कञ्चनपुरमा फेरि अनिश्चितकालीन निषेधाज्ञा जारी

कञ्चनपुर । कञ्चनपुर जिल्लामा फेरि अनिश्चितकालीन निषेधाज्ञा जारी गरिएको छ। भारतका बिभिन्न शहरहरुमा कोरोना संक्रमणको दर बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले जिल्लामा जोखिम बढ्द नदिन अनिश्चितकालीन निषेधाज्ञा जारी गरेको हो।

मंगलबार राति १२ बजेदेखि लागु हुने गरी प्रमुख जिल्ला अधिकारी रामकुमार महतोले आदेश जारी गरेका छन्। जिल्ला सुरक्षा समिति र जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रको बैठकले स्थानीय प्रशासन ऐनअनुसार प्रशासनले जिल्लामा भेला हुन, जात्रा, पर्व, भीडभाड गर्न, महोत्सव, जुलुस, मेला लगाउनमा रोक लगाएको छ।

यस्तै धार्मिक तथा सामाजिक स्थलमा सामाजिक दूरीलगायत जनस्वास्थ्य सुरक्षाको मापदण्ड पूर्ण पालना गर्नुपर्ने, अत्यावश्यकबाहेकका व्यापार, व्यवसाय, उद्योग, कलकारखाना, यातायातलगागतका सेवा एवं मानिसहरुको आवागमन बिहान ४ देखि बलुकी १० बजेसम्म जनस्वास्थ्यको सुरक्षा मापदण्ड पूर्ण पालना गरी सञ्चालन गर्न पाइने प्रशासनले जारी गरेको सुचनामा उल्लेख गरिएको छ।

कञ्चनपुर जिल्लास्थित अन्तर्राष्ट्रिय सिमानामा रहेका नेपाल प्रवेश गर्ने गड्डाचौकी र गौरीफन्टाबाट मापदण्ड बमाजेजिम यात्रुहरुको आगमान र मालसामानको ढुवानी व्यवस्था बिहान ६ देखि बेलुका ८ बजेसम्म कायम हुने गरी निरन्तरता दिइने भएको जनाइएको छ।

यस बाहेकका सबै प्रवेश बिन्दु र खुला सिमानाको जुनसुकै स्थानबाट हुनसक्ने यात्रुहरुको आवागमन पूर्ण रुपमा बन्द गरिएको छ। तोकिएको नाकाबाट नेपाल प्रवेश गर्ने सबै नेपाली नागरिक र पूर्व स्वीकृति प्राप्त भारतीय नागरिकको अभिलेख राख्ने र नाकामा रहेका हेल्थ डेस्कबाट अनिवार्य रुपमा स्वास्थ्य परीक्षण गर्नु पर्नेछ।
सबै व्यक्तिहरुले सेनिटाइजर, मास्क र सामाजिक दूरी लगायतको मापदण्ड कडाइका साथ पालना गर्नुपर्ने प्रशासनले जनाएको छ।
यस्तै, कार्यालय, संघ संस्था, शैक्षिक संस्थाहरुले सामाजिक दूरीलगायत जनस्वास्थ्य सुरक्षाको मापदण्ड पूर्ण रुपमा पालना गरी नियमित रुपमा कार्यालय सञ्चालन गरी सेवा प्रवाह गर्ने, बैठक गोष्ठी वा सेमिनार भर्चुअल माध्यमबाट गर्नुपर्ने, अत्यावश्यक बैठक गोष्ठी वा सेमिनार गर्नु परे जनस्वास्थ्यको मापदण्डकोे पूर्ण परिपालन गर्नु पर्नेछ।
प्रशासनको आदेश अवज्ञा गरिए संक्रामक रोग ऐन, २०२० बमोजिम कारवाही गरिने समेत सुचनामा उल्लेख छ ।

जोगियो प्रदेश १ का मुख्यमन्त्री राईको पद

काठमाडौँ । नेकपा एमालेको माधवकुमार नेपाल पक्ष मुख्यमन्त्री राईविरुद्ध प्रदेशसभामा दर्ता भएको अविश्वासको प्रस्ताव फिर्ता लिन सहमत भएसँगै प्रदेश १ का मुख्यमन्त्री शेरधन राईको पद जोगिएको छ । एमालेको बुधबार बसेको संसदीय दलको बैठकमा सहभागी माधव नेपाल पक्षधर सांसदहरु तुलसी न्यौपाने, लीलाबल्लभ अधिकारी लगायतका नेताहरुले अविश्वास प्रस्ताव फिर्ता लिन सहमत भएका हुन् ।बैठकले मुख्यमन्त्री राईविरुद्धको अविश्वास प्रस्तावमा हस्ताक्षर गर्ने सांसदलाई एक साताभित्र हस्ताक्षर फिर्ता लिन पनि निर्देशन दिइएको छ। बैठकमा नेपाल समूहका प्रदेशसभा सदस्यहरु सहभागी रहेका थिए ।
सर्वोच्च अदालतले एमाले र माओवादीलाई पूर्ववत् रुपमा ब्युँताएपछि पहिलोपटक बसेको दलको बैठकले मुख्यमन्त्रीविरुद्ध लगाइएको अविश्वासको प्रस्ताव फिर्ता र संसदीय दलको विधान पनि पारित गरेको छ।संसदीय दलका नेता राईको नेतृत्वमा संसदीय बोर्ड पनि गठन भएको छ । हुनसक्ने बताएका थिए । बैठकले संसदीय बोर्डमा दलको नेता, उपनेता, प्रमुख सचेतक र सचेतकसहित काजीमान कागते, आशारत्न जवेगु, लीलाबल्लभ अधिकारी, तुलसी न्यौपाने, विमल कार्की, यशोदा अधिकारी, जसमाया गजमेर, ज्ञानेश्वर राजवंशी, बिर्ख प्रधान, अम्बिका थापा र लिलम बस्नेतलगायतलाई मनोनयन गरेको छ ।प्रदेश १ सभामा एमालेका ५१ सांसद छन्, जुन बहुमत हो ।

विद्युत् चुहिएर आगलागी

काठमाडौँ । सिरक डसना उद्योगमा आज बिहान आगलागी भएको छ । भरतपुर महानगरपालिका–६ मा राजेन्द्रप्रसाद मल्लले सञ्चालन गरेको सिरक डसना उद्योगमा आज बिहान विद्युत् चुहिएर आगलागी भएको हो ।
आगलागीबाट कपास निर्माणका लागि ल्याइएका पुराना कपडा र यन्त्रमा क्षति भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । आगलागीबाट रु सात लाख बराबरको क्षति भएको कार्यालयका प्रवक्ता सूर्यबहादुर थापाले जानकारी दिनुभयो । बिहान ९ बजे आगलागी भएको र ९ः३० मा नियन्त्रणमा आएको बताइएको छ । आगो स्थानीयवासी, प्रहरी र दमकलको सहायताले नियन्त्रणमा लिइएको हो ।

राष्ट्रिय परिचयपत्र चितवनमा वितरण शुरु

काठमाडौँ । जिल्ला प्रशासन कार्यालयले चितवनले राष्ट्रिय परिचयपत्र वितरणको प्रक्रिया शुरु गरेको छ । विसं २०७६ साउन मसान्तसम्म सङ्कलन भएका विवरणको परिचयपत्र बनेर आइसकेको र वितरण प्रक्रिया शुरु गरिएको कार्यालयका प्रशासकीय अधिकृत एवं सूचना अधिकारी खेमराज पौडेलले जानकारी दिनुभयो ।
उहाँका अनुसार जिल्लामा चार हजारको परिचयपत्र आइसकेको छ । परिचयपत्र आएसँगै वितरणको प्रक्रिया शुरु गरिएको उहाँले जानकारी दिनुभयो । यही चैत ४ गतेदेखि वितरणको काम शुरु गरिएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “राष्ट्रिय परिचयपत्र वितरणको प्रक्रिया चैत ४ गतेदेखि शुरु भएको छ । अहिलेसम्म १०५ जनालाइ वितरण गरिसकियको छ ।
शुरुमा आँखाको आकार नलिइएको हुँदा परिचयपत्र आएकाहरूलाई स्वयं उपस्थित गराएर आँखाको आकारको चित्र लिएरमात्रै वितरण गर्दै आएको उहाँले बताउनुभयो । “शुरुको चरणमा विवरण दर्ता गरेका सेवाग्राहीको आँखाको रेटिना लिइएको थिएन, त्यसैले हामीले व्यक्ति स्वयंको उपस्थितिमा मात्रै हाम्रो सिस्टममा राखेर दिने गरेका छौँ”, उहाँले भन्नुभयो । सेवाग्राहीलाई प्रशासन कार्यालयले आधिकारिक फेसबुक पेजबाट सूचना जारी गरेर कार्ड लिन आउन आग्रह गरे पनि तुलनात्मकरुपमा कार्ड लिन आउनेको सङ्ख्या कम रहेको उहाँको भनाइ छ ।
छुटेका र नयाँ नागरिकता लिन आउने सेवाग्राहीलाई भने प्रशासन कार्यालयबाटै विवरण सङ्कलन गराइरहेको सूचना अधिकारी पौडेलले बताउनुभयो । हाल दैनिक सरदर ८० देखि ९० जनाको विवरण सङ्कलन हुँदै आएको उहाँले जानकारी दिनुभयो । सरकारले व्यक्तिको सबै विवरण परिचयपत्रमै समावेश गरेको छ । राष्ट्रिय परिचयपत्रका लागि चितवनबाट हालसम्म तीन लाख ११ हजार ४७१ जनाले विवरण दर्ता गरेका छन् । विसं २०७६ असार १९ गतेबाट विवरण सङ्कलन शुरु भएको हो ।

राष्ट्रपति भण्डारीको राजकीय भ्रमण फलदायीः मन्त्री ज्ञवाली

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले राष्ट्रपति विद्यादेवी भण्डारीको बङ्गलादेशको दुई दिवसीय राजकीय भ्रमण फलदायी भएको बताउनुभएको छ । राष्ट्रपति भण्डारी भ्रमण पूरा गरी आज स्वदेश फर्कने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री ज्ञवालीले भ्रमणबारे जानकारी गराउँदै भ्रमणले नेपाल तथा बङ्गलादेशबीचको द्विपक्षीय सम्बन्धलाई थप उचाइमा पु¥याउन मद्दत पुगेको बताउनुभयो ।

बङ्गलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदको मैत्रीपूर्ण निमन्त्रणामा त्यहाँका राष्ट्रपिता बङ्गबन्धु शेख मुजिबुर रहमानको जन्म शतवार्षिकी मनाउने कार्यक्रममा सहभागी हुने सिलसिलामा राष्ट्रपति भण्डारी यही चैत ९ र १० गतेसम्म बङ्गलादेशको राजकीय भ्रमण सम्पन्न गरी आज स्वदेश फर्कनुभएको हो ।

भ्रमणको पहिलो दिन राष्ट्रपति भण्डारीले बङ्गलादेशको सावरस्थित राष्ट्रिय शहीद स्मारकको भ्रमण गर्नु भई बङ्गलादेशका शहिदहरूप्रति श्रद्धाञ्जलि अर्पण गर्नुभएको थियो । सोही दिन राष्ट्रपति भण्डारीको समुपस्थितिमा बङ्गलादेशको ढाकाको नेशनल परेड ग्राउण्डमा बङ्गबन्धुको जन्म शतवार्षिकी कार्यक्रम भव्य समारोहबीच सम्पन्न भएको भ्रमण दलमा सहभागी मन्त्री ज्ञवालीले जानकारी गराउनुभयो । सो समारोहमा बङ्गलादेशका राष्ट्रपति, प्रधानमन्त्री, मन्त्रीहरू एवं विशिष्ठ व्यक्तित्व सहभागी हुनुहुन्थ्यो ।

राष्ट्रपति भण्डारीले बङ्गबन्धुको जन्म शतवार्षिकी कार्यक्रममा “नेपाल–बङ्गलादेश सम्बन्ध एवं बङ्गबन्धुको जन्म शतवार्षिकी” शीर्षकमा मन्तव्य व्यक्त गर्नुभएको थियो । त्यस अवसरमा उहाँले नेपाल र बङ्गलादेशबीचको मैत्रीपूर्ण सम्बन्धलाई अझ प्रगाढ बनाएर लैजानुपर्ने आवश्यकता औँल्याउनुभएको मन्त्री ज्ञवालीले बताउनुभयो । राष्ट्रपति भण्डारीले बङ्गबन्धुको व्यक्तित्वको बारेमा चर्चा गर्नुभएको थियो । उक्त कार्यक्रममा नेपालको सांस्कृतिक टोलीद्वारा नेपाली संस्कृति झल्कने सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिएको थियो ।

राष्ट्रपति भण्डारीले बङ्गलादेशका राष्ट्रपतिसँग ढाकामा सोमबार द्विपक्षीय वार्ता गर्नुभएको थियो । सो वार्ताको क्रममा उहाँहरूबीच नेपाल तथा बङ्गलादेशबीचको मैत्रीपूर्ण सम्बन्धलाई अझ प्रगाढ एवं फलदायी बनाउने सन्दर्भमा द्विपक्षीय हितका सबै पक्षहरूमा छलफल एवं विचारको आदानप्रदान भएको मन्त्री ज्ञवालीले जानकारी दिनुभयो । साथै, दुई देशबीचको राजनीतिक सम्बन्धलाई सुढृढ गर्दै आर्थिक सम्बन्धलाई अझ गहिरो एवं फलदायी बनाउँदै लैजाने कुरामा सहमति भएको थियो ।

त्यस अतिरिक्त ऊर्जा व्यापारको लागि द्विपक्षीय सहकार्यलाई अघि बढाउने, द्विपक्षीय व्यापारको प्रवद्र्धन गर्ने र व्यापारलाई सन्तुलित बनाउने, बङ्गलादेशले नेपाललाई सरल एवं सहज ढङ्गबाट पारवहन सेवा उपलब्ध गराउने, कृषि, संस्कृति, पर्यटन लगायतका क्षेत्रको विकासको लागि दुवै देशको सम्भाव्यतालाई आपसी सहकार्यको माध्यमबाट उच्चतम उपयोग गर्ने जस्ता विषयमा छलफल भएको थियो ।

भ्रमणका दौरान राष्ट्रपति भण्डारी तथा बङ्गलादेशका प्रधानमन्त्री महामहिम शेख हसिनाबीचको भेटघाटको अवसरमा नेपालको जलविद्युत् बङ्गलादेशमा निर्यात गर्ने, दुवै देशबीचको व्यापारमा वृद्धि एवं सन्तुलन कायम गर्ने, हवाई सेवाको विस्तार, रेलसेवा तथा सडकमार्गको सुधार गर्ने विषयमा छलफल भएको मन्त्री ज्ञवालीले बताउनुभयो । साथै, अन्तर्देशीय जलमार्गको सञ्चालन जस्ता सम्पर्क सञ्जालको विकास गर्ने, नेपालको लागि बङ्गलादेशबाट थप पारवाहनको सुविधा उपलब्ध गराउने, शिक्षा एवं कृषि क्षेत्रमा सहकार्य वृद्धि गर्ने तथा जलवायु परिवर्तन जस्ता समसामयिक र ज्वलन्त विषयमा क्षेत्रीय एवं अन्तर्राष्ट्रिय मञ्चहरूमा एकापसमा सहयोग, अभिवृद्धि र सहकार्य गर्नेलगायतका विविध विषयहरूमा छलफल भएको थियो ।

भ्रमणका क्रममा बङ्गलादेशका परराष्ट्र मन्त्री डा ए।के। अब्दुल मोमेनले पनि सोमबार राष्ट्रपति भण्डारीसँग शिष्टाचार भेटवार्ता गर्नुभएको थियो । सो समयमा द्विपक्षीय हितका विविध विषयमा कुराकानी भएको र भ्रमणको अवसरमा नेपाल र बङ्गलादेशबीच विभिन्न चार समझदारी पत्र ९लेटर अफ एक्सचेन्ज०मा हस्ताक्षर भएको मन्त्री ज्ञवालीले बताउनुभयो ।

राष्ट्रपति सोमबार साँझ उहाँको सम्मानमा बङ्गलादेशका राष्ट्रपतिबाट आयोजित राजकीय भोजमा सरिक हुनुभएको थियो । यसैगरी आज बिहान राष्ट्रपति भण्डारीले बङ्बन्धु मेमोरियल म्युजियमको भ्रमण गरी र बङ्गलादेशका राष्ट्रपिता बङ्गबन्धु शेख मुजिबुर रहमानप्रति श्रद्धान्जलि व्यक्त गर्नुभएको थियो ।

राष्ट्रपतिले आजै ढाकास्थित नेपाली राजदूतावासको भ्रमण गर्नुका साथै बङ्गलादेशमा रहेका नेपाली नागरिकहरूसँग भेटघाट गर्नुभएको थियो । राष्ट्रपति भण्डारीको नेतृत्वमा रहेको नेपाली प्रतिनिधिमण्डलमा परराष्ट्रमन्त्री ज्ञवालीलगायत परराष्ट्र मन्त्रालय, राष्ट्रपतिको कार्यालय एवं सम्बन्धित अन्य मन्त्रालयका अधिकारीहरु सहभागी हुनुहुन्थ्यो ।

हिमपहिरोमा परी दुईको मृत्यु

काठमाडौँ । अफगानिस्तानको उत्तरी प्रान्त बादाख्शानको शाकाई जिल्लामा मंगलबार गएको हिमपहिरोमा परी एउटै घरका दुई व्यक्तिको ज्यान जानुको साथै अन्य र दुईजना घाइते भएका प्रान्तीय परिषदका सदस्य मेहबुब रहमानले बताए ।

यस हिमाली जिल्लाको पहाडी सांगिच गाउँमा मंगलबार बिहानको यस प्राकृतिक प्रकोपमा परी एक पिता र उनकै छोराको मृत्यु भएको छ । त्यसैगरी एकै परिवारका दुईजना घाइते भएका अधिकारीहरु जनाएका छन् ।

अफगानिस्तानको बादाख्शान र छिमेकमा पर्ने तखार, कुन्दुज र बाघलान प्रान्तमा विगत दुई दिनदेखि वर्षा र हिउँ परेको दृश्य देखिएको समाचारमा जनाइएको छ ।

आफू २१ वर्षदेखि बिनाबिदा क्रियाशील रहेको प्रधानमन्त्री मोदीको दाबी

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आफू २१ वर्षदेखि बिनाबिदा देश र जनताका लागि क्रियाशील भएको दाबी गरेका छन् । भारतीय जनता पार्टी (भाजपा) को मङ्गलबार बसेको बैठकमा बोल्ने क्रममा उहाँले आफू गुजरातको मुख्यमन्त्री भएदेखि अहिलेसम्म कहिल्यै बिदा नलिई काम गरिरहेको बताएका हुन्।

उनले आफूले झैँ बिनाबिदा जनताको सेवामा निरन्तर क्रियाशील हुन सांसदहरुलाई पनि निर्देशन दिनुभएको केन्द्रीय मन्त्री अर्जुन राम मेघवालले जानकारी दिए।

प्रधानमन्त्री मोदीले भने, “मैले कोरोनाभाइरसको महामारीका बेलामा पनि कुनै कमी नगरी लगातार सेवामा लागि रहेँ, विश्व नै थिलोथिलो भइरहेका बेला पनि भारतले त्यो चुनौतीलाई प्रभावकारी तरिकाले व्यवस्थापन गर्न सफल भयो ।”

उनले विश्वका ११० देशका नेताहरुले भारतमा कोरोनाभाइरसको महामारीको व्यवस्थापन राम्रो भएको स्वीकार गरेको जानकारी पनि दिएका थिए ।

उनले देशका करोडौँ जनताको जीवन जोगाउने कुरा सानोतिनो चुनौती नभएको पनि उल्लेख गरेको मन्त्री मेघवालले बताए ।

असाधारण चुनौतीलाई निरन्तरको क्रियाशीलता र सेवा भावनाले नै जित्न सकेको प्रधानमन्त्री मोदीको भनाइ थियो ।

प्रधानमन्त्री मोदीले त्यहीअनुसारको क्रियाशीलता र सेवाको भावनाका साथ संसद्मा नियमित उपस्थित हुन र जनताको काम गर्न पटक पटक जोड दिएका थिए ।

पाकिस्तानलाई आर्थिकरुपमा समृद्ध तुल्याउन जोड

काठमाडौँ । पाकिस्तानको राष्ट्रिय दिवसका अवसरमा यहाँस्थित पाकिस्तानी राजदूतवासद्वारा आज यहाँ उक्त देशको राष्ट्रिय झण्डा फहराइएको छ ।
आफ्नो राष्ट्रको झण्डोत्तोलन गर्दै यहाँस्थित पाकिस्तानी राजदूत सयद हैदर शाहले आफ्ना पूर्वजले परिकल्पना गरेको पाकिस्तान निर्माण गर्न सबै पाकिस्तानीले आफ्नो प्रतिबद्धताको पुनर्पुष्टि गर्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा पाकिस्तानका राष्ट्रपति अरिफ अल्भी र प्रधानमन्त्री इमरान खानले राष्ट्रिय दिवसका अवसरमा जारी गर्नुभएका सन्देश वाचन गरिएको थियो ।सन्देशमा उहाँहरूले पाकिस्तानलाई आर्थिकरुपमा सशक्त एवं समृद्ध तुल्याउन पाकिस्तानीको दृढ प्रतिबद्धता अपरिहार्य भएको जनाउनुभएको छ ।

सुटुक्क शम्भु थापा माओवादी केन्द्रको स्थायी समिति बैठकमा जानुको रहस्य..

काठमाडौँ । नेकपा माओवादी केन्द्रको स्थायी कमिटि बैठकमा एकताका नेकपा एमाले निकट रहेका कानुनविद् शम्भु थापा सुटुक्क प्रवेश गरे । स्थायी समिति बैठक सकिएपछि थापा किन उपस्थित भएका रहेछन् भन्ने रहस्य खुल्यो । कानुनविद्हरुसंगको सल्लाह पछि माओवादी केन्द्र अब नेपाल कम्युनिस्ट पार्टी (ने क पा) बदर गर्ने सर्वोच्च अदालतको फैसलाविरुद्ध पुनरवलोकनमा जाने भएको छ ।कानुनविद्हरुले त्यस्तो सुझाव दिएपछि माओवादी पुनरावलोकनमा जाने भएको हो । माओवादीले यसै विषयमा सुझाव लिन उनलाई बैठकमा बोलाएको रहस्य खुलेको हो ।
आज मंगलबार बिहान माओवादी केन्द्रको स्थायी कमिटी बैठक सुरु गर्नुअघि नेताहरूले सर्वोच्च अदालतले फागुन २३ गते गरेको फैसलालगायत विषयमा कानुनविद्हरूसँग सुझाव लिएका थिए। सोही क्रममा कानुनविद् थापा बैठकमा उपस्थित हुन पुगेका थिए ।कानुनविद्हरुले नेकपा भंग गराउने सर्वोच्चको फैसला सच्चिने गतिला आधार भएको बताएका छन् । माओवादी केन्द्रका राष्ट्रिय सभा सांसद समेत रहेका विडारीले डीआईजी रञ्जन कोइराला, प्रेरणा शाह र लोकमानसिंह कार्कीको फैसला करेक्सन भएको उदाहरण पेश गर्दै यो विषय पनि पुनरावलोकन हुने विश्वास ब्यक्त गरेका छन् । यस्ता विषय त पुनरावलोकन भएका छन् उनले भने, राजनीतिक कुरा पुनरावलोकन नहुने कुरै भएन ।
यत्रो पल्टिकल कुरा, राजनीतिक दलको कुरा, राजनीतिक दल तोडफोड भएको कुरा, एकता भंग भएको कुरा, नेपालको राजनीतिमा उथलपुथल भएको कुरा र जति मागदाबी थियो, त्योभन्दा बढी लेखेको कुरा, भन्न नपर्ने कुरा भनेको कुरा, कतैबाट निर्देशित भएको आभास आउने कुरा भएकाले रिभ्यु गर्ने कुरामा हामीले एकमतले पार्टीलाई सुझाव दिएका छौं’ वैठक पछि बाहिर निस्केका उनले भने ।पार्टीको नाम विवादमा ऋषि कट्टेलले २ वर्षअघि हालेको मुद्दामा सर्वोच्च अदाललते गत फागुन २३ गते उनकै नेकपा वैधानिक र एमाले र माओवादी केन्द्र मिलेर पछि बनेको नेकपा अवैधानिक भनेर फैसला गरेपछि अहिले देशको राजनीति उथलपुथल भएको छ।
सर्वोच्च अदालतले एमाले र माओवादी केन्द्रबीच एकीकरण भएर बनेको नेकपा विरुद्ध ऋषि कट्टेलले आफ्नो नामसँग मिल्दो जुल्दो नाम राखेको भन्दै रिट दिएका थिए । सोही रिटबारे सर्वोच्चले गरेको फैसलापछि नेकपाको एकता भंग भएर एमाले र माओवादी केन्द्र पूर्ववत् अवस्थामा पुगेका छन् ।

भिरबाट खसेर यक बालिकाको मृत्यु

काठमाडौँ । भिरबाटखसेर अछामको बान्निगढी जयगढ गाउँपालिका–६ दर्ना चन्डालीकी ७ वर्षीया बालिका आयुशा ठकुल्लाको मृत्यु भएको छ । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दिपायलका प्रहरी प्रवक्ता तथा प्रहरी वरिष्ठ उपरीक्षक मुकेशकुमार सिंहका अनुसार आज बिहान ८ः३० बजे बिद्यालय पढ्न जाँदै गरेको अवस्थामा भिरबाटो भन्ने ठाउँबाट लडेर गम्भीर घाइते भएकी थिइन् ।
उक्त गम्भीर घाइते भएकी बालिकालाई प्रहरी टोलीले उद्धार गरी बयलपाटा अस्पताल लैजाने क्रममा बीचबाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ । बालिका भिरबाट करीब १५० मिटर तल खसेको प्रहरीले जनाएको छ ।

निर्माणाधीन महाकाली नदीमा तटबन्ध रोक्न प्रतिपक्षको माग

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले दार्चुला सदरमुकाम पारिपट्टि महाकाली नदीमाको कीनारमा भारतले एकतर्फीरुपमा बनाउँदै गरेको तटबन्ध निर्माण तत्काल रोक्न सदनमार्फत सरकारको ध्यानाकर्षण गराएको छ ।
प्रतिनिधिसभाको आजको बैठकको प्रारम्भमै समय माग गर्दै कांग्रेसका नेता दिलेन्द्रप्रसाद बडुले दार्चुला, महाकाली नगरपालिका–५ स्थित महाकालीमा नेपाली भूभागमा भारतले तीन महिनादेखि सीमास्तम्भलाई समेत भित्र पारेर तटबन्ध बनाइरहेको जनाउँदै त्यसलाई तत्काल रोक्न सरकारको ध्यानाकर्षण गराउनुभयको हो।
उहाँले भन्नुभयो, “तीन महिनादेखि भइरहेको उक्त कार्य रोक्न जनताले विरोध गरिरहेको र राजनीतिक दलका भ्रातृ संस्थाले विरोध गर्दै प्रमुख जिल्लालाई ज्ञापन दिएका अवस्थामा पनि सरकार आजसम्म बेखबर हुनु अचम्मको कुरा भएको छ ।” विसं २०७० असारमा महाकालीमा आएको ठूलो बाढीले धार परिवर्तन गरेका कारण ३५ हेक्टर नेपालको जमीन पारि पुग्न गएको र उक्त क्षेत्रमा भारतले निर्माण गरिरहेको तटबन्ध दुई देशबीचको सहमति र अन्तरराष्ट्रिय मान्यता विपरीत रहेको उहाँको भनाइ थियो ।
तटबन्ध निर्माणले त्यस क्षेत्रका नेपालका अत्यन्तै उर्वर जमीन डुबानमा पर्ने जनाउँदै नेता बडुले नेपालको जमीन र सार्वभौमसत्तासँग जोडिएका विषयमा आजसम्म मन्त्रिपरिषद्मा कुरा नउठेको र किन सरकार मौन रहेको भनी प्रश्न गर्नुभयो ।
उहाँले भन्नुभयो, “हामीले आफ्नो भूमि जोगाउन भारतले बनाउँदै गरेको बाँधको निर्माण तत्काल रोक्नुपर्छ, दुवै देशबीच विगतमा भएको सहमति कार्यान्वयन हुनुपर्छ । प्रजिअ यस सम्बन्धमा सरकारको आदेश पर्र्खिरहेको छ ।”
मुलुकको सार्वभौमसत्ता र अखण्डतासँग जोडिएको यस विषयमा उठाइएको प्रश्नको जवाफ प्रतिनिधिसभाको अर्को बैठकमा आओस् भनी उहाँले सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराउनुभयो ।

सिलिण्डर पड्केर छ जना घाइते

काठमाडौँ । सूर्यविनायक नगरपालिका–५ सिर्जनानगरस्थित भीमेश्वर मःम एण्ड चिकेन हाउसमा आगलागी हुँदा सञ्चालकसहित छ जना घाइते भएका छन् ।
महानगरीय प्रहरी परिसरका प्रहरी नायब उपरीक्षक दीपक गिरीका अनुसार पसलमा खाजा बनाउने क्रममा ग्यास सिलिण्डर पड्किएर आगलागी भएको हो । आगलागीबाट घाइते भएका पसल सञ्चालक दोलखा सैलुङ गाउँपालिका–६ घर भई सूर्यविनायक–४ दधिकोट बस्ने ३९ वर्षीय टीकाराम बस्नेत, काठमाडाँै कोटेश्वर बस्ने ३३ वर्षीय राजेन्द्र कार्की र ३९ वर्षीया गीता कार्कीलाई उपचारका लागि सल्लाघारीस्थित डा। ईवामुरा मेमोरियल अस्पतालमा प्रथम चरणको उपचार गरी थप उपचारका लागि कीर्तिपुरस्थित बर्न सेन्टर अस्पताल पठाइएको गिरीले जानकारी दिनुभयो ।
त्यस्तै खाजा खान आएका घाइतेमध्ये झापा विश्वशान्ति गाउँपालिका–२ घर भई सल्लाघारी बस्ने १९ वर्षीय आदित्य सुवेदी, सूर्यविनायक–५ कटुञ्जे बस्ने १७ वर्षीय विकास पौडेल र सोही ठाउँ बस्ने १६ वर्षीय हिमुन्स थापाको मध्यपुर अस्पतालमा प्रथम चरणको उपचारपछि थप उपचारका लागि बर्न सेन्टरमै पठाइएको उहाँले जानकारी दिनुभयो । आगलागीबाट पसलमा रहेका दुई थान फ्रिज, झ्याल, ढोका र भाँडा जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।

आखिर ओलीको दिमागमा यस्ता अनेकौँ आइडिया कसरी आउँछन्?

प्रधानमन्त्री केपी ओलीबारे बजारमा अनेकौँ किस्सा छन् । उहाँ जेलमा बस्दा के गर्नुहुन्थ्यो भन्नेबारे सहयोद्धाहरूले समयसन्दर्भमा लेख्दै, बोल्दै र भन्दै आएका छन् । उहाँका उखान टुक्काको चर्चा त शिखरमै छ । तर, धेरैको मनमा रहेको एउटा जिज्ञासा के हो भने ओलीको दिमागमा यस्ता अनेकौँ उपाय कसरी आउँछन् रुउहाँ कुनै कुरा बोल्न पूर्वतयारी गर्नुहुन्छ या आँशु कविहरूमा झँै तत्कालै फुर्ने बेजोडको प्रतिभा छ रु यसको जवाफ उहाँकै पूर्व कार्यकर्ताले एउटा प्रसंगमा गृहनगर दमक बजारको चोकमा दिने गरेका छन् ।
कुरो हो ०६३ सालतिरको । जुन बेला माओवादी शान्ति प्रक्रियामा आएर एमाले, कांग्रेस र माओवादीको अन्तरिम सरकार बनेको थियो । ती कार्यकर्ताका अनुसार, उनीसहितको एउटा सर्वदलीय टोली समग्र झापा जिल्लाकै विकास निर्माणको योजना बोकेर काठमाडौं छि¥यो । टोलीले गृहमन्त्री कृष्ण सिटौलासहित झापाली सबै पार्टीका ठूला नेताहरूलाई भेटेर अर्थ मन्त्रालय र योजना आयोगमा आफ्ना योजनाहरू पार्न अनुरोध गर्दै हिँड्यो ।
त्यही क्रममा टोली पुग्यो बालकोट । सबैले कुरा राखे, छलफल भयो । अन्त्यमा आफ्नै गृहनगर भएकाले उनले विशेष प्रस्ताव राखे, ‘कामरेड, दमककै हेलाँमा परेको वडा भयो १९ नं। वडा । त्यसको लागि केही विशेष योजना ल्याउन पाए हुन्थ्यो ।’ ओलीले सोध्नुभयो, ‘के छ त सम्भावना रु’ ती कार्यकर्ताले जवाफ फर्काए, ‘अरू त खासै केही छैन एउटा पुरानो पोखरी छ, त्यसकै संरक्षण गर्ने र पर्यटकीय स्थल बनाउने हो कि १’अब शुरु भयो परराष्ट्र सम्हाल्दै गर्नुभएका उपप्रधानमन्त्री ओलीको वास्तविक परिचय । ‘ल, मसँग एउटा आइडिया छ । त्यो लागू गर्नुहोस्, सबै पुग्छ ।’ उहाँले अगाडि भन्नुभयो– ‘के गर्नुहोस् भने पाटनको मंगलबजारमा ढुंगाका स–साना मूर्ति बनाएर बेच्छन् । गएर एउटा विष्णुको मूर्ति किन्नुहोस् ।
हात खुट्टाका एक एक वटा औला भाच्नुहोस् नाक फु’टाइदिनुस् र झोलामा लुकाई लिएर जानुस् । अनि, राति सुटुक्क त्यो पोखरीमा फाल्दिने । गाउँकै बूढा बाहुनलाई यसो २÷४ रुपैयाँ दिएर भोलि बिहान चोकमा कथा भन्न लगाउने– मलाई आज राति सपनामा भगवान्ले दर्शन दिनुभयो । अनि यो पोखरीमा वर्षौंदेखि बेवारिस भएँ । अब उद्धार गर भन्नुभयो । ल, बाबु हो । पोखरीमा खोज, भगवान्को उद्धार गर्नुपर्छ ।’
त्यसपछि उहाँले असली योजना सुनाउनुभयो– दुई÷चार जना युवालाई पहिल्यै ठिक्क पारेर राख्ने । पोखरीमा हा’मफा’ल्न लगाउने । भगवान् फेला परिहाल्छन् । उता, स्थानीय पत्रिका र रेडियोमा विज्ञापन र समाचार बनाउने । अनि, दमकको ऐतिहासिक पोखरीमा साक्षात् भगवान् फेला पर्नुभयो भनेर फुक्न थालेपछि मान्छेको ओइरो लाग्छ । त्यहाँ चढाएको भेटी र दक्षिणाले पोखरी मात्र होइन, पूरै वडामा जे गरे पनि पुग्छ । जनआस्थामा यो खबर छ ।

नेपाललाई गैँडाको देशक रुपमा चिनाउन सकिने’

काठमाडौँ । पर्सा राष्ट्रिय निकुञ्जको प्रतापपुरबाट गैँडा गणना शुरु गरिएको हो । चितवन राष्ट्रिय निकुञ्ज र पर्सा राष्ट्रिय निकुञ्जमा एकै पटक १९ वटा ब्लक बनाएर आजदेखि गणना शुरु गरिएको हो । वन तथा वातावरणमन्त्री प्रेम आलेले आज बिहान सिट्ठी फुकेर गैँडा गणनाको शुभारम्भ गर्नुभएको थीयो ।
गैँडा गणनाको शुभारम्भका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा मन्त्री आलेले नेपाललाई गैँडाको देश को रुपमा चिमाउन आवश्यक रहेको बताउनुभयो । उहाँले गैँडाको संरक्षण गरेर नेपाललाई गैँडाको देशका रुपमा परिचित गराउन आवश्यक रहेकामा जोड दिंदै उहाँले भन्नुभयो, “दुर्लभ एक सिङ्गे गैँडा नेपाल र भारतमा मात्रै पाइने भएकाले यसलाई संरक्षण गर्न जरुरी रहेको छ ।”
चारी–शिकारी हुने क्षेत्रमा कडाइ गर्न आवश्यक रहेको भन्दै उहाँले चोरी–शिकारीमा संलग्नलाई कडा कारवाही गर्न निकुञ्ज कर्मचारीहरुलाई निर्देशन दिनुभयो । मन्त्री आलेले भन्नुभयो, “विभिन्न तस्करहरुबाट खागका लागि गैँडा मारिने गरेको छ । यस्ता नाकाहरुमा कडाइ गर्दै जानुपर्छ ।” पहिराका कारण गैँडा विस्थापित हुने खतरा बढेको उहाँको भनाइ थियो । संरक्षणमा देखिएका समस्याहरुलाई न्यूनीकरण गर्दै जानुपर्ने उहाँले बताउनुभयो । मन्त्री आलेले आन्तरिक पर्यटक मात्र नभएर बाह्य पर्यटकहरु पनि गैँडा हेर्नकै लागि नेपाल आउने गरेका छन् भन्नुभयो ।
सो अवसरमा राष्ट्रिय योजना आयोगका सदस्य कृष्णप्रसाद ओली, जिल्ला समन्वय समिति चितवनका प्रमुख कृष्णकुमार डल्लाकोटी, वन मन्त्रालयका सचिव डा विश्वनाथ ओली, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक डा दीपककुमार खराल, रत्ननगर नगरपालिकाका प्रमुख नारायण वन, राप्ती नगरपालिका प्रमुख प्रभा बराल, वाग्मती प्रदेश वन तथा वातावरण मन्त्रालयका सचिव सूर्यप्रसाद ढुङ्गाना, चितवन राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष प्रकाश ढुङ्गाना, क्षेत्रीय होटेल सङ्घ सौराहाका अध्यक्ष दीपक भट्टराईलगायतले बोल्नुभएको थियो ।
कार्यक्रममा चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले सन् २०१५ को गणनायता १६१ गैँडा मृतावस्थामा भेटिएको जानकारी दिनुभयो । उहाँका अनुसार मृतावस्थामा भेटिएका गैँडामध्ये १५५ गैँडा प्राकृतिक कारण र छ वटा गैँडा चोरी–शिकारीका कारण मरेका थिए । सोही समयमा चोरी–शिकारीमा संलग्न २३ जनालाई पक्राउ गरिएको छ । बरालका अनुसार चालु आर्थिक वर्षको साउनयता मात्रै निकुञ्जमा २६ गैँडा मरेका छन् । यसमध्ये चारवटा चोरी–शिकारीले मारेको उहाँले बताउनुभयो ।
गणनाका लागि चितवनमा ४२, बर्दियामा नौ र शुक्लाफाँटामा पाँच गरी ५६ हात्ती र चितवनमा २००, बर्दियामा ६० र शुक्लाफाँटामा ४० जना गणक परिचालन भएका छन् । व्यवस्थापन सहयोग एवं हात्तीसारका कर्मचारी छुट्टै परिचालन गरिएको छ । दुई निकुञ्ज र राष्ट्रिय प्रकृति संरक्षण कोषका हात्ती गणनामा प्रयोग गरिएका छन् ।
कोशीमा दरबन्दी रहेर यहाँ रहेका हात्ती र मध्यवर्ती क्षेत्रमा केही निजी हात्तीलाई पनि गणनामा प्रयोग गरिएको छ । यसका अतिरिक्त हात्तीको दरबन्दीमा रहेका कर्मचारीहरु खटिएका छन् । दुई निकुञ्जमा गैँडा गणना गर्न २० दिन हाराहारी लाग्नेछ । गैँडा रहेका अन्य दुई निकुञ्ज बर्दियामा चैत १७ र शुक्लाफाँटामा १९ गतेदेखि गणना शुरु गरिँदैछ । चैत्र २९ गतेसम्ममा चारवटै निकुञ्जमा गैँडा गणना सकेर वैशाख पहिलो साता नतीजा सार्वजनिक गर्ने गरी तयारी गरिएको छ ।
हरेक पाँच वर्षमा गैँडा गणना गर्ने गरिन्छ । यसअघि सन् २०१५ मा गैँडा गणना गरिएको थियो । निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीका अनुसार पछिल्लो पटक सन् २०१५ को गणनामा नेपालमा कूल ६४५ गैँडा थिए । तथ्याङ्क अनुसार चितवनमा ६०५, बर्दियामा २९, शुक्लाफाँटामा आठ र पर्सामा तीन गैँडा भेटिएका थिए ।

शहादतको ४७ वर्षपछि शहीद घोषणा

काठमाडौँ । झापा विद्रोहका क्रममा पञ्चायती शासकद्वारा शहादत प्राप्त राम प्रधान र चन्द्र डाँगी ४७ वर्षपछि शहीद घोषणा भएका छन् । उनीहरुलाई यही चैत ५ गते बसेको मन्त्रिपरिषद्को बैठकले शहीद घोषणा गरेको हो । विसं २०७२ मा सरकारले सुखानी जङ्गलमा गोली हानी हत्या गरिएका झापा विद्रोहका पाँच योद्धालाई शहीद घोषणा गरियको थियो । तर पनी उहाँहरु दुई जना लाइ गरियको थीयन । ।
समकालीन योद्धा केपी शर्मा ओलीले आफू प्रधानमन्त्री भएका बेला उनीहरु लाई शहीद घोषणा गर्नुभएको छ । यो राज्यले उनीहरुप्रति गरेको उच्च सम्मान भएको अर्का योद्धा तथा तत्कालीन संविधानसभा सदस्य मनकुमार गौतमले बताउनुभयो । उहाँका अनुसार सुखानीका तत्कालीन पाँच योद्धालाई पनि उहाँले पहिलोपटक प्रधानमन्त्री हुँदा शहीद घोषणा गर्नुभएको हो ।
प्रधानलाई विसं २०३० कात्तिक ४ गते इलामको शान्तिपुरमा एक किसानको घरको कोठाभित्र आश्रय लिएर सुतेका अवस्थामा प्रहरी र पञ्चायतका समर्थकले बाँसको सुइराले घोचीघोची हत्या गरेका थिए । डाँगीलाई भने बिर्तामोडस्थित गरामनीमा आफ्नै घरमा प्रहरीले गोली हानी हत्या गरेको थियो । प्रधानका समकक्षी खडानन्द वाग्लेले विसं २०५४ मा तत्कालीन बुधबारे गाउँ पञ्चायतमा आफू अध्यक्ष हुँदा हाल बुद्धशान्ति गाउँपालिका–१ स्थित भोटेटारमा उहाँको अर्धकदको शालिक बनाइएको बताउनुभयो । सोही स्थानमा रामकी धर्मपत्नी इन्द्रमाया र दुई छोराले मजदूरी गरेर जीपनयापन गरिरहेको वाग्लेको भनाइ छ । आर्थिक अवस्था नाजुक भएको सो परिवारलाई हालसम्म कसैबाट पनि सहयोग नभएको उहाँले जानकारी दिनुभयो । “उहाँ पञ्चायती शासनविद्धको आन्दोलनमा होमिनुभयो”, वाग्लेले भन्नुभयो, “घरको अवस्था त्यही बेला कमजोर थियो, छोराछोरीले पढ्न लेख्न पाएनन् ।” उहाँको हत्यापछि पढाइलेखाइ नभएका सन्तानले जागिर खाने कुरा भएन । अहिले मजदूरी गरेर जीवन निर्वाह गरिरहेका छन् ।”
त्यसैगरी विसं २०३० साउन २० गते डाँगीको भने प्रहरीले घरमै गोली हानी हत्या गरेको थियो । साविक बिर्तामोड–७ नडियाबारीमा सेल्टरका रुपमा रहेको उहाँका घरमा तत्कालीन झापा आन्दोलनका योद्धाको गोप्य बैठक चलिरहेका अवस्थामा प्रहरीले घेराउ गरेको थियो । प्रहरीको घेरा तोडेर भाग्ने क्रममा उहाँलाई गोली हानेर हत्या गरिएको नेपाल कम्युनिष्ट पार्टी (एमाले) का जिल्ला सदस्य शिव ढुङ्गेलले बताउनुभयो ।
हाल बिर्तामोड–९ मा डाँगीको परिवार बसोबास गर्दै आएको छ । उहाँकी धर्मपत्नी र दुई छोरा छन् । सरकारले हालसम्म उहाँका नाममा कुनै पनि सहयोग नगरेको बताइएको छ । दुवै परिवारका सदस्यले सरकारले उहाँहरुलाई उच्च सम्मान दिँदै शहीद घोषणा गरेकामा खुशी व्यक्त छन् ।