पत्रकार महासङ्घको निर्वाचन चैत २५ गते

काठमाडौँ । नेपाल पत्रकार महासङ्घको निर्वाचन यही चैत २५ गते हुने भएको छ । महासङ्घका उपलब्ध सदस्य सम्मिलित केन्द्रीय समितिको आजको बैठकले जिल्ला, प्रदेश, केन्द्र, प्रतिष्ठान र एशोसियट संरचनाको निर्वाचन तीन हप्तापछि एकै दिन गर्ने निर्णय गरेको सचिव प्रकाश थापाले जानकारी दिए । महासङ्घको संशोधित विधानानुसार केन्द्रीय साधारणसभा गत फागुन ४ र ५ गते सम्पन्न भइसकेको छ ।

चैत ७ गते सबै तहको निर्वाचन कार्यतालिका प्रकाशन हुने महासङ्घले जनाएको छ । निर्वाचनको मिति तय भएसँगै आजैदेखि पत्रकार कपिल काफ्लेका संयोजकत्वमा गठित निर्वाचन समितिले काम अघि बढाउने जनाइएको छ । समितिका सदस्यमा अधिवक्ता अरुण पौडेल, कपिलचन्द्र पोखरेल, कृष्णमाया भुसाल, हरेन्द्र राई र देवेन्द्र झा तथा सदस्य सचिवमा भक्तिराम घिमिरे रहेका छन् ।

तानसेनमा आयो कालीगण्डकीको पानी

काठमाडौँ । तानसेनमा लिफ्टिङ खानेपानी आयोजनाअन्तर्गतको पहिलो चरणको काम सकिएको छ । तानसेन–१३, बौघागुम्हास्थित कालीगण्डकी नदीबाट बोरिङ गरी तानसेन कैलाशनगरस्थित बतासेडाँडाको भण्डारसम्म पानी ल्याउने काम पूरा भएको छ ।
छवटा स्टेसनमार्फत एक हजार ४४ मिटर उचाइमा रहेको रिजर्ब ट्याङ्कीमा पानी ल्याउने काम सम्पन्न भएको सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन आयोजनाको कार्यालय अर्घाखाँचीले जनाएको छ । दुई वर्षअघि नै सक्नुपर्ने खानेपानी आयोजनाको पहिलो चरणको काम सकिएको कार्यालय प्रमुख रामप्रसाद घिमिरेले जानकारी दिनुभयो ।
पहिलो चरणमा गर्नुपर्ने कालीगण्डकीदेखि तानसेनको खानेपानी रिजर्ब ट्याङ्कीसम्म पानी ल्याउनुपर्ने काम सकिएको उहाँले बताउनुभयो । पहिलो चरणमा छवटा पम्पस्टेसन, पाँचवटा ट्याङ्की निर्माण, पम्प हाउस र करुवा घर निर्माणको काम सकिएको छ । यस्तै पाइप विस्तार, विद्युत् विस्तार, मूल ट्याङ्की बनाउने काम समेत सकिएको छ । पाँच वर्षअघि पहिलो चरणको काम गर्न ठेकेदार कम्पनीसँग २५ करोड ३९ लाखमा सम्झौता भएको थियो ।
पहिलो चरणको काम सकिएर पानी पिउन योग्य छ÷छैन भनेर प्रयोगशालामा जाँच गर्ने काम भइरहेको छ । “कालीगण्डकीको पानी तानसेनको बतासेडाँडामा रहेको रिजर्ब ट्याङ्कीमा आएको छ”, साइट इन्चार्ज उत्सव पोखरेलले भन्नुभयो ।
अब पानीको जाँच गरेपछि पिउन योग्य पानी भएको खण्डमा उपभोक्तालाई वितरण प्रक्रिया सुरु हुन्छ, उहाँले जानकारी दिनुभयो ।
कालीगण्डकीदेखि तानसेनस्थित ट्याङ्कीमा प्रतिसेकेन्ड ३६ लिटर पानी आउनुपर्ने स्टिमेट डिजाइन गरिएको थियो । पहिलो चरणमा बनेको इनारबाट २० वर्षपछि प्रतिसेकेन्ड ३६ लिटर पानी नआउने भएपछि दोस्रो चरणमा थप एउटा इनार र प्रशोधन केन्द्र निर्माण गर्न थालिएको छ । दोस्रो चरणमा इनार र प्रशोधन केन्द्र निर्माण गर्न छ करोड सात लाखमा ठेक्का सम्झौता भएको र आगामी वर्ष दोस्रो चरणको काम सकिने पोखरेलले बताउनुभयो ।
आयोजनामा सङ्घीय सरकारको ९० प्रतिशत र तानसेनका उपभोक्ताको १० प्रतिशत लगानी छ । तानसेनको ५० हजार जनसङ्ख्यालाई दैनिक ३५ लाख लिटर खानेपानीको आवश्यकता परिपूर्ति गर्न कालीगण्डकीबाट लिफ्टिङ गरेर तानसेनमा पानी ल्याउने योजना अगाडि बढाइएको हो ।
अहिले तानसेनमा खानेपानीको अभावका कारण सातामा एक दिन मात्र उपभोक्ताका घरका धारामा पानी आउने गरेको छ । सरकारले तानसेनलाई सुक्खा क्षेत्र घोषणा गरेर बजेट तथा योजना छनोट गरेको थियो ।
तानसेन उपभोक्ता समितिले उपभोक्ताको तर्फबाट आफूहरूले गर्नुपर्ने काम सकिएको र निर्माण पक्षले काम छिटो सके पानी वितरणको काम हुने जनाएको छ । उपभोक्ता समितिका कोषाध्यक्ष भीमसेन कार्कीले तानसेनमा कालीगण्डकीको पानी सफल रूपमा पम्पिङ भएको र अब परीक्षणको नतिजा आएपछि पानी वितरणको काम सुरु गरिने बताउनुभयो । यो समाचार गोरखापत्र बाट लियको हो ।

रीफ्रेसकालागी सिन्धुली पुगे प्रचण्ड

काठमाडौं । राजनीतिक संकट चुलिरहेका बेला नेकपा माओवादी केन्द्रका अध्यक्ष (प्रचण्ड) बुधबार सिन्धुली पुगेका छन् । कुनै बोल्ड निर्णय गर्नुपर्ने बेलामा प्रायः प्रचण्ड उपत्यका बाहिर जाने गर्दछन् । माओवादी केन्द्रका नेता हरिबोल गजुरेलले प्रचण्ड आफ्नो जिल्ला सिन्धुली आएको बताए । के प्रयोजनका लागि प्रचण्ड सिन्धुली जानुभएको भन्ने प्रश्नमा गजुरेलले भने, ‘विल्कुल रिफ्रेसका लागि आउनुभएको हो । बिहीबार हामी सँगै फर्कन्छौ ।’ सिन्धुलीबाट फर्के लगत्तै प्रचण्ड नयाँ निर्णय गर्ने आशंका गरिएको छ ।
नयाँ सरकार गठन लगायतका विषयमा दलहरुबीच संवाद चलिरहेका बेला प्रचण्ड एक दिनका लागि सिन्धुली पुगेका हुन् ।

भूमि सम्वन्धी समस्या आयोगको स्थापना

काठमाडौँ । जिल्लामा भूमिसम्बन्धी समस्या समाधान आयोगको कार्यालय स्थापना भएको छ । आज पहिलोपटक जिल्ला समन्वय समितिको कार्यालयमा आयोगको कार्यालय स्थापना भएको हो ।
जिल्लामा रहेका भूमिहीन तथा सुकुम्बासीको भूमिको समस्या समाधान गर्ने उद्देश्यले सरकारले जिल्लामै जिल्ला समितिको कार्यालय स्थापना गरेकाले सबैले फाइदा लिनेमा विश्वस्त रहेको निमित्त प्रमुख जिल्ला अधिकारी दिनेश शर्माले बताउनुभयो । भूमिको वितरण तथा जग्गाको लालपुर्जासम्म दिन सक्ने अधिकार स्थानीय तहलाई भएको कारण स्थानीय तह र आयोगबीचको सहकार्यमा हुनुपर्ने ठूलीभेरी नगरपालिकाका उपप्रमुख योगेन्द्रबहादुर शाहीले प्रतिबद्धता जनाउनुभयो ।
आयोगको कार्यालयले डोल्पामा रहेका भूमिहीन, सकुम्बासीका समस्या समाधान हुने र एकीकृत बस्तीलाई समेत व्यवस्थित बनाउनेमा सबैले हातेमालो गरेर लाग्नुपर्ने विश्वास व्यक्त गरिएको छ । डोल्पाका नागरिकले भूमिविहीन हुन नपर्ने गरी आयोगको टोलीले काम थाल्ने भूमि समस्या समाधान आयोग डोल्पाका अध्यक्ष धनचन्द्र बैजीले बताउनुभयो । यसका लागि सबैको साथ सहयोग अपरिहार्य रहेको उहाँको भनाइ छ ।
कार्यालय स्थापना भएसँगै नगरपालिका तथा गाउँपालिका र वडास्तरसम्म समिति गठन हुने बताइएको छ । हाल जिल्लामा सात सदस्यीय जिल्ला समितिको कार्यालय रहनेछ ।

प्रतिनिधिसभामा कांग्रेसद्वारा तीन प्रस्ताव दर्ता

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधिसभामा तीन प्रस्ताव दर्ता गराएको छ । कांग्रेस सांसदले मंगलबार सङ्घीय संसद् सचिवालयमा दुई जरुरी सार्वजनिक महत्वका र एक सङ्कल्प प्रस्ताव दर्ता गरायको हो ।
महिला तथा बालवालिकामाथि भएका हिंसा न्यूनीकरण गर्न जरुरी सार्वजनिक महत्वका विषयमा गृहमन्त्रीको ध्यानाकर्षण गराउन प्रस्ताव दर्ता गराइएको छ । सरकारलाई महिलामाथिको हिंसा सम्बोधन गर्न न्यूनीकरण गर्न सदनले सरकारलाई मार्गनिर्देशन गर्न अपरिहार्य भएको जनाउँदै ध्यानाकर्षण प्रस्ताव पेश गरिएको हो । गृह मन्त्रालयसँग सम्बन्धित उक्त प्रस्ताव कांग्रेस सांसद डा डिला सङ्ग्रौला, लक्ष्मी परियार र प्रमिला राईले दर्ता गराउनुभएको हो ।
यसैगरी कोभिड–१९ ले वैदेशिक रोजगारीमा पारेको प्रभाव सम्बन्धमा श्रम, रोजगार तथा सामाजिक सुरक्षासँग सम्बन्धित जरुरी सार्वजनिक महत्वको अर्को विषयमाथि छलफल गर्न पनि सूचना दर्ता गरिएको छ । सो प्रस्तावमा कोभिड–१९ बाट सिर्जित समस्याले वैदेशिक रोजगारीमा कतिले ज्यान र रोजगारी गुमाए तथा कति स्वदेश फर्किए भन्ने विस्तृत तथ्याङ्क सरकारसँग माग गर्न छलफल गर्नुपर्ने कारण देखाइएको छ ।
यसैगरी कोभिड–१९ बाट मृत्यु भएकाका परिवार तथा रोजगारी गुमाएका व्यक्तिलाई सरकारका तर्फबाट केकस्तो राहत र सहयोग भएको भन्ने जानकारी माग गर्न, वैदेशिक रोजगारीलाई सुरक्षित बनाउन सरकारको योजना के छ भन्नेलगायत विषयमा छलफल गर्नुपर्ने प्रस्तावमा माग गरिएको छ । उक्त प्रस्ताव कांगे्रसबाट निर्वाचित सांसद डा सङ्ग्रौला, देवप्रसाद तिमिल्सिना र रङ्गमती शाहीले दर्ता गराउनुभएको हो ।
यसैगरी कांग्रेसकै सांसद डा संग्रौला, हीरा गुरुङ र नमिताकुमारी चौधरीले महिला हिंसा नियन्त्रणका लागि विभिन्न व्यवस्था गर्नुपर्ने माग गर्दै महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयसँग सम्बन्धित सङ्कल्प पेश गर्ने अनुमतिका लागि सूचना दिनुभएको छ ।
प्रस्तावमा हिंसापीडितलाई सेवा दिनका लागि सहायता कक्ष स्थापना गर्न, पीडितमाथि कुनै किसिमको दवाव वा यातना नदिनका लागि कम्तीमा एकपटक पीडितका घरमा प्रहरीलाई निरीक्षण गर्न लगाउन, पीडितलाई संरक्षण गर्न घुम्ती मोबाइल टोलीको व्यवस्था प्रभावकारी बनाउन र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र प्रहरीसमेतको समन्वयमा पीडितलाई घाउ जाँच र स्वास्थ्योपचारको व्यवस्था गर्न माग गरिएको छ ।

जङ्गली हात्तीको आक्रमणबाट मृत्यु

काठकमाडौँ । जङ्गली हात्तीको आक्रमणबाट आज बिहान घाइते भएका एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा इलाम देउमाई नगरपालिका–१० ढोडेनी बस्ने १९ वर्षीय कृतिमान खाती हुन् ।
उनी आज बिहान बुद्धशान्ति गाउँपालिका– २ मा हात्तीको आक्रमणमा परी घाइते भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । घाइते खातीलाई उपचारका लागि बिर्तामोडस्थित बिर्तासिटी अस्पताल लगिएकामा उपचार सम्भव नभएकाले भद्रपुरस्थित मेची अस्पतालमा सिफारिश गरिएको थियो । मेची अस्पतालमै उपचारका क्रममा उनको मृत्यु भएको प्रहरी कार्यालयका प्रवक्ता राकेश थापाले बताउनुभयो ।
उनीसँगै अर्जुनधारा नगरपालिका–१ सिस्ने बस्ने १९ वर्षीय मिलन कार्की डोली पनि घाइते भएका थिए । उनको सामान्यावस्था रहेको र बुधबारेस्थित लिभिङ होम पोलिक्लिनिकमा उपचार भइरहेको छ । उनीहरु दुवै ट्याक्टर मजदूर हुन् ।

बुढानिल्कण्ठको दर्शन गरी बुधबारको राशिफल हेर्नुहोस्

आज श्री शाके १९४२ बि.स.२०७७ साल चैत्र ४ गते बुधबार इश्वी सन २०२१ मार्च १७ तारीख फाल्गुन शुक्लपक्ष चतुर्थी तिथी अश्विनी नक्षत्र पश्चात भरणी नक्षत्र ऐन्द्र योग वब करण चन्द्रमा मेष राशिमा आनन्दादि योगमा पद्य योग प्रमादीनाम संवत्सर सुर्य उत्तरायण शिशिर ऋतु (ज्यो.प.सरोज घिमिरे)

मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) सबारी साधनको प्रयोमा बिशेष साबधानि अपनाउनु पर्ने समय रहेको छ । बाणीका कारण सामान्य बादबिवादको योग रहेकोछ । सामान्य कार्यका निम्ती अधिक श्रम खर्चनु पर्ने सम्भाबना रहेको छ । नयाँ कार्य थालनिका निम्ति आट र साहशको कमि आउनेछ । शुभचिन्तकहरुको साथ प्राप्त हुनाले कार्य सहज बन्नेछ ।

बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) नजिकका मित्र तथा दाजु भाई हरु सगँको सम्बन्धमा बैमनश्यता उत्पन्न हुन सक्नेछ । जिबन साथीको अग्रसरतामा कार्य सम्पादन मध्यम रहनेछ । अनावश्यक खर्च तथा लगानिका क्षेत्रमा सजग रहनु पर्ने योग रहेकोछ । स्वास्थमा भने सामान्य समस्या देखा पर्नेछ । गैर ब्यक्तीको पूर्ण विस्वास नगर्नुनै राम्रो रहनेछ ।

मिथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह) भोज भतेर जन्य कार्यमा सरिक हुने अवसर प्राप्त हुनेछ । शारीरिक आलस्यताले अध्यन अध्यापन को क्षेत्रमा प्रभाब पार्ने समय रहेकोछ । शत्रु परास्त्र हुनेछन तथा शुभ चिन्तकको बृद्यि हुनेछ । यात्राका निम्ती सामान्य खर्च गर्नु पर्नेछ । प्रतिस्पर्दीहरु कमजोर हुनाले आर्यआर्जनमा बिषेश फाईदा रहला ।

कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) शारीरिक अस्वस्थता तथा आलस्यताको चपेटामा फसिनेछ । पारीवारिक साथ सहयोग बाट भने अधुराकार्य सम्पादनमा सहयोग मिल्नेछ । सभासम्मेलन जन्य कार्यमा सरीक हुने अवसर प्राप्त हुनेछ । सामाजिक कार्यमा सहभागीता जनाउने समय रहेकोछ । मित्र जनको साथ सहयोग बाट कार्य सम्पादनमा मदत पूग्नेछ ।

सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) मनोरञ्जनात्मक कार्यमा सामान्य खर्चको सम्भाबना रहेको छ । प्रत्येक कार्यमा तपाँईको अग्रसरतको आवश्यक रहने समय रहेको छ । पारिवारीक झोर झमेलाको सम्भाबना रहेको छ । स्मरणीय यात्राको सम्भाबना रहेको छ । यात्राका निम्ती सामान्य खर्च गर्नु पर्नेछ । प्रतिस्पर्दीहरु कमजोर हुनाले आर्यआर्जनमा बिषेश फाईदा रहला ।

कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) सामान्य चोट पटकको सम्भाबना रहेता पनि मित्रजनहरुको साथ सहयोग द्वारा ब्यत्तित्व बिकासमा सहयोग मिल्नेछ । कुल कुटुम्बहरुको साथ सहयोगमा आम्दानि क्षेत्रमा बृद्यि हुनेछ । सामान्य कार्यमा धेरै समय र श्रम खर्चनु पर्ला । सामान्य चोटपटकको सामना गर्नु पर्न सक्छ सजग रहनु होला ।

तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते) भौतिक श्रोत साधनको प्रयोगका निम्ती सामान्य खर्च गर्नु पर्नेछ । प्रेम सम्बन्धमा सुधार आउनेछ साथै जिबन साथीको सहयोमा कार्य सम्पादनमा मद्धत मिल्नेछ । मान्यजनको साथसहयोगको कमी महसुस गरीनेछ । नयाँ कार्यको थालनिले मनमा हर्ष पैदा गर्नेछ । पुरानो लगानि उठाउने राम्रो समय रहेको छ ।

बृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु) मनमा उत्पन्न कार्य क्षेत्रको डरले कार्य सम्पादनमा ढिलाईको सामना गनुपर्नेछ । यात्राका निम्ती सामान्य खर्च गर्नु पर्नेछ । गैर ब्यक्तीको पूर्ण विस्वास नगर्नुनै राम्रो रहनेछ । खराब संगतका कारण सामान्य अप्जस सहनु पर्ला । मनोरञ्जन मुलक सरसामानको क्षेत्रमा सामान्य खर्च हुन सक्नेछ ।

धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) प्रिय ब्यक्तिको भेटघाटमा मन प्रशन्न रहनेछ तथा पारिवारीक मनोरञ्जका निम्ती सामान्य खर्च हुनेछ । बौधिक ब्यक्तित्व सगँको भेटघाटको अवशर जुट्नेछ । सामान्य सघंष पश्चात मनग्य आम्दानिका श्रोतहरु फेला पर्नेछ । ब्यापार ब्यबसायको क्षेत्रमा राम्रो समय रहेको छ । कार्य क्षेत्रमा सामान्य ढिलाईको सामना हुन सक्छ ।

मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) नयाँ कार्यको थालनिले मनमा हर्ष पैदा गर्नेछ । भौतिक साधनको प्रयोगमा समय ब्यतित हुन सक्छ । पारिवारिक मेल मिलाप बढेता पनि दाम्पत्य शुखमा बाधा आउन सक्ने सम्भाबना रहेको छ । ब्यापार ब्यबसायको क्षेत्रमा राम्रो समय रहेको छ । सामाजिक कार्यमा सहभागीता जनाउने समय रहेकोछ ।

कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द) नयाँ कार्य थालनिका निम्ति आट र साहशको कमि आउनेछ । शुभचिन्तकहरुको साथ प्राप्त हुनाले कार्य सहज बन्नेछ । सामान्य खर्च भएता पनि मनमा चिन्ता भने रहने छैन । आफन्त जन बिच भेटघाट हुन सक्ने सम्भाबना रहेकोछ । पराक्रममा बृद्धि हुनेछ । नजिकका ब्यक्ति बाट बिश्वासघात हुन सक्छ ।

मीन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) नयाँ लगानिको क्षेत्रमा समय राम्रो छैन सजग रहनु होला । सामान्य चोटपटकको सिकार भईन सक्छ सजग रहनु होला । मान्यजन संगको सम्बन्ध खराब रहन सक्छ । बिद्या प्राप्ति योग रहेको छ । गैर ब्यक्तीको पूर्ण विस्वास नगर्नुनै राम्रो रहनेछ । मनोरञ्जन मुलक सरसामानको क्षेत्रमा सामान्य खर्च हुन सक्नेछ ।

पत्रकार सुबेदीमाथि प्रहरीद्वारा कुटपिट

काठमाडौँ । टिभी अन्नपूर्ण डटकमका पत्रकार एम् प्रेस चौतारी उपत्यका प्रदेश कमीटिका सह–सयोजक राजु सुबेदीलाई प्रहरीले निर्घात रुपमा कुटपिट गरेको छ । सुबेदीलाई जनसेवा प्रहरी निरीक्षकसहितको टोलिले सोमवार साझा न्यूरोडमा समाचार संकलनको क्रममा निर्घात कुटपिट गरेको हो।

पत्रकार सुबेदीले भिडियो खिचिरहेको अवस्थामा बिनाकारण पक्राउ गर्नुका साथै भ्यानमा राखी निर्घात कुटपिट समेत गरेको थियो । प्रहरीको सोही कुटपिटले पत्रकार सुबेदी घाइते समेत भएका छन् । करिब ६ घन्टाको अस्पतालमा उपचारपछी पत्रकार सुबेदी अहिले अहिले घरमा अराम गरिरहेका छन् ।

सार्बजनिक स्थलमै प्रहरीले मोबाइल चोरी गर्नैलाई निर्घात कुटपिट गरेको भीडियो खिचेको कारण आफु समेत नियन्त्रणमा दिएको उनले बताए । उनले प्रहरुको भ्यानमै आफु पत्रकार भएको परिचय दिदा समेत प्रहरीले नछाडेको उनको भनाई छ ।

आफ्नो कर्तव्य निर्वाहका क्रममा समाचार संकलनका लागि कार्यक्षेत्रमा रहेकाहरुलाई परिस्थिति हेरि वातावरण सहज बनाउनुपर्नेमा उल्टै नियन्त्रणमा लिई र्दुव्यवहार गरिनु र समाचार संकलनमा रोक लगाइनुले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको नाङ्गो हमला भएको भन्दै सरोकारवालाहरुले यस घटनाको चौतर्फी भत्सर्ना गरेका छन् ।

वरिष्ठ चिकित्सक घिमिरे गरे अस्‍पताल बनाउन सवा १ करोड मूल्‍य बराबरको जग्‍गा दान

बर्दिबास । महोत्तरीका दन्‍त रोग चिकित्‍सक डा. सुवाश घिमिरेलेले अस्‍पताल बनाउनका लागि सवा १ करोड मूल्‍य बराबरको जमिन दान गरेका छन् ।

बर्दिबास नगरपालिका–३ पाटुस्थित पुर्ख्यौली गाउँमा सरकारी जनरल अस्पताल निर्माणका लागि वरिष्‍ठ चिकित्‍सक डा. घिमिरेले एक करोड २५ लाख रुपैयाँ मूल्य पर्ने पाँच कठ्‍ठा जग्गा दान गरेका हुन् ।

उक्त जग्गामा बन्न लागेको सरकारी जनरल अस्पताल भवनको शिलान्यास नगरप्रमुख विदुर कार्कीले गरेका हुन् । शिलान्‍यास कार्यक्रममा वडा–३ का अधक्ष्य राजन ढुंगाना, डा. घिमिरेका दाजु श्याम घिमिरेलगाएतको उपस्‍थिति थियो ।

ओम समाज डेन्टल हस्पिटलको सेबा विस्तार

काठमाडौं । ओम समाज डेन्टल हस्पिटलले चाबहिल स्थित हेल्पिंग हेन्ड सामुदायिक अस्पतालमा आफ्नो दन्त्य सेबा बिस्तार गरेको छ। उक्त सेवाको उद्घाटन हेल्पिंग हेन्ड सामुदायिक अस्पतालका अधक्ष्य डा.गुप्त बहादुर श्रेष्ठ तथा ओम समाज डेन्टल हस्पिटलका अधक्ष्य डा. सुबाश घिमिरेले गर्नु भएको थियो ।

उक्त उद्घाटन समारोहमा काठमान्डू महानगर पालिका वडा न ७ का वडा सदस्य कृष्ण मणि भट्टराई, ओम समाज डेन्टल हस्पिटलका उपाध्यक्ष रामेश्वर के.सी, सल्लाहकार मोहन पोख्रेल लगाएत हेल्पिंग हेन्ड अस्पतालका बिसिस्ट कर्मचारी हरुको पनि उपस्थिति रहेको थियो ।

कार्यक्रममा बोल्दै डा. घिमिरेले ओम समाज डेन्टल हस्पिटल जसको दाँत सबल उसको जिबन सफल भन्ने एक रास्ट्रीय नाराका साथ् अघि बढिरहेको बताउदै कोहि पनि कुनै कारणले पनि उपचार बाट बन्चित हुन् नपरोस सबैको लागि उपचार सहज,सुलभ होस् भन्ने उदेस्यले यस सामुदायिक अस्पतालमा आफ्नो सेबा बिस्तार गरेको जानकारी गराउनु भयो ।

भने अधक्ष्य डा. श्रेष्ठले हेल्पिंग हेन्ड सामुदायिक अस्पतालमा अब जुनसुकै (बिभाग) रोग का बिरामीको उपचार सम्भब भएकोमा खुशी व्यक्त गर्नुभयो ।

हाल उक्त बिस्तारित शाखामा उपचार का लागि डा शोभा योंग हांग,डा रिमिशा भट्टराई रहनु भएको तथा यहि चैत्र ७ गते सम्म बिश्व मुख स्वास्थ दिबस को उपलक्ष्यमा निः सुल्क चेक जाच तथा छुट को ब्यबस्था गरिएको अस्पताल प्रसासनले जानकारी दिएको छ ।

अर्थ मन्त्रालयद्वारा बजेट निर्माणका आधार र मार्गदर्शन प्रस्तुत

काठमाडौँ । अर्थ मन्त्रालयले आर्थिक वर्ष २०७८–७९ को बजेट निर्माणका आधार र मार्गदर्शनबारे जानकारी गराउँदै पूर्व निर्धारित समयमा सिलिङ्गभित्र रहेर बजेट प्रस्ताव गर्न मन्त्रालयहरुलाई आग्रह गरेको छ ।
सरकारका मुख्य सचिव, सचिवहरु, राष्ट्रिय योजना आयोगका सदस्यसहित अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा अर्थ मन्त्रालयले आर्थिक पुनरोत्थान र रोजगारी सिर्जना, ठूला पूर्वाधार आयोजना कार्यान्वयनमा निरन्तरता, कृषि क्षेत्रको विकास, सामाजिक विकासमा निरन्तर लगानी, क्षेत्रगत र प्रादेशिक सन्तुलन र दीगो विकास लक्ष्यलाई बजेट निर्माणका मुख्य आधारका रुपमा प्रस्तुत गरेको हो ।
त्यसैगरी बजेट निर्माणका मार्गदर्शनहरुमा दीर्घकालिन नीति, आवधिक योजना, वार्षिक नीति तथा कार्यक्रम र बजेटका बीच अन्तर आबद्धता कायम गर्ने, अनिवार्य दायित्वमा पुग्दो रकम प्रस्ताव गर्ने, पूर्व सहमति दिइएका विषयमा दायित्व अनुमान गरी सिलिङ्ग भित्र विनियोजन प्रस्ताव गर्ने लगायतका छन् ।
बजेट निर्माण सम्बन्धी मुख्य मार्गदर्शनहरुः
–अनिवार्य दायित्व र स्रोत सहमति दिइएका विषयहरु सिलिङ्ग समावेश गरेपछि मात्र अन्य आयोजना र कार्यक्रममा बजेट प्रस्ताव गर्ने।
–मध्यकालिन खर्च संरचना तयार गरी बजेट पेश गर्नुपर्ने। उपलब्धि सूचकहरु स्पष्ट रुपमा उल्लेख हुनुपर्ने ।
–आयोजना वर्गिकरण सम्बन्धी मापदण्डमा आधारित भएर मात्र आयोजना प्रस्ताव गर्ने ।
–बहुवर्षिय ठेक्का सम्बन्धी मापदण्ड बमोजिम बहुवर्षिय ठेक्का लगाउनुपर्ने आयोजनाको लागि मापदण्डबमोजिम पुग्दो बजेट विनियोजन हुनपर्ने।
–खर्च सम्बन्धी क्रियाकलापमा नै तयारी साथ बजेट प्रस्ताव गर्ने।
–बहुवर्षिय ठेक्का सम्बन्धी मापदण्ड बमोजिम बहुवर्षिय ठेक्का लगाउनुपर्ने आयोजनाको लागि मापदण्डबमोजिम पुग्दो बजेट विनियोजन हुनपर्ने।
–खर्च सम्बन्धि क्रियाकलापमा नै तयारी साथ बजेट प्रस्ताव गर्ने।
–नयाँ कार्यक्रम प्रस्ताव गर्दा मोडालिटीमा स्पष्टता भएर मात्र बजेट प्रस्ताव गर्ने।
–ठूला र रणनीतिक महत्वका आयोजनालाई उच्च प्राथमिकतामा राख्ने।
–वित्तीय हस्तान्तरण मार्फत सञ्चालन हुने कार्यक्रममा प्रदेश र स्थानीय तहलाई शुरु बिनियोजनबाटै हस्तान्तरण प्रस्ताव गर्ने।
–तयारी सम्पन्न नभएका आयोजनामा बजेट प्रस्ताव नगर्ने। नयाँ आयोजनाको अध्ययनका लागि बजेट प्रस्ताव गर्ने।
–दिगो विकास, लैंगिक र जलवायू परिवर्तनका सूचकहरुमा क्रियकलापमा नै कोडिङ गर्ने।
–सशर्त अनुदानतर्फका प्रदेशबाट कार्यान्वयन गरिने आयोजना र कार्यक्रममा सम्बन्धित क्षेत्रगत मन्त्रालयसँग छलफल गरिने।
–रु. ५० करोड भन्दा बढी लागतका आयोजना परियोजना बैंकमा समावेश भएको हुनुपर्ने।
–चालु आर्थिक वर्षको कार्यसम्पादनलाई बजेट छलफलको आधार बनाइने।
–चालु वर्षमा सिर्जित दायित्व सकेसम्म अर्को वर्ष नसार्ने।
–आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन र नियमावलीका विषयमा लेखा उत्तरदायी अधिकारीले जिम्मेवारी लिनुपर्ने।
–सार्वजनिक खर्चमा मितव्ययिता सम्बन्धि मापदण्डको पालना गर्ने।
–कार्य सञ्चालन खर्चमा सकभर बजेट वृद्धि प्रस्ताव नगर्ने।
–भौतिक प्रगतिको अनुमान गरेर मात्र बजेट छलफलमा पठाउने।
–बजेट बक्तव्यमा समावेश गर्ने विषयको मस्यौदा तयार गरी पठाउने। आर्थिक सर्भेक्षण र वार्षिक प्रतिवेदनका लागि आवश्यक तथ्यांकहरु समयमानै पठाउने।

कार्यक्रममा राष्ट्रिय योजना आयोगका सदस्य डा. कृष्णप्रसाद ओलीले बजेट निकासामा अर्थ मन्त्रालय थप सरलिकृत गर्न जरुरी रहेको बताए । मुख्य सचिव शंकरदास बैरागीले बजेटमा रचनात्मक छलफलबाट कार्यान्वयनमुखी बजेट आउने बताए ।उनले बजेट कार्यान्वयन म्याट्रिक्स बनाउन पनि जरुरी रहेको धारणा व्यक्त गरे ।

अर्थ सचिव शिशिरकुमार ढुङ्गानाले कार्यक्रमहरुको राम्रोसँग विश्लेषण गरी बजेट प्रस्ताव गर्न जरुरी रहेको उल्लेख गर्दै सिलिङलाई प्रभावकारी बनाउन आग्रह गरे ।

राजस्व सचिव रामशरण पुडासैनीले आवश्यकताका आधारमा बजेट बनाउनु पर्ने भन्दै राजस्व बढाउने कार्यक्रमलाई पनि ध्यान दिन जरुरी रहेको बताए ।

अर्थमन्त्रीका आर्थिक सल्लाहकार डा. प्रकाशकुमार श्रेष्ठले एकातिर बजेट खर्च भएन भन्ने र अर्कीतिर स्रोत पुगेन भन्ने जस्ता विरोधाभाष हटाउने गरी काम गर्नुपर्ने बताए ।

बजेट तथा कार्यक्रम महाशाखा प्रमुख धनीराम शर्माले चालु आर्थिक वर्षको कार्य सम्पादनलाई पनि आधार बनाउनु पर्नेमा जोड दिँदै मितव्ययिता सम्बन्धी मापदण्ड पालना गर्न आवश्यक रहेको बताए ।

कार्यक्रममा सचिवहरुले संघ, प्रदेश र स्थानीय तहको बजेटमा समन्वय हुनुपर्ने, नीति तथा कार्यक्रम र बजेटबीच तालमेल हुनुपर्ने, दोहोरी पन हटाउनु पर्ने, प्राथमिकता निर्धारण गर्नुपर्ने लगायतका सुझाव दिएका थिए।

अर्थ मन्‍त्रालयका प्रवक्ता सुमन दाहालका अनुसार मन्त्रालयहरुले यही चैत्र १५ गतेभित्रमा अर्थ मन्त्रालयमा बजेट प्रस्ताव गर्नुपर्ने कार्यतालिका रहेको छ।

तेस्रो आइएमई टेनिस प्रतियोगिता हुँदै

काठमाडौं । आइएमई ग्रुपको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत तेस्रो आइएमई जेटीआई ग्राण्ड जुनियर ओपन टेनिस प्रतियोगिता– २०२१ आयोजना गर्न लागिएको छ ।
काठमाडौं स्थित मण्डीखाटार टेनिस क्लबमा यहीँ चैत १७ गतेदेखि २२ गतेसम्म (इस्वी संवत् २०२१ मार्च ३० देखि–अप्रील ४ सम्म) आयोजना गर्न लागिएको उक्त प्रतियोगितामा यू ८–यू १६ उमेर समुहका खेलाडीहरूले भाग लिन सक्नेछन् ।

प्रतियोगितामा भाग लिन इच्छुक खेलाडीहरूका लागि दशरथ रङ्गशाला टेनिस कम्प्लेक्स त्रिपुरेश्वर, नेपाल टेनिस संघ सातदोबाटो, कास्की जिल्ला टेनिस संघ पोखरा, रूपन्देही लन टेनिस संघ बुटवल, मण्डीखाटार टेनिस क्लब काठमाडौं र नाउलिङ्ग सपोर्टस भिल्ला काठमाडौंबाट आवेदन फारम भर्न सक्ने व्यवस्था मिलाइएको छ ।

यसका अतिरिक्त आइएमई फाउन्डेसनको वेभ साइट http://www.imefoundation.org/ मा पनि आवेदन फारम उपलब्ध छ । खेलाडीहरूको पूर्ण विवरण सहित भरिएका आवेदन फारमहरू यहीँ मिति २०७७ साल चैत १२ (२५ मार्च २०२१) गते विहीवारभित्र माथि उल्लेखित स्थानहरुको साथै info@imefoundation.org मा पनि बुझाउन सकिनेछ । यस सम्बन्धि विस्तृत जानकारीका लागि पानीपोखरी काठमाडौंमा अवस्थित आइएमई फाउन्डेसनको केन्द्रीय कार्यालयमा सम्पर्क गर्न सक्नुहुनेछ । रितपूर्वक प्राप्त हुन् आएका आवेदनहरूलाई मात्र टाई सीटमा समावेश गरिनेछ ।
टेनिस खेलको विकास र विस्तारमा सहयोग पुगोस् र बालबालिकाहरूमा खेलप्रति रूची पनि जागोस् भन्ने मुख्य उद्देश्यले आइएमई फाउन्डेसनले यो प्रतियोगिता विगत चार वर्षदेखि गर्दै आइरहेको छ । गत वर्ष कोभिड– १९, का कारण स्थगित तेस्रो संस्करण यसपटक आयोजना गर्न लागिएको हो । आइएमई पे प्रतियोगिताको भुक्तानी पार्टनर हुनेछ भने प्रतियोगिता अवधिभर स्वास्थ्य सम्बन्धि मापदण्डको पूर्ण परिपालना गरिनेछ ।

आइएमई फाउन्डेसन आइएमई ग्रुपको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत स्थापित एक मुनाफारहित परोपकारी संस्था हो । फाउन्डेसनले शिक्षा, स्वास्थ्य, खेलकुद लगायतका विभिन्न क्षेत्रमा योगदान पु¥याउँदै आएको छ ।

भगवान गणेशको दर्शन गरी मंगलवारको राशिफल हेर्नुहोस्

वि.सं.२०७७ साल चैत्र ०३ गते । मंगलबार । ईश्वी सन् २०२१ मार्च १६ तारिख । नेपाल संवत् ११४१ । प्रमादी संवत्सर । उत्तरायण । वसन्त ऋतु । श्रीशाके १९४२ । फाल्गुन शुक्लपक्ष । तिथि–तृतीया,३३ घडी २८ पला, बेलुकी ०७ बजेर ३८ मिनेट उप्रान्त चतुर्थी । नक्षत्र– अश्विनी,अहोरात्र । योग–ब्रम्ह,०३ घडी २२ पला,बिहान ०७ बजेर ३५ मिनेट उप्रान्त ऐन्द्र । करण– तैतिल,बिहान ०६ बजेर ४१ मिनेट उप्रान्त गर,बेलुकी ०७ बजेर ३८ मिनेट उप्रान्त वणिज । आनन्दादिमा–अमृत योग । चन्द्रराशि–मेष । काठमाडौंमा सूर्योदय बिहान ०६ बजेर १४ मिनेट,सूर्यास्त बेलुकी ०६ बजेर १२ मिनेट । दिनमान २९ घडी ५३ पला । सर्वार्थसिद्धियोग अहोरात्र ।

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ)

माया प्रेममा नजिक हुने समय रहेकोछ भने घर परिवार तथा आफन्तको साथ सहयोग पाईनाले मन प्रशन्न रहनेछ । समाजसेवामा समय दिन सक्दा मान तथा सम्मानमा बृद्धि भएर जानेछ । बिलाशी तथा भौतिक सम्पति तथा बस्तुको प्रयोग मार्फत रमाईलो गरि दिन बिताउन सकिनेछ । अध्ययन तथा अध्यापनमा समय दिनेहरुले भनेजस्तो सफलता हात लाग्नेछ ।

बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)

समय राम्रो रहकोले अध्ययनमा मन जाने तथा नतिजा आफैतिर ल्याउन सकिनेछ । अध्ययनकै सवालमा लामो वा छोटो दुरिको यात्राको तय हुनेछ । अध्ययन वा कामको सवालमा विदेशी भूमिमा हुनुहुन्छ भने समयले साथ दिनेछ । अग्रज तथा आफन्तको सहयोगले राम्रा काम गर्न सकिनेछ । तरपनि खानपानमा ध्यान नदिए स्वास्थ्य सम्बन्धी समस्या आउन सक्छ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)

कामगर्ने सवालमा होसियार रहनुहोला काम बिगार्ने तथा तपाईको नकारात्मक सोच्नेहरु सक्रिय हुनेछन् । आम्दानि हुँने ठाउँमा सत्रुका आँखा लाग्न सक्छ ध्यान दिनुहोला । परिश्रको फल अरुलेनै हत्याउँन कोषिस गर्नेछन् । अध्ययनमा मन जानेछैन भने नतिजा अरुकै पोल्टोमा पर्नेछ । दाजुभाईहरुको नराम्रा सल्लाह मान्दा काम बिग्रनेछ भने भौतिक सम्पती तथा सवारी साधनको प्रयोग गर्दा ख्याल गर्नुहोला ।

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो)

नयाँ काम पाउँने तथा बढुवा हुँने योग रहेको छ । राजनिति तथा समाजसेवामा जनताको गतिलो समर्थन प्राप्त हुनेछ । समाजको मन जित्ने काम गर्ने अवसर जुर्ने हुँनाले मान सम्मान तथा ईज्जत प्रतिष्ठामा बृद्धि भएर जानेछ । निर्णय क्षमतामा बृद्धि भएर जाने तथा कार्यालयमा तपाईको निर्णय क्षमताको उच्च कदर हुनेछ । व्यापार व्यावसायबाट मनग्गे धन आर्जन गर्न सकिनेछ ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)

राजनिति तथा समाजसेवमा जनताको काम गर्दा गर्दै आलोचनाको शिकार हुनु पर्दा मन चिन्तित हुनेछ । कामहरु समयमा सम्पादन नहुदा आर्थिक रुपमा कमजोर भएको महशुष हुनेछ । सानो कामलाई पनि प्रशस्त समय खर्चिनु पर्नेछ भने सरकारि तथा प्रशासनिक काममा झन्झटिलो प्रक्रिया अपानाउँनु पर्दा न्यून उपलब्धिमा चित्त बुझाउनु पर्नेछ । अध्ययनमा समय दिएपनि भनेजस्तो नतिजा हात लाग्नेछैन ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)

व्यापार व्यावासायमा अलि बढिनै समय खर्चिदा राम्रो मुनाफा कमाउँन सकिनेछ भने बित्तिय क्षत्रसँग सम्बन्धित लगानि फस्टाएर जाने ग्रहयोग रहेकोछ । पुराना बिवादित बिषयहरुको फैसला तपाईकै पक्षमा हुने हुँदा मन प्रशन्न हुनेछ । न्यायिक निर्णयहरु तपाईकै पक्षमा आउनेछन् भने तपाईप्रति सत्रुता राख्नेहरु आफै किनारा लाग्नेछन् ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)

बिभिन्न अवसरहरुको सहि तरिकाले सदुयपोग गर्न सक्दा धेरै उपलब्धि हात पर्नेछन् । व्यापार व्यावसाय फस्टाएर जानेछ भने धनको भण्डार बढ्नेछ । बौद्धिकताको उपयोग गरि आफ्नो ज्ञानलाई निखार्ने अवसर प्राप्त हुनेछ । परिवार तथा जीवन साथिको सहयोगले एक किसिमको उत्साह जगाउनेछ । सुन्दर तथा बीलाशी पहिरनले व्याक्तित्वमा निखारता ल्याउनेछ ।

बृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू)

लगनशिल तथा ईमान्दारिता पुर्वक गरिएको कामहरु सफलता पुर्वक सम्पन्न गर्न सकिनेछ भने आर्थिक रुपमा सबल हुँने समय रहेकोछ । बिशिष्ट व्याक्तिहरुको संगतले राम्रा तथा परिणाममुखि काम गर्न सकिनेछ । माया प्रेममा आफ्नो मायालुलाई आफ्नै आखा अगाडि देख्न पाउँदा मन प्रशन्न हुनेछ । आफ्नो स्वास्थ्यको ख्याल गर्नुहोला सामान्य मौषमि रोगको प्रकोप भने देखिन सक्छ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)

ईष्टमित्र तथा आफन्तको सल्लाहलाई शिरोधार्य गर्दै निर्णय आफै लिनुनै उत्तम रहेकोछ । पढाई लेखाईमा प्रसस्त समय खर्चिय मात्रा सफलता हात लाग्नेछ । माया प्रेममा एक अर्काको भावना नबुझ्दा नचाहादा नचाहादै एक अर्कासँग टाडिनु पर्नेछ । स्वास्थ्यले साथ नदिदा कामहरु नहुने तथा ढिला हुनेछ । भौतिक सम्पति तथा सवारि साधनको प्रयोग गर्दा ध्यान दिुनहोला सामान्य चोटपटक लाग्न सक्छ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)

खोज तथा अनुशन्धानको क्षेत्र बलियो रहने हुँनाले नयाँ कुराहरु पत्ता लगाउँन सकिनेछ । माया प्रेममा आफ्नो मायालुसँग दिनभरु सँगै रहेर भलाकुसारि गर्ने अवसर प्राप्त हुनेछ । बौद्धिक कार्यमा सहभागि भई आफ्नो गतिलो प्रश्तुति पस्कने अवसर प्राप्त हुनेछ । भौतिक सम्पति आकस्मिक लाभ हुनेछ भने बाधा अवरोधहरु स्वत हटेर जानेछन् ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)

उत्पादन क्षेत्रमा समय लगानि गर्नेहरुले मनग्गे धन सम्पति कमाउँन सक्नेछन् भने थप लगानि गरि रोजगारिका अवसर सिर्जना गर्न सकिनेछ । खेलकुद तथा खेलकुदसँग सम्बन्धित कामहरुबाट अपेक्षित नतिजा हात लगाउँन सकिनेछ । माया प्रेममा नजिक हुँने समय रहेकोछ भने आफन्त तथा गुरुवर्गहरुको सहयोगले पढाई लेखाईमा भनजस्तो नतिजा हात पार्न सकिनेछ । दाजुभाई तथा छिमेकिको सहकार्यमा राम्रा तथा परिणाममुखि काम गर्न सकिनेछ ।

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)

अध्ययन तथा अनुशन्धानको क्षेत्रमा दिईएको समयबाट भनेजस्तो नतिजा आउने हुनाले मन खुसि रहनेछ । साना साना कामबाट प्रसस्त आम्दानि हुने हुनाले व्यावसायमा थप लगानि गर्ने बाताबरण बन्नेछ । आफन्त तथा आत्मिय मित्रका साथ रमाईलो बाताबरणमा स्वादिष्ट भोजन ग्रहण गर्ने अवसर जुर्नेभएपनि स्वास्थ्यमा समस्या आउन सक्छ ध्यान दिनुहोला । माया प्रेममा एक अर्कालाई बिश्वास गर्न सकिनेछ । बोल्दा ख्याल गर्नुहोला तपाईको भनाईलाई गलत तरिकाले ब्याख्या गर्नेहरु सक्रिय हुनेछन् ।

नेपाल समूहको फेरि निर्वाचन आयोगमा दौडधूप

काठमाडौँ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी एमालेका वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाल समूहले पार्टीमा विधानविपरित गरिएका निर्णयलाई वैधानिकता नदिन भन्दै निर्वाचन आयोगलाई पत्र बुझाएको छ ।प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली समूहको केन्द्रीय कमिटी बैठकले जिम्मेवारी बाँडफाँडका साथै केन्द्रीय सदस्य मनोनित गरेपछि आइतबार नेपाल समूहले आयोगमा पत्र लेख्दै त्यसलाई कार्यान्वयन नगर्न माग गरेको हो ।

नेपाल समूहको बसेको स्थायी कमिटी बैठकले विधानविपरीत अध्यक्ष ओलीले गरेको निर्णय खारेज गर्नुपर्ने निष्कर्ष निकालेको छ । ‘हामी निवेदक नेकपा एमालेको २०७१ सालको नवौं राष्ट्रिय महाधिवेशनबाट पार्टीको विधानको धारा १४ बमोजिम निर्वाचित पदाधिकारी र सदस्य हौं ।

सोही धाराबमोजिम केन्द्रीय कमिटीको निर्वाचन सम्पन्न भई सोही धाराको उपधारा ३ बमोजिम १० प्रतिशत सदस्यसमेत मनोनित भइसकेको अवस्था भएकोले हाल पार्टी विधानबमोजिम केन्द्रीय कमिटीमा कुनै पनि रिक्त स्थान रहेको छैन । यो खबर आजको राजधानी दैनिकमा छापिएको छ ।

जलपक्षी गणनासम्बन्धी गोष्ठी रुपन्देहीमा

काठमाडौँ ।जलपक्षी गणनाका बारेमा नयाँनयाँ तरिका, प्रविधि र योजनाबारे जानकारी दिने ध्येयले रुपन्देहीमा आजदेखि तेस्रो राष्ट्रिय गोष्ठी शुरु भएको छ । दुईदिने गोष्ठीमा स्थानीय चरा गणनाका संयोजक, चराविद् तथा चरा संरक्षणसम्बन्धी संस्थाका प्रतिनिधिको सहभागिता रहेको छ ।
यसअघि सन् २००७ मा पहिलो गोष्ठी लुम्बिनीमै र सन् २०१२ मा दोस्रो गोष्ठी चितवनमा भएको थियो । नेपालमा प्रत्येक वर्ष मध्य हिउँदमा हुने जलपक्षी गणना राष्ट्रियरुपमा संयोजन गर्दै आएको हिमाली प्रकृति संस्थाको आयोजित कार्यक्रममा चरा गणनाको तथ्याङ्क सङ्कलन, गणना र शुद्धताबारे पनि निष्कर्ष निकालिने जनाइएको छ ।
गोष्ठीमा कोशी टप्पु, हेटौँडा, चितवन, जनकपुर, काठमाडौँ, नवलपरासी, पोखरा, रुपन्देही, कपिलवस्तु, दाङ, बर्दिया, कैलाली र कञ्चनपुरलगायत ठाउँबाट ३५ भन्दा बढी चराविद्को सहभागीता रहेको आयोजक संस्थाका कार्यक्रम निर्देशक डा तुल्सी सुवेदीले जानकारी दिनुभयो । सिमसार क्षेत्रको खस्कँदो अवस्था र संरक्षणका लागि गर्नुपर्ने स्थान विशेष कामबारे अन्तरक्रिया हुने उहाँले बताउनुभयो ।
त्यस्तै पानी चराको अवस्था, चरा आवागमन सहजता र संरक्षणमा गर्नुपर्ने काम, जलपक्षी संरक्षण र सिमसार क्षेत्रको दिगो व्यवस्थापनका लागि आवश्यक प्रभावकारी कदम चाल्ने विषयमा समेत जानकारी दिइनेछ ।
कार्यक्रममा चरा गणनाका राष्ट्रिय संयोजक वरिष्ठ चराविद् डा हेमसागर बराल र वेटल्यान्ड इन्टरनेशनलका वरिष्ठ वैज्ञानिक डा तेज मुण्दकरले नेपाल, दक्षिण एसिया र विश्वमा पानी चराको अवस्था र संरक्षणका लागि गर्नुपर्ने कामबारे विशेष सम्बोधन गर्नुहुने आयोजकले जनाएको छ ।