काठमाडौँ । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले कांग्रेसभित्र कुनै विवाद नभएको बताउनुभएको छ । नेपाली कांग्रेस तथा नेविसङ्घ लमजुङ–काठमाडौँ सम्पर्क समितिले आज यहाँ आयोजना गरेको नयाँ वर्ष २०७८ को शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा उहाँले वर्तमान सरकारको विकल्प खोज्नेबारे कांग्रेसभित्र कुनै विवाद नभएको बताउनुभएको हो ।
“कांग्रेसभित्र वर्तमान सरकारको विकल्प खोज्नेबारे सबै नेताहरुको एकमत रहेको छ, कांग्रेस सरकारको नेतृत्वमा निर्वाचनमा जानेबारे पार्टीभित्र एउटै धारणा छ”, उहाँले भन्नुभयो । बाहिर सञ्चारमाध्यममा आएजस्तो कांग्रेसभित्र कुनै विवाद नभएको उहाँको भनाइ छ ।
कांग्रेस प्रचारप्रसार विभाग प्रमुखसमेत रहनुभएका प्रवक्ता शर्माले नेपाली कांग्रेस राजनीति दल मात्र नभएर समाजको प्रतिनिधित्व भएको बताउँदै कांग्रेसले मात्र मुलुकलाई सही बाटोमा लैजाने बताउनुभयो । कांग्रेसको छवि बदलेर सङ्गठनात्मक स्वरुप बदल्नुपर्ने प्रवक्ता शर्माको भनाइ छ । उहाँले कांग्रेसभित्र सबैले आफ्नो जिम्मेवारीलाई सही ढङ्गले निभाउन सकेमात्र कांग्रेस रुपान्तरण हुने बताउनुभयो ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य दिलबहादुर घर्तीले कांग्रेसलाई मजबुद र एकताबद्ध बनाए मात्र आगामी निर्वाचनमा जीत हासिल गर्न सकिने बताउनुभयो । विगतका अनुभवलाई विचार गरेर नयाँ पिंढीलाई कांग्रेसबारे प्रशिक्षण गर्नुपर्ने उहाँको भनाइ थियो ।
कांग्रेस लमजुङका सभापति भेषबहादुर पौडेलले पार्टीभित्र देखिएको गुट, उपगुटलाई अन्त्य गरेमात्र कांग्रेस बलियो हुने बताउनुभयो । पूर्वसहायकमन्त्री डा रामचन्द्र अधिकारीले कांग्रेसभित्र साझा नेतृत्व आवश्यक रहेको उल्लेख गर्नुभयो । सम्पर्क समितिका अध्यक्ष प्रदीप अधिकारीले लमजुङमा कांग्रेसको सङ्गठन बलियो बनाउनका लागि एकजुट भएर लाग्नुपर्ने अवस्था आएको बताउनुभयो ।
Month: February 2022
कर्णालीका मन्त्रीको राजीनामा स्वीकृत,कानुन र कृषि मन्त्रीलाई रिक्त मन्त्रालयको जिम्मेवारी
काठमाडौँ । कर्णालीका मन्त्रीको राजीनामा स्वीकृतभयको छ । गएको मंगलबार मुख्यमन्त्री शाहीलाई बुझाइएको आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वाला, सामाजिक विकास मन्त्री दल रावल र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री नन्दसिंह बुढाको राजीनामा शनिबार स्वीकृत गरिएको हो।
मुख्यमन्त्री शाहीले यी खाली रहेका मन्त्रालयको जिम्मेवारी आन्तरिक मामिला तथा कानुन मन्त्री नरेश भण्डारी र भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विमला केसीलाई दिएका छन्।
मन्त्री भण्डारीलाई आर्थिक मामिला तथा योजना मन्त्रालय र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी दिईएको मुख्यमन्त्री शाहीका प्रेस सल्लाहकार ध्रुव बुढाथोकीले जानकारी दिए।
यस्तै, भौतिक पूर्वाधार विकास मन्त्रालय र सामाजिक विकास मन्त्रालयको जिम्मेवारी मन्त्री केसीलाई दिइएको उनले जानकारी दिए।
भौतिक पूर्वाधार मन्त्री रहेका खडक खत्रीलाई बैंकिङ कसुरसम्बन्धी मुद्दा लागेपछि मुख्यमन्त्री शाहीले २०७६ साउन ३० गते बर्खास्त गरेका थिए। त्यसयता उक्त मन्त्रालयको जिम्मेवारी मुख्यमन्त्रीले आफैंसँग राखेका थिए।
पछिल्लो समय नेकपा विवाद सुरु भएयता सर्वोच्चले नेकपा बन्न एक भएका एमाले र माओवादी केन्द्रलाई पूर्ववत् अवस्थामा फर्किन फैसला गरेपछि एमालेको कर्णाली प्रदेश संसदीय दलको बैठकले आफ्ना मन्त्रीहरूलाई फिर्ता बोलाउने निर्णय गरेको थियो।
जसअनुसार एमालेका तीन जना मन्त्रीहरूले राजीनामा दिएका थिए। माओवादी र एमाले अलग भएपछि कर्णालीको सरकार अल्पमतमा परेको छ। एमाले संसदीय दलको बैठकले चैत ५ गतेबाट लागू हुनेगरी माओवादी नेतृत्वका कर्णाली प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिइसकेको छ।
भारतमा एकै दिन एक लाख ४५ हजार कोभिड–१९ सङ्क्रमित
काठमाडौँ । भारतमा गयको २४ घण्टामा झण्डै डेड लाख मानिस सक्रमित भयका छन् । यो सङ्ख्या कोरोनाभाइरस महामारी सुरु भए यताकै सबैभन्दा ठूलो परिमाण भएको स्वास्थ्य अधिकारीहरुले जनाएका छन् ।
उनीहरुका अनुसार पछिल्लो २४ घण्टामा भारतमा कोरोनाभाइरसबाट एक लाख ४५ हजार ३८४ जना सङ्क्रमित भएका हुन् ।
यसअघि अघिल्लो एकै दिनमा एक करोड ३२ लाख पाँच हजार ९२६ जना कोरोनाभाइरसबाट सङ्क्रमित भएका थिए ।
सरकारी अधिकारीहरुले सोही अवधिमा भारतमा देशभरी कुल ७९४ जनाको कोरोनाभाइरसका कारण मृत्यु भएको छ ।
भारतमा अहिले पनि सङ्क्रमित अवस्थामै रहेकाहरुको सङ्ख्या दश लाख ४६ हजार ६३१ रहेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ ।
भारतमा अहिलेसम्म कोरोनाभाइरस मुक्त भएकाहरुको कुल सङ्ख्या एक करोड १९ लाख ९० हजार ८५९ रहेको छ ।
पार्टीबाटै हटाइएको मान्छेलाई ‘बिचित्रको फैसला’ले प्रधानमन्त्रीमा कायम राखिदियो ः प्रचण्ड
काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीबाटै हटाइएको मान्छेलाई सर्वोच्चले बिचित्रको फैसला गरी प्रधानमन्त्रीमै राखिदिएको दावी गरेका छन् ।
शनिवार काठमाडौंमा निजामति ट्रेड युनियनको कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले तत्कालीन नेकपामा ७० प्रतिशत केन्द्रीय सदस्यबाट प्रधानमन्त्री केपी ओलीलाई पार्टीबाट हटाउने बित्तिकै छलछाम गर्दै सेटिङका आधारमा प्रधानमन्त्रीमै कायम रहने अवस्था सिर्जना गरिएको उनले बताय ।
उनले संसद पुनःस्थापनासम्म आइपुग्दा सरकारात्मक भएपनि त्यसपछिको अदालतको फैसला जनताले गरेको परिवर्तन विरोधीको रुपमा आएको बताए । वैधानिक रुपमा अघि बढेको पार्टीविरुद्ध माग्दै नमागेको विषयमा फैसला गरेर मिलेका शक्तिलाई जबरजस्ती डिभोर्स गराइएको भन्दै परिस्थिति असहज अवस्थामा पु¥याइएको बताए ।
प्रचण्डले फेरि आन्दोलनमा जानुको विकल्प नभएको बताउँदै मजदुर, उल्लेख किसानलाई दुःख नदिइकन आन्दोलन गर्नुको विकल्प नभएको ।
उनले बतायका छन् ।
सभापति देउवाको नेतृत्वमा सरकारः महामन्त्री कोइराला
नेपाली कांग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले कांग्रेसको नेतृत्वमा छिटै नयाँ सरकार बन्ने बताउनुभएको छ । आज यहाँ पत्रकारसँग कुराकानी गर्नुहुँदै उहाँले कांग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वमा सरकार बन्ने बताउनुभएको हो ।
उहाँले भन्नुभयो, “शेरबहादुरजी संसदीय दलको नेता हुनुहुन्छ । उहाँकै नेतृत्वमा अब सरकार बन्छ । यस विषयमा अन्य दलसँग छलफल जारी छ ।” जनता समाजवादी पाटीसँग सरकारका विषयमा छलफल भइरहेको र केही दिनमा नै टुङ्गो लाग्ने उहाँको भनाइ थियो ।
उहाँले थप्नुभयो, “जसपासँग छलफल भइरहेको छ । उहाँहरु पनि आन्तरिक छलफलमा हुनुहुन्छ ।” जसपाको निर्णय आएलगत्तै सरकार परिवर्तन हुने उहाँले बताउनुभयो । फरक प्रसङ्गमा उहाँले कांग्रेसको महाधिवेशनलाई असर नगर्ने गरी सरकारमा जानुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “समयमा नै महाधिवेशन गर्नुपर्छ भन्ने हाम्रो धारणा हो । सरकारमा जाँदा महाधिवेशनलाई कुनै असर पर्नु हुँदैन ।”
आज २०७७ चैत्र २८ गते शनिवारको राशिफल
आज २०७७ चैत्र २८ गते शनिबार । ज्योतिष शास्त्रमा जन्म समय अनुसार फलादेश हुन्छ । सोही अनुसार उनीहरुको दैनिकी कस्तो रहन्छ । भन्ने विषयमा भविष्यवाणी गरिन्छ । तपाईको आजको दिन कस्तो रहनेछ ।
मेष
अधुरो काम पूरा हनेछ । वैदेशिक कार्य अघि बढ्नेछ । मौनता अपनाउनु राम्रो । पारिवारिक कलहको सम्भावना छ, शान्त रहनु बुद्धिमानी हुनेछ ।
बृष
जग्गा खरिद विक्रीका लागि तपाईको आजको दिन शुभ हुनेछ । नाक तथा घाँटीमा समस्या आउला । मनमा प्रशन्नता । पारिवारिक कलह ।
मिथुन
नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । धार्मिक कार्य सफल रहनेछ । प्रेम सम्बन्ध कसिलो होला । आज तपाईका लागि रमाइलो दिन छ ।
कर्कट
रिसलाई बसमा राख्नु बुद्धिमतापूर्ण हुनेछ । आँटेको र ताकेको कार्य पुरा होला । बोलीको प्रभाव पनि बढ्नेछ । यात्रामा सावधानी अपनाउनु पर्नेछ ।
सिंह
दाम्पत्य जीवन सुखमय देखिन्छ । अध्ययन अध्यापनमा रुची बढ्ने छ । राजनैतिक कार्यमा सफलता मिल्नेछ । दिनको उत्तरार्ध सुखद् रहनेछ । निर्णयमा अडिक रहनुस् ।
कन्या
स्वास्थयमा सामान्य समस्या देखिन सक्ला । अनावश्यक खर्च बढ्न सक्छ । धार्मिक यात्राको योग । मनमा शान्ति मिल्नेछ। दाम्पत्य जीवन सुखमय हुनेछ ।
तुला
वैदेशिक यात्राको अवसर मिल्नेछ । केही कुरा बोल्नु अगाडि विचार गर्नुहोला । केटा तथा केटी साथीबाटा टाढा रहनुहोला । मनमा चिन्ता । धार्मिक यात्राबाट आनन्दी ।
बृश्चिक
पारिवारिक कलहको सम्भावना छ, शान्त रहनु बुद्धिमानी हुनेछ । अधिकार प्राप्तिका लागि संघर्श गर्नु पर्ला । महत्वपूर्ण अवसर गुम्न सक्छ ।
धनु
मनलाई दरिलो बनाई गरिएको निर्णय आफ्नै हितमा हुनेछ । महत्वपूर्ण अवसर गुम्न सक्नेछ । राजनैतिक कार्यमा बाधा आउनेछ । नजिकको व्यक्तिबाट धोका पाइन सक्नेछ सचेत रहनुहोला ।
मकर
जोखिमपूर्ण चुनौतीको सामना गर्दा तपाईलाई आज शुभ हुने योग छ । केही कुरा बोल्नु अगाडि विचार गर्नुहोला, तपाइका साथी र आफन्तलाई ठेस पुग्न सक्छ ।
कुम्भ
सिर्जनात्मक काममा हात हाल्नुहोला । माया प्रेममा सुमधुरता । राम्रो सहयात्रीको मिलन हुने सम्भावना छ । बाहिर खानु अघि विचार गर्नुहोला, स्वास्थ्यमा समस्या आउँन सक्छ ।
मीन
अभिभावकको आशीर्वाद मनन गर्नुहोला । कुनै पनि व्यावसायिक काममा व्यस्त रहनुहोस्, महत्वपूर्ण कार्यहरु सम्पादन गर्दा फलदायी हुनेछ ।
राशिफलमा जेजस्तो लेखियतापनि भाग्यामा भन्दा र्कममा विश्वास गर्नुहोला अवस्या पनि तपाइको दिन सुखद वित्ने छ ।
मकवानपुरमा डढेलोले क्षति
काडमाडौँ । जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार चालु आर्थिक वर्षको साउनदेखि चैतसम्ममा विभिन्न स्थानमा डढेलो कारण ३८ घर जलेर नष्ट भएको छ । जिल्लामा चालु आर्थिक वर्षको हालसम्ममा रु तीन करोड ७० लाख मूल्य बराबरको क्षति भएको छडढेलोले एक हप्ता अगाडि मकवानपुरमा एक वृद्ध महिलाको मृत्यु भएको छ भने पाँच घाइते भएको प्रहरीले जनाएको छ । घाइते सामान्य उपचारपछि घर फिर्ता भएको सो कार्यालयका प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले जानकारी दिनुभयो ।
त्यस्तै डढेलोले तीन पक्की र ३५ कच्ची घर जलेर नष्ट भएकोे छ । साथै २३ गोठ तथा बाख्रालगायतका ५० चौपाया जलेर मरेको छ । केही सङ्घ÷ संस्थाले पीडितलाई राहत सहयोग गरेको पनि जानकारी दिइएको छ ।
यसैबीच डढेलोको कारण मकवानपुरगढीका खानेपानी तथा सिँचाइका पाइपमा क्षति पुगेको छ । त्यहाँ खानेपानीको समस्या भएको छ । गत मगङ्लबार मकवानपुरगढी गाउँपालिका वडा नम्बर–२ को सानोगढीबाट शुरु भएको डढेलोले मकवानपुरगढी बृहत् खानेपानीको १४० एमएमको १०० मिटर पाइप नष्ट भएको बताइएको छ ।
त्यहाँ प्रथम धवाडी सिँचाइ, माथिल्ला धवाडी सिँचाइ, धवाडी दोस्रो खानेपानी र धरमपानी खानेपानीअन्तर्गत ४०० मिटर पाइप नष्ट भएको धवारी दोस्रो खानेपानी उपभोक्ता समूहका सचिव इमनाथ तिमल्सिनाले जानकरी दिनुभयो । अप्ठ्यारो ठाउँ भएकाले आगो निभाउनसमेत समस्या रहेको उहाँले बताउनुभयो । मकवानपुरगढी बृहत् खानेपानी योजनाअन्तर्गतका १५० मिटर पाइप पनि डढेलोका कारणले नष्ट भएको उक्त बृहत् खानेपानी उपभोक्ता समूहका अध्यक्ष विष्णुप्रसाद न्यौपानेले जानकारी दिनुभयो ।
उत्तरी आयरल्याण्डमा भएको हिंसाको युरोपेली आयोगद्वारा निन्दा
काठमाडौँ । युरोपेली आयोगले संयुक्त अधिराज्यको उत्तरी आयरल्याण्डमा भएको हिंसाको निन्दा गरेको छ । बिहीबार सो आयोगले उक्त हिंसाको विज्ञप्ति कडा निकालेर निन्दा गरेको छ ।
उक्त विज्ञप्तिमा भनिएको छ कि– यस्तो प्रकारको हिंसा कदापि मान्य छैन, यसबाट कसैले पनि केही प्राप्त गर्न सक्दैनन्, त्यसैले यस्ता हिंसात्मक गतिविधिहरु तुरुन्त रोकेर नागरिकको सुरक्षाको सुनिश्चितता हुनुपर्छ ।
बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनले पनि यस्तो खालका हिंसात्मक गतिविधिहरु तुरुन्त रोक्न आग्रह गर्नुभएको छ । उहाँले नागरिकका जे जस्तो सुकै मागहरु भए पनि ती सबै शान्तिपूर्ण वार्ताको माध्यमबाट गर्न सकिने भन्दै त्यसका लागि प्रयत्न गर्न आग्रह पनि गर्नुभएको छ ।
ब्रेक्जिटको विषयलाई लिएर उत्तरी आयरल्याण्डमा केही समय यतादेखि दंगाहरु भइरहेको बताइएको छ । प्रदर्शनकारीहरुले हिंसात्मक रुपमा आफ्ना प्रदर्शन गरिरहेका बताइएको छ ।
यस प्रदर्शनले हिंसात्मक रुप लिन सक्ने भन्दै यस्ता विरोधहरुलाई शान्तिपूर्ण रुपमा राख्न तथा सबै समस्याको समाधान वार्ताका माध्यमबाट नै खोज्न बेलायतका प्रधानमन्त्री जोन्सनले पटक पटक आग्रह गर्नुभएको छ ।
मोवाइल पड्किदा गम्भीर घाइते
काठमाडौँ । चार्जमा राखेको मोवाइल पड्किदा एक महिला गम्भीर घाइते भएकी छिन् । भोजपुरको षडानन्द नगरपालिका–१० बस्ने ५३ वर्षीय सर्मिला तामाङ घाइते भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
तामाङको हात, छातीलगायत ठाउँमा गम्भीर चोट लागेको प्रहरीको भनाइ छ । घाइतेको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
ओलीलाई साथ दिनेहरु दास हुन् ः नेपाल
काठमाडौँ । एमालेका वरिष्ठ नेता माधव कुमार नेपालले विधान विपरीत काम गर्ने नेकपा एमालेका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई साथ दिनेहरु दास भएको टिप्पणी गरेका छन् ।
शुक्रबार विराटनगर पुगेर उनले विमानस्थलमा पत्रकारसँग कुरा गर्दै भने, ‘ ओलीलाई साथ दिनेहरु दास हुन् । त्यसकारण समानान्तर कमिटि गठनका लागि विराटनगर आएका छौँ। ‘
ओलीले विधान विपरीत काम गर्दै हिडेका कारण सामान्तर कमिटी गठन गर्न शुरु गरेको उनको भनाइ छ ।
विधान विपरीत काम गर्नेलाई साथ, समर्थन दिने दास हुन्, हामी होइनौं,’ उनले भने ‘ओलीले पार्टीभित्र मुख हेरेर कारबाही चलाएका छन्, यो विधान विपरीत छ ।’
कोरोनाका कारण एकैदिनमा ४२ सयको मृत्यु
काठमाडौँ । ब्राजिलमा कोरोनाभाइरसका कारण एकैदिनमा थप चार हजार २४९ जनाको मृत्यु सरकारी अधिकारीहरुले जनायका छन् । योसँगै ब्राजिलमा कोरोनाका कारण अहिलेसम्म मृत्यु भएकाहरुको सङ्ख्या तीन लाख ४५ हजार २५ पुगेको छ ।
स्वास्थ्य मन्त्रालयले दैनिक चार हजारभन्दा बढीको मृत्यु भएको एकै हप्तामा यो दोस्रो पटक भएको जनाएको छ । यसअघि गत मङ्गलबार ब्राजिलमा कोरोनाका कारण एकैदिनमा चार हजार १९५ जनाको मृत्यु भएको मन्त्रालयको तथ्याङ्क छ ।
कोरोनाका कारण पछिल्लो २४ घण्टामा ८६ हजार ६५२ जना सङ्क्रमण भएको मन्त्रालयले जनाएको छ । योसँगै ब्राजिलमा अहिलेसम्म कोरोना भाइरसबाट सङ्क्रमितको कुल सङ्ख्या एक करोड ३२ लाख ७९ हजार ८५७ पुगेको छ ।
।
माओवादि केन्द्रले गर्योबादललाई पनि कारबाही
काठमाडौं । नेकपा माओवादी केन्द्रले पार्टीका तर्फबाट राष्ट्रियसभा सदस्य रहेका गृहमन्त्री रामबहादुर थापा ‘बादल’लाई कारबाही गरेको छ। थापाले दल त्याग गरेको पत्र माओवादी केन्द्रका राष्ट्रिय सभा दलका नेता दिनानाथ शर्माले संघीय संसद सचिवालयलाई बुझाएका हुन् । ‘हामीले दल त्याग गरेको पत्र बुझाइ सक्यौं,’ शर्माले भने, ‘संसद सचिवालयका कर्मचारी साथीहरुले दर्ता गर्दै हुनुहुन्छ ।’
त्यस्तै माओवादी केन्द्रले एमालेमा गएका राष्ट्रियसभा सदस्य चन्द्रबहादुर खड्कालाई पनि कारबाही प्रक्रिया अगाडि बढायको माओवादि केन्द्रले जनायको छ। उनलाई कारबाहीका लागि २४ घण्टे स्पष्टीकरण सोधिएको र स्पष्टिकरण आय पश्चाल कारभइ प्रक्रीया अगाडि बढाउने समेत माओवादि केन्द्रले जनायको छ। यसअघि माओवादी केन्द्रले एमालेमा गएका टोपवहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशंकर चौधरीलाई समेत कारबाही गरिसकेको छ।
पद मुक्त भयका चार जना मन्त्री पुन नियुक्त, ५ बजे शपथ ग्रहण
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रले सांसद पदबाट मुक्त गरिनुभएका चारजना पूर्वमन्त्रीहरूलाई पुनः मन्त्री पदमा नियुक्त गर्नुभएको छ ।
माओवादी केन्द्र छाडेर नेकपा एमाले प्रवेश गरेका टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशंकर चौधरीलाई प्रधानमन्त्री ओलीले पुनः मन्त्री पदमा नियुक्त गर्नुभएको हो ।
पुनः मन्त्री पदमा नियुक्त हुनुभएका उहाँहरुको शपथ कार्यक्रम आज अपराह्न ५ बजे राष्ट्रपति कार्यालयमा हुने भएको छ ।
राष्ट्रपति कार्यालयका प्रवक्ता रूपनारायण भट्टराईले राष्ट्रपति विद्यादेवी भण्डारीले आजै साँझ नवनियुक्त मन्त्रीहरूलाई शपथ ग्रहण गराउने बताउनुभयो ।
बिहीबार सांसदबाट पदमुक्त हुनुभएका उहाँहरुलाई प्रधानमन्त्री ओलीले पुनः नियुक्तिका लागि सिफारिस गर्नुभएको हो । सांसद नरहेको व्यक्ति पनि ६ महिनासम्म मन्त्री बन्न सक्ने संवैधानिक व्यवस्था छ ।
बूढानीलकण्ठ हिँडेका जसपाका नेताहरु बीच बाटोमै बसे छलफलमा
काठमाडौँ । नयाँ सत्ता समीकरणका लागि काँग्रेस सभापति शेरबहादुर देउवाले माओवादी केन्द्र र जसपासँग छलफल गर्न बोलाएको छलफलमा सहभागी हुन हिँडेका जनता समाजवादी (जसपा) का नेताहरु बाटोमै छलफल गर्न बसेका छन् । बैठकमा एउटै स्वर राख्नका लागि उनीहरु बीच बाटोमै छलफलमा जुटेका हुन् ।
स्रोतका अनुसार जसपाका अध्यक्ष डा. बाबुराम भट्टराई, अर्का अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादव, बरिष्ठ नेता राजेन्द्र महतो र अर्का नेता अशोक राई बूढानीलकण्ठ छेउछाउमै छलफलमा बसेका हुन् ।
नेताहरु आपसी छलफल सकेर चार बजेसम्म देउवा निवास बूढानीलकण्ठ पुग्ने जसपा स्रोतले जानकारि दियको छ ।
एक दिनको बाटो तीन घण्टामा छोटियो
काठमाडौँ । धवलागिरि गाउँपालिका–५ मल्कवाङका हरि छन्त्याल घरबाट हिँडेको तीन घण्टामै बेनी आइपुग्नुहुन्छ । गाडी चढेर मल्कवाङबाट हिँडेको तीन घण्टामै बेनी आउन पाएकामा छन्त्याल दङ्ग पर्नुभयो । “यसअघि बिहानै हिँडेर साँझमा घर पुगिन्थ्यो”, उहाँले भन्नुभयो, “गाउँमा सडक पुगेकाले छिटो र सजिलो भएको छ ।”
धवलागिरि–४ मुदीका विजय घर्तीमगरले दुई हजार लिटर भिरमह गाउँबाट सिधै पोखरा पुर्याएर बेच्नुभयो । “जडीबुटी र मह ढुवानी गर्न व्यापारीले हेलिकोप्टर चार्टर्ड गर्थे”, उहाँले भन्नुभयो, “सडक आएपछि गाडीमा सस्तो र सजिलै बजारमा मह लैजान पाइयो ।”
भौगोलिकरूपमा विकट र दुर्गम क्षेत्रमा पर्ने मुदी र मल्कवाङ सडक सञ्जालमा जोडिएपछि स्थानीयवासीलाई आवतजावत, ढुवानी र गाउँका जडीबुटी, कृषि उपज र खसीबोका निकासी गर्न सहज भएको छ । यसअघि सडक र यातायात सुविधा नहुँदा घोडा, खच्चर र भरियाबाट दैनिक उपभोग्य सामान ढुवानी गर्दा महङ्गो पथ्र्यो । सडक निर्माण भएपछि डेढ घण्टाको बाटो २० मिनेटमा छोटिएको मुदीका धनबहादुर घर्तीमगरले बताउनुभयो ।
फलियागाउँबाट दर हुँदै मुदी र मराङको बेँशीबाट आरवाङ हुँदै मल्कवाङ जोड्ने सडकमा जीप, ट्र्याक्टर र मोटरसाइकल चल्न थालेका छन् । विसं २०७३ मा शुरु भएको छ किलोमिटर दूरीको मुना–मुदी सडक निर्माणमा तत्कालीन जिविस र गाउँपालिकामार्फत रु तीन करोडभन्दा बढी लगानी भएको छ । “अक्करे र जोखिमयुक्त सिम्वाङको भिरलगायतका ठाउँमा पहाड फुटाएर बस चल्ने सडक बनाएका छौँ”, धवलागिरि गाउँपालिकाका अध्यक्ष थमसरा पुनले भन्नुभयो, “मुदी, खिवाङ, नेरवाङ, नाउरा, बगर, चेचुङ, सिम्कोसका करिब एक हजार घरधुरी लाभान्वित भएका छन् ।”
प्रदेश सरकारअन्तर्गतको पूर्वाधार विकास कार्यालयले रु एक करोड ५२ लाखको लागतमा मराङको बेँशीबाट आरवाङ–हाङवाङ हुँदै मल्कवाङ जोड्ने ११ किलोमिटर सडक निर्माण गरेको हो । मल्कवाङ, मलम्पार, भेडिखाल्टाका साथै छिमेकी रघुगङ्गा गाउँपालिकाको कुइनेखानीका करिब ५०० घरधुरी लाभान्वित भएका वडाध्यक्ष खर्ककुमारी छन्त्यालले बताउनुभयो । “यस सडकले मराङको आरवाङ, रिखा, घण्टीवाङ, हाङवाङका डेढ सय घरधुरीलाई पनि सुविधा पुगेको छ”, उहाँले भन्नुभयो, “बेँशीबाट पैदलयात्रा गरेर मल्कवाङ पुग्न दुई घण्टा लाग्दथ्यो । गाडीबाट ३० मिनेटमै पुगिन्छ ।”
सात वटा वडा रहेको धवलागिरिको गुर्जाबाहेक छवटा वडामा सडक सञ्जाल पुगेको छ । प्रदेश सरकारमार्फत म्याग्दीखोला र मराङखोलामा मोटरेबल पुल निर्माण शुरु भएको छ । गाउँपालिकाले अस्थायी पुल बनाएको दाङखोलामा पक्की पुल बनाउन ठेक्का लागेको छ । मुदी जोड्ने सडकको दरखोलामा पनि मोटरेबल पुल निर्माणका लागि यस वर्ष सङ्घ सरकारबाट बजेट विनियोजन भएको गाउँपालिकाका उपाध्यक्ष रेशम छन्त्यालले बताउनुभयो । “गुर्जामा आन्तरिक सडक खन्ने र अन्य वडा तथा बस्तीमा खनिएका सडक स्तरोन्नतिमा प्राथमिकता दिएका छौँ”, उहाँले भन्नुभयो, “बाह्रै महिना यातायात सञ्चालनको व्यवस्था मिलाउन मोटरेबल पुल निर्माण पनि अघि बढेको छ ।”