भरतपुरको पूरक बजेट पारित

काठमाडौँ । भरतपुर महानगरपालिकाको सातौँ नगरसभाले रु ५६ करोड ४२ लाख २५ हजारको पुरक बजेट पारित गरेको छ । आर्थिक वर्ष २०७७÷७८ मा रहेको सो बजेटसहित रु चार अर्ब ७२ करोड सात लाख १४ हजार बजेट विनियोजन भएको हो ।

यसअघि छैटौँ नगरसभाले रु चार अर्ब १५ करोड ६४ लाख ८९ हजार बजेट विनियोजन गरेको थियो । नगरसभापछि आज आयोजित पत्रकार सम्मेलनमा सातौँ नगरसभामा पूरक बजेट ल्याइएको जानकारी दिइएको हो । महानगरले अहिले १३० आयोजना सम्झौता भई कार्यान्वयनको चरणमा रहेको र गत आर्थिक वर्षमा ११८ आयोजनामध्ये ९० आयोजना सम्पन्न भइसकेको बताएको छ । अन्य आयोजना निर्माण सम्पन्न हुने क्रममा रहेको जानकारी दिइएको थियो ।

महानगरले सात आयोजनालाई गौरवको आयोजनाका रूपमा अघि सारेको सो अवसरमा जानकारी दिइयो । जसमा भरतपुर मेट्रो प्लाजा, गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला, नारायणी नदी किनारमा सि बिच मोडलमा विकास, यातायात कार्यालय स्थापना, खानेपानी आयोजना, मेयरसँग महिला तथा जोखिममा परेका समुदायसँग मेयर, कृषि विकासका लागि यान्त्रीकीकरण रहेको सो अवसरमा जानकारी दिइयो ।

महानगरको सक्रियता र समन्वयमा हुलाकी सडकको स्तरोन्नति, भरतपुर विमानस्थल विस्तार, चौबीसकोठी–मेघौली सडकखण्ड निर्माण र मर्मत, सिटीहल निर्माण, पुलचोक–गोन्द्राङ छ लेन सडक निर्माण, स्मार्ट सडकबत्ती जडान, महानगरीय रिङरोड निर्माणजस्ता काम भइरहेको पत्रकार सम्मेलनमा महानगर प्रमुख रेनु दाहालले जानकारी दिए । सडक निर्माणतर्फ महानगरले गएको तीन वर्षमा १८५ किलोमिटर सडक नयाँ कालोपत्र गरेको छ भने १७५ किलोमिटर कालोपत्र मर्मत र पुनः कालोपत्र गर्ने काम गरेको दाहालले जानकारी दिए । यस्तै प्रदेश र सङ्घीय सरकारको बजेटबाट ९० किमी सडक कालोपत्र गरिएको र २१ किमी कालोपत्र मर्मत गरिएको छ । यसैगरी ४०० किमी सडकमा ग्राबेल, एक किमी सडकमा ढलान गरिएको सो अवसरमा जानकारी दिइयो ।

महानगरभित्रको ९५ किमी रिङरोड र लिङ्करोडको काम अघि बढेको दाहालले बताउनुभयो । हालसम्म महानगरभित्र १८ वटा वडाको कार्यालय निर्माण र मर्मत गरिएको, चालु आर्थिक वर्षको हालसम्म १२ हजार ८७ पशुमा कृत्रिम गर्भाधान गराइएको, कक्षा ११ र १२ मा विज्ञान विषय अध्यापन गर्ने विद्यार्थी सङ्ख्याका आधारमा पाँच विद्यालयलाई विद्यालय बस खरिदका लागि रु २०÷२० लाख बजेट विनियोजन गरिएको सो अवसरमा जानकारी दिइएको थियो ।

कोरोना कहरको समयमा कोरोना अस्पताल सञ्चालनका लागि अनुदान, आइसोलेसन व्यवस्थापन र क्वारेन्टिन व्यवस्थापनका लागि रु चार करोड खर्च भएको महानगरले जनाएको छ । यस्तै महानगरले साउनदेखि मङ्सिर मसान्तसम्म इन्धनमा रु ४२ लाख, सवारी साधन मर्मतमा रु २१ लाख र घर जग्गा भाडावापत रु १५ लाख १९ हजार खर्च गरेको छ ।

दाहालले महानगरको दिगो विकासका लागि केन्द्रको राजनीतिक अस्थिरताले असर नगर्ने बताए । सबै वडा अध्यक्षसँग समन्वय गरेर विकास कार्यक्रम अघि बढाइएको उनको भनाइ थियो । महानगरका आयोजनामा सबै गुरुयोजनाअनुसार काम भइरहेको उनले जानकारी दिए । सङ्घीय सरकार र प्रदेश सरकारसँगको समन्वयमा काम अघि बढिरहेको भन्दै उहाँले कृषि क्षेत्रको उत्थानका लागिसमेत महानगर लागिपरेको बताए।

नियम विपरित लाभांस वितरण गरेपछि सिभिल लघुवित्त वित्तीय संस्थाको सेयर करोबार रोक्का

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्स) ले सिभिल लघुवित्त वित्तीय संस्थाको सेयर करोबार रोक्का गरेको छ । नेप्सेका अनुसार संस्थाले सेयर कारोबार भइरहेको समयमा लाभांस घोषणा गरेको भन्दै कारोबार रोक्का गरेको छ ।

संस्थाले कारोबार भइरहेको समयमा सेयरधनीहरुलाई आर्थिक वर्ष २०७६/२०७७ को मुनाफाबाट ३.५ प्रतिशत बोनस र कर प्रयोजनका लागि ०.१८ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको थियो ।

धितोपत्र सूचीकरण विनियमावली–२०७५ को विनियम २२(१) (घ)मा भएको व्यवस्था बमोजिम धितोपत्र मूल्यमा प्रभाव पार्ने सूचना, जानकारी तथा निर्णय भएमा सोही दिन वा भोलिपल्ट कारोबार खुल्नु अघि नेप्सेमा पेश गर्नुपर्ने छ ।

संस्थाले उक्त विनियमावलीमा भएको व्यवस्था पालना नगरेकाले विनियमावलीको विनियम १६ (ख) मा भएको व्यवस्था अनुरुप तीन दिन भित्र के कारणले समयमा नै जानकारी दिन नसकेको हो स्पष्टिकरण पेश गर्न नेप्सेले निर्देशन दिएको छ ।

६० प्रतिशत हिस्सा माधव नेपालको पोल्टामा

काठमाडौँ । नेकपाको प्रचण्ड–नेपाल पक्षले एक साताभित्र पार्टी एकता टुंग्याउन भन्दै गठन गरेको कार्यदललाई दिइएको समयसीमा आइतवार सकिए पनि विधि र मापदण्डका बारेमा ठोस प्रस्ताव भने तयार भएका छैनन् ।
गत पुस २० गते एकताका काम तत्काल पूरा गर्ने उद्देश्यले नेकपाले सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, जनार्दन शर्मा, बेदुराम भुसाल, गिरिराजमणि पोखरेल, पम्फा भुसाल, वर्षमान पुन, गोकर्ण विष्ट, मातृका यादव र शक्ति बस्नेत सम्मिलित कार्यदल गठन गरेको थियो ।

पार्टी कार्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकले तत्काल सुझाव दिन कार्यदललाई म्यान्डेट दिएको थियो ।

एकताको विधि र मापदण्डका बारेमा सुझाव दिन गठित कार्यदललाई दिइएको एक साताको समय घर्किँदा पनि प्रस्ताव तयार हुन सकेको छैन ।

कार्यदलको बैठक मंगलवार आज पनि बसेको छ । नेता माधव नेपालले आफुहरु निरन्तर लागिरहेको सम्पत्ति न्यूजलाई बताउनु भयो,उहाँले भन्नु भयो ‘हामी निरन्तर बैठक बसिरहेका छौं । एकताको मापदण्डका बारेमा छलफल गरिरहेका छौं । सर्वमान्य प्रस्ताव तयार हुन अझै केही दिन लाग्ला ।’

ओली समूहमा गएकाहरूको ठाउँमा नेपाल पक्षलाई मनोनयन ?

पोखरेलले प्रदेश, जिल्ला र अन्य सबै तहमा पार्टी विभाजनपछि खाली रहेका पदहरूमा पूर्व समूहबाटै परिपूर्ति गर्नेबारे छलफल भइरहेको बताए ।

कार्यदलले ओली समूहमा लागेका नेता कार्यकर्ताको ठाउँमा नेपाल पक्षका नेतालाई जिम्मेवारी दिने मोटामोटी सहमति गरेको छ ।

त्यसो हुँदा जनवर्गीय संगठन र विभागको नेतृत्व तथा प्रदेश, जिल्ला तथा स्थानीय तहको नेतृत्वमा विभाजन अघिको नेकपाको जस्तै पूर्व एमाले ६० र पूर्व माओवादी ४० को अनुपातमा हुने देखिन्छ ।

एकता प्रक्रियामा पूर्व एमाले ६० र पूर्व माओवादी ४० प्रतिशतको अनुपात कायम गरिएको थियो ।

ुखाली रहेका पदहरूमा पूर्व समूहबाटै परिपूर्ति गर्ने सिद्धान्तका बारेमा छलफल भइरहेको सदस्य गिरिराजमणि पोखरेलले भने, ‘तर कुनै ठाउँमा विशिष्टताको पनि ख्याल हुन्छ । पार्टी कमिटी समावेशी पनि बनाउनुपर्छ । त्यसैले मापदण्डमा पर्न सक्ने सबै विषयहरू छलफलका लागि प्रस्तुत भएका छन् ।’

उनले एकताको मापदण्ड बनाउने विषयमा आफ्नो पक्षमा कुनै मतभेद नरहेको दाबी गरे ।

त्यस्तै पार्टी विभाजनपछि जिल्ला कमिटीका बहुमत इञ्चार्ज, अध्यक्ष र सचिव प्रचण्ड–नेपाल पक्षमा देखिन्छन् । ८३ जिल्ला इञ्चार्जमध्ये ५६ जना प्रचण्ड(नेपाल पक्षमा खुलेका छन् भने करीब २० इञ्चार्ज ओली पक्षमा देखिएका छन् ।

महानगर कमिटीलाई पनि जिल्ला वा सो सरह मानेर बाँडफाँड गरिएको थियो । ७७ जिल्ला र ६ वटा महानगर गरी ८३ वटा जिल्ला कमिटी बनाइएको थियो ।

त्यस्तै जिल्लाका बहुमत अध्यक्ष र सचिव पनि प्रचण्ड–नेपाल पक्षमै लागेका छन् ।

प्रचण्ड(नेपाल समूहमा ४५ जिल्ला अध्यक्ष खुलेर लागेका छन् भने ६० भन्दा बढी सचिव छन् ।

पार्टी एकीकृत रहँदा अध्यक्ष ओलीले नेपाल समूहले नेतृत्व गरेका अधिकांश जिल्ला प्रचण्ड समूहलाई दिएका थिए । त्यसैले अहिले प्रचण्ड(नेपाल पक्षमा अध्यक्षभन्दा बढी सचिवहरूको बाहुल्यता भएको हो ।

एकीकरण प्रक्रियामा पूर्व एमालेले अध्यक्ष पाएको जिल्लामा पूर्व माओवादी सचिव हुने व्यवस्था गरिएको थियो । ओलीका पक्षमा ३१ जिल्ला अध्यक्ष र १३ सचिव खुलेका छन् । अध्यक्ष र सचिवमध्ये कोही खुलेका छैनन् भने धादिङका अध्यक्ष नेत्र पौडेलले राजनीतिबाट अलग्गिएको घोषणा गरिसकेका छन् ।

प्रचण्ड(नेपाल पक्षलाई तत्काल एकता प्रक्रिया पूरा गर्नुपर्ने दबाब

गत पुस ५ गते सरकारको सिफारिशमा राष्ट्रपतिद्वारा संसद् भंग भएर निर्वाचनको नयाँ मिति तोकिएपछि राजनीतिकरूपमा नेकपा दुई चिरा भएको थियो ।

एउटा समूहको अध्यक्षता प्रधानमन्त्री केपी शर्मा ओलीले गरिरहेका छन् भने अर्को समूहको अध्यक्षता पुष्पकमल दाहाल ुप्रचण्डु र माधवकुमार नेपालले गरिरहेका छन् ।

नेकपाको आधिकारिकता र चुनाव चिह्नको विवाद निर्वाचन आयोगमा प्रवेश गरेको छ भने संसद् विघटनको मुद्दा सर्वोच्चमा विचाराधीन छ ।

संसद् विघटनविरुद्ध देशव्यापी आन्दोलन गरिरहेको प्रचण्ड(नेपाल पक्षलाई एकताको काम छिटो सक्न दबाब छ ।

एकताका काम छिटो सक्ने प्रयोजनका लागि दुई अध्यक्षबीच कुराकानी हुनुपर्ने भएकाले पनि अलिकति ढिलो हुन पुगेको कार्यदल सदस्य पोखरेलको तर्क छ ।

‘अध्यक्ष प्रचण्ड केही दिनका लागि मुम्बई जानुभयो र अर्का अध्यक्ष नेपालसँग छलफल हुन पाएन, पोखरेलले भने, ‘त्यसले गर्दा पनि कार्यदलको काम ढिलो भएको हो । अब एकाध दिनमा बैठक बसेर प्रस्ताव तयार गर्नेगरी हामी अघि बढेका छौं ।’

के–के बाँकी छन् एकता प्रक्रियाका अन्य काम ?

पार्टी एकीकृत रहँदाका बखत पनि नेकपाको एकता प्रक्रिया पूर्ण रूपले टुंगिएको थिएन । गत सालको कात्तिकमै केन्द्रीय विभाग र आयोगहरू बनेका भएपनि अधिकांश संरचनाहरूले पूर्णता पाएका थिएनन् ।

नेकपामा केन्द्रीय निकायहरू जस्तै अनुशासन आयोग, लेखापरीक्षण आयोग, निर्वाचन आयोग, सल्लाहकार परिषद् र ज्येष्ठ कम्युनिष्ट मञ्चको अध्यक्ष र सचिव तोकिए पनि त्यसमा रहने सदस्यहरूको टुङ्गो लगाउन बाँकी थियो ।

त्यस्तै पहिला पूर्णता नपाएका अखिल नेपाल महिला संघ, अपाङ्गता संगठन, खेलकुद महासंघ, ट्रेड युनियन नेपाल, नेपाल उद्योगी व्यवसायी महासंघ जस्ता जनवर्गीय संगठनहरूमा पनि प्रचण्डनेपाल पक्षले मनोनयन गर्ने तयारी गरिरहेको छ ।

दुवै समूहमा कारवाही र निलम्बन गर्ने होडबाजी

पार्टी दुई चिरा भइसकेपछि एक समूहले अर्को समूहका नेताहरूलाई कारवाही गर्ने शिलशिला शुरू गरेका छन् ।

प्रचण्ड(नेपाल पक्षले ओलीलाई अनुशासनको कारवाही गरेर अध्यक्षबाट हटाएको छ भने ओली समूहले प्रचण्डको कार्यकारी अधिकार खोसेको छ ।

त्यस्तै लुम्बिनी र गण्डकी प्रदेशका इञ्चार्ज शंकर पोखरेल र पृथ्वीसुब्बा गुरुङलाई हटाएर प्रचण्ड(नेपाल पक्षले युवराज ज्ञवाली र देवेन्द्र पौडेललाई मनोनित गरेको छ । प्रदेश १ का ओलीनिकट मानिने मुख्यमन्त्री शेरधन राई र इञ्चार्ज भीम आचार्यबीच एकले अर्कोलाई निलम्बन गर्ने होडबाजी चलेको छ । यस्तो होडबाजी केन्द्र हुँदै वडा तहसम्म छिरेको छ ।

यतिबेला वडा तहसम्मै एक पक्षले बोलाएको बैठक आधिकारिक नभएको भन्दै अर्को पक्षले उपस्थित नहुन अपिल गरिरहेको छ ।

एउटा पक्षको भेलामा अर्को पक्षका नेता कार्यकर्ताहरूको चर्को आलोचना र खेदो खन्ने काम चलिरहेको छ ।

विद्युत प्रवाहलाई प्रभावकारी बनाउन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले दियो निर्देशन

काठमाडौँ । उपभोक्तालाई सही र तथ्यपूर्ण सूचना दिँदै बिजुली प्रवाहलाई थप व्यवस्थित बनाउन प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले नेपाल विद्युत् प्राधिकरणलाई निर्देशन दिएको छ ।

पछिल्ला दिनमा अकारण बिजुली काटिएको गुनासो बढेपछि प्रधानमन्त्री कार्यालयले उपभोक्तालाई केन्द्रमा राखेर अपनाउनुपर्ने सबै उपाय अवलम्बन गर्न तथा जायज गुनासो र माग सम्बोधन गर्न निर्देशन दिएको हो ।

प्राविधिक वा मनोवैज्ञानिक रुपमा देखापरेका समस्याको जाँचपड्ताल गर्न आग्रह गर्दै कार्यालयले कुनै पनि बहानामा उपभोक्ताले समस्या भोग्नु नपर्ने वातावरण बनाउन आग्रह गरेको छ । प्राधिकरणले उपभोक्तालाई गुणस्तरीय, भरपर्दो एवम् पर्याप्त विद्युत् उपलब्ध गराउन हरसम्भव प्रयास गरिरहे पनि छिनछिनमा लाइन काटिने समस्या पूर्ण रुपमा समाधान हुन नसक्दा गुनासो बढेको छ ।

प्राधिकरणले विद्युत्भार कटौती इतिहास भएको र पुनः नदोहारिने बताइरहँदा पनि उपभोक्ताले त्यसलाई आत्मसात् गर्न नसकेपछि छलफल आयोजना गर्नुपरेको प्रधानमन्त्री कार्यालयको ठहर छ । छलफलमा समस्या समाधानका उपायको खोजी मात्र नगरी उपभोक्ताले उठाएका जायज माग एवम् आलोचनालाई सम्बोधन गर्नुपर्नेमा पनि जोड दिइयो । अनावश्यक रुपमा बिजुली काटिनाको पछाडि प्राविधिक समस्या हो वा अन्य कारण के हो भन्ने तथ्य पत्ता लगाएर तत्काल समाधानको उपाय खोज्नुपर्ने साझा निष्कर्षसमेत निकालिएको छ ।

छलफलमा प्रधानमन्त्रीका विकास व्यवस्थापनविज्ञ गजेन्द्र थपलिया, प्रधानमन्त्री कार्यालयका सचिव तोयनारायण ज्ञवाली, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव दिनेशकुमार घिमिरेलगायत सहभागी थिए ।

यस्तै प्राधिकरणका कायममुकायम कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य र प्राधिकरणको काठमाडौँ उपत्यकाका १० वितरण केन्द्रका प्रमुख उपस्थित छलफलमा समस्या समाधानमा हरसम्भव उपाय अपनाउन र उपभोक्तालाई सहज रुपमा सेवा दिनका लागि अहोरात्र परिचालित हुन तथा गुनासोरहित काम गर्ने विषयमा प्रतिबद्धता व्यक्त भएको छ ।

मौसममा आउने खराबी तथा प्राविधिक कारणले पनि विद्युत् आपूर्ति अनियमित हुने प्राधिकरणको बुझाइ छ । वितरण प्रणाली स्वस्थ र गुणस्तरीय नहुँदा देखिने समस्या विगतमा पनि थियो, आज पनि रहन्छ र भोलि पनि हुन्छ भन्दै त्यसलाई न्यून गर्दै जाने प्राधिकरणको योजना छ ।

प्राधिकरणले प्रणाली सुधार तथा स्मार्ट मिटर र वितरण लाइनलाई भूमिगत गर्ने कामलाई योजनाबद्ध रुपमा अगाडि बढाएको छ । ती काम पूर्ण रुपमा सम्पन्न भएपछि नियमित र गुणस्तरीय आपूर्ति हुने विश्वास लिइएको छ ।

यस्तो छ सर्ट डाउनको तथ्याङ्क
प्राधिकरणको तथ्याङ्कअनुसार विद्युत्को माग सबैभन्दा बढी हुने काठमाडौंँ उपत्यकामा गत मङ्सिरमा ३७ पटक छिनछिनमा बत्ती जाने ९ट्रिपिङ० भएको छ । उपत्यका र आसपासका जिल्लामा विद्युत् आपूर्ति गर्ने १४ सबस्टेशनमा ट्रिपिङ हुँदा २२ घण्टा विद्युत् अवरोध भएको छ । गत वर्ष मङ्सिरमा ५७७ पटक ट्रिपिङ भई ६५ घण्टा विद्युत् आपूर्ति बन्द भएको थियो ।

सडक विस्तार, खानेपानीको पाइप जडान, विद्युत्का खम्बा सार्न, ट्रान्सफर्मर बदल्न, वितरण प्रणालीेको मर्मत सम्भारलगायत काम गर्न विद्युत् आपूर्ति बन्द गर्ने क्रम पनि घटेको प्राधिकरणको भनाइ छ । गत वर्ष मङ्सिरमा ती काम गर्न ४९१ पटक विद्युत् आपूर्ति बन्द ९सट डाउन० गरिएकामा यस वर्ष ३६२ पटक मात्रै गरिएको छ ।

प्रणालीमा मागअनुसार आपूर्तिका लागि पर्याप्त विद्युत् रहेकाले घोषित÷अघोषित रुपमा कटौती नगरिएको प्राधिकरणका कामु कार्यकारी निर्देशक शाक्यको भनाइ छ । उनले सडक तथा खानेपानी पाइप विस्तारका कारण भूमिगत केवलमा क्षति पुग्ने, केही स्थानमा खम्बा तथा ट्रान्सफर्मर सार्नुपर्र्नेलगायत प्राविधिक कारणले त्यस आसपासका क्षेत्रमा केही समय विद्युत् कटौती भए पनि त्यसलाई कम गरिएको जानकारी दिए ।

हालसम्मको तथ्याङ्क हेर्दा गत वर्ष पुसभन्दा यस वर्ष ट्रिपिङ कम भएको छ । विगतमा चालिएका सुधारबाट यस वर्ष र यस वर्ष गरिएका कामबाट अर्को वर्ष नतिजा देखिने कामु कार्यकारी निर्देशक शाक्यको भनाइ छ । उनले भने, ‘प्रणालीमा आउने प्राविधिक गडबडीले केहीबेर झ्याप्प बत्ती जाँदैमा उपभोक्ताले त्यसलाई लोडसेडिङ गर्‍यो भन्ने बुझेर डराउनुपर्ने जरुरी नै छैन, प्रणालीमा पर्याप्त विद्युत् छ, लोडसेडिङ हाम्रो इतिहास बनिसकेको छ ।’ प्राधिकरणले ट्रिपिङ बढी हुने सबस्टेशनको पहिचान गरी सुधार गर्ने, त्यहाँको लोड अन्त सार्नेलगायत काम निरन्तर भइरहेको जनाएको छ ।

माग धान्न नसक्ने अवस्थामा ९ओभरलोड० रहेका ट्रान्सफर्मर फेर्ने, बिदाको दिन लाइन सुधार गर्ने र त्यसका लागि लाग्ने समय घटाउनेलगायत काम गर्दै विद्युत् आपूर्तिमा सुधार गर्न प्राधिकरणले अहोरात्र काम गरिएको स्पष्ट पारेको छ ।

विद्युत् आपूर्तिलाई विश्वसनीय र भरपर्दो बनाउन कन्डक्टर फेर्ने एवं ट्रिपिङको समस्या समाधान गर्न विद्युत्को मागलाई ध्यान दिएर फिडर तथा ट्रान्सफर्मरको क्षमता बढाउने कामलाई उच्च प्राथमिकतामा राखी सोहीअनुसार काम भइरहेको छ । मर्मतसम्भारमा लाग्ने समयलाई घटाएर जतिसक्दो छिट्टो विद्युत् आपूर्ति नियमित गर्न प्राधिकरण क्रियाशील रहेको जनाइएको छ ।

प्राधिकरणले काठमाडौँ उपत्यकाभित्रका नदी करिडोरमा १३२ केभी क्षमताका प्रसारण लाइन निर्माण गर्ने कामलाई पनि गति दिने भएको छ । विशेष गरी विष्णुमती तथा वाग्मती नदी करिडोरमा मोनो पोल प्रयोग गरेर प्रसारण लाइन निर्माण गरिनेछ । उपत्यकामा जग्गाप्राप्तिमा सबैभन्दा बढी समस्या भएकाले त्यसको सम्बोधनका लागि वैकल्पिक उपायको खोजी गरिनेछ ।

‘नियतवश बदमासी गरेको भए कारवाही गर्नुस्’
प्रधानमन्त्रीका विकासविज्ञ थपलियाले नियतवश बदमासी गरेको भए प्राधिकरणका कर्मचारीलाई कारवाही गर्न निर्देशन दिए । प्राधिकरणका कामु कार्यकारी निर्देशक तथा वितरण केन्द्रका प्रमुखसमेत नयाँ भएकाले पनि सङ्क्रमणकाल जस्तो देखिन गएको जनाउँदै उनले केही कर्मचारीले बदमासी गरेको सूचनासमेत आएकाले उनीहरुलाई कारवाहीको दायरामा ल्याउन आग्रह गरे ।

उनले नागरिकका तहबाट गुनासो नआउने गरी काम गर्न प्राधिकरणका कामु कार्यकारी निर्देशक एवम् वितरण केन्द्रका प्रमुखलाई अनुरोध गरे । प्रधानमन्त्रीका तहबाट गर्नुपर्ने सबै काम र सहयोग हुने आश्वासन दिँदै उनले भने, ‘नागरिकले सहज रुपमा सेवा पाउनुप¥यो, त्यसका लागि केकस्ता उपाय अपनाउने भन्नेबारेमा व्यक्तिगत रुपमा वा संस्थागत रुपमा पनि भन्न सक्नुहुन्छ ।’

प्रधानमन्त्री कार्यालयका सचिव ज्ञवालीले उपभोक्तालाई गुनासोरहित सेवा प्रदान गर्नका लागि अपनाउनुपर्ने सबै उपायको खोजी गर्न प्राधिकरणलाई निर्देशन दिए । उनले प्राविधिक समस्या भए त्यसको निराकरणका लागि तत्काल लागिपर्न र नीतिगत तथा कानूनी प्रश्न भए त्यसको निरुपणमा आफूहरुले सहजीकरण गर्ने बताए ।

उनले उपभोक्ताले कुनै पनि गुनासो नगर्ने गरी सेवा प्रवाह गर्न र उनीहरुलाई सही सूचना पुर्‍याउने संयन्त्रको विकास गर्न निर्देशन दिए । उनले भने, ‘मातहतका कर्मचारीमा ‘अर्जेन्सी फिल’ भएको छैन भने त्यसलाई सम्बोधन गरेर अगाडि बढ्नुस् । कर्मचारीलाई इन्सेन्टिभ दिनुस् । गुनासो सम्बोधन गर्न मेहनत गर्नुपर्ने पनि हुन सक्छ । त्यसमा ध्यान दिनु आवश्यक छ ।’

उनले उपभोक्ताबाट प्राप्त गुनासोलाई सम्बोधन गर्ने उपयुक्त संयन्त्रको खोजी गर्नसमेत प्राधिकरणलाई निर्देशन दिए । उनले थप जोड दिएर भने, ‘गुनासोलाई सामाजिक सञ्जालमार्फत वा वेब पेजलाई थप प्रभावकारी बनाएर सम्बोधन गर्नुपर्ने भए पनि त्यसमा ध्यान दिनु जरुरी छ ।’

सामाजिक सञ्जालमा आउने महत्वपूर्ण विषयलाई महत्वका साथ संयन्त्र बनाएर सम्बोधन गर्न उनले आग्रह गरे । बजेट, नीति तथा कार्यक्रमले सम्बोधन गर्ने विषय भए आफूहरुले नै गर्ने जनाउँदै सचिव ज्ञवालीले गुनासो आएकै बेलामा सेवालाई थप प्रभावकारी बनाउनुपर्ने बताए ।

ऊर्जा सचिव घिमिरेले उपभोक्ताको गुनासोलाई मार्गदर्शन मान्दै समस्या समाधानमा निरन्तर परिचालित हुन प्राधिकरणलाई निर्देशन दिए । उपभोक्ताबाट आउने गुनासो सम्बोधन गर्न कुनै पनि कन्जुस्याइँ गर्न नहुने उनको भनाइ थियो ।

ग्लोबल आइएमई बैंकद्वारा कञ्चनपुरमा नयाँ शाखारहित बैंकिङ्ग सेवाको शुरुवात

काठमाडौँ । ग्लोबल आइएमई बैंकले कञ्चनपुरको कलुवापुर बजारमा नयाँ शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ । यस शाखारहित बैंकिङ्ग सेवा संचालनमा आएसँगै बैंकको शाखारहित बैंकिङ्ग सेवा संख्या २४४ पुगेको छ ।

बैंकले कञ्चनपुर जिल्ला कृष्णपुर नगरपालिका वडा नं. ७, कलुवापुर बजारमा सञ्चालनमा ल्याएको शाखारहित बैंकिङ्ग सेवाको उद्घाटन कलुवापुर बजार व्यवस्थापन समितिका अध्यक्ष हरि बहादुर गैराल तथा बैंकको सुदुरपश्चिम प्रादेशिक कार्यालय प्रमुख मुकुन्द प्रसाद भट्टले, संयुक्तरुपमा गरेका छन् । उक्त शाखारहित बैंकिङ्ग सेवाको प्रतिनिधि गंगाराम रानालाई नियुक्त गरिएको छ ।

शाखारहित बैंकिङ्ग सेवाबाट देशका विभिन्न ग्रामीण क्षेत्रका स्थानिय बासिन्दाले स्थानिय प्रतिनिधि मार्पmत बैंकिङ्ग सेवा लिन सक्नेछन् । यसबाट निक्षेप खाता खोल्ने, तोकिएको सीमा सम्मको रकम जम्मा गर्ने तथा झिक्ने, आफ्नो खातामा रहेको मौज्दातको जानकारी लिने, कर्जाको व्याज भुक्तानी गर्ने, को महसुल भुक्तानी गर्ने, मोबाइल रिचार्ज गर्ने लगायतका सेवा लिन सक्नेछन् ।

कृषि, रेमिट्यान्स तथा पर्यटन मुख्य आयस्रोत रहेको यी क्षेत्रका बासिन्दाले बैंकिङ्ग सेवा उपभोग गर्नका लागि टाढा–टाढासम्म पुग्नुपर्ने बाध्यतालाई हटाउनको लागि ग्लोबल आइएमई बैंकले ति स्थानहरुमा शाखारहित बैंकिङ्ग सेवा शुरु गरेको छ ।

ग्लोबल आइएमई बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पु¥याउने उद्देश्यले ७३ वटा जिल्लामा फैलिएको २६४ शाखा सञ्जाल सहित २४० एटिएम, ४७ एक्सटेन्सन काउण्टर तथा राजश्व संकलन काउण्टर, २४४ शाखा रहित बैंकिङ्ग सेवा र ३ अन्तर्राष्ट्रिय प्रतिनिधि÷सम्पर्क कार्यालय मार्फत आफ्ना २१ लाख भन्दा बढि ग्राहकहरु माझ सेवा प्रदान गर्दै आइरहेको छ ।

ग्लोबल आइएमई बैंकले कञ्चनपुरको कलुवापुर बजारमा नयाँ शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ । यस शाखारहित बैंकिङ्ग सेवा संचालनमा आएसँगै बैंकको शाखारहित बैंकिङ्ग सेवा संख्या २४४ पुगेको छ ।

बैंकले कञ्चनपुर जिल्ला कृष्णपुर नगरपालिका वडा नं. ७, कलुवापुर बजारमा सञ्चालनमा ल्याएको शाखारहित बैंकिङ्ग सेवाको उद्घाटन कलुवापुर बजार व्यवस्थापन समितिका अध्यक्ष हरि बहादुर गैराल तथा बैंकको सुदुरपश्चिम प्रादेशिक कार्यालय प्रमुख मुकुन्द प्रसाद भट्टले, संयुक्तरुपमा गरेका छन् । उक्त शाखारहित बैंकिङ्ग सेवाको प्रतिनिधि गंगाराम रानालाई नियुक्त गरिएको छ ।

शाखारहित बैंकिङ्ग सेवाबाट देशका विभिन्न ग्रामीण क्षेत्रका स्थानिय बासिन्दाले स्थानिय प्रतिनिधि मार्पmत बैंकिङ्ग सेवा लिन सक्नेछन् । यसबाट निक्षेप खाता खोल्ने, तोकिएको सीमा सम्मको रकम जम्मा गर्ने तथा झिक्ने, आफ्नो खातामा रहेको मौज्दातको जानकारी लिने, कर्जाको व्याज भुक्तानी गर्ने, को महसुल भुक्तानी गर्ने, मोबाइल रिचार्ज गर्ने लगायतका सेवा लिन सक्नेछन् ।

कृषि, रेमिट्यान्स तथा पर्यटन मुख्य आयस्रोत रहेको यी क्षेत्रका बासिन्दाले बैंकिङ्ग सेवा उपभोग गर्नका लागि टाढा–टाढासम्म पुग्नुपर्ने बाध्यतालाई हटाउनको लागि ग्लोबल आइएमई बैंकले ति स्थानहरुमा शाखारहित बैंकिङ्ग सेवा शुरु गरेको छ ।

ग्लोबल आइएमई बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पु¥याउने उद्देश्यले ७३ वटा जिल्लामा फैलिएको २६४ शाखा सञ्जाल सहित २४० एटिएम, ४७ एक्सटेन्सन काउण्टर तथा राजश्व संकलन काउण्टर, २४४ शाखा रहित बैंकिङ्ग सेवा र ३ अन्तर्राष्ट्रिय प्रतिनिधि÷सम्पर्क कार्यालय मार्फत आफ्ना २१ लाख भन्दा बढि ग्राहकहरु माझ सेवा प्रदान गर्दै आइरहेको छ ।

आइएमई लाइफको ब्राण्ड एम्बासडरमा मनिषा कोइराला

काठमाडौँ । आई.एम.ई. लाइफ इन्स्योरेन्स कम्पनीको ब्राण्ड एम्बासडरमा देश तथा विदेशमा ख्याति प्राप्त नेपाली सेलिब्रेटी नायिका मनिषा कोइराला नियुक्त भएकी छिन् । यस सँगै अब कोइराला आई.एम.ई. लाइफ जीबन बीमाको ब्राण्ड दुतको भुमिकामा रहने छिन् । कम्पनीका प्रमुख कार्यकारी अधिकृत कवि फुयाँल र नायिका मनिषा कोइरालाले हालै राजधानी काठमाडौंमा आयोजित एक विशेष कार्यक्रमकावीच सम्झौता पत्रमा हस्ताक्षर गर्नुभएको छ ।
अग्रणी एवं जीवन्त सेलिब्रेटी कोइरालाले आई.एम.ई. लाइफको ब्राण्ड तथा यसको मूल्य एवं मान्यतालाई सशक्त प्रतिनिधित्व गर्ने छिन । हस्ताक्षर कार्यक्रममा संक्षिप्त मन्तब्य दिँदै नायिका कोइरालाले मानब जगतमा जीवन बीमाको निक्कै ठूलो महत्त्व रहेको औंल्याउँदै नेपाली जनताहरुलाई आर्थिक सुरक्षा प्रदान गरि देशैभरि छरिएर रहेको पुँजिलाई एकिकृत गरि राष्ट्र निर्माणमा टेवा पु¥याउने अवधारण बोकेको आई.एम.ई. लाइफसँग साझेदारी गर्न पाउँदा खुसि रहेको कुरा बताउनुभयो । साथै, कम्पनीको उत्तरोत्तर प्रगतिमा आफुले उत्कृष्ट भुमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
कोइरालासँगको सहकार्य घोषणा गर्दै आई.एम.ई. लाइफका प्रमुख कार्यकारी अधिकृत कवि फुयाँलले भन्नुभयो मनिषा कोइरालासँग सहकार्य गर्न पाउँदा हामी धेरै उत्साहित छौं । उहाँ दृढ विश्वासी, क्षमतावान, प्रेरणाको स्रोत, भरोसायोग्य, अग्रणी, सरल, आत्मविश्वासले भरिएको तथा हरेक नेपालीका लागि आदर्श हुनुहुन्छ, जुन यो सहकार्यको भित्री अभिप्राय हो । आई.एम.ई. लाइफ परिवारमा उहाँलाई स्वागत गर्न पाउँदा हामी खुसी छौं । देश भरका जनताहरुमा जीवन बीमाको बारेमा जागरुकताका साथै कम्पनीको ब्राण्ड निर्माण गर्न र ग्राहकहरुको विश्वास लिन सहयोग पु¥याउने कुरा कम्पनीले जनाएको छ । कम्पनीले यो सम्झौता २०७७ पौष २४ गतेबाट लागु हुनेगरी हस्ताक्षर गरिएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत श्री कवि फुयाँलले जानकारी दिनुभएको छ ।
त्यसैगरि डिजिटल प्रविधि मार्फत सेवा उपलब्ध गर्ने क्रममा आजकै मितिबाट “क्ष्ःभ् साथ दयत” नामबाट विश्वका कुनैपनि कुनाबाट कम्पनीका सेवा सम्बन्धमा जानकारी लिनसक्ने र अनुरोध समेत पठाउन सकिने गरि निर्माण गरिएको ऋजबतदयत प्रणालिको औपचारिक रुपमा संचालनमा ल्याएको श्री कवि फुयाँलले जानकारी दिनुभयो ।

उपसचिवमा ७० जनाको बढुवा(नामसहित)

काठमाडौँ । ७० जना शाखा अधिकृतहरुलाई उपसचिवमा बढुवाको लागि सिफारिस गरिएको छ । न्याय, कानुन र सरकारी वकिल समूहका ७० जना शाखा अधिकृतहरु उपसचिवमा बढुवा सिफारिस गरिएको हो ।

सरकारी जग्गा हाउजिङको नाममा पासः नापी कार्यालय प्रमुख जैसीसहित १७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललितपुरका तत्कालीन नापी कार्यालय प्रमुख बुद्धिमान जैसीसहित १७ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । ललितपुरको कर्मनासा (कोड्कु्) खोला आसपासको सरकारी र सार्वजनिक जग्गा हाउजिङको नाममा पास गरिदिएको आरोपमा आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

आयोगले आइतबार कर्मचारीहरु मालपोत प्रमुख बुद्धिमान जैसी, नापी अधिकृत बालेश्वर यादव र सर्भेक्षक केशब थापा मगर, तत्कालिन कार्यालय प्रमुख उपसचिव बाबुराम खनाल, नासु ख्याम नारायण पौडेल, नासु दिनेश न्यौपाने र खरिदार आत्माराम लुइटेलविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो।

त्यस्तै आयोगले सरकारी जग्गा हडप्न भूमिका खेलेको आरोपमा यूरो हाउजिङ्ग डेभलपर्स प्रा.लि र यूरो ल्याण्ड डेभलपर्स प्रा।लिका संचालकहरू गुणीकाजी मानन्धर, योगेश्वर कृष्ण पराजुली, कृष्णराज श्रेष्ठ, टंकबहादुर श्रेष्ठ, गोपालदाश मानन्धर, वविन मानन्धर र उज्जल मानन्धरविरुद्ध पनि मुद्दा दायर गरेको छ।

आयोगले काठमाडौँ अस्पताल प्रा।लिका संचालकहरू डा. ईश्वरलाल आचार्य, डा. दुर्गामान जोशी र श्रीमती दुर्गेस नन्दिनी भट्टचनलाई कारबाहीको माग गर्दै मुद्दा दायर गरेको छ।

कर्मचारी, युरो कम्पनी र काठमाडौँ अस्पतालको मिलोमतोमा ललितपुर महानगरपालिका–२८ र २३ स्थित सिलौटेमा पर्ने कर्मनासा ९कोड्कु० खोला र खोला आसपासको सरकारी र सार्वजनिक जग्गा मिलेमतोमा २०२२ सालको नापी नक्सालाई तोडमोड गरी नयाँ फाइल नक्सा बनाई हडपेको पाइएको आयोगका प्रवक्ता ताराप्रसाद अधिकारीले जानकारी दिए।

अख्तियारले उनीहरुविरुद्ध कूल २ करोड २ लाख ३३ हजार ६ सय ७१ रुपैयाँ विगो दाबीसहित आइतबार विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

नक्कली भ्याट बील बनाई राजस्व छल्ने १५ जना विरुद्ध मुद्दा

काठमाडौँ — नक्कली भ्याट बील बनाई राजस्व छलि गर्ने १५ जना विरुद्ध उच्च राजस्व अनुसन्धान विभागले अदालत पाटनमा मुद्दा दायर गरेको छ । विभागले उनीहरुसँग एक अर्ब ३४ करोड रुपैयाँ बिगो र कैद सजाय मागदाबी पनि गरेको छ ।

न्यू सयपत्री इन्टरप्राइजेज नाम फर्म खडा गरेर कर छलेको आरोपमा विभागले विवेक मगरसहित १३ वटा फर्मका सञ्चालकमाथि मुद्दा दायर गरेको छ । त्यसैगरी त्यो फर्मसँग कारोबार गर्ने मनिष कुमारसहित १५ जनामाथि एक अर्ब २२ करोड रुपैयाँ मागदाबी गरिएको विभागले जनाएको छ । उनीहरुले कमजोर आर्थिक अवस्था भएका मजदुर लगायतका व्यक्तिहरुलाई प्रयोग गरी विभिन्न फर्म स्थापना गरेका थिए । उनीहरुले ६ वर्षअघिदेखि यस्तो काम गरेको विभागको आरोप छ ।

त्यसैगरी अर्को संकित जनरल सप्लायर्सका सञ्चालक सुबोध साहमाथि विभागले १२ करोड ७५ लाख रुपैयाँ कर छलेको आरोपमा बिगो र जरिवाना मागदाबी गरेको छ ।

स्मार्टच्वाइस टेक्नोलोजिज र सप्तकोशी डेभलपमेण्ट बैंकबीच कार्ड तथा भुक्तानी सेवामा सहकार्य गर्ने सम्झौता

काठमाडौँ । नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली सञ्चालकको अनुमतिपत्र प्राप्त स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेड सप्तकोशी डेभलपमेण्ट बैंक लिमिटेड बीच भुक्तानी र फछ्र्यौटको क्षेत्रमा सहकार्य गर्नका लागि सम्झौता भएको छ ।

नेपाल राष्ट्र बैंकको नीति र निर्देशन अनुरुप समग्र भुक्तानी प्रणालीमा नगदको भौतिक प्रयोगलाई कम गर्दै विद्युतीय कारोबारलाई बढावा दिने प्रमुख उद्देश्यकासाथ क्रियाशील स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेड र विगत लामो समय देखि सर्वसाधारणलाई बैंकिङ्ग सेवा पु¥याउदै आएको मूलुकको बैकिङ्ग क्षेत्रमा सुपरिचित सप्तकोशी डेभलपमेण्ट बैंकको यस सहकार्यबाट मुलुकको समग्र डिजिटल इकोसिस्टमको विकासमा थप योगदान पुग्न जाने आशा लिईएको छ ।

धनकुटामा मुख्य कार्यालय र विराटनगरमा कर्पोरेट अफिस रहेको सप्तकोशी बैंकले प्रदेश १ का विभिन्न ७ जिल्लामा आफ्ना शाखा सञ्जाल मार्फत सर्वसाधारणलाई विविध बैकिङ्ग सेवा सुविधा प्रदान गर्दै आएको छ ।

स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेडसंगको सहकार्यबाट सप्तकोशी डेभलपमेण्ट बैंक लिमिटेडले आफ्ना ग्राहकलाई भुक्तानी कार्डको आधुनिक, सुरक्षित, गुणस्तरीय तथा भरपर्दो सुविधा प्रदान गर्न सहजता प्राप्त गर्ने छ ।

सम्झौतामा स्मार्टच्वाइस टेक्नोलोजिजको तर्फबाट का.मु. प्रमुख कार्यकारी अधिकृत दिपेश मास्के र सप्तकोशी डेभलपमेण्ट बैंक लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत नविन सुबेदीले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।

भगवान् शिवको दर्शन गर्नुहोस्, सोमबारको राशिफल

वि.सं.२०७७ साल पौष २७ गते । सोमबार । ईश्वी सन् २०२१ जनवरी ११ तारिख । नेपाल संवत् ११४१ । प्रमादी संवत्सर । दक्षिणायन । हेमन्त ऋतु । श्रीशाके १९४२ । पौष कृष्णपक्ष । तिथि–त्रयोदशी,१६ घडी ३३ पला,दिउसो ०३ बजेर ३५ मिनेट उप्रान्त चतुर्दशी । नक्षत्र–ज्येष्ठा,०४घडी ०८ पला,बिहान ०८ बजेर ३७ मिनेट उप्रान्त मूल ।

योग–वृद्धि,०४ घडी ०१ पला,बिहान ०८ बजेर ३४ मिनेट उप्रान्त ध्रुव । करण–वणिज,दिउसो ०१ बजेर ३५ मिनेट उप्रान्त भद्रा,रातको १२ बजेर ४१ मिनेट उप्रान्त शकुनी । आनन्दादिमा–पद्य योग । चन्द्रराशि–बृश्चिक,बिहान ०८ बजेर ३७ मिनेट उप्रान्त धनु । काठमाडौंमा सूर्योदय बिहान ०६ बजेर ५७ मिनेट,सूर्यास्त बेलुकी ०५ बजेर २५ मिनेट । दिनमान २६ घडी ०९ पला । राष्ट्रिय एकता दिवस ।

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ)ः राजनिति तथा समाजसेवमा जनताको काम गर्दा गर्दै आलोचनाको शिकार हुनु पर्दा मन चिन्तित हुनेछ । कामहरु समयमा सम्पादन नहुदा आर्थिक रुपमा कमजोर भएको महशुष हुनेछ । सानो कामलाई पनि प्रशस्त समय खर्चिनु पर्नेछ भने सरकारि तथा प्रशासनिक काममा झन्झटिलो प्रक्रिया अपानाउँनु पर्दा न्यून उपलब्धिमा चित्त बुझाउनु पर्नेछ । अध्ययनमा समय दिएपनि भनेजस्तो नतिजा हात लाग्नेछैन ।

बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)ः आर्थिक अवस्था कमजोर रहने हुनाले व्यापारमा लगानि गर्न सकिने अवस्था रहने छैन । माया प्रेममा एक अर्कालाई बुझ्न नसक्दा मनमुटाब बढ्नेछ । सवारि साधन तथा भौतिक बस्तुको प्रयोग गर्दा ध्यान दिनुहोला । खानपान तथा मौषको ध्यान नदिदा स्वास्थ्य सम्बन्धि समस्या आउने योग रहेकोछ । तरपनि रिसर्च पर्सनको लागि भने समय उत्तम रहेकोछ ।

मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा)ः माया प्रेममा एक अर्कालाई सहयोग गर्दै रमाउँन सकिनेछ भने घर परिवार सबैसँग सम्बन्धमा सुधार भएर जानेछ । नोकरिमा पदोन्नतीको गतिलो योग रहेकोछ । पढाई लेखाईमा उत्कृष्ट अंकले सहभागिहरुलाई हराउन सकिनेछ । माया प्रेमको गाठो कसिलो हुनेछ भने मिल्ने साथीका साथ स्वादिष्ट भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ ।

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो)ः आट तथा हिम्मतका साथ अगाडि बढ्ने समय रहेकोछ । कुनै पनि प्रतिष्पर्धामा प्रतिष्पर्धिहरुलाई किनारा लगाउदै अग्र स्थानमा तपाईको नाम आउनेछ । व्यापार व्यावसाय फस्टाएर जानेछ भने आम्दानि बढ्ने योग रहेकोछ । लामो समयदेखि फैसला हुन नसकेका बिषयहरु तपाईकै पक्षमा फैसला हुनेछन् । आफन्त तथा साथिभाईहरुको सहयोगले नया कामको थालनि गर्न सकिनेछ । माया प्रेममा खुलेर रमाउन सकिनेछ ।

सिंह(मा,मी,मू,मे,मो,टा,टी,टू,टे)ः व्यापार व्यावसायमा लगानि गरिहाल्ने समय नरहेकोले तत्काल नयाँ काम नगर्नु नै राम्रो रहनेछ । भौतिक सम्पति तथा सवारि साधनको प्रयोग तथा परिचालन गर्दा ख्याल गर्नुहोला अप्रिय घटना नहोला भन्न सकिन्न । आत्मिय मित्र तथा परिवारका साथ रहेर स्वादिष्ट भोजनको टेष्ट लिने अवसर जुर्ने भएपनि खानपानको तालमेल नमिल्दा सामान्य स्वास्थ्य सम्बन्धि समस्या आउँन सक्छ ध्यान दिनुहोला ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)ः आम्दानिका स्रोतहरु एक्कासि बन्द हुँदा महत्वपुर्ण कामहरु थाति रहन सक्छन् ध्यान दिनुहोला । समाजसेवामा समय दिएपनि जनतासँग भिज्न नसक्दा प्राप्त हुने मान सम्मान टरेर जानेछ । आमा वा आमा सरहका मानिसको आशिर्वाद प्राप्त गरि कुनै काम शुरु गर्दा कामहरु बन्नेछन् । अध्ययन अध्यापनको समय दिए अनुशार उपलब्धि नहुँने हुनाले मन खिन्न हुनेछ । बिहानिपखको समय उत्तम रहेकोले यात्रा सँग सम्बन्धित कामहरु हुनेछन् ।

तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते)ः दाजुभाई तथा साझेदारहरु सँग मिलेर गरिने पेशा व्यावसायबाट भनेजस्तो रुपैया पैसा कमाउन सकिनेछ । लेखन कला तथा साहित्यको क्षेत्रमा कलम चलाउँनेहरुले नाम तथा दाम दुवै कमाउन सक्नेछन् । माया प्रेमको गाठो कसिलो भएर जानेछ भने घर परिवारमा सबैको सहयोग पाईन हुनाले नया काम गर्ने अवसर आउनेछ । पढाई लेखाईमा उत्कृष्ट नतिजा ल्याउन सकिने तथा न्यायिक निर्णयहरु तपाईकै पक्षमा हुनेछन् ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)ः अध्ययन तथा अनुशन्धानको क्षेत्रमा दिईएको समयबाट भनेजस्तो नतिजा आउने हुनाले मन खुसि रहनेछ । साना साना कामबाट प्रसस्त आम्दानि हुने हुनाले व्यावसायमा थप लगानि गर्ने बाताबरण बन्नेछ । आफन्त तथा आत्मिय मित्रका साथ रमाईलो बाताबरणमा स्वादिष्ट भोजन ग्रहण गर्ने अवसर जुर्नेभएपनि स्वास्थ्यमा समस्या आउन सक्छ ध्यान दिनुहोला । माया प्रेममा एक अर्कालाई बिश्वास गर्न सकिनेछ । बोल्दा ख्याल गर्नुहोला तपाईको भनाईलाई गलत तरिकाले ब्याख्या गर्नेहरु सक्रिय हुनेछन् ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)ः गित संगीत तथा मोडलिङ पेशा व्यावसायमा समय दिनेहरुले चित्तबुझ्दो आम्दानि गर्न सक्नेछन् । योजना अनुरुप समयमा कामहरु सुचारु हुनेहुँदा मन प्रशन्न रहने तथा आर्थिक रुपमा सबल होईनेछ । निति निर्माण तहमा तपाईको उपस्थितिले समाज तथा राष्ट्र निर्माणमा ठुलो सहयोग पुग्नेछ भने प्रतिश्पर्धिहरु तपाईको क्षमता देखेर आफै किनारा लाग्नेछन् । पढाई लेखाईमा प्रगति हुँने हुँनाले आफन्त तथा गुरुवर्गहरु खुसि भई तपाईको प्रशंसा गर्नेछन् ।

मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)ः आफन्त तथा साथिभाईबाट सुनिने अप्रिय समाचारले मन दुखित तुल्याउँनेछ भने समयमा काम नबन्नाले मान सम्मानमा कमिको महशुष हुनेछ । अन्य काममा ब्यास्त रहनाले पढाई लेखाईमा समय दिन सकिने छैन । बिहानको समय राम्रो रहेकोले व्यापारमा लगानि गरि मनग्गे धन आर्जन गर्न सकिनेछ । आर्थिक कारोबार फस्टाएर जाने तथा दैनिकी सहजै बित्नेछ । प्रेममा रमाउँन चाहनेहरुका लागी समय उत्तम रहेकोछ ।

कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा)ः बिद्या तथा प्रतिष्र्धामा बिजय हुँने योग रहेकोछ भने नयाँ ज्ञान हासिल हुनेछ । बुवा वा बुवासरहका मानिसको आषिर्वाद तथा सहयोगले महत्वपुर्ण कामहरु सम्पादन हुनेछन् । माया प्रेममा एक अर्कालाई भेटि सौहार्दपुण बाताबरणमा समय व्यातित गर्न सकिनेछ । ईच्छित कामनाहरु पुरा हुँने तथा आफ्नो मानिसबाट उपाहार तथा भौतिक सामानहरु प्राप्त हुनेछ ।

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)ः व्यापारमा रुपैया पैसा लगानि गरि मनग्गे आम्दानि गर्न सकिनेछ । आज थालिएका जुनसुकै कामहरुबाट भनेजस्तो कमाई हुँने हुँदा आर्थिक क्षेत्र मजभुत हुनेछ । नयाँ काम पाउँने तथा नोकरिमा सुगम स्थानमा स्थानान्तरणको प्रशस्त सम्भावना रहेकोछ । राजनिति तथा समाजसेवामा जनताको समर्थन पाईने हुँनाले पद प्राप्तिको गतिलो योग रहेकोछ ।

विश्वप्रसिद्ध चेन होटल रमादाको ब्राण्ड अब नेपाल पनि

हस्पिटालिटी क्षेत्रमा विश्वप्रसिद्ध चेन होटल रमादा ब्राण्ड नेपालमा पनि भित्रिएको छ। ‘रमादा अनकोर काठमाडौँ ठमेल’ नामक होटलमा विभिन्न उद्योग, पेशा व्यवसायमा संलग्न नेपाली लगानीकर्ता, विदेशमा रहेर व्यवसाय गरिरहेका गैरआवासीय नेपाली एवम् वैदेशिक लगानीकर्तासमेतको संलग्नतामा भित्राईएको छ ।

विश्वमा नै करिब ९ हजार संख्यामा होटल आवद्ध रहेको रमादालाई ब्राण्डले निर्दिष्ट गरेको गुणस्तरीयता सम्बन्धी मापदण्ड पालना गरेर होटल निर्माण गरिएको छ । नियमितरुपमा गुणस्तरीयताकाबारे प्रशिक्षित गर्ने तथा अनुगमन गर्ने गरी ब्राण्डको सम्झौता भएको कम्पनीले जनाएको छ ।

पर्यटकीय होटलले पाहुनालाई लक्षित सुविधायुक्त कोठा, टेरेशलगायत विभिन्न रेष्टुरेन्ट, सेमिनार हल, पौडीपोखरी, जिम हल आदि होटलमा चाहिने सबै सुविधाको व्यवस्था रहेको छ । रमादा अनकोर काठमाडौँ ठमेल, ठमेल प्लाजा होटल एण्ड सुइट्स् प्रालिको एक युनिट हो ।

सेयरधनी तथा बैंक लगानीसमेत गरी हालसम्म करिब २ अर्ब रुपैयाँ लगानी भइसकेको छ । निर्धारित योजना अनुरुप यसलाई विस्तार गर्दा ३ अर्ब ५० करोड रुपैयाँ पुग्ने अनुमान गरिएको छ ।

यस कम्पनीमा ३६ जनाको सेयर लगानी छ जसमा विदेशी लगानीकर्ताको रुपमा ग्यालेक्सी नेटवर्क लिमिटेड हङहकङ रहेको छ । रमादाको सञ्चालक अध्यक्षमा पर्यटन व्यवसायी शान्तिरमण पंगेनी र अन्य पाँच सञ्चालक सदस्य रहेका छन् ।

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिड–१९ महामारी सामान्य भएपछि मुलुकको पर्यटन क्षेत्रले उत्साहपूर्ण रुपमा फड्को मार्ने बताउनुभएको छ । राजधानीको ठमेलमा स्थापना भएको चेन होटल ‘रमादा अनकोर काठमाडौँ ठमेल’ को उद्घाटन गर्दै मन्त्री ज्ञवालीले कोभिड पछि नेपालको पर्यटन फस्टाउने भएकाले होटललगायत पूर्वाधार विकासमा लगानी बढाइनुपर्नेमा जोड दिए ।

मन्त्री ज्ञवालीले पर्यटनको महत्वपूर्ण पाटो होटल क्षेत्रमा ढुक्कका साथ लगानी गर्न पनि व्यवसायीलाई आग्रह गरे। नेपाल चेम्बरअफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले पर्यटक आवागमनलाई सहज तुल्याउने ‘अनअराइभल’ प्रवेशाज्ञा भिषो को व्यवस्था गर्न सरकारसमक्ष आग्रह गरे।

माछापुच्छ्रे बैंक लि.र सिप्रदी ट्रेडिङ्ग प्रा.लि बीच सम्झौता

काठमाडौँ । माछापुच्छ«्रे बैंक र सिप्रदी ट्रेडिङ्ग प्रा.लिबीच सम्झौता भएको छ । बैंकले ग्राहकलाई टाटा ब्रान्डका कर्मसियल र सेमि कर्मसियल खरिदको लागि सम्झौता अनुसार सहुलियत दरमा कर्जा उपलब्ध गराउने छ । उक्त सम्झौतापत्रमा र सिप्रदीको तर्फबाट अध्यक्ष राजन बाबु श्रेष्ठ तथा बेंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाले हस्ताक्षर गरेका छन् । सम्झौता अनुसार माछापुच्छ«े बैंकले देशभर रहेका आप्mना शाखा कार्यालयहरु मार्फत सिप्रदीका देशभर रहेका डिलरबाट टाटा ब्रान्डका नयाँ कर्मसियल र सेमि कर्मसियल खरिद गर्न चाहने ग्राहकहरुलाई सहज र सरल रुपमा सेवा प्रदान गर्नेछ ।
स्थापना कालदेखि नै नयाँ नयाँ प्रविधिमा आधारित सेवा सुविधा ग्राहकमाझ ल्याउन कटिवद्ध रहेको माछापुच्छ«े बैंक लि. पुर्व देखि पश्चिम साथै हिमाल देखि पहाड, र तराईसम्म आफ्ना १६० वटा शाखाहरु, १४८ शाखारहित बैकिङ्ग सेवा र ५ एक्सटेन्स काउण्टर समेत गरी जम्मा ३१३ स्थानमा रहेका सेवा सञ्जाल तथा १९९ वटा एटीएमहरु तथा १ हजार भन्दा बढि पिओएस ९एइक् ःबअजष्लभ० मार्फत बाट ग्राहक महानुभावहरुलाई अत्याधुनिक प्रविधिसहित सम्पुर्ण बंैकिङ्ग सुबिधा प्रदान गरीरहेको छ ।

ग्लोबल आइएमई बैंकद्वारा जाडोमा न्यानो कपडा वितरण

काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेडको कर्णाली प्रादेशिक शाखा कार्यालयले बैकको १४ औं वार्षिकोत्सवको उपलक्ष्यमा, संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विरेन्द्रनगर, सुर्खेतस्थित मानव सेवा आश्रमका विभिन्न उमेर समुहका व्यक्तिहरुलाई न्यानो कपडा वितरण गरेको छ । बंैकको कर्णाली प्रादेशिक शाखा कार्यालय प्रमुख विष्णु अर्यालले मानव सेवा आश्रम, सुर्खेत शाखालाई न्यानो कपडा हस्तान्तरण गरेका हुन् ।

ग्लोबल आइएमई बैंकले समाजलाई टेवा पु¥याउने उद्देश्यकासाथ आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न समाजपयोगी कार्यहरु गर्दै आएको छ ।

यसका साथै, ग्लोबल आइएमई बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पु¥याउने उद्देश्यले ७३ वटा जिल्लामा फैलिएको २६४ शाखा, २४० एटीएम, २४३ शाखा रहित बैंकिङ्ग सेवा, २७ सरकारी राजश्व संकलन काउन्टर, १ सिडिएस एण्ड क्यिरीङ काउन्टर, १९ एक्सटेन्सन काउन्टर तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी ७९६ भन्दाबढी सेवा केन्द्रबाट सेवा प्रदान गरिरहेको छ ।

‘मदन भण्डारीले पार्टीमा गफाडी खोज्नु पर्‍यो भने केपी ओलीलाई खोजे हुन्छ भनेका थिए’

काठमाडौँ– राजनीतिक रुपमा विभाजित नेकपाका अध्यक्ष माधवकुमार नेपालले केपी ओलीबाट कहिल्यै पनि इमानदारिता नदेखिएको आरोप लगाएका छन्।

शुक्रबार काठमाडौँमा आयोजित आफू पक्षीय कार्यकर्ता भेलामा नेपालले अहिले मात्रै नभइ ओली पहिल्यैदेखि इमानदारिता नभएको व्यक्ति भन्दै टिप्पणी गरेका हुन्।

अध्यक्ष नेपालले ओलीले तत्कालीन मालेरएमालेमा हुँदा कहिल्यै पनि संगठन निर्माणका लागि काम नगरेको उल्लेख गरे।

‘काम नगर्ने तर गफ गर्ने’ओलीको प्रवृत्ति नौलो नभएको उनको भनाइ छ। मदन भण्डारीले समेत ओलीलाई गफाडीको संज्ञा दिएको नेपालले दाबी गरे।

कार्यकर्तालाई सम्बोधन गर्दै उनले भने, ‘मदन भण्डारीले भन्नुभएको थियो, पार्टीमा कोही गफाडी खोज्नु पर्‍यो भन्यो केपी ओलीलाई खोज्नु भनेका थिए। उनले कहिल्यै पार्टीको संगठन बनाउने काममा लागेनन्। कुनै गम्भीरताका साथ सोच्ने, जनताको समस्या कहिल्यै नसोच्ने जे पनि हल्काफुल्का रुपमा लिने उनको प्रवृत्ति हो। गफ गरेरै बस्ने उनको प्रवृत्ति हो।’

अध्यक्ष नेपालले नेकपा नफुट्ने तर कोही चोइटिएर गए भन्न नसकिने उल्लेख गरे।

आफूले ओलीको कार्यशैली ठिक भएन भनेर २०७५ सालमै संसदमा बोलेको उल्लेख गर्दै नेपालले अगाडि भने, कस्ता कस्ता तानशाहको विरुद्ध लडेर आइयो, ओलीको तानाशाही केही होइन।’

नेपालले ओलीले आफूहरुलाई मात्रै दुख नदिएको उल्लेख गर्दै सांसद अपहरण गरेको कांग्रेसका नेताहरुप्रति अपमान गरेको पनि बताए।