केपी ओलीको पार्टी सडकको धुलो हो,को जान्छ हेरौँलाः माधव नेपाल

काठमाडौँ । पूर्व प्रधानमन्त्री एवं नेकपा दाहाल–नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले केपी ओलीको पार्टी सडकको धुलो भएको आरोप लगाएका छन्।

बुधबार कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा नेकपा काठमाडौँ जिल्ला कमिटीद्वारा आयोजित बृहत कार्यकर्ता भेलामा बोल्दै अध्यक्ष नेपालले यस्तो आरोप लगाएका हुन्।

ओलीले अहिले केन्द्रीय सदस्यका लागि टिकट बाँडिरहेको नेपालले बताए।

उनले भने, ‘उहाँले केन्द्रीय सदस्य बन्न आऊ भनेर टिकट बाड्नुभएको छ। त्यो सडकछाप पार्टीमा को–को जाने हो हेर्न मात्रै बाँकी छ। उहाँको त्यो कथित पार्टीलाई परित्याग गर्नेहरुको संख्या बढ्दै छ। त्यो पार्टी सडकको धुलोमा परिणत हुन गइरहेको छ।’

केपी ओली पार्टी सिस्टममा भन्दा पनि गुटका आधारमा चल्ने व्यक्ति भएको नेपालको भनाइ छ। पार्टीले २०५० सालदेखि नै ओलीको प्रवृति झेल्दै आएको उनले बताए।

ओलीको अहंकारवादी शैलीले आफूहरुले दुःख पाइरहेको नेपालको भनाइ छ। उनले भने, ‘केपी ओलीमा मै हुँ भन्ने अहंकार छ। पार्टीभन्दा माथि ठान्नुहुन्छ आफूलाई। त्यसैले हामी पीडित भएका हौँ।’

ओलीको आचरणले उनलाई कुनै पनि हालतमा कम्युनिष्ट भन्न नसुहाउने नेपालको जिकिर छ। नेपालले भने, ‘उहाँमा कम्युनिष्ट आचरण छैन। उहाँ कुनै पनि हालतमा कम्युनिष्ट होइन। आत्मालोचनाको कुनै बानी छैन।’

केपी ओली नामको बालुवा पेलेर तेल ननिस्कने नेपालले बताए।

निर्वाचन आयोगमा ओलीको हस्तक्षेप, आयोगको निर्णयलाई प्रभावित पार्ने गरी ११ पृष्ठको पत्र (पत्रसहित)

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले निर्वाचन आयोगलाई ११ पृष्ठको पत्राचार गरेका छन् । प्रतिनिधिसभा विघटन गरेर सबैतिरबाट आलोचित भएका प्रधानमन्त्री केपी शर्मा ओलीले निर्वाचन आयोगको निर्णयलाई प्रभावित पार्ने कोशिस स्वरुप सोही पत्राचार गरेका छन् ।

नेकपा (ओली समूह) को अध्यक्ष ओलीले निर्वाचन आयोगलाई असम्बन्धित व्यक्ति वा पार्टीबाट पठाएको निवेदन अभिलेखीकरण नगर्न पत्राचार गरेका हुन्। आयोगले पुस २३ मा पठाएको पत्रको जवाफमा नेकपा अध्यक्ष ओलीले आफूले पठाएको विवरणमात्र सूचीकरण गर्न निर्वाचन आयोगलाई सुझाव दिएका छन् ।

११ पृष्ठ लामो पत्र लेख्दै ओलीले नेकपाको आफू प्रथम अध्यक्ष रहेको बताउदै त्यही प्रमुख पदाधिकारीको हैसियतमा आफूले पठाएको विवरणमात्र सूचीकरण गर्न आयोगलाई सुझाव दिएका हुन् । यसको वैधानिक अधिकार आफूमा रहेको समेत उनले दाबी गरेका छन् । नेकपाको आधिकारिक निर्णयमा हस्ताक्षर गर्ने अधिकार आफ्नो मात्र रहेको उल्लेख गर्दै उनले अन्यको हस्ताक्षर अनधिकृत भएको जिकिर गरेका छन् ।

ओलीले आफू नेतृत्व पार्टीले कुनै गैरसंवैधानिक काम नगरेको जिकिर समेत गरेका छन् । ‘मैले पार्टी प्रमुखको हैसियतमा गरेको कार्य र पार्टीबाट भएका निर्णयहरू कानुनसम्मत् विधानको व्यवस्था अनुरुप तथा नेपालको संविधान अनुरुप भएको हुँदा राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफ ५१ तथा राजनीतिक दलसम्बन्धी नियमावली २०७४ को नियम २५ बमोजिम अभिलेखीकरण गरिदिनु हुन अनुरोध छ,’ ओलीले पत्रमा उल्लेख गरेका छन् ।

प्रधानमन्त्री ओलीले पार्टी विभाजन नभएको भन्दै आयोगलाई ध्यानाकर्षण समेत गर्न भ्याएका छन् ।

एआइजी पोखरेलको नेतृत्वमा निर्वाचन तयारी समिति

काठमाडौँ । नेपाल प्रहरीले प्रहरी अतिरिक्त महानिरीक्षक विश्वराज पोखरेलको नेतृत्वमा शान्ति सुरक्षाका लागि केन्द्रीय निर्वाचन तयारी तथा समन्वय समिति गठन गरी आवश्यक काम थालेको छ ।

पोखरेलको नेतृत्वमा बनेको उक्त समितिमा प्रहरी नायब महानिरीक्षकसहित ३७ सदस्य रहेको र आवश्यकता अनुसार अन्य प्रहरी अधिकृत तथा कर्मचारीसमेत परिचालन हुने प्रहरी वरिष्ठ उपरीक्षक वसन्तबहादुर कुँवरले जानकारी दिनुभयो ।

प्रहरी प्रवक्ता कुँवरका अनुसार समितिले निर्वाचनमा चाहिने साधन, स्रोत, आर्थिक व्यवस्थापनदेखि आवश्यक सुरक्षा रणनीतिको विषयमा तयारी गर्नेछ । यही समितिको प्रतिवेदनको आधारमा प्रहरीले नेपाल सरकारसँग निर्वाचनका लागि अपुग साधन स्रोत माग गर्नेछ ।

एक सदस्यका अनुसार समितिले हाल मौजुदा जनशक्ति, साधन स्रोतको मूल्याङ्कन, व्यवस्थापन र परिचालनका काम गर्नुका साथै थप आवश्यकता पहिचान गरेर सरकारलाई ध्यानाकर्षण गराउने छ ।

यस्तै निर्वाचनमा प्रहरी परिचालन नीति बनाएर अघि बढ्ने जनाइएको छ । अपुग साधन स्रोतको विषयमा सरकारको ध्यानाकर्षणसमेत गराउने छ । प्रहरीका निर्वाचनसम्बन्धीका हरेक गतिविधि यही समितिमार्फत हुने प्रहरीले जनाएको छ ।

यसअघि गृहमन्त्रालयले निर्वाचनको सुरक्षा रणनीति बनाएर आवश्यक तयारीमा जुट्न तीनवटै सुरक्षा निकायलाई निर्देशन दिइसकेको छ । सोहीअनुसार नेपाल प्रहरीले आवश्यक तयारीका काम थालेको हो ।(गोरखापत्रबाट)

आठ उद्यान निर्माण हुँदै

काठमाडौँ । निर्धारित समय काम सक्ने लक्ष्यका साथ अघि बढेको डिभिजन वन कार्यालयले जिल्लामा आठ उद्यान निर्माणको काम शुरुआत गरेको छ । प्रदेश सरकार उद्योग वन तथा वातावरण मन्त्रालयअन्तर्गत लमजुङमा आठ उद्यान निर्माणको काम थालेको हो ।

चालु आर्थिक वर्षको बजेटबाट डिभिजन वन कार्यालयले उद्यान निर्माण कार्यक्रम शुरु गरेको छ भने कतिपयले निर्माण सम्पन्न गरी भुक्तानीसमेत लिइसकेको डिभिजन वन कार्यालयका प्रमुख पूर्णेश्वर सुवेदीले बताए । उनका अनुसार मस्र्याङ्दी गाउँपालिकामा निर्माण भएको डा हर्क गुरुङ उद्यान र दूधपोखरीस्थित इमलपोखरी हरित उद्यानको निर्माण सम्पन्न भएको छ । यी दुवै उद्यानको बजेट रु पाँच–पाँच लाख थियो । त्यस्तै रु १० लाख बजेट रहेको राइनास नगरपालिका–३ हरित बाल उद्यान, रु पाँच–पाँच लाख बजेट रहेका बेँसीशहर–११ को मदन–आश्रित स्मृति उद्यान र दोर्दी–४ को दाम्राङ हरित उद्यान निर्माणको प्रक्रिया अघि बढेको कार्यालयले जनाएको छ ।

त्यस्तै विद्यालयतर्फ तीन विद्यालयमा पनि बाल उद्यान निर्माणको काम अघि बढाइएको छ । जसमा रु १० लाख बजेट रहेको राइनास नगरपालिका–४ स्थित सौभाग्योदय माध्यमिक विद्यालयमा हरित बाल उद्यान, रु पाँच लाखमा मस्र्याङ्दी गाउँपालिका–३ स्थित अमर माध्यमिक खुदी र रु छ लाख ९० हजारमा दूधपोखरी–२ स्थित बागेश्वरी माध्यमिकमा हरित उद्यान निर्माण अघि बढेको छ । बागेश्वरी माविमा हरित उद्यानबाहेक अन्य उद्यानको निर्माणकार्य अन्तिम चरणमा पुगेको कार्यालय प्रमुख सुवेदीको भनाइ छ । उनले भने, “वन कार्यालयका आठ उद्यानसहित चालू वर्षमा उद्यान कार्यक्रमअन्तर्गत १५ वटा कार्यक्रम रहेका छन् ।

कूल रु ९५ लाख चार हजार बजेट रहेकामा अन्य कार्यक्रममा सामुदायिक वनमा वृक्षरोपण, वर पिपलको चौतारा संरक्षण, कृषि वन प्रवद्र्धन, अनुत्पादक तथा हैसियत बिग्रिएका वन क्षेत्रमा फलफूल प्रजातिका वृक्षरोपण, शहरी सडक किनारमा वृक्षरोपण तथा हरित प्रवद्र्धन, सामुदायिक वनमा हरित उद्यान र पुरानकोट पर्यटन विकासलगायत कार्यक्रम रहेकामा अधिकांश कार्यक्रम अघि बढिसकेको डिभिजन वन कार्यालयका प्रमुख सुवेदीले बताए।

लामाहरुको संरक्षणका लागि रु पाँच लाखको अक्षय कोष स्थापना

काठमाडौँ । सङ्खुवासभाको चिचिला गाउँपालिकामा बोन्पो गुरुङ लामाको संरक्षणका लागि रु पाँच लाखको अक्षय कोष स्थापना गरिएको छ । बोन्पो लामाको संस्कृति लोप हुँदै गएकाले संरक्षण लागि विभिन्न व्यक्ति र संस्थाले रु पाँच लाखको अक्षय कोष स्थापना भएको छ ।

बोन्पो लामाको संरक्षणका लागि पूर्वप्रहरी महानिरीक्षक (आइजिपी) हेमबहादुर गुरुङ रु एक लाख कोष स्थापना गरे । चिचिलामा भएको कार्यक्रममा पूर्व (आइजिपी) गुरुङले मातापिताको नाममा रु एक लाखको चेक तमु प्ये ल्हुँ सङ्घ सङ्खुवासभाका अध्यक्ष गोवद्र्धन गुरुङलाई हस्तान्तरण गरे । उनले गुरुङहरूले आफ्नो जातीय कर्मकाण्ड गर्ने खेगीहरू संरक्षण गर्न आवश्यक रहेकोसमेत बताए ।

त्यसैगरी सङ्घ युकेबाट रु तीन लाख र हङकङबाट रु एक लाख गरी रु पाँच लाखको अक्षय कोष स्थापना भएको छ । त्यसका साथै कार्यक्रममा तमु सांस्कृतिक प्रतिष्ठान नेपालद्वारा छात्रवृत्तिसमेत वितरण गरिएको थियो । तमू प्ये ल्हुँ सङ्घले सनातन र परापूर्वकालदेखि गुरुङ जातिहरूले मनाउँदै आएका धर्मसंस्कार, संस्कृति संरक्षण र जगेर्ना गर्ने काम गर्दै आएको छ । सोहीअनुसार उनीहरुले सङ्खुवासभाको चिचिला गाउँपालिकाअन्तर्गत मत्स्यपोखरी, पोखरीगाउँ, माङमाया र ध्वजेलगायत स्थानमा रहेका बोन्पो लामाहरूको संरक्षणका लागि विभिन्न काम गर्दै आएको छ ।

चिचिला गाउँपालिकाका अध्यक्ष पासाङ नुर्बु शेर्पाले सबै जातजातिको जातीय संस्कार, संस्कृतिको संरक्षण गर्न चालिएको कदममा गाउँपालिकाले सक्दो सहयोग गर्ने बताए। उनले गएको तमु जातिको ल्होसार पर्व मनाउन पालिकाले रु दुई लाख ५० हजार विनियोजन गरेको बताउँदै सबै जातजातिको संरक्षण, संवद्र्धन र आवश्यकताअनुसार काम गर्न सदैव सहकार्य गर्ने उनको भनाइ छ ।

कार्यक्रमा सङखुवासभामा गुरुङ जातिका खेगी गुरुहरूलाई सम्मान गरिएको छ । चिचिला गाउँपालिका–१ पोखरीगाउँमा जिल्ला कार्यसमिति आयोजनामा लामा गुरुहरूलाई सम्मान गरिएको हो । गएको कात्तिक महिनादेखि पुस दोस्रो सातासम्म करिब तीन महिना गुफा बसेर निस्किएका पाँच नयाँ लामासहित लामो समयदेखि पुरोहित लामा पेशालाई नै निरन्तरता दिँदै आएका पाँच पुराना लामागुरु गरी १० जनालाई सम्मान गरिएको थियो ।

एसबिआई बैंकले शेयरधनीलाई ९.४७ लाभांश दिने

काठमाडौँ । नेपाल एसबिआई बैंक लिको २७ औँ वार्षिक साधारणसभा मिति २०७७ पौष २८ त्रिभुवन आर्मी अफिसर्स क्लब, भद्रकाली काठमाडौंमा सम्पन्न भएको छ । उक्त सभाले बैंकको आ.व. २०७६÷७७ को संचालक समितिको प्रतिवेदन, वार्षिक आर्थिक विवरण (आषाढ मसान्त २०७७ को वासलात, आ.व. २०७६÷७७ को नाफानोक्सान हिसाब र सोही अवधीको नगदप्रवाह विवरण लगायत वार्षिक आर्थिक विवरणसँग सम्बन्धित अनुसूचीहरु समेत) पारित गरेको हो ।

सभाले बैंकका शेयरधनीहरुलाई चुक्ता पूँजीमा ९.४७ प्रतिशतका दरले लाभांश (६% बोनश शेयर र ३.४७% नगद लाभांश) वितरण गर्ने प्रस्ताव समेत पारित गरेको छ । साधारणसभाले बैंकको सहायक कम्पनी “नेपाल एसबिआई मर्चेण्ट बैकिङ्ग लि.” को आ.व. २०७६÷७७ को वित्तीय विवरण सहितको एकीकृत वित्तीय विवरण समेत स्वीकृत गरेको छ ।

उक्त साधारणसभाले आ.व. २०७७÷७८ मा बैंकको लेखापरीक्षण गर्नका लागि मेशर्स एस.ए.आर. एसोयिसट्स्, चाटर्ड एकाउण्टेन्ट्स्लाई लेखापरीक्षकमा नियुक्ति तथा निजको पारिश्रमिक अनुमोदन गरेको छ । साथै, उक्त सभाले बैंकको प्रबन्धपत्र तथा नियमावलीका विविध दफा÷नियममा संशोधन गर्ने प्रस्ताव समेत पारित गरेको छ ।

उक्त सभाले बैंकको तर्फबाट अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थाहरु गाभ्ने÷गाभिने (मर्जर) वा प्राप्ती (एक्विजिसन) गर्न आवश्यक सहमति र सम्झौता गर्ने लगायत बैंक तथा वित्तीय संस्थाहरु गाभ्ने÷गाभिने (मर्जर) वा प्राप्ती (एक्विजिसन) गर्ने÷गराउने सम्बन्धमा आवश्यक कामहरु गर्न÷गराउन सक्ने अख्तियारी सञ्चालकसमितिलाई प्रत्यायोजन गर्ने प्रस्ताव समेत पारित गरेको छ ।

मेगा बैंक र नेपाल उद्यमशील महिला महासंघ बीच सहकार्य

काठमाडौँ । मेगा बैंक नेपाल लिमिटेडले विपन्नवर्ग, महिलाद्धारा सञ्चालित लघु, घरेलुका साथै साना तथा मझौला उद्यम व्यवसायहरुलाई प्रवद्र्धन गर्ने उद्देश्यले नेपाल उद्यमशील महिला महासंघसँग सम्झौता गरेको छ । सम्झौतापत्रमा बैंककी प्रमुख कार्यकारी अधिकृत अनुपमा खुञ्जेली र नेपाल उद्यमशील महिला महासंघकी अध्यक्ष देविका बुढाथोकीले हस्ताक्षर गरेकी छिन् । सम्झौता पश्चात् मेगा बैंकले महासंघसँग आवद्ध उद्यमी महिलाहरुलाई आफ्नो व्यवसाय विस्तार गर्नको लागि साना तथा मझौला कर्जा एवम् नेपाल राष्ट्र बैंकको सहुलियतपूर्ण ब्याज अनुदान कर्जा निर्देशिका र बैंकको सहुलियतपूर्ण ब्याज अनुदान कर्जा कार्यविधिको अधिनमा रही सहुलियतपूर्ण कर्जा प्रदान गर्नेछ ।

कार्यक्रममा बोल्दै बैंककी सिईओ खुञ्जेलीले महिला उद्यमीहरुलाई सहुलियतपूर्ण कर्जा बैंकका सबै शाखा कार्यालयहरु मार्फत छिटो छरितो ढंगले प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरिन । साथै महासंघकी अध्यक्ष बुढाथोकीले मेगा बैंकले महिला उद्यमशील कर्जालाई प्राथमिकताका साथ प्रवाह गर्दै आएकोले बैंकसँग सहकार्य गर्न लागेको कुरा व्यक्त गरिन । उक्त सम्झौता पश्चात् बैंकले महासंघसँग आवद्द उद्यमी महिलाहरुलाई देशभरका शाखाहरुबाट प्राथमिकताका साथ सहुलियतपूर्ण कर्जा सेवा उपलब्ध गराउने छ ।

आधाभन्दा बढी उद्योग पूर्ण सञ्चालनमा आइसकेको राष्ट्र बैंकको दाबी

काठमाडौं । कोभिड–१९ का कारण बन्द हुन पुगेका उद्योग तथा व्यवसायमध्ये करीब ५४ प्रतिशत सञ्चालनमा आएको राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकले मंगलवार कोभिड–१९ ले अर्थतन्त्रमा पारेको प्रभावसम्बन्धी प्रथम पुनरावृत्ति सर्वेक्षणको प्रतिवेदनमा अझै ९ दशमलव १ प्रतिशत उद्योग÷व्यवसायहरू सञ्चालनमा आउन नसकेको विवरण सार्वजनिक गरेको छ ।
पछिल्लो समय क्रमशः सबै प्रकारका उद्योग तथा व्यवसाय सञ्चालनमा सुधार आए पनि साना तथा मझौला उद्योग भने तुलनात्मक रूपमा कम सुधार भएको केन्द्रीय बैंकको भनाइ छ । प्रतिवेदनअनुसार अधिकांश ठूला उद्योगहरूको सञ्चालन अवस्थामा उल्लेख्य सुधार आएको छ ।

मङ्सिरसम्ममा सबैभन्दा राम्रो व्यवसाय सञ्चालन गर्नेमा विद्युत्, ग्यास तथा पानी उद्योगहरू रहेका छन् । यस अवधिमा ६६ दशमलव ६७ प्रतिशत यस्ता उद्योग पूर्ण सञ्चालनमा आएका छन् भने ३३ दशमलव ३३ प्रतिशत उद्योग सञ्चालन हुन सकेका छैनन् । त्यस्तै मङ्सिरसम्ममा ६४ दशमलव ९७ प्रतिशत थोक तथा खुद्रा व्यापार पूर्ण सञ्चालनमा छन् भने ३१ दशमलव ६४ आंशिक र ३ दशमलव ३९ प्रतिशत भने सञ्चालन हुन सकेका छैनन् । कृषि वन तथा मत्स्यपालन क्षेत्र ६३ दशमलव ६४ प्रतिशत पूरै सञ्चालन, ३३ दशमलव ३३ आंशिक र ३ दशमलव शून्य ३ प्रतिशत सञ्चालन हुन सकेका छैनन् ।

उत्पादनमूलक उद्योगहरू ४९ दशमलव शून्य ४ पूर्ण रूपमा सञ्चालित छन् भने ४२ दशमलव ३१ आंशिक सञ्चालन र ८ दशमलव ६५ प्रतिशत सञ्चालन हुन सकेका छैनन् । यस्तै, २९ दशमलव ७० प्रतिशत होटेल तथा रेस्टुराँ, ४४ दशमलव ४४ प्रतिशत निर्माण उद्योग, ५० प्रतिशत यातायात तथा भण्डारण, ३६ प्रतिशत सञ्चार, ३७ दशमलव ५० प्रतिशत रियल इस्टेट भाडा तथा व्यावसायिक क्रियाकलापहरू पूर्ण रूपमा सञ्चालनमा आएका छन् ।

शैक्षिक संगठनहरू भने सबैभन्दा कम सञ्चालनमा रहेका छन् । हालसम्म शिक्षाअन्तर्गत ११ दशमलव ३६ प्रतिशत मात्र पूर्ण सञ्चालनमा रहेका छन् । ५९ दशमलव शून्य ९ आंशिक सञ्चालनमा छन् भने २९ दशमलव ५५ सञ्चालन हुन सकेका छैनन् ।

स्वास्थ्य तथा सामाजिक कार्यहरू ५८ दशमलव ३३ प्रतिशतले सञ्चालनमा छन् । अरू क्षेत्रहरू ४९ दशमलव ३० प्रतिशतले मात्र पूर्ण सञ्चालनमा रहेको राष्ट्र बैंकको प्रतिवेदनमा उल्लेख छ ।

प्रतिवेदनले पछिल्लो समय आधाभन्दा बढी उद्योग÷व्यवसाय पूर्ण रूपमा सञ्चालनमा आएको देखाएको छ । साथै, रोजगारीको अवस्थामा समेत सुधार आई ८७ दशमलव ५१ प्रतिशत पुगेको छ ।

पुनरावृत्ति सर्वेक्षणले २०७७ असारको सर्वेक्षणको तुलनामा मङ्सिरमा उद्योगरव्यवसायको सञ्चालन स्थिति तथा उत्पादन र व्यावसायिक कारोबारमा सुधार आएको देखाएको हो । सर्वेक्षण प्रतिवेदनअनुसार कोभिड–१९ का कारण उद्योग तथा व्यवसायहरूले बजार माग घटेर कारोबारमा ह्रास आएको, सञ्चालन खर्च धान्न कठिन भएको र थप कर्जा प्राप्त गर्न कठिनाइ भएको छ ।

राष्ट्र बैंकले २०७७ कात्तिक १३ गतेदेखि २०७७ मङ्सिर २४ सम्म ५२ जिल्लाका ६ सय ७४ उद्योगीरव्यवसायीहरूका माझ सर्वेक्षण गरेको थियो ।

राष्ट्र बैंकले यसअघि जेठ २६ गतेदेखि असार १० गतेसम्म गरेको सर्वेक्षणबाट तथ्यांक संकलन गरी सोको प्रतिवेदन सार्वजनिक गरेको थियो । सो सर्वेक्षणले बन्दाबन्दीपश्चात् औसतमा ६१ दशमलव ०३ प्रतिशत उद्योग÷व्यवसायहरू सञ्चालन हुन नसकेको र ४ दशमलव १ प्रतिशत उद्योगरव्यवसायहरू मात्र पूर्ण रूपमा सञ्चालनमा रहेको देखाएको थियो । नेपालले कोरोना महामारी रोकथामका लागि चैत ११ गतेदेखि बन्दाबन्दी लगाएको थियो । संक्रमण रोकथामका लागि अपनाइएका गैरस्वास्थ्य सुरक्षासम्बन्धी मापदण्डहरूलाई क्रमशः खुकुलो बनाउँदै लगिएसँगै आर्थिक गतिविधि सञ्चालनमा सहजता आएको राष्ट्र बैंकले बताएको छ ।

प्रदेश सुशासन केन्द्रको निर्देशकमा पोखरेल

काठमाडौँ । वाग्मती प्रदेश सरकारले प्रदेश सुशासन केन्द्रको निर्देशकमा दोलखाका विमल पोखरेललाई नियुक्त गर्ने निर्णय गरेको छ । मङ्गलबार बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले चार वर्षे कार्यकालका लागि पोखरेललाई निर्देशक पदमा नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं आर्थिक मामिला तथा योजनामन्त्री कैलाश ढुङ्गेलले जानकारी दिए । यसैगरी सोही मन्त्रिपरिषद बैठकले सामाजिक विकास मन्त्रालयमार्फत मदन भण्डारी फाउण्डेशनलाई रु ५० लाख दिने निर्णयसमेत गरेको छ । विविध सामाजिक काममा खर्च गर्ने गरी फाउण्डेशनलाई रकम दिने निर्णय गरेको हो ।

यस्तै सङ्घीय समपूरक तथा विषेश अनुदानतर्फका आयोजना र कार्यक्रमहरु प्रस्ताव गर्ने, वैकल्पिक ऊर्जा प्रणाली अनुदान परिचालन, दोलखाको जिलुको एकीकृत बस्तीका लागि रु दुई करोड ४० लाख दिने, प्रदेशका स्थानीय तहलाई सशर्त अनुदान उपलब्ध गराउनेलगायतका निर्णय गरेको मन्त्री ढुङ्गेलले जानकारी दिए ।

प्रधानमन्त्री कप पुरुष क्रिकेट प्रतियोगिता

आउँदो माघ २ गतेदेखि हुने प्रधानमन्त्री कप पुरुष क्रिकेट प्रतियोगिताका लागि वाग्मती प्रदेशले टिमको घोषणा गरेको छ । उक्त टिममा मकवानपुरका चार खेलाडीसमेत अटाएका छन् । वाग्मती प्रदेशले प्रतियोगिताको क्लोज क्याम्पका लागि २५ सदस्यीय टिमको घोषणा गरेको हो । राष्ट्रिय टिमका पूर्वकप्तान पारस खड्का र कप्तान ज्ञानेन्द्र मल्ल रहेको टिममा मकवानपुरका रामनरेश गिरी, रिजन ढकाल, तक्षक सिम्खडा र विशाल फुँयाल रहेका छन् ।

पुरुष प्रधानमन्त्री कप क्रिकेट माघ २ गतेबाट त्रिभुवन क्रिकेट मैदान र मुलपानी क्रिकेट मैदानमा शुरु हुँदैछ । प्रतियोगितामा तीन विभागीय टोलीसहित सातै प्रदेशको सहभागिता रहनेछ । प्रतियोगितामा सहभागी १० टोलीलाई दुई समूहमा विभाजन गरिएको छ ।

‘एकीकृत नमूना कृषि फार्म’का लागि १६ फार्म छनोट

काठमाडौँ । ताराखोला गाउँपालिकामा एकीकृत नमूना कृषि फार्म सञ्चालनका लागि १६ कृषि फार्म र कृषक समूह छनोटमा परेका छन् । यसअघि गाउँपालिकाले फार्म सञ्चालन गर्न इच्छुक कृषक समूह र कृषि फार्मबाट प्रस्ताव माग गरेको थियो । आउँदो १५ दिनभित्र कार्यक्रम सम्झौता भई कार्यान्वयनमा जाने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद शर्माले जानकारी दिए । उनका अनुसार एकीकृत नमूना कृषि फार्मका लागि सङ्घ सरकारको रु ७० लाख र गाउँपालिकाको रु ४२ लाख बजेट छ ।

“गाउँपालिकाले ५० देखि ७० प्रतिसम्म लगानी गर्छ, बाँकी सम्बन्धित कृषक समूह र कृषि फार्मले गर्नुपर्छ”, उजले भने, “कामको प्रगति र मूल्याङ्कनका आधारमा किस्तामा अनुदान दिन्छौँ ।” एकीकृत नमूना कृषि फार्मका लागि छनोटमा पर्नेमा वडा नं १ माझखर्कको एकीकृत सामुदायिक नमूना कृषि फार्म पहिलो नम्बरमा छ । बाख्रापालनका लागि उक्त फार्मले रु १६ लाख ५० हजार अनुदान पाउनेछ ।

यस्तै वडा नं १ र २ को ताराखोला एकीकृत तरकारी उत्पादन केन्द्रका लागि रु छ लाख, वडा नं १ कै चगाडी अग्र्यानिक कृषि फार्मलाई रु तीन लाख अनुदान छुट्टाइएको छ । तरकारी खेतीमै वडा नं २ अर्गलको प्रगतिशील महिला कृषक समूहले रु तीन लाख, सोही वडामा बाख्रपालनका लागि थामी कृषक समूहले रु १३ लाख ५० हजार र वडा नं ३ हिलको घुम्टे हिल पशुपक्षी फार्मले बाख्रा, बट्टाई र स्थानीय जातका कुखुरापालनका लागि रु १२ लाख अनुदान पाउने भएको छ ।

सोही नामको अर्को फार्मका लागि बाख्रापालनमा रु नौ लाख अनुदान छुट्याइएको छ । हिलकै हर्निस बहुउद्देश्यीय कृषि फार्मले बट्टाई र स्थानीय जातका कुखुरापालनका लागि रु तीन लाख, वडा नं १, २ र ३ लाई समेटेको ताराखोला एकीकृत भेडाबाख्रा फार्मले रु पाँच लाख, वडा नं ३ को बराहखोला बाख्रा फार्मले भेडापालनका लागि रु दुई लाख र वडा नं ५ औलादीको एमएस बाख्रा फार्मले रु दुई लाख अनुदान पाउनेछ ।

वडा नं ३ को अर्खलाबोट बाख्रा फार्मले रु एक लाख, वडा नं ४ को लावाङ कृषक समूहले तरकारी खेतीका लागि रु १६ लाख, सोही वडाको तारागाउँमा रहेको ताराखोला बहुउद्देश्यीय रेम्बो ट्राउट माछा फार्मले रु १२ लाख अनुदान पाउने भएको छ । यस्तै वडा नं ५ को करिमेला कृषि तथा पशुपालन समूहलाई तरकारी खेतीका लागि रु १६ लाख र सोही वडाको मालचरी कृषक समूहलाई बाख्रापालनका लागि रु १० लाख अनुदान छुट्याइएको गाउँपालिकाले जनाएको छ ।

गाउँपालिका अध्यक्ष प्रकाश घर्तीले कृषिको व्यावसायीकरणका लागि एकीकृत नमूना कृषि फार्मको योजना ल्याइएको बताए । “यो कार्यक्रमले कृषिको व्यावसायिक उत्पादन बढ्नुका साथै स्थानीयवासीलाई आयआर्जनसँग जोड्छ, रोजगारी पनि सिर्जना गर्छ”, उनले भने ।

नेपालमा मल खरिद गर्ने शैलुङ इटरप्राइजेज र मुक्तिनाथ कृषि कम्पनी कारवाहीमा

काठमाडौं । कृषि सामग्री कम्पनी लिमिटेडले शैलुङ इन्टरप्राइजेज र मुक्तिनाथ कृषि कम्पनीलाई कारवाही गरेको छ । रासायनिक मल खरिदको सम्झौता गरेर तोकिएको समयमा मल नल्याएको भन्दै दुवै कम्पनीलाई कारवाही गरिएको हो ।

कृषि सामग्री कम्पनी सञ्चालक समितिको सोमबार बसेको बैठकले दुवै कम्पनीको धरौटी रकम जफत गरेर कालोसूचीमा राख्न सार्वजनिक खरीद अनुगमन कार्यालयलाई सिफारिस गर्ने निर्णय भएको कम्पनीका प्रबन्ध सञ्चालक नेन्द्रबहादुर भण्डारीले जानकारी दिए । उनका अनुसार सम्झौता अवधि सकिँदासम्म मल खरिदको कुनै आधार तथा प्रमाणमा विश्वासयोग्य नभएपछि कारवाही गरिएको हो ।

२५ हजार मेट्रिक टन युरिया र २० हजार मेट्रिक टन डिएपी मल गरी ४५ हजार मेट्रिक टन रासायनिक मल खरिदको जिम्मा पाएको मुक्तिनाथ कम्पनीको गत मङ्सिरमा सम्झौता अवधि सकिएको थियो । सम्झौता अवधि सकिएपछि कृषि कम्पनीले मुक्तिनाथलाई ५४ दिनको अवधि थप गरेको थियो तर थपिएको अवधिमा समेत मल खरिदको प्रक्रिया शुरु नगरेपछि कारवाही गरिएको उनले जानकारी दिए ।

कृषि सामग्री कम्पनी लिमिटेडले मुक्तिनाथसँग रासायनिक मल खरिद गर्न गत साउन १८ गते दुवै ठेक्कामा सम्झौता गरेको थियो । नियमानुसार सम्झौता गरेको १०७ दिनभित्र तोकिएको परिमाणमा रासायनिक मल खरिद गरिसक्नुपर्ने हुन्छ । मुक्तिनाथ कम्पनीले धरौटी राखेको नौ करोड ३१ लाख ३२ हजार रकम जफत गर्दै कालोसूचीमा राख्न सिफारिस गर्ने निर्णय गरेको हो ।

यसअघि दुई वटा ठेक्कामा कारवाही गरिएको शैलुङलाई पुनः तेस्रो ठेक्कामा समेत कारवाही गरिएको छ । कृषि कम्पनीका प्रबन्ध सञ्चालक भण्डारीका अनुसार पुस पहिलो साता २५ हजार मेट्रिक टन युरिया मल खरिद गर्न गत साउनमा सम्झौता भएको थियो । सो कम्पनीले समेत सम्झौता अवधिमा मल खरिद गर्न नसकेपछि धरौटी राखेको रु चार करोड ९२ लाख जफत गरेर कालोसूचीमा राख्न सिफारिस गरिएको हो ।

एक लाख मेट्रिक टन रासायनिक मल खरिद गर्न विभिन्न समयमा आह्वान गरिएको अन्तर्राष्ट्रिय बोलपत्रअनुसार तीन वटा कम्पनी छनोट गरिएको थियो । तीनवटा कम्पनी छ वटा ठेक्कामार्फत रासायनिक मल खरिदमा संलग्न भए पनि कुनै पनि कम्पनी मल खरिदमा सफल हुन सकेनन् । मल खरीदमा तीन वटा ठेक्का पाएको ९सबैभन्दा धेरै० शैलुङले ८० हजार मेट्रिक टन, होलीको मल्टिपल कम्पनीले २५ हजार र मुक्तिनाथ कृषि कम्पनीले ४५ हजार मेट्रिक टन गरी रु छ अर्ब बढीको ठेक्का पाएका थिए ।

कुन कम्पनीलाई कतिको ठेक्का

कृषि सामग्री कम्पनीका अनुसार शैलुङले पहिलोपटक गत साउनमा २५ हजार मेट्रिक टन युरिया ल्याउन रु ९३ करोड ४८ लाख ८० हजार, दोस्रो पटक गत कात्तिकमा ३० हजार टन युरिया ल्याउन रु एक अर्ब नौ करोड २० लाख ५६ हजार ७०० र तेस्रो पटकमा २५ हजार मेट्रिक टन युरिया ल्याउन रु ९४ करोड छ लाख ९३ हजार ७०० गरी रु दुई अर्ब ९६ करोड ७६ लाख बढीको ठेक्का पाएको थियो ।

यसैगरी मुक्तिनाथ कृषि कम्पनीले २५ हजार मेट्रिक टन युरिया ल्याउन रु एक अर्ब दश करोड ४८ लाख २३ हजार र २० हजार मेट्रिक टन डिएपी ल्याउन रु ७५ करोड २५ लाख ५५ हजार गरी रु एक अर्ब ७५ करोड ७३ लाख बढीको ठेक्का पाएको थियो । होनिको मल्टिपलले २५ हजार टन युरिया मल ल्याउन रु ९३ करोड २५ लाख रुपैयाँको ठेक्का हात पारेको थियो ।

आज एकै दिन ३२ कम्पनीले साधारण सभा गर्दै, कुनको कहाँ र कतिबेला?

काठमाडौं । आज एकैदिन ३२ ओटा कम्पनीले साधारण सभा गर्न लागेका छन् । नेप्सेमा सूचीकृत कम्पनीले पुस मसान्तभित्रमा साधारण सभा गरी सक्नुपर्ने भएकाले समयावधिको अन्यतिर यसरी लोड हुन आएको हो । आज आठ ओटा वाणिज्य बैंक, आठ ओटै लघुवित्त कम्पनी, सात ओटा वित्त कम्पनी, दुई ओटा जलविद्युत् कम्पनी, दुई ओटा विकास बैंक, नेपाल पुनर्बीमा कम्पनी, हाइड्रो इलेक्ट्रिसीटी, चन्द्रागिरी हिल्स, हिमालयन डिष्टीलरी र सोल्टी होटलले साधारण सभा गर्न लागेका हुन् । कारोना महामारीका कारण सबै कम्पनीको साधारण सभा भर्चुअल माध्यमबाट हुनेछ ।

कम्पनीले प्रस्ताव गरेको लाभांश लगायत अन्य प्रस्ताव र साधारण सभा गर्ने स्थान र बुक क्लोजको मिति निम्न बमोजिम छः

पल्सर स्पोर्टस् अवार्डः गौरीका र मण्डेकाजी वर्षको उत्कृष्ट खेलाडी

काठमाडौँ । नेपाल खेलकूद पत्रकार मञ्चले आयोजनाको गरेको ‘एनएसजेफ पल्सर स्पोर्टस् अवार्ड’मा वर्षको उत्कृष्ट पुरुष तथा महिला खेलाडीको अवार्ड पौडीकी गौरीका सिंह र करातेका मण्डेकाजी श्रेष्ठले जितेका छन् । विसं २०७६ मा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकूद प्रतियोगितामा गरेको प्रदर्शनका आधारमा दुवै जना उत्कृष्ट खेलाडीका रूपमा घोषित भएका हुन् ।

गौरीकाले करातेकी अनु अधिकारी, तेक्वान्दोकी आयशा शाक्य, एथलेटिक्सकी सन्तोषी श्रेष्ठ तथा ट्रायथलनकी सोनी गुरुङलाई पछि पार्दै उत्कृष्ट खेलाडीको अवार्ड जितेका हुन् । गौरीकाले १३औँ दक्षिण एशियाली खेलकूद (साग) मा चार स्वर्ण, दुई रजत र तीन कास्य पदक गरी नौ पदक जितेका थिए । उनले सागमा सर्वाधिक स्वर्ण जित्ने तेक्वान्दोका दीपक विष्टको कीर्तिमानसँग बराबरी गरेका थिए । गौरीकाले आठौँ राष्ट्रिय खेलकूदमा १२ स्वर्ण पदक जितेका थिए । गौरीकाले कम उमेरमा ओलम्पिक खेल्ने कीर्तिमानसमेत बनाएका थिए । उनले जापानको टोकियो ओलम्पिक खेल्ने पक्का भइसकेको छ ।

मण्डेकाजीले गल्फका सुवास तामाङ, तेक्वान्दोका कमल श्रेष्ठ, एनलेटिक्सका गोपीचन्द्र पार्की तथा फुटबलका विकेश कुथुलाई उछिन्दै उक्त अवार्ड जितेका हुन्। यी सबै खेलाडीले गत वर्ष नेपालमा सम्पन्न १३औँ दक्षिण एशियाली खेलकूद (साग) मा स्वर्ण पदक जितेका थिए । उक्त प्रतियोगितामा मण्डेकाजीले करातेतर्फ टिम काता र एकल गरी दुई स्वर्ण पदक जितेका थिए । उनले आठौँ राष्ट्रिय खेलकूदमा एकल कातामा स्वर्ण तथा टिम कातामा रजत जितेका थिए ।

महिला भलिबल टोली वर्षको उत्कृष्ट घोषित

नेपाली राष्ट्रिय महिला भलिबल टोली वर्ष २०७६ को उत्कृष्ट टोली घोषित भएको छ । नेपाल खेलकूद पत्रकार मञ्च ९एनएसजेएफ०ले आयोजना गरेको पल्सर स्पोर्ट्स अवार्ड २०७६ मा महिला भलिबल टोलीले टिम अफ दि इयरको अवार्ड जित्न सफल भएको हो ।

गत वर्ष महिला भलिबलमा नेपालले ऐतिहासिक सफलता प्राप्त गरेको थियो । बङ्गलादेशमा आयोजना भएको प्रथम एभिसी महिला सिनियर सेन्ट्रल जोन भलिबल प्रतियोगितामा नेपाली महिला टोलीले उपाधि जितेको थियो । उक्त टोलीको प्रशिक्षक जगदीशप्रसाद भट्ट रहेका थिए । सो प्रतियोगितामा नेपालले खेलेका सबै छ खेलमा विजयी भएको थियो । यस्तै गत वर्ष नेपालमै सम्पन्न १३औँ दक्षिण एशियाली खेलकूद (साग) मा ऐतिहासिक रजत पदक प्राप्त गरेको थियो । महिला भलिबल टोली फाइनलमा भारतसँग पराजित भएको थियो । नेपाली महिला टोलीले सागमा पहिलोपटक रजत पदक प्राप्त गरेको हो । निकै प्रतिस्पर्धात्मक खेलमा नेपाल भारसँग ३–२ सेटले हार व्योहोर्न पुगेको थियो ।

पिपल्स च्वाइसको अवार्ड भलिबलकी अरुणालाई

भोटिङका आधारमा भएको पिपल्स च्वाइस अवार्डको उपाधि भलिबलकी कप्तान अरुणा शाहीले जिते । उनले सर्वाधिक मत प्राप्त गर्दै उक्त अवार्ड जितेका हुन् । अरुणाले कूल ३७ दशमलव ५२ प्रतिशत प्राप्त गरेका हुन् । उक्त विधातर्फ दोस्रो स्थानमा सागमा करातेमा दोहरो स्वर्ण पदक जित्नुभएका मण्डेकाजी श्रेष्ठ रहे। उनले २८ दशमलव ४५ प्रतिशत मत प्राप्त गरे। तेस्रो स्थानमा बास्केटबलकी कप्तान सदिना श्रेष्ठ रहे । उनले १३ दशमलव १३ प्रतिशत मत प्राप्त गरे । चौथो स्थानमा रहेकी पौडीकी गौरीका सिंहले १३ दशमलव तीन प्रतिशत तथा पाँचौँ स्थानमा रहेभएकी महिला फुटबल टोलीकी स्ट्राइकर सावित्रा भण्डारीले सात दशमलव दुई प्रतिशत मत प्राप्त गरे। अरुणालाई उक्त अवार्ड जिताउनका लागि पोखरामा अभियान नै शुरु गरिएको थियो ।

पोखरामा पुरुष भलिबल प्रतियोगिताको समेत आयोजना गरिएको थियो । सागमा नेपालले रजत पदक जित्दा शाहीले उत्कृष्ट कप्तानीको भूमिका निर्वाह गरेका थिए । यस्तै बङ्गलादेशमा सम्पन्न एभिसी सेन्ट्रल जोन महिला भलिबल प्रतियोगिताको उपाधि जित्दा पनि उनले नै कप्तानी गरेका थिए ।

यसैगरी उत्कृष्ट युवा खेलाडीको अवार्ड गल्फका सुवास तामाङले जिते। उनले सागमा दुई स्वर्ण पदक जितेका थिए । सुवासले तेक्वान्दोका भूपेन श्रेष्ठ र सिना मादेन लिम्बू, भारत्तोलनकी सञ्जु चौधरी तथा जुडोकी पुनम श्रेष्ठलाई पछि पारेका हुन् ।

यसैगरी एउटै खेलबाट सर्वाधिक १२ स्वर्ण पदक दिलाउने तेक्वान्दोका प्रमुख प्रशिक्षक नवीनकुमार श्रेष्ठ उत्कृष्ट प्रशिक्षक घोषित भए । उनले करातेका प्रमुख प्रशिक्षक मदनकुमार उप्रेती, उसुका अमरकुमार थिङ, बक्सिङका प्रकाश थापामगर र पौडीका शङ्कर कार्कीलाई उछिन्दै उक्त अवार्ड जितेका हुन् ।

टेवलटेनिसका ऐतिहासिक पदक विजेताद्वय गीता क्षेत्री र सिजरिन शाहलाई लाइफटाइम अचिभमेन्ट अवार्डबाट सम्मानित गरियो । दुवै जना सन् १९९१ मा आयोजित पाँचौँ दक्षिण एशियाली खेलकूदका स्वर्ण विजेता हुन् । नेपाली महिला खेलाडीले सागमा जितेको त्यो नै पहिलो स्वर्ण पदक थियो ।

यस वर्षको स्पेसल अवार्ड एथलेटिक्सकी सन्तोषी श्रेष्ठ तथा तेक्वान्दोकी आयशा शाक्यले संयुक्तरूपमा प्राप्त गरे । दुवै जना १३औँ सागका स्वर्ण विजेता हुन् । उनीहरु आ–आफ्नो खेलका लागि विशेष पदक जित्ने कीर्तिमानी खेलाडी पनि हुन् । सन्तोषीले सागमा महिला १० हजार मिटर दौडमा नेपाललाई ऐतिहासिक स्वर्ण पदक दिलाएका थिए । यस्तै आयशाले १३औँ सागमा दुई स्वर्ण पदक जितेका थिए । उनले तेक्वान्दोको पुम्सेतर्फ एकल तथा टिम स्पर्धामा स्वर्ण जितेका हुन् ।

पारा एथ्लिट अवार्डबाट यस वर्ष ह्वीलचियर बास्केटबल तथा क्रिकेट खेलाडी दिगमसिंह चेम्जोङलाई सम्मान गरिएको छ । हरेक वर्षको विश्व खेलकूद पत्रकार दिवस, जुलाइ २ मा आयोजना गरिँदै आएको अवार्ड कोरोना महामारीका कारण यस वर्ष छ महिनापछि धकेलिएको हो । हंशराज हुलासचन्द एण्ड कम्पनीको मुख्य प्रायोजन रहेको अवार्डका वर्ष खेलाडी पुरुष, महिला, युवा खेलाडी तथा वर्ष प्रशिक्षकका विजेताले पल्सर मोटरसाइकल पुरस्कारस्वरुप प्राप्त गरे । अन्य विधाका विजेताले भने जनही रु ५० हजार पुरस्कार प्राप्त गरेका छन् ।

दश विधामा अवार्ड प्रदान गरिएको हो । वर्षको उत्कृष्ट पुरुष, महिला र युवा खेलाडी, उत्कृष्ट प्रशिक्षक, स्पेसल, लाइफटाइम अचिभमेन्ट, पिपुल्स च्वाइस, प्यारा एथलिट सम्मान, टिम अफ द इयर तथा अन्तर्राष्ट्रिय खेलकुद पत्रकारिता अवार्ड समावेश गरिएको थियो । ललितपुरको सातदोबोटोस्थित कराते हलमा कोरोना भाइरसको महामारीका कारण उक्त कार्यक्रम सेमी भर्चुअलका रूपमा आयोजना गरिएको थियो ।

क्लासिक टकले लियो दुईमहिने बोनस सहितको विशेष अफर

काठमाडौँ । काठमाडौं नेपालको अग्रणी र ठूलो नेटवर्क सेवा प्रदायक कम्पनी क्लासिक टेकले सेवाग्राहीका लागि विशेष अफर ल्याएको छ ।

हरेक ग्रहक ले रु २ हजार ८ सय १६ देखि रु ४ हजार १ सय ३० क्यास डिस्काउन्ट र २ महिना बोनस पाउने छन् ।

कम्पनीले यो अफर अनलाईन मार्फत रिचार्ज गर्नेहरुका लागि उपलब्ध गराएको हो ।

कोरोना ९कोभिड १९० भाइरसका कारण ग्राहकहरुकै सुरक्षालाई ध्यानदिँदै यस्तो योजना ल्याएको कम्पनीले जनाएको छ ।

उत्कृष्ट तथा गुणस्तरिय सेवा प्रवाह गरिहेको कम्पनीले अहिले विभिन्न किसीमका रिचार्ज सुविधामा ‘महा छुट अफर’दिएको छ ।

सहज र उत्कृष्ट सेवा प्रवाह गर्दै ग्राहकहरुको मन जित्न सफल कम्पनीले ग्राहकहरुको फाइदा सुविधाका लागि विभिन्न समयमा छुट तथा बोनस अफर ल्याउने गर्दछ । यस्तो उत्कृष्ट प्याकेजमा अफरहरुले ग्राहकहरुलाई थप आर्थिक लाभ मिल्ने छ ।

ग्राहकले एक वर्षको शुल्क एकमुष्ट अनलाईन मार्फत भुक्तानी गर्दा जम्मा रकमको २० प्रतिशत छुट (डिस्काउन्ट) पाउँछन् भने, २ महिनाको प्लस बोनस सेवा उपलब्ध हुनेछ । त्यस्तैगरी ६ महिनाको रिचार्ज शुल्क भुक्तानी गर्ने ग्राहकले १५ प्रतिशत डिस्काउन्ट पाउनुका साथै १ महिनाको बोनस सेवा उपलब्ध छ ।

यो भनेको ग्राहकले ६ महिनाको शुल्कतिर्दा थप एक महिना सेवाउपलब्धहुनु हो । तीनमहिनाको प्याकेजमा रिचार्ज गर्दा ग्राहकले १० प्रतिशत डिस्काउन्ट पाउनेछन् । १ महिनाको रिचार्ज गर्दा ५ प्रतिशत क्यास डिस्काउन्ट दिएको छ।

कम्पनीकाअनुसार ग्राहकले जुनसुकै रिचार्ज गर्दा पनिआई पि टिभी एच डि तथा एस डि नलउपलब्ध गराएको छ । ‘ल्यागफ्रि गेमिङ’, ‘भिडिओ स्ट्रिङमिङ’एकदमै राम्रो उत्कृष्ट रहेको क्लासिक टेकको सेवामा देशका प्रमुख शहरहरुमा सजिलै उपलब्ध छ ।

त्यस्तै, ग्राहकहरुले साधरण शुल्कमा आफ्नो राउटर एक्सचेन्ज पनि गर्न सक्नेछन् । कसैलाई सेवा रिफर गर्नुभए कम्पनीले सेवामा थपबोनस उपलब्धगरेको छ । जहाँ एक वर्षको योजनामा तपाईले २ महिना निशुल्क बोनस पाउनुहुनेछ भने ६ महिनाको योजनामा १ महिना थप सेवा बोनस हुनेछ ।

त्यस्तै, कम्तिमा ३ महिनाको सेवा लिएको भए तपाईले १५ दिनको बोनस पाउने छ । यो विशेष अफर नछुटाउन कम्पनीका प्रमुख सेल्स एण्ड मार्केटिंग अफिसर बिनय अधिकारीले ग्रहकहरुलाई अनुरोध समेत गरेका छन् ।

३० खर्ब ५४ अर्ब पुग्यो बजार पूँजीकरण

काठमाडौँ । हरेक दिन नयाँ–नयाँ रेकर्ड राख्दै अगाडि बढेको धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक आज पनि दोहोरो अङ्कले उकालो लागेको छ ।

नेप्सेको वृद्धिसँगै नेपालको शेयर बजारको इतिहासमा आज हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । यस्तै बजार पूँजीकरण पनि रु साढे ३० खर्बको हाराहारीमा पुगेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से २८.३१ बिन्दुले उकालो लागेर दुई हजार २६७.७३ मा पुगेको छ । यस्तै ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक ३.८९ ले वृद्धि भई ४३३.२८ मा पुगेको छ । कूल २०२ कम्पनीको एक करोड ३५ लाख ३१ हजार २२७ कित्ता शेयर रु चार अर्ब ९८ करोड २३ लाख ९१ हजार ८९७ मूल्यमा खरिद बिक्री भए ।

नेप्सेमा देखिएको दोहोरो अङ्कको वृद्धि पछि आज कूल बजार पूँजीकरण रु ३० खर्ब ५४ अर्ब ५३ करोड ८८ लाख ३० हजार पुगेको छ । मुलुकको कूल ग्राहस्थ उत्पादन र बजार पूँजीकरणको आकार करिब–करिब उस्तै हुने क्रममा पुगेको छ ।

कारोवार भएका कूल १२ उपसमूहमध्ये आज व्यापार उपसमूहको मात्रै शेयर ओरालो लागेको छ । व्यापार १५.४ ले ओरालो लाग्दा बैंकिङ १४.५४, होटल ९।९३, विकास बैंक १९.४, जलविद्युत् ६०.९१, वित्त २३.१४, निर्जीवन बीमा २७३.२७, उत्पादन ६.८९, अन्य ६.४८, लघुवित्त ५३.१९, जीवन बीमा ३७६ र सामूहिक लगानी कोष ०.१ विन्दुले उकालो लागेको छ । कारोवारका आधारमा आज प्रिमियर इन्स्योरेन्स शीर्षस्थानमा रहेको छ । सो कम्पनीको रु २९ करोड छ लाख ३४ हजार ४७० बराबरको कारोबार भई शीर्षस्थानमा रहे ।

यस्तै, प्रभु बैंक रु १६ करोड आठ लाख ६५ हजार ६६७, माथिल्लो तामाकोशी रु १५ करोड ७१ लाख १३ हजार ८८२, नेपाल लाइफ इन्स्योरेन्स रु १५ करोड ५५ लाख ८१ हजार २३३, नेशनल लाइफ इन्स्योरेन्स रु १४ करोड ९७ लाख २२ हजार ५३१, सिभिल बैंक रु १४ करोड एक लाख ३० हहजार ८४१, नेपाल पुनर्बीमा कम्पनी रु १३ करोड २२ लाख ७६ हजार , एनआइसी एशिया बैंक रु १२ करोड ३८ लाख ३३ हजार ४२०, नेपाल दूरसञ्चार कम्पनी रु १२ करोड २२ लाख ८० हजार ५३० र लुम्बिनी जनरल इन्स्योरेन्सका लगानीकर्ताले रु १० करोड तीन लाख ३४ हजार १४९ बराबरको कारोवार गर्दै शीर्षस्थानमा रहे ।

कारोवार भएका कम्पनीहरुमध्ये १२९ कम्पनीको शेयर उकालो लागेको छ । यस्तै ३२ कम्पनीको शेयर ओरालो लाग्दा १५ कम्पनीको शेयरमा भने कुनै परिवर्तन भएन । कारोवारका आधारमा आइएमई जनरल इन्स्योरेन्स १०, आरम्भ चौतारी लघुवित्त ९.९८, कर्पोरेट डेभलपमेन्ट बैंक ९.९३, युनाइटेड फाइनान्स ९.९०, माथिल्लो तामाकोशी ९.८९, प्रभु लाइफ इन्स्योरेन्स ९.७८, समृद्धि फाइनान्स ९.७०, गुर्खाज फाइनान्स ९.०५, नारायणी डेभलपमेन्ट बैंकका शेयरधनीले ८.५१ प्रतिशतले गुमाए । यसैगरी नेपाल हाइड्रो ३.७८, प्रिमियर इन्स्योरेन्स २.२९, सिभिल लघुवित्त २.२२, एनएमबी पचास १.८६, तारागाँउ रिजेन्सी होटल १.६३, युनिलिभर नेपाल १.४२, नेपाल फाइनान्स १.२१ र आरएमडिसी लघुवित्तका लगानीकर्ताले १.२० प्रतिशतले गुमाए ।