थप तीन ठाउँमा बिओपी स्थापना हुँदै

भारतसँग सीमा जोडिएका बैतडीका थप तीन ठाउँमा सीमा निगरानी चौकी (बिओपी) स्थापना हुने भएका छन् । जिल्लाको पञ्चेश्वर गाउँपालिकाको विनायक घाट र बलारा तथा दशरथचन्द नगरपालिकाको बाराकोटमा बिओपी स्थापना हुने बताइएको छ । सशस्त्र प्रहरीको नम्बर ५१ गुल्मका प्रमुख सशस्त्र प्रहरी नायब उपरीक्षक गणेश शाहले भन्नुभयो, “सीमा क्षेत्रमा हुनसक्ने विभिन्न खालका आपराधिक गतिविधि रोक्न सशस्त्र प्रहरीले आफ्नो उपस्थिति बढाउँदै लगेको हो ।” यसअघि सीमा जोडिएको क्षेत्रको सुरक्षालाई उच्च प्राथमिकतामा राखी सशस्त्र प्रहरीले जिल्लाका झुलाघाट नाका, पञ्चेश्वरको रोलघाट र शिवनाथको कुस्मौत घाटमा बिओपी स्थापना गरेर सेवा दिइरहेको छ । बिओपी स्थापनापछि सीमा क्षेत्रमा हुने अपराध, सीमा क्षेत्रबाट हुने तस्करी, मानव बेचबिखनलगायतका घटनामा नियन्त्रण ल्याउन सकिएको शाहले बताउनुभयो । बैतडीको भारतसँग ६१ किलोमिटर सीमा जोडिएको छ ।

अर्थमन्त्री पौडेलद्वारा पूँजीबजारको ब्रोकर कमिसन घटाउन निर्देशन

काठमाडौं, अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पूँजी बजारको विभिन्न पक्षहरुलाई मध्यनगर राखी ब्रोकर कमिसन घटाउन निर्देशन दिनु भएको छ ।

अर्थ मन्त्रालयमा आयोजित बैठकमा अर्थमन्त्री पौडेलले ब्रोकर कमिसन घटाउन तयारी गर्न र कार्यान्वयनमा लैजान निर्देशन दिनु भएको हो ।

‘ब्रोकर कमिसन घटाउनका लागि बिलम्ब नगर्नुहोस, प्रो एक्टिभ भएर लाग्नुहोस्’- उहाँले भन्नुभयो ।

अर्थमन्त्री पौडेलले पूँजीबजार बढ्न र बिस्तार हुन गइरहेको बताउँदै अहिलेका समस्याहरु समाधान गर्न समयतालिका तयार बनाएर कार्यान्वयन गर्न निर्देशन दिनुभयो ।  साथै पूँजीबजारको विकासका लागि चालु वर्षको बजेटमा उल्लेखित कार्यहरु समयमा नै सम्पन्न गर्न पनि निर्देशन दिनुभयो ।

उहाँले ऐन, नियममा सुधार गर्नु पर्ने भए त्यसको तयारी गर्न पनि निर्देशन दिनुभयो ।

बैठकमा अर्थमन्त्रालयका सचिवद्वय शिशिरकुमार ढुङ्गाना, रामशरण पैडासैनी, आर्थिक सल्लाहकार डा. प्रकाशकुमार श्रेष्ठ, वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखा प्रमुख सहसचिव झक्कप्रसाद आचार्य, धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुङ्गाना, नेप्सेका अध्यक्ष लक्ष्मण न्यौपाने, प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउद, सिडिएससीका प्रमुख कार्यकारी अधिकृत पूर्णप्रसाद आचार्य लगायतको उपस्थिति थियो ।

अर्थमन्त्री पौडेलले भने– आर्थिक पत्रकारको क्षमता विकासमा प्रतिबद्ध छु

काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपाल आर्थिक पत्रकार संघ (नाफिज)को नवनिर्वाचित कार्यसमितिलाई स्वागत गरेका छन् । मन्त्री पौडेलले शुक्रबार आफ्नै कार्यकक्षमा नवनिर्वाचित अध्यक्ष मोदनाथ ढकालसहित कार्यसमितिसँग भेट गरेका हुन् ।
सो अवसरमा मन्त्री पौडेलले अर्थ मन्त्रालय र आर्थिक पत्रकारको सम्बन्ध नङ र मासुजस्तो भएको बताए । सरकारको काम कारबाहीलाई समाजले कसरी हेरेको बुझ्नका लागि सञ्चार माध्यममा आएका समाचार तथा टिप्पणी हेर्नुपर्ने उनको बुझाई थियो ।
यसअर्थमा आर्थिक पत्रकारको क्षमता विकासमा आफू प्रतिबद्ध रहेको बताउँदै मन्त्री पौडेलले पत्रकारको आलोचनात्मक टिप्पणीलाई संकुचन कदापी नगर्ने बताए । उनले भने, “तपाईंहरुको आलोचनात्मक समीक्षा निर्वाध प्रष्फुटित हुनुपर्छ ताकि हामी हाम्रो काम कारबाहीको यथार्थ विवरण जान्न सकुँ ।”
मन्त्री पौडेलले नाफिजले यसअघि दिएको सुझाव अध्ययनपछि आफ्नो धारणा सार्वजनिक पनि गरेका छन् । “पत्रकारको समस्याका बारेमा हामी सचेत भएका छौं,” पौडेलले भने, “यी सुझाव र समाधानको उपायलाई लिपिवद्ध गरौं । पत्रकारको लेखन वृत्ति, क्षमता वृद्धि तथा फिल्डमा गएर समाचार संकलन गर्न पहुँच हुनुपर्छ भन्ने कुराई मेले गम्भीर रुपमा मनन गरेको छ र आउने दिनमा लिन्छु पनि ।”
सो अवसरमा मन्त्री पौडेलले कोभिडले सिर्जना गरेको विषम परिस्थितिबाट समाज र अर्थतन्त्रमा गहिरो प्रभाव परेको स्वकिार्दै अब नेपाल र नेपाली जनता कोभिड विरुद्धको लडाईंमा जित्ने क्रममा पुगेको आफूले महसुस गरेको बताए । कोभिडको प्रत्यक्ष प्रभाव राजस्व परिचालन, अन्तर्राष्ट्रिय सहयोग, आर्थिक वृद्धि तथा समाजमा बहुआयामिक रुपमा परेको यसलाई जित्ने राज्यपक्ष र आम नागरिकसमेत सबै सरोकारवाला मिलेर लड्नुपर्र्ने दिन आएको उनको भनाइ छ ।
“सुरुका दिनमा उपचार छैन भनिन्थ्यो, अहिले खोप विकासित भएको छ,” पौडेलले राज्य सबै नागरिकलाई निःशूल्क खोप उपलब्ध गराउने सोचसहित अघि बढेको दाब िगर्दै उनले थपे, “सुरुमा फ्रन्टलाइनर, त्यसपछि वृद्ध हुँदै सबै नेपाली नागरिकलाई निःशूल्क खोप दिइन्छ । यो कार्यका लागि स्रोतको अभाव हुँदैन । र, कुने नागरिकले खोप लगाएवापत् शूल्क तिर्नुपर्दैन ।”
विश्वबजारमा सहज उपलब्ध हुन थालेपछि नेपाली पनि खोपबाट लाभान्वित हुने उनको जिकिर छ । पौडेलले भने, “स्रोतको प्रबन्ध अर्थकै जिम्मेवारी हो । म यो कुरा विश्वस्त गराउन चाहन्छु कि स्रोतको अभाव हुने छैन । जसरी कोभिड परीक्षण र उपचार निःशूल्क गरियो, खोप पनि राज्यले निःशूल्क नै उपलब्ध गराउने छ ।”
आयातको लागि खोप विकास गर्न सफल मुलुकसँग कुटनीतिक कुराकानी भइरहेको जानकारी उनले गराए । अब, आर्थिक जीवनलाई पुरानै लयमा फर्काउन राज्यको प्रयास रहेको बताउँदै उनले अर्थतन्त्रलाई फेरि गतिशील, चलायमान र उपलब्धीउन्मुख बनाउने प्रतिबद्धता गरे । राज्यले निजीक्षेत्रलाई प्रोत्साहन गर्ने नीति सार्वजनिक पनि गरेको उनको भनाइ छ ।
मन्त्री पौडेलले अर्थतन्त्रलाई सबल सक्षम र गतिशील बनाउने जिम्मेवारी आफ्नो काँधमा रहेको बताउँदै रचनात्मक सहयोगका लागि आर्थिक सञ्चारकर्मीसँग आह्वान पनि गरे ।
सो अवसरमा उनले वर्तमान राजनीतिमा बादल झैं समस्याका झाँकी देखिएका र समयानुसार यी विषय समाधान हुने बताए । उनको भनाइ छ, “अस्थिरतालाई हामीले अस्वीकार गरिसकेका छौं ।”
भेटका क्रममा नाफिजका नवनिर्वाचित अध्यक्ष ढकालले नाफिज सक्रिय आर्थिक पत्रकारहरुको साझा संस्था भएको जानकारी गराए । आर्थिक पत्रकारको क्षमता विकास र सीप निर्माण गर्दै उनीहरुको कल्याणकारी र्कामा लाग्ने प्रतिबद्धता सहित आफूले नेतृत्व लिने र त्यसका लागि सरकारी, निजी तथा अन्तर्राष्ट्रिय संघ संस्थासँग सहकार्य गर्ने योजना आफ्नो रहेको उनले सुनाए ।

कोभिड विरुद्धको भ्याक्सिन आयात र जनतालाई उपलब्ध गराउन स्रोतको अभाव हुँदैनः अर्थमन्त्री पौडेल

काठमाडौँ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कोभिड–१९ विरुद्धको भ्याक्सिन आयात र जनतालाई उपलब्ध गराउन स्रोतको अभाव नहुने बताउनु भएको छ ।

नेपाल आर्थिक पत्रकार संघको नवनिर्वाचित कार्य समितिका पदाधिकारीहरुसँगको भेटमा अर्थमन्त्री पौडेलले कोभिड(१९ को लक्षण देखिएका नेपालीको निस्शुल्क परीक्षण र उपचार गरे जसरी नै भ्याक्सिनको आर्थिक दायित्व पनि राज्यले व्यहोर्ने बताउनु भयो ।

१८ सिडिओको सरुवा (सूचिसहित)

काठमाडौँ । गृह मन्त्रालयले १८ जना सिडिओको सरुवा गरेको छ । गृहमन्त्री रामबहादुर थापाले शुक्रबार सहसचिव र उपसचिव गरी १८ जना सिडिओको सरुवा गरेको हो ।

ललितपुरमा गृह मन्त्रालयबाट ढुण्डीप्रसाद निरौला प्रमुख जिल्ला अधिकारीको रुपमा पठाईएका छन् । ललितपुरका नारायणप्रसाद भट्ट वागमती प्रदेशेको सचिव भएका छन् । धनकुटाका प्रमुख जिल्ला अधिकारी केशवप्रसाद बिमली महोत्तरी पठाईएका छन् भने धनकुटामा गृहबाट बासुदेव दाहाल सिडिओका रुपमा पुगेका छन् । रामेछापकी रुद्रादेवी शर्माको गुल्मी सरूवा भएको छ भने पाँचथरका अर्जुनकुमार शर्मा रामेछापको सिडिओ बनेका छन् । खोटाङका शालिग्राम शर्मा पौडेल गृह मन्त्रालय तानिएका छन् ।

महोत्तरीका प्रमुख जिल्ला अधिकारी (उपसचिव) कृष्णबहादुर कटुवालको कारागार झुम्का, वसन्तराज पुरीको इलाका प्रशासन कार्यालय इटहरी, पुण्य ढकाल पाँचथर सरूवा पुगेका छन् । पाँचथरमा यसअघि सहसचिव सिडिओ हुँदै आएकोमा यसपटक भने गृहले उपसचिवलाई नै सिडिओ बनाएर पठाएको छ ।

ओलीको बोलीमा स्थिरता नहुँनाले ओलीबाट अपहेलीत एक हुने मौका बनेको छ –नेता नेपाल

काठमाडौँ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपालले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली ओलीको बोलिमा विस्वास नहुँने हुँदा ओलीबाट अपहेलीत हुनु परेकाहरु एकजुटु हुने मौका मिलेको बताउनु भयो । नेता नेपालले प्रधानमन्त्री ओलीको नियत नै अरुलाई धोका दिने र अपमान गर्ने रहेको बताउनु भयो ।

शुक्रबार पेरिसडाडाँमा प्रदेश १ का आफू निकट नेताहरुको भेलामा नेपालले ओलीको बोलीको विश्वास नै नहुने समेत बताउनुभयो ।
पहिले आफूलाई अपमान गर्ने काम गरेको ओलीले पछि कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई पनि त्यसै गरेको नेपालको भनाइ थियो । ‘पार्टीका पूर्वप्रमुख र पूर्वप्रधानमन्त्री भइसकेका नेताहरुलाई धोका दिने, अपमान गर्ने प्रवृत्ति अझै पनि रोकिएको छैन । सहमति गरेर उठ्यो, भोलिपल्टै होइन भन्नु नै केपी ओलीको योग्यता बनेको छ’, नेपालको भनाइ थियो ।

सबै नेताहरुलाई पालैपालो धोका दिने, झुटो आश्वासन दिने भएकैले पार्टीभित्र नयाँ समीकरण बनेको उनले बताए । ‘अहिले कस्तो अवस्था बन्यो भने धोका पाउने र अपमानित हुनेहरु एक भएको जस्तो देखिएको छ’, नेपालले भन्नुभयो ।

तर, पार्टीलाई कुनै हालतमा विभाजन हुन नदिने उनको भनाइ थियो । ‘त्यसका लागि हामी माथि लड्छौं । तपाईंहरु तल लड्नु होला’, नेपालले आग्रह गरे । अहिले पूर्वएमाले र पूर्वमाओवादी भन्ने कुरा उठाएर विभाजन गर्ने नियत देखिएकाले यसविरुद्ध लाग्न पनि नेपालको आग्रह थियो ।

नेकपाभित्रको आन्तरिक कलह चर्किदै जाँदा दुई पक्षको गुट भेला बढेको छ । शुक्रबार पेरिसडाडाँमा प्रचण्ड र नेपाल पक्षका प्रदेश १ का जिल्ला अध्यक्ष, सचिव र राजधानी उपत्यकामा उपलब्ध केन्द्रीय सदस्यहरुको भेला पेरिसडाडाँमा राखिएको थियो ।

भोजपुरमा तीतेपातीको व्यावसायिक खेती शुरु

भोजपुर । भोजपुरमा पहिलोपटक भुवादार जापानी तीतेपातीको व्यावसायिक खेतीको शुरुआत गरिएको छ । थोरै लगानीमा आम्दानी लिन सकिने तथा प्रयोगविहीन जमिनलाई सदुयोग गर्ने लक्ष्यका साथ यसको खेती शुरुआत गरिएको हो ।

अरुण गाउँपालिका–४ चरम्वी र्याङका दुई युवा मिलेर तीतेपातीको व्यावसायिक खेती शुरु गरेका हुन् । छोटो समयमा उत्पादन हुने तथा विभिन्न जडीबुटीका लागि बजार मागसमेत राम्रो भएकाले यो खेतीको शुरुआत गरेको उनीहरुले बताएका छन् । उनीहरुले सङ्खुवासभाबाट विरुवा ल्याएर करिब दुई रोपनी क्षेत्रफलमा करिब आठ हजार तीतेपातीको खेती शुरु गरेका हुन् ।

अहिले दुई रोपनी क्षेत्रफलमा परीक्षणको रूपमा लगाएको र राज्यको तर्फबाट आवश्यक आर्थिक तथा प्राविधिक सहयोग भएमा थप ६० रोपनी क्षेत्रफलमा विस्तार गर्ने योजना रहेको कृषक झिलबहादुर राईले जानकारी दिनुभयो । तीतेपातीलाई प्रत्येक १५ देखि २० दिनमा सङ्कलन गर्न सकिने कृषक राईले बताउनुभयो । कच्चा पदार्थको रूपमा यसको सुकेको पात तथा डाँठ प्रतिकेजी रु ५० मा बिक्री हुने उहाँको भनाइ छ । कृषक राईले भन्नुभयो, “हामीले गत भदौ महिनाबाट व्यावसायिक खेती शुरु गरेका छौँ, हामीले आठ हजार बिरुवा लगाएका छौँ, कच्चा पदार्थ प्रतिकेजी रु ५० देखि ६० सम्ममा बिक्री हुन्छ ।”

डिभिजन वन कार्यालय भोजपुरले जिल्लामा यसको विस्तारका लागि आवश्यक प्रक्रिया अगाडि बढाएको छ । बाँदरलगायत अन्य वन्यजन्तुको कारण स्थानीय बसाइँ सर्दा धेरै जमिन बाँझिदै गएकाले तीतेपाती खेतीलाई विस्तार गर्न सके स्थानीयवासीको आर्थिक विकासमा टेवा पुग्ने कार्यालयको भनाइ छ ।

यसको सम्भावनाको विषयमा थप अध्ययन, अनुसन्धान गर्ने र राम्रो हुने देखिएमा पकेट क्षेत्र बनाएर वैकल्पिक खेतीको रूपमा जिल्लाका अन्य स्थानमा समेत विस्तार गर्ने डिभिजन वन कार्यालय भोजपुरका प्रमुख विष्णुलाल घिमिरेले बताउनुभयो ।

प्रमुख घिमिरेले भन्नुभयो, “दुई युवाले तीतेपातीको व्यावसायिक खेती थाल्नुभएको रहेछ, आज हामीले यसको अनुगमन गरेका छौँ, अब यसको उत्पादन तथा बजारीकरण हेरेपश्चात अन्य ठाउँमा पनि पकेट क्षेत्र बनाएर विस्तार गर्ने हाम्रो योजना छ, जसले बाँझो जमिनलाई आयमूलक बनाउन सहयोग पुग्ने छ ।” बाँदरलगायत अन्य समस्याका कारण धेरै जमिन खेर गएको अवस्थामा तीतेपाती वैकल्पिक खेती हुनसक्नेमा स्थानीयवासी आशावादी देखिएका छन् । जिल्लामा पहिलोपटक खेती शुरु भएकाले आफू पनि यसको खेतीमा लाग्ने तयारीमा रहेको स्थानीय इन्द्रबहादुर कार्कीले बताउनुभयो ।

कार्कीले भन्नुभयो, “तितेपातीको खेती भइरहेको ठाउँमा गएर मैले पनि अनुगमन गरेँ, यसको लगाउने तरिका तथा अन्य प्राविधिक ज्ञानको विषयमा पनि जानकारी लिएँ, वन कार्यालयले पनि चासो लिएकाले मैले पनि खेती विस्तार गर्ने तयारी गरेको छु, वास्तवमा यसले बाँझो जमिनलाई प्रयोगमा ल्याउने देखियो, एकदम उपयोगी पनि लाग्यो ।”

धेरै मानिसहरु अन्यत्र जाँदा खेतीयोग्य जमिन बाँझिदै गएकाले यसको विस्तारमा सहयोग गर्ने वडा कार्यालयले जनाएको छ । तीतेपाती खेतीलाई राम्रो ढङ्गले आयआर्जनमा जोड्न सके बाँझो जमिनसमेत प्रयोगमा आउने कार्यालयको भनाइ छ । नमूनाको रूपमा खेती शुरु भएकाले यसको उत्पादन तथा बजारलाई हेरेर अन्य कृषकलाई समेत प्रोत्साहन गर्ने वडाध्यक्ष प्रेमकुमार राईले बताउनुभयो । उहाँले भन्नुभयो, “विज्ञहरुको कुरा सुन्दा तीतेपाती खेतीको राम्रो सम्भावना देखियो, धेरै लगानी पनि नचाहिने, खेर गइरहेका जमिनलाई प्रयोगमा ल्याउन सकिने भएकाले आगामी दिनमा यसको विस्तारमा कार्यालयको तर्फबाट पनि योजनावद्धरूपमा काम गछौँ ।”

तीतेपातीलाई बाँदरले समेत क्षति नगर्ने तथा आम्दानी लिन सकिने भएपछि वैकल्पिक खेतीको रुपमा विस्तार गर्न सके यसले स्थानीयवासीसँगै राज्यलाई समेत टेवा पुग्ने स्थानीय जानकारहरुले बताउने गरेका छन् ।

पर्वतको मालपोत कार्यालयमा तोडफोड

पर्वत । मालपोत कार्यालय पर्वतमा एक सेवाग्राहीले तोडफोड गरेका छन् । पर्वत जिल्लाको जलजला गाउँपालिका–३ साविक माझफाँटका ३० वर्षीय सुमनबहादुर खत्रीले कार्यालयभित्र प्रवेश गरी विभिन्न सामग्री तोडफोड गर्नुका साथै कागजात च्यातेका छन् ।

कार्यालयका विभिन्न कक्षमा प्रवेश गरी तोडफोड गरेको खबरपछि उनलाई जिल्ला प्रहरी कार्यालय पर्वतले नियन्त्रणमा लिएको छ । मालपोत कार्यालयभित्र प्रवेश गरी तोडफोड गरेको सूचनाका आधारमा नियन्त्रणमा लिएको प्रहरी निरीक्षक मनिष श्रेष्ठले जानकारी दिनुभयो ।

मालपोत कार्यालयमा काम भइरहेका बेला जग्गा राजीनामा पास गर्न आएका खत्रीले आफ्नो काम किन ढिला भएको भन्दै कर्मचारीलाई समेत गाली गर्दै एक्कासि तोडफोड गरेको कार्यालय प्रमुख मुकुन्द लामिछानेले जानकारी दिनुभयो ।

कार्यालयभित्र हुने काम भइरहेका बेला आवेगमा आएका उनले कार्यालयको कम्प्युटर, हाजिरी मेसिन, ल्याप्चे मेसिन, फोटोकपी मेसिन, फोटो खिच्ने मेसिनलगायत महत्वपूर्ण कागजातमा क्षति पुर्याएको कार्यालय प्रमुख लामिछानेले जानकारी दिनुभयो । घटनाबारे थप अनुसन्धान भइरहेको र कार्यालयमा भएको क्षतिका बारेमा समेत अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

टिकापुर घटनाः रेशम चौधरी सहित ८ जनालाई जन्मकैदको फैसला

काठमाडौँ । पाँच वर्षअघिको कैलालीको टिकापुरमा भएको घटनामा उच्च अदालत दिपायलले रेशम चौधरीसहित ८ जनालाई जन्मकैदको फैसला सुनाएको छ ।

नौ जनाको ज्यान जाने गरी भएको उ्रक्त घटना अहिलेसम्म छानबिनमै रहेको बेला बिहीबार उच्च अदालत दिपायलका न्यायाधीसद्वय टेक नारायण कुँवर र सीताराम मण्डलको संयुक्त इजलासले उक्त फैसला सुनाउनु भएको हो ।
उच्च अदालतले थरुहट आन्दोलनका नेता लक्ष्मण थारुलाई पनि जन्मकैदको फैसला सुनाएको हो । यसअघि जिल्ला अदालत कैलालीले थारूलाई तीन वर्षको सजाय सुनाएको थियो । उनी तीनवर्ष भन्दा बढी पुर्पक्षमा रहेकाले जिल्ला अदालतको फैसलापछि छुटिसकेका थिए ।

उच्च अदालतले कैलाली क्षेत्र नम्बर १ बाट निर्वाचित संघीय सांसद रेशम चौधरीसहित सात जनाको फैसला सदर गरेको उच्च अदालतका रजिष्ट्रार सिता रेग्मीले जानकारी दिइन् ।

जन्मकैदको सजाय हुनेमा लक्ष्मणसहित रेशम चौधरी, हरिनारायण चौधरी, प्रदीप चौधरी, वीरबहादुर चौधरी, राजेश चौधरी, सीताराम चौधरी र गंगाराम चौधरी छन् ।
२०७२ साल भदौ ७ गते टीकापुर घटनामा ८ जना सुरक्षाकर्मी र एक नाबालकको ज्यान गएको थियो ।

रामेछापकी १९ वर्षीया स्वास्थ्य अभिएन्ता मन्दिरा श्रेष्ठ ग्लोकल टीन हिरो २०२० उपाधिबाट सम्मानित

काठमाडौँ । ग्लोकल प्रा. लि. द्वारा आयोजित “ग्लोकल टीन हिरो २०२०” को उपाधि रामेछापकी मन्दिरा श्रेष्ठले जित्न सफल भएकी छन् । किशोरकिशोरीहरुमा भएको प्रेरणा र उत्साहलाई प्रस्फुटन गरी उनीहरुले समाजमा गरेको प्रभावकारी कार्यलाई कदर र अरु माझ चिनाउने कार्यक्रम “वाई वाई ग्लोकल टिन हिरो” नेपालको यो छैठौं संस्करण हो । आज भएको अन्लाईन कार्यक्रमको बिच ग्लोकल टीन हिरो नेपाल, २०२० को घोषणा गरिएको हो । भर्चुअल कार्यक्रममा श्रम, रोजगार र सामाजिक सुरक्षा मन्त्रालय, श्री रामेश्वर रे यादब ज्युले बिजेताको घोष्णा गर्नुभएको थियो । शिक्षा, उद्यमशीलता, कूटनीति, एवम अन्य विविध क्षेत्रका ब्यक्तित्वहरुको उपस्थितीमा यो कार्यक्रम सन्चालन गरिएको थियो ।

वाई वाई ग्लोकल टिन हिरोका अन्तिम ६ प्रतिस्पर्धीः एकराज घिमिरे, बातावरण विद्स मन्दिरा श्रेष्ठ, स्वास्थ्य अभिएन्तास रीत काफ्ले, शिक्षिकास सुभाश शर्मा, कोडरस सुलव सुबेदी, नवप्रबर्दक र वैभव नाहटा, उद्द्यमी बीच प्रतियोगिताको बिजेता चयन गरिएको थियो ।
सुश्री मन्दिरा श्रेष्ठ रामेछापकी १९ वर्षीया स्वास्थ्य कार्यकर्ता कर्मी एवमं अभिएन्ता हुन् । उनले “युपीआरमा बाल नेतृत्वको रिपोर्ट, २०२०” को टीम लीडरको रूपमा काम गरेकी छिन् । उनी एकीकृत राष्ट्रिय किशोर किशोरी फोरमको सदस्यको रूपमा पनि सक्रियरुपमा सहभागी भईरहेकी छिन् । त्यस्तै शिक्षामा महिलाको पहुचका लागि काम गर्दै उनी “ट्री पद्ममा चाईल्ड क्लबमा” सामाजिक स्वयम्सेवकको रुपमा काम गरिरहेकी छिन् । स्वास्थ्य क्षेत्रमा कामको अनुभब बटुलदै उनी एसआरएचआर क्षेत्रमा प्रशिक्षकको रुपमा पनि अग्रसर छिन ।
देश भरिका किशोर किशोरीहरुबाट कुल ६०४ आवेदन आएकोमा आज ग्लोकल टीन हिरो उपाधिबाट सम्मानित गरिएको हो । यी किशोरकिशोरीहरु समाजसेवा, बालअधिकार, खेलकुद, कृषि, मिडिया, पत्रकारिता, विज्ञान, प्रविधि र उद्यमशीलता, बातावरण संरक्षणजस्ता विविध क्षेत्रमा काम गरेर सकारात्मक सन्देश प्रवाह गरिरहेका छन । समाजमा रहेका असाधारण युवाहरुको पहिचान र सम्मान गर्नु नै यस कार्यक्रमको उद्देश्य रहेको छ ।

नेपालबाट २०१५ मा सुरु भई, काठमाडौंका किशोर किशोरीहरूलाई मात्र लक्षित गरेर पछि २०१६ सम्ममा यसले नेपालकाकै किशोर किशोरीहरूको लागि राष्ट्रिय मञ्च उपलब्ध गराउन राष्ट्रव्यापी रूपमा आफ्नो कार्य विस्तार गरेको थियो । हालसम्म नेपालका ५ किशोर किशोरिहरुलाई ग्लोकल टिन हिरो नेपालका रुपमा सम्मानित गरिएको छ भने ग्लोकल टिन हिरो ईन्डिया बाट दुईजना सम्मनित भएका छन र श्रिलंकामा एक किसोरि सम्मनित भएका छन । वाई वाई ग्लोकल टिन हिरो २०२० उपाधिको माध्यमबाट उनीहरुलाई थप प्रोत्साहन गरी उनीहरुलाई संसारमाझ चिनाएर अरु किशोरकिशोरीहरुलाई प्रेरणा दिलाउनु पनि यस कार्यक्रमको महत्वपूर्ण उदेश्य रहेको छ ।

अन्तिम ६ प्रतिस्पर्धीकोे कामको सुरुवात र प्रभावको आधारमा र व्यक्तित्व मापदण्ड, ज्ञान र दुरदर्सनको मापनको लागि अन्तर्बाता भएको थियो र आजको समरोहमा २०२० को बिजेता घोषणा गरिएको थियो । यस बर्षको निर्णायक टोलीमा श्री अब्दुल्ला टुन्सर केइसी (टर्कीस एयरलाइन्सका महाप्रबन्धक), श्री उज्ज्वल श्रेष्ठ (पञ्चकन्या समूहका कार्यकारी निर्देशक), श्रीमती रितु एस वैद्य (प्रबन्ध निर्देशक, युनाइटेड ट्रेडर्स सिन्डिकेट प्रा.लि.), श्री वरुन चौधरी (चौधरी समूहका कार्यकारी निर्देशक) र श्री अनिल चित्रकार (सिद्धार्थ इंकका अध्यक्ष) रहनु भएको थियो । यस बर्षको अन्तिम ६ प्रतिस्पर्धीहरुले ६ दिन लामो क्षमता बिकास कार्यशालामा सहभागी हुने अवसर प्राप्त गरेका थिए ।
यस वर्ष प्रतिस्पर्धा विभिन्न स्कूल, कलेज र समुदायहरूमा अन्तर्क्रिरयात्मक सत्रहरू र अनलाइन सक्रियता कार्यक्रम मार्फत किशोर किशोरीहरूमा राष्ट्रव्यापी पुगेको थियो । स्थापनाको वर्षमा, यो काठमाडौं उपत्यका भित्र मात्र सिमित भयता पनि अहिले आवेदनहरू देशका विभिन्न कुनाबाट आएका थिए । देशका विभिन्न स्कूल र कलेजहरूमा सक्रियता र सूचना सत्र सञ्चालन पछि यस वर्ष किशोर किशोरीहरूको लागि कुल अनलाइन पहुँच १०,००,०००ं रहेको थियो ।

देश भरिका प्रतिभावान किशोर किशोरीहरुलाई एकै साथ ल्याउन ग्लोकलसँग बिभिन्न सँगसंस्थाहरु साझेदारका रुपमा जोडीनु भएको थियो । ग्लोकल प्रा लि ले शीर्षक साझेदारको रूपमा वाई वाईसँग साझेदारी गरेको थियो, रणनीतिक साझेदारको रूपमा भारतीय दूतावास र युरोपेली संघ, पहल साझेदारको रूपमा सोल्टी क्राउन प्लाजा, पार्ट्नरका रुपमा कोका कोला, होन्डा, टोयोटा, पंचकन्या, डोल्मा, डिश होम फाइबरनेट, ब्रिटिश कलेज र डब्ल्यूडब्ल्यूएफ नेपाल, आतिथ्य पार्टनरः कोजी होम बीएन्डबी, एयरलाइन्स पार्टनरः टर्किर्श एयरलाइन्स, टेलिभिजन पार्टनर ः योहो टि.भी भ्मगअबतष्यल पार्ट्नरमा किंग्स कलेज, चेल्सी र विद्या संस्कार, एच् एबचतलभचस् ख् ( ऋजष्तचब र समर्थकमाः वर्ल्ड लिंक, ईसेवा, डिश होमगो , युवा, नेपाल युवा परिषद, ब्थ्इल्, प्धष्पक, ख्ष्भध थ्यगच ऋजयष्अभ, न्भलभकष्क ऋयिगम ब्अबमझथ, रहनु भएको थियो ।
किशोरावस्था र उनीहरूको सामाजिक कार्य परियोजनाहरूको राष्ट्रिय मान्यतालाई प्रोत्साहित गर्नु बाहेक, ग्लोकल टीन हीरो अवार्डले युवा नेतृत्व, नवीनता, र देशभर सामाजिक दृष्टिकोणले सकारात्मक प्रभाव पार्ने दिशामा उनीहरूको पाइलाहरू अनुसरण गर्न प्रेरणा दिइरहेका छ् र प्रशस्त अवसरहरू प्रदान गर्दै आएको छ ।

वाई वाई ग्लोकल अन्तराष्ट्रिय टिन सम्मेलन २०२० सम्पन्न
ग्लोकलले डिसेम्बर ९, १० र ११ गतेका दिन वाई वाई ग्लोकल अन्तराष्ट्रिय टिन सम्मेलन पनि भव्यताका साथ सम्पन्न भएको थियो । राष्ट्रिय विकासका बाधाहरु र संसारका विविन्न मुद्धाहरुलाई बुझ्न किशोरकिशोरीहरुको लागि यो एक मौकाको रुपमा आयोजना गरिएको थियो । यस सम्मेलनमा राष्ट्रिय तथा अन्तरास्ट्रिय किशोरकिशोरीहरुको उपस्थिति रहेको थियो । यसबर्षको सम्मेलन ग्लोकलको चौथो संस्करण रहेको थियो भने अफगानिस्थान, भारत, बंगलादेश, इन्डोनेसिया, अमेरिका, श्री लन्का, पाकिशतान तथा भीएतनाम लगाएतका देशहरुबाट उनीहरु सम्मेलनमा अन्लाईन उपस्थिती जनाएका थिए। उक्त सम्मेलनमा किशोरकिशोरीको अनुभव, विचार छलफल तथा ३ छुट्टा छुट्टै प्यानल छलफल भएको थियो । प्यानल छलफलका विषय उद्यमशीलता, शसक्तिकरण तथा सामाजिक दृष्टिकोण रहेको थियो ।

ग्लोकल अन्तरास्ट्रिय टिन सम्मेलन एक त्यस्तो मंच हो जहाँ किशोरकिशोरीहरुले उद्यमशीलता, शसक्तिकरण तथा सामाजिक दृष्टिकोण बारेमा सिक्न सक्छन । मित्रता गास्न र एक अर्काको संस्कृति बझन अन्तरक्रिया कार्यक्रम पनि राखिएको थियो । ग्लोकल अन्तराष्ट्रिय टिन सम्मेलन संसारभरीका किशोरकिशोरीहरु संग सञ्जाल को शुरुवात र विकास को अवसरहरु पहिचान गर्ने अवसर हो। दिगो मित्रता निर्माण र सांस्कृतिक आदानप्रदान का साथै उनीहरूको विचारहरु, दीक्षा, अन्तरदृष्टि, दृष्टिकोण र अनुभव साझा गर्न र विश्व मामिला आधारित प्रभावमा किशोरकिशोरीहरुलाई प्रतिबिम्बित गर्नु पनि यो सम्मेलन को लक्ष्य हो ।

सम्मेलनको दौरान बिभिन्न सत्र र प्यानल छलफलका साथै दुई विभिन्न कार्यशालाहरू पनि आयोजना गरिएको थियो। कार्यशाला श्री शौरब लोहानी ज्युद्वारा ग्रोथ माइन्डसेटको बारेमा आयोजना गरिएको थियो जुन किशोर किशोरीहरूलाई उनीहरूको निश्चित मानसिकताबाट मुक्त हुनका लागि र व्यक्तिगत र व्यावसायिक जीवनमा अथाह प्राप्त गर्न मद्दत गर्ने प्रयास हो। त्यस्तै, उद्यमशीलता सम्बन्धी कार्यशालामा अन्ताप्रेरणाका सीईओ तथा संस्थापक श्री नीरज खनाल ज्युबाट उनीहरूले उद्यमी सम्भावना र मानसिकता विकास गर्ने विचार प्राप्त गरे जुन २१ औं शताब्दीको एक आवश्यक सीप हो ।
सम्मेलनको एक सबै भन्दा रोमाञ्चक क्षेत्र परामर्श सत्र थियो ।सम्मेलनका सहभागीहरूले शिक्षा, उद्यमशीलता, कूटनीति, लगायत नेपालका विभिन्न क्षेत्रका नेताहरूसँग कुराकानी गर्ने अवसर पाएका थिए । परामर्शदातामासुश्री लतिका गोल्यान, निर्देशक, गोल्यान समूह, श्री नरोत्तम अर्याल, अध्यक्ष, किंग्स कलेज, नेपाल, श्री अमुन थापा, संस्थापक तथा सीईओ सस्तो डिल र फैजा परविन, ओपन स्पेस नेटवर्कका संस्थापक, सृष्टि के.सी, डब्लु डब्लु यफ नेपालको अभियान र शिक्षा अधिकारी, गौरव कँडेल, संस्थापक,भ्यू योर चोइस, श्री मनोज ज्ञवाली, नाबिल बैंकका उप महाप्रबन्धक, र दीपेन्द्र बज्राचार्य, माइक्रोसफ्टबाट हुनुहुन्थ्यो ।

तीन दिने वाई वाई ग्लोकल अन्तराष्ट्रिय टिन सम्मेलन विभिन्न देशका प्रतिभाशाली किशोर किशोरीहरुको उपस्थिति र उत्पादक अन्तर्क्रिरया, छलफल र प्रेरणादायक परामर्शसत्र सहीत औपचारिक रुपमा सफलतापूर्वक समापन भएको छ ।

लासोज् ब्यान्डको पहिलो भिडियो ‘मेरो अतित’ सार्वजनिक

काठमाडौँ । लासोज् ब्यान्डको पहिलो गीत ‘मेरो अतित’को भिडियो सार्वजनिक भएको छ । ब्यान्डका गायक सन्जोक बम्जनले गाएको ‘मेरो अतित’ गीतमा लिड गितार रिजन योञ्जन, रिदम सन्देश लिम्बु, बेस गितार डेगोस राई र ड्रममा नविन गुरुङले साथ दिएका छन् ।

गीतको भिडियोमा आमा–छोराको संघर्षको कथा छ । सानैमा बाबु बितेपछि आमाले छोराको पालन पोषणका लागि गरेको कष्टपूर्ण संघर्ष र छोराले दुख गरेर पाएको सफलताको कथा भिडियोमा प्रस्तुत गरिएको छ । भिडियोमा वास्तविक जीवनकै आमा–छोरा निका मोक्तान र युगान्त दाहालले अभिनय गरेका छन् । छोराको बाल्यकालको भूमिका युगान्तले गरेका छन् भने किशोर अवश्थाको भूमिका विमस पौडेल र युवावश्थाको भूमिकामा दिवस श्रेष्ठले अभिनय गरेका छन् ।

दिनम राईले निर्देशन गरेको भिडिओको छायाँकन किवा खिम्दुङ र अर्सु श्रेष्ठले गरेका छन् भने सम्पादन चमन राईले गरेका छन् । भिडियो लासोज् ब्यान्डको अफिसियल च्यानलबाट सार्वजनिक भएको छ । ब्यान्डको पहिलो भिडियोले युट्युबमा दर्शकको राम्रो प्रतिक्रिया पाएको छ ।

मेलिना राई र अर्जुन सापकोटाको ‘नगर पिर माया’ सार्वजनिक (भिडियो सहित )

काठमाडौँ । गायक अर्जुन सापकोटा र गायिका मेलिना राईको स्वरमा रहेको लोकदोहोरी गीत ‘नगर पिर माया’को म्युजिक भिडियो सार्वजनिक भएको छ ।

बिमल अधिकारीको रचना र अर्जुन सापकोटाकै सगीत रहेको गीतमा कृष्ण बिक “भान्जा” को संगीत संयोजन रहेको छ । चर्चित मोडेल अन्जली अधिकारी र बिमल अधिकारीको आकर्षक नृत्य रहेको गीतको भिडियोलाई भावना म्युजिक सोलुसनको युट्युब च्यानलबाट रिलिज गरिएको छ ।

यी हुन् संघीयताको औचित्य पुष्टि गर्ने मेयर, जसले पालिकाको खर्च मै पठाए दुई युवालाई पाईलट पढ्न

काठमाडौँ । संघीयता को औचित्य पुष्टि गर्दै रुकुम पश्चिम आठबिसकोट गाउँपालिकाका मेयर गोर्खबहादुर केसीले पालिका कै खर्चमा दुई युवालाई पाइलट पढ्न पठाएका छन् । उनले जिल्लाका दुई युवालाई गाउँपालिकाक‌ै खर्चमा पाईलट पढ्न पठाएका हुन् । अहिले ती युवा पाइलट बनिसकेका छन् । मेयर केसीले २६ वर्षीय गोविन्द केसी र २३ वर्षीय ललित भण्डारीलाई ५०–५० लाख लगानी फिलिपिन्स गरेर पढ्न पठाएका थिए ।

कमाउन थालेपछि किस्तामा बिना ब्याज पैसा र्फिता गर्ने सर्तमा मेयरले उनलाई पढ्न पठाएका थिए । साथै नगरपालिकाले थप एक जनालाई डक्टर पढाउनका लागि लगानी गर्न लागेको पालिका स्रोतले जनाएको छ ।

नहरपालिकाले २० जना युवालाई अनुदान दिएर प्राविधिक विषय पनि पढाइरहेको छ । रुकुमजस्तो बिकट ठाउँमा कर्मचारी सरुवा भएर आउन मान्दैनन्,त्यही भएर आफ्नै ठाउँमा आवश्यक प्राविधिक जनशक्ति उत्पादन गर्ने आफ्नो सोच रहेको मेयरले बताउनु भयो । कुनै पनि जेहेन्दार विद्यार्थीले चाहेको विषय पढ्न सकोस् र हाम्रै ठाउँमा दक्ष जनशक्ति तयार होस् भन्ने आफ्नो चाहना रहेको मेयर केसीले बताउनुभयो ।

उद्योगमन्त्रीलाई उच्च तहका नेताको फोन ‘चिनी उद्योगीलाई नसमाउँनु’, यता दुई दिन बित्दा समेत प्रहरीले समाउन सकेन ‘साहु’

काठमाडौँ । नेपाल प्रहरीले उखु किसानलाई उखु लगेको रकम भुक्तानी नगर्ने उद्योगीलाई समाउन प्रहरी परिचालन गरेको २ दिन भएको छ । गृहमन्त्री रामबहादुर थापाको निर्देशनपछि प्रहरी प्रधान कार्यालयले किसानबाट उखु लगेर ठगी गरी रकम नदिने उद्यागीलाई समाउन सर्कुलर जारी गरे पनि प्रहरीले भने उनीहरूलाई बुधबार र बिहीबार दुई दिन बित्दासमेत भेटेको छैन ।

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता एसएसपी वसन्तबहादुर कुँवरले किसानबाट उखु लगेर रकम भुक्तानी नगर्ने चिनी मिलका सञ्चालकलाई पक्राउ गर्न सर्कुलर भएको तर बिहीबार रातिसम्म कोही पनि पक्राउ नपरेको र खोजतलास जारी रहेको बताउनु भयो ।

अर्काेतर्फ उखु किसानको आन्दोलन चलिरहँदा उद्योग मन्त्री लेखराज भट्टले किसानको वक्यौता नर्तिने उद्योगीलाई बचाउ गर्न उच्चतहका नेताबाट दबाब आएको बताउनुभएको छ । मंगलबार मन्त्रीहरको बैठकले वक्यौता नतिर्ने चिनी उद्योगीलाई तत्काल पक्राउ गर्न गृहमन्त्रालय मार्फत निर्णय गरेको थियो ।


उक्त निर्णय कार्यन्वयन नगर्न आफुलाई उच्च तहका नेताको दवाव आएको मन्त्री भट्टले बताउनु भयो । उद्योग समितिको बिहीबार भएको बैठकमा उखु किसानको हितमा आफुले निरन्तर काम गरेको र अव पनि गर्ने भन्दै कसैको फोनको भरमा पछि नहट्ने तर्क गर्नुभयो । उहाले उखु किसानहरुको वक्तौता उद्योगीले तिर्नुपर्ने भन्दै यसका लागि सरकार जस्तो सुकै कठोर नीति लिन पनि तयार रहेको बताउनुभयो ।

संसदीय समितिले सात दिन भित्र उखु किसानको बक्तौता रकम भुक्तानी गर्ने व्यवस्था मिलाउन सरकारलाई निर्देशन दिएको छ । सिंहदरबारमा बिहीबार बसेको प्रतिनिधिसभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले सात दिन भित्र उखु किसानको बक्तौता रकम भुक्तानी गर्ने व्यवस्था मिलाउन र सोको जानकारी समितिलाई गराउन उद्योग मन्त्रालयलाई निर्देशन दिएको हो । समिति सभापति बिमल श्रीवास्तावले उखु किसानको भुक्तानीको समस्याप्रति गम्भीर भएर भुक्तानी गर्ने व्यवस्था मिलाउन निर्देशन दिइएको जानकारी दिनुभयो ।

त्यस्तै बैठकले श्रमिकले पाउने तलव सुविधा लगाएतका अवस्थाका बिषयमा स्थलगत छानविन गरि १५ दिनभित्र प्रतिवेदन पेश गर्न श्रम मन्त्रालयलाई निर्देशन दिएको उहाले बताउनुभयो ।

बैठकमा सांसदहरुले चिनी मिल सञ्चालकहरुले नियतवस नै किसानहरुको रकम भुक्तान नगरेको आरोप लगाएका थिए । किसानको रकम भुक्तान गराउन सरकार गम्भीर हुनुपर्ने उनीहरुको भनाई छ । लामो समयदेखि आफुहरुले रकम नपाएको भन्दै उखु किसानहरुले काठमाडौं केन्द्रीत आन्दोलन गरिरहेका छन् तर सर्लाहीका चिनी मिल सञ्चालहरुले काठमाडौंको माइतिघरमा धर्नामा बसेकाहरु उखु किसान नभएर बिचौलिया मात्र भएको आरोप लगाउदै आएका छन् ।
आइतबार देखि आफ्नो बाँकी वक्यौताको माग गर्दै आन्दोलनमा उत्रिएका किसानहरु आज भने हलो र जुवा सहित आन्दोलनरत रहेका छन् ।

विभिन्न चार वटा चिनी मिलका सञ्चालकले उखु लगेबापत किसानलाई करिब ७० करोडभन्दा बढी बक्यौता भुक्तानी गर्न बाँकी छ । जसअनुसार लुम्बिनी सुगर मिलले ८ करोड ४१ लाख, अन्नपूर्ण सुगर मिलले १७ करोड, इन्दिरा सुगर मिलले ४ करोड ७० लाख र श्री राम सुगर मिलले सबैभन्दा धेरै २६ करोड ७७ लाख रुपैयाँ बक्यौता तिर्न बाँकी छ ।

सेवाकालिन प्रशिक्षणका लागी २ अधिकृत र उपसचिव सिफारिस

काठमाडौँ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत २ जना र महानगरपालिकाका १ उपसचिवसहित ३ जनालाई सेवाकालिन प्रशिक्षणका लागि मनोनयन गरेको छ । मन्त्रालयले नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानमा हुने ३५ कार्य दिनको तालिमका लागि मनोनयन गरेको हो ।

सचिव स्तरीय निर्णयले सिद्धिचरण नगरपालिका, ओखलढुङ्गाका प्रमुख प्रशासकीय अधिकृत रामेश्वर पोखरेल र कमलामाई नगरपालिका, सिन्धुलीका प्रमुख प्रशासकीय अधिकृत विशकसेन ढकाल तथा पोखरा महानगरपालिकाका आर्थिक प्रशासनका उपसचिव जयराम पौडेललाई सिफारिस गरेको हो ।