हुम्लाका महिलाले पायन्न् सुत्केरीले भत्ता

काठमाडौँ । हुम्लाको दक्षिणी क्षेत्रमा रहेका महिलाले कात्तिकदेखि सुत्केरी भत्ता नपाएको गुनासो गरेका छन् । तल्लो क्षेत्रमा रहेको ताँजाकोट गाउँपालिकाका महिलाले आफूहरु सुत्केरी हुँदा पाउनुपर्ने भत्ता नपाएको गुनासो गरेका हुन् । प्रसूतिगृहमा सुत्केरी हुनेलाई निश्चित रकम भत्ता दिने सरकारी व्यवस्था भए पनि गाउँपालिकाबाट रकम निकासा नहुँदा भत्ता नपाएको ताँजाकोट गाउँपालिका–२ निवासी मैलागाउँका राजपुरा सुनारले गुनासो गर्नुभयो ।

गत कात्तिक मा सुत्केरी भएको तर हालसम्म सुत्केरी र गर्भवती जाँच गरेवापत पाउने भत्ता नपाएको सुनारले गुनासो गर्नुभयो । भत्ताकै लागि तीनपटक स्वास्थ्यचौकीमा पुग्दा गाउँपालिकाबाट भत्ता नआएकाले दिन नसकिएको जवाफ पाएको उहाँले बताउनुभयो । सुत्केरी भएकै बेला दिएर पोषिलो खानेकुराका लागि पाउनुपर्ने भत्ता सात महिनासम्म नपाएको अर्की सुत्केरी गरी बुढाले बताउनुभयो । आफू असारमा सुत्केरी भएको तर भत्ता नपाएको गुनासो गर्नुभयो ।

सुत्केरी भत्ताका साथै गर्भजाँच गराएको भत्ता पनि नपाएको यहाँका महिलाले गुनासो गरेका छन् । राज्यबाट गर्भवतीलाई प्रसूतिगृहमा सुरक्षित सुत्केरी गराउनका लागि प्रोत्साहनस्वरूप भत्ताको व्यवस्था गरे पनि कार्यक्रम कार्यान्वयन गर्ने निकायको लापरवाहीले गर्दा हालसम्म भत्ता नपाएका हुन् । प्रसूतिगृहमा सुत्केरी हुने महिलाले रु तीन हजार प्रोत्साहन भत्ता र गर्भवती भएका बेला चारपटक गर्भजाँच गरेवापत प्रतिपटक रु २०० का दर रु ८०० गरी एक महिलाले रु तीन हजार ८०० पाउँछन्

उत्तरी पाकिस्तानमा सैनिक हेलिकप्टर दुर्घटनाग्रस्त

काठमाडौँ । पाकिस्तानी सेनाको एउटा हेलिकप्टर उत्तरी गिल्गिट बाल्टिस्तान क्षेत्रमा शनिबार दुर्घटनाग्रस्त भएको सेनाले जनाएको छ ।

उक्त दुर्घटनामा दुई पाइलट र दुई सैनिक सहित चार जनाको मृत्यु भएको सेनाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । सेनाले उक्त हेलिकप्टर प्राविधिक गडबडीका कारण दुर्घटनाग्रस्त भएको जनाएको छ ।
बाल्टिस्तान क्षेत्रमा गोली लागेर घाइते भएका एक सिपाहीको उद्धारका लागि खटिएको हेलिकप्टर दुर्घटनाग्रस्त भएको हो ।
स्थानीय एक स्रोतले बताए अनुसार निर्जन पहाडी इलाकामा हेलिकप्टर दुर्घटनाग्रस्त भएको थियो । दुर्घटनाग्रस्त हेलिकप्टर पूर्ण रुपमा नष्ट भएको बताइएको छ ।

पर्यटनमा कोरोना कहर : १० महिनापछि पर्यटक गणना शुरु

सायदै कोरोना हुन्थेन भने यतिबेला देशभरसहित इलाममा पनि ‘नेपाल भ्रमण वर्ष’ मनाइँदै हुन्थ्यो । एकै वर्षमा अढाइ लाख पर्यटक भित्र्याउने योजना सफल बनाउन पर्यटनकर्मी प्रवद्र्धनका कार्यक्रममा व्यस्त हुन्थे । गाउँगाउँमा पर्यटकको स्वागत र बिदाइका शृङ्खला चल्थे । स्थानीय पर्यटकीय क्षेत्र भरिभराउ हुन्थे र पर्यटन व्यवसायी पनि भ्याइनभ्याइ पर्यटकीय गतिविधिका कार्यक्रममा सामेल रहन्थे ।

एकै वर्ष दुईदेखि तीन पर्यटन महोत्सव लाग्ने इलाममा यो बेला झनै महोत्सवैमहोत्सव हुन्थ्यो होला तर अहिले यसको ठीकविपरीत भइरहेको छ । जिल्लामा अहिले न महोत्सव छन्, न पर्यटन प्रवद्र्धनका गतिविधि । प्रवद्र्धनका भएका कार्यक्रम पनि चासो र तामझामसहितका छैनन् । कोरोनापछि पर्यटन व्यवसाय यति खस्कियो कि पर्यटन सूचना केन्द्रले गणना गर्नसमेत सकेन । झापा र इलामको सीमावर्ती क्षेत्र जोरकलशमा सधैँ पर्यटकको गणनाका लागि कुर्सी राखिन्थ्यो ।

इलाम पस्नेदेखि पाँचथर र ताप्लेजुङसम्म पुग्ने पर्यटकको सङ्ख्या रजिस्टरमा चढाएर पर्यटक भित्र्याइन्थ्यो तर कोरोनाले यो शृङ्खला टुटाइदियो । चैतको पहिलो साता शुरु भएको बन्दाबन्दीले पर्यटक गणना गर्न सकिएन । पुसको शुरुबाट गणना शुरु त गरिएको छ तर अपेक्षाकृत पर्यटक छैनन् । सूचना अधिकारी गगन घिमिरेका अनुसार सदाजस्तो पर्यटक यस वर्ष आएका छैनन् ।

सूचना केन्द्रले ठूला सवारी (बस र ट्याक्सी) मा सवार पर्यटकको सङ्ख्या राख्छ । कोरोनाका कारण सुरक्षाका मापदण्ड मान्न नसक्दा पर्यटक नआएको घिमिरेको बुझाइ छ । विशेषतः इलाम घुम्न आउने पर्यटकको रोजाइमा श्रीअन्तु, कन्याम र सन्दकपुर र माईपोखरी पर्छन् । सूर्योदय र सूर्यास्तका लागि नेपालकै उत्कृष्ट श्रीअन्तुमा विगत वर्षमा पर्यटकको बाक्लो सङ्ख्यामा आगमन हुन्थ्यो । हरियो चियाबारी घुम्न र मनोरम क्षेत्र अवलोकनका लागि कन्याम आउनेको सङ्ख्या पनि कम हुँदैन थियो । सरकारले बन्दाबन्दी खोलेपछि पर्यटन व्यवसायीले पनि केही कोरोनाका मापदण्ड तोकेर पर्यटकलाई स्वागत गर्ने योजना बनाए ।

मुख्य पर्यटकीय क्षेत्रमा पर्यटक आए तर सदाजस्तो पर्यटक नहुँदाचाहिँ प्रवद्र्धनका कार्यक्रम कम भएको श्रीअन्तुका पर्यटन व्यवसायी रुद्र घिमिरेको भनाइ छ । त्यसो त अन्तुमा दशैँपछि पर्यटकको सङ्ख्या धेरै कम त छैन तर प्रवद्र्धनका कार्यक्रम ल्याएको भए विगतमा झैँ पर्यटक आउने अनुमान घिमिरेको छ । गएको वर्ष एक लाख २० हजार पर्यटक इलाम भित्रिएको सूचना केन्द्रको तथ्याङ्क छ । परिस्थिति सामान्य रहँदै पनि लक्ष्यअुनसार पर्यटक आउने सम्भावना कम थियो । कोरोनापछि त लक्ष्य पूरा हुने अनिश्चित छ ।

विषम परिस्थितिकै कारण सरकारले भ्रमण वर्षसमेत खारेज गर्यो भने कार्यक्रम पनि स्थगन भए । अब भने पर्यटन व्यवसायीको चासो पर्यटकीय गतिविधि कसरी सामान्य बनाउनेतर्फ गएको छ । त्यसै पनि पर्यटनसँग जोडिएका होटल, घरवासमा कोरोनाको प्रभाव नराम्ररी परेको छ । सञ्चालन गर्न नसक्दा कतिपय होटल÷घरवासमा ताल्चा लागेका छन् । सरकारले पर्यटकीय क्षेत्रमा ‘बिग प्याकेज’ नल्याएमा पर्यटन क्षेत्र उठ्न नसक्ने इलाम पर्यटन प्रवद्र्धन विकास समितिका देवी पौड्याल बताउनुहुन्छ । उहाँका अनुसार स्थानीय तहले पर्यटकीय गतिविधि बढाउन पर्यटकीय क्षेत्र निश्चित नगरेकाले पनि काम गर्न असहज भइरहेको छ ।

“जुनसुकै ठाउँको पनि पर्यटन प्रवद्र्धन भनेको छ । देखाएको मात्र छ । केही क्षेत्र तोकेको भए व्यवस्थापन गर्न सहज हुन्थ्यो”, पौड्यालले भन्नुभयो, “स्थानीय तहले मुख्य पर्यटकीय क्षेत्रलाई तोक्नुपर्यो । त्यहीअनुसार अघि बढ्न सकिन्छ । नभए पर्यटकीय क्षेत्र उठ्न सहज छैन ।” स्थानीय तहले पर्यटकीय क्षेत्रमा अपेक्षाकृत कार्यक्रम नल्याएकाले पर्यटकीय क्षेत्र उठ्न नसकेको पौड्यालको तर्क छ ।

पछिल्लो समय इलामका नयाँ पर्यटकीय क्षेत्रमा पनि पर्यटकको आकर्षण बढ्दै गएको छ । पानीटार, दिदीबहिनी झरना, झण्डीडाँडालगायतका क्षेत्र पनि पर्यटकका रोजाइका क्षेत्र बन्दै गएका छन् । कतिपय क्षेत्रमा चलचित्र र म्युजिक भिडियो खिच्ने टोलीका कारण पनि चर्चा आउन थालेका छन् तर पर्यटकीय क्षेत्रमा स्थानीय सरकारको उपस्थिति भने नगन्य रहेको देखिन्छ ।
पर्यटनमा कोरोना कहर : १० महिनापछि पर्यटक गणना शुरु
सायदै कोरोना हुन्थेन भने यतिबेला देशभरसहित इलाममा पनि ‘नेपाल भ्रमण वर्ष’ मनाइँदै हुन्थ्यो । एकै वर्षमा अढाइ लाख पर्यटक भित्र्याउने योजना सफल बनाउन पर्यटनकर्मी प्रवद्र्धनका कार्यक्रममा व्यस्त हुन्थे । गाउँगाउँमा पर्यटकको स्वागत र बिदाइका शृङ्खला चल्थे । स्थानीय पर्यटकीय क्षेत्र भरिभराउ हुन्थे र पर्यटन व्यवसायी पनि भ्याइनभ्याइ पर्यटकीय गतिविधिका कार्यक्रममा सामेल रहन्थे ।

एकै वर्ष दुईदेखि तीन पर्यटन महोत्सव लाग्ने इलाममा यो बेला झनै महोत्सवैमहोत्सव हुन्थ्यो होला तर अहिले यसको ठीकविपरीत भइरहेको छ । जिल्लामा अहिले न महोत्सव छन्, न पर्यटन प्रवद्र्धनका गतिविधि । प्रवद्र्धनका भएका कार्यक्रम पनि चासो र तामझामसहितका छैनन् । कोरोनापछि पर्यटन व्यवसाय यति खस्कियो कि पर्यटन सूचना केन्द्रले गणना गर्नसमेत सकेन । झापा र इलामको सीमावर्ती क्षेत्र जोरकलशमा सधैँ पर्यटकको गणनाका लागि कुर्सी राखिन्थ्यो ।

इलाम पस्नेदेखि पाँचथर र ताप्लेजुङसम्म पुग्ने पर्यटकको सङ्ख्या रजिस्टरमा चढाएर पर्यटक भित्र्याइन्थ्यो तर कोरोनाले यो शृङ्खला टुटाइदियो । चैतको पहिलो साता शुरु भएको बन्दाबन्दीले पर्यटक गणना गर्न सकिएन । पुसको शुरुबाट गणना शुरु त गरिएको छ तर अपेक्षाकृत पर्यटक छैनन् । सूचना अधिकारी गगन घिमिरेका अनुसार सदाजस्तो पर्यटक यस वर्ष आएका छैनन् ।

सूचना केन्द्रले ठूला सवारी (बस र ट्याक्सी) मा सवार पर्यटकको सङ्ख्या राख्छ । कोरोनाका कारण सुरक्षाका मापदण्ड मान्न नसक्दा पर्यटक नआएको घिमिरेको बुझाइ छ । विशेषतः इलाम घुम्न आउने पर्यटकको रोजाइमा श्रीअन्तु, कन्याम र सन्दकपुर र माईपोखरी पर्छन् । सूर्योदय र सूर्यास्तका लागि नेपालकै उत्कृष्ट श्रीअन्तुमा विगत वर्षमा पर्यटकको बाक्लो सङ्ख्यामा आगमन हुन्थ्यो । हरियो चियाबारी घुम्न र मनोरम क्षेत्र अवलोकनका लागि कन्याम आउनेको सङ्ख्या पनि कम हुँदैन थियो । सरकारले बन्दाबन्दी खोलेपछि पर्यटन व्यवसायीले पनि केही कोरोनाका मापदण्ड तोकेर पर्यटकलाई स्वागत गर्ने योजना बनाए ।

मुख्य पर्यटकीय क्षेत्रमा पर्यटक आए तर सदाजस्तो पर्यटक नहुँदाचाहिँ प्रवद्र्धनका कार्यक्रम कम भएको श्रीअन्तुका पर्यटन व्यवसायी रुद्र घिमिरेको भनाइ छ । त्यसो त अन्तुमा दशैँपछि पर्यटकको सङ्ख्या धेरै कम त छैन तर प्रवद्र्धनका कार्यक्रम ल्याएको भए विगतमा झैँ पर्यटक आउने अनुमान घिमिरेको छ । गएको वर्ष एक लाख २० हजार पर्यटक इलाम भित्रिएको सूचना केन्द्रको तथ्याङ्क छ । परिस्थिति सामान्य रहँदै पनि लक्ष्यअुनसार पर्यटक आउने सम्भावना कम थियो । कोरोनापछि त लक्ष्य पूरा हुने अनिश्चित छ ।

विषम परिस्थितिकै कारण सरकारले भ्रमण वर्षसमेत खारेज गर्यो भने कार्यक्रम पनि स्थगन भए । अब भने पर्यटन व्यवसायीको चासो पर्यटकीय गतिविधि कसरी सामान्य बनाउनेतर्फ गएको छ । त्यसै पनि पर्यटनसँग जोडिएका होटल, घरवासमा कोरोनाको प्रभाव नराम्ररी परेको छ । सञ्चालन गर्न नसक्दा कतिपय होटल÷घरवासमा ताल्चा लागेका छन् । सरकारले पर्यटकीय क्षेत्रमा ‘बिग प्याकेज’ नल्याएमा पर्यटन क्षेत्र उठ्न नसक्ने इलाम पर्यटन प्रवद्र्धन विकास समितिका देवी पौड्याल बताउनुहुन्छ । उहाँका अनुसार स्थानीय तहले पर्यटकीय गतिविधि बढाउन पर्यटकीय क्षेत्र निश्चित नगरेकाले पनि काम गर्न असहज भइरहेको छ ।

“जुनसुकै ठाउँको पनि पर्यटन प्रवद्र्धन भनेको छ । देखाएको मात्र छ । केही क्षेत्र तोकेको भए व्यवस्थापन गर्न सहज हुन्थ्यो”, पौड्यालले भन्नुभयो, “स्थानीय तहले मुख्य पर्यटकीय क्षेत्रलाई तोक्नुपर्यो । त्यहीअनुसार अघि बढ्न सकिन्छ । नभए पर्यटकीय क्षेत्र उठ्न सहज छैन ।” स्थानीय तहले पर्यटकीय क्षेत्रमा अपेक्षाकृत कार्यक्रम नल्याएकाले पर्यटकीय क्षेत्र उठ्न नसकेको पौड्यालको तर्क छ ।

पछिल्लो समय इलामका नयाँ पर्यटकीय क्षेत्रमा पनि पर्यटकको आकर्षण बढ्दै गएको छ । पानीटार, दिदीबहिनी झरना, झण्डीडाँडालगायतका क्षेत्र पनि पर्यटकका रोजाइका क्षेत्र बन्दै गएका छन् । कतिपय क्षेत्रमा चलचित्र र म्युजिक भिडियो खिच्ने टोलीका कारण पनि चर्चा आउन थालेका छन् तर पर्यटकीय क्षेत्रमा स्थानीय सरकारको उपस्थिति भने नगन्य रहेको देखिन्छ ।

कारागारबाट फरार थुनुवा पक्राउ

कारागार कार्यालय चितवनबाट फरार भएका थुनुवा पक्राउ परेका छन् । कारागारबाट भागेका थुनुवा कालिका नगरपालिका–२ का ४५ वर्षीय रेशमलाल श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको हो । उनलाई जिल्ला प्रहरी कार्यालय चितवनको विशेष टोलीले तनहुँको देवघाट गाउँपालिका–५ कालिमाटी जङ्गलबाट पक्राउ गरेको हो ।

कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापाका अनुसार उनी यही मङ्सिर २० गते साँझ ५ः१५ बजे कारागार कार्यालयबाट भलिबल खेल्ने जालीको सहायताले पर्खाल नाघी भागेका थिए । जबर्जस्ती करणी उद्योग मुद्दामा पुर्पक्षका लागि गएको साउन २० गते उनलाई कारागार पठाइएको थियो । पक्राउ परेका श्रेष्ठको जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेर पिसिआर परीक्षणका लागि स्वाब पठाइएको छ । थापाले आज रिपोर्ट नेगेटिभ आएमा श्रेष्ठलाई कारागार पठाइने जानकारी दिनुभयो ।

प्रदेश प्रमुखद्वारा माघ ७ गते प्रदेशसभाको बैठक आह्वान

प्रदेश नंं १ का प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ले प्रदेशसभाको सातौँ तथा हिउँदे अधिवेशनको बैठक आगामी माघ ७ गते अपराह्न २ बजे बस्ने गरी आह्वान गर्नुभएको छ ।
प्रदेश प्रमुख अधिकारीले नेपालको संविधानको धारा १८३ को उपधारा (१) बमोजिम बैठक आह्वान गर्नुभएको प्रदेश प्रमुख कार्यालयका प्रवक्ता नरेन्द्रकुमार श्रेष्ठद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।
प्रदेशसभाको छैटौँ तथा बजेट अधिवेशन गत साउन ९ गते अन्त्य भएको थियो । यसअघि प्रदेश नं १ को मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को आज बिहान बसेको बैठकले सो दिनका लागि बैठक बस्न सिफारिश गरेको आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्कीका स्वकीय सचिव रवि खनालले जानकारी दिनुभयो

ठूला शहरमा जाजरकोटको मकै

काठमाडैँ । वर्षेनी खाद्यान्न आयात गर्ने जजारकोटबाट अब खाद्यान्न निर्यात हुन थालेको छ । जिल्लाका विभिन्न ठाउँमा यातायातको सहज पहुँच भएसँगै स्थानीय बासिन्दाले उत्पादन गरेका खाद्यान्न बाहिर जिल्लामा निर्यात गर्न थालिएको हो ।

अहिले जाजरकोटको भेरी नगरपालिकाबाट मात्र वार्षिकरूपमा ३०० क्विन्टलभन्दा बढी देउती जातको मकै देशका ठूला शहरमा बिक्री भइरहेको भेरी नगरपालिका कृषि शाखाका प्रमुख यज्ञ अधिकारीले जानकारी दिनुभयो । गाउँबाट प्रतिपाथी रु १०० मा बिक्री भइरहेको उहाँको भनाइ छ ।

चार वर्षदेखि मकैको बीउ उत्पादन गरी कृषकलाई आत्मनिर्भर बनाउन लागेको कृषि शाखाले छोटो समयमै तीव्ररूपमा काम हुँदा अहिले जिल्ला बाहिर बिक्रीका लागि पठाउन शुरु गरेको हो । भेरी नगरपालिका–७ रुपाकोट, चौरटोलमा १० हेक्टर जमिनमा मकैको बीउ उत्पादन कार्य बर्सेनि हुँदै आएको छ । नगरपालिकाभित्र बाहिरबाट बीउ ल्याएर मकै लगाउनुपर्ने अवस्था अन्त्य भएको कृषकले बताएका छन् ।

मकैको बीउलाई किराबाट जोगाउनका लागि मकै उत्पादन भण्डारण केन्द्र स्थापना गरी कामसमेत भइरहेको छ । विद्युत् र सडकमा सहज पहुँच छिटो बनाउन केन्द्रका स्थानीयवासीले माग गरेका छन् । रुपाकोटमा लेभलिङ, प्याकेजिङ र ग्रेडिङको काम शुरु भएको प्रमुख अधिकारीले जानकारी दिनुभयो । त्यस्तै जिल्लाको नलगाड नगरपालिका–५ रघुनाथलाई मकैको पकेट क्षेत्रका रूपमा अगाडि बढाइएको छ । यस वर्ष नयाँ ठाउँमा विस्तार अभियानमा रहेको कृषि शाखाका बालकृष्ण आचार्यले जानकारी दिनुभयो ।

नलगाडबाट मात्र वर्षेनी ७०० क्विन्टलभन्दा बढी मकै बाहिरी जिल्लामा बिक्री हुने गरेको छ । लहँ, हल्चौर र डाँडागाउँमा बढी मकै उत्पादन गरिँदै आएको छ । उत्पादनका हिसाबले भेरी र नलगाड नगरपालिका राम्रो मानिन्छ । सडकको सहज पहुँचसमेत पुगेको क्षेत्रका रूपमा यी स्थानीय तह पर्दछन् ।

म हि नावा री हुँदा किन बार्नु पर्छ? यस्तो छ काराण ?

काठमाडौँ । म हि नावा री हुदा हिन्दु समाजमा मन्दिर प्रवेश नगर्नु भनेको छैन,पर बस्नु भनिन्छ । यो महि ना वा रीमा दिएको छुट्टी हो । तिम्रो शरीर बाट रगत जादा तिमि कमजोर हुन्छौ भनेर आराम दिएको छुट्टी हो । प्राचीन संस्कारको संस्कृती पछाडीको ज्ञान हेर्ने गरौ।

म हि वा री मा तिमी कोहि एक भन्दा अपवित्र हुदैनौ । मन्दिर भन्दा पवित्र हुन्छौ । मन्दिर भन्दा सं वेद नशि ल हुन्छौ । पिरियडमा मन्दिर नजानु भनेको पुरातन समाजमा मन्दिर टाढा हुन्थे । फेरि मन्दिर जानू भनेको मन्दिर गएर नमस्कार गरेर फर्कनु मात्र थिएन ।

मन्दिर निराहार शुद्ध भएर जाने गरिन्थ्यो । म हि ना वा री मा मन्दिर निराहार निर्जल जादा घण्टौ साधना गर्दा तिम्रो स्वास्थ्यमा असर पर्छ तिमी झन कमजोर हुन्छौ भनेर मन्दिर नजाउ भनिएको हो । कालान्तरमा यो निषेधको रुपमा बुझियो । भारतमा काम्ख्या मातालाई नै पिरियड हुन्छ । हिन्दु समाजमा नारी देवि हुन । यदि नारीले हिन्दु धर्म संस्कार संस्कृती जोगाउन नसके एउटा युग गुमाउनेछ्न ।

तिमी म हि ना वा री मा अछुत वा अयोग्य हुदैनौ तिमी मन्दिर भन्दा पवित्र हुन्छौ । मन्दिर बनाउने मान्छे जन्माउने पनि तिमीरनारी हौ ।तिमी जुनसुकै बेला मन्दिर जान सक्छौ । किन नजान भनियो फरक कोण बाट हेर्न सक्छौ । हिजो कुन अभ्यास थियो त्यसलाई जानेर बुझेर मात्र प्रश्न गर ।राम्रो लागेमा अवश्य शेयर गर्नुहोला ।

विवाहपछि प्राय युवतीहरु मोटाउँछन्, यस्तो छ कारण

काठमाडौँ । बिहेअघि दुब्ला पातला रहेका अधिकांश युवतीहरु विवाहपछि मोटाउँछन् । आखिर किन त ? यो विषयमा हामीलाई थाहा हुँदैन तर खुल्दुली लाग्ने गर्छ ्र यहि खुल्दुली मेटाउनका लागि यो विषयमा थुप्रै खोज तथा अनुसन्धान भएका छन् ।

फेमिली सिस्टम एण्ड हेल्थ जर्नलमा प्रकाशित एक अनुसन्धानका अनुसार विवाह पछि थुप्रै महिला र पुरुषको तौल तेज रुपमा बढ्ने गर्दछ । यस्तै एक अन्य अनुसन्धानका अनुसार विवाहको ५ वर्ष्भित्र करिब ८२ प्रतिशत जोडीको तौल ५ देखि १० किलो बढ्ने गर्दछ ।

१. हर्मोनल चेन्जः अध्ययन अनुसार, विवाह पछि शरीरमा हर्मोनल परिवर्तन हुने गर्दछ । यसले गर्दा युवतीहरुको तौल बढ्न थाल्छ ।२। निन्द्रा नपुग्नु स् विवाह अघि भन्दा पछि युवतीहरुको दैनिक समय तालिकाका व्यस्त हुन थाल्छ जसका कारण उनिहरु पर्याप्त निदाउन पाउँदैनन् । यसले गर्दा पनि तौल बढ्न थाल्छ ।

३. तनावः विवाह पछि सुरुका दिनमा युवतीहरु तनावमा हुन्छन् । यस्तो अवस्थामा भोक बढाउने हर्मोनको लेभल बढ्ने गर्दछ जसले तौल बढाउँछ ।४। सोचमा परिवर्तनः मानिसहरु विवाह पहिले राम्रो देखिनका लागि आफ्नो डाइट र फिटनेसमा पूरा ध्यान दिने गर्दछन् ।

तर विवाह पछि जीवनशैलीमा परिवर्तन हुने भएका कारण यस्ता कुराहरु छुट्ने गर्दछ जसले तौल बढ्छ ।५। उमेरको असर स् आजकाल धेरैजसो मानिस २८–३० वर्षमा सेटल भएपछि मात्र विवाह गर्दछन् । जबकी अध्ययनका अनुसार ३० वर्षपछि हाम्रो शरीरको मेटाबोलिजमको रेट कम हुन्छ जसका कारण तौल बढ्छ ।

६. दैनिकीमा परिवर्तनः एक्लै हुँदा आफूलाई फिट राख्नका लागि पर्याप्त समय निकाल्न सकिन्छ तर विवाह पछि प्राथमिकता परिवर्तन हुन्छ । मानिसहरु व्यायमको लागि समय निकाल्न सक्दैनन् । शारिरिक रुपमा निष्क्रिय हुने भएका कारण तौल बढ्ने गर्दछ ।

राम्रो कामको लागि हामीले ओलीलाई कहिले रोक्यौँ, स्वार्थ पुरा गर्न कृते हस्ताक्षर गरेको आरोप लगाउनु भो–नेता भिम रावल

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रभावशाली नेता तथा सांसद डा. भीम बहादुर रावलले राम्रो काममा आफुहरुले कहिल्लै हस्पक्षप नगरेको जिकिर गर्नुभयो रावलले प्रधानमन्त्री ओलीले आफुलाई काम गरेको आरोप लाउँदै आईरहेको बेला पहिलो पटक सार्वजनिक रुपमा अभिव्यक्ति दिँदै राम्रो काममा आफुहरुले सधै सपोर्ट गरेको बताउनुभएको हो । रावलले ओलीले बारम्बार आरोप लगाउँदै आउनुभएको कृते हस्ताक्षर गरेको सम्बन्धमा पनि प्रधानमन्त्रीको आरोप झुट रहेको स्पष्ट पार्नु भएको छ । संसद विघटनविरुद्ध परेको रिटमा सम्मानित अदालतले संविधान र जनमतको कदर गर्ने भन्दै आफूहरुमा न्यायालयप्रति पूर्ण विश्वास रहेको समेत रावलले स्पष्ट पार्नुभयो ।

शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता रावलले यस्तो बताउनुभएको हो । उनले नेकपाको सात दशक लामो ईतिहासमा अहिले जे घट्ना भैरहेको छ यो अत्यन्तै दुःखद् रहेको सुनाउँदै भन्नुभयो,‘विगतका फूटका श्रृंखलाको अन्त्य गरेर नेपाली जनताको स्वाभिमानलाई उँचो पारेर अघि बढ्छौं भनेर स्वयम ओली र प्रचण्डले प्रतिज्ञा गर्नुभएको थियो । तर, ओली त्यो प्रतिज्ञामा टिक्नुभएन् । हामीले बरु उहाँहरुलाई ध्यानाकार्षण गराएका थियौं ।

ओली प्रम हुने कुरा लगभग निश्चित् थियो, भारतीय विदेशमन्त्रीलाई आमन्त्रण गरेर गलत काम र कदम चाल्नुभयो । सोल्टीमा विदेशी महिलाले आयोजना गरेको होली वाईन कार्यक्रममा सोल्टी होटलमा चार÷चार दिन बस्नुभयो । यो पनि आपत्तिजनक थियो । हामीले विरोध गर्यौं । भारतीय चलचित्रकर्मीलाई डेढ अर्ब खर्च गरेर सम्मान गर्ने निर्णय गर्नुभयो, हामीले विरोध गरेपछि रोकियो । भारतबाट आयात गरिने तरकारी परीक्षण गरेरमात्रै भित्र्याउने भन्यौं, पछि उहाँले राष्ट्रकासामू माफी माग्नुभयो ।

ओलीजीले आजकाल के भन्नुहुन्छ भने–मलाई काम गर्न दिईएन भन्नुभयो । हो, हामीले देश हितमा नभएका काम नगर्न भन्यौं । जस्तो, विम्स्टेक सम्मेलनमा उहाँले संयुक्त सैन्य अभ्यास भारतको पुनेमा गर्ने सहमति गर्नुभयो । तर, हामीले आपत्ति जनायौं । अन्तर्राष्ट्रिय समितिले आपत्ति गर्यो । कालापानी, लिपुलेक र लिम्पियाधुरामा भारतले सुरक्षाकर्मी राखेको छ । भारतले राजनीतिक नक्सामा समेत त्यो भूभाग समावेश गर्यो । हामीले आवाज उठायौं ।

हामीले नक्सा प्रकाशनको लागि दबाब दियौं । तर, उहाँले सुन्नुभएन । जब भारतीय रक्षामन्त्रीले जब सडक खुलाउनुभयो, तब उहाँले नक्सा प्रकाशन गर्छु भनेर भन्न बाध्य हुनुभयो । उहाँले संसदमा भाषण गरेको स्मरण गर्छु कि नक्सा किन प्रकाशन गर्ने ? बरु भूमि ल्याउने हो नि भनेर भन्नुभयो । तर, आजकाल नक्सा प्रकाशन गरेकोले हटाउन खोजियो भन्नुभयो । प्रधानमन्त्रीजस्तो मान्छेले तथ्यहिन कुरा गर्न सुहाउँछ ?’

पशुपतिको र्दशन गरेर आज आईतबारको राशिफल हेर्नुहोस्

वि.सं.२०७७ साल पौष १२ गते । आईतबार । ईश्वी सन् २०२० डिसेम्बर २७ तारिख । नेपाल संवत् ११४१ । प्रमादी संवत्सर । दक्षिणायन । हेमन्त ऋतु । श्रीशाके १९४२ । मंसिर शुक्लपक्ष । तिथि–त्रयोदशी,५८ घडी ०५ पला । नक्षत्र–कृतिका,१७ घडी २२ पला,दिउसो ०१ बजेर ५२ मिनेट उप्रान्त रोहिणी । योग–साध्य,२५ घडी २६ पला,बेलुकी ०५ बजेर ०५ मिनेट उप्रँन्त शुभ । करण–कौलव,बेलुकी ०५ बजेर १४ मिनेट उप्रान्त तैतिल । आनन्दादिमा–धुम्र योग । चन्द्रराशि–बृष । काठमाडौंमा सूर्योदय बिहान ०६ बजेर ५४ मिनेट,सूर्यास्त बेलुकी ०५ बजेर १५ मिनेट । दिनमान २५ घडी ५१ पला ।

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ)

पारिवारिक माहोलमा जमघट भई रमाईलो गर्दै मिष्टान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । व्यापारमा बृद्धि हुने तथा मनग्गे नाँफा कमाउँन सकिनेछ । आर्थिक अवस्था सुदृड हुने हुनाले दैनिक सहज मात्रामा अगाडि बढ्नेछ । माया प्रेममा नजिक हुन सकिने तथा मिल्ने मित्रको साथ पाईने हुनाले मन प्रशन्न हुनेछ । बोलेर गर्ने कुनै पनि पेशा व्यावसाय फस्टाएर जानेछ ।

बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)

राम्रा पहिरनले अरुको मन आफुतिर लोभ्याउन सकिनेछ । नया प्रबिधिको प्रयोग मार्फत आफुलाई अब्बल साबित गर्न सकिनेछ । नयाँ कामको प्रस्ताब आउनेछ भने नया प्रकृतिको काम थालनि गरि मनग्गे आम्दानि गर्न सकिनेछ । परिवारका साथ मिष्टान्न भोजनका साथ समय व्यातित गर्न सकिनेछ । धर्म तथा यस्तै कार्यक्रममा सहभागि हुने अवसर जुर्नेछ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)

माया प्रेममा एक अर्कालाई शंका तथा अबिश्वास गर्दा समस्या आउन सक्छ ध्यान दिनुहोला । कानुन तथा निति नियमको उल्लङघन गर्दा जरिवाना तिर्नु पर्ने हुनसक्छ । आफन्त तथा अग्रजहरु सँग राय बाजिने तथा बिछोड सम्मको अवस्या आउन सक्छ । बिदेशी लगानि बाट सञ्चालित सस्थाहरुमा काम पाउने तथा बिदेश यात्राको गतिलो सम्भावना रहेकोछ ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)

पढाई लेखाईमा तपाईको नाम अग्र स्थानमा आउने हुनाले आत्मबल बढेर जानेछ । पहिले गरिएका लगानिबाट आम्दानि हुन थाल्नेछ भने नया ठाउमा लागनि गर्ने बाताबरण बन्नेछ । शिक्षा तथा बौद्धिकताको प्रयोग गरि क्षमता बढाउन सकिने तथा बित्तिय क्षेत्रमा गरिएको लगानि फस्टाएर जानेछ । पैत्रिक धन हात लागि हुने योग रहेकोछ भने पैत्रिक सम्पतिको प्रयोग मार्फत मनग्गे आम्दानि हुनेछ ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)

सरकारी तथा प्रशासनिक स्थरबाट आवस्यक सहयोग नपाईने हुँदा समयमा कामहरु सम्पादन हुने छैनन् । प्यापार व्यावसायमा भनेजस्तो आम्दानि नहुँदा आर्थिक रुपमा कमजोर भएको महशुष हुनेछ । अध्ययन तथा अध्यापनमा अलि बढि समय दिन सके नजिता तपाईको पक्षमा आउँनेछ । प्रणय सम्बन्धमा चिसोपनको बिकास हुनेछ भने घर परिवार तथा आफन्तसग मनमुटाव बढ्ने योग रहेकोछ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)

लामो दुरिको धार्मिक तथा शैक्षिक यात्राको प्रशस्त सम्भावना रहेको छ । पारिवारिक माहोलमा दिन बित्ने तथा आफन्त बाट सहयोग पाईनेछ । अध्ययन तथा अनुशन्धानको क्षेत्रमा राम्रो प्रगति गरि अरुलाई देखाउन सकिनेछ । धार्मिक तथा सामाजिक कार्यमा दिन बित्नेछ । प्रभावशालि ब्याक्तिहरु सँग भेट हुनेछ भने नयाँ योजनाको रुपरेखा कोरेर फाईदा हुँने काम अगाडि बढाउन सकिनेछ । मान सम्मान तथा प्रतिष्ठा बृद्धि भएर जानेछ ।

(तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)

काम गर्ने बिभिन्न अवसर आएपनि समयको ख्याल नगर्दा अरुभन्दा पछि परिनेछ । व्यापारमा मन्दि आउने तथा लगानि फस्ने सम्भावना रहेकोछ । पढाई लेखाईमा मन जाने छैन भने प्रतिष्पर्धामा प्रतिष्पर्धिहरु हावी हुनेछन् । स्वास्थ्य सम्बन्धि समस्या आउनेछ भने पुरना ऋण रोगले सताउनेछ । माया प्रेममा धोका हुने तथा घर परिवार तथा दिदिबहिनी सँग मनमुटाबको सिर्जना हुनेछ ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)

बिभिन्न अवसर आउने तथा स्रोत साभन जुट्नाले महत्वपुर्ण कामहरु समयमानै फत्ते गर्न सकिनेछ । व्यापार व्यावसायमा लगानि बढाई मनग्गे आम्दानि गर्न सकिनेछ भने मिठास बोलिको माध्ययमबाट अरुलाई प्रभावमा पारेर काम लिन सकिनेछ । पढाई लेखाईमा उत्कृष्ट नतिजा ल्याउदै प्रतिष्पर्धिहरुलाई उछिन्न सकिनेछ । भौतिक सम्पति तथा उपाहार प्राप्ति हुनेछ भने नयाँ नयाँ सामानको हात लागी हुने योग रहेकोछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)

अध्ययन तथा अध्यापनमा तपाई आफ्नै कारणले पछि पर्नुहुनेछ । खानपान तथा बाहिरि बाताबरणको ध्यान दिनुहोला स्वास्थ्य सम्बन्धि समस्या बढ्न सक्छ । माया प्रेममा सामान्य खटपट हुनेछ भने दाम्पत्य जीवनको गाठो फुस्कन सक्छ । सन्तान तथा छोराछोरि सँग पनि मनमुटाब बढ्नेछ । अदालत सँग सम्बन्धित काम गर्दा ध्यान दिनुहोला निर्णयहरु तपाईको पक्षमा नआउँन सक्छ । पुराना रोग बल्झने सम्भावना रहेकोछ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)

आफ्नो क्षेत्रमा प्रभुत्व जमाउँन सकिनेछ भने तपाईको कार्य शैलिको सबैले समर्थन गर्नेछन् । बौद्धिक कार्यमा सहभागि भई आफ्नो गतिलो प्रश्तुति पस्कने अवसर प्राप्त हुनेछ । परिवार तथा सन्तान बाट तपाईले गरेको काममा उल्लेख्य सहयोग पाईनेछ । प्रेम प्रशङमा रमाईलो गर्दै समय ब्यातित गर्न सकिनेछ भने नयाँ ठाउँबाट प्रेम प्रस्ताब आउँन सक्छ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)

आमा तथा आफन्त सँग टाडिएर लामो दुरिको यात्रा गर्नु पर्दा मन खिन्न हुनेछ । समयमा कामहरु सम्पन्न नहुदा मान तथा सम्मानमा ठेस लाग्न सक्छ ध्यान दिनुहोला । माया प्रेम तथा प्रणय सम्बन्धमा चिसोपनाको बिकाश हुनेछ ध्यान दिनुहोला । खानपान तथा मौषमको ख्याल गर्र्नुहोला छाति सम्बन्धि समस्या नआउँला भन्न सकिन्न ।

मीन (,दू,थ,झ,ञ,दे,दो,चा,ची)

अवसरहरु प्राप्त भएपनि समय तथा परिस्थिति सोचेजस्तो नहोला । दाजुभाई तथा आफन्तको सुझाब तथा सल्लाह मान्दै अगाडि बढ्न सम्दा फाईदा हुनेछ । सामाजिक सञ्जाल तथा मिडिया जस्ता क्षेत्रमा प्रश्तुति गर्दा ध्यान दिनुहोला । थालेका कामहरुबाट तत्काल फाईदा नभएपनि पछिको लागि जग बसाउने मौका रहेकोछ । यात्रा भएपनि उपलब्धि थोरै हुनेछ भने भरसक यात्रा गर्दा ध्यान दिनु होला ।

च्याउफार्ममा आगलागी हुँदा ३३ लाखको क्षति

काठमाडौँ । कपिलवस्तुको शिवराज नगरपालिका–५ चन्द्रौटामा रहेको सृष्टि च्याउफार्ममा आज अपराह्न आगलागी भएको छ । च्याउफार्ममा लागेको आगोले फार्मका तीन टहरा जलेर पूर्णरूपमा नष्ट भएका छन् । उक्त टहरामा उत्पादन भएर टिप्न तयारी अवस्थामा रहेको पाँच हजार किलो च्याउसमेत खरानी भएको फार्मका सञ्चालक श्यामराज सुवेदीले बताउनुभयो । उहाँले आगालागीका कारण करिब रु ३३ लाख बराबरको क्षति भएको जानकारी दिनुभयो ।

“हामी काम गरिरहेका थियौँ, टहरा नजिकै बालबालिका थिए, एक्कासी आगो दन्कियो, आधा घण्टामै सखाप भयो, पानीको जोहो गर्दागर्दै सबै च्याउ नष्ट भयो”, सुवेदीले भन्नुभयो । फुसको टहरा भएकाले स्थानीय तथा प्रहरी पुग्दा आगोले नष्ट गरिसकेको थियो । बिक्रीका लागि तयार भएको च्याउ नष्ट भएपछि सञ्चालक चिन्तित भएका छन् । बालबालिका खेल्दै गर्दा आगो सल्किएको हुनसक्ने प्रहरीको अनुमान छ । घटनाबारे थप अनुसन्धान भइरहेको वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रहरी निरीक्षक दिपेश खरेलले बताउनुभयो ।

क्षति पूर्तिको माग गर्दै राजमार्ग अवरुद्ध

काठमाडौँ । स्याउले दिपायल जोड्ने डा केआइसिंह राजमार्ग अवरुद्ध गरिएको छ । बिहीबार राति डोटीको शिखर नगरपालिका–६ तल्कोटमा से १ त १००९ नम्बरको कारको ठक्करबाट आठ वर्षीय बालक गोरख बलायरको मृत्यु भएपछि उचित क्षतिपूर्तिको माग गर्दै मृतकका आफन्तले आज बिहानदेखि सो राजमार्ग बन्द गरेका छन् ।

राजमार्गअवरुद्ध गरिएका कारण यहाँका पहाडी जिल्लाबाट तराई जान हिँडेका तथा तराईबाट पहाडी जिल्ला आउने दर्जनौँ सवारीसाधन तथा सयौँ यात्रु शिखर नगरपालिका–६ तल्कोटमा अल्पत्र अवस्थामा परेका छन् । अवरुद्ध गरिएको राजमार्ग खुलाउनका लागि पीडित पक्षसँग पहल भइरहेको प्रमुख जिल्ला अधिकारी भीमप्रसाद भट्टराईले बताउनुभयो । उहाँले भन्नुभयो, “मृतकका आफन्तले राजमार्ग अवरुद्ध गरेका छन्, राजमार्ग खोल्ने प्रयास भइरहेको छ ।” बालकलाई ठक्कर दिने कार चालक कैलाली धनगढी उपमहानगरपालिका–१ का ५६ वर्षीय माधव गिरीलार्ई प्रहरीले नियन्त्रणमा लिएको छ ।

इथियोपियामा मृत्यु हुनेहरुको सङ्ख्या २०७ पुग्यो

इथियोपियामा पछिल्लो केही दिन भएका सशस्त्र समूहसँगको झडपमा परी मृत्यु भएकाहरुको सङ्ख्या २०७ पुगेको छ ।

देशको पश्चिमी क्षेत्रमा पर्ने बेनिसा एनगुल गुमुज राज्यको मेकेटेलस्थित केकोजी गाउँमा सशस्त्र समूह पसी गाउँलेहरू सुतिराखेको अवस्थामा घर तथा टहरामा आगो लगाएको र केहीलाई गोली हानी हत्या गरिएको थियो । त्यही घटनामा परी मृत्यु हुनेहरुको सख्या बृद्धि हुदै गएर २०७ पुगेको अधिकारीहरुले जनाएका छन् ।

मृत्यु भएका मध्ये १३३ बयस्क उमेरका पुरुष रहेका छन् भने ३५ जना बयस्क महिला रहेका छन् । त्यसैगरी २० जना २० जना बृद्धबृद्धा र १७ जना बालबालिका रहेका छन् । एक जना ८ महिने शिशु रहेको अधिकारीहरुले जनाएका छन् । इथियोपियाली मानव अधिकार आयोगले मृतकको सङ्ख्यामा बृद्धि हुदै गएको शुक्रबार जनाएको । मानव अधिकारवादी उक्त समूहले इथियोपियामा पछिल्लो केही समय यता मानव अधिकार संरक्षणको अवस्था निकै कमजोर बनेको र यसले नागरिक आक्रान्त बनेका बताएको छ ।

आक्रमण लुकीछिपी तथा हाकाहाकी दुबै रूपमा हुने गरेका यसले पछिल्ला महिनाहरूमा निकै विकराल रूप लिएको आयोगले बताएको छ ।
यस्तो द्वन्द्वका बीचमा इथियोपियामा आगामी जुन महिनामा गर्ने गरी संसदीय निर्वाचनको घोषणा गरिएको छ । निर्वाचन आयोगले अर्को वर्षको जुन ५ तारिखका दिन निर्वाचन गर्नेगरी शुक्रबार निर्वाचनको मिति घोषणा गरेको अधिकारीहरूले जनाएका छन् ।
सन् २०२० मै निर्वाचन गर्ने तालिका भएपनि कोरोनाभाइरसको महामारीका कारण निर्वाचन हुन नसकेर अर्को बर्ष गर्ने तय भएको हो

.

सडकपेटीमा बस्न बाध्य व्यक्तिलाई सहयोग

काठमाडौँ । हाम्रो टिम नेपालले सडक पेटीमा बस्न बाध्य ६५ व्यक्तिलाई निःशुल्क खाना र कम्बल वितरण गरेको छ । हाम्रो टिम नेपालले आज बिहान थापाथलीस्थित प्रसूति गृह पछाडि कोभिड–१९ का कारण रोजगारी गुमाएर भोकै परेका मानिसलाई खाना खुवाउनुका साथै जाडोको समयमा रात काट्न सहज बनाउनका लागि कम्बल वितरण गरेको हो ।

जाडो समयमा न्यानो कपडाको आवश्यकता पर्नेको समस्यालाई ध्यान दिएर विभिन्न दाताबाट प्राप्त भएको ब्लाङ्केट वितरण गरिएको हाम्रो टिम नेपालका अध्यक्ष विमल पन्तले जानकारी दिनुभयो । “भोक, नाङ्गो र भेदभावमुक्त राष्ट्र निर्माणअन्तर्गत घरबारविहीन भई सडक पेटीमा बस्न बाध्य मानिसलाई जाडो समयमा प्रयोग गर्ने कम्बल वितरण गरेका हौँ”,उहाँले भन्नुभयो ।
हाम्रो टिम नेपालले कोभिडका कारण गत चैत ११ गतेदेखि देशभर बन्दाबन्दी भएपछि रोजगारी गुमाएर खाना खान नपाएका व्यक्तिलाई निःशुल्क खानासमेत खुवाउँदै आएको छ । यस्तै लामो समयदेखि उखुको भुक्तानी नपाएर माइतीघरमा आन्दोलन गर्दै आएका उखु किसानलाईसमेत हाम्रो टिम नेपालले सहयोग गरेको अध्यक्ष पन्तले बताउनुभयो ।

प्रतिनिधिसभा विघटनका विरुद्धको प्रर्दशनमा सहभागि हुन सभापति देउवाको आग्रह

नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले १३ गते प्रदर्शनमा सहभागि हुन आग्रह गर्नुभएको छ । कांग्रेसले सरकारको सिफारिसमा प्रतिनिधिसभा विघटन गरिएको घटनाका विरुद्ध यही पुस १३ गते प्रदर्शन कार्यक्रम आयोजना गरेको हो ।

कांग्रेसले संसद् विघटनविरुद्ध १६५ वटै निर्वाचन क्षेत्रमा विरोध प्रदर्शन आयोजना गर्ने निर्णय गरेको छ । उहाँले आज एक अपिल जारी गर्दै पार्टीका सदस्य, शुभचिन्तक र सबै लोकतन्त्रवादीलाई विरोध प्रदर्शनमा सरिक भएर उक्त कदमका विरुद्ध ऐक्यबद्धता प्रकट गर्न अपिल गर्नुभएको छ ।

संसद् विघटनकार्य विरुद्ध कांग्रेस सम्पूर्णरुपले एकमत साथ उभिएको उल्लेख गर्दै उहाँले जारी केन्द्रीय कार्यसमितिको बैठकमा आफैँले १३ गते प्रदर्शन गर्ने प्रस्ताव गरेर केन्द्रीय कार्यसमितिको निर्णयपश्चात अहिले सम्पूर्ण ध्यान प्रदर्शनमा केन्द्रित रहेको बताउनुभएको छ ।