नेकपा अध्यक्ष दाहालविरुद्धको अवहेलना मुद्दाको सुनुवाई आज

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डविरुद्ध सर्वोच्च अदालतमा दर्ता भएको अदालतको अवहेलना मुद्दा आज (मंगलबार) हुनेछ । प्रतिनिधि सभा विघटनविरुद्धको मुद्दालाई प्रचण्डले प्रभावित पार्न खोजेको भन्दै समीर हायुले रिट दायर गरेका थिए ।

नेपाल ल क्याम्पसमा अध्ययनरत हायूले निवेदन आइतबार अपहेलना मुद्दा दायर गरेका थिए।

प्रतिनिधि सभा विघटनसम्बन्धी सर्वोच्च अदालतमा विचाराधीन मुद्दालाई प्रचण्डले प्रभावित पार्न खोजेको, स्वतन्त्र, निष्पक्ष र सक्षम न्यायपालिकाको मान्यता र संवैधानिक एवं कानुनी व्यवस्था प्रतिकूल भएको दावी गर्दै उनले अदालतको अवहेलना मुद्दामा निवेदन दायर गरेका थिए।

निजामती कर्मचारी अस्पतालमा कार्यकारी निर्देशकका लागि दरखास्त आह्वान

काठमाडौँ । निजामती कर्मचारी अस्पतालको कार्यकारी निर्देशकका लागि दरखास्त आह्वान गरिएको छ ।

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सोमबार एक सूचना प्रकाशित गर्दै ४ वर्षका लागि कार्यकारी निर्देशक मागेको हो ।

भूमि आयोगमा २३१ जना मनोनीत

काठमाडौँ — सरकारले भूमिसम्बन्धी समस्या समाधान आयोगको ७७ जिल्लामै अध्यक्ष र सदस्यहरू मनोनयन गरेको छ ।

अध्यक्ष र सदस्यसहित २ सय ३१ जनाको नामावली सोमबारको राजपत्रमा प्रकाशित गरिएको छ । प्रतिनिधिसभा निर्वाचन घोषणा भएपछि सरकारले एकैपटक ठूलो संख्यामा नियुक्ति गरेको हो । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको गत बिहीबारको निर्णयअनुसार प्रत्येक जिल्लामा एक अध्यक्ष तथा दुई जना सदस्य मनोनयन गरिएको हो ।

सदस्यमध्ये एक जनालाई विज्ञका रूपमा राखिएको छ । भूमिसम्बन्धी समस्या समाधान आयोगले भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई जमिन उपलब्ध गराउन सातवटै प्रदेशको १ सय ३१ स्थानीय तहबाट लगत संकलन सुरु गरिसकेको छ ।

आयोगले तीन साताअघि नै ३५ दिने सार्वजनिक सूचना प्रकाशित गरेर हरेक वडाको घरघरमै गएर लगत संकलन गर्ने व्यवस्था मिलाइएको जानकारी सर्वसाधारणलाई गराएको थियो । सरकारले निर्वाचन आचारसंहिता लागू हुनुअगावै नियुक्ति प्रक्रिया टुंग्याएको छ । सिफारिस भएकाहरू सबैजसो नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली समूहका छन् ।

कतिपय जिल्लामा पार्टीका जिल्ला अध्यक्षलाई नै आयोगको अध्यक्ष मनोनयन गरिएको छ । सोमबार अर्थमन्त्री विष्णु पौडेलले आयोग पदाधिकारीसँग छलफल गर्दै छिटो लगत संकलन गरी भूमिहीन सुकुम्बासीलाई लालपुर्जा वितरण गर्न अनुरोध गरेका थिए ।(समाचार कान्तिपुर दैनीकबाट)

आधिकारिकता माग्दै दाहाल–नेपाल पक्ष

काठमाडौंः नेकपाको दाहाल–नेपाल समूहले पार्टी नाम र चुनाव चिह्नको आधिकारिकताका लागि निर्वाचन आयोगमा दाबी गर्ने भएको छ।

गत माघ ११ गते निर्वाचन आयोगले नेकपाका दुवै पक्षलाई आधिकारिकता नदिएपछि दाहाल–नेपाल पक्ष राजनीतिक दलसम्बन्धी ऐनको दफा ४३ लाई आधार बनाउँदै निर्वाचन आयोग जाने निष्कर्ष मा पुगेको हो। आयोगले नेकपाका दुवै पक्षले पुस ५ गतेयता गरेका छुट्टाछुट्टै बैठक र निर्णयलाई अवैधानिक ठहर गरी विधान बमोजिम नमिलेको निष्कर्ष निकाल्दै दुवै पक्षलाई पत्र पठाएको थियो। राजनीतिक दल दर्तासम्बन्धी किताबको अध्यावधिक विवरण हेरफेरका लागि गरेको दुवै पक्षको आग्रहलाई अस्वीकार गर्दै आयोगले नेकपामा प्रधानमन्त्रीसमेत रहेका केपी ओली र पुष्पकमल दाहाल नै अध्यक्ष रहेको र केन्द्रीय समिति ४ सय ४१ सदस्यीय आधिकारिक रहेको उल्लेख गरी जवाफ पठाएको थियो।

दाहाल–नेपाल पक्ष आयोगको त्यस्तो निर्णय त्रुटिपूर्ण रहेको र बहुमत सदस्यको सनाखत लिन नचाहेर कुर्तक मात्र गरेको निष्कर्ष निकाल्दै अब राजनीतिक दलसम्बन्धी ऐनको दफा ४३ मा टेकेरै आधिकारिकता दाबी गर्ने निर्णयमा पुगेको हो। सोमबार आफूपक्षीय केन्द्रीय समितिको आकस्मिक बैठक बोलाएर यो पक्षले यस्तो निर्णय लिएको हो। पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार पार्टीको आधिकारिकताको दाबी गर्दै निर्वाचन आयोगलाई पत्र लेख्ने निर्णय बैठकले गरेको हो। उनले भने, ‘पार्टीको विधानअनुसार पार्टीका बैठक गरेर पार्टीको पदाधिकारीको सन्दर्भमा फेरबदल गरिएको निर्णयसहित पार्टीका तर्फबाट जवाफसहितपार्टीको आधिकारिकताको दाबी गर्दै निर्वाचन आयोगलाई पत्र लेख्ने निर्णय बैठकले लिएको छ।’ (यो समाचार आजको अन्नपुर्ण पोष्ट दैनिकमा छ ।)

कतै यात्रा गर्दै हुनुहुन्छ? कस्तो रहला त आजको मौसम, एकपटक हेरेर यात्रा तय गर्नुहुन्छ कि ?

काठमाडौँ । अहिले देशका तराई भू–भागमा बाक्लो हुस्सु लागेको छ । पहाडी भूभागमा आंशिक बदली रही बाँकी भू(भागमा सामान्यतया सफा रहेको छ । हाल नेपालमा पश्चिमी न्यून चापिय रेखाको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

आज दिउँसो पहाडी भू–भागमा आंशिक बदली रहे पनि बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश १, सुदूरपश्चिम र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको समेत सम्भावना रहेको छ ।

यस्तै आज राति सुदूरपश्चिम र पहाडी भू–भागका केही स्थानमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश १, सुदूरपश्चिम र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

यसैगरी आज काठमाडौँको न्यूनतम तापक्रम २।७ डिग्री सेल्सियस रहेको छ भने अधिकतम तापक्रम दिउँसो बढेर १८–२० डिग्री सेल्सियस पुग्ने अनुमान गरिएको छ ।

बीमा समितिको अध्यक्षमा पूर्व सचिव सिलवाल नियुक्त

काठमाडौँ । बीमा समितिको अध्यक्षमा पूर्व सचिव सिलवाल नियुक्त भएका छन् । सरकारले बीमा समितिको अध्यक्षमा पूर्व सचिव सुर्य प्रसाद सिलवाललाई नियुक्त गरेको हो ।

मन्त्रिपरिषद्को सोमबार साँझ बसेको बैठकले सिलवाललाई अध्यक्ष नियुक्त गरेको हो। उनको कार्यकाल ४ वर्षको हुने छ ।

बीमा समितिका अध्यक्षका लागि अर्थमन्त्री बिष्णु पौडेलले उनीसहित तीन जनाको नाम मन्त्रिपरिषद्मा सिफारिस गरेका थिए । ती मध्येबाट सिलवाललाई समितिको अध्यक्षमा नियुक्त गरिएको हो ।

सिलवालले उद्योग मन्त्रालय, गृह मन्त्रालयको सचिवमा रहेर काम गरेको अनुभव छ ।

यसअघिका अध्यक्ष चिरञ्जीवी चापागाईंको कार्यकाल सकिएपछि बीमा समितिको अध्यक्ष पद गत पुस २३ गतेदेखि रिक्त थियो ।

बीमा समितिको नयाँ अध्यक्ष बन्नका लागि राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीदेखि नेपाल राष्ट्र बैंकका निर्देशक डा। रामशरण खरेलसम्म अध्यक्षको आकांक्षी थिए। त्यस्तै, राष्ट्र बैंकबाट अवकाश प्राप्त कार्यकारी निर्देशक लक्ष्मी प्रपन्न निरौला, चार्टर्ड एकाउन्टेट टंक पनेरु, पुनर्बीमा कम्पनीका पूर्व अध्यक्ष महेश गुरागाईं पनि अध्यक्षको दौडधुपमा लागि परेका थिए।

त्यस्तै, समितिका पूर्व कार्यकारी निर्देशक श्रीमान कार्की, समिति सञ्चालक समिति सदस्य कपिलदेव सुवेदी र निवर्तमान अध्यक्ष चापागाँई समेत अध्यक्षको दौडधुपमा थिए तर सरकारले पूर्व सचिव सिलवाललाई विस्वास गरेको छ ।

साल्ट ट्रेडिङले फेबुअरी महिनालाई ‘आयोडिन मन्थ’ को रुपमा मनाउने, यस्ता छन् चेतनामुलक कार्यक्रमहरु

काठमाडौँ । साल्ट ट्रेडिङ्ग कर्पोरेशन लि.ले आज देखि एक महिना अर्थात फ्रेबुअरीलाई ‘आयोडिन मन्थ’का रुपमा मनाउने योजना सार्वजनीक गरको छ । आयोडिनयूक्त नूनको प्रवद्र्धन तथा यस सम्बन्धी जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले आयोडिनको कमीबाट हुने विकृति निवारण सम्बन्धि जनचेतना जगाउने उद्देश्य अनुरुप सन् २०२१ फेबुअरी महिनालाई आयोडिनको कमीले हुने विकृतिहरु सम्बन्धी जनचेतना जगाउने महिनाको रुपमा आज देखी १ महिनाभरी सरकारले ‘आयोडिन मन्थ’का रुपमा मनाउने भएको हो ।

यूनिभर्सल साल्ट आयोडाइजेशनको सदस्य राष्ट्रको हैसियतले नेपालमा सन् १९९८ देखि हरेक फेब्रुअरी महिनालाई ‘आयोडिन मन्थ’ घोषणा गरी आयोडिन सम्बन्धी चेतना मूलक गतिविधि संचालन गरिदै आएको हो ।

आयोडिनको कमीबाट उत्पन्न विभिन्न विकृतिहरु मध्ये Visible Goiter सन १९८५।८६ मा ४४.२ प्रतिशत रहेकोमा सन् २००७ मा ०.४ प्रतिशतमा झर्न गएको थियो भने सो हाल समुदायमा देखिएको छैन ।

नेपाल सरकारले दिएको निर्देशन अनुसार यस कर्पोरेशनले आयोडिनयुक्त नुनको आपुर्ति गर्दै आएको र नेपाल सरकारले लिएको सह शताब्दी विकास लक्ष अनुरुप सन् २०१८ सम्ममा उचित मात्रामा आयोडिन भएको नून उपभोग गर्ने घर संख्या ९० प्रतिशतमा पुर्याउने लक्ष्य लिएकोमा सन् २०१६ को नेपाल सरकारले गरेको NNMS सर्वे अनुसार ९१.० प्रतिशत घर परिवारले उपयूक्त मात्रामा आयोडिन भएको नून उपभोग गरेको पाईएको छ भने सन २०१६ मा नेपाल सरकारले गरेको  NDHS सर्वे अन’सार ९४.५ प्रतिशत ५ वर्ष मुनिका वालवालिकाले उपयूक्त मात्रामा आयोडिन भएको नून उपभोग गरेको पाईएको छ ।

यस वर्ष Covid 19 का कारण नेपाल कोरोनाको संक्रमणबाट अझै पनि जोखिमपूर्ण रहेकोले नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निर्दिष्ट गरिएको नियम पालना गर्दै १ महिनासम्म आयोजना गरिने कार्यक्रमहरुमा कर्पोरेशनले नेपाल सरकारको जनस्वास्थ्यसंग सम्बन्धित निकायहरुका साथै विद्यालय, समुदाय एवं गैर सरकारी संघ।संस्था,स्थानीय निकाय लगायत नागरिक समाजका व्यक्ति एवं संस्था संग समन्वय गरी भौतिक दुरी कायम गरी कार्यक्रम संचालन गर्ने छ ।

आयोडिनको कमीबाट हुने शारिरीक एवं मानसिक कमजोरीका सम्बन्धमा जनचेतनामूलक कार्यक्रमहरुबाट जानकारी दिन शिक्षक, विद्यार्थी, स्वास्थ्यकर्मी तथा जनसमुदायहरुलाई क्रमशः स्वास्थ्य चौकिहरुमा कार्यक्रम, बिद्यालयमा कार्यक्रम, हाटबजारमा माईकिङ्ग, चेतना मूलक सामग्री बितरण, प्रर्दशनी कक्ष(स्टल) राख्ने, जस्ता गतिविधि महिनाभरी संचालन गर्ने साल्ट ट्रेडिङ्ग’ कर्पोरेशन लि.ले जनाएको छ ।

नेपाल सरकारले विगत ५७ वर्ष देखी साल्ट टे«डिङ्ग कर्पोरेशन लि.लाई देशभर आयोडिनयूक्त नूनको आपूर्तिकोे जिम्मेबारी दिएको छ । साल्ट ट्रेडिङ्ग कर्पोरेशन लि.ले ग्रामीणस्तर सम्म आयोडिन सम्बन्धी चेतनामूलक गतिविधिका साथै दुईबालबालिका चिन्ह अंकित पाकेट नून सुलभ मूल्यमा बिक्री बितरण तथा जनचेतनाका कार्यक्रमहरु संचालन गर्दै आएको छ ।

आज देखी शुरु हुने आयोडिन मन्थमा आयोडिन सम्बन्धी चेतनामूलक सन्देश लेखिएको सपिङ्ग झोला, स्कुल झोला, टीसर्ट, पम्पलेट, तथा Face Mask बकप जस्ता सामग्री बितरण गर्न बिभिन्न विद्यालय तथा हाट बजारमा टोली खटाईने छ र उक्त अवसरमा आयोडिनको महत्वबारे जनचेतना जगाउन कार्यक्रम संचालन गर्न लागेकोे छ ।

कांग्रेस र जसपासँग सहमति हुँदैछ, ओलीलाई एक्ल्याउँछौं:प्रचण्ड

काठमाडौँ । नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधि सभा पुनर्स्थापनाको लागि साझा संघर्ष गर्न नेपाली कांग्रेस र जनता समाजवादी पार्टीसँग सहमति जुट्न लागेको बताएका छन्।

केन्द्रीय सदस्य हरि दाहालका अनुसार सोमबार केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै प्रचण्डले केपी गुटलाई अब एक्ल्याउने र आन्दोलनबाटै कमजोर बनाउने बताएका थिए।

संसद् पुनर्स्थापनासम्बन्धी मुद्दामा अन्य दलहरुसमेत एक ठाँउमा आउने अवस्था बन्दै गएको छ, छलफल पनि भइरहेको छ,’ बैठकमा प्रचण्डले भनेका थिए, ‘केपी गुटलाई आन्दोलनबाट धराशायी बनाउने सहमति हुन लागेको छ।’

उनले प्रदेश १ र वागमती प्रदेशमा कांग्रेससँग मिलेर अघि बढ्ने विषयमा सहमतिउन्मुख रहेको जानकारी दिएका थिए।
प्रदेश १ र वागमती प्रदेशका मुख्यमन्त्रीविरुद्ध प्रचण्ड–नेपाल नेतृत्वको नेकपाका सांसदहरुले अविश्वास प्रस्ताव दर्ता गराएका छन्।

ती दुवै प्रदेशका मुख्यमन्त्री प्रधानमन्त्री केपी शर्मा ओलीनिकट हुन्।

अर्थमन्त्री पौडेलद्वारा सुकुम्बासीलाई जग्गाधनी पूर्जा वितरण गर्ने कार्यलाई तीव्रता दिन निर्देशन

काठमाडौँ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले भूमिहिन दलित र भूमिहिन सुकुम्बासीलाई जग्गाधनी पूर्जा वितरण गर्ने कार्यलाई तीव्रता दिन भूमि सम्बन्धी समस्या समाधान आयोगलाई निर्देशन दिएका छन् ।

अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा अर्थमन्त्री पौडेलले भूमिहिनलाई जग्गाधनी पूर्जा उपलब्ध गराउने कार्य सरकारको उच्च प्राथमिकतामा रहेको भन्दै वास्तविक भूमिहिनको लागत संकलन गर्ने कार्य सम्पन्न गर्दै मापदण्डभित्र परेकालाई जग्गाधनी पूर्जा उपलब्ध गराउन निर्देशन दिएका हुन् ।

‘स्रोत र जनशक्तिको अभाव हुन दिने छैनौं, अर्थमन्त्री पौडेलले भन्नुभयो–काम र परिणाम पनि त्यही अनुसार आउने गरी काम गर्नुहोस् ।’

आयोगका अध्यक्ष देवीप्रसाद ज्ञवालीले स्थानीय तहसँग पनि सहकार्य र समन्वय गर्दै काम गरेको जानकारी दिनुहुँदै १८ घण्टा खटेर काम गर्ने बताए ।

आयोगका पदाधिकारीले अहिलेसम्म गरेको कार्य प्रगति र भावी लक्ष्य पनि प्रस्तुत गरेका थिए ।

आयोगका अनुसार ७४ जिल्लाका ४ सय १ स्थानीय तहसँग भूमिहिन दलित, भूमिहिन सुकुम्बासी र व्यवस्थित बसोबासी व्यवस्थापन कार्यका लागि समझदारी भइसकेको छ भने १४ वटा स्थानीय तहमा लगत संकलन कार्य जारी छ ।

२०७७ साल फागुनसम्ममा ७ सय ५३ स्थानीय तहसँग समझदारी गरी एक सय स्थानीय तहको लगत संकलन कार्य सम्पन्न गरी कम्तिमा ५ लाख परिवारको विवरण संकलन गरिनेछ । यस्तै २०७८ साल असारसम्ममा १ सय स्थानीय तहको नापजाँच कार्य सम्पन्न गरी कम्तिमा ५० हजारलाई जग्गाधनी पूर्जा वितरण गरिनेछ

‘VIKING 222 मोडलका बसहरु हस्तान्तरण

काठमाडौँ । आइएमई ग्रुप अन्तर्गत संचालित आइएमई मोटर्स प्रा. ली. द्धारा प्रवद्धित अशोक लेलैण्डले ‘काठमाडौंमा एक कार्यक्रम गरी VIKING 222 मोडलका बसहरु आफ्ना ग्राहकहरुलाई हस्तान्तरण गरेको छ । कम्पनीका अनुसार हस्तान्तरण गरिएका सम्पूर्ण गाडिका मोडलहरु २०२१ का रहेका छन् । साथै यो अवसरमा VIKING 222, १०० वटा भन्दा पनि बढि बाटोमा गुडिरहेको कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार आज डेलिभरी गरिएका २०२१ मोडलका बसहरु यस वर्ष पहिलो पटक नेपालमा गुड्ने छन् । गाडि लिने मध्ये एक ग्राहकले भने ‘यो गाडि मैले पहिलो पल्ट लिएको हैन, म सँग १० ओटा ख्क्ष्प्क्ष्ल्न् बसहरु छन् जुन अहिले पनि पुर्व पश्चिम रुटहरुमा मज्जाले चल्दै आएका छन्, ग्राहकहरुको माग अनुसार आरामदायी यात्रा साथै राम्रो कमाई हुने भएकाले मैले VIKING 222 लाई नै रोजे र साथिहरुलाई अरु ब्राण्ड तिर नजान पनि सलाह दिन्छु ।’
VIKING 222, रुट बसमा चल्ने बस मध्ये सबैभन्दा रुचाएको बस हो । यसमा इनलाईन फ्युल पम्प हुनुका साथै एच सिरिज इन्जिन रहेको छ जस्ले गर्दा इन्धन कम खपत हुन्छ, साथै सबैभन्दा कम मर्मत खर्च लाग्छ । VIKING 222 मा ओभर ड्राईभ गियर बक्सले काम गर्ने भएको हुदा १८० एच पी इन्जिनको साथमा द्रुत गतिको आरामदायी यात्रा गर्न सकिन्छ । रियर एयल सस्पेन्शन, डारिरेक्ट ड्राइभ, इनलाईन फ्युल पम्प साथै धेरै माइलेजले गर्दा यो गाडि अरु गाडि भन्दा फरक र बिश्वासिलो रहेको सेल्स हेड सुशिल सुबेदीले बताए ।

नेपालमा हरेक लामो दुरी रुटमा VIKING गाडिहरु चल्दै आएका छन् । अत्याधिक माग अनुसार कम्पनीले ग्राहक वर्ग हरुलाई बिशेष सर्भिस पनि दिदै आएको छ । आफ्ना १३ ओटा सर्भिस नेटवर्क बाट सर्भिस लिन सकिने हुदा कुनै पनि ठाउँमा गाडि बिग्रिएमा सजिलै पार्टस र सर्भिस पाउन सकिने कम्पनीले जनाएको छ ।

कक्षा १२ को नतिजा आज सार्वजनिक हुँदै

काठमाडौँ । कक्षा १२ को नतिजा आज सार्वजनिक हुँदैछ । कोरोना महामारीको चपेटामा परेर ढिला लिइएको कक्षा १२ को परीक्षाको नतिजा आज सार्वजनिक हुन लागेकोहो ।

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा आज सार्वजनिक गर्ने तयारी गरेको जनाएको छ । प्राविधिक तथा अन्य समस्या नदेखिए आज नतिजा सार्वजनिक हुने बोर्डका अध्यक्ष प्रा.डा.चन्द्रमणि पौडेलले जानकारी दिए ।

कोरोना महामारीको असरपछि यो वर्ष कक्षा १२ मा ४० प्रतिशत पूर्णाङ्कको मात्र परीक्षा लिइएको थियो । यसमा ४० प्रतिशत मूल्याङ्कन कक्षा ११ को नतिजाको आधारमा र २० प्रतिशत आन्तरिक मूल्याङ्कन गरिएको छ ।

नयाँ अवशरहरुको सदुपयोग गर्न युवा उद्यमीलाई सरकारको आग्रह

काठमाडौँ । युवा उद्यमशीलता विकासका लागि सरकारले सहुलियतपुर्ण कर्जा कार्यक्रम अघि सारेको छ । सञ्चार तथा सुचनाप्रविधि मन्त्री पार्वत गुरुङ्ले राजधानीमा नवप्रवर्तन प्रस्ताव आह्वान कार्यक्रमको सचिवालयमार्फत बागमती प्रदेश सरकार, राष्ट्रिय बाणिज्य बैंक, विशाल फाउण्डेशन र युनिग्लोव कलेजले आयोजना गरेको युवा उद्यमशीलता प्रवद्र्धन कार्यक्रममा यस्तो बताएका हुन् । सरकारका प्रवक्तासमेत रहेका मन्त्री गुरुङ्ले कोभिड—१९ ले सिथिल भएको अर्थतन्त्र उकास्न र बैदेशिक रोजगारीलाई ब्यवस्थीत गदैं देशमै रोजगारीका अवशर सृजना गर्नका लागि सरकारले उद्यमी बन्न चाहनेका लागि सहुलियतपुर्ण कर्जा कार्यक्रम अघि सारेको बताए । आर्थिक समृद्धीका लागि युवाहरुलाई आर्थिक क्रियाकलापमा सहभागी गराउनुपर्नेमा मन्त्री गुरुङ्को जोड थियो । सोहि कार्यक्रममा नेपाल उद्योग बाणिज्य महासंघकी निर्वतमान अध्यक्ष भवानी राणाले स्टार्टअप ब्यवसाय गर्न चाहनेका लागि अहिले अवशर नै अवशर रहेको बताउदैं युवाहरुमा सोच, संकल्प, निरन्तरता र ब्यवसायिक रणनिति हुनुपर्ने बताए ।

उद्यमीमैत्री वातावरणका लागि सरकारले नेतृत्व लिनुपर्ने उनको भनाई छ । कार्यक्रममा बैंक तथा बित्तिय संस्था परिसंघका अध्यक्ष एवं बरिष्ठ उद्यमी पवन गोल्यानले कम्फट जोनमा बसेर समस्या देखाउनु भन्दा नयाँ अवशरहरुको उपयोग गर्न आग्रह गरे । राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरण कुमार श्रेष्ठले यो कर्जा एकदमै सस्तो र सरल किसिमले पाउने भएकाले सदुपयोग गरी व्यवसाय गर्न आग्रह गरे । कार्यक्रमका बिभिन्न सेसनहरुमा राष्ट्रिय योजना आयोगका सदस्य डा. रामकुमार फुयाल, उद्यमी महिला महासंघका अध्यक्ष रिता सिंह, बिजनेश अक्सीजनका अध्यक्ष सिद्रान्तराज पाण्डे, सुविसु केवल नेटका अध्यक्ष सुधिर पराजुली, राष्ट्रिय बाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरण कुमार श्रेष्ठ, विशाल फाउण्डेशनका अध्यक्ष नरेश प्रसाद श्रेष्ठ, बागमती प्रदेश सरकार, उद्योग, पर्यटन, वन तथा बातावरण मन्त्रालयका नवराज पुडासैनी, महिला उद्यमी डा. सुमित्रा गुरुङ् मानन्धर, युनिग्लोव कलेजका प्रिन्सीपल डा. नरबहादुर विष्ट, प्रा.डा राधेस्याम प्रधानलगायतले युवा उद्यमशीलताका चुनौति र अवशरबारे मन्तब्य राखेका थिए ।

विशाल फाउण्डेशनका कार्यकारी निर्देशक एवं आइडिया कल कार्यक्रमका संयोजक विशाल गैरेले माघ मसान्तभित्र आफनो इनोभेटिभ आइडिया पठाउने युवाहरुलाई निशुल्क तालीम र सहुलियतकर्जा प्रदान गर्ने बताए । सरकार, वित्तीय संस्था र नीति क्षेत्र बीच त्रिपक्षीय सहमति अनुसार बागमती प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय, राष्ट्रिय बाणिज्य बैंक र विशाल फाउण्डेशनले संयुक्त रुपमा सञ्चालन गरेको नवप्रवद्र्धन प्रस्ताव आह्वान कार्यक्रमको प्रवद्र्धनका लागि युनिग्लोव कलेजमा कार्यक्रम आयोजना गरिएको थियो ।

२०७७ माघ महिना भरी उद्यमी बन्न चाहने युवाका लागि नवप्रवर्तन प्रवद्र्धन प्रस्ताव (स्टार्टअप आइडिया कल) को बसाइट मार्फत नवप्रवद्र्धन प्रस्ताव आह्वान गरी संकलन गर्ने, उत्कृष्ट आइडिया पठाउने युवाहरुलाई उद्यमशीलता सम्वन्धी निशुल्क तालीम प्रदान गरी राष्ट्रिय बाणिज्य बैंक मार्फत बढीमा तीन प्रतिशत ब्याजदरमा अधिकतम १५ लाख रुपैंयासम्म सहुलियतपूर्ण कर्जा लगानी गरिने छ ।

आज कांग्रेसले एकसाथ ७७ जिल्लामा विरोध प्रदर्शन गर्दै

काठमाडौं । नेपाली कांग्रेसले आज एकसाथ ७७ जिल्लामा विरोध प्रदर्शन गर्दैछ । कांग्रेसले प्रतिनिधिसभा विघटनविरुद्ध १३ वटै भातृ संस्थाहरूको संयुक्त आयोजनामा ७७ जिल्लामै एकसाथ प्रदर्शन गर्न लागेको हो ।
यस्तै भ्रष्टाचार, कोरोना भाइरसको महामारी नियन्त्रणका लागि भएको कमजोर प्रयासको विरोधमा पनि प्रदर्शन गर्न लागिएको कांग्रेसले जनाएको छ । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले सोमबारको प्रदर्शन रातो प्रतिगमन’ विरूद्ध हुने बताएका छन् ।

कालिमाटिमा आज फलफूल तथा तरकारीको मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको मूल्य विवरण अनुसार आज सुकेको प्याज (भारतीय)लाई औसतमा प्रतिकेजी ६७ रुपैयाँ पर्नेछ ।

त्यस्तै, हरियो प्याजलाई प्रतिकेजी ५५ रुपैयाँ, भिण्डी ९५ रुपैयाँ, ब्रोकाउली ५५ रुपैयाँ, आलु रातो २८ रुपैयाँ, आलु रातो ९भारतीय०लाई २४ रुपैयाँ र सेतो आलु २० रुपैयाँमा कारोबार हुनेछ ।

काउली तराई २२.५० रुपैयाँ, काउली स्थानीय ३० रुपैयाँ, गोलभेडा ठूलो (नेपाली)लाई ४५ रुपैयाँ, गोलभेडा सानो १७.५० रुपैयाँ, गोलभेडा सानो (टनेल)लाई प्रतिकेजी १६ रुपैयाँ, गोलभेडा सानो (तराई) २७.५० रुपैयाँ, गोलभेडा सानो (भारतीय) २४ रुपैयाँ पर्नेछ भने गुन्द्रुक २३५ रुपैयाँमा कारोबार हुने समितिले जनाएको छ ।

आज (नेकपा) दाहाल–नेपाल पक्षको केन्द्रीय कमिटी बैठक

काठमाडौँ । (नेकपा) दाहाल–नेपाल पक्षले आज सोमबार स्थायी कमिटी बैठक आह्वान गरेको छ। प्रवक्ता नारायणकाजी श्रेष्ठले बिहान ११ बजेका लागि बैठक बोलाएको जानकारी दिए।

बैठक बबरमहलस्थित कार्की पार्टी प्यालेसमा बस्ने छ। यसअघि पुस ७ र ९ गते सोही पार्टी प्यालेसमा यो पक्षको केन्द्रीय कमिटी बैठक बसेको थियो।

उक्त बैठकले ओलीलाई आफ्नो पार्टीको अध्यक्षबाट हटाएर रिक्त स्थानमा माधवकुमार नेपाललाई नियुक्त गरेको थियो। तर निर्वाचन आयोगले यो वैधानिक नभएको ठहर गरिसकेको छ।पुस पाँच गते खड्क ओलीले संसद विघटन गरेपछि त्यसको विरुद्धमा यो पक्षले सडक संघर्षलाई निरन्तरता दिइरहेका बेला केन्द्रीय कमिटी बैठक बोलाइएको हो।श्रेष्ठका अनुसार समसामयीक विषयमै बैठक केन्द्रित हुनेछ।