आफैले निर्माण गरेको कोरोना विरुद्धको खोपलाई चिनद्धारा प्रयोगको स्वीकृति

काठमाडौँ । चीनले आफ्नो देशमा निर्माण भएको कोरोना भाइरस विरुद्धको खोपलाई यहाँ प्रयोग गर्ने अनुमति बिहीबार दिएको जनाएको छ । चीनको एक सरकारी स्वामित्वमा रहेको औषधि उत्पादक कम्पनी बायालोजिकल प्रोडक्ट् इन्स्टिच्युट प्रोडक्ट्स लिमिटेडको साइनोफार्मले तयार पारेको कोरोनाभाइरस विरुद्धको सो खोपको भारतमा प्रयोग गर्न पाइने गरी अनुमति दिएको हो ।

बिहीबार सो खोपको सार्वजनिक प्रयोगका लागि सशर्त स्वीकृति दिएको यहाँका सञ्चारमाध्यमहरुले जानकारी दिएका छन् । सो खोप अब चिनियाँहरुले आफ्नो देशमा प्रयोग गर्न पाउने भएका छन् । त्यस्तै सरकारी मातहतमा रहेको उक्त औषधी कम्पनीले उत्पादन गरेको उक्त खोप चीनमा प्रयोग र त्यसको सार्वजनिक रुपमा ओसारपसार गर्ने तथा बिक्री वितरण पनि गर्न पाइने भएको पनि सो समाचारमा जनाइएको छ ।

चाइना नेसनल बायोटेक ग्रुपले सो खोपको निर्माण निकै पहिलादेखि गरेको भनी चीनमा प्रचार गरिएको थियो । उक्त कम्पनीद्धारा उत्पादित सो खोपको तीन चरणसम्म परीक्षण गरिएको थियो । सो परीक्षण पछि पछिल्लो पटक आएको यसको प्रभावकारिताको परिणाममा यस खोपको ७९।३४ प्रतिशत सम्म काम गर्ने भनेर यसको प्रभावकारिता देखिएको पाइएको थियो ।

त्यसपछि यो खोपको प्रयोगका लागि अनुमति दिइएको हो । बिहीबारबाट सो खोप चीनमा सार्वजनिक रुपमा प्रयोगमा ल्याइने बताइएको छ ।उक्त कम्पनीले तेस्रो चरणको परीक्षणका क्रममा खोप प्रभाकारी देखिएको जनाएपछि त्यसको भोलिपल्ट नै अर्थात् बिहीबार मात्र चिनियाँ निकायहरूले प्रयोगका लागि खोप स्वीकृत गरेका हुन् ।

चीनमा अरु पनि केही खोपहरु परीक्षणमा रहेका बताइएको छ । अन्तिम चरणको परीक्षणकै क्रममा रहेका विभिन्न खोपहरूलाई आपतकालीन रूपमा प्रयोगमा ल्याउने भन्दै यसको तयारी गरिराखिएको पनि यहाँका स्वास्थ्य क्षेत्रका अधिकारहिरुले बताएका छन् ।

सन् २०१९ को डिसेम्बरमा चिनियाँ सहर वुहानबाट कोरोनाभाइरसको महामारी सुरु भएको थियो । क्रमिक रूपमा विश्वभर फैलिएको कोरोनाभाइरस संक्रमणलाई नियन्त्रण गर्न कुनै औषधी र खोप पनि बनेका थिएनन् । जसका कारण विश्वका कैयौं देशहरुले पनि कडा खालका प्रतिबन्धहरु लागू गर्दै संक्रमणको दर घटाउने प्रयास मात्र गरेका थिए । सोही माध्यमबाट संक्रमणको दरलाई निकै कम राख्न चीन भने सफल भएको छ ।

बिहीवार चीनमै विकास गरिएको खोपको सार्वजनिक प्रयोगका लागि दिइएको पहिलो स्वीकृति हो । चीनले गत जुलाईमा आपतकालीन प्रयोगका लागि तीनवटा खोप स्वीकृत गरेको थियो । त्यसरी वितरण गरेका ती खोपहरुमा चीनले त्यहाँ हालसम्म करिब ४५ लाख भन्दा बढी मात्रा खोपहरु वितरण गरिसकेको जनाएको छ ।

यी सार्वजनिक रुपका वितरणहरु समेत गरेर चीनले फेब्रुअरी महिनामा पर्ने चिनियाँ नयाँ वर्षकोे मध्यसम्ममा यहाँका करोडौँ सर्वसाधारणलाई कोरोना विरुद्धको खोप लगाउने अपेक्षा गरिएको यहाँका स्वास्थ्यका अधिकारीहरुले जानकारी दिएका छन् ।

प्राधिकरणको लोडसेडिङको रकम जुलुस र र्‍यालीमा

काठमाडौं । कुलमानको बहिर्गमनसँगै विद्युत प्राधिकरणले बिजुलीमा लोडसेडिङको नयाँ अभ्यास सुरु गर्न थालेको छ । सत्ता जोगाउन पनि कमिसन बटुलेर जिल्ला जिल्लामा खर्च पठाउनेर प्रधानमन्त्री केपी ओलिको पक्षमा नारा जुलुसको खर्च जोहो प्राधिकरण बाट गर्न थालिएको प्राधिकरणका एक कर्मचारिले बताएका छ्न । यो अभियान सडक सिचाइ ,सहरी बिकास बिभाग सबैमा सुरु भएको समाचार जानकारी आएको छ। सत्ता र शक्तीको आडमा ब्रम्हलुट मच्चाउने प्रपञ्चका कारण प्राधिकरणमा चरम लापर्वाही बढेको बुझिएको छ । प्राधिकरण भित्र अहिले देखिएको अव्यवस्था हेर्दा कतै कुलमान युग पुर्वको युगमा फर्कनु पर्ने त होईन् भन्ने आशंका बढन थालेको छ ।

अहिले घरि घरि बत्ती जाने समस्याबाट ग्रस्त हुन थालेका नेपालीजनमा अब फेरि कतै दैनिक अत्यास लाग्दो लोडसेडिङ झेल्नुपर्ने त होईन् भन्ने चिन्ता र भय बढ्दै गएको छ । प्राधिकरण नेतृत्वमा कुलमान घिसिङ जानु पुर्वको अवस्था अचाक्ली पूर्ण थियो । अहिले पनि प्राधिकरण भित्रको चरम लापर्बाहीका कारण वेथितीले हद नै पार गरेको अवस्था नागरिकले बोध गर्न थालेका छन् । त्यति बेला कुलमानले जब कमान सम्हाले तब सबै चिज राम्रो हुँदै जान थाल्यो र जनताको मनमा विराजमान भए कुलमान । देशवासी सबैले आफ्नै कुलका झै सर्हाए कुलमानलाई, वाहीवाही बटुले । उनी नेतृत्वमा आए पस्चात ब्याट्री, इन्भर्टर, जेनेटरको कमिशन खान पल्केका कर्मचारीहरुको गाँसमा ढुङ्गा मात्रै लागेन बङारा नै झर्यो । कुलमानले सबैलाई तह लगाएर बसे । इमानमा टिकि रहे । तर कुलमानको बहिर्गमनसँगै फेरि एक चोटी प्रधिकरणमा कमिशनखोरहरु सलबलाउन थालेका छन् । यसै कारण अहिले समयमा झ्यापझ्याप बिजुली जान थालेको छ । विजुली झ्यापझ्याप आउनेजाने गर्दा प्राधिकरणका कर्मचारी प्रसारणलाइन र विद्युतगृहमा समस्या आएको भन्दै पन्छिने गरेका छन् । तर प्राधिकरणका एक कर्मचारीका अनुसार प्राधिकरणको वर्तमान व्यवस्थापनले बिजुलीको माग र आपूर्तिको व्यवस्थापनलाई लापर्वाही गरी बजारमा फेरि ईन्भर्टर र जेनेटरवालासँग पैसा उठाउन थालेको बताएका छन् ।

सम्पत्ति न्युज प्राप्त सुचना अनुसार लामो समय लोडसेडिङ गराउने योजना मुताबिक प्राधिकरण व्यवस्थापनले मध्यमर्स्याङदी जलाशयको पानी नै सकाउन लगाएको छ । त्यस्तै भारतबाट एकैपटक धेरै बिजुली ल्याएर सिस्टमको ल्याप्स पार्ने खेल शुरु भैसकेको छ । यसको असर सिधै उपभोक्तामा पर्न गई मक्किन थालेको ईन्भटर र जेनेटरको बिक्रि ह्वात्तै बढेको हो । कुलमान घिसिङ कार्यकारी निर्देशक हुँदा भारप्रेषण केन्द्रमा आफै बस्थे भने विद्युतको माग र आपूर्तिको अनुमान गरेर व्यवस्थापनमा जुट्थे । यसरी कुलमान ४ वर्ष प्रमुख रहदा कमिसन खाने समुह रन्थनिएर बसेको थियो। तिनै समुह कुलमानको समय नथपिएपछी ब्यापारी र कम्पनीहरुसङ मासिक दररेट मिलाएर लोडसेडिङको अभ्यास गराउनेहरुको लाखौँ लूट शुरु भएको छ।

आयल निगमको स्टेप बाई स्टेप सुधार

काठमाडौं । नेपाल आयल निगम कोरोनाले थलिएको अर्थतन्त्र र बाँकी रहेका कामलाई पुर्णता दिन सकृय भएर लागेको छ । निगमले कोरोनाबाट चलायमान बनेको परिस्थितिलाई प्राथमिकता दिदैँ नयाँ–नयाँ योजनाहरु अघि सार्नुको साथै रोकिएर रहेका कामलाई पनि अगाडी बढाइरहेको छ । महत्वपूर्ण योजनाका रुपमा हेरिएको मोतीहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइनको सफलतापछि निगमले अन्य योजनाहरुमा सकृयता बढाएको हो । तत्काल निगम मुख्य ६ योजनाहरु अघि सारेर कामको थालनि गरेको छ ।

निगमले जनकपुरमा एलपीजी ग्यासका लागि भण्डार गृह बनाउने तयारी सुरु गरेको छ । हालसम्म निगमसँग एलपी ग्यासको भण्डारण गृह थिएन । त्यस्तै पोखरामा ५–५ हजार किलोलिटरको दुई फ्युल डिपोको निमार्ण कार्य सुरु भइसकेको छ । यस्तै, निमार्णाधीन पोखरा र गौतमवुद्ध विमानस्थलमा पनि आधुनिक हवाइ इन्धन डिपो बनाउने योजनामा निगमले काम अगाडि बढाएको निगमका कार्यकारी निर्देशक सुरेन्द्र पौडेलले बताए । अत्याधुनिक कर्पोरेट अफिस बनाउने तयारीमा समेत निगम रहेको उनको भनाई छ ।

यसरी नै निगमले अमलेखगञ्जको पाइपलाइनलाई चितवनसम्म विस्तार गर्ने र सिलगुडीबाट झापासम्म अर्का अन्तरदेशीय पाइपलाइन निमार्ण गर्ने लगायतका योजनामा गृहकार्य सुरु गरिसकेको पौडेलले सम्पत्ति न्यूजलाई बताए । उनले थपे ‘सिलगुडीबाट झापासम्मको रुट पहिचानको लागि सर्वे भइसकेको छ । निगमलाई अझ व्यवस्थित, पारदर्शी, बनाउन सूचना प्रबिधिको सहयोग लिएर अटोमेशनको काम अगाडि बढाएको छ ।’

निगमले थालनि गरेको मोतीहारी–अमलेखगञ्ज पाइपलाइनबाट इन्धन ढुवानीको योजनाले पुर्णता पाएको छ । सोही योजनाले पुर्णता पाएसँगै चुहावट, प्रदुषण, ढुवानीमा ढिलाइ हुने समस्या घटेको छ । पाइपलाइनबाट इन्धन आपुर्ति सुरु गरेपछि १ वर्षमा १ अर्ब ४७ करोड रुपैयाँ ढुवानी खर्च समेत जोगिएको पौडेलबमे दावी छ । १५ महिनादेखि सञ्चालनमा रहेको पाइपलाइनले निगमको इन्धन ढुवानीका लागि हुने भाडा एवं अन्य खर्च गरी साढे दुई अर्ब रुपैयाँ जोगिएको निगम स्रमेचले जानकारी दिएको छ । अहिलेसम्म पाइपलाइनबाट करिब ७८ करोड लिटर डिजेल ढुवानी भएको छ । वार्षिक २० लाख हजार किलोलिटर ढुवानी क्षमता रहेको पाइपलाइनबाटै ढुवानी अझैं बढी गर्ने निगमको तयारी छ ।

विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको माहामारीले सबै क्षेत्रमा ठूलो क्षति गरायो । मुख्यरुपमा लकडाउनले सवारी साधन ठप्प रहँदा आयल निगमको बिक्री निक्कै नै कमी भयो। आयातमा पनि कमि आयो । तर पनि व्यवस्थापनलाई चुस्त राखेको कारण उपभोक्ताले कमी महसुश गर्न नपाएको निगमको दावी छ । आर्थिक वर्ष २०७६–७७ को पछिल्ला चार महिना (गत चैतदेखि असारसम्म) मा निगमको बिक्री करिब करिव शुन्यमा नै झर्यो । तर, पनि निगमले आर्थिक वर्ष २०७६–७७ मा १२ अर्ब ८७ करोड रुपैयाँ खुद नाफा कमाएको छ । भारतबाटै पेट्रोलियम पदार्थ ल्याएर भारतले उसका उपभोक्तालाई दिने भन्दा सस्तो दरमा नै नेपाली उपभोक्तालाई निगमले पेट्रोलियम पदार्थ बिक्री बितरण गरिरहेको जनाएको छ । निगमले बिगत ५ वर्षयता निरन्तर नाफा कमाउँदै आएको छ । अन्तर्राष्ट्रिय बजार अनुसार मूल्यमा घटबढ भइरहे पनि निगमले यसरी निरन्तर प्रगति गर्नुमा कर्मचारी एवं व्यवस्थापन पक्षको ठूलो मेहनत रहेको निगम बताउँछ। आर्थिक वर्ष २०७२–७३ मा भारतीय नाकाबन्दी हुँदा समेत निगमले नाफा कमाएको थियो । सो वर्ष निगमले १९ अर्ब ३६ करोड नाफा कमाएको थियो ।

निगमको प्रत्यक्ष लाभः
पछिल्लो मूल्य अनुसार नेपालमा भारतको भन्दा ३७ रुपैयाँ सस्तोमा डिजेल र ३१ रुपैयाँ सस्तोमा पेट्रोल बेचिरहेको पौडेलले बताए । ‘उपभोक्तालाई चाहिने पहिलो कुरा भनेकै मूल्य र गुणस्तर हो,’ उनले भने । भारतबाटै ल्याएको इन्धन भारतको भन्दा सस्तो मूल्यमा निगमले बिक्री गरिरहेको छ । यसबाहेक इन्धनको गुणस्तरको विषयमा पनि निगमले स्तरीयता रहेको बताएको छ । पछिल्लो समय अमलेखगञ्ज पाइपलाइनबाट इन्धन ढुवानी गर्दा झनै गुणस्तरीय इन्धन बजारमा आपूर्ति हुने गरेको बताए ।

आर्थिक पुनरुत्थानका लागि ल्याइएका कर्जाहरुको अधिकतम पहुँच लक्षित वर्गमा पुर्याउने निर्णय

काठमाडौँ । उच्चस्तरीय वित्तीय क्षेत्र समन्वय समितिको बैठकले आर्थिक पुनरुत्थानका लागि ल्याइएका सहुलियतपूर्ण कर्जा, व्यावसायिक निरन्तरता कर्जा तथा पुनर्कर्जाको अधिकतम पहुँच लक्षित वर्गमा स्थापित हुने गरी कर्जा प्रवाह गर्ने निर्णय गरेको छ । त्यसका लागि नेपाल राष्ट्र बैंक र नेपाल बैंकर्स एशोसिएशनले वातावरण मिलाउने र प्रवाह गरिएको कर्जाको विवरण नियमित रुपमा सार्वजनिक गर्ने निर्णय भएको छ ।

अर्थमन्त्री विष्णुप्रसाद पौडेलको अध्यक्षतामा अर्थ मन्त्रालयमा बसेको बैठकले सहुलियतपूर्ण कर्जाको प्रभावकारिताको अध्ययन गरी नेपाल राष्ट्र बैंकले अर्को बैठकमा पेश गर्ने निर्णय गरेको छ ।

यस्तै उच्चस्तरीय बित्तीय क्षेत्र समन्वय समितिको बैठकमा उपस्थित हुँदा सबै निकायले पन्ध्रौ योजनाले तय गरेको लक्ष्य अनुरुप प्रगति हासिल भएरनभएको व्यहोरा सहित प्रस्तुती गर्ने निर्णय पनि भएको छ ।

बैठकले समग्र अर्थतन्त्रको पुनरुत्थानको लागि ल्याइएका नीति तथा कार्यक्रमको कार्यान्वयनका लागि सरोकारवाला निकायरसंगठनमार्फत आएका गुनासाहरुको सुनुवाई गर्न राष्ट्र बैंक, बैंकर्स एशोसिएसन र सम्बद्ध व्यावसायिक संघरसंगठनबीच छलफल गरी समाधान गर्ने व्यवस्था मिलाउने निर्णय गरेको छ ।

बैंकिङ्ग पहुँच नपुगेका चार स्थानीय तहमा यथाशिघ्र तोकिएको बैंकको शाखा स्थापना गर्ने व्यवस्था नेपाल राष्ट्र बैंकले अनिवार्य रुपमा मिलाउने, नेपाल धितोपत्र बोर्डले पूँजी बजारमा देखिएको हालको प्रबृत्ति, यसको स्थायित्व र यसले समग्र पूँजी बजारमा पार्ने प्रभावको सुक्ष्मरुपमा विश्लेषण गरी नियमित रुपमा अद्यावधिक गर्ने निर्णय भएको छ ।

बैठकमा आर्थिक वर्ष २०७-७७८ को बजेट वक्तव्यले गरेको गरिवी निवारण कोष अन्तर्गतका समूहरुलाई सहकारीमा रुपान्तरण गर्ने र सहकारीद्वारा रोजगारी सिर्जना गर्ने सम्बन्धी व्यवस्था कार्यान्वयनको प्रगति आगामी वैठकमा पेश गर्नुका साथै सहकारी क्षेत्रको स्थायित्व, सुशासन र लगानी सम्बन्धमा सहकारी विभागले प्रभावकारी अनुगमन गर्ने निर्णय भएको छ ।

यस्तै बैठकले कम्पनी रजिष्टारको कार्यालयले कम्पनी दर्ता र पूँजी लगानीको विवरण तयार गरी पठाउने लगायतका निर्णय गरेको छ ।

बैठकमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष, नेपाल राष्ट्र बैकका गभर्नर, अर्थ सचिव, सचिव(राजस्), डेपुटी गभर्नर, नियमनकारी निकायका प्रमुख लगायतका पदाधिकारीहरुको उपस्थिति थियो।

प्राविधिक कारण बिजुली काटिदा लोडसेडिङ भनेर अफवाह फैलाईयोः निर्देशक शाक्य

काठमाडौं । विद्युत् प्राधिकरणका कायममुकायम कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले पत्रकार सम्मेलन गरेर लोडसेडिङ नभएको बताएका छन् । पछिल्ला केही दिनमा अघोषित रुपमा लोडसेडिङ हुन थालेपछि नेपाल विद्युत् प्राधिकरणप्रति चौतर्फी रुपमा आलोचना भएको छ । सोही आलोचनालाई पखालेर प्राधिकरण चोखो बन्न निर्देशक शाक्यले पत्रकार सम्मेलन गरी लोडसेडिङ नगरेको बताएका हुन् ।

शुक्रबार ऊर्जा सचिव दिनेशकुमार घिमिरेलाई साथमा राखेर उनले लोडसेडिङ गर्नुपर्ने अवस्था नभएको जिकिर गरे । उनले यही पुस १३ र १४ गते प्राविधिक कारणले बिजुली काटिएको समेत दावी गरे ।

उनले अनावश्यक रुपमा विजुली काटने आफनो ध्येय नरहेको र प्राविधिक कारणले बिजुली काटिदा त्यसलाई लोडसेडिङ नभन्न समेत आग्रह गरे ।

उनले प्राविधिक कारणले कहिले काही व्यवस्थापन गर्न बिजुली काटिने भएकाले त्यसैका आधारमा पुनः अघोषित लोडसेडिङ गरेको भनेर बुझ्न नहुने बताए ।

उनले केही सवस्टेशनले अघिल्ला वर्षमा पनि अधिकतम ४९ घण्टासम्म बिजुली काटिएको भन्दै यसवर्ष न्यूनतम १९ घण्टासम्म मात्रै बिजुली काटिएको तथ्यांक समेत पेश गरे । लोड व्यवस्थापन गर्ने सवालमा प्राविधिक समस्या आउँदा एकाध मिनेट बिजुली काटिएको भएपनि लोडसेडिङ भने नभएको बताए ।

यही पुस १३ गते मध्यमस्र्याङदी जलविद्युत् आयोजनामा समस्या आउँदा त्यसको प्रभाव खिम्ती लामोसाँघु प्रसारण लाइन ट्रिप भएको र ढल्केबरमा समेत समस्या आएको बताए । यस्तै पुस १४ गते बानेश्वरको ६६ केभी प्रसारण लाइनमा समेत समस्या आएको जानकारी दिए ।

समस्या आउने बित्तिकै समाधान गर्न आफूहरु प्रभावकारी रुपमा लागेको उनले बताए । समस्या आयो र समाधानमा लाग्नुपर्छ भन्ने तर्फ जनताको सचेतता पनि बढेको भन्दै उनले सकेसम्म समस्या आउनै नदिने तर्फ लागेको उनको प्रष्टोक्ति छ । जाडोका कारण पछिल्ला दिनमा बिजुलीको माग बढेको पाइएको कायममुकायम कार्यकारी निर्देशक शाक्यले जानकारी दिए ।

उनले लोडसेडिङ हुने कुनै सम्भावना नभएको दावी गरे । औद्योगिक क्षेत्रमा समेत उनले बिजुलीको खपत बढाउन समेत आग्रह गरे । बिजुली पुर्याउनका लागि सबै प्रकारको उपाय अवलम्बन गरिने स्पष्ट पारे । दाउरा, पेट्रोल तथा खाना पकाउने ग्यासको आपूर्ति क्रमशः घटाएर लैजानुपर्नेमा जोड दिए ।

पछिल्लो दिनमा जाडोका कारणले १ हजार ४६० मेगावाट बिजुली माग भएको जानकारी दिए । बिजुलीको खपत बढ्दै गएकाले पनि केही स्थानमा समस्या आएको भएपनि त्यसलाई समाधान गरिने जानकारी दिए ।

शाक्यले भारतमा पिक आवरमा गत वर्षको भन्दा १०० मेगावाट बढी बिजुली ल्याइएको जानकारी दिए । प्राधिकरणको विवरण अनुसार ११५०५ मेगावाट घण्टा आयात भइरहेको छ ।

प्राधिकरणका आयोजना पूर्ण क्षमता चलाइएको र दिउँसोको समयमा प्राधिकरणका अर्धजलाशयुक्त आयोजना नचलाइएको दावी गरे । प्राधिकरणका आयोजनाबाट ५५० मेगावाट विबुली उत्पादन भइरहेको छ । कुलेखानी भने आवश्यकताका आधारमा मात्रै चलाइएको उनको भनाइ छ ।

ल्याएका छौ । पूर्ण क्षमतामा ल्याउने नेपालको जालशय बन्द गरिएको छ । ५५० प्राधिकरणको चलीरहेको छ । कुलेखानी आवश्यकता अनुसार चलाइएको छ । कूल रुपमा १ हजार ४६० मेगावाट बिजुली माग छ । उनले कोरोनाका कारण चुहावट नियन्त्रणमा लाग्न नसकेको बताए । उनले गत वर्षभन्दा प्राविधिक चुहावट डेढ प्रतिशतले बढेको तथ्यांक दिए ।

पत्रकार सम्मेलनमा ऊर्जा सचिव घिमिरेले प्राविधिक समसया आउन नदिन प्राधिकरण पूर्ण रुपमा चनाखो भएर लाग्नुपर्ने बताए । उनले भने समस्या आउनै नदिने तर्फ तपाईहरु लाग्नुस । नागरिकप्रतिको जिम्मेवारीलाई पूर्ण रुपमा परिपालना गरोस ।’मन्त्रालयले प्राधिकरणलाई आवश्यक सहजीकरण गरिरहेको भन्दै गुणस्तरीय सेवा प्रदान गर्न सचिव घिमिरेले आग्रह गरे ।

दलहरु विभाजन हुँदा लोकतन्त्र कमजोर हुन्छः नेता शर्मा

काठमाडौँ । राष्ट्रियसभामा सत्तापक्षका नेता दीनानाथ शर्माले राजनीतिक दलहरु विभाजन हुँदा लोकतन्त्र कमजोर हुने बताउनुभएको छ ।

राष्ट्रियसभाको आजदेखि प्रारम्भ भएको सातौँ अधिवेशनका क्रममा मन्तव्य राख्दै उहाँले आफ्नो पार्टी विभाजनको सङ्घारमा रहेको र प्रतिनिधिसभा विघटन भएको विशिष्ट परिस्थितिमा यो सभा सञ्चालन भइहेको बताउनुभयो । “वर्तमान सङ्घीय संसद् गठनपछि आफ्नो राजनीतिक इतिहासमा सबैभन्दा खुशी थिए तर पार्टी फुटपछि आज मुटु चिरिएको अनुभव गरेको छु”, नेता शर्माले भन्नुभयो, “पार्टी विभाजन कुनै सिद्धान्तका आधारमा नभई राजनीतिक कारणले मात्र भइरहेको छ, यो दुःखद हो ।”

नेता शर्माले दलभित्रको अन्तरविरोधका कारण जनप्रतिनिधि मूलक संस्थामा असर पर्नु राम्रो अनुभूति नभएको बताउनुभयो । उहाँले प्रतिनिधिसभा नभएको अवस्थामा राष्ट्रियसभाले नीति निर्माण गरेर सरकारलाई सघाउने र खबरदारीको काम गर्ने विश्वास व्यक्त गर्नुभयो । नेता शर्माले जनचासोका विषय प्रकट हुने अहिले यो सभा मात्र भएको बताउनुभयो । उखु किसानको आन्दोलनका क्रममा एक जना किसानको निधन भएको घटनाप्रति दुःख व्यक्त गर्दै उहाँले मृतकप्रति श्रद्धाञ्जलि अर्पण गर्नुभयो ।

उच्च अदालत पाटनद्धारा कर्मचारी भर्ना रोक्न आग्रह

काठमाडौँ । उच्च अदालत पाटनले ललितपुर महानगरपालिकालाई अन्तरिम आदेश दिँदै कर्मचारी भर्ना नगर्न भनेको छ।

महानगरपालिकाले आफ्नो महानगरभित्रका २९ वटै वडाभित्र करारमा प्राविधिक कर्मचारी भर्ना गर्ने निर्णय गरेपछि उक्त निर्णय कानुनसम्मत नभएको भन्दै विपक्षीले उच्च अदालतमा मुद्दा दर्ता गरेका थिए।

यसै साता परेको सोही मुद्दाको सुनुवाइ गर्दै उच्च अदालतले सम्पूर्ण प्रक्रिया स्थगन गर्न बुधवार अन्तरिम आदेश दिएको हो।

गत असार ३१ गते एक विज्ञापन मार्फत सिभिल, कम्प्युटर, इलेक्ट्रोनिक इन्जिनियर, जुनियर आर्किटेक, कम्प्युटर अपरेटर लगायतका लागि भर्ना खुलाएको थियो। अदालतको आदेश लगत्तै महानगरपालिकाले प्रेस विज्ञप्तिमार्फत पुस १६ गते हुन लागेको मौखिक तथा प्रयोगात्मक परीक्षा स्थगन भएको सूचना जारी गरेको छ। महानगरले करार सेवाका लागि विभिन्न पदमा भर्ना गर्न लागेको थियो।

माघ १५ –२१ गतेसम्म मतदाता नामावली अद्यावधिक हुुँदै

काठमाडौँ । प्रतिनिधिसभाको आगामी निर्वाचनका लागि अन्तिम मतदाता नामावली तयार गर्न आगामी माघ १५ देखि २१ गतेसम्म सबै स्थानीय तहको केन्द्रमा मतदाता नामावली अद्यावधिक कार्यक्रम सञ्चालन हुँदैछ । निर्वाचन आयोगका अनुसार निर्वाचनका लागि अन्तिम मतदाता नामावली तयार गर्ने सन्दर्भमा यही पुस ५ गते १८ वर्ष उमेर पुग्ने व्यक्तिको मतदाता नामावली अद्यावधिक गरिने छ । आगामी वैशाख १७ गते पहिलो र २७ गते दोस्रो चरणमा गर्ने गरी प्रतिनिधिसभा सदस्य निर्वाचनको मिति घोषणा भइसकेको छ ।

मतदाता नामावली ऐन, २०७३ अनुसार निर्वाचनको मिति घोषणा भइसकेपछि निर्वाचनको प्रयोजनका लागि मतदाता नामावलीमा नाम दर्ता गरिने नगरिने व्यवस्थानुुरुप पुस ६ गतेदेखि मतदाता नामावली दर्ता स्थगन गरिएको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिनुुभयो । मतदाता नामावलीमा नाम दर्ता भई पुस ५ गतेसम्म १८ वर्ष उमेर पूरा भएको व्यक्ति मात्र आगामी निर्वाचनमा मतदाता हुन सक्ने छन् । आयोगले उक्त कार्यक्रम सञ्चालनको अवधिभित्र सम्बन्धित स्थानीय तहको केन्द्रमा गई मतदाता नामावलीमा समावेश भएको आफ्नो विवरणमा रहेको त्रुटि सच्याउन निवेदन दिन तथा मृत्यु भएका वा बसाइँ सरी गएका वा दोहोरो नाम रहेका मतदाताको नाम हटाउनका लागि सूचना दिन सबैमा अनुुरोध गरेको छ ।

झुटो विवरण दिई कसैले मतदाता नामावलीमा नाम समावेश गरेको भए सोकोविरुद्ध उजूरी दिन पनि आयोगले सम्पूर्ण मतदातासँग अनुुरोध गरेको छ । आयोगले सबै स्थानीय तह, राजनीतिक दल, नागरिक समाज, पत्रकार तथा सम्पूर्ण सरोकार पक्षलाई मतदाता नामावली अद्यावधिक कार्यक्रममा आवश्यक सहयोग गर्न आग्रह गरेको छ ।

प्रसादसहित १८ जना विरुद्ध १ अर्ब ३२ करोड बिगो दावी सहित राजस्व अनुसन्धान विभागद्धारा मुद्दा दर्ता

काठमाडौं । राजस्व अनुसन्धान विभागले रामकिशोर प्रसादसहित २८ जना विरुद्ध मुद्दा दायर गरेको छ । विभागले झुट्टा तथा नक्कली मूल्य अभिवृद्धि कर विजक प्रयोग गरी राजस्व छली गरेको आरोपमा मुद्दा दायर गरेको हो ।
विभागले सर्लाही घर भइ हाल काठमाडौं सितापाइलास्थित पद्म कोलनीमा बस्ने रामकिशोर प्रसाद सहित २८ जना विरुद्ध १ अर्ब ३२ करोड ४६ लाख १२ हजार ५६५ रुपैयाँको बिगो असुल गरी कैद सजाय माग गर्दै विभागले उच्च अदालत पाटनमा मुद्दा दायर गरेको हो ।

प्रसादको कम्पनी मोहन ट्रेड इन्टरनेशनलसहित अन्य २६ वटा फार्म मिलेर आर्थिक अवस्था कमजोर भएका मजदुरलगायतका व्यक्तिको नाममा दर्ता गरी फर्म सञ्चालन तथा बैंक खाता सञ्चालन गरेको विभागको आरोप छ ।
उनीहरुले झुट्टा तथा नक्कली बिक्री बिजक जारी गरी आर्थिक वर्ष २०७१÷७२ देखि २०७४÷७५ सम्ममा मूल्य अभिवृद्धि कर ४३ करोड ८१ लाख ८० हजार ३७८ रुपैयाँ, आयकरतर्फ ८६ करोड ५६ लाख १ हजार ७८५ रुपैयाँ र लाभांश करतर्फ २ करोड ८ लाख ३० हजार ४०२ रुपैयाँ राजस्व चुहावट गरेको विभागको आरोप छ ।

कुलमान घिसिङलाई लोडसेडिङ अन्त्यको जस दिनु गलतः शंकर पोखरेल

काठमाडौँ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले लोडसेडिङ अन्त्यको जस कुलमान घिसिङलाई दिनु नितान्त गलत भएको बताएका छन् । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली समूहको बिहीबार प्युठानमा आयोजित अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै मन्त्री पोखरेलले यस्तो बताएका हुन् । उनले लोडसेडिङको अन्त्य घिसिङले नभई प्रधानमन्त्री केपी शर्मा ओली गरेको दाबी गरेका छन् ।

उनले दुई सय ५० मेगावाट विद्युत अपुग भएका बेला प्रधानमन्त्री ओलीले भारतसँग ट्रान्समिसन लाइन र विद्युत खरिद सम्झौता गरेर लोडसेडिङ अन्त्य गरेको बताए। कुलमान घिसिङले विद्युत चुहावट मात्र नियन्त्रण गरेको उनको भनाई छ। मुख्यमन्त्री पोखरेलले लोड्सेडिङ अन्त्यको आधार प्रधानमन्त्री ओलीले तय गरेको दाबी गरे। यद्यपी लोडसेडिङ अन्त्य भने कुलमानको कार्यकालमा मात्र थियो । आजभोली हरेक दिन उपत्यकामै कहि न कतै समय समयमा लाइन गएकै हुन्छ ।

शुक्रबार लक्ष्मी माताको दर्शन गर्नुहोस्, आज शुक्रबारको राशिफल

वि.सं.२०७७ साल पौष १७ गते । शुक्रबार । ईश्वी सन् २०२१ जनवरी ०१ तारिख । नेपाल संवत् ११४१ । प्रमादी संवत्सर । दक्षिणायन । हेमन्त ऋतु । श्रीशाके १९४२ । पौष कृष्णपक्ष । तिथि–द्वितीया,०६ घडी ०३ पला,बिहान ०९ बजेर २२ मिनेट उप्रान्त तृतीया । नक्षत्र–तिष्य,३४ घडी ०८ पला,बेलुकी ०८ बजेर ३६ मिनेट उप्रान्त अश्लेषा । योग–वैधृती,१८ घडी ४९ पला,दिउसो ०२ बजेर २८ मिनेट उप्रान्त विष्कुम्भ । करण–गर,बिहान ०९ बजेर २२ मिनेट उप्रान्त वणिज,बेलुकी ०९ बजेर १२ मिनेट उप्रान्त भद्रा । आनन्दादिमा–उत्पात योग । चन्द्रराशि–कर्कट । काठमाडौंमा सूर्योदय बिहान ०६ बजेर ५६ मिनेट,सूर्यास्त बेलुकी ०५ बजेर १८ मिनेट । दिनमान २५ घडी ५५ पला । सन् २०२१ आरम्भ ।

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ)

बिभिन्न अवसरहरु आएपनि ति अवसरहरुको सहि रुपमा सदुपयोग गर्न नजान्दा समयले पछि छोड्नेछ । व्यापार व्यावसायमा प्रशस्त समय खर्चदा मात्र आम्दानि गर्न सकिनेछ भने घर जग्गा तथा सवारि साधनको खरिद बिक्रिबाट मनग्गे लाभ लिन सकिनेछ । महत्वपूर्ण काम गर्दा ध्यान दिनुहोला आफन्त तथा ईष्टमित्रहरुले बाधा तथा व्यबधान पुर्याउनेछन् । समयको पावबन्धिलाई ख्याल नगर्दा दुख पाईनेछ भने समयमा काम नबन्दा आर्थिक स्थिति खस्कनेछ ।

बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)

आफ्नो स्वास्थ्यको ख्याल गर्नुहोला सामान्य स्वास्थ्य सम्बन्धि समस्या आउँन सक्छ । माया प्रेममा अबिश्वास बढ्ने हुँदा आजको दिन नभेट्दा नै राम्रो रहनेछ । साना तिना स्वास्थ्य सम्बन्धि समस्याले सताउँनेछन् । व्यापार व्यावसायमा नाँफा कमाउन निकैनै समय खर्चिनु पर्नेछ । अध्ययनमा तपाईको उपस्थिति कमजोर रहनेछ । व्यावसायमा नाफा कमाउन प्रशस्त समय खर्चिनु पर्नेछ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)

बोलिको प्रभाव बढ्ने हुँदा थोरै बोलेर मनग्गे आम्दानि गर्न सकिनेछ । कार्यक्षेत्रमा तपाईको सुमधुर आवाज तथा निर्णयको उच्च मुल्याङन हुनेछ भने समाजमा सम्मानित जीवन यापन गर्न सकिनेछ । घर परिवार तथा जीवनसाथिको सहयोगले नयाँ काम गर्न सकिने हुँदा मन प्रफल्लित हुनेछ । अध्ययनमा प्रगति हुँने तथा खोज तथा अनुशन्धानको क्षेत्रमा तपाईकै वर्चस्व कायम रहनेछ ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)

अध्ययन तथा अध्यापनमा मन नजादा हुँनाले नतिजा अरुकै पोल्टोमा पर्नेछ । सुन्दर तथा बिलाशि वस्तुको प्रयोग गर्दा ख्याल गर्नुहोला बढि उत्साहित हुँदा चाहेजस्तो उपलब्धि हासिल नहुँन सक्छ । भौतिक तथा बिलाशि बस्तुको प्रयोग तथा परिचालन गर्दा ध्यान दिनुहोला । अध्ययनमा अलि बढि सयम दिन सके सफलता हात लाग्ने योग रहेकोछ ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)

माया प्रेममा एक अर्कालाई शंकाको दृष्टिले हेर्दा अबिश्वास बढ्नेछ भने घर परिवार तथा आफन्तजन सँग राय बाजिनेछ । आर्थिक अभावमा बिभिन्न अवसरहरु गुम्नेछन् भने व्यापार व्यावसायमा समय लगानि गरेपनि आम्दानि कमनै हुनेछ । बिद्यामा सफलता पाउन निकै नै संघर्ष गर्नु पर्नेछ । मान्यजनहरुको सुझाबलाई हुँबहु लागु गरेर अगाडि बढे केहि मात्रामा लाभ हुनेछ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)

व्यापार व्यावसायमा लगानि गर्दै हुँनुहुन्छ भने केहि समय पर्ख र हेरको रणनिति अपनाउँनु होला । माया प्रेममा अविस्वास सिर्जना हुनेछ भने घर परिवारमा परिवारका सदस्यहरुसित घरायसि कुरामा राय बाजिनेछ । सवारि साधनको प्रयोग गर्दा ध्यान दिनुहोला । माया प्रेममा धोका हुनेछ भने पति पत्निबिच अनाबस्यक बिषयमा बिवाद सिर्जना हुनेछ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)

धन तथा पैत्रिक सम्पतिको प्रयोग तथा परिचालन गर्दा ख्याल गर्नुहोला रुपैया पैसा फस्न सक्छ । प्रेममा एक अर्कालाई सहयोग गर्दा गर्दै अबिश्वषस बढ्न सक्छ ध्यान दिनुहोला । सहयोग गर्ने भन्दा आश्वासन बाढ्नेहरु धेरै भेटिनेछन् । स्वास्थ्यमा समस्या आई शुरु गरेका कामहरु सम्पादन गर्न सकिने अवस्था रहने छैन । राजनीति तथा समाजसेवामा लाग्नेहरुका लागि समय मध्ययम रहेकोछ ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)

समाजमा तारिफयोग्य काम गरि राम्रो उपलब्धि हासिल गर्न सकिनेछ भने मान सम्मानमा बृद्धि भएर जानेछ । रोकिएर बसेका कामहर सुचारु हुनेछन् भने नयाँ काममा हाता हाल्न सकिने समय रहेकोछ । सरकारी तथा प्रशासनिक क्षेत्रमा उपस्थिति जनाई समयमा काम लिन सकिनेछ । अध्ययनमा सुधार गर्दै सफलता हात पार्न सकिनेछ । धार्मिक प्रतिष्ठान तथा मन्दिरतिरको यात्रा गर्न सकिने योग रहेकोछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)

घर परिवार तथा बिशेष गरि दिदि बहिनी सँग मनमुटाब बढ्ने योग रहेकोछ । भौतिक तथा सवारि साधन प्रयोग गर्दा ख्याल गर्नुहोला अप्रिय घट्ना नघट्ला भन्न सकिन्न । खानपान तथा बाहिरी बाताबरणको ख्याल गर्नुहोला स्वास्थ्यमा समस्या आई काम गर्न असजिलो महशुष हुनेछ । माया प्रेममा सामान्य मनमुटाब हुँने तथा नचाहादा नचाहादै छुट्टिनु पर्ने बाध्यता आउँनेछ । पढाई लेखाईमा मन नजाने हुँनाले नतिजा अरुकै पोल्टोमा पर्नेछ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)

बिभिन्न अवसरहरुको सहि तरिकाले सदुयपोग गर्न सक्दा धेरै उपलब्धि हात पर्नेछन् । व्यापार व्यावसाय फस्टाएर जानेछ भने धनको भण्डार बढ्नेछ । बौद्धिकताको उपयोग गरि आफ्नो ज्ञानलाई निखार्ने अवसर प्राप्त हुनेछ । परिवार तथा जीवन साथिको सहयोगले एक किसिमको उत्साह जगाउनेछ । सुन्दर तथा बीलाशी पहिरनले व्याक्तित्वमा निखारता ल्याउनेछ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)

गोप्यता भङग हुन सक्छ ध्यान दिएर काम गर्नुहोला । धन सम्पति तथा अचल सम्पति हराउन तथा लुटिन सक्छ सजक रहनुहोला । बादबिाद,बिद्या तथा प्रतिश्पर्धामा आजको दिन भाग नलिनु नै राम्रो रहनेछ । छिमेकिहरुले भाजो हालेर तपाईको घर परिवारमा झगडा गराउँन अनबरत लागिरहनेछन् ख्याल गर्नुहोला । कर्मको फल अरुले नै खान सक्छन् होस गर्नुहोला ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)

शेयर बजार तथा सट्टाको व्यावसायबाट भनेजस्तो नाँफा कमाउँन सकिनेछ । अध्ययन अध्यापनमा मन जाने हुँनाले भनेजस्तो नतिजा हात पार्न सकिनेछ । माया प्रेमका कोपिलाहरु पक्रियर जानेछन् भने आत्मिय मित्र तथा आफन्तजनको सहयोगले महत्वपुर्ण कामहरु फत्ते गर्न सकिनेछ । तपाईको बौद्धिकताको उच्च मुल्याङकन हुँने तथा शिक्षा क्षेत्रमा राम्रो प्रगति गरि आम्दानिका स्रोतहरु बढाउँन सकिनेछ ।