स्याङ्जामा रोकियको अवस्थामा बस जल्यो

काठमाडौं । स्याङ्जामा रोकिराखेको यात्रुवाहक बस जलेको छ । पुतलीबजार नगरपालिका–६ स्थित टक्सार–पोखरा सडकमा ग १ ख ७१६६ नम्बरको बस जलेको स्याङ्जाका एसपी होविन्द्र बोगटीले जनकारि दिनुभयो ।
सोमबार राती टक्सारमा यात्रु छोडेर फर्किने क्रममा रोकीयको बस जलेको हो । चालक २९ वर्षीय सुभास केसी र सह–चालक १८ वर्षीय नवराज गिरीलाई प्रहरीले नियन्त्रणमा लियर कसरि बस जल्यो भन्नेबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।
बस चालक आफै बसका मालिक पनि हुन् र मालिक आफैले इन्सुरेन्सको पैसा असुल गर्न बसमा आगो लगायको पनी हुनसक्ने आसंका गरियको प्रहरि कार्यालयले जनायको छ ।

ओली सरकारका चार मन्त्रीलाई सांसदबाट हटाउन माओवादी केन्द्रले पठायो पत्र

नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रले ओली सरकारका चार मन्त्रीलाई सांसद पदबाट हटाउन पत्र पठाएको छ।
गएको स्थायी समिति बैठकको निर्णय कार्यान्वयन गर्दै माओवादी केन्द्रले ऊर्जामन्त्री टोपबहादुर रायमाझी, उद्योगमन्त्री लेखराज भट्ट, श्रममन्त्री गौरीशंकर चौधरी र सहरी विकास मन्त्री प्रभु साहलाई सांसद पदबाट हटाउन संसद सचिवालयलाई पत्र पठाएको हो।
नेता दीनानाथ शर्माले भन्नुभयो आज प्रतिनिधि सभामा रहेकाहरूलाई सांसद पद नरहने गरी चिठी पठाइएको छ।
ुउहाँहरूलाई स्पष्टिकरण सोधिएको थियो। तीमध्ये कतिको चित्तबुझ्दो जवाफ आएन। कतिले सार्वजनिक रूपमै दल त्यागेको घोषणा गर्नुभयो,ु शर्माले भने, ‘दल त्याग गरेपछि स्वत पद जान्छ। त्यही जानकारी संसद सचिवालयमा पठाइएको हो।’
ओली समूहमा गएर मन्त्री बनेका खानेपानी मन्त्री मणि थापा र खेलकुद मन्त्री दावा लामा भने सांसद छैनन्। सांसद नरहे पनि ६ महिनासम्म मन्त्री हुन पाइने भएकाले प्रधानमन्त्री केपी ओलीले नियुक्ति दिएका थिए।

कर्णाली प्रदेश, एमालेका तीन मन्त्रीले दिए राजीनामा

काठमाडौँ । नेकपा एमालेबाट कर्णाली प्रदेश सरकारमा सहभागी तीन जना मन्त्रीले राजीनामा दिएका छन् । अर्थमन्त्री प्रकाश ज्वाला, सामाजिक विकासमन्त्री दलबहादुर रावल, र उद्योग, वन तथा पर्यटनमन्त्री नन्दसिंह बुढाले मंगलबार मन्त्री पदबाट राजीनामा दिएका हुन् ।
सरकारलमा एमालेका तीन जना मन्त्री सहभागी थिए । मुख्यमन्त्री शाहीलाई राजीनामा पत्र बुुझाएलगत्तै उनीहरुले पत्रकार सम्मेलन गरेर राजीनामा दिएको जानकारी दिएका हुन् । आथिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले संसदीय दलले सरकारलाई दिएको समर्थन फिर्ता गरेपछि आफूहरुले मन्त्री पदमा राजीनामा दिने निर्णय गरेको बताउनुभयो ।
सोही निर्णयअनुसार एमालेबाट मन्त्री बनेका तीनै जनाले राजीनामा दिएका हुन् । एमालेको समर्थन फिर्ता भएपछि कर्णाली प्रदेशमा मुख्यमन्त्री शाहीको सरकार स्पष्ट रूपमा अल्पमतमा परेको छ । १३ जना मात्रै सांसद रहेको माओवादी केन्द्रसँग बहुमत छैन ।
४० सांसद रहेको कर्णाली प्रदेशसभामा सरकारलाई बहुमतका लागि २१ जना सांसदको समर्थन चाहिन्छ ।कर्णालीमा एमालेका सभामुखसहित २०, माओवादी केन्द्रका १३, नेपाली काँग्रेसका ६ र राप्रपाका एक जना प्रदेश सभा सदस्य छन् । तर २० जना सांसद रहेको एमालेले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री महेन्द्रबहादुर शाही नेतृत्वको सरकार ढल्ने अवस्थामा पुगेको छ ।

गाईको खोले पकाउने चुलोको आगो सल्किएर १ जनाको मृत्यु

काठमाडौँ। चुलोको आगो आँफैले लगाएको कपडामा सल्किएर एक महिलाको मृत्यु भएको छ । इलाम जिल्लाको रोङ गाऊपालिका ३ मार्से कि ४८ बर्षीया मन माया राईको आगोले जलेर मृत्यु भएको हो ।
सोमबार दिउसो ११ बजे भान्सा कोठामा चिया लिन जाने क्रममा गाईको खोले पकाउने चुलोमा राईले लगाएको कपडामा आगो सल्कियको थीयो । आगो सल्किदा शरीरको बिभिन्न भागमा पोली घाइते भयकी महिलालाइ उपचारको लागि बिर्तासिटी अस्पताल बिर्तामोड झापा लगिएको थियो ।
उक्त अस्पतालमा उपचार हुन नसकेपछी रातको९ः१५ बजे थप उपचारको लागी मेची अञ्चल अस्पताल भद्रपुरमा लगेपनि उपचारको क्रममा राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।

पाल्पामा जीप दुर्घटनाहुँदा दुईजनाको मृत्यु

पाल्पाको तानसेन नगरपालिका–७ काजीपौवा भन्ने ठाँउमा जिप दुर्घटना भयको छ । काजिपौवा स्थित भित्री कच्ची सडकखण्डमा कुखुरा बोक्ने पिकअप जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको हो।
गए राति करिब साढे १२ बजे लु२च ६३२ नं को पिकअप जीप कुखरा ल्याउँदै गर्दा अचानक सडकदेखि करिब २० मिटर तल खसेर चालक बगनासकाली गाउँपालिका–४ का २० वर्षीय विजय खाम्चा र रिब्दीकोट–४ का २७ वर्षीय राज थापाको मृत्यु भएको छ जिल्ला प्रहरी कार्यालय पाल्पाले जनायको छ । घटना कासरि भयोभन्नेवारे प्रहरीले अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी रामेश्वर त्वातीले जानकारी दिनुभयो ।

रुकुम पश्चिममा माओवादीको जनसभा,

काठमाडौं । जनआन्दोलन दिवसको अवसर पारेर नेकपा माओवादी केन्द्रले रुकुम पश्चिममा माओवादीको जनसभाआयोजना गरेको छ सो जनसभामा पुस्पकमल दाहल (प्रचण्डले) ले सम्बोधन गर्ने भयका छन् । उक्त सभालाई ‘आर्थिक समृद्धि तथा सामाजिक रुपान्तरणका लागि जनप्रशिक्षण कार्यक्रम’ नाम दिइएको हो ।
माओवादी केन्द्र रुकुम पश्चिमका अध्यक्ष गोपाल शर्मा ‘अनल’का अनुसार पार्टी अध्यक्ष प्रचण्ड मध्याह्न १२ बजे सभास्थलमा पुग्ने कार्यक्रम छ । ‘मौसमले साथ दियो भने १२ बजे अध्यक्ष आइपुग्नुहुन्छ र कार्यक्रम सुरु हुन्छ,’ । उनका अनुसनर कार्याक्रममा सास्कृतिक झाँकी समेल प्रस्थुत गरिने छ ।

संक्रमण रोक्न पुन लकडाउन गर्ने अवस्था आउन सक्छः स्वास्थ्य मन्त्रालय

काठमाडौं ।स्वास्थ्य मत्रालयले पुन लकडाउन गर्नुपर्ने अवस्था आउन सक्ने भन्दै जनतनलाइ ध्यानार्कषण गरायको छ । स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीले आगामी जेठ असारसम्ममा पुनः लकडाउन गर्नुपर्ने अवस्था आउन सक्ने बताएका छन् । मन्त्री त्रिपाठीले कोभिड–१९ विरुद्ध जनस्वास्थ्यका मापदण्डलाई कडाइका साथ पालना गर्न र गराउन आग्रह गर्दै यस्तो बताएका हुन् ।
स्वास्थ्य मन्त्री त्रिपाठीले भने नेपालमा अहिले कोरोनाबाट आतंकित हुने अवस्था आयकोभने छैन तर स्वस्थ्य मापदण्ड अपनाउनमा होसियारी नभए अवस्था भयावह बन्न सक्ने बताएका हुन् ।
उनले लकडाउनमा जानुपूर्व जनस्वास्थ्यका मापदण्ड पालना गर्न समेत उनले आग्रह गरेका हुन् । ‘अहिले आतंकित हुनुपर्ने अवस्था छैन । सावधान र सतर्क रहौं’ मन्त्री त्रिपाठीले भने ।
आगामी जेठ–असारमा कोरोनाको दोस्रो लहर उच्च विन्दुमा पुग्ने जानकारी दिँदै उनले भने त्यतो भयाबह स्थिति आयमा पुन लकाडाउन गर्नुपदछ ।
खोप सहयोगका लागि मन्त्री त्रिपाठीले छिमेकी मुलुक भारत र चीनलाई धन्यवाद दिदै भने खोप आपूर्तिसम्बन्धी अध्यादेशलाई तत्काल संसदबाट अनुमोदन गर्नुपदछ ।

संसदमा पेस गरिएको सङ्घीय निजामती सेवा ऐनको मस्यौदा (पूर्ण पाठसहित)

काठमाडौँ । ९ महिना पछि आज(सोमबार) प्रतिनिधिसभाको बैठकमा सङ्घीय निजामती सेवा विधेयक प्रतिनिधि सभाको बैठकमा पेस भएको छ ।

राज्य व्यवस्था तथा सुशासन समिति सभापति शशी श्रेष्ठले‘सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सम्बन्धी राज्य व्यवस्था तथा सुशासन समितिको प्रतिवेदन, २०७७’ दफावार छलफलका लागि संसदमा पेस गरेकी हुन् ।
१५ असार २०७७ मा प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिबाट बिबादकैबीच पारित गरिएको विधेयक लामो समयसम्म अड्किएको थियो ।

समयमै ऐन नआउँदा स्थायी सरकारसमेत भनिने प्रशासनयन्त्र ठप्प जस्तै मात्र भएन कि लामो सङ्घर्ष र बलिदानीबाट प्राप्त सङ्घीयता कार्यान्वयनमा समेत अड्चन उत्पन्न भयो ।

राजनीतिक बेवास्ता तथा केही प्रशासनिक इन्ट्रेष्टका कारण संविधान निर्माण गर्ने भन्दा जटिल बनाइएको विधेयकमा समावेश कतिपय व्यवस्थाहरू कर्मचारीमैत्री मात्रै छैनन् कि राजनीतिक परिवर्तनले खोजेको र आम जनताले अपेक्षा गरेको सेवा प्रवाहबारे केही बोलेको छैन । जसले यो ऐन कसका लागि भन्ने अहम् प्रश्नसमेत उब्जाएको छ ।

दफावार छलफलका क्रममा नमिलेका कतिपय विषयवस्तुबारे गहन छलफल गरी संशोधनसहित तत्काल जारी गर्न जरुरी छ ।

पूर्ण पाठ

इन्डोनेसियामा बाढी र पहिरोमा परी करिब ९० जनाको मृत्यु

काठमाडौँ । इन्डोनेसियामा आएकोबाढी र पहिरोमा परी मृत्यु हुनेको संख्या ८७ पुगेको सरकारी अधिकारीहरुले जनाएका छन् । यस बाढी र पहिरोको कारण अझै पनि दर्जनौं व्यक्ति हराइरहेका छन् ।
यस बाढीबाट इन्डोनेसिया र छिमेकमा पर्ने इस्ट टिमोर बढी प्रभावित भएको अधिकारीहरुले सोमबार जानकारी दिएका छन् । यस प्रकोपबाट इन्डोनेसियामा ६६ र इस्ट टिमोर २१ जनाको मृत्यु इन्डोनेसियाको विपत् व्यवस्थापन निकायका प्रवक्ताले सोमबार बिहान बताउनु भएको छ । इस्ट टिमोरको राजधानी दिलीको आवासिय क्षेत्रमा घेरै व्यक्तिको मृत्यु भएको बताइएको छ ।
बाढी पहिरोका कारण दर्जनौं घरसहित भौतिक संरचनामा क्षति पुगेको प्रारम्भिक विवरणहरूमा जनाइएको छ । त्यस्तै बाढी र पहिरोमा परी केही व्यक्ति बेपत्ता पनि भएका छन् ।

चुनावलाई प्रतिगमन भन्ने दलहरुले कस्तो अग्रगमन खोजेको होः गोकुल बाँस्कोटा

काठमाडौं । एमाले सांसद तथा पूर्वमन्त्री गोकुल बाँस्कोटाले सरकारमाथि लागेका आरोपहरूको खण्डन गरेका छन् ।उनले भने सरकारले विकास निर्माणका काम अघि बढाएको, राष्ट्रिय स्वाधीनतालाई उच्च बनाएको भन्दै चुनावलाई प्रतिगमन भन्ने दलहरुले कस्तो अग्रगमन खोजेको ।
सोमबारको प्रतिनिधि सभामा बोल्दै पूर्वमन्त्री समेत रहेका बाँस्कोटाले संसदमा सरकार, विकास र राजनीतिक जटिलताका बारेमा उठेका प्रश्नहरुको सरकारका तर्फबाट खण्डन गर्दौ ओलि सरकारको बचाउ गरेका हुन् ।
उनले भने केपी ओली नेतृत्वको सरकार बन्नु अघिसम्म नेपालको राजनीति राजनीतिमा मात्रै केन्द्रीत भएको भन्दै विकास निर्माणका कार्या ओली सरकार आयपछि मात्र भयको र यसरी काम गर्न खोज्दा पनि माखोल उडाउन खोजिन्छ र खुसी व्यक्त गर्न सकिँदैन । उनले एजेण्डा विहीन नेतृत्वले केही गर्न नसक्ने भन्दै विरोधका लागि विरोध गर्दा सही गन्तव्यमा पुग्न नसकिने बताए ।

खुलेन विद्यार्थीले गरेको तालाबन्दी

काठमाडौँ । बझाङ दुर्गाथली गाउँपालिकामा रहेको एक प्राविधिक धारको विद्यालयमा पढाइ नभएको भन्दै विद्यार्थीले तालाबन्दी गरेका छन । चौधारी माध्यमिक विद्यालयमा आइएससीएजी अध्ययनरत विद्यार्थीले पढाइ राम्रोसँग नभयको र तत्काल पढाइ सञ्चालन गर्नुपर्ने भन्दै विद्यालय बन्द गराएका हुन् ।
विद्यालयले लामो समयसम्म आइएससीएजीका विद्यार्थीलाई शिक्षकले पढाइमा बेवास्ता गरेको र विद्यालय सञ्चालन भएको डेढ महिना भइसक्दा प पनि पढाइ नभएको भन्दै आफूहरुले विद्यालयमा तलाबन्दी गरेको विद्यार्थीले बताएका छन् । विद्यार्थीले पटकपटक विद्यालयमा पढाइ निरन्तरताका लागि अनुरोध नगरेका भने होन्न तर जति पटक अनुरोध गर्दापनि शिक्षक र विद्यालय प्रशासनले बेवास्ता गर्ने गरेको विद्यार्थीको भनाइ छ ।
पटकपटक शिक्षकले अटेरी गरेपछि यही चैत १६ गतेदेखि तालाबन्दी गरिएको बिजय खातिले जानकारी दीय । विद्यालयमा तालाबन्दी भएपछि आइएससीएजी र कक्षा ९ तथा १० का विद्यार्थीको पठनपाठनमा बाधा भएको छ । आइएससीएजीमा २५ विद्यार्थी विद्यालयमा अध्यनरत छन् ।
विद्यालयका प्रधानाध्यापक खगेन्द्र मिश्रले भन्नुभयो तलब सम्बन्धमा भएर शिक्षक उपस्थित नहुँदा पठनपाठन अवरुद्घ भएको हो अब छीटै विद्यार्थिको माग पुरा गर्छै । साथै विद्यार्थीले पनि जानकारी बिना नै तालाबन्दी गरेको र कुरा गर्न खोज्दाबीचमा चार÷पाँच दिन सार्वजनिक बिदा भएको हुँदा माग पूरा गर्न नसकेको बताउनु भयो ।

९ सय एम्पुल लागुऔषधसहित एक जना पक्राउ

काठमाडौँ । पर्सा प्रहरीले ९ सय एम्पुल लागुऔषधसहित १ जनालाई पक्राउ गरेको छ पर्सा जिल्ला बीरगञ्ज महानगरपालिका वडा नं–१६ शंकराचार्य गेट स्थितमा खटिएको प्रहरी टोलीले यूवकलाई पक्राउ गरेको हो ।
प्रहरीका अनुसार उनी सङ्कास्पद रुपमा हिडिरहेको अवस्थामा देखेपछि युवकलाई जाँच गर्ने क्रममा निजको शरीर रीतपूर्वक खानतलासी गर्दा निजले बोकेको कालो ब्याग भित्र लुकाइ ल्याएको लागु औषध फेनारगन ३०० एम्पुल ,डाईजेपाम ३०० एम्पुलर नुर्फिन ३०० एम्पुल गरी जम्मा ९०० एम्पुल फेला परेकोले उक्त लागु औषध बरामद गरी निजलाई नियन्त्रणमा लिएको हो ।
पक्राउ परेका अफरोज आलमलाई लागु औषध सम्बन्धी कसूर मुद्दामा थप अनुसन्धान अगाडि बढाइएको पर्सा प्रहरी नायव उपरीक्षक प्रल्हाद कार्कीजानकारि दीनुभयो।

बर्माका नागरिकको जीवन रक्षा गर्न माग


काठमाडौं । म्यानमार (बर्मा) का नागरिकको जीवन रक्षा, शान्ति र लोकतन्त्र बहालीको माग गर्दै मानव अधिकार तथा शान्ति समाजले प्रदर्शन एवं दबाबका कार्यक्रमलाई निरन्तरता दिने भएको छ ।
सन् २०२१ को फेबु्रवरी १ मा बर्मेली सेनाले कू गरेपछि लोकतन्त्र बहालीका लागि भइरहेको आन्दोलनमा त्यहाँको सेनाले निरन्तर दमन गर्दै आएको समाजले आज जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
बर्मामा भइरहेको दमन र हत्याको शान्ति समाजले निरन्तर विरोध गर्दै आएको छ । यही चैत २५ गते साँझ ६ः३० बजेदेखि ७ बजेसम्म बौद्धनाथ महाचैत्य अगाडि मुखमा कालोपट्टी बाँधी हातमा मैनवत्ती लिएर प्रदर्शन गर्ने कार्यक्रम रहेको महासचिव रामकृष्ण बरालले बताए ।
प्रदर्शनमा समाजका संस्थापक सभापति कृष्ण पहाडी, सल्लाहकार उत्तम पुडासैनीसहित नागरिक अगुवाको सहभागिता रहने जनाइएको छ ।
यसअघि ललितपुरस्थित बर्मेली दूतावास अगाडि र संयुक्त राष्ट्रसंघ कार्यालय अगाडि विरोध प्रदर्शन गरिसकेको छ भने शान्ति समाजका जिल्ला शाखाले एक दर्जन भन्दा बढी जिल्लामा बर्मामा लोकतन्त्र र शान्ति बहालीको मागसहित प्रदर्शन गरिसकेका छन् ।

नेपालमा फेरि बढ्यो वायु प्रदूषण

काठमाडौँ ।आज सोमबार काठमाडौं उपत्यकासहित देशभर वायु प्रदूषण फेरि बढेको छ । आज काठमाडौँ लगायत देसका अघिकांस स्थानमा घाम लागेको छैन देसका धेरै स्थानमा आगो लाग्दा तुवालो लाग्दा वातावरण धमिलो देखिएको छ ।
सोमबारको वायु प्रदूषणमा पनि आँखा पिरो हुने समस्या देखिएको छ ।
डढेलोका कारण धनगढी र सौराहाको वायूमा अधिक प्रदूषणको मात्रामा भेटिएको वातावरण विभागका प्रवक्ता इन्दुविक्रम जोशीले बताए । उनका अनुसार काठमाडौँ उपत्यकाको आकाशमा वायुको गुणस्तर सूचकांक कम हुँदै गएको छ ।
अघिल्लो हप्ता पनि काठमाडौं उपत्यकासहित देशका धेरै ठाउँमा वायु प्रदूषण बढेको थियो । तर हल्का वर्षा भएपछि मौसम सफा देखिएको थियो ।
तर अहिले फेरी उस्तै अवस्गथामा आउन लागेको उनको भनाइ छ । र तत्काल पानि पर्ने आवस्था पनि देखियको छैन

दुइ मोटरसाइकाल आपासमा ठोकीदा एकजनाको मृत्यु, तीन घाइते

काठमाडौँ । मकवानपुरको हेटैडा उपमहानगरपालिका–१० भुटनदेवी भन्ने स्थानमा रहेको मोडमा दुई मोटरसाइकल एकाआपसमा ठोकीदा एक जनाको मृत्यु सहित तिन जना घाइते भयका छन् । मृत्यु हुनेमा १७ वर्षीय सगुन रुम्वा रहेका छन् । उनको आज उपचारका क्रममा चितवनमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
साथै सोही दुर्घटनामा घाइते भयका तीनजनाको हेटौँडामा उपचार भइरहेको प्रहरी कार्यालयका प्रवक्ता जयश्वर रिमालले जानकारी दिनुभयो । गएराति हेटौँडाको बुद्धचोकबाट कर्रातर्फ जाँदै गरेको ना ४९प ६२२३ नंको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको ना ४१प ६४३६ नं को मोटरसाइकल एकापसमा ठोकीदा दुर्घटना भएको हो । दुर्घटनामा घाइते भएकाहरु हेटौँडाका विज्ञान रुम्वा, विजय लामा र विक्रम लामा रहेको जिल्ला प्रहरि कार्यालय मकवानपुर जानकारि दीयको छ ।