मनकामना केबलकार सञ्चालनमा

कोरोना भाइरस सङ्क्रमणका कारण बन्द रहेको मनकामना केबलकार आजदेखि सञ्चालनमा आएको छ ।

मनकामना मन्दिर आजदेखि खुलेसँगै केबलकार पनि सञ्चालनमा आएको हो । स्वास्थ्य सुरक्षा मापदण्ड पूर्णपालना गर्ने गरी केबलकार सञ्चालनमा ल्याएको मनकामना दर्शन प्रालिका नायब महाप्रबन्धक उज्वल शेरचनले जानकारी दिए। आज बिहानबाट केबलकार सञ्चालनमा आएको उनले जानकारी दिएका छन् । यात्रुलाई स्वास्थ्य सुरक्षा मापदण्ड पूर्णरुपमा पालना गर्न पनि मनकामना दर्शन प्रालिले आग्रह गरेको छ ।

गोरखाको शहिदलखन गाउँपालिकामा अवस्थित प्रसिद्ध धार्मिकस्थल मनकामना मन्दिर दर्शन गर्न जान सहजताका लागि सञ्चालनमा ल्याएको मनकामना केबलकारको प्रवेशद्वार बटम स्टेशन चितवनको ईच्छाकामना– ४ चेरेसमा रहेको छ ।

मनसुनी वायुको प्रभाव वर्षाको सम्भावना

जल तथा मौसम विज्ञान विभागले मनसुनी वायुको प्रभावले बुधबार देशभर सामान्य बदली रही तीन प्रदेशमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ । न्यूनचापीय क्षेत्रको प्रभाव रहनुका साथै मनसुन न्यूनचापीय रेखा औसत स्थान नजिक रहेकाले केही स्थानमा भारी वर्षाको सम्भावना रहेको हो ।

विभागका अनुसार बिहीबारदेखि उक्त न्यून चापीय रेखा औसत स्थानभन्दा तल सर्ने सम्भावना रहेकाले भारी वर्षा हुने छैन । “मनसुनको समय अझै बाँकी नै रहेकाले बदलीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना भने कायम रहनेछ”, मौसमविद् प्रतिभा मान्नधरले भने हाल देशभर सामान्यदेखि पूर्णतया बदली रही प्रदेश नं १, वाग्मती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्का वर्षा भइरहेको छ । दिउँसो देशभर सामान्य बदली रही धेरै स्थानमा मेघगर्जन चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहनुका साथै गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको बताइएको छ । राति देशभर सामान्य बदली रही केही स्थानमा मेघ गर्जनसहित हल्कादेखि मध्यम वर्षा तथा वाग्मती प्रदेशका एक÷दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम १९ दशमलव छ डिग्री र अधिकतम तापक्रम २९ दशमलव आठ डिग्री सेल्सियस रहेको छ । त्यस्तै आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम १५ दशमलव पाँच डिग्री र सबैभन्दा धेरै दिपायलको अधिकतम तापक्रम ३५ दशमलव शुन्य डिग्री सेल्सियस रहेको छ ।

सुपर काबेली ‘ए’ जलविद्युत् आयोजना सुरु

ताप्लेजुङमा सुपर काबेली ‘ए’ जलविद्युत् आयोजना निर्माणको तयारी सुरु गरिएको छ । जिल्लाको पूर्वी सिरिजङ्घा गाउँपालिका भई बग्ने काबेली खोलाबाट उक्त जलविद्युत् आयोजना निर्माणको तयारी गरिएको हो ।

सिरिजङ्घा–७ खेबाङ र वडा नं ८ याम्फुदिनको सिमाना भई बग्ने काबेली खोलाबाट १३।५ मेगावाट क्षमताको विद्युत् उत्पादन गर्नेगरी स्नो रिभर्स प्रालिले सुपर काबेली ‘ए’ जलविद्युत् आयोजना निर्माणको तयारी थालेको हो । आयोजना निर्माणको तयारी थालेसँगै स्नो रिभर्स प्रालिले तयार पारेको आयोजनाको वातावरणीय प्रभाव मूल्यकाङ्कन ९इआइए० प्रतिवेदन ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले गत असार पहिलो सातामा स्वीकृत पनि गरिसकेको छ ।

उक्त आयोजनाबाट उत्पादित विद्युत् १३२ केभीको स्विचयार्डमा जडान गरी नेपाल विद्युत् प्राधिकरणको राष्ट्रिय प्रसारण लाइनको पाँचथर जिल्लास्थित अमरपुर सवस्टेशनमा जडान गरिने आयोजना सञ्चालक संस्था स्नो रिभर्स प्रालिले जनाएको छ । प्रालिका अनुसार आयोजनाको खेबाङ–याम्फुदिन क्षेत्रमा रहने विद्युत्गृहदेखि १८ किमी लामो प्रसारण लाइनमार्फत १३२ केभीको अमरपुर सवस्टेशनमा उत्पादित विद्युत् जडान हुनेछ । आगामी २०८० साल वैशाखभित्र आयोजना निर्माण सम्पन्न गर्ने पनि प्रालिले लक्ष्य राखेको छ ।

यता ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, विद्युत् विकास विभागले सार्वजनिक सूचना जारी गर्दै स्नो रिभर्स प्रालिद्वारा प्रस्तावित उक्त आयोजना निर्माण तथा सञ्चालन गर्दा पर्ने असरका विषयमा प्रभावित क्षेत्रका सरोकारवालासँग राय सुझाव मागेको छ । विभागले आइतबार सूचना जारी गर्दै आयोजना सञ्चालनबाट प्रतिकूल असर पर्ने भएमा सरोकारवालाले आफ्नो लिखित राय सुझाव ३५ दिनभित्र विभागसमक्ष पेश गरिसक्नुपर्ने जनाएको छ ।

ताप्लेजुङअन्तर्गत नै काबेली खोलाबाट विद्युत् उत्पादन गर्ने गरी काबेली ‘ए’ ३४ मेगावाट, अपर काबेली २३ मेगावाट, सुपर काबेली २० मेगावाट र अपर काबेली–२ १० मेगावाट क्षमताका आयोजना प्रस्ताव गरिएका छन् । ताप्लेजुङ–पाँचथर क्षेत्रमा पर्ने २५ मेगावाट क्षमताको काबेली ‘बी–१’ आयोजना भने यसअघि नै निर्माण सम्पन्न भई हाल सञ्चालनमा रहेको छ ।

अर्थमन्त्रालयले दिएन सहमति, दसैं तिहारमा चिनीको अभाव हुने

काठमाडौँ। चाडपर्वको लहरो सुरु भएको बेला चिनीको अभाव हुने देखिएको छ । सरकारले चिनी आयातको लागि अनुमति नदिँदा दसैं तिहारमा चिनीको चरम अभाव हुने संकेत देखिएको हो । अर्थमन्त्रालयले यो वर्षका लागि दसैं तिहारमा उपभोग हुने चिनीआयातको लागि सहमति अहिलेसम्म नदिएको साल्ट ट्रेडिङले जनाएको छ ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका अनुसार अर्थ मन्त्रालयले चिनी आयात गर्न सहमति नदिँदा यो वर्ष दसैं तिहारका लागि आवश्यक पर्ने चिनी समयमा आयात गर्न नसकिएको हो।

साल्ट ट्रेडिङ्ग कर्पोरेशनको प्रस्तावमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले ३० हजार मेट्रिक टन चिनी आयात गर्न अर्थ मन्त्रालयसँग ५० प्रतिशत भन्सार शुल्क छुटको माग गरेको थियो।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सह प्रवक्ता उर्मिला केसीका अनुसार गत् वैशाख ९ गते पहिलो पटक चिनी आयातको लागि यो प्रस्ताव अर्थ मन्त्रालयमा पठाइएको थियो।
‘दसैं तिहारमा खपत हुने चिनी आयातका लागि हामीले गत वैशाखमै पत्राचार गरेर अर्थ मन्त्रालयसँग सहमति मागेका थियौं,’ सह प्रवक्ता केसीले भनिन्,‘त्यसपछि दुई तीन पटक पुनःताकेदा पनि गरिएको हो। तर हालसम्म कुनै सहमति आइपुगेको छैन्।’

दसैं आउन अब ३० दिनमात्रै बाँकी छ। सहमति आए हाले पनि सम्पूर्ण प्रक्रिया पुरा गरी चिनी आयात गर्न कम्तिमा ४५ दिन लाग्छ । तसर्थ दशै तिहारको अवधिमा चिनीमा चरम कालोबजारी समेत हुने देखिएको हो ।

साल्ट ट्रेडिङ्ग कर्पोरेशनले चिनी आयात गरी चिनीको मूल्य बजारलाई हस्तक्षेप गरेर मूल्य नियन्त्रणमा महत्वपूर्ण भूमिका खेल्दै आएको छ। पछिल्लो समयमा चिनी आयात गर्न सहमति नआउँदा चिनी आयात गर्न हालसम्म कुनै पनि प्रकारको गृहकार्य सुरु नगरेको साल्ट ट्रेडिङ्ग कर्पोरेशनका सह महाप्रबन्धक कुमारराज भण्डारीले जानकारी दिए।

‘वैशाखमै सहमति मागेका थियौं,’ भण्डारीले भने, ‘तर हालसम्म सहमति आइनपुग्दा हामीले चिनी आयात गर्न आवश्यक गृहकार्य सुरु गरेका छैनौं।’
पब्लिक प्राइभेट लिमिटेड अवधारणामा सञ्चालनमा रहेको साल्ट ट्रेडिङ्ग कर्पोरेशनलाई बजार हस्तक्षेपको भूमिका निर्वाह गर्न सरकारले जिम्मेवारी दिएको छ। पछिल्लो समयमा बजारमा चिनीको मूल्य अत्याधिक परिमाणमा वृद्धि भइरहँदा सरकारले आयात गर्नका लागि सहमति दिन आलटाल गर्दै आएको हो।

अघिल्लो वर्षको दसैंको ठिक २० दिनअघि साल्टले भारतबाट ५० प्रतिशत भन्सार शुल्क छुटमा २० हजार टन चिनी आयात भएको थियो। त्यही चिनीमध्ये मौज्दात रहेको २ सय ५० टन चिनीबाट आमउपभोक्तालाई १ देखि २ किलोका दरले प्रतिकिलो ७९ रुपैयाँमा बिक्री गर्दै आएको छ।

‘हामीले १ देखि २ किलोका दरले उपभोक्तालाई चिनी उपलब्ध गराइरहेकाले केहीमात्रै मौज्दात बाँकी छ,’ सहमहाप्रबन्धक भण्डारीले भने,‘यो मौज्दात पनि सकिने अनि भारतबाट आयात गर्न सहमति पनि समयमा नपाइने हो भने यो वर्षको चार्डवाडमा चिनीको कृत्रिम अभावका साथै मूल्य अत्यधिक बढ्ने अवस्था आउन सक्छ।’

सरकार परिवर्तन भएका कारण निर्णय गर्न ढिलाई भएको भन्दै अर्थमन्त्रालयका प्रवक्ता महेश आचार्यले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयबाट प्राप्त भएको प्रस्तावलाई निकट समयमै सहमति दिएर आयात गर्न अनुमति दिइने बताए।

साल्टसँग चिनीको मौज्दात सकिएका कारण बजारमा अहिले नै व्यापारीले प्रतिकिलो चिनीलाई ९० देखि ९५ रुपैयाँ उपभोक्ताबाट असुल गर्दै आएका छन्। नेपालमा बार्षिक २ लाख ५० हजार मेट्रिक टन चिनीको माग छ। गत् बर्ष स्वदेशी चिनी उद्योगबाट १ लाख ५ हजार टन चिनी उत्पादनभएको थियो। चिनी आयात नहुने हो भने हरेक वर्ष करिब १ लाख ४५ हजार टन चिनीको अभाव हुन्छ। चिनीको यो अभावलाई पूर्ति गर्न सरकारले साल्टलाई चिनी आयात गर्न हरेक वर्ष अनुमति दिँदै आएको छ। यो बाहेक दसैं तिहार र छठसम्म अतिरिक्त करिब ३५ हजार मेट्रिक टन चिनीको माग हुन्छ।

यसैबीच राष्ट्रिय उपभोक्ता मञ्चले प्रधानमन्त्र तथा मन्त्रिपरिषदको कार्यालयलाई ज्ञापन पत्र बुझाउँदै तत्कालै चिनी आयात गर्न आवश्यक सहमति दिन आग्रह गरेको छ। मञ्चका अध्यक्ष प्रेमलाल महर्जनले ज्ञापन पत्र बुझाउँदै पछिल्लो ९ महिनादेखि बजारमा चिनीको अभाव रहेको र यसको प्रत्यक्ष फाइदा उठाउँदै व्यापारीले प्रतिकिलो १ सय रुपैयाँसम्म चिनी बिक्री गर्दै आएको बताएका छन्। समयमा चिनी आयात नभए दसैं आउनुभन्दा १ साताअघि सुरु हुने सुपथ मूल्य पसलसमेत प्रभावित हुने बताइएको छ।

गत् साउनमा मात्रै ७९ करोड ५३ लाख ९४ हजार मूल्य बराबरको १६ हजार २ सय ५७ टन ९१ करोड ६२ लाख ५७हजार ७ सय किलो० चिनी आयात भएको थियो।
त्यसपश्चात चिनी आयात भएको छैन । तसर्थ अब दशै तिहारमा चिनीको चरम अभावका साथै कालोबजारी हुने देखिन्छ ।

करिब चार महिनापछि खुल्यो गोरखाको मनकामना मन्दिर

नेपालको प्रसिद्ध धार्मिक गन्तव्यका रूपमा चिनिने गोरखाको मनकामना मन्दिर करिब चार महिनापछि आजदेखि खुलेको छ । कोभिड–१९ को सङ्क्रमणको जोखिमका कारण गत वैशाख २३ गतेदेखि पूजाआजा गर्न रोक लगाइएको मनकामना मन्दिर भक्तजनका लागि पूजा गर्न खुल्ला गरिएको मन्दिरका मूलपुजारी इन्सानबहादुर थापामगरले जानकारी दिएका छन् ।

मनकामना क्षेत्र विकास समितिले मन्दिरमा सरकारले तोकेको स्वस्थ्य मापदण्डको पालना गर्ने गरी सर्वसाधारणका लागिसमेत पूजाआजा गर्न मन्दिर खोल्ने निर्णय गरेसँगै आजदेखि मन्दिर सर्वसाधारणका लागि खुल्ला गरिएको उनले बताए । “आज बिहान नियमितरूपमा गरिने नृत्यपूजा गरेर सर्वसाधारणलाई पनि पूजाआजाका लागि मन्दिरमा प्रवेश गराइएको छ, मूलपुजारी थापाले भने, “पुजारी र भक्तजनको स्वास्थ्य सुरक्षालाई ध्यानमा राखेर तत्कालका लागि मन्दिर बाहिरको झ्यालबाट पूजा सामग्री पुजारीलाई दिने गरी व्यवस्था मिलाइएको छ ।”

मन्दिरमा भाकल बुझाउन आउने भक्तजनका लागि बलि दिने स्थानमा समेत छुट्टै पुजारीको व्यवस्था मिलाइको उनले बताए । चार महिनापछि मन्दिर खुल्ला भएको पहिलो दिनमै सयौँ भक्तजन पूजापाठका लागि आएको मूलपुजारी थापाले जानकारीदिएका छन् । मन्दिरमा पुग्ने भक्तजनले अनिवार्य मास्कको प्रयोग गर्नुपर्ने, सामाजिक दूरी कायम गर्नुपर्नेलगायतका व्यवस्थासमेत गरिएको उनको भनाइ छ ।

यता मन्दिर परिसरमा पुग्ने भक्तजनको स्वास्थ्य अवस्थालाई मध्यनजर गरी मन्दिर परिसरमै हेल्थ डेस्कसमेत स्थापना गर्ने तयारी गरिएको शहिद लखन गाउँपालिकाका अध्यक्ष रमेशबाबु थापामगरले जानकारी दिए ।

यसैबीच कोरोना सङ्क्रमणको जोखिमका कारण बन्द रहेको गोरखाको अर्को प्रसिद्ध धार्मिक गन्तव्यको रूपमा चिनिने गोरखा दरबारस्थित कालिका मन्दिर पनि आजदेखि सर्वसाधारणका लागि खुल्ला गरिएको छ ।

भोजपुरमा पहिलोपटक रक्त सञ्चार केन्द्र सञ्चालनमा

भोजपुर जिल्ला अस्पतालमा पहिलो पटक रक्त सञ्चार केन्द्र स्थापना गरिएको छ । नेपाल रेडक्रस सोसाइटी भोजपुर शाखाले जिल्ला अस्पतालसँगको समन्वयमा केन्द्र स्थापना गरेको हो ।

सङ्घीय सांसद सुदन किरातीले उपलब्ध गराएको निर्वाचन क्षेत्र विकास कार्यक्रमअन्तर्गत सांसद विकास कोषको रु ५० लाख सहयोगमा केन्द्र स्थापना गरिएको नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा भोजपुरले जनाएको छ । सांसद किरातीले सो रकम उपलब्ध गराएपछि भोजपुर नगरपालिकाले उपकरण खरिद गरेको र केन्द्रमा आवश्यक कर्मचारी पनि नगरपालिकाले व्यवस्था गरेको नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा भोजपुरका कार्यक्रम अधिकृत तेज श्रेष्ठले बताएका छन् ।

अधिकृत श्रेष्ठले भन्नुभयो, “धेरै समयमा अथक प्रयासपछि जिल्लामा रक्त सञ्चार केन्द्र स्थापना गर्न सफल भएका छौँ । यसले यहाँका स्थानीयवासीलाई स्वास्थ्य सेवा लिन निकै सहज भएको छ । यहाँ आवश्यक पर्ने कर्मचारीको व्यवस्थापन भने नगरपालिकाले गर्ने जिम्मा लिएको छ ।” विगतका वर्षहरुमा रक्त सञ्चार केन्द्र ब्लड बैंक नहुँदा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले दिएको रगतको भरमा बिरामीको ज्यान बचाउनुपर्ने अवस्था रहेको थियो । सुत्केरी महिला, दुर्घटना तथा आकस्मिकरुपमा रगत आवश्यक पर्दा कतिपयले अकालमा ज्यानसमेत गुमाउन पर्ने अवस्थाको ब्लड बैंकको स्थापना भएपछि स्थानीय हर्षित भएका छन् ।

स्थानीयवासी रङ्गमान राईले भन्नुभयो, “जिल्लामा ब्लड बैंक नहुँदा अत्यन्तै समस्या थियो । सेना प्रहरीको भरमा अस्पतालले रगतको व्यवस्था गर्नु पर्ने अवस्था थियो । अकस्मिकरूपमा रगत नपाउँदा कतिपयले अकालमा ज्यान पनि गुमाएको अवस्था छ । कतिपयलाई यहाँ रगत नपाएर बाहिर पठाउँदा बाटोमा ज्यान गएको अवस्था पनि छ । यो स्थापना हामी जिल्लावासीका लागि खुशीको कुरा हो तर यसको दिगो व्यवस्थापनको पक्षलाई निकै ध्यान दिन आवश्यक छ ।”

अस्पताललाई चाहिने रगत यहाँ खपत गर्ने र बढी भएको रगत जिल्लाबाहिरका अस्पतालमा पठाउने गरी तयारी थालिएको रेडक्रसले जनाएको छ । अहिले रक्तदान कार्यक्रममार्फत रगत सङ्कलनको काम भइरहेको कार्यालयको भनाइ छ । सङ्कलित रगत केन्द्रमा २५ दिनसम्म मात्र राख्न सकिने भएकाले अन्य अस्पतलामा रगत आवश्यकता हुँदा पठाउने व्यवस्था मिलाइने बताइएको छ ।

जिल्ला रेडक्रसका सभापति तुलबहादुर सुब्बाले भने, “निकै ठूलो पहलपछि ढिलै भए पनि ब्लड बैंक स्थापना गर्न सफल भएका छौँ । यो हामी जिल्लावासीका लागि खुशीको कुरा हो । यसलाई दिगो व्यवस्थापनका साथ सञ्चालनमा ल्याउने गरी कामको व्यवस्थापन गरेका छौँ । अबका दिनमा रगत अभावका कारण ज्यान गुमाउनुपर्ने अवस्थाको अन्त्य हुनेमा हामी ढुक्क छौँ ।”

विद्यालय खोल्न हतार नगर्न आग्रह

कोभिड–१९ को जोखिमको विश्लेषणका आधारमा काठमाडौँ र अन्य जिल्लाका स्थानीय तहमा आगामी असोज १ गतेदेखि विद्यालय सञ्चालन गर्न सकिने गरी तयारी गरिएको छ । काठमाडौँका प्रमुख जिल्ला अधिकारीले मङ्गलबार बोलाउनुभएको बैठकमा स्वास्थ्य जोखिमको स्थिति विश्लेषण गरी जिल्ला सङ्कट व्यवस्थापन केन्द्रसँगको समन्वयमा कुन समूह वा सिफ्टमा विद्यालय खोल्ने भन्ने एकरूप कार्ययोजना पेश गर्न आग्रह गर्ने निर्णय भएको थियो ।

विद्यालय खोल्न सकिने स्थानका शिक्षक र कर्मचारीले कोभिडविरुद्धको खोप लगाएको हुनुपर्नेलगायतका आधार बनाइएको छ । सहायक प्रमुख जिल्ला अधिकारी कल्पना घिमिरे नेपालले स्मार्ट लकडाउनअन्तर्गत विद्यालयलगायतका क्षेत्र खोल्न सकिने निर्णय यसअघि भइसकेकामा सम्बन्धित पालिकाले त्यसको ढाँचाबारे आवश्यक परामर्श गरी कार्ययोजना पेश गर्न भनिएको जानकारी दिनुभयो । उहाँले जोखिम भएका स्थानमा अनिवार्यरूपमा विद्यालय खोल्नुपर्ने भन्ने नरहेको स्पष्ट गर्नुभयो ।

हतार नगर्न अभिभावकको आग्रह

 राष्ट्रिय अभिभावक महासङ्घले भने जोखिम कायमै रहेकाले विद्यालय खोल्न हतारो नगर्न आग्रह गरेको छ । महासङ्घका अध्यक्ष सुप्रभात भण्डारीले शहरी क्षेत्रमा जोखिम कायम रहेको, महत्वपूर्ण चाडपर्व आउन लागेको, सबैले खोप नलगाएको र बालबालिका प्रभावित हुने गरी तेस्रो लहर आउन सक्ने भएकाले तत्काल विद्यालय खोल्न नहुने सुझाव सरोकार भएकाहरुको बैठकमा दिइएको बताउनुभयो । भौतिकरूपमा विद्यालय बन्द हुँदा हाल सञ्चार तथा सूचना प्रविधिको सहयोगमा वैकल्पिक माध्यमबाट सिकाइ निरन्तरता दिइएको छ ।

–––विद्यालय खोल्न हतार नगर्न आग्रह
कोभिड–१९ को जोखिमको विश्लेषणका आधारमा काठमाडौँ र अन्य जिल्लाका स्थानीय तहमा आगामी असोज १ गतेदेखि विद्यालय सञ्चालन गर्न सकिने गरी तयारी गरिएको छ । काठमाडौँका प्रमुख जिल्ला अधिकारीले मङ्गलबार बोलाउनुभएको बैठकमा स्वास्थ्य जोखिमको स्थिति विश्लेषण गरी जिल्ला सङ्कट व्यवस्थापन केन्द्रसँगको समन्वयमा कुन समूह वा सिफ्टमा विद्यालय खोल्ने भन्ने एकरूप कार्ययोजना पेश गर्न आग्रह गर्ने निर्णय भएको थियो ।

विद्यालय खोल्न सकिने स्थानका शिक्षक र कर्मचारीले कोभिडविरुद्धको खोप लगाएको हुनुपर्नेलगायतका आधार बनाइएको छ । सहायक प्रमुख जिल्ला अधिकारी कल्पना घिमिरे नेपालले स्मार्ट लकडाउनअन्तर्गत विद्यालयलगायतका क्षेत्र खोल्न सकिने निर्णय यसअघि भइसकेकामा सम्बन्धित पालिकाले त्यसको ढाँचाबारे आवश्यक परामर्श गरी कार्ययोजना पेश गर्न भनिएको जानकारी दिनुभयो । उहाँले जोखिम भएका स्थानमा अनिवार्यरूपमा विद्यालय खोल्नुपर्ने भन्ने नरहेको स्पष्ट गर्नुभयो ।

हतार नगर्न अभिभावकको आग्रह

 राष्ट्रिय अभिभावक महासङ्घले भने जोखिम कायमै रहेकाले विद्यालय खोल्न हतारो नगर्न आग्रह गरेको छ । महासङ्घका अध्यक्ष सुप्रभात भण्डारीले शहरी क्षेत्रमा जोखिम कायम रहेको, महत्वपूर्ण चाडपर्व आउन लागेको, सबैले खोप नलगाएको र बालबालिका प्रभावित हुने गरी तेस्रो लहर आउन सक्ने भएकाले तत्काल विद्यालय खोल्न नहुने सुझाव सरोकार भएकाहरुको बैठकमा दिइएको बताउनुभयो । भौतिकरूपमा विद्यालय बन्द हुँदा हाल सञ्चार तथा सूचना प्रविधिको सहयोगमा वैकल्पिक माध्यमबाट सिकाइ निरन्तरता दिइएको छ ।

अर्थमन्त्रालयले दिएन सहमति, दसैं तिहारमा चिनीको अभाव हुने

काठमाडौँ। चाडपर्वको लहरो सुरु भएको बेला चिनीको अभाव हुने देखिएको छ । सरकारले चिनी आयातको लागि अनुमति नदिँदा दसैं तिहारमा चिनीको चरम अभाव हुने संकेत देखिएको हो । अर्थमन्त्रालयले यो वर्षका लागि दसैं तिहारमा उपभोग हुने चिनीआयातको लागि सहमति अहिलेसम्म नदिएको साल्ट ट्रेडिङले जनाएको छ ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका अनुसार अर्थ मन्त्रालयले चिनी आयात गर्न सहमति नदिँदा यो वर्ष दसैं तिहारका लागि आवश्यक पर्ने चिनी समयमा आयात गर्न नसकिएको हो।

साल्ट ट्रेडिङ्ग कर्पोरेशनको प्रस्तावमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले ३० हजार मेट्रिक टन चिनी आयात गर्न अर्थ मन्त्रालयसँग ५० प्रतिशत भन्सार शुल्क छुटको माग गरेको थियो।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सह प्रवक्ता उर्मिला केसीका अनुसार गत् वैशाख ९ गते पहिलो पटक चिनी आयातको लागि यो प्रस्ताव अर्थ मन्त्रालयमा पठाइएको थियो।
‘दसैं तिहारमा खपत हुने चिनी आयातका लागि हामीले गत वैशाखमै पत्राचार गरेर अर्थ मन्त्रालयसँग सहमति मागेका थियौं,’ सह प्रवक्ता केसीले भनिन्,‘त्यसपछि दुई तीन पटक पुनःताकेदा पनि गरिएको हो। तर हालसम्म कुनै सहमति आइपुगेको छैन्।’

दसैं आउन अब ३० दिनमात्रै बाँकी छ। सहमति आए हाले पनि सम्पूर्ण प्रक्रिया पुरा गरी चिनी आयात गर्न कम्तिमा ४५ दिन लाग्छ । तसर्थ दशै तिहारको अवधिमा चिनीमा चरम कालोबजारी समेत हुने देखिएको हो ।

साल्ट ट्रेडिङ्ग कर्पोरेशनले चिनी आयात गरी चिनीको मूल्य बजारलाई हस्तक्षेप गरेर मूल्य नियन्त्रणमा महत्वपूर्ण भूमिका खेल्दै आएको छ। पछिल्लो समयमा चिनी आयात गर्न सहमति नआउँदा चिनी आयात गर्न हालसम्म कुनै पनि प्रकारको गृहकार्य सुरु नगरेको साल्ट ट्रेडिङ्ग कर्पोरेशनका सह महाप्रबन्धक कुमारराज भण्डारीले जानकारी दिए।

‘वैशाखमै सहमति मागेका थियौं,’ भण्डारीले भने, ‘तर हालसम्म सहमति आइनपुग्दा हामीले चिनी आयात गर्न आवश्यक गृहकार्य सुरु गरेका छैनौं।’
पब्लिक प्राइभेट लिमिटेड अवधारणामा सञ्चालनमा रहेको साल्ट ट्रेडिङ्ग कर्पोरेशनलाई बजार हस्तक्षेपको भूमिका निर्वाह गर्न सरकारले जिम्मेवारी दिएको छ। पछिल्लो समयमा बजारमा चिनीको मूल्य अत्याधिक परिमाणमा वृद्धि भइरहँदा सरकारले आयात गर्नका लागि सहमति दिन आलटाल गर्दै आएको हो।

अघिल्लो वर्षको दसैंको ठिक २० दिनअघि साल्टले भारतबाट ५० प्रतिशत भन्सार शुल्क छुटमा २० हजार टन चिनी आयात भएको थियो। त्यही चिनीमध्ये मौज्दात रहेको २ सय ५० टन चिनीबाट आमउपभोक्तालाई १ देखि २ किलोका दरले प्रतिकिलो ७९ रुपैयाँमा बिक्री गर्दै आएको छ।

‘हामीले १ देखि २ किलोका दरले उपभोक्तालाई चिनी उपलब्ध गराइरहेकाले केहीमात्रै मौज्दात बाँकी छ,’ सहमहाप्रबन्धक भण्डारीले भने,‘यो मौज्दात पनि सकिने अनि भारतबाट आयात गर्न सहमति पनि समयमा नपाइने हो भने यो वर्षको चार्डवाडमा चिनीको कृत्रिम अभावका साथै मूल्य अत्यधिक बढ्ने अवस्था आउन सक्छ।’

सरकार परिवर्तन भएका कारण निर्णय गर्न ढिलाई भएको भन्दै अर्थमन्त्रालयका प्रवक्ता महेश आचार्यले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयबाट प्राप्त भएको प्रस्तावलाई निकट समयमै सहमति दिएर आयात गर्न अनुमति दिइने बताए।

साल्टसँग चिनीको मौज्दात सकिएका कारण बजारमा अहिले नै व्यापारीले प्रतिकिलो चिनीलाई ९० देखि ९५ रुपैयाँ उपभोक्ताबाट असुल गर्दै आएका छन्। नेपालमा बार्षिक २ लाख ५० हजार मेट्रिक टन चिनीको माग छ। गत् बर्ष स्वदेशी चिनी उद्योगबाट १ लाख ५ हजार टन चिनी उत्पादनभएको थियो। चिनी आयात नहुने हो भने हरेक वर्ष करिब १ लाख ४५ हजार टन चिनीको अभाव हुन्छ। चिनीको यो अभावलाई पूर्ति गर्न सरकारले साल्टलाई चिनी आयात गर्न हरेक वर्ष अनुमति दिँदै आएको छ। यो बाहेक दसैं तिहार र छठसम्म अतिरिक्त करिब ३५ हजार मेट्रिक टन चिनीको माग हुन्छ।

यसैबीच राष्ट्रिय उपभोक्ता मञ्चले प्रधानमन्त्र तथा मन्त्रिपरिषदको कार्यालयलाई ज्ञापन पत्र बुझाउँदै तत्कालै चिनी आयात गर्न आवश्यक सहमति दिन आग्रह गरेको छ। मञ्चका अध्यक्ष प्रेमलाल महर्जनले ज्ञापन पत्र बुझाउँदै पछिल्लो ९ महिनादेखि बजारमा चिनीको अभाव रहेको र यसको प्रत्यक्ष फाइदा उठाउँदै व्यापारीले प्रतिकिलो १ सय रुपैयाँसम्म चिनी बिक्री गर्दै आएको बताएका छन्। समयमा चिनी आयात नभए दसैं आउनुभन्दा १ साताअघि सुरु हुने सुपथ मूल्य पसलसमेत प्रभावित हुने बताइएको छ।

गत् साउनमा मात्रै ७९ करोड ५३ लाख ९४ हजार मूल्य बराबरको १६ हजार २ सय ५७ टन (१ करोड ६२ लाख ५७हजार ७ सय किलो) चिनी आयात भएको थियो।
त्यसपश्चात चिनी आयात भएको छैन । तसर्थ अब दशै तिहारमा चिनीको चरम अभावका साथै कालोबजारी हुने देखिन्छ ।

धन्यवाद भाव

यो ब्रह्माण्ड सहअस्तित्वमा संचालित छ । एउटा जीवनको निमित्त अर्को जीवनले निरन्तर कार्य गरिरहेको छ । सन्तुलनमा राख्नको निमित्त किटपतंग वनस्पति देखि सुर्यचन्द्र तारा नक्षत्र सबैको आफ्नो आफ्नो भूमिका छ । वनस्पति जगतलाई चाहिने कार्वनडाइअक्साइड मानवले दिन्छ भने मानवलाई चाहिने अक्सिजन वनस्पति जगतले दिन्छ । यहाँ निरन्तर विनिमय कार्य भैरहेको छ । त्यो विनिमय कार्यलाई उत्कृष्ट बनाउनको निमित्त धन्यवाद भाव आवश्यक पर्दछ ।

यो जगत उर्जानै उर्जाले भरिएको छ । उर्जाको सिद्धान्त अनुसार उर्जालाई सहिरुपमा परिचालन गर्न जान्नु जीवन हो भने कम परिचालन गर्नु दुःख हो । उर्जा जव विषयसंग ठोक्किन्छ तव यसले रुप लिन्छ । यदि सकारात्मक विषयसंग ठोक्किन्छ भने यो सृजनात्मक बन्छ, सबैको हित गर्छ तर यसको विपरित यदि नकारात्मक विषयमा ठोक्किन्छ भने यसले विनाशतिर लैजान्छ ।

हाम्रा ५ ज्ञानेन्द्रिय र ५ कर्मेन्द्रियहरुले निरन्तर उर्जाको आदान प्रदान गरिरहेका हुन्छन् । यी इन्द्रीयहरूप्रति हामीले कसरी व्यवहार गर्छौं, त्यसमा भर पर्छ । यिनीहरुको क्षमता बढ्ने घट्नेमा हाम्रो क्रियाकलाप महत्वपूर्ण बन्छ । प्राकृतिक दृश्य, हरियाली वातावरण संग निरन्तर सम्पर्कमा रहन्छौं भने आँखाको क्षमता बढ्छ, त्यस्तै संगीत वा अरु वार्तालापहरु सकारात्मक भाव भएका छन् भने कानको क्षमता बढ्छ त्यसैगरी प्राकृतिक खानपान गर्न सक्यौं भने जिब्रोको क्षमता बढ्छ ।

नाक र त्वचाको पनि त्यहि अनुरुप हुन्छ । हाम्रा इच्छा चाहना पुरा गर्न यि इन्द्रियहरुले निरन्तर कार्य गरिरहेका हुन्छन् । यदि हामी यी इन्द्रियहरुप्रति प्रेम भावले भरियौं, यिनीहरुले गरेको कार्य प्रति धन्यवाद दियौं भने यिनीहरुको क्षमता निरन्तर बढ्न जान्छ तर अहिलेको परिपेक्षमा कोलाहल युक्त जीवनशैली बढ्दो आधुनिकताले यी इन्द्रियहरुको क्षमता निरन्तर घट्दै गइरहेको छ । इन्द्रीयहरूप्रति सद्भाव राख्दै धन्यवाद भावले भरिनु छ ।

जीवन विज्ञानमा प्रवेश संगै हामी धन्यवाद भावको महत्व बुझ्छौं किनकि हामीले टिपोट गर्न प्राप्त गर्ने पुस्तिकाको नाम नै अनुग्रह गीता छ । सबैको रहस्यलाई खोतल्दै खोतल्दै मनलाई त्यहि अनुरुपको प्रशिक्षण दिंदै सद्गुरुदेवद्वयले अध्यात्मका खुड्किला चढाउनु हुन्छ । कति अन्धकारमा फसिरहेका छौँ हामी सद्गुरुदेवसंगको सानिध्य पछि बुझ्न सक्छौं । हाम्रो जीवन कस्तो हुनुपर्ने कस्तो बनाएका छौँ । के बन्न आएका थियौं के बनिरहेका छौँ । असली आनन्द खुशी, शान्ति, होशमा छ, धन्यवाद भावमा छ त्यो हामीले बुझ्न सक्दैनौं तर सद्गुरुदेवको कृपाप्रसादसंग निरन्तर जोडिंदै गएपछि बुझ्छौं । बेहोशीको भोगमा आनन्द खुशी देख्यौं तर त्यहि भोगलाई महाभोगमा रुपान्तरण गर्ने सकिने रहेछ होशको माध्यम द्वारा त्यो स्पष्ठ रुपमा सद्गुरुदेवसंगको सत्संगले हामी बोध गर्न समर्थ बन्छौं । विभिन्न किसिमका धारणाहरु बनाएका छौँ । ती धारणाहरु एक एक गर्दै सद्गुरुदेव संग निरन्तर जोडिएर साधना गर्दा खण्डित बन्छन् । किनकि अध्यात्म ‘म’ देखि ‘म’ सम्मको यात्रा रहेछ । यहाँ खोजी बाहिर होइन आफूभित्र नै गर्नुपर्ने रहेछ । जान्नु, बुझ्नु, सुधार्नु सबै आफुलाई रहेछ यो संसार त मेरै फैलावट रहेछ । बोधमा उपलब्ध नभएसम्म अरुलाई जान्न सकिँदो रहेनछ ।

यदि हामीले सानो बच्चा देखिनै धन्यवाद सिकाउन सक्यौं भने उनीहरुको जीवन कति सार्थक र उन्नत बन्थ्यो होला । अध्यात्म त सानो बच्चा देखि चाहिने रहेछ । किनकि जति व्यक्ति शान्त हुन्छ त्यतिनै सक्रिय र सृजनशील बन्छ ।

सम्पूर्ण प्रतिभा, सृजनशिलता आफु भित्रैबाट आउने रहेछ बाहिरबाट होइन । कुन भावले व्यक्त गरौँ सद्गुरुदेवको कृपालाई शब्द अपुरो लाग्छ । सम्पूर्ण जीवन र जगतको रहस्य बोध पश्चात जान्न शेष केहि रहँदैन । त्यसैले हामीले जीवनलाई धन्य बनाउनु छ भने सद्गुरुदेवलाई आफ्नो जीवनमा निमन्त्रणा गर्नुपर्दछ ।

सबैले आफुलाई प्रेम गर्न सकुन्, आफ्नो शरीरप्रति, मनप्रति, भावप्रति अनुग्रह भावले भरिन सकुन् । यो भावलाई फैलाउँदै अन्त्यमा परमात्मा प्रति अनुग्रहित बन्दै सद्गुरुदेवको कृपाप्रसादलाई जीवनमा आत्मसाथ गर्न सकून् ।

२०७८ भदौ २२ गते प्रकाशित

भरतपुर अस्पतालसंग जमिन छ , पार्किङ छैन

कार्यालय समय अगाबै यहाँस्थित भरतपुर अस्पताल अगाडिका सडक पार गर्न मुस्किल पर्दछ । सडकका दायाँबायाँ सवारीसाधनले भरिएका हुन्छन् । बिरामीलाई मात्र होइन, सर्वसाधारणलाई सडक पार गर्न कठिन हुन्छ । ट्राफिक प्रहरीलाई दैनिक बिहानी समयमा सवारीका सधानलाई व्यवस्थित गर्न हम्मेहम्मे पर्छ । अस्पताल नजिकै बाइपास सडक पर्दछ । सडकमा भीडभाड बढी हुने भएपछि त्यति बेलाका समयमा सकेसम्म मानिसले वैकल्पिक सडक प्रयोग गर्ने गर्दछन् ।

अस्पतालसँग ३१ बिघा जमिन छ । अस्पताल विकास समितिका अध्यक्ष डा भोजराज अधिकारीका अनुसार अन्य सङ्घ संस्थालाई भाडामा लगाएर पनि अस्पतालसँग १२ बिघा जमिन छ । अस्पतालको आबास क्षेको पूर्व तर्फ भूभाग धानबारी र झाडीले भरिएको छ । अस्पताल प्रशासनले चासो नदिएकै कारण पार्किङ नभएको हो ।

अध्यक्ष डा अधिकारीका भनाइमा चिकित्सक, कर्मचारीका लागि प्रशासन अगाडि र दुई नम्बर गेटमा सवारी पार्किङ छ । साँघुरो र थोरै सवारी अट्ने भएकाले त्यहाँ पार्किङ खासै गरिएको पाइँदैन । सर्वसाधारणका लागि पार्किङ नभएको स्वीकार गर्दै उहाँले सडक छेउको नहर पुरेको ठाउँमा केही व्यवस्थित गर्न लागिएको जानकारी दिएका छन् ।

अस्पतालका चिकित्सक, कर्मचारीको मात्र एक सय भन्दा बढी चारपाङ्ग्रे सवारी रहेका बताइएको छ । अस्पतालमा ७५० कर्मचारी कार्यरत छन् । अस्पतालले दैनिक एक हजार ९०० जनासम्म बिरामीलाई सेवा प्रदान गर्ने जनाइएको छ । अस्पतालमा चिकित्सक र कर्मचारी सरहनै सवारीसाधन आउने गर्दछन् । अस्पतालमा एम्बुलेन्स आवतजावत् गर्ने गर्दछ । ती सवारीका लागि पार्किङ्को व्यवस्था पूर्ण हुन नसकेको स्वीकार गर्दै अध्यक्ष डा अधिकारीले यस विषयमा छलफलमानै रहेको बताए ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका निमित्त प्रमुख प्रहरी नायब निरीक्षक ज्ञानबहादुर बराकोटी अस्पताल अगाडिको पार्किङ व्यवस्थापन समस्या हुने गरेको बताउनुहुन्छ । उनले भने, “कहिलेकाहीँ त व्यवस्थापन गर्ननै मुस्किल पर्दछ ।” प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले सो बाटो प्रयोग गरेर जाँदा आफूले पनि अव्यवस्थित पार्किङ देखेर ट्राफिक प्रहरीलाई भनेको जानकारी दिनुभयो । अस्पतालले ठाउँ व्यवस्थापन गरेर आफ्ना चिकित्सक, कर्मचारी र सेवाग्राहीलाई पार्किङ व्यवस्थापन गर्नुपर्ने उनको भनाइ छ ।

काठमाडौँको सिडीओमा गोबिन्द रिजाल, काली प्रशाद मन्त्रालयमा तानिए

काठमाडौँ । काठमाडौँको प्रमुख जिल्ला अधिकारी(प्रजिअ) को जिम्मेवारी गोबिन्द रिजालले पाएका छन् । गृह मन्त्रालयले काठमाडौँका प्रजिअ काली प्रसाद पराजुलीलाई मन्त्रालयमा सरुवा गर्दै उक्त प्रजिअ पदमा प्रशासन महाशाखा प्रमुख रिजाललाई पठाएको हो ।

पराजुली प्रदेश जाने भएसँगै उनलाई केही समयका लागि मन्त्रालयमा राखिएको गृह मन्त्रालयले जनाएको छ ।

रिजाल सल्यान, कैलाली, रौतहट, दाङ, मकवानपुरलगायत देशका ठूला तथा महत्वपूर्ण जिल्लाको कमाण्ड सम्हाली सकेका छन् । साथै आफ्नो अहिलेसम्मको कार्यक्षेत्रमा राम्रो छवि राखेर उल्लेख्य काम गर्दै आएका छन् । रिजाल गृह प्रशासनका अनुभवी तथा अब्बल प्रशासकका रुपमा पनि चिनिन्छन् ।
रिजाल सबैभन्दा लामो समय कैलालीमा करिब २३ महिना र दाङमा २२ महिना भन्दा बढी समय सिडिओ भएका थिए ।

मोती जयन्ती मनाइँदै

राष्ट्रिय विभूति युवाकवि मोतीराम भट्टको १५५ औँ जन्मजयन्ती आज विभिन्न साहित्यिक कार्यक्रमको आयोजना गरी मनाइँदैछ । विसं १९२३ भाद्र कृष्ण कुशेऔँशीका दिन जन्मेर विसं १९५३ भाद्र कृष्ण कुशेऔँशीकै दिन ३० वर्षको उमेरमा परलोक हुनुभएका मोतीराम भट्टले नेपाली साहित्यको श्रीवृद्धिका लागि गहन योगदान पु¥याएका थिए ।

नेपाली साहित्यको शृङ्गार रसलाई योगदान दिएका युवाकवि मोतीराम भट्टले आदिकवि भानुभक्तको जीवनी पहिलोपटक प्रकाशनमा ल्याउनाका साथै नेपालमा छापाखानासमेत भित्र््याका थिए । यही छापाखानामार्फत् नेपालमा पत्रकारितको शुरुआत् भएको हो । दिवसका अवसरमा आज नेपाली शिक्षा परिषद्लगायत विभिन्न संस्थाले कार्यक्रम आयोजना गर्दैछन् । नयाँ भेरियन्टसहितको कोरोना महामारीको जोखिम कायमै रहेकाले जुम प्रविधिबाट कार्यक्रम गरिने परिषद्ले जनाएको छ ।

वाग्मतीमा १८ लाखले पूर्ण खोप लगाए

वाग्मती प्रदेशमा हालसम्म १८ लाख ४८ हजार ५८८ जनाले कोरोना भाइरस सङ्क्रमण विरुद्धको पूर्ण खोप लगाएका छन् ।

वाग्मतीमा १८ वर्ष उमेर माथिका ३२ प्रतिशत नागरिकले पूर्ण खोप लगाएको प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको छ । प्रदेशमा खोपको पहिलो मात्रा लगाएका नागरिकको सङ्ख्या छ लाख १५ हजार ६६६ अर्थात् १४ प्रतिशत रहेको छ । प्रदेशमा १८ वर्षभन्दा माथिका उमेर समूहमध्ये हालसम्म कुनै पनि खोप नलगाउने नागरिकको सङ्ख्या ३३ लाख ६४ हजार १०६ अर्थात् ५८ प्रतिशत रहेको छ ।

देशभर कोरोना विरुद्धको पूर्ण खोप लगाउनेको सङ्ख्या हालसम्म ४८ लाख ९५ हजार १५२ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । खोपको पहिलो मात्रा लगाउनेको सङ्ख्या हालसम्म ५५ लाख ३३ हजार ७९४ रहेको छ ।

प्रहरीद्वारा ११ लाखलाई निःशुल्क मास्क वितरण

कोभिड–१९ सङ्क्रमणको रोकथाम तथा जोखिम न्यूनीकरणका लागि नेपाल प्रहरीद्वारा सञ्चालित ‘तपाईको मास्क खोई ’ कार्यक्रमअन्तर्गत हालसम्म ११ लाख दुई हजार ३२२ जनालाई निःशुल्क मास्क वितरण गरिएको छ ।

प्रहरी प्रधान कार्यालयले दिएको जानकारीअनुसार उक्त कार्यक्रमअन्तर्गत गत वैशाख ६ गतेदेखि हालसम्म सो परिमाणमा निःशुल्क मास्क वितरण गरिएको हो । नयाँ भेरियन्टसहितको कोभिड–१९ को सङ्क्रमण बढ्दै गएपछि त्यसलाई रोक्न प्रहरीले ‘सङ्क्रमणबाट आफू बचौँ र अरुलाई पनि बचाऔँ’ नारासहित ‘तपाईंको मास्क खै ’ अभियानअन्तर्गत निःशुल्क मास्क वितरण गर्दैआएको छ । स्थानीय प्रशासनद्वारा जारी गरिएको निषेधाज्ञाको क्रममा स्वास्थ्य मापदण्ड उल्लङ्घन गर्ने एक हजार २६६ जनालाई सम्झाई बुझाइ छाडिएको छ । माइकिङ, प्लेकार्ड, पर्चापम्प्लेटसहितको सचेतना मूलक कार्यक्रमअन्तर्गत आठ हजार २३२ जनालाई सचेत गराइएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

पीसीआर परीक्षण पुनः सुरु

एक महिनादेखि बन्द रहेको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा सञ्चालित पीसीआर परीक्षण आजदेखि पुनः सुरु भएको छ ।

पीसीआर परीक्षण पुनः सुरु गरिएको अस्पतालका पीसीआर परियोजनाका प्रमुख प्रकाशकुमार यादवले जानकारी दिएका छन् । उनको भनाइ अनुसार प्रदेश नं। २ सरकारबाट अर्को पीसीआर मेसिन पठाएपछि यहाँ पुनः परीक्षण सुरु गरिएको छ । यसअघि परीक्षणका लागि नमूना राख्दा रिपोर्ट नेगेटिभ आउने ठाउँमा पोजेटिभ देखाउने र पोजेटिभको ठाउँमा नेगेटिभ आउने गरेकाले तत्कालका लागि परीक्षण सेवा नै बन्द गरिएको थियो । एन्टिजेन परीक्षण भने जारी गरेका छन् ।

मेडिकल सुपरिटेन्डेन्ट डा रणजीतकुमार झाले मेसिनमा प्राविधिक गडबडी भएकाले कोरोना भाइरसको स्वाब परीक्षण बन्द रहेको अवस्थामा प्रदेश सरकारले मेसिनलाई मर्मत नगरी अर्को मेसिन नै दिएपछि स्वाब परिक्षण सञ्चालन गरिएको बताए । साउन १२ गते पीसीआर मेसिनमा गडबडी हुँदा परीक्षण कार्य नै रोकिएको थियो ।