यस्तो छ अर्थमन्त्री शर्माले दिएको सार्वजनीक रुपमा उठेका प्रश्नको जवाफ (अन्तरवार्ता सहित)

शुक्रवार संसदमा पेश गरिएको प्रतिस्थापन विधेयकका सम्बन्धमा अर्थमन्त्रालयले पत्रकार सम्मेलन गरी सार्वजनिक रुपले उठेका सवालहरुमा स्पष्ट पारेको छ ।
आइतवार मन्त्रालयमा आयोजित ‘पोष्ट बजेट प्रेस मिट’ मा अर्थमन्त्री जनार्दन शर्मा, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. विश्वनाथ पौडेल, नेपाल राष्ट्रबैंकका गभर्नर महाप्रसाद अधिकारी र अर्थसचिव मधुकुमार मरासिनीले प्रतिस्थापन विधेययकका मुख्य मुख्य विषयहरु उपर उठेका प्रश्नहरुको जवाफ दिएका हुन् ।

पाँच लाख परिवारलाई दश हजारका दरले राहत बाँड्ने योजना आएछ जबकि राष्ट्रिय योजना आयोगको तथ्याङ् अनुसार बहुआयामिक गरिबीको मारमा ५० लाख व्यक्ति छन् । यो पनि पहुँचवालाको खल्तीमा पुग्ने त होला ?

कोरोनाले रोजगारी गुमाई संकटग्रस्त अवस्थामा पुगेका, एकदमै पिँधमा रहेका गरिबहरुलाई स्थानीय तहमार्फत मापदण्ड बनाएर बितरण गरिन्छ । वास्तविक पीडितहरुको हातमा पुग्नेगरी मापदण्ड बनाइन्छ । यसले सांकेतिक रुपमा भएपनि केही न केही राहत महशुस गराउनेछ । नेपालमा यो यसरी लक्षित वर्गको हातमा एकैचोटी रकम स्थानान्तरण भएको यो पहिलो पटक हो । योजना आयोगका उपाध्यक्षका अनुसार यसलाई प्रगतिशील क्यास ट्रान्जेक्शन भनिन्छ । पारदर्शी र निष्पक्ष हिसावले वितरण हुनेछ ।

एकातिर राजश्व छुट दिने अर्कोतिर राजश्वको लक्ष बढाउने अन्तरविरोधी भएन र ?

स्वदेशी उत्पादन बढाउने, रोजगारी सृजना गर्ने र आयात प्रतिस्थापनको लक्षमा सहयोग पु¥याउने खालका उद्योगहरुलाई छुट दिएको हो । उत्पादनमूलक उद्योगहरुलाई प्रोत्साहन दिँदा राजश्व पनि बढ्छ । दीर्घकालिन हिसावले देशलाई फाइदा हुन्छ । राजश्व वृद्धि गर्ने अन्य उपायहरु पनि छन् । करको दायरा विस्तार गरेर भएपनि राजश्व वृद्धिको लक्ष पूरा गर्न सकिन्छ ।

उद्योगमा लगानीको स्रोत नखोज्ने व्यवस्था गरेर अनियमित ढ्रगले कमाएको सम्पत्तिलाई शुद्धीकरण गर्न खोजेको जस्तो देखियो नि ?

जुनसुकै लगानीको कुरा गरेको हैन । भ्रष्टाचारको माध्यमबाट, तस्करीको माध्यमबाट आर्जन गरेको सम्पत्ति लगानी गर्न नपाउने स्पष्ट कानुनी व्यवस्था रहेको छ । त्यो कुरामा सरकार सचेत छ । त्यसो हुन दिइदैन ।

सहकारीले कम्पनी खोलेर लगानी गर्न पाउने नीति आएछ, यसो गर्दा जनताको सम्पत्ति दुरुपयोग हुने खतरा अझ बढ्दैन र ?

सहकारी क्षेत्रमा थुप्रिएको पुँजीलाई विद्यमान कानुनी व्यवस्थाले लगानीको लागि ढोका खोलेको छैन । सहकारीसँग भएको ठूलो पुँजी उत्पादनको क्षेत्रमा लगानी भयो भने त्यसबाट रोजगारी सृजना हुनुको साथै राष्ट्रिय पुँजी निर्माणमा योगदान हुनसक्छ । उत्पादन वृद्धि भयो भने आयात प्रतिस्थापन गर्न र व्यापार घाटा कम गर्न समेत टेवा पुग्नसक्छ । यसको कार्यान्वयनको लागि आवश्यक कानुनी प्रवन्ध गर्ने भनिएको हो ।
रेमिट्यान्सलाई उत्पादनमूलक क्षेत्रमा लगाउने भन्ने कुरा सुन्न थालेको एक दशक पुग्न लाग्यो तर कहिल्यै कार्यान्वयनमा आउन सकेन, अहिले आउछ भन्ने के ग्यारेन्टी छ ?

हाल रेमिट्यान्सको ९० प्रतिशतभन्दा बढी उपभोगमा खर्च भइरहेको देखिन्छ । जसले गर्दा देशको उत्पादन वृद्धि हुन सकेन र नयाँ रोजगारी पनि सृजना हुन सकेन । विदेशमा कमाएको पंैसा जति दैनिक उपभोग र विलासितामा खर्च हुने ग¥यो । तर अब त्यो प्रवृत्ति बदल्छौं । रेमिट्यान्सको ३० प्रतिशत हिस्सा उत्पादनमूलक क्षेत्रमा लगाउने गरी आवश्यक व्यवस्था गर्छौ ।

प्रधानमन्त्री रोजगार कार्यक्रमको नाममा वैदेशिक ऋण लिने तर विगतमा झैं झारपात उखेल्ने काममा खर्च गरेर देश उँभो लाग्छ त ?

विगतमा त्यस्तो भएको भएपनि यो सरकारले त्यस्तो हुन दिनेछैन । उत्पादनमूलक क्षेत्रमा खर्च गर्ने गरी कार्यक्रम बनाइन्छ । झारपात उखेल्ने काममा खर्च हुँदैन अब । केही न केही उत्पादन पनि हुने र बेरोजगारहरुलाई रोजगारी पनि मिल्ने मोडालिटीमा त्यो रकम खर्च गरिन्छ ।

राजनैतिक परिवर्तनका आन्दोलनमा मारिएका परिवारहरुलाई मासिक तीन हजार भत्ता बाँड्ने कार्यक्रमले राज्यकोषमा अनावश्यक दायित्व थपेको देखिन्छ । भोलि यो बढ्दै जान्छ, कसरी धान्नसकिन्छ ?
तपाई हामी अहिले जुन राजनीतिक व्यवस्थामा छौं, यो ल्याउनको लागि कयौंले प्राण दिएका छन् । उनीहरुका परिवारलाई राज्यले निराश पार्नु न्यायसंगत हुँदैन । परिवर्तनको आन्दोलनमा योगदान गरेका, ज्यानको बलिदान गरेका आस्रित परिवारहरुको संरक्षण गर्ने दायित्व राज्यको हो । यही दायित्वबोध गरेर हामीले थोरै सम्झन खोजेको मात्र हो । राज्यले हामीलाई सम्झेको रहेछ भन्ने कुराको महशुस गराउनु र उनीहरुलाई निराश हुन नदिनु हामी सवैको कर्तव्य हो । राज्यको सम्झनास्वरुप मासिक तीन हजार उपलब्ध गराउने भनिएको हो । सामाजिक सुरक्षा कोषलाई आत्मनिर्भर बनाएर उक्त दायित्व घटाउन गर्न सकिन्छ । हामीले सामाजिक सुरक्षा कोषमा राज्यको कोषबाट पैंसा हालिरहनु नपरोस भनेर कोषलाई आत्मनिर्भर बनाउने योजना पनि बनाइरहेका छौं ।

ठूला बडाले चढ्ने महंगा कारमा कर बढाउनुपर्नेमा सर्वसाधारण चढ्ने मोटरसाईकलमा कर बढाउनुभएछ । यो कस्तो खालको नीति हो ?

खासमा यो आयात प्रतिस्थापनसँग जोडिएको विषय छ । कच्चा पदार्थ मात्र आयात गरी स्वदेशमै मोटरसाईकलहरु, गाडीहरु स्वदेशमा एसेम्बल्ड गरेर सुलभ दरमा उपभोग गर्न पाइयोस् भन्ने उद्देश्यले यस्तो गरिएको हो । विद्युतीय गाडीहरु, विद्युतीय बसहरु स्वदेशमै उत्पादन होउन् भन्ने आशय हो । स्वदेशी उद्योगलाई प्रोत्साहित गर्ने उद्देश्यमा आधारित भएर यसो गरिएको हो । तत्काल केहीलाई असर परेको देखिए पनि दीर्घकालीन हिसावले राष्ट्रको हितमा निर्णय गरिएको हो ।

स्रोत सुनिश्चित नभएका १४०० सडक आयोजना स्थगित गर्नुभएछ । मन्त्रीको दवावमा कस्ता कस्ता काम हुने रहेछन भन्ने कुरा बुझ्ने मौका पाइयो । हाम्रो कर्मचारीतन्त्र पनि कस्तो रहेछ मन्त्रीले जे भन्यो खुरुखुरु त्यही मान्दिने ?

यस्तो पनि हुने रहेछ भन्ने कुरा मैले पनि पहिलो पटक थाहा पाएँ अर्थमन्त्रालयमा आएर । मैले भन्दिएर तपाईले पनि थाहा पाउनुभयो । अब त्यस्तो नगरौं भन्ने कुरामा अर्थमन्त्रालयको अहिलेको टीम सचेत छ । त्यही कारण नै हामीले स्रोत विनाका आयोजना स्थगित गर्ने गरेका हौं । वित्तीय अनुशासन कायम गर्ने दिशामा यो निर्णयले महत्वपूर्ण काम गर्नेछ भन्ने विश्वास छ ।

प्रतिस्थापन विधेयकमा ७ प्रतिशत आर्थिक वृद्धिको लक्ष राख्नुभएको रहेछ, यो पूरा हुन्छ भन्ने कुरामा विश्वास गर्न सकिएन, यसमा के भन्नुहुन्छ ?

तपाईले अहिले विश्वास गर्नु पनि पर्दैन किनकि काम भएपछि विश्वास गर्ने हो । हामी काम गरेर देखाउने पक्षमा छौं । अहिले तपाईको कुरा ठिकैछ । लक्ष प्राप्त भएपछि आफै विश्वास गर्नुहुनेछ ।

शिक्षा क्षेत्रमा पढ्दै कमाउदै कार्यक्रम अघि सारिएको छ, यो कस्तो खाले कार्यक्रम हो ?
अहिले हरेक प्रदेशमा ४÷४ वटा विद्यालयमा नमूनाको रुपमा यो कार्यक्रम संचालन गर्ने लक्ष राखिएको छ । प्राविधिक र व्यवसायिक शिक्षाको परिणामुखी अभ्यास गर्ने उद्देश्यले यो कार्यक्रम अघि सारिएको हो । सुर्खेत लगायत देशका केही स्थानहरुमा यसको व्यवहारिक अभ्यास भइरहेको छ । त्यो सफल पनि छ । त्यसैलाई नीतिमा रुपान्तरण गरेर देशभर विस्तार गर्न खोजिएको हो । विद्यार्थीहरुले सैद्धान्तिक कुराको सिक्नुको साथसाथै उत्पादनका काममा सरिक भएर आय आर्जन गर्ने मोडालिटी हो ।

मासिक १० प्रतिशतका दरले विकास खर्च गर्ने भनिएको रहेछ,के यो संभव छ ?
यसलाई सम्भव तुल्याउने गरी योजना तयार भइरहेको छ । पुँजीगत खर्च बढाउने गरी सोचिएको हो । यो हामी गरेर देखाउछौं । अहिले यसमा धेरै भन्नुभन्दा पनि काम भएपछि देखिनेछ ।

२०७८ भदौ ३१ गते प्रकाशित

नेपाली सेनामा ४६२ जनाका लागि जागिरको अवसर

काठमाडौं । नेपाली सेनामा विभिन्न पदमा चार सय ६२ जनाका लागि जागिर खुलेको छ । भर्ना छनोट निर्देशनालय कार्यरथी विभाग जंगी अड्डाले गोरखापत्रमा सूचना निकालेर चार सय ६२ जना माग गर्दै दरखास्त आह्वान गरेको हो।

भदौ ३१ गतेदेखि असोज ३१ गतेसम्म दरखास्त दिन सकिने सूचनामा उल्लेख छ । नारायणहिटीस्थित नेपाल क्याभल्टी उत्तरतर्फको खेल मैदानमा दरखास्त फारम वितरण हुने बताइएको छ ।

सैनिक तालिम वा आफ्नो कर्तव्य गर्दा गर्दै कुनै शारीरिक चोटपटक लागेर सोही कारणबाट शारीरिक रूपमा अशक्त भएका र कर्तव्य पालनाको सिलसिलामा मृत्यु भएका नेपाली सैनिकका सन्ततीलाई पनि खुलातर्फ बेग्लै आरक्षण सिटको व्यवस्थासहित सेनाले जागिर खुलाएको छ।

समावेशीतर्फ महिला, आदिवासी जनजाती, मधेशी, दलित, पिछडिएको क्षेत्रका लागि पनि आरक्षण सिटसहित आवेदन माग गरिएको छ।

सैनिक उपचारीका, अम मेडिकल, भेहिकल मेकानिक्स, अमल्दार कर्मचारी, पूजारी हुद्दालगायत विभिन्न पदमा सेनाले जागिर खुलाएको हो। २२ जना पूजारीसमेत सेनाले माग गरेको छ।

२०७८ भदौ ३१ गते प्रकाशित

राष्ट्रपति भण्डारी र ओलीबीच शीतलनिवासमा २ घण्टा वार्ता

काठमाडौँ। राष्ट्रपति विद्यादेवी भण्डारी र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । बुधबार साँझ शीतलनिवासमा उनप्हरुबीच भेटवार्ता भएको हो ।

शीतलनिवास स्रोतका अनुसार राष्ट्रपति भण्डारी र अध्यक्ष ओलीबीच साँझ ८ बजेदेखि १० बजेसम्म दुई घण्टा भेटवार्ता भएको हो ।

उहाँहरुबीच समसामयीक राजनीतिक अवस्था, एमाले संकट, संसदलगायतका विषयमा छलफल भएको बताइएको छ ।
२०७८ भदौ ३१ गते प्रकाशित

१२ प्रमुख जिल्ला अधिकारीसहित १६ कर्मचारीको सरुवा

काठमाडौँ । आज बुधबार १२ प्रमुख जिल्ला अघिकारीसहित १६ कर्मचारीको सरुवा भएको छ । गृह मन्त्रालयले आज विभिन्न जिल्लाका प्रजिअ सहित कर्मचारीहरुको सरुवा गरेको हो । मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलका अनुसार गृहमन्त्रीस्तरीय निर्णयले गृह मन्त्रालयका सहसचिव घनश्याम उपाध्ययलाई ललितपुरको प्रमुख जिल्ला अधिकारीमा पठाइएको र ललितपुरका प्रजिअ ढुण्डीप्रसाद निरौलालाई भने मन्त्रालयमा ल्याइएको छ ।

गूल्मीका प्रजिअ रुद्रादेवी शर्मालाई भक्तपुर ल्याइएको छ भने मन्त्रालका सहसचिव पुण्यविक्रम पौडेललाई गुल्मीको प्रजिअमा पठाइएको छ । गृहका सहसचिव शङ्करहरि आचार्यलाई गोरखाको प्रजिअमा र सहसचिव काशीराज दाहाललाई मोरङ लगिएको छ भने मोरङका प्रजिअ कोशहरि निरौलालाई गृहमा ल्याइएको छ । गृहका अर्का सहसचिव दीपककुमार पहाडीलाई रामेछाप तथा नुरहरि खतिवडालाई सङ्खुवासभाको प्रजिअमा पठाइएको छ ।

सङ्खुवासभाका प्रजिअ टेकनारायण पौडेललार्ई गृह मन्त्रालयमा ल्याइएको छ । गृहका सहसचिव टेकराज निरौलालाई दोलखा पठाइएको छ भने दोलखाका प्रजिअ वासुदेव घिमिरेलाई मन्त्रालयमा ल्याइएको छ ।

रुपन्देहीका आस्मान तामाङलाई चितवनको प्रजिअमा खटाइएको छ भने गृहका सहसचिव कृष्णप्रसाद लम्साललाई धादिङको प्रजिअ बनाइएको छ । मन्त्रालयका सहसचिव वीरेन्द्रकुमार यादवलाई उदयपुर र अर्का सहसचिव ऋषिराम तिवारीलाई रुपन्देही पठाइएको छ ।

भेडापालन व्यवसायमा रमाउँदै तिलाका स्थानीयवासी

खलङ्गा, ३० भदौ (रासस) जुम्लाको तिला गाउँपालिका–२ का सबै घरधुरीले पुस्तौँदेखि भेडापालन व्यवसाय गर्दै आएका छन् । सो गाउँमा ८५ घरधुरीको बसोबास गरेका छन् । उनीहरु पुस्तौँदेखि भेडापालन व्यवसाय गर्दै आएका हुन् ।

गाउँपालिकाको मुकाम डुन्डेलीबाट ४५ मिनेट पैदलयात्राबाट पुगिने सो गाउँ तलबाट हेर्दा सबै पहाडैपहाडजस्तो देखिन्छ । तर, त्यही गाउँमा पुग्दा भने केही फराकिलो जमिन भेटिन्छ । पहाडको काखैमा घरैघरले भरिएको गाउँको मुख्य आम्दानीको पेसा भनेकै भेडापालन हो । यही भेडापालन व्यवसायीबाट छोराछोरी पढाउने, औषधिमुलो गर्ने र लुगाफाटो फेर्नेलगायतका आवश्यकता पूरा हुने गरेको स्थानीयवासी बताएका छन् ।

गाउँमा सरकारी जागिर खाएका मानिसहरू औँलामा गन्न सकिन्छ । गाउँमा भेडापालन नगरेका कोही पनि छैनन् । २० भन्दामाथि भेडा रहेको धेरै घर छन्  । सो गाउँमा झन्डै एक हजारजति भेडा छन् । अहिले भेडाको मासु प्रतिकेजी रु नौ सयदेखि एक हजारसम्म बिक्री हुने गरेको तिला गाउँपालिका–२ लर्मीगाउँका भक्तबहादुर रावतले बताए । भेडाको ऊनबाट उत्पादन हुने राडीपाखी प्रतिगोटा रु चार हजारदेखि चार हजार पाँच सयसम्म बिक्री हुने गरेको स्थानीयवासीको भनाइ छ ।

अघिल्लो वर्ष गाउँबाट एक व्यक्तिले रु सात लाख मूल्य बराबरको राडीपाखी बिक्री गरेको थियो । गाउँमा भेडापालन व्यवसाय भए पनि चरन क्षेत्रको अभाव छ । जताजतै खनजोत गरेपछि चरन क्षेत्रको अभाव भएको हो । अर्कोतर्फ लामो समयदेखि खडेरीका कारण सुक्खा हुँदा भेडापालन व्यवसाय प्रभावित हुँदै आएको स्थानीयवासी कर्ण रावतले बताउनुभयो । सोही गाउँका बिर्खबहादुर रावतले भने, “भेडापालन व्यवसाय यहाँको पुख्र्यौली पेसा हो । भेडापालन व्यवसाय यहाँको मुख्य आम्दानीको स्रोत भएकाले स्थानीयवासीले व्यवसाय छोड्न सकेका छैनन् । यही व्यवसायबाट आयआर्जन गर्ने गरेका छौँ ।” बालबच्चा बढाउने, खाना, औषधिमूलो गर्ने यही व्यवसायबाट टार्ने गरेको स्थानीयवासी रावतले बताएका छन् ।

पशु सेवा कार्यालय जुम्लाका प्रमुख गोविन्द महतका अनुसार जुम्लाका भेडापालनको सङ्ख्या बढ्दो क्रम रहेको छ । अझ तिनै तहका सरकारले यो व्यवसायलाई महत्वका साथ कार्यक्रम सञ्चालन गरेको खण्डमा जुम्ला मासुमा आत्मनिर्भर हुने सम्भावना रहेको छ । यो पेसा व्यवसाय चुनौती भए पनि कृषकले भेडापालन व्यवसाय छाडेका छैन । कार्यालयले भेडापालन किसानलाई अनुदान दिने जस्ता काम पनि गरेको कार्यालय प्रमुख महतले बताएका छन् ।

चन्द्रागिरिमा असोज १ देखि विद्यालय खुलाइने

चन्द्रागिरि नगरपालिकाले गत वैशाख दोस्रोदेखि महामारीका कारण बन्द रहेका विद्यालय अगामी असोज १ गतेदेखि खुलाउने भएको छ ।

नगरप्रमुखस्तरीय बैठकले जनस्वास्थ्यको मापदण्ड कायम गरी विद्यालय सञ्चालन गर्ने निर्णय गरिएको नगर शिक्षा अधिकृत सुदर्शन रिजालले जानकारी दिएका छन् । पन्ध्र वडा रहेको सो नगरपालिकाभित्र निजी र सामुदायिक गरी ८० विद्यालय छन् । काठमाडौँको गोकर्णेश्वर र बूढानीलकण्ठ नगरपालिकाले विद्यालय सञ्चालन गरिसकेका छन् ।

असोज पहिलो सातादेखि विद्यालय खुलाइने

दमकमा कोरोनाको महामारी कारण लामो समयदेखि बन्द रहेको दमकका विद्यालय आगामी असोजको पहिलो सातादेखि खुलाइने भएको छ ।
कोरोनाको जोखिम केही कम भएको जनाउँदै दमक नगरपालिकाले आफ्ना मातहतमा रहेका शैक्षिक संस्थालाई विद्यालय सञ्चालन गर्न निर्देशन दिएको शिक्षा शाखा प्रमुख दिनेश न्यौपानेले जानकारी दिए ।

नगरपालिकाले विद्यालय सञ्चालनका लागि निजी तथा संस्थागत विद्यालयका प्रधानाध्यापकसँग सुुझाव माग गरेको थियो । सोही सुझावका आधारमा भौतिक उपस्थितिमै विद्यालय सञ्चालन गर्ने निर्णय गरेको उनले जानकारी दिए ।

शाखा प्रमुख न्यौपानेले विद्यालय सञ्चालनसम्बन्धी कार्यविधि २०७७ अनुसार विद्यालय सञ्चालन गरिने बताएका छन् । कार्यविधिमा कक्षाकोठामा विद्यार्थी राख्दा अनिवार्य भौतिक दूरी कायम गराउनुपर्ने, मास्कको प्रयोग गराउनुपर्ने, विद्यालयका हरेक कक्षाकोठा अगाडि हात धुने व्यवस्था गरिनुपर्ने, भीडभाड र जम्मा हुन नदिन आलोपालो पद्धतिद्वारा पठनपाठन सुरु गर्नुपर्ने बताएका छन् । यसका लागि नगरपालिकाले निरन्तर अनुगमन गर्नु पर्ने उनले बताए । जोखिमको अवस्था हेरेर विद्यालय कसरी सञ्चालन गर्ने वा बन्द गर्ने भन्नेबारेमा विद्यालय आफैँले पनि निर्णय लिन सक्ने पनि शाखा प्रमुख न्यौपानेले जानकारी दिएका छन् ।

पसलअनुसार ग्याँसको फरक मूल्य

यहाँ खाना पकाउने एलपी ग्याँसको फरक मूल्य लिने गरेको पाइएको छ । पसलैपच्छिे ग्याँसको फरक मूल्य लिइने गरेपछि उपभोक्ता मारमा परेका छन् । ग्याँसमा फरक मूल्य लिइने गरेको गुनासोसहित जिल्ला प्रशासन कार्यालयमा उजुरी गर्दासमेत कुनै कानुनी कारबाही गरिएको छैन । प्रशासनले मूल्यमा एकरुपता ल्याउन नसकेको उपभोक्ताको आरोप छ ।

यहाँका ग्याँस डिलरमा एउटा मूल्य तथा सबडिलरमा अर्को मूल्य लिई वर्षौँदेखि ग्याँस बिक्री गरिएको उपभोक्ताको गुनासो छ । यसरी पसलैपिच्छे फरक मूल्य लिइन थालेपछि उपभोक्ता मारमा परेका दिपायल पिपल्लाका सर्वजित देउवाले बताएका छन्। जिल्लाका दिपायल, सिलगढी, राजपुर तथा पिपल्ला बजारमा खाना पकाउने एलपी ग्याँसमा तोकिएभन्दा बढी मूल्य लिई ग्याँस बिक्री वितरण गर्ने गरेका कारण उपभोक्ता ठगिँदै आएको उनको आरोप छ ।

जिल्लामा पाउने भेरी तथा रेडिएण्ट ग्याँसको मूल्य ग्याँस कम्पनी अर्थात् ग्याँस पलाण्टले रु एक हजार ३१३।७५ मा सम्बन्धित डिलरमा सप्लाइ गर्ने गरेको जनाइएको छ । यहाँका ग्यास डिलरले थोक बिक्रीमा उक्त ग्याँसमा रु एक हजार ४५० लिने तथा फुटकरमा रु एक हजार ५०० लिने गरेको र सोही ग्याँस सबडिलरबाट उपभोक्ताले किन्दा रु एक हजार ६०० सम्म लिने गरेको शिखर नगरपालिका–२ कालागाढका राम दमाईले बताएका हुन्।

ग्यास बिक्रेताले फरक मूल्यमा ग्याँस बिक्री वितरण गरिरहेको जानकारी पाए पनि सम्बन्धित निकायले यो विषयमा कुनै जानकारी लिने नगरेको अर्का स्थानीय मानबहादुर साउदले बताए । दिपायल पिपल्लामा रेडिएण्ट ग्याँसका डिलर व्यापारी देवेन्द्र खड्काले ग्याँस कम्पनीले रु एक हजार ३१३।७५ मा दिने गरेको भए पनि त्यसमा लोड, अनलोड तथा भ्याट नजोड्ने गरेको र पछि आफूबाट लिने गरेका कारण आफूहरुले सो रकम जोडेर ग्याँस बिक्री वितरण गर्न बाध्य भएको बताएका छन् ।

डिलरमा लोड, अनलोड तथा भ्याटको रकम जोड्दा रु एक हजार ४५० हुने गरेकाले आफूहरुले फुटकर बेच्दा रु एक हजार ५०० लिने गरेको तथा थोकमा किन्दा रु एक हजार ४५५ सम्म लिने गरेको खड्काले स्वीकार गरेका छन् । यस्तै यहाँका कालागाढ, सिलगढी, पिपल्ला तथा राजपुरमा रहेका ग्याँस बिक्री गर्ने सबडिलरमा पसलैपिच्छे सोही ग्याँसको रु एक हजार ६०० पर्ने गरेको उपभोक्ताको आरोप छ । आफूहरुले कैलालीका डिलरबाट ग्याँस ल्याउने गरेका कारण भाडालगायत, लोड, अनलोड तथा आफ्नो पसलको भाडा मिलाएर रु एक हजार ६०० लिने गरेको पसल सञ्चालक बताएका छन् ।

जिल्लामा खुलेआमरूपमा वर्षा देखि यसरी ग्याँसको मूल्य पसलैपिच्छे फरक लिइने गरेको छ । निमित्त प्रमुख जिल्ला अधिकारी किरण जोशीले सरकारले तोकेको रकमभन्दा बढी मूल्य लिएर ग्याँस बिक्री गर्ने व्यापारीलाई कारबाही गरिने बताए । ग्याँस डिलर तथा सबडिलरमा ग्याँसको मूल्यसूचीका विषयमा जानकारी दिन पत्राचार गरिएको उनले जानकारी दिएका छन् ।

चट्याङसहित वर्षाको सम्भावना

देशभर आज सामान्य बदली रही धेरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभागका आनुसार नेपालमा भारतको छत्तीसगढ र मध्यप्रदेश आसपासमा अवस्थित न्यूनचापीय क्षेत्रको सामान्य प्रभावका साथै मनसुन न्यूनचापीय रेखा औषत स्थानभन्दा दक्षिणतर्फ रेहकाले मेघगर्जन र चट्याङसहित वर्षाकोे सम्भावना रहेको छ ।

विभागका मौसमविद् गङ्गा नगरकोटीले उक्त प्रणालीको प्रभावका कारण अबका तीन दिन देशका अधिकांश स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको बताए । हाल देशभर सामान्यदेखि पूर्ण बदलीसहित प्रदेश नं २, बागमती र गण्डकी प्रदेशका केही स्थानमा हल्का वर्षा भइरहेको छ । दिउँसो देशभर सामान्य बदली रही बागमती, गण्डकी तथा सुदूरपश्चिम प्रदेशका केही र अन्य प्रदेशका थोरै स्थानमा मेघगर्जन÷चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम १९ दशमलव पाँच डिग्री र अधिकतम तापक्रम २८ दशमलव दुई डिग्री सेल्सियस रहेको छ । त्यस्तै आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम १२ दशमलव आठ डिग्री र सबैभन्दा धेरै धनगढीको अधिकतम तापक्रम ३५ दशमलव आठ डिग्री सेल्सियस रहेको छ ।

हावाहुरीसहित परेको पानीले गोलभेँडा खेतीमा क्षति

हावाहुरीसहित मङ्गलबार दिउँसो परेको पानीले तुलसीपुर उपमहानगरपालिका–३ भट्टे कृषि सहकारी संस्थाको गोलभेँडा खेतीमा क्षति गरेको छ ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत कृषि ज्ञान केन्द्रको रु २५ लाख र संस्थाको रु २५ लाख गरी कूल रु ५० लाखको लागतमा गरिएको गोलभेँडा खेती हावाहुरीसहितको पानीले नष्ट गरेको संस्थाका अध्यक्ष कर्णबहादुर वलीले जानकारी दिएका हुन् । तरकारी खेतीका लागि पटेक क्षेत्रमा चिनिने भट्टेगाउँको दुई बिघा बढी जमिनमा टनेलमा गोलभेँडा खेती गरिएको थियो ।

हावाहुरीले १४० टनेलमा गरिएको गोलभेँडा खेतीलाई पूर्णरूपमा क्षति पु¥याएको संस्थाका अध्यक्ष वलीले जानकारी दिए । पाक्न लागेका गोलभेँडा दशैँअगावै बिक्रीका लागि किसानले तयारी गरिरहेका थिए । एक्कासी हावाहुरी तथा पानी नष्ट गरेपछि किसान चिन्तित छन् । सहकारीमा आवद्ध भएर सो गाउँका १०० बढी किसानले तरकारी खेती, बाख्रापालन, भैँसीपालन गर्दै आएका छन् ।

स्वास्थ्यचौकीमा प्रसूति गराउनेलाई पोषण भत्ता

स्वास्थ्यचौकीमा प्रसूति सुत्केरी हुने महिलालाई शुक्लाफाँटा नगरपालिका–३ को वडा कार्यालयले पोषणयुक्त खानेकुराका लागि भत्ता उपलब्ध गराउँदै आएको छ ।

घरमै असुरक्षित तरिकाले प्रसूति हुने कार्यलाई निरुत्साहित गर्न वडा कार्यालयले भत्ता दिन थालेको हो । तीन वर्षदेखि निरन्तर रुपमा वडा कार्यालयले स्वास्थ्यचौकीमा रहेको बर्थिङ सेन्टरमा प्रसूति हुने महिलालाई भत्तावापतको रकम दिँदै आएको छ । स्वास्थ्यचौकीमा शिशु जन्मेको ३५ दिनभित्रै जन्म दर्ता गराएपछि भत्तावापतको रकम उपलव्ध गराउने व्यवस्था गरिएको वडा अध्यक्ष नरेन्द्रप्रसाद चौधरीले बताएका छन् ।

सो कार्यक्रमअन्र्तगत सुत्केरी हुने महिलालाई वर्षमा एक पटकका लागि रु एक हजार दुई सय भत्तावापत रकम दिने गरिएको छ । सुत्केरी हुने महिला र शिशुका लागि दुई जोर लुगासमेत दिने गरिएको छ । पोषणयुक्त खानेकुराको व्यवस्थाका लागि भत्ता दिन थालेपछि मातृ–शिशु मृत्यृदर शुन्यमा झरेको वडा कार्यालयका सचिव श्यामप्रसाद चौधरीले बताएका छन् ।

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज बुधबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार अमेरिकी डलर एकको खरिददर ११७ रुपैयाँ ५९ पैसा र बिक्रीदर ११८ रुपैयाँ १९ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १३८ रुपैयाँ ८१ पैसा र बिक्रीदर १३९ रुपैयाँ ५२ पैसा रहेको छ ।

बेलायती पाउण्ड एकको खरिददर १६३ रुपैयाँ ०९ पैसा र बिक्रीदर १६३ रुपैयाँ ९२ पैसा रहेको छ । कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ ३० पैसा र बिक्रीदर ३२ रुपैयाँ ४६ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

निष्क्रिय बन्दै बजेट प्रतिस्थापन विधेयक

काठमाडौँ । प्रमुख प्रतिपक्षी एमालेको अवरोधका कारण संसद् बैठक ६ दिन पर धकेलिएको छ। मंगलबार बसेको बैठक असोज ४ गते बस्नेगरी स्थगित भएको छ। संसद् बैठक धकेलिँदा केपी ओली नेतृत्वको सरकारले ल्याएका सबै अध्यादेश निष्क्रिय बनेका छन् । २५ गते पेस भएको बजेट अध्यादेशको प्रतिस्थापन विधेयक पनि निष्क्रिय बन्ने भएको छ । अब सरकारले बजेटसम्बन्धी नयाँ विधेयक ल्याउनुपर्ने विज्ञहरूले बताएका छन् ।

प्रमुख प्रतिपक्षी दल एमालेले भदौ २३ गते सुरु भएको संसद् अधिवेशनमा पहिलो दिनदेखि नै सभामुखविरुद्ध नाराबाजी गर्दै आएको छ। समस्या समाधान गर्न सभामुख अग्निप्रसाद सापकोटाले सर्वदलीय बैठक बोलाए पनि एमालेलाई सहभागी गराउन सकेका छैनन् । पार्टीले कारबाही गरेका १४ जना सांसदलाई पदमुक्त गर्ने सूचना जारी नगरेको भन्दै एमाले सभामुखसँग असन्तुष्ट छ ।

एमालेले निरन्तर अवरोध गरिरहेको कारण देखाई सरकारले बजेट प्रतिस्थापन विधेयक र अन्य १० अध्यादेश अगाडि नबढाएपछि ती सबै संविधानको व्यवस्थाबमोजिम निष्क्रिय बनेका हुन् । अध्यादेश जारी भएपछि सुरु हुने संसद् अधिवेशनले पारित गर्नुपर्ने संवैधानिक व्यवस्था छ । अधिवेशन सुरु भएको ६० दिनसम्म पनि पारित हुन नसक्ने अध्यादेश निष्क्रिय हुन्छन् । संसद् अधिवेशन गत साउन ३ गते सुरु भएको थियो ।

भदौ ३० गतेभित्र सबै अध्यादेशको प्रतिस्थापन विधेयक ल्याएर पारित गर्नुपर्ने थियो तर यसो हुन नसक्दा अध्यादेशहरू निष्क्रिय बन्न पुगेका हुन् । संविधानविद् डा. विपिन अधिकारीले ६० दिन पुगेपछि प्रतिस्थापन विधेयक र अध्यादेशको निरन्तरता त्यसपछिका संसद् बैठकमा दिन नमिल्ने बताए । अन्यथा अवैधानिक हुने उनको भनाइ छ। प्रतिस्थापन विधेयक ल्याई दुवै सदनबाट पारित गरेपछि मात्रै अध्यादेशले वैधानिकता प्राप्त गर्छ । कानुनविद् रामनारायण बिडारीले पनि बजेटसम्बन्धी प्रतिस्थापन विधेयक र अन्य १० अध्यादेश निष्क्रिय हुने बताए। यो समाचार नागरिक दैनिकामा छ ।

८५ सह-सचिवको सरुवा, हेर्नुस् नामावली

काठमाडौँ । विभिन्न विद्याका ८५ जना सहसचिवहरुको सरुवा भएको छ ।

प्रदेशको कार्यकाल सकेका र सङ्घबाट ती प्रदेशसरकारमा जानु पर्ने गरी करिब दुई दर्जन सहसचिवबाट सुरु भएको सूची निर्णय हुँदासम्म ८५ जना पुगेको हो । पछिल्लो समय त्यो सूची बढेर ५८ जनामा पुगेको थियो ।

उक्त सूचीमा समावेश भएका मध्ये केही सहसचिवहरूको फेरबदल मात्रै भएको मन्त्रालय स्रोतले सम्पत्ति न्युजलाई बताएको छ ।

सरुवा गरिएका सहसचिवकोहरुको पत्र तयारी अवस्थामा रहेको सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ ।

८५ सहसचिवको सरुवा (नामावलीसहित)

प्रशासन सिँहदरवार ब्युरो
२९ भाद्र २०७८, मंगलबार
काठमाडौँ । सरकारले ८५ जना सहसचिवको सरुवा गरेको छ ।

प्रशासन सिंहदरवार उच्च स्रोतका अनुसार नेपाल शिक्षा सेवा ४, नेपाल कृषि सेवा १३, नेपाल इन्जिनियरिङ सेवा ९, जना वन सेवा, र नेपाल प्रशासन सेवा ५४ गरी ८५ जना सहसचिवको सरुवा भएको हो ।

प्रधानमन्त्री तथा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री शेरबहादुर देउवाले मन्त्रीस्तरीय निर्णयबाट मंगलबार कामकाजका लागि खटाउने निर्णय गरेका हुन् ।

प्रदेशको बसाई पुगेका र सङ्घबाट ती ठाउँमा जानु पर्ने गरी करिब दुई दर्जन सहसचिवबाट सुरु भएको सूची निर्णय हुँदासम्म ८५ जना पुगेको छ ।
सम्बन्धित समाचार स् दुई दर्जन बढी सहसचिवको सरुवा सूची तयार

पछिल्लो समय त्यो सूची बढेर ५८ जनामा पुगेको थियो । उक्त सूचीमा समावेश भएका मध्ये केही सहसचिवहरूको फेरबदल भएको छ ।

सम्बन्धित समाचार स् ५८ सहसचिवको सरुवा हुँदै, यी हुन् केही नामावली

यस पटकको सरुवामा शक्तिकेन्द्रबाट निकै धेरै दबाब आयो । जसका कारण कैयन पटक सूची परिवर्तन गर्नु पर्‍यो । केही सहसचिवहरूले रोजाइको ठाउँमा जान सत्ता गठबन्धनका नेताहरू कहाँ निकै धाए । जसले गर्दा पनि निर्णयमा असर पुग्न गयो र सहसचिवको सरुवा गर्न नै महिनौँ लाग्यो ।

सम्बन्धित समाचार स् सरुवाका लागि शक्तिकेन्द्रमा सहसचिवको फन्को १

सरुवा गरिएका सहसचिवकोहरुको पत्र तयारी अवस्थामा रहेको सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ ।

८५ सहसचिवको सरुवा ृनामावलीसहिते

प्रशासन सिँहदरवार ब्युरो
२९ भाद्र २०७८, मंगलबार
काठमाडौँ । सरकारले ८५ जना सहसचिवको सरुवा गरेको छ ।

प्रशासन सिंहदरवार उच्च स्रोतका अनुसार नेपाल शिक्षा सेवा ४, नेपाल कृषि सेवा १३, नेपाल इन्जिनियरिङ सेवा ९, जना वन सेवा, र नेपाल प्रशासन सेवा ५४ गरी ८५ जना सहसचिवको सरुवा भएको हो ।

प्रधानमन्त्री तथा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री शेरबहादुर देउवाले मन्त्रीस्तरीय निर्णयबाट मंगलबार कामकाजका लागि खटाउने निर्णय गरेका हुन् ।

प्रदेशको बसाई पुगेका र सङ्घबाट ती ठाउँमा जानु पर्ने गरी करिब दुई दर्जन सहसचिवबाट सुरु भएको सूची निर्णय हुँदासम्म ८५ जना पुगेको छ ।
सम्बन्धित समाचार स् दुई दर्जन बढी सहसचिवको सरुवा सूची तयार

पछिल्लो समय त्यो सूची बढेर ५८ जनामा पुगेको थियो । उक्त सूचीमा समावेश भएका मध्ये केही सहसचिवहरूको फेरबदल भएको छ ।

सम्बन्धित समाचार स् ५८ सहसचिवको सरुवा हुँदै, यी हुन् केही नामावली

यस पटकको सरुवामा शक्तिकेन्द्रबाट निकै धेरै दबाब आयो । जसका कारण कैयन पटक सूची परिवर्तन गर्नु पर्‍यो । केही सहसचिवहरूले रोजाइको ठाउँमा जान सत्ता गठबन्धनका नेताहरू कहाँ निकै धाए । जसले गर्दा पनि निर्णयमा असर पुग्न गयो र सहसचिवको सरुवा गर्न नै महिनौँ लाग्यो ।

सम्बन्धित समाचार स् सरुवाका लागि शक्तिकेन्द्रमा सहसचिवको फन्को १

सरुवा गरिएका सहसचिवकोहरुको पत्र तयारी अवस्थामा रहेको सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ ।