सिडिओको आदेश लत्याउने स्वघोषित पदाधिकारीलाई कानुन लाग्दैन ?

२७ भदौ, काठमाडौ ।
नेपाल तालिम तथा रोजगार व्यावसायी महासंघले चुनाव गरेको नाममा संस्था कब्जा गरेको छ । एकातिर कोभिड–१९ को त्रास अर्को तिर संस्थाभित्र छलफल नै नगरी प्रक्रिया अगाडि बढाएको भन्दै सरोकारवाला इन्जिनियर सरोज कुमार उपाध्यायले काठमाडौ सिडिओ कार्यालयमा उजुरी गरिसकेपछि सिडिओ कार्यालयले हाललाई प्रक्रिया रोक्नु भनि पत्राचार गर्दागर्दै पनि सस्थापक अध्यक्ष चन्द्र साउत स्वघोषित अध्यक्ष अच्युतप्रसाद नेपालले बलमिच्याई गर्दै एकपक्षीय ढंगले कार्यसमिति गठन गरेपछि नेपाल तालिम तथा रोजगार व्यावसायि महासघका बहुसंख्यक सदस्यहरूले आपत्ति जनाउँदै आक्रोश व्यक्त गरेका छन् ।

हरेक संस्था बिधि अनि पद्धति अनुसार नै चल्नुपर्छ भन्ने मान्यता बोकेका महासंघ भित्रका बहुसंख्यक सदस्यहरूको एउटै प्रश्न छ, सिडिओ कार्यालयलाई लत्याउने साउद र नेपाललाई कानुन लाग्दैन ?

सामान्य गल्ती गर्नेहरू कानुनी दायरामा पर्छन् तर सिडिओ कार्यालयलाई लत्याउने यो टिमलाई कानुन लाग्छ कि लाग्दैन यो सन्दर्भ नियाल्नेहरुका लागी प्रतिक्षाको बिषय बनेको छ ।

दुइ दिनअघि सम्पन्नको नाटक गरिएको महासंघको चुनावमा फरक मत राख्नेहरुलाइ प्रक्रियामा सामेल नगराउने त्यस्तो अप्रजातान्त्रिक अभ्यास प्रति यतिबेला धेरैले खेद समेत व्यक्त गरेका छन् ।

त्यसैगरी सिडिओ कार्यालयको आदेश लत्याउने सबैलाई कानुनी कठघरामा उभ्याउनुपर्ने आवाज उठिरहेको बेला साउद र नेपाल दाजुभाई यो प्रक्रियामा नजोडिनु भएका नेकपा एकीकृत समाजवादीका अध्यक्ष नेता माधबकुमार नेपाललाई जोडेर विभिन्न सञ्चारमाध्यममा प्रायोजित समाचार लेखाउँदै हिडेका उनीहरुको यो हर्कत बेलैमा नरोके बिधि अनि पद्धतिको माग गर्नेहरूले कठोर कदम चाल्न सक्ने देखिन्छ ।

लोकतान्त्रिक अभ्यास अपनाएको भए कडा प्रतिस्पर्धाका हुने र पराजित हुनुपर्ने भयका कारण कानुनलाई हातमा लिने काम भएको छ, यो गैरलोकतान्त्रिक भएको धेरैको टिप्पणी छ।


गत बैशाख ९ गते हुने भनेको दोस्रो महाधिवेसन कोभिड–१९ का कारण स्थगित गरिएको थियो । तर एकाएक चुनावको नाटकमा सस्था कब्जा गरिएको सरोकारवालाहरुको भनाइ छ ।

स्वघोषित अनि बलमिच्याइपूर्वक बनाइएको अबैधानिक नयाँ कार्यसमिति


१– अच्युत प्रसाद नेपाल – अध्यक्ष
२– चन्द्र साउद – निवर्तमान अध्यक्ष
३– प्रमोद बाँनिया – बरिष्ट उपाध्यक्ष
४– भरत तिमिल्सिना – उपाध्यक्ष
५– लोक बहादुर बोहरा – उपाध्यक्ष
६– छत्र बहादुर बम – महासचिव
७– नारायण प्रसाद अदिकारि – सचिव
८– लक्ष्मी शर्मा – कोषाध्यक्ष
९– दिपक राजभाट – सदस्य
१०– शुष्मा रावल – सदस्य
११– सुमन पौडेल – सदस्य
१२– भिम पौडेल – सदस्य
१३– इन्दु आचार्य – सदस्य
१४– यज्ञ राज पाण्डे – सदस्य
१५– राजन के सि खत्रि – सदस्य
१६– हिरा बहादुर महर्जन – सदस्य
१७– रोजेल जि पुन – सदस्य
१८– प्रेम ब पुन – सदस्य
१९– भिम भुजेल – सदस्य
२०– विजय श्रीवास्तव – सदस्य
२१– मान बहादुर साउद – सदस्य
२२– सिपि शर्मा नेपाल – सदस्य
२३– राम बहादुर रेग्मि – सदस्य
२४– राम रतन यादव – सदस्य
२५– कष्ण शाह –पदेन सदस्य (प्रदेश न.१. अध्यक्ष)
२६– राकेश शाह –पदेन सदस्य (प्रदेश न.२. अध्यक्ष)
२७– बद्रि प्रसाद दाहाल –पदेन सदस्य (प्रदेश न.३. अध्यक्ष)
२८– कैलाश कुमार रञित –पदेन सदस्य (प्रदेश न.४. अध्यक्ष)
२९– सतिष कुमार अधिकारी –पदेन सदस्य (प्रदेश न.५. अध्यक्ष)
३०– उपेन्द्र शाहि –पदेन सदस्य (प्रदेश न.६. अध्यक्ष)
३१– प्रमोद पाठक –पदेन सदस्य (प्रदेश न.७. अध्यक्ष

nter

काग्रेस सांसद अमरेश सिंहका बहिनीज्वाई संजय झाले शिक्षाको नाममा करोडौं ठगि गरेको तथ्य बाहिरियो

दैनिक समाचारदाता
राजविराज, २६ भदौं ।
रौतहटका एक व्यक्तिले शिक्षा मन्त्रालयसँग साठगाठ गर्दै विभिन्न कलेजहरुको स्वीकृतीका लागि दर्ता भएका फायलहरु लिने गरेको खुलासा भएको छ ।
रौतहटको इशनाथपुर हाल औरैया निवासी ५० वर्षिय संजय झा नेपाली काग्रेसका सांसद अमरेश नारायण सिंहका आफ्नै बहिनिज्वाई हुन् । सांसद सिंहको सांसद पदको आडमा करौडौ रुपैंया ठगि गरेको समेत गरेको तथ्य बाहिरिएको छ ।
ललितपुरको ग्वार्कोमा बस्दै आएका झाले विगत सात वर्षदेखि सिंहको सांसद पदको दुरुपयोग गर्दै शिक्षा मन्त्रालय समेतलाई प्रभावमा पारेको तथ्य खुलेको छ ।
मुलुकको विभिन्न कलेजहरुको समस्या समाधान गराइदिने भन्दै त्यस्ता कलेजहरुको संयोजक रहेको भन्दै मन्त्रालयसँगको साठगाँठमा र कलेजसँगको सम्बन्धित समस्या समाधान गर्ने भनि विभिन्न विश्वबिद्यालयको लब्धाङ्क पत्रदेखि प्रमाणपत्रसम्म समरुपता सहितको डिजाईन गर्ने र वितरण गर्ने गराउने जिम्मेबारी सहितको व्यवस्थापनको नाउमा झाले कार्य गर्दै आइरहेका छन उनी ।
झाले दर्ता भएका फाइल तथा बिबादित कलेजहरु जम्मा गर्दै सम्बन्धित निकायबाट त्यसको स्वीकृतिका लागि विभिन्न व्यक्ति तथा कम्पनिहरुसग करोडौ रुपैंया उठाउने र पछि कुनै न कुनै किसिमको विवाद निकाल्दै कलेजको शेयर पनि नदिने तथा आफुले लिएको रकम समेत फिर्ता नगर्ने गरेको खुलेको छ ।
यस्तै अनेक ठगि प्रकरणमा पाटन उच्च अदालतको परमादेशबाट अहिले पक्राउ परेका झा प्रहरी थुनामा भने छैनन् । पक्राउ परेपछि न्युनतम पनि २५ दिन प्रहरी थुनामा राखी अनुसन्धान तथा बयान लिने गरिन्छ । प्रहरीले पक्राउ गरे लगत्तै झालाई छुटाउन झाका जेठान काग्रेस सांसद अमरेश सिह प्रहरी परिसर टेकु पुगे र करिब ४ घण्टा त्यहि बिताए । अन्ततस् स्वस्थ्य अवस्थामा पक्राउ परेका झालाई बिरामी रहेको भन्दै काठमाडौँ मेडिकल कलेज सिनामंगलमा भर्ना गरियो । यसरी स्वस्थ्य अवस्थामा पक्राउ परेपनि सांसदको शक्ति आडमा झा प्रहरी थुनामा नरही अहिले अस्पतालमा बसिरहेका छन । बिरामी भनिएका झालाई सुरुमा सिनामंगल स्थित केएमसी अस्पतालको आईसोलेसन वार्डको केबिन नम्बर १३ र १८ मा रखिएको भनिएता पनि केबिन नम्बर परिबर्तन भई रहने गरेको छ । अस्पताल नै बस्नु पर्ने अवस्थाको बिरामी रहेका भनि अस्पताल भर्ना गरिएका झा भने अधिकांश समय फेसबुकमा रमाइरहेका छन ।
यसैबीच धरानका लोकेन्द्र श्रेष्ठ लगायत मनोज श्रेष्ठसग झाले कलेजको काम गर्ने र शेयर दिने नाउँमा लाखौ रकम लिएको पीडितहरुले बताएका छन् । झाले श्रेष्ठसग केन्ट कलेज अफ टेक्नोलोजी एण्ड म्यानेजमेन्ट लगायत वेलह्याम्स एजुकेशन नेटवर्क, हाल केन्ट कलेज को नाउँमा एक करोड रुपैंया लिएको प्रमाण छ ।
त्यसैगरी झाले शिक्षा मन्त्रालयबाट भिरिन्ची कलेजको स्वीकृति दिलाइदिने भन्दै त्यसको सम्झौता गरी दश लाख रुपैंया लिएको समेत देखिन्छ ।
यदि मन्त्रालयबाट सम्झौता गराउन नसके आफुले लिएको दश लाख रुपैंया फिर्ता गर्ने भन्दै ग्यारेन्टी स्वरूप झाले नेपाल एसबिआई बैंकमा रहेको आफ्नो खाताको दश लाख रुपैंयाको चेक मनोज श्रेष्ठलाई दिएको देखिन्छ । हालसम्म झाले न काम गरिदिए नत पैसा नै फिर्ता गरेका छन ।
वेल्ह्याम्स एजुकेशन नेटवर्क प्रालिको शेयर दिने भन्दै झाले धनुषाका प्रविन कुमार झासग सुरुवाती लगानी गर्दै प्रविन झालाई शेयर कायम नगरी ललितपुरका सुयोग्यमान तुलाधरसग कम्पनि किनबेचको सम्झौता गरी २५ लाख रुपैंया लिएका थिए । पछि तुलाधरसग समेत विवाद गरी उक्त कम्पनि पुनस् अन्य व्यक्तिलाई बेचेको देखिन्छ ।
यस्तै किसिम अर्को एक प्रकरणमा क्ष्ऋज्ः ल्भउब ितथा क्ष्ऋज्ः ीबष्तिउगच कलेजका समस्याग्रस्त ब्याच “२०१३“ को समाधान हुदै गर्दा झा कै सम्योजकत्वमा ध्ीऋ ल्भउब िका संचालक समेत रहेका संजय झाको ठाडो निर्देशनमा अकल प्रसाद जोशीले बिद्यार्थीसग लाखौ रकम उठाएका थिए । झा समेत रहेका क्ष्ऋज्ः ल्भउब िका संचालक शिबकुमार श्रेष्ठको सम्योजकत्वमा वितरण भएको लाब्धंकपत्र समेत के ठिक छ भन्ने सन्देहास्पद रहेको देखिन्छ ।
यी त ठगीका केहि उदाहरण मात्र हुन् । यसरी अनेक तवरले करोडौ रुपैंया ठगि गर्दै खोलिएको बिभिन्न कलेजको अध्यक्ष तथा सिईओ लगायत अन्य पदमा रही कलेज संचालन गर्दै आईरहेका छन संजय झा ।

चीनमा कोरोनाविरुद्ध दुई अर्ब चौध करोड डोज खोप लगाइयो

चीनमा कोरोना भाइरसविरुद्ध दुई अर्ब १४ करोडभन्दा बढी डोज खोप लगाइ सकिएको सिन्ह्वा समाचार समितिले जनाएको छ ।
देशभर दुई अर्व १४ करोड डोज खोप लगाइएको यहाँ राष्ट्रिय स्वास्थ्य निकायले आइतबार जानकारी दिएको छ । चीनको हुबे प्रन्तको बुहान शहरबाट सन् २०१९ को डिसेम्बरबाट कोरोना भाइरसको सङ्क्रमण शुरु भएको थियो । कोरोना भाइरसबाट प्रभावित भएका सबै देश यसको विरुद्ध खोप अभियान शुरु गरेका छन् । तर चीन खोप अभियान सबभन्दा अगाडि रहेको छ । कोरोनाको कारण हालसम्म विश्वभर २२ करोड ५१ लाख ७४ हजार ४४२ जनाको सङ्क्रमित भएका छन् भने यसको सङ्क्रमणको कारण ४६ लाख ३९ हजार ८६७ जनाको मृत्यु भएको छ ।

वाग्मती प्रदेशमा ‘एक घर एक धारा’ निर्माण अभियान सुरु

खानेपानीको अभाव झेल्दै आएका वाग्मती प्रदेशमा ‘एक घर एक धारा’ निर्माण अभियान अघि बढाइएको छ ।वाग्मती प्रदेश सरकारले प्रदेशमा खानेपानी समस्या समाधान गर्न र सहज आपूर्तिका लागि ‘एक घर एक धारा’ अभियान अघि बढाएको हो । आगामी पाँच वर्षभित्र प्रदेशअन्तर्गत १३ जिल्लाका सबै घरमा खानेपानी धारा जोड्ने अभियानअन्तर्गत प्रदेश सरकारले कार्यक्रम अघि बढाएको छ । उक्त अभियानअन्तर्गत प्रदेश खानेपानी तथा सरसफइ डिभिजन नं १ को कार्यालय हेटौँडाले आर्थिक वर्ष २०७७÷७८ मा आठ वटा खानेपानी आयोजना सम्पन्न गरेको जनाएको छ ।

कार्यालयले सङ्घीय सःशर्त अनुदानतर्फ रहेका ७८ आयोजनामध्ये चितवनमा तीन र मकवानपुरमा पाँच गरी कुल आठ आयोजना सम्पन्न भएको कार्यालय प्रमुख सन्तोष श्रेष्ठले बताए । निर्माण सम्पन्न भएको खानेपानी आयोजनाबाट ११ हजार ११९ घरपरिवार लाभान्वित भएको सो कार्यालयले जनाएको छ । त्यसैगरी आधारभूत खानेपानीतर्फ गत आर्थिक वर्षमा ४४ वटा आयोजना सम्पन्न भएको थियो । त्यसको कूल बजेट रु ६० करोड २९ लाख रहेकामा रु ५३ करोड २५ लाख खर्च गरी ८८ प्रतिशत वित्तिय प्रगति र ९४ प्रतिशत भौतिक प्रगति हासिल गरेको प्रमुख श्रेष्ठको भनाइ छ ।

यसअघि वाग्मती प्रदेश सरकारले आर्थिक वर्ष २०७५÷७६ मा १८ वटा र आर्थिक वर्ष २०७६÷७७ मा १५ वटा गरी कुल ३३ वटा आधारभूत खानेपानी आयोजना सम्पन्न गरिसकेको छ । प्रदेशको राजधानी हेटौँडामा पछिल्लोपटक मागअनुसारको खानेपानी आपूर्ति भएपछि सबै साधारणलाई सजिलो भएको छ । हेटौँडा खानेपानी बोर्डका अनुसार मकवानपुरको भीमफेदी गाउँपालिका नजिक इनार निर्माण भएपछि खानेपानी आपूर्तिमा सहज भएको बताइएको छ । सो बोर्डले भीमफेदीस्थित सामरी खोलामा कुल रु एक करोड १५ लाखको लागतमा इनार निर्माण गरेको हो । उक्त इनारबाट दैनिक २७ लाख लिटर पानी वितरण सुरु भएको बोर्डका सूचना अधिकारी सञ्जय न्यौपानेले जानकरी दिएका छन् ।

दैनिक एक करोड ४५ लाख लिटर खानेपानी आपूर्ति गर्दै आएको बोर्डले अब भने दैनिक एक करोड ७२ लाख लिटर आपूर्ति गर्दै आएको छ । बोर्डको कार्य क्षेत्रमा दैनिक एक करोड ८० लाख लिटर खानेपानी माग रहिआएको छ ।

राष्ट्रिय बाल दिवस मनाउने तयारी

‘सामान्य अवस्था वा कोभिड महामारीमा बालअधिकार संरक्षण हामी सबैको जिम्मेवारी’ भन्ने नाराका साथ यही भदौ २९ गते ५७औँ राष्ट्रिय बाल दिवस मनाउने तयारी गरिएको छ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय र राष्ट्रिय बालअधिकार परिषद्ले आज सिंहदरबारमा पत्रकार सम्मेलन गरी दिवसका अवसरमा बालअधिकार संरक्षण र संवद्र्धनमा भएका विषयगत प्रयास तथा उपलब्धिबारे जानकारी गराइनेछ ।

दिवसका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट सन्देश जारी हुनेछ भने प्रधानमन्त्री शेरबहादुर देउवाले भर्चुअलरुपमा मूल समारोह समितिको कार्यक्रम शुभारम्भ गरेका छन् । दिवसका कार्यक्रममा ‘सङ्घीय नेपालमा बाल अधिकार’ विषयक दुई मिनेटको भिडियो निर्माण प्रतियोगितामा उत्कृष्ट तीन भिडियो सार्वजनिक गरी पुरस्कृत गरिनेछ । सडक बालबालिकामुक्त राष्ट्र नेपाल बनाउने अभियानअन्तर्गत सडकदेखि रङ्गशालासम्म कार्यक्रम, अन्तर्राष्ट्रिय खेलाडी उत्पादनका लागि रग्वी प्रशिक्षणको पनि दिवसकै दिन शुभारम्भ गरिनेछ ।

यस्तै भदौ ३० गते सातै प्रदेशमा बालबालिकाको सहभागितामा डिजिटल ह्याङआउट कार्यक्रम र कोभिडले पारेको प्रभाव र समाधानका उपायबारे सिर्जनात्मक अभिव्यक्ति प्रस्तुति गराइनेछ । मन्त्रालयका सचिव यामकुमारी खतिवडाले दिवसका अवसरमा बाल अधिकारका क्षेत्रमा नीगतगत समीक्षा र भावी कार्यदिशा तय गर्ने विषयमा पनि छलफल हुने बताएका छन् । उनले भने बाल अधिकारबारे सञ्चारमाध्यमले उचित स्थान दिन नसकेको गुनासो गरेका छन् । परिषद्का कार्यकारी निर्देशक मिलन धरेलले नयाँ कानूनी व्यवस्थाबमोजिम सबै स्थानीय तहमा बालअधिकार संरक्षणका लागि संरचना स्थापना हुन थालेको जानकारी दिएका छन् ।

दुर्घटनामा एकको मृत्यु, नौ घाइते

यहाँ टाटा सुमो जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । आज दिउँसो मानेभञ्ज्याङ गाउँपालिका– ६ मितेरीभञ्ज्याङमा टाटा सुमो दुर्घटना हँुदा बारा घर भएका करिब ४० वर्षीय पृथ्वीबहादुर श्रेष्ठको घटनास्थलमै मृत्यु भएको हो ।

मृतक श्रेष्ठको स्थायी ठेगाना बारा जिल्ला भन्ने खुले पनि स्थानीय ठेगाना यकीन भइनसकेको जिल्ला प्रहरी कार्यालयका प्रमुख गोविन्दराज काफ्लेले बताएका छन्। बा११च ५२१० नम्बरको सुमो दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको र अन्य नौ जना घाइते भएको उहाँको भनाइ छ । घाइते हुनेमा दुई महिला, चार नाबालक र चालकसहितका अन्य पुरुष छन् ।

दुर्घटनाका घाइतेमध्ये चार जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । घाइतेको उदयपुरको घुर्मीमा उपचार भइरहेको छ । सिद्धिचरण नगरपालिकाको निशङ्खे हुँदै मानेभञ्ज्याङ–१ मोलीको बाटो भएर काठमाडौँका लागि छुटेको सुमोमा १० व्यक्ति सवार थिए । दुर्घटनाका घाइतेको उद्धार र घटनाको अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय प्रमुख काफ्लेसहितको प्रहरी टोली घटनास्थल पुगेकोे जनाइएको छ ।

एकसिङ्गे गैँडा संरक्षणमा चुनौती

बर्दिया राष्ट्रिय निकुञ्जमा रहेको लोपउन्मुख एक सिङ्गे गैँडा संरक्षणमा चुनौती रहेको छ । जलवायु परिवर्तनका कारण तापक्रम वृद्धिको असर गैँडा संरक्षणमा पर्न थालेको छ । गैँडाका चरिचरन क्षेत्रमा वनमारालगायत मिचाहा प्रजातिका वनस्पति झाङ्गिँदै गएकाले आहाराको समस्या चुनौतीका रूपमा देखिएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत विष्णुप्रसाद श्रेष्ठले बताएका छन् ।

निकुञ्जसहित मध्यवर्ती क्षेत्रका सामुदायिक वनमा गैँडाले बासस्थान बनाएका छन् । बर्दियामा पाँगो माटोको समस्या छ । यस्तो माटो घट्दै गएको पाइन्छ । गैँडालाई आहालमा बस्नुपर्ने भएकाले पोखरी तथा घोल आवश्यक पर्छ । कर्णाली–गेरुवा नदीमा पानीको मात्रा घटेकाले गैँडाका बासस्थानमा पानीको समस्या छ ।

सन् २०१५ को अनुगमनबाट चितवनमा ६०५, बर्दियामा २९, शुक्लाफाटामा आठ र पर्सामा तीन गरी ६४५ एकसिङ्गे गैँडा छन् । सन् २०१७ र २०१८ मा चितवन राष्ट्रिय निकुञ्जबाट बर्दियामा आठ गैँडा स्थानान्तरण गरिएका छन् । निकुञ्जका प्रमुख संरक्षण अधिकृत श्रेष्ठले गैँडा गणना गर्न रु एक करोड १० लाख लागत अनुमान गरिएको बताए । त्यसमध्ये रु ३० लाख मूल्यको प्राविधिक सामग्री खरिद छ । प्रत्येक चार÷पाँच वर्षमा गरिने गैँडा गणना गत वर्ष कोभिड महामारीका कारण रोकिएको थियो । निकुञ्जमा प्रत्यक्ष विधिबाट गैँडा गणना गरिएको छ ।

४० लाख राजस्व सङ्कलन

जिल्ला वन कार्यालय जुम्लाले जडीबुटी सङ्कलनबाट रु ४० लाख राजस्व सङ्कलन गरेको छ । यहाँका आठ स्थानीय तहबाट जडीबुटी व्यापारीबाट सो राजस्व सङ्कलन गरिएको हो । तातोपानी, गुठीचौर र पातारासी गाउँपालिका अरु स्थानीय तहभन्दा बढी जडीबुटी पाइने स्थानीय तहमा पर्छन् ।

विशेषगरी गुठीचौर र पातारासीका नागरिकको मुख्य आयस्रोतको माध्यम नै जडीबुटी सङ्कलन हो । यहाँका पाटनमा जिल्लाभरिका नागरिक नै जाने गर्छन् । कोरोना कहरबीच पनि जटीबुटी सङ्कलनबाट राम्रो कमाइ भएको यहाँका स्थानीयवासी बताउँछन् । डिभिजन वन कार्यालयको तथ्याङ्कअनुसार कोरोना महामारीकै बीचमा विभिन्न २० प्ररकारका जडीबुटीबाट २० टन २०० क्विन्टल जडीबुटी सङ्कलन तथा निर्यात गरिएको छ । त्यसमा सबैभन्दा बढी धुपी साढे दुई टन निर्यात गरिएको हो । त्यसैगरी सेतक चिनी साढे दुई टन, चिराइतो नौ क्विन्टल, तितेपाती साढे दुई टन, सुनपाती तीन टन, पाखनबेद साढे दुई टन, सुगन्धवाला सुमायो एक टन पाँच क्विन्टल निर्यात गरिएको जिल्ला वन कार्यालयका सूचना अधिकारी खड्कबहादुर महतले बताएका छन् ।

जिल्लाका ७३ व्यापारीले यो पटक जडीबुटी निर्यात गरेका हुन् । कार्यालयले रु ४० लाख राजस्व सङ्कलन गरेको छ, जसमा जडीबुटी सङ्कलनबापत रु २९ लाख ४७ हजार र घर निर्माणको पुर्जा वितरणबापत रु १० लाख ७६ हजार राजस्व सङ्कलन गरिएको छ । यार्सागुम्बाबाट रु १२ लाख ३० हजार, सेतक चिनीबाट रु चार लाख २० हजार, विषजराबाट रु एक लाख ४१ हजार, धुपीबाट रु ७० हजार, कालादानाबाट रु ५५ हजार ३००, रातो च्याउबाट रु ५५ हजार, पाखनबेदबाट रु एक लाख ८६ हजार, वन लसुनबाट रु २० हजार ५०० पदमचालबाट रु १७ हजार ५०० राजस्व सङ्कलन गरिएको सूचना अधिकारी महतले बताएका छन् ।

कार्यालयका अनुसार जुम्लाबाट २० टन जडीबुटी बाहिर निर्यात भएको छ । आर्थिक वर्ष २०७७÷०७८ मा जुम्लाका आठ स्थानीय तहमा सङ्कलन भएको २० टनभन्दा बढी जडीबुुटी जुम्लाबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा निर्यात भएको वन कार्यालयले जनाएको छ । पछिल्लो सयमा जडीबुटीले यहाँका स्थानीयवासीको आर्थिक स्रोतमा टेवा पुगेको जडीबुटी व्यापारी दिपक बोहोराले बताएका छन् ।

एक वर्षमा सातको ज्यान लियो सेती नदीले

सेती नदीले बर्सेनि यहाँका नागरिकको अकालमै ज्यान लिँदै आएको छ । एकको वर्षको अवधिमा सेती नदीले यहाँका सात स्थानीयवासीको ज्यान लिइसकेको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार एक वर्षमा मात्रै सेती नदीमा नुहाउने क्रममा सातले अकालमै ज्यान गुमाइसकेका छन् । करिब ३९ वर्ष अघिदेखि ७५० मेगावाट क्षमताको जलविद्युत् उत्पादन गर्ने भनी ‘पश्चिम सेती’ का नामले चर्चामा रहेको सो नदीले बर्सेनि यहाँका स्थानीयवासीको अकालमै ज्यान लिने गरेको छ ।

यसै क्रममा यही शुक्रबार मात्रै नुहाउने क्रममा सुदूरपश्चिम प्रदेश प्रहरी अस्पताल दिपायलका प्राविधिक प्रहरी नायब निरीक्षक खडग भुल्यालका १८ वर्षीय छोरा पवन बेपत्ता भएका छन् । उनको खोजीका लागि ठूलो सङ्ख्यामा प्रहरी टोली तथा स्थानीयवासी परिचालन भए पनि अहिलेसम्म भेटाउन सकेको छैन् ।

सेतीमा पानीको बहाव बढी हुने भएकाले नदीमा नुहाउन गएका बगेर बेपत्ता हुने गरेका र कम्तीमा पनि एक हप्तापछि नदीमा तैरिएको अवस्थामा फेला पर्ने गरेको स्थानीयवासी भरत द्वारियाले बताएका छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक दानबहादुर मल्लका एक वर्षको अवधिमा सेतीमा नुहाउन गएर ज्यान गुमाउनेमा केआइसिंह गाउँपालिका–५ का ३८ वर्षीय लोकेन्द्रबहादुर रावल, शिखर नगरपालिका–४ की १६ वर्षीया धर्माकुमारी महरा, आदर्श गाउँपालिका–५ लामिखालका ४५ वर्षीय पुस्कर सिंह, आदर्श गाउँपालिका–६ गिरीचौकाकी अन्दाजी ३५ वर्षीया बसु अधिकारी, शिखर नगरपालिका–१० का अन्दाजी पाँच वर्षीय गोविन्द बलायर छन् ।

यसैगरी आदर्श गाउँपालिका–४ का ५२ वर्षीया मनी पार्की, दिपायल सिलगढी नगरपालिका–४ राजपुर घर भएकी आठ वर्षीया बालिका करिश्मा नेपाली सेतीमा नुहाउन गएका बेला बगेर ज्यान गुमाएका छन् । सेती नदीमा पानीको प्रवाह तीव्र भएका कारण नुहाउन जाँदा सामान्य लापरवाहीले डुब्ने गरेको इलाका प्रहरी कार्यालय दिपायलका प्रहरी नायब निरीक्षक रुपसिंह थापाले बताए । उनले भने, “सेती नदीको पानी अन्य नदीको तुलनामा बढी चिसो र तीव्र छ, त्यसले गर्दा अन्य नदीमा पौडी खेलेका व्यक्ति यस नदीमा छिट्टै डुब्ने गर्छन् र बेपत्ता हुने गरेका छन् ।”

सेतीमा बर्सेनि स्थानीयवासीको अकालमै ज्यान जान थालेकाले नदी किनाराका बस्तीमा जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्न आवश्यक रहेको दिपायल सिलगढी–४ का वडाध्यक्ष वीरेन्द्रबहादुर शाहले बताएका छन् । नदीमा मान्छे बेपत्ता हुनेदेखि नदी आसपासका बस्ती पनि नदी कटानको जोखिममा पर्दै आएका छन् । यहाँका दिपायल, समूहगाढ, कालागाढ, सिरखोलीसैन, भागेतडा, घोलतडा, नारिदाङ, बानीडुग्रीसैनलगायतका बस्ती निकै जोखिममा परेका छन् ।

असोज १ गतेदेखि चितवनका शैक्षिक संस्थामा पढाइ हुने

जिल्लाका सामुदायिक तथा संस्थागत विद्यालय आगामी असोज १ गतेदेखि सञ्चालन गर्ने तयारी गरिएको छ । जिल्ला सङ्कट व्यवस्थापन केन्द्रको निर्णयअनुसार यहाँ रहेका विद्यालयमा स्वास्थ्य मापदण्ड पालना गरी भौतिक रुपमा विद्यालय सञ्चालन गर्न लागिएको शिक्षा विकास तथा समन्वय एकाइले जनाएको छ ।

कार्यालयका प्रमुख भूमिलाल सुवेदीका अनुसार जिल्लामा ३४९ सामुदायिक र १७६ संस्थागत विद्यालय छन् । ती विद्यालयमा एक लाख ५६ हजार ८०० विद्यार्थी अध्ययनरत रहेको उनले जानकारी दिएका छन् । उनले भने, “एउटा कक्षामा २५ विद्यार्थी सहभागी बनाइ अध्ययन अध्यापन सुरु गर्ने तयारीमा छौ ।” एउटा बेन्चमा दुई जना राख्ने गरी व्यवस्था गरिएको उनको भनाइ छ ।

स्वास्थ्य कार्यालय, स्थानीय प्रशासन, स्थानीय तह र एकाइको समन्वयमा विद्यालय खोलेर भौतिक रुपमा पठनपाठन गर्न लागिएको हो । विद्यालय सञ्चालन गर्दा प्रर्याप्त मात्रामा साबुन पानी र सेनिटाइजरको व्यवस्था गर्नुपर्ने उनले जानकारी दिएका छन् । उनले भने, “विद्यार्थीले माक्स र फेस सिल्ड आफैले व्यवस्था गर्नुपर्ने हुन्छ ।”

भरतपुर महानगरपालिका शिक्षा महाशाखाका प्रमुख महेन्द्रप्रसाद पौडेलका अनुसार महानगरमा विद्यालय सञ्चालनका लागि १५ बुद्धे मापदण्ड तयार गरिएको छ । मापदण्डअनुसार असोज १ गते कक्षा ९ देखि १२ सम्म भौतिक रुपमा सञ्चालन गर्ने, त्यसपछि एक हप्ताको अवस्थाका आधारमा कक्षा ६ देखि ८ सम्म र बालविकास कक्षादेखि कक्षा ५ सम्म क्रमशः भौतिक रुपमा उपस्थित भई विद्यालय सञ्चालन गरिने जनाइएको छ ।

एक एक हप्ताको फरकमा अवस्था हेरेर भौतिक रुपमा कक्षा सञ्चालन गर्न लागिएको हो । विद्यार्थी न्यून भएका आधारभूत विद्यालयमा अवस्था हेरी आलोपालो वा सिफ्टमा कक्षा सञ्चालन गरिने उनले जानकारी दिएका छन्। एउटा कक्षा सिफ्ट समूहका विद्यार्थी बाहिरिने र अर्को भित्रने समयावधि आधा घण्टा राखी विद्यालय सञ्चालन गरिने उनको भनाइ छ ।

ज्वारो आउने, जिउ दुख्ने जस्ता कोभिडको लक्षण देखिएका विद्यार्थी र शिक्षकको तत्काल एन्टिजेन परीक्षणका लागि नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क गर्न महाशाखाले अनुरोध गरेको छ । स्वास्थ्य मापदण्डको पूर्ण रुपमा पालना गर्दै विद्यालय सञ्चालन गर्न लागिएको उनले जानकारी दिए ।

महानगरमा अहिले सामुदायिक र संस्थागत गरी २२० विद्यालय रहेका छन् । यहाँ ८८ हजार ७६५ विद्यार्थी अध्ययनरत रहेको पौडेलले बताएका छन्। जिल्लामा रहेका सातवटै पालिकाले विद्यालय सञ्चालनका लागि मापदण्ड तयार गरेका छन् । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन प्याप्सनका अध्यक्ष टीकाराम चापागाईंले विद्यालय सञ्चालनका लागि आवश्यक तयारी थालिएको बताएका हुन् ।

भाइरल ज्वरो र रुघाखोकीका बिरामी बढे

यहाँका स्वास्थ्य संस्था र अस्पतालमा भाइरल ज्वरो र मौसमी रुघाखोकीका बिरामीको सङ्ख्या बढेको छ । लगातारको वर्षा तथा मौसम परिवर्तन भएसँगै यहाँ भाइरल ज्वरो र मौसमी रुघाखोकीका बिरामी बढेका स्वास्थ्यकर्मीले बताएका छन् ।

जिल्ला अस्पतालमा हाल एक सयको हाराहारीमा बिरामी उपचारका लागि आउने गरेका छन् । त्यसमध्ये आधा जतिमा भाइरल ज्वरो देखापर्ने गरेको जिल्ला अस्पतालका प्रमुख डा वसन्तराज जोशीले जानकारी दिए । पहिलेको तुलनामा बिरामीको सङ्ख्या बढ्दै गएको छ । लक्षणहरु कारोनासँग मिल्दोजुल्दा हुने गरेको भए पनि कोरोना नभएर भाइरल ज्वरो रहेको डा जोशीको भनाइ छ ।

मौसममा आएको परिवर्तन र निषेधाज्ञा खलेसँगै ज्वरोका बिरामी बढेका डा जोशीले बताएका छन् । “निषेधाज्ञा हटेको छ, बजार क्षेत्रमा भिडभाड बढ्यो, स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्ने गर्दैनन्, यसले पनि ज्वरोका बिरामी बढेका हुन्”, उनले भने, “मौसम परिवर्तन भएको छ, निरन्तर वर्षा भइरहेको छ, दूषित पानीको प्रयोगले पनि यो समस्या आएको हो ।”

उपचारका लागि आउने बिरामीमध्ये धेरैजसो ज्वरो र रुघाखोकीका आउने गरेका श्रीकोट स्वास्थ्य चौकीका प्रमुख वीरसिंह भाटले बताए । सरकारी स्वास्थ्य संस्थामा मात्रै नभएर नीजि मेडिकलमा पनि भाइरल ज्वरोका बिरामी बढेका छन् । केही दिनदेखि आफ्नो मेडिकलमा पनि ज्वरोका बिरामी बढ्दै गएका प्रकाश मेडिकल हल मुस्याचौरका सञ्चालक प्रकाशचन्द्र भट्टले जानकारी दिएका छन् । बालबालिकालाई समेत भाइरल ज्वरोले नछाडेको उनको भनाइ छ ।

आगलागी हुँदा तीन घाइते

खाना पकाउने ग्याँसको सिलिन्डर फेर्ने क्रममा आगलागी हुँदा अर्जुनधारा नगरपालिका–७ मा एका घरका तीन घाइते भएका छन् । इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रहरी नायब उपरीक्षक सन्तोष आचार्यका अनुसार रोमनाथ खनालका घरमा नयाँ सिलिन्डर फेरेर बाल्ने क्रममा ग्याँस चुहावट भई शनिबार साँझ ६ बजेतिर आगलागी भएको हो ।

आगलागीमा परी ४२ वर्षीय रोमनाथ, उनकी पत्नी ३८ वर्षीया दुर्गा र छोरा १८ वर्षीय पङ्कज खनाल घाइते भएका र उनीहरुको विराटनगरस्थित म्याक्स हस्पिटल उपचार भइरहेको प्रनाउ आचार्यले बताउनुभयो । घाइतेमध्ये रोमनाथको अवस्था गम्भीर रहेको जनाइएको छ ।

बिर्तामोड नगरपालिकाको दमकल, स्थानीय बासिन्दा र प्रहरीले डेढ घण्टापछि आगो नियन्त्रणमा लिएका थिए । आगलागीबाट खनाल परिवारको टिनको छानो भएको एकतले पक्की घरमा समेत क्षति पुगेको प्रहरीले जनाएको छ ।

आगलागी हुँदा तीन घाइते

खाना पकाउने ग्याँसको सिलिन्डर फेर्ने क्रममा आगलागी हुँदा अर्जुनधारा नगरपालिका–७ मा एका घरका तीन घाइते भएका छन् । इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रहरी नायब उपरीक्षक सन्तोष आचार्यका अनुसार रोमनाथ खनालका घरमा नयाँ सिलिन्डर फेरेर बाल्ने क्रममा ग्याँस चुहावट भई शनिबार साँझ ६ बजेतिर आगलागी भएको हो ।

आगलागीमा परी ४२ वर्षीय रोमनाथ, उनकी पत्नी ३८ वर्षीया दुर्गा र छोरा १८ वर्षीय पङ्कज खनाल घाइते भएका र उनीहरुको विराटनगरस्थित म्याक्स हस्पिटल उपचार भइरहेको प्रनाउ आचार्यले बताउनुभयो । घाइतेमध्ये रोमनाथको अवस्था गम्भीर रहेको जनाइएको छ ।

बिर्तामोड नगरपालिकाको दमकल, स्थानीय बासिन्दा र प्रहरीले डेढ घण्टापछि आगो नियन्त्रणमा लिएका थिए । आगलागीबाट खनाल परिवारको टिनको छानो भएको एकतले पक्की घरमा समेत क्षति पुगेको प्रहरीले जनाएको छ ।

शैक्षिक संस्था आजदेखि सञ्चालन हुने

विगत चार महिनादेखि बन्द रहेका मकवानपुरका शैक्षिक संस्था आजदेखि सञ्चालन आउने भएका छन् । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रका अनुसार १० वटै स्थानीय तहमा रहेका अधिकांश सामुदायिक तथा निजी विद्यालय सञ्चालनमाा आउन लागेका हुन् ।

स्वास्थ्य मापदण्डलाई पूर्ण पालना, भौतिक दूरी कायम गर्न, भीडभाड हुने सामूहिक कार्य गर्न नगराउन शैक्षिक संस्थालाई भनिएको छ । गत वैशाखको १५ गतेदेखि विद्यालय बन्द गरिएको थियो भने वैकल्पिक माध्यमबाट अध्ययन÷अध्यापन गराइँदै आएको थियो । प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेको नेतृत्वमा गत भदौ १७ गते बसेको कोभिड–१९ व्यवस्थापन केन्द्रको बैठकले सबै स्थानीय तहलाई कोरोनाको अवस्था हेरेर विद्यालय खोल्न मिल्ने निर्णय गरेको थियो ।

बारा र पर्सामा आठ पक्की पुल निर्माण

बारा र पर्सा दुई जिल्लामा गत आर्थिक वर्ष २०७७÷७८ मा चार÷चार पक्की पुल निमार्ण भएका छन् । हेटौँडास्थित सडक डिभिजन कार्यालयका अनुसार विभिन्न आव निर्माण सुरुआत भएका थिए । कार्यालयको कार्यक्षेत्र बारा, पर्सा र मकवानपुर पर्दछ ।

कार्यालयका इञ्जीनियर लोमस उपाध्यायका अनुसार निर्माण सम्पन्न भएका पुलमा बाराको पसहाल , सिम्रौनगण कन्कालनी पोखरी पश्चिम पट्टि, पसाहाखोला र सिगहा नदीका पुल छन् भने पर्साकोमा सुपौलीको उत्तर , श्रीसियाखोला ड्राइपोट बाइपास परवानीपुर सडक , मरलहिया नदी र स्मृति पुल छन् । ती पुल न्यूनतम रु एक करोड ५२ लाखदेखि अधिकतम रु सात करोड ७२ लाखमा निमार्ण भएका हुन् ।

चितवनमा घट्दै कोरोना सङ्क्रमण

साउन महिना लागेसँगै उच्च बनेको कोरोना सङ्क्रमणदर विस्तारै घट्दै गएको छ । जिल्लाका र बाहिरबाट उपचारका लागि आउने सङ्क्रमितको सङ्ख्या पनि घट्दै गएको छ । गत साउनमा दैनिक २०० हाराहारीमा सङ्क्रमण रहेकामा यही भदौ लागेसँगै सङ्क्रमण घट्दै गएर दैनिक ४० हाराहारीमा झरेको छ । स्वास्थ्य कार्यालयका जनस्वास्थ्य अधिकृत गीताञ्जली ढकालका अनुसार साउन ७ गते २५५ मा सङ्क्रमण पुष्टि भएको थियो । यस्तै साउन १७ गते २२९, साउन २४ गते २३८ मा सङ्क्रमण देखिएको थियो । साउन मसान्तबाट यो सङ्ख्या घट्दै गएको हो । साउन ३१ मा आइपुग्दा २०१ जनामा कोरोना देखिएको थियो ।

जिल्लाका विभिन्न अस्पतालमा रहेका प्रयोगशालामा गरिएको परीक्षणका क्रममा भदौ महिना सुरु भएसँगै यो सङ्ख्या थप घट्दै गएको हो । कार्यालयको तथ्याङ्कानुसार भदौ १ गते १०६ मा सङ्क्रमण देखिएकामा भदौ १० गते आउँदा ९७ मा झरेको थियो । भदौ २० गते ७० मा झरेकामा २४ गते आइपुगदा यो सङ्ख्या ४१ मा झरेको छ ।

साउनमा २७ हजार १९७ को परीक्षण गरिएकामा पाँच हजार २६५ मा सङ्क्रमण देखिएको थियो । भदौ २४ गतेसम्ममा १५ हजार ६१८ को नमूना परीक्षण गरिएकामा एक हजार ७८५ मा सङ्क्रमण पुष्टि भएको उनले जानकारी दिए । साउनमा सङ्क्रमणका कारण ६६ को मृत्यु भएको र भदौमा सो सङ्ख्या ३४ रहेको कार्यालयको तथ्याङ्कमा उल्लेख छ ।

उनको भनाइ अनुसार जिल्लामा अहिले ६७५ सक्रिय सङ्क्रमित छन् । तीमध्ये ३१ अस्पतालमा उपचाररत छन् भने ६४४ होम आइसोलेशनमा छन् । जिल्लामा हालसम्म २५ हजार १९३ सङ्क्रमण पुष्टि भएको छ । तीमध्ये ४०५ को मृत्यु भइसकेको छ । सङ्क्रमितमध्ये जिल्लामा धेरै महानगरका छन् । जनघनत्व बढी भएका कारण सहरी क्षेत्रमा कोरोना धेरै देखिएको अधिकृत ढकालले बताएका छन् । साउनको अन्तिम साता जिल्लामा सक्रिय सङ्क्रमितको सङ्ख्या दुई हजार ५०० पुगेको थियो ।

कङ्काल भेटियो

पश्चिम चितवनका एक व्यक्तिको कङ्काल भेटिएको छ । भरतपुर महानगरपालिका–१३ पृथ्वीनगर निवासी ५५ वर्षीय वसन्तमणि सुवेदीको कङ्काल भेटिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापाका अनुसार गत भदौ २१ गते स्थानीय दक्षिणकाली सामुदायिक वनमा निउरो टिप्न गएका सुवेदीको शनिबार कङ्काल भेटिएको हो । उनले लगाएको कपडा, टोपी, चप्पललगायतका कारण भेटिएको कङ्काल उनैको भएको प्रारम्भिक अनुसन्धानबाट पुष्टि भएको उनले जानकारी दिए ।