निःशूल्क डिम्याट र सी–आस्बा सहित गरिमा बैंकले सार्वजनीक गर्यो ‘मेरो शेयर बचत खाता’

काठमाडौँ । गरिमा विकास बैंक लिमिटेडले ‘मेरो शेयर बचत खाता’ सार्वजानिक गरेको छ । नेपाल राष्ट्र बैंकबाट ‘ख’ बर्गको ईजाजतपत्र प्राप्त यस बैंकले शेयर मार्केटलाई साधारण जनताको पहुँचसम्म पु¥याउन यस्तो योजना ल्याएको हो । यो खाता अन्तर्गत ग्राहकहरुले न्युनतम रु ५०० मा खाता खोली निःशुल्क डिम्याट खाता र निःशुल्क सी–आस्बा सुविधा लिन सकिनेछ । पहिला नै डिम्याट खाता हुने ग्राहकहरुले पनि यो खाता खोली निःशुल्क सी–आस्बाको सुविधा उपलब्ध गराउने बैंकले जनाएको छ ।

कोभिड १९ को कारणले अर्थतन्त्र शिथिल भएको अवस्थामा लगानीमा सकुंचन आएका कारण समग्र अर्थतन्त्रमा बचतको व्याजदरमा कमी आउँदा समेत यस बैंकले ‘मेरो शेयर बचत खाता’मा आर्कषक ५.५% ब्याजदर प्रदान गर्ने बताएको छ । जनमानसमा शेयर प्रतिको बढ्दो लोकप्रियतालाई मध्यनजर गर्दै सरल तवरले डिम्याट खाता खोल्ने सुविधा प्रदान गरि नेपाली शेयर मार्केटको स्तरोत्रतीमा केहि हदसम्म सहयोग पु¥याउने यो खाताको मुख्य उद्घेश्य रहेको यस बैैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द प्रसाद ढकालले बताए ।

हाल गरिमा विकास बैंकले देशका ३५ जिल्लामा १०६ शाखा कार्यालयहरु र ५१ ए.टि.एम.मार्फत आफ्ना ग्राहकहरुलाई सरल, सुरक्षित एवं गुणस्तरीय बैकिङ्ग सुविधा दिदै आईरहेको छ ।

कोरोना विरुद्धको खोप अभियानः अहिलेसम्म ८८ हजारले लगाए

काठमाडौँ । कोभिड–१९ विरुद्धको कोभिशिल्ड खोप आज पाँचौँ दिन ८८ हजार सात व्यक्तिले लगाएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार प्रदेश नं १ मा १२ हजार ७६३, प्रदेश नं २ मा ११ हजार ५७, बागमती प्रदेशमा २८ हजार ६८३, गण्डकी प्रदेशमा १२ हजार ३११, लुम्बिनी प्रदेशमा १० हजार ७६०, कर्णाली प्रदेशमा पाँच हजार ५५६ र सुदूरपश्चिम प्रदेशमा छ हजार ८७७ जनालाई खोप लगाइएको छ ।

भारत सरकारले अनुदानमा उपलब्ध गराएको उक्त खोप यही माघ १४ गतेदेखि देशभर १८५ खोप केन्द्रबाट अग्रपंक्तिमा काम गर्ने स्वास्थ्यकर्मीसहित अन्यलाई दिन थालिएको हो । मन्त्रालयले पहिलो चरणमा प्राथकिमता प्राप्त लक्षित समूहमा पर्ने व्यक्तिमध्ये स्वास्थ्यकर्मीले काउन्सिल दर्ता, आधिकारिक परिचय पत्र र संस्थाबाट प्रमाणीकरण गरेको विवरण तथा अन्य व्यक्तिका हकमा सम्बन्धित कार्यालयले गरेको सिफारिश पत्र जिल्लाको स्वास्थ्य कार्यालयमा नाम दर्ता गरी खोप लगाउन आग्रह गरेको छ ।

स्वास्थ्य सेवा विभागको बालस्वास्थ्य तथा खोप शाखा प्रमुख डा झलक शर्मा गौतमले कोभिशिल्ड सुरक्षित र प्रभावकारी रहेको कुरा वैज्ञानिक अध्ययनले पुष्टि गरेको बताए । खोप लगाएपछि केही व्यक्तिमा सामान्य असर देखिए पनि सुरक्षित र प्रभावकारी देखिएको उनले जानकारी दिए ।

उनका अनुसार ती सामान्य असरमा खोप लगाएको ठाउँमा दुख्ने र सामान्य सुन्निने, टाउको दुख्ने, अल्छी लाग्ने, जीउ दुख्ने, जोर्नी सामान्य दुख्ने, शरीर चिसो भएको महसुस गर्ने र सामान्य ज्वरो तथा वाकवाकी लाग्ने सामान्य असर देखिएको छ । उहाँले त्यस्ता असर देखिए पनि यी सबै केही समयपछि ठीक भएका जानकारी दिए । मन्त्रालयले कुनै त्यस्तो समस्या देखिए औषधिको व्यवस्थापनसहितको समूह राखिएको जनाएको छ ।

विभिन्न स्थानमा मृत अवस्थामा फेला

काठमाडौं । मोरङ, उर्लाबारी नगरपालिका–५ मालबासेस्थित नालीको होम पाईपमा तेह्रथुम म्याङलुङ घर भएकी ३४ वर्षीया रक्षा लिम्बु आइतबार मृत अवस्थामा फेला परेकी छन् ।
यसैगरी मोरङ, लेटाङ नगरपालिका-६ सुकेचौरीस्थित चन्द्र माया राईको घरमा विगत १ वर्षदेखि ज्याला मजदुरी गरी बस्ने हाल नाम, थर, वतन नखुलेकी करिब ६० वर्षीया महिला सुतेको अवस्थामा शनिबार मृत फेला परेकी छिन् ।
रुपन्देही, तिलोत्तमा नगरपालिका–८ प्रदिपनगर बस्ने ४३ वर्षीय लेख बहादुर केसी आफ्नै घरमा शनिबार मृत्त अवस्थामा फेला परेका छन् ।
चितवन, भरतपुर महानगरपालिका–२७ दिब्यनगर बस्ने ३१ वर्षीय प्रदिप महत्तो सोही नगरपालिका–२५ सखुवानीस्थित नहरमा आइतबार मृत अवस्थामा फेला परेका छन् ।
नुवाकोट, तांदी गाउँपालिका–५ बस्ने ७० वर्षीय कृष्ण बहादुर मरहठ्ठा सोही ठाउँ बन्चरेस्थित सडकमा आइतबार मृत अवस्थामा फेला परेका छन् ।
यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

बुटवलमा नम्बर नखुलेको गाडीले हानेर एकको मृत्यु

बुटवाल । बुटवल उपमहानगरपालिका–१७ रानिगञ्जस्थित सडकमा हाल नम्बर नखुलेको सवारी साधनले ठक्कर दिँदा हाल नाम, थर, वतन नखुलेका करिब २५ वर्षीय पैदलयात्रीको मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको हो ।
दुर्घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

नियन्त्रित लागूऔषध सहित पक्राउ

काठमाडौं । चन्द्रागिरी नगरपालिका–२ नागढुङ्गाबाट नियन्त्रित लागूऔषध १६ ट्याब्लेट नाईट्राभेट र १४ ट्याब्लेट स्पासमो सहित रुपन्देही सिद्धार्थ नगरपालिका–२ बस्ने ३२ वर्षीय आसुतोष थापालाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी प्रभाग नागढुंगाबाट खटिएको प्रहरीले लु.१ प ४ नम्बरको बस जाँच गर्ने क्रममा बसमा सवार आसुतोषलाई लुकाई ल्याएको उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
मोरङ, सुनवर्सी नगरपालिका–८ डाईनिया बजारबाट नियन्त्रित लागूऔषध ९८ क्याप्सुल ट्रामाडोल र ११ ट्याब्लेट नाईट्राभेट सहित ३ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सोही नगरपालिका–६ बस्ने १९ वर्षीय सुरज आले मगर, १९ वर्षीय आषिश चन्द्रबंशी र १८ वर्षीय किशोर रहेका छन् । ईलाका प्रहरी कार्यालय रंगेलीबाट खटिएको प्रहरीले उनीहरुलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

भक्तपुर । १९ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा भक्तपुर नगरपालिका–१० कमलबिनायक बस्ने ३१ वर्षीय बिकास तजलाई प्रहरीले पक्राउ गरेको छ ।
ती किशोरीलाई बुधबार दिउँसो एक्लै भएको मौका पारी जबरजस्ती करणी गरेको भन्ने खबर शुक्रबार प्राप्त हुनासाथ खटिएको प्रहरीले बिकासलाई पक्राउ गरेको हो ।
उनी उपर जिल्ला अदालत भक्तपुरबाट म्याद थप अनुमति लिई अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ ।

महालक्ष्मी लाईफद्धारा ‘नेशनल एजेन्सी रिफ्रेसमेन्ट प्रोग्राम’ पोखरामा सम्पन्न

काठमाडौँ । महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडको ‘नेशनल एजेन्सी रिफ्रेसमेन्ट प्रोग्राम’ पोखरामा सम्पन्न भएको छ। यही माघ १६ र १७ गते सम्पन्न उक्त कार्यक्रममा मेची देखी महाकाली सम्मका शाखा र उपशाखामा कार्यरत सक्रिय १८५ जना अभिकर्ताहरुको उपस्थिति रहेको थियो । कम्पनीका प्रमुख कार्यकारी अधिकृत रमेश कुमार भट्टराईको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा अभिकर्ताहरुको स्वागत गान पछि कार्यक्रम प्रारम्भ भएको थियो ।


व्यवसायिक लक्ष्य हासिल गर्न र सफल अभिकर्ता कसरी भइन्छ भन्ने बारेमा कम्पनीका प्रमखु कार्यकारी अधिकृत रमेश कुमार भट्टराईले प्रेरणामुलक तालिम प्रदान गरेका थिए । कार्यक्रममा मार्केटिङ प्रमुख प्रशान्तराज धमलाले स्वागत मन्तव्य र नायव प्रमुख कार्यकारी अधिकृत कमल पन्थीले धन्यवाद ज्ञापन गरेका थिए । कार्यक्रममा सहभागि अभिकर्ताको तर्फबाट बासुदेव त्रिपाठी, विमल सापकोटा ज्ञवाली, सरस्वती पन्थी, कुमार बहादुर कार्कीले मन्तव्य राखेका थिए । कार्यक्रममा नियो डिजिटल प्रा.लि. ले अभिकर्ताको लागि अत्यन्त उपयोगि सिआरएम सफ्टवेयरको डेमो प्रस्तुत गरेको थियो । कार्यक्रमको उद्घोषण एजेन्सी तथा तालिम विभागका प्रमुख सिताराम धिमालले गरेका थिए ।

कामना सेवाद्धारा WeChat-Union Pay भुक्तानी सेवा सञ्चालन

काठमाडौँ । कामना सेवा विकास बैंक र फस्र्ट पे टेक्नोलोजी प्रा.लि. बीच WeChat Pay  र Q- Pay को भुक्तानी सम्बन्धी सम्झौता भएको छ । बैंकले नेपालमा आउने विदेशी पर्यटकलाई लक्षित गदैWeChat  Pay र Union Pay बाट हुने भुक्तानी स्वीकार गर्न यो सेवा सञ्चालनमा ल्याएको जनाएको छ । सम्झौता पश्चात नेपाल आउने पर्यटक तथा स्वदेशी गा्रहकहरुले कामना सेवा विकास बैंक लि.सगँ आवद्ध मर्चेन्टहरुबाट वस्तु तथा सेवा खरिद गरे बापतको रकम QR कोड स्क्यान गरि÷ गराई WeChat Pay  र Q- Pay को साथैAlipay, Khalti, Prabhu Pay, QPay, Ime Pay, Smart QR लगायत अन्य ४६ वटा अन्र्तराष्ट्रिय वालेटहरु मार्फत भुक्तानी गर्न सक्ने छन् ।

काठमाडौं –३०, ज्ञानेश्वरमा केन्द्रीय कार्यालय रहेको बैंकले देशका विभिन्न भागहरुमा १२४ वटा शाखा, १ वटा ऐक्सटेन्सन काउन्टर तथा ६६ वटा ATM मार्फत ग्राहकहरुलाई आफनो सेवा तथा सुविधाहरु प्रदान गर्दै आएको छ ।

मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा डा. साह नियुक्त

काठमाडौँ । प्रदेश २ सरकारले स्थापना गरेको मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा डा. रामकेवल साहले नियुक्ति पाएका छन् । त्यस्तै रजिष्टारमा डा. विनोद यादव र रेक्टरमा डा. अंकुर साह नियुक्त भएका छन् ।

आइतबार उनीहरुलाई मुख्यमन्त्री लालबाबु राउतले नियुक्ति पत्र हस्तान्तरण गरेका हुन्। त्यस अवसरमा मुख्यमन्त्री राउतले प्रदेशकै गौरबको योजनाको रुपमा रहेको प्रतिष्ठानको पदाधिकारी नियुक्ति गौरवको कुरा भएको बताए ।

नवनियुक्त पदाधिकारीको लागि अवसर र चुनौती दुबै रहेको उल्लेख गर्दै उनले यसै वर्षदेखि प्रतिष्ठानमा शैक्षिक कार्यक्रमहरु सञ्चालन हुने पनि जानकारी दिए । प्रादेशिक अस्पताल जनकपुरलाई आधार मानेर प्रदेश सरकारले मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानको स्थापना गरेको छ ।

रिक्त सचिव पदका लागि तीन जनाको नाम सिफारिस

काठमाडौँ । सचिव बढुवा सिफारिस समितिले रिक्त एक जना सचिव पद(विशिष्ट श्रेणी) का लागि तीन जना वरिष्ठ सहसचिवको नाम सिफारिस गरेको छ ।

लोक सेवा आयोगका अध्यक्ष उमेश मैनालीको अध्यक्षतामा बसेको बढुवा सिफारिस समितिको बैठकले सहसचिवत्रय सुमनराज अर्याल, मुकुन्द पौड्याल र दामोदर रेग्मीको नाम सिफारिस गरेको हो ।

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट पठाइएको प्रस्ताव बिहीबार दिउँसो प्रधानमन्त्री कार्यालयमा पुगेको थियो । सोही दिन साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठक बसे पनि सचिव बढुवाबारे निर्णय भने नभएको बुझिएको छ ।

यसअघि पनि पहिलो नम्बरमा सिफारिस भएका सुमनराज अर्याल यस पटकको सिफारिसमा पनि पहिलो नम्बरमा नै सिफारिसमा परेका छन् । अब बस्ने बैठकबाट सचिव बढुवा निर्णय हुनेछ ।

डब्लुएचओको अनुसन्धान टोली उहानमा

काठमाडौँ । विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोनाभाइरसको उत्पत्तिका बारेमा अनुसन्धान गर्न खटिएको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को टोलीले आइतबार संक्रमण फैलिएको भनिएको उहानको बजारको भ्रमण गरेको छ ।

समूहका सदस्यहरुले हुआनानको सामुद्रिक जीव बजारको भ्रमण गरेका थिए । यो बजारलाई गत वर्षको जनवरीदेखि नै सिलबन्दी गरिएको छ । एएफपीका पत्रकारहरुका अनुसार सुरक्षाकर्मीले डब्लुएचओका सदस्यलाई मात्र बजारभित्र प्रवेश दिएका थिए ।

चीनले गरेको ढिलाई एवं राजनीतिक आरोहअवरोहका बीच डब्लुएचओको टोलीले जनावरबाट मानिसमा भाइरस कसरी सरेको थियो भन्ने अनुसन्धान गर्न खोजेको छ ।

तर भाइरसको स्रोत पहिचान गर्न निकै कठिन रहेको डब्लुएचओले अड्कल गरेको छ । उहानबाटै फैलिएको आशंका गरिएको कोरोनाभाइरसको संक्रमणबाट विश्वभर २० लाखभन्दा बढी व्यक्तिको मृत्यु भइसकेको छ भने विश्वको अर्थव्यवस्था नै संकटमा उभिएको छ ।

आइतबार डब्लुएचओको अनुसन्धान टोली हुआनानको बजार अनुगमन गर्न आइपुगेको थियो । डब्लुएचओको टोलीमाथि चिनियाँ अधिकारीहरुले निकै गम्भीरतापूर्वक नियालीरहेका छन् ।

चिनियाँ अखबार ग्लोबल टाइम्सले भाइरसको स्रोत उहानको बजार नभएको दाबी गर्दै खबर प्रकाशन गरिरहेको छ । चिनियाँ अधिकारीहरुले कोभिड–१९ लाई नियन्त्रणमा ल्याउन चीन सरकारले अपनाएको कदम र नागरिकले दिएको साथ अमूल्य रहेको बताउँदै आएका छन् ।

चीनमा कोभिड–१९ को संक्रमणबाट चार हजार ६३६ जनाको मृत्यु भएको आधिकारिक विवरणमा उल्लेख छ ।

तल्लो अरुण जलविद्युत परियोजना विकासका लागि छनौट

काठमाडौं । सम्माननीय प्रधानमन्त्री एवं लगानी बोर्डका अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा लगानी बोर्डको ४६ औं बैठक आज शुक्रबार सम्पन्न भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको उक्त बैठकले तल्लो अरुण जलविद्युत् परियोजना सार्वजनिक–निजी साझेदारी अवधारणा अन्तर्गत Build, Own, Operate and Transfer (BOOT)मोडेलमा विकास गर्न SJVN Limited, India लाई छनौट गर्ने निर्णय गरेको छ ।

अन्तर्राष्ट्रिय प्रतिस्पर्धाका आधारमा सूचिकृत भएका कम्पनीहरुको मूल्याङ्कन गरी सो निर्णय भएको हो । कूल क्षमता ६७९ मेगावाट रहेको उक्त परियोजना प्रदेश नम्बर १ को संखुवासभा र भोजपुर जिल्लामा अवस्थित रहने छ । २०७५ चैतमा काठमाडौंमा सम्पन्न लगानी सम्मेलनको अवसरमा नेपाल सरकारले उक्त परियोजना लगानीकर्ताहरु समक्ष प्रस्तुत गरेको थियो ।

त्यसैगरी, उक्त बैठकले लगानी बोर्डमा विशेषज्ञ सदस्यको रुपमा राजेशकाजी श्रेष्ठ, हरिभक्त शर्मा र भवानी राणा एवं आमन्त्रित सदस्यको रुपमा बालकृष्ण शिवाकोटीलाई मनोनयन गर्ने निर्णय गरेको छ ।

उक्त अवसरमा सम्माननीय प्रधानमन्त्रीले विद्युतको उत्पादन सँग–सँगै खपतको समेत योजना बनाउनु पर्नेमा जोड दिँदै यसका लागि पूर्वाधार परियोजनाहरुलाई समय मै कार्यान्वयनका लागि समन्वयात्मक ढंगबाट कार्य गर्न नेपाल सरकारका सम्बद्ध निकायका पदाधिकारीहरुलाई निर्देशन दिनुभयो । बैठकमा अघिल्लो बोर्ड बैठकले निर्देशन गरे बमोजिम लगानी बोर्डको रणनीतिक योजना, परियोजना बंैक, वेबमा आधारित एकल विन्दु सेवा रKnowledge Management Portal (KMP) का बारेमा भइरहेको प्रगतिको सम्बन्धमा प्रमुख कार्यकारी अधिकृत श्री सुशील भट्टले जानकारी गराउनु भएको थियो ।
उक्त बैठकमा अर्थमन्त्री एवं बोर्डका उपाध्यक्ष विष्णु पौडेल, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्ट, ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री टोप बहादुर रायमाझी, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. पुष्प राज कँडेल, नेपाल सरकारका मुख्य सचिव शंकरदास बैरागी, नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी लगायत नेपाल सरकारका अन्य उच्च पदस्थ अधिकारीहरुको उपस्थिति थियो ।

ओलीको व्यङ्ग्यः बुढेशकालमा ३ जना पूर्वप्रधानमन्त्री लौरो टेकेर हिँडिरहनु भएको छ

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले तीन जना पूर्वप्रधानमन्त्री आफ्नो विरुद्ध देशभर ‘टुकुटुकु लौरो टेकेर’ हिँडिरहेको भन्दै व्यङ्ग्य गरेका छन् । बुढेशकालमा अर्थहीन ढंगले पूर्वप्रधानमन्त्रीहरु प्रचण्ड, माधव नेपाल र झलनाथ खनाल हिँडिरहेको उनको भनाइ थियो । ओलीको ‘प्रतिगामी कदम’ को विरोधमा प्रचण्ड–नेपाल समूहले देशभर अभियान सञ्चालन गरिरहेके बेला ओलीले यस्तो टिप्पणी गरेका हुन् । प्रचण्ड, नेपाल र खनालको नामै नलिइकन उनले भने, ‘तीन वटा प्रधानमन्त्री (पूर्वप्रधानमन्त्री) लौरो टेकेर लुखुरलुखुर हिँड्नु भएको छ, देशभरी लाइन लागेर हिँडुनु भएको छ बुढेशकालमा ।’

उहाँहरुको उद्देश्य राम्रो भएको भए स्वागत गर्न मिल्थ्यो । तर पार्टी ध्वस्त पार्ने र देश बर्बाद गर्ने मनसाय उहाँहरुमा छ’, चितवनमा शनिबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले थपे । ओलीले आफू सहभागी कार्यक्रममा चितवनका विघटित प्रतिनिधिसभाका सांसद र भरतपुर महानगरपालिकाका मेयर समेत नआएको भन्दै कटाक्ष गरे । उनले मेयर रेणु दाहाल कार्यक्रममा नआएर पिकनिक खान गएको भन्दै आक्रोश पोखे ।

उनले आफूहरु देश बनाउने अभियानमा जुटेको भन्दै चितवन जिल्लाका लागि २ हजार क्षमताको सभाहल सिलान्यास आजै गरेको र त्यो छिट्टै उद्घाटन गर्ने तयारीमा जुटेको बताए । यस्तै राजमार्ग चौडा बनाउने कामको सिलान्यास पनि गरिएको भन्दै आफूहरुले राम्रो काम गर्दा प्रचण्ड–नेपाल समूहमा छटपटी देखिएको टिप्पणी गरे ।

केपी शर्मा ओलीको पतन निश्चित भइसकेको छः माधवकुमार नेपाल

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी नेकपा प्रचण्ड–नेपाल समूहको अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीको पतन निश्चित भइसकेको बताएका छन्। सुदूरपश्चिम प्रदेश कमिटीद्वारा आयोजित बृहत विरोधसभामा सम्बोधन गर्दै उनले भने, ‘केपी ओलीको पतन निश्चित भएको छ। ओलीका फुर्ति हावामा उडिसकेको छ ।’ निर्वाचन आयोगको पत्रपछि ओलीका म्यादी प्रहरी जस्ता केन्द्रीय सदस्यहरूको हिस्स बुढी खिस्स दाँत जस्तै भएको बताए ।अध्यक्ष नेपालले ओलीका म्यादी केन्द्रीय सदस्यको बिजोक भएको बताए ।

ओलीले संसद विघटनपछि पार्टी दुई समूहमा विभाजन हुँदा ११ सय नयाँ केन्द्रीय सदस्य थपेका थिए । निर्वाचन आयोगले दुबै समूहका पछिल्लो निर्णयलाई मान्यता नदिएपछि केन्द्रीय सदस्यको वैधानिक सकिएको थियो । ओलीको पछि लागेकाहरूले गल्ती सच्चिएर फर्कन आग्रह गरे । उनले ओलीसँग सती जानुभन्दा मूलधारमा फर्कन आग्रह गरे ।

समस्या कुर्सी र पदको हानथापमा नभएको भन्दै उनीहरु आफूहरू विधि र पद्धतिमा पार्टी चलाउनुपर्छ भन्दा ओलीले संसद् विघटनको निर्णय लिएको बताए । नेपालले केपी ओली कहिल्यै सुध्रिएको पनि बताए ।

पोखरामा २८ वर्षीय युवक मृत अवस्थामा फेला

कास्की । पोखरा महानगरपालिका–२४ कास्कीकोटस्थित पोखरीमा सोही ठाउँ बस्ने २८ वर्षीय विश्‍व रञ्जन तिमिल्सिना बिहीबार मृत अवस्थामा फेला परेका छन् ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ