काठमाडौँ । भारतमा सोमबारदेखि दोस्रो चरणको बजेट अधिवेशन सुरु हुने भएको छ । अधिवेशनमा आर्थिक विधेयकसँगै कर सम्बन्धी प्रस्तावहरु पनि पेस गरिने अधिकारीहरुले जानकारी दिएका छन् ।
सरकारले त्यस बाहेक अन्य केही महत्वपूर्ण र नियमित प्रस्तावहरु पनि संसद बैठकमा पेस गर्ने तयारी गरेको छ । बजेट भने गत फेब्रुअरी १ तारिखमा संसदमा टेबुल भएको थियो ।
पश्चिम बंगाल, तमिल नाडु, आसाम, केरला र पोन्डीचरीमा विधानसभाको निर्वाचन हुन लागेकाले यो संसद अधिवेशनलाई दलहरुले निर्वाचन लक्षित हुनेगरी उपयोग गर्ने तयारी गरेका छन् । ती प्रदेशहरुमा यही मार्चदेखि अप्रिलसम्म निर्वाचन हुने तय भएको छ ।
सोमबार सुरु हुने दोस्रो चरणको बजेट अधिवेशन आगामी अप्रिल ८ मा सक्ने योजना रहेको छ । पहिलो चरणको बैठक गत जनवरी २९ देखि सुरु भएको थियो । पहिलो दिन केन्द्रीय दुवै सदनलाई राष्ट्रपतिले सम्बोधन गर्नुभएको थियो ।
भारतमा केन्द्रीय संसदले बनाएको कृषि सम्बन्धी तीन ओटा कानुनलाई लिएर किसानहरुले लामो समयदेखि देशव्यापी आन्दोलन गर्दै आएका छन् । यही विधेयकका कारण पहिलो चरणको बजेट अधिवेशन प्रभावित भएको थियो । संसदमा प्रतिनिधित्व गर्ने भारतीय राष्ट्रिय कंग्रेस समेत २० भन्दा बढी दलले सरकारले ल्याएको कृषि विधेयकको विरोधसँगै संसद बैठक बहिस्कार गरेका थिए ।
Month: February 2022
न रह्यो नेकपा, न भयो एकता, सर्वोच्चले ब्यूँताइदियो एमाले र माओवादी केन्द्रः प्रचण्ड भन्छन् ‘फैसला अनपेक्षित’
काठमाडौं । सर्वोच्च अदालतले नेकपा एमाले र माओवादी केन्द्र ब्यूँताएको छ । निर्वाचन आयोगले ऋषिराम कट्टेल नेतृत्वमा नेपाल कम्युिनस्ट पार्टी दर्ता भइसकेको अवस्थामा निर्वाचन आयोगले तत्कालिन नेकपा एमाले र तत्कालिन नेकपा माओवादी केन्द्र एकीकरण भइ बनेको दललाई नेपाल कम्युनिस्ट पार्टी (ने क पा) नाममा दर्ता गरेको थियो ।
दुई दल एकीकरण भएपछि बनेको नयाँ दलको नाम नेपाल कम्युनिस्ट पार्टी (ने क पा) दर्ता गर्ने निर्वाचन आयोगको निर्णय विरुद्ध परेको रिटमा न्यायाधीश बमकुमार श्रेष्ठ र कुमार रेग्मीको इजलासले ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको पक्षमा फैसला गरेको हो ।
नेपाल कम्युनिस्ट पार्टी (ने क पा) दर्ता गर्ने आयोगको २३ जेठ २०७५ को निर्णय र त्यसलाई सदर गर्न ९ कात्तिक २०७५ को निर्णय बदर गर्दै सर्वोच्चले साबिकमा निर्वाचन आयोगमा राजनीतिक दलका रुपमा दर्ता रहेका नेपाल कम्युनिस्ट पार्टी नेकपा एमाले र नेकपा माओवादी केन्द्र अलग अलग राजनीतिक दलका रुपमा साविककै अवस्थामा कायम रहने बताएको छ ।
फैसलामा अगाडि भनिएको छ, ‘अब यी दुई राजनीतिक दलले एकीकरण गर्ने भए राजनीतिक दलसम्बन्धी ऐन तथा नियम विपरीत नहुने गरी निर्णय गरी अविलम्ब निर्वाचन आयोगमा उपस्थित हुन जानकारी दिई शीघ्र कानून बमोजिम आवश्यक निर्णय गर्नू गराउनू भनी विपक्षीमध्येका निर्वाचन आयोगका नाममा परामादेश समेत जारी गरिएको छ ।’
सर्वोच्चको फैसलापछि पूर्व माओवादी अर्थात आन्दोलनरत तत्काल खारेज गरेको नेकपा पक्षका अध्यक्ष पुष्पकमल दाहालले सर्वोच्वको फैसला अनपेक्षित रहेको बताएका छन् । सर्वोच्चले सत्तारूढ नाम दर्ताका क्रममा निर्वाचन आयोगबाट भएको निर्णयलाई त्रुटिपूर्ण भन्दै बदर गरिदिएपति संक्षिप्त प्रतिक्रिया दिँदै प्रचण्डले उक्त धारणा व्यक्त गरेका हुन् । दाहालले भने सर्वोच्चको फैसला अध्ययन नगरी टिप्पणी गर्ने बेला भएको छैन। फैसला हामीले अपेक्षा गरेभन्दा फरक आएको छ।’
दुई वर्ष पुरानो मुद्दामा न्यायाधीशहरू वमकुमार श्रेष्ठ र कुमार रेग्मीको संयुक्त इजलासले नेकपाको नाम विवादमा आइतवार फैसला सुनाएको हो।
सर्वोच्चको फैसला अनुसार अब एमाले र माओवादी केन्द्र ब्युँतिएका हुन् । माओवादी केन्द्र र एमाले ब्युँतिएपछि अब ती दुबै दल एक हुने भए फेरी प्रक्रिया सुरु गर्नुपर्ने छ।
हाल प्रतिनिधिसभा विघटन मुद्धाले नेकपा विभाजित जस्तै देखिएका बेला सर्वोच्चको यो फैसलाले सूर्य चिन्ह र एमाले ओली पक्षलाई तथा माओवादी केन्द्र र हसिया हतौडा चिन्ह प्रचण्ड पक्षलाई बनाएको छ।
जेष्ठता र कासमुको आधारमा ६० कर्मचारीको बढुवा (नामसहित)
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विभिन्न सेवा समूहका गरी ६० कर्मचारीको बढूवा सूची सार्वजनिक गरेको छ । बढूवा सिफारिस समितिको गत २२ गतेको निर्णय अनुसार नेपाल प्रशासन सेवा,सामान्य प्रशासन समूह,नेपाल प्रशासन सेवा,लेखा समूह र नेपाल प्रशासन सेवा,राजश्व समूहका ६० कर्मचारीहरुको बढूवा सिफारिस सूची प्रकाशन गरेको हो । सूची अनुसार प्रशासन सेवाका ४५,लेखा समूहबाट ८ र राजश्व समूहका ७ जना गरी राप द्धितीय श्रेणीमा बढुवा सिफारिस गरिएको हो । जेष्ठता र कासमुको आधरमा यी कर्मचारीहरुको बढुृवा सिफारिस गरिएको हो समितिले जनाएको छ ।
प्रधानमन्त्री ओली ‘कुहिएको अन्डा’ जस्तै हुन्ः दाहाल
काठमाडौँ । नेकपा अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई बिग्रिएको कम्युनिष्ट भन्दै ‘कुहिएको अन्डा’ को संज्ञा दिएका छन् ।पार्टी कार्यालय पेरिसडाँडामा शनिबार आयोजित पार्टी समायोजन तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले कम्युनिष्टहरु बिग्रिए कामै नलाग्ने गरी कुहिएर जाने बताएका हुन् ।कम्युनिष्ट आन्दोलन वैज्ञानिक मान्यतामा आधारित आन्दोलन भए तापनि समाजमा भएका गलत संगत र अभ्यास पनि मिसिन आउने भएकाले गलत र सहीको संघर्ष सधैं चलिरहने उनले स्पष्ट पारे । उनले कम्युनिष्ट आन्दोलन भित्रको संघर्ष समाज विकासको वर्ग संघर्ष भएको पनि दाहालले बताए । माओले बिग्रिएका कम्युनिष्टलाई कुहिएको अन्डाको संज्ञा दिएको दृष्टान्त दिँदै अध्यक्ष दाहालले प्रधानमन्त्री ओली पनि ‘कुहिएको अन्डा’ भएको बताए ।
‘एकपटक माओत्सेतुङले बिग्रेका कम्युनिष्टका बारेमा भन्नुभएको थियो । अन्डा स्वास्थ्यको लागि राम्रो कुरा हो । तर अन्डा कुहियो भने त्यो भन्दा गन्धा चिज अरु केही पनि हुँदैन । कम्युनिष्टहरु राम्रा हुन्छन् तर गन्हाउन थाले बिग्रिन थाले र कुहियो भने त्यो भन्दा नराम्रो कोही पनि हुँदैन । केपी ओली त्यही कुहिएको अन्डा हो,’ उनले भने, ‘कुहिएको गन्हाएको अन्डालाई खाइँदैन नि ! त्यसलाई गाडिन्छ या जलाइन्छ । तपाईं हामीचाहिँ स्वस्थ्यवर्द्धक जीवनशील तत्व हो । ‘
प्रतिनिधिसभा विघटन भएको दिन आफूले प्रतिक्रान्तिको षड्यन्त्र विरुद्ध ‘जनयुद्ध’ सुरु भएको भनेको स्मरण गर्दै उनले सर्वोच्चको फैसलासँगै सबै विजयी भएको बताए । उनले भने, ‘मैले प्रतिक्रान्तिको षड्यन्त्रको विरुद्ध शान्तिपूर्ण रुपले नयाँ जनयुद्ध सुरु भयो भनेको थिएँ । जनयुद्धमा सर्वोच्चको फैसलापछि तपाईंरहामी सबै विजयी भएको अवस्था हो । ‘उनले विभिन्न शक्तिको चलखेलका कारण कम्युनिष्ट आन्दोलनका सहकर्मी साथीहरु अलग भएको भन्दै अहिले फेरि कम्युनिष्ट आन्दोलनमा समाहित हुन आएकोमा खुसी व्यक्त गरे ।
उनले नेत्रविक्रम चन्द पनि आफ्नै बाटोमा आएकोमा खुसी हुँदै उनलाई स्वागत गर्न प्रतिक्षारत रहेको बताए । ‘विप्लवजी पनि अन्तत्वगत्वा पार्टीकै बाटोमा, मैले कोरेकै गोरेटोमा आइपुग्नुभएको छ । यसअर्थमा म उहाँलाई पनि धन्यवाद भन्न चाहन्छु र छिट्टै यस्तै कार्यक्रममा उहाँलाई स्वागत गर्ने प्रतिक्षामा रहेको कुरा पनि घोषणा गर्न चाहन्छु । अन्ततः उहाँ यही ठाउँमा, यही लाइनमा, यही टिममा आउनै पर्छ । मैले धेरै पहिले भनेको थिएँ । जतिबेला उहाँ मबाट अलगिनुभयो । एउटा दिन आउनेछ, जुन दिन तपाईं यहाँ हुनुहुनेछ भनेको थिएँ,’ उनले भने, ‘एउटा कालखण्डमा एउटैमात्र प्रचण्ड हुन्छ । दुईवटा पात्र एकैचोटी हुँदैन । एउटा कालखण्डमा एउटा क्रान्ति हुन्छ, दुईवटा प्रचण्ड हुँदैन भनेकै थिएँ । अन्ततः उहाँ प्रचण्डकै बाटोमा आउनुभयो ।’
बैंक तथा वित्तिय संस्था परिसंघ नेपालको साधारण सभाः नयाँ कार्यसमितिको चयन
काठमाडौं । बैंक तथा वित्तिय संस्था परिसंघ नेपालको प्रथम बार्षिक साधारण सभा सकिएको छ । बार्षिक साधारण सभाले एनएमबी बैंकका अध्यक्ष श्री पवनकुमार गोल्यानको अध्यक्षतामा
देहाय बमोजिमको १५ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको छ ।
जसमा पवन कुमार गोल्यान (बाणिज्य बैंक) अध्यक्ष, भोज बहादुर शाह (बाणिज्य बैंक) वरिष्ठ उपाध्यक्ष, राजेश उपाध्याय (विकास बैंक) उपाध्यक्ष, केशव बहादुर रायमाझी (बाणिज्य बैंक) महासचिव, तुलसीराम अग्रवाल (बाणिज्य बैंक) कोषाध्यक्ष, कुश प्रसाद मल्ली (फाइनान्स कम्पनी) सचिव, मनोज कुमार केडीया (बाणिज्य बैंक) सह कोषाध्यक्ष, पृथ्वी बहादुर पाण्डे (बाणिज्य बैंक) सदस्य, तुलसी प्रसाद गौतम (बाणिज्य बैंक) सदस्य, इच्छा राज तामाङ (बाणिज्य बैंक) सदस्य, उपेन्द्र केशरी न्यौपाने (बाणिज्य बैंक) सदस्य, महेन्द्र कुमार गोयल (विकास बैंक) सदस्य, दशरथ रिसाल (विकास बैंक) सदस्य, हिरेन्द्र मान प्रधान (फाइनान्स कम्पनी) सदस्य, उक्त निर्वाचन कार्यक्रम अधिवक्ता बालकृष्ण ढकालको संयोजनमा सम्पन्न भएको हो ।
नवनिर्वाचित कार्यसमितिका अध्यक्ष गोल्यानले कार्यसमितिको आगामी दुई बर्षमा गरिने विषयहरुवारे जानकारी गराउँदै संस्थालाई राष्टकै अभिन्न अंगकोरुपमा स्थापित गरि समग्र आर्थिक विकासमा टेवा पुर्याउने सहयोगी संस्थाकोरुपमा अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरे । साथै, नेपाल सरकार र सम्बन्धित नियामक निकायहरुसँग सहकार्य गर्दै समग्र राष्ट निर्माणका लागि नयाँ सोचसहित अगाडि बढ्ने, देशमा हजारौ साना तथा मझौला उद्यमीहरुको विकास गरी स्वदेशमै आवश्यक रोजगारीका अवसरहरु सृजना गर्न लागिपर्ने विषयमा जोड दिए । राष्ट्रको आर्थिक क्षेत्रसँग सम्बन्धित नीति नियम निर्माण गर्दा सिविफिन जस्ता निजी क्षेत्रका सरोकारवाला संस्थाहरुहरुसँग सहकार्य गरी अगाडि बढ्न सक्यो भने अपेक्षित आर्थिक विकास प्राप्त गर्न सकिने धारणा व्यक्त गरे ।
महासचिव रायमाझीले संचालन गरेको उक्त साधारण सभाको समापन सत्रमा संस्थाका वरिष्ठ उपाध्यक्ष भोजबहादुर शाहलगायत अन्य पदाधिकारी तथा सदस्यहरुले समेत सिविफिनलाई नयाँ उचाइमा पुर्याउनका लागि कार्यसमितिले अबलम्वन गर्ने कार्यदिशा र रणनीतिका वारेमा प्रकाश पारे । यस अघि साधारण सभाको उद्घाटन गर्दै माननीय अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बैक तथा वित्तीय संस्था परिसंघले उठाएका विषयहरुमा सरकारले उचित तरिकाले सम्बोधन गर्ने आश्वासन दिए । साथै उक्त उद्घाटन सत्रमा नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकाल, नेपाल उद्योग परिसंघका अध्यक्ष सतिष कुमार मोर र नेपाल च्याम्बर अफ कमर्सका वरिष्ठ उपाध्यक्ष राजेन्द्र मल्लले समग्र व्यवसायहरुको उत्थानका लागि सिविफिनविको भूमिका विशेष रहेको उल्लेख गर्दै राष्टको समग्र आर्थिक विकासमा हातेमालो गर्दै अगाडि बढ्न बैंक तथा वित्तीय संस्था परिसंघसँग सहकार्य गर्ने धारणा व्यक्त गरे ।
कालिञ्चोक भगवतीको दर्शन गरेर आईतबारको राशिफल हेर्नुहोस्
वि.सं.२०७७ साल फाल्गुन २३ गते । आईतबार । ईश्वी सन् २०२१ मार्च ०७ तारिख । नेपाल संवत् ११४१ । प्रमादी संवत्सर । उत्तरायण । शिशिर ऋतु । श्रीशाके १९४२ । फाल्गुन कृष्णपक्ष । तिथि–नवमी,३२ घडी ३९ पला, बेलुकी ०७ बजेर २८ मिनेट उप्रान्त दशमी । नक्षत्र– मूल,४२ घडी ५० पला,बेलुकी ११ बजेर ३३ मिनेट उप्रान्त पूर्वाषाढा योग– सिद्धि,३० घडी २१ पला,बेलुकी ०६ बजेर ३३ मिनेट उप्रान्त व्यातिपात । करण–तैतिल,बिहान ०८ बजेर २७ मिनेट उप्रान्त गर,बेलुकी ०७ बजेर २९ मिनेट उप्रान्त वणिज । आनन्दादिमा–सिद्धि योग । चन्द्रराशि–धनु । काठमाडौंमा सूर्योदय बिहान ०६ बजेर २४ मिनेट,सूर्यास्त बेलुकी ०६ बजेर ०७ मिनेट । दिनमान २९ घडी १६ पला ।
मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
पदिय दायित्व बढ्नेछ भने निर्णय क्षमताको बिकाश हुनेछ । उच्च पदस्थ ब्याक्तित्वसँग भेटघाट हुँने तथा मानसम्मान,ईज्जत,प्रतिष्ठा बडेर जानेछ । प्रशासनिक क्षेत्रमा तपाईको बर्चश्व कायम रहने छ । लामो दुरिको धार्मिक तथा शैक्षिक यात्राको प्रशस्त सम्भावना रहेको छ । आत्मिय मित्र तथा शुभचिन्तकहरुको साथ पाईने हुँनाले जस्तो सुकै चुनौतिको पनि सामना गर्न सहज हुनेछ ।
बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)
काम गर्ने बिभिन्न अवसर आएपनि समयको ख्याल नगर्दा अरुभन्दा पछि परिनेछ । व्यापारमा मन्दि आउने तथा लगानि फस्ने सम्भावना रहेकोछ । पढाई लेखाईमा मन जाने छैन भने प्रतिष्पर्धामा प्रतिष्पर्धिहरु हावी हुनेछन् । स्वास्थ्य सम्बन्धि समस्या आउनेछ भने पुरना ऋण रोगले सताउनेछ । माया प्रेममा धोका हुने तथा घर परिवार तथा दिदिबहिनी सँग मनमुटाबको सिर्जना हुनेछ ।
मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)
बिभिन्न अवसर आउने तथा स्रोत साभन जुट्नाले महत्वपुर्ण कामहरु समयमानै फत्ते गर्न सकिनेछ । व्यापार व्यावसायमा लगानि बढाई मनग्गे आम्दानि गर्न सकिनेछ भने मिठास बोलिको माध्ययमबाट अरुलाई प्रभावमा पारेर काम लिन सकिनेछ । पढाई लेखाईमा उत्कृष्ट नतिजा ल्याउदै प्रतिष्पर्धिहरुलाई उछिन्न सकिनेछ । भौतिक सम्पति तथा उपाहार प्राप्ति हुनेछ भने नयाँ नयाँ सामानको हात लागी हुने योग रहेकोछ ।
कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो)
बिद्या तथा प्रतिष्पर्धामा प्रतिष्पर्धिहरुलाई उछिन्दै नतिजा आफ्नो पोल्टोमा पार्न सकिनेछ । माया प्रेममा रमाउन चाहनेहरुका लागि समयले साध दिनेछ भने आफन्तजन सँग बिग्रिएको सम्बन्धमा सुधार आउनेछ । व्यापार व्यावसाय फस्टाएर जाने हुनाले आर्थिक व्यावस्थापनका मुद्दाहरु हल भएर जानेछन् । मामा तथा मावली पक्षबाट पनि अपेक्षा अनुसारको सहयोग पाईने योग रहेकोछ ।
सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)
तपाईको वरिपरि भएका प्रतिष्पर्धिहरुलाई किनारा लगाउँदै अगाडि बढ्न सकिनेछ भने बिवादित बिषयहरुको निर्णय तपाईकै पक्षमा आउँनेछ । अध्ययन तथा अध्यापनमा थोरै समय दिदा पनि राम्रो नतिजा हात लाग्ने हुँदा आफन्त तथा गुरुवर्गहरुबाट थप हौसला प्राप्त हुनेछ । व्यापार व्यावसायमा सदाभन्दा आम्दानि बढिनै हुनेछ भने माया प्रेमको गाठो कसिलो भएर जानेछ ।
कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)
राजनिति तथा समाजसेवामा जनताको आलोचनात्मक समर्थन प्राप्त हुनेछ । घर जग्गा तथा गाडि घोडाको व्यावसायबाट केहिमात्रमा लाभ लिन सकिनेछ । कृषि तथा पशुपालन व्यावसाय फस्टायर जानेछ । मित्रहरुको लहै लहैमा लाग्नाले पढाई लेखाई कमजोर रहनेछ । साथिभाईहरुको गलत संगतले नकरात्मक सोचको बिकास हुनेछ भने नियम बिपरित काम गर्न उक्साउने हरु सक्रिय रहनेछन् ।
तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)
छोटो समयमा गरिएको कामको उचित प्रतिफल पाईदा मन प्रशन्न हुनेछ । आर्थिक अवस्था राम्रो हुने हुनाले व्यापार व्यावसायमा लागनि गरि मनग्गे आम्दानि गर्न सकिनेछ । दाजुभाई तथा छिमेकिबाट तपाईको काममा सहयोग तथा समर्थन गर्ने हुनाले काम गर्न सहज हुनेछ । पराक्रम तथा आट गर्न सकिने हुनाले राम्रा तथा परिणाम मुखि काम गर्न सकिनेछ ।
बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)
पढाई लेखाईमा थोरै समय दिदा पनि उत्कृष्ट नतिजा आउने हुनाले आफन्त तथा गुरुजनहरु खुसि हुनेछन् । तपाईको ईमान्दारिताको सबैले कदर गर्नेछन् भने सामाजिक कामहरु समयमा सम्पन्न हुने हुनाले मान सम्मानमा बृद्धि हुनेछ । आुफन्त तथा कुटम्बसँगको चिसिएको सम्बन्धमा सुधार भएर जाने समय रहेकोछ । व्यापार व्यावसाय बिशेष गरेर होटल तथा रेष्टुरामा गरिएको लगानिबाट मनग्गे धन आर्जन गर्न सकिनेछ ।
धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)
पुराना साथि भेटिने तथा प्रेम प्रसङगमा दिन खोलेर रमाउन सकिनेछ । प्राबृधिक शिक्षामा खोज तथा अनुशन्धानमा समय खर्चिने हरुले उत्कृष्ट नतिजा हात लगाउनु हुनेछ । तपाईको ब्याक्तित्वमा निखारता आउँने तथा सुन्दर पहिरनमा ठाटिएर अरुको मन लोभ्याउन सकिनेछ । पढाई लेखाईमा प्रतिश्पर्धिहरुलाई हराउँदै नतिजा आफ्नो पोल्टोमा पार्न सकिनेछ । सुन्दर तथा बिलाशि बस्तुहरुको प्रयोग मार्फत अरुको मन आफुतिर लोभ्याउँन सकिनेछ ।
मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)
गलत साथि संगतमा लाग्नाले पढाई लेखाई बिग्रनेछ भने आफन्त तथा अग्रजहरुको चित्त बुझाउन मुस्किल पर्नेछ । माया प्रेमको यात्रामा उतार चडाब आउने योग रहेकोछ भने जीवन साथि सँग सामान्य कुरामा मनमुटाब सिर्जना हुनेछ । खानपानमा ध्यान नदिए स्वास्थ्य सम्बन्धि समस्या आई खर्च बढ्नेछ । आफन्त तथा अग्रज सँग सामान्य कुरामा राय बाजिनेछ । बिदेशी सामानमो व्यापार व्यावसाय फस्टाएर जानेछ भने बिदेशमा बसेर श्रम गर्ने तथा अध्ययन गर्नेहरुका लागी दिन फलदायि रहनेछ ।
कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)
आएस्रोतका बाटाहरु फराकिला हुँने तथा रोजगारिका अवसरहरु सिर्जना गरि रोजगार दिन सकिनेछ । भौतिक तथा मानव निर्मित भोगबिलासका सामानहरु प्राप्त हुनेछन् । दाम्पत्य सम्बन्ध सुमधुर बन्नेछ भने प्रेम सम्बन्ध सुदृड हुनेछ । खोज तथा अनुशन्धानको क्षेत्रमा समय लगानि गर्दा गुरुवर्ग तथा परिवारजनको सहयोग पाईने सकारात्मक नतिजा निकाल्न सकिनेछ ।
मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)
नयाँ काम पाउँने तथा नोकरिमा बढोत्तरीको गतिलो सम्भावना रहेकोछ । स्रोत साधन जुट्नाले व्यापार व्यावसायमा सोचेभन्दा बढिनै आम्दानि हुनेछ । माया प्रेमको गाठो कसिलो हुनुको साथै जीवन साथिको सहयोगले राम्रा काम गर्न सकिनेछ । अध्ययन तथा अध्यापनमा प्रतिष्पर्धिहरुलाई किनारा लगाउदै नतिजा आफैतिर ल्याउन सकिनेछ ।
विश्व नै चकित पार्ने १५ अचम्मका जोडीहरू (भिडियो सहितं)
एजेन्सी । विवाह अनि जोडि भन्ने कुरा एउटा औपचारीकता मात्र नभई देख्न भन्दा पनि महशुस गर्न सकिने एक आध्यात्मीक समबन्ध पनि हो । माया अनि भरोसा जिवन जिउने बाहाना मात्र नभइ एक आवश्यकता पनि हो । त्यसैले हामीहरू जिवनलाइ सजिलो अनि जिवनका हरेक दुख अनि सुख संगै बाड्ने जिवनसथिको चाहाना हामी सबैमा हुन्छ अनि हामिहरू बिवाह पनि गर्दछौं । यो पारम्परिक पनि हुन सक्दछ अन्यथा केटा केटीको चाहाना अनुसार यसलाइ प्रेम बिवाह मा पनि परिणत गर्न पनि सकिन्छ जे होस जे भने पनि जे गरेपनि कुरा मानिसको बिवाह नै हुने हो ।
हाम्रो समाजमा भन्ने चलन पनि छ जोडी त भगवानले नै बनाएर पठाएका हुन्छन, जो मात्र एकअर्काका लागि मात्र बनेका हुन्छन तर यो दुनियाका माानिसहरू यस्ता पनि छन जो बढो बिचित्रका छन जसको बारेमा देख्दा र सुन्दा पनि सामान्य भन्दा अलि फरक नै अनुभुति हुने गर्दछ ।
राम्रो युवतीसँग विवाह गर्नको लागि पुरुष पनि योग्य हुनुपर्छ भन्ने छ । तर हाम्रो समाजमा हेर्नेहो भने सुन्दर युवतीहरु पनि उनीहरुभन्दा कम सुन्दर युवकहरुसँग विवाह बन्धनमा बाँधिएका छन् । तलको भिडियो हेरेपछि यो जोडी कसरी एकअर्काका भए होला भनेर अचम्ममा परिन्छ ।
यसरी भए विप्लव सार्वजनीक, के–भए सहमति ?
काठमाडौँ । नेकपा विप्लव समूहका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ आज राष्ट्रिय सभागृह, काठमाडौँमा आयोजना गरिएको ‘नेपाल सरकार र नेपाल कम्युनिष्ट पार्टीबीच सम्पन्न सहमतिमा हस्ताक्षर कार्यक्रमा सार्वजनिक भएका छन् ।
सरकार र नेत्रविक्रम चन्द विप्लव समूहबीच ३ बुँदे सहमतिमा हस्ताक्षर भएपछि उनले आफ्नो अभिव्यत्ति दिएका हुन । यस समारोहमा सरकारका तर्फबाट वार्ता टोली संयोजक रामबहादुर थापा र विप्लव समूहको तर्फबाट प्रवक्ता तथा वार्ता टोली संयोजक खड्गबहादुर विश्वकर्माले हस्ताक्षर गरेका छन् ।
हस्ताक्षर पछि विक्रमले उक्त कार्यक्रलाई सम्बोधन गरेका छन् । लगभग आधा घण्टाको समय दिएर कार्यक्रम सम्बोधन गरेका विप्लवले आजको दिनलाई ऐतिहाँसिक रहेको भन्दै सम्बोधन सुरु गरेका थिए । आजैका दिन आन्दोलनको समयमा ५ सहिदहरुले देशका लागि बलिदान दिएको बताउँदै उनी कता कता भावुक समेत बनेका हुन् ।
उनले भने ‘नेपाली राजनितिको यो एउटा ऐतिहाँसिक दिन हो । यसलाई सफल पार्न हामीले ३ वुदे सहमतिलाई सफल पार्नु पर्छ र पाछौँ ।’ यसमा कसैले पनि गिद्धे नजर, कुदृष्टि तथा शंकको भावले मूल्यााङकन नगर्न समेत आग्रह गरेका छन् । समारोह सम्बोधन गर्दै उनले यो सहमतिमा बार्ता टोली तथा सम्पूणलाई बधाई तथा धन्यबाद समेत व्यक्त गरेका छन् ।
साथै नेत्रविक्रमले यो समहमति केवल नेपाल सरकार, नेकपा, कुनै नेता तथा व्यक्ति विशेष नभई देश बनाउनको लागि भएको बताएका छन् । उनले यो सहमतिभित्र नेपाललाई आत्मानिर्भर र सुन्दर बनाउने आकांक्षा लुकेको बताएका हुन् । उनले भने ‘यहाँ समृद्ध नपालको आकांक्षा लुकेको छ । यसका लागि सरकालाई धन्यवाद !’
एउटा अध्यारो समय र परिवेशमा उज्यालो सपना देखेर अग्रजहरुले आजै को दिन देश र जनतालाई आफ्नो बलिदान दिएका थिए । यसर्थमा आजैको दिन हाम्रो सहमति हुनु एक ऐतिकहाँकि महत्वपूर्ण समय पनि हो । त्यसैले यो दिन अझ महत्वपूर्ण बन्न पुगेको छ ।
धेरै सहिदका आमाले भनेका छन् धेरै सहिदका परिवारका सपना अधुरा रहेको बताउँदै ‘विगत सम्झेर यो सम्झौतामा हस्ताक्षेर गर्नुहाला ’ समेत भन्न भ्याए । हामी कम्युनिष्ट आन्दोलामा होमिएऔँ तर जुन उद्देश्य लिएर हामी आन्दोलको मैदानमा आएका थियौँ यतिका समय वित्दा पनि उद्देश्य पुरा गर्न सकेनौँ । ‘आजको दिनमा हामीले ओन्दोलबाट प्रभावितलाई सम्झने छौँ ।’
समाजमा ४ थरिका मान्छे छन्, शोषक उत्पीडन जो बोल्न सक्दैनन, श्रमिक जो बोल्दैनन्, कतिपय हल्का बोल्ने तर माथि उठ्न सक्दैनन् र हामी कम्युनिष्ट जो जहाँ देश र कम्युनिष्ट मान्यतामा प्रहार हुदा सधै विद्रोह गछौँ । कम्युनिष्ट देश र आफ्नो मान्यतालाई कसैले गिद्धे नजर लगाएको हेर्न नसक्ने पार्टी रहेको उनको अभिव्क्ति रहेको छ । उनले थपे ‘धेरैलाई लाग्न सक्छ कम्युनिष्ट सधै विद्रोह नै गर्छ तर त्यो होईन कम्युनिष्ट भनेको शान्तिका दूत पनि हुन् । कम्युनिष्ट त्यो समयसम्म मात्र विद्रोह गर्छ जबसम्म जनताले जित्दैन । जनताले जित्नु भनेको कम्युनिष्टको जित हो जब कम्युनिष्टले जित्छ तब विश्वमै युद्धको हतियार हराउने छ ।
हामीले विगतमा धेरै विद्रोह गरिसकेका छौँ तर पनि सोचेअनुसार र उद्देश्य अनुसार जनतामुखि शासन आउन अझै सकेको छैन । विप्लवले भने देशको निर्णयको अधिकार जनतालाई दिनुपर्छ। जुन अझै पाएका छैनन । पुनः एकपटक देशका सबै निर्णयहरुको अधिकार जनतालाई दिनुपर्ने वातावरण सिर्जना गर्न जरुरी छ । ‘उनले राज्य पक्ष र आफ्नो पक्षबीच भएको सहमति हस्ताक्षरपश्चात बोल्दै देशका अधिकांश समस्याहरुबाट मुक्ति पाउन जनताले एकपटक निर्णयको अधिकार पाउनुपर्ने बताए।
उनले आज भएको यस सहमतिमा कत्ति पनि शंका नगर्न समेत आग्रह गरेका हुन् । ‘तीब बुदेमा नेपाल कम्युनिष्ट पार्टी प्रतिवद्ध छौँ यहाँ आशंका नगर्नुहोस्, कुर्तक गर्न जरुरी छैन ।’
नेपाली समाज रुपान्तरको प्रकृयामा अगाडी बढेकै हो तर उद्देश्य अनुरुप भने हैन अब यसलाई पनि आफुहरु पूर्णता दिने आफुहरुको तयारी रहेको बताए । उनले आफुहरु र र सरकारलाई धेरैले जुन र घाम जस्तो सोच्न थालेको समेत बताए । उनले भने ‘विप्लव र सरकार घाम र जुन जस्तो भएको महशुस भएको थियो होला तर त्यो होईन हामी भेट भयौ, सहमति भयो ।’
हामीहरु अझैपनि झुक्दैनौ तर समृद्धिको बोटोका काँडाहरु पंक्षाएर हिड्ने छौँ । नेपाली समाजको परिर्वतन हुँदै आएको छ तर अझै पूर्ण भएको छैन । आज पनि किसान, महिला उत्पीडित कोही पनि सन्तिुष्टि हुन सकेका छैनन् । ‘संविधान बनाउने देखि दिएर धेरै विषयमा हामीहरुले चित्ति नबुझेको र जनताको पक्षमा नभएका विषयलाई दृढताका साथ विरोध गरेका छौँ ।’ ‘हाम्रो अहिले पनि माग छ आज नेपालमा अझै कसैले सुरक्षित महसुर गर्न सकेका छैनन्, लोकतन्त्रको अनुभूति भएको छैन, नेपालका जनता जहाँ छन् त्यहाँ नेपालीले अझै सन्तिुष्टि प्राप्त गरेको छैन ।’
सहमतिका बुदाहरुः
पहिलोः दुबै पक्ष नेपाल सरकार नेपाल कम्युनिस्ट पार्टी देशको राजनीतिक समस्याहरु वार्ता र सम्वादबाट समाधान गर्न सहमत भएका छौं ।
दोस्रोः नेपाल कम्युनिस्ट पार्टी आफ्ना सबै राजनीतिक क्रियाकलाप शान्तिपूर्ण रुपमा गर्न सहमत भएको छ ।
तेस्रोः नेपाल सरकार नेपाल कम्युनिस्ट पार्टीमाथि लगाएको प्रतिबन्ध हटाउन, कारागारमा रहेका पार्टीका नेता र कार्यकर्ता रिहाई गर्न र सम्पूर्ण मुद्दाहरु खारेज गर्न सहमत भएको छ ।
बाह्र दिनदेखि किशोरी सम्पर्कविहीन
जिल्लाको शुक्लागण्डकी नगरपालिका–७ निवासी १७ वर्षीया किशोरी बाह्र दिनदेखि सम्पर्कविहीन भएकी छन् । खैरेनीटार माध्यमिक विद्यालय कक्षा–१० मा अध्ययनरत अस्मिता सुनार सम्पर्कविहीन भएकी हुन् । फागुन ९ गते राति ९ बजे घरको पछाडि भागबाट हामफालेर भागेको हुनसक्ने दाजु राजेश सुनारले जानकारी दिनुभयो । “घरको अगाडि भागबाट गएको भए घरपरिवार सबैलाई थाहा हुन्थ्यो”, उहाँले भन्नुभयो, “घरको पछाडि भागबाट हामफालेर गएकाले कसैले पनि थाहा पाउन सकेनौँ ।” बहिनी हराएपछि जानकारी पाएलगत्तै सम्भावित नदीनाला र आफन्त इष्टमित्र सबैतिर खोजतलास गरे पनि भेट्टाउन नसकिएको उहाँले बताउनुभयो । उनीसँग मिल्ने साथीलाई बोलाएर सोधपुछ गर्दा पनि कुनै जानकारी हुन नसकेको उहाँले बताउनुभयो । उनको स्वभाव अलि घमण्डी रहेको परिवारले बताएको छ । गहुँगोरी र रातो ज्याकेट लगाएको हुनाले भेट्नुहुनेले नजिकको प्रहरी कार्यालयमा खबर गरिदिनसमेत परिवारले आग्रह गरेको छ ।
प्रचण्ड–माधव पक्षद्वारा ओलीलाई निष्काशन गरेको पत्र संसद सचिवालयमा दर्ता
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपा प्रचण्ड–माधव समूहले संघीय संसद सचिवालयलाई प्रधानमन्त्री केपी शर्मा ओलीलाई पार्टीको सधारण सदस्यबाट निष्कासन गरेको जानकारी गराएको छ । प्रचण्ड माधव समूहका सांसदहरु देव गुरुङ, पम्फा भुसाल, सुरेन्द्र पाण्डे, जीवनराम श्रेष्ठ र दिनानाथ शर्मालगायत नेता संसद सचिवालय पुगी पार्टीले प्रधानमन्त्री ओलीलाई साधारण सदस्यबाट नै हटाएको पार्टीको निर्णयसम्बन्धी पत्र दर्ता गराएका हुन् । सो समूहले संसदीय दलको हैसियत गरिने कुनै पनि कार्यलाई मान्यता नदिन पनि संघीय संसद सचिवालयलाई आग्रह गरेको छ ।
पत्रमा पार्टीको विधानअनुसार साधारण सदस्य तथा अध्यक्षबाट निष्कासन गरिसकेकाले संसदीय दलको नेताको रुपमा रहन नसक्ने भन्दै सम्बन्धित सबैको ध्यानाकर्षण गराइएको छ । पार्टीको निर्णयसम्बन्धी पत्र दर्ता गराएपछि संचारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै नेता देव गुरुङले संसदीय दलका नेताको सवाल भएकाले उनलाई साधारण सदस्य र अध्यक्षबाट हटाएकोबारे संसद सचिवालयलाई लिखित जानकारी गराइएको बताए ।
उनले भने, संसदीय दलका नेतासँगको कुरा भएकाले पार्टीको अध्यक्षबाट र साधारण सदस्यबाट पनि हटाइसकिएको अवस्था छ । मल्टिपार्टी डेमोक्रेसीमा पार्टीकै नीति निर्देशनअनुसार संसदीय दल चल्ने खालको विधि विधान भएको हुनाले त्यहीअनुसार संसदीय दलमा पार्टीले गरेका निर्णयहरूको सम्बन्धमा ध्यानाकर्षण होस् भन्नका लागि पार्टीको तर्फबाट पत्र दर्ता गराइएको अवस्था छ ।’
अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को हस्ताक्षर भएको ‘जानकारी सम्बन्धी पत्रमा’ ‘असंवैधानिक रुपमा प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नुभएको प्रतिनिधिसभा विघटनको निर्णयलाई सम्मानित सर्वोच्च अदालतले असंवैधानिक ठहर गर्दै प्रतिनिधिसभा पुनः स्थापित भइसकेको अवस्थामा माथिका प्रकरणहरुमा उल्लेखित वस्तु तथ्यको विपरित नेपाल कम्युनिष्ट पार्टी(नेकपा) तथा यसको संघीय संसदीय दलको नाममा प्रधानमन्त्री केपी शर्मा ओली वा अरु कसैले गरेका वा गर्ने पत्राचार वा कुनै पनि काम कारवाहीलाई अनाधिकृत भई मान्य नहुने कुरा जानकारी गराउँछु’ भनिएको छ ।
आमा बन्दै भारतकी चर्चित गायिका श्रेया घोसाल
काठमाडौं । भारतकी चर्चित गायिका श्रेया घोसाल आमा बन्ने भएकी छिन् । घोसालले सामाजिक संजालमा बेबी बम्प देखाउँदै आफू गर्भवती भएको जानकारी दिएका हुन् ।
हाल ३६ वर्षकी घोसालले सन् २०१५ मा शिलादित्य मुखोपाध्यायसँग विवाह गरेका थिए । उनी व्यापारी हुन् । घोसालले फेसबुकमा बेबी बम्प पक्रिँदै गरेको फोटो पोस्ट गर्दै भनेकी छन्,‘शिलादित्य र म यो समाचार भन्न पाउँदा निकै खुशी छौं ।’
‘नयाँ जीवनको अध्यायको तयारी गर्दैगर्दा तपाइँहरुको माया र आशिर्वाद चाहन्छौं,’ उनले भनेकी छन् ।
दुई दिनमा २ सय २५ सांसदले लगाए कोरोना विरुद्धको खोप
काठमाडौं । यो दुई दिनमा संघीय संसदका २ सय २५ जना सांसद सहित ९ सय ७२ जनाले कोरोना विरुद्धको भ्याक्सिन लगाएका छन् । प्रतिनिधिसभा बैठकको पूर्वसन्ध्यामा संघीय संसदका सांसद र कर्मचारीलाई स्वास्थ्य मन्त्रालयसँगको सहकार्यमा कोरोना विरुद्धको भ्याक्सिन दिइएको हो ।
नयाँ बानेश्वरस्थित सिभिल अस्पतालमा बुधबारदेखि शुरु भएको भ्याक्सिन दिने क्रममा आजसम्म २ सय २५ सांसद, ७ सय ४७ कर्मचारीले भ्याक्सिन लगाएका हुन् । आज ६० जना सांसद, स्वकिय सचिव, कर्मचारी लगायत अन्य ४ सय ३० जना समेत गरी ४ सय ९० जना जनाले भ्याक्सिन लगाएको संघीय संसद सचिवालयले जनाएको छ । भोलि शुक्रबार पनि बाँकी रहेका संघीय संसदका सांसद तथा कर्मचारीलाई भ्याक्सिन दिइनेछ ।
दुई डेपुटी गभर्नरको लागी ४ जना सिफारीस
काठमाडौं । नेपाल राष्ट्र बैंकमा राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले नयाँ डेपुटी गभर्नरका लागि ४ जनाको नाम सिफारिस गरेका छन् । २ डेपुटी गभर्नरको कार्यकाल गत मंगलबार सकिएपछि राष्ट्र बैंकले पदपूर्तिका लागि प्रक्रिया अघि बढाएको हो । बर्तमान सरकार धर्मराइरहेको अवस्थामा सरकारले सकेसम्म चाडो डेपुटी गभर्नर नियुक्ती प्रक्रिया अघि बढाएको छ । राष्ट्र बैंक स्रोतका अनुसार मंगलबार कार्यकाल सकिएको डेपुटी गभर्नरको लागी बुधबारसाँझनै सिफारिस भएको बुझिएको छ ।
डेपुटी गभर्नरको लागी गभर्नरले लागि ४ जनाको नाम अर्थमन्त्री समक्ष सिफारिस गरेको स्रोतले बताएको छ । मन्त्री परिषद समक्ष सिफारिस गरेका हुन् ।
नयाँ डेपुटी गभर्नरका लागि राष्ट्र बैंक नियमन विभागका कार्यकारी निर्देशक देवकुमार ढकाल, अर्थमन्त्रीका आर्थिक सल्लाहकार तथा राष्ट्र बैंकको कार्यकारी निर्देशक प्रकाशकुमार श्रेष्ठ, प्रवक्ताको भुमिकामासमेत रहेका डा। गुणाकर भट्ट र राष्ट्र बैंक अनुशन्धान विभागको कार्यकारी निर्देशक डा। निलम ढुङ्गाना तिम्सिनाको नाम सिफारिस भएको छ ।
गभर्नरले सिफारिस गरेको ४ जनाबाट मन्त्रिपरिषद्ले ५ वर्षे कार्यकालका लागि दुई डेपुटी गभर्नरको नियुक्ति गर्नेछ । नयाँ नियुक्त हुने डेपुटी गभर्नर भविष्यमा गभर्नरको दावेदार पनि हुन् ।
डेपुटी गभर्नरद्वय चिन्तामणि शिवाकोटी र शिवराज श्रेष्ठ आफ्नो कार्यकाल पूरा गरि विदा भएका छन् ।
कोरोनाविरुद्धको खोप लगाएपछि आज बिरामी भए डा. भट्टराई
काठमाडौँ। हिजो कोरोनाविरुद्धको खोप लगाएपछि पूर्व प्रधानमन्त्री एवं जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद् अध्यक्ष डा। बाबुराम भट्टराई आज बिरामी परेका छन् । उनलाई उच्च ज्वरो आएको हो । १०४ डिग्रीसम्म ज्वरो आएपछि उनी स्वास्थ्य जाँचका लागि बिहीबार त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पुगेका हुन् । विभिन्न जाँचपछि चिकित्सकको प्रत्यक्ष निगरानीमा रहने गरी डा। भट्टराई बिहीबार नै घर फर्किएका छन्।
हालै भारतको नयाँ दिल्ली पुगेर स्वास्थ्य जाँच गरेर फर्किएका उनलाई सामान्य ज्वरो आइरहेको थियो। सोही अवस्थामा बुधबार कोरोनाविरुद्धको खोप लगाएपछि ज्वरो बढेको उनका प्रेस संयोजक विश्वदीप पाण्डेले जानकारी दिए।
डा। भट्टराईको स्वास्थ्यलाई शिक्षण अस्पतालका साथै वीर अस्पतालका केही चिकित्सकहरुले निगरानी गर्ने भएका छन्।
किन भयो माहानायक नायक राजेश हमालले भुईँमा बसेर खाँदै गरेको फोटो भाईरल?
काठमाडौँ । महानायक राजेश हमाल एउटा सफल अभिनेताका रुपमा मात्र नभई सरल, बौद्धिक र आध्यात्मिक व्यक्तित्वका रुपमा समेत परिचित छन्। उनी जहाँ जान्छन् त्यस्तै बनिदिन्छन्। त्यसैले त वयस्कदेखि तन्नेरीहरूको बीचमा लोकप्रिय छन् । मानिसहरूले उनको यही सरल स्वभाव मन पराउँछन्। महानायक हमाल शनिबार पत्नी मधु भट्टराईसँगै बुढानीलकण्ठ पुगे। शिवपुरीको फेदमा रहेको अन्तराष्ट्रिय कृष्ण भावनामृत संघ मन्दिरमा भगवान कृष्णको दर्शनको लागि पुगेका थिए।
त्यहाँ उनले केही समय बिताए। इस्कोन भक्तहरूसँग हरेकृष्ण महामन्त्रमा रमाए। भगवान कृष्ण र श्रीमद भागवत गीताबारे सुने। दिउसो इस्कोन मन्दिरमै उनले भुईँमा बसेर भक्तजनसँग प्रसाद ग्रहण गरे। उनले भुईँमा बसेर प्रसाद लिँदै गरेको तस्विर अहिले सामाजिक सञ्जालमा भाइरल बनको छ। धेरैले उनको सरलताको प्रशंसा गरिरहेका छन्। इस्कोन नेपालको मुख्यालय समेत रहेको बुढानिलकण्ठमा हरेक हप्ताको शनिवार भजन, कीर्तन लगायतका कार्यक्रम हुँदै आएको छ।