बुढानिल्कण्ठको दर्शन गर्दै, आज बिहिबारको राशिफल हेर्नुहोस्

काठमाडौँ । श्री शाके १९४२ बि.स.२०७७ साल फाल्गुन २० गते बिहिबार इश्वी सन २०२१ मार्च ४ तारीख फाल्गुन कृष्णपक्ष षष्ठी तिथी विशाखा धु्रव योग पश्चात व्याघात योग गर करण चन्द्रमा तुला राशिमा आनन्दादि योगमा प्रवद्र्ध योग प्रमादीनाम संवत्सर सुर्य उत्तरायण शिशिर ऋतु (ज्यो.प.सरोज घिमिरे)

मेष राशि । चु, चे, चो, ला, लि, लु, ले, लो, अ
नयाँ कार्य थालनिको सम्भाबना रहेकोछ । सभासम्मेलन जन्य कार्यमा सामान्य मान सम्मान प्राप्तीको सम्भाबना रहेकोछ । जिवन साथिको साथ सहयोग द्वारा ब्यापार ब्यवसायका क्षेत्रमा मनग्य लाभ प्राप्त रहनेछ । निर्णय गर्ने क्षमतामा बृद्धि हुनेछ । मनोरञ्जनका श्रोत्र र साधनका श्रेत्रमा सामान्य खर्च बढ्न सक्नेछ ।

बृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
प्रतिश्पर्दा जन्यकार्यमा बिशेष सजग रहनु होला । सामान्य आर्थीक अभावको सम्भाबना रहेकोछ । परिवारका सदस्यहरु बाट टाढा भएको महसुस हुनेछ । सामाजिक कार्यमा सहभागीता जनाउने अवसर प्राप्त रहनेछ । कार्यसम्पादनमा सामान्य झन्झट उत्पन्न हुन सक्नाले दिन निरासा पुर्ण ब्यतित रहनेछ ।

मीथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह
रचनात्मक कार्य तथा मनोरञ्जनका क्षेत्रमा समय ब्यतित रहनेछ । आम्दानीका दीर्घकालिन श्रोतहरु फेला पर्नेछन ।स्वास्थमा सामान्य समस्या उत्पन्न हुन सक्नेछ । नयाँकार्य थालनिको अवसर समेत प्राप्त हुनेछ । बौधिक ब्यक्तित्वहरुको सहयोगले कार्य सम्पादनमा बिशेष फाईदा हुनेछ ।

कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो
स्थीर क्षेत्रमा गरीएको लगानि उत्तम साबित रहनेछ । भौतिक श्रोत साधनको प्रयोगमा समय ब्यतित रहनेछ । मान्यजनहरुको साथ सहयोगमा अधुराकार्य हरु सम्पादित रहनेछन । आम्दानि मध्यम रहने समय रहेकोछ । कार्यक्षेत्रमा शारिरीक आलस्यताले सताउन सक्नेछ ।

सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, टे
बल तथा प्रराक्रमका बृद्धिहुने योग रहेकोछ । नयाँ मित्रजनहरु सगँको भेटघाटले मन प्रशन्न रहनेछ । गरीरहेको कार्यमा ब्यवधान उत्पन्न गराउनेहरुको बृद्धिहुनेछ । तपाई द्वारा सम्पादित कार्यको श्रेय अन्य ब्यतिहरुले प्राप्त गर्नेछन । शारीरिक आलस्यताले सताउन सक्नेछ लगानि गर्दा बिशेष होस पुर्याउनु पर्ने समय रहेको छ ।

कन्या राशि – टो, प, पि, पु, ष, ण, ठ, पे, पो
स्वास्थका क्षेत्रमा सामान्य सुधारको योग रहेकोछ । भोज भतेरजन्य कार्यमा सहभागीताको समय रहेकोछ । बिश्वासिला ब्यतिहरुबाट सामान्य धोका हुन सक्नेछ । बाणीमा मधुरता छाउनाले प्रतिश्पर्दि शुभचिन्तक बन्नेछन । भौतिक श्रोत साधनको प्रयोगमा समय ब्यतित रहनेछ ।

तुला राशि – र, रि, रु, रे, रो, ता, ति, तु, ते
गरीरहेको कार्यमा सामान्य ढिलाई रहेता पनि कार्य सम्पादित भने रहनेछ । पारीवारिक साथ सहयोग प्राप्त रहनेछ । अध्यन अध्यापनमा समय उत्तम रहेकोछ । स्वास्थका क्षेत्रमा सामान्य सुधारको योग रहेकोछ । भोज भतेरजन्य कार्यमा सहभागीताको समय रहेकोछ ।

बृश्चिक राशि – तो, ना, नि, नु, ने, नो, या, यि, यु
स्वास्थमा सामान्य तनाव उत्पन्नहुन सक्नेछ । तात्कालिन आर्थिक अभाबको सामना गर्नु पर्नेछ । सामान्य यात्राको सम्भाबना रहेकोछ । मित्रजनहरुको साथसहयोग प्राप्त रहनेछ । मनको चन्चलताले कार्य क्षेत्रमा ब्यबधान प्राप्त हुने छ । तपाईको कार्यको फाईदा मित्रजनले प्राप्त गर्नेछन ।

धनु राशि – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
बौधिक ब्यत्तित्वहरुको साथ सहयोग प्राप्त रहनेछ । अध्यन अध्यापनमा समय उत्तमरहेकोछ । आय आर्जनका निम्ती समय राम्रो रहेकोछ । आम्दानिका बिभीन्न श्रोतहरु फेला पर्नेछन । खानपानमा साबधानि उत्तम रहनेछ । मित्रजनहरुको साथसहयोग प्राप्त रहनेछ । सन्तान शुःख प्राप्त हुनेछ ।

मकर राशि – भो, ज, जि, खि, खु, खे, खो, गा, गि
सामाजिक कार्यमा जुट्नेसमय रहेकोछ । सभासम्मेलनजन्य कार्यमा सामान्य मानसम्मानको प्राप्ती हुनेछ । मान्यजनहरुको स्वास्थमा सामान्य तनाव उत्पन्न हुन सक्नेछ । सबारी साधन तथा भौतिक साधनको प्रायोगमा साबधानि अपनाउनु होला । खानपानको क्षेत्रमा सजग रहनु होला ।

कुम्भ राशि – गु, गे, गो, सा, सि, सु, से, सो, द
मित्र तथा दाजुभाईहरु सगँको सम्बन्धमा सामान्य तिक्तता उत्पन्न हुन सक्नेछ । अरुद्वारा गरीएको कार्य त्रुटिका कारण तपाईलाई सामान्य तनाव आईपर्न सक्नेछ । कार्य क्षेत्रमा मन लागेपनि सामान्य क्रुटि ले मानशिक चिन्ता दिलाउने छ । तपाईको कमजोरीको फाईदा अरुले उठाउन सक्नेछन ।

मिन राशि – दि, दु, थ, झ, ञ, दे, दो, च, चि
खानपानका कारण स्वास्थमा सामान्य समस्या उत्पन्न हुन सक्नेछ । बाणीका कारण आफन्त जनहरु सगँको सम्बन्धमा सामान्य तनाव उत्पन्न हुन सक्नेछ । मनमा सामान्य डर पैदा हुने साथै मनमा चन्चलताले बास गर्ने छ । मान्यजनको साथ सहयोले आम्दानिका क्षेत्रमा सहयोग पुग्नेछ ।

मलाई पदको लोभ छैन, प्रधानमन्त्री बन्ने अफर आए छानिन्नः देउवा

काठमाडौं । नेपाली काँग्रेस सभापति शेरबहादुर देउवाले प्रधानमन्त्रीको प्रस्ताव आएपछि नहट्ने बताएका छन् । बुधबार चितवनमा आयोजित कार्यक्रममा सभापति देउवाले काँग्रेसलाई पदको लोभ नभएपनि काँधमा आएको जिम्मेवारीबाट नभाग्ने बताए । ‘नेपाली काँग्रेसलाई पदको लोभ छैन । काँधमा आएको जिम्मेवारीबाट भाग्ने वाला पनि छैन,’ देउवाले भने । कार्यक्रमा देउवाले ‘शेरबहादुर प्रधानमन्त्री हुन नहुने भन्ने सानो चित्त’ नगर्न वरिष्ठ नेता रामचन्द्र पौडेललाई आग्रह गरे ।

सोही कार्यक्रमा वरिष्ठ नेता पौडेलले काँग्रेस सरकारमा जान नहुने बताएका थिए । काँग्रेसले हैसियत अनुसारको भूमिका निर्वाह पर्ने उनको भनाइ थियो । काँग्रेसले हैसियत अनुसारको भूमिका निर्वाह गर्नुपर्छ, यतिबेला विपक्षी दलको सही भूमिका निर्वाह गर्नुपर्छ । यद्यपि हामी सानो संख्यामा छौं, तैपनि हाम्रो भूमिका ठूलो छ, हाम्रो जिम्मेवारी ठूलो छ,’ पौडेलले भनेका थिए ।

सत्तासीन नेकपाका केपी ओली र प्रचण्ड–माधव नेपाल पक्षले सत्ता सहकार्यका लागि देउवालाई प्रस्ताव गरिरहेका बेला उनले जिम्मेवारी आए पछि नहट्ने बताएका हुन् ।

ब्राउनसुगरसहित दुई जना पक्राउ

काठमाडौँ । झापा मेचीनगर नगरपालिका–६ स्थित मेची पुलबाट लागुऔषध ब्राउनसुगरसहित मङ्गलबार दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा पाँचथर आङ्ना–४ घर भई हाल झापा दमक–१ बस्ने २३ वर्षीय गणेश खत्री र मोरङ उर्लाबारी–९ का २७ वर्षीय अनुप तामाङ रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता राकेश थापाले जानकारी दिए ।

उनका अनुसार खत्रीलाई तीन ग्राम र तामाङलाई एक ग्राम ब्राउनसुगरसहित लागुऔषध नियन्त्रण ब्यूरो काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । पक्राउ परेका दुवै जनालाई इलाका प्रहरी कार्यालय काँकडभिट्टामा राखेर थप अनुसन्धान भइरहेको छ ।

प्रधानमन्त्रीविरुद्धको अविश्वास प्रस्ताव लैजान प्रचण्ड–नेपाललाई,कांग्रेस र जसपाको साथ

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीमाथि अविश्वासको प्रस्ताव लगाउनमा काँग्रेस र जनता समाजवादी पार्टी नेपालले नेकपा प्रचण्ड–नेपाल समूहलाई सघाउने संकेत देखाएको छ । पहिलाको प्रश्ताव र्फिता लिएर प्रचण्ड–नेपाल समूहले प्रचण्डलाई प्रधानमन्त्रीको प्रस्ताव सहित ओलीलाई नयाँ अविस्वासको प्रस्ताव लैजाने तयारी गरेका हुन् । सोही प्रचण्ड–नेपालको तयारीमा जसपा र कांग्रेस सहयोगका लागि सकरात्मक देखिएपछि प्रचण्ड समूहले त्यसअनुसारको तयारी थालेको जनाएको छ । जसपा र कांग्रेसले सरकार बनाउन तत्कालै सहयोग गर्न नसक्न जनाउँदै अविश्वासको प्रस्तावमा भने सहयोग गर्ने जनाएका छन् ।

प्रचण्डहरूले प्रधानमन्त्रीमाथि लगाउने अविश्वासको प्रस्तावमा सहयोग गर्नुपर्ने र त्यसरी सहयोग गरेपछि मात्र पार्टी विभाजन हुनक्ने जसपाको स्रोतले जनाएको छ । स्रोतले भन्यो ‘प्रधानमन्त्रीका विरुद्ध अविश्वासको प्रस्ताव नलगेसम्म अहिलेको अवस्था यथास्थितिमा चलिरहन्छ । पार्टी अन्त्यमा गएर मिल्न पनि सक्छ । त्यसैले यो पार्टी फुट्नुमा जसपा नेपाललाई मात्र होइन काँग्रेसलाई पनि फाइदा छ ।’

जसपा नेपालको हिजोदेखि शुरु भएको प्रचार विभागको प्रशिक्षण कार्यक्रममा समेत सुरु गरेको छ । कार्यक्रममा जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले पार्टी सरकारमा नजान सक्ने तर काँग्रेस, नेकपा र जसपाको गठबन्धन बन्न सक्ने धारणा राखेका थिए । आफ्ना पार्टी निकट पत्रकारहरुलाई उनले भनेका थिए, ‘काँग्रेस, जसपा र नेकपा बीचमा गठबन्धन बनाएर देशको नेतृत्व गर्नेछौँ ।’

जसपाका वरिष्ठ नेता राजेन्द्र महतोले नेकपा अहिले एउटै पार्टी रहेको बताउँदै त्यो विषय स्पष्ट नभएसम्म सरकारमा सहकार्य नहुने बताउँदै आएका छन् । उनले जसपा नेपाल सरकार नजाने बताएका हुन् । उनले भने ‘अहिलेसम्म नेकपा दुईतिहाइ बहुमतको सरकार रहेको छ, त्यसमा हाम्रो के काम? काँग्रेस पनि त्यो सरकारमा जाँदैन, र जानु पनि हुँदैन । नेकपा अहिले एउटै पार्टी हो, यो सरकारमा पनि छ र सडकमा पनि छ, कुन कुन पार्टी हो त्यसको त्यो स्पष्ट नभएसम्म सरकारमा सहकार्य हुँदैन, यद्यपि, अविश्वासको प्रस्तावको बारेमा भने सोच्न सकिन्छ । ’
यसो त उनले मंगलबार कैलालीमा अविश्वासको प्रस्ताव बारे पार्टीमा अहिले कुनै छलफल भएको नभएको र अविश्वासको प्रस्ताव पेस भएपछि त्यसबारे छलफल गर्ने बताएका थिए ।

यता काँग्रेसले पनि अविस्वासको प्रश्तावलाई भने सहयोग गर्न सकिने जनाएको छ । काँग्रेसका नेता चिनकाजी श्रेष्ठले आफ्नो विचारमा वैधानिक रुपमा प्रचण्ड–माधव समूहले अविश्वासको प्रस्ताव लग्नै नसक्ने तर्क समेत गरेका छन् । संसदीय दलको नेता फेरेर मात्र अविस्वासको प्रस्ताव लग्न सकिने अन्यथा आफ्नै पार्टीको सांसदले आफ्नै पार्टीका प्रधानमन्त्रीलाई कसरी अविश्वासको प्रस्ताव लान सकिन्छ भन्ने उनको तर्क रहेको छ ।

उनको मोटामोटि धारण भनेको जसपाको जस्तो नै हो । अविश्वासको प्रस्ताव आएपछि त्यसको बारेमा सल्लाह गर्ने तर त्यसअघि नेकपा आफैमा स्पष्ट हुनुपर्ने उनको भनाई छ । उनले भने ‘अहिले हामी उफ्रेर प्रचण्ड–माधवलाई साथ दियौँ र भोलि गएर वहाँहरु पुनः ओलीसँग नै मिल्नुभयो भने के अवस्था हुन्छ ? त्यसैले पहिलो कुरा नेकपा स्पष्ट हुनुपर्छ ।’

यसो त अविस्वासको प्रस्ताव लैजानेमा कांग्रेस र जसपा सकरात्क देखिएसँगै नेकपा प्रचण्ड–नेपाल समूहले पार्टीको बैठक बोलाएको छ । आज दिउँसो १ बजे पेरिसडाँडामा केन्द्रीय कमिटीको बैठक बस्दैछ, त्यसबाट हरेक कुराको छिनोफानो हुने बताइएको छ ।

राउटे अगुवा शाहीको माग मुख्यमन्त्रीलाई समक्षः ‘मेरा जनता भोकले मर्न आँटे, म पनि भोकै यहाँ आएको छु’

काठमाडौँ । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाही र राउटे अगुवा दिलबहादुर शाहीबीच भेटवार्ता भएको छ । आफ्ना जनताका लागि खानाको समस्या भएको भन्दै मङ्गलबार मुख्यमन्त्री शाहीको कार्यकक्षमा पुगेका दिलबहादुरले गुराँस गाउँपालिकाले चार महिनासम्म भत्ता नदिएको गुनासो पोखेका हुन् ।

गाउँपालिकाले दिने प्रतिव्यक्ति मासिक रु तीन हजार नपाउँदा खानलाई चामल किन्न नसकेकाले भोको पेटमा सरकारसमक्ष बिन्ती बिसाउन आएको उनले बताए । “मेरा जनता भोकले मर्न आँटे । म पनि भोकै यहाँ आएको छु”, उनले भने, “पेटभन्दा ठूलो केही छैन । सरकारले भत्ता र रासनपानी दिएर पठाउनु पर्यो ।”

उनले ४६ घर परिवारका सबैलाई खानका लागि चामल नहुँदा भोकले ठूलो समस्या बनाएको भन्दै जतिसक्दो छिटो सम्बोधन गरिदिन मुख्यमन्त्रीलाई आग्रह गरे । आफ्नै कार्यकक्षमा भोकको समस्या बोकेर आएका राउटे अगुवा दिलबहादुरको टोलीलाई मुख्यमन्त्री शाहीले चिन्ता नलिन आग्रह गरे । उनले राउटेको ४६ घर परिवारका लागि प्रदेश सरकारले खानासहित ओतका लागि व्यवस्थित पाल उपलब्ध गराउने वचन दिए ।

राउटेले मुख्यमन्त्री शाहीलाई काठको कोसी र ठेकी उपहार दिएका थिए । त्यस्तै कर्णाली प्रदेशका प्रमुख सचिव चन्द्रमान श्रेष्ठलाई पनि उनीहरुले कोसी उपहार दिएका थिए । प्रदेश सरकारले केही रासनपानी दिएपछि खुशी भएर उनीहरू फर्केका थिए ।

सङ्घीय सरकारले प्रतिराउटे मासिक रु तीन हजार दिँदै आएकामा कर्णाली प्रदेश सरकारले चालु आवदेखि उनीहरुलाई मासिक रु दुई हजार भत्ता थपेको छ । मुख्यमन्त्री शाहीले राउटेलाई स्थायी घर निर्माण गरिदिने प्रस्ताव राख्दा अगुवा दिलबहादुरले आफ्नो फिरन्ते पहिचान मेटिने तर्क गगरे। पछिल्लो समयमा उनीहरुलाई अस्थायी भए पनि पालको व्यवस्थित बास बनाउने योजना बनाइएको प्रदेश सरकारले जनाएको छ ।

पूर्वमन्त्री गोकुल बाँस्कोटालाई पितृशोक

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता एवम् पूर्वमन्त्री गोकुल बाँस्कोटालाई पितृशोक परेको छ ।

बाँस्कोटाका पिता हरिप्रसाद बाँस्कोटाको आज ९२ वर्षको उमेरमा निधन भएको हो ।

उनको काभ्रेको मण्डनदेउपुर नगरपालिका ४ मा घरमै निधन भएको पारिवारिक स्रोतले जनाएको छ । उनका ४ छोरा र ३ छोरी छन् । जसमध्ये गोकुल बाँस्कोटा कान्छा हुन् ।

प्रचण्ड–माधव समूहको केन्द्रीय कमिटी बैठक बस्दै

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहको केन्द्रीय कमिटी बैठक बस्न लागेको छ । उक्त केन्द्रीय कमिटी बैठक आज सचिवालयको निर्णय अनुसार बस्न लागेको हो ।

बैठक पार्टी कार्यालय पेरिसडाँडामा दिउँसो १ बजे बस्न लागेको हो । पछिल्लो राजनीतिक घटनाक्रमबारे रणनीति बनाउने गरी बैठक बस्न लागेको बताइएको छ ।

सर्वोच्च अदालतले संसद पुनर्स्थापना गरिदिएपछि प्रचण्ड–माधव समूहका नेताहरु आगामी सरकार गठनका लागि कांग्रेस सभापति शेरबहादुर देउवा,जनता समाजवादी पार्टीका नेताहरुलाई समेत भेटेर छलफल गरिरहेका छन् ।

२३ गते संसद बैठकसमेत आह्वान भैसकेकोले पनि कसरी प्रस्तुत हुने विषयमा प्रचण्डमाधव समूहले केन्द्रीय समितिबाट रणनीति तय गर्ने बुझिएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा नदिएकोले उनीमाथि अविश्वासको प्रस्ताव ल्याउने विषयमा पनि छलफल हुने नेताहरुले बताएका छन् ।

हानिकारक ग्यास आयातमा कडाइ

काठमाडौँ। विश्वव्यापी तापक्रम वृद्धि गर्दै ओजोन विनाश गरेर मानव स्वास्थ्यमा प्रतिकूल असर गर्ने हानिकारक ग्यास आयातमा नेपाल सरकारले कडाइ गर्दै लगेको छ ।
हानिकारक ग्यास उपयोग गर्ने उत्पादन तथा सामग्रीको विकल्पतिर पनि नेपाल सरकारले कदम अगाडि बढाइरहेको वन मन्त्रालयअन्तर्गत वातावरण तथा जैविक विविधता महाशाखाका प्रमुख शिव वाग्लेले बताए । उनले भने, “अन्तर्राष्ट्रिय सन्धि तथा अभिसन्धिहरूमा हस्ताक्षर गरेर ओजोन तह र वातावरण संरक्षणका लागि प्रतिबद्धता जनाएअनुसार काम गरिरहेका छौँ ।” नेपाल ओजोन तह नष्ट हुनबाट जोगाउनका लागि बनेको भियना महासन्धि र मोन्ट्रियल अभिसन्धिको पक्ष राष्ट्र हो । त्यसक्रममा पहिलो चरणमा नेपालले क्लोफ्लोरो कार्बन ग्यास प्रयोगमा प्रतिबन्ध लगाइसकेको छ । सन् २००४ देखि निरन्तर यसको कटौती गर्दै सन् २०१० मा सरकारले क्लोरोफ्लोरो कार्बन उपभोग शून्य बनाएर प्रतिबन्ध लगाएको हो ।

अब दोस्रो चरणमा हाइड्रो क्लोरोफ्लोरो कार्बन प्रतिबन्ध गराउने बाटोमा सरकार अगाडि बढेको छ । त्यसका लागि वन तथा वातावरण मन्त्रालयले आधारभूत सर्वेक्षण गरी त्यसको उपयोगको मापन सन् २०११–२०१४ मा निकालिएको थियो ।
त्यो अवधिमा २३.०४ मेट्रिक टन हाइड्रो क्लोरोफ्लोरो कार्बन नेपालमा प्रयोग हुने गरेको पाइएको थियो । त्यसभन्दा पछि त्यो मापनभन्दा नबढाउने गरेर कटौती गर्दै लगिएको महाशाखामा कार्यरत केमिस्ट अनुराधा ज्ञवालीले जानकारी दिनुभयो । उहाँका अनुसार सन् २०१५–२०१६ मा १० प्रतिशत कटौती गरिएको थियो । त्यसपछि सन् २०१७, २०१८ र २०१९ मा हरेक वर्ष १८.४३ मेट्रिक टन हाइड्रो क्लोरोफ्लोरो कार्बन ग्यास कटौती गरिएको थियो । सन् २०२०–२०२१ मा ६० प्रतिशत घटाउने लक्ष्य लिएर कटौतीका लागि सूचना जारी गरिएको छ ।

ओजोन तहलाई नष्ट गर्ने पदार्थको उपभोग नियन्त्रण नियमावली, २०५७ अनुसार रेफ्रिजेरेटर, वातानुकूलन सामग्री, कृषि, स्वास्थ्य, अग्निनियन्त्रण, व्यापार व्यवसाय वा औद्योगिक प्रयोजनमा प्रयोग हुने विभिन्न प्रकारका हानिकारक ग्यास क्रमशः कटौती गर्दै शून्य बनाइनेछ । यही नियमावलीअनुसार आगामी वर्षसम्ममा यो ग्यास आयात शून्यमा झारेर प्रतिबन्ध लगाइने छ ।

हाल जति निकायले यसको उपभोग गरिएको छ । तिनलाई मात्र कोटाका आधारमा आयात गर्न दिइएको छ । धेरै पुराना प्रयोगकर्ताले दुई मेट्रिक टनसम्म र केही नयाँले एक मेट्रिक टनसम्म मात्र हाइड्रो क्लोरोफ्लोरो कार्बन ग्यास आयात गर्न पाउने व्यवस्था छ ।

यो ग्यासमा प्रतिबन्ध लगाइएपछि विकल्पमा हाइड्रो फ्लोरो कार्बन ग्यासको उपभोगलाई बढावा दिइने केमिस्ट ज्ञवालीले बताउनुभयो । यो ग्यास हाइड्रो क्लोरोफ्लो कार्बनभन्दा थोरै कम हानिकारक ग्यास हो । “यसले ओजोन तह विनाशमा कम भूमिका रहे पनि विश्वव्यापी तापक्रम भने अत्यधिक बढाउन सघाउँछ”, उनले थपे । त्यसैले यसको पनि विकल्प अगाडि सारिएको छ । जसका लागि यसको ८० प्रतिशत उपभोगलाई कटौती गर्दै शून्यमा झारेर प्रतिबन्ध लगाइनेछ । यसपछि भने नेपालले ओजोन र विश्वव्यापी तापक्रम दुवैमा कम असर गर्ने हाइड्रो कार्बन ग्यासको उपभोगलाई अगाडि बढाउनेछ । यसरी क्रमशः कम विनाशकारी ग्यासको उपभोग गर्दै विश्वकै वातावरण र ओजोन तह संरक्षणमा नेपालको योगदान उच्च पार्ने योजना सरकारले बनाइरहेको महाशाखाले जनाएको छ । यस्ता ग्यास नेपालमा उत्पादन हुँदैनन् । छिमेकी मुलुक भारत र चीनबाट आयात हुने गरेको छ । ती मुलुकमा ग्याससँगै त्यस्ता ग्यास प्रयोग हुने सामग्री पनि नेपालमा आयात हुने गरेको छ ।

त्यसैले वातावरण र मानव स्वास्थ्यमा हानि गर्ने सामग्री आयातमै कटौती पनि सँगसँगै गर्दै लगेर मुलुकलाई वातावरणमैत्री र आत्मनिर्भर बनाउनुपर्ने सुझाव संरक्षणकर्मीले सरकारलाई दिँदै आएको छ ।
नेपालको इतिहासको पुरानो कालखण्डमा त्यस्ता अप्राकृतिक ग्यासको प्रयोग हुँदैनथ्यो । औद्योगिकीकरण बढेसँगै एमोनिया ग्यास हुँदै अन्य विभिन्न प्रकारका ग्यासको आयात बढ्दै गएको विज्ञहरू बताउँछन् ।(गोरखापत्रबाट चाँदनी हमालको रिपोर्ट)

भगवान गणेशको दर्शन गरी आज मंगलबारको राशिफल हेर्नुहोस्

वि.सं.२०७७ साल फाल्गुन १८ गते । मंगलबार । ईश्वी सन् २०२१ मार्च ०२ तारिख । नेपाल संवत् ११४१ । प्रमादी संवत्सर । उत्तरायण । शिशिर ऋतु । श्रीशाके १९४२ । फाल्गुन कृष्णपक्ष । तिथि– तृतीया,०६ घडी २० पला, बिहान ०९ बजेर २० मिनेट उप्रान्त चतुर्थी । नक्षत्र–हस्त,०५ घडी ३७ पला,बिहान ०८ बजेर ४५ मिनेट उप्रान्त चित्रा । योग–गंड,१५ घडी ३२ पला,दिउसो १२ बजेर ४२ मिनेट उप्रान्त वृद्धि । करण–भद्रा,बिहान ०९ बजेर ०२ मिनेट उप्रान्त बव,बेलुकी ०७ बजेर ५६ मिनेट उप्रान्त बालव । आनन्दादिमा–सौम्य योग । चन्द्रराशि–कन्या,बेलुकी ०८ बजेर ०० तुला । काठमाडौंमा सूर्योदय बिहान ०६ बजेर २९ मिनेट,सूर्यास्त बेलुकी ०६ बजेर ०४ मिनेट । दिनमान २८ घडी ५५ पला ।

मेष ( चू,चे,चो,ला,लि,लू,ले,लो,अ)

कामको सन्द्रर्भमा आउँने प्रतिश्पर्धिहरुलाई किनारा लगाउँदै महत्वपुर्ण उपलब्धि हासिल गर्न सकिनेछ भने खर्च बढेपनि उपलब्धिमुलक कामहरु हुनेछन् । बिवादित बिषयहरु आफ्नो पक्षमा फैसला हुनेछन् भने सत्रुहरु आफै किनारा लाग्नेछन् । आफन्त,मित्र तथा मावलि पक्षबाट तपाईको बौद्धिकतालाई सम्मान गर्ने तथा नयाँ काम गर्न खोज्दा सहयोग हुनेछ । माया प्रेम तथा रोमान्सको क्षेत्र स्वत स्फुर्त बलियो बन्ने योग रहेकोछ ।

बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)

बौद्धिक कार्यमा सहभागी हुने अवसर जुर्नेछ भने भनेजस्तो पारिश्रमिक पाउदा मन प्रफुल्ति रहनेछ । शेयर बजार,बैक तथा बित्तिय क्षेत्रमा गरिएको लगानिबाट भनेजस्तो फाईदा हुनेछ । स्कुल,कलेज तथा शैक्षिक क्षेत्रमा समय लगानि गर्नेहरुले मनग्गे धन आर्जन गर्नुहुनेछ । माया प्रेमको गाठो कसिलो हुनुको साथै नया प्रेम प्रश्ताब आउनेछ । मन परको मानिसबाट भौतिक सम्पति तथा उपाहार प्राप्त हुनेछ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)

तत्कालको लागी समय मध्ययम भएपनि पछिको लागि शक्ति सञ्चय गर्न सकिनेछ । व्यापार व्यावसायमा भनेजस्तो आम्दानि नभएपनि घर जग्गा तथा सवारि साधनको कारोबारभने फस्टाएर जानेछ । अध्ययन तथा अनुशन्धानको क्षेत्रमा समय खर्चियपनि नतिजा आफ्नो पक्षमा नआउँन सक्छ ध्यान दिनुहोला । आफन्त,अग्रज तथा आमासँग टाडिएर लामो दुरिको यात्रा गर्नुपर्दा मन खिन्न हुनेछ ।

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो)

दाजुभाई तथा छिमेकिबाट तपाईले शुरु गर्नु भएको काममा उच्च मुल्याङकन हुनेछ । व्यापार व्यावसायमा लगानि बढाउदा भनेजस्तो आम्दानि हुनेछ भने आर्थिक स्थिति मजभुत हुने हुदा आवस्यक्ताहरु परिपुर्ति गर्न सकिनेछ । अदालत तथा न्यायिक निकायबाट हुने न्याय सम्पादन तपाईकै पक्षमा हुनेछ । माया प्रेममा रमाउने चाहने जोडिहरुका लागि समयले साथ दिनेछ ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)

थोरै समय र सानो लगानि गरी शुरु गरिने व्यावसायबाट भनेजस्तो आम्दानि गर्न सकिनेछ । आफन्त तथा कुटुम्ब सँग भेटि नया कामको योजना बुन्न सकिनेछ । पारिवारिक सभा समारोहमा सहभागि भई स्वादिष्ट भोजनका साथ रम्न सकिनेछ । प्रणय सम्बन्धमा सुधार आउनुको साथै नया ठाउबाट प्रेम प्रस्ताब आउने प्रवल सम्भावना रहेकोछ । राजनिति तथा समाजसेवामा समय खर्चिनेहरुले अलि बढि मेहनेत गरे जनताको मन जित्न सकिनेछ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)

समय मध्ययम रहेकोले राजनिति तथा समाजसेवामा समय लगानि गर्नेहरुले जनताको आलोचना सहनु पर्नेछ । व्यापारमा भनेजस्तो नहुँदा रुपैया पैसाको व्यावस्थापन गर्न गाह्रो हुनेछ । आफन्त तथा घर भित्रकै मानिसहरुले असहयोग गर्ने तथा हल्लाको पछि लाग्नाले दुख पाईनेछ । स्वास्थ्यको ख्याल गर्नुहोला समस्या बल्झन सक्छ । माया प्रेममा एक अर्कालाई अबिश्वास गर्नाले मनमुटाब बढ्नेछ भने पति पत्निबिचको सम्बन्धमा दरार आउँन सक्छ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)

गलत साथि संगतमा लाग्नाले पढाई लेखाई बिग्रनेछ भने आफन्त तथा अग्रजहरुको चित्त बुझाउन मुस्किल पर्नेछ । माया प्रेमको यात्रामा उतार चडाब आउने योग रहेकोछ भने जीवन साथि सँग सामान्य कुरामा मनमुटाब सिर्जना हुनेछ । खानपानमा ध्यान नदिए स्वास्थ्य सम्बन्धि समस्या आई खर्च बढ्नेछ । आफन्त तथा अग्रज सँग सामान्य कुरामा राय बाजिनेछ । बिदेशी सामानमो व्यापार व्यावसाय फस्टाएर जानेछ भने बिदेशमा बसेर श्रम गर्ने तथा अध्ययन गर्नेहरुका लागी दिन फलदायि रहनेछ ।

बृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू)

व्यापार व्यावसायबाट मनग्गे आम्दानि हुनेछ भने सानो प्रयत्नले ठुलो काम बन्ने तथा थोरै लगानि गर्दापनि प्रशस्त आम्दानि हुने समय रहेकोछ । सहयोगहिरु जुट्नाले रोकिएको काम सहजै सम्पादन हुनेछन् । दाजुभाई तथा अग्रजहरुको हरेक क्षेत्रमा साथ रहने हुनाले मन प्रशन्न रहनेछ । बिषेश समारोहमा सहभागि भई स्वादिष्ट भोजनका साथ रमाउन सकिनेछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)

बुवा आमा तथा अग्रजहरुबाट सहयोग पाईने हुदा मन प्रफुल्लित हुनेछ । थोरै समयको प्रयत्ने सहजै गन्तब्य तथा लक्ष्य पहिल्याउन सकिनेछ । अवसरहरुको सदुपयोग गर्न सकिने तथा भविश्यको लागि फाईदा हुने काम गर्ने बाताबरण बनाउन सकिनेछ । माया प्रेममा नजिक भई आफ्ना भावना साटासाट गर्ने अवसर प्राप्त हुनेछ । कृषि तथा पशुपालन व्यावसायबाट मनग्गे आम्दानि हुनेछ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)

व्यापार व्यावसायमा थोरै समय लगानि गर्दापनि सोचेभन्दा धेरै आम्दानि हुँदा मन प्रसन्न रहने तथा थप लगानि बढाउँन मन लाग्नेछ । आफन्त तथा घर परिवारका मानिस सँग रमाईलो जमघटमा सामेल हुँन पाईनेछ भने मिठा मिठा परिकारका साथ रमाईलो गर्दै दिनलाई रङगिन बनाउँन सकिनेछ । माया प्रेमको गाठो कसिलो भएर जानेछ भने एक अर्काका राय सल्लाह मान्दै अगाडि बढ्न सक्दा गन्तब्य पहिल्याउँन सहज हुनेछ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)

आर्थिक अवस्था कमजोर रहने हुनाले व्यापारमा लगानि गर्न सकिने अवस्था रहने छैन । माया प्रेममा एक अर्कालाई बुझ्न नसक्दा मनमुटाब बढ्नेछ । सवारि साधन तथा भौतिक बस्तुको प्रयोग गर्दा ध्यान दिनुहोला । खानपान तथा मौषको ध्यान नदिदा स्वास्थ्य सम्बन्धि समस्या आउने योग रहेकोछ । तरपनि रिसर्च पर्सनको लागि भने समय उत्तम रहेकोछ ।

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)

पढाई लेखाईमा खर्चिएको समयबाट भनेजस्तो नतिजा हात लाग्ने हुनाले मन प्रशन्न रहनेछ । माया प्रेमको गाठो कसिनेछ भने घर परिवार तथा आफन्तसँगको सम्बन्धमा सुधार भएर जानेछ । भौतिक सम्पति तथा सवारि साधन प्राप्तीको योग रहेकोछ भने बिलाशी बस्तुको प्रयोग मार्फत अरुको मन आफुतिर लोभ्याउन सकिनेछ ।

२ रूपैयाँले बढ्यो पेट्रोलियम पदार्थको मूल्य

काठमाडौं । नेपाली बजारमा तेल (पेट्रोल, डिजेल र मट्टीलेत) को मूल्य प्रतिलिटर दुई रुपैयाँले बढेको छ । इन्डियन आयल कर्पोरेसनबाट प्राप्त नयाँ मूल्यसूचीअनुसार खरिदमूल्य बढेर घाटा चुलिएपछि निगमले तेलको मूल्य बढाएको हो ।

समायोजित मूल्यसूचीअनुसार पेट्रोलको मूल्य प्रतिलिटर ११६ रूपैयाँ पुगेको छ । यस्तै डिजेल र मट्टितेलको मूल्य लिटरको ९९ रूपैयाँ पुगेको छ । निगमले ग्यासको मूल्य भने बढाएको छैन ।नयाँ मूल्यसूचीअनुसार निगमलाई पेट्रोलमा प्रतिलिटर ८ रूपैयाँ ४२ पैसा घाटा छ । यस्तै डिजेलमा ६ रुपैयाँ ५६ पैसा र एलपी ग्यासमा ३९२ रूपैयाँ ८२ पैसा घाटा छ । निगमले हवाई इन्धनको मूल्य आन्तरिकतर्फ पाँच रूपैयाँ बढाएको छ ।

तेलको मूल्य समायोजनपछि पनि निगमलाई प्रतिपन्ध्र दिनमा एक अर्ब ३२ करोड रुपैयाँ घाटा छ ।

वैदेशिक रोजगार ठगी मुद्दाका फरार प्रतिवादी पक्राउ

काठमाडौं । वैदेशिक रोजगार ठगी मुद्दामा फरार रहेका प्रतिवादी नवलपरासी देवचुली नगरपालिका–१३ घर भई रिलायवल एच.आर. सोलुसन प्रालिका संचालक ४८ वर्षीय गुरुदत्त पौडेललाई काठमाडौं बागबजारबाट आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

वैदेशिक रोजगार न्यायाधिकरणको २०६८ माघ १७ गतेको फैसलाले १ वर्ष ६ महिना कैद र २५ हजार रुपैयाँ जरिवाना ठहर भई फरार रहेका पौडेललाई केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरीले काठमाडौं बागबजारमा लुकीछिपी बसिरहेको अवस्थामा फेला पारी पक्राउ गरेको हो । पौडेललाई फैसला कार्यान्वयनको लागि काठमाडौं जिल्ला अदालतमा पेश गरिएको उक्त ब्यूरोले जनाएको छ ।

साथै, सिंगापुरमा आकर्षक रोजगारीको प्रलोभन देखाई, झुक्यानमा पारी पीडितसँग ४ लाख ५० हजार रुपैयाँ लिई दुबई पठाई ठगी गरेको वैदेशिक रोजगार सम्बन्धि कसूरमा वैदेशिक रोजगार न्यायाधिकरण काठमाडौंबाट प्रतिवादी पौडेललाई वैदेशिक रोजगार ऐन, २०४२ को दफा २४ को उपदफा ५ बमोजिम उक्त सजाय भएको केन्द्रीय अनुसन्धान ब्यूरोले जनाएको छ ।

साधारण जीवनशैलीमा उच्चतम सेवा प्रवाह गर्न सक्नुपर्छः प्रहरी महानिरीक्षक थापा

काठमाडौं । प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले प्रहरी कर्मचारीहरुले सदैव साधारण जीवनशैली अवलम्वन गरी नागरिकलाई उच्चतम सेवा प्रवाह गर्नुपर्ने बताएका छन् । प्रहरी युक्ति तालिम महाविद्यालय जर्गाह नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)मा कार्यरत प्रहरी कर्मचारीहरु तथा सोही महाविद्यालयमा विभिन्न तालिमहरुमा तालिमरत प्रशिक्षार्थीहरुलाई सोमबार निर्देशन सम्बोधन गर्दै प्रहरी महानिरीक्षक थापा क्षेत्रीले उक्त कुरा बताएका हुन् ।

प्रहरी सेवालाई सेवामुखी बनाउन कर्मचारी स्वयं व्यावसायिक प्रहरी बन्नुपर्ने चर्चा गर्दै प्रहरी महानिरीक्षक थापा क्षेत्रीले भने ‘प्रहरी सेवा सबैभन्दा उत्कृष्‍ट सेवा हो, समर्पित बनौं ।’ सेवाग्राहीप्रति विनम्र हुने तर विनम्रतालाई कमजोरी नठान्ने भावनाको विकास गर्दै प्रहरी सेवा प्रदान गर्ने क्रममा सकारात्मक भूमिका निर्वाह गर्दै हरेक प्रहरी कर्मचारी रोलमोडेल बन्नुपर्ने विचार उनले व्यक्त गरे ।
प्रहरी महानिरीक्षक थापा क्षेत्रीले प्रशिक्षण सम्बन्धी तालिम केन्द्रमा कार्यरत कर्मचारी, प्रशिक्षक तथा विभिन्न तालिममा तालिमरत प्रशिक्षार्थीहरुलाई संगठनका खाँतिर शिरोधार्य गर्नुपर्ने निर्देशन दिँदै एकआपसमा भाइचाराको भावना अभिवृद्धि गर्नुपर्ने उल्लेख गरे। सीमित साधन स्रोतका वावजुद उल्लेखनीय काम भइरहेको तथा उपलब्ध सुविधामा खुशी हुन सिक्नुपर्नेमा उनले जोड दिए । अनुगमन तथा निर्देशनको सिलसिलामा उक्त महाविद्यालय पुग्नु भएका प्रहरी महानिरीक्षक थापा क्षेत्रीले महाविद्यालय परिसरभित्र वृक्षारोपण समेत गरेका थिए ।

लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङका प्रमुख प्रहरी नायव महानिरीक्षक रविन्द्र बहादुर धानुकले धन्यवाद ज्ञापन गरेको उक्त कार्यक्रममा प्रहरी युक्ति तालिम महाविद्यालय जर्गाहका प्राचार्य प्रहरी वरिष्ठ उपरीक्षक कुबेर कडायतले स्वागत मन्तव्य व्यक्त गरेका थिए।

यसैगरी प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले जिल्ला प्रहरी कार्यालय पाल्पामा सोमबार आयोजित कार्यक्रमबीच जिल्ला प्रहरी कार्यालय पाल्पा तथा मातहत कार्यालयमा कार्यरत प्रहरी अधिकृत तथा जवानहरूलाई समसामयिक विषयमा आवश्यक निर्देशन दिए । साथै उनले जिल्ला प्रहरी कार्यालय पाल्पाको निर्माणाधीन भवन तथा कार्यालय परिसर अवलोकन समेत गरे ।
उक्त अवसरमा प्रहरी महानिरीक्षक थापा क्षेत्रीले शान्ति सुरक्षा कायम गर्ने तथा अपराध नियन्त्रण एवं अनुसन्धान गर्ने काममा अझै सक्रिय हुन निर्देशन दिँदै आर्थिक अनुशासन कायम गर्नुपर्नेमा जोड दिए । आपसमा भातृत्वभाव कायम गर्दै सहयोगी भावनाको विकास गर्नुपर्ने उनले उल्लेख गरे। परिवार सुखी भए प्रहरीले राम्रो सेवा दिन सक्ने भएकोले परिवारलाई समेत यथेष्ठ ध्यान दिन उनले आग्रह गरे।

निर्देशन सम्बोधन कार्यक्रममा लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङका प्रमुख प्रहरी नायव महानिरीक्षक रविन्द्र बहादुर धानुकको समेत उपस्थिति रहेको थियो ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा डा.रावल

काठमाडौं । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाको कार्यवाहक उपकुलपतिमा डा.मंगल रावल नियुक्ति भएका छन् । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री हृदयेश त्रिपाठीले डा. रावललाई कार्यवाहक उपकुलपतिको जिम्मेवारी दिएका हुन् । प्रतिष्ठानको सहकुलपति समेत रहेका स्वास्थ्यमन्त्री त्रिपाठीले डाक्टर रावललाई सोमवार जिम्मेवारी दिएका हुन् ।

चार वर्षअघि नियुक्त भएका उपकुलपति प्रा.डा. राजेन्द्र वाग्लेको आइतबारदेखि कार्यकाल सकिएपछि डा।रावलले कार्यवाहकको जिम्मेवारी पाएको मन्त्रालयले जनाएको छ । डा.रावल कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा अस्पताल निर्देशकको रुपमा कार्यरत थिए । डा।रावल हाडजोर्नी विशेषज्ञ तथा एशोसिएट प्रोफेसर पनि हुन् ।

टेम्पोमा मेगा बैंकको क्यूआरकोड सुविधा

काठमाडौं । मेगा बैंक नेपाल लिमिटेड टेम्पोमा यात्रा गर्ने यात्रुहरुलाई क्यू आर कोडबाटै रकम भुक्तानीको ब्यवस्था मिलाएको छ । काठमाडौं उपत्यकासहित देशका बिभिन्न ठाउँमा संचालित टेम्पोमा मेगा बैंकले क्यूआरकोडबाटै रकम भुक्तानी गर्ने ब्यवस्था मिलाएको हो । डिजिटल बैंकिङ र नगदरहित कारोबारलाई प्रबद्र्दन गर्ने उद्देश्यले टेम्पोमा यात्रा गर्ने यात्रुहरुलाई क्यूआर कोडमार्फत रकम भुक्तानी गर्न मिल्ने व्यवस्था मिलाइएको मेगा बैंकले जनाएको छ । काठमाडौं उपत्यकाका टेम्पो चालकहरुमार्फत शुभारम्भ गरिएको यो सेवा देशभर बिस्तार गरिने बैंकले जनाएको छ ।

यसैगरी, टेम्पो चलाएर गुजारा चलाउँदै आएका महिलाहरुलाई आर्थिक उपार्जनमा थप टेवा मिलोस् भन्ने उद्देश्यले बैंकले यसअघि नै सहुलियत कर्जा सुविधाको ब्यवस्था गर्दै आएको छ ।

कुमारी ईक्विटी फण्ड दोस्रो दिनमा ५३ प्रतिशत इकाई बिक्री

काठमाडौँ । कुमारी क्यापिटलले बिक्रीमा ल्याएको कुमारी ईक्विटी फण्डको इकाई खरिदको लागि कुल इकाईको ५३ प्रतिशत इकाई बिक्री भइसकेको छ ।
क्यापिटलका सिओओ पुष्प शर्माका अनुसार आइतबार साँझसम्ममा ४९ हजार ५५० जना आवेदकहरुबाट कुल इकाईको ५३ प्रतिशत इकाई बिक्री भइसकेको हो । माघ १४ गतेदेखि प्रतिइकाई १० रुपैयाँ अंकित दरमा ८० करोड रुपैयाँ बराबरको ८ करोड इकाई बिक्रीमा ल्याएको हो । फण्डले १५ प्रतिशत इकाई कोष प्रवर्धक कुमारी बैंकलाई सुरक्षित गरी बाँकी रहेको ६ करोड ८० लाख इकाई सर्वसाधरणहरुलाई बिक्री गर्न लागेको हो । उक्त फण्डमा न्यूनतम १०० देखि ८० लाख इकाईसम्म आवेदन दिन पाउने व्यवस्था रहेको छ ।