एनआईसी एशियाले लगानीकर्तालाई २० प्रतिशत लाभांश दिने

काठमाडौँ । एन आई सी एशिया बैंक लिमिटेडको २३ औं वार्षिक साधारण सभा आज आईतबार काठमाडौंको थापाथलीस्थित बैंकको रजिष्टर्ड कार्यालयमा सम्पन्न भएको छ ।
सो सभाले गत आर्थिक वर्ष २०७६÷७७ को मुनाफा तथा सञ्चित मुनाफाबाट १९ प्रतिशत बोनश शेयर (रू. १ अर्ब ८४ करोड ६३ लाख) र कर प्रयोजनार्थ १ प्रतिशत नगद लाभांश (रू. ९ करोड ७२ लाख) समेत वितरण गर्ने प्रस्ताव स्वीकृत गरेको छ ।
बैंकले १९ प्रतिशत बोनश शेयर पारित गरेपश्चात् बैंकको चुक्ता पूँजी रू. ११ अर्ब ५६ करोड ४० लाख ५ हजार ३ सय ६६ पुगेको छ ।

बैंकको वार्षिक साधारण सभाले आर्थिक वर्ष २०७६÷७७ को सञ्चालक समितिको प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन सहित २०७७ आषाढ मसान्तसम्मको वासलात, नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरण लगायतका वार्षिक विवरणहरू उपर छलफल गरी स्वीकृत गर्नुका साथै बैंकको प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने प्रस्ताव पारित गरेको छ । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) महामारी रोकथाम तथा नियन्त्रणका लागि नेपाल सरकारबाट जारी गरिएका स्वास्थ्य सम्बन्धी निर्देशन एवं मापदण्डहरूको परिपालना गर्दै वार्षिक साधारण सभामा अनलाइन (भर्चुअल) प्रविधिमार्फत सहभागी हुने व्यवस्था गरिएको थियो ।

बैंकलाई मुलुकभर ३३० शाखा कार्यालयहरू, ४७० एटिएम, ९९ वटा एक्स्टेन्सन काउण्टर एवं ७४ वटा शाखा रहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्दै आइरहेको छ ।

एसबिआई बैंकका ग्राहकले डा.लाल प्याथल्याबमा १५ प्रतिशत छुट पाउने

काठमाडौँ । एसबिआई बैंक र डा. लाल प्याथल्याब नेपाल प्राइभेट बीच सम्झौता भएको छ । सम्झौता पत्रमा बैंकका प्रमुख व्यवसाय प्रवर्दन अधिकृत छपिराज पन्त तथा डा. लाल प्याथल्याब नेपालका क्षेत्रीय बिक्री प्रबन्धक प्रविनकुमार सिंहले हस्ताक्षर गरेका थिए ।

उक्त सम्झौताअनुसार नेपाल एसबीआई बैंकका सम्पूर्ण भिसा डेबिट कार्डवाहक ग्राहकले कार्ड प्रयोगबापत डा। लाल प्याथल्याब नेपालका प्याथोलोजी सेवामा १५ प्रतिशतसम्म छुट पाउनेछन् ।

सिद्धार्थ बैंकले लगानीकर्तालाई १५ प्रतिशत लाभांश दिने

काठमाडौँ । सिद्धार्थ बैंकले लगानीकर्तालाई १५ प्रतिशत लाभांश दिने भएको छ । बैंकले आर्थिक वर्ष २०७६–०७७ को मुनाफाबाट लगानीकर्तालाई १२ प्रतिशत बोनस र ३ प्रतिशत नगद (कर प्रयोजनको लागि) सहित १५ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको हो ।

उक्त प्रस्ताव राष्ट्र बैंकले स्वीकृत गरेर आगामी साधारण सभाबाट पारित भएपछि लगानीकर्ताले पाउने भएका छन् ।

थप १०९६ जनामा कोरोना संक्रमण

काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर १ हजार ९६ जना कोरोना संक्रमित थपिएका छन् । यो सहित नेपालमा कुल संक्रमितको संख्या २ लाख ४० हजार ९८१ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज देशभर १ हजार ५ सय ५२ जना संक्रमणमुक्त भएका छन् । योसँगै संक्रमणमुक्त हुनेको संख्या २ लाख ५४ हजार ८०५ पुगेको छ ।

अर्थमन्त्री पौडेलद्वारा आर्थिक पुनरुत्थान गर्न ल्याइएका कार्यक्रमहरु प्रभावकारीरुपमा कार्यान्वयन गर्न निर्देशन

काठमाडौँ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक पुनरुत्थान गर्न ल्याइएका कार्यक्रमहरु प्रभावकारीरुपमा कार्यान्वयन गर्न निर्देशन दिएका छन् ।
आर्थिक वर्ष २०७७–७८ को चौमासिक प्रगति समीक्षा एवं मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकमा मन्त्री पौडेलले सहुलियतपूर्ण कर्जा लगायतका कार्यक्रमहरुको प्रभावकारी कार्यान्वयन गर्न निर्देशन दिएका हुन्।

कोभिड–१९ का कारण उत्पन्न प्रतिकूलताबीच पनि कुशलतापूर्वक कार्य सम्पादन गरी क्षमता प्रदर्शन गर्न आग्रह गर्दै उनले आयोजना तथा कार्यक्रमहरु कार्यान्वयन गर्दा समयसीमा निर्धारण गरी गर्न निर्देशन दिए ।

अर्थमन्त्रालय लगायत विभिन्न मन्त्रालयहरुको पूँजीगत गर्न बढाउनका लागि थप पहल गर्न निर्देशन दिँदै अर्थमन्त्री पौडेलले अन्तरमन्त्रालय समन्वयमा पनि जोड दिएका छन् ।

उनले पुराना आयोजना अलपत्र भएको अवस्थामा पनि नयाँ कार्यक्रम तथा आयोजना छनौट गर्ने प्रवृत्तिमा क्रमशः सुधार गर्दै पुराना आयोजना तोकिएको समयमा सम्पन्न गर्नका लागि सहजीकरण गर्न पनि निर्देशन दिए ।

अर्थमन्त्री पौडेलले आन्तरिक नियन्त्रण प्रणालीलाई व्यवस्थित तुल्याउने, समयमै बेरुजु फर्छ्यौट गर्ने, लक्ष्य अनुरुप बजेट कार्यान्वयन गर्ने र कार्य सम्पादनका लागि तोकिएका सूचकहरुको लक्ष्य समयमै हासिल गर्ने गरी चालु आर्थिक वर्षको बाँकी अवधिको नीति तथा कार्यक्रम र बजेट कार्यान्वयन गर्न निर्देशन दिए।

अर्थमन्त्री पौडेलले खर्च व्यवस्थापनलाई प्रभावकारी बनाउँदै राजस्व परिचालनमा जोड दिए ।

बैठकमा अर्थ मन्त्रालयका सहसचिव रामेश्वर दंगालले आर्थिक वर्षको प्रथम चौमासिक बजेटको खर्च स्थिति, राजस्व परिचालनको अवस्था, विकास सहायता परिचालन, सोधभर्नाको अवस्था, बेरुजु फछर्यौटको स्थिति तथा प्रथम चौमासिकको बजेट तथा कार्यक्रम कार्यान्वयनको अवस्थाबारे प्रस्तुति गर्नु भएको थियो।

बैठकमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष, नेपाल राष्ट्र बैंकका गभर्नर, अर्थ मन्त्रालयका सचिवहरु र महालेखा नियन्त्रक, अर्थमन्त्रालयका महाशाखा प्रमुखहरु, विभागीय प्रमुखहरु, नियमनकारी निकाय एवं आयोजना प्रमुख तथा प्रतिनिधिहरुको उपस्थिति थियो।

पाथिभरा माताको दर्शन गरेर आफुले गरेका पापकर्महरुबाट मुक्ति हुनुहोस, आज आइतबारको राशिफल

वि.सं.२०७७ साल मंसिर २१ गते । आईतबार । ईश्वी सन् २०२० डिसेम्बर ०६ तारिख । नेपाल संवत् ११४१ । प्रमादी संवत्सर । दक्षिणायन । हेमन्त ऋतु । श्रीशाके १९४२ । मंसिर कृष्णपक्ष । तिथि–षष्ठी,२४ घडी ४० पला,बेलुकी ०४ बजेर ३४ मिनेट उप्रान्त सप्तमी । नक्षत्र–अश्लेषा,१४ घडी ५१ पला,दिउसो १२ बजेर ३९ मिनेट उप्रान्त मघा । योग– ऐन्द्र,०० घडी ५३ पला,बिहान ०७ बजेर ०३ मिनेट उप्रँन्त वैधृती । करण–वणिज,बेलुकी ०४ बजेर ३४ मिनेट उप्रान्त भद्रा,रातको ०३ बजेर ५८ मिनेट उप्रान्त बव । आनन्दादिमा–बज्र योग । चन्द्रराशि–कर्कट,मध्यान्ह १२ बजेर ३९मिनेट उप्रान्त सिंह । काठमाडौंमा सूर्योदय बिहान ०६ बजेर ४२ मिनेट,सूर्यास्त बेलुकी ०५ बजेर ०६ मिनेट । दिनमान २६ घडी ०१ पला ।

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ)

बिहानको समय मध्ययम रहेकोले घरेलु तथा अन्य समस्याले सताउनेछ । आफन्त तथा घर भित्रकै मानिस सँग मनमुटाब सिर्जना हुन सक्छ ध्यान दिनुहोला । मध्यान्हबाट समय राम्रो रहेकोले सवारि साधन तथा भौतिक सम्पति लाभ हुँने तथा चिठ्ठा पर्ने योग रहेकोछ । व्यावसायबाट भनेजस्तो नाफा कमाउँन सकिने हुँनाले अन्य क्षेत्रमा पनि रुपैया पैसा लगानि गर्न आट आउँनेछ ।

बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)

बिभिन्न अवसरहरु आएपनि ति अवसरहरुको सहि रुपमा सदुपयोग गर्न नजान्दा समयले पछि छोड्नेछ । व्यापार व्यावसायमा प्रशस्त समय खर्चदा मात्र आम्दानि गर्न सकिनेछ भने घर जग्गा तथा सवारि साधनको खरिद बिक्रिबाट मनग्गे लाभ लिन सकिनेछ । महत्वपूर्ण काम गर्दा ध्यान दिनुहोला आफन्त तथा ईष्टमित्रहरुले बाधा तथा व्यबधान पुर्याउनेछन् । समयको पावबन्धिलाई ख्याल नगर्दा दुख पाईनेछ भने समयमा काम नबन्दा आर्थिक स्थिति खस्कनेछ ।

मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा)

छोटो समयमा गरिएको कामको उचित प्रतिफल पाईदा मन प्रशन्न हुनेछ । आर्थिक अवस्था राम्रो हुने हुनाले व्यापार व्यावसायमा लागनि गरि मनग्गे आम्दानि गर्न सकिनेछ । दाजुभाई तथा छिमेकिबाट तपाईको काममा सहयोग तथा समर्थन गर्ने हुनाले काम गर्न सहज हुनेछ । पराक्रम तथा आट गर्न सकिने हुनाले राम्रा तथा परिणाम मुखि काम गर्न सकिनेछ ।

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो)

पढाई लेखाईमा थोरै समय दिदा पनि उत्कृष्ट नतिजा आउने हुनाले आफन्त तथा गुरुजनहरु खुसि हुनेछन् । तपाईको ईमान्दारिताको सबैले कदर गर्नेछन् भने सामाजिक कामहरु समयमा सम्पन्न हुने हुनाले मान सम्मानमा बृद्धि हुनेछ । आुफन्त तथा कुटम्बसँगको चिसिएको सम्बन्धमा सुधार भएर जाने समय रहेकोछ । व्यापार व्यावसाय बिशेष गरेर होटल तथा रेष्टुरामा गरिएको लगानिबाट मनग्गे धन आर्जन गर्न सकिनेछ ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)

पुराना साथि भेटिने तथा प्रेम प्रसङगमा दिन खोलेर रमाउन सकिनेछ । प्राबृधिक शिक्षामा खोज तथा अनुशन्धानमा समय खर्चिने हरुले उत्कृष्ट नतिजा हात लगाउनु हुनेछ । तपाईको ब्याक्तित्वमा निखारता आउँने तथा सुन्दर पहिरनमा ठाटिएर अरुको मन लोभ्याउन सकिनेछ । पढाई लेखाईमा प्रतिश्पर्धिहरुलाई हराउँदै नतिजा आफ्नो पोल्टोमा पार्न सकिनेछ । बिहानको समय मध्ययम रहेकोले यात्रा गर्दा ध्यान दिनुहोला ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)

बिहानको समय राम्रो रहेकोले व्यापार व्यावसायमा लगानि गरि आम्दानिका स्रोतहरु फराकिला पार्न सकिनेछ भने इच्छित चाहानाहरु पुरा गर्न सकिने हुँदा घर परिवारका सदस्यहरु खुसि रहनेछन् । अध्ययन अध्यापनमा मन जाने हुँनाले नतिजा आफैतिर ल्याउँन सकिनेछ । दिउँसोबाट समय मध्ययम रहेकोले यात्रा गर्दा ध्यान दिनुहोला । तरपनि बिदेशी समानको व्यापारबाट मनग्गे धन आर्जन गर्न सकिनेछ ।

तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते)

बिद्या तथा प्रतिष्र्धामा बिजय हुँने योग रहेकोछ भने नयाँ ज्ञान हासिल हुनेछ । बुवा वा बुवासरहका मानिसको आषिर्वाद तथा सहयोगले महत्वपुर्ण कामहरु सम्पादन हुनेछन् । माया प्रेममा एक अर्कालाई भेटि सौहार्दपुण बाताबरणमा समय व्यातित गर्न सकिनेछ । ईच्छित कामनाहरु पुरा हुँने तथा आफ्नो मानिसबाट उपाहार तथा भौतिक सामानहरु प्राप्त हुनेछ । बिहानको समय मध्ययम रहेकोले व्यापारमा मन्दि आउनेछ ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)

व्यापार व्यावसाय फस्टाएर जानेछ भने कामकै सवादमा समाजका बिशिष्ट व्याक्तित्वहरु सँग भेटघाट हुनेछ । पढाई लेखाईमा मन जाने तथा रुचिको बिषयमा राम्रो प्रगति गर्न सकिनेछ । बुवा वा बुवा सरहका मानिसबाट आर्थिक सहयोग प्राप्त हुनेछ । माया प्रेममा नजिक हुने समय रहेकोछ भने जीवन साथिसँग रमाईलो स्थानको भ्रमण गर्न सकिनेछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)

सामाजिक तथा धार्मिक कार्यमा मन जानेछ भने मन्दिरको यात्रा गरि प्रसाद ग्रहण गर्न सकिनेछ । नया काम पाउने तथा नोकरिमा मान सम्मान पाईने योग रहेकोछ । खोज तथा अनुशन्धानको क्षेत्रबाट भनेजस्तो सफलता हात लाग्नेछ । सरकारि जागिरेहरुले बढुवा तथा सुगम स्थानमा स्थानान्तरणको प्रशस्त सम्भावना रहेकोछ । ठुलाबढा तथा बिशिष्ट व्याक्तिहरुको आशिर्वाद पाईने हुदा मन प्रशन्न हुनेछ । बिहानको समय मध्ययम रहेकोले आफन्त तथा दिदिबहिनीसँग मनमुटाब सिर्जना हुने योग रहेकोछ ।

मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)

बिहानको समय राम्रो रहेकोले भौतिक सम्पति तथा विलाशी बस्तुको व्यापार गरि मनग्गे धन सम्पति जोड्न सकिनेछ । लामो दुरिको व्यापारीक यात्रा हुनेछ । पढाई लेखाईमा एक कदम अगाडि बढि सफलता हात पार्न सकिनेछ । मध्यान्हबाट सामान्य बिवादले अपठरो परिस्थितिमा लैजान सक्छ ध्यान दिनुहोला । पुराना समस्या बल्झने तथा नया समस्याहरु थपिनेछन् । अध्ययन तथा अनुशन्धानमा समय खर्चिए पनि भनेजस्तो उपलब्धि नहुदा तनाब बढ्नेछ ।

कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा)

अन्य क्षेत्रमा ध्यान जादा पढाई लेखाईमा अरुभन्दा पछि परिन सकिन्छ । लामो दुरिको व्यावसायिक यात्रा हुँने भए पनि उपलब्धि न्यून हुँने तथा खर्च बढ्ने हुँदा मन खिन्न हुनेछ । भौतिक साधन तथा धन सम्पति हात लाग्ने भएपनि सहिरुपमा प्रयोग गर्न नजान्दा दुर्घटना हुँन सक्छ ध्यान दिनुहोला । पारिवारिक माहोलमा दिन बित्ने तथा स्वादिष्ट भोजन खाने अवसर जुर्ने भएपनि खानपानको तालमेल नमिल्दा स्वास्थ्यमा समस्या आउँन सक्छ ख्याल गर्नुहोला ।

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)

रमाउन चाहनेहरुका लागि समयले साथ दिनेछ भने पति पत्निबिच मायाको डोरो कसिनेछ । तपाईको कुभलो साध्ने तथा सत्रुता राख्नेहरु आफै किनारा लाग्नेछन् । न्यायिक निकायबाट हुने न्यायिक निर्णयहरु तपाईकै पक्षमा हुनेछन् । पुराना तथा थाति रहेका कामहरु साथिभाईहरुको सहयोगमा समयमानै सकाउँन सकिनेछ भने लेनदेनका मुद्दाहरु सल्टाउँन सकिनेछ ।

२५ दिनभित्र काम गर्न पर्यटनमन्त्रीको निर्देशन

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री योगेशकुमार भट्टराईले निर्माणाधीन गौतमबुद्ध विमानस्थलको काम २५ दिनभित्र सक्न आयोजना प्रमुख र निर्माणको ठेक्का पाएको चिनियाँ ठेकेदार नर्थ वेस्ट कम्पनीलाई निर्देशन दिएका छन् ।

शनिबार विमानस्थलको स्थलगत निरीक्षणपश्चात मन्त्री भट्टराईले भने, “तपाईँहरुलाई २५ दिनको ‘होमवर्क’ दिन्छु । आयोजना प्रमुख र निर्माण व्यवसायी दुवैले २५ दिनपछि मलाई जवाफ दिनुपर्छ, काम सकाउनुपर्छ ।”

उनले निकट भविष्यमा गौतमबुद्ध विमानस्थल सम्पन्न भएर राष्ट्रिय आयोजनामा एक नम्बर हुने पनि विश्वास व्यक्त गर्नुभयो । उनले भने, “विगतमा ‘ब्याक’ भएको आयोजना सम्पन्न हुँदैछ ।”

उनले कोरोनाका कारण काममा प्रभाव परेको बताउँदै उपकरण जडानका लागि आवश्यक केही विदेशी दक्ष जनशक्ति नेपाल ल्याउन सबै प्रयास गरिरहेको पनि बताए । मन्त्री भट्टराईले भने, “सकेसम्म उहाँहरु आउनुहुन्छ । यदि कोरोनाकै कारण आउनुभएन भने नेपाली जनशक्तिले नै काम गर्नुहुन्छ ।”

आयोजना प्रमुख प्रवेश अधिकारीले आयोजनाको काम ९२ प्रतिशत सकिसकेको भन्दै बाँकी काम विदेशमा रहेका जनशक्ति नआउँदा रोकिएको बताए । उनले लकडाउनको समयमा पनि सिभिल काम निरन्तर भइरहेको बताए । संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयका सचिव यादव कोइरालाले समयमै काम सक्नुपर्ने बताए । उनले भने, “तोकिएकै समयमा काम सम्पन्न गर्नुपर्छ ।”

डोटीमा जिप दुर्घटना, तीनको मृत्यु, पाँच घाइते

डोटी । डोटीको बोगटान फुड्सिल गाउँपालिका–७ सेउणीखेत पिउसिया भिरमा जिप दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक जनकराज पाण्डेयका अनुसार दिपायलबाट चवराचौतारातर्फ जाँदै गरेको म १ च ५५० नंको महेन्द्रा जिप गए राति करिब एक बजेतिर दुर्घटनामा परेको हो ।

दुर्घटनामा परी मृत्यु हुनेमा बोगटन फुड्सिल गाउँपालिका–७ का वडा सचिव मञ्जु त्रिपाठी, निजकी सासू करिब ५५ वर्षकी नाम नखुलेको, केआइसिंह गाउँपालिका–४ बस्ने करिब ४० वर्षका हरिनारायण भट्ट रहेका छन् । यसैगरी उक्त घुर्टनामा परी घाइते हुनेमा बोगटान फुड्सिल गाउँपालिका–६ का करिब ३० वर्षका चालक कैलाश बम, कञ्चनपुरको भिमदत्तनगरपालिका–१९ बस्ने २८ वर्षीय हेमन्त भट्ट, बोगटान फुड्सिल गाउँपालिका–७ बस्ने ४० वर्षीया खेमादेवी गिरी, सोही ठाउँ बस्ने २६ वर्षीय टीकाराम गिरी तथा नाम नखुलेका अन्दाजी तीन वर्षका एक बालक रहेका छन् ।

दुर्घटनामा परी ज्यान गुमाउने तथा घाइते भएकाहरुको उद्धारका लागि जिल्ला प्रहरी कार्यालय डोटीबाट गए रातिनै प्रहरी निरीक्षक रविन्द्र चन्दको नेतृत्वमा प्रहरी टोली खटिएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ । जिप सडकबाट करिब २०० मिटर तल खसेको प्रहरीले जनाएको छ । अहिले घटनास्थलबाट घाइतेको उद्धार तथा मृतकको शव सङ्कलनको कार्य जारी रहेको घटनास्थलमा खटिएका प्रहरी निरीक्षक चन्दले जानकारी दिए ।

निःशुल्क कपडा वितरण केन्द्र सञ्चालन

चितवन । चितवनको इच्छाकामना–५ मुग्लिनमा निःशुल्क कपडा वितरण केन्द्र सञ्चालन गरिएको छ । ‘सहयोगी दाताहरुको जाओस् ध्यान, निःशुल्क कपडा वितरण केन्द्र हाम्रो अभियान’ भन्ने मूल नाराका साथ उक्त केन्द्र शनिबारदेखि सिर्जनशील महिला जागरण केन्द्र मुग्लिन र मुग्लिन युवा मञ्चले केन्द्र सञ्चालनमा ल्याएका हुन् ।

शनिबार पहिलो दिन ती दुई संस्थले रु २० हजारको कपडा खरिद गरी वितरण गरेका छन् । साथै मुग्लिनका स्थानीयहरुबाट सहयोग प्राप्त न्यानो कपडा गाउँपालिकाभित्रका अतिविपन्न १५० जनालाई वितरण गरिएको सिर्जनशील महिला जागरण केन्द्र मुग्लिनका अध्यक्ष सावित्री पुडासैनीले जानकारी दिए ।

उक्त निःशुल्क कपडा वितरण केन्द्रमा जो कोहीले पनि सहयोग गर्न सकिने अध्यक्ष पुडासैनीले बताए । हुनेले दिने र नहुने जो कोहीले पनि कपडा लैजान सक्ने अध्यक्ष पुडासैनीको भनाइ छ । सहयोग गर्न चाहने व्यक्ति वा संस्थाले यस केन्द्रमा कपडा सहयोग गर्न सक्ने र नहुनेले लैजान सक्ने उनले बताए । निःशुल्क कपडा वितरण केन्द्रका लागि मुग्लिनका स्थानीय त्रिवेणी ग्रील एण्ड सटर उद्योगका सञ्चालक रामहरि कडेँलले घर उपलब्ध गराए ।

लागूऔषध मुद्दाका फरार प्रतिवादी पक्राउ

कास्की । लागूऔषध मुद्दाका फरार प्रतिवादी पर्वत कुश्मा नगरपालिका–१ डेरा गरी बस्ने बागलुङ ढोरपाटन घर भएका २४ वर्षीय गोकुल गुरुङलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । जिल्ला अदालत कास्कीको २०७५ असार २७ गतेको फैसलाले लागूऔषध मुद्दामा २ वर्ष कैद सजाय र १ लाख रुपैयाँ जरिवाना ठहर भई फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले पर्वत कुश्मा नगरपालिका–१ बाट पक्राउ गरेको हो ।

यसैगरी लागूऔषध मुद्दामा जिल्ला अदालत कास्कीको फैसलाले १ महिना कैद र १ हजार रुपैयाँ जरिवाना ठहर भई फरार रहेका प्रतिवादी पोखरा महानगरपालिका–३ बस्ने म्याग्दी भकिम्ले नगरपालिका-३ घर भएका २८ वर्षीय गणेश भन्ने खगराज पुनलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।
दुवै जनालाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत कास्कीमा पेश गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

भरुवा बन्दुक बरामद

सोलुखुम्बु । खुम्बु पासाङल्हामु गाउँपालिका–१ शिशाखानी जंगल छेउको खोलाको किनारबाट १ थान एकनाले भरुवा बन्दुक शुक्रबार राति प्रहरीले बरामद गरेको छ । लुकाई राखेको अवस्थामा प्रहरी चौकी खरिखोलाबाट खटिएको प्रहरीले उक्त बन्दुक फेला पारी बरामद गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

कटुवा पेस्तोल र गोली सहित पक्राउ

काठमाडौँ । सुनबर्सी नगरपालिका–५ झुगी चोक बस्ने ४१ वर्षीय राजकुमार मण्डललाई १ थान कटुवा पेस्तोल, २ राउण्ड गोली, १९ हजार ३ सय २५ रुपैयाँ र २ थान मोबाइल सहित शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

ईलाका प्रहरी कार्यालय रंगेलीबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा कम्मरमा लुकाई राखेको उक्त हतियार फेला पारी मण्डललाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीबाट थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

पछिल्लो २४ घण्टामा १०२४ जनामा संक्रमण पुष्टि, १० जनाको मृत्यु

पछिल्लो २४ घण्टामा नेपालमा थप १ हजार २४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ खा ३९ हजार ८८५ पुगेको छ भने देशभर सक्रिय संक्रमितको संख्या १४ हजार २५५ रहेको छ।

त्यस्तै पछिल्लो २४ घण्टामा २ हजार २०६ जना संक्रमित निको भएका छन्। योसँगै निको हुनेको जम्मा संख्या २ लाख २४ हजार ५३ पुगेको छ।

त्यस्तै पछिल्लो २४ घण्टामा थप १० जना कोरोना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ। योसँगै कोरोनाका कारण मृत्यु हुनेको संख्या १ हजार ५७७ पुगेको छ।

पशुपति र शङ्खमूल क्षेत्रमा वाग्मती सफाइ

काठमाडौँ । वाग्मती सफाइ महाअभियानको ३९५औँ हप्तामा पशुपति र शङ्खमूल क्षेत्रमा सफाइ गरिएको छ । पशुपति क्षेत्रमा अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समिति सञ्चालक सदस्य एवं अभियानकर्मी माला खरेलको नेतृत्वमा सफाइ गरिएको हो । सफाइमा काठमाडौँ महानगरपालिका वडा नं ११ का अध्यक्ष हीरालाल तण्डुकार, गङ्गा पुरीलगायत अभियानकर्मीको सहभागिता थियो ।

अधिकार सम्पन्न वाग्मतीले आगामी पुस २५ गते ४००औँ हप्ताको सफाइ अभियानलाई विशेष बनाउन खरेलकै संयोजकत्वमा समितिसमेत गठन गरेको छ । शङ्खमूल क्षेत्रको सफाइमा स्कुटरमा आई नदीमा फोहर फाल्नेलाई समाती टिपेर व्यवस्थापन गर्न लगाइएको अभियानकर्मी डा लक्ष्मी पौडेलले जानकारी दिनुभयो ।

त्यस क्षेत्रमा प्रत्येक दिन बिहान १० मिनेट कुचो लगाएर सफाइ गर्ने सहमतिसमेत भएको छ । कुचो लगाउने काममा विभिन्न विद्यालयका विद्यार्थीलेसमेत स्वयंसेवीका रुपमा काम गर्ने प्रतिबद्धता जनाएका छन् ।
यसैगरी शङ्खमूलबाट बानेश्वर निस्कने मूल सडकमा पनि सफाइ गरिएको छ । त्यस क्षेत्रका घर पसलमा गई जनचेतनामूलक अभियानसमेत सो अवसरमा सञ्चालन गरिएको थियो । शङ्खमूलमा माइक्रो पार्कमा फोहर नगर्न र माइक्रोभित्र डष्टविन राख्न पनि जागरणमूलक अभियान चलाइएको थियो । बङ्गलामुखी जाने बाटोमा गत वर्ष राखिएको गमला फुटालेर त्यहाँ फेरि फोहर गरिएकाले सफाइ गरिएको छ । सफाइमा पोखरार्की आठ वर्षीय प्रेन्सा रेग्मीसमेत सहभागी भएको अभियानकर्मी पौडेलले बताउनुभयो ।

गुह्येश्वरीमाथिको वाग्मती सफाइ अभियानको ३५५औँ हप्तामा गोकर्णेश्वर नगरपालिकाको हनुमान बाटिकास्थित नदी किनारमा सफाइ गरिएको छ । सफाइमा कुहिने र नकुहिने फोहर छुट्याएर व्यवस्थापन गरिएको वाग्मती सुन्दरता सरोकार मञ्चका अध्यक्ष उत्तम पुडासैनीले राससलाई जानकारी दिनुभयो ।

सफाइमा अन्तरराष्ट्रिय स्वयंसेवक दिवसको अवसर पारेर मानव अधिकार तथा शान्ति समाजसमेत सहभागी भएको थियो । विगत आठ वर्षदेखि मुहानदेखि नै वाग्मती सफाइ गर्ने नाराका साथ गुह्येश्वरीमाथिको नदीमा विभिन्न गतिविधि हुँदै आएको छ । सफाइमा अपाङ्ग मानव अधिकार केन्द्र, अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समिति, गोकर्णेश्वर नगरपालिका वडा नं ५ का अध्यक्ष नारायणबहादुर सुवेदीसहित स्थानीयवासीकोसमेत सहभागिता थियो ।

विष्णुमती सफाइ अभियानकमो ३२४औँ हप्तामा काठमाडौँ महानगरपालिका वडा नं १७ स्थित खुसीबुँ क्षेत्रमा सफाइ गरिएको छ । खुसीबुँ पुलबाट शोभा भगवतीसम्मको नदी किनारमा जनचेतनामूलक अभियानसहित सफाइ गरिएको अभियानकर्मी शोभाकान्त पाण्डेले राससलाई जानकारी दिनुभयो । सफाइमा विश्व शान्ति तथा अध्यात्म विज्ञान समाजलगायत संस्था र स्थानीयवासी गरी ६० भन्दाबढीको सहभागिता थियो ।

वाग्मतीको तिलगङ्गा खण्ड सफाइको २७६औँ हप्तामा तिलगङ्गा आँखा प्रतिष्ठानअघिको नदी किनारमा सफाइ गरिएको छ । कुहिने र नकुहिने फोहर छुट्याएर व्यवस्थापन गरिएको अभियानकर्मी आशा पाण्डेले जानकारी दिनुभयो ।

मनोहरा सफाइ अभियानको १९४औँ हप्तामा काठमाडौँ महानगरपालिका वडा नं ३२ स्थित मनोहरा कृषि बजार जडीबुटी क्षेत्रमा सफाइ गरिएको छ । मनोहरा सरसफाइ तथा सम्पदा बचाउ नागरिक अभियानको आयोजनामा भएको सफाइमा अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिका अध्यक्ष उद्धवप्रसाद तिमल्सेनालगायत अभियानकर्मीको सक्रियता थियो । सफाइबाट एक गाडी फोहर व्यवस्थापन गरिएको अभियानकर्मी चन्द्र दङ्गालले जानकारी दिनुभयो ।

ललितपुरको गोदावरी खोला सफाइ अभियानको ९२औँ हप्तामा नदीका विभिन्न क्षेत्रमा भौतिक दूरी कायम गरी सफाइ गरिएको छ । यसैगरी उपत्यकाका रुद्रमती, विष्णुमती, चक्रपथका उत्तरी र पश्चिमी खण्डलगायत स्थानमा पनि सफाइ गरिएको छ ।

विसं २०७० जेठ ५ गतेदेखि शुरु भएको वाग्मती सफाइ आगामी पुस २५ गते ४०० हप्तामा प्रवेश गर्दैछ । ४०० औँ हप्तामा विविध कार्यक्रम गरी मनाउने तयारी भइरहेको छ । महाअभियान शुरु भएपछि वाग्मतीका सहायक नदी, उपत्यकाका चक्रपथलगायत देशका १०६ भन्दाबढी स्थानमा स्वतःस्फूर्तरुपमा सफाइ अभियान शुरु भएका छन् ।
कोरोना महामारीका कारण गत चैतदेखि भने नदी किनार निवास भएका अभियानकर्मीमात्र भौतिक दूरी कायम गर्दै स्वास्थ्य सुरक्षाका विधि अपनाएर सफाइमा सहभागिता जनाउँदै आएका छन् ।

अफगानिस्तानमा हिंसा जारी रहेमा शान्तिवार्ता भंग हुनसक्ने अमेरिकी भनाई

अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले अफगानिस्तानको सरकार र तालिबानी समूहबीचको वार्ता चलिरहेका बेला अफगानिस्तानमा हिंसा हुन नहुने बताP ।
उgले यसरी यी दुई पक्षबीच शान्ति वार्ता जारी नै रहेका बेला यता अफगानिस्तानमा ठूलो हिंसा हुँदा यसबाट सो वार्ता भड्किने पनि सक्ने बताइएको छ ।

विदेशमन्त्री पोम्पेओले शान्ति वार्ता जारी नै रहेका बेलामा ठूला प्रकृतिका हिंसा बढ्दा त्यसले वार्ता नै भंग हुनसक्ने बताP । विदेशमन्त्री पोम्पेओले शुक्रबार आयोजना गरिएको एक भर्चुअल बैठकमा सो कुरा बताP ।

उgले यस विषयमा भन्नुभएको थियो– जस्तो कि अफगानिस्तानको विषयमा शान्ति वार्ता कतारको राजधानी दोहामा शुरु भएको छ त्यसैले एकातर्फ शान्ति वार्ता गर्ने र अर्कातर्फ देशभित्र हिंसा पनि गर्ने काम गर्न मिल्दैन, यस्तै कसैले पनि गर्नु हुदैन ।

तालिबान सरकार र तालिबानबीच गत सेप्टेम्बर १२ देखि कतारको दोहामा शान्तिवार्ता शुरु भएको थियो । सो वार्ता अहिले पनि जारी रहेको बताइएको छ । यस वार्तामा दशकौं लामो गृहयुद्ध अन्त्य गर्ने उपायका बारेमा छलफल हुँदैछ । अफगान गृहयुद्धमा हालसम्म दशौं हजार नागरिकको ज्यान गइसकेको छ ।

तर अफगान सरकारले भिन्न प्रस्ताव अघि सारेको छ । सरकारले कुनै धार्मिक कुरासँग सम्बन्धित विषय उठे त्यसलाई हनाफी न्यायप्रणालीबाट सम्बोधन गर्न सकिने जनाएको छ । यो र तालिबानहरुको पनि केही प्रस्तावका कारण वार्ता अघि बढ्न नसकेको बताइएको छ ।
शिया कानुन मुलुकभर समान ढंगबाट लागू हुने भएपनि धार्मिक अल्पसंख्यकका धार्मिक कानुनलाई पनि मान्यता दिनुपर्ने प्रस्ताव सरकारको छ । वार्तामा ढिलाई भएपछि अमेरिकी र अन्य मुलुकहरुले सहमतिका लागि कुटनीतिक प्रयत्न जारी राखेका बताइएको छ । तर वार्ता शुरु भएको केही समयपछि रोकिएको बताइएको छ ।

अमेरिकी विशेषदूत जाल्मे खलिलजाद समेतले गत महिना दोहामा पुगेर दुबै पक्षका वार्ता टोलीसँग छलफल गरेका थिए । त्यसैगरी नेटोका वरिष्ट प्रतिनिधि स्टेफानो पोन्टेकोर्भोले पनि वार्ता टोलीका संयोजक एवं सदस्यहरुसँग छलफल गरेको बताइएको थियो ।

तर पछिल्लो समयमा शान्ति वार्ताको काम रोकिएको छ भने उता अफगानिस्तानमा भने तालिबानीहरुले हमला गर्ने गरेका छन् । उनीहरुले पछिल्ला हप्ताहरुमा निकै शक्तिशाली आक्रमणहरु गरेर नागरिकको ज्यान लिन थालेका समाचार आएका छन् ।

त्यसैले एकतर्फ शान्ति वार्ता गर्ने र अर्कातर्फ उता हिंसात्मक हमला पनि हुने गरेकोले यसबाट वार्ता भंग पनि हुनसक्ने भन्दै चासो व्यक्त हुन थालेको बताइएको छ ।