भारतमा कोरोना सङ्क्रमितको सङ्ख्या एक करोड चार लाख भन्दा बढी

काठमाडौँ । भारतमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या शुक्रबारसम्म एक करोड चार लाख १३ हजारभन्दा बढी पुगेको छ । विगत २४ घण्टाको अवधिमा भारतमा १८ हजार ३४६ नयाँ सङ्क्रमित फेला परेपछि कोरोना सङ्क्रमितको सङ्ख्या एक करोड चार लाख १३ हजार ४१७ पुगेकोे केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले शुक्रबार बिहान जनाएको छ ।

गत २४ मा भारतमा कोरोना सङ्क्रमणको कारण २३४ जनाको मृत्यु भएपछि कोरोनाभाइरसबाट मृत्यु हुनेको सङ्ख्या एक लाख ५० हजार ५७० जना पुगेको छ । मन्त्रालयको पछिल्लो विवरणमा एक करोड १६ हजार ८५९ व्यक्ति सङ्क्रमणमुक्त भएको देखिएको छ । हाल भारतमा दुई लाख २५ हजार ४४९ सक्रिय सङ्क्रमित रहेका छन् ।

भारतको राष्ट्रिय राजधानी दिल्लीमा बिहीबार ४८६ जना थप व्यक्तिमा कोरोना भाइरसका सङ्क्रमण देखिएको र १९ जनाको मृत्यु भएको छ । भारतमा कोभिड–१९ शुरु भएयता भाइरस सङ्क्रमणको कारण दिल्लीमा १० हजार ६४४ भन्दा बढीको मृत्यु भइसकेको छ ।

यसैबीच, सरकारले देशका विभिन्न भागमा कोभिड–१९ परीक्षणलाई तीव्रता दिने बताएको छ । भारतीय स्वास्थ्य अनुसन्धान परिषद्ले आइतबारसम्म देशभर १७ करोड ९३ लाख ३६ को हाराहारीमा नमूना परीक्षण गरेको छ । हिजो बिहीबार एक दिनमा नौ लाख ३५ हजार ३६९ जनाको कोभिड¬–१९ परीक्षण गरेको छ ।

महिलाहरु दाह्री भएको पुरुषप्रति धेरै नै आकर्षित किन हुन्छन रु

आजभोली महिलाहरु दाह्री भएको पुरुषप्रति धेरै नै आकर्षित हुन थालेको अध्ययनमा बताइएको छ । फेशनको साथ साथै अब रिलेशनशिप ट्रेन्डमा पनि परिवर्तन हुँदै गइरहेको छ र महिलाहरु क्लिन सेभको साटो दाह्री भएका पुरुष तर्फ बढि आकर्षित हुने गरेको छन् । र उनीहरुलाई रिलेशनको लागि राम्रो मान्न थालेकी छिन् । प्राय दाह्री भएको पुरुष प्रति आकर्षित किनः पुरुषलाई दाह्री पुरै सफा तरिकाले काटेर बस्न मन पर्छ र उनलाई लाग्छ की केटिहरु पनि क्लिन सेव भएका केटाप्रति आकर्षित हुन्छिन् ।

तर, अबको समयमा केहि परिवर्तन आउन थालेको छ । हालै लाइफस्टाइललाई लिएर गरिएको एक अध्ययनमा केटि र महिलालाई अब क्लिन सेव गर्ने केटा भन्दा दाह्री भएको पुरुष प्रति बढी आर्क्र्षित हुने गरेको खुलासा भएको छ ।रिलेशनशिपका लागि राम्रो यो नयाँ अध्ययनमा जुन पुरुषको दाह्री हुन्छ उनी लामो समयसम्म सम्बन्ध निभाउँछन् भन्ने खुलाएको छ ।

अध्ययनका अनुसार त्यस्ता पुरुष जो आफ्नो दाह्रीलाई सहि तरिकाले सम्बन्ध चलाउने गर्छन् उनीहरुले लामो समयसम्म सम्बन्ध निभाउँछन् । महिला र केटीहरु पनि आफ्नो सम्बन्धलाई लिएर त्यस्ता केटा र पुरुषमाथि बढि विश्वास गर्छन जसको राम्रो व्यक्तित्व हुनुका साथै दाह्री राम्रो हुन्छ ।पछिल्लो केही समयमा ट्रेन्डमा आएको परिवर्तनमा ध्यान दिने हो भने धेरै संख्यामा पुरुषहरुले दाढी राख्न थालेका छन् र उनलाई दाढी राख्न पनि मन पर्छ ।

८ हजार ड ५०० महिलामाथि यो अध्ययन गरिएको थियो । केहि यस्ता पुरुषको फोटो राखिएको थियो जसको दाढि काटिएको ६ दिन भइसकेको थियो भने केहिको १० दिन वितिसकेको थियो । यसका साथै केहि पुरुषको फोटो दाह्री काटेको ४ हप्ता पछिको थियो । अध्ययनमा सहभागि केटि र महिलालाई फोटो हेरेर बोईफ्रेन्ड छनौट गर्नका लागि भनियो अनि सबै महिलाले दाह्री भएको पुरुषलाई मन पराए । महिलाले दाह्री भएको पुरुषमाथि धेरै विश्वास गर्ने गरेको अध्ययनमा भनिएको छ ।

महिलाले दाह्र्री भएको पुरुषलाई विवाह गर्न योग्य ठानेको छन् । यसका साथ साथै हल्का दाह्रीबाला पुरुषलाई महिलाले पुरै दाह्री र क्लिनसेव पुरुषको तुलनामा बढि आकर्षित माने भन्ने पनि अध्ययनमा भनिएको छ ।
यो पनि ःबिहेअघि दुब्ला पातला रहेका अधिकांश युवतीहरु विवाहपछि मोटाउँछन् । आखिर किन त ः यो विषयमा हामीलाई थाहा हुँदैन तर खुल्दुली लाग्ने गर्छ ्र यहि खुल्दुली मेटाउनका लागि यो विषयमा थुप्रै खोज तथा अनुसन्धान भएका छन् ।

फेमिली सिस्टम एण्ड हेल्थ जर्नलमा प्रकाशित एक अनुसन्धानका अनुसार विवाह पछि थुप्रै महिला र पुरुषको तौल तेज रुपमा बढ्ने गर्दछ । यस्तै एक अन्य अनुसन्धानका अनुसार विवाहको ५ वर्ष्भित्र करिब ८२ प्रतिशत जोडीको तौल ५ देखि १० किलो बढ्ने गर्दछ ।

१। हर्मोनल चेन्ज ःअध्ययन अनुसार, विवाह पछि शरीरमा हर्मोनल परिवर्तन हुने गर्दछ । यसले गर्दा युवतीहरुको तौल बढ्न थाल्छ ।२। निन्द्रा नपुग्नु ः विवाह अघि भन्दा पछि युवतीहरुको दैनिक समय तालिकाका व्यस्त हुन थाल्छ जसका कारण उनिहरु पर्याप्त निदाउन पाउँदैनन् । यसले गर्दा पनि तौल बढ्न थाल्छ ।

३। तनाव ः विवाह पछि सुरुका दिनमा युवतीहरु तनावमा हुन्छन् । यस्तो अवस्थामा भोक बढाउने हर्मोनको लेभल बढ्ने गर्दछ जसले तौल बढाउँछ ।४। सोचमा परिवर्तन ः मानिसहरु विवाह पहिले राम्रो देखिनका लागि आफ्नो डाइट र फिटनेसमा पूरा ध्यान दिने गर्दछन् ।

तर विवाह पछि जीवनशैलीमा परिवर्तन हुने भएका कारण यस्ता कुराहरु छुट्ने गर्दछ जसले तौल बढ्छ ।५। उमेरको असर ः आजकाल धेरैजसो मानिस २८–३० वर्षमा सेटल भएपछि मात्र विवाह गर्दछन् । जबकी अध्ययनका अनुसार ३० वर्षपछि हाम्रो शरीरको मेटाबोलिजमको रेट कम हुन्छ जसका कारण तौल बढ्छ ।

६। दैनिकीमा परिवर्तनः एक्लै हुँदा आफूलाई फिट राख्नका लागि पर्याप्त समय निकाल्न सकिन्छ तर विवाह पछि प्राथमिकता परिवर्तन हुन्छ । मानिसहरु व्यायमको लागि समय निकाल्न सक्दैनन् । शारिरिक रुपमा निष्क्रिय हुने भएका कारण तौल बढ्ने गर्दछ ।

यो पनि ःम हि नावा री हुदा हिन्दु समाजमा मन्दिर प्रवेश नगर्नु भनेको छैन,पर बस्नु भनिन्छ ।यो महि ना वा रीमा दिएको छुट्टी हो । तिम्रो शरीर बाट रगत जादा तिमि कमजोर हुन्छौ भनेर आराम दिएको छुट्टी हो ।प्राचीन संस्कारको संस्कृती पछाडीको ज्ञान हेर्ने गरौ।

म हि वा री मा तिमी कोहि एक भन्दा अपवित्र हुदैनौ । मन्दिर भन्दा पवित्र हुन्छौ । मन्दिर भन्दा सं वेद नशि ल हुन्छौ ।पिरियडमा मन्दिर नजानु भनेको पुरातन समाजमा मन्दिर टाढा हुन्थे । फेरि मन्दिर जानू भनेको मन्दिर गएर नमस्कार गरेर फर्कनु मात्र थिएन ।

मन्दिर निराहार शुद्ध भएर जाने गरिन्थ्यो । म हि ना वा री मा मन्दिर निराहार निर्जल जादा घण्टौ साधना गर्दा तिम्रो स्वास्थ्यमा असर पर्छ तिमी झन कमजोर हुन्छौ भनेर मन्दिर नजाउ भनिएको हो । कालान्तरमा यो निषेधको रुपमा बुझियो । भारतमा काम्ख्या मातालाई नै पिरियड हुन्छ । हिन्दु समाजमा नारी देवि हुन । यदि नारीले हिन्दु धर्म संस्कार संस्कृती जोगाउन नसके एउटा युग गुमाउनेछ्न ।

तिमी म हि ना वा री मा अछुत वा अयोग्य हुदैनौ तिमी मन्दिर भन्दा पवित्र हुन्छौ । मन्दिर बनाउने मान्छे जन्माउने पनि तिमी नारी हौ ।तिमी जुनसुकै बेला मन्दिर जान सक्छौ । किन नजान भनियो फरक कोण बाट हेर्न सक्छौ । हिजो कुन अभ्यास थियो त्यसलाई जानेर बुझेर मात्र प्रश्न गर ।राम्रो लागेमा अवश्य शेयर गर्नुहोला ।

भालुको आक्रमणमा परी दुई गम्भीर घाइते

काठमाडौँ । आदर्श गाउँपालिका–१ मा जङ्गली भालुको आक्रमणमा परी दुई जना गम्भीर घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय डोटीका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर मल्लका अनुसार भालुको आक्रमणमा परी गम्भीर घाइते हुनेमा ८४ वर्षीय रामबहादुर खड्का र निजकी पाँच वर्षीया नातिनी सरस्वती खड्का रहेका छन् ।

बिहीबार साँझ खेतबारीको काम सकेर घर फर्किँदै गर्दा घरनजिकै उहाँहरुलाई भालुले आक्रमण गरी गम्भीर घाइते बनाएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ । भालुको आक्रमणबाट गम्भीर घाइते उनीहरुको दिपायलमा रहेको शैलेश्वरी अस्पतालमा उपचार भइरहेकोे इलाका प्रहरी कार्यालय दिपायलले जनाएको छ ।

भालुले घाइतेहरुको टाउको र गर्धनमा गहिरो चोट पुर्याएको अस्पतालका डा ललित लिम्बूले जानकारी दिनुभयो । जिल्लामा खप्तड राष्ट्रिय निकुञ्जबाट गाउँमा आहाराका लागि आउने जङ्गली जनावरले बर्सेनि स्थानीयवासीलाई आक्रमण गरी घाइते बनाउने गरेको सायल गाउँपालिकाका स्थानीय तेजबहादुर डुम्रेलले जानकारी दिनुभयो । आक्रमण गर्ने भालु अहिले पनि गाउँमै भएका कारण यहाँका स्थानीयवासीले भालुलाई नियन्त्रणमा लिन प्रहरी प्रशासनलाई आग्रह गरेका छन् ।

राष्ट्रिय वाणिज्य बैंक संचालक समितिका अध्यक्ष शर्माद्धारा शपथ ग्रहण

काठमाडौँ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेड संचालक समितिका अध्यक्ष धनिराम शर्माले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी समक्ष बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ को दफा १२७ को उपदफा १ वमोजिम बिहिबार पद तथा गोपनीयताको शपथ लिएका छन् । बैंक संचालक समितिको बिहिबार बसेको बैठकले श्री धनिराम शर्मालई अध्यक्षमा चयन गरेको हो । अध्यक्ष शर्मा नेपाल सरकार अर्थ मन्त्रालयका सह सचिव हुन् । शर्मा यस अघि नै नेपाल सरकार अर्थ मन्त्रालयबाट बैंकको संचालकको रुपमा नियुक्त भई कार्यरत थिए ।
शपथ ग्रहण कार्यक्रममा नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नरद्धय चिन्तामणि शिवाकोटी र शिवराज श्रेष्ठ, अन्य उच्च पदाधिकारीहरु र राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत श्री किरणकुमार श्रेष्ठ लगायत अन्य कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

सडक दुर्घटनामा कम्तीमा २२ जनाको मृत्यु

काठमाडौँ । नाइजेरियामा भएको सडक दुर्घटनामा परी कम्तीमा पनि २२ जनाको ज्यान गएको छ । नाइजेरियाका दुई छुट्टाछुट्टै सडक दुर्घटनामा परी ती नागरिकको ज्यान गएको अधिकारीहरुले जानकारी दिएका छन् ।

प्राप्त समाचारमा नाइजेरियाको मध्य भागका दुई ठूला राजमार्गमा बुधबार सवारी दुर्घटना भएको थियो । नाइजेरियाको लोकोजा कागी राज्यमा बुधबार विहान सो दुर्घटना भएको थियो ।
त्यसमा परी १४ जनाको ज्यान गएको थियो । सो दुर्घटनामा परी ज्यान जानेमा ११ जना महिला र तीन पुरुष रहेका छन् । सो दुर्घटनामा परी अरु कैयौँ व्यक्ति घाइते पनि भएका छन् ।
त्यसैगरी नाइजेरियाको काबा क्षेत्रमा पनि यस्तै सवारी दुर्घटना भएको थियो । त्यसमा परी अरु आठ जना यात्रुको निधन भएको छ । ती दुर्घटनाहरुमा परी अरु २६ जना घाइते भएका छन् । उनीहरुलाई अस्पताल भर्ना गरिएको छ भने केहीको अवस्था गम्भीर रहेको पनि बताइएको छ ।

भक्तपुरमा नेकपा प्रचण्ड–माधब पक्षको ठुलो नगर स्तरिय भेला

भक्तपुर । नेकपाभक्तपुरले सुर्यबिनायक नगरस्तरीय एक बृहत कार्यकर्ता भेला सम्पन्न गरेको छ। पार्टीमा स्पष्ट दुई ध्रुव देखिए पछि विभिन्न जिल्लामा फरक–फरक कार्यक्रम गर्दै आआफ्नो धारणा कार्यकर्ता बीच लैजाने सन्दर्भमा भक्तपुर जिल्लामा पनि प्रचण्ड माधब समुहका नेताहरूले आफ्नो बिचार आम कार्यकर्ता हुँदै जनमानसमा लैजाने क्रमलाई तीब्र बनाएका हुन् । भक्तपुर क्षेत्र न २ का माननीय महेश बस्नेतले आफ्नो वर्चस्व रहेको दाबी गरिरहेको बेला प्रचण्ड नेपाल समुहका नेताहरू पछिल्लो समय आफ्नो पक्षमा जनमत श्रृजना गराउन लागी परेका छ्न।

जिल्लामा सक्रियता देखाउने अभियानमा लागेका सो समुहले ठुलो समूहको सहभागितामा नगर स्तरीय कार्यकर्ता भेला गराएको पुर्ब युवा संघका नेता दिपक थापाले सम्पत्ति न्युजलाइ बताए। आज भएको सो कार्यकर्ता भेलालाई नेकपा केन्द्रिय सदस्य दिलिप प्रजापति भक्तपुरका प्रदेश संसद राजेन्द्रमान श्रेष्ठकेन्द्रिय सदस्य डिपि ढकाल पुष्पलाल स्मृति प्रतिष्ठानका अध्यक्ष धुर्बराज बिष्ट प्रदेश सदस्य देबेन्द्र श्रेष्ठ ,जिल्ला कमिटी सदस्यहरु रजन के सि,अनिल श्रेष्ठ, युवा नेता दिपक थापा लगायतका नेताहरूले प्रशिक्षण दिनु भएको थियो। कार्यक्रममा ५०० जना भन्दा बढी अगुवा कार्यकर्ता सहभागी जनाएका थिए। प्रशिक्षण कार्यक्रममा कम्युनिस्ट पाटीमा निति र बिचार प्रमुख रहेको कुरालाई जोडदिँदै बिधिलाई स्थापित गराउन आफुहरु लागी पर्नुपर्ने कुरालाई प्राथमिकताका साथ उठाइएको थियो। यतिबेला संविधानलाई घाइते बनाइ कोमामा पुर्याइएको सन्दर्भलाई उल्लेख गर्दै यसलाई बचाउन सबै नागरिकको कर्तव्य भएकोले आम भक्तपुर वासी जगाउन कार्यकर्तालाई निर्देशन दिइएको थियो।आफ्नो न्यायोचित मागलाई बेवास्ता गरिए नतिजा राम्रो नआउने भन्दै आबश्यक परे हतियार समेत उठाउन सकिने बताइएको थियो । यो बिचार र निष्ठा सहित बिधिको लडाइँमा साथ दिन आम जनमानसमा जान सबै वक्ताहरूले सहभागीलाई आग्रह गर्नुभएको थियो। जीवन तजको अध्यक्षता भएको कार्यक्रममा दिपक बिसुन्खेले संचालन गर्नुभएको थियो।

नेप्से उकालो लाग्दा बजार पूँजीकरण २९ खर्ब ५५ अर्ब पुग्यो

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १५.९१ बिन्दुले उकालो लागेर दुई हजार १९४.४८ मा पुगेको छ । आजको वृद्धिपछि नेप्सेले दुई हजार २०० को बिन्दु पछ्याएको देखिन्छ ।

यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापक सेन्सेटिभ परिसूचक ३.०८ बिन्दुले उकालो लागेर ४२१.२२ बिन्दुमा पुगेको छ । कारोबार भएका कूल २०८ कम्पनीको एक करोड १७ लाख ६७ हजार ४९२ कित्ता शेयर रु पाँच अर्ब ८७ करोड ४७ लाख आठ हजार २७९ मूल्यमा खरिद बिक्री भए । पछिल्लो वृद्धिसँगै बजार पूँजीकरणका आधारमा रु २९ खर्ब ५५ अर्ब ८६ करोड ४६ लाख बराबर हुन पुगेको छ ।

कारोबार भएका कूल १२ उपसमूहमध्ये आज अन्य उपसमूहको मात्रै शेयर ओरालो लागेको छ । सो उपसमूहको शेयर ३.६४ ले घट्दा बैंकिङ १३.०४, व्यापार ११२.६१, होटल ५.९४, विकास बैंक १०, जलविद्युत् १०.६४, वित्त १०.२४, निर्जीवन बीमा १४४.८६, उत्पादन ११५.८३, लघुवित्त ४६.५३, जीवन बीमा ३८.८५ र सामूहिक लगानी कोष ०।०१ बिन्दुले उकालो लागेको छ ।

कारोबारका आधारमा प्रभु बैंक शीर्ष स्थानमा रहेको छ । सो बैंकको रु ३१ करोड ७१ लाख ३६ हजार २७ मूल्यमा कारोबार भई शीर्ष स्थानमा रह्यो । यस्तै, नेपाल पुनरबीमा कम्पनी रु २७ करोड ४४ लाख ३८ हजार ९६, चिलिमे हाइड्रोपावर रु २४ करोड ७९ लाख ४५ हजार ४२२, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी रु २३ करोड तीन लाख ३० हजार ८०१, एनआइसी एशिया बैंक रु २२ करोड ६१ लाख ६०७, हिमालयन डिस्टिलरी रु २० करोड १७ लाख ६५ हजार ७२६, शिखर इन्स्योरेन्स कम्पनी रु १४ करोड ७६ लाख सात ६०६ र शिवम् सिमेन्ट रु १३ करोड ९० लाख ५३ हजार ३९२ बराबरको कारोबार भई शीर्ष स्थानमा रहे ।

कारोबार भएका कम्पनीमध्ये ११२ कम्पनीको शेयर उकालो लाग्दा ४७ कम्पनीको शेयर ओरालो लागेको छ । यस्तै विभिन्न १६ कम्पनीको शेयरमा भने कुनै परिवर्तन भएको छैन । मल्टिप्रपोज फाइनान्स १०, मिर्मिरे माइक्रोफाइनान्स ९.९२, आइएमई जनरल इन्स्योरेन्स ९.९२, नारायणी डेभलमपेन्ट बैंक ९.९१, प्रभु लाइफ इन्स्योरेन्स ९.८३, गुर्खाज फाइनान्स ८.१३, सिभिल लघुवित्त ७.७६, एनएलजी इन्स्योरेन्स ७.४३ र हिमालयन डिस्टिलरीका लगानीकर्ताले ७.३५ प्रतिशतले कमाए ।

त्यसैगरी एभरेष्ट बैंक ३.८१, खानीखोला हाइड्रोपावर ३.५७, कालिका पावर २.९१, रैराङ हाइड्रोपावर २.८०, रसुवागढी हाइड्रोपावर २.४१, पाँचथर पावर कम्पनी २.४०, जानकी फाइनान्स २.३३ र माउण्टेन इनर्जीका लगानीकर्ताले २.०४ प्रतिशतले गुमाए ।

राष्ट्रपति ट्रम्पलाई निर्धारित कार्यकाल पूरा नहुँदै पदबाट हटाउने तयारीमा

अमेरिकी संसदमा हमला भएसँगै घटनाको विश्वव्यापी आलोचना भइरहेको छ भने राष्ट्रपति डोनाल्ड ट्रम्पलाई निर्धारित कार्यकाल पूरा नहुँदै पदबाट हटाउने तयारी भएको बताइएको छ ।समाचार एजेन्सीहरूका अनुसार ट्रम्पलाई तत्कालै पदबाट हटाएर उनको ठाउँमा उपराष्ट्रपति माइक पेन्सलाई कार्यवाहक राष्ट्रपतिको जिम्मेवारी दिने तयारी सुरु गरिएको छ । नवनिर्वाचित राष्ट्रपतिका दाबेदार जोइ बाइडेनलाइ राष्ट्रपति प्रमाणित गर्ने कार्य त्यहाँको संसद (सिनेट)मा बहस चलिरहेको छ । सो बेला ट्रम्प समर्थकहरूले संसदमै हमला गरेका थिए ।
अमेरिकी समाचार आउटलेट टिएमजेड जनाए अनुसार अमेरिकी संविधानमा उपराष्ट्रपतिले राष्ट्रपतिलाई पदबाट हटाउन सकने अधिकार छ । सोही अनुसार ट्रम्पलाइ हटाएर केही दिनका लागि भए पनि उपराष्ट्रपति माइक पेन्सलाई कार्यवाहक राष्ट्रपति बन्ने तयारी भइरहेको बताइएको छ । ट्रम्पको कार्यकाल उसै पनि यही जनवरी २० मा पूरा हुँदैछ ।बुधबार अमेरिकी संसदको संयुक्त बैठक चलिरहँदा ट्रम्प समर्थकले संसदभित्रै पसेर आक्रमण गरेपछि बैठक अवरूद्ध भएको थियो । भिड प्रवेश गरेर अवरुद्ध भएको अमेरिकी संसद्‍मा बैठक पुनः सुरु भइसकको बिबिसीले जनाएको छ ।
अमेरिकी संसद्‌ रहेको क्यापिटल भवनबाट राष्ट्रपति ट्रम्पका समर्थकहरूलाई हटाइएको केही बेरपछि उक्त बैठक पुनः सुरु भएको हो । उक्त बैठकमा राष्ट्रपति(निर्वाचित जो बाइडनलाई राष्ट्रपति प्रमाणित गर्ने कार्यले निरन्तरता पाएको छ ।तर, सांसदहरुले बुधबारको हिंसालाई लिएर ट्रम्पलाई त्यसभन्दा पहिल्यै पदबाट हटाउने तयारी थालेको बताइएको छ । राजधानी डिसीको अज्ञात स्थलमा अहिले बैठक जारी रहेको र बैठकमा कंग्रेस सदस्य तथा सिनेटरहरुले संविधानको धारा २५ प्रयोग गरेर राष्ट्रपतिलाई पदबाट हटाउने विषयमा छलफल गरिरहेको रिपोर्टमा जनाइएको छ ।

झुण्डिएको अवस्थामा मृत फेला परेश्रीमतीको हत्या गरी फरार व्यक्ति

आफ्नै श्रीमतीको बञ्चरो प्रहार गरी हत्या गरेर फरार रहेका एक व्यक्ति झुण्डिएको अवस्थामा मृत फेला परेका छन् । पाँचथरको हिलिहाङ–५ सुभाङका ३२ वर्षीय धनकुमार उभरकोटी घरबाट करिब तीन किलोमिटर पूर्व जङ्गलमा झुण्डिएको अवस्थामा फेला परेका हुन् । गत पुस ९ गते मध्यरात श्रीमती ३० वर्षीया दुर्गादेवी उभरकोटीको टाउकोमा बञ्चरो प्रहार गरी हत्या गरेपश्चात् फरार रहेका उनी बुधबार गाउँकै जङ्गलमा झुण्डिएर मृत फेला परेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । पात्ले (कटुस)को रुखमा प्लास्टिकको डोरीले पासो लगाई झुण्डिएको अवस्था स्थानीयवासीले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

शव गन्हाउने भएकाले करिब एक हप्ताअघि नै उनले आत्महत्या गरेको हुनसक्ने स्थानीयवासीले अनुमान गरेका छन् । फिदिमस्थित पाँचथर जिल्ला अस्पतालमा शव परीक्षण गरिएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । गत पुस ९ गते मध्यरात धनबहादुरले टाउकोमा बञ्चरोले प्रहार गर्दा दुर्गादेवीको मृत्यु भएको थियो । घटनापछि फरार धनबहादुरलाई प्रहरीले खोजी गर्दै आएको थियो ।

प्रलोभनमा परि भारत लैजादै गरेका तीन किशोरीको उद्धार

भारत लैजाने क्रममा तीन किशोरीको उद्धार गरिएको छ । पूर्वी इलामको प्रमुख सीमावर्ती नाका पशुपतिनगरबाट माइती नेपाल, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको संयुक्त टोलीले उनीहरुलाई उद्धार गरेको हो ।

सङ्खुवासभा मकालु गाउँपालिकाका १५÷१६ वर्षका ती किशोरीलाई गाडीमा भारत लैजान लाग्दा सो टोलीले सोधपुछ गरेको थियो । उनीहरूलाई जागिरको प्रलोभनमा पारेर लैजाँदै गरिएको खुलेपछि मंगलबार उद्धार गरिएको माइती नेपाल पशुपतिनगरका होम खतिवडाले जानकारी दिनुभयो ।

सङ्खुवासभा घर भई हाल काठमाडौँ बस्दै आएकी लाचेन शेर्पाले ती किशोरीलाई काठमाडौँमा जागिर लगाइदिने आश्वासन दिँदै एक हप्ता काठमाडौँ लगेर राखेको अनुसन्धानका क्रममा खुलेको बताइएको छ ।

शेर्पाले भारतस्थित दार्जिलिङमा काम खोजिदिएको र महिनाको रु नौ हजार तलब हुने जनाउँदै एक व्यक्तिलाई फोन गरेर बोलाएर उनकै साथमा दार्जिलिङ पठाएको सोधपुछका क्रममा खुलेको ढकालको भनाइ छ ।

उद्धार गरिएका तीनै किशोरीको परिवारलाई बोलाएर जिम्मा लगाइएको जनाइएकोे छ । पछिल्लो समय इलामको सीमावर्ती नाकाबाट मानव बेचबिखन हुने क्रम बढ्दै गएको छ । सीमा क्षेत्रमा रहेका दर्जनांै चोर बाटाको प्रयोग गरेर मानवतस्करले विशेष गरेर किशोरीलाई जागिरको प्रलोभन देखाएर लैजाने क्रम बढ्दै गएको हो ।

गत मङ्सिरमा मात्र चोर बाटाको प्रयोग गरेर मानव तस्करले दोलखा र मकवानपुरका दश किशोरीलाई भारततर्फ लैजाने क्रममा संयुक्त टोली उद्धार गर्न सफल भएको थियो । उद्धार गरिएकामा छ बालक र चार बालिका थिए ।

प्रलोभनमा पारेर भारत लैजादै गरेका तीन किशोरीको उद्धार

भारत लैजाने क्रममा तीन किशोरीको उद्धार गरिएको छ । पूर्वी इलामको प्रमुख सीमावर्ती नाका पशुपतिनगरबाट माइती नेपाल, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको संयुक्त टोलीले उनीहरुलाई उद्धार गरेको हो ।
सङ्खुवासभा मकालु गाउँपालिकाका १५/१६ वर्षका ती किशोरीलाई गाडीमा भारत लैजान लाग्दा सो टोलीले सोधपुछ गरेको थियो । उनीहरूलाई जागिरको प्रलोभनमा पारेर लैजाँदै गरिएको खुलेपछि मंगलबार उद्धार गरिएको माइती नेपाल पशुपतिनगरका होम खतिवडाले जानकारी दिनुभयो ।

सङ्खुवासभा घर भई हाल काठमाडौँ बस्दै आएकी लाचेन शेर्पाले ती किशोरीलाई काठमाडौँमा जागिर लगाइदिने आश्वासन दिँदै एक हप्ता काठमाडौँ लगेर राखेको अनुसन्धानका क्रममा खुलेको बताइएको छ ।
शेर्पाले भारतस्थित दार्जिलिङमा काम खोजिदिएको र महिनाको रु नौ हजार तलब हुने जनाउँदै एक व्यक्तिलाई फोन गरेर बोलाएर उनकै साथमा दार्जिलिङ पठाएको सोधपुछका क्रममा खुलेको ढकालको भनाइ छ ।
उद्धार गरिएका तीनै किशोरीको परिवारलाई बोलाएर जिम्मा लगाइएको जनाइएकोे छ । पछिल्लो समय इलामको सीमावर्ती नाकाबाट मानव बेचबिखन हुने क्रम बढ्दै गएको छ । सीमा क्षेत्रमा रहेका दर्जनांै चोर बाटाको प्रयोग गरेर मानवतस्करले विशेष गरेर किशोरीलाई जागिरको प्रलोभन देखाएर लैजाने क्रम बढ्दै गएको हो ।

गत मङ्सिरमा मात्र चोर बाटाको प्रयोग गरेर मानव तस्करले दोलखा र मकवानपुरका दश किशोरीलाई भारततर्फ लैजाने क्रममा संयुक्त टोली उद्धार गर्न सफल भएको थियो । उद्धार गरिएकामा छ बालक र चार बालिका थिए ।

दक्षिण कोरियाले बिमानभन्दा छिटो कुद्ने रेल बनायो

कोरियाली रेलमार्ग अनुसन्धान संस्थान ‘कोरेल’ले विश्वको सबैभन्दा द्रुतगतिमा कुद्ने रेलको सफल परीक्षण सम्पन्न गरेको छ । ‘कोरेल’को पछिल्लो रेल संस्करण हाइपरट्युब रेल प्रतिघण्टा एक हजार किलोमिटरका दरले कुद्न सफल भएको ‘कोरेल’ले बताएको छ ।

हाइपरट्युब कोरियाको हाइपरलुप रेलको नयाँ संस्करण हो । कोरिया सरकारले हाइपरट्युब प्रोजेक्टका लागि सन् २०१७ देखि काम शुरु गरेको थियो । गत सेप्टेम्बरमा उक्त अवधारणाको पहिलो सफलतास्वरूप प्रतिघण्टा ७१४ किलोमिटरका दरले कुद्न सफल भएको थियो ।

नयाँ घोषणाअनुसार अब पहिला देखिएका सबै ‘फल्ट’हरु समाधान गरी प्रतिघण्टा एक हजार किलोमिटरभन्दा बढीको गतिमा कुद्न सक्ने गरी रेल प्रणालीको सफल परीक्षण सम्पन्न भएको कोरेलले बताएको छ ।

दक्षिण कोरियाले विकास गरेको उक्त रेलको गति युरोपदेखि एशियासम्म लामो दूरीको उडान गर्ने विमानको भन्दा तीव्र भएको समेत दाबी गरिएको छ । युरोपदेखि एशियासम्म लामो दूरीको उडान गर्ने विमानको गति प्रतिघण्टा ८०० देखि एक हजार किलोमिटर हुने गर्दछ ।

संस्थानले उक्त प्रविधिलाई थप परिष्कृत गर्दै लैजाने र सन् २०२२ सम्ममा ट्र्याक र पूर्ण सवारीको विकास गरिसक्ने जनाएको छ । त्यस्तै सन् २०२४ सम्म उक्त रेल सञ्चालनमा ल्याइसक्ने सरकारको तयारी छ । अब उक्त रेल सञ्चालनमा आएपछि कोरियाको राजधानी सउलबाट बुसान तथा देशमा जुनकुनै स्थानमा ३० मिनेटभित्र पुग्न सकिने छ ।

पर्वतको बिहादीमा प्याराग्लाइडिङ पूर्वाधार निर्माणको काम शुरु

काठमाडौँ । पर्वतको बिहादी गाउँपालिकामा प्याराग्लाइडिङको व्यावसायिक उडानका लागि पूर्वाधार निर्माण थालिएको छ । गण्डकी प्रदेश सरकारको उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयबाट विनियोजित रकम रु २० लाखको लागतमा गाउँपालिकाको लुङरिङडाँडामा प्याराग्लाइडिङका लागि आवश्यक पूर्वाधार निर्माण गर्न थालिएको हो ।

बिहादी गाउँपालिकाको रमणीय तथा पर्यटकीय क्षेत्र मानिने लुङरिङडाँडाबाट प्याराग्लाइडिङ उडान ९टेकअफ० गर्ने र वडा नं ३ को इमिचौर र वडा नं १ को दुर्लाङमा अवतरण (ल्याण्ड) गर्ने गरी काम थालिएको छ । केही समयअघि गरिएको प्याराग्लाइडिङको सफल परीक्षणसँगै व्यावसायिक उडानका लागि पूर्वाधारको काम थालिएको प्याराग्लाइडिङ पूर्वाधार निर्माण समितिका अध्यक्ष जीतबहादुर नेपालीले जानकारी दिनुभयो । उहाँका अनुसार रु २० लाखबाट उडान गर्ने स्थानको धावनमार्ग सुधार, शौचालय, प्रतीक्षालय, कार्यालयलगायतका संरचना निर्माण गरिनेछ ।

उक्त संरचना आगामी तीन महिनाभित्रै निर्माण सम्पन्न गरी प्याराग्लाइडिङको संस्था दर्ता गर्ने कामसमेत अगाडि बढाइने नेपालीले बताउनुभयो । प्याराग्लाइडिङ उडान गर्ने स्थान करिब दुई हजार मिटरको उचाइमा छ । प्याराग्लाइडिङको सम्भाव्यता र दृश्यावलोकनका लागि राम्रो देखिएपछि गण्डकी प्रदेश सरकारले रु २० लाख विनियोजन गरेसँगै पूर्वाधार निर्माणको काम थालिएको हो । गण्डकी प्रदेश सरकारले बिहादी गाउँपालिकासहित प्रदेशका पाँच स्थानमा प्याराग्लाइडिङको पूर्वाधार निर्माण थालेको छ ।

यसैबीच बिहादी गाउँपालिकाका अध्यक्ष कमलप्रसाद भुसालले मङ्गलबार प्याराग्लाइडिङ पूर्वाधार निर्माणको शिलान्यास गर्नुभएको छ । भुसालले पर्यटनको महत्वपूर्ण आधार मानिने प्याराग्लाइडिङले समग्र बिहादी गाउँपालिकाको भविष्यलाई उज्ज्वल बनाउन मद्दत पुग्ने बताए । बिहादी पर्यटनका हिसाबले प्रचुर सम्भावना भएको पालिका रहेको चर्चा गर्दै भुसालले पर्यटनमार्फत आर्थिक समृद्धि हासिल गर्न सकिने बताए । नियमित प्याराग्लाइडिङ उडान गर्नका लागि आवश्यक प्रक्रिया गाउँपालिकाले तत्काल अघि बढाउने उहाँले प्रतिबद्धता जाहेर गरे । यसअघि पर्वत सदरमुकाम कुश्माबजारसँगै रहेको बलेवामा पनि प्याराग्लाइडिङ पूर्वाधार निर्माण थालिएको थियो ।

बुधबार पशुपतिनाथ मन्दिरको दर्शन गर्नुहोस् । आजको राशिफल

वि.सं.२०७७ साल पौष २२ गते । बुधबार । ईश्वी सन् २०२१ जनवरी ०६ तारिख । नेपाल संवत् ११४१ । प्रमादी संवत्सर । दक्षिणायन । हेमन्त ऋतु । श्रीशाके १९४२ । पौष कृष्णपक्ष । तिथि–अष्टमी,४४ घडी ३६ पला,रातको १२ बजेर ४८ मिनेट उप्रान्त नवमी । नक्षत्र–हस्त,२३ घडी ५० पला,बेलुकी ०४ बजेर २९ मिनेट उप्रान्त चित्रा । योग–अतिगण्ड,४२ घडी २९ पला,बेलुकी ११ बजेर ५७ मिनेट उप्रान्त सुकर्मा । करण–बालव,दिउसो ०१ बजेर ५५ मिनेट उप्रान्त कौलव,रातको १२ बजेर ४८ मिनेट उप्रान्त तैतिल । आनन्दादिमा–आनन्द योग । चन्द्रराशि–कन्या । काठमाडौंमा सूर्योदय बिहान ०६ बजेर ५७ मिनेट,सूर्यास्त बेलुकी ०५ बजेर २२ मिनेट । दिनमान २६ घडी ०१ पला ।

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ)

सत्रुहरुलाई किनारा लगाउदै चाहेको उपलब्धि हासिल गर्न सकिनेछ । अध्ययन अध्यापनमा मन जाने हुनाले अरु दिन भन्दा खटेर काम गर्न सकिनेछ । माया प्रेमको गाठो कसिलो भएर जानेछ भने नजिकका मित्रहरुवाट सहयोग पाईने हुनाले मन प्रशन्न रहनेछ । कुटुम्ब तथा मावली पक्षबाट काममा सहयोग पाईनेछ । न्यायिक निर्णयहरु तपाईकै पक्षमा आउने योग रहेकोछ ।

बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)

बौद्धिक कार्यमा सहभागी हुने अवसर जुर्नेछ भने भनेजस्तो पारिश्रमिक पाउदा मन प्रफुल्ति रहनेछ । शेयर बजार,बैक तथा बित्तिय क्षेत्रमा गरिएको लगानिबाट भनेजस्तो फाईदा हुनेछ । स्कुल,कलेज तथा शैक्षिक क्षेत्रमा समय लगानि गर्नेहरुले मनग्गे धन आर्जन गर्नुहुनेछ । माया प्रेमको गाठो कसिलो हुनुको साथै नया प्रेम प्रश्ताब आउनेछ । मन परको मानिसबाट भौतिक सम्पति तथा उपाहार प्राप्त हुनेछ ।

मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा)

खोज तथा अनुशन्धानको क्षेत्रमा प्रशस्त समय खर्चिय पनि भनेजस्तो नतिजा हात नलाग्न सक्छ । घर परिवार,आफन्त तथा आमासँग घरायसि कुरामा बिवाद सिर्जना हुँन सक्छ ध्यान दिनुहोला । माया प्रेम तथा पति पत्निबिच सामान्य मनमुटाव बढ्ने योग रहेकोछ ध्यान दिनुहोला । कृषि तथा पशुपालन व्यावसायमा समय लगानि गर्नेहरुले मनग्गे आम्दानि गर्न सक्नेछन् ।

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो)

छोटो दुरिको व्यावसायिक यात्राको तय हुनेछ भने यात्राका क्रममा साथिभाई सँग रमाईलो गर्दै दिनलाई रंगिन बनाउँन सकिनेछ । आफन्त तथा निकट सम्बन्ध भएका मानिससँग छुट्टिनुपर्दा मन खिन्न रहनेछ । आफु भन्दा ठुला मानिसको सुझाब तथा सल्लाह लिएर अगाडि बढ्न सके गन्तब्यमा पुग्न सहज हुनेछ ।

सिंह(मा,मी,मू,मे,मो,टा,टी,टू,टे)

राजनीति तथा समाजसेवामा दिएको समयबाट राम्रो उपलब्धि प्राप्त हुनेछ भने पद प्राप्तीको गतिलो सम्भावना रहेकोछ । व्यापार व्यावसाय राम्रो फस्टाएर जाने तथा आम्दानि प्रशस्त हुनेछ । राजनिति तथा समाजसेवामा जनतासँग सँगै रहेर भलाकुसारि गर्न पाईने हुँदा नयाँ पनको बिकास गर्न सकिनेछ । पारिवारिक माहोलमा दिन बित्नेहुँदा मन प्रशन्न रहनुका साथै परिवारका सदस्यहरु खुसि रहनेछन् ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)

बोलिको प्रभाव बढ्ने भए पनि अरुको बारेमा अनाबस्यक टिका टिप्पणी गर्नाले आफ्नो साख गुम्न सक्छ । पढाई लेखाईमा समय दिएपनि ध्यान नदिदा अरुभन्दा पछि परिनेछ । खानपानमा ध्यान दिनुहोला स्वास्थ्य सम्बन्धि समस्या आउन सक्छ । कुटुम्ब तथा आफन्तहरुबिच घरायसि कुरामा राय बाजिनेछ । माया प्रेममा एक अर्कालाई बिश्वास गर्न नसक्दा मनमुटाब बढ्नेछ ।

तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते)

माया प्रेममा एक अर्कालाई शंका तथा अबिश्वास गर्दा समस्या आउन सक्छ ध्यान दिनुहोला । कानुन तथा निति नियमको उल्लङघन गर्दा जरिवाना तिर्नु पर्ने हुनसक्छ । आफन्त तथा अग्रजहरु सँग राय बाजिने तथा बिछोड सम्मको अवस्या आउन सक्छ । बिदेशी लगानि बाट सञ्चालित सस्थाहरुमा काम पाउने तथा बिदेश यात्राको गतिलो सम्भावना रहेकोछ ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)

बिभिन्न अवसरले पछ्याउँने तथा रोजगारि पाउने समय रहेकोछ भने परिवारजनको आवस्यक्ताहरु पुरा गर्न सकिने हुँदा मन प्रशन्न रहनेछ । व्यापार व्यावसायबाट मनग्ने आम्दानि हुने तथा आम्दानिका नयाँ नयाँ स्रोतहरु पहिल्याउन सकिनेछ । बुवा तथा आफन्तबाट तपाईले थालनि गर्नुभएको काममा सहयोग तथा समर्थन पाईने हुँनाले थप लगानि गर्ने बाताबरण बन्नेछ । भोगबिलासका सामानहरु प्राप्त हुनेछन् भने ईच्छित कामनाहरु पुरा हुँने समय रहेकोछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)

व्यापारमा रुपैया पैसा लगानि गरि मनग्गे आम्दानि गर्न सकिनेछ । आज थालिएका जुनसुकै कामहरुबाट भनेजस्तो कमाई हुँने हुँदा आर्थिक क्षेत्र मजभुत हुनेछ । नयाँ काम पाउँने तथा नोकरिमा सुगम स्थानमा स्थानान्तरणको प्रशस्त सम्भावना रहेकोछ । राजनिति तथा समाजसेवामा जनताको समर्थन पाईने हुँनाले पद प्राप्तिको गतिलो योग रहेकोछ ।

मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)

परिवर्तनलाई आत्मसाथ गर्दै अगाडि बढ्न सक्दा मनग्गे आम्दानि हुनेछ । व्यापार व्यावसाय फस्टाएर जाने हुनाले समस्याहरु समाधान गर्दै अगाडि बढ्न सकिनेछ । सरकारि क्षेत्रमा तपाईको राम्रो उपश्थिती रहनेछ भने समयमा काम बन्ने हुनाले मन प्रशन्न हुनेछ । आफन्त तथा अग्रज सँगको भेटघाटले महत्वपुर्ण उपलब्धि हासिल गर्न सकिनेछ ।

कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा)

आफन्त तथा शुभचिन्तकहरुको सल्लाह तथा शुझाबलाई बेवास्ता गर्दा दुख पाईनेछ । व्यापार व्यावसायमा मन्दि आउने हुनाले आर्थिक रुपमा पछाडि परिनेछ । स्थाई सम्पतीमा बिवाद आउने योग रहेकोछ भने भौतिक सम्पति तथा अन्य साधनको प्रयोग गर्दा ध्यान दिनुहोला । दिदि बहिनी तथा आफन्त सँग अनाबस्यक बिवाद हुन सक्छ ।

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)

मनपरेको भौतिक बस्तु तथा बिलाशि बस्तुहरुको प्रयोग गर्न पाईने हुँदा मन प्रफुल्लित हुनेछ । व्यापारको शिलशिलामा लामो दुरियो उपलब्धिमुलक यात्राको तय गर्न सकिनेछ भने व्यापार बिस्तार गरि मनग्गे आम्दानि गर्न सकिनेछ । जीवनसाथि तथा आफ्नो बिषेश मानिसको सहयोगले आम्दानिको दायरा बढाउँन सकिनेछ । अध्ययन तथा अध्यापनमा तपाईले गरेको लगानिबाट सार्थक नतिजा आउँनाले मन प्रशन्न हुनेछ ।

बाग्लुङको मालुढङ्गा देखि पाल्पा पिपलडाँडा सम्मको सडकखण्डको काम अन्तिम चरणमा

काठमाडौं । राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोर अन्तर्गत बागलुङको मालुढङ्गादेखि पाल्पाको पिपलडाँडा खण्डसम्मको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ ।

करिडोरअन्तर्गत बागलुङको मालढुङ्गादेखि गैँडाकोटसम्मको सडकखण्डमध्ये पाल्पा जिल्लाको बगनासकाली गाउँपालिकाअन्तर्गत यम्घाको मन्द्रानमा ५०० मिटर सडकको ट्रयाक खुल्ने बाहेक सबै काम अन्तिम चरणमा पुगेको हो ।

यस खण्डमा कडा चट्टाने पहाड भएकाले सामान्य मेसिन र प्रविधिले चट्टान फुटाउन नसक्दा विस्फोटक पदार्थ प्रयोग गर्नुपर्ने भएकाले त्यसको आवश्यक प्रक्रिया अगाडि बढेको कार्यालयले जनाएको छ । उत्तर दक्षिण जोड्ने कालीगण्डकी करिडोरअन्तर्गत पाल्पामा ३० किलोमिटर सडक पर्दछ ।

राम्दीदेखि मालढुङ्गासम्मको ५०० किलोमिटर सडकको ट्रयाक खोल्ने कामअन्तर्गत पाल्पाको रानीमहल रिडी, दैलातुङ रानीमहल, राम्दी दैलातुङ सडकखण्डमा ठेक्का सम्झौता भए पनि चट्टाने पहाड भएकाले काम गर्न समस्या परेको हो ।

ट्रयाक खोल्न बाँकी रहेको ५०० मिटर क्षेत्रमा कडा खालको चट्टाने भाग रहेको क्षेत्रमा विस्फोटक पदार्थ प्रयोग गरी फुटाउनुपर्ने भएकाले जिल्ला प्रशासन कार्यालय पाल्पासँग समन्वय गरेर काम गर्न कार्यालयलाई पत्राचार गरिएको आयोजनाका प्रमुख सुवोधकुमार देवकोटाले बताए ।

भारतीय कम्पनीको जिम्मेवारीमा रहेको पाल्पा जिल्लाको राम्दी, गैँडाकोट खण्ड १३१ किलोमिटरमध्ये १२ किलोमिटरमा कालोपत्र भइसकेको छ ।

हालसम्म यस सडक खण्डमा आठ अर्ब ४५ करोडमध्ये नेपाल सरकारबाट दुई अर्ब ९३ करोडको ठेक्का सम्झौता भएको र दुई अर्ब ५२ करोड रकम खर्च भइसकेको आयोजनाले जनाएको छ ।

यस सडक खण्डमा गत कात्तिक मसान्तसम्ममा नेपाल भारत सरकारको गरी चार अर्ब ३१ करोड खर्च भइसकेको करिडोर कार्यालयका प्रमुख देवकोटाले बताए ।

नेपाल सरकारसँगको सम्झौता अनुरुप भारतको एक्जीम बैंक ऋण सहयोगमा भारतीय निर्माण कम्पनीले साढे पाँच अर्बको लागतमा पाल्पाको राम्दीदेखि गैँडाकोटसम्मको १३० किलोमिटर सडकको ट्रयाक खोल्ने, ग्राभेल गर्ने, कालोपत्र गर्ने कार्य तीव्रगतिमा अगाडि बढेको छ ।

यसैगरी नेपाली सेनाले निर्माणको जिम्मा पाएको रिडीदेखि बागलुङ खण्डमा कालोपत्र गर्ने कार्य बाँकी रहेको छ । बागलुङको मालढुङ्गासम्म २४५ किलोमिटर र स्याङ्जाको मिर्मी, पर्वतको अमर्दीसम्म ट्रयाक खुलिसकेको छ ।

मिर्मी रानीपानी खण्डमा कालोपत्रको कार्य बाँकी छ । राम्दीदेखि गैँडाकोट खण्ड भारतीय कम्पनीको जिम्मेवारीमा रहेको छ । यस अन्तर्गत १३१ किलोमिटर सडकमध्ये १२ किलोमिटरमा मात्र कालोपत्र भएको छ ।

यस आयोजनाको निर्माणकार्य सम्पन्न भएपछि भारत र चीनसँग जोड्ने छोटो मार्गका रुपमा भएकाले राज्यले ठूलो धन राशि खर्चिएर राष्ट्रिय गौरवको आयोजनाको रुपमा लिइएको हो । कालीगण्डकी करिडोर सडकमार्गको काम धमाधम हुन थालेपछि गाउँमा विकासको लहर छाउन थालेको छ ।

उत्तर दक्षिण जोड्ने लोकमार्गका रुपमा लिइएको यस आयोजनासँग जोडिएका स्थानीयवासी धमाधम काम अगाडि बढेपछि गाउँमै बसेर विभिन्न पेशा व्यवसाय सञ्चालन गर्नेको सङ्ख्या बढेको छ भने स्थानीय नागरिक हर्षित भएका छन् ।

सो सडकखण्डको कार्य सम्पन्न भई यातायातका साधन सुचारु भएपछि विकासमा ठूलो परिवर्तन आउने रम्भा गाउँपालिका–१ हुङ्गीका स्थानीयवासी जगन्नाथ भण्डारीले बताए । “करिडोर निर्माण कार्य शुरु हुनुभन्दा अगाडि विकासका दृष्टिकोणले पछाडी परेको यस क्षेत्रका स्थानीयवासी बसाइँसराइको क्रम बढेको थियो, करिडोर निर्माणको कार्य अगाडि बढेपछि अन्यत्र घर बनाउने तयारीमा थिए, अहिले करिडोरको काम दु्रतगतिमा अगाडि बढेको देखेपछि गाउँमै नयाँ घर बनाएर यहीँ बस्ने योजना बनाए, करिडोरको काम सकिएपछि गाउँ नै शहर बन्नेछ” उनले भने ।

यतिखेर कालीगण्डकी करिडोरसँग जोडिएका गाउँ बस्तीमा ठूला ठूला कृषिफार्म, पशुफार्म शुरु गर्न थालिएको छ । स्थानीय उत्पादनलाई बजारीकरणको लागि यातायात सहज हुने भएकाले कालीगण्डकी करिडोरलाई लक्षित गरी व्यावसायिक कृषिमा जोड दिन थालेको स्थानीयवासी रामचन्द्र ढकालले बताए । “सडकमार्ग निर्माणको काम अगाडि बढेपछि यस क्षेत्रलाई जिल्लाकै गोलभेँडा जोनको रुपमा विकास गर्न टनेलभित्र गोलभेँडाखेती शुरु गरिएको छ, प्रारम्भिक चरणमा चार टनेलमा शुरु गरियो भने सडकमार्ग सम्पन्न भएपछि ठूलो सङ्ख्यामा टनेल बनाउने योजना छ” ।