महेश बस्नेतको जवाफ कांग्रेसले प्रधानमन्त्रीलाई च्यालेन्ज गर्न सुहाउँदेन

काठमाडौँ । संसदमा बहस गर्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई चुनौती दिएका कांग्रेस सांसद गगन थापालाई नेकपा एमाले सांसद महेश बस्नेतले सांसदको संख्या कति हो भन्ने सम्झाएका छन् ।
बिहीबार प्रतिनिधिसभाको विशेष समयमा प्रमुख विपक्षी कांग्रेसका सांसद थापाले ओलीको नेतृत्वमा सरकार बनेपछिका तीन वर्षमा के के भए त्यसमाथि सदनमै बहस गर्न चुनौती दिएका थिए ।
कांग्रेस सांसद थापालाई जवाफ फर्काउँदै एमाले सांसद बस्नेतले अहिले रहेको सांसदको संख्या देखाएका हुन् ।
२०६४ सालमा एमालेलाई जनताले ३४ सिटमा सीमित गरिदिएका थिए । २०७४ को निर्वाचनमा जनताले कांग्रेसलाई २३ सिटमा सीमित गरिदिएका छन् । समानुपातिकसमेत हिसाब गर्दा उहाँहरूको ६३ सिट छ’, उनले भने, ‘त्यसो हुनाले प्रधानमन्त्रीलाई च्यालेन्ज गरेर बालहठ देखाउने साथीहरूलाई म भन्न चाहन्छु– यो बोकाको शैलीले दाईं गरिँदैन, दाईं गर्न गोरुकै शैली चाहिन्छ ।’
संसदको यही संख्या देखाउँदै नेता बस्नेतले संसदमा सबैभन्दा ठूलो दलको हैसियतले नेकपा एमालेले नै प्रतिनिधित्व गर्ने बताए ।
‘आज संसदमा सबैभन्दा ठूलो दलको हैसियतले नेकपा एमालेले प्रतिनिधित्व गर्छ र प्रधानमन्त्रीले ल्याएका असंख्य योजनाहरूलाई हामीले सके सहयोग गरौं नसके बस्तुनिष्ट ढङ्गले त्यसको विरोध गरौं’, नेता बस्नेतले भने ।

नारायणी नदी किनारमा पाटेबाघको अस्थिपञ्जर फेला

राष्ट्रिय गैँडा गणनाका क्रममा नारायणी नदी किनारमा पाटेबाघको अस्थिपञ्जर फेला परेको छ । गैँडा गणनाका क्रममा आज दिउँसो चितवनको भरतपुर–१६ स्थित सेतीदेवी सामुदायिक वनमा पर्ने नारायणी नदी किनारमा पाटेबाघको अस्थिपञ्जर फेला परेको हो ।
पाटेबाघको अस्थिपञ्जर फेला परेपछि डिभिजन वन कार्यालयको टोलीले मुचुल्का उठाएर अस्थिपञ्जर लिएर आएको कार्यालयका सूचना अधिकारी बालकृष्ण खनालले जानकारी दिनुभयो ।

बाढी पीडितलाई ५० करोड दिने विपद् कोषको निर्णय

काठमाडौं । विपद जोखिम न्यूनिकरणको राष्ट्रिय परिषद् बैठकले बाढी र पहिरोका कारण क्षति पुगेका घरको पुननिर्माणका लागि पहिलो किस्ताको रकम दिने निर्णय गरेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बिहीबार बसेको विपद जोखिम न्यूनिकरणको बैठकले गत वर्ष सिन्धुपाल्चोक, बाग्लुङसहितका जिल्लामा गएका बाढी र पहिरो पिडितहरुलाई पहिलो किस्ताको रकम बापत ५० करोड दिने निर्णय भयको विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेलले जानकारि दिनुभयो ।
साथै बैठकमा यस वर्ष आगलागीबाट क्षति पुगेका घरको पुनर्निमाणमा सहयोग गर्ने सम्बन्धमा पनि तयारी थाल्न प्रधानमन्त्री ओलीले निर्देशन दिएाक छन् ।
डढेलोका कारण वायु प्रदूषणसमेत बढिरहेको उल्लेख गर्दै ओलीले यसलाई ठूलो विपदको रुपमा लिएर नियन्त्रणका लागि सबै गम्भिर बन्नुपर्ने समेत ओलिले बताय छन् ।

सुरक्षा कारभाइमा परी अफगानिस्तानमा बीस लडाकू मारिए

काठमाडौँ । अफगानिस्तानमा भएको पछिल्लो सुरक्षा कारबाहीमा परी कम्तीमा २० लडाकू मारिएका छन् । देशको उत्तरी कुन्दुज प्रान्तमा पर्ने इमाम साहिब जिल्लामा भएको उक्त घटनामा परी मृत्यु भएको अधिकारीहरुले जनाएका छन् ।
घटनाका बारेमा तालिवान लडाकूहरुको तर्फबाट भने कुनै प्रतिक्रिया नआएको सैन्य अधिकारीहरुले जानकारी दिएका छन् ।

एकैदिनमा अहिलेसम्मकै सवैभन्दा धेरै एक लाख २७ हजार सङ्क्रमित

काठमाडौँ । भारतमा एकैदिनमा अहिलेसम्मकै सवैभन्दा धेरै कोरोना बाट सङ्क्रमित भएका छन् । सरकारी अधिकारीहरुले बिहीबार दिएको जानकारीअनुसार भारतमा पछिल्लो २४ घण्टामा एकैदिन झण्डै एक लाख २७ हजार जना सङ्क्रमित भएका हुन् ।
्केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले भारतमा अहिलेसम्मकै सवैभन्दा धेरै एकैदिन एक लाख २६ हजार ७८९ जना नयाँ सङ्क्रमित थपिएको जनाएको छ । यस सगैँ भारतमा कोरोन सक्रमितको कुल सङ्ख्या एक करोड २९ लाख २८ हजार ५७४ पुगेको छ ।
पछिल्लो २४ घण्टामा भारतमा ६८५ जनाको कारोना भाइरसका कारण मृत्यु भयका छन् । योसँगै भारतमा कोरोनाका कारण मृत्यु हुनेको कुल सङ्ख्या एक लाख ६६ हजार ८६२ पुगेको छ ।

प्रतिनिधि सभा बैठक बस्दै

काठमाडौँ । प्रतिनिधि सभाको बैठक आज दिउँसो १ बजेदेखि बसिरहेको छ । नयाँ बानेश्वरस्थित संसद भवनमा आज दिउँसो १ बजे देखि बैठक बसीरहेको संघीय संसद सचिवालयले जनाएको छ ।
आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले मधेशी र थारु आयोगको वार्षिक प्रतिवेदन पेश गर्ने कायक्रम रहेको जनाइयको छ ।
त्यस्तै सभामुख अग्निप्रसाद सापकोटाले आजको प्रतिनिधि सभा बैठकमा राष्ट्रिय सभा सदस्य ऐश्वर्यलाल प्रधानङ्गको निधनमा शोक प्रस्ताव समेल पारित गरिने छ। विसं। ०४८ सालमा राष्ट्रिय सभा सदस्यमा निर्वाचित भएका प्रधानङ्गको यही चैत २० गते निधन भएको थियो ।
राष्ट्रिय सभाका उपाध्यक्षसमेत हुनुभएका प्रधानङ्ग पूर्व वाणिज्य तथा आपूर्ति राज्यमन्त्री हुनुहुन् ।

माओवादी केन्द्रले गर्यो वाग्मती प्रदेशसभा बैठक अवरुद्ध

काठमाडौँ । वाग्मती प्रदेशसभाको आज बसेको बैठकमा विशेष समय लिएर प्रतिपक्षी दलका चार नेताले आ–आफ्नो धारण व्यक्त गर्नुभयो । उहाँहरुले विषेश समयमा बोलिसकेलगतै प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका नेताले मुख्यमन्त्री डोरमणि पौडेलबाट यसअघिको बैठकमा उठाइएको राष्ट्रिय सरोकारका विषयमा थप स्पष्ट जवाफ नदिएसम्म बैठक सञ्चालन गर्न नदिने भनेर बैठक अवरुद्ध गरायको हो ।
वाग्मती प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठले भन्नुभयो अर्को सूचना जारी नभएसम्मका लागि प्रदेशसभा बैठक स्थगन गरिएको छ । आज शुरु भएको बैठकमा विशेष समय लिएर बोल्नुहुँदै प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता इन्द्रबहादुर बानियाँले प्रदेश सरकारले अहिले स्वास्थ्य क्षेत्रलाई उच्च प्राथमिकतामा राख्नुपर्ने समयमा मन्त्रिपरिषद्ले आवश्यकीय कार्यविधि र मापदण्ड तयार नगरी विद्युतीय बस खरिदका लागि प्रक्रिया अघि बढाएको हुँदा भ्रष्टाचारलाई नै प्रोत्साहन गर्न खोजिएको हो कि भनी आरोप लगाउनुभयो ।
उहाँले सरकारले विगतका वर्ष झै यस वर्षमा पनि सरकारको नीति कार्यक्रम ल्याइँदा आइएनजीओहरुलाई अनुदान बजेट विनियोजन गर्ने प्रावधान राखिएको थिएन भन्नुभयो । उहाँले अहिलेको सरकारले मदन भण्डारी फाउण्डेशनलाई रु ५० लाख रकम एमाले पार्टीलाई आफ्नो राजनीतिक स्वार्थ पूरा गर्ने प्रयोजनका निमित्त के–के मापदण्ड तयार गरेर दिइएको हो संसद्मा प्रष्ट पार्न माग गर्नुभयो ।
नेता बानियाँले सरकारले आफैँ निर्माण कम्पनी स्थापना गरी सञ्चालन गर्न भनी विधेयक ल्याउन खोजिएकामा आपत्ति प्रकट गर्दै जनताकै सहभागितामा निजी कम्पनी सञ्चालन हुनु स्वभाविक भएको भन्दै सरकारले नै कम्पनी स्थापना गर्नु नाजायज र अनियमित कार्यलाई प्रत्साहित गर्न खोजिएको धारणा व्यक्त गर्नुभयो । बैठकमा साझा विवेकशील दलका रमेश पौड््यालले सरकारले प्रतिपक्ष दलहरुसँग सहकार्य, विचारविमर्श नै नगरी एकपक्षीय ढङ्गबाट आफ्नो चुनावी क्षेत्रमा प्रभाव पार्ने उद्देश्यले बजेट र योजनाको बाँडफाँट गर्नु नाजायज भएको उल्लेख गर्नुहुँदै सरकारले विद्युतीय बस खरिद प्रक्रियालाई तत्काल स्थगन गर्नुपर्ने बताउनु भयो ।

पछिल्लो २४ घण्टामा ३३९ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । पछिल्लो २४ घण्टामा ३३९ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर चार हजार १०० नमुनाको पीसीआर टेष्ट गर्दा २९८ जनामा संक्रमण पुष्टि भएको छ । यस्तै एक हजार ४० एन्टीजेन टेष्ट गर्दा ४१ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

जोशीको निधनले पार्टी र देशले योग्य नेता गुमायोः देउवा


काठमाडौँ। नेपाली काँग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीका नेता एवं पूर्वमन्त्री नविन्द्रराज जोशीको निधनले पार्टी र देशले योग्य नेता गुमाएको बताएका छन् ।
स्वर्गीय जोशीको १३औँ पुण्यतिथिका अवसरमा कांग्रेस केन्द्रीय समितिले आज पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजत गरेक शोकसभाम कार्याक्रममा बोल्दै भने स्व जोशी भविष्यमा पार्टी हाँक्नसक्ने नेता हुनुहुन्थ्यो ।
पाटि सभापति देउवाले भने “छोटो समयमा धेरै काम गर्नसक्ने अध्ययनशील नेता जोशी हुनुहुन्थ्यो, केही समय मन्त्री हुँदा पनि देश र जनताको पक्षमा काम गरेर जोशीले आफ्नो र पार्टीको नाम उच्च राख्नुभएको थियो,। आगामी दिनमा कांग्रेसको काँधमा ऐतिहासिक जिम्मेवारी रहेको उनको भनाइ थियो । काँग्रेस चुनाव हार्दैमा सङ्कटमा नपरेको सभापति देउवाले बताए । लोकतन्त्रलाई संस्थागत गरेमात्र नेता जोशीप्रति सच्चा श्रद्धाञ्जलि हुने उनको भनाइ थियो ।
काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले जोशीको निधनले देशले होनहार र उदीयमान नेता गुमाएको बताए । “लगनशील, सिर्जनशील र इमानदार नेता जोशीको अभाव आगामी दिनमा देश र काँग्रेसभित्र खड्किनेछ”, उनले भने। वरिष्ठ नेता पौडेलले स्व जोशीले विसं २०४६ को जनआन्दोलन पहिले विद्यार्थीका रुपमा र त्यसपछि कांग्रेसमा बसेर लोकतन्त्र स्थापनामा खेलेको भूमिका स्मरणयोग्य रहेको बताए ।

सुतिरहेकी किशोरिलाइ जबरजस्ति गरेको आरोपमा एक युवक पक्रउ

काठमाडौँ । १६ बर्षीय किशोरिलाइ जबरजस्ति गरेको आरोपमा २१ बर्षीय किशोर पक्रउ परेका छन्र । वालिङ गाँउपालिका २१ घर भयका गणेश बिक पक्रउ परेका हुन् ।
सोहि गाँउपालीका बस्दै आयकी किशोरीलाइ आफ्नौ घरमा करीव साडे दस बजेतिर जवरजस्ति करणी करण गरेको भन्दै आफन्तले दियको उजुरीका आधारमा बिकलाइ पक्रउ गरेको जिल्ला प्रहरी कार्यालयले जनायको छ
बिकलाइ मुद्धा दायर गरि अनुसन्धान भइरहेको प्रहरी नायका निरीक्षक राजेन्द्रप्रशादा अधिकारीले जानकारि दिनुभयो ।

मोटरसाइकले ठक्करदिदा एक महिलाको मृत्यु

काठमाडौँ । टीकापुर नगरपालिका–१, टीकापुर पार्कमा मोटरसाइकलको ठक्करबाट एक महिलाको मृत्यु भएको छ ।
आज बुधबार बिहान ८ बजे नम्बर नखुलेको मोटरसाइकलको ठक्करबाट टीकापुर नगरपालिका–१० की ६० वर्षीया पद्मा साउदको मृत्यु भएको हो ।
दुर्घटनामा गम्भीर घाइते भएकी महिलालाइ उपचारको लागि अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको ईलाका प्रहरी कार्यालय टीकापुरले जनाएको छ ।दुर्घटनामा संलग्न मोटरसाइकल र चालक फरार रहेको प्रहरीले जनाएको छ ।
फ्रहनर भयका चालकको खोजि भइरहेको र छीटै चालकलाइ नियान्त्रणमा लीयर कारभाइ प्रक्रीया आगाडि बढाउने प्रहरी कार्यालयले जनायको छ ।

गोठमा लागलागि हुँदा दुइ बालबालिकाको मृत्यु

प्युठानको गौमुखि गाउँपालिका – ३ रजवारामा रहेको यक गोठमा आगलागि हुँदा दुइ बालबालिकाको मृत्यु भयको छ ।
आज विहान करीव ९ बजे रमेस रानाको गाठमा आगलतगि भयको हो । आगलागीमा परि रमेस रानाका यक सात वर्षीय छोरा हिमाल राना र यक तिन बर्षीय छोरि चन्द्रकाला रानाको मृत्यु भयाको हो ।घरमा अभिभावक नभयकाले आगो कसरि लाग्यो भन्ने खुल्न सकेको छैन प्रहरी घटना स्थलमा पुगिसकेको र कसरी आगलागी भयो भन्नेवारे अनुसन्धान भइरहेको प्युठान प्रहरी कार्यालयले जनायको छ ।

कोरोना भाइरसबाट एकै दिनमा चार हजार भन्दा बढीको मृत्यु

काठमाडौँ । ब्राजिलमा गयको २४ घण्टामा कोभिड– १९ को संक्रमणको कारण ४ हजार भन्दा बढी व्यक्तिको मृत्यु भएको छ । ब्राजिलमा कोरोना भाइरस शुरु भएयता यति धेरै संख्यामा व्यक्तिहरुले ज्यान गुमाएका यो पहिलो पटक हो ।
ब्रालिजमा मंगलबार ४ हजार १९५ जनाले कोभिड–१९ बाट ज्यान गुमाएपछि यस संक्रमणबाट ज्यान गुमाउने व्यक्तिको संख्या करिब ३ लाख ३७ हजार पुगेको छ ।
ब्राजिलको स्वास्थ्य प्रणालीले कोभिड १९ को भयानक तनाव खेपिरेहको छ । एस्पिरिटो सान्टो फेडरल युनिभर्सिटीका महामारी विज्ञ एथेल मकिएलले भने, “हामी भयानक स्थितिमा छौं, र हामीले कुनै राज्य वा संघीय सरकारले प्रभावकारी उपाय देखिरहेका छैनौं“।
देशको जनसंख्याको १० प्रतिशतले पहिलो चरणको खोप लगाएका र हाल अत्यधिक रुपमा फैलिएको भाइरसको प्रकोपलाई नियन्त्रण गर्नको लागि एक मात्र उपाय कम्तीमा २० दिनसम्म प्रभावकारी लकडाउन भएको उहाँले बताउनु भएको छ ।
देशमा चलेको राजनीतिको कारण ब्राजिलका यो स्थिति आएको र ठूलो संख्यामा व्यक्तिहरु ज्यान गुमाउनु परेको विज्ञहरुको भनाई रहेको छ । कोरोना भाइरस नियन्त्रणको लागि विशेषज्ञहरूको सल्लाह नमानेको र देशमा यस प्रकारले स्वास्थ्य संकट निम्त्याउनुमा राष्ट्रपति जाइर बोल्सोनारो जिम्मेवार भएको आरोप लगाइएको छ ।
कोभिड १९ को कारण ज्यान गुमाउने व्यक्तिको हिसाबबाट ब्राजिल अमेरिकापछि दोस्रो स्थानमा पर्दछ । र समयमा नौ सजकता नअपनाय महामारि झनौ भयाबह हुने विज्ञहरुले बतायका छन् ।

नेपाल पत्रकार महासंघको मतादान कार्याक्रम आज

काठमाडौं । नेपाल पत्रकार महासंघको नयाँ नेतृत्व चयनका लागि देशभर मतदान भइरहेको छ । महासंघका सबै शाखा, प्रदेश समिति र केन्द्रीय समितिको निर्वाचन एकसाथ सुरु भएको हो । महासंघको केन्द्रीय समिति, प्रदेश समिति, जिल्ला शाखा र विभिन्न प्रतिष्ठान तथा एसोसिएटमा नयाँ नेतृत्वका लागि १३ हजार १२२ सदस्यले एकसाथ मतदान गर्दैछन् ।
मतदान सम्पन्न भएपछि बुधबार नै मतगणना शुरु गरिनेछ । कुनै बाधा नभए चैत २६ गते सबै तहको मतपरिणाम आउने महासङ्घको केन्द्रीय निर्वाचन समितिका संयोजक वरिष्ठ पत्रकार कपिल काफ्लेले जानकारी दिनुभयो । निर्वाचनमा तीन हजारभन्दा बढी पदाधिकारी तथा सदस्य निर्वाचित हुने र त्यसमा महिलाको उपस्थिति ३३ प्रतिशतभन्दा बढी रहने संयोजक काफ्लेले बताए । महासंघका सबै संरचनामा पूर्ण समावेशिताको व्यवस्था गरिएको छ ।
केन्द्रीय समितिको ४९ पदका लागि १५२ को उम्मेदवारी परेको छ । केन्द्रीय समितिको अध्यक्षमा विपुल पोखरेल र निर्मला शर्माले प्यानलसहित उम्मेदवारी दिएका छन् भने गजेन्द्र सिंह बुढाथोकी पनि अध्यक्षको प्रत्यासी हुन् । महासङ्घले आफ्नो सङ्गठनलाई संघीयता अनुरूप ढाल्दै प्रदेश समिति तथा प्रदेश परिषद्हरु पनि गठन गरिसकेको छ । देशका सात प्रदेशसहित काठमाडौँ उपत्यकालाई छुट्टै एकाइ मानी आठ भौगोलिक प्रदेश र प्रतिष्ठान शाखा तथा एसोसिएट संस्थाहरु रहने प्रतिष्ठान एवं एसोसिएट दुई गैर भौगोलिक प्रदेश गरी महासंघका १० प्रदेश समिति र परिषद् छन् ।
महासंघका जिल्ला शाखा ७७, प्रतिष्ठान शाखा ४२, एसोसिएट सदस्य ११, वैदेशिक शाखा नौ, प्रदेश परिषद् १०, प्रदेश समिति १०, केन्द्रीय परिषद् र केन्द्रीय समिति छन् । महासंघको केन्द्रीय समिति ४९ सदस्यीय छ भने प्रदेश समिति २१ सदस्यीय रहने प्रावधान छ । जिल्ला तथा प्रतिष्ठान शाखा भने सदस्य संख्याअनुसार रहने व्यवस्था छ । नेपाल पत्रकार महासङ्घ सम्पूर्ण नेपाली पत्रकारहरुको साझा छाता सङ्गठन हो । देश विदेशमा रहेका नेपाली पत्रकारहरुलाई सङ्गठित गर्दै व्यावसायिक नेतृत्व प्रदान गर्ने र श्रमजीवी पत्रकारहरुको हकहित रक्षा गर्दै सम्पूर्ण सञ्चार क्षेत्रको विकासका लागि काम गर्नु महासङ्घको मूल ध्येय, लक्ष्य र दायित्व हो ।

दीपाश्री निरौलाको फेसबुक ह्याक गरेको आरोपमा १४ बर्षिय कीशोर पक्रउ

काठमाडौँ । दीपाश्री निरौला, सरोज खनाललगायत सेलिब्रेटीको फेसबुक अकाउन्ट ह्याक गरेको आरोपमा १४ वर्षीय किशोर पक्राउ परेका छन्।
प्रहरीको साइबर अपराध ब्युरोले पर्साको बहुदरमाई नगरपालिका–५ का ती किशोरलाई पक्राउ गरेको हो। दीपाश्रीका अनुसार ती किशोरले फेसबुक अकाउन्ट ह्याक गरि ह्याकरले एक लाख रुपैयाँ माग गरेको बतायकी छन्।
र उनका साथि सँगपनी पैसा मागेको देखिन्छ तर कसैले पैसा दिएको जानकारी अहिलेसम्म प्राप्त भएको छैन’, ब्युरोका एसएसपी नविन्द अर्यालले जानकारी दिए। उनका अनुसार विभिन्न कलाकारको फे‍सबुक अकाउन्ट ह्याक गर्ने यी नै किशोर हुन्। हालसम्म चार जना कलाकारले जाहेरी दिएका छन्।
एसएसपी अर्यालले भने ‘१४ वर्षको किशोर भएकाले अन्य व्यक्तिको पनि संलग्नता हुने सक्ने आशंकामा अनुसन्धान भइरहेको छ।