जापानमा थप ७०० अर्ब डलरको आर्थिक प्याकेज

काठमाडौँ । जापानका प्रधानमन्त्री योसिहिदे सुगाले कोरोनाभाइरसका कारण सिर्जित चुनौतीलाई सम्बोधन गर्नेगरी मंगलबार थप आर्थिक प्याकेज ल्याइने घोषणा गरेका छन् ।

सरकार र सत्तारुढ पार्टीको बैठकमा सम्बोधन गर्दै प्रधानमन्त्री सुगाले रोजगारी कायम राख्ने, व्यवसायलाई निरन्तरता दिने, अर्थव्यवस्थालाई पुनर्जीवित तुल्याउने तथा हरित एवं डिजिटल प्रविधि लगायतको विकासको ढोका खोलिने बताए ।

उनले सरकारले अघि सार्न लागेको आर्थिक प्याकेज ७०७ अर्ब अमेरिकी डलरको हुने जानकारी दिए । यस आर्थिक प्याकेजबाट कोभिड–१९ महामारीबाट सिर्जित नकारात्मक आर्थिक प्रभावलाई कम गर्न सहयोग पुग्ने प्रधानमन्त्री सुगाले विश्वास व्यक्त गरे ।

आजै मंगलबार मन्त्री परिषदको बैठकले नयाँ आर्थिक प्याकेजलाई अनुमोदन गर्नेछ ।

यस्तो छ यी पाँच मन्त्रालयको चौमासको प्रगति विवराण्

काठमाडौँ । विभिन्न मन्त्रालयहरूको चौमासिक प्रगति विवरण प्रस्तुति सहितको राष्ट्रिय विकास समस्या समाधान उपसमितिको बैठक सोमवारदेखि सुरु भएको छ । उपसमितिका अध्यक्ष एवं राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.डा. पुष्पराज कँडेलको अध्यक्षतामा भर्चुअल बैठक सुरु भएको हो । सोमबार बसेको सोही बैठकमा पहिलो दिन भौतिक पूर्वाधार, तथा यातायात, रक्षा, ऊर्जा, जलस्रोत तथा सिँचाई, महिला बालबालिका तथा ज्येष्ठ नागरिक र युवा तथा खेलकुद मन्त्रालयले आफ्नो प्रथम चौमासिक प्रगति विवरण प्रस्तुत गरेका छन् ।

भौतिक पूर्वाधार, तथा यातायात मन्त्रालयको वित्तीय प्रगति ४०.९४ प्रतिशत र भौतिक प्रगति ४२.६६ प्रतिशत पुरा भएको मन्त्रालयका सचिव रविन्द्र नाथ श्रेष्ठले बैठकमा सार्वजनीक गरेका छन् । जस अनुसार सडक विभागको वित्तिय प्रगति ४३ प्रतिशत, भौतिक प्रगति ४६.४ प्रतिशत, रेल विभागको वित्तिय प्रगति २७.६३ प्रतिशत र भौतिक प्रगति २७.६३ प्रतिशत, यातायात व्यवस्था विभागको वित्तिय प्रगति २.३२ प्रतिशत, नेपाल पानी जहाज कार्यालयको वित्तिय प्रगति ०.४७ प्रतिशत र भौतिक प्रगति ०.८४ प्रतिशत रहेको छ ।

त्यस्तै रक्षा मन्त्रालयको वित्तीय प्रगति ३४.५७ प्रतिशत र भौतिक ३३.६३ प्रगति रहेको मन्त्रालयका सचिव रेश्मीराज पाण्डेले प्रस्तुत गरेका छन् ।

ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालयको वित्तीय प्रगति ६७.७३ प्रतिशत र भौतिक प्रगति ७६.७४ प्रतिशत रहेकोमा ऊर्जा तर्फ वित्तीय प्रगति ७८ प्रतिशत र भौतिक प्रगति ७७.८८ प्रतिशत, जलस्रोत तथा सिँचाई तर्फ वित्तीय प्रगति ४२.६६ प्रतिशत र भौतिक प्रगति ७३.६४ प्रतिशत रहेको सहसचिव नुर मोहम्मद खाँले प्रस्तुत गरेका थिए ।

महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको वित्तीय प्रगति ३०.३८ प्रतिशत भएको सहसचिव बुद्ध गुरुङले प्रस्तुतीकरण गरेका थिए ।

त्यस्तै युवा तथा खेलकुद मन्त्रालयको वित्तीय प्रगति ८५.२२ प्रतिशत र भौतिक प्रगति ९५.१० प्रतिशत पुराभएको सचिव रामप्रसाद थपलियाले प्रस्तुत गरेका थिए ।

बैठकमा सचिवहरूले विकास निर्माणका सवालमा भोग्दै आएका नीतिगत तथा कानुनी समस्या र आफ्नो मन्त्रालयको तर्फबाट राष्ट्रिय विकास समस्या समाधान समितिको बैठकमा प्रस्तुत गर्नुपर्ने एजेण्डा समेत छलफलका लागि प्रस्तुत गरेका थिए ।

बैठकमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.डा पुष्पराज कँडेल, सदस्यहरू डा. कृष्णप्रसाद ओली, डा. दिलबहादुर गुरुङ, डा. उषा झा, मीनबहादुर शाही, डा. रामकुमार फुयाँल, सदस्य सचिव केवल प्रसाद भण्डारी, प्रधानमन्त्री कार्यालय, महालेखा नियन्त्रक कार्यालय, अर्थ मन्त्रालय, राष्ट्रिय योजना आयोग लगायत कार्यालयका सम्बद्ध पदाधिकारीहरूको सहभागिता रहेको थियो । बैठक मङ्सिर २६ गतेसम्म सञ्चालन हुने राष्ट्रिय योजना आयोगका प्रवक्ता मीनबहादुर शाहीले जानकारी दिए ।

प्रधानमन्त्री ओलीद्धारा सर्वदलीय बैठकको आह्वान

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वदलीय बैठकको आह्वान गरेका छन् । ओलीले आज ११ बजेको लागि सर्वदलीय बैठकको आह्वान गरेका हुन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा समसामयिक राष्ट्रिय राजनीतिका विषयमा संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूको बैठक आयोजना गरिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिएका छन् ।

ठुला निर्णय लिनुपर्ने वा राष्ट्रिय एकता दर्साउनुपर्ने अवस्थामा सर्वदलीय बैठक बोलाउने प्रचलन छ।

प्राधिकरणका सय कर्मचारीको सरुवा

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणका १ सय जना कर्मचारीको सरुवा भएको छ । प्राधिकरणले आफ्ना कर्मचारीलाई आइतबार छैटौँदेखि दशौँ तहसम्म सरुवा तथा पदस्थापन गरेको हो।

मङ्सिर २१ गतेको निर्णय अनुसार विभिन्न तहका कर्मचारी सरुवा, काज, तथा पदस्थापन गरिएको प्राधिकरणले जनाएको छ ।

https://drive.google.com/file/d/1KReBkfZXNz4iFbPuUBAu4wjisJz6RAaF/view

मंगलबार गणेशभगवानको दर्शन् गर्नुहोस्, आज २३ गतेको राशिफल

वि.सं.२०७७ साल मंसिर २३ गते । मंगलबार । ईश्वी सन् २०२० डिसेम्बर ०८ तारिख । नेपाल संवत् ११४१ । प्रमादी संवत्सर । दक्षिणायन । हेमन्त ऋतु । श्रीशाके १९४२ । मंसिर कृष्णपक्ष । तिथि–अष्टमी,१७ घडी १० पला,दिउसो ०१ बजेर ३६ मिनेट उप्रान्त नवमी । नक्षत्र–पूर्र्वाफाल्गुनी,१० घडी ५२ पला,बिहान ११ बजेर ०५ मिनेट उप्रान्त उत्तरफाल्गुनी । योग–प्रिती,४२ घडी ३९ पला,बेलुकी ११ बजेर ४७ मिनेट उप्रँन्त आयुष्मान । करण–कौलव,दिउसो ०१ बजेर ३६ मिनेट उप्रान्त तैतिल,रातको १२ बजेर ३९ मिनेट उप्रान्त गर । आनन्दादिमा–धुम्र योग । चन्द्रराशि–सिंह,बेलुकी ०४ बजेर ४७ मिनेट उप्रान्त कन्या । काठमाडौंमा सूर्योदय बिहान ०६ बजेर ४३ मिनेट,सूर्यास्त बेलुकी ०५ बजेर ०७ मिनेट । दिनमान २५ घडी ५८ पला ।

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ)

बिद्या तथा प्रतिष्पर्धामा प्रतिष्पर्धिहरु सँग हुने स्वस्थ्य प्रतिष्पर्धामा अन्तत तपाईकै नाम अग्र स्थानमा आउनेछ । स्कुल,कलेज,बैक तथा बित्तिय क्षेत्रमा गरिएको लगानिबाट मनग्गे आम्दानि हुनेछ । शेयर बजारमा गरिएको लगानिमा केह सुधारको संकेत देखिनेछ । माया प्रेममा नजिक भई भावना साटासाट गर्न सकिनेछ । तपाईको कामदखि अग्रज तथा गुरुवर्गहरु खुसि हुनुहुनेछ भने चिठ्ठा तथा उपहार प्राप्तीको गतिलो सम्भावना रहेकोछ ।

बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)

आमा वा आमा सोसरहका मानिसको सल्लाह तथा सुझाबलाई शिरोधार्य गर्दै अगाडि बढ्न सके उपलब्धि हुँने काम गर्न सकिनेछ । कृषि तथा पशुपान व्यावसायमा लगानि बढाई मनग्गे आम्दानि गर्न सकिनेछ भने पढाई लेखाईमा अरुदिन भन्दा बढि समय दिन सक्दा सफलता हात लाग्नेछ । प्रेम प्रशङगमा खुलेर रम्ने समय नरहेकोले ध्यान दिनुहोला ।

मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा)

रोकिएका कामहरु बन्ने तथा नया काम सुरु गरि मनग्गे धन आर्जन गर्न सकिनेछ । प्रेममा नजिक हुने तथा जीवन साथिको सहयोगले उत्तम काम गर्न सकिनेछ । समस्या समाधानका लागि चालिएका कदमबाट परिणाममुखि नतिजा आउने हुनाले मन प्रशन्न रहनेछ । व्यापार व्यावसाय फस्टाएर जानेछ भने मनग्गे आम्दानि हुनेछ । छोटो दुरिको उपलब्धिमुलक व्यावसायिक यात्रा हुनेछ ।

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो)

थोरै समय र सानो लगानि गरी शुरु गरिने व्यावसायबाट भनेजस्तो आम्दानि गर्न सकिनेछ । आफन्त तथा कुटुम्ब सँग भेटि नया कामको योजना बुन्न सकिनेछ । पारिवारिक सभा समारोहमा सहभागि भई स्वादिष्ट भोजनका साथ रम्न सकिनेछ । प्रणय सम्बन्धमा सुधार आउनुको साथै नया ठाउबाट प्रेम प्रस्ताब आउने प्रवल सम्भावना रहेकोछ । राजनिति तथा समाजसेवामा समय खर्चिनेहरुले अलि बढि मेहनेत गरे जनताको मन जित्न सकिनेछ ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)

राम्रा पहिरनले अरुको मन आफुतिर लोभ्याउन सकिनेछ । नया प्रबिधिको प्रयोग मार्फत आफुलाई अब्बल साबित गर्न सकिनेछ । नयाँ कामको प्रस्ताब आउनेछ भने नया प्रकृतिको काम थालनि गरि मनग्गे आम्दानि गर्न सकिनेछ । परिवारका साथ मिष्टान्न भोजनका साथ समय व्यातित गर्न सकिनेछ । धर्म तथा यस्तै कार्यक्रममा सहभागि हुने अवसर जुर्नेछ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)

माया प्रेममा एक अर्कालाई शंका तथा अबिश्वास गर्दा समस्या आउन सक्छ ध्यान दिनुहोला । कानुन तथा निति नियमको उल्लङघन गर्दा जरिवाना तिर्नु पर्ने हुनसक्छ । आफन्त तथा अग्रजहरु सँग राय बाजिने तथा बिछोड सम्मको अवस्या आउन सक्छ । बिदेशी लगानि बाट सञ्चालित सस्थाहरुमा काम पाउने तथा बिदेश यात्राको गतिलो सम्भावना रहेकोछ ।

तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते)

पढाई लेखाईमा तपाईको नाम अग्र स्थानमा आउने हुनाले आत्मबल बढेर जानेछ । पहिले गरिएका लगानिबाट आम्दानि हुन थाल्नेछ भने नया ठाउमा लागनि गर्ने बाताबरण बन्नेछ । शिक्षा तथा बौद्धिकताको प्रयोग गरि क्षमता बढाउन सकिने तथा बित्तिय क्षेत्रमा गरिएको लगानि फस्टाएर जानेछ । पैत्रिक धन हात लागि हुने योग रहेकोछ भने पैत्रिक सम्पतिको प्रयोग मार्फत मनग्गे आम्दानि हुनेछ ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)

माता पिताको कामबाट मन प्रशन्न हुनेछ भने भनेजस्तो सहयोग पाईने हुनाले दैनिक काम सहज रुपमा सम्पन्न हुनेछ । राजनिति तथा समाजसेवामा मान सम्मान प्राप्त हुनेछ भने उच्च पद तथा राज्यको सेवा सुबिधा प्रयोग गरि सम्पन्न हुने योग रहेकोछ । अनुशासित तथा सत्कर्म मार्फत आफ्नो साख बढाउन सकिनेछ । व्यापारमा लगानि गरि रोजगारिका अवसरहरु सिर्जना गर्न सकिनेछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)

सिर्जनात्मक तथा लेखन शैलिमा बिकास हुनेछ भने अध्ययन अध्यापनमा बिजयको योग रहेकोछ । आफ्ना गुरु तथा अग्रजहरुको आशिर्बाद पाईने हुदा मनमा एक किसिमको उमङग पैदा हुनेछ । धार्मिक तथा शैक्षिक यात्रा हुनेछ भने धर्म कर्ममा ध्यान जानेछ । साथभाईको सहयोगले राम्रा तथा परिणाममुखि काम गर्न सकिनेछ । आफ्नो सस्कार तथा सस्कृतीको जगेर्ना गर्ने काममा समय दिनु पर्नेछ । लामो दुरिको धार्मिक तथा शैक्षिक यात्राको तय हुनेछ ।

मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)

घर परिवार तथा बिशेष गरि दिदि बहिनी सँग मनमुटाब बढ्ने योग रहेकोछ । भौतिक तथा सवारि साधन प्रयोग गर्दा ख्याल गर्नुहोला अप्रिय घट्ना नघट्ला भन्न सकिन्न । खानपान तथा बाहिरी बाताबरणको ख्याल गर्नुहोला स्वास्थ्यमा समस्या आई काम गर्न असजिलो महशुष हुनेछ । माया प्रेममा सामान्य मनमुटाब हुँने तथा नचाहादा नचाहादै छुट्टिनु पर्ने बाध्यता आउँनेछ । पढाई लेखाईमा मन नजाने हुँनाले नतिजा अरुकै पोल्टोमा पर्नेछ ।

कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा)

नयाँ ठाउमा गएर मिष्टान्न भोजन ग्रहण गर्ने अवसर आएपनि स्वास्थ्यमा समस्या देखिन सक्छ ध्यान दिनुहोला । माया प्रेममा मनमुटाब सिर्जना भई नचाहादा नचाहादै छुट्टिनु पर्ने बाध्यता हुनसक्छ । भौतिक बस्तुको प्रयोग गर्दा ध्यान दिनुहोला अप्रिय घट्ना नघट्ला भन्न सकिन्न । राजनिति तथा समाजसेवामा जनताको काम गर्न सकिने भएपनि जस नपाईने समय रहेकोछ । व्यापार व्यावसायमा लगानि गर्नको लागि केहि समय कुर्नुनै राम्रो हुनेछ ।

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)

पुराना बिवादित बिषयहरुको फैसला तपाईकै पक्षमा हुने हुदा मन प्रशन्न हुनेछ । न्यायिक निर्णयहरु तपाईकै पक्षमा आउनेछन् भने तपाईप्रति सत्रुता राख्नेहरु आफै किनारा लाग्नेछन् । शिक्षा तथा नोकरिमा हुने प्रतिष्पर्धामा प्रतिष्पर्धिहरुलाई धेरै पछाडि छोड्न सकिनेछ । नया प्रकृतिको व्यावसाय सुरु गरि मनग्गे धन आर्जन गर्न सकिनेछ । आफन्त तथा मावली पक्षको सहयोग पाईने हुदा दैनिकी सहज रुपमा अगाडि बढ्नेछ ।

आईएमई लाईफ इन्स्योरेन्सको सेवा अब च्याटबाटै

काठमाडौँ । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपालमै पहिलो पटक च्याटबट सेवा संचालनमा ल्याएको छ ।

आफ्ना बीमित, अभिकर्ता र सरोकालवाला व्यक्ती तथा संघ संस्थालाई सूचना प्रविधिको उच्चतम् प्रयोग गरी विश्वको जुनसुकै स्थानबाट कम्पनीले प्रदान गर्ने सेवाहरू चुस्त, दुरुस्त र प्रभावकारी सेवा प्रवाह गर्न सहज बनाउन २४सै घण्टा आवश्यक जानकारी उपलब्ध गराउन आईएमई लाइफ ३६० यूअर्स भर्चुअर असिस्ट संचालनमा ल्याएको हो ।

हाल यो सेवा कम्पनीको वेभसाइटमा उपलब्ध रहेको छ भने भविष्यमा कम्पनीको अधिकारीक मोबाइल एप र म्यासेन्जरमा समेत उपलब्ध गराइने कम्पनीले जनाएको छ ।

यसबाट मूख्यतः बीमित र अभिकर्ता प्रत्यक्ष रूपमा लाभान्वित हुनेछन् भने बीमासँग चासो राख्ने, बीमाको बारेमा बुझ्न चाहने, कम्पनीको बारेमा बुझ्न चाहने व्यक्ति तथा संस्थाले समेत यसबाट सेवा प्राप्त गर्न सक्नेछन् ।

च्याटबट सेवामार्फत बीमितले आफ्नो बीमाशुल्क भुक्तानी सम्बन्धि जानकारी लिनुका साथै बीमाशुल्क भुक्तानी तरिका, इच्छाएको व्यक्ति, मोवाइल नं। परिवर्तनको जानकारी लिन सकिने र अनुरोध पठाउन सक्नेछन् ।

यसैगरी दाबी भुक्तानी प्रक्रिया, अभिकर्ता कमिशन, बैंक खाता, प्यान नं., मोबाइल नं अद्यावधिक गर्ने, नयाँ अभिकर्ता बन्ने र अभिकर्ता इजाजत पत्र नवीकरण प्रक्रिया सम्मको जानकारी च्याटबटमार्फत तत्कालै प्राप्त गर्न तथा अनुरोध पठाउन सक्नेछन् ।

यो सेवा सञ्चालनमा आएसँगै कम्पनीका बीमित, अभिकर्ता र कम्पनीसँग सरोकार राख्ने सम्पूर्ण व्यक्ति, संस्थाले आफ्नो महत्वपूर्ण समय बचत गरी घर, अफिस वा जुनसुकै स्थानबाट कम्पनीले प्रदान गर्ने सेवा अन्तर्गतको जुनसुकै समस्या वा जिज्ञासा च्याटबोटमार्फत राखी तत्कालै समाधान पाउन सक्नेछन् ।

हालको कोरोना भाइरस रोगका कारण जनजीवन प्रभावित भइरहेको यस विषम परिस्थितिमा यो च्याटबट सेवाले सहजता दिने कम्पनीको विश्वस्त रहेको छ ।

‘नेपाली महिलाको ऐतिहासिक आन्दोलनः एक शताब्दी’ सार्वजनिक

काठमाडौँ । ‘नेपाली महिलाको ऐतिहासिक आन्दोलनः एक शताब्दी’ नामक पुस्तक सार्वजनिक भएको छ ।

करिब ६५० पृष्ठको पुस्तकभित्र नेपालको राजनीति, सामाजिक सेवा, महिला अधिकार तथा विकास, प्रशासन र कानून, शान्ति र सुरक्षा, आर्थिक विकास, स्वास्थ्य र शिक्षा, धर्म, संस्कृति र साहित्य तथा सञ्चार लगायत क्षेत्रमा महिलाले पु¥याएको योगदानसम्बन्धी लेखरचना समावेश गरिएको छ ।

यहाँ आज आयोजित कार्यक्रममा सार्वजनिक गरिएको सो पुस्तकमा नेत्रीहरु शशी श्रेष्ठ, हिसिला यमी, डा विन्दा पाण्डे र पुष्पा भुसालद्वारा लिखित ‘नेपालको महिला आन्दोलन’, ‘राजनीतिक परिवर्तनमा महिला’, लोकतान्त्रिक आन्दोलनमा महिला’ र ‘नेपाली नारी त्यहाँदेखि यहाँसम्म’ लगायत ४१ लेख समावेश छन् ।

महिला सुरक्षा दबाब समूह नेपालले प्रकाशन गरेको पुस्तकलाई पत्रकार टङ्क पन्तले सम्पादन गर्नुभएको छ । सोही अवसरमा पूर्वमन्त्री हिसिला यमी, राज्य व्यवस्था तथा सुशासन समितिकी सभापति शशीकला श्रेष्ठ र नेपाली काँग्रेसकी नेत्री पुष्पा भुसालले नेपाली महिलाको सङ्घर्षलाई अन्तर्राष्ट्रियकरण गर्नुपर्नेमा जोड दिए।

एनएमबी बैंकको नयाँ एटिएम चुनिखेलमा

काठमाडौँ । नेपाल इन्भेष्टमेन्ट बैंक (एनआईबीएल)ले बुढनीलकण्ठ नगरपालिकाको चुनिखेलमा आफ्नो १२६औं एटीएम विस्तार गरेको छ ।

करुणा अस्पताल परिसरमा स्थापित सो एटीएमको बैंकका नायव महाप्रबन्धक विजेन्द्र सुवाल, बागमती प्रदेश सभासद नुच्छेनारायण श्रेष्ठ, बौद्ध दर्शन प्रवर्धन तथा गुम्बा विकास समिति अध्यक्ष भिक्षु थुप्टेन जिकडोल, करुणा अस्पाताल अध्यक्ष तीर्थलाल श्रेष्ठ र वडाअध्यक्ष श्रीकृष्ण श्रेष्ठले संयुक्त रुपमा उद्घाटन गरेका हुुन् ।

रमेश प्रसाई र नन्दा सिंहको विवाह यस्तो भयो (फोटो फिचर)

काठमाडौँ । पब्लिक स्पोकर भनेर चिनीने गायक रमेश प्रसाई विवाह बन्धनमा बाँधिएका छन् । उनले कालीकोटकी नन्दा सिंहसँग बिवाह गरेका हुन् । उनको विवाह समारोह धरान नगरपालिका वडा नं १ स्थित उद्योग बाणिज्य संघको पार्टी प्यालेसमा आयोजना भएको थियो ।

बिवाह समारोहमा दुबै तर्फका नजिकका आफन्त र केही सञ्चारकर्मीको समेत उपस्थिति रहेको थियो । ३ वर्षको प्रेम सम्बन्धलाई रमेश र नन्दाले विवाहमा परिणत गरेका हुन् । नेपाली परम्पराअनुसार बिवाह गरेका रमेश र नन्दा बैवाहिक समारोहमा निकै खुसी देखिएका थिए ।

नयाँ परराष्ट्र नीतिः छिमेकीसहित सबै मुलुकसँग सन्तुलित सम्बन्ध

काठमाडौं । परराष्ट्र मन्त्रालयले पहिलो पटक एकीकृत परराष्ट्र नीतिको दस्तावेज सार्वजनिक गरेको छ । परराष्ट्र नीति सार्वजनिक गर्दै परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले सीमा सुरक्षा चुनौतीका रूपमा लिएको बताएका छन् ।

‘नेपालको अन्तर्राष्ट्रिय सीमा सुरक्षालाई हामीले चुनौतीका रूपमा लिएका छौं,’ मन्त्री ज्ञवालीले भने, ‘नेपालको सीमाको विषयमा सिंगो देश एक जुट बनेको अवस्था छ ।’

राष्ट्रिय हितमा नकारात्मक प्रभाव पर्न नदिने चुनौती रहेको मन्त्री ज्ञवालीले बताए । हाल विश्वको बदलिँदो स्वरूपसँगै बढ्दो जलवायु परिवर्तन र त्यसबाट नेपालको हिमालमा परेको प्रत्यक्ष प्रभावको विषय पनि परराष्ट्र नीतिमा समेटिएको छ ।

परराष्ट्र नीतिमा नेपालले छिमेकीलगायत सबै मुलुकसँग सार्वभौमिक समानता पारस्परिक लाभ र सम्मानका आधारमा द्विपक्षीय सम्बन्ध विस्तार र सुदृढ गर्ने विषयलाई जोड दिएको छ । ऐतिहासिक सन्धि र सम्झौता तथ्य र प्रमाणका आधारमा कूटनीतिक र शान्तिप्रक्रियाको माध्यमबाट सीमा समस्या समाधान गर्ने भनिएको छ । त्यस्तै नेपालको भूमि छिमेकीको हित प्रतिकूल प्रयोग हुन नदिने परराष्ट्र नीतिमा उल्लेख छ ।

साझा हितका विषयमा द्विपक्षीय, त्रिपक्षीय एवं बहुपक्षीय साझेदारी प्रवद्र्धन गर्ने र भूपरेवेष्ठित राष्ट्रका रूपमा मुलुकले पाउने पारवाहन स्वतन्त्रतालाई निर्बाध, सरल र सहज बनाउँदै लैजाने विषयमा जोड दिइएको छ ।

विभिन्न क्षेत्रमा छरिएका नीतिहरूलाई एकीकृत गर्दै आन्तरिक र बाह्य परिवेशमा आएको परिवर्तनलाई दृष्टिगत गर्दै सो नीति सार्वजनिक गरिएको मन्त्रालयले जनाएको छ । ‘हामीलाई अन्तर्राष्ट्रिय सहयोग चाहिन्छ तर त्यो राष्ट्रिय हितमा हो वा होइन भन्ने हेराइ, आर्थिक कूटनीति इनह्यान्स गर्ने क्षमता चुनौती रहेका छन्,’ उनले भने, ‘जलवायु परिवर्तनबाट फाइदा हासिल गर्ने, कोरोना महामारीका बेला अन्तर्राष्ट्रिय सहयोग कसरी ल्याउने भन्ने कूटनीतिक चुनौती छन् ।’

‘हामीसँग परराष्ट्र नीति नै नभएको होइन, ती विभिन्न अंशमा विभिन्न ढंगबाट छरिएर रहेका थिए, केही कुरा संविधानले अभिव्यक्त गथ्र्यो । केही कुरा कानुनहरूमा, राष्ट्रिय सुरक्षा नीति तथा अन्य नीतिहरूमा अभिव्यक्त भएका छन्,’ मन्त्री ज्ञवालीले भने, ‘वार्षिक बजेट, वार्षिक कार्यक्रममा पनि ती सार्वजनिक भएका छन् भने प्रधानमन्त्रीलगायतबाट विभिन्न मञ्चमा व्यक्त गरिएका प्रतिबद्धताहरू पनि नीतिका रूपमा रहेका छन् ।’

‘नेपाल सानो छ, गरिब देश छ, भूपेरिवेष्ठित देश हो । कहाँ त्यस्तो आँट गर्न हुन्छ भन्ने जस्ता नेपालको परराष्ट्र नीतिबारे पक्षपाती टिप्पणी भएको पाएको छु,’ परराष्ट्रमन्त्री ज्ञवालीले भने । चिरपरिचित व्यक्तिहरूले नै ‘नेपाल कहाँ स्वतन्त्र छ र ? सार्वभौमसत्ता खण्डित छ, सन्धिले बाँधेको छ’ भन्ने जस्ता पक्षपाती तर्क गर्ने गरेको उनले सुनाए । ‘राष्ट्रिय मनोबल कमजोर बनाउने प्रवृत्ति छ, यसलाई परिवर्तन गर्न जरुरी छ,’ उनले भने ।

उनले अन्तर्राष्ट्रिय सम्बन्ध कायम गर्दा ‘डिल बेस’ मा नभई ‘रुल बेस’ मा जानुपर्ने बताए । असंलग्न नीतिमा नेपालको प्रतिबद्धता यथावत् रहेको उनले जनाए । असंलग्न राष्ट्रहरूले एजेन्डामा शक्ति राष्ट्रहरूलाई दबाब दिन सक्ने विश्वास व्यक्त गरे । नीति सार्वजनिक गर्दै उनले केही सन्दर्भ बदलिएका भए पनि असंलग्न परराष्ट्र नीतिमा कुनै परिवर्तन नभएको जिकिर गरे ।

परराष्ट्र नीतिको उद्देश्य भनेको राष्ट्रिय हित रक्षा गर्नु रहेको प्रस्ट पारे । भूराजनीति र विश्व राजनीतिमा परिवतर्न आएमा परिमार्जन गर्नुपर्ने हुन सक्ने बताए । परराष्ट्र नीतिमा तीनवटा पक्षलाई स्रोतका रूपमा लिइएको छ । अध्ययन कार्यदल गठनबाट प्राप्त प्रतिवेदन र सुझाव, २०७६ असारमा परराष्ट्र नीतिसम्बन्धी संवादको आयोजना गरेको थियो । सो संवादमा विभिन्न राजनीतिक दल, प्राइभेट सेक्टर, विज्ञ समूहलगायतको सुझाब संकलन गरिएको थियो । त्यस्तै अर्को राष्ट्रिय बहसको विषयलाई पनि समेटेर परराष्ट्र नीति आएको हो ।

साथै विभिन्न राजनीतिक दलको दस्तावेजमा परराष्ट्र नीति बनाउने सबालमा उठेका विषयलाई सुझावका रूपमा समेटिएको थियो । सन् २००५ देखि यता परराष्ट्र नीति बनाउने विषयमा विभिन्न कार्यदल गठन भएर प्रतिवेदन बुझाए पनि त्यसले मूर्तरूप पाउन सकेको थिएन । सन् २०१५ मा सुरक्षा तथा परराष्ट्रविद् प्राडा। श्रीधरकुमार खत्रीको संयोजकत्वमा बनेको कार्यदलले आफ्नो रिपोर्ट बुझाए पनि मन्त्रिपरिषद्बाट पारित हुन सकेन । सो कार्यदलमा सुरक्षाविद् दीपकप्रकाश भट्ट, परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानका उपकार्यकारी निर्देशक डा। इन्द्रकुमारी अधिकारी, नेपाल विश्व सम्बन्ध परिषद्का प्रतिनिधि डा। राजेन्द्रबहादुर श्रेष्ठ, परराष्ट्रविद् निश्चलनाथ पाण्डे थिए ।

गत ९ भदौमा मन्त्रिपरिषद्मा पेस भएको परराष्ट्र नीति ४ कात्तिकमा मन्त्रिपरिषद्ले पारित गरेको हो । परराष्ट्रको नीति तथा योजना महाशाखाका प्रमुख भरतकुमार रेग्मीले ‘नेपालको परराष्ट्र नीति, २०७७’ का बारेमा प्रस्तुति दिएका थिए ।

अन्तर्राष्ट्रिय तथा क्षेत्रीय मञ्चमा नेपालको पहिचान र प्रतिनिधित्व अभिवृद्धि गरी राष्ट्रिय हितको प्रवद्र्धन गर्नु परराष्ट्र नीतिको उद्देश्य रहेको छ । साथै विश्व शान्ति स्थापना, निःशस्त्रीकरण, मानव अधिकारको संरक्षण र प्रवद्र्धन, दिगो विकासको लक्ष्य प्राप्ति, जलवायु परिवर्तनको असर न्यूनीकरण, महामारी आतंकवाद तथा साइबर अपराध नियन्त्रण गर्ने उद्देश्य परराष्ट्र नीतिमा समेटिएका छन् । विदेशमा पेसा, व्यवसाय र रोजगारीमा संलग्न नेपाली समुदाय र कानुनी व्यक्तिको हितको संरक्षण गर्नु उल्लेख छ ।

परराष्ट्र नीतिमा स्वतन्त्र र सन्तुलित परराष्ट्र नीतिको सञ्चालनबाट सार्वभौमिक समानता, पारस्परिक लाभ र सम्मानका आधारमा बाह्य सम्बन्ध सुदृढ गर्दै समग्र राष्ट्रिय हितको संवद्र्धन प्रवद्र्धन गर्ने लक्ष्य राखिएको छ । परराष्ट्र नीति सञ्चालनका आधारहरूमा नेपालको संविधानलगायत अन्य कानुनी दस्ताबेज समेटिएका छन् । त्यस्तै परराष्ट्र नीतिमा सीमाको सुरक्षा र व्यवस्थापन समेटिएको छ । (राजधानि दैनिकबाट निराजन पौडेलको लेख)

सोमबार शिवको दर्शन् गर्नुहोस् जोडिबाट सन्तुष्टि प्राप्त हुनेछ, सोमबारको राशिफल

वि.सं.२०७७ साल मंसिर २२ गते । सोमबार । ईश्वी सन् २०२० डिसेम्बर ०७ तारिख । नेपाल संवत् ११४१ । प्रमादी संवत्सर । दक्षिणायन । हेमन्त ऋतु । श्रीशाके १९४२ । मंसिर कृष्णपक्ष । तिथि–सप्तमी,२१ घडी २२ पला,दिउसो ०३ बजेर १६ मिनेट उप्रान्त अष्टमी । नक्षत्र–मघा,१३ घडी ३९ पला,दिउसो १२ बजेर ०२ मिनेट उप्रान्त पूर्र्वाफाल्गुनी । योग–विष्कुम्भ,४९ घडी २५ पला,रातको ०२ बजेर २९ मिनेट उप्रँन्त प्रिती । करण– बव,दिउसो ०३ बजेर १६ मिनेट उप्रान्त बालव,रातको ०२ बजेर २८ मिनेट उप्रान्त कौलव । आनन्दादिमा–ध्वांक्ष योग । चन्द्रराशि–सिंह । काठमाडौंमा सूर्योदय बिहान ०६ बजेर ४२ मिनेट,सूर्यास्त बेलुकी ०५ बजेर ०६ मिनेट । दिनमान २५ घडी ५९ पला । अन्तराष्ट्रिय नागरिक उड्डयन दिवस ।

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ)

व्यापार व्यावसायमा लगानि गरि मनग्गे आम्दानि हुनेछ । बौद्धिकताको प्रतिष्पर्धामा तपाईको नाम अग्र स्थानमा आउँनेछ । नाँफा मुलक व्यावसाय भन्दा सेवा मुलक व्यावसाय फस्टाएर जानेछ । भौतिक सम्पति तथा सवारि साधन प्राप्तीको गतिलो योग रहेकोछ । प्रयत्न गर्दा राज्यबाट पद प्राप्तीको योग रहेकोछ । आफन्त तथा सन्तानले प्रगति गर्ने हुँदा मन प्रशन्न हुँनेछ । माया प्रेममा देखिएका तित्तताहरुलाई हटाउँदै बिश्वासको बाताबरण सिर्जना हुँनेछ ।

बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)

व्यापार व्यावसायमा लगानि गरे पति चाहेजस्तो उपलब्धि हासिल गर्न सकिने छैन भने घर जग्गा तथा सवारि साधनको कारोबारबाट सन्तोषजनक आम्दानि गर्न सकिनेछ । राजनिति तथा समाजसेवामा प्रतिष्पर्धिहरुनै भन्दा पछि परिने हुनाले पद प्राप्तीको योग टरेर जानेछ । तपाईले बनाएका गोप्य योजनाहरु सार्वजनिक गर्न केहि समय पर्खदा राम्रो हुनेछ भने तपाईले शुरु गर्नुभएको काममा बिभिन्न बाधा तथा अवरोधहरुबको सामना गर्नुपर्नेछ ।

मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा)

व्यापार व्यावसाय तथा उद्योगमा लगानि गरि आम्दानि बढाउन सकिनेछ भने व्यावसायकै सन्द्रर्भमा छोटो दुरिको यात्रा गर्न सकिनेछ । दाजुभाई तथा छिमेमबाट तपाईले सोचेभन्दा बढि सहयोग पाईने हुदा मन प्रफुल्लित हुनेछ । अदालतबाट हुने निर्णयहरु तपाईकै पक्षमा आउनेछ । आट तथा पराक्रम बढेर जाने हुनाले शाहशिलो काम गर्न जोस आउनेछ । माया प्रेममा रमाउन चाहनेहरुका लागि दिनले साथ दिनेछ ।

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो)

गित संगित तथा कला साहित्यमा समय लगानि गर्नेहरुका लागि आजको दिन उत्तम रहेको छ । पारिवारिक जमघटमा सहभागि भई मिष्टान्न भोजन ग्रहण गर्ने अवसर मिल्नेछ । कुटुम्ब सँगको सम्बन्धमा नयाँ आयामको बिकास हुनेछ । बिद्या तथा प्रतिश्पर्धामा अरुलाई हराई नतिजा आफ्नो पोल्टोमा पार्न सकिनेछ । व्यापार व्यावसायमा सोचेजस्तै आम्दानि हुनेछ भने नयाँ नयाँ कामको प्रश्ताब आउँनेछ ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)

व्यापार व्यावसाय फस्टाएर जानेछ भने आर्थिक रुपमा सम्पन्न भई घर परिवारका ईच्छा आकांक्षा तथा दैनिक उपभोग्य बस्तुहरुको परिपुर्ति गर्न सकिनेछ । मानव निर्मित भौतिक बस्तुहरुको प्रयोग गर्न पाईने हुदा मन प्रसन्न रहनेछ । पारिवारिक माहोलमा सहभागि भई मिष्टान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । प्रतिष्पर्धिहरुलाई किनारा लगाउदै अध्ययनमा चाहेजस्तो सफलता हात पार्न सकिनेछ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)

गलत साथि संगतमा लाग्नाले पढाई लेखाई बिग्रनेछ भने आफन्त तथा अग्रजहरुको चित्त बुझाउन मुस्किल पर्नेछ । माया प्रेमको यात्रामा उतार चडाब आउने योग रहेकोछ भने जीवन साथि सँग सामान्य कुरामा मनमुटाब सिर्जना हुनेछ । खानपानमा ध्यान नदिए स्वास्थ्य सम्बन्धि समस्या आई खर्च बढ्नेछ । आफन्त तथा अग्रज सँग सामान्य कुरामा राय बाजिनेछ । बिदेशी सामानमो व्यापार व्यावसाय फस्टाएर जानेछ भने बिदेशमा बसेर श्रम गर्ने तथा अध्ययन गर्नेहरुका लागी दिन फलदायि रहनेछ ।

तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते)

समाजमा राम्रा काम गर्न सकिने हुनाले उचाई बढ्नेछ । व्यापार व्यावसायमा लगानि गरि मनग्गे धन आर्जन गर्न सकिनेछ भने आकश्मिक लाभ तथा आभुषण प्राप्तीको गतिलो योग रहेकोछ । तपाईको कार्यकुसलताको सबैले तारिफ गर्नेछन् । कुटुम्ब तथा आफन्तबाट धन तथा सम्पति लाभ हुने ग्रहयोग रहेकोछ । मेलमिलाप तथा भाईचाराको सम्बन्ध स्थापनमा तपाईको भुमिका महत्वपुर्ण हुनेछ ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)

नयाँ काम पाउँने तथा नोकरिमा बढोत्तरीको गतिलो सम्भावना रहेकोछ । स्रोत साधन जुट्नाले व्यापार व्यावसायमा सोचेभन्दा बढिनै आम्दानि हुनेछ । माया प्रेमको गाठो कसिलो हुनुको साथै जीवन साथिको सहयोगले राम्रा काम गर्न सकिनेछ । अध्ययन तथा अध्यापनमा प्रतिष्पर्धिहरुलाई किनारा लगाउदै नतिजा आफैतिर ल्याउन सकिनेछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)

भाग्य तथा समयले साथ दिने हुदा सानो प्रयत्नले उपलब्धिमुलक कामहरु गर्न सकिनेछ । व्यापार व्यावसाय फस्टाएर जाने हुनाले आर्थिक स्थिति बलियो हुनेछ । बुवा वा बुवा सरहका मानिसबाट तपाईले शुरु गरेको कामलाई सहयोग हुँनेछ भने पैत्रिक धन सम्पतिको प्रयोग मार्फत मनग्गे लाभ लिन सकिनेछ । पुराना साथिभाई सँग भेटघाट गरि रमाईलो ठाउँमा स्वादिष्ट परिकारका साथ रम्न सकिनेछ ।

मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)

आर्थिक अवस्था कमजोर रहने हुनाले व्यापारमा लगानि गर्न सकिने अवस्था रहने छैन । माया प्रेममा एक अर्कालाई बुझ्न नसक्दा मनमुटाब बढ्नेछ । सवारि साधन तथा भौतिक बस्तुको प्रयोग गर्दा ध्यान दिनुहोला । खानपान तथा मौषको ध्यान नदिदा स्वास्थ्य सम्बन्धि समस्या आउने योग रहेकोछ । तरपनि रिसर्च पर्सनको लागि भने समय उत्तम रहेकोछ ।

कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा)

बिभिन्न अवसर आएपनि समयमा सजक नबन्दा पछि परिनेछ । छोटो दुरिको कष्टकर यात्रा नहोला भन्न सकिन्न । भौतिक तथा बिलाशी बस्तुको प्रयोग गर्दा ख्याल गनुहोला बढिनै उत्साहित हुदा नकारात्मक परिणाम आउन सक्छ । माया प्रेममा अबिश्वास बढ्नेछ भने जीवन साथिको सहयोग नपाईने योग रहेकोछ । साथिभाई तथा आफन्त जनसँग बसेर स्वादिष्ट भोजन ग्रहण गर्ने अवसर प्राप्त भएपनि स्वास्थ्यमा समस्या देखिनेछ ।

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)

आट तथा हिम्मतका साथ अगाडि बढ्ने समय रहेकोछ । कुनै पनि प्रतिष्पर्धामा प्रतिष्पर्धिहरुलाई किनारा लगाउदै अग्र स्थानमा तपाईको नाम आउनेछ । व्यापार व्यावसाय फस्टाएर जानेछ भने आम्दानि बढ्ने योग रहेकोछ । लामो समयदेखि फैसला हुन नसकेका बिषयहरु तपाईकै पक्षमा फैसला हुनेछन् । आफन्त तथा साथिभाईहरुको सहयोगले नया कामको थालनि गर्न सकिनेछ । माया प्रेममा खुलेर रमाउन सकिनेछ ।

मृत अवस्थामा फेला

कास्की, पोखरा महागरपालिका–९ पृथ्वीचोकस्थित सुबास होटलको कोठामा मुस्ताङ जोमसोम बस्ने ४२ वर्षीय मिन बहादुर गुरुङ आइतबार मृत अवस्थामा फेला परेका छन् । मङ्सिर १३ गतेदेखि गुरुङ उक्त होटलमा बस्दै आएको भन्ने बुझिएको छ ।
रुपन्देही, कञ्चन गाउँपालिका–२ कटुवास्थित कञ्चन खोलामा हाल नाम, थर, वतन नखुलेकी अन्दाजी ६५ वर्षीया महिला आइतबार मृत अवस्थामा फेला परेकी छन् ।
सल्यान, कुमाख गाउँपालिका–६ मौलाहाल्ने बजारस्थित सडकदेखि करिब ५० मिटर टाढा खोल्सामा अन्दाजी ५० वर्षीय पुरुष आइतबार मृत अवस्थामा फेला परेका छन् ।

पोखरा महानगरले बनाउने ‘हाइ अल्टिच्युड’ रङ्गशालाको डिपिआर तयार

काठमाडौँ । पोखरा महानगरपालिका–२० को मौजामा उच्च पर्वतीय (हाइ अल्टिच्युड) रङ्गशाला निर्माण हुने भएको छ । समुन्द्र सतहबाट एक हजार ७०० मिटर उचाइमा अवस्थित मौजाको तोयँढाप डाँडाको ५६ रोपनी क्षेत्रफल जमिनमा महानगरपालिकाले फुटबल, भलिबल, बास्केटबलसहित खेल पूर्वाधार निर्माण गर्न लागेको हो ।

महानगरको चालू आर्थिक वर्ष २०७७–७८ को वार्षिक नीति तथा बजेट कार्यक्रममा हाइ अल्टिच्युड खेल मैदानका लागि भनेर रु ५० लाख बजेट विनियोजन गरिएको थियो । महानगरको सबैभन्दा उचाइमा बन्ने भएकाले महानगरले हाइ अल्टिच्युड रङ्गशाला नाम दिएको हो ।

रङ्गशाला निर्माणका लागि विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) तयार भइसकेको र आगामी पुस महिनादेखी जमिन समधर बनाएर खेल्न योग्य बनाउने काम शुरु गरिने सोही वडाका वडाध्यक्ष सिमबहादुर गुरुङले जानकारी दिए । फुटबल मैदान (इलाभेन साइड), बास्केटबल कोर्ट, भलिबल कोर्ट, कपडा फेर्ने कोठा (चेञ्जिङ रुम) र दुई हजार दर्शक क्षमताको प्राकृतिक प्यारापिट निर्माणका लागि डिपिआरमा रु १६ करोड खर्च लाग्ने उल्लेख छ । यसैगरी चमेनागृह, शौचालयलगायत पूर्वाधार पनि निर्माण गरिनेछ ।

“महानगरकोे सबैभन्दा उचाइमा रहेको यस स्थानमा रङ्गशाला निर्माण गरी खेल पर्यटन प्रवद्र्धनको योजनाअनुसार डिपिआर बनिसकेको छ”, वडाध्यक्ष गुरुङले भन्नुभयो, “चालू आवमा विनियोजित बजेटबाट अब तत्कालै जमिन सम्माउने काम शुरु गछौँ, अन्य पूर्वाधार निर्माणका लागि महानगरबाट आगामी वर्ष थप बजेट विनियोजन हुनेछ भने प्रदेश र सङ्घ सरकारसँग पनि बजेट माग गछौँ ।”

प्रश्तावित रङ्गशालाबाट माछापुच्छ«े तथा अन्नपूर्ण हिमश्रृङ्खलाको दृश्यावलोकन गर्न सकिन्छ । पोखरा बजार क्षेत्र, मादी गाउँपालिकाको सुन्दरवस्ती तथा हरियाली जङ्गलको सुन्दरताले सो क्षेत्रमा पुग्ने पर्यटक मोहित हुने गरेका छन् । मौजाको आँटीघर होमस्टे (घरवास) नेपाल सरकारले घोषणा गरेको देशका १०० पर्यटकीय गन्तव्य मध्यमा पर्दछ । विगतमा सडक, खानेपानीलगायत पूर्वाधार विकासमा पछि परेको यस वडामा हाल महानगरको कनेक्टिभिटी सडक योजनाअन्तगर्त पक्की सडक निर्माण भइरहेको छ ।

सडकको सहज पहुँच र आकर्षण पर्यटकीय गन्तव्य बोकेको स्थानमा निर्माण हुने रङ्गशालाबाट खेल पर्यटनसमेत विकास हुने भनाइ वडाध्यक्ष गुरुङको छ । उनले भने, “यसको सम्भावना धेरैनै राम्रो छ र यो महानगरको गौरवको आयोजना पनि बन्छ, रङ्गशाला बनाउने, होमस्टेको विकास गर्ने र राष्ट्रिय खेलाडीलाई यहीँ राखेर प्रशिक्षण गराउने योजना छ ।”

महानगरको सबैभन्दा उचाइमा खेलकूद पूर्वाधार निर्माण हुनेभएपछि स्थानीयवासी समेत उत्साहित भएका छन् । स्थानीयवासी एमन गुरुङले रङ्गशाला बनेपछि थप पर्यटक गाउँमा भित्रिने र अन्य विकासका योजनासमेत गाउँमा आउने विश्वासमा रहेका छन् । विगतमा गाउँमा विकास नहुँदा शहर झरेकासमेत अहिले गाउँ फर्किन थालेको र विस्तारै विकट गाउँ ‘गुल्जार’ हुने उनको भनाई छ ।

कान्दाहारमा सेनाले गरेको कारबाहीमा १८ लडाकू मारिए

काठमाडौँ । अफगानिस्तानको दक्षिणी कान्दाहार प्रान्तमा भएको सैनिक कारबाहीमा कम्तीमा १८ जना तालिबानी लडाकू मारिएको सेनाले जनाएको छ ।
कान्दाहार प्रान्त विद्रोही तालिबानको गढका रुपमा चिनिन्छ ।

शनिबारदेखि प्रान्तका डन्ड, जेलाई र मरुद जिल्लामा केही दिनदेखि सैनिक कारबाही जारी रहेको अफगान रक्षा मन्त्रालयले जनाएको छ । मन्त्रालयले कारबाहीका क्रममा ठूलो मात्रामा हातहतियार र बारुदी सुरुङ समेत बरामद गरिएको बताएको छ ।

तालिबान विद्रोहीहरुले उक्त घटनाका बारेमा केही बताउन चाहेका छैनन् ।

कामना सेवाबैंकद्धारा सुरेश गन्धर्बलाई ५० हजार सहयोग

काठमाडौँ । कामना सेवा विकास बैंकले गायक सुरेश गन्धर्बलाई उपचारका लागि सहयोग स्वरुप रु.५० हजारको चेक हस्तान्तरण गरेको छ ।

संस्थागत सामाजिक उत्तरदायित्वको एक हिस्साका रूपमा नेपाल राष्ट्र बैंकले तोकेको मापदण्डभित्र रही शिक्षा, स्वास्थ्य, दैवी प्रकोप व्यवस्थापन, वातावरण संरक्षण, सांस्कृतिक प्रबद्र्धन, सामाजिक रुपले पिछडिएका वर्गका आयआर्जन क्षमता अभिबृद्धि, वित्तीय साक्षरता, ग्राहक संरक्षण सम्बन्धी कार्यक्रम आदिमा प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा योगदान गर्दै आइरहेको बैंकले गायक गन्धर्बलाई उपचारका लागि सहयोग गरेको हो ।