काठमाडौँ । स्याङ्जा, गुल्मी र पाल्पा गरी तीन जिल्लालाई एउटै झोलुङ्गे पुलले जोड्ने उद्देश्यले रिडी धाममा तीनमुखे पुल निर्माणधीन अवस्थामा रहेको छ । यस आर्थिक वर्षभित्रै उक्त पुल निर्माण गरिसक्ने गरी स्थानीय पूर्वाधार विभागले काम धमाधम अगाडि बढाइरहेको विभागले जनायको छ ।
चितवनको माडीमा रहेकोे त्रिवेणीधाम वाल्मीकि आश्रममा नेपालकै भूभाग हुँदै जान सकिने गरी झोलुङ्गे पुल निर्माण भइरहेको छ । झोलुङ्गे पुल लम्वाइ ४८२ मिटर रहेको छ । सो क्षेत्रमा झोलुङ्गे पुलको अभावमा वाल्मीकि आश्रममा जान भारतको बाटो हुँदै जानुपर्ने अवस्था थियो ।
“नेपालको धाममा नेपालकै बाटो हुँदै जान सकिने गरी सरकारले झोलुङ्गे पुल निर्माण गर्न लागेको हो”, विभागका महानिर्देशक मरहठ्ठाले भन्नुभयो, “सरकारले अहिले निर्माण गर्न लागेका पुल आवागमनमा सहज गर्नुका साथै धार्मिक र पर्यटकीय दृष्टिले समेत महत्व राख्ने गरी निर्माण गरिरहेको छ ।” अहिले उक्त पुलको मेसिनरी र संरचनाको काम सकिएर टावर जोड्ने काम भइरहेको छ । यस आर्थिक वर्षभित्रमै पुल निर्माण सम्पन्न गर्ने गरी काम भइरहेको विभागले जनाएको छ ।
Month: February 2022
ट्रिपर ठक्करबाट ७२ वर्षीय वृद्धको मृत्यु
काठमाडौँ ।ट्रिपर ठक्करबाट ७२ वर्षीय वृद्धको मृत्यु भयको छ । ट्रिपर पछाडि सार्ने क्रममा ठक्कर लागेर सुनसरी जिल्लाको इटहरी १ आँपगाँछी चौकमा पैदल यात्रीको मृत्यु भएको हो । मृत्यु हुनेमा सोही स्थानका ७२ बर्षीय पूर्ण बहादुर गुरूङ रहेका छन् ।
आज दिउसो सभा २ बजे सडक साइडमा रोकेर राखेको प्रदेश १–०२–००१ ख ४६६५ नम्बरको ट्रिपर पछाडि सार्ने क्रममा गुरुङलाई ठक्कर दिइ घट्नास्थलमा नै मृत्यु भएको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ ।
ट्रिपर र चालक इटहरी १९ बरगाछीका २९ बर्षीय अनिल चौधरी प्रहरीको नियन्त्रणमा लीयर आनुसन्धान भइरहेको प्रहरी कार्यालयले जनायको छ । दुर्घटना
भारतमा एकै दिन झण्डै एक लाख ५३ हजार सङ्क्रमित
काठमाडौँ । भारतमा कोरोनाभाइरसबाट एकै दिनमा डेढ लाखभन्दा बढी सङ्क्रमित भएका छन् ।
एकै दिनमा यति धेरै सङ्क्रमित भएको यो पहिलो पटक भएको स्वास्थ्य अधिकारीहरुले आइतबार जानकारी दिएका छन् ।
उनीहरुका अनुसार पछिल्लो २४ घण्टामा भारतमा एक लाख ५२ हजार ८७९ जना सङ्क्रमित भएका हुन् ।
भारतमा पछिल्लो केही हप्तादेखि दैनिक सङ्क्रमितहरुको सङ्ख्यामा तिव्र बृद्धि हुँदै आएको छ भने पछिल्ला केही दिनदेखि दैनिक एक लाखभन्दा बढी सङ्क्रमित भएका छन् ।
केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले भारतमा अहिलेसम्म कुल सङ्क्रमितको सङ्ख्या एक करोड ३३ लाख ५८ हजार ८०५ पुगेको जनाएको छ ।
पछिल्लो २४ घण्टामा भारतमा कोरोनाभाइरसबाट सङ्क्रमित भएका मध्ये ८३९ जनाको मृत्यु भएको छ । योसँगै कोरोनाका कारण मृत्यु भएकाहरुको कुल सङ्ख्या एक लाख ६९ हजार २७५ पुगेको छ ।
भारतमा ११ लाख आठ हजार ८७ जना अहिले पनि सङ्क्रमित अवस्थामै रहेका छन् । मन्त्रालयले सार्वजनिक गरेको विवरण अनुसार यसअघि गत शनिबार एकै दिनमा एक लाख ४५ हजार ३८४ जना सङ्क्रमित भएका थिए ।
धोकेवाज ब्वाईफ्रेन्डरगर्ल फ्रेन्डलाई विर्सने टिप्स
काठमाडौँ । उमेर बढ्दै जाँदा यौवन अवस्थामा विपरीत लिङ्गप्रति आकर्षण बढ्नु प्रेममा बाँधिनु यो कुनै अनौठो कुरा हैन । यो त प्राकृतिक कुरा हो । तर हरेक प्रेम जोडि आजिवन साथ–साथ रहने अपेक्षा गर्नु पनि एक प्रेम नै हो । हुन त प्रेमलाई महशुस गर्ने हो, अर्थाउन पनी त सकिदैन ।
तर, प्रायः प्रेमजोडिको बीचमा आजभोली ‘धोका’ भन्ने शब्दले निकै चर्चा पाएको पायको पाइन्छ । यसको अर्थ हो, प्रेमको बाहनामा यौनचाहना पुरा गर्नु, कोही केटा वा केटी छ भने प्रेम गरेरजस्तो गरेर धनसम्पत्ति हात पार्नु । यस्तै विभिन्न किसिमका छलकपटहरु गर्नु।
के तपाईको जिवनमा पनि यस्तै किसिमका घटनाहरु भईरहेका त छैनन ? यदि त्यसो हो र उहि धोकेबाज प्रेमी–प्रेमिकाको यादमा परेर आफ्नो भविष्य बर्बाद गर्दै हुनुहुन्छ भने एकैछिन पढेर आफ्नो भविष्यलाइ आफ्नो लक्ष्यामा पुर्याउनुहोस् ।
१.खाना सकेसम्म बढी खाने
यदि तपाई तपाईको जोडिबाट धोका पाएर टेन्सनमा हुनुहुन्छ भने खाना सकेसम्म बढी खानुहोस् । किनकी खाना खायो भने मस्तिष्क बलियो हुन्छ, जसले नकरात्मक भन्दा बढी सकरात्मक धारणा उजागरण गर्छ । यसले गर्दा हजुलाई कम चिन्तित बन्न मौका मिल्ने छ ।
२.साथिर्सकल तथा पारिवारि माहोलमा रहनुहोस
प्राय जोडिहरु प्रेममा धोका पाएपछि एक्लोपन रुचाउने गर्छन्, तर एकान्तमा झन बढी याद आउने र मन कमजोर हुने गर्छ त्यसैले साथिसर्कल तथा परिवारसँग बस्नुस । साथै यसरी बस्दा अरुको अगाडी बलजस्ती भएपनि आँशु लुकाउनु पर्ने हुँदा तपाई कमजोर हुनुहुने छैन । एक अध्ययनले त के भन्न भने मानिस जति कमजोर हुन्छ त्यत्ति आँशु आँउछ, त्यसैले कमजोर नबन्नुहोस ।
३.ठूलो भ्वाईसमा म्युजिक सुन्नुहोस
तपाईलाई याद छ हामी जे जस्तो अवस्थामा रहेको भएपनि ठूलो भ्याईसले हामीलाई डिस्ट्रव गर्छ । हो त्यसैले तपाई ब्रेकअपको पिडामा हुनुहुन्छ भने ठूलो आवाजमा म्युजिक लगाउनुहोस र मनको पिंडालाई भंङ्ग हुने अवस्था र्सिजना गर्नुहोस ।
४.नाचगानमा सरिक
तपाई पिडामा भएको बेला सकेसम्म सके आफै गाएर नभएपनि म्युजीक लगाएर नाच्नुहोस, जसले तपाईको मस्तिष्कमा सकरात्मक उर्जा दिने छ । अझ सम्भव भए भिडमा गएर नाच्नुहोस् यसले तपाईको मनोबल अझ उच्च राख्ने छ ।
५.बच्चा तथा वृद्धासँग घुलमिल
बच्चा र वृद्धासँग खेल्दा उनीहरुसँग रमाउँदा तपाई आफै छक्क पर्नुहुने छ । किनकी बच्चहरु अति अनकन्सीयस हुन्छन् जसले गर्दा तपाईलाई थाहा भएको तर उत्तर दिन नमिल्ने जस्ता प्रश्न गर्दा तपाई आफै त्यसमा भुल्नुहुने छ । भने, यता वृद्धाहरु आफ्नो विगत तथा पहिला पहिलाका कुराहरु सुनाउने गर्छन् । तपाईको मन मस्तिष्क नै ए हो र भनेर पहिलेको जमनामा पुर्याईदिन्छ जसले गर्दा तपाईले त्यो धोकेबाज प्रेमीलाई भुल्न मद्दत मिल्ने छ ।
६.पानी पिईरहनुहोस
पानीले यसैपनि हजारौँ औषधिको काम गर्छ । त्यसमाथि पनि तपाईको मस्तिष्कलाई ठन्डा बनाउन पानीले महत्वपूर्ण भुमिका खेल्छ यसले गर्दा पनि तपाई उ प्रति चिन्तीत हुने सम्भावना कम देखिन्छ ।
७.सारीरीक सम्बन्धलाई पाकृतिक नियमको रुपमा लिने
प्रेम सम्बन्धमा रहेको समयमा प्रायः जोडिबीच सारीरीक सम्बन्ध हुन्छ । तर ब्रेकपछि यहि विषयले केटीहरु बढी चिन्तीत तर यो समयमा सारीरीक सम्बन्ध एक प्राकृतिक प्रकृया हो भन्ने मान्नु पर्दछ । साथै सारीरीक सम्बन्ध आवस्यकता पनी हो । यो विषयमा धेरै टाउको दुखाउनु जरुरी नै छैन ।
८.भविष्यको पारीवारीक जिवनबारे धेरै नसोच्ने
यस्तो समस्या प्राय केटीहरुमा देखापर्ने गर्छ कि अहिलेको सम्बन्धले पछि पारीवारीक जिवनमा असहज पार्छ कि भनेर । तर यसमा पनि कत्ति चिन्ता लिनु जरुरी छैन किनभने तपाईको हुनेवाला श्रीमान पनि तपाईजस्तै पहिलै सारीरीक सम्बन्धमा भाग लिईसकेको हुनेछ ।
९.सकेसम्म उसको याद दिलाउने कुरा आफ्नो वरीपरि नराख्ने
छाडेर गएको मान्छेले दिएको वा उसँग हुँदाको कुनै उत्साहीत क्षण दिलाउने कुनै चिज वस्तु आफ्नो वरपर राख्नु हुँदैन । यदि तपाईको वरपर भएमा उसको याद नै आईरहने छ ।
१०.आफ्नो परिवार सम्झने
के तपाईलाई थाहा छ, तपाईलाई धोका दिने व्यक्ति तपाईको जिवनमा एक्कासी आएको हो । उ तपाईको थिएन, फेरी तपाईको नभएको मान्छे आफ्नो भएन भनेर किन पिर गर्नेरु हेर्नुस् त सधै तपाईको भलो चिताउने तपाईको मामु, बाबा र दाईभाई दिदिबहिनीहरु । तपाई दुखि हुनुभयो भने उनीहरुको हालत के हुन्छ । त्यसैले पारीवारको चाहना र परिवारलाई सधै सिरमा राख्नुहोस् । तपाई त्यो धोकेवाजलाई छिट्टै भुल्नुहुने छ ।
म्यान्मारमा सुरक्षाकर्मीद्वारा ८० प्रदर्शनकारी मारिए
काठमाडौँ । म्यान्मारमा शुक्रबार सुरक्षाकर्मीहरुद्वारा कम्तीमा ८० प्रदर्शनकारी मारिएका छन् ।
देशको मध्यभागमा पर्ने बागोमा भएको घटनामा परी उनीहरुको मृत्यु भएको समाचारमा जनाइएको छ ।
अनुगमनमा खटिएका अधिकारकर्मीहरुले सुरक्षाकर्मीको आक्रमणमा परी ८२ जनाको मृत्यु भएको जानकारी दिएका छन् ।
मृतकहरूको शव सेनाले लिएर गएकाले मृतकको सङ्ख्या अझ बढी हुन सक्ने पनि उनीहरुले बताएका छन् ।
प्रदर्शनकारीहरु विरुद्ध सुरक्षाकर्मीहरूले ठूला हतियार प्रयोग गरेको र केही हलचल हुनेबित्तिकै गोली प्रहार गरेको प्रत्यक्षदर्शीहरुले जानकारी दिएका छन् ।
म्यान्मारमा गत माघ १९ मा देशको शासनसत्ता आफ्नो हातमा लिएपछि सेनाको कारबाहीमा ६०० भन्दा बढी मानिसको मृत्यु भइसकेको छ । सत्तामा बसिरहनका लागि सेनाले दिनानुदिन हिंसाको सहायता लिएको देखिएको छ ।
सेनाले सत्ता हातमा लिएयता म्यानमारभरि विरोध प्रदर्शनहरू हुँदै आएका छन् । हालै भएको निर्वाचनको नतिजाप्रति असन्तुष्टि जनाउँदै सेनाले फेरि चुनाव गर्ने बाहनामा सत्ता कब्जा गरेको हो । चुनावका लागि भन्दै सेनाले देशमा एक वर्षका लागि सङ्कटकाल घोषणा पनि गरेको छ ।
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पर्यवेक्षक र निर्वाचन अधिकारीहरुले भने निर्वाचन निश्पक्ष नै भएको दावी गरेका छन् । सेनाले नतिजा अस्विकार गरिरहेको बेला नयाँ संसदको बैठक बस्न लागेकै दिन सेनाले सत्ता कब्जा गरिएको घोषणा गर्दै नेताहरुलाई थुनामा राखेको हो ।
सेनाको कदमको विश्वभरीबाट विरोध भइरहेको छ भने शान्तिपूर्ण लोकतान्त्रिक राजनीतिक निकासका लागि दबाब बढिरहेको छ ।
नेपाली कांग्रेसको पदाधिकारी बैठक बस्दै
काठमाडौँ ।नेपाली कांग्रेसले पार्टीको १४ औँ महाधिवेशन तयारी र समसामयिक राजनीतिक विषयमा छलफल गर्न आज पदाधिकारी बैठक बोलाएको छ । पार्टी कार्यालय सानेपामा आइतबार दिउँसो दुई बजे बस्ने पाटि कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।बैठकमा १४औं महाधिवेशनको सन्दर्भमा छलफल हुने उनले बताए । पौडेलका अनुसार सोमबार बस्ने केन्द्रीय कार्यसमितिको बैठकका एजेण्डा पदाधिकारी बैठकले तय गर्नेछ ।
ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
काठमार्डाैँ । पूर्व–पश्चिम राजमार्गस्थित विर्तामोड नगरपालिका–६ मा आज बिहान भएको सवारी दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा अर्जुनधारा नगरपालिका–५ बैसाबारीका ३८ वर्षीय रामकान्त चौधरी रहेको प्रहरीले जनाएको छ ।
पूर्वतर्फ आउँदै गरेको मे१ख २६२७ नंको बसलाई सोही दिशातर्फ आउँदै गरेको मे४प ६७४८ नंको मोटरसाइकलले उछिन्ने क्रममा विपरीत दिशाबाट आउँदै गरेको ना४ख ७२८९ नंको ट्रकले ठक्कर दिँदा उनी घाइते भएका थिए । घाइते मोटरसाइकल चालक चौधरीलाई उपचारका लागि विर्तामोडस्थित बिएण्डसी अस्पताल पु¥याउनेबित्तिकै चिकित्सकले मृत घोषणा गरेका थिए । प्रहरीले ट्रक चालक इलाम देउमाई नगरपालिका–६ का ४२ वर्षीय निमा शेर्पा र बसचालक मोरङ उर्लाबारी नगरपालिका–४ का ३० वर्षीय खड्गबहादुर भुजेललाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय अनारमनीमा राखेको छ ।
चितवनमा गाडी दुर्घटनामा परि दुई जनाको मृत्यु, ७ घाइते
काठमाडौँ । चितवनमा गाडी दुर्घटनामा परि दुई जनाको मृत्यु, ७ घाइते भयका छन् । आज विहान ९ बजे भरतपुरबाट शारदानगर टाउनतर्फ जाँदै गरेको ना १ ज ३८५९ नम्बरको म्याजिक गाडी सडकको कल्भर्टबाट खाल्डोमा खसेको हो ।
दुर्घटनामा परि अन्दाजी ४५ र ५५ वर्षका पुरुषहरुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
मृत्यु हुनेमा कास्कीको रुपा गाउँपालिका–१ बस्ने ४५ वर्षीय सूर्य खाती र भरतपुर–४ बस्ने ५० वर्षीय राजेन्द्र दमाई छन्।
दुर्घटनामा ७ जना घाइते भएका छन्। उनीहरु मध्ये तीन जनाको अवस्था गम्भीर छ।
लमजुङको दोर्जि गाउँपालिका–३ वस्ने ३१ वर्षीय विनोद गुरुङ र रसुवाको कालिका–२ बस्ने १९ वर्षीय प्रदिप घिमिरेको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ।
त्यस्तै, म्याजिक चालक भरतपुर–१९ शारदानगर बस्ने ३५ वर्षका रमेश थापाको दुबै खुट्टा भाँचिएर चितवन मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
भरतपुर–६ बस्ने ४७ वर्षीया शारदा परियार, भरतपुर–२१ पार्वतिपुर बस्ने ४८ वर्षीया कुमारी बिक, भरतपुर–१९ शारदानगर बस्ने ३२ वर्षीया बबिता गुरुङको भरतपुर अस्पतालमा उपचार भइरहेको छ।
भरतपुर–१९ रामपुर बस्ने २४ वर्षीय अनुप लामाको रामपुरस्थित स्थानीय मेडिकलमा उपचार भइरहेको प्रहरि कार्यालयले जनयको छ।
लगातार उकालो लागेको सुनको मुल्या आज तोलामा चार सयले घट्यो
काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मूल्यमा गिरावट आएको छ । केहीँ दिनदेखि बढिरहेको सुनको मूल्य आज भने तोलामा ४०० रुपैयाँले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ८९ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार छापावल सुन प्रतितोला ८९ हजार ९०० रुपैयाँ कायम थियो ।
आज तेजावी सुन प्रतितोला ८९ हजार ५० रुपैयाँ कायम भएको छ । यसैगरी चाँदी आज १ हजार २७५ रुपैयाँमा कारोबार भइरहेको सुनचाँदि व्यवसाय संघले जनायको छ ।
प्रदेश २ का चारजना माओवादी सांसद एमालेमा, प्रचण्डले सोधे स्पष्टीकरण
काठमाडौँ । नेकपा विभाजनको बेला प्रधानमन्त्री केपी ओलीलाई साथ दिएका माओवादीका चारजना प्रदेशसभा सदस्य एमालेमै रहने भएका छन् । माओवादी संसदीय दलका नेता नै एमालेतिर लागेपछि पार्टीले चारैजनालाई कारवाही प्रक्रिया अघि बढाएको छ ।
एमालेमा लाग्ने चारमध्ये तीनजना प्रत्यक्ष निर्वाचित छन् । रामचन्द्र मण्डल धनुषा १ को ख बाट निर्वाचित प्रदेशसभा सदस्य हुन् । बारा क्षेत्र नम्बर ३ को क बाट निर्वाचित ज्वालाकुमारी साह र रौतहट ३ को ख बाट निर्वाचित कुन्दनप्रसाद कुशवाह पनि एमाले भएका छन् ।
बाराबाट समानुपातिकतर्फ निर्वाचित मोहम्मद समिर पनि एमाले पाटि मानै प्रवेस गरेका छन् । उनीहरु चारैजनालाई २४ घण्टे स्पष्टिकरण सोधिएको माओवादी संसदीय दलका प्रमुख सचेतक दिलिप साहले जानकारि दिय ।
उनका अनुसार ‘शुक्रवार बेलुका नै स्पष्टिकरण पत्र पठाइसकिएको छ । तर उहाँहरुले जवाफ अहिलेसम्म पठाउनुभएको छैन । अब पद रिक्त गराउने प्रक्रियामा जाने तयारिमा छौँ ।
दलका नेता मण्डलसहित चारैजनालाई माओवादी अध्यक्ष प्रचण्डले नै हस्ताक्षर गरेर स्पष्टिकरण सोधिएको छ । चैत २७ गतै नै सोधिएको स्पष्टिकरणको जवाफ उनीहरुले दिएका छैनन् ।
अन्य पार्टीमा गतिविधि गरिरहेकाले उनीहरुलाई पदमुक्त गरिने माओवादी केन्द्रले जनाएको छ ।सोमवार प्रदेश २ को प्रदेशसभा बैठक पनि बस्दैछ । प्रदेशसभा बैठक अघि नै चारै साँसदलाई पदमुक्त गरिनेमाओवदि केन्द्रका एक नेताले जानकारी दिए ।
रामचन्द्र मण्डल नेकपा माओवादी केन्द्र प्रदेश २ का संसदीय दलका नेता थिए । तर एमालेतिर लागेपछि उनलाई हटाएर माओवादी केन्द्रले शुक्रवार मात्रै भरतप्रसाद साहलाई संसदीय दलका नेता चयन गरेको छ ।
संसदीय दलका उपनेता रहेका दिलिप साहलाई प्रमुख सचेतक र जगत यादवलाई दलका उपनेता चयन गरिएको छ । प्रदेशसभामा माओवादीका ११ सांसद रहेकोमा चारजनालाई कारवाही गरेपछि ७जनामा सिमित हुने भएको छ ।
वैशाख १ मा ४५२ लाई विभूषित गरिँदै
काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी वैशाख १ गते विभिन्न मानपदवी प्राप्त गर्नेमध्ये ४५२ जनालाई विभूषित गर्नुहुने भएको छ । विभूषण ऐन, २०६४ को दफा ४ बमोजिम उपप्रधानमन्त्री ईश्वर पोखरेलको अध्यक्षतामा बनेको विभूषण समितिले एक विज्ञप्ति जारी गरी राष्ट्रपति भवन शीतलनिवासमा सुशोभन समारोहमा उहाँहरुलाई विभूषित गर्ने कार्यक्रम रहेको जनाएको छ ।
उक्त समितिमा गृहमन्त्री रामबहादुर थापा, प्राडा मीना वैद्य, प्राडा इन्द्रजीत राई, हरिहर शर्मा, काशेन्द्रप्रसाद यादव र उपरथि विनोदकुमार श्रेष्ठ सदस्य तथा सदस्यसचिवमा गृहसचिव महेश्वर न्यौपाने हुनुहुन्छ ।
राष्ट्रको विभिन्न क्षेत्रमा योगदान पु¥याएका महानुभावमध्येबाट मानपदवीतर्फ सुप्रसिद्ध प्रबल जनसेवाश्री प्रथम श्रेणीमा एक, प्रसिद्ध प्रबल जनसेवाश्री द्वितीय श्रेणीमा तीन, सुकीर्तिमय राष्ट्रदीप तृतीय श्रेणीमा सात, सुप्रबल जनसेवाश्री तृतीय श्रेणीमा ८६, कीर्तिमय राष्ट्रदीप चतुर्थ श्रेणीमा आठ, प्रबल जनसेवा श्री चतुर्थ श्रेणीमा २४२, जनसेवाश्री पञ्चम श्रेणीमा १०४ तथा अलङ्कारतर्फ ११४, पदकतर्फ २७ गरी जम्मा ५९३ जनालाई विभूषण प्रदान गर्नका लागि सिफारिस भएको थियो ।यस्तै विभिन्न मुलुकले तीन जना नेपाली राष्ट्रसेवक तथा नागरिकलाई विभिन्न प्रकारका विभूषण प्रदान गर्न स्वीकृतिका लागि सिफारिस भएको थियो । नेपाल सरकार मन्त्रिपरिषदको गत असोज १ गतेको निर्णयानुसार विसं २०७७ असोज ३ गते संंविधान दिवसका अवसरमा राष्ट्रपतिबाट विभूषण प्रदान गर्ने घोषणा भएकामा घोषित विभूषणमध्ये मानपदवी प्राप्त ४५२ जनालाई आगामी वैशाख १ गते विभूषित गरिने समितिले जारी गरेको विज्ञप्तिमा उल्लेख छ
विधिको पालना र सकारात्मक छलफलले मात्र निकास निस्किन्छः नेता नेपाल
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का नेता एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले विधिको पालना र छलफलको माध्यमले मात्र पार्टीभित्र देखिएको राजनीतिक समस्याको समाधान निस्कने धारणा व्यक्त गर्नुभएको छ । उहाँले पार्टीभित्र देखिएको गुट–उपगुटको समस्यालाई विधिसम्मत बैठक बसी छलफलको माध्यमबाट टुङ्गोमा पु¥याउन सकिने विश्वास व्यक्त गर्नुभयो ।
प्रेस सङ्गठन नेपाल पर्साले आज वीरगञ्जमा आयोजना गरेको पत्रकार सम्मेलनमा नेता नेपालले सङ्गठनको विधानअनुसार छलफल गरे समस्याको समाधान खोज्न सकिने बताउनुभयो । उहाँले विगतका तिता अनुभावलाई पछाडि छाड्दै सकारात्मक छलफलको माध्यमले पार्टीभित्रका समस्यालाई समाधान गर्न आफूहरु तयार भए पनि पार्टी नेतृत्वको कारण समस्या यथावत रहेको आरोप लगाउनुभयो । एकले अर्कालाई निषेध गर्ने प्रवत्तिले कहीँ नपुग्ने भएकाले वर्तमान समस्याको समाधान वार्ता र संवादबाटै खोजिनु पर्नेमा नेता नेपालले जोड दिनुभयो ।
राजकुमार फिलिपको निधन प्रति राष्ट्रपतिद्वारा समवेदना व्यक्त
काठमाडौँ ।राष्ट्रपति विद्यादेवी भण्डारीले संयुक्त अधिराज्यकी महारानी एलिजावेथ द्वितीयलाई इडनबराका राजकुमार फिलिपको निधन भएकामा आज एक शोक सन्देश पठाउँदै हार्दिक समवेदना व्यक्त गर्नुभएको छ । सन्देशमा राष्ट्रपति भण्डारीले राजकुमार फिलिपको निधनबाट नेपालले पुरानो मित्र गुमाएको बताउनुभएको छ ।
यसैगरी प्रधानमन्त्री केपी शर्मा ओलीले राजकुमार फिलिपको निधन भएकामा गहिरो दुःख व्यक्त गर्दै आफ्ना बेलायती समकक्षी बोरिस जोनसनमा हार्दिक सहानुभूति प्रकट गर्नुभएको छ । सन्देशमा उहाँले राजकुमार फिलिपले मानवताका लागि गर्नुभएको सत्कार्यको भावी पुस्ताले सम्झिरहने बताउनु भएको छ ।
फेरि लकडाउन हुनसक्छःप्रधानमन्त्री ओलि
काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीले हामिहरु पहिलेनै सचेत नभयमा फरि लकडउन गर्नेन अवस्था आउछ भन्दै जनतालाइ सचेत गरायका छन् । सरकारको पहिलो प्राथमिकता नागरिकको स्वास्थ्य रहेको समेत ओलिले बताएका छन् । नेपाल उद्योग वाणिज्य महासंघको ५५ औं वर्षिक साधारणसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आफ्नो जीवनको रक्षाका लागि नागरिक पनि सचेत हुनुपर्नेमा जोड दियका छन् ।
उनले कोरोना भाइरसको महामारी विश्वभर फेरि फैलन थालेको भन्दै त्यसतर्फ सचेत रहन सबैलाई आग्रह गरे । उनले कोरोनाबाट बच्न स्वास्थ्य मन्त्रलायले दिएका निर्देशन पालना गर्न पनि सुझाए । प्रधानमन्त्री ओलीले स्वास्थ्य मन्त्रालयले दिएको निर्देशन पालना नभए कोरोनाको संक्रमण फैलिने हुँदा फेरि लकडाउन गर्नुपर्ने अवस्था आउन सक्ने बताय ।
प्रधानमन्त्रीले नागरिकको स्वास्थ्यका विषयमा सरकार सचेत भएकाले नागरिकको स्वास्थ्यलाई नै पहिलो प्राथमिकतामा राख्ने र त्यसका लागि लकडाउनको अवस्था आउन सक्ने भन्दै थप सचेत बन्न आग्रह गरे ।
उनले भने, ‘सचेत नबने फेरि लकडाउनमा पुग्दैनौँ भन्ने छैन । आफैँ सचेत बनौँ । सामाजिक जीवनलाई खलबलिन नदिन, सावधानी अपनाएनौँ भने समस्या आउनसक्छ ।त्यसैले हामी समयमै सचेत बनौँ ।’
उनले कोभिडको महामारीलाई परास्त गर्दै उद्योग चलाउन सकिने बताए ।
पक्की पुलको वर्षौदेखिको चाहना बल्ल पूरा हुन लाग्यो’
काठमाडौँ । तनहुँको ऋषिङ गाउँपालिका–१ झापुटार र व्यास नगरपालिका–३ देउरालीनगर जोड्ने झोलुङ्गे पुलमा मोटरसाइकल चलाउँदा दुर्घटनाको जोखिम बढेपछि चार वर्ष अगाडि जिल्ला अदालतले पुलमा मोटरसाइकल चलाउन नपाउने आदेश जारी गर्यो । अदालतको आदेशपछि सवारी साधन भएका स्थानीयवासी व्यास नगरपालिका–५ पाटनको बाटो हुँदै दमौली आउन थाले । अदालतको आदेशसँगै पैदलयात्रीलाई त झोलुङ्गे पुलबाट आवतजावत गर्न सहज भयो, तर सवारी साधन भएकालाई वारी आउन झनै समस्या हुन लाग्यो । अदालतको निर्णय अव्यवहारिक भएको भन्दै स्थानीयवासीबाट उक्त आदेश उल्लङ्घन गर्दै केही समय लगत्तै पुनः झोलुङ्गे पुलबाट मोटरसाइकल वारपार गर्न थाले । झोलुङ्गे पुलबाट मोटरसाइकल वारपार गर्दा दुर्घटनाको जोखिम उत्तिकै छ । साँघुरो पुल त्यसमाथि मोटरसाइकल गुडाइदिँदा वारपार गर्ने सर्वसाधारणलाई समस्या हुँदै आएको स्थानिया बासिको गुनासो छ । झापुटारका स्थानीयवासीको मुख्य बजार दमौली हो । झोलुङ्गे पुल तरेर पाँच मिनेटमै दमौली बजार आइपुग्छ । त्यसको विकल्पमा पाटनबाट दमौली आउन २० मिनेट भन्दा बढी लाग्छ ।
झापुटारबाट देउरालीनगर जोड्ने पक्की पुल नहुँदा यहाँका स्थानीयवासीलाई समस्या हुँदै आएको छ । स्थानीयवासीले वर्षौदेखि सेतीनदीमाथि पक्की पुलको माग गर्दै आए ।चुनाबि नारानै पुल बनाउछै भन्दै आस्पासन दियपनी विगतमा स्थानीयवासीको माग पूरा हुन सकेन ।
सङ्घीयता आएपछि गठन भएको गण्डकी प्रदेश सरकारले स्थानीयवासीको माग सम्बोधन गरेको छ । स्थानीय विजयलक्ष्मी थापाले हाम्रो माग सुनेर पक्की पुल निर्माण थालेकामा प्रदेश सरकारलाई धन्यवाद दिए । प्रदेश सरकारको रु ३२ करोड ४० लाख २७ हजार ३९४ को लागतमा पुल निर्माण शुरु भएको छ । पुल निर्माणका लागि विसं २०७७ मङ्सिर १९ गते रसुवा इलाइट जेभी काठमाडौसँग सम्झौता भएको थियो । विसं २०८० जेठ ९ गतेसम्म पुल निर्माण सम्पन्न गर्नुपर्ने म्याद रहेको कार्यालय प्रमुख ओमराज ढुङ्गानाले जानकारी दिए।
एक सय ५४ मिटर लामो रहने पुलको चौडाइ ९.५० मिटर रहनेछ । पाइल फाउण्डेशनमा निर्माण हुने पुल स्टिल ट्रसको हुनेछ । पुल निर्माणका लागि चालू आर्थिक वर्षमा रु चार करोड ५० लाख विनियोजन भएकामा निर्माण कम्पनीलाई रु दुई करोड ८६ लाख भुक्तानी दिइएको छ ।