सवारी दुर्घटनामा मृत्यु

काठमाडौं । सप्तरी, हनुमाननगर कंकालिनी नगरपालिका(१ स्थित सडकमा बिग्रेर राखेको पुरानो रोलरमा स.३ प ३०४७ नम्बरको मोटरसाइकल बिहीबार बिहान अनियन्त्रित भई ठोक्किएर दुर्घटना हुँदा मोटरसाइकल चालक तिलाठी कोईलाडी गाउँपालिका–३ सखरपुरा बस्ने ३० वर्षीय शिव कुमार मुखियाको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको विराटनगर गोल्डेन अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार अन्य २ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ ।

पर्सा, बहुदरमाई नगरपालिका–३ नगरदाहास्थितमा ना.२ त ३८९७ नम्बरको ट्याक्टरबाट लडेर वीरगञ्ज महानगरपालिका–२७ रामपुर बस्ने ४० वर्षीय जय नारायण महतोको बुधबार बेलुका मृत्यु भएको छ । लडेर गम्भीर घाइते भएका उनको नारायणी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । फरार ट्याक्टर चालकको प्रहरीले खोजी गरिरहेको छ ।
दुर्घटनाका सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

नियन्त्रित लागूऔषध सहित पक्राउ

नवलपरासी । बर्दघाट नगरपालिका–४ टिसियन चोकबाट ५२ एम्पुल डाइजेपाम, ५२ एम्पुल नोर्फिन र ५२ एम्पुल फेनारगन सहित २ जनालाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा कावासोती नगरपालिका–१४ कोटटांडी बस्ने २७ वर्षीय प्रदिप जिसी र ३१ वर्षीय बलराम मल्ल रहेका छन् । ईलाका प्रहरी कार्यालय बर्दघाटबाट खटिएको प्रहरीले उनीहरुलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

नियन्त्रित लागूऔषध सहित पक्राउ

नवलपरासी । बर्दघाट नगरपालिका–४ टिसियन चोकबाट ५२ एम्पुल डाइजेपाम, ५२ एम्पुल नोर्फिन र ५२ एम्पुल फेनारगन सहित २ जनालाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा कावासोती नगरपालिका–१४ कोटटांडी बस्ने २७ वर्षीय प्रदिप जिसी र ३१ वर्षीय बलराम मल्ल रहेका छन् । ईलाका प्रहरी कार्यालय बर्दघाटबाट खटिएको प्रहरीले उनीहरुलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

आफ्नै साडु दाईलाई कुटपिट गरी हत्या गर्ने सार्की पक्राउ

दाङ । आफ्नै साडु दाई नाता पर्ने रोल्पा घर भएका ४३ वर्षीय मान बहादुर विकको कुटपिट गरी हत्या गरेको अभियोगमा घोराही उपमहानगरपालिका–१६ गरूवा बस्ने ३६ वर्षीय दिनेश सार्कीलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
दिनेशले सोमबार कुटपिट गर्दा गम्भीर घाइते भएका मान बहादुरको मेडिकल कलेज कोहलपुर बाँकेमा उपचारको क्रममा बिहीबार बिहान मृत्यु भएको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

बुधबार साँझ काठमाडौँमा पेस्तोल सहित एक पक्राउ

काठमाडौँ । काठमाडौं महानगरपालिका–२६ स्थित टिफेन रेष्टुरेण्ट नजिकबाट सोही महानगरपालिका सामाखुसी बस्ने सिन्धुपाल्चोक मेलम्ची नगरपालिका–१ घर भएका २८ वर्षीय कृष्ण चौलागाईलाई १ थान कटुवा पेस्तोल र १ राउण्ड गोली सहित बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
महानगरीय प्रहरी वृत्त लैनचौर र सशस्त्र प्रहरी बलबाट खटिएको संयुक्त प्रहरी टोलीले उनलाई शंकास्पदरुपमा हिँडिरहेका अवस्थामा फेला पारी जाँच गर्ने क्रममा उनको साथबाट उक्त पेस्तोल फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

हत्यामा संलग्न फरार अभियुक्त पक्राउ

काठमाडौं । राष्ट्रिय अनुसन्धान विभागका सहायक सूचक नेपालगंज उपमहानगरपालिका–१८ बस्ने २७ वर्षीय प्रविण थापा मगरको हत्यामा संलग्न रही फरार रहेका अभियुक्त बाँके नेपालगंज उपमहानगरपालिका–६ फुल्टेक्रा बस्ने १८ वर्षीय बिवेक परियारलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।

राष्ट्रिय अनुसन्धान विभाग जिल्ला कार्यालय बाँके नेपालगंजमा कार्यरत प्रविण गत माघ २ गते नेपालगंज उपमहानगरपालिका–१८ स्थित खेतबारीमा मृत अवस्थामा फेला परेको घटनाको अनुसन्धान गर्ने क्रममा घटनामा संलग्न परियारलाई भक्तपुर, चाँगुनारायण नगरपालिका–९ ताथलीमा लुकिछिपी रहेको अवस्थामा फेला पारी प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।

उनलाई आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय, बाँकेमा पठाउने तयारी भइरहेको उक्त ब्यूरोले जनाएको छ ।

ओलीको प्रतिगमन परास्त आन्दोलनबाटै हुन्छः नेपाल

बुटवल । प्रतिनिधिसभा बिघटनको विरूद्वमा नेकपा (प्रचण्ड–नेपाल) समूहले बिहीबार बुटवलमा विशाल प्रदर्शन गरेको छ । लुम्बिनी प्रदेश स्तरीय विरोध प्रदेशनमा हजारौं नेता कार्यकताहरू सहभागी थिए । ‘प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा भंग गरेर असंवैधानिक कदम चालेको भन्दै नेकपा (प्रचण्ड–नेपाल) समूहले देशव्यापी प्रदर्शन र सभा गर्दै आइरहेको छ ।

बुटवलको सभामा रूपन्देही, पाल्पा, गुल्मी, पश्चिम नवलपरासी, अर्घाखाँची लगायत प्रदेशका १२ वटै जिल्लाबाट नेतारकार्यकताहरू सहभागी भएका थिए । बिरोधसभालाई संवोधन गर्दै नेताहरू प्रधानमन्त्री ओलीलाई जनताको आन्दोलनबाटै घुँडा टेकाउने दावी गरे । नेताहरू ओलीको कदम संविधान र गणतन्त्र विरूद्धको कदमलाई हराएरै छाडने उद्घोष गरे ।

ओलीलाई हुत्ताएर फाल्छौ

कार्यक्रममा बोल्दै नेकपा अध्यक्ष माधव कुमार नेपालले जनताको आन्दोलनबाटै ओलीको प्रतिगमनको कदमलाई परास्त गर्न सकिने दावी गरे । नेपालले ओलीलाई हुत्ताएर फाल्ने दावी गरे । त्यसको लागि जनताको साथ र सहयोग आवश्यक रहेको नेपालको भनाइ थियो ।

आफूहरू नै नेकपाको मूलधार रहेको दावी गरे । उनले निर्वाचन आयोगले आफूहरूलाई आधिकारिक बनाइदिएको बताए । ‘४४१ केन्द्रीय सदस्यको बहुमत जहाँ छ, त्यही आधिकारिक भनेर निर्वाचन आयोगले भनिसकेपछि त्यही पार्टी नै मूल पार्टी हो । प्रचण्ड र मैले नेतृत्व गरेको पार्टी नैं आधिकारिक हो,’ नेपालले भने । नेता नेपालले आफूहरूको पक्षमा देशैभरी लहर रहेको दाबी गरे ।

कोरोना विरुद्धको खोप अभियानमा दुई दिनमै २८ हजार बढी संलग्न

काठमाडौँ । बिहीबारसम्म २८ हजार ७ सय ३२ ले लगाए कोरोना खोप
बिहीबार साँझसम्म २८ हजार ७ सय ३२ ले कोरोना भाइरसविरूद्धको खोप लगाएका छन्।

स्वास्थ्य मन्त्रालयका अनुसार कोभिड१९ खोप अभियान अन्तर्गत दोस्रो दिन साँझ ५ सम्म २८ हजार ७ सय ३२ ले खोप लगाएका हुन्।

रुपन्देहीका नापी अधिकृतससहित तीन जना विरुद्ध मुद्दा

काठमाडौँ । नापी कार्यालय रुपन्देही भैरहवाका तत्कालीन नापी अधिकृत घनश्याम दुवेसहित तीनजनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी अधिकृत घनश्याम दुवे, सर्भेक्षक रामराज यादव र जग्गाधनी मुना पासिनविरुद्ध विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरेको हो ।

उनीहरुले रुपन्देहीको खड्वा बनगाई–७ स्थित साविक कि.नं. ३८७ को सार्वजनिक जग्गा छुट दर्ताको नाममा व्यक्ति विशेषको नाममा दर्ता गरेको आयोगको दाबी छ ।

दुवे र सर्भेक्षक यादवले पदको दुरुपयोग गरी बदनियतपूर्वक सार्वजनिक सम्पत्ति हानिनोक्सानी हुने र व्यक्ति विशेषलाई गैरकानूनी एवं प्रत्यक्ष फाइदा पुर्‍याउने कार्य गरेकोमा जग्गाको मुल्य नौ लाख त्रीयासी हजार सात सय रुपैयाँ बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा ९१० बमोजिम सजाय र बिगो असुल उपर हुनसमेत मागदावी लिइएको छ ।

यस्तै, जग्गाधनी मुना पासिनले नापी कार्यालय, रुपन्देही, भैरहवाका कर्मचारीहरुलाई अनुचित प्रभावमा पारी आफूसमेतलाई गैरकानूनी लाभ हुने र नेपाल सरकारलाई गैरकानूनी हानी पुर्‍याउने बदनियतले हालसाविक र छुटजग्गा दर्ता गर्ने क्रममा नौ लाख त्रीयासी हजार सात सय रुपैयाँको जग्गा आफ्नो नाममा समावेश गराई भ्रष्टाचारजन्य कार्य गरेको हुँदा उनलाई भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम सजाय र बिगो जफत हुन समेत मागदाबी लिइएको आयोगले जनाएको छ ।

हालका जग्गाधनीहरु कल्पना ज्ञवाली र माधव न्यौपानेको हकमा सरकारी सार्वजनिक जग्गा आ–आफ्नो नाममा गराउन कुनै कसुरजन्य कार्य गरेको नभई गैरकानूनी रुपमा अन्य व्यक्तिको नाममा कायम भएको जग्गा आफ्नो नाममा खरिद गरेको देखिएकोले उनीहरुको नाममा देखिएको जग्गा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (४) र दफा ४७ बमोजिम जग्गा जफत गरी नेपाल सरकारको नाममा कायम गर्ने प्रयोजनका लागि मागदाबी लिई आज विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको हो।

फर्जी कर्मचारी देखाएर आर्थिक अपचलनः विराट मेडिकल कलेजका प्रशासकीय अधिकृत पक्राउ

विराटनगर । विराट मेडिकल कलेजका प्रमुख प्रशासकीय अधिकृत सुधिरसिंह राठौर पक्राउ परेका छन् । फर्जी कर्मचारी देखाएर आर्थिक अपचलन गरेको आरोपमा प्रहरीले अधिकृत राठौरलाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार फर्जी कर्मचारी देखाएर आर्थिक अपचलन गरेको आरोपमा विराट मेडिकल कलेजका कम्प्युटर शाखाका कर्मचारी राजनारायण चौधरी र प्रमुख प्रशासकीय अधिकृत राठौरलाई पक्राउ गरिएको हो । नक्कली कर्मचारी देखाइ मेडिकल कलेजको पैसा अपचलन गरेको भन्ने उजुरी आएपछि अनुसन्धानका लागि पक्राउ हो ।

अस्पतालमा जागिरका लागि आवेदन दिएका पाँच जनालाई अस्पतालले काममा राखेको थिएन । अस्पतालमा बुझाएको कागजात देखाएर बैंक खाता खोलेको र मासिकरुपमा खातामा पैसा जम्मा गर्ने गरेको उजुरी आएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । पाँच जना कर्मचारीलाई काम गरेको विवरण देखिएपछि फिल्ड र स्टाफ लिस्टमा नदेखिएपछि प्रहरीमा जाहेरी परेको थियो । ती नक्कली कर्मचारीको नाममा माछापुच्छ्रे बैंकमा खाता रहेको प्रहरीले जानकारी दिएको छ ।

पक्राउ परेका उनीहरुमाथि अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायव उपरीक्षक ९डिएसपी० लोकदर्शन थापाले जानकारी दिए ।

ओलीको निरंकुशता एक चुट्कीको भरमा अन्त्य गर्न सक्छुः अध्यक्ष दाहाल

बुटवल । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री केपी शर्मा ओलीको निरंकुशता प्रवृत्ति चुट्टीको भरमा अन्त्य हुने बताएका छन् । बुटवलमा बिहीबार नेकपाले आयोजना गरेको प्रतिनिधि सभा विघटनका विरुद्धको आमसभालाई सम्बोधन गर्दै अध्यक्ष दाहालले यस्तो बताएका हुन् । उनले भने ‘ओलीको यो निरंकुश प्रवृत्ति चुट्कीको भरमा केही महिनामै अन्त्य हुन्छ ।’ ‘ओलीले जनताको सपनामाथि कुठराघात गर्ने, लोकतन्त्रको हत्या गर्ने र आफू श्री ३ महाराजधिराज बन्ने सपना देखेका छन् । अब केपी ओलीको निरंकुशता चुट्कीको भरमा अन्त्य हुनेछ । केही महिनाभित्र ओलीको स्वेच्छाचारीको अन्त्य हुनेछ । नेपाली जनताको विजय हुनेछ ।’

संविधानसभाबाट संविधान बनिसकेपछि राजनीतिक स्थायित्व र विकासतर्फ देश अघि बढोस भनि बाम गठबन्धन गरेपनि जनचाहना अनुरुप काम हुन नसकेको दाहालले बताए । उनले भने ‘पार्टी एकताले देशमा राजनीतिक स्थायीत्वको युग शुरु हुनेछ, समानता र सामाजिक न्यायको नयाँ युग शुरु हुनेछ भन्ने विश्वास गरेका थियौँ । तर आज तीन वर्ष नबित्दै जे सहमती भएको थियो केपीद्वारा सबै सहमती तोड्ने काम भयो ।’

अध्यक्ष दाहालले आफूले देश र जनताकै निम्ति छोरा गुमएको स्मरण गर्दै अबको बाँकी जिवन समाजवाद, सामाजिक न्याय र नेपाली जनताको समृद्धिका लागि बिताउने बाचा समेत गरे ।

सात दिनभित्र आफै जवाफ पेस गर्न प्रधानमन्त्री ओली र चार पूर्वप्रधानन्यायाधीशलाई सर्वोच्चको आदेश

काठमाडौँ । सर्वोच्च अदालतले अवहेलनासम्बन्धी पाँचवटै मुद्दामा कारण देखाउ आदेश जारी गरेको छ। प्रतिनिधिसभा विघटनपछि सर्वोच्चमा विचाराधीन रहेको संसद विघटन सम्बन्धी मुद्दालाई प्रभावित पार्न अभिव्यक्ति दिएको भन्दै परेका अवहेलना मुद्दामा सुनुवाइ गर्दै न्यायाधीश मनोजकुमार शर्माको इजालसले कारण देखाउन आदेश जारी गरेको हो।

सर्वोच्चले सात दिनभित्र सबै व्यहोरा खुलाई आफैँ लिखित जवाफ पेश गर्न प्रधानमन्त्री केपी शर्मा ओली, सर्वोच्चका चार पूर्वप्रधानन्यायाधीशहरु मीनबहादुर रायमाफी, अनुपराज शर्मा, कल्याण श्रेष्ठ र सुशीला कार्कीका आउनमा आदेश जारी गरेको हो।

सर्वोच्चले पूर्वसभामुख दमनथान ढुंगालाई पनि सात दिनभित्र आफैँ लिखित जवाफ पेश गर्न भनेको सञ्चारविज्ञ किशोर पौडेलले जानकारी दिए। बुधबार अधिवक्ताहरु लोचन भट्टराई र धनजित बस्नेतले चार पूर्वप्रधानन्यायाधीशविरुद्ध छुट्टाछुट्टै निवेदन दर्ता गराएका थिए।

गएको पुस २४ गते पूर्वप्रधानन्यायाधीशहरुले विज्ञप्ति निकालेर प्रतिनिधिसभा विघटन असंवैधानिक रहेको ठहर गर्दै सर्वोेच्चले सदर गर्न नहुने आशय व्यक्त गरेका थिए।

यस्तै प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध दुईवटा र पूर्वसभामुख दमननाथ ढुंगानाविरुद्ध एउटा मुद्दा दर्ता भएको छ । वरिष्ठ अधिवक्ता कुमार शर्मा आचार्य र अधिवक्ता कञ्चनकृष्ण न्यौपानेले प्रधानमन्त्रीविरुद्ध छुट्टाछुट्टै अवहेलना मुद्दा दर्ता गराएका थिए।

ओलीले माघ ९ गते पार्टीको कार्यक्रममा वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीलाई जोडेर सर्वोच्चमा तमासा भइरहेको बताएका थिए। उक्त भनाइले न्यायपालिकाको मान मर्दन गरेको निवेदकले दाबी गरेका छन्।

त्यस्तै पूर्वसभामुख ढुंगानाले संसद विघटनलाई सर्वोच्चले सदर गरे न्यायाधीशलाई सडकमा तान्नुपर्ने अभिव्यक्तिविरुद्ध अधिवक्ता राजन घिमिरेले अवहेलना मुद्दा दायर गरेका हुन्।

पहिलो दिन ९ हजार ८४ जनाले लगाए कोरोना विरुद्धको खोप

काठमाडौं । कोभिड९१९ खोप अभियानअन्तर्गत पहिलो दिन नौ हजार ८४ जनाले खोप लगाएका छन् ।

६४ जिल्लाका ९३ केन्द्रबाट खोप वितरण गरिएकामा वाग्मती प्रदेशबाट सबैभन्दा धेरै दुई हजार ६ सय ९४ जनाले खोप लिएका हुन् । त्यस्तै प्रदेश १ बाट एक हजार दुई सय ५५, २ बाट सात सय २६, गण्डकीबाट एक हजार आठ सय ४३ लुम्बिनीबाट सात सय ३३, कर्णालीबाट सात सय ५१ र सूदूरपश्चिमबाट एक हजार ८२ जनाले खोप लिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

खानेतेल, निर्माण सामग्रीको मूल्य बढाएका व्यवसायीले डेढ सातायता चामल र चिनीको भाउ पनि बढाए

काठमाडौँ । सरकारी चिनी गोदाम रित्तिन थालेपछि उद्योगीहरूले चिनीको फ्याक्ट्री मूल्य बढाएका छन् । जानकारका अनुसार मासिक औसतमा ३० हजार टन चिनी चाहिन्छ । साल्ट ट्रेडिङ कर्पोरेसन्ससँग करिब १ हजार टन मात्रै मौज्दात भएपछि होलसेललाई बिक्री बन्द गरिएको छ ।

सरकारी मौज्दात घट्दै गएकोबारे जानकार चिनी उद्योगीहरूले मूल्य बढाएका हुन् । उनीहरूले फ्याक्ट्री गेट मूल्य २ रुपैयाँ बढाएका छन् । ‘पाँच दिनअघि प्रतिकिलो ७८ रुपैयाँ (भ्याटसहित) मा खरिद गरिरहेका थियौं, अहिले प्रतिकिलो ८० रुपैयाँ परेको छ,’ होलसेल व्यवसायी सञ्जय फुयालले भने, ‘सबै उद्योगी मिलेर एउटै रेट बनाए । एक हिसाबले सिन्डिकेट नै हो ।’ उनका अनुसार विगतमा चिनी उद्योगीहरूले फरकफरक मूल्य राख्ने गरेका थिए ।

होलसेलमा प्रतिकिलो ७८ रुपैयाँ हुदा खुद्रा व्यवसायीले प्रतिकिलो ८१–८२ रुपैयाँमा खरिद गरेका थिए । उनीहरूले सर्वसाधारणलाई ८५ देखि ८७ रुपैयाँसम्ममा बिक्री गरिरहेका छन् । फ्याक्ट्री मूल्य बढेपछि सर्वसारधणलाई प्रतिकिलो ९० रुपैयाँभन्दा बढी पर्ने खुद्रा व्यापार संघका अध्यक्ष राजकुमार श्रेष्ठले बताए । ‘उद्योगीले बढाएपछि त्यसको असर एक–दुई दिनमै होलसेलमा देखिन्छ, त्यसैको आधरमा खुद्रामा बढ्ने हो,’ श्रेष्ठले भने ।

अहिले उखुको सिजन हो । उद्योगीहरूले धमाधम उखुको क्रसिङ गरिरहेका छन् । क्रसिङ चैतसम्म हुन्छ । सरकारले उखुको न्यूनतम समर्थन मूल्य प्रतिक्विन्टल ५ सय ४४ रुपैयाँ ३३ पैसा तोकिसकेको छ । गत वर्षको तुलनामा प्रतिक्विन्टल ८ रुपैयाँ बढाएपछि उद्योगीहरूले पनि चिनीको मूल्य बढाएका हुन् ।

यद्यपि सरकारले तोकेकै मूल्य सबै किसानले पाएका छैनन् । बिक्री भएको उखुको मूल्य पाउन धर्ना दिनुपर्ने बाध्यता भएको नेपाल उखु उत्पादक महासंघका अध्यक्ष कपिलमुनि मैनालीले बताए । ‘चिनीको मूल्य बढेको बढ्यै छ तर किसानले कहिलै उचित मूल्य पाउँदैनन्,’ उनले भने । चिनी उत्पादक संघका महासचिव राजेश केडियाले १–२ रुपैयाँ घटबढले फरक नपर्ने बताए । ‘चिनीको गुणस्तर, खरिद गर्ने क्रममा डिपोजिटमा पनि फरक पर्छ । अहिले ७६ देखि ७८ रुपैयाँसम्ममा बिक्री भइरहेको छ,’ उनले भने, ‘प्रतिकिलो १०–२० रुपैयाँ बढ्दा सोधपुछ हुन्छ । १–२ रुपैयाँ बढ्दा कुनै मान्यता हुँदैन । २–४ प्रतिशत बढ्नु सामान्य हो, त्योभन्दा बढी बढ्नु गलत हो ।’ चिनीको हकमा बजारभाउ नियन्त्रण गर्न साल्टले सहुलियत दरमा चिनी आयात गर्छ । यद्यपि यसपटक पर्याप्त कोटा नदिँदा सहुलियत चिनी अभाव भएको हो ।

साल्टका सहामहाप्रबन्धक कुमार राजभण्डारीका अनुसार चाडबाडलाई लक्षित गरी ५० हजार टन माग गरिएकामा करिब २० हजार टन मात्रै स्वीकृत भएको थियो । सरकारले १० हजार टनका लागि खाद्य व्यवस्था तथा व्यापार कम्पनीलाई जिम्मा दिए पनि आयात गर्न सकेन । त्यसपछि साल्टले थप ३० हजार टन माग गरेको थियो । ‘दसैंअघि नै माग गरेका थियौं, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय हुँदै पत्र अर्थ मन्त्रालयसम्म पुगेको छ,’ उनले भने, ‘साल्टसँगको मौज्दातले एक दिनलाई मात्रै पुग्छ । पर्याप्त मौज्दात नहुँदा बजारभाउ बढेको देखियो ।’ हाल साल्टले प्रतिकिलो ७७ रुपैयाँ ५० पैसामा बिक्री गरिरहेको छ ।

उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमिल्सिनाले क्रसिङको सुरुवाती चरणमै मूल्य बढ्नु शंकास्पद रहेको बताए । ‘उद्योगीहरूको कार्टेलिङ नै हो । सरकारले कार्टेलिङ तोडेर बढी मूल्य लिनेलाई कानुनी दायरामा ल्याउनुपर्‍यो,’ उनले भने, ‘विगतमा चिनी उद्योगीबाट सरकार नै ठगियो । सरकारले अनुगमन र नियमनमा कडाइ गर्नुपर्‍यो ।’ यता बजार अनुगमन गर्ने जिम्मा पाएका वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका प्रवक्ता शिवराज सेढाईंले क्षमताअनुसार अनुगमन र कारबाही भइरहेको बताए । ‘दैनिक ३–४ वटा टोलीबाट अनुगमन भइरहेको छ,’ उनले भने, ‘कसुरअनुसार कारबाही पनि गरेका छौं ।’

विभागले कारबाहीको दायरामा ल्याएको दाबी गरे पनि बजार सुधार हुन सकेको छैन । केही महिनाअघि खानेतेल, निर्माण सामग्रीको भाउ बढाएका व्यवसायीहरूले चामलको मूल्य पनि बढाएका छन् । उनीहरूले बोरामै १ सयदेखि २ सय रुपैयाँसम्म बढाएका छन् । डेढ सातायता केराउमा पनि १० रुपैयाँ बढेको खुद्रा व्यापार संघले जनाएको छ ।(कान्तिपुर दैनिकबाट)

होटलहरूले कर्मचारीको तलब फेरि घटाए, ५ तारेमा कामगर्नेलाई मासिक मात्रै ५ हजार

काठमाडौँ। तारे होटलमा काम गर्ने कर्मचारी तथा श्रमिकहरूको तलव पुनः संशोधन गरिएको छ । संशोधित तलब अनुसार अब पाँच तारे होटलमा काम गर्ने कर्मचारी तथा श्रमिकहरूले मासिक ५ हजार रुपैयाँ मात्रै पाउनेछन् । होटल संघ नेपालले गरेको पछिल्लो व्यवस्था अनुसार चार तारे होटलका कर्मचारीले मासिक ४ हजार, ३ तारेका कर्मचारीले मासिक ३ हजार, २ तारे होटलका कर्मचारीले मासिक २ हजार ५ सय, १ तारे होटलका कर्मचारीले मासिक २ हजार रुपैयाँ पाउनेछन् । त्यसैगरी पर्यटक स्तरीय होटलका कर्मचारी तथा श्रमिकका लागि भने उनीहरूकै आपसी सहयोगमा तलब तय हुने हानले जानकारी दिएको छ ।

हानले यसअघि कोरोना महामारीकै बीच कर्मचारी तथा श्रमिकहरूको तलब कटौती गरेको थियो । यति बेला पाँच तारे होटलका कर्मचारीको तलब अधिकतम १० हजार रुपैयाँ तोकिएको थियो । अन्यस्तरका होटलको पनि यहि अनुपातमा तलब संशोधन भएको छ । अहिले उनीहरूको तलब ५० प्रतिशतले घटेर ५ हजारमा सीमित भएको छ । कोरोना महामारीका कारणले पर्यटक आगमन ठप्प प्रायः भएपछि अहिले अधिकांश तारे होटलहरु बन्द अवस्थामा छन् । एकातिर कोभिडको प्रभावका कारण पर्यटक आउन सकेका छैनन् भने अर्कोतिर बैंकको ब्याज बढ्दै गएको छ ।

होटल सञ्चालकहले बैंकको ब्याज र कर्मचारीलाई तलब भत्ता समेत खुवाउन नसक्ने अवस्थामा पुगेपछि हामीले बाध्य भएर कर्मचारीको तलब पुनः संशोधन गरेका हौं ।’ सहमति अवधिभर अर्थात काममा नबोलाइएको समयमा बिदाको सुविधा कर्मचारी तथा श्रमिकहरुले दावी गर्न पाउने छैन ।
अहिले कर्मचारी पाल्न सक्ने क्षमता छैन,’ उनले भने ‘होटलहरू बन्द गर्नुपर्ने अवस्था अहिले पनि छ ।’ हान र कर्मचारीकाबीच १ वर्षको लागि सम्झौता भएको हो ।

तलब काममा नलगाएका कर्मचारीको लागि हो,’ उनले थपे ‘काममा लगाएका कर्मचारीलाई उनीहरूले खाईपाई आएको तलब नै पाउने छन् ।’ होटल सञ्चालनहरूले आलोपालो गरेर कमएचारीलाई काममा लगाउने छन् । पछिल्लो सहमति पछि अहिले होटलमा काम गर्ने कर्मचारी तथा श्रमिकले अन्य कुनै किसिमको भत्ता तथा चाडपर्व खर्च पाउने छैनन् ।

काममा नबोलाइएका कर्मचारीले भने यस सहमतिमा तोकिए बमोजिमको रकम उपलब्ध गराउनु पर्नेछ । समयावधिभर करार, दैनिक ज्यालादारी, तालिमे तथा आउटसोर्सिङका श्रमिकहरुलाई काममा लगाइने छैन । तर, ब्यांकेट सेवाका लागि मात्र आवश्यक पर्ने देखिएमा भने उनीहरूलाई काममा लगाउन सकिने सहमति भएको छ । माघ १३ गते होटल संघ नेपाल (हान) र सरोकारवाला पक्षबीच यस्तो सम्झौता भएको हो ।