भारतमा एक करोड १२ लाख २९ हजार भन्दा बढी कोरोना सङ्क्रमित

काठमाडौँ । भारतमा गत २४ घण्टामा १५ हजार ३८८ जनामा कोभिड–१९ को सङ्क्रमण देखिएपछि कुल कोरोना सङ्क्रमितको सङ्ख्या एक करोड १२ लाख ४४ हजार भन्दा बढी पुगेकोे केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले मङ्गलबार जनाएको छ ।
भारतमा गत २४ घण्टामा कोभिड–१९ सङ्क्रमणको कारण ७७ जनाको मृत्यु भएपछि कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या एक लाख ५७ हजार ९३० जना पुगेको छ । हाल भारतमा एक लाख ८७ हजारभन्दा बढी सक्रिय सङ्क्रमित रहेका छन् । केही दिनयता भारतमा सक्रिय संङ्क्रमितको संख्या बढेको पाइएको छ ।

यसैबीच कोभिड–९९ को सङ्क्रमण शुरु भएयता भारतमा हालसम्म एक करोड आठ लाख ९९ हजारभन्दा बढी कोरोना भाइरस मुक्त भएका छन् ।भारतमा गत जनवरी १६ देखि कोभिड–१९ विरुद्धको खोप कार्यक्रम शुरु भएको थियो । सो समयदेखि हालसम्म देशभरी २ करोड ३० लाख व्यक्तिले खोप लगाईसकेका छन् ।

भारतीय स्वास्थ्य अनुसन्धान परिषद्ले मङ्गलबारसम्म देशभर २२ करोड २७ लाख २ हजारको हाराहारीमा नमूना परीक्षण गरेको छ । हिजो सोमबार एकै दिनमा सात लाख ४८ हजार ५२५ जनाको कोभिड–१९ परिक्षण भएको पनि समाचारमा जनाइएको छ ।

बर्दिवासमा भूमाफियाको जगजगी

महोत्तरी । सरकारले महोत्तरीको बर्दिवास नगर क्षेत्रमा सुकुम्बासी र अव्यवस्थित बसोबासी जग्गा व्यवस्थित गर्न थालेसँगै भूमाफियाहरुको जगजगी बढेको छ । सरकारले बर्दिवास नगरपालिकासँगको सहकार्यमा वर्षौँदेखि पर्ति र ऐलानी जग्गामा घर बनाएर बसेका सुकुम्बासी र अव्यवस्थित बसोबासीको लगत सङ्कलन गरेर जग्गाधनी प्रमाणपुर्जा दिने तयारी थालेसँगै यहाँ भूमाफियाको जगजगी ह्वात्तै बढेको हो ।

नगरका वडा बस्तीमा सुकुम्बासी र अव्यवस्थित बसोबासीको लगत सङ्कलन थालिएसँगै भूमाफियाले नदीउकास, पर्ति, ऐलानी र वन क्षेत्रका जग्गामा समेत साँध सीमा लगाएर जग्गा कब्जा गर्दैछन् । यसरी कब्जा गर्ने क्रम नदीउकास जग्गा र वन क्षेत्रमा बढी देखिएको बर्दिवास–१ का सामाजिक, राजनीतिक कार्यकर्ता शङ्कर फुँयाल बताउनुहुन्छ ।

“हेर्नोस् न, रातु पुलदेखि दक्षिण–पश्चिमको नदीउकास जग्गामा साँध सीमाका पिलर (खाँबा) ठडिएका छन्, नेवारडाँडा, कामीडाँडा वन क्षेत्रको जग्गामा धमाधम घर ठडिने क्रम बढेको छ”, फुँयालले भन्नुभयो, “सरकारले सुकुम्बासी र वर्र्षौँैदेखि भोगचलन गर्दै आएका गरिबलाई व्यवस्थित गरिने भन्दै लगत सङ्कलनको काम थालेसँगै अतिक्रमण ह्वात्तै बढेको छ ।” नगरपालिका र सरकारले गठन गरेको भूमि समस्या समाधान आयोगले भूमाफियाको चलखेल रोक्न केही गर्दैछ भन्ने नदेखिएको फुँयालको थप गुनासो छ ।

“अन्तको कुरा छाड्नोस् न, बर्दिवास–१ र ३ मा पर्ने नेवारडाँडा कामीडाँडा वन क्षेत्रकै अतिक्रमित १६ बिघे कित्ताभित्र हेर्नोस, पार्टीका ठूलाबडा नेता, उपल्लो तहका हाकिम र ठाटबाँट देखाउने व्यापारीले कब्जा गरेर मोटो रकम लिँदै सोझासाझालाई फसाउँदैछन्”, फुँयालले भन्नुभयो, “वन क्षेत्र अतिक्रमण गर्न गराउन वनसम्बद्ध अधिकारी, पूर्वहाकिम र राजनीतिक दलका ठूलाबडा नै छन् ।”

जम्मा १४ वडामा विभाजित बर्दिवास नगरपालिका जिल्लाको मुख्य वन क्षेत्र ओगट्ने नगर भए पनि वन क्षेत्रको सुरक्षामा नगर नेतृत्वको चासो नदेखिएको यहाँका सर्वसाधारणसमेत टिप्पणी गर्छन् । “जिल्लामा ७० जति सामुदायिक वन क्षेत्र, धार्मिक वन क्षेत्र र सागरनाथ वन विकास परियोजनाका प्लट अतिक्रमित भएका छन्”, बर्दिवास–२ का बासिन्दा स्थानीय सामाजिक, राजनीतिक कार्यकर्ता देवनारायण महतो भन्नुहुन्छ, “तर वनसम्बद्ध कार्यालय होउन् कि स्थानीय तहको नेतृत्व होस्, कानमा तेल हालेर बसेको देखिन्छ ।” जिल्लामा सामुदायिक, साझेदारी, धार्मिक र सागरनाथ वन विकास परियोेजनाको समेत गरी करिब २४ हजार हेक्टर क्षेत्रफलको वन क्षेत्र अहिले अतिक्रमणको चपेटाले १६ हजार हेक्टरभन्दा तल खुम्चिएको महतो बताउनुहुन्छ ।

जिल्लामा बर्दिवास र गौशाला नगरपालिका पूर्वपश्चिम राजमार्गसँग जोडिएको क्षेत्रको दायाँबायाँ मुख्य वन क्षेत्र छ । चुरेडाँडासम्मको वन क्षेत्रका जग्गा अतिक्रमणको चपेटामा परेका छन् । यसबाहेक नदीले बहाव छाडेको उकासक्षेत्र भूमाफियाको चपेटामा परेको बर्दिवास–१४ का बासिन्दा ६० वर्षीय हरि दाहालको भनाइ छ ।

बर्दिवास नगर क्षेत्रमा पर्ति, ऐलानी, नदीउकास र वन क्षेत्रको जग्गामा अतिक्रमण बढेको गुनासो बढिरहेबीच बर्दिवास नगर कार्यपालिकाले यस्ता जग्गाको संरक्षणबारे चासो बढाएको जनाएको छ । नगरप्रमुख विदुरकुमार कार्कीले एक महिनाअघि गत माघ २५ गतेको नगर कार्यपालिकाको निर्णयले वन क्षेत्रको सुरक्षाका लागि सम्बन्धित निकायसँग समन्वय गर्ने र पर्ति, ऐलानी र नदीउकास जग्गा छुट्याएर सार्वजनिक सरोकारमा उपयोग गरिने गरी नापी गर्ने निर्णय भएको जानकारी दिनुभयो ।

“वन क्षेत्रको जग्गा अतिक्रमण भएका सूचना र गुनासा बढेका छन्, वनसम्बद्ध निकायसँगको समन्वयमा तिनको खोजी गरिनेछ”, नगरप्रमुख कार्कीले भन्नुभयो, “जनताले यसअघि घरबास नगरेका र खनजोत नगरेका पर्ति, ऐलानी र नदीउकास जग्गा अब नापी गरिने छ ।” नगर कार्यपालिकाले वडापिच्छे चौहद्दी नै तोकेर यस्ता जग्गामा हुने दक्खल सह्य नहुने र कारवाहीबाट जग्गा खाली गराइने निर्णय गरेको नगरप्रमुख कार्कीको भनाइ छ ।

“नगर क्षेत्रभित्र ५०० बिघाभन्दा बढी यस्ता जग्गा छन्, सबैको वैज्ञानिक लगत अभिलेख बनाएर सरकारी कार्यालय, विद्यालय तथा अन्य सामाजिक सङ्घसंस्थाका कार्यालय बनाउन जग्गा उपलव्ध गराइने नीति बनाइएको छ”, नगरप्रमुख कार्कीले भन्नुभयो, “हामी सुकुम्बासी र अव्यवस्थित बसोबासीको जग्गा स्वामित्व दिन लागिपरेका छौँ तर यो क्रममा भूमाफियाको चलखेल नियन्त्रण गरिनेछ ।”

बर्दिवास अहिले प्रदेश नं २ को विभिन्न प्रशासनिक कार्यालय, सरकारी कार्यालय, शैक्षिक सङ्घसंस्था र स्वास्थ्य सेवाको मुख्य ठाउँ बन्दै गएको छ । यस्ता कार्यका लागि सार्वजनिक जग्गा उपयोगमा ल्याइने नगरप्रमुख कार्कीको भनाइ छ ।

नगरपालिकाले सार्वजनिक जग्गाबारे संरक्षण र उपयोगको चासो बढाएपछि यहाँ अब यस्ता जग्गाको खोजी र संरक्षण हुने आश भने पलाएको छ । नगरपालिकाले संस्थागत निर्णय नै गरेर यसबारे चासो देखाएपछि अब भूमाफियाको चलखेल रोकिने आश पलाएको बर्दिवास–२ का बासिन्दा तारानाथ आचार्यको भनाइ छ ।

पाँच युवाको लगानीमा काष्ठ तथा कागज उद्योग सञ्चालन

काठमाडौँ । खोटेहाङ गाउँपालिका–६ इन्द्रेणीपोखरीका पाँच युवाले काष्ठ उद्योग तथा नेपाली कागज उद्योग स्थापना गरेका छन् । उद्योग स्थापना गरेर आफ्नै ठाउँमा स्वरोजगार बन्ने लक्ष्यका साथ स्थानीय कप्दान राई, रामकुमार कार्की, नइन्द्र कार्की, दुर्गाबहादुर राई र रविनकुमार राईले दशमी काष्ठ उद्योग र विश्वज्योति नेपाली कागज उद्योग स्थापना गरेका हुन् ।

पाँच जनाको रु पाँच÷पाँच लाखको शेयर लगानीमा विसं २०७६ मा स्थापना गरिएको उद्योगबाट अहिले फर्निचरका सामग्री उत्पादन एवं बिक्री वितरण भइरहेको छ । नेपाली कागज उत्पादनको काम भने अन्तिम चरणमा पुगेको लगानीकर्तामध्येका रविनकुमार राईले बताए । स्थानीय वन÷जङ्गलमा भएका कच्चा सामग्रीलाई उपयोग गर्दै आम्दानीको स्रोत बनाउने र गाउँमै ‘केही गर्न सकिन्छ’ भन्ने उदाहरण देखाएर युवालाई वैदेशिक रोजगारमा जानबाट रोक्न सामूहिक लगानीमा उद्योग स्थापना गरिएको जनाइएको छ । काष्ठ उद्योगबाट हाल कुर्सी, टेबल, दराज, सोफालगायतका फर्निचरका सामग्री उत्पादन तथा बिक्री वितरण भइरहेको जनाइएको छ ।

विशेषगरी अर्डर आएअनुसारको फर्निचरका सामग्री तयार पार्ने गरिएको उद्योगका सञ्चालकले बताएका छन् । नेपाली कागज उद्योगबाट हाते तथा कम्प्युटरमा प्रयोग हुने फोटोकपी पेपर उत्पादनको तयारी गरिएको छ । नेपाली कागज उत्पादन गर्न अहिले अर्घेली, सेतबरुवा, सिक्रे र पात्लेवहीको बोक्रा सङ्कलनको काम भइरहेको जनाइएको छ । लगानीकर्तामध्ये रामकुमार कार्कीका बुबा कृष्णबहादुर कार्कीले विसं २०३४ मा स्थापना गरेकै कागज उद्योगलाई सामूहिकरूपमा सञ्चालनमा ल्याइएको हो ।

उद्योग सञ्चालकले काष्ठ तथा नेपाली कागज उत्पादनसँगै कुटानी पिसानी मिल पनि सञ्चालन गरेका छन् । माछा र हाँसपालनका लागि उद्योग नजिकै तीनवटा पोखरीसमेत निर्माण गरिएको रामकुमार कार्कीले जानकारी दिए । “पोखरीमा हाल्नका लागि हाँसका बच्चा ल्याइसकिएको छ”, उनले भने, “ उद्योगसँगै तरकारी खेती पनि गर्ने लक्ष्य राखिएको छ ।” रामकुमारले वैदेशिक रोजगारीका सिलसिलामा मलेशियामा सात वर्ष बिताएका थिए । मलेशिया बसाइका क्रममा सिकेको सीपलाई उनले गाउँमा स्थापना गरिएको उद्योगमा उपयोग गरिरहेका थिए ।

यस्तै पाँच वर्ष कोरिया बसेका कप्दान पनि ‘आफ्नै थातथलोमा केही गरौँ’ भन्ने लक्ष्यका साथ उद्योग स्थापनामा सामेल भएका हुन् । दश स्थानीय तह रहेको जिल्लाका अधिकांश युवाले वैदेशिक रोजगारीको सिलसिलामा विभिन्न देशमा पुगेर फर्किएपछि आफ्नै गाउँमा स्वरोजगारमूलक व्यवसाय शुरु गरेका छन् ।

यसैबीच खोटेहाङ गाउँपालिकाले ‘दलितसँग गाउँपालिका’ कार्यक्रम शुरु गरेको छ । समग्र दलित समुदायको उत्थान एवं आयआर्जनमा टेवा पु¥याउने लक्ष्यका साथ गाउँपालिकाले ‘दलितसँग गाउँपालिका’ कार्यक्रम शुरु गरेको हो । दलित समुदायको जीवनस्तर उकास्ने लक्ष्यका साथ आर्थिक वर्ष २०७७÷७८ मा विनियोजित दलित लक्षित कार्यक्रमअन्तर्गत खोटेहाङ गाउँपालिका–९ लिच्कीराम्चेबाट ‘दलितसँग गाउँपालिका’ कार्यक्रम शुरु गरिएको गाउँपालिका प्रमुख प्रदीपकुमार राईले बताए । चालु आवमा लिच्कीराम्चेसहित वडा नं ३ सावाकटहरे र वडा नं ४ बड्कादियालेमा ‘दलितसँग गाउँपालिका’ कार्यक्रम सञ्चालन हुने गाउँपालिकाले जनाएको छ ।

‘दलितसँग गाउँपालिका’ कार्यक्रमअन्तर्गत तीनवटै वडाका दलित समुदायलाई स्वास्थ्य, शिक्षा तथा व्यवसाय छनोट, दर्ता र सञ्चालनलगायतका विषयमा जानकारी दिइने छ । यस्तै दलित परिवारको आर्थिक आयआर्जनमा टेवा पु¥याउने लक्ष्यअनुसार १५ उद्यमीलाई उत्पादन सामग्रीसमेत हस्तान्तरण गर्ने कार्यक्रम छ । यसबाहेक वडास्तरीय दलित सञ्जाल गठन, दलित र गैरदलितबीच सहभोजलगायतका कार्यक्रम सञ्चालन गरिने गाउँपालिकाले जनाएको छ । लिच्कीराम्चेमा आइतबार आयोजित दलितसँग गाउँपालिकासम्बन्धी अभिमुखीकरण गोष्ठी गरिएको थियो ।

पेरिसडाँडामा नेकपाको ‘अन्तिम बैठक’ बसेर माधव नेपाल पक्ष फर्कियो एमालेमा

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को अन्तिम बैठक सकिएको छ ।​ माओवादीको पार्टी कार्यालय पेरिसडाँडामा आज बसेको प्रचण्ड(नेपाल पक्षको बैठक नै सम्भवतः अन्तिम बैठक भएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । नेपाल पक्षको आन्तरिक छलफलपछि बसेको बैठकको निर्णय अनुसार नेपाल पक्ष एमालेमा फर्किएको हो ।

बैठकमा सर्वोच्चको फैसलाप्रति गम्भीर असहमति व्यक्त गर्‍यौँ । यसप्रकारको बैठक नेकपाको अन्तिम बैठक हुन सक्छ, उनले भने ।

उनले अझै पनि एकताको पहल भने जारी राख्ने बताए । ‘सर्वोच्च अदालतको फैसला कार्यान्वयनमा जाने नै भयो’ उनले भने दुईवटा पार्टीको बीचमा फेरि एकताको पहल भयो भने त्यही ढंगले हुनेछ । अब माओवादी केन्द्र र एमालेको प्रक्रिया अघि बढ्नेछ ।’

अब सर्वोच्च अदालतको फैसला अनुसार तत्कालिन नेकपा (एमाले) र नेकपा(माओवादी केन्द्र) ब्यूँतिने भएको छ । नेकपा केपी ओली समूहले सर्वोच्च अदालतको फैसला स्वीकार गर्ने यस अघि नै प्रतिक्रिया दिइसकेको छ ।

के तपाईको ओठ कालो भएकै कारण तपाईको बिएफ किस गर्न मान्दैनन्? भान्साकै सामानबाट यसरी बनाउनुस् सेक्सी ओठ

काठमाडौँ । कहिले काहिँ विविधकारणले गर्दा ओठ अस्वभाविक काला देखिने गर्छन् । यस्ता समस्याहरु कतिपय लिपिस्टीक तथा लिपगार्डले पनि निम्ताउने गर्छ । अझ चुरोट, बिँडी जस्ता पदार्थहरु सेवन गर्नेहरुका ओठ त अझ बढी नै काला देखिने गर्छन् । फेरी यता यस्तो सेवन गर्नु स्वास्थ्यका लागि हानिकारक छ । यसको लतले शरीरमा विभिन्न अंगमा गम्भीर असर पनि पुर्याउँछ । धुम्रपानको लतले ओठ तथा दाँतहरुको रंग पनि परिवर्तन गराउँछ ।
यद्यपी अब घरमै यसरी पाउनुस् छुटकारा

चुकन्दर
चुकन्दर खाँदा शरीरमा रगतको मात्रा बढ्छ । यसले छालालाई पनि चम्किलो बनाउँछ । साथै, ओठलाई पनि गुलाबी बनाउँछ । धुम्रपानको कारण ओठ कालो भएमा चुन्दरको टुक्रा लिने र त्यसमा पेट्रोलियम जेली लगाएर ओठमा लगाउने गर्दा ओठ गुलाबी बन्दै जान्छ ।

बेसार र दुध
थोरै दुधमा बेसार मिसाएर ओठमा लगाउने र केही समय छोडिदिने । र त्यसपछि चिसो पानीले पखाल्ने गर्दा ओठ सफा हुँदै जान्छ ।

कागती
शरीरको सफाईका लागि कागती अत्यन्तै उपयोगी मानिन्छ । यसले कपालमा चाँया आउने समस्या पनि कम गर्छ । भने छालालाई सेतो पनि बनाउँछ । कागतीको सानो टुक्रा लिएर ओठमा लगाउने गर्दा ओठ पनि सफा हुन्छ । एक चम्चा चिनीमा दुई थोपा कागतीको रस मिसाउने र ओठमा लगाउने गर्दा पनि ओठको समस्या समाधान हुन्छ ।
तुथपेष्टः
हामीले दैनीक ब्रस गर्न प्रयोग गर्ने तुथपेष्ट अर्थात कोलगेट पनि ओठको कालो हटाउन निकै उपयोगी मानिन्छ । हरेकी दिन ब्रस गर्ने समयमा पहिला केही मात्रामा कोलगेट राखेर हल्का ओठ मसाज गर्नुभयो भने पनि ओठमा नयाँ रंग आउने छ ।

के तपाईको घरमा किचकिचे सासू छिन् ? अपनाउनुस् यस्ता विधि

काठमाडौँ । पहिलै देखि हामीले सुन्दै र देख्दै आएको कुरा हो कि सासु र बुहारीको सम्बन्ध असाध्यै नाजुक हुन्छ । प्राय परिवारमा सासु र बुहारीबीच थुप्रै उतार–चढाव आउँछन् । श्रीमान र श्रीमतिबीच त यस्ता थुप्रै उतारचढाव आउँछन् भने सासु बुहारीमा त यो कुनै नौलो कुरा नै भएन । थुप्रै पटक स्थिती सहज बनिदिन्छ र दुई बीचको सम्बन्ध निकै प्रगाढ हुन्छ भने कहिलेकाँही कुनै एकको स्वभावले स्थितीलाई राम्रो बन्नबाट रोक्छ । यस्तै स्थिती त्यतिबेला पनि निम्तिन्छ जब बुहारीले चलाख सासू पाउँछन् र सधैंभरी बुहारीको नकारात्मक पक्ष मात्रै खोज्ने गर्छन् ।

एउटा कुरा साँचो हो कि सासु चाहे जस्तो सुकै होउन् तर उनीहरु छोराका लागि एक निकै केयरिङ आमा हुन्छन् । यस्तोमा उनीहरुलाई आफ्नै जीवनको हिस्सा बनाउँदा बुद्धिमानी हुन्छ । त्यसो भए यस्ता स्थितिसँग जुध्न के गर्ने त ? आउनुहोस्, यस्ता टिप्स अपनाउनुस्

अलर्ट हुनुहोस्ः

हो, सुपर अलर्ट हुनुहोस् । तपाईंकी सासुले तपाईंलाई के भनिरहेकी छिन् ? किन भनिरहेकी छिन् ? के गरिरहेकी छिन् रु यो विषयमा थोरै सजग रहँदा कुनै ठूलो कुरा मान्नु पर्दैन । यसो गर्दा तपाईं पहिला नै सासुको मनसाय बुझ्न सक्नुहुन्छ र आफ्नो विवेकले निर्णय लिँदै स्थितीलाई राम्रो बनाउन सक्नुहुन्छ । यसले तपाईंलाई बिना कारणको झगडाबाट जोगाउँछ भने आफूलाई कुनै भयानक स्थितीमा फस्नबाट पनि जोगाउन सक्नुहुन्छ ।

संवादलाई बलियो बनाउन काम गर्नुहोस्ः

संवादले कुनै सम्बन्ध जोड्न सक्छ भने यसको कमीले सम्बन्धमा दुरी पनि निम्त्याउन सक्छ । तपाईंले आफ्ना वरिपरि यस्ता थुप्रै उदाहरण पाउनुहुन्छ जसमा सम्बन्धविच्छेद लिने सोच बनाइसकेका जोडीले आफूलाई चित्त नबुझेका कुरामा छलफल गरेर आफ्नो सम्बन्धलाई बचाएका छन् र आफ्नो जीवनलाई उत्कृष्ट बनाइरहेका छन् ।

यसले देखाउँछ र स्वस्थ संवाद कति शक्तिशाली छ । यही कुरा आफ्नो सासुमाथि पनि लागू गर्नुहोस् । सासुले तपाईंको कुरालाई गलत तरिकाले लिइरहेकी छिन् भन्ने शंका लाग्ने बित्तिकै यसबारे खुलेर कुरा गर्नुहोस् र आफ्नो पक्ष राख्नुहोस् । यतिबेला नरम हुन नबिर्सनुहोस् ।

असुरक्षाको भावनालाई हटाउने कोसिस गर्नुहोस्ः

धेरैजसो घरमा सासु र बुहारीबीच तनाव यसकारण सुरु हुन्छ किनभने सासुलाई लाग्छ कि यत्तिका वर्षमा उनीहरुले जे पाए वा बनाएका छन्, त्यो सबै परिवर्तन हुनेछ । जस्तै निर्णय लिने अधिकार, छोराको लगाव, भान्सा घरसँग जोडिएको निर्णय, घर चलाउने तरिका आदि । सासुको यो असुरक्षाको भावनालाई तपाईं हटाउन सक्नुहुन्छ ।

यसका लागि तपाईं केही नयाँ गर्नुभन्दा अघि यसबारे सासुसँग कुरा गरेर वा मिलेर निर्णय लिन सक्नुहुन्छ । यसले देखाउँछ कि तपाईंलाई उनीहरुको रुची अरुचीको ख्याल रहेको महसुस गराउँछ र तपाईं मनैदेखि उनीहरुको सम्मान गर्नुहुन्छ ।

श्रीमान् र ससुरालाई बीचमा नल्याउनुहोस्ः

तपाईं र सासुको बीचमा केही मतभेद छ भने त्यसमा श्रीमान् र ससुरालाई बीचमा ल्याउने कोसिस नगर्नुहोस् । यदि सासुले उनीहरुलाई ल्याउँछिन् भने यतिबेला दखल दिँदा स्थिती बिग्रन सक्छ भनेर दुबैलाई सम्झाउनुहोस् । यस्तो गर्नु यसकारण पनि आवश्यक छ किनभने कुनै तेस्रो व्यक्ति झगडामा समावेश हुँदा कुरा शत प्रतिशत बिग्रन्छ ।

न कुरा काट्नुहोस्, न त अरुलाई गर्न दिनुहोस्ः

आफ्नो सासुबारे कुरा काट्न बन्द गर्नुहोस् । तपाईंलाई उनीसँग कुनै समस्या छ भने पनि यो आफैंमा सिमित राख्ने कोसिस गर्नुहोस् । यदि यसले तपाईंलाई मानसिक तनाव दिइरहेको छ भने आफ्नी आमा वा यस्ता व्यक्तिसँग सेयर गर्नुहोस् जसले तपाईंलाई सही बाटो देखाउन सक्छ । यदि कोही दोस्रो व्यक्तिले तपाईं र सासूको सम्बन्धबारे कुरा काट्छन् भने ती व्यक्तिलाई तुरुन्त रोक्नुहोस् । यसो नगर्दा पछि यो तपाईंमाथि नै भारी पर्न सक्छ ।

आखिर किन भेटिन् रेखाले पिप्लव ?

काठमाडौँ । नेपाली फिल्मकी चर्चित अभिनेत्री रेखा थापाले नेकपा महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’सँग भेट गरेकी छन् । उनले समाजिक संजाल फेसबुकमा भेटको एक तस्विर सार्वजनिक गर्दै भेटको बारेमा जानकारी दिएकी हुन् ।केही दिन अगाडि सरकारसँग वार्ता र सम्झौता गर्दै शान्तिपूर्ण राजनीतिमा आएका ‘विप्लव’ र रेखाबीच किन भेट भयो भन्नेबारे चासो हुनु स्वाभाविक हो । उसो त सरकारले विप्लव नेतृत्वको नेकपामाथि प्रतिवन्ध लगाएपछि रेखाले विरोध समेत गरेकी थिइन् ।

यहीबीचमा उनको भेटवार्तालाई लिएर विभिन्न आकलन र टिकाटिप्पणी भइरहेको बेला रेखाले ‘विप्लव’सँगको आफ्नो भेटलाई राजनीतिक रुपमा नहर्ने आग्रह गरेकी छन् । ‘‘विप्लव’सँग मेरो भेट एउटा कलाकार र राजनीतिक नेता बीचको भेट मात्र हो’ रेखाले भनिन् ‘भेटमा राजनीतिक भन्दा पनि ब्यक्तिगत र कला क्षेत्रको बारेमा हामीले कुरा गर्यौँ ।’ कलाकारका हिसावले सबैसँग आफ्नो भेटघाट हुने र गर्ने गरेको समेत रेखाले सुनाइन् ।‘म एक राजनीतिक पार्टीको नेतृ हुनु अगाडि कलाकार र समाजसेवी पनि हुँ’ रेखाले थपिन् ‘सोही हिसावले ‘विप्लव’सँग भेटेकी हुँ ।’

‘विप्लव’ भूमिगत हुँदा आफूले प्रतिबन्धको विरोध गरेको भएकोले पनि त्यसप्रति धन्यवाद दिन आफूलाई विप्लव’ले बोलाएकाले भेटेको रेखाले बताइन् । फिल्म निर्माण र अभिनयमा क्रियाशीलताका अलवा रेखा राप्रपामा पनि आवद्ध छिन् । यसैबीच रेखा अहिले नयाँ फिल्म निर्माण तयारी छन् । फिल्मको वैशाखबाट सुटिङ तयारी भैरहेको उनले बताइन् ।

माग नै नभएको विषयमा फैसला भयो, कानूनी परामर्शबाट पुनरावलोकनमा जान्छौंः माधव नेपाल

काठमाडौं । पूर्वप्रधानमन्त्री एवम् प्रचण्ड–माधव समूहका अध्यक्ष माधवकुमार नेपालले सर्वोच्च अदालतले गरेको निर्णय उपयुक्त नलागेको बताएका छन् । उनले मागै नभएको विषयमा प्रवेश गरेको बताउँदै पुनरावलोकनमा जाने समेत बताएका हुन् ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को नाम दावीसहित गरिएको रिटको सुनुवाइ गर्दा सर्वोच्चले एमाले र माओवादी केन्द्र बीच भएको एकता प्रक्रिया नै भंग गर्ने फैसला उपयुक्त नलागेको बताए ।

अब यसको न्यायिक बाटो भनेको पुनरावलोकन रहेको उनको भनाई छ । एमाले र माओवादी केन्द्र ब्यूँताइदिएको सन्दर्भमा कसरी अगाडि बढ्ने भन्नेबारे छलफल भइरहेको पनि नेपालको भनाइ छ ।

‘पहिले सबै पक्षको अध्ययन गर्छौं । छलफल गर्छौं र त्यसपछि मात्रै यसबारेमा धारणा बनाउँछौं’, नेपालले भने । अदालतले एमाले र माओवादी केन्द्र एकता गर्ने भए प्रक्रिया अगाडि बढाउनु भन्ने अदालतको फैसलाबारे पनि कुनै निर्णयमा नपुगिसकेको अध्यक्ष नेपालको भनाइ छ । यसबारे पनि छलफल भइरहेको उनले बताए ।

व्यावसाय गर्छु भन्दा ऋण नपत्याएपछि विदेश जान भनेर लिएको एक लाखले ११ होटलको मालिक

काठमाडौँ । आफन्तसँग ढाँटेर रु एक लाख ऋण लिएर व्यवसाय शुरु गरेका एक युवा १५ वर्षमा ११ होटल र रेष्टुराँको मालिक बनेका छन् ।

नेपालमै व्यवसाय गर्छुभन्दा ऋण नपत्याइएपछि विदेश जान भन्दै ऋण लिएका गुल्मीका शङ्कर भण्डारीको नेतृत्वमा अहिले ११ होटल र रेष्टुराँ छन् । विसं २०३९ मा गुल्मीको तत्कालीन रुपकोटमा जन्मिएका भण्डारीले विसं २०५९ मा आफन्तसँग एक लाख ऋण लिएर साझेदारीमा काठमाडौँको सुन्धारामा होटल शुरु गरे ।

मान्यजन आफन्तसँग काम गर्दा आफू होचिएको महसुस गरेसँगै उनले नजिकै परिवारले हेर्ने गरी किराना पसल थप गरे । पसल सञ्चालनका लागि थोरै पैसा ऋण पाएपछि सोही पैसाले किराना पसल शुरु गरे। पसलमा सामान राख्ने ठाउँ खुल्ला देखिएपछि अन्यत्रबाट खाली कार्टुन ल्याएर ¥याक भरेको उनले स्मरण भन्दै विगत स्मरण गरे । उनले भने, “पसल शुरु गर्दा ५० हजार मात्रै थियो, त्यसले सामान धेरै आएन, अन्यत्रबाट कार्टुन ल्याएर पसल भरेँ ।” रु ८० हजार ऋण खोजेर ३० हजारको ¥याक बनाएपछि रु ५० हजारको सामानबाट पसल सुरु गरेको उनी सुनाउँछन् ।

सो पसल शुरु भएको दिनदेखि नै निकै राम्रो व्यापार भएको स्मरण गर्दै उनले भने, “दैनिक रु एक लाख ५० हजारसम्मको व्यापार भयो ।” आफूलाई भने होटलमै लगाव भएकाले साझेदारीको होटल छाडेर विसं २०६३ मा सुन्धारामै एउटा घर भाडामा लिएर उनले प्रेसिडेन्ट होटल शुरु गरेको बताए।
होटल शुरुआती अवस्थाको दुःख सम्झँदै उनले भने, “पैसा नभएपछि २० कोठे घरको चार कोठा मात्रै तयार पारेर होटल शुरु गरेँ ।” क्रमशः किराना र होटलको कमाइले उक्त होटल एक वर्ष लगाएर पूर्ण क्षमतामा सञ्चालन गरेको उनले बताए । त्यतिबेला उनीसँग एक साझेदार पनि थिए ।

निरन्तरको मिहिनेतसँगै होटलले व्यवसायमा फड्को मार्दै गयो । विसं २०६५ मा सुन्धारामै ४० कोठाको अर्को घर लिएर उनले होटल शुरु गरे। दुवै होटलको सफलताले उनलाई त्यतिकैमा रोकिन मन लागेन । उनले विसं २०६९ मा रुपन्देहीको लुम्बिनीमा १५ कोठाको होटल शुरु गरे । विसं २०७२ सालमा बालाजुमा २० कोठाको होटल शुरु गरे।

होटलको व्यवसाय फस्टाउँदै गएपछि उहाँलाई रेष्टुराँमा हात हाल्ने हौसला मिल्यो । त्यससँगै विसं २०७३ मा सुन्धारामा पे्रसिडेन्ट सेकुवा शुरु गरेको उनी बताउँछन् । सेकुवाको स्वादले धेरैको मन लोभ्याएपछि उहाँलाई थप रेष्टुराँ खोल्ने चाहना बढेर गयो । क्रमशः कलङ्कीको रविभवन, महाराजगञ्ज, माछापोखरी र चितवनको भरतपुरमा प्रेसिडेन्ट सेकुवा शुरु भयो ।

भरतपुरमा सेकुवाको व्यापार शुरुसँगै उनलाई चितवनको ताससँग खेल्न रहर जाग्यो । यही रहरले नारायणगढको पुलचोकमा आजबाट पे्रसिडेन्ट तास बजार शुरु गरेका छन् । चितवनमा प्रख्यात खशीको मासुबाट बनाइने तासलाई विविधिकरण गर्दै उनले कुखुरा, अण्डा र आलुको समेत तासको मेनु ग्राहकसामु ल्याएका छन् । उनेले भने “हामीकहाँ चितवनमा नपाइने धेरै प्रकारका तास पाईन्छ ।”

उनको व्यवसायमा एकपछि अर्को गर्दै फड्को मार्ने क्रम भने अझै रोकिएको छैन । उनले बालाजुमा आगामी चैतबाट बेकरी शुरु गर्दै छन् । भने चितवनकै कुरिनटारमा साझेदारीमा ३० कोठाको रिसोर्ट निर्माणको प्रक्रिया शुरु गरेका छन् । रिसोर्टबाहेक अन्यमा ७० प्रतिशत उनको आफ्नै लगानी छ भने ३० प्रतिशत स्थानीय र कर्मचारीलाई शेयर दिए ।

व्यापारमा गरेको आम्दानीले अर्को होटल र रेष्टुराँ खोल्दै चेनको विकास उनले गरिरहेका छन् । देशका प्रमुख शहरहरुमा रेष्टुराँ खोल्ने उनको चाहना छ । उनले भने “काठमाडौँमा मात्रै २० वटा रेष्टुरेण्टका आउटलेट खोल्ने तयारी गर्दैछु ।” होटल रेष्टुराँबाट कमाएको रकम घरजग्गा किन्न खर्च नगरेको भन्दै उनले भने “अहिले पनि म भाडामा बस्छु, बस्ने घरभन्दा एउटा थप होटल वा रेष्टुरेण्ट खोल्ने मेरो चाहना छ ।” यसो उनले २५० जना हाराहारीलाई रोजगारी समेत र्सिजना गरेको बताए । उनले भने “धेरैलाई साहुँ बनाउने र रोजगारी दिलाउने अभियानमा म लागिरहेको छु ।”

‘न्यून दरमा सेवा र गुणस्तर तारे होटलसरह’ भन्ने नाराका साथ लाग्नुभएका उनले स्वच्छ वातावरण, सरल ठेगानास्तरीय सेवा र स्वादिष्ट खानामा नै ध्यान पुर्याएका कारण सफलता मिलेको बताए । एउटा होटल वा रेष्टुराँ सञ्चालन गर्न रु ५० लाखदेखि रु दुई करोडसम्म खर्च भएको उनको भनाइ छ ।
कम खर्चमा बनेको सुन्धाराको होटलमा रु ५० लाख लगानी भएको बताउँदै उनले भरतपुरको सेकुवामा रु दुई करोड खर्च भएको जानकारी दिए।

व्यवसायसँगै उनले सामाजिक क्षेत्रमा पनि सहयोग गर्दै आएका छने। उनले गुल्मीमा आफूले अध्ययन गरेको विद्यालयमा अध्ययनरत १५ विद्यार्थीको अभिभावकत्व लिएर सम्पूर्ण खर्च गर्दै आएका छन् । चितवनको रङ्गशालादेखि चेपाङ बालबालिकालाई समेत उनले समय समय सहयोग दिँदै आएको बताए । व्यवसायमा उनलाई भाइ कृष्ण भण्डारीसहित परिवारको साथ र सहयोग छ । सेवाग्राहकीको मायाकै कारण सफलता मिलेको बताउने उनले स्वदेशमै मिहिनेत ग¥यो भने सफल बनिने बताए । आफूले मलेसिया जाने भनेर ढाँटेर ऋण लिएर व्यवसाय शुरु गरेको स्मरण गर्दै उनले अहिले व्यवसाय गर्नलाई सानो रकम जुटाउन आफूलाई जस्तो कठिन नपर्ने भएकाले विदेश जान छोडेर स्वदेशमै व्यवसाय गर्न युवालाई आग्रह गरे । उनको सुझाव छ “क्षमता, दक्षता, विज्ञताअनुसारको मिहिनेत ग¥यो भने सफलता मिल्छ ।”

प्रतिनिधिसभा बैठकमा कांग्रेसको हमला, १० मिनेटका लागि बैठक स्थगित

काठमाडौँ । नेपाली काँग्रेसको अवरोधपछि प्रतिनिधिसभा बैठक १० मिनेटका लागि स्थगित गरिएको छ। सभामुख अग्नि प्रसाद सापकोटाले बैठक १० मिनेटको लागि स्थगित भएको घोषणा गरेका हुन् ।
संसदमा सरकारले ल्याएका अध्यादेश पेश गर्न थालिएपछि काँग्रेसले त्यसलाई असंवैधानिक भएको ठहर गर्दै अघि बढ्न नसक्ने बताएका थियो । तर काँग्रेसको आग्रहका बीच जबरजस्ती अघि बढाउन खोजिएपछि काँग्रेसले बैठक अवरुद्ध गरेको हो।

काँग्रेसद्धारा संसद बैठक अवरुद्ध

काठमाडौँ । नेपाली काँग्रेसले प्रतिनिधिसभा बैठक अवरुद्ध गरेको छ । सरकारले ल्याएको अध्यादेशलाई असंवैधानिक भएको ठहर गर्दै बैंठक अवरुद्ध गरेको हो । कांग्रेसले अघि बढ्न नसक्ने बताएपनि जबरजस्ती अघि बढाउन खोजिएपछि काँग्रेसले बैठक अवरुद्ध गरेको जनाएको छ ।

प्रतिनिधिसभा बैठकमा भिम रावलको प्रश्नः ‘यो सरकार कुन पार्टीको हो?’

काठमाडौं । प्रतिनिधिसभा बैठकमा सांसद भीम रावलले वर्तमान सरकार कुन पार्टीको हो भनेर प्रश्न खडा गरेका छन् । आइतबार प्रतिनिधिसभा बैठक नियमित कार्यसूचीमा प्रवेश गर्नासाथ नेकपाको प्रचण्ड–माधव पक्षका सांसद आफ्नो स्थानबाट उठेर बैठक अवरुद्ध गरेका थिए ।
सभामुख अग्निप्रसाद सापकोटाले समय दिएपछि सांसद रावलले बैठक अन्य कार्यसूचीमा प्रवेश नगर्ने सहमति भएको भन्दै बैठकलाई श्रद्धाञ्जलीसम्बन्धी कार्यसूचीमा सीमित राख्नुपर्ने तर्क गरेका थिए ।
उनले सर्वोच्च अदालतबाट आइतबार नेकपा विवादसम्बन्धी रिटमा ऋषि कट्टेलको पक्षमा फैसला गरेको तर्फ संकेत गर्दै ‘वर्तमान सरकार नेपाल कम्युनिस्ट पार्टी नेकपा होइन भने अहिलेका प्रधानमन्त्री कुन पार्टीको रु’ भनेर प्रश्नसमेत गरे । उनले भने, ‘प्रधानमन्त्री कुन पार्टीको हुनुहुन्छ, त्यसपछिमात्र ती अध्यादेशका बारेमा अघि बढ्नुपर्छ ।’

प्रचण्ड–नेपाल समूहद्वारा प्रतिनिधिसभा बैठक बहिस्कार

काठमाडौँ । नेकपा प्रचण्ड–नेपाल समूहले प्रतिनिधिसभा बैठक बहिस्कार गरेको छ। सभामुख अग्नि प्रसाद सापकोटाले अध्यादेश लगायतका विषय बैठकको कार्यसूची तय गरेपछि प्रचण्ड–नेपाल समूहले बैठक बहिस्कार गरेको हो ।

ब्राजिलमा कोरोनाबाट एकै दिनमा १५ सयको मृत्यु

काठमाडौँ । ब्राजिलमा कोरोनाभाइरसका कारण एकै दिनमा थप १५ सयभन्दा बढीको मृत्यु भएको छ ।
स्वास्थ्य मन्त्रालयका अधिकारीहरुले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा एक हजार ५५५ जनाको मृत्यु भएको हो ।
योसँगै ब्राजिलमा कोरोनाका कारण अहिलेसम्म मृत्यु भएकाहरुको सङ्ख्या दुई लाख ६४ हजार ३२५ पुगेको मन्त्रालयले जनाएको छ ।
ब्राजिलमा एकै दिनमा ६९ हजार ६०९ जना कोरोनाभाइरसबाट सङ्क्रमित भएको पुष्टि गरिएको छ । योसँगै कुल सङ्क्रमितको सङ्ख्या एक करोड नौ लाख ३८ हजार पुगेको छ ।
दक्षिण अमेरिकी मुलुकमध्ये ब्राजिलमा मात्रै एकै दिनमा सबैभन्दा धेरैको मृत्यु भएको हो । यसअघि गत बुधबार एकै दिन एक हजार ९१० जनाको मृत्यु भएको थियो ।

५७ का अभिनेता निकोलसको ५ औँ विवाह २६ वर्षकी गलफ्रेण्डसँग

लण्डन । फिल्म ‘घोस्ट राइडर’ अभिनेता निकोलस केज पछिल्लो समय चर्चामा छन् । अहिले चर्चाको बिषय उनको विवाह बनेको छ । ५७ वर्षका केजले केही समय अगाडि रीको शिबाटासँग विवाह गरेका हुन् । विवाहको तस्बिर अहिले सामाजिक सञ्जालमा भाइरल भैरहेको छ । समाचारकाअनुसार केज र उनकी प्रेमिका रीकोले जापानी र अमेरिकी परम्पराअनुसार विवाह गरेका थिए ।

केही अतिथि समेत सहभागी विवाह समारोहको तस्बिरमा रीको जापानिज परम्पराको बेहुली पहिरनमा देखिएकी छन् । रीको जापान निवासी हुन् । निकोलसको यो ५ औं विवाह हो । यस अगाडि उनको ४ विवाह टुटेको थियो । विवाहमा उनका ४ पूर्व पत्नी पनि सहभागी थिए । विवाह समारोह लास वेगसको ब्यान होटलमा आयोजना गरिएको थियो ।

निकोलस र रीकोले १६ फेब्रुअरी २०२१ मा विवाह गरेका थिए । विवाहको तस्बिर अहिले भर्खर बाहिर आएको हो । १६ फेब्रुअरी २०२१ निकोलसको स्वर्गिय पिताको जन्मदिन पनि हो । निकोलसले यो दिनको सम्झना राख्न आफ्नो विवाह समारोह यसै दिन आयोजना गरेको बताइएको छ ।