धमिलो पानी खान बाध्य छन् तुम्कोटबासी

हुम्लाको उत्तरी नाम्खा गाउँपालिकाको वडा नं ५ को तुम्कोट गाउँका स्थानीय बासिन्दा एक घण्टा पैदल हिँडेर नदीको धमिलो पानी ल्याएर खान बाध्य छन् । पानीको मुहान बाढीले बगाएपछि उनीहरू एक घण्टा हिँडेर नदीको पानी ल्याइ पिउन बाध्य भएका हुन् । गत साउन २० गते गएको बाढीले खानेपानीको मुहान र पाइप लाइन बगाएपछि खानेपानीका लागि स्थानीयवासीले दुःख झेल्दै आएका छन् । तुम्कोटका स्थानीय बासिन्दा थुप्देन ग्याण्टो लामाले बाढीले खानेपानीको मुहान, इन्टेक र पाइप लाइन बगाएर लगेपछि गाउँबाट एक घण्टा तलको तुम्कोट नदीबाट पानी बोकेर ल्याउनुपरेको बताउनुभयो । घर आँगनमै भएका धारामा पानी आउन छाडेपछि घरका एक जनाको काम दैनिक पानी ओसार्ने मात्र छ । खानेपानी योजनामा बाढीले क्षति पु¥याएपछि नदीको धमिलो पानी प्रयोग गर्न स्थानीय बासिन्दा बाध्य हुँदै आएका छन् । बिहान सबेरै उठेर तुम्कोटका स्थानीयवासीको लाइन लागेर खानेपानी ओसार्ने दैनिकी बनेको छ । यसबाट तुम्कोटका २५ घरधुरीका स्थानीयवासी प्रभावित भएका छन् । ग्रामीण जलस्रोत व्यवस्थापन परियोजनाका फिल्ड संयोजक दन्त शाहीले तुम्कोट गाउँको भित्र मुहानबाट निर्माण भएको फुइसिङ खानेपानी तथा सरसफाइ योजना बाढी पहिराले बगाएर लगेपछि गाउँमा खानेपानीको समस्या भएको बताउनुभयो ।

छुद्दरीमा सुक्खा पहिरो, खतरा बढ्दै

बाजुराको पूर्वी उत्तरी भेगको स्वामीकार्तिक खापर गाउँपालिका रुडी गाउँभन्दा तल र छुद्दरी गाउँ नजिकैको भिर फुटेर धुँवा, धुलोसहितको सुक्खा पहिरो खसेको स्थानीयवासीले बताएका छन् । लगातार सुक्खा पहिरो खस्न थालेपछि कर्णाली नदीको केही भाग थुनिएको जगन्नाथ गाउँपालिका रोजगार संयोजक लक्ष्मण जोशीले राससलाई बताउनुभएको छ ।

उहाँले रुडी गाउँको तलबाट निरन्तर तीन दिनदेखि सुक्खा पहिरो खस्न थालेपछि आइतबारदेखि नदी आंशिकरूपमा थुनिएको बताउनुभयो । पहिरो साउनको ५ गतेदेखि खस्न थालेको रुडीका स्थानीयवासी कर्म विकले बताउनुभयो । उहाँले भन्नुभयो, “पहिरो त साउनको ५ गतेदेखि खस्न थालेको हो, पहिरो खस्न थालेपछि रोपाइँ पनि रोकियो र पहिरोसँगै कुलो खसेपछि रोपाइँसमेत गर्न पाएनौँ, थोरै–थोरै झर्दै थियो, आजभोलि अझै धेरै सुक्खा पहिरो खस्न थालेको छ ।”

पहिराले खानेपानीको लाइन तल झरेपछि गाउँमा खानेपानीको हाहाकार भएको विकले बताउनुभयो । गाउँमाथि र तलबाटै निरन्तर पहिरो खस्न थालेको विकको भनाइ छ । निरन्तर सुक्खा पहिरो खसेपछि रुडीका १५५ परिवार पहिराको उच्च जोखिममा छन् ।

जगन्नाथ गाउँपालिकाको केन्द्र पारि स्वामीकार्तिक खापर गाउँपालिका–१ को छुद्दरी नजिकै भिर फुटेर कर्णाली नदी पूर्णरूपमा नथुनिए पनि आशिंकरूपमा थुनिदै आएको रोजगार संयोजक जोशीको भनाइ छ । नदी थुनिएर ताल पर्दै गएको छ, पारिपट्टिबाट निरन्तर पहिरो खस्न थालेपछि जगन्नाथ गाउँपालिका कार्यालय, प्रहरी चौकी पिलुचौरलगायतका नदी आसपासका बस्ती जोखिममा रहेको उहाँले बताउनुभयो ।

उहाँका अनुसार पानी धेरै आएको छैन, तर चट्टान फुटेर पहिरो खसिरहेको छ । सुक्खा पहिराले त यति जोखिम भएको छ । लगातार पानी प¥यो भने झनै खतरा हुने जोशीको भनाइ छ । यस वर्ष सिँचाइ कुलो बगाएपछि उक्त स्थानका बासिन्दाले खेती गर्न पाएनन् । यसले गर्दा खाद्य सङ्कट हुने सम्भावना रहेको अध्यक्ष शाहीले बताउनुभयो ।

तीन दिनदेखि निरन्तर पहिरो खस्ने क्रम जारी रहेकाले कर्णाली नदीको तटीय क्षेत्रमा रहेका स्वामीकार्तिक खापर गाउँपालिका–१, जगन्नाथ गाउँपालिका–२ र ३ नं वडालगायत नदी तटीय क्षेत्रका स्थानीयवासीलाई उच्च सतर्कता अपनाउन स्वामीकार्तिक खापर र जगन्नाथ गाउँपालिकाले आग्रह गरेको छ ।

एमाले अध्यक्ष ओलीको अपिल

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीका नेता र कार्यकतालाई पार्टी विभाजनका प्रयासविरुद्ध दृढताका साथ उभिन अपिल गर्नुभएको छ । सोमबार राति अबेर वक्तव्य जारी गर्दै पार्टीका सम्पूर्ण नेता, कार्यकर्ता र प्रतिनिधिसभा तथा राष्ट्रियसभाका सदस्यहरूलाई पार्टी वा संसदीय दल विभाजनका प्रयासविरुद्ध दृढताका साथ उभिन अपिल गर्नुभएको हो ।

उहाँले जारी गर्नुभएको वक्तव्यमा भनिएको छ, “एमाले र यस पार्टीको संसदीय दलमा विभाजन गर्ने कुनै पनि बहाना मान्य हुन सक्तैन ।” उहाँले विसं २०७७ फागुन २३ गतेको सर्वोच्च अदालतको फैसलापछि पनि नेपाल कम्युनिष्ट पार्टी नेकपालाई एकताबद्ध राख्न हामीले हरसम्भव कोसिस गरेको उल्लेख गर्दै त्यो सम्भव नभएपछि एमालेलाई नेकपाको विरासतसहितको एकीकृत पार्टीका रूपमा विकास गर्न केन्द्रित भएको बताउनुभएको छ ।

एमालेलाई एकीकृत गर्ने क्रममा पार्टीभित्र उत्पन्न समस्याको समाधानका लागि कार्यदल गठन गरिएको र कार्यदलले निकै लामो प्रयासपछि गत असार २७ गते १० बुँदे प्रस्ताव प्रस्तुत गरेको र उक्त प्रस्तावलाई ग्रहण र अनुमोदन गर्दै कार्यान्वयन गर्ने निर्णय गरिसकेको उल्लेख गर्नुभएको छ ।

उहाँले क्रान्तिकारी र अग्रगामी सारतत्वका साथ राष्ट्रिय राजनीतिमा नेतृत्वदायी भूमिका निर्वाह गरिरहेको हाम्रो पार्टीको भूमिका यतिबेला सत्तापक्षबाट प्रतिपक्षमा परिवर्तित भएको उल्लेख गर्दै यस धक्काबाट उठेर पार्टीलाई पुनः राष्ट्रिय राजनीतिको नेतृत्वदायी शक्तिमा स्थापित गर्न नेता, कार्यकर्तालाई अनुशासित र सक्रिय भूमिका निर्वाह गर्नुहुन अपिलसमेत गर्नुभएको छ ।

“सयौँ शहिदको बलिदान, हजारौँ नेता तथा कार्यकर्ताको कष्टसाध्य सङ्घर्ष, लाखौँ सदस्यको मेहनत तथा जनसङ्ख्याको अत्यधिक ठूलो हिस्साको समर्थनमा निर्माण र विकसित भएको यो पार्टी आफैँमा सामाजिक, न्याय र विकासको पर्याय बनेको छ”, उहाँले भन्नुभएको छ, “पार्टीभित्र लोकतान्त्रिक र न्यायपूर्ण प्रणाली आत्मसात गरेर मात्र सामाजिक न्याय र अग्रगतिका लागि नेतृत्वदायी भूमिका निर्वाह गर्न सकिन्छ भन्ने मेरो विश्वास छ ।”

उहाँले आफू पार्टीका सम्पूर्ण नेता, कार्यकर्ता र सदस्यहरुप्रति विभेद र पूर्वाग्रहमा होइन, समभावमा विश्वास गर्दै सबैलाई सम्मानका साथ पार्टी कामका जुट्ने अनुकूल परिस्थिति निर्माण हुनुपर्दछ भन्ने मानेको समेत बताउनुभयो । “पार्टीलाई अनुशासित, एकताबद्ध एवं गतिशील तुल्याउन र राष्ट्रिय राजनीतिमा यस पार्टीको नेतृत्वदायी भूमिका सुनिश्चि गर्न पार्टीका सम्पूर्ण नेता, कार्यकर्ता र सदस्यलाई आह्वान गर्दछु”, उहाँले जारी गर्नुभएको विज्ञप्तिमा भनिएको छ, “पार्टीका स्थायी कमिटी, केन्द्रीय कमिटीलगायत आफूसम्वद्ध कमिटीका बैठकमा सरिक हुन र आ–आफ्नो तहबाट पार्टी निर्माणमा योगदान गर्न अपिल गर्दछु ।”

अहिले हाम्रोसामु पार्टीको विधान, मुलुकको संविधान र कानुनी व्यवस्थाबमोजिम विधान महाधिवेशन र राष्ट्रिय महाधिवेशन आयोजना गर्ने जिम्मेवारी रहेको उल्लेख गर्दै विधान संशोधनका लागि पार्टीका सबै तहका कमिटी र सदस्यलाई सुझाव पठाउन निर्देशन गरिएको जानकारी दिनुभयो । उहाँले विधान संशोधनका सम्बन्धमा सबै तहका कमिटी र पार्टी सदस्यमाझ जीवन्त र रचनात्मक ढङ्गले छलफल हुने अपेक्षासमेत गर्नुभएको छ ।

“जनताको बहुदलीय जनवादको सिद्धान्त र पार्टी जीवनको लोकतान्त्रिकरणको मर्मअनुरुप विधान महाधिवेशनमा विधान संशोधन प्रस्ताव प्रस्तुत गरिने छ । विधान संशोधनको प्रक्रियामा आ–आफ्नो ठाउँबाट योगदान गर्न सम्पूर्ण कमरेडलाई आग्रह गर्दछु”, उहाँले भन्नुभएको छ ।

तीन गुणाले बढ्यो सवारी दुर्घटना

झापामा तीन गुणाले सवारी दुर्घटना बढेको छ । कोरोना भाइरसको महामारीका बीच बन्दाबन्दी गरिए पनि निजी सवारी साधन सञ्चालन हुँदा सवारी दुर्घटना बढेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रहरी सहायक निरीक्षक यामकुमार खड्काले बताउनुभयो ।

झापामा आर्थिक वर्ष २०७६/७७ मा २३१ सवारी दुर्घटना भएका थिए भने आव २०७७/७८ मा करिब तीन गुणा बढी अर्थात् ६५७ सवारी दुर्घटना भएको प्रसनि खड्काले जानकारी दिनुभयो ।

आव २०७६/७७ मा दुर्घटनामा परेर ६२ जनाको मृत्यु भएको थियो भने २६७ जना घाइते भएका थिए । त्यस्तै आव २०७७/७८ मा सवारी दुर्घटनामा परी ९३ जनाको मृत्यु भएको छ भने एक हजार ६५ जना घाइते भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ ।

यता जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले आव २०७७/७८ मा रू तीन करोड ६९ लाख ५३ हजार ५०० राजश्व सङ्कलन गरेको छ । ट्राफिक नियम उलङ्घन गर्ने बस, ट्रक, ट्र्याक्टर, कार, मोटरसाइकल, टेम्पोलगायतका ५३ हजार १०० सवारी साधनलाई कारवाही गर्दा उक्त रकमको राजश्व सङ्कलन भएको कार्यालयले जनाएको छ ।

एमाले अध्यक्ष ओलीको अपिल

काठमाडौँ। नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टीका नेता र कार्यकतालाई पार्टी विभाजनका प्रयासविरुद्ध दृढताका साथ उभिन अपिल गर्नुभएको छ । सोमबार राति अबेर वक्तव्य जारी गर्दै पार्टीका सम्पूर्ण नेता, कार्यकर्ता र प्रतिनिधिसभा तथा राष्ट्रियसभाका माननीय सदस्यहरूलाई पार्टी वा संसदीय दल विभाजनका प्रयासविरुद्ध दृढताका साथ उभिन अपिल गर्नुभएको हो ।

उहाँले जारी गर्नुभएको वक्तव्यमा भनिएको छ, “एमाले र यस पार्टीको संसदीय दलमा विभाजन गर्ने कुनै पनि बहाना मान्य हुन सक्तैन ।” उहाँले विसं २०७७ फागुन २३ गतेको सर्वोच्च अदालतको फैसलापछि पनि नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०लाई एकताबद्ध राख्न हामीले हरसम्भव कोसिस गरेको उल्लेख गर्दै त्यो सम्भव नभएपछि एमालेलाई नेकपाको विरासतसहितको एकीकृत पार्टीका रूपमा विकास गर्न केन्द्रित भएको बताउनुभएको छ ।

एमालेलाई एकीकृत गर्ने क्रममा पार्टीभित्र उत्पन्न समस्याको समाधानका लागि कार्यदल गठन गरिएको र कार्यदलले निकै लामो प्रयासपछि गत असार २७ गते १० बुँदे प्रस्ताव प्रस्तुत गरेको र उक्त प्रस्तावलाई ग्रहण र अनुमोदन गर्दै कार्यान्वयन गर्ने निर्णय गरिसकेको उल्लेख गर्नुभएको छ ।

उहाँले क्रान्तिकारी र अग्रगामी सारतत्वका साथ राष्ट्रिय राजनीतिमा नेतृत्वदायी भूमिका निर्वाह गरिरहेको हाम्रो पार्टीको भूमिका यतिबेला सत्तापक्षबाट प्रतिपक्षमा परिवर्तित भएको उल्लेख गर्दै यस धक्काबाट उठेर पार्टीलाई पुनः राष्ट्रिय राजनीतिको नेतृत्वदायी शक्तिमा स्थापित गर्न नेता, कार्यकर्तालाई अनुशासित र सक्रिय भूमिका निर्वाह गर्नुहुन अपिलसमेत गर्नुभएको छ ।

“सयौँ शहिदहरुको बलिदान, हजारौँ नेता तथा कार्यकर्ताको कष्टसाध्य सङ्घर्ष, लाखौँ सदस्यको मेहेनत तथा जनसङ्ख्याको अत्यधिक ठूलो हिस्साको समर्थनमा निर्माण र विकसित भएको यो पार्टी आफैँमा सामाजिक, न्याय र विकासको पर्याय बनेको छ”, उहाँले भन्नुभएको छ, “पार्टीभित्र लोकतान्त्रिक र न्यायपूर्ण प्रणाली आत्मसात गरेर मात्र सामाजिक न्याय र अग्रगतिका लागि नेतृत्वदायी भूमिका निर्वाह गर्न सकिन्छ भन्ने मेरो विश्वास छ ।”

उहाँले आफू पार्टीका सम्पूर्ण नेता, कार्यकर्ता र सदस्यहरुप्रति विभेद र पूर्वाग्रहमा होइन, कमरेडली समभावमा विश्वास गर्दै सबैलाई सम्मानका साथ पार्टी कामका जुट्ने अनुकूल परिस्थिति निर्माण हुनुपर्दछ भन्ने मानेको समेत बताउनुभयो । “पार्टीलाई अनुशासित, एकताबद्ध एवं गतिशील तुल्याउन र राष्ट्रिय राजनीतिमा यस पार्टीको नेतृत्वदायी भूमिका सुनिश्चि गर्न पार्टीका सम्पूर्ण नेता, कार्यकर्ता र सदस्यलाई आह्वान गर्दछु”, उहाँले जारी गर्नुभएको विज्ञप्तिमा भनिएको छ, “पार्टीका स्थायी कमिटी, केन्द्रीय कमिटीलगायत आफूसम्वद्ध कमिटीका बैठकमा सरिक हुन र आ–आफ्नो तहबाट पार्टी निर्माणमा योगदान गर्न अपिल गर्दछु ।”

अहिले हाम्रोसामु पार्टीको विधान, मुलुकको संविधान र कानुनी व्यवस्थाबमोजिम विधान महाधिवेशन र राष्ट्रिय महाधिवेशन आयोजना गर्ने जिम्मेवारी रहेको उल्लेख गर्दै विधान संशोधनका लागि पार्टीका सबै तहका कमिटी र सदस्यलाई सुझाव पठाउन निर्देशन गरिएको जानकारी दिनुभयो । उहाँले विधान संशोधनका सम्बन्धमा सबै तहका कमिटी र पार्टी सदस्यमाझ जीवन्त र रचनात्मक ढङ्गले छलफल हुने अपेक्षासमेत गर्नुभएको छ ।

“जनताको बहुदलीय जनवादको सिद्धान्त र पार्टी जीवनको लोकतान्त्रिकरणको मर्मअनुरुप विधान महाधिवेशनमा विधान संशोधन प्रस्ताव प्रस्तुत गरिने छ । विधान संशोधनको प्रक्रियामा आ–आफ्नो ठाउँबाट योगदान गर्न सम्पूर्ण कमरेडलाई आग्रह गर्दछु”, उहाँले भन्नुभएको छ ।

झापामा जारी निषेधाज्ञा खुकुलो बनाईयो

झापा । गत दुई हप्तादेखि जारि झापाको निषेधाज्ञा आजबाट खुकुलो बनाईएको छ । जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रको सोमबार बसेको बैठकले बिहान आज बिहान १० देखि बेलुका ६ बजेसम्म सबैखाले पसल, सटर खुला गर्ने निर्णय गरेको हो ।

प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिनाका अनुसार अत्यधिक भीडभाड हुने खाद्यान्न, तरकारी, माछामासुलगायत अत्यावश्यक उपभोग्य वस्तुको पसल बिहान ६ देखि बिहान १० बजेसम्म मात्र खोल्न दिइने भएको छ ।

यातायातका साधन भने दिनभर खुला गरिने भएको छ । सवारी साधनलाई सिट क्षमताभन्दा बढी यात्रु नबोक्न आदेशमा उल्लेख गरिएको छ ।

उक्त आदेशमा निषेधाज्ञा खुकुलो पार्ने निर्णय एक साता लागू हुने उल्लेख छ । बैंक तथा वित्तीय संस्था टोकन प्रणाली र सरकारी कार्यालय आलोपालो प्रणालीका आधारमा सञ्चालन गरिने भएको छ । हाटबजार, भेला, जुलुसजस्ता भीडभाड हुने कार्यक्रम गर्न प्रशासनले निषेध गरेको छ । होटल तथा लज कूल क्षमताको ५० प्रतिशत सञ्चालन गर्न र हरेक दिन निःसङ्क्रमण गर्न प्रशासनको आदेशमा जनाइएको छ ।

यसअघि झापामा कोभिड सङ्क्रमण बढेको पूर्ण निषेधाज्ञा आदेश जारी हुँदै आएको थियो । झापामा लगातार निषेधाज्ञा हुँदा व्यवसायीले निषेधाज्ञा हटाउन दबाब दिँदै आएका थिए । जिल्लाका उद्योग वाणिज्य सङ्घका अध्यक्षले प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिनालाई भेटी निषेधाज्ञा खुलाउन मागपत्रसमेत पेश गरेका थिए ।

ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृतमा सुरेन्द्रराज रेग्मी नियुक्त

काठमाडौँ । ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृतमा सुरेन्द्रराज रेग्मी नियुक्त भएका छन् । बैंकको सञ्चालक समितिको साउन २९ गते बसेको बैठकले रेग्मीलाई नायव प्रमुख कार्यकारी अधिकृतमा नियुक्ति गरेको हो । उनलाई भाद्र १ गतेदेखि लागू हुनेगरी बढुवा गरेको बैंकले जनाएको छ ।

करिब तीन दशकदेखि बैंकिङ्ग क्षेत्रमा कार्यरत रेग्मी २०६५ बैशाखमा नायव प्रबन्धक तहबाट ग्लोबल आइएमई बैंकमा प्रवेश गरेका थिए । रेग्मीले अहिले ग्लोबल आइएमई बैंकको कर्जातर्फ साना तथा मझौला÷खुद्रा कर्जा, अपरेशन तथा सामान्य प्रशासन विभागको समेत सुपरिवेक्षण गर्नेछन् ।

रेग्मीले वेलायतको युनिभर्सिटि अफ वेल्सबाट सन् २००१ मा एमबीए सकाएका छन् । बैंकिङ्ग क्षेत्रसँग सम्बन्धी दर्जनौ राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तालिमहरु लिएका रेग्मी मर्जर व्यवस्थापन तथा कर्जा लगानी क्षेत्रमा अब्बल मानिन्छन् ।

तोकिएको समय अगाडि नै मौद्रिक नीति चुहिनु भनेको परीक्षा अगाडि नै प्रश्नपत्र आउट गरे जस्तो होः अर्थमन्त्री शर्मा

काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्माले अर्थ मन्त्रालयका कर्मचारीहरु विषय विज्ञ मात्र भएर नपुग्ने भन्दै उनीहरुले सामाजिक असमानताको बारेमा पर्याप्त जानकारी लिएको हुनुपर्ने बताएका छन् । उनले सामाजिक असमानता र असन्तुलनको बारेमा जानकारी भएन भने त्यसलाई हटाउने खालको नीति कार्यक्रम र बजेट बन्न नसक्ने जिकिर गरेका हुन् ।

आर्थिक वर्ष २०७७÷७८ को वार्षिक समीक्षा तथा मन्त्रालय स्तरीय विकास समस्या समाधान समितिकोबैठकलाई सम्बोधन गर्दै उनले राज्यले गर्ने लगानीको प्रतिफल गरिब जनताको मुहारमा झल्किए मात्र त्यसको अर्थ हुने धारणा व्यक्त गरे । देशको अहिलेको आवश्यकता भनेको उत्पादनमा आधारित आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्नु रहेको भन्दै उनले सोअनुरुपको नीति र त्यसको कार्यान्वयनमा जोड दिए ।

उनले बैदेशिक रोजगारीबाट आर्जन गरेको पुँजीलाई उत्पादनशील क्षेत्रमा लगानी गर्ने वातावरण निर्माण गर्नेगरी नीति बनाउनुपर्ने भन्दै मन्त्री शर्माले त्यसमा लाग्न निर्देशन दिए । उत्पादन क्षेत्रमा लगानी बढाएर रोजगारी सृजना गर्ने र गरिबी घटाउने कार्यक्रम तय गरी कार्यान्वयमा ल्याउनुपर्ने उनको भनाइ छ ।

अर्को एक प्रसगमा उहाँले घाटामा रहेका सार्वजनिक संस्थानहरुको कुरा अब धेरै सुन्न नसकिने भन्दै तिनलाई नाफामा संचालन गर्ने गरी नीतिगत तथा व्यवस्थापकीय सुधारको योजना माग गरे । “सार्वजनिक संस्थानको घाटाको कुरा कति वर्षसम्म उच्चारण गरिरहने हो ? कति वर्षसम्म घाटाको रिपोर्ट देखाएर बस्ने हो ? ” प्रश्न गर्दै उनले संस्थानहरुलाई कि त आत्मनिर्भर बनाएर नाफामा चलाउनु पर्ने कि तिनको बारेमा केही न सोच्नुपर्ने बताए ।

जनतामा बैंकिङ्ग पहुँच पु¥याउने सम्बन्धमा मन्त्री शर्माले पालिकाहरुमा बैंकका शाखा खोलेर मात्र नपुग्ने भन्दै तिनले जनतामा छिटो छरितो र सरल ढंगले सेवा प्रवाह गर्ने व्यवस्था मिलाउन राष्ट्र बैंकलाई आग्रह गरे । उनले हाल गाँउ गाँउमा पुगेका बैंकहरुले मात्र सेवा दिन नभ्याएको अवस्था उल्लेख गर्दै सरकारी स्वामित्वमा रहेका बैंकहरुले प्रत्येक पालिकामा शाखा विस्तार गर्नुपर्ने आवश्यकता औंल्याए ।

मौद्रिक नीति सार्वजनिक हुनुभन्दा अगाडि नै सूचना चुहिएकोप्रति असन्तुष्टि जनाउदै मन्त्री शर्माले त्यो विषयलाई गम्भीर रुपमा लिन आग्रह गरे । मन्त्रालय वा संस्थाको प्रवक्ता र वेवसाईटलाई प्रभावकारी बनाएर आवश्यक सूचना प्रवाह गर्नुपर्नेमा त्यसो नगरी टेबुल टेबुलबाट सूचना चुहाउने र ब्ल्याकमेलिङ्ग गर्ने कार्य आइन्दा नगर्न सचेत गराए । “तोकिएको समय अगाडि नै मौद्रिक नीति चुहिनु भनेको परीक्षा अगाडि नैप्रश्नपत्र आउट गरेजस्तो हो । यसले राज्यको मनोवल गिराउने काम गर्छ । यस्तो कार्य तत्काल रोक्नुस् ।” उनले पारदर्शिता कायम गर्न सूचनाको प्रवाह जरुरी भएको उल्लेख गर्दै प्रवत्ता र कार्यालयको वेवसाईटमार्फत सूचना दिने व्यवस्था मिलाउन निर्देशन दिए ।

कार्यक्रममा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. विश्वनाथ पौडेलले अर्थन्त्रको दीगो स्रोत व्यवस्थापन गर्नुपर्नेमा जोड दिए । जलविद्युत र सिमेन्ट उद्योगहरुलाई व्यवस्थित गरेको खण्डमा तिनले राष्ट्रिय अर्थतन्त्रमा दीर्घकालीन स्रोतको काम गर्ने विचार व्यक्त गरे ।

समाजमा भएको असमानता घटाउने र सुशासन प्रवद्र्धन हुने खालको कार्यक्रम बनाउनुपर्ने सुझाव दिए । उनले भन्सार विन्दुमा आयातकर्ताहरुले धेरै दिन कुर्नुपर्ने र ‘वेटिङ्ग चार्ज’को धेरै तिर्नुपर्ने अवस्थाको अन्त्य गर्नुपर्ने बताए ।

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सहुलियतपूर्ण कर्जा कार्यविधि, व्यावसायिक ऋण कार्यविधि, नवप्रवर्तन सम्बन्धी कार्यविधि संशोधन गर्नुपर्ने आवश्यकता रहेको बताए । उनले सुधारको लागि गर्नुपर्ने कामहरु संकटको बेला पनि गर्नुपर्ने भन्दै मौद्रिक नीतिमार्फत कर्जा–पुँजी–निक्षेप अनुपात(सीसीडी रेसियो) खारेज गरिएको स्पष्ट पारे ।

सीसीडी रेसियो संसारभरबाटै खारेज भइसकेको परिवेशमा राष्ट्र बैंकलेले हटाएको भन्दै उनले यस सम्बन्धी बजारमा केही भ्रम रहेकोले यसमा स्पष्ट हुन आग्रह गरे । विदेशी विनिमय नियमित गर्ने ऐन संशोधनको प्रक्रियामा रहेकोले त्यसलाई छिटो टुंगो लगाउन पहल गर्नुपर्ने आवश्यकता रहेको उनको ठम्याई छ ।

अर्थसचिव मधुकुमार मरासिनीले कोरोना महामारीका बिचमा मन्त्रालय र मातहतका निकायहरुले राम्रो काम गरेको भन्दै त्यसमा थप प्रगति हासिल गर्नुपर्ने बताए । उनले आगामी दिनमा परिणाम सुधार गर्ने गरी काम गर्न निदेशन समेत दिए । राजश्व संकलनको लक्ष पूरा गर्ने, घाटामा रहेका निकायहरुलाई नाफामा लैजाने र बेरुजु घटाउने काममा विशेष ध्यान दिनुपर्ने उनले बताए । उनले अर्थमन्त्रालयबाट हुने कार्यविधि संशोधन लगायतका कामहरुमा कुनै अलमल नगरी टुंगो लगाइने प्रतिवद्धता व्यक्त गरे ।

मध्यरातमा ओलीले जारी गरे पाँच बुँदे विज्ञप्तिः अध्यादेश आए सशक्त प्रतिवाद गर्न निर्देशन

काठमाडौं । प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी ओलीले पार्टी विभाजन गर्ने गरी अध्यादेश आए सशक्त प्रतिवाद गर्न निर्देशन दिएका छन् ।

सोमबार राती विज्ञप्ति जारी गर्दै सरकारले एमाले विभाजन गर्ने षडयन्त्र गरेको र त्यसका लागि अध्यादेश ल्याउन लागेको भन्दै ओलीले नेता, कार्यकर्ता, सांसदलाई सशक्त प्रतिवाद गर्न निर्देशन दिएका हुन् ।

पार्टी विभाजन गर्नेगरी कुनै पनि प्रकारको अध्यादेश आएको त्यो मान्य र क्षम्य नहुने जनाएका छन् । प्रतिनिधिसभाका सदस्य तथा राष्टियसभाका सदस्यहरुलाई त्यसका विरुद्ध दृढताका साथ उभिन आग्रह समेत गरेका छन् । उनले पार्टीको विवाद मिलाउन १० बुँदे सहमति भैसकेकाले त्यसको पालाना र कार्यान्वन हुने समेत स्पष्ट पारेका छन् ।

सोमबार साँझ उपलब्ध स्थायी कमिटीका सदस्यहरुसँगको छलफलपछि सो विज्ञप्ति जारी गरेका हुन् । साथै पार्टीको स्थायी कमिटी र संसदीय दलको बैठक बोलाएको छन ।

अध्यक्ष ओलीको निवास बालकोटमा सोमबार साँझ बसेको शीर्ष नेताको अनौपचारिक छलफलपछि ओलीले स्थायी कमिटी र संसदीय दलको बैठक बोलाउने निर्णय गरेका हुन् ।

स्थायी कमिटी बैठक भोलि ११ बजे ललितपुरस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा बस्नेछ भने संसदीय दलको बैठक दिउँसो ३ बजे संसद् भवन नयाँ बानेश्वरमा बस्नेछ ।

एमालेको स्थायी कमिटी बैठक ११ बजे बस्दै, यस्ता छन् एजेण्डा?

काठमाडौँ । नेकपा एमालेको स्थायी कमिटी बैठक आज बिहान ११ बजे बस्ने भएको छ । सरकारले संसद् अधिवेशन अन्त्य गरे लगत्तै अध्यक्ष केपी शर्मा ओलीले स्थायी कमिटी र संसदीय दलको बैठक बोलाउनुभएको हो । स्थायी कमिटीको बैठक सकिएपछि संसदीय दलको बैठक बस्ने बताइएको छ ।

दुवै बैठकमा वरिष्ठ नेता माधवकुमार नेपाल पक्षलाई पनि बोलाइएको छ ।संसद् अन्त्य गरिएकाले नियमित बैठक बस्न लागेको बताइएको छ । संसद् अधिवेशन अन्त्य हुँदा र शुरु हुँदा दलको बैठक बस्नु नियमित प्रक्रिया नै भएको भन्दै बैठक बोलाइएको हो ।

सरकारले संसद् अधिवेशन अन्त्य गरेपछि बोलाइएको यो बैठकलाई महत्वका साथ हेरिएको छ ।

नेप्सेका सिईओ साउदद्धारा स्वीकारे सर्वोत्तमको सेयर श्रीमतिको नाममा किनेर गल्ती गरेको

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज(नेप्से) का प्रमुख कार्यकारी अधिकृत (सीईओ) चन्द्रसिंह साउदले सर्वोत्तम सिमेन्टको सेयर श्रीमतीको नाममा किनेकोमा गल्ती स्वीकार गरेका छन् । अर्थ समितिको बैठकमा उनले आफ्नो गल्ती स्वीकार गरेका हुन् ।

उनले कर्मचारीको नीयामावली अनुसार यस्तो कारोबार गर्दा केही फरक नपर्ने पाएपछि सेयर खरिद गरेपनि अहिले आएर आफूले गलत गरेको महसुश गरेको उनले बताएका हुन् ।
उनले भने नेतृत्वमा बसेर सेयर कारोबार गर्दा ऐन नियम भन्दा बाहेक हाम्रो पछाडि समाज पनि छ कि भनेर ध्यान दिनुपर्ने रहेछ, गल्ती महशुस गरेको छु ।’

प्राधिकरणमा कुलमानको नियुक्तिविरुद्ध हितेन्द्रदेवले गरे सर्वोच्चमा रिट दर्ता

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङको नियुक्ति विरुद्ध हितेन्द्रदेव शाक्यले सर्वोच्चमा रिट दर्ता गरेका छन् । आफुले राजीनामा नदिँदै नयाँ नियुक्ति गर्न सिद्धान्त विपरीत रहेको भन्दै शाक्यले रिट दर्ता गरेका हुन् ।

आफू उक्त पदमा बहाल रहेकै अवस्थामा घिसिङलाई गरिएको नियुक्ति कानुन र सर्वोच्च अदालतले प्रतिपादन गरेको सिद्धान्तविपरीत रहेको उनको भनाई छ । रिटमा लेखिएको छ ‘प्राधिकरणको कार्यकारी निर्देशक पदबाट मैले राजीनामा दिएको छैन भन्ने कुरा निर्विवाद छ, मलाई विपक्षी नेपाल सरकारले उक्त पदबाट सुनुवाइको मौका प्रदान गरी कुनै कानुनी आधारमा हटाउने निर्णय गरेको छैन भन्ने कुरा पनि निर्विवाद छ। यस्तो अवस्थामा मेरो यथावत रहेको नेपाल विद्युत प्राधिकारणको कार्यकारी निर्देशक पदमा विपक्षी कुलमान घिसिङलाई नियुक्ति गर्ने कार्य कानुन र औचित्यको समेत प्रतिकूल छ।’

गत साउन २५ गते बसेको मन्त्रपरिषद बैठकले शाक्यलाई ऊर्जा आयोगको विज्ञका रुपमा नियुक्ति गरेको थियो। ‘तर मैले उक्त पद स्वीकार नगर्दै आफूलाई विस्थापित गर्न कुलमानलाई नियुक्ति गरियो’, रिटमा भनिएको छ, मन्त्रिपरिषदका निर्णयले मलाई संविधानले दिएको पेसा रोजगार गर्न पाउने स्वतन्त्रता, समान संरक्षणको हक, इच्छाविरुद्ध काममा लगाउन नपाइने हकलगायतका हक हनन गरेको छ।’

जिल्ला प्रशासनको आलोपालो सेवा प्रणाली

वाग्मती, ३२ साउन (रासस) :
जिल्लामा कोरोना भाइरसको सङ्क्रमण दर बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालय मकवानपुरले प्रवाह गर्दै आएको अत्यावश्यकबाहेक विभिन्न सेवालाई आलोपालोको व्यवस्था लागू गरेको छ । कोरोना सङ्क्रमण रोकथाम तथा न

2021-08-16 06:20 AM
Number: 1 Word Count: 231

छ वर्षपछि इलाका प्रशासनबाट नागरिकता दिन सुरु, पहिलो दिन सात जनाले सेवा लिए

सिमकोट, ३२ साउन (रासस) :

हुम्लाको दक्षिण भेगका चारवटा गाउँपालिकाका नागरिकलाई सेवा दिने हेतुले स्थानपना भएको इलाका प्रशासन कार्यालय सर्केगाडले छ वर्षपछि आइतबारदेखि सेवा दिन सुरु गरेको छ । सर्केगाड, चङ्खेली, अदानचुली र ताँजकोट

2021-08-16 09:26 AM
Number: Word Count: 218

घारखोलाको बाँध र सुरुङ निर्माण अन्तिम चरणमा

म्याग्दी, ३२ साउन (रासस) :

जिल्लाको अन्नपूर्ण गाउँपालिकामा सञ्चालित घारखोला जलविद्युत् आयोजनाको बाँध र सुरुङ निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । म्याग्दी हाइड्रोपावर लिमिटेड प्रर्वद्धक रहेको १४ मेगावाट क्षमताको घारखोलाको बाँध

2021-08-16 08:34 AM
Number: Word Count: 379