन पनि आह्वान गरिएको छ ।
यो गीतको भिडियो पनि उत्कृष्ठ बनेको कम्पनीले जनाएको छ । शब्दहरुलाई न्याय गर्ने गरी भिडियो तयार गरेकाले तिहारको माहोललाई अझ झिलीमिलि बनाउन थप टेवा पुर्याउने छ ।
महान् चाड तिहारमा सम्पूर्ण नेपालीलाई मनोरन्जन प्रदान गर्नुका साथै बीमा गर्नुपर्छ भन्ने जनचेतना पनि सम्पूर्ण नेपालीसमक्ष पुग्ने विश्वास कम्पनीले लिएको छ ।

गीतको लिंक https://www.youtube.com/watch?v=qqdZOxcL4gg

निजी क्षेत्रको मनोबल र आत्मविश्वास बढाउँछौंः अर्थमन्त्री पौडेल

काठमाडौँ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकारले निजी क्षेत्रको मनोबल र आत्मविश्वास बढाएर काम गर्ने बताएका छन् । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठ लगायतको प्रतिनिधिमण्डलसँगको भेटमा अर्थमन्त्री पौडेलले निजी क्षेत्रलाई सहयोग र प्रोत्साहन गरेर कोभिड–१९ले पारेको प्रतिकूलतालाई न्यूनीकरण गर्दै अर्थतन्त्रको पुनर्उत्थान गर्न सकिने बताबताए। उनले त्यसका लागि सरकार र निजी क्षेत्र मिलेर अघि बढ्न आवश्यक रहेको धारणा व्यक्त गरेका छन्।
अर्थमन्त्री पौडेलले प्रतिकूल अवस्थामा स्वास्थ्य सुरक्षाका सबै मापदण्डलाई विशेष ध्यान दिएर व्यापार, व्यावसाय र उद्योगहरु चलाइ अर्थतन्त्रलाई चलायमान बनाउन आग्रह गरे। उनले बजेटमा उल्लेख गरिएका राहत र पुनर्उत्थानका कार्यक्रमहरुलाई सबैको साथ लिएर कार्यान्वयन गर्ने बताए ।
अर्थमन्त्री पौडेलले सरकारले निजी क्षेत्रका समस्या र कठिनाइलाई बुझ्ने र निजी क्षेत्रले सरकारको सीमा र भूमिकालाई बुझेर अघि बढ्दा धेरै समस्या समाधान सकिने धारणा व्यक्त गरे।
नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले क्रयशक्ति बढाइ आर्थिक क्षेत्रलाई चलायमान बनाउन, व्यापार र उद्योग क्षेत्रलाई सहज रुपमा सञ्चालन गर्ने वातावरण तयार पार्न आग्रह गरे ।
नेपाल चेम्बर अफ कमर्सले अर्थमन्त्री पौडेललाई २२ बुँदे सुझाव दिएको छ ।