संखुवासभामा प्रधानमन्त्री ओलीको अभिव्यत्तिः म जनताद्धारा निर्वाचित प्रधानमन्त्री हुँ, निडर भएर अगाडी बढ्छु

संखुवासभा । प्रधानमन्त्री केपी ओलीले आफू जनताद्वारा निर्वाचित प्रधानमन्त्री भएको र निडर भएर अगाडि बढ्ने बताएका छन् । संखुवासभामा किमाथांका र अरुण तेस्रो जलविद्युत् आयोजनाको अनुगमनका क्रममा आयोजना गरिएको कार्यक्रममा उनले यस्तो अभिव्यत्ति दिएका हुन् ।

आफू पार्टी अध्यक्ष र जनताद्वारा निर्वाचित प्रधानमन्त्री भएकाले नडराउने उनको भनाई थियो । उनले पार्टी कार्यकर्ताहरूलाई नआत्तिकन अगाडि बढ्न पनि आग्रह गरे ।

ओलीले आफ्नो दल ५० वर्ष अगाडिदेखि सानासाना टुक्राटुक्रा जोडेर निर्माण गरिएको हुँदा कोही–कसैको चाहनाले नेकपा केही नहुने बताए । साथै उनले नडराइकन काम गर्न कार्यकर्तालाई निर्देशन समेत दिए ।

नेकपाभित्र आन्तरिक विवाद चर्किरहेका बेला ओलीले यस्तो बताएका हुन् ।

शनिवार मात्र पार्टी कार्यालय धुम्बाराहीमा अर्का अध्यक्ष पुष्पकमल दाहाल र सचिवालयका अन्य ४ सदस्यले सचिवालयको बैठकको माग गरेका थिए । पार्टीभित्र ओली र प्रचण्ड–नेपाल पक्षको सम्बन्ध चिसिएको छ ।

मंसिर २ गते सार्वजनिक विदा

काठमाडौँ । सरकारले मंसिर २ गते सार्वजनिक बिदा दिएको छ । गृह मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै किजा पूजाको अवसरमा सो दिन बिदा दिएको जनाएको छ ।

मन्त्रालयले बुधबार विज्ञप्ति जारी गरेर मंसिर २ गते सार्वजनिक बिदा दिएको हो । नेपाल सरकार अन्तर्गत रहेको नेपाल पञ्चांग निर्णायक समितिले भने किजा पूजा मंसिर १ गते नै रहेको यसअघि नै स्पष्ट पारिसकेको छ ।

थप २५६९ जनामा संक्रमण पुष्टि

काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा थप २५६९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।१००८१ वटा नमूना पीसीआर परीक्षण गरिएकोमा सोही संख्यामा कोरोेना रिपोर्ट पोजेटिभ देखिएको हो । यससँगै नेपालमा हालसम्म कोरोना संक्रमित हुनेको संख्या दुई लाख नाघेको छ।

हाल मुलुकमा कोरोनाका सक्रिय संक्रमितको संख्या ३८९१२ जना रहेको छ। त्यसमध्ये १०५१९ जना संस्थागत र बाँकी होम आइसोलेसनमा रहेका छन्। आज १६६६ जना संक्रमित निको भएका छन्। यससँगै नेपालमा निको हुने कोरोना संक्रमितको संख्या १६२२४३ जना रहेको छ ।

किशोर प्रधानलाई ३० जिल्ला नगर अध्यक्षको सामुहिक समर्थनको निर्णय,

नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षका उम्मेद्वार किशोर प्रधानलाई एकैदिन एकैपटक ३० भन्दा बढी जिल्ला नगर उद्योग वाणिज्य संघले मतदान गर्ने सामूहिक प्रतिवद्धता जनाएका छन् ।
जनकपूरमा आयोजित कार्यक्रममा प्रधान समूहलाई विभिन्न प्रदेशका जिल्ला नगरका अध्यक्षहरुले मतदान गरेर जिताउने निर्णय भएको हो । नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश २ का अध्यक्ष शिव शंकर शाहले ३० भन्दा बढी जिल्लाका अध्यक्षहरुले प्रधान र उनको समुहलाई जिताउन मतदान गर्ने सहमति जुटाई सोही अनुसार निर्णय गरिएको बताए ।

आफ्ना उम्मेद्वारलाई परिचय गराउँदै जिल्ला नगरका अध्यक्षहरुले किशोर प्रधानलाई महासंघका आगामी अध्यक्ष शेखर गोल्छाले समर्थन गरेका कारण पनि २ कार्यकाल कटिबद्ध भएर काम गर्ने वाताबरण बनाउन प्रधानलाई जिताउने निर्णय भएको शाहले बताए । कार्यक्रमका सहभागिहरुले गोल्छाको नेतृत्वबाट सबल महासंघ चाहनेले प्रधान समूहलाई बिजयी गराउनुपर्ने भन्दै ६ वर्षे कार्यकाल तयार गरी निर्धक्क भएर काम गर्ने वाताबरण बनाउनका लागि पनि प्रधानलाई जिताउनु पर्ने जिल्ला नगरका अध्यक्षहरुको भनाई छ ।

प्रदेश १ र २ को कुल मतमध्ये ९९ प्रतिशत मत प्रधान पक्षले पाउने प्रदेश नम्बर २ का अध्यक्ष शिव शंकर शाहले बताए । कार्यक्रममा प्रधान समूहलाई मत प्रतिबद्धता जनाउने जिल्ला नगरमा जनकपूरधाम उद्योग वाणिज्य संघ (ललित शाह, अध्यक्ष), धुलिखेल उद्योग वाणिज्य संघ (मञ्जु कुमार कोजु, अध्यक्ष), सप्तरी उद्योग वाणिज्य संघ (अरुण कुमार प्रधान, अध्यक्ष), उद्योग वाणिज्य संघ, मलङ्गवा, उद्योग वाणिज्य संघ, सर्लाही (बीरेन्द्र प्रसाद शाह, अध्यक्ष), गौशाला उद्योग वाणिज्य संघ (रामराजा प्रसाद शाह, अध्यक्ष), जलेश्वर उद्योग वाणिज्य संघ (कृपा शंकर शाह, अध्यक्ष), महोत्तरी उद्योग वाणिज्य संघ (मोहन प्रसाद गुप्ता, अध्यक्ष), वीरगञ्ज उद्योग वाणिज्य संघ (गोपाल केडिया, अध्यक्ष), इनरुवा उद्योग वाणिज्य संघ (वीरेन्द्र शाह, अध्यक्ष), जाजरकोट उद्योग वाणिज्य संघ (कर्ण बहादुर खत्री, अध्यक्ष), सुर्खेत उद्योग वाणिज्य संघ (धन बहादुर रावत, अध्यक्ष) लगायत छन् ।

यस्तै उदयपूर उद्योग वाणिज्य संघ (पुष्कर खड्का, अध्यक्ष), मकवानपूर उद्योग वाणिज्य संघ, लाहान उद्योग वाणिज्य संघ, सिराहा उद्योग वाणिज्य संघ (प्रमोद कुमार पोहार, अध्यक्ष) र धनकुटा उद्योग वाणिज्य संघले पनि प्रधान समूहलाई नै सघाउने औपचारिक निर्णय गरेका छन् । चरिकोट उद्योग वाणिज्य संघ, दोलखा (इन्द्र बहादुर श्रेष्ठ, अध्यक्ष), उर्लाबारी उद्योग वाणिज्य संघ, मोरङ (प्रितम खड्गी, अध्यक्ष), दमक उद्योग वाणिज्य संघ (गोकुल श्रेष्ठ, अध्यक्ष), मेची उद्योग वाणिज्य संघ (ऋषी तिम्सिना, अध्यक्ष), कपिलबस्तु उद्योग वाणिज्य संघ, (यज्ञ प्रसाद भट्टराई, नि. अध्यक्ष), उद्योग संगठन मोरङ, मोरङ व्यापार संघ र बारा उद्योग वाणिज्य संघले प्रधान र उनको समूहलाई बिजयी गराउने प्रतिवद्धता जनाएका छन् ।

रौतहत र बर्दिबास जिल्ला उद्योगा वाणिज्य संघले पनि प्रधानलाई सघाउने प्रतिवद्धता जनाएका छन् । काठमाडौँ उद्योग वाणिज्य संघबाट भने अध्यक्ष दिनेश श्रेष्ठ महासंघको जिल्ला नगर उपाध्यक्षमा उम्मेद्वार नै भएका कारण प्रधान समूहलाई स्वतः समर्थन छ ।

समर्थन जनाएका सबै जिल्ला नगरका अध्यक्षहरुले महासंघमा २८ वर्ष लामो सेवा गरेर हासिल गरेको अनुभवलाई कोरोना महामारीका कारण थिलथिलो बनेको अर्थतन्त्र उकास्ने काममा प्रयोग गर्ने लक्ष्यका साथ आफूहरुले किशोर प्रधान र उनको समूहलाई समर्थन गरेको बताएका छन् । उनीहरुको कुरा सुनेपछि वरिष्ठ उपाध्यक्षका उम्मेद्वार प्रधानले आफूप्रति साना तथा मझौलासहित ठूला व्यवसायीको विश्वास बढेर गएका कारण विश्वास नतोड्ने बचनबद्धता व्यक्त गरेका छन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै वरिष्ठ उपाध्यक्षका प्रत्यासी प्रधानले आफु जिल्ला नगरबाट नै महासंघको नेतृत्वमा पुग्न लागेकाले जिल्ला नगरतर्फका समस्यामा केन्द्रित हुने प्रतिबद्धता जनाए । आफू जिल्ला नगरका सबै किसिमका विषय र समस्यासँग परिचित भएकाले त्यस्ता समस्या समाधानमा पहल कदमी लिन आफुले मात्र सक्ने उनको भनाई थियो । महासंघलाई नयाँ उचाई दिनका लागि जिल्लादेखि नै काम गर्दै जानु पर्ने बताएका प्रधानले आफु त्यसको एक मात्र विकल्प भएको बताएका थिए ।

वरिष्ठ उपाध्यक्षका उम्मेदवार प्रधान तथा समुह समर्थक जिल्ला नगरका प्रतिनिधि तथा मतदाताहरुको प्रतिबद्धता कार्यक्रमलाई जनकपुरधाम उद्योग वाणिज्य संघले आयोजना गरेको हो । प्रधान समुह अन्य जिल्लाका प्रतिनिधिसँगको भेटघाटको अभियानमा देशव्यापी भ्रमणमा छ ।

युनाईटेड इदी–मर्दी एण्ड आर.वि.हाइड्रोपावरको बिक्रि खुल्ला मिति सर्यो, मंसिर ३ बाट खुल्ला गर्ने

काठमाडौँ । युनाईटेड इदी–मर्दी एण्ड आर.वि हाइड्रोपावर लिमिटेडको भोली कार्तिक २७ गतेदेखि आइपिओ बिक्रि खुल्ला हुने भएको छ । कम्पनीले प्रति कित्ता १०० का दरले ८ लाख १२ हजार ७३६ कित्ता सेयर बिक्रि गर्न लागेको छ । जसमा ४३ हजार ६९६ सामूहिक लगानीकोषका लागि र १७ हजार ४ सय ७८ कित्ता कर्मचारीका लागि छुट्टाइएको छ ।

कलाकार दिपकराज गिरी एकवर्ष चलचित्र नखेल्ने, किन गरे यस्तो निर्णय?

काठमाडौँ । पछिल्लो समय छक्क पञ्जाबाट चर्चाको शिखरमा पुगेर कलाकार दीपकराज गिरी फार्म–हाउस खोल्ने तयारीमा जुटेका छन् । गिरीले चलचित्र निर्माणको काम १ वर्षलाई थाँती राख्दै चन्द्रागिरीमा कृषि फार्म शुरु गर्न लागेका छन् । दीपक कोरोना संक्रमणको त्रासका कारण स्क्रिप्ट लेख्दालेख्दै छोडेर फार्म–हाउस खोल्ने तयारी थालेको बताएका छन् ।

काठमाडौंको चन्दागीरिस्थित दहचोकमा रहेको सोही जग्गा पुर्खेयौली रहेको बताएका छन् । “हजुरबाले जोडेको १० रोपनी जग्गा छ, त्यसबाहेक केही जग्गा म थप्दैछु,” दीपक भन्छन्, “फार्म हाउस निर्माणका लागि चारदेखि पाँच कारोड रुपैयाँ लगानी लाग्ने मैले प्रारम्भिक अनुमान गरेको छु ।”

उनको फार्म–हाउसमा पैसा तिरेर बस्ने सुविधादेखि कृषि फार्महरु पनि खोल्ने योजना रहेको छ । कृषिसँग सम्बन्धित विभिन्न व्यवसाय गर्ने सोच रहेको बताउँदै दीपक तर कृषि भित्र पनि कुन–कुन क्षेत्रमा व्यवसायिक रुपमा हात हाल्ने त्यो भने विस्तारै निर्धारण हुँदै जाने बताए ।

“सकेसम्म गाउँका अधिकांश आमा दिदीबहिनीहरुलाई रोजगारी दिनसकौं भन्ने मेरो उद्देश्य छ,” “मैले चलचित्र कर्ममा रहेर जेजति आर्जन गरेको छु । यो सबै आफ्नै गाउँमा खर्च गर्ने योजना बनाएको छु । स्थानीयस्तरमा रोजगार पनि सिर्जना होस् र कृषि कर्म पनि होस् भन्ने मेरो चाहना हो ।”उनले भने ।

कोरोनाको महामारीले हरेक व्यक्तिलाई आफैले आफूलाई चिन्न र चिनाउन मद्दत गरेको भन्दै उनी आफ्नो क्षमता, लगाव र सम्भावना भएका क्षेत्रमा लाग्नु पर्ने समय आएको बताउँछन् । अहिले आफू रहेको क्षेत्रमा जवरस्ती म यही काम गर्छु भनेर लाग्नुभन्दा पनि सहज र सम्भावना भएका क्षेत्रमा काम गर्नुपर्ने अवस्था कोभिड–१९ ले सिर्जना गरेको बताए ।

“चलचित्र क्षेत्र अब कहिले पहिलाको अवस्थामा फर्किने र अब कसरी कुन बिन्दुबाट कहिले सुरु हुन्छ भन्ने निश्चित छैन । यस्तो अन्योलमा जवरजस्ती यही क्षेत्रमा काम गर्नुभन्दा फार्म हाउस निर्माण गरौं भनेर यतातर्फ लागेको छु,” उनी भन्छन्, “अहिले सरकारले कृषि क्षेत्रमा केही सहुलियत दिएर उक्त कर्ममा लाग्न प्रेरित पनि गरिरहेको छ । त्यसैले म यही नै गर्छु भनेर भन्नुभन्दा पनि के सहज छ त्यसमा सबैले ध्यान दिनुपर्छ भन्ने मेरो बुझाइ छ । घाँटी हेरेर हाड निल्ने बेला अहिले आएको छ । कोभिड र लकडाउन आफ्नो बारेमा सोच्ने र आफ्नो कामबारे बिचार गर्ने अवसर पनि हो । गाउँघरमा बाउबाजेले गर्दै आएको खेती किसानी कर्ममा लगानी गरेर आधुनिक प्रविधिलाई अवलम्बन गर्दै अगाडि बढ्नु पर्छ ।”

तनहुँमा जग्गा व्यावस्थापनको लागि अध्ययन सुरु

तनहुँ । तनहुँको व्यास नगरपालिका–५ मानहुँकोटमा जग्गा विकासका लागि अध्ययन शुरु भएको छ । मानहुँकोटमा रहेका जग्गालाई व्यवस्थापन गर्दै विकास गर्ने उद्देश्यसहित नगरपालिकाले सोमबारदेखि अध्ययन शुरु गरेको हो । मानहुँकोटको गुरुयोजना निर्माण गर्ने तयारीमा रहेको नगरपालिकाले त्यसैका लागि जग्गाहरुको अध्ययन शुरु गरेको नगरपालिकाका इन्जिनीयर रवीन्द्रलाल मूलले जानकारी दिए । उनका अनुसार एक हप्ताको अवधिमा अध्ययन सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।

“गुरुयोजना निर्माणका लागि यो अध्ययन अति आवश्यक छ, अध्ययनपश्चात् मानहुँकोटको गुरुयोजना निर्माणका लागि सहयोग पुग्छ,” उनले भने, “यसबाट मानहुँको वस्तुस्थिति कस्तो छ भन्ने बारेमा छर्लङ्ग हुन्छ ।” मूलका अनुसार यो अध्ययन मानहुँकोटमा सार्वजनिक जग्गा, व्यक्तिको जग्गाको पहिचान हुनुका साथै आगामी दिनमा कहाँ बस्ती निर्माण गर्ने, कहाँ बाटो बनाउने भन्ने विषयमा पनि सहयोगी हुनेछ ।

“मानहुँकोटको टोपोग्राफी कस्तो छ भन्ने अध्ययनले प्रष्ट पार्छ, जग्गा एकीकरणका लागि यसले बाटो निर्माण, बस्तीयोग्य जमिन पहिचान गर्न सहयोग पुग्नेछ,” मूलले भने । नगरपालिकासँग भएको नापीको नक्सालाई पनि आधार मानेर जग्गाहरुको अध्ययन गरिनेछ । नगरपालिकाले मानहुँकोटमा जग्गा एकीकरण गर्ने लक्ष्य राखेको छ ।

अध्ययन सम्पन्न भएपश्चात् गुरुयोजना निर्माण गर्ने समूहसँग बसेर थप छलफल गरिने मूलले जानकारी दिए। “व्यावसायिक क्षेत्र कता राख्ने, रेष्टुरेण्ट कता बनाउने, निजी आवास कता निर्माण गर्ने, उद्यान कता बनाउने भन्ने विषय अध्ययनपश्चात् योजना बनाउन सहयोग पुग्छ,” उनले भने ।

मानहुँको मौलिक चरित्रलाई यथावत राखी आधुनिक ढङ्गबाट विकासको अभियान सञ्चालनका लागि जग्गा विकास कार्यक्रम लागु गर्न लागिएको नगरपालिका प्रमुख वैकुण्ठ न्यौपानेले बताए। “मानहुँका मगरहरुले जग्गा छोड्दै जाने र बाहिरबाट आएर जग्गा किने क्रम बढ्दै गइरहेको छ,” नगरप्रमुख न्यौपानेले भने, “त्यसैलाई मध्यनजर गर्दै मानहुँका जग्गाहरुलाई व्यवस्थापन गर्न खोजेका हौँ ।”

नगरप्रमुख न्यौपानेका अनुसार मानहुँमा रहेका केही सार्वजनिक जग्गालाई पनि जग्गा विकास कार्यक्रममा समावेश गरेर लगिनेछ । मानहुँमा घर निर्माण गर्दा मौलिक परम्परालाई ख्याल गरिने भन्दै नगरप्रमुख न्यौपानेले घरभित्र सिमेन्टको प्रयोग भए पनि बाहिरबाट हेर्दा मौलिक खालको देखिनुपर्ने भएकोले त्यसतर्फ नगरपालिकाले सोच बनाएको बताउए।

मानहुँकोटको गुरुयोजना निर्माणका लागि नगरपालिकाले सोमबारदेखि नै जग्गा किनबेचमा रोक लगाइसकेको छ । धेरै पर्यटकको ध्यान अहिले मानहुँकोटमा केन्द्रित भइरहेकोले मानहुँलाई व्यवस्थित गर्न खोजिएको व्यास–५ का वडाध्यक्ष मोहनकुमार श्रेष्ठले जानकारी दिए ।

पछिल्लो समय मानहुँकोट पर्यटकीय गन्तव्यको रूपमा विकास भइरहेको छ । मानहुँकोटबाट सूर्योदय र कुहिरो हेर्न यतिबेला पर्यटकको अत्यधिक भीड बढेको छ । असोजदेखि फागुनसम्म मानहुँकोटमा यस्तो दृश्य हेर्न सकिन्छ ।

दमौली बजारलाई कुहिरोले ढाक्नुलाई पौराणिक कथासँग पनि जोडिएको छ । परापूर्वकालमा महर्षि वेदव्यासका पिता पराशर ऋषिले सत्यवतीसँग सम्भोग गर्न इच्छा प्रकट गर्दा लोकलाई पत्तो नहोस् भनेर कुहिरो उत्पन्न गराइदिएको धार्मिक किंवदन्ती रहँदै आएको छ ।

पत्रकार ऋषि धमलाकी पत्नी एलिजा गौतमको नयाँ म्यूजिक भिडियो ‘यो धड्कन’ सार्वजनीक

काठमाडौं । अस्मिता अधिकारी र विशाल निरौलाको आवाज रहेको गीत ‘यो धड्कन’ बोलको गित सार्वजनिक भएको छ । गायक विशालकै अफिसियल युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको गीतको निर्देशन तथा कोरीयोग्राफी गोविन्द राईको रहेको छ ।

मिक्सडीया ग्रुपको प्रस्तुति रहेको भिडियोमा नायिका एलीजा गौतम र आशिस कुमार फिचर्डले अभिनय गरेका छन् । नायिका एलिजा गौतम यतिबेला म्युजिक भिडियोमा निकै चर्चामा रहेकी छिन् । यता मोडल आशिस कुमार भने मिस्टर रौनियार २०१९ को बिजेता पनि रहेका छन् । उनको यो पहिलो म्युजिक भिडियो हो ।

निजामती सेवातर्फ प्राविधिक पदमा ३ सय पदका लागि विज्ञापन

काठमाडौं । लोकसेवा आयोगले आज बुधबार निजामती सेवातर्फ विभिन्न प्राविधिक पदमा विज्ञापन गरेको छ । आयोगले सेवा समूहका झन्डै ३ सय पदका लागि विज्ञापन प्रकाशित गरेको हो ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले रिक्त स्वास्थ्यतर्फ सातौं आठौं तह र निजामतीतर्फ राजपत्रांकित तृतीय श्रेणीको अधिकृत पदमा पदपूर्तिका लागि केही समयअघि मात्रै माग पठाएको थियो । सामान्य प्रशासनको सोही मागका आधारमा लोकसेवा आयोगले पदपूर्तिका लागि विज्ञापन आह्वान गरेको हो । ७० प्रतिशत खुला र ३० प्रतिशत आन्तरिक बढुवाको विज्ञापन रहेको लोकसेवा आयोगले जनाएको छ ।

स्वास्थ्य सेवातर्फका धेरै धेरै जसो पद स्थानीय तहमा समायोजन भई गएकाले यस पटक केन्द्रमा न्यून संख्यामा मात्रै माग भएको छ भने निजामती सेवातर्फ पनि न्यून संख्यामा माग भएको आयोगले जनाएको छ ।

बुढानिकण्ठको दर्शन् गर्नुहोस् , आज कार्तिक २६ गतेको राशिफल

वि.सं.२०७७ साल कार्तिक २६ गते । बुधबार । ईश्वी सन् २०२० नोभेम्बर ११ तारिख । नेपाल संवत् ११४० । प्रमादी संवत्सर । दक्षिणायन । शरद ऋतु । श्रीशाके १९४२ । कार्तिक कृष्णपक्ष । तिथि–एकादशी,३५ घडी ४६ पला,बेलुकी १० बजेर ४१ मिनेट उप्रान्त द्वादशी । नक्षत्र–उत्तरफाल्गुनी,४८ घडी २० पला,रातको ०१ बजेर ४३ मिनेट उप्रान्त हस्त । योग–वैधृति । करण–बव,बिहान ०९ बजेर ४१ मिनेट उप्रान्त बालव,बेलुकी ०८ बजेर ४१ मिनेट उप्रान्त कौलव । आनन्दादिमा–प्रवद्ध योग । चन्द्रराशि–सिंह,बिहान ०८ बजेर ४३ मिनेट उप्रान्त कन्या । काठमाडौंमा सूर्योदय बिहान ०६ बजेर २२ मिनेट,सूर्यास्त बेलुकी ०५ बजेर ११ मिनेट । दिनमान २७ घडी ०२ पला । रमा एकादशी ।

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ)

पढाई लेखाईमा मन जानेछ भने प्रतिष्पर्धिहरु तपाईको क्षमता देखेर आफै पछाडि हट्नेछन् । न्यायिक निर्णयहरुबाट फैसला तपाई आफ्नै पक्षमा हुनेछन् भने सत्रुहरुलाई परास्त गर्दै अगाडि बढ्न सकिनेछ । व्यापार व्यावसायमा नया प्रविधिको प्रयोग मार्फत मनग्गे आम्दानि गर्न सकिनेछ । आफन्त घर परिवार तथा मामा मावली पक्षबाट भनेजस्तो सहयोग तथा समर्थन पाईनेछ । मन परेको मानिस सँग रमाईलो यात्रामा निस्कन सकिनेछ ।

बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)

खानपानमा ध्यान दिनुहोला स्वास्थ्य सम्बन्धि समस्याले पिरोल्नेछ । समयको र कामको तालमेल नमिल्दा कामहरु समयमा सकाउँन मुस्किल पर्नेछ । काममा अप्रत्यासित बाधा ब्याबधान आईलाग्ने तथा ठुलो श्रम खर्च गर्नुपर्ने हुन सक्छ ख्याल गर्नुहोला । अध्ययन अध्यापनमा खासै मन नलाग्ने हुँदा पढाई लेखाईमा अरु भन्दा पछि परिनेछ । बौद्धिक ब्यात्तित्व तथा अग्रजहरु सँग सैद्धान्तिक मतभेद रहनेछ ।

मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा)

खर्च बढ्ने तथा उपलब्धि हात नलाग्न सक्छ ध्यान दिनुहोला । पढाई लेखाईमा मन नजाद अरु भन्दा पछि परिनेछ । आमा तथा आफन्तबाट टाडिएरु लामो यात्रा गर्नुपर्दा मन खिन्न हुनेछ । प्रेममा रमाउने चाहनेहरुका लागि समय उत्तम नहुन सक्छ । कृषि तथा पशुपालन व्यावसायबाट भने आम्दानि गर्न सकिनेछ । घर जग्गा तथा सवारि साधनको कारोबार गर्दा ध्यान दिनुहोला ।

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो)

छोटो समयमा गरिएको कामको उचित प्रतिफल पाईदा मन प्रशन्न हुनेछ । आर्थिक अवस्था राम्रो हुने हुनाले व्यापार व्यावसायमा लागनि गरि मनग्गे आम्दानि गर्न सकिनेछ । दाजुभाई तथा छिमेकिबाट तपाईको काममा सहयोग तथा समर्थन गर्ने हुनाले काम गर्न सहज हुनेछ । पराक्रम तथा आट गर्न सकिने हुनाले राम्रा तथा परिणाम मुखि काम गर्न सकिनेछ ।

सिंह(मा,मी,मू,मे,मो,टा,टी,टू,टे)

अन्य काममा व्यस्त हुँदा पढाई लेखाई कमजोर रहनेछ । आफन्त तथा कुटुम्बलाई समय दिन नसक्दा तपाईबाट टाडिनेछन् । मोजमस्ति तथा रमाईलो तिर ध्यान जादा स्वास्थ्य सम्बन्धि समस्या आउँन सकछ । व्यापार व्यावसायमा भनेजस्तो आम्दानि गर्न निकैनै समय लगानि गर्नुपर्नेछ । बोल्दा वा कुनै सभा समारोहमा सहभागि भई प्रस्तुति दिदा ख्याल गर्नुहोला बोलिको प्रभाव घट्ने तथा गलत अर्थ लाग्ने प्रस्तुति हुँन सक्छ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)

लामो समयदेखि भेट नभएका मित्र आफन्त सँग मिलान हुनेहुनाले मन प्रशन्न रहनेछ । वन्द व्यापार फस्टाएर जाने हुनाले आर्थिक अवस्था सुदृड हुनेछ । राजनितिमा सबैको सहयोग तथा समर्थन पाईने हुनाले पद प्राप्तीको गतिलो योग रहेकोछ । पढाई लेखाईमा मन जानेछ भने नतिजा तपाई आफ्नै पक्षमा पार्न सकिनेछ । माया प्रेममा नजिक हुने समय रहेकोछ भने जीवन साथिको सहयोग पाईने योग रहेकोछ ।

तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते)

बैदेशिक क्षेत्रसँग सम्बन्धित व्यापार व्यावसाय फस्टायर जानेछ भने बिदेशमा बसेर काम गर्नेहरुका लागि आजको दिन फलदायि रहनेछ । पढाई लेखाईमा सन्तोषजनक सुधार भएर जानेछ भने प्रतिश्पर्धामा अलि बढि मेहनेत गर्दा प्रतिश्पर्धिहरुलाई हराउन सकिनेछ । अनाबस्यक ठाउँमा श्रम तथा शक्ति प्रयोग हुनेछ ध्यान दिनुहोला । आफन्त तथा घर परिवारका मानिस सँग बिवाद बढ्नेछ भने बिश्वास गरेकाहरु बाटनै धोका हुनेछ ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)

आएस्रोतका बाटाहरु फराकिला हुँने तथा रोजगारिका अवसरहरु सिर्जना गरि रोजगार दिन सकिनेछ । भौतिक तथा मानव निर्मित भोगबिलासका सामानहरु प्राप्त हुनेछन् । दाम्पत्य सम्बन्ध सुमधुर बन्नेछ भने प्रेम सम्बन्ध सुदृड हुनेछ । खोज तथा अनुशन्धानको क्षेत्रमा समय लगानि गर्दा गुरुवर्ग तथा परिवारजनको सहयोग पाईने सकारात्मक नतिजा निकाल्न सकिनेछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)

निर्णय क्षमतामा बृद्धि भएर जाने तथा कार्यक्षेत्रमा तपाईको निर्णयको उच्च सम्मान गरिनेछ । बिवादित बिषयहरु हल भएर जाने तथा सत्रुहरु आफै किनारा लाग्ने हुँनाले काम गर्न सहज हुनेछ । मान सम्मान तथा ईज्जत प्रतिष्ठामा बृद्धि भएर जानेछ । व्यापार व्यावसायमा प्रशस्त नाँफा कमाउँन सकिनेछ भने राजनिति तथा समाजसेवामा जनताको गतिलो समर्थन प्राप्त हुनेछ । पति पत्नि बिचको सम्बन्ध सुदृड हुनुको साथै माया प्रेमको गाठो गसिलो भएर जानेछ ।

मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)

कार्यक्षेत्रमा तपाईको निर्णको चर्को बिरोध हुनसक्छ अलि बढि ध्यान दिनुहोला । व्यापार व्यावसायमा भनेजस्तो नाँफा कमाउँन बढिनै समय खर्चिनु पर्नेछ । पढाई लेखाईमा समय दिय पनि सोचेजस्तो नतिजा नआउँने हुँनाले मन खिन्न हुनेछ । परिवार तथा आफन्तजन लाई समय दिन नसक्दा मनमुटाबको अवस्था सिर्जना हुँन सक्छ ध्यान दिनुहोला । स्वास्थ्य सम्बन्धि सामान्य समस्याले सताउने हुँदा मन चिन्तित रहनेछ ।

कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा)

माया प्रेममा धोका हुन सक्छ भने घर परिवारमा तथा पति पत्नि बिच मनमुटाब बढ्नेछ । ऋण,रोग तथा संकटको सामना गर्नुपर्नेछ भने तपाईको काममा अप्ठ्यारा परिस्थितिहरु सिर्जना हुनेछन् । गोप्य कुराहरु बाहिर आउन सक्छन् ध्यान दिएर काम गर्नुहोला । धन सम्पति तथा अचल सम्पति हराउन तथा लुटिन सक्छ सजक रहनुहोला । नयाँ काम शुरु गर्नु भन्दा गरिरहेको कामलाई निरन्तरता दिन सकिनेछ ।

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)

भौतिक सम्पति तथा बिलाशी बस्तु प्राप्तीको गतिलो योग रहेकोछ भने व्यापार व्यावसाय फस्टाएर जाने हुनाले आम्दानिका स्रोतहरु फराकिला हुनेछन् । लामो तथा छोटो दुुरिको रमाईलो यात्रा हुनेछ । बनभोज तथा शुभ मांगलिक कार्यक्रममा सहभाथि भई स्वादिष्ट भोजनका साथ दिन रमाईलो गरि बिताउन सकिनेछ । समयमा कामहरु बन्ने हुनाले मान सम्मानमा बृद्धि भएर जानेछ ।

दुई साताभित्र बङ्गलादेशबाट मल आउँछ—कृषि मन्त्रालय

काठमाडौँ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले बङ्गलादेशबाट ५० हजार मेट्रिक टन रासायनिक मल खरिद गरेर ल्याउन कृषि मन्त्रालयलाई स्वीकृति दिएसँगै मल खरिदको प्रक्रिया शुरु भएको छ । सरकारले जिटुजीमार्फत रासायनिक मल खरिदको निर्णय गरेसँगै मन्त्रालयले बङ्गलादेश सरकारलाई समझदारी पत्र पठाउने तयारी भएको जनाएको हो ।

मन्त्रालयका प्रवक्ता डा हरिबहादुर केसी सरकारको निर्णयअनुसार समझदारीपत्र बङ्गलादेश सरकारलाई पठाएपछि उताबाट स्वीकृति आएलगत्तै खरिद प्रक्रिया शुरु हुने बताउनुहुन्छ । “हाम्रो सरकारले जस्तै बङ्गलादेश सरकारबाट नेपाललाई मल दिने विषयमा निर्णय हुनुपर्छ । उताबाट निर्णय भएर सहमतिपत्रमा हस्ताक्षर सँगै मल आउँछ”, उनले भने, “दुई देशका सरकारबीचको खरिद प्रक्रिया भएका कारण मलको पैसा सिधै सरकारको खातामा जान्छ । मल ढुवानीको सबै प्रक्रिया यसअघि नै टुङ्गीसकेको छ ।”
उहाँका अनुसार सबै प्रक्रिया पूरा गरेर अबको दुई सातामा पहिलो किस्ताको मल नेपाल आइपुग्ने अनुमान गरिएको छ । “हामीले अनुमान गरेजस्तै सबै काम सरासर भयो भने छिट्टै मल आइपुग्छ, ढुवानीका लागि कम्पनी छनोट भैसकेको छ, उताबाट हुन्छ भन्नासाथ खरिदको काम शुरु हुन्छ”, उहाँले भन्नुभयो ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालयले मल ढुवानीका लागि कृषि सामग्री कम्पनीलाई यसअघि नै स्वीकृति दिइसकेको छ । मन्त्रालयको स्वीकृतिअनुसार कम्पनीले ढुवानीका लागि १५ दिनको समय राखेर गत असोज ३ गते अन्तरराष्ट्रिय बोलपत्र आह्वान गरेको थियो । कृषि मन्त्रालयले बोलपत्र प्रक्रियामार्फत मल ढुवानी गर्न संयुक्त अरब इमिरेट्स ९युएई० को जेन्ट्रेड एफजेडएफ कम्पनीलाई जिम्मा दिएको छ ।
ढुवानीका लागि पाँच वटा कम्पनीको आवेदन परेकामा जेन्ट्रेडले सबैभन्दा कम मूल्यमा ढुवानी गर्ने प्रस्ताव गरेको थियो । मन्त्रालय र जेन्ट्रेडबीच भएको सम्झौतामा ६० दिनभित्र मल ल्याइसक्नुपर्ने उल्लेख भएतापनि प्रक्रियामा ढिलाइ हुँदा समस्या हुनसक्ने अनुमान गरिएको कम्पनीका अधिकारीहरु बताउँछन् ।
गत भदौमा दुई देशका सरकार प्रमुखबीच भएको टेलिफोन बार्तामा सापटीमा मल ल्याउने मौखिक सहमति भएको थियो । बङ्गलादेश सरकारले शुरुआती चरणमा सापटीमा दिने तयारी गरेतापनि पछिल्लो समय खरिद गरेर लैजानु पर्ने प्रस्ताव राखेको थियो । सापटीमा मल ल्याएर पुनः फिर्ता गर्दा दोहोर खर्चसँगै झन्झटिलो भएको र बङ्गलादेश सरकारले समेत खरिद गरेर लैजान प्रस्ताव गरेपछि पुनः खरिद गरेर ल्याउन लागिएको हो । बङ्गलादेशको प्रस्तावअनुसार कृषि मन्त्रालयले पुनः मन्त्रिपरिषद्को बैठकमा खरिदको प्रस्ताव लगेको थियो ।

भैसे–भीमफेदी सडक स्तरोन्नतिको शिलान्यास

काठमाडौँ । मदनभण्डारी मार्ग अन्तर्गत भैसेदेखि भीमफेदीसम्मको सडकको स्तरोन्नति कार्यको आज शिलान्यास गरिएको छ । वाग्मती प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री रामेश्वर फुँयालले आज निर्माण कार्यको शिलान्यास गरे ।

प्रदेश सरकारले निर्माण गर्न लागेको पोष्टबहादुर बोगटी सुरुङमार्गको दक्षिणी खण्डको रुपमा यसको स्तारोन्नति गर्न लागिएको हो ।
कूल लागत रु ६३ करोड ७० लाख ६५ हजारमा सडकलाई १० मिटर चौडा पार्ने, नाला निर्माण गर्ने, तारजाली एवं पर्खाल लगाउने तथा कालोपत्रे गरिने प्रदेशको यातायात पूर्वाधार निर्देशनालयले जनाएको छ । दुईवर्ष भित्र सक्ने गरी हेटौंडाको आशिष डिएस। जेभीले गत असार २४ मा निर्देशनालयसँग ठेक्का सम्झौता गरेको छ । कार्यक्रममा भौतिक पूर्वाधार विकासमन्त्री फुँयालले सो सडकको स्तारोन्नति तोकिएको समय भित्रै सम्पन्न हुने बताउनुभयो । उनले कामको गुणस्तर र विकासको द्रुतता सरकारको चाहना भएको धारणा राखे ।

भीमफेदी गाउँपालिकाका अध्यक्ष हिदम लामाले प्रदेश सरकारले सञ्चालन गरेका योजनाको सफलताका लागि गाउँपालिका हदैसम्मको सहयोग र सहकार्य गर्न तत्पर रहेको उल्लेख गर्दै सडक चौडा गर्ने क्रममा विस्थापित हुने झण्डै सय परिवारको उचित व्यवस्थापनमा सघाउन प्रदेश सरकारलाई अनुरोध गरे ।

अमेरिकाः चुनावको अनुसन्धान गर्ने वरिष्ट अधिकारीद्वारा राजीनामा

काठमाडौँ । विलियम बारले विभागका केही प्रमुखहरुलाई “मेमो” पठाएर राष्ट्रपति चुनावमा धाँधली भए नभएको अनुसन्धान गर्न निर्देशन दिएपछि त्यसको विरोधमा पिल्जरले राजीनामा दिएका हुन् ।

पिल्जरले हाल महान्यायाधीवक्ताको कार्यालयमा चुनावसँग सम्बन्धित अपराधको छानबिन विभाग सम्हाल्दै आएका थिए

रिपब्लीकन पार्टी र राष्ट्रपति डोनाल्ड ट्रम्प दुबैले चुनावमा व्यापक धाँधली भएको आरोप लगाउँदै आएका छन् । राष्ट्रपति ट्रम्पले राष्ट्रपतिमा निर्वाचित डेमोक्रेटिक पार्टीका जो बाइडेनलाई बधाई समेत दिनु भएको छैन भने चुनावी परिणामलाई पनि स्वीकार गर्नु भएको छैन ।

राष्ट्रपति ट्रम्पले हार स्वीकार्न अस्वीकार गरेसँगै उनका महान्यायाधीवक्ता विलियम बारले विभिन्न संघीय निकायहरुलाई पत्र (मेमो) लेखेर तत्काल छानबिन अगाडि बढाउन विवादास्पद निर्देशन दिएका छन् ।

महान्यायाधीवक्ता बारले चुनावको औपचारिक नतिजा सार्वजनिक हुनुअघि राष्ट्रपतिको गुनासोलाई सम्बोधन गर्नुपर्नेमा जोड दिए।

अमेरिकी राष्ट्रपतिको चुनावमा डेमोक्रेटिक पार्टीका उम्मेदवार जो बाइडेन विजयी हुनु भएका राष्ट्रपति ट्रम्पले चुनावमा व्यापक धाँधली भएको आरोप लगाइरहेका छन् । राष्ट्रपतिको पक्षका वकीलहरुले अमेरिकाका विभिन्न राज्यका अदालतमा मुद्दा दायर गरिरहेका छन् ।

तिहारमा बैंक नखुल्ने

काठमाडौँ । वाणिज्य बैंकहरुले तिहारको बिदामा आफ्ना शाखाहरु नखोल्ने भएका छन् । सरकारले दिएको सार्वजनिक बिदाको समयमा बैंक तथा वित्तीय संस्थाका सबै काउन्टर बन्द हुने नेपाल बैंकर्स सङ्घले जनाएको छ ।

वाणिज्य बैंकहरुको छाता सङ्गठन नेपाल बैंकर्स सङ्घले सीमित शाखा खोलेर बैङ्किङ सेवा दिँदा कोरोना सर्ने जोखिम बढ्ने सम्भावना भएको भन्दै नखोल्ने निर्णय गरेको जनाएको हो । सङ्घका प्रमुख कार्यकारी अधिकृत अनिल शर्मा कात्तिक २९ देखि मङ्सिर १ गतेसम्म गरी तीन दिन बैंकका शाखाले नखुल्ने बताए ।

अहिलेसम्म वाणिज्य बैंकका ६ हजारभन्दा धेरै कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टि भइसकेको छ । थप कर्मचारीमा सङ्क्रमण र धेरै कारोबार नहुने अनुमान गर्दै बन्द गर्ने निर्णय गरेका हौँ, उनले भने। अहिले बैंकहरूले एटीएम तथा डिजिटल कारोबारलाई प्राथमिकतामा राख्दै आएको भन्दै यस पटक डिजिटल बैंकिङलाई प्रोत्साहन गरी शाखा खोलेर दिने सेवालाई बन्द गरेको बताएका छन् ।

सङ्घले कोरोना भाइरस सङ्क्रमणबाट बच्न तथा जोखिम न्यूनीकरणका लागि डिजिटल बैंकिङ, मोबाइल बैकिङ, इन्टरनेट बैंकिङ र एटीएम सेवाको अधिकतम प्रयोग गर्न आग्रह गरेको छ । गएको वर्ष दशैँ तथा तिहारको बिदामा समेत समिति बैंकका काउन्टरमार्फत सेवा प्रवाह गर्दै आएका बैंक तथा वित्तीय संस्थाले यस वर्ष कोरोना भाइरस सङ्क्रमणलाई ध्यानमा राख्दै सेवा बन्द गर्ने निर्णय गरेका हुन् ।

उपत्यकामा मात्रै थप १४ सय २० जनामा संक्रमण

काठमाडौं । काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा थप १४ सय २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रलायका अनुसार तीमध्ये ६ सय तीन जना महिला र आठ सय १७ जना पुरूष रहेका छन् ।

मन्त्रालयको अनुसार काठमाडौंमा मात्र होम आइसोलेशनमा ११ हजार ३९३ जना कोरोना संक्रमित छन् भने भक्तपुरमा १८ सय १४ जना रहेका छन् ।

यस्तै ललितपुरमा १८ सय ३१ जना कोरोना संक्रमित होम आइसोलेशनमा रहेको मन्त्रालयले जनाएको छ ।