बक्यौता महसुल असुल्न लेखा समितिको निर्देशन

काठमाडौँ। नेपाल विद्युत् प्राधिकरणले उद्योगहरूलाई उपलब्ध गराएको ट्रङ्क लाइन र डेडिकेटेड फिडरको सम्पूर्ण बक्यौता एक महिनाभित्र असुल गर्न संसद्को सार्वजनिक लेखा समितिले निर्देशन दियको छ ।
डा. मिनेन्द्र रिजालको संयोजकत्वमा गठन गरिएको उपसमितिले दिएको अध्ययन प्रतिवेदनका आधारमा समितिले ब्याज तथा जरिवानासहित १० अर्ब १४ करोड रुपियाँ एक महिनाभित्र उठाउन निर्देशन दिएको हो ।
समितिले विद्युत् महसुल निर्धारण, असुलीलगायतका कार्यमा विद्युत् नियमन आयोग, ऊर्जा मन्त्रालय, प्राधिकरण सञ्चालक समितिलगायतका सरोकारवाला निकायले पनि विशेष सजगता र सक्रियता देखाउन निर्देशन दिएको समीतीका सचिव डा.रोजनाथ पाण्डेले जानकारी दीनुभयो छ ।
गतआइतबार नेपाल विद्युत् प्राधिकरणको डेडिकेटेड फिडर र ट्रङ्क लाइनको बक्यौता सम्बन्धमा अध्ययन गर्न गठित उपसमितिले तयार पारेको अध्ययन प्रतिवेदनमाथि छलफल हुँदा समिति सभापति भरतकुमार शाहले ३० दिनभित्र सरकारले सबै बक्यौता उठाउनुपर्ने बताउनुभएको थियो ।
विद्युत् प्राधिकरणले लोडसेडिङका बेला २०७२ साउनदेखि उद्योगीहरूलाई अवरोधरहित विद्युत् सुविधा उपलब्ध गराएको थियो । यस्तो सेवाबापत उद्योगीहरूले तिर्नुपर्ने अतिरिक्त ६० प्रतिशत शुल्क भुक्तान नगरेकाले रकम उठाउन पटकपटक पहल नगरेको भने होइन । निर्देशन अनुसार यो रकम नतिर्ने ग्राहकको विद्युत् प्रसारण काट्ने तयारी भयको प्राधिकरणले बतायको छ ।
कोरोना महामारीका कारण उद्योगीले रकम तिर्न समस्या परेको हुनसक्ने भन्दै महामारीका समयमा बिजुली नकाट्न सरकारले निर्देशन दिएको थियो । सोही निर्देशनअनुरूप प्राधिकरण सञ्चालक समितिले बक्यौता रकम किस्ताबन्दीमा आगामी असार मसान्तसम्म भुक्तान गर्न समयसीमा दिएको थियो  ।

चीनको सडक दुर्घटनामा ११ जनाको मृत्यु

काठमाडौँ । चीनको पूर्वी क्षेत्रमा यात्रुबाहक बस र ट्रक एकआपसमा ठोकीदा भएको दुर्घटनामा ११ जनाको मृत्यु भएको छ ।
आइतबार बिहान चीको जियाङ्सु प्रान्तमा भएको दुर्घटनामा गरि १९ जना घाइते भएका हुन् । उक्त दुर्घटना शेनयाङ–हाइकाओ राजमार्गमा भएको प्रहरीले जनाएको छ । तिब्र गतिमा रहेको ट्रक अनियन्त्रित भई सडकको बीचको बार भत्काएर अर्कोतर्फबाट आइरहेको बसमा ठोक्किएको थियो ।
घाइतेहरुलाई नजिकका अस्पतालहरुमा भर्ना गरि उपचार भइरहेको छ । प्रारम्भिक अनुसन्धानमा यात्रुवाहक बस शाङ्घाईबाट गुयानयुन काउन्टीतर्फ गइरहेको थियो ।

प्रतिनिधिसभा सदस्य जानकीदेवी रामले लिइन सपथ

काठमाडौँ । सभामुख अग्निप्रसाद सापकोटाले गोलबजार नगरपालिका–१ सिरहाकी जानकीदेवी रामलाई प्रतिनिधिसभा सदस्यको पद तथा गोपनियताको सपथ गराउनस भयको हो ।
सिंहदरबारस्थित संघीय संसद् सचिवालयमा आज आयोजित कार्यक्रममा उनलाई सभामुख सापकोटाले पद तथा गोपनियताको शपथ गराएका हुन्। नेकपा (एमाले) की सानु शिवाको निधनपछि रिक्त समावेशी दलित कोटामा उहाँ निर्वाचित भएका थिए। सांसद शिवाको गत असोज २८ गते निधन भएपछि समानुपातिकतर्फको पद रिक्त भएको थियो।
निर्वाचन आयोगले उहाँ समावेशी दलित कोटामा निर्वाचित भएको जानकारी यही चैत १९ गते संसद् सचिवालयलाई जानकारी गराएको थियो। संसद्को पहिलो बैठकमा भाग लिनुअघि सभामुखबाट शपथ लिनुपर्ने संवैधानिक व्यवस्था छ। कार्यक्रममा सभामुख सापकोटाले संघीय सांसद, प्रतिनिधिसभाको प्रतीक चिह्न (लोगो) प्रदान गरी सफल कार्यकालका लागि बधाई ज्ञापन गर्नुभयको थीयो ।

काठमाडौं उपत्यकामा ९९ सहित देशभर १७६ सङ्क्रमित

काठमाडौं ।पछिल्लो २४घण्टामा नेपालमा कोरोना भाइरसका १७६ जना सङ्क्रमित थपिएका छन् । तीन हजार ४५६ जनाको आरटीपीसीआर परीक्षण गरिएकोमा १७६ जनामा सङ्क्रमणको पुष्टि भएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्वर गौतमले कोभिड १९ सम्बन्धी दैनिक विवरण अद्यावधिक गर्दै उक्त कुरा बताउनुभएको हो । पछिल्लो चौबीस घण्टामा १७६ सङ्क्रमित थपीयससँगै नेपालमा कोरोनाका कुल सङ्क्रमितको संख्या दुई लाख ७७ हजार ९४४ पुगेको छ ।
काठमाडौं उपत्यकामा मात्र ९९ सङ्क्रमित थपिएका छन् । काठमाडौमा ८७, ललितपुर ८ र भक्तपुरमा ४ जना सङ्क्रमित थपिएका छन् ।
हालसम्म दुई लाख ७३ हजार २४० जना सङ्क्रमित निको भयर घर र्फकीसकेका छन् । मन्त्रालयका अनुसार हाल एक हजार ६७२ जनामा भाइरसको सङ्क्रमण सक्रिय छ ।

कांग्रेस वरिष्ठ नेता पौडेल र जसपा अध्यक्ष ठाकुरबीच भेटवार्ता

काठमाडौँ । नेपाली कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल र जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरबीच भेटवार्ता भएको छ ।
नेता पौडेलअध्यक्ष ठाकुरलाई भेट्न उनकै निवास सानोठीमी पुगेका हुन् । भेटघाट पारिवारिक भएको तर राजनीतिक विषयमा समेत सकारात्मक कुरा भएको नेता पौडेलले जानकारी दिनुभयो ।
उनले भने,‘पारिवारिक भेटका लागि गएको हुँ। अन्य विषयमा समेत सकारात्मक कुरा भएको छ ।’
भेटघाटका बारेमा थप कुनै कुरा खुलायका भने छौनन् ।

आफ्नै भवनमा गाउँपालिका

काठमाडौँ । स्थानीय तह गठन भएदेखि भाडाको घर छाडेर दुई गाउँपालिकाले आफ्नै भवन निर्माण गरेका छन् । पछिल्लो समय जोरायल र बडिकेदार गाउँपालिकाले आफ्नै भवन निर्माण गरी नागरिकलाई सेवा प्रदान गर्न थालेका छन् ।
नागरिकलाई आफ्नै भवनबाट सेवा दिनका लागि उक्त गाउँपालिकाले आफ्नो भवन निर्माणको कार्यलाई तिव्रता दिई काम सम्पन्न गरी सेवा सञ्चालन गरेका हुन् । जोरायलको पक्की भवन निर्माण गरिको छ भने बडिकेदारको ‘प्रिफ्याब’ भवन निर्माण गरिएको छ ।
बडिकेदारको भवन कुल रु ७० लाखको लागतमा ‘प्रिफ्याब’ मोडलमा भवन निर्माण गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दीपकराज पाण्डेयले जानकारी दिनुभयो । उहाँका अनुसार नयाँ बनेको भवनमा सभा हल, सबै विषयत शाखा अटाउने कार्यकक्ष, अध्यक्ष र उपाध्यक्षको कार्यकक्षसहित २२ कोठाको भवन निर्माण गरिएको हो । उक्त भवनको निर्माण एस।एस। कन्सट्रक्सन दिपायलले गरेको हो । आफ्नै भवन निर्माण भएपछि नागरिकलाइ एक छाना मुनीबाट सेवा दिन निकै सहज भएको बडिकेदारका अध्यक्ष कृष्णबहादुर चन्दले बताउनुभयो ।
यसैगरी जोरायलले पनि कुल रु दुई करोड तीन लाखमा १४ कोठाको आफ्नो भवन निर्माण सम्पन्न गरेको छ । नयाँ बनेको भवनमा सभाहल, सबै विषयत शाखाका कार्यकक्ष, अध्यक्ष र उपाध्यक्षको कार्यकक्ष निर्माण गरिएका छन् । उक्त भवन थानी कन्सट्रक्सन काठमाडांैले निर्माण गरेको हो ।

कांग्रेस र जसपासँग छलफलपछि, माओवादी स्थायी कमिटी बैठक बस्ने

काठमाडौँ । नेपाली कांग्रेस र जनता समाजवादी (जसपा) सँगको छलफलपछि मात्रै नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र )को स्थायी कमिटी बैठकबस्ने भएको छ।
आज बिहान ११ बजे बस्ने भनिएको स्थायी कमिटी बैठक स्थायी कमीटी सदस्या राजधानि बाहीर भयको भन्दै स्थगित गरीयको छ।
अधिकांध स्थायी कमिटी सदस्यहरू जिल्ला बाहिर भएकाले स्थगित भएको माओवादी नेता गिरिराजमणी पोखरेलले बताए। गत बिहीबार बसेको काठमाडौंमा उपलब्ध स्थायी कमिटी सदस्यहरूको बैठकले कांग्रेस र जसपालाई आफुहरु मीलर सरकार बनाउने की ओली सरकारलाइ सम्रर्थन गर्ने भन्ने विषयमा स्पस्ट हुन आग्रह गरेको थिया।
कांग्रेसले शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग्ने र आफ्नो नेतृत्वमा सरकार गठनका लागि पहल गर्ने निर्णय गरेको थियो। यो निर्णयपछि कांग्रेस र जसपासँग माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले अनौपचारिक छलफल गरिसकेका छन्।

ऋण तिर्न नसकेर फरार भएका सहकारीका अध्यक्ष पक्राउ

काठमाडौँ । ललितपुरको कुमारीपाटीमा रहेको गुडविल बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष दिवाकार श्रेष्ठ पक्राउ परेका छन्।
गत शनिबार उनलाई चितवनबाट पक्राउ गरी ललितपुर ल्याएको हो ।
गुडविल सहकारीबाट लिएको ऋण तिर्न नसकेपछि उनी तेहाबाट फरार भयका थीय । र उनी १६ दिनदेखि फरार रहेको प्रहरी परीसरले जनायको छ।
उनी दिनमै दुई–तीन ठाउँ फेर्दै लुकिरहेका थिए।

माओवादी केन्द्रको स्थायी समिति बैठक स्थगित

काठमाडौँ । नेपका माओवादी केन्द्रको आज बस्ने भनिएको स्थायी समिति बैठक स्थगित भएको छ । पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिने अन्तिम तयारी स्वरुप पार्टीले आज बैठक बोलाएको हो । तर, अधिकांश स्थायी समिति सदस्यहरु राजधानी बाहिर रहेकाले आजको बैठक स्थगित गरिएको केन्द्रीय कार्यालका सचिव श्रीराम ढकालले जानकारी दिनुभयो ।
काँग्रेसले ओली सरकारको राजीनामा माग्ने र आफ्नै नेतृत्वमा सरकार बनाउन पहल गर्ने निर्णय गरेपछि उत्साहित बनेको माओवादीले समर्थन फिर्ता लिने तयारी गरेको छ । माओवादीले काँग्रेससहित जसपासँग सत्ता सहकार्य गर्न चाहेको स्थष्ट दखीयको छ ।

दह देउरालि सामुदायिक बनमा आगलागि

कठमाडौँ । गुल्मी मालिका गाउँपालीका वाड .नं–७ स्थित दह देउरालि सामुदायिक वनमा भीषण आगलागी भयको छ ।
गत सुक्रवर साँझ मर्भङ सल्लेरी भन्ने ठाँउबाट सुरु भयको आगो हीजो ठुलाखोला भन्ने स्थान हुदै दहदेउरालि सामुदायिक बनमा प्रवेश गरेको मालिका गा.पा –७ वडा अध्यक्ष बेद प्रसाद पन्थिले जानकारि दीनभयो ।
अध्यक्ष पन्थिले भन्नुभयो आगलागि हुँदा गाँउनै धुवाले अन्धकार भयको छ । स्थनिया बासिन्दाहरु मिलेर आगो नियान्त्रणको प्रयास भयतापनि अहिलेसम्म नियान्त्रणमा आयको छैन ।
अध्याक्ष पन्थिका अनुसार निकै धुवाका कारण आगो नीयान्त्रणमा कठीन भयको छ ।

बागलुङ कालिका मन्दिर परिसरमा आगलागी

काठमाडौँ ।प्रर्यटकी हिसावले प्रसिद्ध बागलुङ कालिका मन्दिर परिसरमा रहेको जङ्गलमा आगलागी भएको छ ।
काठेखोला छेउमा रहेको फोहर व्यवस्थानस्थलदेखि आज शुरु भएको आगो कालिका मन्दिरको जङ्गल परिसरमा प्रवेश गरेको हो । नेपाल प्रहरी, सशस्त्र प्रहरी नेपाली सेना र स्थानिय वसि मिलेर आगो नियान्त्रणको प्रयास गरिरहेको भए पनि नियन्त्रणमा लिन नसकिएको प्रहरी नायब उपरीक्षक इकवाल हवारीले बताउनुभयो ।
आगलागीका कारण मन्दिरको पश्चिम पट्टिस्थित जङ्गलमा ठूलो क्षति पुगेको छ । मन्दिर परिसर नजिकै आगो आइपुगेकाले मन्दिर जोखिममा रहेको उहाँले जानकारि दिनुभयो ।

काँक्रेविहार संरक्षित क्षेत्रमा भिषण आगलागी

काठमाडौैँ । सुर्खेतको वीरेन्द्रनगरस्थित काँक्रेविहार संरक्षित क्षेत्रमा भीषण आगलागी भएको छ ।
आज शनिबार दिउँसो साढे १ बजेदेखि आगलागी शुरु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवं डीएसपी रामप्रसाद घर्तीले जानकारी दिनुभयो ।
डीएसपी घर्तीले भन्नुभयो आगलागी हुँदा काँक्रेविहार संरक्षित क्षेत्रमा रहेका जनावरहरुको भागाभाग भएको छ । नेपाली सेना, नेपाल प्रहरी र स्थानीयवासी आगो नियन्त्रणमा लागिरहेका छन् ।
डिएसपी खत्रिका अनुसार आगो बस्तीमा आउन नदिन र नियन्त्रणमा लिन दमकलसहित थप सुरक्षाकर्मीको टोली आगलागी क्षेत्रमा खटाइएको छ ।

हवाई आक्रमणमा परि ३५ लडाकू मारिए

काठमाडौँ । अफगानिस्तानको सेनाले देशका दुई वटा उत्तरी प्रान्तहरुमा गरेको हवाई आक्रमणमा परि कम्तीमा ३५ जना तालिबानी लडाकू मारिएका छन् ।
शुक्रबार राति गरिएको हवाइ आक्रमणमा ३३ जना लडाकू घाइते भएको पनि अफगान रक्षा मन्त्रालयले जानायको छ ।
फरयाब प्रान्तमा २६ जना तालिबानी लडाकू मारिनुका साथै ३३ जना घाइते भएका छन् । तालिवान समूहको गढ मानिएको गुर्जिवान जिल्लाको सर्चाकान गाउँमा सेनाले कारबाही गरेको रक्षा मन्त्रालयले जनाएको छ ।
यस्तै, छिमेकी बाघलान प्रान्तमा नौ जना तालिबानी लडाकूको सैनिक कारबाहीमा मृत्यु भएको छ । मारिएकाहरुमा छ जना तालिबानका डिभिजनल कमान्डरहरु पनि रहेका छन् ।
सेनाले विद्रोही लडाकूबाट हातहतियार र सवारी साधन पनि बरामद गरेको छ । उक्त हातहतियर र सवारि साधन नियान्त्रणमा लीयी ध्वस्त पारेको हो । यद्यपी तालिबान समूहले उक्त घटनाहरुका बारेमा कुनै प्रतिक्रिया जनाएको छैन ।

देशलाई अघि बढाउन चुनावमा जानैपर्छःप्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले लोकतन्त्रमा आवधिक निर्वाचन गनुपर्ने र यो स्वाभाविक भएको जिकीर गरेका छन् ।
रणनीतिक सडक उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलिले भने चुनावमा नभइ देश अघि बढ्नै सक्दैन ।
‘यदि गणितले आवश्यकतालाई प्रतिनिधित्व गदैन भने देशको आवश्यकता, जनताको आवश्यकता, विकासको आवश्यकता मौजुदा अंक गणित भन्दा माथिको भयको उनले बताय । देशको आवश्यकता, जनताको आकांक्षा, अंकगणितको लागि छाड्ने कि देश र जनताको आवश्यकताका लागि अंक गणित परिवर्तन गर्ने भने कुरा जनता आफैमा फैसला गर्ने विषय भयक उनले बतायका छन् ।

एमाले नेपाल–खनाल समूहको बैठक शुरु

काठमाडौं । नेकपा एमाले माधवकुमार नेपाल– झलनाथ खनाल समूहको स्थायी कमिटी बैठक शुरु भएको छ ।
आज (शनिबार)दीउसो काठमाडौंको कलंकीस्थित एक पार्टी प्यालेसमा बैठक शुरु भएको हो ।बैठकमा रजनीतिक गतिविधि सगँ सम्बन्धील बीषयमा छलफल हुदै छ । तर कुन –कुन बिषयमा छलफल हुदैछ भन्ने खुलाइयको छैन ।