पाँच स्थानीय तहका विद्यालयमा पठनपाठन सुरु

बैतडीका पाँच स्थानीय तहका विद्यालयमा पठनपाठन सुरु भएको छ । दशरथचन्द र पाटन नगरपालिका तथा शिवनाथ, पञ्चेश्वर र सिगास गाउँपालिकाका विद्यालयमा पठनपाठन थालिएको हो ।

कोरोना सङ्क्रमणका कारण लामो समयदेखि विद्यालय बन्द हुँदा विद्यार्थीको पढाइ अन्योलमा थियो । विद्यार्थीको भविष्य बिग्रिने भन्दै दशरथचन्द नगरपालिकाले नगर क्षेत्रभित्रका विद्यालयमा यही भदौ २१ देखि २७ गतेसम्म पठनपाठन सुरु गर्न निर्देशन दिएको छ । नगरपालिकाको उक्त निर्देशनपछि केही विद्यालयमा पढाइ सुरु भएको र अन्यमा भदौ २७ गतेदेखि पठनपाठन थालिने नगरपालिकाका शिक्षा संयोजक मोहन नाथले जानकारी दिएका छन् ।

यस्तै सिगास गाउँपालिकाका विद्यालयमा मङ्गलबारदेखि पढाइ सुरु भएको सो गाउँपालिकाकी उपाध्यक्ष द्रोपती चन्दले बताए । पाटन नगरपालिकामा भदौ २० गते, पञ्चेश्वरमा २१ गतेदेखि तथा शिवनाथ गाउँपालिकामा गत महिनादेखि नै पठनपाठन सुरु भइसकेको छ । कोरोना सङ्क्रमणको जोखिम कायमै रहेपनि स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाउँदै पठनपाठन भइरहेको सम्बन्धित स्थानीय तहले जनाएका छन् ।

जिल्लाका बाँकी पाँच स्थानीय तहका पनि पठनपाठन सुरु गर्ने तयारी भएको छ । मेलौली र पुर्चौँडी नगरपालिका तथा डिलाशैनी र सुर्नया गाउँपालिकामा यही भदौ २७ गतेदेखि विद्यालय सञ्चालनमा आउने बताइएको छ । दोगडाकेदार गाउँपालिकामा पनि विद्यालय सञ्चालनको मिती तय गरिने भएको छ । जिल्लामा हालसम्म कोरोना सङ्क्रमणका कारण १८ जनाको ज्यान गएको छ । हाल जिल्लामा २० सक्रिय सङ्क्रमित रहेका छन् । शिवनाथ, पञ्चेश्वर, सिगास र डिलाशैनीमा सक्रिय सङ्क्रमित शून्य रहेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

कोरोना भाइरस सक्रिय सङ्क्रमित ३० प्रतिशतले घटे

भदौको पहिलो हप्ताको तुलनामा पछिल्ला दिनमा कोरोना भाइरसको सङ्क्रमण घट्दो र निको हुने दर बढ्दै गएको पाइएको छ । तथ्याङ्कअनुसार भदौको ३ गतेको तुलनामा बिहीबार सक्रिय सङ्क्रमितको सङ्ख्यामा करिब ३० प्रतिशतले कमी आएको पाइएको छ ।

भदौको पहिलो हप्ताको तुलनामा सक्रिय सङ्क्रमित उल्लेखनीय रुपमा घट्दै गएको देखिएको छ । भदौ ३ गते सक्रिय सङ्क्रमित ४० हजार ५०० जना थिए भने त्यो सङ्ख्या घटेर बिहीबार २८ हजार ६७८ जनामा आएको छ । यसरी हेर्दा सक्रिया सङ्क्रमितको सङ्ख्यामा करिब ३० प्रतिशतले कमी आएको छ ।

यसैगरी भदौ ३ गते १६ हजार ४३८ जनाको पिसिआर परीक्षण गरेकामा तीन हजार ७५ जनामा सङ्क्रमण पाइएको थियो । त्यसदिन कोरोना भाइरस सङ्क्रमण निको हुने व्यक्तिको सङ्ख्या दुई हजार १२६ जना मात्र थिए ।
यो सङ्ख्यामा बिहीबार गिरावट आएको छ । बिहीबारको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको तथ्याङ्क हेर्दा ११ हजार ९४४ जनाको पिसिआर परीक्षणमा एक हजार २७१ जनामात्र सङ्क्रमित पाइएका छन् ।

यता पाँच सयभन्दा बढी सङ्क्रमित भएका जिल्ला घटेर १६ मा पुगेको छ भने बिहीबार एक हजार ८४५ जना सङ्क्रमणमुक्त भएका छन् । बिहीबारसम्म सात लाख ३५ हजार ६ जना सङ्क्रमणमुक्त भएका छन् भने नेपालमा सङ्क्रमणमुक्त हुने दर ९४।९ प्रतिशत पुगेको छ । पछिल्लो समय मुलुकभरि नै सङ्क्रमण घटेको पाइएको चिकित्सकले जनाएका छन् ।

नेपाल सरकारले जोमिखममा रहेका व्यक्तिलाई खोप लगाउने कामलाई प्राथमिकतामा राखेको छ । यसबाट नागरिकमा रोग प्रतिरोधात्मक क्षमता बढ्न गई सङ्क्रमण घटेको चिकित्सकको भनाइ छ । प्रधानमन्त्री शेरबहादुर देउवाले नागरिकलाई कोरोना भाइरसविरुद्धको खोप दिने काम सरकारको पहिलो प्राथमिकता रहेको भन्दै यसका लागि आवश्यक प्रक्रिया अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका थिए ।

त्यसैले धेरै नागरिकले खोप पाएका र जोखिममा रहेका सङ्क्रमित पनि निको भएपछि उनीहरुमा पनि एन्टिबडीसमेत बनिसकेकाले सङ्क्रमण हुने व्यक्तिको सङ्ख्या घट्दै गएको र निको हुने सङ्ख्या बढेको पाइएको हो ।
नेपालमा बिहीबारसम्म ९२ हजार १६९ जनाले कोभिड–१९ विरुद्धको खोप लगाएका छन् । अहिलेसम्म ५७ लाख २९ हजार ७८९ जनाले पहिलो मात्रा र ५१ लाख दुई हजार २४४ जनाले पूर्णमात्राको खोप लगाइसकेका मन्त्रालयको तथ्याङ्कमा उल्लेख छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा कृष्णप्रसाद पौडेलले पछिल्लो हप्ता सङ्क्रमण दरमा कमी आएको जानकारी दिएका छन् । उनको भनाई अनुसार परीक्षण गराएकामध्ये सङ्क्रमण हुने दरमा कमी आएको छ । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका अनुसार त्यहाँ पहिलेभन्दा सङ्क्रमित भएर उपचार गराउन आउने बिरामीको सङ्ख्यामा कमी आएको छ । सो अस्पतालमा सघन उपचार कक्ष एवं अक्सिजन चाहिने बिरामी भर्ना हुन कमै मात्र आएका छन् । धेरैले कोरोना भाइरसविरुद्धको खोप लगाइसकेको र रोग प्रतिरोधात्मक क्षमता पनि बढेकाले सङ्क्रमण घटेको चिकित्सकहरुको भनाइ छ ।

यस्तै बलम्बुस्थित सशस्त्र प्रहरी बल अस्पतालमा पनि पहिलेको तुलनामा सङ्क्रमित भएर आउने बिरामीको सङ्ख्यामा कमी आएको छ । एक महिनाअघि दैनिक २० जना बिरामी आउने गरेकामा अहिले दैनिक पाँच÷छ जना मात्र बिरामी यहाँ आउने गरेका छन् । नेपालमा हालै गरिएको एक सर्वेक्षणमा ६८।६ प्रतिशत मानिसमा रोग प्रतिरोधात्मक क्षमता ९एन्टिबडी० बनेको पाइएको थियो । यस्तै एक मात्रा खोप लगाएका व्यक्तिमा ८० प्रतिशतमा र पूर्णमात्रा खोप लगाएकामा ९० प्रतिशतमा एन्टिबडी बनेको मन्त्रालयले जनाएको छ । नेपालमा ५० वर्षभन्दा माथिका प्राय सबैले खोप लगाइसकेका छन् ।

सरकारको तथ्याङ्कअनुसार नेपालमा दैनिक एक लाख जनाले खोप लगाइरहेका छन् । नेपालले कोभ्याक्स सुविधा, अनुदान र खरिद गरेर अहिलेसम्म एक करोड ३३ लाख खोप ल्याइसकेको छ । कोरोना भाइरसको सङ्क्रमण रोक्ने उपायहरुमध्ये भरपर्दो उपाय खोप देखिएकाले नेपाल सरकारले यसमा प्राथमिकता दिएर खोप भित्र्याएको छ ।
जनस्वास्थ्यका मापदण्ड लागू गरेकाले हाल सङ्क्रमण कम भएको तर सभा, सम्मेलन जस्ता गतिविधिले फेरि सङ्क्रमण बढ्नसक्ने खतरा रहेको भन्दै यसका लागि सबैले ध्यान दिनुपर्ने चिकित्सकहरुको सुझाव छ ।

जनस्वास्थ्यविद्हरुले अहिले सङ्क्रमण दर स्थिर अवस्थामा रहेको र प्रायः सबैले खोप लगाइसको र जनस्वास्थ्यका मापदण्ड लागू गरेको हुनाले सङ्क्रमण नबढेको पाइएकोले यो अवस्थालाई निरन्तरता दिनुपर्ने सुझाव दिन्छन् ।सरकारले असोजसम्म कूल जनसङ्ख्याको ३३ प्रतिशत र चैतसम्म सबै नेपालीलाई खोप लगाइसक्ने जनाएको छ । स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री उमेश श्रेष्ठले हालै दिनुभएको जानकारीअनुसार सरकारले १८ वर्षमुनिका बालबालिकाका लागि ४० लाख मात्रा मोडर्ना र ६० लाख मात्रा फाइजर खोप ल्याउने अन्तिम तयारी गरेका छन् ।

जिल्लामा रगतको अभाव

जिल्लामा रगतको अभाव हुन थालेको छ । चितवनसहित छिमेकी जिल्लाका बिरामीको उपचार हुने यहाँका अस्पतालमा आउने बिरामीका लागि रगतको अभाव भएको हो ।

जिल्लामा दैनिक एक सय युनिट हाराहारीमा रगत आवश्यक पर्ने गर्दछ । नियमित रक्तदान कार्यक्रमबाट ३० प्रतिशत मात्र पूर्ति हुने गरेको क्षेत्रीय रक्तसञ्चार केन्द्र भरतपुरले जनाएको छ ।

केन्द्रका प्रमुख रमेशकान्त पौडेलका अनुसार रगत पु¥याउन निकै कठिन हुन थालेको छ । सम्बन्धित बिरामीका आफन्त र स्वयम्सेवीहरुको भरमा रगतको माग धानिएको हो । उनको भनाइ अनुसार बिरामीको चाप बढेसँगै रगतको माग बढेको हो । कोरोनाको खोप लगाएकाले दुई साता रक्तदान गर्न मिल्दैन । मुख्य रक्तदाताहरु भएको समूहले अहिले खोप लगाइरहेको छ । यससँगै नेपाली कांग्रेसको निर्वाचन र कम्युनिष्ट पार्टीहरुको सङ्गठन विस्तार अभियानका कारण रक्तदान कार्यक्रम हुन सकेका छैनन् ।

यस्तै चाडपर्व पनि रक्तदान कार्यक्रम घट्नुको अर्को कारण हो । भाइरल फिवर र कोरोनाका बिरामीले गर्दा पनि रगत आपूर्तिमा कमी आएको छ । यहाँको बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा धेरै रगतको माग हुने गर्दछ । यससँगै भरतपुर अस्पताल, दुई मेडिकल कलेज र साना अस्पतालमा यहाँ सङ्कलित रगत जाने गर्दछ । पौडेलले रक्तदान कार्यक्रमको आयोजना गरी रगत सङ्कलनमा सहयोग पु¥याउन अनुरोध गरिएको बताएका छन् ।

भरियालाई बोकाएर अक्सिजनको जोहो

अस्पतालमा कोरोना सङ्क्रमण भएका बिरामी बढेका छन् । सघन उपचारकक्षमा रहेका तीन बिरामीका लागि उच्च गतिमा अक्सिजन दिनुपर्छ । विद्युत् आपूर्ति अनियमित भएकाले अस्पतालको प्लान्टले राम्रोसँग अक्सिजन उत्पादन गर्दैन । पोखराबाट सिलिण्डर भरेर ल्याउन मध्यपहाडी लोकमार्गमा एक साता पहिले खसेको पहिराका कारण समस्या छ ।

अक्सिजनको अभाव हुन नदिन अस्पताल प्रशासनले वैकल्पिक मार्गबाट सिलिण्डर भरेर ल्याउन थालेको छ । पोखराबाट स्याङ्जा हुँदै पर्वतको कटुवाचौपारी ल्याइएका सिलिण्डर बोकेर पर्वत सदरमुकाम कुश्मा ल्याइएको हो । सशस्त्र प्रहरीको सहयतामा कुश्मा ल्याइएका सिलिण्डर त्यहाँबाट सवारीको सहयतामा बागलुङ पु¥याइएको अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेन्ट शैलेन्द्र विक पोखरेलले बताएका छन् । अस्पतालमा अक्सिजन अभाव हुन नदिन पोखरेल आफैँ खट्नुभएको छ ।

“राति १२ बजेसम्म दुई जनाले एउटा सिलिण्डर बोकेर पहिरो छलियो, सशस्त्र प्रहरीले सघाए”, पोखरेले भने “केही दिन त मौज्दात सिलिण्डरले धाने, बाटो खुल्ने छाँट नदेखेपछि बोकेरै भए पनि सिलिण्डर भरेर ल्यायौँ ।” अस्पतालले बुधबार मात्रै ३५ ठूला सिलिण्डर पोखराबाट भरेर ल्याएको छ ।

पोखराका कम्पनीले गाडी पठाउन नसकिने जनाएपछि पर्वतबाटै सिलिण्डर बोक्ने गाडी स्याङ्जाको बाटो पठाइएको थियो । कुश्मामा सिलिण्डर निकाल्न सबैभन्दा धरै समस्या भएको पोखरेल बताए । सघन उपचारकक्षमा मात्रै होइन, अस्पतालको आइसोलेशनमा समेत कोरोनाका बिरामी छन् ।

अस्पतालमा भरेर राखेका सिलिण्डरको ‘रिप्लेस’ नहुँदा सङ्कट आउने भन्दै विकल्पको खोजी गर्न थालेको अस्पताल प्रशासनले जनाएको छ । बीस बिरामीलाई पुग्ने अक्सिजन अस्पतालमै रहेको प्लान्टबाट उत्पादन हुने भए पनि पहिराकै कारण ठाउँठाउँमा क्षति भएको विद्युत्को प्रसारण लाइन अनियमित हुँदा राम्रोसँग चल्दैन । नयाँ प्लान्ट स्थापनका काम अघि बढेको भए पनि प्लान्ट ल्याउन ढिलाइ हुँदा पोखराबाट अक्सिजन भरेर ल्याउने गरिएको छ ।

मौसमी ज्वरोका बिरामी बढे

यहाँका अस्पतालमा ज्वरोका बिरामीको सङ्ख्या बढेका छन् । भाइरल ज्वरो र मौसमी रुघाखोकीका बिरामीको सङ्ख्या बढेको हो । मौसम परिवर्तन भएसँगै अस्पतालमा भाइरल ज्वरोका बिरामीको चाप बढेको हो ।

भरतपुर अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलका अनुसार अहिले अस्पतालमा उपचार गराउन आउनेमध्ये जनरल मेडिसिन विभागमा आउने बिरामीको सङ्ख्या १०० भन्दा बढी छ । पहिलेको तुलनामा यो सङ्ख्या बढी हो । लक्षण कारोनासँग मिल्दोजुल्दो भएको तर कोरोना नभई भाइरल ज्वरो रहेको उनले जानकारी दिएका छन् ।

भरतपुर अस्पतालको जनरल मेडिसिनमा अहिले दैनिक २०० को हाराहारीमा बिरामी उपचारका लागि आउने गरेका छन् । तीमध्ये ६० प्रतिशत ज्वरो र मौसमी रुघाखोकीका बिरामी आउने गरेका उनले बताए ।

मौसममा परिवर्तन हुने समय र नियमित वर्षाका कारण पानी दूषित हुँदा बिरामीको चाप बढेको भरतपुर अस्पतालका वरिष्ठ फिजिसियन डा कालिदास अधिकारीले बताएका छन् । अहिले ज्वरो र मौसमी रुघाखोकीका बिरामी पहिलेको तुलनामा बढ्दै गएको उनको भनाइ छ । गत एक सातायतादेखि बिरामीकोे चाप बढ्दै गएको हो ।

अस्पतालमा आएका बिरामीमध्ये अधिकांश दुई–तीन दिनदेखि उच्च ज्वरो आएका रहेका छन् । यस्तै भाइरल ज्वरोका बिरामी बालबालिकाको सङ्ख्या पनि अहिले उच्च छ । अस्पतालमा आउने बालबालिकामध्ये ७० देखि ८० प्रतिशत भाइरल ज्वरोका बिरामी छन् । बालबालिकामा पनि अहिले उच्च ज्वरो, निमोनिया र रुघाखोकीको समस्या देखिएको अस्पतालले जनाएको छ ।

पाँच वर्षमुनिका बच्चामा ज्वरो र मौसमी रुघाखोकीको समस्या बढी देखिएको अस्पतालका बालरोग विशेषज्ञ डा युवानिधि बशौैलाले जानकारी दिएका हुन् । कोभिडका कारण बालबालिकालाई पूर्णखोप लगाउन नपाउँदा यस्तो समस्या देखिएको उनको भनाइ छ । अहिलेको समयमा झोलिलो पदार्थ, सागपात, फलफूलजस्ता पोषणयुक्त खानेकुरामा बढी जोड दिन चिकित्सकले सुझाएका छन् ।

पहिराले २०० परिवार जोखिममा

जिल्लाको पूर्वी क्षेत्रस्थित दिपायल सिलगढी नगरपालिका–८ सेटीगाउँ पहिराको उच्च जोखिममा छ । गाउँमाथि र तलबाट पहिरो आउन थालेपछि सिङ्गो गाउँका २०० घरपरिवार जोखिममा परेका छन् । केही दिन पहिलेको वर्षाका कारण पहिरो आउन थालेको स्थानीयवासी ७८ वर्षीया हरिना कडायतले जानकारी दिएका छन् । उनको भनाइ अनुसार पहिरो अहिले पनि बेलाबेलामा आइरहेको छ ।

लगातार पहिरो आउन थालेपछि त्यहाँका नागरिकलाई सामान्य पानी पर्दासमेत गाउँ नै बग्ने डरले राति निद्रासमेत नपर्ने गरेको वडाध्यक्ष रामबहादुर खडकाले बताए । उनले भने, “पूरै गाउँको जमिनको भित्री भागम पानी फुट्न थालेको छ, राति ठूलो वर्षा भए पूरै गाउँ बग्ने चिन्तामा यहाँका नागरिकलाई निन्द्रासमेत पर्न छाडेको छ ।” गाउँमा लगातार पहिरा आउने क्रम बढे पनि त्यसको रोकथाम तथा नियन्त्रणका लागि कुनै पहल नभएको अर्की स्थानीयवासी जमुना कडायतले बताएका छन् ।

पहिरो नियन्त्रण नहुञ्जेलसम्म पूरै बस्ती सार्नुपर्ने अवस्था रहेको स्थानीयवासी तिरमलसिंह कुन्जेडाले बताए। उनले भने, “सिङगो गाउँ नै पहिराको जोखिममा छ, समयमै नागरिकलाई सुरक्षित स्थानमा सार्न ढिला गरे ठूलो क्षति पु¥याउने देखिन्छ ।” यति मात्र नभई लगातार आइरहेको पहिराका कारण यहाँको खोपानीको मुहान र सिँचाइ कुलो बगाएपछि खानेपानी तथा सिँचाइको समेत समस्या भएको स्थानीयवासी तुलसी खड्काले बताएका छन् ।

गाउँमा आउने पहिरो नरोकिने अवस्था आएपछि यहाँका नागरिक गाउँ छाडेर अन्यत्र जाने अवस्थामा छन् । पहिराकै डरले घर बगे मान्छे च्यापिएर मर्ने डरले यहाँका कतिपय नागरिकले पालमुनि बास बनाएको स्थानीयवासी तथा सञ्चारकर्मी तेजु वलीले बताए ।

यसैगरी शौचालय, खानेपानी तथा उज्यालोका लागि बत्तीसमेत नहुँदा उनीहरुलाई दिनहुँ सास्ती हुने गरेको दिपायल सिलगढी–८ का बासिन्दा कमल बोहराले बताएका छन् । उक्त गाउँमा वर्षेनी वर्षायाम लागेपछि डर, त्रासमा बस्नु परिरहेका बेला लगातार पानी पर्दा गाउँको छेउछाउ पहिरो जान थालेपछि सुरक्षित बासका लागि गाउँ छाडेर पालमुनि बस्नुपरेको पहिरापीडितको भनाइ छ ।

पहिराको समस्या वर्षौँदेखि हुँदै आए पनि आफूहरुको समस्या समाधानका लागि कसैले पनि उचित पहल नगरेको पीडितको गुनासो छ । पहिरापीडितको सुरक्षित बासको व्यवस्था चाँडो नभए पहिराले कुनै दिन गाउँ नै सामूहिक चिहान बन्ने खतरा बढेको स्थानीयवासी हर्क खड्काले जानकारी दिए । पालमुनि रहेका बालबालिकामा ज्वरो आउने, रुघाखोकी लाग्नेजस्ता समस्या देखिएका छन् ।

अध्यक्ष नेपालद्धारा एमसीसी देश र जनताको हितमा नभएको भन्दै ठाडै अस्वीकार

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालले अमेरिकी परियोजना मिलेनियनम च्यालेन्ज कर्पोरेसन उपाध्यक्ष फातिमा सुमारलाई राष्ट्र हितविपरित रहेर एमसीसी स्वीकार गर्न नसकिने बताएका छन् । अध्यक्ष माधवकुमार नेपालले एमसीसी मात्रै नभई राष्ट्र हितविपरीतका कुनै पनि अनुदान स्वीकार्न नसकिने बताएका हुन् ।

सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बिहीबार अपरान्ह एमसीसी उपाध्यक्ष फातिमा सुमारसहितको टोलीसँग भएको छलफलका क्रममा अध्यक्ष नेपालले एमसीसीबारे नेपालमा अनेक प्रश्न र विवाद जन्मिएकाले अहिलेकै अवस्थामा स्वीकार्न नसकिने बताएका हुन्।

नेपालले एमसीसी उपाध्यक्ष फातिमा सहितको टोलीसँग छलफलका क्रममा देशबासीबीच उब्जिएका थुप्रै प्रश्नको जवाफ खोजेका थिए।

छलफलमा सहभागी समाजवादीका नेता गंगालाल तुलाधारले नेता नेपालसँगको भेटमा एमसीसी टोलीले नेपालमा देखिएक अन्योलबारे आफूहरु स्पष्ट पार्न आएको उल्लेख गरेको बताए ।

तुलाधरले सुमारको भनाई उदृद्ध गर्दै भने ‘हामी नेपालमा एमसीसीबारे देखिएको भ्रमबारे स्पष्ट पार्न आवश्यक भएकाले आएका हौँ, एमसीसी विशुद्ध अनुदान हो, यसलाई कुनै अफ्ठ्यारो नमानी तपाईंहरुले स्वीकार्दा हुन्छ।’

त्यसपछि अध्यक्ष नेपालले एमसीसीबारे अमेरिकी अधिकारीहरुले नै नेपालमा कन्फ्युजन सिर्जन गरेको पनि बताएका छन्।

‘तपाईंहरु आफ्नै मान्छेले, मन्त्रीहरुले एमसीसी परियोजना इन्डो प्यासिफिक सैन्य रणनीतिको अंश हो भनिरहेका छन्, तपाईंहरु आफैंले यसमा कन्फ्युजन सिर्जना गर्नुभयो। त्यसकारणले यो अनुदान हामी लिन चाहँदैनौँ।’ नेता नेपालले भने ।
नेपालले राष्ट्र हितविरुद्ध आउने कुनै पनि अनुदान सहयोग, पैसा हामी नलिने बताउँदै एमसीसीको ठाडो अस्विकार गरेका हुन् । उनले हाम्रो सार्वभौमसत्ता पैसा र अनुदानले प्रभावमा पार्न नखोज्न समेत आग्रह गरेका हुन् ।

अध्यक्ष नेपालले एमसीसी टोलीसँगको छलफलमा कुनै पनि अनुदानमा घुसेर आउने षड्यन्त्र मान्य नहुने पनि बताए। कुनै पनि अनुदानमा घुसेर आउने षड्यन्त्रहरु हामीलाई मान्य हुने कुरै भएनु, नेपालको भनाइ उद्धृत गर्दै तुलाधरले थपे, हामी त्यसलाई स्वीकार्न सक्दैनौँ। केही षड्यन्त्र र रणनीतिक योजना घुसेर आउने कुरा स्वीकार्न सकिँदैन।

त्यसपछि उपाध्यक्ष सुमारले एमसीसी सैन्य रणनीतिको अंश हुँदै नभएको बताएकी हुन् । उनले भनिन् ‘यो एक सय प्रतिशत सैन्य रणनीतिको अंश हुँदै होइन। यो विशुद्ध आर्थिक सहयोग होु’ यसमा तपाईंहरु कन्फ्युज हुनुपर्ने कुनै कारण छैन। त्यसैले हामी थप दस्तावेज लिएर आएका छौँ। तपाईंहरुले यी दस्तावेज पनि अध्ययन गर्नुस्।’

सुमारको जवाफ पछि नेपालले फेरी भने ‘तपाईंहरुले त भन्नु भयो तर तथ्यले बोल्नुपर्यो नि, तपाईंहरुको तथ्यले त बोल्न सकेन, तपाईंहरुकै मान्छेहरुले पटक पटक एमसीसीबारेमा विवादास्पद धारणा सार्वजनिक गरिरहनु भएको छ। हामीले कसरी विश्वास गर्ने रु’

एमसीसी टोली फेरी स्पष्टिकरण दिँदै अमेरिकी सरकारको दस्तावेज नै ल्याएको बताएका छन्। हामीले अमेरिकी सरकारको आधिकारिक डकुमेन्ट ल्याएका छौँ, यो अध्ययन गर्दा पनि हुन्छु, बैठकमा सुमारले भनिन्, उपयुक्त लाग्यो भने स्वीकार गर्नुस्, लागेन भने हामी तपाईंहरुलाई दबाब दिन आएका होइनौँ, दबाब पनि दिँदैनौँ।

उनले भनिन् ‘एमसीसी चार वर्षदेखि अड्किरहेको छ, चार वर्ष भइसक्यो, यसबारे धेरै खालका कुराहरु उठेकाले अन्योल सिर्जना भयो, यसलाई स्पष्ट पार्ने गरी हामी आएका हौँ, यहाँ हामी दबाब दिने गरी आएको नबुझियोस्।
जवाफमा नेता नेपालले अहिले पाँच दलीय सरकार भएकाले एमसीसीबारे साझा धारणा बनाउन जरुरी रहेको पनि बताएका छन्।

अहिले हाम्रो पाँच दलीय गठबन्धन सरकारो हो। पाँच दलको साझा धारणा नभइ हामी यसबारे यसै भन्न सक्दैनौँ, उनले भने, किनभने पाँच दलबीचमा सबैको चित्त बुझ्ने गरी छलफल गर्छौँ। त्यसपछि मात्रै हामी निर्णयमा पुग्छौँ

दुर्घटनामा दुईको मृत्यु

सप्तरीमा गए राति भएका छुट्टाछुट्टै घटनामा परी दुई व्यक्तिको मृत्यु भएको छ । राजविराजस्थित महेन्द्र बिन्देश्वरी बहुमुखी क्याम्पस नजिक मिलनचोकमा ट्र्याक्टरले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार विष्णुपुर गाउँपालिका–५ कट्टीका ५५ वर्षीय लेल्है खंगके मृत्यु भएको प्रहरीले जनाएको छ ।

को७प ४४१० नंको मोटरसाइकलमा राजविराजबाट विष्णुपुर घरतर्फ जाने क्रममा विपरीत दिशाबाट आउँदै गरेको स१त २८७८ नंको ट्र्याक्टरले मिलनचोकमा ठक्कर दिएको थियो । खंगको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । ट्रयाक्टर र मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

यस्तै तिलाठी कोइलाडी गाउँपालिका–३ सखरपुरामा करेन्ट लागेर एक बालकको ज्यान गएको छ । स्थानीयवासी विनोद ठाकुरका ११ वर्षीय छोरा चन्दनको करेन्ट लागेर मुत्यु भएको प्रहरीले जनाएको छ । घरमा एक्लै भएको अवस्थामा डिसहोमको रिसिभरलाई सफा गर्ने क्रममा करेन्ट लाग्दा उनको घटनास्थालमै मृत्यु भएको प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिएका छन् ।

अध्यक्ष नेपालद्धारा एमसीसी देश जनताको हितमा नभएको भन्दै ठाडै अस्विकार

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालले अमेरिकी परियोजना मिलेनियनम च्यालेन्ज कर्पोरेसन उपाध्यक्ष फातिमा सुमारलाई राष्ट्र हितविपरित रहेर एमसीसी स्वीकार गर्न नसकिने बताएका छन् । अध्यक्ष माधवकुमार नेपालले एमसीसी मात्रै नभई राष्ट्र हितविपरीतका कुनै पनि अनुदान स्वीकार्न नसकिने बताएका हुन् ।

सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बिहीबार अपरान्ह एमसीसी उपाध्यक्ष फातिमा सुमारसहितको टोलीसँग भएको छलफलका क्रममा अध्यक्ष नेपालले एमसीसीबारे नेपालमा अनेक प्रश्न र विवाद जन्मिएकाले अहिलेकै अवस्थामा स्वीकार्न नसकिने बताएका हुन्।

नेपालले एमसीसी उपाध्यक्ष फातिमा सहितको टोलीसँग छलफलका क्रममा देशबासीबीच उब्जिएका थुप्रै प्रश्नको जवाफ खोजेका थिए।

छलफलमा सहभागी समाजवादीका नेता गंगालाल तुलाधारले नेता नेपालसँगको भेटमा एमसीसी टोलीले नेपालमा देखिएक अन्योलबारे आफूहरु स्पष्ट पार्न आएको उल्लेख गरेको बताए ।

तुलाधरले सुमारको भनाई उदृद्ध गर्दै भने ‘हामी नेपालमा एमसीसीबारे देखिएको भ्रमबारे स्पष्ट पार्न आवश्यक भएकाले आएका हौँ, एमसीसी विशुद्ध अनुदान हो, यसलाई कुनै अफ्ठ्यारो नमानी तपाईंहरुले स्वीकार्दा हुन्छ।’

त्यसपछि अध्यक्ष नेपालले एमसीसीबारे अमेरिकी अधिकारीहरुले नै नेपालमा कन्फ्युजन सिर्जन गरेको पनि बताएका छन्।

‘तपाईंहरु आफ्नै मान्छेले, मन्त्रीहरुले एमसीसी परियोजना इन्डो प्यासिफिक सैन्य रणनीतिको अंश हो भनिरहेका छन्, तपाईंहरु आफैंले यसमा कन्फ्युजन सिर्जना गर्नुभयो। त्यसकारणले यो अनुदान हामी लिन चाहँदैनौँ।’ नेता नेपालले भने ।
नेपालले राष्ट्र हितविरुद्ध आउने कुनै पनि अनुदान सहयोग, पैसा हामी नलिने बताउँदै एमसीसीको ठाडो अस्विकार गरेका हुन् । उनले हाम्रो सार्वभौमसत्ता पैसा र अनुदानले प्रभावमा पार्न नखोज्न समेत आग्रह गरेका हुन् ।

अध्यक्ष नेपालले एमसीसी टोलीसँगको छलफलमा कुनै पनि अनुदानमा घुसेर आउने षड्यन्त्र मान्य नहुने पनि बताए। कुनै पनि अनुदानमा घुसेर आउने षड्यन्त्रहरु हामीलाई मान्य हुने कुरै भएनु, नेपालको भनाइ उद्धृत गर्दै तुलाधरले थपे, हामी त्यसलाई स्वीकार्न सक्दैनौँ। केही षड्यन्त्र र रणनीतिक योजना घुसेर आउने कुरा स्वीकार्न सकिँदैन।

त्यसपछि उपाध्यक्ष सुमारले एमसीसी सैन्य रणनीतिको अंश हुँदै नभएको बताएकी हुन् । उनले भनिन् ‘यो एक सय प्रतिशत सैन्य रणनीतिको अंश हुँदै होइन। यो विशुद्ध आर्थिक सहयोग होु’ यसमा तपाईंहरु कन्फ्युज हुनुपर्ने कुनै कारण छैन। त्यसैले हामी थप दस्तावेज लिएर आएका छौँ। तपाईंहरुले यी दस्तावेज पनि अध्ययन गर्नुस्।’

सुमारको जवाफ पछि नेपालले फेरी भने ‘तपाईंहरुले त भन्नु भयो तर तथ्यले बोल्नुपर्यो नि, तपाईंहरुको तथ्यले त बोल्न सकेन, तपाईंहरुकै मान्छेहरुले पटक पटक एमसीसीबारेमा विवादास्पद धारणा सार्वजनिक गरिरहनु भएको छ। हामीले कसरी विश्वास गर्ने ?’

एमसीसी टोली फेरी स्पष्टिकरण दिँदै अमेरिकी सरकारको दस्तावेज नै ल्याएको बताएका छन्। हामीले अमेरिकी सरकारको आधिकारिक डकुमेन्ट ल्याएका छौँ, यो अध्ययन गर्दा पनि हुन्छु, बैठकमा सुमारले भनिन्, उपयुक्त लाग्यो भने स्वीकार गर्नुस्, लागेन भने हामी तपाईंहरुलाई दबाब दिन आएका होइनौँ, दबाब पनि दिँदैनौँ।

उनले भनिन् ‘एमसीसी चार वर्षदेखि अड्किरहेको छ, चार वर्ष भइसक्यो, यसबारे धेरै खालका कुराहरु उठेकाले अन्योल सिर्जना भयो, यसलाई स्पष्ट पार्ने गरी हामी आएका हौँ, यहाँ हामी दबाब दिने गरी आएको नबुझियोस्।
जवाफमा नेता नेपालले अहिले पाँच दलीय सरकार भएकाले एमसीसीबारे साझा धारणा बनाउन जरुरी रहेको पनि बताएका छन्।

अहिले हाम्रो पाँच दलीय गठबन्धन सरकारो हो। पाँच दलको साझा धारणा नभइ हामी यसबारे यसै भन्न सक्दैनौँ, उनले भने, किनभने पाँच दलबीचमा सबैको चित्त बुझ्ने गरी छलफल गर्छौँ। त्यसपछि मात्रै हामी निर्णयमा पुग्छौँ।

अलैँचीको बजार मूल्यमा उत्साह

ताप्लेजुङमा गत हप्तादेखि नयाँ मुल्यमा अलैँची खरिद बिक्री सुरु भएको छ । अलैँचीको नयाँ उत्पादन फसल बजारमा आउन थालेसँगै कारोबार मूल्य सन्तोषजनक भएकाले किसान तथा व्यवसायीमा उत्साह थपेको हो ।

पछिल्ला केही वर्षयता अलैँचीको मूल्य निरन्तर घटिरहेको अवस्थामा यस वर्ष सुरुमै सोचेभन्दा राम्रो मूल्य आएको बताइएको छ । केही हप्ता अघिदेखि स्थानीय बजारमा निस्कन थालेको अलैँचीको मूल्य प्रतिमन ४० किलोग्राम रु ३२ देखि ३५ हजारसम्ममा कारोबार भइरहेको छ । हाल स्थानीय बजारमा कारोबार हुन थालेको मूल्य अपेक्षा गरेभन्दा राम्रो भएकाले अलैँची किसान तथा व्यवसायी दुवैलाई उत्साहित बनाएको हो ।

जिल्लाकै प्रमुख नगदेबालीका रूपमा रहेको अलैँचीको नयाँ उत्पादनको मूल्य गत वर्षभन्दा यस वर्ष रु १२ देखि १४ हजार बढीमा कारोबार भएको सदरमुकाम फुङ्लिङ बजारका स्थानीयवासी व्यवसायी दिनेश अधिकारीले बताएका छन्। अधिकारीका अनुसार गत वर्ष नयाँ अलैँची बजारमा कारोबार हुन थाल्दा प्रतिमन रु २० देखि २२ हजार मात्र मूल्य थियो । यस वर्ष सुरुमा आएको अलैँची मूल्यले किसान तथा व्यवसायी दुवैलाई सन्तुष्ट बनाएको अधिकारीको भनाइ छ ।

फुङ्लिङ बजारकै अर्का व्यवसायी भद्र रेग्मीले पनि यस वर्षको अलैँची मूल्यले सधैँ निराशा खेप्दै आएका किसान तथा व्यवसायीलाई उत्साहित बनाएको बताए । विगतका वर्षमा प्रतिमन रु २० देखि २२ हजारमा कारोबार हुँदै आएको अलैँची यस वर्ष सुरुमै प्रतिमन करिब रु १५ हजार बढीमा कारोबार हुनु भनेको धेरै राम्रो मूल्य भएको व्यवसायी रेग्मीको भनाइ छ । यसरी सुरुमा नै राम्रो मूल्य आएकाले सिजनसम्म नै राम्रो मूल्य आउने जिल्लाका किसान तथा व्यवसायीले अपेक्षा राखेका छन् ।

यता यस वर्ष अलैँची उत्पादन भने ह्वात्तै घटेको किसानले बताएका छन् । अहिले औल क्षेत्रको अलैँची निस्कन थालेको र औल क्षेत्रमा विगतको तुलनामा आधाभन्दा धेरै उत्पादन घटेको फुङ्लिङ नगरपालिका–१ का किसान मकरजङ लिम्बूले बताएका छन् । लिम्बूका अनुसार यस वर्ष औल क्षेत्रमा सबैतिर अलैँची नफलेकाले उत्पादन घटेको छ । लेकाली क्षेत्रमा भने अलैँची फल राम्रै लागेको किसानले बताएका छन् । लेकाली क्षेत्रको अलैँची भने कात्तिकदेखि मङ्सिरसम्ममा निस्कने गर्दछ ।

एमसीसीको विरोधमा उत्रिएका २० जना कोटेश्वरबाट पक्राउ

काठमाडौँ । एमसीसीको विरोधमा उत्रिएका बहिर्गमित जनमुक्ति सेनाका अध्यक्ष रमेश कसेल करण र उपाध्यक्ष राजन थापा सुवास सहित २० जना लाई प्रहरीले आज नियन्त्रणमा लिएको छ ।

काठमाडौंको कोटेश्वरबाट आफूहरूलाई प्रहरीले नियन्त्रणमा लिएको बहिर्गमित जनमुक्ति सेनाका उपाध्यक्ष तथा प्रवक्ता राजन थापा सुवासले बताए ।

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) उपाध्यक्ष फातिमा सुमार र नायब उपाध्यक्ष जोनाथन ब्रुक्ससहितको टोली बालकोट जाँदै गर्दा कालो झण्डा देखाउने क्रममा २० जना लाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।

उनिहरूलाई पक्राउ गरेपछि कोटेश्वरमा राखिए पछि प्रहरीले नगर पछि नगर प्रहरी कार्यालय पठाएको छ ।

संसद भंग गर्ने एमालेलाई समाजवादीले आफुले जोगाएको संसदबाटै जवाफ दिनेछःसांसद खतिवडा

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादी पार्टीले प्रमुख प्रतिपक्षी नेकपा एमालेबिरुद्ध प्रतिनिधिसभामै प्रतिवाद गर्ने निर्णय गरेको छ ।

नेकपा समाजवादीका अध्यक्ष माधव नेपालसहितका १४ सांसदलाई पदमुक्त गर्न माग गर्दै संघीय संसदको नवौं अधिवेशनको पहिलो र दोस्रो प्रतिनिधिसभा बैठक एमालेले अवरुद्ध गरेपछि समाजवादीले एमालेले निहुँ खोजे सदनमै जवाफ दिने प्रष्ट पारेको छ ।

समाजवादीका नेता विरोध खतिवडाले एमालेका बिरुद्ध सदनमै जवाफ दिने चेतावनी दिएका हुन् । समाजवादी पार्टीको बारेमा एमालेले सदनमा उठाएका प्रश्नको सभामुखसँग समय लिएर प्रतिवाद गर्ने निर्णय भएको छ, उनले भने, संसद बैठकमा संयमित रूपमा सहभागी हुने र एमालेले निहुँ खोजे प्रतिवाद गर्ने छौं ।’

चालक अनुमतिपत्रका लागि तत्काल फारम नखुलाइने

सञ्चिता घिमिरेले भने यातायात व्यवस्था विभागले चालक अनुमतिपत्रका लागि तत्काल फारम नखुलाउने भएको छ । यसअघि फारम भरेका झण्डै छ लाख सेवाग्राही परीक्षामा सहभागी हुन पाएका छैनन् । ती परीक्षार्थीको परीक्षा नसकिएसम्म विभागले नयाँ फारम नखुलाउने भएको हो ।

फारम भरेका झण्डै आधा परीक्षार्थी परीक्षामा सहभागी भएपछि मात्रै फारम खुलाइने विभागका प्रवक्ता डा लोकनाथ भुसालले जानकारी दिए। उनले भने, “दशैँसम्ममा दुई, तीन लाख परीक्षार्थी सहभागी भएमा यसपछि खुलाइनेछ ।” फारम भरेका सेवाग्राहीले परीक्षामा सहभागी हुन पाएका छैनन् भने परीक्षामा पास भएका झण्डै सात लाखले अझै ‘स्मार्ट’ चालक अनुमतिपत्र पाउन बाँकी छ । विभागले अनुमतिपत्रका लागि कार्ड खरिद गरे पनि प्राविधिक समस्याका कारण कार्ड आइसकेको छैन । अहिले विभागसँग झण्डै दुई हजार कार्ड मात्रै बाँकी रहेको उनले बताएका छन् ।

विभागले मिसनमा जाने सुरक्षाकर्मी र चालकका रुपमा रोजगारीमा जानेका लागि मात्रै अनुमतिपत्र दिने गरेको छ । उनले भने, “सर्वसाधरणका लागि छपाइ हुँदैन, प्रवेशाज्ञा र टिकट देखाएपछि अत्यावश्यक हेरेर मात्रै छपाइ हुन्छ ।” केही महिनाभित्रमा कार्ड नआएमा अत्यावश्यक कामका लागिसमेत अनुमतिपत्र दिन गाह्रो पर्नसक्ने विभागका प्रवक्ता डा भुसालले बताए । दशैँसम्ममा कार्ड आइपुगेमा समस्या नहुने बताइएको छ ।

परीक्षा पास भएको लामो समयसम्म पनि सेवाग्राहीले अनुमतिपत्र नपाएपछि अहिले यातायात कार्यालयले अस्थायी प्रकृतिको अनुमतिपत्र वितरण सुरुआत गरेको छ । कोरोना नियन्त्रणका लागि केही समय पहिलेसम्म निषेधाज्ञा भएकामा त्यो हटेसँगै यातायात कार्यालयले परीक्षा पास गरेकालाई परीक्षणकालीन अनुमतिपत्र दिन थालेका हुन् । यो अनुमतिपत्र कार्यालयले आफैँ छापेर एक वर्षका लागि दिने गरेको प्रवक्ता डा भुसालले बताएका छन्। यसका लागि विभागले प्राविधिकलाई तालिम दिएको छ भने प्रदेश सरकारअन्तर्गतका कार्यालयले छाप्ने उपकरण प्रिन्टर किनेको छ । विभागले गत १० गते गरेको निर्णयका आधारमा कार्यालयले आवेदन दिएका सेवाग्राहीको परीक्षा सञ्चालन गरिरहेका छन् । काठमाडौँ उपत्यकामा रहेका चारवटै कार्यालयले सेवा सुरु गरिसकेका छन् । उपत्यका बाहिरका कतिपय जिल्लाले सुरु गरिसकेका छन् भने केहीले सुरु गर्दैछन् ।

परीक्षणकालीन चालक अनुमतिपत्रको व्यवस्था सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ मा गरिएको छ । ऐनमा भएको व्यवस्था लामो समयसम्म कार्यान्वयन हुन नसकेकामा अहिले भइरहेको छ । सेवाग्राहीलाई उसले पाउने सङ्केत नम्वर क्यूआर नम्बरसहितको अनुमतिपत्र दिइएको हो । यसले गर्दा सेवाग्राहीले परीक्षा पास गरेको लामो समयसम्म भौचर लिएर हिँड्नुपर्ने बाध्यता हट्ने उनले बताए । उनले भने, “यो व्यवस्थाबाट सेवाग्राही र ट्राफिक प्रहरीलगायतलाई सजिलो भएको छ ।”

ऐनमा नै व्यवस्था भए पनि परीक्षणकालीन अनुमतिपत्रलाई निरन्तरता दिने नदिने भन्नेमा विभाग नै स्पष्ट छैन । विभागले फ्रान्सेली कम्पनीमार्फत खरिद गरेको १४ लाख कार्ड आएपछि यसलाई निरन्तरता दिने कि पास गर्नासाथ ‘स्मार्ट’ चालक अनुमतिपत्र दिने भन्नेमा छलफल भइरहेको विभागले जनाएको छ ।

ऐनमा परीक्षणकालीन अनुमतिपत्र पाएको अवधि एक वर्षभित्र दुर्घटना नगरेमा स्थायी दिने उल्लेख छ । उनले भने, “यो कार्ड शुरु गरेपछि सेवाग्राहीलाई मैले पास गरेँ मसँग लाइसेन्स छ भन्ने अनुभूति हुने रहेछ ।”

अहिले परीक्षणकालीन अनुमतिपत्र पाउँदा त्योसमेत नै पाँच वर्षको हुनेछ । एउटा प्रकारको सवारीको अनुमतिपत्र लिँदा सेवाग्राहीले अर्को प्रकार थप्दा पहिलेको मिति कायम हुन्छ । त्यसरी अहिले पनि परीक्षणकालीन अनुमतिपत्रसमेत गरी पाँच वर्ष रहेको छ ।
विभागले खरिद गरेको कार्ड आपूर्तिमा ढिलाइ भइरहँदा सेवाग्राही हैरान छन् । फ्रान्सेली कम्पनीले कार्ड ल्याउनुपर्ने भए पनि कार्ड ल्याउनुपर्ने एउटा र सिस्टम अर्को कम्पनीको भएकाले समस्या आएको प्रवक्ता डा भुसालले बताए । दुई कम्पनीलाई एक ठाउँमा राखेर समस्या के हो पत्ता लगाएर समाधान गर्न भनिएको छ । उनीहरुले धेरै महिना लगाएर समस्या पत्ता लगाएका छन् । पुरानो कम्पनीको सिस्टमले ल्याएको ‘इनपुट’ कार्डमा छापिन समय लागेको बताइएको छ । फ्रान्सेली कम्पनीले पछिल्लो पटक पठाएको कार्ड यहाँ परीक्षण गर्दा पुरानो प्रणालीमा छापिनसक्ने देखिएको विभागले जनाएको छ ।

‘मास प्रिन्टर’ खरिद गरिएको भारतीय कम्पनीले पनि केही कार्ड पठाएपछि त्यसको स्थायित्व परीक्षण गर्छौं भनेको उनले बताएका छन् । कार्ड लगातार छापिँदा कुनै समस्या आउँछ कि आउँदैन हेर्नका लागि कार्ड अहिले भारत पठाइएको छ । राम्रो भयो भने पनि स्वीकार गर्ने र त्यसपछि मात्रै कार्ड आउन थाल्ने प्रवक्ता डा भुसालले बताए । उनको भनाइ अनुसार कार्ड आएपछि दुई÷तीन सिफ्टमा छापेर पनि सकेसम्म चाँडो सेवाग्राहीको हातमा अनुमतिपत्र पु¥याइनेछ ।

कोरोना सङ्क्रमण चार तहमा चार सङ्क्रमित

जिल्लामा पछिल्लो हप्ता दैनिक कोरोना सङ्क्रमण दर घटिरहेको जिल्लास्थित कोभिड–१९ सङ्क्रमण नियन्त्रण, रोकथाम र उपचारसम्बन्धी केन्द्र डिसिसीएमसीको तथ्याङ्कले देखाएको छ ।

काभ्रेपलाञ्चोकको १३ स्थानीय तहमध्ये चार गाउँपालिकामा एक÷एक सक्रिय सङ्क्रमित रहेका छन् । यससँगै सङ्क्रमणमुक्त हुनेको सङ्ख्या बढिरहेको देखिएको छ । केन्द्रका अनुसार पछिल्लो २४ घण्टामा भने २४ सङ्क्रमित देखिएको छन् भने ३० कोरानामुक्त भएका छन् ।

हाल चौंरीदेउराली, तेमाल, खानीखोला र महाभारत गाउँपालिकामा एक एकजना सक्रिय सङ्क्रमित रहेका छन् । यस्तै, जिल्लामा हाल २७५ सक्रिय सङ्क्रमितमध्ये सबैभन्दा बढी बनेपा नगरपालिकामा १०३, धुलिखेलमा ५९, पाँचखालमा ३०, पनौतीमा ३६, नमोबुद्धमा २२, मण्डनदेउपुरमा चार तथा रोशी गाउँपालिकामा दुई, भुम्लु ३, बेथान चोकमा १२ सक्रिय सङ्क्रमित रहेको केन्द्रले जनायो । सोमबार १७ सङ्क्रमित हुँदा ३३ निको भएका छन् भने आइतबार २८ मा सङ्क्रमण देखियो भने ३५ सङ्क्रमणमुक्त भएको केन्द्रले जनाएको छ ।

यस्तै, जिल्लामा शनिबार छ सङ्क्रमित थपिँदा २९ निको भएका थिए । यसअघि केही दिनको केन्द्रको तथ्याङ्कले सङ्क्रमण दर भन्दा सङ्क्रमणमुक्त दर अधिक रहेको देखाएको हो । काभ्रेपलाञ्चोकमा हालसम्म १४ हजार ३५९ मा सङ्क्रमण देखिएकोमा १९१ को मृत्यु भएको छ ।

हालसम्मका कूल सङ्क्रमितमध्ये ९७ प्रतिशत अर्थात् १३ हजार ८९३ सङ्क्रमणमक्त भइसकेका छन् । भदौ महिनामा नगन्य मात्रामा सङ्क्रमितको मृत्युका घटना भएका छन् । जिल्ला प्रशासन कार्यालयले जिल्लामा शुक्रबारसम्म ‘मिक्स लकडाउन’ गरेको छ । कोरोना सङ्क्रमणको दोस्रो लहर सुरु भएपछि गत वैशाख २० गतेदेखि जिल्लामा निषेधाज्ञा जारी गरिएको थियो । कोरोना सङ्क्रमण दर बढ्दै गएपछि गत जेठमा विभिन्न मितिमा आठ स्थानीय तहले आफ्नो क्षेत्र ‘सिल’समेत गर्नुपरेको थियो ।

वल्खुमा वृक्षरोपण

त्रिभुवन विश्वविद्यालय आमसञ्चार तथा पत्रकारिता केन्द्रीय विभागको बल्खुस्थित जग्गामा आज वृक्षरोपण गरिएको छ । विभागका लागि निर्धारण गरिएको जग्गामा आज रुद्राक्ष, कपुर, एभोकाँडो, तेजपत्ता, कडिपत्ता, अमला, अम्बा, काभ्रो, चिराइतोलगायत दुई सय जातका बिरुपा रोपिएको हो । करिब चार रोपनी जग्गामा बन्ने उक्त भवन रु २१ करोड ५५ लाखको लागतमा निर्माण हुँदैछ । त्रिविका मानविकी तथा समाजशास्त्र सङ्कायका डीन डा कुसुम शाक्यले शुभारम्भ गर्नुभएको सो कार्यक्रममा वन विज्ञान अध्ययन संस्थानका डीन डा वीरबहादुर खनाल, विभागका प्रमुख प्रा चीरञ्जीवी खनाल, भवन निर्माण समितिका संयोजक उपप्राध्यक देवराज अर्याललगायत वृक्षरोपणमा सहभागी भएका थिए।