परराष्ट्रमन्त्री भेटवार्तामा व्यस्त

परराष्ट्रमन्त्री भेटवार्तामा व्यस्त

संयुक्त राष्ट्रसङ्घको ७६औँ महासभामा भाग लिने सिलसिलामा न्युयोर्कमा रहनुभएका परराष्ट्रमन्त्री डा नारायण खड्काले शनिबार बङ्गलादेशका विदेशमन्त्री एके अब्दुल मोमेनसँग भेटवार्ता गर्नुभयो ।

सो अवसरमा उहाँहरुबीच द्विपक्षीय, क्षेत्रीय र बहुपक्षीय सहयोग प्रवद्र्धनबारे विचारविमर्श भएको न्युयोर्कस्थित संयुक्त राष्ट्रसङ्घका लागि नेपालको स्थायी नियोगले जनाएको छ ।

भेटवार्ता व्यापार, लगानी, जलविद्युत् विकास, सीमापार ऊर्जा व्यापारलगायत आपसी हितका विषयमा केन्द्रित रहेको थियो ।

दुवै देशका विदेशमन्त्रीले विगतका सहमतिहरू कार्यान्वयन गर्न सहमति पनि जनाउनुभएको उक्त नियोगले जनाएको छ ।

शनिबार नै मन्त्री खड्काले ७६औँ महासभाका अध्यक्ष अब्दुल्ला शहिदसँग भेटवार्ता गर्नुभयो ।

भेटमा मन्त्री खड्काले संयुक्त राष्ट्रसङ्घमा नेपालका प्राथमिकता, विश्व शान्ति, सुरक्षा, विकास, मानवअधिकार, राष्ट्रसङ्घीय शान्ति स्थापनाकार्य तथा अल्पविकसित देशहरूका निम्ति विशेष सहयोगबारे छलफल गर्नुभयो ।

मन्त्री खड्काले महासभाका अध्यक्षलाई नेपालबाट पूर्ण समर्थन हुने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो ।

प्रत्युत्तरमा अध्यक्ष शहिदले आफ्नो कार्यकालमा संयुक्त राष्ट्रसङ्घमा आफ्ना प्राथमिकताबारे चर्चा गर्दै आफूलाई अध्यक्षमा नेपालबाट समर्थन भएकामा त्यसको सराहना गर्नुभयो ।

यसैबीच संयुक्त राष्ट्रसङ्घका लागि नेपालका स्थायी प्रतिनिधि अमृतबहादुर राईले मन्त्री खड्का नेतृत्वको प्रतिनिधिमण्डलको सम्मानमा शनिबार साँझ रात्रिभोजको आयोजना गर्नुभएको उक्त नियोगले जनाएको छ ।

परराष्ट्रमन्त्री भेटवार्तामा व्यस्त

वडाध्यक्षले आधा रातमा भत्काइदिए मन्दिरको संरचना

वडाध्यक्षले आधा रातमा भत्काइदिए मन्दिरको संरचना

कपिलवस्तु वडाध्यक्षले आधा रातमा एक्स्काभेटर प्रयोग गरी मन्दिरको संरचना भत्काइदिएका छन् ।

कपिलवस्तु नगरपालिका-७ धमौलीमा मध्य रातमा मन्दिरको संरचना भत्काइएको हो। ​

धमौली गाउँभित्र रहेको राम जानकी मन्दिर परिसरमा रहेको पर्खाल र बरन्डाको भाग एक्स्काभेटर प्रयोग गरी भत्काइएको छ ।

मध्यरातमा ठूलो आवाज आएपछि गत वर्ष बनाइएको संरचना भत्काइएको स्थानियले जानकारी पाएका थिए ।

स्थानीयले कपिलवस्तु नगरपालिका-७ का वडाध्यक्ष धर्मात्मामणी त्रिपाठीको आदेशमा रातको समयमा एक्स्काभेटर प्रयोग गरि राम जानकी मन्दिर परिसरको संरचना भत्काएको आरोप लगाएका छन्।

शुक्रबार दिउँसो मन्दिरको संरचना तोड्न केही श्रमिक आएपछि स्थानीयले अवरोध गरेका थिए।

गत वर्ष नगरपालिकाले ५ लाखभन्दा बढी रकम खर्च गरेर मन्दिरको पर्खाल निर्माण गरेको थियो।

सो कामको डिजाइन चित्त नबुझेपछि परिवर्तन गराउने उद्देश्यले संरचना भत्काएको वडा कार्यालयका कार्यालय सहायक राम अचल यादवले बताए।

भत्काइएको स्थलमा छानासहितको संरचना निर्माण गराउने योजना रहेको उनले बताए।

वडाध्यक्षले आधा रातमा भत्काइदिए मन्दिरको संरचना

व्यवसायीका संघसंस्थामा चुनावमा हारजित हुँदैनः उपाध्यक्ष ढकाल

व्यवसायीका संघसंस्थामा चुनावमा हारजित हुँदैनः उपाध्यक्ष ढकाल

काठमाडौं-नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रका संघ-संस्थाहरुमा नेतृत्व चयनका लागि चुनावी प्रक्रिया स्वाभाविक भए पनि त्यसलाई जित वा हारका रुपमा लिन नहुने बताएका छन् ।

सप्तरी उद्योग वाणिज्य संघको ११औं वार्षिक साधारणसभालाई सम्बोधन गर्दै वरिष्ठ उपाध्यक्ष ढकालले महासंघसहित जिल्ला तथा नगर उद्योग वाणिज्य संघमा सर्वसम्मत नेतृत्व चयनको प्रयास गर्नुपर्ने र त्यसो हुन नसके पनि निर्वाचनको भोलिपल्ट देखि नै एकतावद्ध रुपमा अघि बढ्नुपर्ने बताए ।

आफूसँगै निर्वाचनमा प्रतिस्पर्धा गर्नुभएका पूर्व उपाध्यक्ष किशोर प्रधानकै हार्दिकतापूर्ण आमन्त्रणका कारण आफू संघको साधारणसभामा आएको उल्लेख गर्दै निर्वाचनले एक जनालाई मुख्य जिम्मेवारी दिए पनि अर्को जनाको आवश्यकता र भूमिका जरुरी हुने बताए ।

ढकालले महासंघसहित जिल्ला नगर उद्योग वाणिज्य संघमा निर्वाचनबाट नेतृत्व चयन भए पनि आर्थिक मुद्दामा एकढिक्का हुनुपर्ने बताए ।

संघका साधारणसभामा नेतृत्व चयनसँगै व्यावसायिक गतिविधि विस्तारका सम्भावनाका विषयमा छलफल हुनुपर्ने उनको भनाइ थियो ।

साधारणसभामा आमन्त्रित व्यवसायीसँग बिटूबी लगायतका कार्यक्रम गर्न पनि उनले सुझाव दिए ।

वरिष्ठ उपाध्यक्ष ढकालले आफूहरुले ७७ जिल्लाकै व्यवसायीलाई महासंघको केन्द्रीय नेतृत्वसँग जोड्ने प्रयास गरेको उल्लेख गर्दै सम्भावना भएका क्षेत्रमा महासंघ पदाधिकारी र काठमाडौंका ठूला व्यावसायिक घरानालाई लगानीका लागि उत्प्रेरित गर्ने काम आफूहरुले गरिरहेको बताए ।

महोत्तरीको गौशालामा कागज उद्योग स्थापनाको काम सुरुगरेको उल्लेख गर्दै उनले १ वर्षभित्रमा उद्योग सञ्चालनमा ल्याइने जानकारी दिए ।

आईएमई समूहका अध्यक्षसमेत रहेका ढकालले चन्द्रागिरीको पर्यटन पूर्वाधारको सफलतासँगै सातवटै प्रदेशमा यस्ता पूर्वाधार निर्माणमा आफूहरु जुटेको जानकारी दिए ।

व्यवसायीका संघसंस्थामा चुनावमा हारजित हुँदैनः उपाध्यक्ष ढकाल

खुल्यो मुक्तिनाथ मन्दिर

मुस्ताङस्थित हिन्दू र बौद्ध धर्मावलम्बीको पवित्र तीर्थस्थल प्रसिद्ध मुक्तिनाथ मन्दिर आजदेखि खुला गरिएको छ ।

जिल्ला प्रशासन कार्यालय मुस्ताङमा यही असोज ५ गते बसेको कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र र सुरक्षा समितिको बैठकले मुक्तिनाथ मन्दिर खुलाउने निर्णय गरेका थिए ।

मन्दिर गत वैशाख महिनादेखि बन्द गरिइएको थियो ।

मुक्तिनाथ विकास समितिका अध्यक्षसमेत रहनुभएका प्रमुख जिल्ला अधिकारी श्रीनाथ पौडेलले मापदण्ड तोकेर बाहिरी जिल्लाका तीर्थयात्री र भक्तजनका लागि मुक्तिनाथ मन्दिरमा पूजाआजा खुलाइएको जानकारी दिएका छन् ।

“स्वदेशीका लागि पिसीआर, एन्टिजेन परीक्षणको रिपोर्ट वा कोरोनाविरुद्धको खोप लगाएकोमध्य कुनै एक प्रमाणको आधारमा मुक्तिनाथमा प्रवेश दिने निर्णय भएको छ”, उनले भने, “विदेशीका लागि सात दिनभित्रको पिसीआर रिपोर्ट अनिवार्य गरिएको छ ।”

बडादशैँको सोह्रश्रद्धामा कागबेनीमा पिण्डदान र मुक्तिनाथ दर्शन गर्ने भक्तजन आउने गर्छन् ।

कोरोना सङ्क्रमण फैलिएपछि २०७८ वैशाख तेस्रो सातादेखि मुस्ताङमा गरिएको निषेधाज्ञा पाँच महिनापछि गत भदौ २३ गतेदेखि खुलाइएको थियो ।

अठार वर्षमाथिका सबै नागरिकले कोरोनाविरुद्धको खोप लगाएको र सङ्क्रमणदर न्यून रहेकाले जनजीवनलाई सहज बनाउन निषेधाज्ञा हटाएको प्रशासनलाई विश्वप्रसिद्ध मुक्तिनाथ मन्दिरमा पनि खुलाउन दबाब परेको थियो ।

निषेधाज्ञा र मुक्तिनाथ खुलेसँगै निषेधाज्ञाले थला परेको मुस्ताङका होटल र पर्यटन व्यवसाय चलायमान, जनजीवन सहज र विकास निर्माणले गति लिने अपेक्षा गरिएको छ ।

मुक्तिनाथ र पर्यटकीयस्थल खुलाएपछि सडक र हवाईमार्ग भएर मुस्ताङ जानेहरुको चहलपहल बढेको छ ।

कोरानाका कारण मुक्तिनाथ मन्दिर नजिकैको रानीपौवाका सातसहित मुस्ताङमा १५ जनाले ज्यान गुमाएका छन् ।

समुद्री सतहदेखि तीन हजार ७१० मिटरको उचाइमा रहेको मुक्तिनाथलाई हिन्दू तथा बौद्ध धर्मावलम्बीहरुको साझा तीर्थस्थल मानिन्छ ।

शालिग्राम भगवान्को लागि प्रशिद्ध मुक्तिनाथ दर्शन गरेमा मोक्ष प्राप्त हुने विश्वास छ ।

शालिग्राम शिलालाई भगवान् विष्णुको रुप मानेर पूजा गरिन्छ ।

यसै ठाउँको बाटो भएर बौद्ध भिक्षु पद्मसम्भव बौद्ध धर्मको प्रचारका लागि तिब्बत गएकाले यसलाई बौद्ध धर्मावलम्बीहरुको पनि तीर्थस्थल मानिन्छ ।

१०८ धारामा स्नान र मुक्तिनाथ मन्दिरमा पूजाआजा तथा दर्शन गर्ने चलन छ । मन्दिर परिसरमा गुम्बा पनि छ ।

जङ्गली हात्ती पीडितका गुनासो, ‘खै कसरी अन्नबाली जोगाउनु अब’

मेचीनगर नगरपालिका–१ का लालबहादुर मोक्तान फूल खेल्न थालेको धानबाली हेरेर मख्ख परेका थिए ।

शुक्रबार दिनभर खेतमा फस्टाएको धान हेरेर खुसी हुँदै घर फर्किएका उनले वर्ष दिन खान पुग्ने धान फल्ने अनुमान गरेका थिए ।

उनको खुसी भारतीय जङ्गली हात्तीले एक दिन पनि टिक्न दिएन ।

शुक्रबार राति १० कठ्ठा जमिनको धान हात्तीले खाएर र माडेर सखाप पारिदियो ।

उनले निरास हुँदै भने, “पाक्न लागेको बाली सखाप पारिदियो, अब के खाएर बाँच्नु ।”

उनी मात्र होइन दैनिक भारतबाट हुल बाँधेर आउने हात्तीको उपद्रो बढ्न थालेपछि बाहुनडाँगीवासी चिन्तित छन् ।

उनकै छिमेकी रमेश भुजेलको १० कठ्ठा, नन्द अधिकारीको पाँच कठ्ठा, कैलाश भण्डारीको पाँच कठ्ठा गरी डेढ बिघा जमिनको धान एकै रातमा हात्तीले खाइदिएको छ ।

मेची नदीमा लगाइएको विद्युतीय तारबार भत्काएर भारतीय जङ्गली हात्तीले बस्ती पसेर दैनिकजसो उपद्रो मच्चाउन थालेका छन् ।

हात्ती छेक्न विसं २०७२ मा विश्व बैंकको सहयोगमा राष्ट्रिय प्रकृति संरक्षण कोषले मेची नदी किनारमा १८ किलोमिटर क्षेत्रमा विद्युतीय तारबार लगाएको थियो ।

सोही तारवारका कारण आठ वर्षसम्म ढुक्कले निदाएका बाहुनडाँगीवासी हात्ती गाउँ पस्न थालेपछि रातभर जाग्राम बस्न थालेको स्थानीयवासी शङ्कर लुइँटेलले बताएका छन् ।

“ज्यान जोगाउनै मुस्किल छ”, उनले भने, “ खै कसरी पाक्न लागेको अन्नबाली जोगाउनु अब ।”

विद्युतीय तारबारको उचित मर्मतसम्भार नुहँदा दैनिकजसो भारतीय जङ्गली हात्तीले भत्काएर नेपाल प्रवेश गर्न थालेका छन् ।

प्रवेश गर्ने हात्तीले मेचीनगर–१, २, ३ र ४ मा बढी दुःख दिइरहेको उनको भनाइ छ ।

जिल्लाका बुद्धशान्ति गाउँपालिका, भद्रपुर, कनकाई र दमक नगरपालिकामा पनि हात्तीले दुःख दिइरहेको छ ।

अन्नबालीमा खाइदिए वा घर भत्काएमा डिभिजन वन कार्यालयले रु १० हजार क्षतिपूर्ति दिँदै आएको छ ।

रकम पाउनका लागि लामो समय कुर्नुपर्ने र पटकपटक कार्यालय धाउनुपर्ने झन्झटिलो प्रक्रियाबाट दिक्क भएका हात्तीपीडितले निवेदन नै दिन छोडेको मेचीनगर–३ का स्थानीय राजीव माझीले बताएका छन् ।

एकीकृत–समाजवादीको नेतृत्वमा ४० प्रतिशत युवा सहभागी गराउने-श्रेष्ठ

एकीकृत–समाजवादीको नेतृत्वमा ४० प्रतिशत युवा सहभागी गराउने-श्रेष्ठ

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत–समाजवादी) का नेता जीवनराम श्रेष्ठले विपन्न वर्गको पक्षमा कम्युनिष्ट आन्दोलन केन्द्रित गर्नुपर्ने बताउनुभएको छ ।

नेकपा एकीकृत–समाजवादी काठमाडौँ महानगरपालिका २७ वडाले आज यहाँ आयोजना गरेको कार्यक्रममा उहाँले नेकपाको नेतृत्वमा करिब दुई तिहाइ बहुमतको सरकार गठन भएको भए पनि असंवैधानिक गतिविधि सञ्चालन गरी मजदुर, किसान, गरिब वर्गका हितमा कार्य गर्न नसकेकाले आफूहरुले नयाँ पार्टी स्थापना गरेको बताउनुभयो ।

नेपाल ओलम्पिक कमिटीको अध्यक्षसमेत रहनुभएका श्रेष्ठले मुलुकको विकास र समृद्धिका लागि युवा वर्गको विशेष भूमिका रहेको उल्लेख गर्दै एकीकृत–समाजवादीले पार्टीको नेतृत्वमा ४० प्रतिशत युवालाई सहभागी गराउने नीति लिएको जानकारी दिनुभयो ।

वाग्मती प्रदेशसभा सदस्य वसन्त मानन्धरले राष्ट्रियता, लोकतन्त्र र जनजीविकाको पक्षमा आफ्नो पार्टी क्रियाशील रहने बताउँदै अहिले शिक्षा, स्वास्थ्यलगायत क्षेत्रमा रहेको निजी क्षेत्रको नियन्त्रणलाई न्यूनीकरण गरी सरकारले सर्वसुलभ बनाएर सबै नागरिकको पहुँचमा पुर्‍याउनुपर्नेमा जोड दिनुभयो ।

संविधानसभा सदस्य प्रभा वज्राचार्यले सङ्गठनलाई विस्तार गर्न देशभर राजनीतिक गतिविधि सञ्चालन गर्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा आनन्दराज भण्डारीको नेतृत्वमा २५ सदस्यीय वडा शाखा कमिटी गठन गरिएको छ ।

एकीकृत–समाजवादीको नेतृत्वमा ४० प्रतिशत युवा सहभागी गराउने-श्रेष्ठ

न्याय सेवा आयोगद्वारा २ सय ७५ कर्मचारीहरूको सरुवा: २ सय ३६ जनाको पदस्थापन

न्याय सेवा आयोगद्वारा २ सय ७५ कर्मचारीहरूको सरुवा: २ सय ३६ जनाको पदस्थापन

काठमाडौँ-न्याय सेवा आयोगको शुक्रवार बसेको बैठकले २ सय ७५ कर्मचारीहरूको एकै पटक सरुवा गरेको छ । साथै बैठकले २ सय ३६ जनाको पदस्थापन गरेको छ ।

आयोगको बैठकले न्याय सेवामा कार्यरत २ सय ७५ कर्मचारीहरूको न्याय सेवा आयोगको शुक्रवार बसेको बैठकले सहसचिव, सहन्यायाधिवक्ता, जिल्ला न्यायाधिवक्ता, रजिस्ट्रार, श्रेस्तेदार लगायतको सरुवा गरेको हो ।

कानुन समूहका राजपत्राङ्कित प्रथम श्रेणीका ८ जना सरुवा भएका छन् । यसै गरी सरकारी वकिल समूह, राजपत्राङ्कित प्रथम श्रेणीका ७ जना, न्याय समूह, राजपत्राङ्कित द्वितीय श्रेणीका ९ जना, कानुन समूह राजपत्राङ्कित द्वितीय श्रेणीका १ जना सरुवा भएका छन् ।

राजपत्राङ्कित द्वितीय श्रेणीकै सरकारी वकिलहरू ५५ जना, न्याय समूह राजपत्राङ्कित तृतीय श्रेणीका १०३ जना, कानुन समूहकै राजपत्राङ्कित तृतीय श्रेणीका ३४ जना र तृतीय श्रेणीकै सरकारी वकिल ५८ जना सरुवा भएका छन् ।

सरुवाको बिवरण

न्याय सेवा आयोगद्वारा २ सय ७५ कर्मचारीहरूको सरुवा: २ सय ३६ जनाको पदस्थापन

पाँचदलीय गठबन्धन देसभरी मोर्चाको रुपमा अगाडि बढ्ने नेता नेपालको उद्घोष

पाँचदलीय गठबन्धन देसभरी मोर्चाको रुपमा अगाडि बढ्ने नेता नेपालको उद्घोष

काठमाडौं-अहिलेको पाँचदलीय गठबन्धन जिल्ला जिल्लामा निर्माण हुने नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बताएका छन् ।

देशव्यापी संगठन बिस्तारमा रहेका नेता नेपालले शनिबार हेटौंडामा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उक्त कुरा बताएका हुन् ।

उनले दृत गतीमा देसभरी पाँच दलिय गठबन्धन मोर्चाको रुपमा अगाडि बढ्ने बताए ।

नेपालले मकवानपुर जिल्लामा पनि मोर्चा बनाउन कार्यकर्ता भेला मार्फत आग्रह गरेका छन् ।

अरु सँगपनि राम्रो कामको लागि सहकार्यको संस्कृतिको विकास गर्न उनले कार्यकर्तालाई निर्देशित गरेका हुन् ।

उनले नेता तथा कार्यकर्तालाई घमण्ड नर्गन समेत आग्रह गरेका छन् ।

सम्बोधनका क्रममा उनले पार्टीका कार्यकर्तालाई मेहनत र उत्पादनमुखी बन्न निर्देशन दिएका छन् ।

उनले भने, ‘खेतीमा लागेपनि हुन्छ। सहकारीमा लागेपनि हुन्छ। तपाईहरु उद्यमशिल बन्नुहोस।’

उनले पार्टीमा सीप, नैतिकताको शिक्षा दिइने र स्कुल प्रणालीको विकास गरिने बताए।

नेपालले भने,‘पदको निम्ति हानथाप होइन। खुबी र क्षमता बढाउनुस। प्रतिष्पर्धालाई हामी प्रोत्साहन दिन चाहन्छौं।’

पाँचदलीय गठबन्धन देसभरी मोर्चाको रुपमा अगाडि बढ्ने नेता नेपालको उद्घोष

दशैंका लागी उपत्यका छोड्न थाले सर्वसाधारण: यस्तो छ नयाँ भाडादर

दशैंका लागी उपत्यका छोड्न थाले सर्वसाधारण: यस्तो छ नयाँ भाडादर

काठमाडौं-दशैं मनाउनका लागी काठमाडौंबाट बाहिरिने यात्रुको संख्या बढन थालेको छ ।

हिजोबाट कक्षा १२ को परिक्षा सकिएसँगै उपत्यमा छाड्ने विद्यार्थीको संख्या बढन थालेको हो ।

विद्यार्थीसँगै मजदूरहरु राजधानी छोडेर गाउँ फर्किन थालेका छन्।

ढिलो जाँदा भीडभाड हुने तथा सवारीमा कठिन यात्रा गर्नु पर्ने सम्भाब्यता तथा कोरोना संक्रमणको डरका कारण पनि काठमाडौंबाट बाहिरिने यात्रुको संख्या बढन थालेको हो ।

सोमबारदेखि लामो दूरी चल्ने सवारीसाधनको यातायात व्यवस्था विभागले अग्रिम टिकट बुकिङ खुलाउने निर्णय गरेको छ।

यो संगै यात्रुहरुले लामो दूरी चल्ने सवारीसाधनका लागि सोमबारदेखि अग्रीम टिकट काट्न पाउनेछन्।

दशैंका लागी उपत्यका छोड्न थाले सर्वसाधारण: यस्तो छ नयाँ भाडादर

तत्काल मनसुन बाहिरिने सम्भावना छैन: अझै केही समय वर्षा हुने

काठमाडौँ-मनसुन अझै केही दिन बाहिरिने सम्भावना नदेखिएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

अहिलेको अवस्थालाई हेर्दा मनसुन तत्काल बाहिरिने सम्भावना नरहेको विभागका मौसमविद् गङ्गा नगरकोटीले बताए । उनका अनुसार मनसुन बाहिरिनका लागि पश्चिमबाट पूर्वतिर हावा बहनुपर्छ तथा बङ्गालको खाडीबाट जलवाष्फयुक्त हावा आउनेक्रम राकिनुपर्छ । “अहिले त्यस्तै अवस्था रहेको छैन । त्यसैले तत्काल मनसुन बाहिने सम्भावना छैन”, मौसमविद् नगरकोटीले भने ।

यस वर्ष मनसुन गएको जेठ २८ गते नेपाल भित्रिएको थियो । यसपालीदेखि मनसुनको अवधि परिमार्जन गरिएको छ । यसअघि सामान्यतया नेपालमा जुन १० मा मनसुन भित्रिने र सेप्टेम्बर २३ तारिखमा बाहिरिने गरेको थियो । यस वर्षदेखि जुन १३ मा मनसुन भित्रिने र अक्टोबर दुईमा मनसुन बाहिरिने मिति तोकिएको छ ।

यसपाली नेपालमा मनसुन औसत समयभन्दा दुई दिन अगाडि भित्रिएको थियो । मौसमविद्का अनुसार हरेक १०–१० वर्षमा मनसुन भित्रने र बाहिरिने समय परिमार्जन गरिन्छ । आज देशभर सामान्य बदली रही केही स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम १९ दशमलव तीन डिग्री र अधिकतम तापक्रम ३० दशमलव पाँच डिग्री सेल्सियस रहेको छ । त्यस्तै आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम १४ दशमलव तीन डिग्री र सबैभन्दा धेरै दिपालयको अधिकतम तापक्रम ३४ दशमलव ६ डिग्री सेल्सियस रहेको छ ।

स्यानीटरी प्याडको बिषयमा अर्थ मन्त्रालयको स्पस्टीकरण: बढाएको हैन घटाएका छौ

स्यानीटरी प्याडको बिषयमा अर्थ मन्त्रालयको स्पस्टीकरण: बढाएको हैन घटाएका छौ

काठमाडौँ-स्यानीटरी प्याडमा भन्सार महशुल बढाएका बिषयमा अर्थ मन्त्रालयले प्रेस नोट जारी गर्दै स्पस्टीकरण दिएको छ ।

मन्त्रालयले आफ्नो प्रेस नोटमा सामाजिक सञ्जाल तथा कतिपय संचारमाध्यममार्फत फैलाइएको हल्लाप्रति ध्यानाकर्षण भएको जनाएको छ ।

मन्त्रालयले स्यानीटरी प्याडमा आयातमा आ.व. २०६९-७० अघिदेखि लाग्दै आएको १५ प्रतिशत भन्सार महशुल आर्थिक ऐन २०७८ मा जस्ताको तस्तै कायम राखिएको जनाएको छ ।

मन्त्रालयल स्यानीटरी प्याड बनाउन प्रयोग हुने कच्चा पदार्थमा सविकको १० प्रतिशत भन्सार दरमा ५० प्रतिशत घटाएर ५ प्रतिशत कायम गरीएको समेत प्रेस नोट मार्फत जानकारी गराएको छ ।

साथै मन्त्रालयले वर्तमान सरकारले महशुल बढाएको भन्ने तथ्यहीन हल्लाहरुको भ्रममा नपर्न सरोकारवाला सबैमा अनुरोध गरेको छ ।

मन्त्रालयले कच्चा पदार्थ आयातमा भन्सार शुल्क घटाएर स्वदेशी उद्योगलाई प्रोत्साहन गरी आयात प्रतिस्थापनमा सहयोग पु¥याउन पहल गरेको समेत बताएको छ ।

साथै मन्त्रालयल ऐनमा स्पष्टसँग लेखिएको कुराको तथ्यपरक अध्ययन नगरी वा जानी जानी गलत र भ्रामक हल्ला फैलाएर जनमानसमा नकारात्मक सन्देश प्रवाह गर्न खोज्ने तत्वहरुको भ्रममा नपर्न अनुरोध समेत गरेको छ ।

स्यानीटरी प्याडको बिषयमा अर्थ मन्त्रालयको स्पस्टीकरण: बढाएको हैन घटाएका छौ

साहस उर्जाको आइपीओमा २० लाख बढीको आवेदन: पर्ने नपर्ने भाग्यकै भर

साहस उर्जाको आइपीओमा २० लाख बढीको आवेदन: पर्ने नपर्ने भाग्यकै भर

काठमाडौँ-साहस उर्जा लिमिटेडले बुधबारदेखि सर्वसाधारणका लागि बिक्रीमा ल्याएको आईपीओमा साझ सम्ममा २० लाख बढीले आवेदन दिएका छन् ।

बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटलका अनुसार कम्पनीको आइपीओमा शुक्रबार साझ ५ बजेसम्ममा २० लाख बढी आवेदकले ३ करोड भन्दा बढी कित्ता शेयर खरिदको लागि आवेदन दिएका हुन् ।

कम्पनीले ७० करोड रुपैयाँ बराबरको ७० लाख कित्ता शेयर निष्काशनमा ल्याएको छ।

सर्वसाधारणका लागि निष्काशनमा ल्याएको कुल शेयरमध्ये ३ प्रतिशत अर्थात २ लाख १० हजार कित्ता शेयर कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात ३ लाख ५० हजार कित्ता शेयर सामूहिक लगानी कोषलाई छुट्याएर बाँकी रहने ६४ लाख ४० हजार कित्ता शेयरको लागि मात्रै सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।

कम्पनीको आईपीओमा इच्छुक लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १० लाख ५० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन्।

कम्पनीको आईपीओमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण सि आस्बा सदस्य बैंक तथा वित्तीय संस्था, तोकिएका शाखा कार्यालयबाट र मेरो शेयर मोबाइल एपबाट पनि आवेदन दिन सकिनेछ।

हाल कम्पनीको चुक्ता पूँजी २ अर्ब ४५ करोड रुपैयाँ रहेको छ।

स्थानियलाई ३५ करोड रुपैयाँ र सर्वसाधारणलाई ७० करोड रुपैयाँ बराबरको आईपीओ निष्काशन पछि कम्पनीको चुक्ता ३ अर्ब ५० करोड रुपैयाँ पुग्नेछ।

साहस उर्जाको आइपीओमा २० लाख बढीको आवेदन: पर्ने नपर्ने भाग्यकै भर

सिटिजन्स बैंकले प्रस्ताव गर्यो १२.९१३ प्रतिशत बोनस

सिटिजन्स बैंकले प्रस्ताव गर्यो १२.९१३ प्रतिशत बोनस

काठमाडौँ-सिटिजन्स बैंकको शुक्रबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको छ ।

बैंकको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट चुक्ता पूँजीको १२.९१३ प्रतिशत बोनस शेयर र ३.०८९ प्रतिशत नगद गरी १६ प्रतिशत लाभांश प्रस्ताव गरेको हो ।

उक्त लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति पश्चात आगामी वार्षिक साधारण सभाले परित गरेपछि शेयरधनीले पाउनेछन् ।

सिटिजन्स बैंकले प्रस्ताव गर्यो १२.९१३ प्रतिशत बोनस

ज्ञानेन्द्र शाहले गरे जीवित कुमारीको पूजाअर्चना

ज्ञानेन्द्र शाहले गरे जीवित कुमारीको पूजाअर्चना

काठमाडौँ-पूर्वराजा ज्ञानेन्द्र शाहले इन्द्रजात्राको अन्तिम दिन काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको कुमारीघरमा पुगी जीवित कुमारीको पूजाअर्चना गरेका छन्।

उनी शुक्रबार अबेर राष्ट्रपति विद्यादेवी भण्डारीले कुमारीको पूजा गरेर फर्केपछि कुमारीघर पुगेकी थिए।

यसअघि पूर्वराजाका तर्फबाट तयार गरेको प्रसाद इन्द्रजात्राको पूजामा पुर्‍याइएको थियो।

राति अबेर पूर्वराजा वसन्तपुर दरबार क्षेत्र पुग्दा सयौँ मानिसहरुले उनको स्वागत गरेका थिए।

इन्द्रजात्राको अन्तिम दिन शुक्रबार महिलाहरुले रथ तानेका छन्।

शुक्रबारबाट इन्द्रजात्रा बिधिवत रुपमा समापन भएको छ।

राति १०ः३६ बजेको साइतमा इन्द्रध्वजा ढालेर इन्द्रजात्रा समापन गरिएको हो।

काठमाडौँको हनुमान ढोकामा इन्द्रध्वजा ठड्याएर सुरु गरिएको इन्द्रजात्रा इन्द्रध्वजा ढालेर समापन गर्न लागिएको हो। इन्द्रध्वजालाई टेकुमा सेलाउने परम्परा रहेको छ।

ज्ञानेन्द्र शाहले गरे जीवित कुमारीको पूजाअर्चना

मुम्बई घर भएका दुई जनाबाट ९५ लाख नेपाली रुपैयाँ बरामद

चितवनबाट काठमाडौं आउँदै गरेका दुई जनाको साथबाट काठमाडौंको नागढुंगामा प्रहरीले ९५ लाख नेपाली रुपैयाँ बरामद गरेको छ ।

काठमाडौंका एसएसपी अशोक सिंहका अनुसार स्रोत नखुलेको ९५ लाख बरामद गरिएको हो । चन्द्रागिरी नगरपालिका–२ स्थित नागढुङ्गा चेक प्वाइन्टबाट प्रहरीले सो नगद लिएर आउने दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत घर भएका सागर माली र कृष्ण अढाडे छन् ।

भारतको मुम्बई घर भएका उनीहरु ग १ ख ६६४५ नम्बरको हाइस माइक्रोमा चितवनबाट काठमाडौं आएका थिए । यात्रुबाहक माइक्रोको ८ र ९ नम्बर सिटमा बसेका उनीहरुको झोला चेकजाँच गर्दा सो नगद फेला परेको थियो ।

सो रकम अवैध हुन्डी कारोबारको हुनसक्ने एसएसपी अशोक सिंहले बताए । उनले भने–‘ पैसा ल्याउनेहरूले स्रोत खुलाउन सकेका छैनन्, हामी थप अनुसन्धान गरिरहेका छौं ।’

प्रहरीले २६ वर्षीय मालिको साथबाट ४५ लाख र कृष्ण अढाडेको साथबाट ५० लाख बरामद गरेको छ ।