काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीको समुपस्थितिमा प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले नवनियुक्त महान्यायाधिवक्ता रमेश बडाललाई पद तथा गोपनीयताको शपथ गराएका छन् । शीतलनिवासस्थित राष्ट्रपति कार्यालयमा आज आयोजित विशेष समारोहमा राष्ट्रपति भण्डारीको उपस्थितिमा प्रधानन्यायाधीश जबराले महान्यायाधिवक्ता बडाललाई पद तथा गोपनीयताको शपथ गर्राइएको हो ।
समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना तथा सरकारी उच्च अधिकारीहरुको उपस्थिति रहेको थियो । प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले नियुक्त गर्ने संवैधानिक व्यवस्थाअनुसार राष्ट्रपतिले यही चैत ६ गते बडाललाई नियुक्त गरेकी थिईन् । तत्कालीन महान्यायाधिवक्ता अग्निप्रसाद खरेलले राजीनामा दिएपछि महान्यायाधिवक्तामा बडाललाई नियुक्त गरिएको हो । सरकारको प्रमुख कानूनी सल्लाहकारका रुपमा महान्यायाधिवक्ताले काम गर्नुपर्ने हुन्छ ।
Month: February 2022
शौचालय जादा भिरबाट लडेर मृत्यु
काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिका–३ नारायणस्थानडाँडामा घुम्न जाने क्रममा भिरबाट लडेर एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । शनिबार राति २ः०० बजेतिर शौचालय जाने क्रममा चिप्लेर भिरबाट लडेर धुलिखेल नगरपालिका–४ केयुमा कार्यरत वडा नं ७ बस्ने २६ वर्षीय निरोज रिजालको मृत्यु भएको इलाका प्रहरी कार्यालय बनेपाका प्रहरी निरीक्षक योगेन्द्र तिमल्सिनाले जानकारि दिनुभयो ।
उहाँका अनुसार रिजाल धुलिखेल नगरपालिका–४ केयुको सूचना प्रविधिमा कार्यरत थिए । शौचालय जाने क्रममा चिप्लेर भिरबाट करिब छ÷सात सय मिटर तल खसेर अड्केको अवस्थामा प्रहरी र नेपाली सेनाको संयुक्त उद्धार टोलीले शव निकालेको हो । उनको शव परीक्षणका लागि धुलिखेल अस्पतालमा राखिएको प्रहरीले जनाएको छ । बेथानचोक नारायणस्थान घुम्नका लागि चार जनाको टोली शुक्रबार राति पुगेको र शौचालय जाने क्रममा सो घटना भएको प्रहरीले जनाएको छ ।
टिपरको ठक्करमा परि थप एकको मृत्यु
काठमाडौँ । टिपरको ठक्करबाट शनिबार साँझ दमकमा थप एक जनाको ज्यान गएको छ । पूर्वपश्चिम राजमार्गको दमक–४ को चियाबगानस्थित सडकखण्डमा साँझ ५ः३० बजे पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको प्रदेश–१–०२–००१क १०८२ नं को टिपरले विपरीत दिशाबाट जाँदै गरेको प्रदेश–१–०२–०४४प ८१३३ नं को मोटरसाइकललाई ठक्कर दिँदा घाइते हुनुभएका मोरङ रतुवामाई नगरपालिका–८ बस्ने २३ वर्षीय नीरन बस्नेतको मृत्यु भएको हो । बस्नेतको साँझ नै विर्तामोडस्थित बिएण्डसी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालले जनाएको छ ।
यसअघि सोही मोटरसाइकलमा पछाडि बस्नुभएका मोरङ रतुवामाई नगरपालिका–८ बस्ने २४ वर्षीय अनिष कोइरालाको उपचार गर्न लैजाने क्रममा मृत्यु भएको थियो । दुर्घटनामा टिपर चालक दमक–४ बस्ने ४९ वर्षीय प्रकाश तामाङलाई अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय दमकले नियन्त्रणमा लिएको छ ।
कोभिशिल्ड खोप ४५ हजारले लगाइसके
काठमाडौँ । अहिलेसम्ममा ४५ हजारभन्दा बढीले कोभिड–१९ विरुद्ध सरकारले निःशुल्क प्रदान गर्दै आएको कोभिशिल्ड खोप लगाएका छन् ।
जिल्ला स्वास्थ्य कार्यालयका तथ्याङ्क अधिकृत चूडामणि लुइँटेलका अनुसार जिल्लाका १५ वटै स्थानीय तहमा पहिलो चरणको खोप लगाउनेको सङ्ख्या ४५ हजार ३५२ पुगेको छ ।
यहाँ आठ नगरपालिका र सात गाउँपालिका छन् । तीमध्ये सबैभन्दा बढी दमक नगरपालिकाका पाँच हजार ४५५ ले र सबैभन्दा कम बाह्रदशी गाउँपालिकाका एक हजार २०० ले मात्र खोप लगाएका छन् ।
शिवसताक्षी नगरपालिकाका चार हजार ७४९ ले, गौरादह नगरपालिकाका चार हजार ६५३ ले, विर्तामोड नगरपालिकाका तीन हजार ७७३ ले, कनकाई नगरपालिकाका तीन हजार ४९९ ले, कमल गाउँपालिकाका तीन हजार २४८ ले र भद्रपुर नगरपालिकाका तीन हजार ७५ ले कोभिशिल्ड खोप लगाइसकेका छन् ।
यसैगरी मेचीनगर नगरपालिकाका दुई हजार ८५४ ले, अर्जुनधारा नगरपालिकाका दुई हजार ७२३ ले, गौरीगञ्ज गाउँपालिकाका दुई हजार ४५१ ले, कचनकबल गाउँपालिकाका दुई हजार १२३ ले, हल्दिबारी गाउँपालिकाका दुई हजार एकले, झापा गाउँपालिकाका एक हजार ८२३ ले, बुद्धशान्ति गाउँपालिकाका एक हजार ७०९ ले र बाह्रदशी गाउँपालिकाका एक हजार २०० ले उक्त खोप लगाइसकेका छन् ।
गत फागुन २३ गतेदेखि प्राथमिकताका आधारमा खोप लगाउने कार्य जारी छ । पहिलो चरणमा कोभिड १९ महामारीविरुद्ध अग्रपङ्क्तिमा खटिएका स्वास्थ्यकर्मी, सरसफाइकर्मी र स्वयम्सेवकले खोप लगाइयको थियो । त्यसपछिका चरणमा पत्रकार, सुरक्षाकर्मी, जनप्रतिनिधि र ज्येष्ठ नागरिकले खोप लगाइयको हो ।
बरिस्ठ पत्रकार चौलागाईं सम्मानित
काठमाडौं । विश्व मुख स्वास्थ्य दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइएको छ । मुख स्वास्थ्यलाई केयर गर्दा ९० प्रतिशत रोग नलाग्नेभएकाले मुख स्वस्थ्य रहेमात्र स्वस्थ रहन सकिन्छ भन्नेबारे समुदायमा सचेतना फैलाउने उद्देश्यले अन्तरक्रियात्मक कार्यक्रम गरी यहाँ यो दिवस मनाइएको छ।कार्यक्रममा ऊ समाज डेन्टल अस्पतालले आफ्नो अस्पताल प्राङ्गणमा गरेको कार्यक्रममा वरिष्ठ पत्रकार गोबिन्दप्रसाद चौलागाईं शिक्षा मन्त्री कृष्णगोपाल श्रेष्ठ र अस्पतालका प्रमुख डा सुभाष घिमिरेले सम्मान गर्नुभएको थियो ।
‘वल्ड फेडरेशन’ को आह्वानमा हरेक वर्ष मार्च २० का दिन विश्वभरका १३० डेन्टल एशोसियशनले एकैसाथ विश्व मुख स्वास्थ्य दिवसको अवसरमा जनेचतनामूलक कार्यक्रम गर्दै आइरहेको छ । यस वर्ष पनि ‘बि प्राउड अफ योर माउथ’ भन्ने नाराका साथ चेतनामूलक कार्यक्रम गरी दिवस मनाइएको हो ।
दिवसको अवसरमा ओम समाज डेण्टल हस्पिटलले डेन्टल एशोसियशनको सहकार्यमा आज चाबहिलमा एक कार्यक्रम गरी दाँतसम्बन्धी विज्ञहरूबाट सचेतना अभिवृद्धि तथा यस क्षेत्रमा योगदान पु¥याउने विभिन्न व्यक्तिहरूलाई सम्मान गरेको छ ।
सो कार्यक्रममा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्ण गोपाल श्रेष्ठले आम जनमानसमा मुख स्वास्थ्यबारे सचेतना फैलाउन जरुरी भएको बताए । उनले खुम स्वास्थ्यबारे हेलचेक्रयाई र लापर्बाही गर्न नहुने बताए। मन्त्री श्रेष्ठले भने, “मुख स्वास्थ्य अहिलेको सन्दर्भमा झनै महत्वपूर्ण छ र यो संवेदनशील विषय हो । हामीले खाने हरेक खाद्य पदार्थ मुखबाटै शरीरभित्र प्रवेश गर्ने भएकाले मुख स्वास्थ्यबारे सचेत रहेर नियमित परीक्षण, सहीरुपमा ब्रस गर्नेलगायत आधारभूत विषयमा विशेष ध्यान दिन जरुरी छ ।”
शिक्षामन्त्री श्रेष्ठले दाँत स्वास्थ्यबारे उपचार, निःशूल्क स्वास्थ्य शिविर, सचेतनाका साथै असाहाय र पीडित व्यक्तिको उपचार सहयोग गर्ने डा घिमिरेको उदाहरणीय कामको प्रसंशा गरे । चिकित्सक तथा सञ्चार क्षेत्रमा योगदान गर्ने व्यक्तिलाई सम्मान गरेर थप ऊर्जा प्रदान गरेको पनि उनले अस्पताललाई धन्यावाद ज्ञापन गरे ।
कार्यक्रममा चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष प्रा डा श्रीकृष्ण गिरीले आगामी दिनमा चिकित्सक उत्पादन गर्दा गुणस्तरीय र आवश्यकताअनुरुप जनशक्तिको सुनिश्चितता गराउनेतर्फ आयोगले विशेष ध्यान दिने बताए । उनले शिक्षा मन्त्रालय, स्वास्थ्य मन्त्रालय र चिकित्सा शिक्षा आयोगले कुन क्षेत्रमा कति चिकित्सासम्बन्धी जनशक्ति चाहिने हो निक्र्योल गरेर उत्पादित शिक्षण संस्थासँग पनि समन्वय गर्नुपर्नेमा जोड दिए । देशका सबै भेगका जनतालाई गुणस्तरीय चिकित्सा सेवा उपलब्ध गराउन आयोग लागिपर्ने उनले बताए ।
सांसद नरोत्तम बैद्यले मुख स्वास्थ्यबारे समाजमा सचेतना अभिृद्धि गर्न र यसको सर्वसुलभ पहुँचका लागि सबै सरोकारवालो भूमिका खेल्नुपर्नेमा जोड दिए।
हस्पिटलका अध्यक्ष समेत रहनुभएका वरिष्ठ दन्त चिकित्सक डा सुवास घिमिरेले मुख स्वास्थ्यलाई केयर गर्दा ९० प्रतिशत रोग लाग्न नसक्ने भएकाले मुख स्वास्थ्य स्वस्थ भएमात्र स्वस्थ रहन सकिने बताए ।
डेन्टल एशोसियशनका अध्यक्ष प्रविन्द्र अधिकारीले सरकारी स्तरमै दाँतसम्बन्धी जनशक्तिको व्यवस्थापन हुनेगरी दुर दराजमा दन्त चिकित्सा सेवा पु¥याउनुपर्नेमा जोड दिए । उनले नेपालमा चार हजारभन्दा बढी दन्त चिकित्सक रहे पनि सरकारले दरबन्दी खडा गर्न नसक्दा दन्त चिकित्सकहरूले अवसर नपाएको बताए ।
दिवसको अवसरमा वरिष्ठ पत्रकार चौलागाईं पत्रकार सहित विभिन्न सञ्चार माध्यमका पत्रकार तथा दन्त चिकित्सकलाई सम्मान गरिएको छ । पत्रकारिताको माध्यमबाट सामाजिक चेतना फैलाउन तथा चिकित्सकीय सेवामार्फत पु¥याएको योगदानको कदर गर्दै ओम समाज अस्पतालले सम्मान गरेको हो ।
नेपालको दन्त चिकित्सामा पहिलो विशेषज्ञता हासिल गर्ने डा माणिकरत्न बज्राचार्य, वरिष्ठ चिकित्सक डा अनारकली पियालाई सम्मान गरिएको छ । त्यसैगरी पत्रकारहरू गोविन्द चौलागाई, याशिमा महत,सिबि अधिकारी एलिशा ढुङ्गाना र कृष्ण न्यौपानेलाई नगदसहित सम्मान–पत्रद्वारा सम्मान गरिएको थियो ।
बुवा आमाको नाममा निःशूल्क क्लिनिक संचालन
वरिष्ठ दन्त चिकित्सक डा सुबास घिमिरेको माता पिताको स्मृतिमा ‘इन्द्र अन्नपूर्ण’ निःशुल्क क्लिनिक सेवा शुभारम्भ गरिएको छ । चाबहिलस्थित ओम समाज अस्पताल परिसरमा स्थापना गरिएको उक्त क्लिनिकको शिक्षामन्त्री श्रेष्ठले उद्घाटन गरे । असहाय, गरिब तथा दुःखीलाई दाँतसम्बन्धी सम्पूर्ण सेवा निःशुल्क प्रदान गरिने अस्पतालका अध्यक्ष डा घिमिरेले बताए । कार्यक्रममा निःशुल्क डेन्टल क्याप, स्कुले बालबालिकालाई मुख स्वास्थ्यबारे जानकारी, मुख स्वास्थ्य शिक्षाबारे चेतनामूलक कार्यक्रम गरिएको थियो ।
प्रतिनिधिसभामा आयोगका वार्षिक प्रतिवेदन पेश
काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा लोकसेवा आयोग र राष्ट्रिय मानवअधिकार आयोगको वार्षिक प्रतिवेदन पेश गरीयको छ । बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री लीलानाथ श्रेष्ठले लोकसेवा आयोगको ६१ औँ तथा मानव अधिकार आयोगको वार्षिक प्रतिवेदन पेश गरीयको हो ।
यसअघि सभामुख अग्निप्रसाद सापकोटाले प्रस्तुत गर्नुभएको विभिन्न मितिमा सम्पन्न भएका बैठकमा सांसद अनुपस्थित भएको सूचनालाई बैठकले स्वीकृत गरेको थियो ।
आयल निगमले हवाई इन्धनको मूल्य बढाएसँगै हवाई भाडा बढ्यो
काठमाडौँ । नेपाल आयल निगमले हवाई इन्धनको मूल्य बढाएसँगै हवाइ सेवाप्रदायक कम्पनीले हवाई भाडा बढाएका छन् । वायुसेवा सञ्चालकको छाता सङ्गठन वायुसेवा सञ्चालक सङ्घले इन्धनको बढायीयको मूल्यअनुसार भाडा वृद्धि गरिएको जानकारि दीय ।
सङ्घले आज विज्ञप्ति जारी गर्दै सङ्घमा आबद्ध वायुसेवा कम्पनीले शनिबारदेखि लागू हुने गरी भाडा बढाएको उल्लेख गरेको छ । निगमले चैत ३ गते राति १२ बजेदेखि लागू हुने गरी हवाई इन्धनमा प्रतिलिटर रु दुई बढाउने निर्णय गरेको थियो । उक्त निर्णयअनुरुप हवाई इन्धनको मूल्य जे जति घटबढ हुन्छ सोही अनुपातमा स्वचालित प्रणालीअनुसार मूल्य बढाइएको सङ्घले जनाएको छ ।
सङ्घका प्रवक्ता योगराज कँडेल शर्माका अनुसार हवाई गन्तव्यमा साविकको मूल्यमा सबैभन्दा बढी रु ९० र कम्तीमा छोटो दूरीमा रु पाँच भाडा बढेको छ । काठमाडौँ–धनगढी गन्तव्यमा रु ९०, काठमाडौँ–भद्रपुरमा रु ६० भाडा बढेको छ भने पर्वतीय उडानमा रु ७० बढायियको छ ।
हवाई इन्धनको मूल्य प्रतिलिटर दुई रूपैयाँ थपघट हुँदा भाडा हेरफेर गर्न पाउने व्यवस्था सरकारले गरेको छ । आयल निमगले हालै मात्र हवाइ इन्धनमा प्रतिलिटर रु दुई मूल्य बढाएको थियो । बढेको इन्धनअनुसारको भाडादर नेपाल नागरिक उड्डयन प्राधिकरणबाट स्वीकृतसमेत प्राप्त भएको सङ्घले जनाएको छ ।
ट्रयाक्टर दुर्घटनामा परी मृत्यु
काठमाडौँ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको कञ्चनरुप नगरपालिका–११ स्थित सडकखण्डमा आज ट्रकले ट्र्याक्टरलाई ठक्कर दिँदा ट्र्याक्टर चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा ट्र्याक्टर चालक बारा जिल्ला दक्षिण झिटकैया–८ का ३५ वर्षीय जलिल मियाँ मन्सुरी रहेको प्रहरी उपरीक्षक राजेन्द्र धमलाले जानकारी दिनुभयो । घाइतेको गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
पूर्वबाट पश्चिततर्फ जाँदै गरेको ना६ख ३४२५ नंको ट्रकले सोही दिशाबाट जाँदै गरेको ना६त ६१९९ नंको ट्र्याक्टरलाई पछाडिबाट ठक्कर दिएको थियो । यता ट्रकलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने चालक फरार रहेको र उनको खोजतलास भइरहेको प्रहरीले जनाएको छ ।
तीन चरणको खोप अभियान सम्पन्न
काठमाडौँ । दाङमा कोभिड –१९ विरुद्धको खोप तीन चरणमाको खोप अभीयान सम्पन्न गरियकने छ । जिल्लामा तीन चरणमा २८ हजार ७९३ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । सरकारले प्राथमिकताका आधारमा तीन चरणमा गत माघ १४ गतेदेखि देशभर खोप लगाउने अभियान शुरु गरेको थियो ।
स्वास्थ्य कार्यालय दाङका अनुसार जिल्लामा पहिलो चरणमा स्वास्थ्यकर्मी, चिकित्सक, नर्स, स्वयंसेविका, एम्बुलेन्स चालक र सरसफाइकर्मी गरी तीन हजार ५४६ जनालाई कोरोनाविरुद्धको खोप लगाइएको छ । त्यस्तै गत फागुन २३ गतेदेखि दोस्रो चरणमा कर्मचारी, पत्रकार र जनप्रतिनिधि गरी चार हजार ३३३ जनालाई कोरोनाविरुद्धको खोप लगाइएको हो ।
त्यस्तै फागुन २० गतेदेखि ६५ वर्षमाथिका नागरिकलाई तेस्रो चरणमा गरी जिल्लाभर २० हजार तीन सय ज्येष्ठ नागरिकलाई खोप लगाइएको हो । पहिलो चरणमा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, प्रादेशिक अस्पताल र लमही अस्पताल गरी तीन अस्पतालका खोप केन्द्रमा खोप लगाइएको तथा दोस्रो र तेस्रो चरणमा जिल्लाका १० वटै स्थानीय तहका १०८ स्वास्थ्यचौकीमध्ये ७० स्वास्थ्य चौकीमार्फत खोप लगाइएको स्वास्थ्य कार्यालय दाङका प्रमुख अङ्गतबहादुर शाहीले जानकारी दिनुभयो ।
कांग्रेस नेता अशोक कोइरालाको निधन
काठमाडौँ । कांग्रेस नेता तथा राष्ट्रिय सभाका पूर्व उपाध्यक्ष अशोक कोइरालाको ७७ वर्षको उमेरमा निधन भएको छ । गएराति १ बजे उपचारका क्रममा विराटनगरस्थित न्यूरो अस्पतालमा उहाको निधन भएको हो ।
कोइराला २०४६ को प्रजातान्त्रिक आन्दोलनपछिको विराटनगरको पहिलो मेयर तथा संविधानसभाका सदस्य समेत हुन् । लामो समयदेखि अस्वस्थ रहेका ७७ वर्षीय कोइरालाको स्वास्थ्या समस्या आएपछि उनलाई बुधबार अस्पताल भर्ना गरिएको थियो ।
कांग्रेस मोरङ क्षेत्र नम्बर ४ का सचिव सन्तु रेग्मीका अनुसार उनको विहान १ बजे उपचारका क्रममा अस्पतालमा मृत्यु भएको हो । नेपाली कांग्रेस महासमिति सदस्य रहेका कोइराला २०४८ सालको स्थानीय निर्वाचनबाट विराटनगर उपमहानगरको पहिलो मेयरमा विजयी बनेका थिए ।
निमोनियाको समस्या झेलिरहेका उनी घरैमा अनाचक अचेत भएपछि बुधबार अस्पताल भर्ना गरिएको जनाइएको छ । अशोक पुर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति सुशील कान्छा भाइ हुन् ।
उनी नेपाली कांग्रेस मोरङका पुर्व सभापति समेत रहेका थिए ।
रुसी विदेश मन्त्रीले चीनको भ्रमण जाने
काठमाडौँ । रुसका विदेश मन्त्री सर्गेई लाभरोभले आगामी मार्च २२ र २३ तारिखमा चीनको भ्रमण गर्नु हुने भएको छ ।
चिनियाँ स्टेट काउन्सिलर एवं विदेश मन्त्री वाङ यीको मैत्रीपूर्ण निमन्त्रणामा रुसी विदेश मन्त्री लाभरोभ चीन जान लाग्नु भएको चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता झाओ लिजियानले बिहीबार घोषणा गर्नु भएको हो ।
पछिल्लो समय रुस र चीनबीचको सम्बन्ध थप सुदृढ हुँदै गएको छ । कतिपय विश्व मामिलामा राष्ट्रसंघ मार्फत रुस र चीनले समान धारणा अघि सार्ने गरेका छन् ।
सिआइबीले थाल्यो बेपत्ता दम्पतीको खोजी
काठमाडौँ । महोत्तरीको पिपरा गाउँपालिका–५ सहोड्वाका बेपत्ता एक दम्पतीको खोजी नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले थालेको छ । गत फागुन १० गते राति आफ्नै घरको ओछ्यानमा सुतेका ६५ वर्षीय मोसाफिर झा र उहाँकी पत्नी ६० वर्षीय गीतादेवीको खोजी अब केन्द्रीय अनुसन्धान ब्यूरो ले थालेको हो ।
यसअघि नेपाल प्रहरीको प्रदेश–२ प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय महोत्तरीले बेपत्ता दम्पतीको खोजी गरिरहेको बताए पनि पत्ता लगाउन नसकेपछि प्रहरी प्रधान कार्यालयले सिआईबी टोली खटाएको हो । झा दम्पती सुतेको खाटसहितै हराएका हुन् ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) प्रमुख सहकुल थापाले बेपत्ता दम्पतीको खोजीमा टोली परिचालन गरिएको पुष्टि गर्नुभयो । ब्यूरोका प्रहरी निरीक्षकको कमाण्डको टोली बुधबार नै महोत्तरी पुगेर काम थालेको थापाको भनाइ छ । झा दम्पती राति ओछ्यानबाटै बेपत्ता भएको घटनालाई आपराधिक समूहले अपहरण गरेको अड्कल गरिँदै छ । फागुन ११ गते बिहान झा दम्पती हराएको घटना सार्वजनिक भएलगत्तै प्रहरी टोली घटनास्थल पुगेर प्रारम्भिक जाँच गर्दा घरकोठाको सङ्घारमा रगतका छिटाजस्तो देखिएपछि हत्या गरिएको हुनसक्नेसम्मको अनुमान गरिएको छ ।
बेपत्ता वृद्ध दम्पतीको प्रदेश–२ प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय महोत्तरीले खोजी भइरहेको जनाए पनि पत्ता लाग्न नसकेपछि यहाँ सिआइबी टोली खटाइनुपर्ने माग बढेको थियो । लामो समयसम्म बेपत्ता झा दम्पती अवस्था पत्ता लाग्न नसकेपछि खोजी कार्य फितलो भएको गुनासो गर्दै मैथिल ब्राह्मण युवा महासभा प्रदेश २ समितिसहित ४४ सामाजिक सङ्घसंस्थाले सिआइबी टोली परिचालन गर्न प्रहरी प्रधान कार्यालयको ध्यानाकर्षण गराएका थिए ।
यसअघि बेपत्ता झा दम्पतीको खोजीमा प्रहरीले ५० भन्दा बढीलाई जिल्ला प्रहरी कार्यालय पुर्याएर केरकार गर्दा पनि घटनाबारे खास तथ्य फेला नपरेपछि पिपरा गाउँपालिका क्षेत्रमा त्रास फैलिएको छ । झा दम्पती सुतेको खाटसहितै बेपत्ता पारिएको घटनाको यकिन कुरा आउन नसक्दा झनै बढी रहस्यपूर्ण बनेको छ । अहिले सिआइबीले खोजबिन गर्न थालेपछि जिल्लामा घटनाबारे यकिन तथ्य आउने आस भने पलाएको छ ।
तीन दिनदेखि लागेको डढेलो अझै नियन्त्रणमा आयान
काठमाडौँ । मङ्गलबारदेखि शुरु भएको चिशङ्खुगढीको वन क्षेत्रको आगो अझैनियान्त्रणमा आयाको छैन । सामुदायिक तथा निजी वन क्षेत्रमा आगलागीले सयौँ हेक्टर वन क्षेत्रमा क्षति पुर्याएको छ । नेपाल टेलिकमको टावर र बस्तीमा जानबाट भने सुरक्षाकर्मी अग्निरेखासमेत बनाएर नियन्त्रण प्रयास गरेका छन् । आगो निभाउन विभिन्न निकायका ६० भन्दा बढी सुरक्षाकर्मी खटाइएको छ । कति वन क्षेत्रमा कस्तो क्षति भयो भन्ने कर्मचारी खटाएर बुझ्ने प्रयास भइरहेको डिभिजन वन कार्यालयका प्रमुख ज्ञानकुमार लामाले बताउनुभयो ।
सुरक्षाकर्मीलाई समेत आगो निभाउन कठिन भएको त्यहाँ खटिएका सुरक्षाकर्मीले बताएका छन् । हावाका कारण निभेका क्षेत्रमा आगो पुनः सल्किएको छ । खटाइएका सुरक्षाकर्मीलाई खानेपानी तथा खाजा खानाको समेत समस्या परेको छ । पानी नभएको र आगो निभाउन स्याउलाले प्रयास भइरहेको छ । खटाइएका सुरक्षाकर्मी हालसम्म फर्किएका छैनन् ।
निरन्तरको प्रयास गरिरहदा पनि आगो निभाउन नसकिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक गोविन्दराज काफ्लेले जानकारी दिनुभयो । कसरी आगो लाग्यो भन्ने यकिन नभएकाले अनुसन्धान गरिने उहाँको भनाइ छ । आगोलाई बस्तीमा जान नदिन सुरक्षाकर्मी बस्ती जोगाउनतिर लागेका छन् । वन क्षेत्रमा भने अझै आगो बलिरहेको छ । स्थानीय बासिन्दाको समेत सहयोगमा आगो निभाउन प्रयास भइरहेको प्रहरीले जनाएको छ । कति वन क्षेत्रमा क्षति पुग्यो भन्ने यकिन भइसकेको छैन ।
घरमा आगलागीहुदा एक वृद्धाको मृत्यु
काठमाडौँ । ललितपुरमा आगलागीबाट आज एक वृद्धाको मृत्यु भएको छ । ललितपुर महानगरपालिका–१४ नख्खीपोटस्थित मगरटोल बस्ने ७६ वर्षीया दानदेवी खड्गीको घरमा बिहान आगलागी हुँदा जलेर मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
आगलागीमा परी गम्भीर घाइते भएकी खड्गीको पाटन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको बताइएको छ । आगलागीबाट कोठाका फर्निचर तथा लत्ताकपडा गरी झण्डै रु एक लाख मूल्य बराबरको धनमाल नष्ट भएकोमहानगरि प्रहरि परिसरले जनायकाृे छ । घटनाका विषयमा थप अनुसन्धान भइरहेको छ ।
दोहोरी च्याम्पियनमा गायक–गायीकाको बेईजत, भिडियो हेर्नुस् निर्णयकका यस्ता कमेन्ट बने विवादीत
काठमाडौँ । कमेडि च्याम्पिउनको मोडलमा सुरु भएको दोहोरी च्याम्पियन यतिबेला विवादमा परेको छ । ईन्द्रेणीबाट चर्चामा आएकी चर्चित लोक गायिका कल्पना दाहाललाई चन्द्र शर्माले नेपाल टेलिभिजनको स्टेजमै बेइजत गरेपछि लगभग दोहोरी च्याम्पियन विवादीत हुन पुगेको छ ।
नेपालमा पहिलो पटक सुरु भएको ‘दोहोरी च्याम्पियन’ शुरु हुनेबित्तिकै वि’वादमा आएको हो । यसका निर्णायकहरुले कलाकारको बे’इजत गरेपछि यो बि’वादमा आएको हो । निर्णायक रहेका चन्द्र शर्माको सबैभन्दा बढि आलोचना भएको छ ।
चन्द्र शर्माले चर्चित लोक दोहारी गायिका कल्पना दाहाललाई भाइरल साइरल वाली भन्दै बे’इजत गरेका थिए । उनले स्टेजमा भएकी कल्पनालाई नराम्रा शब्दहरु प्रयोग गरेर बे’इजत गरेका थिए । चन्द्रको यो कामको सबैले आ’लोचना गरेका छन् ।उनले तिमि अन्त गित गाएर भाइरल कल्पना हो भन्दै हो’च्ये’का थिए ।
नेपाली लोक संस्कृतिको संरक्षण र संवर्धन गर्ने उद्देश्यले दोहोरी च्याम्पियन रियालिटी शो उत्पादन एवं नियमित प्रसारण गर्न लागिएको यसअघि नेपाल टेलिभिजनले जनाएको थियो ।दोहोरी च्याम्पियन कार्यक्रमको प्रस्तोताका रुपमा बद्री पङ्गेनी र प्रीति आले रहेका छन् भने निर्णायकमा प्रजापति पराजुली, रमेश बिजी, सीता थापा र चन्द्र शर्मा रहेका छन् ।कूल रु ३५ लाख राशि पुरस्कार रहेको यस कार्यक्रममा प्रथम, द्वितीय, तृतीय र चौथो हुने गायक समूहले क्रमशः रु २० लाख, १० लाख, तीन लाख र दुई लाख पुरस्कार पाउनेछन् । दोहोरी च्याम्पियन प्रतियोगिताका लागि देशभरिबाट २४ कलाकार टोलीहरू छनोटमा परेका छन् भने २८ भाग दोहोरी च्याम्पियन नेपाल टेलिभिजनबाट प्रसारण हुन थालेको छ ।