मध्यपुर ठिमी नगरपालिका–३ कौशलटार चोकबाट मरेको मृग सहित काभ्रे भुम्लु गाउँपालिका–९ बस्ने ३६ वर्षीय राम कृष्ण थापालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
सिन्धुपाल्चोक चौताराबाट आउदै गरेको बा.भित्र लुकाइ ल्याएको मरेको मृग फेला पारी बस चालक थापालाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
Month: February 2022
जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
१४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा रामप्रसादराई गाउँपालिका-६ खोलाखर्क बस्ने २८ वर्षीय प्रकाश पाण्डेलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
पाण्डेले ती बालिकालाई पुस ४ गते ललाई फकाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी मानेभञ्ज्याङबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
श्रोत नखुलेको १२ लाख रुपैयाँ सहित पक्राउ
गौर नगरपालिका–४ बाट श्रोत नखुलेको १२ लाख नेपाली रुपैयाँ सहित २ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा भारत बिहार मोतिहारी थाना बरगैनिया गाउँ फुलबरिया बस्ने ४० वर्षीय ललन कुमार र सोही ठाउँ बस्ने २३ वर्षीय रोहित जैसवाल रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय रौतहटबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेका उनीहरुलाई जाँच गर्दा कुमार र जैसवालको साथबाट ६–६ लाख गरी उक्त रुपैयाँ सहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
१ सय ग्राम सुन जस्तो देखिने पहेलो धातु र नगद सहित पक्राउ
काठमाडौं महानगरपालिका–९ त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फको नयाँ पार्किङ एरियाबाट करिब १ सय ग्राम सुन जस्तो देखिने पहेलो धातुको २ थान बाला र नगद ८ लाख ७७ हजार रुपैयाँ सहित २ जनालाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा काठमाडौं टोखा बस्ने नुवाकोट शिवपुरी गाउँपालिका–४ घर भएका ४० वर्षीय प्रल्हाद थापा र काठमाडौं कीर्तिपुर बस्ने धादिङ ज्वालामुखी गाउँपालिका(३ घर भएका ४२ वर्षीय अर्जुन प्रसाद थपलिया रहेका छन् । उक्त स्थानमा जाँच गर्ने क्रममा भन्सार छलि ल्याउन लागेको उक्त धातु समेत फेला पारी उनीहरुलाई पक्राउ गरेको हो ।
सरकारले महिला उद्यमीका समस्यालाई यथासिघ्र समाधान गर्नुपर्छः अध्यक्ष, उर्मिला श्रेष्ठ
काठमाडौँ । नेपाल महिला चेम्बरकी अध्यक्ष उर्मिला श्रेष्ठले महिला उद्यमीका समस्यालाई सरकारले यथासिघ्र समाधान गर्नुपर्ने बताएकी छिन् । फेसियल हाउसको १३ औ वार्षिकोत्सव समारोह माझ उनले सो धारणा राखेकी हुन । कोभिड १९ का कारण अझैसम्म पनि व्यवसाय मैत्री वातावरण बन्न नसकिरहेको उल्लेख गर्दै उनले ठुलो संख्यामा महिला उद्यमीहरु समस्याग्रस्त बनेको पनि जनाइन । महिला उद्यमीका तमाम समस्यालाई हल गर्न पटक पटक सरकारलाई आग्रह गरेता पनि अझैसम्म महिला उद्यमीका समस्या समाधान हुन नसकेको अध्यक्ष श्रेष्ठले बताईन । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडकी कि प्रमुख कार्यकारी अधिकृत समेत रहेकी श्रेष्ठले कोभिडले खाद्यान्नको क्षेत्रमा समेत असर पारेको उल्लेख गर्दै महिला उद्यमीबाट संचालित व्युटी पार्लर, बुटिक, स्पा, फेन्सी, हस्तकलाजन्य उद्योग, रेस्टुरेंन्ट आदी व्यवसाय संचालन गर्न कठिन भैरहेको जनाइन् ।
कोभिड अवधी भर साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले खाद्य सामाग्रीको अभाव हुन नदिन घरघर पुगेर सुलभ मुल्यमा सामाग्री उपलब्ध गराउदै आएको पनि श्रेष्ठले जानकारी गराईन् । त्यसो त बजारमा महंगी बढन नदिन र अखाद्य एवम् गुणस्तरहिन वस्तुको कारोबारलाई निरुत्साहित गर्ने कर्पोरेशनले सुपथ मुल्यमा गुणस्तरिय वस्तु बिक्री वितरण गर्दै आएको पनि उनले जनाईन ।
सोही अवसर माझ वरिष्ठ सौन्दर्यविदद्व्य प्रा। डा। राजश्री श्रेष्ठ र कमला श्रेष्ठलाई फेसियल हाउस सम्मान २०२० बाट सम्मानित गरिएको थियो ।
कार्यक्रममा नेकपाकी सचेतक शान्ता चौधरी, राष्ट्रिय उपभोक्ता मंचका अध्यक्ष प्रेमलाल महर्जन, नेपाल उद्योग वाणिज्य संघकी कार्यकारीणी सदस्य एवम् रत्न तथा आभुसण संघकी अध्यक्ष ज्योत्सना श्रेष्ठ, नेपाल व्युटिसियन संघकी अध्यक्ष भगवती खडका, साल्ट ट्रेडिङका विभगिय प्रबन्धक ब्रजेश कुमार झा, इभेण्ट मेनेजमेण्ट एशोसियसनका प्रवक्ता एवम् कर्पोरेट म्यागाजिन एवम् कर्पोरेट खबर डट कमका सरोज ओझा, न्युजलाइन्स मिडियाका अध्यक्ष राजु भट्ट, इभेण्ट मेनेजमेण्ट एशोसियसनका सहसचिव एवम् मोडल संङ्स नेपालका सिईओ डेभिल सिंह राजपुत लगायतको उपस्थिती रहेको थियो ।
फेसियल हाउसकी प्रबन्ध निर्देशक सुस्मा महराको सभापतित्व माझ आयोजित सो कार्यक्रम संस्थाका संरक्षक उज्जवल जंग शाहको संयोजकत्व भएको थियो ।
रोजगारी र्सिजना र वैदेशिक रोजगारीमा गरिने ठगी प्रमुख प्राथमिकताः मन्त्री चौधरी
नवनियुक्त श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गौरीशंकर चौधरीले स्वदेशमै रोजगारी सिर्जना तथा वैदेशिक रोजगारीमा देखिएको बेथिति अन्त्य नै आफ्नो प्राथमिकता रहेको बताएका छन्।
मन्त्रालयमा आज पदबहालीपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले कोभिड–१९ का कारण वैदेशिक रोजगारीमा आएको सङ्कुचन, आन्तरिक श्रम बजारमा देखिएको बेरोजगारीको समस्यालाई समाधान गर्न आफ्नो ध्यान केन्द्रित हुने बताए। “कोरोनाले व्यापार व्यवसाय नराम्ररी प्रभावित भएका छन्, रोजगारी कटौती भएको अवस्था छ, स्वदेशमै रोजगारीको वातावरण निर्माण गर्नेतर्फ लागि पर्छु”, उनले भने।
मन्त्री चौधरीले आन्तरिक श्रम बजारमा प्रवेश गर्ने जनशक्ति बेरोजगार हुनुपर्ने अवस्थालाई अन्त्य गर्दै सामाजिक सुरक्षा योजनालाई प्रभावकारी ढङ्गबाट कार्यान्वयनमा लैजाने बताए। वैदेशिक रोजगारीका क्षेत्रमा देखिएको बेथितिको अन्त्य गर्न आफू क्रियाशील हुने प्रतिबद्धता व्यक्त गर्दै उनले वैदेशिक रोजगारीलाई व्यवस्थित, मर्यादित बनाउन लागिपर्ने जनाए।
उनले मन्त्रालयबाट सम्पादन हुँदै आएका कामकारवाही र अब गर्नुपर्ने कामका बारेमा छलफल गरेर अगाडि बढ्ने बताए। “अहिलेसम्म मन्त्रालय कसरी अगाडि बढिरहेको छ, विगतको अभ्यासलाई समीक्षा गरेर अगाडि बढ्छु”, उनले भने।
वैदेशिक रोजगारीमा देखिएको ठगी नियन्त्रण गर्न आफू खरो रूपमा उत्रने बताउँदै भने, “बाध्यताले वैदेशिक रोजगारीमा गएका वा जान लागेका युवा कुनै पनि हालतमा ठगिनु हुँदैन भन्ने मेरो मान्यता छ।” वैदेशिक रोजगार व्यवसायीले पनि पारदर्शी रूपमा काम गर्नुपर्नेमा जोड दिए।
प्रदेश प्रमुखद्वारा माघ ७ गते प्रदेशसभाको बैठक आह्वान
प्रदेश नंं १ का प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ले प्रदेशसभाको सातौँ तथा हिउँदे अधिवेशनको बैठक आगामी माघ ७ गते अपराह्न २ बजे बस्ने गरी आह्वान गर्नुभएको छ ।
प्रदेश प्रमुख अधिकारीले नेपालको संविधानको धारा १८३ को उपधारा (१) बमोजिम बैठक आह्वान गर्नुभएको प्रदेश प्रमुख कार्यालयका प्रवक्ता नरेन्द्रकुमार श्रेष्ठद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।
प्रदेशसभाको छैटौँ तथा बजेट अधिवेशन गत साउन ९ गते अन्त्य भएको थियो । यसअघि प्रदेश नं १ को मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को आज बिहान बसेको बैठकले सो दिनका लागि बैठक बस्न सिफारिश गरेको आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्कीका स्वकीय सचिव रवि खनालले जानकारी दिनुभयो ।
परिणाममुखी काम गर्ने छुः पर्यटनमन्त्री ढकाल
काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकालले मुलुकको अर्थतन्त्रको दरिलो आधारका रुपमा रहेको पर्यटन क्षेत्रलाई गतिशील बनाउन नीतिगत सुधारका साथ प्रभावकारी योजना अघि बढाइने बताउनुभएको छ ।
शुक्रबार पर्यटन मन्त्रालयको जिम्मेवारी पाउनुभएका मन्त्री ढकालले सिंहदरबारमा आज पदभार ग्रहण गर्दै मन्त्रालयको कानूनी समस्या सुल्झाउन तत्काल गरिनुपर्ने निर्णय र मन्त्रिपरिषद्मा रोकिएका तथा सरोकारवाला मन्त्रालयसँग गर्नुपर्ने समन्वय सहजीकरणका लागि पहल गर्ने विश्वास दिलाउनुभयो ।
उहाँले भन्नुभयो, “मन्त्री फेरिँदा झस्किनु पर्दैन, अनुशासनमा रहेर काम गर्नुस्, सबैको अभिभावकत्व ग्रहण गर्नेछु, म सपना देखाउँदिन परिणाममा विश्वास गर्छु, त्यसैले सपनामा रङ्गिनेभन्दा व्यावहारिक हुनेगरी योजना निर्माण र कार्यान्वयन हुनुपर्छ ।”
अतिरिक्त सुविधा र सेवाका निम्ति मन्त्रीप्रति कोही व्यक्ति लालायित हुनु नपर्ने उहाँको भनाइ थियो । स्वाभिमान र इमानलाई बन्धक राखेर अतिरिक्त सुविधा र पैसा कमाउनु आफ्नो राजनीतिक उद्देश्य नरहेकाले मन्त्रालयभित्रका विकास योजना आर्थिक मितव्ययी र पारदर्शी ढङ्गले अघि बढाइनुपर्नेमा उहाँले जोड दिनुभयो ।
उहाँले पर्यटन मन्त्रालय मातहत ठूला क्षेत्र, धेरै ठाउँमा थला पर्दै, पारिँदै आएकाले कसरी समाधान गर्ने भन्ने चुनौती रहेको उल्लेख गर्दै सरोकारवालासँग समन्वयात्मक ढङ्गले काम गर्दा नै सफलता हासिल हुने विश्वास व्यक्त गर्नुभयो ।
मन्त्री बदलिए पनि सरकार र कार्यनीति बदलिएको छैन भन्दै मन्त्री ढकालले योजना समयमै सम्पन्न गर्ने परिपाटिको विकास गर्न मातहत निकायलाई निर्देशन दिनुभयो । उहाँले मुलुक चुनावी वातावरणमा गएकाले राजनीतिक रङले मन्त्रालयलाई असर नगरोस् भन्नेतर्फ सजग रहेर सेवा प्रवाहलाई चुस्त र पारदर्शी बनाइनुपर्नेमा जोड दिनुभयो ।
यसअघि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको जिम्मेवारीमा रहनुभएका मन्त्री ढकाल पर्यटनमन्त्री बन्नुभएको हो । शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीले मौजुदा मन्त्रिपरिषद्मा नौ सदस्य नयाँ थप गर्दै केही मन्त्रीको जिम्मेवारी हेरफेर गर्नुभएको थियो ।
मन्त्री ढकालको यो तेस्रो मन्त्रालयको जिम्मेवारी हो । यसअघि करीब १४ महीना कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय र पछिल्लोपटक १३ महिना स्वास्थ्यमन्त्री बन्नुभएको थियो ।
कोभिड–१९ महामारीको सामना गर्ने अप्ठ्यारो अवस्थामा स्वास्थ्यमन्त्रीको जिम्मेवारी पाउँदा शक्तिशाली विकसित ठूला राष्ट्रले दिन नसकेको स्वास्थ्य सेवा जनतालाई दिलाउन सफल भएको र पछिल्लो पटक देशका सबै गाउँपालिकामा स्वास्थ्य सेवा विस्तार गर्नेजस्ता स्वास्थ्य क्षेत्रमा नयाँ क्रान्ति ल्याउनेगरी काम भएको उहाँले उल्लेख गर्नुभयो ।
मन्त्री ढकालले स्थायी सरकार बनेपछि राजनीतिक दुर्घटना र पार्टीभित्रको दुर्घटनापछि पर्यटनमन्त्रीको जिम्मेवारीमा आएको पनि उल्लेख गर्नुभयो । यसअघि पदभार ग्रहण गर्दै मन्त्री ढकालले पहिलो निर्णयका रुपमा सङ्घीय मन्त्रालयका बेरुजु जो जसका नाममा छ तत् निकायलाई नै बेरुजुको लगत हस्तान्तरण गर्ने निर्णय मन्त्रिपरिषद्मा लैजाने हस्ताक्षर गर्नुभयो ।
पर्यटन मन्त्रालयका सचिव यादवप्रसाद कोइरालाले देशलाई समृद्धिको दिशामा लैजाने प्रमुख आधार पर्यटन र ऊर्जा क्षेत्र रहेको भन्दै महामारीबाट बढी प्रभावित भएको पर्यटनलाई गतिशील तुल्याई बढीभन्दा बढी अर्थोपार्जन हुनेगरी योजनाबद्ध कार्यक्रम अघि बढाउन मन्त्रालय रणनीतिकरुपमा लागिपर्ने बताउनुभयो ।
उहाँले कोभिडपछि नेपालमा उल्लेख्य सङ्ख्यामा पर्यटक आउनसक्ने भएकाले सोहीअनुरुप पर्यटकीय पूर्वाधार विकास, उनीहरुको बसाइ लम्ब्याउनेजस्ता काममा मन्त्रालयले सहजीकरणको भूमिका निर्वाह गर्ने उल्लेख गर्नुभयो ।
मन्त्रालय मातहतका राष्ट्रिय गौरवका आयोजनाको प्रभावकारिताका लागि विशेष ध्यान दिइने पनि उहाँको भनाइ छ । आयोजनाअन्तर्गत निर्माणाधीन गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल, पोखरा क्षेत्रीय अन्तरराष्ट्रिय विमानस्थल र बारामा प्रस्तावित निजगढ अन्तरराष्ट्रिय विमानस्थल छन् ।
सो अवसरमा मन्त्रालय मातहतका पर्यटन विभाग, पुरातत्व विभाग, क्यान, नेपाल वायुसेवा निगम ९नेपाल एयरलाइन्स०, नेपाल पर्यटन बोर्डलगायत संस्थाका प्रमुख एवं प्रतिनिधिले मन्त्री ढकाललाई बधाई ज्ञापन गर्दै आफ्ना गतिविधिबारे जानकारी गराउनुभएको थियो ।
वन क्षेत्रमा भएका राम्रा कामलाई प्रोत्साहन गर्छु : वनमन्त्री आले
कठमाडौँ । नवनियुक्त वन तथा वातावरणमन्त्री प्रेमबहादुर आलेले वन क्षेत्रमा भएका राम्रा कामलाई प्रोत्साहन गर्ने र विकृति भए सबै मिलेर हटाउनुपर्ने बताउनुभएको छ । मन्त्रालयमा आज पद बहालीका क्रममा उहाँले सबै कर्मचारीलाई उच्च मनोबलका साथ काम गर्न निर्देशनसमेत दिनुभयो ।
मन्त्री आलेले आफू प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिमा रहँदा वन क्षेत्रका केही विकृति र गुनासा देखेको आँैल्याउँदै त्यसलाई हटाई उत्कृष्ट मन्त्रालयका रुपमा चिनाउन हरदम लागिपर्ने बताउनुभयो । मन्त्रालयका काम कारवाहीमा कार्यालय सहयोगीदेखि सचिवसम्म सबैको भूमिका महत्वपूर्ण हुने उल्लेख गर्दै उहाँले एक परिवारसरह काम गर्न निर्देशन दिनुभयो ।
वातावरण र संरक्षणका कार्य चुनौती रहेकाले यसमा सबैले मिलेर जिम्मेवारीका साथ काम गर्नुपर्ने बताउँदै उहाँले विकास र वातावरणबीच सन्तुलन गरी विकास निर्माणका कार्यलाई सहजीकरण गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
मन्त्री आलेले सरकारले मध्यावधि निर्वाचन घोषणा गरिसकेका कारण आफ्नो कार्यकाल छोटो रहेकाले दु्रत गतिमा काम गर्नुपर्ने बताउँदै यसमा सबै कर्मचारीको सहयोगको अपेक्षासमेत गर्नुभयो ।
कार्यक्रममा सचिव डा विश्वनाथ ओली, मन्त्रालयअन्तर्गत निकायका प्रमुख, विभागीय प्रमुखलगायतको सहभागिता थियो । मन्त्री आलेले आज आर्थिक अनुशासन मितव्ययितासम्बन्धी र वेरुजु फछ्र्यौटको कार्ययोजना बनाई कार्यान्वयन गर्ने पहिलो निर्णय गर्नुभएको छ ।
नागरिकतमा वितरणमा त्रुटि देखिएपछि इलाका प्रशासन कार्यालय प्रमुख शाह पक्राउ
काठमाडौँ । इलाका प्रशासन कार्यालय गौरीगञ्जका प्रमुख धनञ्जयकुमार साहलाई प्रहरीले नियन्त्रणमा लिएको छ । नागरिकता वितरण प्रकरणमा त्रुटि देखिएपछि उनलाई जिल्ला प्रशासन कार्यालय झापाको अनुरोधमा शनिबार साँझ जिल्ला प्रहरी कार्यालयमा बोलाएर नियन्त्रणमा लिइएको हो ।
‘हामीले जिप्रकाको आदेशलाई मानेका हौँ’, प्रहरी प्रवक्ता राकेश थापाले भने, खै नागरिकता वितरण प्रक्रियामा केही त्रुटि भयो भन्ने कुरा आएको छ । उनीहरुको आन्तरिक मामिला हो, छानबिन भइरहेको छ, तथ्यसहित सबै कुरा प्रमाणित भएपछि जानकारी गराउँछौँ ।’
उनीसँगै कार्यालय सहयोगी आशीर आलमलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ ।
“चुनाव हुन्छ, चुनावमा गएपछि कांग्रेस ठूलो पार्टी हुन्छ र सरकार चलाउँछौं भन्ने भ्रममा नपर्नुस्ः अध्यक्ष भट्टराई
काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले कांग्रेसलाई चुनाव हुन्छ र चुनावमा गएपछि कांग्रेस ठूलो पार्टी हुन्छ र सरकार चलाउँछौं भन्ने भ्रममा नपर्न आग्रह गरेका छन् । संसद विघटनको विरोधमा जसपाले गरेको विरोध प्रदर्शन कार्यक्रमलाई सम्बोधन गर्दै पूर्व प्रधानमन्त्री भट्टराईले नेपाली कांग्रेसलाई चुनाव हुन्छ भन्ने भ्रममा नपर्न आग्रह गरेका हुन् । उनले भने “‘चुनाव हुन्छ र चुनावमा गएपछि कांग्रेस ठूलो पार्टी हुन्छ र सरकार चलाउँछौं भन्ने भ्रममा नपर्नुस् ।’
प्रधानमन्त्री केपी शर्मा ओलीको ध्येय निरंकुश शासन गर्ने भएको भन्दै उनले आफ्नो प्रभुत्व कायम गरेको विश्वास नभएसम्म चुनाव नगराउने उनको भनाई रहेको छ । उनले अघि भने, ‘चुनाव भ्रम मात्र हो, आफ्नो निरंकुश शासन गर्ने ध्येयले चुनावको कुरा गरेका छन् । आफ्नो प्रभुत्व पुरै कायम गरेको विश्वास नभएसम्म चुनाव हुन्न ।’
भट्टराईले अदालतबाट संसद पुनर्स्थापना हुन्छ भन्नेमा आफू ढुक्क हुन ननसकेको बताएका छन् । ‘अदालतबाट आशा त गरौं, तर भर गर्ने ठाउँ छैन’ पूर्व प्रधानमन्त्री समेत रहेका भट्टराईले भने, किनकी अदालत जहिले पनि सार तत्वमा जाँदैन । न्याय दिने भन्दा पनि विधि प्रमाण पुर्याउनेतिर जान्छ ।’
‘कांग्रेस र अरु साथीहरुलाई आग्रह गर्न चाहन्छु, न्यायालयबाट आश गरौं, ढुक्क नबनौं’ उनले अघि भने ।
अर्को विकल्प भनेको सार्वभौम अधिकार प्रयोग गरेर संंसद बोलाउने भएको उनले बताए । यसका लागि सभामुखले सबै खलको बैठक बोलाउने र संसदको बैठक राख्नुपर्ने उनले बताए । ‘अत्याधिक सांसदहरु विघटन गलत छन् भन्ने पक्षमा छन् । जनतामा निहित सार्वभौमसत्ता प्रयोग गरेर बैठक बोलाउनुपर्छ र, हामीले फैसला गरौं’ उनले भने ।
ओलीको निरंकुश शासन फाल्न संयुक्त जनआन्दोलन गर्नुपर्ने भन्दै उनले सहकार्यका लागि आग्रह गरे ।
मन्त्रालयमा नयाँ मन्त्रीहरुलाई बधाईदिनेको ओईरो
काठमाडौँ । संसद् विघटन र पुष्पकमल दाहाल ‘प्रचण्ड’–माधव नेपाल पक्ष सरकारबाट बाहिरिएपछि बाहिरको राजनैतिक माहोल रमणीय बनेपनि सिंहदरबार भने सुनसान देखिएको थियो । तर नयाँ मन्त्रालयमा नयाँ मन्त्रीहरु आएसँगै सुनसान भएका सिंहदरबारका मन्त्रालयमा फेरि चहलपहल र आसेपासेको घुइँचो देखिएको छ ।
तत्कालिन मन्त्रीहरूको राजीनामापछि सुनसान देखिएका मन्त्रालयमा नयाँ मन्त्री आएसँगै आसेपासे र बधाई दिनेहरूको ओइरो लागेको हो ।
संसद् विघटन भएको भोलिपल्ट संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराई, वन तथा वातावरण मन्त्री शक्ति बस्नेत, श्रम, रोजगार, तथा सामाजिक सुरक्षा मन्त्री रामेश्वर राय यादव, खानेपानी मन्त्री बिना मगर, कृषि तथा पशुपन्छी विकास मन्त्री घनश्याम भुसाल, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेल र ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्री वर्षमान पुनले पत्रकार सम्मेलन गरेर संयुक्तरूपमा राजीनामा दिएका थिए ।
प्रधानमन्त्री केपी शर्मा ओलीले टोपबहादुर रायमाझी, मणि थापा, प्रभु साह, जुलीकुमारी महतो, विमला विक, गौरीशंकर चौधरी, गणेश ठगुन्ना, प्रेम आले र दावा तामाङसहित ८ जना मन्त्री थपेपछि आजबाट फेरि मन्त्रालयमा चहलपहल देखिएको छ ।
पदभार ग्रहण गर्दै वन तथा वातावरण मन्त्री प्रेमबहादुर आलेले रुख कटानका कारण विकास निर्माणमा देखिएको समस्यालाई समाधानका लागि कानून बनाउने बताएका छन् ।
मन्त्री आलेले विकास निर्माणका लागि आवश्यक पर्ने वातावरणीय प्रभाव मूल्याङ्कन ९ईआईए० बनाउनका लागि समय लाग्ने र त्यसले विकास निर्माणमा प्रभाव पार्ने भएकाले त्यसलाई कानूनमा नै व्यवस्था गरेर सजिलो बनाउने बताएका छन् ।
उनले पदभार ग्रहणसँगै आर्थिक अनुशासन मितव्यितासम्बन्धी र बेरुजु फर्छ्यौटको कार्ययोजना बनाई कार्यन्वयन गर्ने,’ फाइलमा हस्ताक्षर गरेका थिए ।
यस्तै पदभार ग्रहण गर्दै खानेपानी मन्त्री मणिचन्द्र थापाले नेताले गर्दा देश बिग्रिएको भन्दै त्यसलाई सुधार्दै समस्या समाधान गर्न अग्रसर हुने बताएका छन् ।
पदभार ग्रहणपछि कर्मचारीहरूसँगको परिचयात्मक कार्यक्रममा बोल्दै मन्त्री थापाले भने, ‘हामी नेताले देश बिगारेका छौं, समस्या सिर्जना गरेका छौं, त्यसलाई सुधार्ने प्रयास गर्नेछु ।’
यस्तै मन्त्री थापाले निर्वाचनतर्फ अग्रसर भएको अवस्थामा निर्वाचनपछि स्थायी सरकार बन्ने विश्वास व्यक्त गरे ।
सबैको चासो भएको मेलम्ची खानेपानीको विषयमा भने उनी बोलेनन् ।
तर मन्त्रालयका कर्मचारीहरूले यसभन्दा अगाडि सफल परीक्षण गरिएकाले यही महिनामा मेलम्ची ल्याउनसक्ने मन्त्रीलाई ब्रिफिङको समयमा बताएका थिए ।
‘मेलम्ची खानेपानी यो महिना ल्याउन सक्छौं । यसभन्दा अगाडि सफल परीक्षण भएको छ । मन्त्रीज्यूको पालामा उद्घाटन गर्न सकिन्छ,’ एक कर्मचारीले मन्त्री थापालाई ब्रिफिङका क्रममा भने ।
तर खानेपानी सचिव माधव बेल्बासेले सीसीएमसीले स्थानीय ठेकेदारलाई भुक्तानी नदिएका कारणले समस्या भएको बताए ।
सचिव बेल्बासेले स्थानीय ठेकेदारहरूलाई २ अर्ब ९० करोड रुपैयाँ तिर्न बाँकी भएका कारणले गर्दा केही समस्या देखिएको बताए ।
‘सीसीएमसीले २ अर्ब ९० करोड रुपैयाँ तिर्न बाँकी भएका कारण स्थानीयले आन्दोलन गरिरहेका छन्, सचिव बेल्बासेले भने, ‘राजनीतिक लेभलमा मन्त्रीज्यूले पहल गर्दिनुनेछ ।’
उनले देशभरमा ४२ हजार भन्दै आयोजना रहेको र त्यसको ७० प्रतिशतमा राजनीतिक हिसाबले समस्या देखिएकाले त्यसलाई समाधान राजनीतिक तहबाट गर्नुपर्ने सचिव बेल्बासेले बताए ।
नेपाल इन्फ्रास्ट्रक्चर बैंकलाई ८ अर्ब बराबरको आइपिओ निकाल्न बोर्डको अनुमति
काठमाडौं । हालसम्मकै ठूलो आईपीओ निष्काशन गर्न नेपाल इन्फ्रास्ट्रक्चर बैंकलाई नेपाल धितोपत्र बोर्डले अनुमति दिएको छ । बैंकलाई पुस १० गते आईपीओ निष्काशन गर्न बोर्डले अनुमति दिएको हो ।
बैंकले ८ अर्ब रुपैयाँ बराबरको ८ करोड कित्ता आईपीओ निष्काशन गर्नेछ । मंसिर ३ गते बसेको साधारणसभाबाट आईपीओ निष्काशनको प्रस्ताव पारित गरेको थियो ।
बैंकले जारी गर्न लागेको आइपीओमा प्रत्याभूतकर्ताको काम नागरिक लगानी कोषले गर्नेछ भने शेयर निष्काशन तथा तथा बिक्री प्रवन्धकमा एनआईबीएल एस क्यापिटल लिमिटेड रहेको छ ।
नेपाल सरकारको समेत लगानी रहेको नेपाल इन्फ्रास्ट्रचर बैंक नेपालकै पहिलो पूर्वाधार विकास बैंक हो भने बैंकले जारी गर्न लागेको यो सार्वजनिक निष्काशन पनि हालसम्मकै ठूलो हुनेछ ।
बैंकको अधिकृत पूँजी ४० अर्ब,जारी पूँजी २० अर्ब र चुक्ता पूँजी १२ अर्ब रहेको छ भने सर्वसाधारणहरुलाई शेयर निष्काशन गरी बाँडफाँट गरे पश्चात बैंकको चुक्ता पूँजी २० अर्ब रुपैयाँ पुग्नेछ ।
काठमाण्डौको नयाँ बानेश्वरमा रजिष्टर्ड कार्यालय रहेको बैंकले २०७५ माघ २८ गते नेपाल राष्ट्र बैंकबाट राष्ट्रिय स्तरको पूर्वाधार विकास बैंकको रुपमा कार्य गर्न स्वीकृति प्राप्त गरी २०७५ फागुन २२ गतेदेखि आफ्नो बैंकिङ्ग कारोबार सुरु गरेको थियो ।
जलविद्युत,सौर्य उर्जा, होटल, रिसोर्ट, फनपार्क, केवलकार, शिक्षा, स्वास्थ्य लगायतका पूर्वाधार क्षेत्रका परियोजनाहरुमा श्रोत लगानी गर्ने मूल उद्देश्य लिई स्थापना भएको बैंकले मुलुक भित्र तथा मुलुक बाहिरबाट दीर्घकालीन श्रोत संकलन गरी त्यस प्रकारका परियोजनाहरुलाई आवश्यक पर्ने श्रोत उपलब्ध गराउने लक्ष्य लिएको छ ।
सौर्य ऊर्जाबाट लिप्ट सिँचाइ
काठमाडौँ । जुम्लाको हिमा गाउँपालिका– ३ स्थित मोप्ला गाउँमा सौर्य ऊर्जाबाट लिप्ट सिँचाइ प्रविधिबाट पानी आएपछि यहाँका बासिन्दामा खुशी छाएको छ ।
सो गाउँमा हरिचन्द्र रोकायाले सिँचाइ सुविधा नहुँदा खेतमा धान रोप्न छाडेको तीनदशक बितेको बताउनुभयो । विसं २०५२ देखि उहाँले खेतमा धान रोप्नुभएको छैन । “सिँचाइ नहुँदा न अन्नपात राम्रोसँग उत्पादन गर्न पायौँ, नत खेती नै छोड्न सक्यौँ”, रोकायाले दुखेसो पोख्नुभयो, “गाउँ किनारामा बगेको हिमा नदी हेरेर बस्यौँ, खेत बाझो राख्यौँ सुक्खा जमीनमा लगाएको सिमी, मकै, जौ र गहुँ पनि राम्रोसँग उत्पादन भएन ।” पछिल्लो समयमा लिफ्ट सिँचाइ प्रविधिबाट पानी तानेर सिँचाइ गर्न थालिएपछि गाउँका स्थानीयवासी हर्षित भएका रोकायाले बताउनुभयो ।
उहाँले भन्नुभयो, “अहिले लिफ्ट सिँचाइमार्फत पानी आउँदा मार्सी धानको रोपाइँदेखि व्यावसायिक योजना बनाएर थरिथरीका कृषि योजना र बेमौसमी तरकारीखती गर्न सहज भएको छ ।”
सो गाउँका २८५ घरधुरीले सिँचाइ गर्न पाएका छन् । झण्डै दुई हजार ५०० मुरी खेतमा सिँचाइ सुविधा पुगेको स्थानीयावासी गोपाल रोकायाले बताउनुभयो । सो बाँझो खेतीयोग्य जमीनमा सिँचाइ हुने उहाँले जनाउनुभयो ।
कर्णाली प्रदेश भूमि व्यवस्था तथा कृषि सहकारी मन्त्रालयको सहयोगमा गाउँमा रु ५० लाखमा आधुनिक प्रविधियुक्त लिफ्ट सिँचाइ आयोजना निर्माण गरेर सफल परीक्षण भएपछि किसान दंग छन् । सो लिफ्ट सिँचाइमार्फत ७० मिटर उकालोसम्म पानी पु¥याउन सकिन्छ ।
सो गाउँका लागि २६ मिटर मात्र आवश्यक पर्ने कृषि प्राविधिक धर्मराज शाहीले बताउनुभयो । पचास किलोवाटको सौर्य ऊर्जाको प्रयोग भइरहेको छ । सोलार ब्याट्रीको प्रयोग गर्दा खर्चिलो हुने भएकाले सोलार प्यानल मात्र राखेर दिउँसो सिँचाइ सुविधा दिन सकिने गरी बनाइएको प्राविधिक शाहीले जानकारी दिनुभयो ।
सो सिँचाइ आयोजना कर्णाली प्रदेशकै नमूना आयोजना भएकाले गत आर्थिक वर्षमा सञ्चालित १२ सिँचाइ योजनामध्ये यो योजना निकै जोखिमको थियो । यस्तो प्रकारको योजना कर्णालीका कुनै पनि जिल्लामा शुरु भइसकेका छैनन् ।
प्राविधिक स्टेटमेन्टबाहेकका सामग्री प्रयोग गर्न नदिएको जिल्ला कृषि विकास कार्यालय जुम्लाका प्रमुख बालकराम देवकोटाले बताउनुभयो । घेरबारदेखि जाली क्यानल बनाउनका लागि चालू आर्थिक वर्षमा पहल भएको उहाँले जानकारी दिनुभयो ।
गैरआवसिय नेपालीले कोरोनाविरुद्ध लगाए खोप
गैरआवासीय नेपालीले कोरोनाविरुद्ध निर्माण गरिएको खोप लगाउन थालेका छन् । पहिलो चरणमा अग्रपङ्क्तिमा काम गर्ने नेपालीले खोप लगाउन थालेका गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)ले जनाएको छ ।
बेलायत, कतार, क्यानाडा, साउदी अरब, बहराइनमा रहेका गैरआवासीय नेपालीले कोरोनाविरुद्धको खोप लगाउन थालेका सङ्घले जनाएको छ । विश्वका विभिन्न मुलुकले कोरोनाविरुद्ध अग्रपङ्क्तिमा खटिने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी लगायतलाई आपत्कालीन अवस्थामा खोप दिन थालिसकेका छन् ।