महालक्ष्मी माताको दर्शन् गर्नुहोस्, आज शुक्रबारको राशिफल

वि.स.२०७७ साल पौष ३ गते शुक्रबार इश्वी सन २०२० डिसेम्बर १८ तारीख मार्गशीर्ष शुक्लपक्ष चतुर्थी तिथी श्रवण नक्षत्र व्याघात योग बव करण चन्द्रमां मकर राशिमा आनन्दादि योगमा धुम्र योग प्रमादीनाम संवत्सर सुर्य दक्षिणायन हेमन्त ऋतु अन्तर्राष्ट्रिय आप्रवासी दिवस

मेषः परीश्रम अनुरुपको फल प्राप्ती हुने समय रहेकोछ । सामाजीक कार्यका क्षेत्रमा सहभागीता जनाउने अवसर प्राप्त रहनेछ । सभासम्मेलन जन्य कार्यका क्षेत्रमा मान सम्मान प्राप्तीको योग रहेकोछ । मनोरञ्जनका क्षेत्रमा समय ब्यतित रहेनछ । पारीवारिक झोर झमेलाको सामना गर्नु पर्ने समय रहेकोछ ।

बृषः पारीवारीक मनोरञ्जनको निम्ति धेरै समय ब्यतित हुन सक्छ । कार्य सम्पादनमा ढीलाई हुनाले सामान्य अप्जस सहनु पर्ला । परिवारको मार्गदशर्न नमान्दा कार्यको क्षेत्रमा अपजस खेप्नु पर्नेछ । नयाँ मित्रहरु सगँ को भेट घाटमा सामान्य यात्रा तथा खर्च हुनसक्ने सम्भाबना रहेको छ ।

मिथुनः शारीरिक आलस्यातले गर्दा गरीरहेको काम को क्षेत्रमा अपजस सहनु पर्ला ।सोचेको भन्दा बढिमात्रामा खर्च हुनाले मानसिक चिन्ता उत्पन्न हुनेछ । आम्दानि मध्यम रहेता पनि बोलिको कारण साधारण दुर्घटनाको सम्भाबना रहेको छ । नजिकका ब्यक्तिहरुको साथ छुट्नाले सहकार्यमा झन्झट ब्यर्होनु पर्नेछ ।

कर्कटः जीबन साथीको सहयोगमा गरीएका ब्यापार ब्यवसायमा मनग्य लाभ प्राप्त हुनेछ । मानसीक चन्चलताले सताउन सक्नेछ । सामान्य कार्यमा अधिक श्रम र समय ब्यतित हुन सक्नेछ । बोलिको प्रभुत्वले मानसम्मानको प्राप्ति हुनेछ । कार्य सम्पादनका क्षेत्रमा सावधानि साथै गोप्यता अपनाउनु पर्ने देखिन्छ ।

सिंहः स्वास्थ सम्बन्धि समस्याले सताउन सक्छ बिशेष ध्यान दिनु होला । मनमा चन्चलताले बास गर्नाले सहि निर्णय गर्न नसकीएला । शुभ चिन्तकको बृद्यि हुनाले मनमा उत्साह बढ्नेछ । परोपकारको क्षेत्रमा समय र धन खर्चनु पर्ने समय रहेको छ । यात्रामा एक्लोपनको महसुस हुनसक्ला ।

कन्याः आय आर्जनमा बृद्यि गर्नका लागि तपाईले बढी परीश्रम गर्नु पर्न सक्छ । बौधिक क्षेत्रको बिकाशले तपाईको मान सम्मानमा बृद्यि गर्नेछ । आफु भन्दा सानाको सहयोगमा गरिएको कार्यहरु सफल रहनेछन । बौधिक ब्यक्तित्व सगँको सामिप्यता आगामी दिनलाई मार्गदर्शन बन्नेछ ।

तुलाः पारीबारिक मनोरञ्जनका निम्ती धेरै समय र पैसा खर्चनु पर्नेछ । आफन्तजनको साथ सहयोगमा कमि आउनाले सामान्य मानसिक चिन्ताले सताउन सक्छ । सामान्य कठिनाई पश्चात मनग्य आम्दानीका स्रोतहरु फेला पर्नाले मन उत्साहित रहनेछ । पारीवारिक झोरझमेलाको फन्दामा परिनाले दिन निरासा पुर्ण रहला ।

बृश्चिकः आफ्नै घमन्डका कारण दाजु भाई बिचको सम्बन्धमा सामान्य खराबि उत्पन्न हुन सक्नेछ । भौतिक स्रोत साधनको प्रयोगमा समय ब्यतित रहन सक्छ । आटँ शाहसको कमीले कार्यमा ब्यबधान आउला । प्रतिपक्क्षी सबल रहनाले तपाईलाई आफ्नु कमजोरीको महसुस हुनेछ ।

धनु : आफन्तजन बिचको भेटघाटले मन प्रशन्न रहला । मित्रहरुको साथ सहयोग बाट बिग्रन लागेको काममा सफलता प्राप्त हुनेछ । स्वास्थमा आएको खराबिले कार्यमा ढिलाई उत्पन्न गराउनेछ । सामान्य बादबिबादको चक्करकाट्नु पर्नेछ । अरुको अनुशरणले तपाईलाई समान्य झन्झट वा अपजस दिलाउन सक्नेछ ।

मकरः परीवारका कोहि सदस्यहरुको स्वास्थमा खराबी आउन सक्नेछ । मान प्रतिष्ठामा बृद्यि हुने योग रहेको छ । मनमा आट र शाहस को कमिले कार्य सम्पादनमा झन्झट ब्यहोर्नु पर्ला । जिबन साथीको सहयोगले ब्यापार ब्यवसायमा सुधार आउनेछ । सहि निर्णय हुन नसक्दा परिबारीक कलहको सामाना गनुपर्नेछ ।

कुम्भः शत्रु सबल रहनाले कुराकाट्ने ब्यक्तिहरुको बृद्धि हुनेछ । सामान्य आर्थिक अभाब झेल्नु पर्ला । मनोबिलासिताका सामानहरुमा सामान्य खर्चहुन सक्ने सम्भाबना रहेको छ । अनावश्यक खर्च नियन्त्ररण गर्न गारो हुन सक्ला । आफ्नु प्रिय ब्यक्ति सगँको बियोगले मन निरुत्साहित रहला ।

मिनः यात्रा फाईदा मुलक हुनसक्ने सम्भाबना रहेको छ । आय आर्जनको लागी राम्रो समय रहेता पनि सामान्य खर्च हुन सक्छ । नयाँ मित्र सगँको भेट वा प्रिय खबरले मन प्रशन्न रहनेछ । आम्दानी बृद्यिका लागी बीद्योत ब्यक्तित्वहरुको मार्गदर्शन अबलंबन गर्नु लाभदाइक रहला । आय आम्दानिका क्षेत्रमा जुट्ने समय रहेकोछ ।

चलायमान बन्दै सौराहामा पर्यटकीय गतिविधि

काठमाडौँ । कोरोना भाइरस सङ्क्रमणका कारण झण्डै वर्ष दिनदेखि थलिएको सौराहाको पर्यटन क्षेत्र विस्तारै माथि उठ्न थालेको छ । आन्तरिक पाहुनाका कारण सौराहाका पर्यटकीय गतिविधि यतिबेला चलायमान बन्न थालेका हुन् ।

होटल रेष्टुराँमा छुट र हात्ती सफारीमा घुम्न समय थप गरेर भए पनि व्यवसायीले पर्यटन क्षेत्र चलायमान बनाउने प्रयास गरेका छन । शुक्रबार र शनिबारको दिन सौराहामा आन्तरिक पर्यटकको राम्रै चहलपहल देखिन्छ । तिहारपछि आन्तरिक पर्यटकको आगमनले राहत र हौसला मिलेको व्यवसायी बताउँछन् ।

क्षेत्रीय होटल सङ्घ सौराहाका अध्यक्ष दीपक भट्टराईले पछिल्लो समय सौराहालाई आन्तरिक पर्यटकले चलायमान गराउनथालेको बताउनुभयो । “पछिल्लो समय आन्तरिक पर्यटकका कारण सौराहाले लय समात्न खोजेको छ, खर्च धान्ने अवस्था बन्न थालेको छ”, उहाँले भन्नुभयो । भट्टराईले आन्तरिक पर्यटक आकर्षित गर्न देशव्यापीरुपमा ‘घुमौँ सौराहा’ अभियान सञ्चालन गर्न लागिएको जानकारी दिनुभयो । अङ्ग्रेजी नयाँ वर्षअघि जनकपुर, वीरगञ्ज, विराटनगरलगायतका शहरमा जाने योजना रहेको उहाँले बताउनुभयो । “देशका मुख्यमुख्य शहरमा अभियान सञ्चालन गर्छौँ, उहाँले भन्नुभयो”, त्यहाँका उद्योगी, व्यवसायी र सङ्घ संस्थाका प्रतिनिधिसँग भेटघाट गरेर सौराहा खुला छ र सुरक्षित छ भन्ने सन्देश प्रवाह गछौंँ ।” उहाँले अङ्ग्रेजी नयाँ वर्षको गन्तव्यस्थलको रूपमा सौराहालाई प्रवद्र्धन गर्न लागिएको बताउनुभयो ।

सौराहामा आन्तरिक पर्यटकलाई आकर्षित गर्न हात्ती सफारीको अवधि थप गरिएको छ । कोरोनाका कारण भएको बन्दाबन्दीले थला परेको सौराहाको पर्यटनलाई उठाउन व्यवसायीले पर्यटकलाई थप समय घुमाउने निर्णय गरेका हुन् । युनाइटेड हात्ती सञ्चालन सहकारी संस्था लिका अध्यक्ष ऋषि तिवारीले पर्यटक आकर्षित गर्न सङ्घले विभिन्न प्याकेज दिएको बताउनुभयो । एक घण्टाको प्याकेजमा हात्ती सफारी गर्नेका लागि डेढदेखि दुई घण्टासम्म घुमाउने गरेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “चार जना भएपछि मात्रै सफारीमा लैजाने गरिन्थ्यो, तर अहिले दुई जना भए पनि जाने गरिएको छ ।” उहाँले नाफाभन्दा पनि व्यवसाय धान्ने र पर्यटकलाई आकर्षित गर्ने योजनाका साथ काम गरिरहेको बताउनुभयो । होटलदेखि हात्ती चढ्ने स्थानसम्म समेत निःशुल्क गाडीको व्यवस्था गरिएको उहाँले बताउनुभयो ।

पर्यटन दिवसको दिनदेखि लामो समयदेखि बन्द रहेका यहाँका होटल तथा रेष्टुराँ खुलेका थिए । यो समय सौराहाका होटलमा खचाखच पर्यटक हुन्थे । व्यवसायीलाई पर्यटकको स्वागतदेखि निकुञ्ज घुमाउन भ्याइनभ्याइ हुन्थ्यो । होटल तथा रेष्टुराँले प्याकेजअन्तर्गत २५ देखि ३० प्रतिशतसम्म छुट दिएको बताएका छन् ।

होटलभन्दा रेष्टुराँमा पर्यटक केही धेरै छन् । रेष्टुराँ एण्ड बार एशोसिएशन नेपाल सौराहाका अध्यक्ष दीपेन्द्र खतिवडाले अन्तर जिल्लाका पर्यटकको आवागमन रहेको र करिब ३० प्रतिशत पर्यटक रेष्टुराँमा आउन थालेको बताउनुभयो । उहाँले आन्तरिक पर्यटक बढ्न थालेपछि केही आशावादी बनेको बताउनुभयो । उहाँले एशोसिएशनको तर्फबाट १५ प्रतिशतसम्म छुट दिइएको बताउनुभयो । निकुञ्जले हात्ती, जिप र डुङ्गा सफारीबापत लिँदै आएको राजश्वमा छुट र नयाँ रुट खोलिदिनुपर्ने उहाँको माग छ ।

सौराहामा ठूला साना १४० होटल छन् भने करिब ५० रेष्टुराँ सञ्चालनमा रहेका छन् । सफारीका लागि चितवन राष्ट्रिय निकुञ्ज प्रख्यात छ । स्वदेशी र विदेशी पर्यटक यहाँ जङ्गल सफारीका लागि आउने गर्दछन् । दुर्लभ एकसिङ्गे गैँडा, बाघ, घडियाल गोहीजस्ता जनावर, चराचुरुङ्गीको अवलोकन गर्न पर्यटक आउने गर्दछन् ।

७२ लाख खर्चेर सात वटा पदमार्ग बन्ने

काठमाडौँ । कोरोना महामारीका कारण सुनसान रहेका जिल्लाका पर्यटकीयस्थलमा मङ्सिरको तेस्रो साताबाट मात्रै सामान्य चहलपहल देखिन थालेको छ । धार्मिक पर्यटकीय क्षेत्र हुन् वा प्राकृतिक पर्यटनको सम्भावना बोकेका क्षेत्र, झण्डै नौ महिनापछि सामान्य आन्तरिक पर्यटकको आउजाउ हुन थालेको छ ।

कोरोना महामारीका कारण पर्यटकीय क्षेत्र सुनसान मात्रै भएनन्, तीनै तहका सरकारले ती क्षेत्रको विकासका लागि विनियोजन गरेका बजेटको कार्यान्वयन गर्ने कामसमेत प्रभावित भए । महामारीको मारबाट विस्तारै तङ्ग्रिँदै गरेको बागलुङको पर्यटन क्षेत्रको विकासका लागि गण्डकी प्रदेश सरकारले विनियोजन गरेको बजेटको कार्यान्वयन शुरु भएको छ ।

उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले चालु आर्थिक वर्षमा बागलुङमा मात्रै सात वटा पदमार्ग निर्माण गर्दैछ । रु पाँच लाखदेखि २० लाख बजेट विनियोजन भएका पदमार्ग निर्माणको काम शुरु भएको उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री विकास लम्सालले बताउनुभयो ।

जिल्लाभर यो आवमा पदमार्गका लागि मात्रै रु ७२ लाख ५० हजार खर्च हुनेछ । बागलुङमा सबैभन्दा धेरै बजेट खर्चेर बागलुङ नगरपालिका–६ पञ्चकोटदेखि काठेखोला गाउँपालिका–३ को बेलढुङ्गासम्मको पदमार्ग निर्माण हुनेछ । मन्त्रालयले उक्त पदमार्गको लागि रु २० लाख बजेट विनियोजन गरेको छ । जिल्लाभर १९ वटा योजना बनाएर बजेट बाँडेको मन्त्रालयले पदमार्गका योजना धेरै समावेश गरेको छ भने पर्यटकीय क्षेत्र पूर्वाधार विकासका योजना पनि समावेश छन् ।

काठेखोला गाउँपालिका–८ लेखानीदेखि जैमिनी नगरपालिका, काठेखोला गाउँपालिका र गलकोट नगरपालिकाको सङ्गमस्थल गाजाको धुरीसम्म मन्त्रालयले पदमार्ग विकास गर्ने भएको छ । रु १५ लाख खर्चेर यसै आवमा पदमार्ग निर्माणको काम शुरु हुने मन्त्रालयले जनाएको छ । गलकोट नगरपालिकाको मल्मबाट घुम्टेको धुरीसम्म पदमार्ग निर्माणका लागि रु १० लाख बजेट विनियोजन भएको छ । जैमिनीधाम, बिनामारे माइकास्थान पदमार्गका लागि रु १० लाख, पञ्चकोट पर्यटकीय पदमार्गका लागि रु सात लाख ५० हजार, एयरपोर्ट, बहुपुर्छा पदमार्गका लागि रु पाँच लाख र कौडेडाँडा पदमार्गका लागि रु पाँच लाख बजेट छ ।

“अब सबै योजनाको काम थालनी हुन्छ, पर्यटनका पूर्वाधार तयार गर्न हामीले कुनै कसर बाँकी राख्ने छैनौँ”, पर्यटकीय क्षेत्रमा गरेको लगानी अनुगमन तथा निरीक्षणबाट फर्केपछि मन्त्री लम्सालले भन्नुभयो, “हाम्रो आर्थिक समृद्धिको आधार नै पर्यटन हो ।” बागलुङमा १० वटा घरबासको पूर्वाधार विकासका लागि मात्रै मन्त्रालयले रु एक करोड २० लाख खर्चिने छ । गत वर्ष घरबास प्रवद्र्धनमा रु दुई करोड ८० लाख खर्च भएको थियो । घरबास र पदमार्गका नाममा भएको खर्च दुरुपयोग भएको गुनासो आउन थालेपछि मन्त्री लम्सालले एक साता पहिले अनुगमन गर्नुभएको थियो ।

अनुगमनपछि लम्सालले हल्ला चलेकोजस्तो दुरुपयोग नभएको र कमीकमजोरी गरेकालाई सच्चिन आग्रह गरेको बताउनुभयो । मन्त्रालयले दह तथा ताल मर्मतदेखि उद्यान निर्माणका लागिसमेत बजेट विनियोजन गरेको छ । सबै बजेटको कार्यान्वयन शुरु भएको मन्त्रालयले जनाएको छ । पर्यटन क्षेत्रका सरोकारवालाले भने मन्त्रालयले दिने बजेट कार्यान्वयनमा समस्या हुने गुनासो गर्ने गरेका छन् ।

“प्राविधिक लागत अनुमानसहित आउनु भनेर उपभोक्तालाई खबर आउँछ, लागत अनुमान मन्त्रालयले गर्ने हो की स्थानीय तहले थाहा नहुने ?”, कालिका भगवती गुठी बागलुङका अध्यक्ष राजु खड्काले भन्नुभयो, “जिल्लामा पर्यटन कार्यालय आवश्यक छ तब मात्रै सबै योजनाको कार्यान्वयन समयमा हुन्छ ।” मन्त्रालयले पर्यटन कार्यालय स्थापनाका लागि अध्ययन समिति बनाएर काम अघि बढेकाले यो आवका सबै योजना उपलब्धि देखिने गरी कार्यान्वयनमा आउने दाबी गर्ने गरेको छ ।

‘भूपि पुरस्कार’ बाग्लुङका शर्मालाई

काठमाडौँ । धौलागिरि साहित्य प्रतिष्ठान बागलुङले यस वर्षको ‘भूपि पुरस्कार’ लेखक एवं समालोचक सुकुम शर्माले प्राप्त गर्ने भएका छन् । बुधबार बसेको प्रबन्ध समितिको बैठकले ‘सिर्जनाका परिधिमा भूपि शेरचन’ समालोचनात्मक कृतिका लागि शर्मालाई पुरस्कृत गर्ने निर्णय गरेको हो । रु २५ हजार राशिको सो पुरस्कार यही पुस १० गते ८६ औँ भूपि जयन्ती समारोहमा सर्मपण गरिने प्रतिष्ठानका अध्यक्ष काजी रोशनले जानकारी दिनुभयो ।

यसअघि प्रतिष्ठानले पुरस्कारका लागि कवि भूपि शेरचनको व्यक्तित्व र कृतित्वमाथि लेखिएका समालोचनात्मक कृति आह्वान गरेको थियो । प्रतिष्ठानको मूल्याङ्कन समितिले शर्माको कृतिलाई छनोट गरेको हो । स्याङ्जाको पुतली बजार नगरपालिकामा जन्मनुभएका शर्माका ‘नेपाली व्याकरणको ऐतिहासिक सर्वेक्षण’ ९२०५६०, ‘कवि इच्छुकः कविता सन्दर्भमा’ (२०६०), ‘पारिजातका कविताको अध्ययन’ (२०६२) लगायत समालोचनात्मक कृति प्रकाशित छन् ।

शर्माका कथा, कविता र गीत सङ्ग्रह पनि प्रकाशित छन् । प्रतिष्ठानले साहित्यिक संस्था र स्रष्टालाई गरी आलोपालो गरी बर्सेनि पुरस्कार प्रदान गर्दै आएको छ । गत वर्ष संस्थागततर्फको पुरस्कार थकाली समाज बुटवलले पाएको थियो । समाज भूपिको स्मृतिमा प्रवेशद्वार, सालिक, पुस्तकालय, अक्षयकोष निर्माणलगायत भाषा, साहित्यको प्रर्वद्धनमा सक्रिय छ ।

यस्तै सोही समारोहमा साहित्यकार लकाश पौडेललाई ‘भूपि सम्मान’ प्रदान गरिने प्रतिष्ठानले जनाएको छ । विसं २०७३ मा स्थापित पुरस्कार कोषमा हालसम्म रु सात लाखभन्दा बढी जम्मा भएको छ । जनस्तरबाट सहयोग जुटाएर पुरस्कार कोष खडा गरिएको हो । विसं १९९० मा मुस्ताङको टुकुचेमा जन्मनुभएका भूपि नेपाली साहित्यका प्रसिद्ध कवि हुनुहुन्छ ।

चौमासको राजस्व असुली लक्ष्यभन्दा बढी

कोभिड–१९ को संक्रमणको जोखिमको प्रभावले आर्थिक गतिविधि संकुचन हुँदा चालु आर्थिक वर्षको पहिलो त्रैमासिकसम्ममा राजस्व संकलन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३
सुन्य ९ प्रतिशतले संकुचन भएतापनि राजस्वसहित नेपाल सरकारको कुल प्राप्ति १ दशमलव ७७ प्रतिशतले बृद्धि भएको छ । यस अवधिमा भन्सार महशुल, पैठारी संकलन हुने मूल्य अभिवृद्धि कर र आयकरमा समान्य वृद्धि भएको छ । भने अन्य कर शीर्षक अन्तर्गत संकलन भएको राजस्वमा संकुचन आएको छ । गैरकर राजस्व उल्लेख्यरुपमा घटेको छ । कोभिड–१९ महामारीको समयमा उपभोक्ता अत्यावश्यक उपभोग बाहेक अन्य उपभोग कम गरेका तर लगानीकर्ता समेत लगानी गर्न हिच्किचाएका कारण कुल उपभोग तथा लगानीमा कमी आएको कारण सो को प्रत्यक्ष प्रभाव राजस्व परिचालनमा परेको छ ।

दक्षिण कोरियाबाट सजिललै नेपालमा रकम पठाउन सकिने गरी एन आई सी एशिया बैंक र Sentbe रेमिटबीच रणनीतिक साझेदारी

काठमाडौँ । दक्षिण कोरियाबाट नेपालका जुनसुकै बैंक तथा वित्तीय संस्थाहरूका खातामा रकम तुरुन्त पठाउन सकिने गरी एन आई सी एशिया बैंक र Sentbe रेमिटबीच रणनीतिक साझेदारीको सुरुवात भएको छ ।
दक्षिण कोरियामा बस्दै आएका नेपालीहरूले अब बिना झन्झट मोबाइल एवं कम्प्युटरको प्रयोगबाटै यस बैंक तथा नेपालका अन्य कुनै बैंक खातामा अनलाइनमार्फत रकम जम्मा गर्न सकिने छ । उक्त सुविधाका अलावा कोरियाबाट देशभर छरिएर रहेका यस बैंकका १० हजार भन्दा बढी रेमिट्यान्स एजेन्टहरूमार्फत आफुले इच्छाएको व्यक्तिलाई सहज रुपमा रकम पठाउन समेत सकिने व्यवस्था रहेको छ । कोरियामा बसोबास गरिरहेका नेपालीहरूले Sentbe रेमिटको वेबसाइट sentbe.com तथा मोबाइल एपमार्फत कुनै पनि खाता तथा आफन्तका नाममा रकम पठाउन सकिने छ ।

हाल बैंकले मुलुकभर ३३३ शाखा कार्यालयहरू, ४७१ एटिएम, ९६ वटा एक्स्टेन्सन काउण्टर एवं ७४ वटा शाखा रहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गरिरहेको छ ।

दक्षिणकाली माताको दर्शन गर्नुहोस्, बिहीबारको राशिफल

बि.स.२०७७ साल पौष २ गते बिहीबार इश्वी सन २०२० डिसेम्बर १७ तारीख मार्गशीर्ष शुक्लपक्ष तृतीया तिथी उत्तरषाढा नक्षत्र धु्रव योग वणिज करण चन्द्रमां मकर राशिमा आनन्दादि योगमा सैम्य योग प्रमादीनाम संवत्सर सुर्य दक्षिणायन हेमन्त ऋतु (ज्यो.प.सरोज घिमिरे)

मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) सामान्य कार्य सम्पादनमा अधिक श्रम खर्चनु पर्नेछ साथै सामान्य अपजस खेप्नु पर्ला । पारीवारिक स्वास्थमा सामान्य समस्या उत्पन्न हुन सक्नेछ । आफन्तजनको साथ सहयोगमा कमि आउनाले सामान्य मानसिक चिन्ताले सताउन सक्छ । भुमि तथा वाहन सम्बन्धी समस्याले सताउनेछ ।

बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) मित्रजनहरुको सहयोगमा अधुरा कार्य सम्पादन हुनेछन । भौतिक स्रोत साधनको प्रयोगमा समय ब्यतित रहन सक्छ । आटँ शाहसको कमीले कार्यमा ब्यबधान आउला । प्रतिपक्क्षी सबल रहनाले तपाईलाई आफ्नु कमजोरीको महसुस हुनेछ । अपरीचित ब्यत्तिहरुको बिश्वासमा नपरेकै बेश रहनेछ ।

मिथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह) सामान्य बादबिवादको झमेलामा फसिने सम्भाबना रहेकोछ ।साजेदारी काममा लगानी नगरैकै बेश हुनेछ । आफन्तजन बिचको भेटघाटले मन प्रशन्न रहला । मान्यजनहरु सगँको सम्बन्धमा सामान्य तिक्तता उत्पन्न हुन सक्नेछ । खानपानका क्षेत्रमा बिशेष सजग रहनु उत्तम रहनेछ ।

कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) ब्यापार ब्यवसायका निम्ती उत्तम समय रहेकोछ । मानसिक चन्चलताका कारण गरीरहेका कार्यमा सामान्य ढिलाईको सम्भाबना रहेकोछ । दाजु भाई तथा मित्र जनहरु सँगको सम्बन्ध टाढिन सक्छ । परीवारका कोहि सदस्यहरुको स्वास्थमा खराबी आउन सक्नेछ । दाम्पत्य सम्बन्धमा सामान्य तिक्तता उत्पन्न हुन सक्नेछ ।

सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) कार्य क्षेत्रमा अरुको दबाबको महसुस हुनेछ । प्रतिपक्षीहरु सवल रहनाले कार्य सम्पादनमा झन्झट उत्पन्न हुन सक्नेछ । मित्रजनहरु सगँको भेटघाट पश्चात सामान्य यात्राको योग रहनेछ । शत्रु सबल रहनाले कुराकाट्ने ब्यक्तिहरुको बृद्धि हुनेछ । स्वास्थको गडबढिका कारण सामान्य खर्चको सम्भाबना रहेकोछ ।

कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) बौधिक ब्यत्तित्व हरुको साथ सहयोगमा आर्थिक क्षेत्र सवल बन्ने सम्भाबना रहेकोछ । नयाँ लगानिमा उत्तम समय रहेकोछ । यात्रा फाईदा मुलक हुनसक्ने सम्भाबना रहेको छ । निर्णय गर्ने क्षमतामा बृद्धि हुनेछ । अध्यन अध्यापनका निम्ती अधिक श्रम ब्यतित गर्नुपर्ने समय रहेकोछ ।

तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते) ब्यापार ब्यवसायमा समय मध्यम रहनेछ । प्रेम सम्बन्धमा भने सामान्य झन्झट ब्यहोर्नु पर्ला । स्वास्थ सम्बन्धी सामान्य समस्याले मनमा तनाब उत्पन्न गराउन सक्ला । भौतिक श्रोतसाधनका प्रयोगमा समय ब्यतित रहला । कार्यक्षेत्रको त्रुटिका कारण आत्मसम्मानमा ठेस पुग्न सक्ने सम्भाबना रहेकोछ ।

बृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु) अरुको कार्यक्षेत्रमा भएको त्रुटिको अपजस तपाईले खेप्नु पर्नेछ । मान्यजनको सहयोगमा गरीएका कार्यले दीगो फाईदा दिलाउनेछ । पारीवारीक मनोरञ्जनको निम्ति धेरै समय ब्यतित हुन सक्छ । अधिक आत्मबिश्वास तथा घमडका कारण मित्रतथा दाजुभाई सगँको सम्बन्धमा सामान्य तनाब उत्पन्न हुन सक्नेछ ।

धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) नयाँलगानिका क्षेत्रमा सजग रहनु उत्तम रहनेछ । पारीवारिक मनोरञ्जनका क्षेत्रमा समय ब्यतित रहनेछ । शारीरिक आलस्यातले गर्दा गरीरहेको कामको क्षेत्रमा अपजस सहनु पर्ला । खानपानमा बिशेष ध्यान दिनु पर्ने समय रहेको छ । खानपानको गडबढिका कारण स्वास्थमा सामान्य समस्या उत्पन्न हुन सक्नेछ ।

मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) पारीवारका सदस्यहरु मध्ये कसैको स्वास्थमा समस्या उत्पन्न हुन सक्नेछ । आय आर्जनको क्षेत्र मध्यम रहनेछ । जिबन साथीको सहयोगमा गरीएका ब्यापार ब्यवसायमा मनग्य लाभ प्राप्त हुनेछ । अन्य ब्यक्तिको पूर्ण बिश्वास नगर्नु होला । शारीरिक आलस्यताका कारण कार्यक्षेत्रमा अपजसको सम्भाबना रहनेछ ।

कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द) झुटा आरोपको सम्भाबना रहेकोछ । स्वास्थ क्षेत्रको समस्या जटिल बन्ने योग रहेकोछ । स्वास्थ सम्बन्धि समस्याले सताउन सक्छ बिशेष ध्यान दिनु होला । अरुको कुरामा बिशेष ध्यान नदिनु होला । नजीकका ब्यत्तित्वहरुबाट धोका हुनाले कार्य सम्पादनमा सामान्य झन्झट उत्पन्न हुन सक्नेछ ।

मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) बौधिक क्षेत्रको बिकाशले तपाईको मान सम्मानमा बृद्यि गर्नेछ । भोजभतेर जन्य कार्यमा सहभागीताको योग बन्नेछ । पुराना मित्रजन सगँको भेटघाटले मन हर्षित रहला । बिद्या तथा सन्तान शुख प्राप्ति हुने योग रहेकोछ । आय आर्जनमा बृद्यि गर्नका लागि तपाईले बढी परीश्रम गर्नु पर्न सक्छ ।

पूर्व प्रधानमन्त्री भट्टराईको प्रश्नः ओली र प्रचण्डले एकअर्काले लगाएको आरोप त्यतिकै सकिएला र ?

काठमाडौँ । जनता समाजबादीका अध्यक्ष एबम् पुर्व प्रधानमन्त्री डा बाबुराम भट्टराईले नेकपाको आजको बैठकले नेकपाका दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दहालबीच दुबै प्रस्ताव फिर्ता लिएर छलफल गर्ने भने गरेको सहमतीमा प्रश्न उठाएका छन् ।

डा भट्टराईले ट्वीट गर्दै आजको यक्ष प्रश्नः दुइजनाले एक अर्काका भ्रष्टाचार, गैरकानूनी र अनैतिक हर्कत सार्वजनिक गर्ने र पछि फच्चे भयो अब बॉडीचुॅडी खाऊॅ भन्छन् भने तेश्रो पक्षले के गर्नुपर्ला ? भन्दै आम जनमानसमा प्रश्न उठाएका हुन् । उनले थप्दै भनेका छन्, ‘उनीहरूको आन्तरिक मामिला हो जेसुकै गरून् भन्ने कि यो राज्यको र नागरिक चासोको विषय भएकाले हस्तक्षेप गर्ने ?’ डा भट्टराईले गम्भीर बन्न आह्वानसकेत सरोकारबाला सबैलाई आह्वानसमेत गरेका छन् । डा भट्टराईले ओली र दहालले लगाएका नेकपाको अध्यक्षका हैशियतका आरोप प्रत्यारोप त्यति सजिलै मिल्न नहुने तर्क गर्न खोजेका छन् ।
डा भट्टराईको ट्वीटः आजको यक्ष प्रश्नः दुइजनाले एक अर्काका भ्रष्टाचार, गैरकानूनी र अनैतिक हर्कत सार्वजनिक गर्ने र पछि फच्चे भयो अब बॉडीचुॅडी खाऊॅ भन्छन् भने तेश्रो पक्षले के गर्नुपर्ला ? उनीहरूको आन्तरिक मामिला हो जेसुकै गरून् भन्ने कि यो राज्यको र नागरिक चासोको विषय भएकाले हस्तक्षेप गर्ने ? गम्भीर बनौं !

नेकपा स्थायी कमिटीको बैठक पुस ५ गते बस्ने

काठमाडौँ । अब नेकपाको स्थायी कमिटीको बैठक पुस ५ गते बस्ने भएको छ । आज बुधबार बसेको नेकपा स्थायी कमिटी बैठक सकिएसँगै अब ५ गते बस्ने भएको हो । भने केन्द्रीय कमिछीको बैठक १० गते बोलाईएको छ ।

बैठकले सरकारले जारी गरेको संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फिर्ता लिने, संसद अधिवेशनको माग गर्दै राष्ट्रपति कार्यालयमा बुझाउन लागिएको आवेदन प्रक्रिया अगाडि नबढाउने र संवैधानिक नियुक्तिहरु सहमतिको आधारमा गर्ने निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए ।

बुधबारको स्थायी कमिटीको बैठकमा नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार संवैधानिक परिषदको बैठकमा संवैधानिक निकायमा नियुक्तिसम्बन्धी कुनै निर्णय नभएको पनि जानकारी गराएका श्रेष्ठले बताए ।

‘रोपवे सञ्चालन गर्नेतर्फ सम्भाव्यता अध्ययन गरिने’ मन्त्री फुयाल

काठमाडौँ । वाग्मती प्रदेशका भौतिक पूर्वाधार तथा विकासमन्त्री रामेश्वर फुयालले पुरानो एकमात्र बन्द रहेको हेटौँडादेखि काठमाडौँ जोड्ने ४२ किलोमिटर लामो रोपवेको सम्भाव्यता अध्ययन गरी पुनः सञ्चालनमा ल्याउन प्रदेश सरकारले तयारी गरेको बताउनुभयो ।

उहाँले आज रासससँग संक्षिप्त कुराकानी गर्दै प्रदेश सरकारले रोपवे सञ्चालनमा ल्याउन गत असारमा चालु आव २०७७÷०७८ को बजेट विनियोजन कार्यक्रममा समावेश गरिएनुसार अत्याधुनिक प्रविधिबाट सञ्चालनमा ल्याउनतर्फ प्राविधिकसँग अहिले छलफल भइरहेको बताउनुभयो । उहाँले प्राविधिकले दिएको सुझाव र कार्यतालिकाअनुसार बजेट विनियोजन गरी विभिन्न उपकरणका साथै केबुलतार जडान गर्न प्राविधि छिट्टै परिचालन गरिने उल्लेख गर्नुभयो ।

अमेरिकन सरकारको सहयोगमा सञ्चालित नेपाल रोपवे विसं २०२० देखि हेटौँडा–काठमाडौँको सामान ढुवानी गर्ने कार्यमा सञ्चालित रहँदै आएको थियो । हेटौँडादेखि विभिन्न स्टेशनमा केबुलतारका साथै केही उपकरणमा आएको खराबीले गर्दा विसं २०५६ जेठदेखि रोपवे सञ्चालनमा अवरोध आई बन्द गर्न बाध्यता आइपरेको थियो । काठमाडौँको टेकु, मातातीर्थ, टङ्ला हुँदै मकवानपुरको फाखेल, देउरालीलगायत सातवटा स्टेशनमा मर्मतसम्भार, नयाँ तारको केबल फेर्ने र सामान ढुवानी गर्ने ट्रली नयाँ खरिद गरी सञ्चालनमा ल्याउन प्राविधिकले सम्बन्धित निकायसँग सम्पर्क गरिरहेको भौतिक तथा पूर्वाधार विकास मन्त्रालयका शाखा अधिकृत हरिप्रसाद उप्रेतीले बताउनुभयो ।

पुरानो रोपवे सञ्चालनको अवस्थामा हेटौँडाबाट जिल्लाको फाखेल, सिस्नेरी, इपा, पञ्चकन्या, कुलेखानीका स्थानीय बासिन्दालाई दैनिक खाद्यान्न, तरकारी, लत्ताकपडा, सिमेन्ट, जस्तापाता र औषधि अत्यन्तै सुपथ मूल्यमा ढुवानी गर्दै आएको हेटौँडाका किराना व्यवसायी प्रभाकर पाण्डेले जनाउनुभयो ।

यसैगरी हेटौँडाबाट काठमाडौँको टेकुतर्फ स्थानीय व्यापारीले सिमेन्ट, खाद्यान्न, लत्ताकपडा, जस्तापाता, मार्बल, औषधि, इन्धन ढुवानी गरी सुपथ मूल्यमा पठाउने गरेको पनि मकवानपुर उद्योग वाणिज्य सङ्घका वरिष्ठ उपाध्यक्ष माधव न्यौपानेले बताउनुभयो

११ सहसचिवको सरुवा

काठमाडौँ । ११ जना सहसचिवको सरुवा भएको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विभिन्न मन्त्रालय तथा कार्यालयमा कार्यरत सहसचिवलाई बुधवार सरुवा गरेको हो ।

मन्त्रालय स्रोतका अनुसार अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सहसचिव एवं प्रवक्ता तारानाथ अधिकारी संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा सरुवा भएका छन् । अर्थ मन्त्रालयका झक्क आचार्य गृह मन्त्रालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सहसचिव छवि रिजाल सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका सहसचिव बुद्ध गुरुङ प्रधानमन्त्री कार्यालयमा सरुवा भएका हुन्।

त्यस्तै श्रम, रोजगार तथा सुरक्षा मन्त्रालयका राजेश पौडेल लोक सेवा आयोगको कार्यालय, राष्ट्रपति कार्यालयका बद्री अधिकारीलाई श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय, सूचना विभागका महानिर्देशक किरणराज शर्मालाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र कर्णाली प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका कमल भट्टराईलाई प्रदेश नम्बर १ को मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा भएका छन् ।

स्रोतका अनुसार प्रदेश नम्बर ३ का मधुसूदन बुर्लाकोटी युवा तथा खेलकुद मन्त्रालयमा सरुवा गरिएको छ भने उनको ठाउँमा गृह मन्त्रालयका नारायण भट्टलाई पठाइएको छ ।

नेपाली अलैँचीका पाँच जातको पहिचान

काठमाडौँ । नेपाली अलैँचीको जात पहिचान गरिएको छ । नेपाली बगानमा खेती गरिने अलैँचीको वर्गीकरण गर्दै आधिकारिकताका लागि कृषि मन्त्रालयमा पठाइएको छ । नेपालमा लामो समयदेखि अलैँची खेती गरिए पनि जात पहिचान भएको थिएन ।

अन्तर्राष्ट्रिय क्षेत्रमा भारतले आफ्नो जातको पहिचान गराएको छ । नेपालमा खेती हुने अलैँची पनि भारतले आफ्नो स्वामित्वमा लिएको छ । नेपालले पनि अन्तर्राष्ट्रिय बजारमा अलैँचीको जात चिनाउन नयाँ जात पहिचान गरेको हो । नेपालमा करीब १४ जातका अलैँची खेती भए पनि अहिले पाँच जातका अलैँची मात्र सिफारिस गरिएको छ । अलैँची विकास केन्द्र, फिक्कलका अनुसार जात अनुमोदन उन्मोचन तथा दर्ता उपसमितिको बैठकले अलैँचीको नाम दर्ताका लागि सिफारिस गरेको हो । केन्द्रका अनुसार अहिले पाँच जातको दर्ता गर्ने र अन्य जात चरणबद्ध रूपमा सिफारिस गरिनेछ । अब सरकारलाई सिफारिस गरिएका अलैँचीको अनुमोदन भएर राजपत्रमा अङ्कित भएपछि औपचारिकरूपमा जातको विभाजन हुन्छ ।

अहिले रामसाई, गोलसाई, डम्बरसाई, जिर्मले र भार्लाङ्गे जातको अलैैँची नेपाली जातका रूपमा दर्ता गर्न सिफारिस गरिएको अलैँची विकास केन्द्रका प्रमुख पदम अधिकारीले बताए । “अब कृषि सचिवको अध्यक्षतामा रहेको बीउ बिजन उन्मोचन समितिको बैठक बसेर ती नामहरु अनुमोदन गरेपछि अलैँचीको नेपाली जातले पूर्णता पाउँछ”, अधिकारीले भने, “अहिलेसम्म नेपालमा खेती गरियो तर जात दर्ता गरिएको थिएन, अब भने नेपाली जातको अलैँचीलाई कसैले मेरो भनेर दाबी गर्न पाउँदैन ।”

केन्द्र प्रमुख अधिकारीका अनुसार रामसाई जातको अलैैँची विसं १८५० मा नेपालमा खेती भएको मानिएको छ । प्रतिरोपनी ३१ किलो उत्पादन हुने यो अलैँची अहिले छ हजार हेक्टरमा खेती हुने गरेको छ । सोही उचाइमा खेती हुने अर्को जात भार्लाङ्गे पनि विशेषगरी इलामको प्याङ, जमुना, माबु र गोर्खेमा खेती हुने गरेको छ । प्रतिरोपनी ४५ किलो उत्पादन हुने यो जातको अलैँची तीन हजार हेक्टर जमिनमा खेती गरिन्छ ।

गोलसाई जातको अलैँचीको नेपालको पूर्वी पहाडमा विसं १८५० देखि खेती थालिएको हो । यो अलैँची समुद्री सतहदेखि एक हजार २०० देखि एक हजार ६०० मिटर उचाइसम्म खेती हुने गरेको छ । प्रतिरोपनी ३५ किलो उत्पादन हुने यो अलैँची ५९ हजार हेक्टरमा खेती हुन्छ । यस्तै अर्को जात डम्बरसाई पनि किसानले धेरै रुचाएको जनाइएको छ । एक सय ७० वर्षअघि शुरु गरिएकोे प्रतिरोपनी ३५ किलोका दरले उत्पादन हुने डम्बरसाई अलैँची अहिले एक हजार ५०० हेक्टर क्षेत्रफल जमिनमा रोपिएको छ । यो अलैँची पनि ६०० देखि एक हजार २०० मिटर उचाइभित्र खेती हुने गरेको छ ।

पाथिभरामाताले सबैको रक्षा गरुन, आज मंगलबारको राशिफल

आज श्री शाके १९४२ बि.स.२०७७ साल मंसिर ३० गते मंगलबार इश्वी सन २०२० डिसेम्बर १५ तारीख मार्गशीर्ष शुक्लपक्ष प्रतिपदा तिथी मूल नक्षत्र गण्ड योग तैतिल करण चन्द्रमां धनु राशिमा आनन्दादि योगमा छत्र योग प्रमादीनाम संवत्सर सुर्य दक्षिणायन हेमन्त ऋतु मसान्त (ज्यो.प.सरोज घिमिरे)
मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
कार्य कुसलतालको क्षेत्रबाट मान्यजनको मन जित्न सफल रहने योग रहेको छ । मनोरञ्जनमुलक यात्रा को सम्भाबना रहेकोछ । भौतिक शुःख साधन प्राप्त हुने योग रहेकोछ । पारीवारिक सम्बन्धमा सुधार आउनेछ । भोगबिलासीताका साधनको क्षेत्रमा समय ब्यतित हुनेछ । वाणिमा मधुरता छाउनेछ ।

बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)

कार्य क्षेत्रमा लगाईएको कर्मको प्रतिफल प्राप्तीका निम्ती सामान्य प्रतिक्क्षा गर्नु पर्नेछ । मनोबिलासिताका सामान खरीद योग रहेको छ । दाम्पत्य सम्बन्ध बिच सामान्य मनमुटाब रहला । बाणी तथा स्वास्थका क्षेत्रमा ध्यान दिएको बेश हूनेछ । दाजु भाई तथा इष्ट मित्र बिच सम्बन्ध सुधार रहनेछ ।

मीथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह)

खुशिको खवरको श्रवणले मन प्रशन्न रहला ।स्तान्तरण को योग रहको छ । पारीवारीक सम्बन्ध सुमधुर रहनेछ । ब्यापार ब्यबसायका निम्ती समय उत्तम रहेको छ । नजिकका ब्यक्ति बाट बिश्वासघात हुन सक्छ । शारिरीक आलस्यताका कारण कार्य सम्पादनमा सामान्य ढिलाईको योग रहकोछ ।

कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

समयको सदुपयोग गर्न नसक्नाले मित्रजनहरु बिच पछि परीने योग रहेकोछ । मनोबिलासिताका सामान खरीद योग रहेको छ । स्वास्थ सम्बन्धि समस्याले सताउन सक्छ । खर्च नियन्त्रण गर्न गारो पर्न सक्ला । आफन्त जनहरु टाढिन सक्छन । मान्यजनको साथ सहयोग बाट बिग्रन लागेको काम बन्नेछ ।

सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

लगनसिलता अनुरुप फल प्राप्ती नहुनाले मनमा खिन्नता बोध हुनेछ । सहि निर्णय गर्न नसक्नाले सामान्य अप्जस सहनु पर्ला । मानसिक चन्चताले बिद्या असफल रहला । मित्र जनको सहयोग बाट मन प्रशन्न रहला । नयाँ कामको थालनि हुन सक्छ । बोलिको कारण साथि भाई टाढिन सक्छन ।

कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)

पारीवारीक शुख प्राप्त रहनेछ । मेहेनत को रामा्रे फल प्राप्त हु्नेछ । खानपानमा बिशेष ध्यान दिनुहोला । ब्यापार ब्यबसायमा रामा्रे समय रहेको छ । भोगबिलासीताका क्षेत्रमा मन जानेछ । हतासमा गरीएका निर्णयले असफल बनाउन सक्नेछ । नयाँ कामको थालनि गर्न राम्रो समय रहेको छ ।

तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते)

समयको सदुपयोग गर्न नसक्नाले मित्रजनहरु बिच पछि परीने योग रहेकोछ । कामको क्षेत्रमा सामान्य ढिलाई रहन सक्छ । यात्रामा सामान्य झन्जट आउन सक्छ । बल तथा पराक्रम बृद्धि हुने छ । आम्दानि क्षेत्र उत्तम रहने योग रहेको छ । मान्यजनको साथ छुट्नाले सामान्य चिन्ता सहनु पर्ला ।

बृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

दाजुभाई बिच मनमुटाब रहन सक्ला । कामको क्षेत्रबाट सामान्य झन्जट ब्यर्होनु पर्ला । भोगबिलासमा समय ब्यतित हुनेछ । कार्य सम्पादनमा गोप्यताको आवश्यक रहनेछ । मालसामान हराउन सक्ला । मित्र जनको साथ सहयोग बाट बिग्रन लागेको काम बन्ने योग रहेको छ ।

धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)

मान्यजनको साथ सहयोग प्राप्त होला । दाम्पत्य जिवन शुखमय बित्नेछ । बोलिको प्रभाबको कारण मान्यजन को साथ पाईनेछ । कार्यक्षेत्रमा लगाईएको लगन शिलताको कदर हुनाले सामान्य मान सम्मान प्राप्तीको योग रहेकोछ । ब्यापार ब्यबसायमा रामा्रे समय रहेको छ ।

मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)

अनावश्यक क्षेत्रमा सन्चित रकम खर्चको योग रहेको छ । मालसामान हराउन सक्ला । नयाँ कामको थालनि नगरे कै बेश होला । कामको क्षेत्रबाट सामान्य झन्जट ब्यर्होनु पर्ला । निर्णय गर्ने क्षमतामा बृद्धि हुनेछ । मनोरञ्जनका श्रोत साधनको प्रयोगका क्षेत्रमा समय ब्यतित रहनेछ ।

कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द)

आम्दानि क्षेत्रमा बृद्धि हुने योग रहेको छ । गरिरहेको काममा त्यती मन नलाग्नाने सामान्य अप्जस आईपर्ने छ । ब्यापार ब्यबसायमा रामा्रे समय रहेको छ । अध्यन अध्यापनका क्षेत्रमा प्रयोग गरीएको समयले साथ दिनेछ । कुराकाट्ने हरुको बृद्धि हुनेछ । प्रेमी प्रेमीका बिच मनमुटाब रहन सक्छ ।

मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)

बिद्या प्राप्ति को योग रहेको छ । पारीवारिक झमेला ले सताउनेछ । सहि समयमा सहि निर्णय गर्न सकिने छ । सामान्य बादबिवादमा फस्न सकिनेछ । सामाजिक कार्यका क्षेत्रमा हाल नहालेकै बेश रहनेछ । नयाँ कार्य क्षेत्रको लागी लगानि गर्ने समय रहेको छ । मित्रजनको सहयोग प्राप्त हुनेछ ।

‘असम्भव भन्ने शब्द मुर्खहरुको शब्दकोषमा मात्र हुन्छ’ नेपोलियनका बोनापार्टका प्रेरक भनाइहरु

नेपोलियन बोनापार्ट एक फ्रान्सेली सैनिक तथा राजनीतिक नेता थिए जसले पछिल्लो फ्रान्सेली क्रान्ति तथा यससँग सम्बन्धित युद्धका समयमा ख्याति कमाए । उनी एक महान ऐतिहासिक कमान्डर हुन् जसले सञ्चालन गरेका अभियानहरु विश्वभरका सैन्य विद्यालयहरुमा अध्ययन गरिए ।

उनका केही प्रेरक भनाईहरुः
एउटै शुत्रसँग बारम्बा नलड । यदि त्यसो गर्यौ भने उसले तिम्रो लड्ने कता सिक्नेछ र तिमीलाई नै पराजित गरिदिनेछ ।


तिमीले आफ्ना पखेटा नखोलुन्जेल, तिमी कति माथिसम्म उड्न सक्छौ भन्ने थाहा पाउन सक्दैनौँ ।


बेबकुफ व्यक्ति विगतका कुरा गरेर बस्छ, बुद्धिमान व्यक्ति वर्तमानमा व्यस्त रहन्छ र मुर्ख व्यक्ति भविष्ष्यका गफ मात्र हाँकेर बस्छ ।


प्राकृतिक मृत्यु भनेको केहीपनि होइन । तर हरेक दिन पराजित भएर बाच्नु भनेको मर्नु हो ।


ठूलो सफलता हासिल गर्नको लागि आफ्नो मूख्य सुत्र हरेक दश वर्षमा परिर्वतन गर्नुपर्छ


यदि तिमीले एकपटक आफ्नो मनस्थिति बनायौँ भने त्यसमा अडिग बन। यदि ‘र’ ‘तर’ शब्दलाई त्यसमा नजोड


साथीलाई यो सम्झेर आप्mना कुराहरु खोल की, उ कुनै पनि बेला तिम्रो शत्रु बन्न सक्छ ।


शरीरलाई सबैभन्दा राम्रो उपचार भनेको शान्त दिमाग


मृत्युले होइन, उसले गरेको कामको कारणले व्यक्त शहिद बन्छ ।

यदि मलाई धर्म छान्न दिइन्छ भने, संसारलाई समान हिसाबले जीवन दिने सूर्यलाई आफ्नो भगवान मान्ने थिए ।

मर्नु भन्दा सहेर बाँच्नको लागि बढी हिम्मत चाहिन्छ ।


यति तिमी सफल हुन चाहन्छौ भने, सबैकुरामा प्रतिबद्ध बन तर आफ्नो योजना अरुलाई नबाँड ।
निरन्तर अभ्यासले विजय प्राप्त गर्छ ।


जो व्यक्त जित्नको लागि अगाडी बढ्न डराउँछ, त्यो व्यक्तिको हार निश्चित हुन्छ ।


तिमी मलाई असल आमा देउ, म तिमीलाई असल राष्ट्र दिने छु ।


संसारले दुःख भोग्नुको कारण खराब व्यक्तिको आतंक नभई असल मान्छेको मौनता हो ।


एउटा साँचो मानवले कसैलाई पनि घृणा गर्दैन ।


कल्पनाले नै संसारमाथी सासन गर्दछ ।


गरिबनै रहने पक्का उपाय हो, इमान्दार हुनु ।


त्यहाँ जम्म दुई शक्ति छन्, जसले मानवलाई अघि धकेल्दछ, भय र इच्छा ।

शिव भगवानको दशर्न गर्नुहोस्, आज सोमबारको राशिफल

वि.सं.२०७७ साल मंसिर २९ गते । सोमबार । ईश्वी सन् २०२० डिसेम्बर १४ तारिख । नेपाल संवत् ११४१ । प्रमादी संवत्सर । दक्षिणायन । हेमन्त ऋतु । श्रीशाके १९४२ । मंसिर कृष्णपक्ष । तिथि–औशी,३८ घडी ३१ पला,बेलुकी १० बजेर १२ मिनेट उप्रान्त प्रतिपदा । नक्षत्र–ज्येष्ठा,४४ घडी २३ पला,रातको १२ बजेर ३३ मिनेट उप्रान्त मूल । योग–शूल,४९ घडी २८ पला,रातको ०२ बजेर ३५ मिनेट उप्रँन्त गंड । करण– चतुष्पद,बिहान ११ बजेर ११ मिनेट उप्रान्त नाग,बेलुकी १० बजेर १२ मिनेट उप्रान्त किंस्तुध्न । आनन्दादिमा–पद्य योग । चन्द्रराशि–बृश्चिक । काठमाडौंमा सूर्योदय बिहान ०६ बजेर ४७ मिनेट,सूर्यास्त बेलुकी ०५ बजेर ०८ मिनेट । दिनमान २५ घडी ५२ पला । दर्शश्राद्ध। सोमबारे औंसी। स्नान–दान गर्ने, हलो र निशि बार्ने औंसी।

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)

सामान्य बिवादले अपठरो परिस्थितिमा लैजान सक्छ ध्यान दिनुहोला । पुराना समस्या बल्झने तथा नया समस्याहरु थपिनेछन् । अध्ययन तथा अनुशन्धानमा समय खर्चिए पनि भनेजस्तो उपलब्धि नहुदा तनाब बढ्नेछ । माया प्रेममा एक अर्कालाई अबिश्वास गर्नाले टाडिनु पर्ने बाध्यता आउन सक्छ । व्यापार व्यावसायमा मन्दि आउनेछ भने आर्थिक संकटको सामाना गर्नुपर्नेछ । बिलाशी तथा भौतिक सम्पतिको प्रयोग गर्दा ध्यान दिनुहोला नराम्रा घट्नाहरुको सामना गर्नुपर्ने हुन सक्छ ।

बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)

पढाई लेखाईमा थोरै समय दिदापनि प्रतिस्पर्धिहरुलाई किनारा लगाउदै उत्कृष्ट नतिजा हात लाग्नेछ । जीवन साथिको सहयोेगले आर्थिक व्यावस्थापनका मुद्दाहरु हलगर्दै सम्बृद्धिको बाटोमा लम्कन सकिनेछ । मायाप्रेममा गर्ने जोडिहरुले आफ्नो सम्बन्धलाई बिबाहमा रुपान्तरण गरि अगाडि बढ्ने सहमती जुट्नेछ । थोरै स्रोत साधनको प्रयोगबाट असिमित आवस्यक्ताहरु पुरा गर्नसकिनेछ ।

मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा)

बिद्या तथा प्रतिष्पर्धामा प्रतिष्पर्धिहरुलाई उछिन्दै नतिजा आफ्नो पोल्टोमा पार्न सकिनेछ । माया प्रेममा रमाउन चाहनेहरुका लागि समयले साध दिनेछ भने आफन्तजन सँग बिग्रिएको सम्बन्धमा सुधार आउनेछ । व्यापार व्यावसाय फस्टाएर जाने हुनाले आर्थिक व्यावस्थापनका मुद्दाहरु हल भएर जानेछन् । मामा तथा मावली पक्षबाट पनि अपेक्षा अनुसारको सहयोग पाईने योग रहेकोछ ।

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो)

समयको ख्याल गरेर अगाडि बढेमात्र आर्थिक स्थिति बलियो हुनेछ । माया प्रेममा सामान्य मनमुटाब सिर्जना भएपनि अन्तत एक अर्कालाई बिश्वास गर्दै छुट्दा मन प्रशन्न हुनेछ । आफ्नो कामलाई निरन्तरता दिनुहोला हल्लाको पछि लाग्दा कामहरु बिग्रन सक्छ । भौतिक सम्पति तथा उपाहार प्राप्तीको योग रहेकोछ । आफन्त तथा सन्तानसँग सामान्य बिषयमा बिवाद हुने योग देखिएकोछ ख्याला गर्नुहोला ।

सिहं(मा,मी,मू,मे,मो,टा,टी,टू,टे)

खोज तथा अनुशन्धानको क्षेत्रमा प्रशस्त समय खर्चिय पनि भनेजस्तो नतिजा हात नलाग्न सक्छ । घर परिवार,आफन्त तथा आमासँग घरायसि कुरामा बिवाद सिर्जना हुँन सक्छ ध्यान दिनुहोला । माया प्रेम तथा पति पत्निबिच सामान्य मनमुटाव बढ्ने योग रहेकोछ ध्यान दिनुहोला । कृषि तथा पशुपालन व्यावसायमा समय लगानि गर्नेहरुले मनग्गे आम्दानि गर्न सक्नेछन् ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)

आफ्नो रुचिको बिषयमा दिईयको समयबाट सार्थक नतिजा आउँने हुँनाले मन प्रशन्न रहनेछ । दाजुभाई,छिमेकि तथा सहयोगिहरु सँग मिलेर गरिने कुनै पनि उत्पादन मुलक क्षेत्रमा गरिएको व्यावसाय फस्टाएर जानेछ । माया प्रेममा एक अर्कालाई सहयोग गर्दै अगाडि बढ्न सकिनेछ भने पति पत्निबिच बिश्वासको डोरो अझ कसिलो भएर जानेछ । छोटो दुरिको व्यावसायिक तथा रमाईलो यात्राको तय गर्न सकिनेछ ।

तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते)

खानपानमा ध्यान नदिदा स्वास्थ्यमा समस्या आउनेछ । माया प्रेममा धोका हुनेछ भने पति पत्निबिच बिश्वासको बाताबरण गुम्ने खतरा रहेको छ । पढाई लेखाईमा खासै ध्यान नजाँदा बिद्या तथा प्रतिश्पर्धामा अरुभन्दा पछि परिनेछ । कुटुम्बसँग मनमुटाब बढ्ने हुँदा आजको दिन टाढानै रहनु राम्रो रहेको छ । व्यापार व्यावसायमा नाफा कमाउन प्रसस्त समय खर्चिनु पर्नेछ । बोल्दा ख्याल गर्नुहोला तपाईको आजको निर्णय आत्मघाति पनि हुन सक्छ ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)

लामो समयदेखि भेट नभएका मित्र आफन्त सँग मिलान हुनेहुनाले मन प्रशन्न रहनेछ । वन्द व्यापार फस्टाएर जाने हुनाले आर्थिक अवस्था सुदृड हुनेछ । राजनितिमा सबैको सहयोग तथा समर्थन पाईने हुनाले पद प्राप्तीको गतिलो योग रहेकोछ । पढाई लेखाईमा मन जानेछ भने नतिजा तपाई आफ्नै पक्षमा पार्न सकिनेछ । माया प्रेममा नजिक हुने समय रहेकोछ भने जीवन साथिको सहयोग पाईने योग रहेकोछ ।

धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)

कमर्शियल निर्णयहरु आजको दिन धाति राख्नु होला किनकी व्यापार व्यावसायमा घाटा लाग्ने योग रहेको छ भने बैदेशिक क्षेत्र सँग सम्बन्धित व्यावसायमा लगनि बढाउँदा प्रशस्त नाँफा कमाउन सकिनेछ । साना तिना कामका अल्झनु पर्दा अध्ययन तथा अध्यापनमा समय दिन सकिने छैन । स्वास्थ्य सम्बन्धि सामान्य समस्या देखा पर्नेछ । यात्रा गर्दा ध्यान दिनुहोला तपाईको यात्रा कष्टपुर्ण हुन सक्छ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)

व्यापार व्यावसायमा दैनिक भन्दा आम्दानि बढ्नेछ भने आम्दानिका स्रोतहरु फराकिला हुनेछन् । सोचेभन्दा बढीनै पारिश्रकिम पाईने हुदा मन प्रशन्न हुनेछ । पैत्रिक धन तथा प्राकृतिक स्रोत साधनको प्रयोग गरि समाजमा दाम तथा नाम दुवै कमाउन सकिनेछ । प्रेम प्रशङगमा रमाउन चाहनहरुका लागि समय उत्तम रहेकोछ । दाजुभाई तथा आफन्तको साथ तथा सहयोग पाईने हुनाले मन प्रशन्न रहनेछ ।

कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा)

व्यापार व्यावसायमा प्रशस्त आम्दानि गर्न सकिनेछ भने नयाँ काम पाउँने तथा नोकरिका पदोन्नति हुँने योग रहेको छ । राजनिति तथा समाजसेवामा जनताको गतिलो समर्थन प्राप्त हुँने तथा पद प्राप्तिको गतिलो योग रहेकोछ । सामाजिक काम गर्ने अवसर जुर्ने हुँनाले मान सम्मान तथा ईज्जत प्रतिष्ठामा बृद्धि भएर जानेछ । पति पत्नि बिचको सम्बन्ध सुदृड हुँनुको साथै माया प्रेमको गाठो गसिलो भएर जानेछ ।

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)

कार्यक्षेत्रमा तपाईको निर्णको चर्को बिरोध हुनसक्छ अलि बढि ध्यान दिनुहोला । व्यापार व्यावसायमा भनेजस्तो नाँफा कमाउँन बढिनै समय खर्चिनु पर्नेछ । पढाई लेखाईमा समय दिय पनि सोचेजस्तो नतिजा नआउँने हुँनाले मन खिन्न हुनेछ । परिवार तथा आफन्तजन लाई समय दिन नसक्दा मनमुटाबको अवस्था सिर्जना हुँन सक्छ ध्यान दिनुहोला । स्वास्थ्य सम्बन्धि सामान्य समस्याले सताउने हुँदा मन चिन्तित रहनेछ ।