निजी फर्म नवीकरणको अवधि थपियो

काठमाडौँ । सरकारले निजी (प्राइभेट) फर्म नवीकरणको अवधि थप गरेको छ । विभिन्न कारणले लामो समयसम्म नवीकरण नभएका निजी फर्म नवीकरणका लागि आगामी असार मसान्तसम्मको समय दिएको हो ।

यही पुस १० गते बसेको मन्त्रिपरिषद्को बैठकले प्राइभेट फर्म रजिष्ट्रेशन नियमावली, २०३४ मा १३औँ संशोधन गर्ने निर्णयसँगै नवीकरण गर्न छुटेका सबै निजी फर्मले २०७८ असार मसान्तसम्म नवीकरण गर्न पाउने भएका हुन् । उक्त फर्मले सीमित शुल्कमा आवश्यक कागजातसहित नवीकरणको निवेदन दिन सक्ने अवसर दिइएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले जनाएको छ ।

विभागका निर्देशक एवं सूचना अधिकारी शिवराज सेढाई साविकको नियमित नवीकरण गर्दा लाग्ने शुल्कमा रु २० लाख अधिकृत पूँजीभन्दा कम भएका फर्मका लागि वार्षिक रु दुई हजारका दरले र रु २० लाखभन्दा बढी पूँजी भएका फर्मका लागि वार्षिक रु पाँच हजारका दरले थप नवीकरण शुल्क तोकिएको बताए ।

उक्त शुल्क तिरेर लामो समयदेखि नवीकरण रोकिएका निजी फर्मले नवीकरण गर्ने बाटो खुलेको हो । विभागमा दर्ता भएका करिब पाँच हजार निजी फर्ममध्येमा आधाभन्दा बढीले नवीकरण गरेका छैनन् ।

नेपाल सरकारले तोकेको निकायमा दर्ता नगरी व्यावसायिक प्रकृतिका प्राइभेट फर्म सञ्चालन गर्न नपाइने कानूनी व्यवस्था रहेको छ । साथै दर्ता भए पश्चात तोकिएको समयावधिभित्र समय समयमा नवीकरण गर्नुपर्ने हुन्छ । अन्यथा तेस्ता फर्म कारोवार निरन्तरताका लागि वैधानिक मानिदैन । उहाँका अनुसार यसअघि गत फागुनमा नवीकरण रोकिएका फर्मलाई असारमसान्तसम्मको समय दिइएको थियो । कोरोना सङ्क्रमणलाई ध्यानमा राख्दै गत चैतदेखि गरिएको बन्दाबन्दीका कारण उपभोक्ताले लाभ लिन नसकेपछि पुनः नवीकरणको समय दिइएको हो ।

पहिलो पटक दर्ता भएका निजी फर्मलाई पाँच वर्षको अवधि दिइएको हुन्छ । छठौँ वर्षको ३५ दिनसम्म सामान्य शुल्क र तीन तथा एक वर्षभित्र तोकिएको जरिवाना शुल्क भुक्तानी गरेर नवीकरण गर्न पाइने विभागले जनाएको छ । छ वर्षपछि प्रत्येक दुई÷दुई वर्षमा नवीकरण गर्नुपर्ने हुन्छ । सामान्यता व्यापारिक प्रकृतिका निजी फर्म वाणिज्य विभाग र उत्पादन प्रकृतिका फर्म उद्योग विभागमा दर्ता हुँदै आएका छन् ।

माछापुच्छ्रे बैंक र अग्नि इन्कर्पोरेटेडबीच व्यवसायीक सम्झौता

काठमाडौँ । माछापुच्छ्रे बैंक र महिन्द्रा बाण्डको नेपालको लागि आधिकारिक बिक्रेता अग्नि इन्कर्पोरेटेडबीच व्यवसायिक सम्झौता भएको छ । सम्झौता पश्चात महिन्द्रा बाण्डको गाडीहरुको खरिद गर्न आउने ग्राहकहरुलाई बैंकले सहुलियत दरमा कर्जा उपलब्ध गराउने छ । उक्त सम्झौता पत्रमा अग्नि इन्कर्पोरेटेडको तर्फबाट प्रबन्ध निर्देशक क्याविनेट श्रेष्ठ तथा बेंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाले हस्ताक्षर गरेका छन् । सम्झौता अनुसार माछापुच्छ«े बैंकले देशभर रहेका आप्mना शाखा कार्यालयहरु मार्फत र अग्नी कर्पाेरेटकाका देशभर रहेका डिलरबाट सवारीसाधान खरिद गर्न चाहने ग्राहकहरुलाई सहज र सरल रुपमा सेवा प्रदान गर्नेछ ।

स्थापना कालदेखि नै नयाँ नयाँ प्रविधिमा आधारित सेवा सुविधा ग्राहकमाझ ल्याउन कटिवद्ध रहेको माछापुच्छ«े बैंक लि. पुर्व देखि पश्चिम साथै हिमाल देखि पहाड, र तराईसम्म आफ्ना १६० वटा शाखाहरु, १४८ शाखारहित बैकिङ्ग सेवा र ५ एक्सटेन्स काउण्टर समेत गरी जम्मा ३१३ स्थानमा रहेका सेवा सञ्जाल तथा १९८ वटा एटीएमहरु तथा १ हजार भन्दा बढि पिओएस ९एइक् ःबअजष्लभ० मार्फत बाट ग्राहक महानुभावहरुलाई अत्याधुनिक प्रविधिसहित सम्पुर्ण बंैकिङ्ग सुबिधा प्रदान गरीरहेको छ ।

एन आई सी एशिया बैंकको सूर्यविनायक नगरपालिका विस्तारित काउण्टर समुद्घाटन

काठमाडौँ । एन आई सी एशिया बैंकले आफ्नो ९३ औं विस्तारित काउण्टर भक्तपुर जिल्लास्थित सूर्यविनायक नगरपालिका कार्यालय परिसरमा शुभारम्भ गरेको छ । उक्त सूर्यविनायक नगरपालिका विस्तारित काउण्टरको समुद्घाटन पूर्वमन्त्री महेश बस्नेत, सूर्यविनायक नगरपालिकाका मेयर वासुदेव थापा एवं बैंकका प्रमुख कार्यकारी अधिकृत रोशन कुमार न्यौपानेले संयुक्त रुपमा गरेका छन् । समुद्घाटन कार्यक्रममा बोल्दै समुद्घाटन समारोहका प्रमुख अतिथि पूर्वमन्त्री बस्नेतले सूर्यविनायक नगरपालिकाले पेपरलेस प्रविधिलाई प्राथमिकताका साथ राखिरहेको अवस्थाकाबीच बैंकसँगको साझेदारीले ई–बैंकिङ्गजस्तो महत्वपूर्ण विधाले नगरपालिकाको प्राथमिकतालाई थप सशक्त बनाउन मद्दत पु¥याउने र देशको अर्थतन्त्रलाई सुदृढीकरण गर्नका लागि बैंकिङ्ग प्रणालीको महत्वपूर्ण भूमिका रहेकोमा यस बैंकसँगको साझेदारीले थप सहयोग पु¥याउने विश्वास व्यक्त गरे ।

त्यस्तै समुद्घाटन कार्यक्रममा बोल्दै बैंकका प्रमुख कार्यकारी अधिकृत रोशन कुमार न्यौपानेज्यूले सूर्यविनायक नगरपालिकाको सम्पूृर्ण बैंकिङ्ग कारोबारहरू व्यवस्थापन गर्ने जिम्मेवारी पाएकोमा सादर धन्यवाद ज्ञापन गर्दै देशकै नमूना नगरपालिका रुपमा रहेको सूर्यविनायक नगरपालिकाको बैंकिङ्ग पार्टनर हुन पाउनुलाई बैंकले निकै ठूलो गर्व र गौरवको विषयको रुपमा लिएको बताए । साथै नगरपालिकाका मेयर थापाले विस्तारित काउण्टरबाट सम्पूर्ण नगरबासीले आधुनिक बैंकिङ्ग सेवा प्राप्त गर्नुका साथै कर्जा सुविधा समेत उपभोग गर्न पाउने बताए । समुद्घाटन समारोहमा विशिष्ट अतिथिको रुपमा प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद भट्टराई, सूर्यविनायक नगरपालिकाका उपमेयर श्रीमती जुना बस्नेत, प्रमुख प्रशासकिय अधिकृत कमल ज्ञवाली, कोष तथा लेखा नियन्त्रक कार्यालयका प्रमुख भवराज जोशी, सूर्यविनायक नगरपालिकाका वडा अध्यक्षहरू, नगर सदस्यहरू एवं यस बैंकका उच्च पदस्थ पदाधिकारीहरूको उपस्थिती रहेको थियो ।

बैकले हाल मुलुकभर रहेका ३३३ शाखा कार्यालयहरू, ४७१ एटिएम, ९३ वटा एक्स्टेन्सन काउण्टर एवं ७६ वटा शाखा रहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।

रंगशाला बनाउन अल्का अस्पतालले धुर्मुस सुन्तली फाउन्डेसनलाई दियो २५ लाख

काठमाडौैँ । चितवनको भरतपुरमा निमार्ण गरिरहेको गौतम बुद्ध अन्र्तराष्ट्रिय क्रिकेट रंगशालाका लागि ललितपुरको अल्का अस्पताल प्रालिले धुर्मुस सुन्तली फाउन्डेसनलाई २५ लाख रुपैयाँ प्रदान गरेको छ।
रंगशाला निमार्णाधिन स्थलमा पुगेर अल्का अस्पताल प्रालिका अध्यक्ष कुमार थापाले धुर्मुस सुन्तली फाउन्डेसनलाई २५ लाख रुपैयाँ प्रदान गरेका हुन् ।
रंगशाला निमार्णमा सहयोग पुग्ने हिसावले अस्पतालले सकेको सहयोग गरेको अध्यक्ष थापाले बताए ।
धुर्मुस सुन्तली फाउन्डेसनका सिताराम कट्टेल धुर्मुसले थालेको एकल अभियानमा आफूहरु सहयोगी हातका रुपमा उभिन पाउँदा खुसी लागेको थापाको भनाइ थियो। ‘यस अघि पनि सिताराम कट्टेल धुर्मुस जीले सामाजिक काममा सफलता पाइसक्नु भएको छ, थापाले थप्नुभयो, ‘रंगशाला बनाउने अभियान बढिरहेकाले काठमाडौंबाट चितवन आएर चेक हस्तान्तरण गरेको हुँ ।’
त्रिभुवन विश्वविद्यालयको स्वामित्वमा भरतपुर–१६ मा रहेको कृषि तथा वन विश्वविद्यालयको जग्गामा रंगशाला निर्माण भइरहेको छ।
रंगशाला निर्माणको लागि ३ अर्ब लाग्नेछ । २० बिघाहा ६ कठ्ठा क्षेत्रफलमा निर्माण हुने रंगशाला ३० हजार दर्शक क्षमताको रंगशालामा ४ गेट रहने छ ।
मुख्य गेटको डिजाइन स्तुप रहनेछ । रंगशालासँगै अभ्यासका लागि २ छुट्टै अभ्यास मैदान समेत हुनेछ ।

पूर्वसचिव अर्यालको स्मृतिमा छात्रवृत्ति कोष

काठमाडौं । पूर्वसचिव स्व. मदनप्रसाद अर्यालको स्मृतिमा छात्रवृत्ति कोष स्थापना गरिएको छ । अर्यालको स्मृतिमा संखुवासभाको खाँदवारीस्थित बरुण बहुमुखी क्याम्पसमा कोष स्थापना गरिएको हो । अर्याल उक्त क्याम्पसका संस्थापक अध्यक्ष हुन् । छात्रवृत्ति कार्यक्रम शैक्षिक शत्र २०७७÷७८ देखि लागू हुने जनाइएको छ । स्व. अर्यालले राजपरिषद स्थायी समिति र रक्षा मन्त्रालयमा सचिवको जिम्मेवारी सम्हालेका थिए । अर्यालका छोराहरू दिनेश अर्याल र प्रवेश अर्यालको उपस्थितिमा आइतबार छात्रवृत्तिको घोषणा गरिएको हो ।
अर्यालको स्मृतिमा स्थापित छात्रवृत्ति क्याम्पस व्यवस्थापन समितिको सिफारिस वमोजिम प्रत्येक वर्ष क्याम्पस स्थापना दिवसका दिन प्रदान गरिने उल्लेख छ । कक्षा ११ का जेहेनदार र न्युन आय भएका संखुवासभा जिल्लावासी परिवारका मेधावी एक छात्र तथा एक छात्रालाई प्रतिमहिना जनही तीन हजार रुपैयाँका दरले एकमुष्ट छात्रवृत्ति प्रदान गरिने उल्लेख छ । उक्त छात्रवृत्तिको सुनिश्चित भविष्य तथा निरन्तरताका लागि परिवारले नै एक स्थायी कोष स्थापना गर्ने स्व. अर्यालका सुपत्र प्रवेश अर्यालले जानकारी दिए ।
स्व. अर्याल संखुवासभामा प्रमुख जिल्ला अधिकारीसमेत भएका थिए । कुशल प्रशासकका रुपमा उनलाई जिल्लावासीले स्मरण र आदर गर्ने गरेका कारण उनको सम्झनामा छात्रवृत्ति कोष स्थापना गरिएको उनका छोरा अर्यालले बताए । छात्रवृत्ति कोष स्थापनासम्बन्धी कार्यक्रममा क्याम्पस सन्चालक समितिका अध्यक्ष तथा सदस्यसहित शिक्षक एवं स्थानीय समाजसेवीहरू उपस्थित थिए ।

स्वास्थ्य केन्द्र स्थापना

काठमाडौँ । जिल्लाको उत्तरी क्षेत्रमा पर्ने चिचिला गाउँपालिकाको आहलेमा जनताको स्वास्थ्य सेवालाई लक्षित गरी आधारभूत सामुदायिक स्वास्थ्य एकाइ कार्यालयको स्थापना गरिएको छ । गाउँपालिकाको आहालेमा हालै आयोजित कार्यक्रममा गाउँपालिका अध्यक्ष पासाङ नुर्बु शेर्पाले एकाइ कार्यालयको स्थापना गर्दै सेवा सञ्चालन गरेर कार्यक्रमको उद्घाटन गर्नुभएको थियो ।

चिचिला गाउँपालिकाको गाउँसभाबाट पारित भएको कार्ययोजनाअनुसार गाउँपालिका–२ को आहालेमा स्वास्थ्य एकाइको स्थापना गरिएको हो । स्वास्थ्य एकाइ सञ्चालनका लागि भवनको निर्माण भई नसकेकाले स्थानीयवासी रिञ्जी शेर्पाको घर निःशुल्क लिएर अस्थायीरुपमा कार्यालय स्थापना गरिएको छ । स्थानीय शेर्पाले स्वास्थ्य एकाइको आफ्नै भवन निर्माण नभएसम्मका लागि दुई कोठा निःशुल्क उपलब्ध गराउनुभएको हो ।

आहाले गाउँका नागरिक यसअघि उपचारका लागि घण्टाँै धाएर चिचिला स्वास्थ्य चौकी वा सदरमुकाम खाँदबारी जानुपर्ने बाध्यतालाई चिर्दै अन्ततः गाउँमै स्थास्थ्य संस्था स्थापना भएपछि त्यहाँका स्थानीयवासीले स्वास्थ्य सेवाको पहुँचमा पुग्न सफल भएका छन् । यस एकाइबाट सेवा दिनका लागि एक जना अहेबको समेत व्यवस्था गरिएको गाउँपालिका स्वास्थ्य शाखाले जनाएको छ ।

आधारभूत स्वास्थ्य एकाइ कार्यालय उद्घाटनका अवसरमा स्थानीय कुमार गुरुङ, पेमा रिञ्जी शेर्पा र रिञ्जी शेर्पासहित स्थानीय गाउँवासीको बाक्लो उपस्थिति रहेको कार्यक्रममा गाउँपालिका उपाध्यक्ष यदुकुमारी राईले समेत यो स्वास्थ्य कार्यालय स्थापना भएपछि प्राथमिक स्वास्थ्य उपचारका लागि सेवाग्राहीले उपचारका लागि टाढा जानुपर्ने बाध्यता हटेको बताउनुभयो । कार्यक्रमलाई गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत शुक्रादेवी राईले सहजीकरण गर्नुभएको थियो ।

विश्वमा तीव्र आर्थिक वृद्धि गर्ने १० देशमध्ये एक नेपाल रहेको प्रधानमन्त्री ओलीको दावी

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वमा तीव्र आर्थिक वृद्धि गर्ने १० देशमध्य नेपाल पनि रहेको दावी गरेका छन् । राजधानीमा शनिबार आयोजित पार्टीको विशेष भेलालाई सम्बोधन गर्दै उनले यस्तो दावी गरेका हुन् । रानीपोखरी र धरहरा आफूले बनाएको र यसलाई नेकपाका अन्य नेताहरुले राम्रो काम भन्न नसकेको तर्क पेश गर्दै उनले आर्थिक वृद्धिमा नेपालले राम्रो प्रगति गरेको भन्ने भ्याए ।
उनले मानव विकास सूचकांकमा तीव्रताका साथ अगाडि बढ्दै जाने देशमा पनि नेपाल अगाडि रहेको उनको भनाइ छ । उनले मानव विकास सूचकांकमा तीव्रताका साथ अगाडि बढ्दै जाने देशमा पनि नेपाल अगाडि रहेको उनको भनाइ छ ।

उनले ४ सयभन्दा बढी पुल निर्माण गरेको र भूकम्पले भत्काएले ७ लाखभन्दा बढी घर निर्माण गरेर पीडित जनतालाई हस्तान्तरण गरेको बताए । उनले चक्रपातका कारण भत्किएका घरहरु केही महिनामै दिइएको समेत बताए ।

अहिले भारतका हरेक नागरिकले मलाई चिन्छन– प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले नपालको धेरै विकाश भएको बताएका छन् । ओलीले शनिबार आयोजित पार्टीको विशेष भेलालाई सम्बोधन गर्दै नेपाल अहिले विश्वसामु परिचित बनेको बताएका हुन् । उनले भने ‘आज विश्वमा नेपाल कहाँ छ ?, कतिले नेपाल सुनेकै थिएनन, नेपाल कहाँ छ थाहा थिएन । अहिले नेपाल कहाँ छ । नेपालका प्रधानमन्त्रीको बाहिर चर्चा पनि हुन्थेन, अहिले भारतको हरेक मान्छेलाई सोध्नु भयो भने हरेकलाई कण्ठ छ,’ उनले भने, ‘अन्तर्राष्ट्रिय मञ्चहरुमा हामीलाई चिनिन थालेको छ, हामीलाई सुनिन थालेको छ ।’

उनले भारतका प्रधानमन्त्री र चीनका राष्ट्रपतिको प्रशंसा पनि गरे । भारतका प्रधानमन्त्री मोदी र चीनका राष्ट्रपति सी चिनफिनले समृद्ध नेपाल र सुखी नेपालीको नारा ठीक भएको भन्दै प्रशंसा गरेको समेत भने । तर प्रचण्ड, माधव नेपाल र झलनाथ खनालले यसबारेमा केही नबोलेको भन्दै आक्रोश समेत व्यक्त गरे । उनले यसबारेमा बरु ढुंगो बोल्ला तर उहाँहरु नबोल्ने बताए ।

‘यो मान्छेले नेतृत्व गर्न पायो भने त देश सर्लक्कै बन्छ भनेर केही मान्छेको मन भतभती पोल्यो । छिर्के लाउन खोजे, रोक्न खोजे । अहिले सडकमा आएर गाली गर्छन् । उहाँहरुले मानवीय संवेदनाको ख्याल राखे हुन्थ्यो, देख्नेलाई लाज लागिसक्यो,’ उनले भने ।

विश्वमा तीव्र आर्थिक वृद्धि गर्ने १० वटा देशमध्ये एउटा नेपाल भएको दावी गरेका छन् । राजधानीमा शनिबार आयोजित पार्टीको विशेष भेलालाई सम्बोधन गर्दै उनले उक्त दावी गर्न भ्याए ।

रानीपोखरी र धरहरा आफूले बनाएको र यसलाई नेकपाका अन्य नेताहरुले राम्रो काम भन्न नसकेको तर्क पेश गर्दै उनले आर्थिक वृद्धिमा नेपालले राम्रो प्रगति गरेको भन्ने भ्याए ।

नयाँ वर्ष २०२१ का लागि विश्व स्वास्थ्य संगठनले दियोय २१ स्वास्थ्य सुझाव

१. प्राकृतिक खानेकुरा खाऔं

खानेकुरा कृतिम भइदिँदा आज सम्पूर्ण मानवताले अनेकौं रोगव्याधि झेल्न बाध्य हुनुपरेको हो। यसर्थ खानपानलाई प्राकृतिक र स्वस्थकर बनाउनुको विकल्प छैन । खानपानलाई प्राकृतिक बनाउनु भनेको खानेकुरालाई जतिसक्दो प्राकृतिक रूपमै उपयोग गर्नु हो । खानेकुरालाई प्राकृतिक रूपमै प्रयोग गर्दा स्वास्थ्यका लागि अत्यन्त फाइदादायी हुन्छ।

यसका अतिरिक्त खाना पकाउदा खानेकुराको प्राकृतिकपन र पौष्टिकता नष्ट नहोस् भनेर विशेष ध्यान दिनु आवश्यक छ । तार्ने, भुट्ने, लामो समयसम्म पकाउने जस्ता क्रियाले खानेकुराको प्राकृतिक गुणधर्म नष्ट गर्दछ। यसैगरी स्वास्थ्य रक्षाका लागि सन्तुलित भोजन खान पनि उत्तिकै आवश्यक छ।

खानालाई सन्तुलित बनाउनका लागि विभिन्न प्रकारका खाद्यवस्तुमा विविधिकरण हुनुपर्छ। कार्बोहाईड्रेटस, प्रोटिन, चिल्लो, खनिज, भिटामिन, पानी र चोकरको उपयुक्त मात्रामा प्रयोग नै सन्तुलित भोजन हो र यसका लागि अन्न, दाल, गेडागुडी र कन्दमुलका अतिरिक्त पर्याप्त मात्रामा फलफूल, सागपात, तरकारी, दूध, दही, घिउ, मोही, अङ्कुरित आदि खानुपर्ने हुन्छ ।

साधारणतया हामीले काबोहाईड्रेटस, प्रोटिन र चिल्लाको मात्रा लिइरहेपनि भिटामिन, खनिज, रूक्षांश ९फाइबर०को पर्याप्त मात्रा नलिइरहेका हुन्छौं । भिटामिन र खनिजको आवश्यक मात्रा लिनको लागि हामीले पर्याप्त मात्रामा फलफूल र तरकारी लिइरहनुपर्ने हुन्छौं ।

विश्व स्वास्थ्य संगठनले एउटा वयस्क व्यक्तिका लागि ५ पोर्सान अथवा ४०० ग्राम फलफूल एवं तरकारी खानुपर्छ भनेको छ। यसरी फलफूल र तरकारीको पर्याप्त सेवन गर्ने गर्दा सूक्ष्मपोषक तत्वहरूको कमी हुन पाउँदैन भने नसर्ने रोगको प्रकोपबाट पनि बच्न सकिन्छ।

२. खानापकाउने स्वस्थकर तरिका अपनाऔं

स्वस्थकर खाद्य पाककला वा भनौं खाना ठीकसँग पकाउन नजान्नाले आज हामीले अनेकौं प्रकारका स्वास्थ्य समस्याहरू झेल्न बाध्य हुनुपरेको छ । अस्वस्थकर खाद्य पाककला भनेको खानालाई स्वास्थ्य मैत्री हुनेगरी जस्तै कम पकाउनु, ज्यादा पकाउनु वा हानिकारक रसायन हालेर पकाउन आदि पर्दछन् । खानालाई ठीकसँग नपकाउँदा ब्याक्टेरिया, भाइरस, फङ्गस, परजीवी जस्ता जीवाणुहरू शरीरमा प्रवेश गर्न सक्छ।

यी जीवाणुहरूका कारणले २०० भन्दा ज्यादा प्रकारका रोगहरू लगाउन सक्दछ। यसैगरि खानालाई चाहिने भन्दा ज्यादा पकाउँदा खानामा विद्यमान पौष्टिक तत्व, सूक्ष्म पोषक तत्व, प्रोटिनहरूको विघटन भई खाना पोषण मूल्यरहित बन्न पुग्छ ।यसैगरी खानामा हानिकारक रसायन मिसाउँदा खाना विषाक्त बन्न पुग्छ। माछा–मासुलाई धेरै पकाउने वा पोल्नुहुँदैन ।

खानालाई स्वस्थकर बनाउन विश्व स्वास्थ्य संगठनले खानालाई स्वच्छ राख्न, पाकेको र काचोलाई नमिसाउन, मजासंग पकाउन, अत्यधिक ताप र उच्च आँचमा नपकाउन र खानामा हालिने पानी र अन्य मरमसला स्वस्थ्यकर र सुरक्षित मात्र प्रयोग गर्न सुझाब दिएको छ।

३. नुनको मात्रा कम गरौं

नुन सोडियम र क्लोराईड नामक दुईवटा तत्वहरू मिलेर बनेको यौगिक हो । यी दुबै तत्वहरू हाम्रो शरीरका लागि अति आवश्यक तत्वहरू हुन् तर आवश्यकता भन्दा कम वा ज्यादा मात्रामा यी तत्वहरूको सेवन गर्नेगर्दा हाम्रो स्वास्थ्यमा अनेकौ समस्या देखा पर्दछ । त्यसमा पनि उच्च मात्रामा नुन सेवनगर्दा रक्तचाप बढ्दछ ।

एकचोटि रक्तचाँप बढे पछि हाम्रो स्वास्थ्यमा अनेकौ सास्याहरू देखापर्ने गर्छ। अझ तथ्यगत रूपमै भन्नुपर्दा नुन खान नजानेर प्रत्येक वर्ष २५लाख मानिसहरू अकालमा मारिने गरेका छन भने करोडौं मानिसहरू उच्चरक्तचाप, मधुमेह, स्ट्रोक प्यारालाईसिस र मृगौला फेलिएर जस्ता दीर्घकालिन समस्या लिएर बाच्न बाध्य छन् ।

यसर्थ विश्व स्वास्थ्य संगठनले स्वास्थ जीवन बाच्नका लागि दैनिक ५ ग्रामभन्दा ज्यादा नुनको सेवन नगर्न भनेको छ । दैनिक ५ ग्राम नुनखाँदा लागभग २ ग्राम वा २००० मि।ग्रा। सोडियमको पूर्ति हुन्छ । यसै गरि दैनिक ३.५ ग्राम वा ३५०० मि.ग्रा पोटासियमको पूर्ति पनि हाम्रो शरीरमा हुनु पर्दछ । यसका लागि सोडियम साल्ट नखाएर पोटासियम साल्ट खानको लागि सल्लाह दिने गरिएको छ ।

नुनको मात्रा कटौती गर्नका लागि हामीले नुनको दृष्य र अदृष्य दुवै स्रोतहरू माथि पहरेज गर्नुपर्दछ। खानामा आफैँले हालेको नुन दृष्य श्रोत हो भने पहिले देखिनै नुन हालिएको खानेकुरा जस्तै नमकिन, दालमोठ, चटपटे, पुरानो अचार, भुजिया, आदि अदृष्य श्रोतहरू हुन। खानेकुराहरूको छनौट गर्दा कुन खानेकुरामा कति नुन छ भन्ने जानेर मात्र खानेकुरा छान्नुपर्छ। यसका लागि अलिकति खानेकुरा चाखेर नुन ज्यादा चर्को भए खानुहुँदैन ।

४. ज्यादा गुलियो पनि खाने नगरौं

नुन पछिको अर्को स्वास्थ्य नासक खाद्य भनेको चीनी हो। केटाकेटीले चिनी खाँदा दाँतको क्षय हुन्छ भने वयस्कले धेरै चिनी खाँदा मोटोपनको समस्या आउँदछ।

यसैगरी चिनी खाई रहनेलाई टाइप(२ मधुमेह, मुटुरोग, चाँया(पोतो(डण्डिफोर आउने, अनेकौं किसिमका क्यानसर, तनाव, चिन्ता भय र उदासीनता, चाँडै बुढो हुने, कलेजोमा बोसो जम्ने, मृगौला खराब हुने, युरिक एसिड बढ्ने जस्ता समस्या देखा पर्दछ। यसर्थ चिनीलाई सकभर नखाएकै राम्रो हो तर खानै पर्ने भए कुल क्यालेरिको ५ प्रतिशतभन्दा धेरै चिनी खानुहुँदैन।

५. अस्वस्थकर चिल्लो नखाऔं

स्वस्थ जीवन जीउनका लागि चिल्लो पनि नियन्त्रित मात्रामा खानुपर्ने हुन्छ भने अस्वस्थकर चिल्लोलाई खानामा समावेश गर्नै हुँदैन। अस्वस्थकर चिल्लो भनेको मुख्यतः सन्तृप्त चिल्लो ९सेचुरेटेड फ्याट० र ट्रान्स फ्याट हुन। सन्तृप्त चिल्लो जनावरहरूबाट प्राप्तहुने चिल्लो जस्तै मासु, अण्डा, घिउ, नौनी, बटर, चीज, मर्जेरिन, क्रिम, नरिवलको तेल, पामको तेल, लार्ड आदिमा पाइन्छ भने तेल घ्युमा तारेभुटेका खानेकुरा, बोतल र बट्टबद्ध खानेकुरा, पिजा, बर्गर, केक, चाउचाउ, बिस्कुट, कुकिज, वनस्पति घिउ र बारबार तताइएको वा उच्च तापक्रमसम्म तताइएको तेलमा ट्रान्स फ्याट पाइन्छ।

चिल्लोको चयन गर्दा संन्तृप्त हैन असन्तृप्त चिल्लो ९अनसेचुरेटेड फ्याट०को चयन गर्नुपर्छ। असंन्तृप्त चिल्लोको मुख्य श्रोत भनेको वनस्पति जन्य तेलहरू जस्तै बदाम, आलस, एबोकादो, तोरी, भट्टमास, सुर्यमुखी, जैतुन, क्यानोला र केही विशेष प्रजातिका माछामा आदि हुन्।यसै गरि हमीले स्वस्थकर चिल्लो खाँदा पनि कुल उर्जाको ३० प्रतिशत भन्दा ज्यादा उर्जा चिल्लोबाट लिनु हुदैन भन्ने मान्यता छ।

६. रक्सीको सेवन नगरौं

रक्सी खाएकै कारण प्रत्येक बर्ष ३३लाख मानिसहरू अकालमा मारिने गरेकाछन। मृत्युका अतिरिक्त दीर्घकालिन रूपमा रक्सीसेवनले गर्दा शारीरिक, मानसिक, सामाजिक एवं आचरण संग सम्बद्ध समस्याहरू पनि देखापर्दछ। यसै गरि रक्सीको सेवन संग कलेजोमा बोसो जम्ने रोग, लिवर सिरोसिस, क्यानसर, मुटुरोग, रक्सीमा निर्भरता, रोड एक्सिडेण्ट जस्ता समस्याहरू पनि देखा पर्दछन। यसर्थ कुनै पनि बहानामा रक्सी खानु राम्रो होईन।

७. धूमपान र सुर्तीको सेवन नगरौं

धूमपान एवं सुर्तीको सेवन गर्नाले बार्षिक ७२ लाख मारिन्छन भने करोडौ मानिसरू यसले निम्त्याउने प्रतिकुल स्वास्थ्य स्थिति लिएर बाच्न बाध्य छन। सुर्तिजन्य वस्तुको सेवन गर्दा वा धूमपान गर्दा विभिन्न किसिमका क्यान्सरहरूको खतरा बढ्दछ भने मुटुरोग, दम, खोकी जस्ता श्वास रोग, मष्तिस्कघात, टायप–२ मधुमेह जस्ता दीर्घ एवं जीर्ण रोगहरूले पनि सताउछ। यसै गरि धूमपानले आसपासमा मान्छेको स्वास्थ्यमा पनि असर पु¥याउदछ।

८. शारीरिक रूपले सक्रिय रहनुहोस्

दैनिक रूपमा एकबट्टा चूरोट खाने व्याक्तिलाई जति धेरै क्यानसर हुने खतरा रहन्छ त्यत्ति नै खतरा शारीरिक रूपमा सक्रिय नरहने व्याक्तिलाई पनि हुन्छ भन्ने तथ्य सुन्दा धेरैलाई अचम्म लाग्न सक्छ तर यसमा अचम्म मान्नु पर्दैन।

किनकिनिष्क्रिय जीवन जिउनेहरूलाई क्यान्सर मात्र हैन, मुटु तथा रक्तनलीका रोग, उच्च रक्तचाप, मधुमेह, उच्च रक्त कोलेस्टेरोल, मोटोपन, अस्टियोपोरोसिस, अस्टियोपिनिया, मृगौलाको पत्थरी, हड्डी खिइने, नशा च्यापिने, काँधको जोर्नी जाम हुने, ठुलो आन्द्राको क्यान्सर, मानसिक तनाव, चिन्ता भय र उदासीनता, रक्तनली साँगु¥याउने अथेरोस्क्लेरोसिस भन्ने रोग, रक्तशिराभित्रै रगत जम्ने डिपभेन थ्रम्बोसिस भनिने रोग, कब्जियत, अम्लपित्त, अजीर्णता, अनिद्राजस्ता समस्या पनि सताउदछ ।

“द ल्यान्सेट” नामक प्रसिद्घ स्वास्थ्य खबर पत्रिकाले जनाएअनुरूप निष्क्रिय जीवनको बढ्दो रफ्तारले विश्वभरि प्रत्येक वर्ष प्रत्यक्षरूपले हुने ३२ लाख र अन्य रोगहरूसँग जोडिएर हुने २ करोड ५० लाख रोक्न सकिने मृत्यु लाई रोक्न सकिएको छैन । शारीरिक रूपले सक्रिय रहनु भनेको शरीरमा विद्यमान ईच्छाधिन मांशपेशीहरूलाई चलाएर अत्याधिक उर्जा खर्च गर्नु हो।

यसरि उर्जा खर्च गर्र्दा हाम्रा एकएक कोषहरूमा मेटाबोलिक क्रियाकलापहरू बढ्दछ र कोषहरू स्वस्थ हुने गर्दछन। शारीरिक रूपले सक्रिय रहनका लागि प्रातःभ्रमण (मर्निङ्ग वाकमा) जाने, दौडने, डोरी (स्किपिङ्ग) खेल्ने, पिटी खेल्ने, ट्रेड मिल चलाउने, खेल खेल्ने, पौडी खेल्ने, ट्राम्पोलिनमा उफ्रने, ट्रेकिङमा जाने, नाच्ने, योग गर्ने, एरोविक्स, जुम्बा, बैले, सालसा गर्ने, हाइकिङ्ग जाने, बाटामा साइकिल चलाउने, स्टाटिक साइकिल चलाउने, जिम जाने, सिँडी उक्लिने, कम्फुकराँते, उसु खेल्ने, डुङ्गा खियाउने, पानीमा गरिने व्यायामहरू गर्ने, करेसा बारी वा बगैँचाको काममा संलग्न रहने जस्ता क्रियाकलाप गर्न सकिन्छ।

विश्व स्वास्थ्य संगठनले रोग लाग्न नदिनका लागि हप्तामा कमसेकम १५० मिनेटको मध्यम खालको शरीरिक क्रिया कलाप गर्नुपर्ने र स्वस्थ जीवन बाच्नको लागि हप्ताको ३०० मिनेटको शारीरिक क्रियाकलाप गर्नुपर्ने सुझावदिएको छ । शारीरिक रूपमा सक्रिय अभ्यासहरू गर्न जन्ने हरूले विस्तारै मांशपेशीहरूलाई मजवुत बनाउनकालागि अलि कडाखालका व्यायामहरू पनि गर्न सक्छन् ।

९. बेला बेलामा रक्तचाप जचाँई रहनुहोस्

आज संसारको हरेक चौथो वयस्क व्याक्ति रक्तचापको समस्याद्वारा ग्रसित छ र त्यस मध्ये ९५ प्रतिशत व्याक्ति उच्चरक्तचापको समस्याले ग्रसित छ। उच्च रक्तचाप आफैमा कुनै रोग होइन तर सयौ रोगहरुको जननी हो ।

यसका कारणले हृदयघात, मष्तिस्कघात, मिर्गौला फेलियर, नेत्रघात ९दृष्टि गुम्नु० मुटु सुन्निने, रक्तनलीहरु तन्किने, फुल्ने तथा फुट्ने र मानसिक तथा भावनात्मक अस्वस्थ्थता जस्ता समस्याहरु आउन सक्छ।

यसर्थ उच्च रक्तचापलाई बेलैमा निदान गरि उपचार गरहाल्नु गर्दछ। उच्च रक्तचापको निदानका लागि बेलाबेलामा स्फीग्नोमेनोमिटर भन्ने यन्त्र प्रयोग गरेर आफ्नो रक्तचाप जचाँई रहनु पर्दछ र गडबड भएको पाईएमा औषधि खाएर भएपनि नियन्त्रित गर्नु पर्दछ।

१०. खोक्दा वा हाच्छ्यू गर्दा नाक र मुख ढाक्ने गरौं

आज पुरा विश्व हावाको माध्यम भएर सर्ने रोग बाट ग्रसित छ । ईन्पूmएञ्जा, निमोनिया, क्षयरोग, कोभीड–१९ जस्ता स्वास्थ्य समस्याहरू हवाको माध्यम भएर सर्ने रोगहरू हुन र यी रोगहरूको कारणले पनि प्रत्येक बर्ष ‘।।लाख मानिसहरू मारिने गरेका छन। यी रोगहरू संक्रामक रोग भएकाले यी रोगहरूबाट बच्न रोगीको थुक, खकार, सिङ्गान जस्ता मलको ड्रपलेटलाई अर्को व्याक्ति सम्म फैलन नदिनु हो र यसका लागि खोक्दा वा हाच्छ्यू गर्दा रूमाल वा गम्छाले नाक वा मुख ढाक्नु पर्दछ।

यदि तपाई यस्ता रोगबाट ग्रसित हुनुहुन्छ भने तपाईले संक्रमण अवधि भरि सर्जीकल मास्क वा के।एन।–९५ मास्कको प्रयोग गर्नुपर्दछ।अन्य अवश्थामा पनि तपाई लाई खोकी लाग्यो वा हाच्छ्यू आयो र तपाई संग रूमाल वा टिष्यू पेपर छैन भने तपाईले आफ्नै कुहिनोलाई मोडेर नाक मुख ढाक्ने गर्नु पर्दछ। यसै गरि खाकी लागेको वा हाच्छ्यू गरिरहेको व्याक्तिले नाक कोट्याउने, मुखतिर हात लगि रहने जस्ता क्रियापलाप गर्नु हुदैन।

११. लामखुट्टेको टोकाईबाट बचौं

लामखेट्टेको टोकाईबाट मलेरिया, कालाजार, जापनिज ईन्सेफेलाईटिस, यल्लो फिवर, चिकनगुनिया, डेङ्गी, हात्तिपाईले रोग जस्ता अनेकौ रोगहरू फैलिने गरेका छन्। अझ तथ्यगत रूपमै भन्नुपर्दा लामखुट्टेको टोकाईका कारणले प्रत्यक बर्ष ‘मानिसहरू मारिने गरेका छन भने लाखौं मानिसहरू बिरामी पर्ने गरेका छन ।

यी रोगहरूबाट बच्ने उत्तम उपाय भनेको लामखुट्टेको टोकाईबाट बच्नु हो। लामखुट्टेको टोकाई बाट बच्नका लागिराती सुत्दा झुल वा मच्छरधुपको प्रयोग गर्ने, संक्रमित क्षेत्रमा नियमित रुपमा लामखुट्टे मार्ने बिषादि छर्किन लगाउने, लामखुट्टेको बासस्थान ९पानी जम्ने ठाउँहरू० नष्ट गरिदिने, जस्ता उपायहरू अपनाउन सकिन्छ।

१२. स्वास्थ्यकर पानी पिउने गरौं

स्वस्थकर पानी नपिउनाले हैजा, झाडापखाला, हेपाटाईटिस–ए, टाईफाईड, पोलियो जस्ता पानीबाट सर्ने रोगहरू फैलने गरेका छन।आज विश्वका २ अरव जनसंख्या असुरक्षित र अस्वस्थकर पानी पिउन बाध्य छ जसका कारणले आज प्रत्येक बर्ष लाखौं मानिस असुरक्षित पानी पउिनाले मारिने गरेका छन भने कैयौं मानिस पानीको माध्यमबाट सर्ने रोगबाट संक्रमित हुने गरेका छन। यसर्थ पिउने पानी स्वच्छ, स्वस्थकर एवं सुरक्षित हुन अत्यन्त आवश्यक छ।

पानी सुरक्षाको प्रत्याभूती गर्न हामीले कस्तो पानी खादैछौ भनेर त्यसको श्रोतको जाँच गर्नुपर्ने हुन्छ। यदि श्रोतको स्वच्छतामा संङ्खालागे पानीलाई फिल्टर गरेर वा ५ मीनेट सम्म उमालेर खान सकिन्छ।

१३. नैराश्यता उत्पन्न भएमा विश्वाश्नीय व्याक्तिलाई माया गर्नुहोस्

नैराशायताका कारण संसारभर लगभग २६ करोड मानिसहरू मानिसहरू प्रभावित छन् र संसारभर हुने ९० प्रतिशत आत्महत्याको कारण नैराश्यता हो। निराशाले भरिएको मानिसको जीवनमा निरन्तर निराशावादि सोचहरू आईरहन्छ र जीवनको आश लाग्न छोड्छ र यो अवश्था बढ्दै गए रोगीले आत्म हत्या सम्म गर्दछ।

यदि तपाईको जीवनमा पनि निराशाजनक स्थिति आएमा हिम्मत नहार्नुहोस र आफूलाई एक्लो नसम्झनुहोस अपितु यस स्थितिलाई साथी भाई हरू समक्ष शाझा गर्नुहोस वा मनोरोग विशेषज्ञको परामर्श लिनुहोस। बेलैमा नियन्त्रण गर्नसके नैराश्यताले केही गर्दैन ।

१४. एण्टिबायोटिक्सहरूको जथाभावी प्रयोग नगरौ

एण्टिबायोटिक्सहरूको जथाभाबी प्रयोग गर्ने गर्दा अब एण्टिबायोटिक्सले काम गर्न छोडिरहेका छन्। यसो हुनुको मुख्य कारण शरीरमा एण्टिबायोेटिकको प्रतिरोधकता विकशित हुनु हो।

एण्टिबायोेटिक प्रतिरोधकता विकशित भएमा ब्याक्टेरीयाहरूको संक्रमणलाई निको पार्न कठिन हुनेगर्दछ जसले गर्दा रोगको उपचार सहज नहुने, लामो समय सम्म हस्पिटल बस्नुपर्ने, उपचार खर्च पनि धेरै आउने र मृत्युदर पनि ज्यादा हुने गर्दछ।एण्टिबायोटिक्सहरूको प्रतिरोधकता विकशित हुनुमा एण्टिबायोटिक्सहरूको जथाभावी र अत्याधिक प्रयोग नै हो। यसर्थ आफ्नो मनखुशि एण्टिबायोटिक्सको प्रयोग नगरेर दक्ष स्वास्थ्य कर्मीको निर्देशनमा मात्र लिने गरौ।

१५. हात धुने बानी बसालौ

हात फोहोर भएकै कारणले धरै रोगहरू लाग्न वा सर्न सक्छ।किनकी हातले निरन्तर रूपमा किटाणुहरू, विषाक्त रसायनहरू र एलर्जनहरू छुईरहेको हुन्छन र यीनै हातहरूले पुन नाक, मुख, आँखा र शरीरका अन्य भागमा पनि छोईरहेको हुन्छ। यसरी छुँदा संक्रमक किटाणुहरू, विषाक्त रसायनहरू र एलर्जनहरू शरीर भित्र प्रवेश गर्दछन् र हामीलाई विभिनन किसिमका रोगहरू लाग्दछ।

यसर्थ हातालाई स्वच्छ राखेर पनि धेरै रोगहरूबाट बच्न सकिन्छ। हातलाई साबुन पानीले वा ७० प्रतिशत अल्कोहोल भएको द्रव्यले धुन सकिन्छ।

१६. नियमित रूपमा स्वास्थ्य जाँच गरौं

नियमित रूपमा स्वास्थ जाँच गर्ने गर्दा रोग लाग्नु भन्दा पहिलेनै हामी रोगबाट बच्न सक्छौ वा लागि हालेपनि बेलैमा रोगलाई नियन्त्रण गर्न सक्छौ। बेलैमा रोग पत्ता गलाउदा रोगको उपचार राम्रो हुनसक्छ। यसर्थ आफू नजिकको स्वास्थ्य व्यावसायीसंग गएर नियमित रूपमा स्वास्थ्य जाँच गर्ने गरौ।

१७. चिनी हालिएका पेयहरूको सेवन नगरौं

चिनी वा चिनी जस्तै गुलिया पदार्थ हालिएको पेयहरू जस्तै, कोकाकोला, पेप्सिकोला, फन्टा, मिरिन्डा, ड्यू जस्ता कार्बोनेटेड पेय, रेडबुल, रेड टाईगर, एक्सएल, स्ट्राङ्गबुल, अर्ना जस्ता ईनर्जी पेय र पू्रmट जुसका नाममा बजारमा बेचिने रियल, एक्टिभ, ब्रस्ट, प्राण, रियो जस्ता पेयहरूमा प्रचूर मात्रमा चिनी हालिएको हुन्छ ।

एउटा २५० मि.लीको यी पेयहरूमा २५ देखि ३० ग्राम सम्म चिनी वा कर्नसिरप हालिएको हुन्छ भने चिनीका अलावा, अल्कोहल, सिट्रिक अम्ल, फस्फोरिक अम्ल, बिसोफिनोल ए, बेञ्जिन लागाएतका भारी धातु जस्ता अन्य थुप्रै खाद्यरक्षक वस्तुहरू मिलाईएको हुन्छ ।

यी पेयहरूको प्रतिदिन ५०० मि.ली. सेवन गर्नेहरूलाई ९९ प्रतिशत आत्मघाती प्रतिरक्षा प्रणालीको कारणले वयस्कमा हुने अव्याक्त मधुमेह हुने जोखिम रहन्छ भने २० प्रतिशत टायप–२ मधुमेह हुने खतरा बढेर जान्छ ।त्यसै गरि नियमित रूपमा यस्ता पेयहरूको सेवन गर्ने गर्दा मोटोपन, उच्चरक्तचाप, यूरीक एसिड बढ्ने समस्या, उच्च रक्त कोलेस्टेरोल, अस्टियोपोरोसिस, अस्टियोपिनिया, मृगौलाको पत्थरी, हड्डी खिइने,कब्जियत, अम्लपित्त, अजीर्णता ग्यास्ट्राईटिस, ग्यासट्रिक अल्सरपेट एवं आन्द्राको क्यान्सर, मानसिक तनाव, चिन्ता भय र उदासीनता, अनिद्राजस्ता समस्याहरूले पनि सताउने गर्दछ। यसर्थ यी पेयहरूको प्रयोग नगरेकै राम्रो हो।

१८. पर्याप्त सुतौं

हाम्रो शरीरलाई राम्रो भोजन र पर्याप्त व्यायाम चाहीय जस्तै प्रर्याप्त विश्रम पनि चाहिन्छ। विश्रामको सबैभन्दा प्राकृतिक विधि भनेको निन्द्रा हो ।राम्रो संग नसुत्नेहरूको स्वास्थ्य पनि राम्रो रहन सक्दैन। यसर्थ स्वस्थ जीवनको लागि राम्ररी निदाउनुको विकल्प छैन।

राम्ररी नसुत्नेहरूमा तौल बढ्ने, ईन्सुलिन प्रतिरोधकता बढ्ने, शारीरिक एवं मानसिक क्षमता घट्ने, मुटुरोग र मष्तिस्कघातको खतरा बढ्ने, टायप(२ मधुमेहको खतरा बढ्ने, प्रतिरक्षा प्रणाली कमजोर हुने, तनाव, चिन्ता, भय, उदासिनता र नैरास्यता जस्ता मानसिक समस्याले सताउने, घाउ, खटिरा आईरहने, शरीरमा सूक्ष्म ईन्फ्लामेसन भईरहने र भावनात्मक रूपमा पनि नाजुक बन्दैजाने जस्ता समस्या देखा पर्दछ।

राती सुत्न जानु अधि तिब्र प्रकाश नहेर्नुहोस । तिब्र प्रकाशले स्लीप हारमोन मेलाटोनिनको उत्पादन रोक्दछ। यसै गरि तनाव, चिन्ता, भय र उदासिनता जस्ता मानसिक समस्या, निष्क्रिय जीवनशैलीले पनि निद्रा लाग्न दिदैन। यसर्थ स्वस्थ जीवन जीउन चाहने हर कसैले राम्रो संग सुत्ने कोशिस गर्नुपर्दछ।

१९. पेटका ब्याक्टेरियालाई महत्व दिऔं

हाम्रो पेटमा भएका ब्याक्टेरियाहरू जीवाणु भएपनि सत्रु नभएर हाम्रो परम मीत्र हुन। यी ब्याक्टेरियाहरू लगभग एकहजार भन्दा धेरै प्रजातीका र चारसय खरबको हाराहारीमा छन्। संयूक्त रूपमा यीनीहरूको तौल लगभग १।५ देखि २ किलोग्राम सम्मको हुन्छ जुन हाम्रो मष्तिस्कको तौल बराबर हो।

यी ब्याक्टेरियाहरूले शिशुले पिएको दुध पचाउन मद्यत गर्ने, रेशा र चोकरलाई समेत पचाएर सर्ट(चेन(फ्याट्टी(एसिड उत्पादन गर्ने, प्रतिरक्षा र स्नायू प्रणालीलाई ससक्त पार्ने जस्ता अनेकौ क्रियाकलापहरू गर्ने गर्दछन्।

पर्याप्त मात्रामा रेशा र चोकर उच्च भएका खानेकुरा खाएर,जस्ता अन्न, दाल, गेडागुडी, कन्दमुल, सागपात, फलफूल जस्ता विभिन्न प्रकारका खानेकुराहरू खाएर, दही, मोही, गुन्द्रक, सिन्की, खल्पी, साँवरक्रान्ट, केफीर, कोम्बुचा खाएर, चिनी, कर्न सिरप र कृतिम गुलीयो पदार्थ नखाएर, प्रोकायोटिक्स यूक्त खानेकुराहरू खाएर,नवजात शिशुलाइ दुई बर्ष सम्म आमाको दुध पिलाएर, खानेकुरालाई सकभर प्रशोधित नगरि खाने गरेर, शाकाहारी खानेकुरा खाएर, पोलीफीनोल यूक्त खानेकुरा खाएर,र जथाभावी एण्टिबायोटिक्सहरू नलिएर यी ब्याक्टेरियाहरूलाई स्वस्थ राख्न सक्छौ।

यी ब्याक्टेरियाहरूको स्वास्थ्य राम्रो रहन सके हाम्रो पेटको स्वास्थ्य, मुटुको स्वास्थ्य, स्नायूको स्वास्थ्य, प्रतिरक्षा प्रणालीको स्वास्थ्य, मधुमेह नियन्त्रण, तौल नियन्त्रण जस्ता अनेकौ फाईदा हुन्छ।

२०. पानी पिउन कन्जुस्याई नगरौ

पानीले हाम्रो शरीरमा ७० प्रतिशत हिस्सा ओगटेको छ। शरीरमा हुने अधिकांश जैव रसायनिक क्रियाहरू पानीको माध्यममा हुने गर्दछन अथवा पानी बिना यी क्रियाहरू हुन सम्धव छैन्। पर्याप्त मात्रामा पानी नपिउदा शरीर निर्जलताको शिकार हुन पुग्दछ र धेरै जैव रसायनिक क्रियाहरू हुन सक्दैनन र निर्जलताको कारणले हुने अक्सिडेटिभ स्ट्रेसको चपेटामा आउदछ। अक्सिडेटिभ स्ट्रेस भएपछि कोषहरू आफै मर्न थाल्दछन र क्षयकारक रोगहरूको उदय हुन्छ।

पर्याप्त मात्रामा पानी पिउनाले बोसो लाग्न नदिने उपापचयी क्रिया पश्चात जम्मा भएका विषाक्त तत्वहरुलाई निष्काशन गरी रक्त शुद्धिकरणमा सहयोग पु¥याउँने छालाको सौन्दर्यलाई जिवन्त राख्ने, माशंपेशी तथा स्नायुकोषहरु कार्यक्षमतालाई सुचारु राख्ने पाचन, अवशोषण र मल निष्काशनलाई सुचारू बनाउने जस्ता कार्यहरू गर्दछ।

तिख्रा लाग्नु भन्दा अगावै पानी पिउने बानीले टाउको दुख्ने, रक्तचाप घटबढ हुने कमल पित्त, मृगौला तथा पित्तथैलीका पथ्थरी, मोटोपन, जोर्नी दुख्ने अपच अनिन्द्रा एसिडिटी, ग्याष्ट्रि, अल्सर, कब्जियत, अर्स, मधुमेह, चायाँ, पोतो, डण्डिफोर, महिनावारीको गडबढी, श्वेतप्रदर, हार्मोनहरुको गडबढी, क्लोरेस्टेरोल बड्ने घट्ने जस्ता रोग लाग्नबाट बचाउँछ ।

२१. सम्बन्धहरूलाई जीवन्त राखौं

व्याक्ति व्याक्ति बिचको सम्बन्ध राम्रो नहुदा मान्छे मानसिक र भावनात्मक रूपले मात्र रोगी हुदैन अपितु शारीरिक एवं सामाजिक रूपले पनि कमजोर हुदैजान्छ। विभिन्न अनुशंधानहरूले दर्शाय अनुरूप पारिवारिक एवं साथीभाईहरू संग राम्रो सम्बन्ध भएका व्याक्तिहरू कमजोर सम्बन्ध भएका व्याक्तिका तुलनामा ज्यादा स्वस्थ र दीर्घजीवी भएको पाईएका छन। यसर्थ हमीले हाम्रो सम्बन्धहरूलाई जीवन्त राखिरहनुपर्ने हुन्छ।

निर्वाचनमा जानु सरकारको बाध्यताः परराष्ट्रमन्त्री

काठमाडौँ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीेले ताजा जनादेशका लागि निर्वाचनमा जानु सरकारको बाध्यता भएको बताउनुभएको छ । उहाँले सरकारलाई घेराबन्दी गरेपछि प्रधानमन्त्रीले संसद् विघटन गर्न बाध्य भएको समेत बताउनुभयो ।

नेपाल पत्रकार महासङ्घ पाल्पाले आज तानसेनमा आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री ज्ञवालीले वर्तमान सरकारले छिमेकी देशसँग सम्बन्ध सुमधुर राखेको जानकारी गराउनुभयो । सरकारले नेपाल र नेपालीको शिर उचो राख्नका लागि कालापानी लिम्पियाधुरा नक्सामा समावेश गरिएको उहाँले बताउनुभयो ।

पहिरोमा परि एकको मृत्यु, नौ बेपत्ता

काठमाडौँ । नर्वेमा पहिरोका कारण कम्तीमा एक जनाको मृत्यु भएको छ भने अरु नौ जना बेपत्ता भएका छन् ।राजधानी ओस्लोदेखि २५ किलोमिटर टाढा रहेको पहाडी क्षेत्र आस्कमा मंगलबार राती पहिरो गएको अधिकारीहरुले जनाएका छन् ।

पहिरोका कारण मानवीय क्षतीसँगे भौतिक संरचनामा पनि ठूलो क्षती भएको छ । घर तथा अन्य भवनहरु समेत नष्ट भएको छ ।“पहिरो गएको ठाउँबाट एक जनाको शव निकालिएको छ भने अरु बेपत्ता भएकाहरुको खोजी भइरहेको छ,” एक प्रहरी अधिकारीले भने ।

घटनास्थलमा हिँउ परिरहेकोले खोजी तथा उद्धार कार्यमा कठिनाइ भइरहेको घटनास्थलमा खटिएकाहरुले बताएका छन् । प्रहरीले केही दिन अगाडि नै पहिरोमा परी कुल १० जना बेपत्ता भएको जनाएको थियो । बेपत्ता भएका मध्ये आठ जना वयस्क उमेरका रहेका छन भने एक जना दुई वर्षको रहेका छन् ।

नर्वेका सञ्चार माध्यमहरुले उनीहरुको खोजी तथा उद्धारका लागि हेलिकोप्टर र एम्बुलेन्सहरु परिचालन गरिएको जनाएका छन् ।

भारतमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या एक करोड तीन लाख ५ हजारभन्दा बढी

काठमाडौँ । भारतमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या शनिबारसम्म एक करोड ३ लाख ५ हजारभन्दा बढी पुगेको छ । विगत २४ घण्टाको अवधिमा भारतमा १९ हजार ७९ नयाँ सङ्क्रमित फेला परेपछि कोरोना सङ्क्रमितको सङ्ख्या एक करोड तीन लाख ५ हजार ७८८ पुगेकोे केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले शनिबार बिहान बताएको छ ।

गत २४ मा भारतमा कोरोना सङ्क्रमणको कारण २२४ जनाको मृत्यु भएपछि कोरोनाभाइरसबाट मृत्यु हुनेको सङ्ख्या एक लाख ४८ हजार २१८ जना पुगेको छ । मन्त्रालयको पछिल्लो विवरणमा ९९ लाख ६ हजार ३८७ व्यक्ति सङ्क्रमणमुक्त भएको देखिएको छ । हाल भारतमा दुई लाख ५० हजार १८३ सक्रिय सङ्क्रमित रहेका छन् ।

भारतको राष्ट्रिय राजधानी दिल्लीमा शुक्रबार ५८५ जना थप व्यक्तिमा कोरोना भाइरसका सङ्क्रमण देखिएको र ५१ जनाको मृत्यु भएको थियो ।

यसैबीच, सरकारले देशका विभिन्न भागमा कोभिड–१९ परीक्षणलाई तीव्रता दिने बताएको छ । भारतीय स्वास्थ्य अनुसन्धान परिषद्ले आइतबारसम्म देशभर १७ करोड ३९ लाख ४१ हजार को हाराहारीमा नमूना परीक्षण गरेको जनाएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कोभिड–१९ को खोप तयारको कार्य भइरहेको बताउनुभएको थियो ।

हराएका २२ मोटरसाइकल सम्बन्धित धनीलाई फिर्ता

काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले हराएका २२ मोटरसाइकल फेला पारी सम्बन्धित धनीलाई जिम्मा लगाएको छ।
मोटरसाइकल हराएको उजुरीका आधारमा महाशाखाको पीडित सहायता ईकाइबाट सादा पोसाकमा खटिएका प्रहरी टोलीले उपत्यकाका विभिन्न स्थानबाट यी मोटरसाइकल फेला पारी सम्बन्धित धनिलाई फिर्ता गरेको हो।

महाशाखाको टोलीले काभ्रेपलाञ्चोकको बनेपा, कपन, धुम्वाराही, कलंकी, बनस्थली, गंगबु, बौद्ध, थापाथली, ट्रमा सेन्टर, सिनामंगल, जोरपाटी, ठमेल, मुलपानी, कलंकी, ट्याङ्लाफाट, कालोपुल, कमलविनायक, घट्टेकुलो, जरंखु, चावहिल, पुरानोबानेश्वर र बबरमहल लगायतका स्थानबाट मोटरसाइकल फेला पारिएको जनाएको छ।

महाशाखा प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) जनक भट्टराईले एक कार्यक्रमकाबीच ती मोटरसाइकल सम्बन्धित धनिलाई जिम्मा लगाएका छन।

महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) श्यामकृष्ण अधिकारीका अनसार सवारी धनी पदम लामा, प्रदिप थापा, सोनी भट्टराई, कैलाश श्रेष्ठ, साङ्मु शेर्पा, बुद्धिजंग गुरूङ, साङ्गे तेन्जिङ महत, राजकुमार बुढाथोकी, सुरजकुमार पोखरेल, राजेशकुमार पोदार, वासुदेव गुरूङ, कृष्णुराज गिरी, दोर्जेलामा, विकाश गौतम, लक्ष्मी आचार्य, धुर्व बोलखे, पिङ्कि सितिखु, अन्जु गिरी, देवकुमार तामाङ, भुवन कुमार सुनार, बिकाश मगर र प्रवेश राईलाई मोटरसाइकल जिम्मा लगाइएको छ।

महाशाखाका अनुसार पुस महिनाभित्र मात्रै ३९ वटा मोटरसाइकल अनुसन्धानको लागि ल्याईएको छ भने चोरीमा संलग्न ९ जनालाई पक्राउ गरी मुद्दा चलाईसकिएको छ।

महाशाखाले जथाभावी मोटरसाइकल पार्किङका कारण चोरी बढेको भन्दै सवारीसाधनमा अतिरिक्त लक प्रयोग गर्न, अलाराम लगायतका उपकरण जडान गर्न, घर कम्पाउण्डमा पाकिङ गर्दा सचेतता अपनाउन समेत अनुरोध गरेको छ।

नेपाल टेलिकमद्धारा एनटी टिभी ब्राण्डमा एफटीटीएच मार्फत आईपी टिभी सेवा शुभारम्भ

काठमाडौँ । नेपाल टेलिकमले एनटी टिभी ब्राण्डमा एफटीटीएच मार्फत आईपी टिभी सेवा सञ्चालनमा ल्याएको छ । टेलिकमले एफटीटीएच सेवाबाट भ्वाइस सेवा र डाटा सेवा उपलब्ध गराइरहेकोमा एनटी टिभी सेवा पनि उपलब्ध गराएपश्चात् ट्रिपल प्लेको अवधारणा कार्यान्वयनमा सफलता प्राप्त गरेको हो ।

कम्पनीको केन्द्रीय कार्यालयमा आयोजित एक कार्यक्रममा सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले सोही सेवाको शुभारम्भ गरेका छन् । सो अवसरमा उनले नेपाल टेलिकमले अत्याधुनिक सेवाका रुपमा एउटै तारबाट भ्वाइस, इन्टरनेट र टेलिभिजन सेवासमेत उपलब्ध गराउन लागेकोमा निकै उत्साहित भएको बताउँदै दिगो र भरपर्दो सेवाका लागि योजना बनाएर खटिन निर्देशन दिए । यस्ता सेवालाई देशव्यापी बनाई सबै जनतासमक्ष पु¥याई कम्पनीलाई प्रतिस्पर्धामा अब्बल सावित गराउनु कम्पनीको दायित्व भएको बताए ।

यसैगरी समारोहका सभापति, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव तथा कम्पनी सञ्चालक समितिका अध्यक्ष हरिप्रसाद बस्यालले जनतामा अत्यधिक माग भएको एउटै फाइबरबाट तीनथरी सेवाहरु उपलब्ध हुने एफटीटीएच सेवालाई मुलुकभर विस्तार गर्नुका साथै सेवाको मर्मत र निरन्तरतामा ध्यान दिनुपर्नेमा जोड दिए ।

कार्यक्रममा नेपाल टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले स्वागत मन्तव्य राख्दै हालसम्म मुलुकका ३९ वटा जिल्लामा एफटीटीएच सेवा विस्तार गरिएको र एफटीटीएच सेवा विस्तारमा कम्पनी पहिलो नम्बरमा रहेको उल्लेख गरे । उनले यो सेवाको विस्तारले नेपाल सरकारको डिजिटल नेपाल स्थापना गर्ने अभियानमा सहयोग पुग्ने र डिजिटल रुपान्तरणमा प्रभावकारी योगदान पुग्ने बताए ।
कम्पनीको एफटीटीएच सेवामार्फत भ्वाइस सेवा वा डाटा सेवा वा दुवै सेवा प्रयोग गरिरहनु भएका ग्राहकवर्गले एनटी टिभी सेवा प्राप्त गर्न नजिकैको नेपाल टेलिकम कार्यालयमा सम्पर्क गर्नुपर्दछ । तत्कालका लागि काठमाडौ उपत्यकाका अधिकांश स्थानहरु र काठमाडौ बाहिर बनेपामा एनटी टिभी सेवा उपलब्ध हुनेछ ।

राष्ट्रिय टिभी च्यानल तथा विदेशी च्यानलहरु उपलब्ध हुने एनटी टिभी सेवा वेसिक प्याकेज र प्रिमियम प्याकेजमा छुट्याइएको र सेवा अवधि एक महिना, तीन महिना वा एक वर्ष कायम गरिएको छ । इन्टरनेट व्याण्डविथ प्रयोगका आधारमा यसको मूल्य फरक फरक कायम गरिएको छ । उदाहरणका लागि, वेसिक प्याकेज अन्तर्गत एक महिना अवधिका लागि १५ एमबिपिएस इन्टरनेट व्याण्डविथ सहितको एनटी टिभी सेवाको दर रु. १,२३० प्रतिमहिना रहेको छ भने एक वर्षको लागि १५ एमबिपिएस इन्टरनेट सहितको एनटी टिभी सेवा रु. १३,२२० मा उपलब्ध हुनेछ ।

यसैगरी प्रिमियम प्याकेज अन्तर्गत एक महिना अवधिका लागि १५ एमबिपिएस इन्टरनेट व्याण्डविथ सहितको एनटी टिभी सेवा रु. १,४००मा उपलब्ध हुनेछ भने एक वर्षका लागि ६० एमबिपिएस इन्टरनेट सहितको एनटी टिभी सेवा रु २४,५०० मा उपलब्ध हुनेछ । वेसिक र प्रिमियम दुवै प्याकेजमा एनटी नेटवर्कमा मासिक २५० मिनेट टेलिफोन गर्न सकिने सुविधा उपलब्ध हुनेछ ।

कम्पनीले तारवाला फोनका ग्राहकहरुलाई प्राविधिक रुपले सम्भव भएसम्म एफटीटीएचमा रुपान्तरण गरिरहेको अवस्थामा एफटीटीएच अन्तर्गत भ्वाइस सेवा मात्र उपयोग गरिरहेका ग्राहकलाई पनि एनटी टिभी सेवा उपलब्ध हुनेछ । यसका लागि वेसिक प्याकेज अन्तर्गत एक महिनाको एनटी टिभी सेवा रु. ४८० मा उपलब्ध हुनेछ भने एक वर्षको रु ५,७८० मा उपलब्ध हुनेछ । यसैगरी भ्वाइस सेवा मात्र उपभोग गरिरहनु भएका एफटीटीएचका ग्राहकहरुले प्रिमियम प्याकेज अन्तर्गत एक महिनाको एनटी टिभी रु. ८०० मा प्राप्त गर्न सकिने छ भने १२ महिनाको एनटी टिभी रु ८,३०० मा प्राप्त गर्न सकिने छ ।

ग्लोबल आइएमई बैंक १४ वर्षमा प्रवेश, प्राथमिक पुँजी २७ अर्ब पुग्यो

काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेड आज शनिबारदेखि आफ्नो स्थापनाको १४ औं वर्षमा प्रवेश गरेको छ । स्थापनाको छोटो अवधिमा नै बैंकको हाल चुक्ता पुँजी करिब १९ अर्ब रुपियाँ (प्रस्तावित १४% बोनस प्रश्चात करिब २१ अर्ब भन्दा बढी) र संचित कोष गरी प्राथमिक पूँजी २७ अर्ब २४ करोड रुपैयाँ, कुल निक्षेप २ खर्ब ४९ अर्ब रुपियाँ र कुल कर्जा २ खर्ब ११ अर्ब रुपियाँ भन्दा बढी पुग्नेछ ।

त्यस्तै, सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पु¥याउने उद्देश्यले बैंकल ७ वटै प्रदेश तथा ७३ जिल्लामा बैंकको २६४ शाखा, २४० एटीएम, २४३ शाखा रहित बैंकिङ्ग सेवा, २४ एक्सटेन्सन काउण्टर, १ ऋम्क् ऋभिबचष्लन काउण्टर सहित, २३ राजश्व कलेक्सन काउण्टर, तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी करिब ७९७ सेवा केन्द्रबाट सेवा प्रदान गरिरहेको छ ।

त्यसैगरी बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, अष्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरेबिया, कतार, युएई, बहराइन, कुवेत, भारत, जोर्डन लगायतका मुलुकबाट रेमिट्यान्स भि¥याउँदै देशको अर्थ व्यवस्थामा महत्वपूर्ण योगदान पु¥याउँदै आइरहेको छ ।

बैंकको १४औं वार्षिक उत्सवको अवसरमा दिनुभएको शुभकामना सन्देशमा ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्र प्रसाद ढकालले मर्जरपछि ग्राहक वर्गलाई आधुनिक, गुणस्तरीय तथा भरपर्दो बैंकिङ्ग सेवा प्रदान गर्न अझ सहज भएको कुरालाई जोड दिए । मर्जर तथा प्राप्तीमा ग्लोबल आइएमई बैंकसँग लामो अनुभव भएको बताउँदै उनले मर्जर पछिको व्यवस्थापनमा बैंकले हासिल गरेको उपलब्धिको आधारमा आउने दिनमा पनि थप उत्साहित बनाउने विश्वास व्यक्त गरे ।

अध्यक्ष ढकालले विभिन्न बैंक तथा वित्तीय संस्थाहरुसंग मर्जर÷एक्विजिशनपछि बैंकको पूँजीमा अभिवृद्धि भई प्रतिस्पर्धात्मक क्षमतामा वृद्धि, बैंकको वित्तीय, मानव–संशाधन, प्राविधिक एवं अन्य क्षमतामा अभिवृद्धि भएको बताए ।

उनले कोभिड–१९ को महामारीमा पनि बैंकहरुले आफ्ना ग्राहक तथा सेवाग्राहीहरुलार्ई निरन्तररुपमा सेवा दिएको बताउँदै यसले बैंक तथा वित्तीय संस्थाप्रति आमजनमानसको विश्वास बढेको बताए ।

“कोभिड–१९ को विश्व महामारीको अत्यन्त जटिल र त्रासदिपूर्ण परिस्थितिमा पनि हामीले गरेको सेवालाई सबैले सम्झिने छन् । यसले बैंक व्यवसाय मात्र नभई आपत विपतको साथी र संकटको सारथी पनि हो भन्ने कुरालाई स्थापित गरेको छ,” उनले भने, “यसलाई हामीहरुले आफ्नो व्यवहार र सेवाले थप मजबुद र प्रष्ट पार्दै जानेछौं ।”

नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्षसमेत रहेका ढकालले महामारीको समयमा व्यवसाय र व्यवसायीलाई विभिन्न किसिमका सहुलियत र छुट दिँदै बैंक व्यवसायीहरुको संकटको सारथी बनेको बताए ।
“विश्व महामारीको अत्यन्तै जटिल र संकटको समयमा बैंकहरुले नेपाल राष्ट्र बैंकको निर्देशन बमोजिम निजी क्षेत्रले उठाउँदै आएको कर्जाको किस्ता र व्याज तिर्ने समयसीमा बढाएर, व्याजमा छुट दिएर निजी क्षेत्रको संकटको सारथी बनेर काम गरे । यसले हामी निजी क्षेत्र एकआपसमा मिलेर संकटको सामना गरियो भने पक्कै पनि भविष्यमा आइपर्ने सम्भावित संकटलाई परास्त गर्न वा त्यसको क्षति न्यून गर्न सकिन्छ भन्ने ज्ञान हामीले प्राप्त गरेका छौं । संकटको समयमा फुटेर होइन जुटेर अघि बढ्नुपर्छ भन्ने सन्देश पनि हामीले पाएका छौं ।” उनले भने ।

आफ्नो शुभकामना सन्देशमा बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्यले विभिन्न मर्जर तथा एक्विजिशनपछि अहिले ग्लोबल आइएमई बैंक मुलुककै एक उत्कृष्ट, सबल र मजबुद बैंक बनेको दाबी गरे ।
“मर्जरपछि धेरैजसो सूचकहरुमा ग्लोबल आइएमई बैंक देशकै ठूलो र एउटा उत्कृष्ट बैंकको रुपमा रहेको छ । यसलाई थप उचाइमा पु¥याउने र यसको सेवालाई ७७ वटै जिल्लामा विस्तार गरी सबैका लागि बैैंक भन्ने मूल नारालाई साकार पार्ने गरी बैंकले काम गरिरहेको छ ।” उनले भने ।

मर्जर र मर्जरपछिको व्यवस्थापनमा बैंक व्यवस्थापन केन्द्रित रहेको बताउँदै उनले अबका दिनमा बैंकलाई देशकै सबैभन्दा उत्कृष्ट र सबल बैंकको रुपमा स्थापित गर्ने बताए ।
“मर्जरपछिका धेरै कामहरु अझै पनि बाँकी रहेका छन्,” प्रमुख कार्यकारी अधिकृत बज्राचार्यले भने, “मर्जरको उचित व्यवस्थापन भइसकेपछि ग्लोबल आइएमई बैंक अहिलेको तुलनामा थप सबल र मजबुद बन्नेछ ।”

उनले नेपाल सरकार, नेपाल राष्ट्र बैंक, धितोपत्र बोर्ड नेपाल लगायत विभिन्न नियमनकारी निकायहरु, ग्राहकवर्ग तथा सम्पूर्ण सेवाग्राहीहरुलाई बैंकप्रतिको निरन्तर साथ, सहयोग र विश्वासका लागि हार्दिक आभारसमेत व्यक्त गरे ।