एक्स्कर्सको नयाँ डीजीम्याक्स थ्रीइ मसिन नेपालमा

काठमाडौ । नेपालको लागि एक्स्कर्स मसिनहरुको आधिकारिक बिक्रेता आइएमई अटोमोटिभ्स् प्रा.लिले एक्स्कर्सको हेभिइक्यूपमेन्ट सेगमेन्टमा नयाँ मसिन डीजीम्याक्स थ्रीइ ब्याक्होलोडरको विक्री खुल्ला गरेको छ ।
नयाँ मसिन अत्याधिक कार्यक्षमतासहित डिजाईन अरुभन्दा फरक रहेको छ । अपरेटरलाई काम गर्न सजिलो होस् भनेर ठुलो क्याबिन बनाइनुका साथै फ्युल इफिसेन्सीमा बिशेष ध्यान दिएको छ । डीजीम्याक्स थ्रीइ ब्याक्होलोडरमा अगाडी रहेको बोनेट हुडलाई इटालीयन क्याबिन डिजाइनबाट साभार गरी बिशेष आकर्षक बनाइएको छ । रात्रीकालीन समयमा काम गर्न सजिलो होस् भन्ने उद्देश्यका साथ मेसिनको लाइटिङ्ग सिस्टममा पावरफुल तथा ठुलो साइजका लीड लाइटहरु प्रयोग गरिएको छ । अपरेटर कम्फर्टलाई ध्यानमा राखी आरामदायी सिट र राम्रो भेण्टिलेसन सिस्ट्म जडान गरिएको छ । अगाडी र पछाडी दुबैतिर क्याबिनको झयाल खोल्न सकिनेछ जस्ले गर्दा अपरेटरलाई मेसिन चलाउँदा भिजिबिलिटी राम्रो हुनेछ । स्टेरिङ्ग चलाउँदा सजिलो होस् भनेर आफ्नो इच्छा अनुसार एडजस्ट पनि गर्न सकिने पावर स्टेरिङ्ग दिइएको छ ।
सहजै मसिन संचालन गर्नलाई स्विच साथै इन्सट्रुमेन्ट बोर्डहरुमा लाइटिङ्गको व्यवस्था गरिएको छ भने टुल्सहरु राख्न एक्स्ट्रा स्पेसको प्रावधान रहेको छ । यो मसिन बजारमा उपलब्ध मसिनहरुभन्दा अत्याधुनिक तथा युजर फ्रेण्डल्ली भएको कम्पनीका बिजनेस हेड कुलदीप घिमिरेले बताए । डीजीम्याक्स थ्रीइ चौथो जेनेरेसन फिचर्समा आधारित छ । इक्युपमेन्ट मोनिटरिङ्ग सिस्टम ९भ्ःक्० जडान भएको हुँदाँ अपरेटरले मसिन संचालनको क्रममा मसिनको बारेमा सम्पूर्ण जानकारी पाउने छन् । मसिनको अपरेशन खर्च कम लाग्ने भएकाले ब्याक्होलोडर सेगमेन्टमा एक्स्कर्सको राम्रो मार्केट शेयर बढ्ने अनुमान गर्न सकिन्छ ।
नेपालमा एक्स्कर्सको झण्डै ११०० युनिट भन्दा पनि बढि मसिनहरु छन् । आइएमई अटोमोटिम्स प्रा.लिले देशभरका १२ वटै शाखा अन्तर्गत २०१४ देखी एक्स्कर्स कन्ट्रक्सन इक्युपमेन्टका ब्याक्होलोडर, सोइल कम्पयाक्टर, हाइड्रा क्रेनहरु बिक्रि वितरण गर्दै आएको छ । क्रेन सेगमेन्टमा एक्स्कर्स नेपालकै नबर १ ब्राण्ड रहेको र ग्राहकको रोजाई अनुसार मसिनहरु अझै अपग्रेड तथा अपडेट गरेर बजारमा ल्याउँदै जाने घिमिरेले बताएका छन् ।

भावि प्रधानमन्त्रीका रुपमा प्रचण्डलाई प्रस्ताव दर्ता गर्ने, पुरानो अविस्वास प्रस्ताव फिर्ता गरेर नयाँ लैजाने तयारमिा प्रचण्ड–नेपाल समूह

काठमाडौँ । ओलीविरुद्ध नयाँ अविश्वास प्रस्ताव दर्ता गर्ने तयारीमा प्रचण्ड–नेपाल समूह, पुरानो प्रस्ताव फिर्ता
काठमाडौँ । नेकपाको प्रचण्ड–नेपाल समूह गत पुस ५ गते संसद सचिवालयमा दर्ता गराएको प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्धको अविश्वासको प्रस्ताव र्फिता लिने निष्कर्षमा पुगको छ ।

प्रतिनिधि सभा विघटन भएकै दिन ९० जना सांसदको हस्ताक्षरमा संसद सचिवालयमा अविश्वासको प्रस्ताव पेश गरिएको थियो । भावी प्रधानमन्त्रीका रूपमा पुष्पकमल दाहाल प्रचण्ड’लाई प्रस्ताव गर्दै दर्ता गरिएको अविश्वासको प्रस्तावलाई फिर्ता लिएर नयाँ समीकरणअनुसार प्रचण्ड–नेपाल समूह अघि बढ्ने भएको हो ।

गत फागुन ११ गते प्रतिनिधि सभा पुनःस्थापनाको फैसला गर्दै सर्वोच्च अदालतले विघटनपछिको अवधिलाई शून्य समय मानेको थियो । विघटनपछि दर्ता भएको अविश्वासको प्रस्तावको कानूनी वैधतामा प्रश्न उठ्ने देखिएपछि प्रचण्ड–नेपाल समूहले नयाँ अविश्वासको प्रस्ताव दर्ता गर्ने तयारी अघि बढाएको हो ।

राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको सिफारिसमा यही फागुन २३ गते प्रतिनिधि सभाको अधिवेशन डाकेकी छन् । पहिलो दिनमै अविश्वासको प्रस्ताव दर्ता नगरिए प्रधानमन्त्री ओलीले तत्काल अधिवेशन अन्त्य गरिदिन सक्ने संशय यो समूहलाई छ ।

प्रतिनिधि सभा विघटनविरुद्ध आन्दोलनरत राजनीतिक शक्तिहरूसँग सल्लाह र छलफल भइरहेको प्रचण्डनेपाल समूहका प्रभावशाली नेता भीम रावलको दाबी छ ।

‘ओलीको निरंकुशताविरुद्ध आन्दोलनमा आएका शक्तिहरूसँग मिलेर नयाँ सरकार बनाउने छलफल गरिरहेका छौं,’ रावलले भने ।

पुस ५ मा दर्ता गरिएको अविश्वासको प्रस्तावमा भावी प्रधानमन्त्रीका रूपमा प्रचण्डको नाम उल्लेख गरिएको छ । तर पछिल्लो समयमा स्वयम् प्रचण्डले अबको प्रधानमन्त्री कांग्रेस सभापति शेरबहादुर देउवा हुने संकेत गरेका छन् ।

सचिवालयमा दर्ता भएको उक्त अविश्वासको प्रस्ताव फिर्ता लिएर भावी प्रधानमन्त्रीका रूपमा देउवालाई अघि सार्ने प्रचण्ड–नेपाल समूहको रणनीति छ । यसका लागि कांग्रेससँग छलफल भइरहेको दाबी गरिएता पनि ठोस सहमति भइसकेको छैन ।

नर्सरीबाटै वार्षिक रु २० लाख आम्दानी

काठमाडौँ । म्याग्दीको बेनी नगरपालिका–९ तोरीपानीका एक कृषकले जडीबुटीको व्यावसायिक खेती गरेर वार्षिक रु २० लाखभन्दा बढी आम्दानी गर्दै आएका छन् । सदरमुकाम बेनीबजारदेखि नजिकै पर्ने तोरीपानीका कृषक सागर बानियाँले टिमुर र सतुवाका बिरुवा र फल बिक्री गरेर सो आम्दानी गर्न सफल भएका हुन् ।

जिल्लामा नमूना टिमुर कृषकको रुपमा चिनिएका उनले दुई टनेलमा ४० हजार टिमुरको बिरुवा बिक्रीका लागि तयारी अवस्थामा राखेका छन् । त्यसैगरी घरमै नर्सरी स्थापना गरेर आयुर्वेदिक औषधिका लागि प्रयोग गरिने बहुमूल्य जडीबुटी सतुवाका बिरुवा पनि उत्पादन गरेका छन्। उनले टिमुरका बिरुवा, फल र सतुवाका बिरुवा बेचेर वार्षिक रु २० लाखभन्दा बढी आम्दानी हुने जानकारी दिए । सतुवाका बिरुवा उत्पादन गर्न थालेपछि नर्सरीमै बिरुवा लिन आउनेको घुइँचो लाग्न थालेको उनले बताए । कम समय, श्रम र पैसामा धेरै उत्पादन र आम्दानी गर्न सकिने भएकाले सतुवा खेतीलाई प्राथमिकतामा राखेर तीन रोपनी जमिनमा बिरुवासमेत लगाएका छन् । उनले पहिलो वर्ष ग्रीन हाउस निर्माण, जग्गाको माटो परीक्षण गरी बाहिरी जिल्लाबाट सतुवा ल्याएर लगाएका थिए । “इन्टरनेटको प्रयोग गरी धेरै ज्ञान सिके, सीप भए सतुवाबाट राम्रो कमाइ हुने रहेछ”,कृषक बानियाँले भने । उनले समूहमा आउनेलाई रु ३५ र व्यक्तिगतरुपमा आउनेलाई प्रतिबिरुवा रु ५० का दरले सतुवाका बिरुवा बिक्री गरेको जानकारी दिए। अनुकूल हावापानी हुने र बाँझो जमिनमा सतुवा खेती गर्ने गरिएको छ ।

गत वर्ष करिब रु १५ लाख बराबरको सतुवा र टिमुरका बिरुवा बिक्री गरेका उहाँले यस वर्ष त्योभन्दा बढी आम्दानी हुने आशा गरेको बताए । “राम्रो आम्दानी हुने टिमुरसँगै सतुवा खेतीतर्फ लागेको छु, यस वर्ष रसुवाबाट अर्डर आएको छ”, उनले भने । निजी र सामुदायिक संस्थामार्फत सतुवा खेतीका लागि बिरुवा माग्ने गरेको उनको भनाइ छ । समुद्री सतहदेखि एक हजार ५०० मिटरमाथि उचाइसम्म सतुवा खेतीका लागि उपयुक्त हुने भएकाले तोरीपानी आसपासका क्षेत्र सतुवाका लागि उपयुक्त हावापानी, माटो भएकाले सोचेजस्तो आम्दानी भएको कृषक उनको भनाइ छ ।

उनले हरेक वर्ष रु छ लाखभन्दा बढीको टिमुरको बिरुवा र टिमुर बिक्री गर्ने गरेको जानकारी दिए। एक वर्षमै ४० पाथी टिमुर घरबाटै बेच्ने गरेका उनको खेतबारीमा रहेको बोटमा नफल्दै स्वदेश तथा विदेशबाट बुकिङ हुने गरेको जानकारी बताए । मुखमा राख्दा रमरम गर्ने स्वाद हुने टिमुर अचार, दाल र चटनीमा मसलाको साथै शरीरलाई न्यानो बनाउन, हाडजोर्नी, पेट दुख्दा र लेक लाग्दा आयुर्वेदिक औषधिको रूपमा प्रयोग गरिने भएकाले पनि टिमुरको बजार एशियाली र युरोपेली मुलुकमा समेत अत्याधिक माग रहेको छ ।

टिमुरपछि उहाँ पछिल्लो समय सतुवा खेतीतर्फ आकर्षित भएका छन् । उनले तीन वर्ष अगाडि इलामबाट रु एक लाख ११ हजारको एक केजी सतुवाको बीउ लिएर शुरु गरेको परीक्षण उत्पादन सफल भएपछि व्यावसायिक सतुवा खेतीमा लागेकी हुन् । टनेलमा सतुवाको नर्सरी बनाएका बानियाँ जिल्लामा सतुवाको व्यावसायिक बिरुवा उत्पादन गर्ने पहिलो कृषक हुन्। उनका अनुसार बजारमा सतुवाको माग र मूल्य टिमुरको जस्तै उच्च छ ।

सतुवाको सेवनले पेट, घाँटी दुखेको, खाना अपच भएको समस्याका साथै सर्पले टोकेको निको हुन्छ । वनजङ्गलमा पाइने सतुवाको आधुनिक खेतीलाई समुदायमा एकल वा सामूहिकरुपमा करिब १० रोपनी जमिनमा अब छिट्टै खेती गर्ने योजना रहेको कृषक बानियाँले जानकारी दिए ।

भारतीय प्रधानमन्त्री मोदीले लगाए कोरोनाविरुद्धको खोप

काठमाडौं । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् । उनले आज बिहान एम्स अस्पतालमा कोरोनाविरुद्धको खोप लगाएका हुन् ।

समाचार एजेन्सी एएनआईका अनुसार मोदीले स्वदेशमै उत्पादित कोभ्याक्सिन खोपको पहिलो डोज लिएका हुन् । कोभ्याक्सिन भारतीय कम्पनी वायोटेकले उत्पादन गरेको हो ।

भ्याक्सिन लगाएपछि प्रधानमन्त्री मोदीले ट्वीटरमा लेखेका छन्, ‘आउनुहोस् मिलेर भारतलाई कोभिड१९ बाट मुक्त बनाऔं ।’

दीले भारतका डाक्टर र वैज्ञानिकहरुले कोभिड-१९ विरुद्धको लडाइँलाई मजबुत बनाउन तीव्र रुपमा काम गरिरहेको भन्दै प्रशंसा पनि गरेका छन् ।

वाणिज्य विभागका तीन कर्मचारी विरुद्ध विशेष अदालतमा मुद्दा

काठमाडौं । वाणिज्य तथा उपभोक्ता संरक्षण विभागका तीनजना कर्मचारीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ । सेवाग्राहीसँग घुस लिएको अभियोगमा विभागको वाणिज्य व्यवसाय तथा नियमन शाखाका अधिकृत अर्जुन सुवेदी, नायब सुब्बा नरेन्द्रबहादुर चन्द र सोही विभागका लेखापढी व्यवसायी रामबाबु दाहालमाथि भ्रष्टाचारको मुद्दा दायर गरेको हो ।

फर्म दर्ता प्रमाणपत्र लिन सेवाग्राहीसँग ८ हजार रुपैयाँ घुस लिएको दाबीसहित अख्तियारले उनीहरुलाई व्यवसाय फर्म दर्ताको प्रमाणपत्र लिनका लागि सेवाग्राहीसँग रकम लिइसकेको अवस्थामा नियन्त्रणमा लिइएको हो ।

उनीहरुमाथि भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम कारबाहीको माग गरी मुद्दा दायर गरिएको अख्तियारका प्रवक्ता नारायणप्रसाद रिसालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

यसैगरी अख्तियारले नापी कार्यालय कञ्चनपुरका सर्वेक्षकसहित दुई जनामाथि भ्रष्टाचारको आरोपमा मुद्दा दायर गरेको छ । नापी कार्यालय कञ्चनपुरका निमित्त कार्यालय प्रमुख तथा सर्वेक्षक हरिचन्द्र ठाकुर र लेखापढी व्यवसायी अरुणकुमार यादवमाथि १५ हजार बिगो मागदाबीसहित मुद्दा दर्ता गरेको हो ।

जग्गाको कित्ताकाट गर्न भन्दै उनीहरुले सेवाग्राहीबाट उक्त रकम घुस लिएको अख्तियारको दाबी छ । उनीहरुलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले सेवाग्राहीबाट घुस लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको बताइएको छ । उनीहरुलाई भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम सजाय हुने गरी मागदाबी गरिएको अख्यियारका प्रवक्ता नारायणप्रसाद रिसालले बताए ।