प्रकाश सपुतले पाए ‘आदर्श विशेष सम्मान’

काठमाडौँ । आदर्श सञ्चार सहकारी संस्था लिमिटेड बागलुङले यो वर्षको ‘आदर्श विशेष सम्मान’ गायक एवं सर्जक प्रकाश सपुतलाई प्रदान गर्ने निर्णय गरेको छ । सहकारीको १४ औँ वार्षिक साधारणसभाका अवसरमा उक्त सम्मानको घोषणा गरिएको हो । सपुतलाई नगद रु २५ हजार राशिसहित सम्मान गरिने सहकारीले जनाएको छ ।

जिल्लाको काठेखोला गाउँपालिका–३ धम्जामा जन्मनुभएका गायक सुपतलाई लोकसङ्गीतको उत्थानमा पुर्याएको योगदान बापत सम्मान गर्न लागिएको सहकारीका अध्यक्ष हुमाकुमारी जिसी ‘अञ्जु’ले बताइन् ।

गायक सपुतका ‘बोलमाया’, ‘गलबन्दी’, ‘बदला बरीलै’, ‘फुटेका चुरा’, ‘दोहोरी ब्याटल’लगायतका गीत लोकप्रिय छन् । उनी चलचित्र प्रदेशी–२ मा नायकको समेत भूमिकामा देखिँदै छन् । सो चलचित्रको अहिले छायाङ्कन भइरहेको छ ।

उक्त सम्मान छिट्टै विशेष समारोहका बीच गायक सपुतलाई समर्पण गरिने सहकारीका अध्यक्ष जिसीले बताउनुभयो । ‘आदर्श विशेष सम्मान’ यसअघि राष्ट्रिय सहकारी बैंकका केन्द्रीय अध्यक्ष केवी उप्रेती र गण्डकी प्रदेशसभा सदस्य तथा राष्ट्रिय सहकारी महासङ्घका पूर्वसञ्चालक प्रभा कोइरालाई प्रदान गरिएको थियो ।

समाचार लेखेर सरकारको विरोध भएको भन्दै पत्रकार रुहोल्लाह जामलाई मृत्युदण्ड

काठमाडौँ । इरान सरकारले एक पटक निर्वासनमा गएका पत्रकार रुहोल्लाह जामलाई मृत्युदण्ड दिएको छ । अनलाइनबाट देशको आर्थिक स्थितिका बारेमा रुहोल्लाहले समाचार पोष्ट गरेका कारण सन् २०१७ मा सरकारविरोधी प्रदर्शनहरु भएका थिए ।

अल जजिराले सम्प्रेषण गरेको समाचार अनुसार इरानले सन् २०१९ मा पत्रकार जामलाई गिरफ्तार गरेको थियो । इरानी सर्वोच्च अदालतले फैसला सुनाएको चार दिनपछि पत्रकार जामलाई मृत्युदण्ड दिइएको थियो ।

इरानको राज्य नियन्त्रित समाचार संस्था इर्नाका अनुसार पत्रकार जामलाई शनिबार बिहान झुण्ड्याएर मृत्युदण्ड दिइएको थियो ।

पत्रकार जामलाई मृत्युदण्ड दिइनु मानव अधिकारको ठाडो उल्लंघन भएको जनाउँदै रिपोर्टर्स विदाउट बोर्डर्सले आपत्ति जनाएको छ ।

पत्रकार जामले संचालन गरेको टेलिग्राम एप्समा इरानी सरकारले प्रदर्शनकारीमाथि गरेका दुव्र्यवहारको समयरेखा सहित समाचार सामग्री राखिएको छ । त्यसबखत झण्डै एक हजार प्रदर्शनकारीलाई गिरफ्तार गरिएको थियो । त्यसक्रममा झण्डै २०० देखि ४०० व्यक्तिको मृत्यु हुनुका साथै हजारौं व्यक्ति घाइते भएका थिए ।

पूर्व सञ्चारमन्त्री बाँस्कोटाले श्रेष्ठलाई भने नैतिकता के हो? मबाट सिक्नुस्

काठमाडौँ । पूर्वसञ्चारमन्त्री गोकुल बाँस्कोटाले विवाद सिर्जना भएपछि छानविनका लागि बाटो खुला गर्न नेकपाका प्रवक्ता नरायणकाजी श्रेष्ठलाई राजिनामा दिनुपर्ने बताएका छन् । उनले नैतिकता प्रदर्शन गर्न आफूबाट सिक्न सकिने पनि बताए ।

विराटनगरमा पत्रकारसँग कुरा गर्दै बाँस्कोटाले आफूले विवादमा नाम आउनासाथ राजीनामा दिएर छानविनको लागि बाटो खोलेको बताउँदै प्रवक्ता श्रेष्ठलाई आफ्नो मार्ग हिड्न सुझाव दिएका छन् ।

प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओली निकट युवाहरुको भेलामा सरिक हुन विराटनगर पुगेका बाँस्कोटाले प्रधानमन्त्रीबाट ओलीलाई कसैले पनि हटाउन नसक्नेसमेत बताएका छन् । उनले यो कार्यकाल ओलीले पुरा गर्ने बताएका छन् ।

शिव परियारको ‘आँशुको अर्थ–३’ सार्वजनीक

काठमाडौँ । गायक शिव परियारको स्वरमा रहेको ‘तिमिले पो सक्यौ त’ बोलको गितको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

यसअघि आँशुको अर्थ के थाहा र मेरो भागको खुशी तिमिलाई मिलोस् को सफलतापछि आँशुको अर्थ–३ को रुपमा गितलाइ सार्वजनिक गरिएको हो ।

संचारकर्मी रवी अधिकारीको शब्द रहेको गितमा संगीत स्वयंम् गायक परियारको छ । शिव आफैले भिडियोको निर्माण गरेका हुन् ।

गितमा आकाश अधिकारी र स्वस्तीमा खड्का फिर्चड छन् । भिडियोलाई निकेश खड्काले निर्देशन गरेका छन् ।

पाल्पाका रायमाझिको ‘राम्दी पुल’ बोलको गित सार्वजनीक

काठमाडौँ । पाल्पाको झडेवामा जन्मिएका नारायण रायमाझीका परिचय धेरै छन । उनि राम्रो संगीतकार हुन । राम्रो गायक हुन । राम्रो फिल्म मेकर हुन । शब्द रचनामा पनि उत्तिकै प्रखर छन । त्यो भन्दा पनि नेपाली लोक संस्कृतिको संरक्षक र कलाकारका आदरणीय अभिभावक हुन् । हरेक नयाँ पुराना कलाकारहरुलाई रायमाझी उत्तिकै माया गर्नुहुन्छ ।

विश्वव्यापी कोभिड १९ ले परदेशी २ फिल्मको शुटिंग रोकिए सँगै पुराना आफ्ना शृजनाहरुलाई लाईभ रेकर्डिङ मार्फत स्रष्टामाझ पस्किरहेका रायमाझीले यतिबेला निकै लोकप्रिय धेरै नेपालीको मन जित्न सफल ‘राम्दी पुल’ बोलको गित पुनः रेकर्डिंग गरेर सार्वजनिक गर्नुभएको छ ।

रायमाझीका गित प्राय कालजयी छन् । उनका हरेक गितले नेपालको लोक परिवेश बोलेको हुन्छ । माटो र भोगाईका गित हुन्छन । आज साठ्ठी लाख बढी नेपाली आफ्नो रोजीरोटीको लागी परदेशमा मजदुरी गर्न विवश छन् । गीतले तिनै नेपालीको पिडा बोलेको छ । ‘राम्दी पुल’ तरने बित्तिकै बाँचे भेट मरे त यत्तिकै यो गितका हरेक शब्द मुटुमा बिझाउने खालका छन् ।

राम्दी पुलु स्रोताको मनमा राज गरिसकेको गित हो । कल्याण शेरचनले लय दिएको गितमा पुरानी चर्चित गायिका शर्मिला गुरुङ र नारायण रायमाझीले स्वर दिएका छन् । गितको रचना कल्याण शेरचन र स्वयं रायमाझीले गरेका छन् ।

गितको मिक्सिङ श्यामस्वेत रसाईलीले गर्नु भएको भने कलाकारहरु उदिराम खड्का रत्न बिक, धर्म गन्धर्व, विवेक खड्का र बिरमा खड्काको भूमिका रहेको गितको छायांकन मिराज अर्यालले गरेका हुन् । निकै मर्मस्पर्शी उक्त गितको पुरा यहाँ भिडियो हेर्नुसः

मेहनती अनि कुशल प्रशासक घिमिरे भए चीनको महावाणिज्यदूत

काठमाडौ ।चीनको छेन्दूमा महावाणिज्यदूतमा दिनेश कुमार घिमिरे नियुक्त भएका छन् । बिहीबार बसेको मन्त्रीपरिषद्को बैठकले घिमिरेलाई महावाणिज्यदूतमा नियुक्त गरेको हो ।
घिमिरेलाई एक कुशल अनि बिषयबस्तु चाडो बुझ्ने र मेहनती प्रशासका रुपमा सबैले चिन्ने गरेका छ्न।हाल उनी प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयमा कार्यरत थिए। उनले प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयको सह–सचिव, उर्जा मन्त्रालयको सहसचिव ,उद्योग मन्त्रालय देखी प्रमुख जिल्ला अधिकारीको समेत भुमिका सफलतापुर्बक निर्वाह गरि खारिएका राष्ट्रसेवकका रुपमा आफुलाइ स्थापित गराइसकेका छ्न।सहसचिव घिमिरे जहाँ जहाँ बसे जनभावना अनुसार सबैको मनमा रहने गरि बसेका कारण नै सरकारले महावाणिज्यदूतको जिम्मेवारी दिएको छ।उहाँलाई चिन्नेहरु भन्छ्न छिमेकी राष्ट्रमा जिम्मेवारी पूरा गर्न जानुहुने नव नियुक्त महावाणिज्यदूत घिमिरेले दुई देशको कुटनैतिक सम्बन्धमा थप सुधार मात्र होइन नेपालका हितमा महत्त्वपूर्ण योगदान दिनेमा आफुहरु बिश्वस्त रहेको बताउँछन।

ताप दास र कबिताको स्वरमा ज्ञानीमाया र हेरुकाको गोधुली सार्वजनिक (भिडियो सहित)

काठमाडौं । गायक प्रताप दास र गायिका कबिता श्रेष्ठको स्वरमा नयाँ गीत गोधुली सार्वजनिक भएको छ । नव प्रतिभा ज्ञानीमाया तामाङ र हेरुका लामाको अभिनय रहेको गीत शुक्रवार ओएसआर डिजिटलको युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो ।
गीतमा ज्ञानीमाया र हेरुकाको रोमान्सलाई प्रस्तुत गरिएको छ । प्राकृतिक सौन्दर्य सहितको लोकेशनमा खिचिएको गीतमा नव प्रतिभा ज्ञानीमाया र हेरुका लाई रोमान्टिक मुडमा प्रस्तुत गरिएको छ ।
राजेश कुमार श्रेष्ठको शब्द संगीतमा तयार भएको भिडियो गीतलाई भुईसल लामाले निर्माण गरेका हुन् । गीतमा दिनेश पाख्रिनको निर्देशन रहेको छ । अमूल कार्कीको एरेञ्ज रहेको गीतमा तारा थापाको सम्पादन र रामेश्वर हुमागाईको छायाँकन रहेको छ ।

सडकमा मान्छे आएर राजा ल्याउँ भनेको, हामीलाई फालौ भनेको हो,यसको कारण तपाई हो– देउवा

काठमाडौँ । मंगलबार प्रधानमन्त्री केपी ओलीले आह्वान गरेको सर्वदलीय बैठकमा कांग्रेसका सभापति शेरबहादुर देउवाले सडकमा मान्छे आएर राजा ल्याउँ भनेको तपाईलाई हटाउँ भनेको हो भन्दै ओलीलाई पेलेका छन् ।प्रधानमन्त्री निवास बालुवाटारमा भएको सर्वदलीय बैठकमा धारणा राख्दै कांग्रेस सभापति शेरबहादुर देउवाले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाए।

‘सरकारको काम गर्ने गलत शैलीका कारण सडकमा असन्तुष्टि देखिएको छ’, देउवाको भनाइ उद्धृत गर्दै बैठकमा सहभागी कांग्रेस नेता डा। प्रकाशशरण महतले भने, ‘सरकारको गलत कार्यशैलीकै कारण व्यवस्थामा नै प्रश्न उठेको छ। लोकतान्त्रिक व्यवस्थापको विकल्प छैन। तर, सरकारले गरेका गलत काम सच्याउनुपर्छ।’

देउवाले सरकारले कार्यशैली सच्याएमा सडकमा अहिले भइरहेका प्रदर्शन आफैँ रोकिने बताए। उनले व्यवस्था भन्दा पनि सरकारको कामप्रति नागरिक असन्तुष्ट भएको उल्लेख गरे।

देउवाले बैठकमा बोल्ने क्रममा केही दिनअघि तनहुँमा कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलमाथि भएको धडपकडको चर्को शब्दमा निन्दा गरेका छन्। उनले सरकारले यस्ता गलत काम तत्काल रोक्नुपर्नेमा जोड दिए।

त्यसैगरी देउवाले संसद अधिवेशन तत्काल आह्वान गर्नसमेत सरकारसँग माग गरेका छन्। बैठकमा कांग्रेस सभापति देउवासँगै वरिष्ठ नेता रामचन्द्र पौडेल, नेताहरु विजयकुमार गच्छदार, कृष्णप्रसाद सिटौला, डा.महत लगायत सहभागी थिए।

बैठकमा बोल्दै प्रधानमन्त्री ओलीले गणतान्त्रिक शक्तिलाई एक हुन आह्वान गरेका छन्।

जनताको सङ्घर्षबाट प्राप्त सङ्घीय लोकतान्त्रिक गणतन्त्रको उपलब्धिको रक्षाका लागि सबै परिवर्तनकारी दल र शक्ति एक जुट हुन ओलीले आह्वान गरेका हुन्।

सङ्घीय संसद्मा प्रतिनिधित्व गर्ने राष्ट्रि«य दलको सर्वदलीय बैठकमा ओलीले नेताहरुलाई स्वागत गर्दै पछिल्ला दिनमा प्रतिगमनका नाममा भएका संविधानविरोधी र हिंसात्मक घ,,ट,नाको कडा शब्दमा वि,रो,ध गरेका छन्।

बालुवाटारमा भएको बैठकमा कोभिड(१९ विरुद्धको रोकथाम, लोकतान्त्रिक आन्दोलनबाट प्राप्त उपलब्धिको रक्षा, संविधानवि,रो,धी गतिविधिलगायत विषयमा छलफल भएको छ।

छलफलमा प्रधानमन्त्रीले कोभिड–१९ को रोकथाम र नियन्त्रणमा सरकारले गर्दै आएका कामबारे पनि प्रकाश पारेका छन्। बैठकमा सत्तारुढ नेपाल कम्म्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति देउवा, पूर्वप्रधानमन्त्री तथा विभिन्न दलका प्रमुख र प्रतिनिधिको सहभागिता थियो।

नेकपाको विवाद पद खोजेर चुलिएको होइन– नेता नेपाल

काठमाडौँ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधव कुमार नेपालले पार्टिभित्र पदको कारणले विवाद नचुलिएको बताएका छन् । उनले नागरिक न्यूजको फ्रन्टलाईन कार्यक्रममा बोल्दै नेता नेपालले यस्तो बताएका हुन्। उनले भने ‘ यो विवाद पदको विवाद होईन, पदको हानाथाप पनि होईन । यो विवाद पार्टि कसरी चलाउने भन्ने हो, सामुहिक निधित्व अन्र्तगत चलाउने कि क्रान्तिकारी पार्टीको रुपमा चलाउने की विधि संवत् चलाउने कि कसैको व्यक्तिगत रुपमा चलाउने भन्ने विषयमा विवाद भएको हो । उनले थपे ‘मैल वा प्रचण्ड जीले पद खोजेर विवाद चुलिएको होइन। पार्टी कस्तो बनाउने भन्ने विषयमा विवाद चुलिएको हो।’

कार्यक्रममा अहिले पार्टीको विवादको मुख्य कारक प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली रहेको बताएका छन् । उनले भने ‘अहिलेको विवादको कारण नै प्रधानमन्त्री हो। निकास पनि उहाँले नै दिनु पर्छ।’

प्रधानमन्त्री आफैले मन र भावना बुझ्नु पर्ने नेपालको भनाई छ । प्रचण्ड कमरेडले अघि सारको १९ पानाको प्रस्ताव छलफल गर्न योग्य छैन् भनेर उहाँ आफैले अर्को १० पनाको प्रस्ताव ल्याउनु भयो। त्यो विल्कुल ठिक होइन। उहाँलाई बैठक बस्नु पनि सबैले विन्ती लाउनु पर्छ। यसरी कसरी निष्कर्ष निस्किन्छ? ’, उनले भने।

उनले पार्टी कसैको एकल बर्चस्वमा चल्ने वा प्राइभेट कम्पनीको रुपमा चलाउन नपाइने बताए। उनले भने ‘कसैको एकल बर्चस्वको रुपमा चलाउने की प्राइभेट कम्पनीको रुपमा चलाउने हो? यो विषयमा गम्भीर भएर सोच्न पर्ने आवश्यक भएको छ । पार्टी एक दुई जनाको चोचो मोचो मिलाएर चलाउने होइन’, उनले भने।

‘कुनै पनि पार्टीहरु विचार मिल्दा पुर्नगठन हुन्छ र विचार नमिल्दा फुट्छ पनि यो कुनै नौलो कुरा होइन। यो जुनसुकै पार्टीमा पनि लागु हुन्छ। हाम्रो पार्टीमा पनि ठूलो सैधान्तिक मत बाँझिएको छैन्। कस्तो पार्टी बनाउने भन्ने नै अहिले मुल कुरा हो’, नेता नेपालले थपे ।

नेता नेपालले पार्टी भित्रका समस्यालाई कमिटीभित्र प्रस्ट राखेर अघि बढ्नु पर्ने बताए। ‘सबै स्थायी कमिटीका सदस्यहरुले मन लागेको कुरा ओकाल्नुस्। सबैले आफ्नो मन लागेको कुरा ओकाल्नुस्। पार्टीको बैठकमा सबै कुरा रान्नु पर्छ। बैठक भनेपछि एलर्जी भएको छ। कसरी निष्कर्ष निस्किन्छ ?’

शुक्रबार लक्ष्मीमाताको दर्शन् गरेर आजको राशिफल हेर्नुहोस्

२०७७ साल मङ्सिर २६ गते शुक्रबार । ज्योतिष शास्त्रमा जन्म समय अनुसार फलादेश हुन्छ । सोही अनुसार उनीहरुको दैनिकी कस्तो रहन्छ रु भन्ने विषयमा भविष्यवाणी गरिन्छ । तपाईको आजको दिन कस्तो रहनेछ ।

(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) वौद्धिक,प्राज्ञिक तथा सिर्जनात्मक कामबाट भनेजस्तो नतिजा हात पार्न सकिनेछ । धर्म तथा अध्यात्म क्षेत्रमा विशेष रुची बढ्नेछ । दार्शनिक विषयवस्तुमा मन जाने हुनाले फराकिलो ज्ञान आर्जन गर्न सकिनेछ । दाम्पत्य सुख,प्रेम सम्वन्ध तथा पारिवारिक सम्वन्ध सुमधुर हुनेछ । तर पनि काम वा अध्ययनको शिलशीलामा विदेशी भूमीमा हुनुहुन्छ भने सरसफाईमा विशेष ध्यान दिनुहोला ।

वृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) व्यापारमा लगानी गरेपनि तत्काल फाईदा हुनेछैन । आफ्नो काममा भन्दा पनि अरुकै काममा समय व्यतित हुनेछ । महत्वकांक्षी योजनाहरु पुरा गर्न निकै संघर्ष गर्नुपर्नेछ । आफन्त तथा घरपरिवारका सदस्य हरुसँग राय बाजिनेछ । माया प्रेममा धोका तथा विश्वासघात हुनेछ । पढाई लेखाईमा मन नजाँदा अरुभन्दा पछि परिनेछ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) साथीभाई तथा प्रेमीकाको सहयोग पाईनाले मन प्रशन्न रहनेछ । पढाई लेखाईमा उत्कृष्ट नतिजाको साथ अग्र स्थानमा तपाईको नाम आउनेछ । भौतिक स्रोेत साधनको प्रयोग मार्फत व्यक्तित्वलाई निखार्ने अवसर प्राप्त हुनेछ । लामो समयदेखि रोकिएर बसेका कामहरुलाई निरन्तरता दिन सकिनेछ ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) शत्रुमाथी वीजय गर्न सकिनेछ तथा आँट,शाहस,हिम्मतले कामहरु सम्पादन हुनेछन् । अध्ययनमा एक कदम अगाढि बढि नतिजा हात पार्न सकिनेछ । पुराना ऋण तिर्न सकिने तथा रोग केही भए विशेक हुनेछ । मामा मावली पक्षसँग बिग्रेका सम्बन्ध सुधार हुनेछ । पछि सम्म आम्दानी भईरहने व्यावसाय शुरु गर्न सकिनेछ । प्रेमको डोरो कसिलो हुनेछ ।

सिहं (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) पढाई लेखाईमा मन जाने तथा भनेजस्तो नतिजा हात पार्न सकिनेछ । माया प्रेमको डोरो कसिलो हुनेछ भने विभिन्न वस्तु तथा उपहार प्राप्त हुनेछ । आफन्त तथा सन्तानको प्रगतिमा मन रमाउनेछ । वौद्धिक तथा प्राज्ञिक क्षेत्र फराकिलो हुनेछ भने तपाईको प्रश्तुतिले सबैको मन आकर्शित गर्नेछ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) घरजग्गा तथा सवारी साधनको प्रयोग तथा परिचालन गर्दा ध्यान दिनुहोला समय मध्यम रहेको छ । आमा तथा आफन्तसँग मनमुटाव सिर्जना नहोला भन्न सकिन्न । व्यापारमा लगानी गरीहाल्ने समय नरहेकोला केहि समय पर्खनु नै राम्रो हुनेछ । माया प्रेममा धोका तथा शंका बढ्नेछ । राजनीति तथा समाजसेवी हरुका लागि समय मध्यम रहेकोछ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) उत्कृष्ट नतिजा हात पार्न थोरै समय लगानी नै काफी हुनेछ । छोटो तथा रमाईलो यात्राको तय गर्न सकिनेछ । विवादित विषयको निर्णय तयाईकै पक्षमा हुनेछन् । दाजुभाई तथा छिमेकीसँग मिलेर गरीने व्यापार व्यवसाय फस्टाएर जानेछ । भौतिक सम्पत्ती तथा नगद जुट्नाले लगानी गर्ने सहज वातावरण बन्नेछ । प्रेममा सामिप्यता बढेर जानेछ ।

वृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) पहिले लगानी गरेका रकमहरु उठ्ने हुनाले मन प्रशन्न हुनेछ । आफन्त तथा कुटुम्वसँगको सम्बन्धमा सुधार भएर जानेछ भने आफन्तको सहयोगले हरेक क्षेत्रमा प्रगती गर्न सकिनेछ । रमाईलो जमघटमा सामेल भई मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । प्रयत्न गर्दा भैपरी आउने समस्याहरु सहजै समाधान हुनेछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) विद्यार्थिहरुका लागि आजको समय उत्तम रहेकोले नतीजा आफैँतिर ल्याउन सकिनेछ । आफन्त तथा परिवारका साथ रमाईलो यात्रा गर्दै मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर जुर्नेछ । प्रणय सम्बन्धमा सुधारको संकेत देखिनेछ । दैनिक समस्याहरु सुल्झाउँदै बढ्न सकिनेछ । आर्थिक पक्ष मजबुत रहनेछ भने आर्थिक वृद्धिका लागी नयाँ अवसरहरु प्राप्त हुनेछन् ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) दैनिक खर्च बढ्ने तथा भैपरि आउने समस्याले सताउनेछ । स्वास्थ्य सम्बन्धी समस्या बढ्ने तथा उपचार खर्च बढ्ने योग रहेको छ । सापट लगिएका रकम नउठ्नाले दैनिकी असहज हुनेछ । धन तथा भौतिक सम्पत्ती हराउन तथा लुटिन सक्छ ध्यान दिनुहोला । तर पनी काम वा अध्ययनको शिलशीलामा विदेशी भूमिमा हुनुहुन्छ भने सरसफाईमा विशेष ध्यान दिनुहोला ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) ईमान्दार तथा लगनशील भएर लाग्नाले समाजमा राम्रा काम गरी नाम तथा दाम दुबै कमाउन सकिनेछ । कार्यक्षेत्रमा प्रतिष्ठित काम गरी सबैको ध्यान केन्द्रित गर्न सकिनेछ । पढाई लेखाईमा भनेजस्तो नतिजा हात पार्न सकिनेछ । माया प्रेममा रमाउन चाहनेहरुका लागी समय राम्रो रहेको छ ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) राजनीति तथा समाजसेवामा समय लगानी गर्नेहरुका लागि जनताको समर्थन पाईने तथा पद प्राप्तीको योग रहेको छ । व्यवसायमा लगानी बढाई धन आर्जन गर्न सकिनेछ भने विभिन्न अवसरहरुले पछ्याउनेछन् । प्राकृतिक स्रोत तथा सम्पत्तीको प्रयोग गरी आए बढाउन सकिनेछ । पढाई लेखाईमा मन जाने तथा नतिजा आफैँतिर ल्याउन सकिनेछ ।

कमानसिंहको मृत्युको कारण नेकपा प्रवक्ता श्रेष्ठ भएको सनसनिपुर्ण अडियो रेकर्ड सार्वजनीक

काठमाडौँ । कमानसिंह लामाको निधनको मानसिक कारण नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठ भएको दावी लामाको परिवारले गरेको छ । नारायणकाजीले आर्थिक रुपमा डुबाउँदै परिवार बर्बाद पारेपछि मानसिक रुपमा थकित–गलित भएकाले कमानसिंहको इहलीला समाप्त भएको दावी कमानसिंहको परिवारसँग सम्वद्ध केही सदस्यहरुले गरेका हुन् ।

कमानसिंहले नारायणकाजीसँग अढाई करोड रुपैयाँ लिन बाँकी थियो । उनीहरु बीच कुनै कम्पनीमा गासिँदा लेनदनेको कारोबार थियो । सो कम्पनी कुन हो भन्ने खुलेको छैन ।

लेनदेनमा नारायणकाजीले सुसन कर्माचार्य नामकी महिलालाई अगाडि लगाएको बुझिन्छ । सुसन र नारायणकाजी अत्यन्त निकट मित्रका रुपमा परिचित हुन् । नारायणकाजीको राजनीतिक यात्रामा सुसनको निकै राम्रो योगदान भएको ठानिन्छ । सुसनले विगतमा पत्रकारिता पनि गरेकी थिईन ।

अडियो भिडियोबाट के बुझिन्छ भने नारायणकाजीले सुसन मार्फत् पैसा खाइदिएपछि कमानसिंह चकनाचुर भएका हुन् । नाराणकाजीले सुसनलाई अगाडि सारेर अढाई करोड खाइदिएपछि कमानसिंहले सहारा लिन गोप्य रुपमा अडियो भिडियो रेकर्ड गरेर प्रमाण जुटाइन। उनी नारायणकाजीसँग लेनदेनको कुरा गर्न गईन । अडियो भिडियो रेकर्ड गर्न लगाइन । सो अडियो भिडियो सनराइज खबर सार्वजनीक गरेको छ । कमानसिंहको परिवार निकटले सनराइज खबरलाई सो अडियो भिडियो उपलब्ध गराएका हुन् ।

सो अडियो भिडियो कमानसिंह र नारायणकाजीकै हो भन्नेमा विश्वस्त भएपछि मात्र सनराइज खबरले प्रकाशित गरेको बताएको छ । उनीहरुले प्राप्त भिडियो छोटो रहेको र अडियो अझै लामो भएको दाबी गरेका छन् । विस्तृत भिडियो तथा अन्य तथ्य पाउन सनराइज खबर संवाददाताले निरन्तर प्रयास गरिरहेको जनाएका छन् ।

कमानसिंह लामा हक्की र स्पष्टवादी नेताका रुपमा चिनिन्थे । उनी दुई पटक सांसद् बनिसकेका छन्, एकपटक दक्षिण कोरियाको राजदूत समेत बनेका हुन् उता नारायणकाजी श्रेष्ठ भने आदर्शवादी कम्युनिष्ट नेताका रुपमा आफूलाई प्रस्तुत गर्छन् । अविवाहित नारायणकाजी विभिन्न तरिकाले चर्चामा आउने गरेका छन् । सांसद्का रुपमा दशैं भत्ता नलिने भनेर उनले तहल्का मच्चाएका थिए । तर, दशैं तिहार सकिए लगत्तै उहाँ र कमानसिंह बीचको लेनदेन प्रकरण सार्वजनिक भएको हो । कमानसिंहको निधन भएको थिएन भने यो प्रकरण कहिले बाहिर आउँथ्यो भन्न सकिन्न । कमानसिंहले नारायणकाजीसँगको लेनदेन प्रकरण तथा सुसन र इन्द्रमायाका बारे जिवित छँदा निकट व्यक्ति धेरैसँग गुनासो गर्ने गरेका थिए ।

थप समाचारको लागि सनराईजखबर फलो गर्नुहोस्
लिंक: https://sunrisekhabar.com/news-details/22162/2020-12-10?fbclid=IwAR2NmW6gmnEcyFM85rmxB1DPWSTsWxqNoHex00FMMrxa75z63w_LmhvkW08

डीआईजी पोखरेललाई एआईजीमा बढुवा गर्ने मन्त्रिपरिषद‍्को निर्णय

काठमाडौं । नेपाल प्रहरीका नायव महानिरीक्षक (डीआईजी) विश्वराज पोखरेल अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा हुने पक्का भएको छ ।
मन्त्रिपरिषद्को बिहीबार साँझ बसेको गृह मन्त्रालयले गरेको बढुवा सिफारिसलाई सदर गर्ने निर्णय हो । बढुवा समितिले मंसिर १५ मा पछि थपिएको एउटा सिटमा पोखरेललाई बढुवा गर्न सिफारिस गरेको थियो ।

संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिले अतिरिक्त महानिरीक्षक पद थप्ने निर्णय कार्यान्वयन नगर्न सरकारलाई निर्देशन दिएको थियो । तर, सरकारले सो दिर्नेशन बेवास्ता गर्दै पोखरेललाई बढुवा गर्ने निर्णय गरेको छ ।
सरकारको सो निर्णयसँगै वैकल्पिक सूचीका पोखरेल भावी प्रहरी महानिरीक्षक हुने भएका छन् । उनी ०४९ चैतमा इन्स्पेक्टरबाट प्रहरी सेवामा प्रवेश गरेका थिए । प्रहरी नायव उपरिक्षक हुँदा उनको व्याच (१०१ टोली)मा विश्वराज १८ औं बरियतामा थिए । प्रहरी उपरीक्षक बढुवा हुँदा पाँचौ बरियतामा रहेका पोखरेलले प्रहरी वरिष्ठ उपरिक्षक (एसएसपी) हुँदा फड्को हानेर एक नम्बरमा बढुवा भए ।

तत्कालीन डीआईजी शुशील भण्डारीको सवारी दुर्घटनामा निधन भएपछि पोखरेलले अर्को फड्को हाने । आफूभन्दा सिनियर एसएसपीलाई उछिन्दै उनि एकल नायव महानिरीक्षक (डिआईजी) मा बढुवा भएका थिए ।

तीनै तहका निकायमा अर्थपूर्ण महिला सहभागिताको माग

काठमाडौँ । महिला हिंसा विरुद्धको १६ दिने अभियानका क्रममा देशभर विविध कार्यक्रम आयोजना भइरहेका बेला सरोकार भएका निकायका अभियानकर्मीले अर्थपूर्णरूपमा महिलाको सहभागिता हुनुपर्नेमा जोड दिएका छन् ।

ललितपुर बार एसोसिएसनको महिला समिति तथा दिगो समुन्नतिका लागि सबलीकरण (राइज) ले बिहीबार संयुक्तरूपमा आयोजना गरेको ‘महिला नेतृत्व, शक्ति सम्बन्ध तथा महिला मानव अधिकार’ विषयक अन्तरक्रियामा वक्ताहरुले महिला अहिले पनि शोषित, पीडित नै रहेकाले सशक्तीकरण गरी तीनै तहका सरकारका निकायमा सहभागी गराइनुपर्नेमा जोड दिएका हुन् ।

राइजका अध्यक्ष वरिष्ठ अधिवक्ता साधना श्रेष्ठले महिला आर्थिकरूपमा सक्षम भएमात्र उनीहरुको हक अधिकार सुनिश्चित हुने धारणा राखे । आर्थिक दृष्टिकोणले असक्षम हुने बित्तिकै महिलाहरु शोषित हुने गरेको श्रेष्ठले बताए ।

नेपाल बार एसोसिसनका सदस्य रक्षा बस्यालले नेतृत्व तह गम्भीर नभएसम्म महिलाको समस्या समाधान हुन नसक्ने बताए । ललितपुर बारका अध्यक्ष अर्जुन महर्जनले नेपालको संविधानमा महिला हक अधिकारका बारेमा उत्कृष्ट प्रावधान रहेको उल्लेख गर्दै त्यसको कार्यान्वयन आवश्यक भएको बताए । महिला अधिकारकर्मी कोपिला डङ्गोलले राज्यका सबै तह र तप्कामा महिलाको व्यावहारिक प्रतिनिधित्व हुनुपर्ने बताए ।

कार्यक्रममा विभिन्न पेशामा आबद्ध महिला अधिकारकर्मीको सहभागिता रहेको थियो । सहभागी महिलाले तीनै तहका सरकारका विभिन्न निकायमा महिलाको सहभागिता अर्थपूर्णरूपमा बनाइनुपर्नेमा जोड दिएका थिए ।

के तपाईको फेसबुक म्यासेन्जरमा समस्या आएको छ? एकपटक अवश्य पढ्नुहोस्

एजेन्सी । विश्वभर फेसबुक म्यासेन्जर तथा इन्स्टाग्राममा समस्या देखिएको छ । आज दिउसोदेखि धेरै प्रयोगकर्ताहरूले फेसबुक तथा इन्स्टाग्राममा समस्या देखिएको गुनासो गरिरहेका छन् । बिहीबार फेसबुकले सञ्चालन गरेका म्यासेन्जर र इन्स्टाग्राम डाउन भएका हुन् । डाउन डिटेक्टरले जिएमटी अनुसार ९ बजेदेखि यी २ सामाजिक सञ्जालबारे धेरै गुनासो आइरहेको उल्लेख गरेको छ । डाउन डिटेक्टरमा आएका समस्याहरूमध्ये ७९ प्रतिशत फेसबुक म्यासेन्जरको समस्या भएको बताइएको छ । म्यासेन्जरमा म्यासेज पठाउन तथा लग इन गर्नमा समस्या देखिएको बताइएको छ ।३७ प्रतिशतले फेसबुक एपको बारेमा गुनासो राख्दा ३० प्रतिशतले भने लग इनमा समस्या भएको गुनासो टिपाएका छन् ।

घमेश दुलालको प्रमुख आतिथ्यतामा गोकुल राउतको ‘है सानु २ सानु’ लोकार्पण (भिडियो सहित)

काठमाडौँ । गत बुधबार काठमाण्डौको अनामनगर स्थित पाना काफे एण्ड थकाली किचेनको सभाकक्षमा ूहै सानु दुई सानुू बोलको गीतको लोकार्पण भएको छ । उक्त गीत गोकुल राउतको हो । बिगत निकै देखि नेपाली लोक तथा दोहोरी गीत संगीतको क्षेत्रमा क्रियासिल गायक तथा सर्जक गोकुल राउतको ‘है सानु दुई सानु’ बोलको गीत लोकार्पण कार्यक्रम घमेश दुलालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । कार्यक्रममा गायक भोजराज काफ्ले, इन्दिरा गुरुङ्ग, गीता देबी, सिता थापा, सामाजिक अभियन्ता पुण्य गौतम, लगाएत काँठ क्षेत्रका बरिष्ट कलाकारहरुको बाक्लो उपस्थिति रहेको थियो ।

‘है सानु दुई सानु’ बोलको गीतको लोकार्पण कार्यक्रममा पछिल्लो समय कलाकारहरुका सिर्जना प्रयोग गरेर प्रत्यक्ष दोहोरीबाट लाभ लिने युट्युब च्यानललाई सिस्टममा आएर, प्रयोग भएका गीतका सर्जकलाई पनि नमार्न अनुरोध गरिएको छ । उक्त प्रसङ्गमा कार्यक्रमका प्रमुख अतिथि घमेश दुलालले आफु राष्ट्रिय संगीतकर्मी संघको संस्थापक भैरहंदा, जो कोहिले सम्पूर्ण कलाकारहरुको हकहितका निमित्त आवाज बुलन्द गर्छ, उस्लाई पूर्ण सहयोग गर्ने बताएका थिए । यता यसै कार्यक्रमका अध्यक्ष गोकुल राउतले आफ्नो सिर्जना प्रयोग गरेर मोटाउने र सम्बन्धित कलाकारलाई ब्यवास्ता गर्ने च्यानल प्रति आक्रोश ब्यक्त गरेका छन् ।

लोकार्पण भएको गीतमा गुकुल राउत र पार्वती कार्कीको सुमधुर स्वर सुन्न सकिन्छ भने संगीत संयोजन तथा लय शब्द गायक स्वयम् गोकुल राउतले भरेका छन् । प्रस्तुत गीतको म्युजिक भिडियोमा सन्जिब ठकुरी र प्रकृति खड्काको आकर्षक अभिनय देख्न सकिन्छ । भिडियोलाई निर्देशन सन्जिब ठकुरीले गरेका हुन् भने छायांकन प्रकाश खड्का र सम्पादन राजकुमार मगरले गरेका छन् । लोकार्पण कार्यक्रममा उपस्थित सम्पूर्ण कलाकारहरुले गोकुल राउतको यो पछिल्लो सांगीतिक प्रतुतिको लागि सफलताको शुभकामना ब्यक्त गरेका थिए । कार्यक्रमलाई लोकप्रिय गायिका तथा संचारकर्मी सोभा त्रिपाठीले संचालन गरेकी थिइन् ।